Monday, February 16, 2009

प्रगतिशील लेखक सङ्घ, नेपालको सातौ राष्ट्रिय सम्मेलन विशेष


प्रस्तावना
साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको आमूल रूपान्तरणका निम्ति सहयोग पुर्‍याउनर्ुपर्छ भन्ने चिन्तन राखी वर्ग विभक्त समाजमा वर्गसङ्र्घष्ालाई प्रमुख कारक एवं प्रेरक तत्त्व ठान्ने र श्रमिक वर्गलाई सम्पर्ूण्ा भौतिक तथा भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौर्न्दर्य चिन्तनका रूपमा अ“गाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने र आमूल परिवर्तनका पक्षधर समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्ध समेत रहेका साहित्यर्-र्सजकहरूको संयुक्त मञ्चका रूपमा विद्यमान् राष्ट्रियस्तरको सङ्गठन नै प्रगतिशील लेखक सङ्घ हो । यस सङ्घलाई विधिवत सञ्चालन गर्न सङ्घको एक विधान हुनु आवश्यक भएकाले प्रगतिशील लेखकहरूको प्रथम राष्ट्रिय सम्मेलनबाट पारित यो विधान सातौ  राष्ट्रिय सम्मेलनबाट सामान्य संशोधनसहित पारित भएको छ ।

उद्देश्य र कार्यक्रम
प्रलेसको आम कार्यक्रम तथा उद्देश्य निम्न बमोजिम हुनेछ-
१) प्रगतिशील लेखकहरूको हकहितको संरक्षण एवं सर्म्बर्द्धनका निम्ति प्रयत्नशील एवं कार्यरत रहने ।
२) विद्यमान सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिको विरुद्ध सङ्र्घष्ा गर्दै मौलिक राष्ट्रिय तथा नया“ जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका निम्ति प्रयत्नशील रहने ।
३) प्रगतिवादी तथा प्रगतिशील लेखनलाई समृद्ध र विकसित तुल्याउन सङ्गठित एवं योजनाबद्ध रूपमा कार्यरत रहने ।
४) विभिन्न जाति तथा भाषा-भाषीका निम्ति भाषागत समान अधिकार, जनपक्षीय लेखनको उपलब्धता, अन्तर्जातीय एवं अन्तर्भाषिक सामाञ्जस्य र विभिन्न जातीय एवं भाषिक साहित्य संस्कृतिको विकासका निम्ति प्रयत्नशील रहने ।
५) राष्ट्रिय स्वाधीनता, र्सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा राष्ट्रिय अर्थतन्त्रका पक्षमा रह“दै सबै प्रकारका असमान सन्धिहरूका विरुद्धमा दृढतापर्ूवक उभिने ।
६) सम्पर्ूण्ा जनसमुदायका न्यायपर्ूण्ा सङ्र्घष्ाको पक्षमा दृढतापर्ूवक कलम चलाउने, निरङ्कुशताको दृढतापर्ूवक विरोध गर्ने र मानवअधिकारको पर्ूण्ा बहालीका निम्ति प्रयत्नशील रहने ।
७) एक भाषा एक भेषको नीतिअनुसरणले देशका विभिन्न भाषाभाषी र जातिहरूबीच साम्प्रदायिक विद्वेषपर्ूण्ा वातावरणको सृजना हुने भएकाले यसको विरोध गर्दै सबै भाषाको समान अधिकारका निम्ति सङ्र्घष्शील रहने ।
८) आवश्यकताअनुसार विभिन्न स्वदेशी तथा विदेशी भाषाका प्रगतिशील कृतिहरूलाई एकअर्का भाषामा अनुवाद गर्ने ।
९) विभिन्न जातिका जनताहरूबीच फुट द्वेष तथा अहङ्कार फैलाउने र कुनै क्षेत्रमा साम्प्रदायिक विचार ल्याउन खोज्ने तत्त्व तथा प्रयत्नहरूको विरुद्धमा दृढतापर्ूवक उभिने ।
१०) कुनै पनि शक्ति राष्ट्रहरूको साम्राज्यवादी क्रियाकलापहरूको विरोध गर्दै अन्यायपर्ूण्ा युद्धको विरुद्ध हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवं सङ्र्घष्ाहरूको र विश्वशान्तिको पक्षमा दृढतापर्ूवक उभिने ।
११) अन्तर्रर्ााट्रय क्षेत्रमा प्रगतिशील तथा जनवादी सांस्कृतिक-साहित्यिक सङ्गठनहरूसित भाइचारा एवं मैत्रीसम्बन्ध कायम राख्ने ।
१२) विशेषाधिकार दिने नीतिको विरोध गर्दै धर्मनिरपेक्ष राज्यको पक्षमा आवाज उठाउने ।

स्पष्टीकरण तथा व्याख्या
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा-
-क) प्रलेस वा सङ्घभन्दा यस विधानअनुरूप गठित प्रगतिशील लेखक सङ्घलाई सम्झनर्ुपर्छ ।
-ख) सदस्य भन्नाले यस विधानको धारा ४ बमोजिम बन्न सक्ने तीनै प्रकारका सदस्यहरूलाई बुझिनेछ ।
-ग) सङ्गठन भन्नाले यस विधानअनुरूप गठन भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको राष्ट्रिय परिषद्, केन्द्रीय समिति र केन्द्रीय समितिले विधिवत गठन गरेका शाखाहरूसमेत बुझिनेछ ।
-घ) विधान भन्नाले प्रगतिशील लेखक सङ्घ, नेपालको विधान २०५२ बुझिनेछ ।
-ङ) के.स. भन्नाले प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति बुझिनेछ ।

धारा १. नाम ः
यस सङ्गठनको नाम प्रगतिशील लेखक सङ्घ, नेपाल रहनेछ र सङ्क्षेपमा जसलाई प्रलेस, नेपाल भनिनेछ । अङ्ग्रेजीमा यसलाई एचयनचभककष्खभ ध्चष्तभचकु ब्ककयअष्बतष्यल ल्भउब रि छोटकरीमा एध्ब्, ल्भउब भिनिनेछ ।

धारा २. प्रारम्भ ः
यो विधान तुरुन्त लागु हुनेछ ।

धारा ३. झन्डा ः
यस सङ्गठनको झन्डा रातो पृष्ठभूमि भएको समकोणीय ४ कुने आकारको हुनेछ । यसको बीचमा सेतो रङको खुलेको खाली कापी र कापीको माथि बाया“पट्ट िबिर्को घुसारिएको र निबको टुप्पो लेख्ने अवस्थामा रहेर माथिबाट तल कापीमा ४० ड्रि्रीको कोणमा निहुरिएको कलम रहनेछ ।

धारा ४. सदस्यता ः
प्रलेसको सदस्यता सम्बन्धमा निम्नबमोजिम व्यवस्था गरिनेछ-
४.१ प्रलेसको आम कार्यक्रम र उद्देश्यस“ग सहमत कुनै पनि साहित्यर्सजक तथा साहित्यिक पत्रिकाका सम्पादक प्रलेसको साधारण सदस्य बन्न सक्नेछन् ।
४.२ प्रलेसको आम कार्यक्रम र उद्देश्यअनुरूप क्रियाशील रही साहित्यको दर्ीघ सेवा गरिआउनु भएका विशिष्ट व्यक्तिहरूलाई प्रलेसको मानार्थ-सदस्यता प्रदान गर्न सकिनेछ ।

धारा ५. सदस्यता प्राप्ति ः
प्रलेसका मानार्थ सदस्यताबाहेक अन्य सदस्यता केन्द्रीय समिति वा निजले तोकेको व्यक्ति वा शाखाले प्रदान गर्नेछ ।

धारा ६. सदस्यता-शुल्क ः
प्रलेसका सदस्यहरूको सदस्यता- शुल्क निम्नबमोजिम हुनेछ-
६.१ प्रलेसका साधारण सदस्यहरूले एउटा राष्ट्रिय सम्मेलनदेखि अर्को राष्ट्रिय सम्मेलनसम्मको नवीकरण शुल्क वाषिर्क . ५० -पचास) का दरले एकमुष्ट रु. १५० बुझाउनुपर्नेछ ।
६.२ साधारण सदस्य हुने योग्यता पुगेका व्यक्तिले सदस्यता लि“दा नया“ सदस्यता शुल्क रु. ५० -पचास) बुझाउनुपर्ने छ । यसमा केन्द्रले तोकेबमोजिमको थप प्रवेश शुल्क बुझाउनुपर्नेछ ।
६.३ साधारण सदस्य हुने योग्यता पुगेका वा सदस्य भइसकेका कुनै पनि सदस्यले नया“ सदस्यता लि“दा वा नवीकरण गर्दा सदस्यता-शुल्कबापत आजीवन एकमुष्ट रकम बुझाउन चाहेमा रु. २००० -दर्ुइ हजार) एकमुष्ट बुझाउन सक्नेछन् ।

धारा ७. सङ्गठनको स्वरूप ः
७.१ प्रलेसको सर्वोच्च नेतृत्वदायी निकाय राष्ट्रिय सम्मेलन हुनेछ । दर्ुइटा राष्ट्रिय सम्मेलनबीचको अवधिका निम्ति राष्ट्रिय सम्मेलनले केन्द्रीय समितिसहितको ३९ जनाको एक राष्ट्रिय परिषद् गठन गर्नेछ । केन्द्रीय समितिको प्रस्तावनाको भावना प्रतिबिम्बित हुने गरी केन्द्रीय समिति र राष्ट्रिय परिषद्को गठन गर्दा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यष साथै १६ जना सदस्यहरू र राष्ट्रिय परिषद्मा ३९ जना रहनेछन् । राष्ट्रिय परिषद् गठन गर्दा नेपालका विभिन्न भाषा साहित्यका र्सजकहरूको समेत प्रतिनिधित्व हुने व्यवस्था मिलाइनेछ ।
७.२ केन्द्रीय समितिले आवश्यक देखेमा एक केन्द्रीय स्तरको सल्लाहकार समिति गठन गर्न सक्नेछ । सल्लाहकारको हैसियत प्रलेसका विकासका लागि के.स.लाई आवश्यक परामर्श सल्लाह र सुझाव दिनुहुनेछ । सल्लाहकारको सङ्ख्या के.स.ले तोकेबमोजिम हुनेछ ।
७.३. प्रलेसको सक्रियतालाई राष्ट्रव्यापी रूपमा प्रभावकारी ढङ्गले अघि बढाउन देशको कुनै खास इलाका या क्षेत्रमा रहेका प्रलेसका सदस्यहरूले आवश्यकता महसुस गरेका त्यस्ता स्थानहरूमा केन्द्रीय समितिको अनुमति लिएर शाखाहरू गठन गर्न सक्नेछन् र यस्ता शाखाहरूको सङ्गठनात्मक ढा“चाको हकमा स्थानीय तहका हुनेछन् । स्थानीय तहका शाखाहरूबाट राष्ट्रिय सम्मेलनमा सदस्य सङ्ख्याको २५ प्रतिशतसम्मले प्रतिनिधित्व गर्न पाउनेछन् । आप\mना सदस्यहरूबाट उठेको ५० प्रतिशत शुल्क शाखामै खर्च गरी अरू रकम केन्द्रमा पठाउनुपर्नेछ ।
७.४ केन्द्रीय समितिका पदाधिकारीहरू रहने गरी केन्द्रीय सचिवालयको निर्माण गरिनेछ । सचिवालयको पदाधिकारी र सदस्यको सङ्ख्या ७ देखि ९ सम्मको हुनेछ ।
७.५ केन्द्रीय समितिको आप\mनै कार्यालय तथा छाप रहनेछ ।
७.६ प्रतीक चिह्न -लोगो) को बनावट झन्डामाथि प्रगतिशील लेखक सङ्घ, नेपाल र झन्डाको मुन्तिर स्था. २००९ र अङ्ग्रेजी भाषामा नाम र बीचमा रेखासहित स्थापनार् इ. १९५२ भएको गोलाकारको हुनेछ ।

धारा ८. राष्ट्रिय सम्मेलन ः
८.१ प्रलेसको राष्ट्रिय सम्मेलन प्रत्येक तीन वर्षा गरिनेछ । यसका प्रत्येक सदस्यहरूलाई सम्मेलनमा प्रतिनिधित्व गर्ने, राष्ट्रिय सम्मेलनमा भाग लिने, मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्राप्त हुनेछ ।
८.२ राष्ट्रिय सम्मेलन तोकिएको अवधिमा गर्नुपर्नेछ । विशेष परिस्थितिमा पनि ६ महिना अघि वा पछि गर्न सकिने छ ।
८.३ प्रलेसका २५ प्रतिशत सदस्य वा राष्ट्रिय सम्मेलनले चयन गरेको राष्ट्रिय परिषद्को सामान्य बहुमतले कुनै खास स्थितिको उल्लेख गर्दै राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने आवश्यकता दर्सर्ाा लिखित प्रस्ताव पेस गरेमा केन्द्रीय समितिले सो प्रस्ताव पेस भएको ३ महिनाभित्र राष्ट्रिय सम्मेलन बोलाउनुपर्नेछ ।
८.४ साझा मञ्चको अवधारणाअनुरूप जनवादी छलफलद्वारा आपसी सहमतिका आधारमा नेतृत्व निर्माण गरिनेछ । निर्वाचन गर्नुपरेको खण्डमा प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गरिनेछ ।
८.५ राष्ट्रिय सम्मेलनले निर्वाचनका निम्ति एउटा निर्वाचनसमितिको गठन गर्नेछ ।
८.६ शाखाका सम्मेलनहरू प्रत्येक दर्ुइ वर्षा हुनेछन्, कार्यकारिणीको सङ्ख्या ७-१५ सम्म रहनेछ ।

धारा ९. राष्ट्रिय परिषद् ः
९.१ राष्ट्रिय परिष्द्को बैठक वर्षा सामान्यतः १ पटक बस्नेछ र सो बैठक बोलाउने कर्तव्य केन्द्रीय समितिको हुनेछ ।
९.२ राष्ट्रिय परिषद्ले केन्द्रीय समितिलाई आवश्यक मामिलामा रायसल्लाह दिने, केन्द्रीय समितिको क्रियाकलापको मूल्याङ्कन गर्नेछ ।
९.३ राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता केन्द्रीय समितिका अध्यक्षले गर्नेछन् ।

धारा १०. केन्द्रीय समिति तथा शाखा समिति
१०.१ राष्ट्रिय परिषद्का बैठकहरूबीचको अवधिका निम्ति प्रलेसको अधिकारसम्पन्न सर्वोच्च निकाय केन्द्रीय समिति नै हुनेछ ।
१०.२ केन्दीय समिति प्रलेसको राष्ट्रिय सम्मेलनप्रति जिम्मेवार रहनेछ ।
१०.३ सदस्यता प्राप्ति, सदस्यहरूमाथि आचारसंहिता, सदस्यहरूलाई आत्मालोचना, नसिहत, निलम्बन वा निष्कासन, मानार्थ सदस्यता प्रदानलगायत सदस्यतासम्बन्धी सम्पर्ूण्ा क्रियाकलापहरूमा केन्द्रीय समितिले अन्तिम निर्ण्र्ाालिनेछ ।
१०.४ सामान्यतयाः केन्द्रीय समितिको बैठक ६ महिनामा १ पटक बस्नेछ । आवश्यकताअनुसार प्रलेसका अध्यक्षको सरसल्लाह एवं निर्देशनअनुरूप प्रलेसका महासचिवले के.स.को बैठक जुनसुकै बेलामा पनि बोलाउन सक्नेछन् । वर्षा हुने ३ वटा बैठकका समयावधिका बीचमा आवश्यकतानुसार सेक्रेटरियटको बैठकले पनि आवश्यक निर्ण्र्ाालिई कार्य सञ्चालन गर्नेछ ।
१०.५ प्रलेसका नियमित बैठकका निम्ति ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थितिलाई गणपूरक मानिनेछ भने विशेष बैठक सञ्चालनका निम्ति ६० प्रतिशतभन्दा बढी सदस्यहरूको उपस्थिति आवश्यक पर्नेछ ।
१०.६ समितिका २५ प्रतिशतभन्दा बढी सदस्यहरूले के.स.को बैठकको माग गरी अनुरोध गरेमा अध्यक्षले के.स.मा महासचिव र शाखाको हकमा सचिवलाई बैठक बोलाउन निर्देशन दिनुपर्नेछ । यस्तो बैठकको गणपूरक सङ्ख्या ६० प्रतिशत रहनेछ ।
१०.७ के.स.का बैठकहरूमा प्रलेसका मानार्थ सदस्यहरूलाई स्थायी आमन्त्रितको रूपमा स्थान प्राप्त रहनेछ । मानार्थ सदस्यहरूलाई छलफलमा भाग लिने अधिकार हुनेछ तर कुनै पनि विषयमा उहा“हरूबाट मतदान भने हुनेछैन । स्थायी आमन्त्रितहरूको उपस्थिति वा अनुपस्थितिले गणपूरक सङ्ख्यामा कुनै प्रभाव पार्नेछैन ।
१०.८ साङ्गठनिक तथा सिर्जनात्मक कार्यलाई अघि बढाउनका निम्ति केन्द्रीय समितिले राष्ट्रिय परिषद्का सदस्यहरूसमेतलाई समेटी आवश्यक विभागहरू गठन गर्न सक्नेछ । विभागको काम, कर्तव्य के.स.ले तोकेबमोजिम हुनेछ । ती विभागहरू के.स. प्रति जवाफदेही हुनेछन् ।
१०.९ प्रलेसका आधिकारिक धारणा प्रस्तुत गर्दा सचिवालयको निर्ण्र्ाानुरूप अध्यक्ष र महासचिवले प्रवक्ताको काम गर्नेछन् ।
धारा ११ को आचारसंहितालाई पालन गर्नु सबै सदस्यको कर्तव्य हुनेछ ।

धारा ११. आचारसंहिता ः
११.१ प्रलेसको के.स.ले सङ्घका सदस्यहरूका निम्ति अनुसूची १ बमोजिमको आचारसंहिता लागू गर्नेछ ।

धारा १२. अध्यक्ष ः
१२.१ अध्यक्षले बैठकको अध्यक्षता गर्नेछन् ।
१२.२ कन्द्रीय समितिका एवं पदाधिकारीहरूको कामको निरीक्षण तथा सुपरीवेक्षण अध्यक्षले गर्नेछन् ।
१२.३ के.स.को बैठकमा मतदान हु“दा मत बराबर भएमा निर्ण्ाायक मत दिनेछन् ।
१२.४ अध्यक्षले आवश्यकताअनुसार स्वविवेकमा प्रलेसको कोषबाट रु. ३००० सम्म खर्च गर्न सक्नेछन् । खर्चको अनुमोदन के.स.को आगामी बैठकमा गराउनुपर्नेछ ।

धारा १३. उपाध्यक्ष ः
१३.१ अध्यक्षको अनुपस्थितिमा अध्यक्षको सम्पर्ूण्ा काम उपाध्यक्षले सञ्चालन गर्नेछन् ।
१३.२ अध्यक्षको काममा आवश्यक सहयोग गर्नेछन् ।

धारा १४. महासचिव ः
१४.१ महासचिवले अध्यक्षको परामर्श लिई के.स. तथा राष्ट्रिय परिषद्को बैठकका लागि प्रतिवेदन तयार पार्ने, कार्यक्रम बनाउने तथा बैठक बोलाउने काम गर्नेछन् ।
१४.२ के.स.को दैनिक कार्यसञ्चालन गर्नेछन् र सङ्गठननिर्माणमा पहल गर्नेछन् ।
१४.३ प्रलेसको कागजपत्र, चलअचल सम्पत्तिको सङ्कलन तथा संरक्षण गर्नुको साथै त्यसको अभिलेख राख्नेछन् ।
१३.४ आवश्यकताअनुसार बढीमा रु. २,५०० ।- सम्म स्वविवेकले खर्च गरी के.स.को आगामी बैठकबाट अनुमोदन लिनेछन् ।

धारा १५. सचिव ः
१५.१ महासचिवको अनुपस्थितिमा महासचिवको सम्पर्ूण्ा काम सचिवले गर्नेछन् ।
१५.२ महासचिवको काममा आवश्यक सहयोग गर्नेछन् ।
१५.३ शाखा समितिका सचिवले भने अध्यक्षको परामर्शमा शाखाका कार्य सञ्चालन गर्नेछन् ।

धारा १६. कोषाध्यक्ष ः
१६.१ आम्दानी खर्चको फा“टबारी राख्नेछन् ।
१६.२ अध्यक्षको निर्देशनबाट बजेट तयार पारी बैठकमा पेस गर्नेछन् ।
१६.३ सङ्घलाई आर्थिक रूपले सुदृढ बनाउन नेतृत्व प्रदान गर्नेछन् ।

धारा १७ सदस्य ः
१७.१ के.स.का सदस्यहरूले तोकिएको क्षेत्रमा काम गर्नेछन् र के.स.को कामको अवलोकन-निरीक्षण गर्नेछन् ।
१७.२ अध्यक्ष तथा अन्य पदाधिकारीहरूलाई सरसल्लाह र सहयोग दिनेछन् ।
१७.३ सामूहिक भावना र सङ्गठन भावनालाई दरो पार्ने व्यावहारिक क्रियाकलापहरूमा संलग्न रहनेछन् ।

धारा १८. पदरिक्तता, पदपर्ूर्ति र राजिनामा ः
१८.१ कुनै पनि सदस्य, पदाधिकारी या साधारण सदस्यहरूले प्रलेसबाट राजिनामा दिन सक्नेछन् । साधारण सदस्यले सम्बन्धित शाखामा शाखाका अध्यक्षबाहेक अन्य पदाधिकारीले शाखा अध्यक्षलाई र शाखा अध्यक्ष तथा केन्द्रका पदाधिकारी र सदस्यहरूले मार्फ् के.स. समक्ष, पदाधिकारी तथा के.स. सदस्यहरूले केन्द्रीय अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्ष समक्ष राजिनामा पेस गर्नुपर्नेछ । राष्ट्रिय परिषद् सदस्यहरूबाहेक अरूको राजिनामा के.स.को सामान्य बहुमतबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्रिय परिषद्का सदस्यहरूले राजिनामा दिएमा राष्ट्रिय परिषद्को बहुमतले स्वीकृत गर्नुपर्नेछ ।
१८.२ कुनै पनि पदाधिकारी वा समिति सदस्यले राजिनामा दिएर उक्त राजिनामा स्वीकृत भएमा, खारेजी वा अनुशासनको कार्वाहीमा परी निष्कासन भएको खण्डमा उक्त पद रिक्त भएको मानिनेछ ।
१८.३ यसरी रिक्त हुन आएको पदपर्ूर्ति सम्बन्धमा सामान्य बहुमतबाट बा“की पदावधिका लागि मनोनयनद्वारा पर्ूर्ति गरिनेछ ।
धारा १९. अर्थव्यवस्था ः
१९.१ सदस्यता-शुल्क, सहयोग र अन्य विविध कार्यबाट प्राप्त रकम प्रलेसको आयस्रोत हुनेछ ।
१९.२ प्रलेसको खाता कोषाध्यक्ष अनिवार्य रही र अध्यक्ष तथा महासचिव र शाखाको हकमा अध्यक्ष र सचिवमध्ये कुनै २ जना गरी संयुक्त सहीबाट सञ्चालन गरिनेछ ।
धारा २०. विधान संशोधन ः
यस विधानलाई राष्ट्रिय सम्मेलनको २/३ मतबाट संशोधन गर्न सकिनेछ ।
धारा २१. केन्द्रीय कार्यालय ः
प्रलेसको केन्द्रीय कार्यालय के.स.ले तोकेको ठाउ“मा रहनेछ ।

अनुसूची एक
प्रगतिशील लेखक सङ्घ, नेपाल
आचारसंहिता

-क) सङ्घभित्रका लेखकहरूका माझ वैमस्य, असमझदारी, कलह र फुट उत्पन्न हुने तथा सङ्घको सिद्धान्त र उद्देश्यविपरीत जाने किसिमको कुनै पनि वक्तव्य, मन्तव्य लिखत, अभिव्यक्ति आदि नदिने, त्यस्तो व्यवहार पनि नदेखाउने । साथै यस सङ्घको साझा उद्देश्यलाई हानि हुने गरी कुनै सङ्घसंस्थाको सदस्य नबन्ने ।
-ख) देशको र्सार्वभौमिकता, राष्ट्रिय अखण्डता, अन्तर्रर्ााट्रय भ्रातृत्व आदिमा विपरीत प्रभाव पार्ने मन्तव्य, वक्तव्य र लेख आदि नदिने ।
-ग) अन्धविश्वासयुक्त धारणाको प्रचारप्रसार नगर्ने ।
-घ) आप\mनो लेखन र व्यवहारको क्षेत्रमा सामञ्जस्य ल्याउन निरन्तर प्रयत्नशील रहने ।
-ङ) जातीय एकता, भाषिक समानता, सांस्कृतिक आदानप्रदानका निम्ति विशेष अग्रसरता देखाउने ।
उपर्युक्त कुराहरूका विरुद्ध कुनै लेखकले कार्य गर्छ भने त्यस्ता सदस्यको गल्तीको प्रकृति हेरी सङ्घले-
-अ)र् र्सवप्रथम सामान्य आलोचना गरिनेछ । त्यसको पनि बेवास्ता गरियो भने-
-आ) कडा आलोचना गर्नेछ । त्यसको पनि बेवास्ता गरियो भने-
-इ) नसिहत दिइनेछ र अन्त्यमा केही सुधार नहुने देखिएमा-र्
र्-इ) निलम्बन गरी निष्काशन समेत गर्न सक्नेछ ।
-उ) तर उपर्युक्त कुनै किसिमले अनुशासनको कार्वाही गर्दा पनि सम्बन्धित सदस्यलाई आफूले सफाइ दिन पाउने पूरा मौका दिइनेछ ।
-ऊ) साथै कुनै पनि विषयमा उक्त लेखकले सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा आप\mना विचारहरू प्रकट गरेको छ भने त्यो कुरा वैचारिक सङ्र्घष्ाको विषयमात्र बन्नेछ, आचारसंहिताको विषय होइन । त्यसैले कुनै खास कुरो आचारसंहिताको विषय बन्न खास गरी असैद्धान्तिक, अवैचारिक, निजी सङ्कुचितता र स्वार्थबाट प्रेरित भई सङ्घ, त्यसका सदस्य र नेपाली श्रमजीवी जनतालाई हानि पुर्‍याउने नियत झल्कने हुनर्ुपर्छ, जुन लेखक प्रलेसको विधान नै मान्दैन वा त्यसको विरुद्ध जानु ठीक ठान्छ, ऊ त वास्तवमा प्रलेसको सदस्यता न स्वीकार गर्न सक्दछ न त त्यसो गर्न नै योग्य हुन्छ ।

 =============================================================

प्रगतिशील लेखक सङ्घ नेपालको सातौं राष्ट्रिय सम्मेलन
(२०६३ जेठ २८–२९)  मा महासचिव घनश्याम ढकालद्वारा प्रस्तुत एवं पारित प्रतिवेदन

अध्यक्ष तथा साथीहरू

१. २०४६ सालको ऐतिहासिक जनआन्दोलनले प्रदान गरेको सीमित जनअधिकारहरू क्रमशः खोसि“दै २०६१ माघ १९ मा प्रतिगमनले पूर्णता पाई मध्ययुगीन निरङ्कुश राजतन्त्र र लोकतन्त्रको लडाइ“ तीव्र बन्दै जा“दा सात राजनीतिक दल र माओवादीबीचको सम्झौताको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रलाई घु“डा टेकाउन सफल भएको १९ दिने ऐतिहासिक महान् जनआन्दोलनको रापिलो आ“गनमा हामी यतिबेला राष्ट्रिय सम्मेलनका लागि भेला भएका छौं । एकातिर हामीलाई संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको माग उराल्दै सडकमा उर्लिएको लाखौं जनतास“ग एकाकार हु“दै आन्दोलनमा उत्रिएको गौरवपूर्ण अनुभूतिले रोमाञ्चित बनाइरहेको छ भने अर्कातिर ऐतिहासिक जनआन्दोलन, जनयुद्ध र सामन्तवाद–साम्राज्यवादविरोधी आन्दोलनमा राज्यद्वारा हत्या गरिएका सपूतहरूको सम्झनाले द्रवित बनाएको छ । उज्यालो भविष्यको आशा, नृशंस दमन र हत्या–संस्कृतिले सम्वेदनाशून्य बनाउ“दै अमानवीकरणको गहिरो खाडलतर्फ धकेलिरहेको पीडादायी सांस्कृतिक परिवेशको बीचमा हामीहरूले प्रगतिशील लेखक सङ्घको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न गरिरहेका छौं । सम्मेलनको यस महŒवपूर्ण घडीमा मुलुकलाई सबै किसिमको शोषण, दमन र निरङ्कुशताको चङ्गुलबाट मुक्त गर्ने महान् अभियानमा राष्ट्र र जनताका निम्ति आÇनो प्राणको आहुति दिने सम्पूर्ण सहिदहरूप्रति हामी हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं । साथै, सम्मेलनमा सहभागी हुन आउनुभएका सबै स्रष्टा–द्रष्टाहरूलाई न्यानो स्वागत अभिवादन गर्दछौं ।
साहित्य सामाजिक चेतनाको कलात्मक भाषिक रूप हो र यसको सार मानिसको सामाजिक अस्तित्वस“ग जोडिएर अभिव्यक्त हुनु हो । द्वन्द्वरत वर्गीय समाजमा स्वभावैले यो वर्गीय हुन्छ र विचारधाराको संवाहक बन्छ । अग्रगामी समाज रूपान्तरणको कारक तŒव विचारधरा हो । संस्कृति त्यसको सहायक तर अनिवार्य अङ्ग हो । अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक संरचनालाई परिवर्तन गर्न शोषण–उत्पीडनमुक्त प्रगतिशील, न्यायपूर्ण र समतापूर्ण नया“ नेपालको निर्माण गर्ने उद्देश्यकासाथ वर्षौंदेखि शान्तिपूर्ण र सशस्त्र आन्दोलनहरू चल्दै आएका छन् । शोषणमूलक सामाजिक परिपाटी र त्यसका विरुद्ध चल्दै आएको राजनीतिक आन्दोलनको पृष्ठभूमिमा विभिन्न ढङ्गबाट सामन्तवाद–साम्राज्यवादविरोधी सांस्कृतिक आन्दोलन पनि चल्दै आएको छ । प्रगतिशील साहित्यलेखन यही सांस्कृतिक आन्दोलनको सबैभन्दा मूर्त र प्रखर अभिव्यक्ति हो । प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) सामन्तवाद–साम्राज्यवादविरोधी सांस्कृतिक आन्दोलनमा क्रियाशील सङ्गठित, असङ्गठित, प्रगतिशील, प्रगतिवादी सबै खाले साहित्यकर्मीहरूको साझा मञ्च हो । सामन्तवाद–साम्राज्यवादविरोधी सौन्दर्यचेतना नै विविध चिन्तन र प्रवृत्तिहरूका बीचमा एकता र सहमतिको न्यूनतम आधारभूमि हो ।
सामन्तवादी संस्कृतिको प्रतीक निरङ्कुश राजतन्त्रले घु“डा टेकेको छ । त्यसलाई समूल नष्ट गरी लोकतान्त्रिक गणतन्त्रको स्थापनाको चाहना हामी स्रष्टाहरूको मात्र होइन, आम जनताको पनि हो । सांस्कृतिक आन्दोलन राजनीतिक चिन्तनधाराबाट पृथक् हु“दैन । अहिले लोकतान्त्रिक विशेषतायुक्त गणतान्त्रिक संस्कृतिको कुरा गरे पनि प्रलेसको उद्देश्य जनगणतन्त्रको प्राप्ति र नया“ जनवादी संस्कृति निर्माण हो । वर्तमान अवस्थालाई लोकतन्त्र प्राप्तिको पूर्णता ठानियो भने फेरि अर्को भूल हुनेछ । किनभने जनआन्दोलन २०४६ बाट प्राप्त अभिव्यक्ति स्वतन्त्रतालगायतका सीमित जनअधिकारहरूलाई स्थायी र अन्तिम प्राप्ति ठान्ने चिन्तनलाई इतिहासको निर्मम थप्पडले गलत सावित गरिदिएको छ । प्रतिनिधिसभा घोषणा–२०६३ ले जनआन्दोलनको भावनालाई थोरै मात्र प्रतिबिम्बन गर्ने प्रयास गरे तापनि जनतामा पूर्ण रूपले सत्ता हस्तान्तरण गर्न सकेको छैन । जनआन्दोलनको भावना लोकतान्त्रिक गणतन्त्र हो, संवैधानिक वा आलङ्कारिक राजतन्त्र होइन । जनतालाई वास्तविक रूपमै सार्वभौम बनाउने प्रक्रियाको विरुद्धमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू लागिरहने हुनाले त्यो त्यति सहज हुनेछैन भन्ने सत्यलाई मनन गर्ने प्रक्रिया बा“की नै छ ।
विश्वपरिवेशतर्फ दृष्टिपात गर्ने हो भने विश्वका जनताको अत्यन्त ठूलो हिस्सा साम्राज्यवादी उत्पीडनको विरुद्धमा रहेको छ र त्यसबाट मुक्ति पाउन छटपटाइरहेको छ । न्याय, मुक्ति र स्वतन्त्रताप्रेमी जनआकांक्षामाथि गिद्धेदृष्टि लगाउ“दै अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरू अन्य राष्ट्रहरूको स्वतन्त्रता समाप्त पार्दै नवउपनिवेश कायम गर्ने दिशामा उद्धत भइरहेका छन् । अनि भूमण्डलीकरण, निजीकरण, बजारीकरण र आतङ्कवाद विरोधको नाममा सांस्कृतिक साम्राज्यवाद विस्तार गरिरहेका छन् । जनताको व्यापक विद्रोहले साम्राज्यवादी कुत्सित इच्छा कसरी पराजित हु“दोरहेछ भन्ने सत्यलाई नेपालको जनआन्दोलन २०६२–६३ ले विश्वसामु राम्रैस“ग स्थापित गरेको छ । नेपालको मूल सांस्कृतिक चेतना अन्य मुलुकको सिमानामा रगत बगाउने र खाडी मुलुकहरूमा युवा जनशक्ति निर्यात गर्ने नभएर स्वाभिमान र स्वतन्त्रता हो भन्ने तथ्यलाई पनि यसले पुष्टि गरेको छ । अमेरिकी साम्राज्यवादबाट मात्र होइन, भारतीय विस्तारवादबाट पनि नेपाली राष्ट्रियतामाथिको खतरा यथावत नै छ । सांस्कृतिक साम्राज्यवादको नवीनतम रूप उत्तर–आधुनिकतावाद हो र परिवर्तनकामी चेतनालाई विषाक्त बनाएर बौद्धिक दासमा परिवर्तन गर्ने त्यसको उद्देश्य हो । आधुनिकताको आलोचनाबाट उत्तर–आधुनिकता सुरु भएको थियो । सार्वभौम चिन्तन, मुक्ति, स्वतन्त्रता, न्याय र समानताजस्ता कुराहरूको यो विरोधी रहेको छ । साहित्य–कलामा मात्र होइन, चिन्तनका सबै क्षेत्रमा प्रवेश गरेको उत्तर–आधुनिकतावादले सिद्धान्त, क्रान्ति र परिवर्तनको सधैं विरोध गर्दछ र तिनलाई व्यर्थका विषय ठान्दछ । अनि पु“जीवादी घेराबाट मानिस कहिल्यै उम्कन सक्दैन भन्दै माक्र्सवादको विपक्षमा खडा हुन्छ ।
सामन्तवादी संस्कृति र यसको केन्द्रलाई समाप्त पार्ने जनाकांक्षामाथि विगतको इतिहास दोहो¥याएर जनतामाथि फेरि धोका र षडयन्त्र गर्दै आन्दोलनको उपलब्धिलाई शून्य बनाउने घरेलु तथा विदेशी प्रतिक्रियावादीहरूको चाहनालगायतका यस्तै–यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका बीचमा हाम्रो राष्ट्रिय सम्मेलनले आगामी कार्यदिशा तय गर्नुपर्ने छ । युगचेतनाबाट उत्पन्न पदचापलाई आत्मसात गर्नु अहिलेको आवश्यकता हो । सात राजनीतिक दल र माओवादीबीच भएको सहमति र सम्झौतालाई सुदृढ गर्दै संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्रमा पुग्नु मुलुकको शान्ति र अग्रगमनको बाटो हो । यसले मात्र सांस्कृतिक विविधताले युक्त सामाजिक रूपान्तरण र राज्यको पुनर्संरचनाको ढोका खोल्न सक्दछ । साथै जातीय, लिङ्गीय, क्षेत्रीय शोषण र विभेदको पनि अन्त्य गर्ने मार्ग प्रशस्त हुन्छ । यतिबेला हाम्रा चिन्तन र कलमहरू यसै दिशातर्फ उन्मुख हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं । प्रगतिशील लेखक संघको विगतको वस्तुपरक अध्ययन, वर्तमानबोध र विश्लेषणविना आगामी कार्यदिशा निर्धारण गर्न असम्भव नहुने हुनाले सम्मेलनमा सहभागी न्याय, समानता, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनगणतन्त्र र सामाजिक रूपान्तरणका लागि कलम चलाउने मुक्तिकामी जनताका सांस्कृतिक शिल्पीहरूको ध्यान म यतातिर आकृष्ट गर्न चाहन्छु ।

२. प्रलेस ः स्रष्टा चेतनाको सङ्गठित अभिव्यक्ति
प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल, समाज रूपान्तरणकारी लेखकीय चेतनाको सङ्गठित अभिव्यक्तिको निरन्तरता हो । यसको इतिहासतर्फ फर्कंदा वि.सं. २००९ साल असोज ५ गते तदनुसार २० सेप्टेम्बर १९५२ मा श्यामप्रसाद शर्माको अध्यक्षतामा गठित रामदास वैद्य, चित्तरत्न कंसाकार, देवीप्रसाद किसान, बालकृष्ण पोखरेल, महावीरप्रसाद अग्रवाल र बलभद्र शर्मा बडाल रहेको पहिलो कार्यसमिति भएको देखिन्छ । छैटौं राष्ट्रिय सम्मेलनबाट पारित प्रतिवेदनमा भनिएको छ– यसभन्दा अघि प्रगतिशील अध्ययनमण्डल र त्यसपछि नेपाल जनवादी लेखक सङ्घ, जनसांस्कृतिक सभा र नेपाली साहित्य सदनजस्ता संस्थाहरू पनि व्यवस्थित भएको चर्चा पाइन्छ, तर तिनको निरन्तरता रहेको देखि“दैन । त्यसैले प्रगतिशील लेखक सङ्घ ..... वीरगन्जमा स्थापित प्रगतिशील लेखक सङ्घकै निरन्तरतास“ग गा“सिएको उत्तराधिकारी संस्था हो । प्रलेसको स्थापनापश्चात् साम्राज्यवाद, पु“जीवाद, सामन्तवाद, सबैखाले प्रभुत्ववाद र विदेशी हस्तक्षेपको विरोध गर्दै नेपालको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थालाई बदल्न क्रान्तिकारी सहयोग पु¥याउने र नेपाली जनताको विपन्नता समाप्त पार्ने र राष्ट्रियता तथा जनतन्त्रको संघर्षमा सांस्कृतिक क्षेत्रबाट योगदान गर्ने संस्कृतिको निर्माण, जनवादी साहित्यको प्रचार, सङ्गठित आन्दोलन आदिलाई यसले आÇनो लक्ष्य बनाएको कुरा स्मरणीय छ । यसमा प्रतिबद्ध रूपमा माक्र्सवाद र क्रान्तिप्रति समर्पित लेखकहरू साथै कुसंस्कारविरोधी सुधारवादी एवं राष्ट्रियताका पक्षधरसम्मका सबै प्रकारका लेखकहरू सङ्गठित रहेका देखिन्छन् (प्रलेस ः पूर्णाङ्क १४, पृ. १९७) ।
प्रगतिशील लेखक सङ्घ ऐतिहासिक क्रममा नया“ सौन्दर्यचेतना र युगबोधको परिचायक बनेर स्थापना भएको थियो । सुरुदेखि नै सङ्गठित लेखकहरूका बीचमा विचारधारात्मक समस्या रहेको यथार्थलाई पछिका घटनाक्रमहरूले पुष्टि गरेका छन् । सङ्गठनात्मक एवं विचारधारात्मक प्रतिबद्धताको सवालमा व्यक्तिवादी, अराजकतावादी र अनुशासनहीन प्रवृत्ति एकातिर देखिन्छ भने अर्कोतिर जिम्मेवार भनिएका राजनीतिक सङ्गठनहरूले पनि अनुशासनलाई यान्त्रिकरूपमा लागू गर्न खोज्ने तर आत्मिक संस्कृति निर्माणमा साहित्यको गम्भीर महŒवलाई पटक्कै आत्मसात् गर्न नसक्ने प्रवृत्ति देखाउने गरेका छन् । त्यसैले सङ्गठनले लेखकहरूलाई सही ढङ्गले प्रशिक्षण दिन र रूपान्तरण गर्न उल्लेखनीय भूमिका खेल्न सकेन । परिणाममा २०१७ सालको फौजी काण्डपछि प्रलेसले आÇनो अस्तित्व धानिराख्न सकेन । कतिपय लेखकहरू प्रतिध्रुवमा सामेल हुनपुगे । इतिहासको यस्तो कटुताबाट सम्बन्धित पक्षले आजसम्म पनि गम्भीर पाठ सिकेको अनुभूति हु“दैन र सङ्गठित लेखकहरू विकर्षित भएर साङ्गठनकि प्रतिबद्धताको विपक्षमा खडा हुने स्थिति पनि यदाकदा देखिने गरेको छ । यस्तो स्थिति आउनुमा आन्तरिक कारणमात्र मूल कारण हो भनेर पन्छाउन मिल्दैन । सङ्गठनको, अनुशासनको, प्रशिक्षणको कुरा गर्दा लेखकको व्यावहारिक पक्षमा ध्यान दिनुपर्ने देखिन्छ । एकआपसमा गरिने व्यवहार र मूल्याङ्कनमा हुने गरेको गुटगत सङ्कीर्णता र इष्र्यालु व्यवहारका साथै प्रतिभापलायनका कारणको ठीक विश्लेषण गरी रोक्नुपर्ने दायित्वबोध नगर्दा पनि लेखकहरू विकर्षित हुने गरेका छन् ।
२०३६ सालमा विद्यार्थी आन्दोलनबाट सुरु भएको सङ्घर्षले जनमत सङ्ग्रहको घोषणा गर्नुपर्ने परिस्थितिको सिर्जना गराएपछि साङ्गठनिक क्रियाकलापमा पुनः खुकुलो वातावरण हुन गयो । २०३७ सालमा कलाकारहरूलाई पनि समेटेर लेखक–कलाकारहरूको संयुक्त सङ्गठन बनाउने गरी रघु पन्तको संयोजकत्वमा प्रगतिशील लेखक–कलाकार सङ्घ (प्रलेकस) राष्ट्रिय सम्मेलन तयारी समितिको गठन गरेर २०१७ सालदेखि टुटेको सङ्गठनात्मक कडीलाई पुनः जोड्ने काम गरियो । कलाकारसमेतको सङ्गठन बनाउने प्रयासलाई छोडेर वि.सं. २०४४ साल पुसमा मात्र प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मेलन हुनसक्यो । त्यसपछि २०४६ सालको जनआन्दोलनले संसदीय प्रणालीलाई पुनः स्थापित गरेर अपेक्षाकृत खुला वातावरण सिर्जना भएको अवस्थामा २०४८ मा दोस्रो, २०५० मा तेस्रो राष्ट्रिय सम्मेलन गरियो । २०५२ साल फागुनमा प्रलेसको चौथो राष्ट्रिय सम्मेलन गरियो, तर विवाद र बहिष्कारका कारणले सम्मेलन विखण्डित हुनपुगेकाले सर्वपक्षीय नेतृत्व निर्माण हुनसकेन । २०५६ साल फागुनमा एकताबद्ध पा“चौं राष्ट्रिय सम्मेलन र २०५९ साल फागुनमा छैटौं राष्ट्रिय सम्मेलन सम्पन्न भई प्रलेसको सङ्गठनात्मक निरन्तरता कायम रहिआएको छ । सङ्गठनात्मक प्रक्रियाको यही कडीमा जोडिएर हामी आज सातौं राष्ट्रिय सम्मेलनमा भेला भइरहेका छौं ।

३. छैटौं राष्ट्रिय सम्मेलनदेखि वर्तमानसम्म
प्रगतिशील लेखक सङ्घ कार्यमूलक संस्था हो तापनि व्यक्तिगत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय जीवनमा कार्यरत लेखकहरू नै यसमा संलग्न भएकाले लेखक सङ्घका लागि मात्र काम गर्ने पूर्णकालीन स्रष्टाहरू नहुनु स्वाभाविक हो । खास कार्यका लागि जुट्ने र अन्य समयमा आ–आÇना कार्यमा प्रवृत्त हुनु नै प्रलेसमा आबद्ध लेखकहरूको कार्यप्रकृति हुनाले यसैअनुरूप विभिन्न क्रियाकलापहरू गरि“दै आएका छन् । दीर्घकालीन र अल्पकालीन कार्यक्रमको तर्जुमा गरेर भिन्न ढङ्गले काम गर्ने लक्ष्य राखे पनि हामीले विगतका कार्यसमितिहरूले गर्दै आएका कार्यहरूलाई नै निरन्तरता दिएका छौं । वार्षिक कार्यतालिका बनाएर अल्पकालीन कार्यक्रमहरू सम्पन्न गरिएका थिए । विभिन्न कार्यक्रमहरू गरेर प्रलेसले नया“ जनवादी सांस्कृतिक आन्दोलनको सङ्गठित चेतनालाई निरन्तर अगाडि बढायो । प्रतिगामी, सामन्तवादी÷पु“जीवादी मूल्य र मान्यताविरुद्ध जुधिरह्यो । निश्चय पनि संस्कृति निर्माणको प्रक्रिया सरल र तत्काल प्रतिफल दिनसक्ने किसिमको थिएन र हु“दैन । प्रलेसले जति काम गर्नुपथ्र्यो त्यति गर्न सकेन, त्यो छुट्टै कुरा हो, तर सांस्कृतिक प्रतिरोधको साझा यात्रामा हामीले विश्राम लिएनौं । केन्द्रीय समिति मात्र होइन, यसका विभिन्न शाखाहरू आ–आÇना जिल्लामा कार्यरत रहे र सांस्कृतिक आन्दोलनलाई अगाडि बढाइरहे । प्रगतिशील लेखक सङ्घको यो अवधि मूलतः सङ्घर्षको अवधि रह्यो । राजाको प्रतिगमन, सङ्कटकाल, निरङ्कुशता र दमनका कारण यस अवधिमा धेरैजसो सङ्घर्ष र प्रतिरोध गर्नुपरेकाले योजनाअनुरूप कार्य गर्न नसके पनि राजतन्त्रका विरुद्धको सङ्घर्षका दृष्टिले यो काल महŒवपूर्ण रह्यो । सङ्घर्ष र वैचारिक एकताको सवालमा प्रलेस एक ढिक्का रह्यो भने राजतन्त्रका विरुद्धमा सिर्जना र आन्दोलनको सहभागिताका दृष्टिले पनि यो काल उपलब्धिमूलक रहेको छ ।
एकदशक अगाडिदेखि सिङ्गो मुलुक नै युद्ध, द्वन्द्व, हत्या, दमन र पछि आएर प्रतिगमनको चपेटामा पर्दा त्यसबाट प्रलेस पनि अछुतो रहेन । साहित्यिक÷सांस्कृतिक आन्दोलन अगाडि बढाउ“दा कृष्ण सेन ‘इच्छुक’, डी. कौडिन्यलगायतका थुप्रै साहित्यिक÷सांस्कृतिककर्मीहरू मात्र हामीले गुमाएका छैनौं, धेरै यातना, पीडा, गिरÇतारी र जेल पनि भोगेर आएका छौं । यी सांस्कृतिक सहिदहरूलाई सरकारी तहबाट पनि सहिद घोषणा गर्न दबाब दिनु हाम्रो दायित्वभित्रकै कुरा हो । हत्या र गिरÇतारी मात्र होइन, राज्यले अरू सयौं नागरिकहरूजस्तै सांस्कृतिककर्मीहरूलाई पनि वेपत्ता बनाएको छ । मोरङका दाताराम तिमल्सिनाको अझै पत्तो छैन । समालोचक चैतन्य र कथाकार सी.पी. गजुरेल भारतीय जेलमा बन्दी बनाइएका छन् । छैटौं राष्ट्रिय सम्मेलनपछिको मात्र कुरा गर्दा पनि स्रष्टाहरूमाथि भयानक दमन भएको छ । केन्द्रीय सदस्य पूर्णविरामलाई गिरÇतार गरी ९० दिनसम्म गायव पारिएको र साधारण सदस्य नवीन विभासको गिरÇतारीको घटनाले सबैलाई स्तब्ध बनाएको हो । विभिन्न तह र तप्कामा प्रलेस र साहित्यिक संघ–संस्थाले सिर्जना गरेको दबाबका कारण उनीहरूको जीवनरक्षा र रिहाइ हुन सकेको थियो । महासचिव घनश्याम ढकाललाई वारेन्ट, गिरÇतारीको प्रयास, घरपरिवारलाई यातना र कम्युनिस्ट आन्दोलनमा क्रियाशील छोरा विजय ढकालको हत्याले केन्द्रीय समितिलाई संवेदित मात्र बनाएन, त्यसले प्रलेसमाथि पनि असर पा¥यो । त्यसै गरी केन्द्रीय सदस्य पोषराज पौडेलले भोग्नुपरेको यातनापूर्ण अवस्था, पारिवारिक गिरÇतारी र अन्य केन्द्रीय समितिका सदस्य र पार्षदमाथि राज्यको आतङ्कपूर्ण रवैयाले गर्दा प्रलेसका कामकारबाहीमा फुकेर लाग्न दिएन । जनआन्दोलन २०६२÷०६३ का सिलसिलामा र अन्य निरङ्कुशताविरोधी आन्दोलनमा अध्यक्ष आनन्ददेव भट्ट, उपाध्यक्ष रुद्र खरेल, सचिव रमेशप्रसाद भट्टराई, केन्द्रीय सदस्य डा. जगदीशचन्द्र भण्डारी, डा. महेश मास्के, सल्लाहकार निनु चापागाईं, साधारण सदस्य सुधा त्रिपाठी, शरद वन्त, अर्जुन पराजुली, रघु पन्त, डा. सरोज धितालहरूलाई पटकपटक गिरÇतार गरी जेलमा हालियो । जनआन्दोलन २०६२÷६३, प्रतिगमनविरुद्ध स्रष्टाहरूको ऐक्यबद्धता, २०६२ भाद्र २४ र माघ ८ का आन्दोलनहरूमा दुर्गालाल श्रेष्ठ, रामचन्द्र भट्टराई, रामप्रसाद ज्ञवाली, हेमनाथ पौडेल, जीवन शर्मा, जनकप्रसाद हुमगाईं, लक्ष्मण रायमाझी, मधुसूदन गिरी, जेबी टुहुरे, पृथ्वीनारायण श्रेष्ठ, राजन काÇले, सुरेश ढकाल, पदम खड्का, शरद पौडेल, भोगीराज चाम्लिङ, डा. देवीप्रसाद गौतम, विक्रममणि त्रिपाठी, प्रभात सापकोटा, स्माली, आर.एम. डंगोल, डा. गोपीन्द्र पौडेल, सुरेश रानाभाट, तेजविलास अधिकारी, नवराज शर्मा, बलभद्र भारती, बालचन्द्र मिश्र, जीवेन्द्रदेव गिरी, देवविक्रम राई, हरिगोविन्द लुइ“टेल, पृथ्वीबहादुर सिंह, कोषाध्यक्ष मातृका पोखरेल, आहुति, केन्द्रीय सदस्य अमर गिरी, प्रदीप ज्ञवाली, सल्लाहकार शक्ति लम्साल, धनकुमारी सुनार, कुसुम ज्ञवाली, सरोज नेपाल, केन्द्रीय सदस्य सीता शर्मा, सुन्दर श्रेष्ठ, खगेन्द्र संग्रौला, श्यामल, विमल निभा, राम विनय, गोविन्द वर्तमान, नर्मदेश्वरी सत्याल, बालकृष्ण चापागाईं, प्रकाश सिलवाल, विष्णु भण्डारी, वेदराज ज्ञवाली, शशिधर भण्डारी, केन्द्रीय सदस्य केशव नेपाल, हरिमाया भेटवाललगायतका स्रष्टाहरूलाई गिरÇतार गरियो । त्यसै गरी कास्कीबाट केन्द्रीय सदस्य कुलप्रसाद खनाल, पार्षद् डा. पशुपतिनाथ तिमल्सेना, साधारण सदस्य परशुराम कोइराला, डा. भवानीप्रसाद पाण्डे, संगीत श्रोता, रूपन्देहीबाट डिल्लीराज भट्टराई, भरत पोखरेल, कपिल लामिछाने, बालकृष्ण भट्टराई, कैलालीबाट लक्ष्मीराम आचार्य, बा“केबाट हरिप्रसाद तिमिल्सिना, इन्द्रबहादुर भण्डारी, भुपेन्द्रप्रकाश शर्मा, भक्तसिंह ठोकर, धनकुटाबाट जेबी घले मगर, मदन प्रभात, सुनसरीबाट कालीप्रसाद सुवेदी, बद्रीविशाल पोखरेल, डमरुवल्लभ भण्डारी, खगनाथ लम्साल, मकवानपुरबाट विजय गौतम, खेम गोलखे, जागृत रायमाझी, नवराज शर्मा, दोलखाबाट विश्वास भण्डारी, महोत्तरीबाट मोहनराज तामाङ, सिन्धुलीबाट मिथिला फु“याल, यमकुमार देवकोटा, सिराहाबाट नरेन्द्र श्रेष्ठलगायतका स्रष्टाहरू गिरÇतारीमा परे । सल्लाहकार मोदनाथ प्रश्रित र बर्बर आक्रमणको सामना गर्दै पार्षद् राममणि पोखरेल जेलमा थुनिनुभयो । यति हु“दाहु“दै पनि निरङ्कुश प्रतिगामी राज्यले हाम्रो मनोबललाई खसाल्न सकेन । कहिले कार्यक्रम फेरबदल गर्दै कहिले सुस्त र कहिले द्रूत गतिमा प्रलेसले आÇना गतिविधिलाई सञ्चालन गर्दै गयो । शाखाहरूले कार्यक्रमहरू गर्दै गए । शाखाका गतिविधिहरूलाई केन्द्रीय समितिको प्रतिवेदनमा उल्लेख गर्ने प्रचलन नरहेको हु“दा केन्द्रीय समितिले छैटौं राष्ट्रिय सम्मेलनदेखि हालसम्म गरेका प्रमुख कार्यहरूको विवरण यस प्रकार रहेको छ ।
२०६० साल जेठ १० गते चितवनमा दलित समुदायका कविहरूको प्रतियोगितात्मक कवि गोष्ठी, २०६० साल भाद्र ३० मा ‘प्रतिगमनका विरुद्ध अग्रगमनका सम्भावनाहरू’ विषयक विचार गोष्ठी, समालोचनासम्बन्धी गोष्ठी, २०६० साल तीजमा महिला कविगोष्ठी र विचार गोष्ठी, २०६० साल मंसिरमा ‘कलमको रक्षाका लागि लेखकहरू’ शीर्षकमा विचारगोष्ठी र २०६० साल मंसिरमा सुर्खेतमा प्रगतिशील उपन्याससम्बन्धी कार्यपत्रात्मक विचारगोष्ठी र कविगोष्ठी गरिए । त्यसै गरी २०६१ साल असोजमा कविगोष्ठी र समकालीन सन्दर्भका विषयमा विचार मथनसहित प्रलेसको वार्षिकोत्सव, २०६१ साल मंसिर १९ मा उत्तर–आधुनिकतावादसम्बन्धी विचारगोष्ठी, २०६१ पौष २७ मा लाहानमा दलित साहित्यसम्बन्धी विचारगोष्ठी, २०६२ वैशाख १० मा ‘प्रगतिशील महिला लेखन, स्थिति, समस्या र सम्भावना’ विषयक कार्यपत्रात्मक विचारगोष्ठीका साथै महिला कविगोष्ठी सम्पन्न गरियो । निरङ्कुश राज्यसत्ताबाट अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको अवस्थामा २०६२ असार ११ मा ‘वर्तमान सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रताका चुनौती र सम्भावनाहरू’ विषयक विचारगोष्ठी, २०६२ साल असोज ८ मा ‘लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरूको भूमिका’ विषयमा अन्तरक्रियात्मक परिचर्चा गरियो । २०६२ चैत १८ गते रत्नपार्कमा चित्रकला, मूर्तिकला र फोटो प्रदर्शन गरियो । यसमा भारतीय कलाकार गोपाल नायडु तथा १२ जना कलाकारहरूका मूर्ति, चित्र र फोटो प्रदर्शन आन्दोलनका रूपमा सडकमै सिर्जना गरिएका थिए । त्यस कार्यक्रममा कविता गीतको पनि प्रस्तुति भयो । फेरि २०६३ वैशाख ३१ गते ‘लोकतान्त्रिक गणतन्त्रको स्थापनामा स्रष्टाहरूको दायित्व’ का विषयमा गोष्ठी सम्पन्न भयो । गम्भीर रोगबाट पीडित प्रलेसका सल्लाहकार जनकप्रसाद हुमगाईंलाई सहयोग गर्न प्रलेसले संयोजनकारी भूमिका खेल्यो ।
यसरी नै अन्य कार्यक्रमहरूमा, इराकमाथि अमेरिका र सम्बद्ध राष्ट्रहरूद्वारा गरिएको आक्रमणविरुद्धमा असन, कामठाडौंमा प्रलेसबाट कविगोष्ठीको आयोजना गरियो । यसबाहेक अन्य क्रियाकलापहरूमा प्रलेसको परिचयपत्र प्रकाशन, प्रलेस के.स. पूर्णविराम र साधारण सदस्य नवीन विभासको गिरÇतारीपछि उहा“हरूको जीवनरक्षा र रिहाइको प्रयास, २०६० सालमा प्रगतिवादी पुस्तक तथा पत्रपत्रिकामाथिको सरकारी हमलाको विरोध, २०६१ मङ्सिरमा लक्ष्मीप्रसाद देवकोटाको ९६ औं जन्मजयन्ती, निरङ्कुशताविरुद्धमा विभिन्न ठाउ“मा कविगोष्ठीहरू, सञ्चार अध्यादेश एवं विभिन्न खाले काला कानुनहरूको विरोध, लोकतान्त्रिक आन्दोलनमा विभिन्न ढङ्गले संलग्न हुनुका साथै २०६२ सालको तिहारमा देउसी–भैलो खेल्नेजस्ता कार्यहरू पनि सम्पन्न गरिए । प्रलेसको पूर्णङ्क–१४ प्रकाशित गरियो । विभिन्न जिल्ला शाखाहरूद्वारा आयोजित कार्यक्रमहरूमा प्रलेस केन्द्रीय समितिको सक्रिय प्रतिनिधित्व रहेको छ । झापाको घैलाडुबामा जनकवि गोकुल जोशीको प्रतिमा अनावरण प्रलेस अध्यक्ष आनन्ददेव भट्टबाट हुनु ऐतिहासिक महŒवको विषय हो । प्रलेससमेतको सक्रियतामा विभिन्न १३ वटा सिर्जनशील संस्थाहरूको ‘लोतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ नामक संस्था निर्माण भएको हो । त्यतिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको पक्षमा स्रष्टाहरूको सक्रिय सहभागिता जुटाउन प्रगतिशील लेखक सङ्घको महŒवपूर्ण भूमिका रहेको छ ।

४. प्रगतिशील लेखक सङ्घका चुनौती र सम्भावनाहरू
प्रगतिशील लेखक सङ्घ, नेपाल आÇनो सङ्गठनात्मक यात्राका आरोह–अवरोहमा विभिन्न चरणहरू पार गर्दै वर्तमानसम्म आइपुगेको छ । यसका अगाडि सम्भावनाको फराकिलो क्षितिज मात्र होइन, चुनौतीको सिङ्गो पहाड पनि ठडिएको छ । यसले एकातिर स्थायी प्रकृतिका चुनौतीको सामना गर्नु परिरहेको छ भने अर्कातिर समय र परिस्थितिले सिर्जना गर्ने गरेका अस्थायी समस्याहरूस“ग पनि जुध्नुपरिरहेकै छ ।
अहिलेसम्मका परिवर्तनहरूले नेपालको आधारभूत अर्धसामन्ती र अर्धऔपनिवेशिक सामाजिक संरचनालाई परिवर्तन गर्न सकेका छैनन् । यही सामाजिक धरातलमा सामन्तवादी, साम्राज्यवादी तथा पु“जीवादी सौन्दर्यचिन्तनमा झा“गिएको वर्णशङ्कर संस्कृतिको प्रतिरोधात्मक सिर्जना नै प्रलेसको अद्यावधिक यात्रा हो । सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा शान्तिपूर्ण र सशस्त्र धारमा बगेको नेपालको सिङ्गो कम्युनिस्ट आन्दोलनको सकारात्मक प्रभाव र दुर्बल पक्षहरू हाम्रा अगाडि रहेकै हुन् । यसका साथै राज्यआतङ्क, राष्ट्रघात, दमन, उत्पीडन र अमानवीकृत वीभत्स हत्या–संस्कृति र सांस्कृतिक साम्राज्यवादको पृष्ठभूमिमा उभिएर प्रगतिशील लेखक सङ्घका चुनौती र सम्भावनाहरूको आ“कलन गर्नुपर्दछ । वैचारिक, साङ्गठनिक, सिर्जनात्मक, विविध गरी चुनौती र सम्भावनालाई छुट्टाछुट्टै चर्चा गरिएको छ ।

(क) वैचारिक चुनौती
विचारधारात्मक समस्या प्रगतिवादी साहित्यलेखनको सबैभन्दा ठूलो चुनौती हो । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई आत्मसात् गरी जीवन र जगत्को विश्लेषण गर्न नसक्नाले यथार्थको कलात्मक प्रतिबिम्बन सही ढङ्गले हुन सक्दैन । माक्र्सवाद प्रगतिवादी साहित्यलेखनको आधार हो । यो यथार्थको चित्रण गर्ने यान्त्रिक प्रविधि होइन, बरु दृष्टिकोणसहितको रचनाविधि हो । माक्र्सवादी विश्वदृष्टिकोण अङ्गीकार गरेको साहित्य प्रगतिवादी अर्थात् समाजवादी यथार्थवादी साहित्य हो । यसले समाजको प्रगतिशील रूपान्तरणको पक्षपोषण गर्दछ अनि नया“ मानिस, नया“ समाज र नया“ जीवनपद्धतिको खोजी गर्दछ । साथै, श्रमजीवी जनसमुदायको जीवनलाई कुरूप बनाउने साम्राज्यवादी, सामन्तवादी, पु“जीवादीलगायतका सबै खाले चिन्तन, शोषण, दमन र उत्पीडनका प्रक्रिया र पद्धतिको यसले विरोध गर्दछ । उदात्त वर्गचेतनामा आधारित समाजवादी यथार्थवादी रचनाविधि समूह वा गुटगत सीमाभित्र रहने सिर्जनापद्धति होइन । विभाजित वाम आन्दोलनका लेखकहरूको राजनीतिक चिन्तन विभाजित हुनु अस्वाभाविक होइन । समाजको आमूल रूपान्तरणमा शान्तिपूर्ण वा सशस्त्र सङ्घर्षको विधिस“ग सहमत वा असहमत हुनु ठूलो कुरा होइन, तर साहित्य सिर्जनाको वर्गीय पक्षधरताको सवालमा पृथक् हुनु वा वर्गीय आधारमा भावनात्मक रूपले एकै हुन नसक्नु ठूलो समस्या हो । वर्ग दृष्टिकोणको स्पष्टताको अभावमा प्रगतिवादी÷प्रगतिशील धाराकै लेखकहरू एक वा अर्को समूहबाट निषेधित वा विद्रूपित भएका छन् । यही कारणले क्रान्ति, समाजको प्रगतिशील रूपान्तरणका लागि भए गरेका उत्सर्ग र बलिदानहरू उपेक्षित र तिरस्कृत भएका छन्, त्याग र निष्ठापूर्ण लेखनको संस्कृति ओझेलमा पार्न खोजिएको छ । प्रगतिशील संस्कृति निर्माणका प्रयासहरू जहा“ र जसले गरेका भए पनि तिनलाई वर्गीय धारणाले सकारात्मक ढङ्गले ग्रणह गर्नुपर्दछ । नाममा प्रगतिवादी, तर लेखनमा गैरप्रगतिवादी साह्रै खड्कने समस्या भएर देखापरेको छ । माक्र्सवादी सौन्दर्यचिन्तनलाई आत्मसात् गर्न खोज्दाखोज्दै ग्रहण गर्न नसकेको समस्या दृष्टिकोणको प्रष्टतापछि समाधान हुने समस्या हो, तर बुझेर पनि बुझपचाउनु लेखनक्षेत्रको गम्भीर चुनौती हो । यो वैचारिक विचलनकै अवस्था हो, जसले अन्ततोगत्वा समाजवादी–यथार्थवादी रचनाविधिलाई नै अस्वीकार गर्ने दिशातर्फ लैजान्छ । माक्र्सवादी सौन्दर्यचिन्तनलाई शास्त्रीय घोषित गर्ने नवमाक्र्सवादी चिन्तन पनि वैचारिक विचलनकै अर्को रूप हो ।
दृष्टिकोणको सवालमा प्रगतिवादी स्रष्टाहरूमै यस्तो समस्या रहिरहेको अवस्थामा माक्र्सवादी दृष्टिकोण अङ्गीकार नगरेका प्रगतशिील लेखकहरूमा अन्योल रहनु अनौठो कुरा होइन । प्रगतिशील लेखकहरूको ठूलो हिस्सालाई समाजवादी यथार्थवादी लेखनको वरिपरि गोलबन्द गर्नु ठूलो चुनौती मात्र होइन, अहम् महŒवको सवाल पनि हो । सामन्तवाद, शोषण, दमन, अन्याय र अत्याचारविरोधी सौन्दर्यचेतनायुक्त राष्ट्रियताका पक्षधर लेखकहरूको सकारात्मक पक्षलाई ग्रहण गर्दै कमीकमजोरीको मैत्रीपूर्ण आलोचना गर्नु आवश्यक छ । आलोचना, आलोचनाका लागि नभएर वैचारिक रूपान्तरणतर्फ लक्षित हुनु जरुरी छ । बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो समाजमा सबै भाषा–भाषीको संरक्षण एवं उत्थान गर्दै वैज्ञानिक र जनपक्षीय राष्ट्रिय संस्कृतिको निर्माण गर्ने चिन्तनमा एकताबद्ध हुनु अहिलेको आवश्यकता हो । सामन्तवादी गढको उन्मूलन गर्न लोकतान्त्रिक गणतन्त्रका पक्षधर समग्र स्रष्टाहरू गोलबन्द हुन इतिहासले माग गरिरहेको छ । सौन्दर्यशास्त्रीय एवं व्यावहारिक सिर्जना र समालोचनात्मक विवादहरूलाई विशद् तर मैत्रीपूर्ण ढङ्गले चलाउन जरुरी छ ।

(ख) साङ्ठनिक चुनौती
प्रगतिशील लेखक सङ्घलाई कसरी योजनाबद्ध ढङ्गले विस्तार गर्ने, नियमित नेतृत्वदायी र संश्लेषणात्मक कसरी बनाउने भन्ने अर्को महŒवपूर्ण चुरो कुरो हो । साझा मञ्च भएको हुनाले यसको गठन पनि साझा ढङ्गले नै गरिनुपर्दछ । लेखकहरू हु“दाहु“दै पनि विभिन्न जटिलताले गर्दा कतिपय ठाउ“मा प्रलेसका शाखाहरू गठन हुन सकेका छैनन् । हालसम्म ३८ जिल्लाहरूमा प्रलेस शाखाको विस्तार भएको छ । सङ्गठनको नेतृत्व निर्माण गर्दा पार्टी प्रतिबद्ध र अप्रतिबद्ध दुवै थरी लेखकहरू छन् । प्रतिबद्ध पनि विभिन्न समूहमा छन् । नेतृत्वनिर्माणमा यी सबै थरी प्रवृत्तिको उचित सहभागिता गराउने मालिमा एउटा पेचिलो समस्या हो । सङ्गठित गर्दा सङ्गठन त हुने तर काम नहुने यथार्थ पनि छ । त्यसैले सङ्गठन बनाउ“दा प्रतिबद्ध र स्वतन्त्र प्रवृत्तिको सन्तुलनलाई ध्यान दि“दै साहित्यिकक्षेत्र मूल कर्मथलो बनाएका र त्यतैतिर बढी समय दिन सक्नेहरूलाई नेतृत्वमा स्थान दिइनुपर्छ । महिला, दलित, मधेसी विभिन्न भाषाभाषी तथा अन्य तह र समुदायका सर्जकहरूलाई क्षेत्रीय आधारमा समेत सङ्गठनमा संलग्न बनाउनुपर्दछ । सङ्गठनात्मक सम्बन्धलाई त्यति रुचिकर नमानी स्वतन्त्र रहेर साहित्यिक, सांस्कृतिक आन्दोलनमा क्रियाशील लेखन प्रवृत्ति, यस किसिमको नेतृत्वनिर्माणमा त्यति सन्तुष्ट रहेको देखि“दैन । प्रलेसभित्र वर्गीय प्रतिबद्धताको विषयमा विवाद छैन, तर सङगठित र असङगठित प्रवृत्तिका बीचमा लामो बहस चल्दै आएको छ । अब प्रलेसको साङ्गठनिक चरित्र वा बनोटमा पुनर्विचार गर्नुपर्ने हो कि ? आगामी दिनमा यसतर्फ पनि सोच्न जरुरी छ ।

(ग) सिर्जनात्मक चुनौती
सिर्जनासित सम्बन्धित सवालहरूमा अत्यन्त गम्भीर रहेका छन् । प्रगतिवादी लेखन उद्देश्यपूर्ण हुन्छ भनेर स्वीकारिए तापनि यथार्थको छनोट र प्रस्तुतिमा थुप्रै समस्याहरू रहने गरेका छन् । यथार्थको कुन रूप के का लागि कसरी प्रयोग गरिन्छ, त्यो सबैभन्दा महŒवपूर्ण पक्ष हो । उद्देश्य, छनोट र प्रस्तुतीकरणको समुचित समन्वय दृष्टिकोणको प्रष्टतास“ग पनि जोडिएको छ । यथार्थको कलात्मक प्रतिबिम्बनको अर्थ फोटो चित्रण होइन, बरु त्यसको पुनःसिर्जना अर्थात् पुनरुत्पादन हो । प्रतिनिधि यथार्थलाई प्रतिनिधि पात्रद्वारा प्रस्तुत गर्नु यथार्थको छनोट प्रक्रिया हो । यसो भएमा मात्र यथार्थको विश्वसनीय प्रतिबिम्बन हुनसक्छ । सकारात्मक उद्देश्यका निमित्त स्रष्टाले सामाजिक जनजीवनबाट यथार्थको कुनै पनि रूप लिनसक्छ, तर पनि समाजवादी यथार्थवादले समाज रूपान्तरणमा क्रियाशील मानिसका क्रियाकलाप, चिन्तन, त्याग, बलिदान र शौर्यलाई केन्द्रमा राख्दछ । धार्मिक अन्धविश्वास, जातीयता, छुवाछूत, कुरीति, अवतारवादलगायतका सबै किसिमका सामन्तवादी तथा पु“जीवादी शोषण र उत्पीडनको विरोध गर्दछ । युद्धकालीन वा सामाजिक उथलपुथलको समय र शान्त अवस्थाका सिर्जनाहरू निश्चय पनि फरक हुन्छन्, सबै भने जस्ता नहुन सक्छन् । साहित्यमा पनि समाजसापेक्ष, राजनीतिसापेक्ष वा सङ्गठनसापेक्ष हुने कुरालाई पनि बिर्सन सकि“दैन । समाजवादी यथार्थवादले मावनजीवनको समग्र पक्षको प्रतिबिम्बन गर्नुपर्ने मान्यता राख्दछ । अझसम्म पनि समाजवादी यथार्थवादी नेपाली साहित्यसिर्जनामा यो मान्यताको प्रयोग राम्रोस“ग हुन सकिरहेको छैन ।
सामाजिक यथार्थ, आलोचनात्मक यथार्थ र समाजवादी यथार्थ गरी नेपाली साहित्यमा यथार्थ तीन किसिमले अभिव्यक्त हु“दै आएको छ । आलोचनात्मक यथार्थवाद समाजवादी यथार्थवादको सहयोगी प्रवृत्ति हो र सामाजिक यथार्थलाई पनि यसले आÇनो सेरोफेरोमा हि“डाउ“दै त्यसले प्रगतिशील तŒवलाई प्रोत्साहन दिनुपर्दछ । सामाजिक यथार्थमा आलोचनात्मक यथार्थवादमा जस्तो आलोचनात्मक चेतना हु“दैन र आलोचनात्मक यथार्थमा समाजवादी यथार्थवादमा जस्तो रूपान्तरणकारी एवं भविष्यचेत हु“दैन । माक्र्सवादी सौन्दर्यचेतनासम्म आइनपुगेका सामन्तवाद तथा साम्राज्यवादविरोध प्रगतिशील लेखकहरू सामाजिक र आलोचनात्मक यथार्थको तहसम्म सीमति रहेका हुन्छन् । सिर्जनात्मक चेतनाको रूपान्तरणलाई विचारधाराले निर्देशित गर्दछ ।
सिर्जनात्मकताको अर्को महŒवपूर्ण विषयवस्तुलाई सुन्दर ढङ्गले कसरी प्रस्तुत गर्ने भन्ने रहेको छ । प्रगतिवादी साहित्य कलात्मक विचार हो । त्यसैले कला र विचारलाई स्वाभाविक र सन्तुलित ढङ्गले ग्रहण गर्नुपर्दछ । कलाको नाममा विचारधारात्मक तŒवलाई उपेक्षा गर्ने रूपवादी प्रवृत्ति र विचारको नाममा रूपलाई नै उपेक्षा गर्ने नारावादी प्रवृत्ति माक्र्सवादी सौन्दर्य चिन्तनका अङ्ग होइनन् । तथाकथित साहित्यिकताको नाममा रचनाको वैचारिकताको निषेध गर्ने चिन्तनभित्रको प्रतिगामी विचारलाई अनावरण गर्नु आवश्यक छ । कलात्मक बिम्बको यथार्थ प्रस्तुत गर्ने सीप र साधनामा प्रगतिशील लेखकहरू कुशल हुनैपर्छ । अन्तर्वस्तु र रूप दुवैमा सुन्दर रचना सिर्जनाको विकल्प कुनै पनि बहानामा दिइन्छ भने त्यो स्वीकार्य हुन सक्दैन । सामाजिक द्वन्द्वलाई सम्बोधन गर्न नसकेको साहित्य बाह्य रूपमा जतिसुकै राम्रो देखिए तापनि वास्तविक अर्थमा त्यो प्रगतिशील हु“दैन ।

(घ) विविध चुनौतीहरू
हामीहरूले वर्षौंदेखि माक्र्सवाद र प्रगतिवादका ठूल्ठूला कुरा गर्दै आएका छौं । पक्षधरता र व्यावहारिक कसौटीको वकालत गर्दै आएका छौं । प्रतिगमनविरोधी आन्दोलन र जनआन्दोलनका समयमा पक्षधरताको सवाल प्रलेसका कतिपय सदस्यहरूस“ग जोडिएर पनि आयो । प्रलेसभित्र र बाहिरबाट प्रश्नहरू उठाइए । प्रलेसका कतिपय सदस्यहरूले आÇनो पहिचान गुमाउ“दै सामन्तवादी, पु“जीवादी साहित्यिक मूल्यमान्यताहरूको अभिनन्दन गरी हि“ड्दा प्रलेसको सदस्य हुनुको औचित्यमाथि नै प्रश्नचिन्ह खडा भएको हो । यसो हुनुमा राज्यको चर्को दमन र त्यसको उचित प्रतिरोध हुन नसक्नु, लेखकहरू जुन पार्टीमा संलग्न वा जसलाई समर्थन गर्दछन्, त्यसको नीतिगत एवं वैचारिक ढुलमुलेपन हुनु अनि सबैभन्दा महŒवपूर्ण कुरो लेखकले सामान्तवादी मूल्य–मान्यतास“ग पूर्णरूपले सम्बन्धविच्छेद गर्न नसकेको वैचारिक समस्याजस्ता कारणहरू रहेका छन् । सामन्तवादको विरोध गर्दै आएका हामीहरूले आफूभित्रको सामन्तवादको भने चर्चा गर्ने गरेका छैनौं । हामीभित्रै सामन्तवादी प्रभु संस्कृतिको अहङ्कार त छैन ? सबैले निरीक्षण गर्न जरुरी छ ।
जनपक्षधरता, वर्गीय सौन्दर्यचेतना र मूल्य–मान्यताको आधारमा वस्तुगत मूल्याङ्कन होइन, गुटगत सङ्कीर्णताको आधारमा गरिने मूल्याङ्कनले प्रगतिशील÷प्रगतिवादी कृतिहरूलाई निषेध र विद्रूपीकरण गर्ने गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म सामन्तवादी–पु“जीवादी ढा“चामा तयार पारिएका पाठ्यक्रमले एकातिर प्रगतिवादी साहित्यको निषेध गरेको छ भने अर्कोतिर विद्यार्थी तथा पाठकमा भ्रम फैलाएको छ । त्यसैले माक्र्सवादी शिक्षा र पाठ्यक्रममा प्रगतिवादी रचना समावेश गर्न सङ्घर्ष गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । विद्युतीय सञ्चार माध्यमबाट प्रवाहित गर्ने गरिएको सांस्कृतिक प्रदूषणका विरुद्ध अभियान चलाउनु पनि त्यत्तिकै जरुरी छ । त्यति मात्र होइन सामन्तवाद, नवसामन्तवाद, स्तुतिवाद, विसङ्गतिवाद, प्रयोगवादलगायतका मानवीय मूल्य विपरीतका सबै खाले रचनाप्रवृत्तिहरूविरुद्ध स्रष्टाहरूमा राम्रो प्रशिक्षण दिन आवश्यक छ । प्रगतिशील साहित्य लेखिएर आर्थिक समस्याले प्रकाशित हुन नसक्नु र प्रकाशित भएको कृति पनि समुचित वितरण हुन नसक्ने अवस्थाले लक्षित पाठकसम्म सजिलै पुग्न सकेको छैन । यसो हुनुमा विरोधीहरूको पूर्वाग्रह त छ नै, प्रगतिशील खेमाभित्रका विविध सङ्कीर्णताहरू पनि जिम्मेवार छन् ।

(ङ) प्रगतिशील लेखक सङ्घका सम्भावनाहरू
प्रगतिशील लेखक सङ्घ, नेपाल चुनौती र समस्यामात्र भएको सङ्गठन होइन, तिनको सामना गर्दै अगाडि बढिरहेको सङ्गठन हो । सम्भावना नै यसको मूल पक्ष हो । प्रतिपक्षीय समानान्तर लेखन अन्तर्वस्तुको सङ्कटबाट गुज्रिरहेको छ र रूपका माध्यमले खोक्रो एवं प्रतिगामी अन्तर्वस्तुलाई ढाक्ने असफल प्रयासमा छ । थुप्रै कमीकमजोरीहरू हु“दाहु“दै पनि प्रगतिशील लेखन अन्तर्वस्तु र रूप दुवैमा समृद्ध हु“दै गएको छ । यथार्थमा भन्ने हो भने वर्तमान नेपाली साहित्यको नेतृत्व प्रगतिशील साहित्यले गरिरहेको छ । किनभने प्रतिध्रुवका अधिकांश स्रष्टा यस अवधिमा प्रगतिशील धारामा लेखिरहेका छन् । यो उनीहरूका अगाडि सिर्जनात्मक बाध्यता हो । प्रगतिशील लेखनधारामा योजनाबद्ध ढङ्गबाट क्षमता र प्रतिभाको उपयोग गर्ने हो भने प्रतिध्रुवलाई चुनौती दिन नसक्ने सिर्जनाका कुनै क्षेत्र पनि बा“की रह“दैनन् । जनआन्दोलन २०६२–६३ को प्रहारबाट सामन्तवादी सौन्दर्यमूल्यहरूको गढ थला परेको छ र अव त्यसले अन्तिम स्वासका निम्ति अर्को निर्णायक प्रहार पर्खिरहेको छ । सामन्तवादी संस्कृतिका जुवाबाट मुक्त हुन जनताले सांस्कृतिक क्रान्तिको आह्वान गरिरहेका छन् । नया“ जनपक्षीय सौन्दर्यचेतनाले पुरानोको ठाउ“ लि“दै गएको छ । माक्र्सवादी वैज्ञानिक विचारधारा, सौन्दर्यशास्त्र, समालोचना र सिर्जनाका क्षेत्रमा हामीस“ग थुप्रै स्रष्टा, द्रष्टा र सौन्दर्यचिन्तकहरू छन् । देशका विभिन्न भागमा सयौं लेखकहरू प्रलेसका शाखामा आबद्ध छन् । नया“ शाखाहरू बन्दैछन् । प्रगतिशील साहित्यिक आन्दोलन विस्तार भइरहेको छ । सहरिया आ“खा र सङ्कीर्णताको दृष्टिबाट नदेखिने ग्रामीण क्षेत्रहरूमा सामन्तवादका किल्लाहरू ढलिरहेका छन् र नया“ संस्कृतिले ठाउ“ लि“दै गएको छ । जनयुद्धको विस्तारले साहित्यमा विद्रोही सौन्दर्यचेतनालाई ह्वात्तै बढाएको मात्र होइन त्यसलाई स्थापित पनि गरेको छ । गणतान्त्रिक सौन्दर्यचेतनालाई जनआन्दोलनले अनुमोदन गरेको तथ्यलाई भुल्न सकि“दैन । यथार्थवादी–प्रगतिवादी सबै स्रष्टा र द्रष्टा हाम्रा गौरव हुन् । यी सबैलाई प्रलेसले आÇनो अखण्ड पु“जीका रूपमा पु“जीकृत गर्दै जानुपर्छ । सांस्कृतिक धरोहरहरूलाई प्रलेसले सम्मान गर्ने प्रक्रियाको थालनी गरेको छ र त्यसलाई हामीले निरन्तरता दिएका छौं । प्रगतिशील साहित्यिक आन्दोलन निरन्तर गतिमय नदी हो । यसमा आउने जाने क्रम चलिरहन्छ । तर नदीको प्रवाह रोकि“दैन । कहिले साउनको बाढी उर्लिन्छ, तर यसको स्थायित्व भनेको शरदको निखार हो, वसन्तको प्रवाह हो । यो प्रवाह थुप्रै बलिदान र निरन्तरताबाट निर्मित भएको छ । अमानवीय क्रूर संस्कृतिको प्रतिरोधमा थुप्रै सिर्जनाशील छातीहरू छेडिएका छन् र सहादत प्राप्त गरेका छन् । थुप्रैले उत्पीडन, यातना र गिरÇतारी झेलेका छन् । जनआन्दोलन २०६२–६३ को सफलताले प्रगतिशील लेखकहरूको सिर्जना क्षितिजलाई अझ व्यापक बनाइदिएको छ । जनताको प्रतिरोधबाट अमानवीय हत्या संस्कृति सधैंभरि टिकिरहन सक्दैन भन्ने तथ्यलाई नै त्यसले प्रमाणित गरेको छ । सामन्ती–पु“जीवादी साहित्य–संस्कृतिको क्षेत्र अनुसन्धानमा समेत सा“घुरि“दै जान थालेको छ । स्वतन्त्र रूपमा अनुसन्धान गर्न र युगचेतनालाई उजागर गर्न पर्याप्त प्रयास नभए तापनि सीमित रूपमा विश्वविद्यालयका निषेधित क्षेत्रहरूमा प्रगतिशील साहित्यिक मूल्य–मान्यताले हस्तक्षेप गर्न थालेका छन् । सयौंं नया“ प्रतिभाहरू उदाइरहेका छन् र आÇना कलम तिखार्दै छन् । अहिले सिर्जनशील एवं सौन्दर्यशास्त्रीय बहसलाई व्यापक बनाउ“दै स्रष्टाहरूलाई लोकतान्त्रिक गणतन्त्रको सांस्कृतिक धारमा गोलबन्द गरी सुन्दरभन्दा सुन्दर कृतिहरूको सिर्जना गर्न अभिप्रेरित गर्ने कार्य नै प्रलेसको तात्कालिक कार्यदिशा हो । यसले मात्र जनगणतन्त्रको भावी दिशालाई
सुनिश्चित गर्दछ ।

५. अन्त्यमा
    चुनौती र सम्भावनामा व्यक्त कुराहरूलाई यहा“ दोहो¥याइरहनु जरुरी छैन । प्रगतिशील साहित्यिक आन्दोलन गतिशील यथार्थमा आधारित अविरल गति हो । सत्यप्रतिको निष्ठाले गर्दा यसको गति रोकिन सक्दैन । सर्जकहरूको सङ्गठनात्मक र चेतना अभिव्यक्त गर्ने माध्यमको रूपमा प्रलेस गतिशील यथार्थको प्रवाहमा सधैं जीवित रहनेछ र चुनौतीहरूको सामाना गर्दै जानेछ । यथार्थको पुनः सिर्जनामा यो सम्मेलनले हाम्रा चिन्तन, कलम र सीपहरूलाई तिखार्न, जुझारु एकता र सहयोगको नया“ ढोका उघार्नेछ अनि जनगणतन्त्रको चिन्तनमा थप निखार थप्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
२०६३ जेठ २८–२९




प्रगतिशील लेखक सङ्घको सातौ राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित
केन्द्रीय समिति, राष्ट्रिय परिषद्को नामावली

केन्द्रीय पदाधिकारी

१. निनु चापागाईं- अध्यक्ष
२. सुधा त्रिपाठी- उपाध्यक्ष
३. हरिगोविन्द लुइ“टेल- उपाध्यक्ष
४. अमर गिरी- महासचिव
५. मातृका पोखरेल- सचिव
६. गोपाल ठाकुर- कोषाध्यक्ष


केन्द्रीय सदस्यहरू

७. डा. जगदीशचन्द्र भण्डारी
८. डा. ताराकान्त पाण्डे
९. जीवन शर्मा
१०. डा. नन्दीश अधिकारी
११. आहुती
१२. इस्माली
१३. सरिता तिवारी
१४. सीता शर्मा
१५. अनिरुद्ध तिम्सिना
१६. कुसुम ज्ञवाली"
१७. सुशीला प्रधानाङ्ग
१८. डा. गोपीन्द्र पौडेल
१९. डा. पशुपतिनाथ तिमल्सेना
२०. राम विनय
२१. लक्ष्मी माली
२२. चंकी श्रेष्ठ
२३. पुण्यप्रसाद खरेल
२४. बुद्ध सायमि
२५. राजन पोखरेल
२६. पद्मप्रसाद शर्मा
२७. राजेश वान्तवा

राष्ट्रिय परिषद् सदस्य

१. बु“द राना
२. मोदनाथ मरहट्टा
३. भवानी क्षत्री
४. खेम नेपाली
५. विजयराज आचार्य
६. धनकुमारी सुनार
७. डा. श्रीधर गौतम
८. कविता पौडेल
९. शरद पौडेल
१०. पञ्चकुमारी परियार
११. चन्द्रा थानी
१२. विष्णु भण्डारी
१३. आर.एम. डंगोल
१४. आत्माराम शर्मा
१५. सङ्गीत श्रोता
१६. विन्दा मैनाली
१७. विष्णु रिजाल
१८. राममणि पोखरेल
१९. इन्द्रराज लामा
२०. मञ्जु पुडासैनी
२१. रामप्रसाद प्रदीप
२२. इन्द्रबहादुर भण्डारी
२३. प्रदीप प्रधान
२४. बाबुराम आचार्य
२५. आशकुमार चिकंवञ्जार
२६. विदुर वस्ती
२७. बद्रीविशाल पोखरेल
२८. रामप्रसाद मिश्र











































































No comments:

Post a Comment