Wednesday, May 19, 2010

प्रगतिशील लेखक सङ्घ, नेपालको आठौ राष्ट्रिय सम्मेलन विशेष

                प्रगतिशील लेखक सङ्घ,नेपालको विधान
         (आठौं राष्ट्रिय सम्मेलन २०६६ जेठ २३–२४ द्वारा पारित)

प्रस्तावना

साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो र यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक आमूल रूपान्तरणका लागि सहयोग पु¥याउनुपर्छ भन्ने चिन्तन राखी वर्गविभक्त समाजमा वर्गसङ्घर्षलाई उक्त रूपान्तरणको प्रमुख कारक एवं प्रेरक तत्व ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक एवं भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने अनि कलासाहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व एवं पक्षपोषण गर्ने साठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्धसमेत रहेका साहित्य–सर्जकहरूको साझा मञ्चका रूपमा क्रियाशील राष्ट्रिय स्तरको संगठन प्रगतिशील लेखक सङ्घ हो । यस सङ्घलाई विधिवत् सञ्चालन गर्न सङ्घको एक विधान हुनु आवश्यक भएकाले प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मलेनबाट पारित यो विधान आठौं राष्ट्रिय सम्मेलनबाट सामान्य संशोधनसहित पारित गरिएको छ ।
उद्देश्य र कार्यक्रम
प्रलेसको आम कार्यक्रम तथा उद्देश्य निम्न बमोजिम हुनेछ–
१.    प्रगतिशील लेखकहरूको हकहितको संरक्षण एवं सम्बद्र्धनका निम्ति प्रयत्नशील एवं कार्यरत रहने ।
२.    विद्यमान सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, राष्ट्रिय तथा नयाँ जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका साथै मुलुकको जनगणतान्त्रिक रूपान्तरणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने ।
३.    अन्धविश्वास, रुढिवाद तथा सबैखाले अवैज्ञानिक एवं यथास्थितिवादी विचार र रचनाप्रति आलोचक हुँदै वैज्ञानिक एवं प्रगतिशील÷प्रगतिवादी सिर्जनकर्मलाई विकसित एवं समृद्ध तुल्याउन योजनाबद्ध रूपमा क्रियाशील रहने ।
४.    देशभित्र विद्यमान सबै भाषाको विकासका निम्ति भाषिक समानताको अधिकारको पक्षपोषण गर्दै उक्त समान भाषिक अधिकारको प्राप्ति एवं अन्तरभाषिक सामञ्जस्यका साथै विभिन्न भाषामा जनपक्षीय साहित्य–संस्कृतिको विकासका निम्ति क्रियाशील रहने ।
५.    राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षमा रहँदै सबै प्रकारका असमान सन्धिहरूका विरुद्धमा दृढतापूर्वक उभिने ।
६.    अन्यायका विरुद्ध विद्रोह गर्नु अधिकार हो भन्ने मान्यतालाई आत्मसात् गर्दैै सम्पूर्ण जनसमुदायका न्यायपूर्ण सङ्घर्षका पक्षमा दृढतापूर्वक कलम चलाउने तथा सबैखाले निरङ्कुशताको विरोध गर्दै न्याय, समानता एवं मानवअधिकारको बहालीका निम्ति सङ्घर्षरत रहने ।
७.    वर्गीय, लैंगिक, जातीय तथा वर्णगत(छुवाछुतजन्य), धार्मिक एवं क्षेत्रीय(भौगोलिक) आदि मानवद्वेषी विभेद तथा उत्पीडनका विरोधमा दृढतापूर्वक उभिंदै यस्ता विभेदको अन्त्य एवं परस्पर सद्भाव र सामञ्जस्यपूर्ण समाजनिर्माणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय हुने,
८.    आवश्यकताअनुसार विभिन्न स्वदेशी तथा विदेशी भाषाका प्रगतिशील कृतिहरूलाई एकअर्का भाषामा अनुवाद गर्ने ।
९.    विभिन्न जातिका जनताहरूबीच फुट द्वेष तथा अहङ्कार फैलाउने र कुनै क्षेत्रमा साम्प्रदायिक विचार ल्याउन खोज्ने तŒव तथा प्रयत्नहरूको विरुद्धमा दृढतापूर्वक उभिने ।
१०.    कुनै पनि शक्ति राष्ट्रहरूको साम्राज्यवादी क्रियाकलापहरूको विरोध गर्दै अन्यायपूर्ण युद्धको विरुद्ध हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवं सङ्घर्षहरूको र विश्वशान्तिको पक्षमा दृढतापूर्वक उभिने ।
११.    अन्तर्राष्ट्रिय क्षेत्रमा प्रगतिशील तथा जनवादी सांस्कृतिक–साहित्यिक सङ्गठनहरूसित भाइचारा एवं मैत्रीसम्बन्ध कायम राख्ने ।
१२.    धर्मनिरपेक्षताका पक्षमा दृढतापूर्वक उभिंदै यसको पूर्ण व्यावहारिक प्रत्याभूतिका निम्ति आवाज उठाउने तथा धर्मनिरपेक्षताका आधारमा राष्ट्रिय एकता एवं  सामाजिक सद्भावको विकासका निम्ति क्रियाशील रहने ।.
१३.    आगामी कार्यकालभित्र नेपाली भाषाका अतिरिक्त सबै भाषाका प्रगतिशील साहित्यकारहरूको साझा मन्चको रूपमा प्रलेसलाई विकसित गर्ने र राज्यको पुनः संरचनाअनुरूप सङ्गठन निर्माणको पहल गर्ने ।
स्पष्टीकरण तथा व्याख्या
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा–
(क)    प्रलेस भन्नाले यस विधानअनुरूप गठित प्रगतिशील लेखक सङ्घलाई सम्झनुपर्छ ।
(ख)    सदस्य भन्नाले यस विधानको धारा ४ बमोजिम बन्न सक्ने तीनै प्रकारका सदस्यहरूलाई बुझिनेछ ।
(ग)    सङ्गठन भन्नाले यस विधानअनुरूप गठन भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको राष्ट्रिय परिषद्, केन्द्रीय समिति र केन्द्रीय समितिले विधिवत गठन गरेका शाखाहरूसमेत बुझिनेछ ।
(घ)    विधान भन्नाले प्रगतिशील लेखक सङ्घ, नेपालको विधान २०५२ बुझिनेछ  ।
(ङ)    के.स. भन्नाले प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति बुझिनेछ ।
धारा १. नाम ः
यस सङ्गठनको नाम प्रगतिशील लेखक सङ्घ, नेपाल रहनेछ र सङ्क्षेपमा जसलाई प्रलेस, नेपाल भनिनेछ । अङ्ग्रेजीमा यसलाई एचयनचभककष्खभ ध्चष्तभचकु ब्ककयअष्बतष्यल ल्भउब िर छोटकरीमा एध्ब्, ल्भउब िभनिनेछ ।
धारा २. प्रारम्भ ः
यो विधान तुरुन्त लागू हुनेछ ।
धारा ३. झन्डा ः
यस सङ्गठनको झन्डा रातो पृष्ठभूमि भएको समकोणीय ४ कुने आकारको हुनेछ । यसको बीचमा सेतो रङ्गको खुलेको खालि कापी र कापीको माथि बायाँपट्टि बिर्को घुसारिएको र निबको टुप्पो लेख्ने अवस्थामा रहेर माथिबाट तल कापीमा ४० डिग्रीको कोणमा निहुरिएको कलम रहनेछ ।
धारा ४. सदस्यता ः
प्रलेसको सदस्यता सम्बन्धमा निम्नबमोजिम व्यवस्था गरिनेछ–
४.१    प्रलेसको आम कार्यक्रम र उद्देश्यसँग सहमत कुनै पनि साहित्यसर्जक तथा साहित्यिक पत्रिकाका सम्पादक प्रलेसको साधारण सदस्य बन्न सक्नेछन् ।
४.२    प्रलेसको आम कार्यक्रम र उद्देश्यअनुरूप क्रियाशील रही साहित्यको दीर्घ सेवा गरिआउनु भएका विशिष्ट व्यक्तिहरूलाई प्रलेसको मानार्थ–सदस्यता प्रदान गर्न सकिनेछ ।
४.३  प्रगतिशील लेखक सङ्घको विधानप्रति सहमति जनाउने वा आस्था राख्ने कुनै त्यस्तो शोधार्थी जसले प्रगतिशील साहित्यका क्षेत्रमा शोधकार्य सम्पन्न गरेको छ र ऊ प्रलेसको साधारण सदस्य बन्न इच्छुक छ भने त्यस्तो व्यक्ति पनि सदस्य बन्न योग्य मानिनेछ ।
धारा ५. सदस्यता प्राप्ति ः
प्रलेसका मानार्थ सदस्यताबाहेक अन्य सदस्यता केन्द्रीय समिति वा निजले तोकेको व्यक्ति वा शाखाले प्रदान गर्नेछ ।
धारा ६. सदस्यता–शुल्क ः
प्रलेसका सदस्यहरूको सदस्यता– शुल्क निम्नबमोजिम हुनेछ–
६.१    प्रलेसका साधारण सदस्यहरूले एउटा राष्ट्रिय सम्मेलनदेखि अर्को राष्ट्रिय सम्मेलनसम्मको नवीकरण शुल्क वार्षिक ७५ (पचहत्तर) का दरले एकमुष्ट रु. २२५ बुझाउनुपर्नेछ ।
६.२    साधारण सदस्य हुने योग्यता पुगेका व्यक्तिले सदस्यता लिँदा नयाँ सदस्यता शुल्क रु. ७५ (पचहत्तर) बुझाउनु पर्नेछ । यसमा केन्द्रले तोकेबमोजिमको थप प्रवेश शुल्क बुझाउनु पर्नेछ ।
६.३    साधारण सदस्य हुने योग्यता पुगेका वा सदस्य भइसकेका कुनै पनि सदस्यले नयाँ सदस्यता लिँदा वा नवीकरण गर्दा सदस्यता–शुल्कबापत आजीवन एकमुष्ट रकम बुझाउन चाहेमा रु. २००० (दुई हजार) एकमुष्ट बुझाउन सक्नेछन् ।
धारा ७. सङ्गठनको स्वरूप ः
७.१     प्रलेसको सर्वोच्च नेतृत्वदायी निकाय राष्ट्रिय सम्मेलन हुनेछ । दुईवटा राष्ट्रिय सम्मेलनका बीचको अवधिका निम्ति राष्ट्रिय सम्मेलनले केन्द्रीय समितिसहितको ९१ जनाको एक राष्ट्रिय परिषद् गठन गर्नेछ । केन्द्रीय समितिको सङ्ख्या ४५ जनाको रहनेछ जसमा अध्यक्ष, एक महिला उपाध्यक्षसमेत समावेशी स्वरूपसहितका ५ जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ९ पदाधिकारी रहनेछन् । केन्द्रीय समितिले पदाधिकारीसमेत रहने गरी १५ जनासम्मको सचिवालय गठन गर्नेछ । पार्षद संख्या ४६ रहने छ ।
७.२    केन्द्रीय समितिले आवश्यक देखेमा एक केन्द्रीय स्तरको सल्लाहकार समिति गठन गर्न सक्नेछ । सल्लाहकारको हैसियत प्रलेसका विकासका लागि के.स.लाई आवश्यक परामर्श सल्लाह र सुझाव दिनु हुनेछ । सल्लाहकारको सङ्ख्या के.स.ले तोकेबमोजिम हुनेछ ।
७.३.    प्रलेसको सक्रियतालाई राष्ट्रव्यापी रूपमा प्रभावकारी ढङ्गले अघि बढाउन देशको कुनै खास इलाका या क्षेत्रमा रहेका प्रलेसका सदस्यहरूले आवश्यकता महसुस गरेका त्यस्ता स्थानहरूमा केन्द्रीय समितिको अनुमति लिएर शाखाहरू गठन गर्न सक्नेछन् र यस्ता शाखाहरूको सङ्गठनात्मक ढाँचाको हकमा स्थानीय तहका हुनेछन् । स्थानीय तहका शाखाहरूबाट राष्ट्रिय सम्मेलनमा सदस्य सङ्ख्याको २५ प्रतिशतसम्मले प्रतिनिधित्व गर्न पाउनेछन् । आप्mना सदस्यहरूबाट उठेको ५० प्रतिशत शुल्क शाखामै खर्च गरी अरू रकम केन्द्रमा पठाउनु पर्नेछ ।
७.४    केन्द्रीय समितिको आप्mनै कार्यालय तथा छाप रहनेछ ।
७.५    प्रतीक चिह्न (लोगो) को बनावट झन्डामाथि प्रगतिशील लेखक सङ्घ, नेपाल र झन्डाको मुन्तिर स्था. २००९ र अङ्ग्रेजी भाषामा नाम र बीचमा रेखासहित स्थापना ई. १९५२ भएको गोलाकारको हुनेछ ।
धारा ८. राष्ट्रिय सम्मेलन ः
८.१     प्रलेसको राष्ट्रिय सम्मेलन प्रत्येक तीन वर्षमा गरिनेछ । यसका प्रत्येक सदस्यहरूलाई सम्मेलनमा प्रतिनिधित्व गर्ने, राष्ट्रिय सम्मेलनमा भाग लिने, मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्राप्त हुनेछ ।
८.२    राष्ट्रिय सम्मेलन तोकिएको अवधिमा गर्नु पर्नेछ । विशेष परिस्थितिमा पनि ६ महिना अघि वा पछि गर्न सकिने छ ।
८.३    प्रलेसका २५ प्रतिशत सदस्य वा राष्ट्रिय सम्मेलनले चयन गरेको राष्ट्रिय परिषद्को सामान्य बहुमतले कुनै खास स्थितिको उल्लेख गर्दै राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने आवश्यकता दर्साएर लिखित प्रस्ताव पेस गरेमा केन्द्रीय समितिले सो प्रस्ताव पेस भएको ३ महिनाभित्र राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने छ ।
८.४     प्र.ले.स.को साझा मञ्चको अवधारणाअनुरूप यसको नेतृत्व निर्माण गर्दा यसका सदस्यहरूबीच जनवादी छलफलद्वारा आपसी सहमतिका आधारमा लोकतान्त्रिक विधिअनुरूप नेतृत्व निर्माण गरिनेछ र त्यस क्रममा मुलुकभित्र विद्यमान विभिन्न भाषाभाषी, महिला, दलित, जनजाति तथा क्षेत्र(भूगोल) एवं अपांगहरूको न्यायोचित प्रतिनिधित्व गराउने व्यवस्था पनि मिलाइने छ ।
८.५    राष्ट्रिय सम्मेलनले निर्वाचनका निम्ति एउटा निर्वाचन समितिको गठन गर्नेछ ।
८.६    शाखाका सम्मेलनहरू प्रत्येक तीन वर्षमा हुनेछन्, कार्यकारिणीको सङ्ख्या न्यूनतम ७ जनादेखि आवश्यकतानुसार बनाउन सकिने छ ।
८.७    राष्ट्रिय सम्मेलनमा जिल्ला शाखाबाट सदस्य सङ्ख्या मध्ये २५ प्रतिशत सदस्यले प्रतिनिधित्व गर्ने छन् ।
८.८    केन्द्रीय समितिका सदस्य, राष्ट्रिय परिषदका सदस्य र सल्लाहकार समितिका सदस्यहरू स्वतः सम्मेलनका प्रतिनिधि बन्नेछन् ।
८.९    केन्द्रीय समितिले सम्पूर्ण सदस्य सङ्ख्याको ५ प्रतिशत राष्ट्रिय सम्मेलनमा मनोनयन गर्न सक्ने छ ।
८.१०    केन्द्रीय समितिले जिल्ला शाखाको स्तर हेरी सम्मेलनका लागि आर्थिक कोटा निर्धारण गर्न सक्ने छ ।
धारा ९. राष्ट्रिय परिषद् ः
९.१    राष्ट्रिय परिष्द्को बैठक वर्षमा सामान्यतः दुई पटक बस्नेछ र सो बैठक बोलाउने कर्तव्य केन्द्रीय समितिको हुने छ ।
९.२    राष्ट्रिय परिषद्ले केन्द्रीय समितिलाई आवश्यक मामिलामा रायसल्लाह दिने, केन्द्रीय समितिको क्रियाकलापको मूल्याङ्कन गर्ने छ ।
९.३    राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता केन्द्रीय समितिका अध्यक्षले गर्नेछन् ।
धारा १०. केन्द्रीय समिति तथा शाखा समिति
१०.१    राष्ट्रिय परिषद्का बैठकहरूबीचको अवधिका निम्ति प्रलेसको अधिकारसम्पन्न सर्वोच्च निकाय केन्द्रीय समिति नै हुने छ ।
१०.२    केन्द्रीय समिति प्रलेसको राष्ट्रिय सम्मेलनप्रति जिम्मेवार रहने छ ।
१०.३    सदस्यता प्राप्ति, सदस्यहरूमाथि आचारसंहिता, सदस्यहरूलाई आत्मालोचना, नसिहत, निलम्बन वा निष्कासन, मानार्थ सदस्यता प्रदानलगायत सदस्यतासम्बन्धी सम्पूर्ण क्रियाकलापहरूमा केन्द्रीय समितिले अन्तिम निर्णय लिने छ ।
१०.४    सामान्यतयाः केन्द्रीय समितिको बैठक ४ महिनामा १ पटक बस्ने छ । आवश्यकताअनुसार प्रलेसका अध्यक्षको सरसल्लाह एवं निर्देशनअनुरूप प्रलेसका महासचिवले के.स.को बैठक जुनसुकै बेलामा पनि बोलाउन सक्नेछन् । वर्षमा हुने ३ वटा बैठकका समयावधिका बीचमा आवश्यकतानुसार सेक्रेटरियटको बैठकले पनि आवश्यक निर्णय लिई कार्य सञ्चालन गर्ने छ ।
१०.५    प्रलेसका नियमित बैठकका निम्ति ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थितिलाई गणपूरक मानिने छ भने विशेष बैठक सञ्चालनका निम्ति ६० प्रतिशतभन्दा बढी सदस्यहरूको उपस्थिति आवश्यक पर्ने छ ।
१०.६    समितिका २५ प्रतिशतभन्दा बढी सदस्यहरूले के.स.को बैठकको माग गरी अनुरोध गरेमा अध्यक्षले के.स.मा महासचिव र शाखाको हकमा सचिवलाई बैठक बोलाउन निर्देशन दिनुपर्ने छ । यस्तो बैठकको गणपूरक सङ्ख्या ६० प्रतिशत रहने छ ।
१०.७    के.स.का बैठकहरूमा प्रलेसका मानार्थ सदस्यहरू स्थायी आमन्त्रित सदस्यको रूपमा रहने छन् । मानार्थ सदस्यहरूलाई छलफलमा भाग लिने अधिकार हुने छ तर कुनै पनि विषयमा उहाँहरूबाट मतदान भने हुने छैन । स्थायी आमन्त्रितहरूको उपस्थिति वा अनुपस्थितिले गणपूरक सङ्ख्यामा कुनै प्रभाव पार्ने छैन ।
१०.८    साङ्गठनिक तथा सिर्जनात्मक कार्यलाई अघि बढाउनका निम्ति केन्द्रीय समितिले राष्ट्रिय परिषद्का सदस्यहरूसमेतलाई समेटी आवश्यक विभागहरू गठन गर्न सक्ने छ । विभागको काम, कर्तव्य के.स.ले तोकेबमोजिम हुनेछ । ती विभागहरू के.स. प्रति जवाफदेही हुने छन् ।
१०.९    केन्द्रीय समितिका मातहतमा रहने गरी सम्भव भएका ठाउँमा स्थानीय शाखाहरू गठन गरिनेछन् । स्थानीय शाखाले प्रलेसको विधानमा उल्लिखित उद्देश्यअनुरूपका सिर्जनात्मक, साङ्गठनिक, वैचारिक तथा आवश्यकताअनुरूप सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने छन् । सो सन्दर्भमा आवश्यकतानुसार केन्द्रीय समितिसँग सहयोग र परामर्श लिने छन् ।
१०.१० स्थानीय शाखाहरूले केन्द्रीय समितिले निर्देश गरेअनुरूपका कार्यक्रमहरू सञ्चालन गर्ने छन् र शाखाका गतिविधिबारे केन्द्रीय समितिलाई अद्यावधिक जानकारी गराउने छन् ।
१०.११    प्रलेसको राष्ट्रिय सम्मेलन हुनुअगाडि(प्रत्येक ३ वर्षमा) शाखाहरूको सम्म्ेलन गरी नयाँ शाखा समितिहरू निर्माण गरिने छन् र ती समितिले प्रलेसको राष्ट्रिय सम्मेलनमा सो क्षेत्रबाट प्रतिनिधित्वको व्यवस्था मिलाउने छन् । 
धारा ११. आचारसंहिता ः
११.१    प्रलेसको के.स.ले सङ्घका सदस्यहरूका निम्ति अनुसूची १ बमोजिमको आचारसंहिता लागू गर्नेछ ।
११.२ आचारसंहितालाई पालन गर्नु सबै सदस्यको कर्तव्य हुनेछ ।
११.३    प्रलेसका आधिकारिक धारणा प्रस्तुत गर्दा सचिवालयको निर्णयअनुरूप अध्यक्ष र महासचिवले प्रवक्ताको काम गर्नेछन् ।
धारा १२. अध्यक्ष ः
१२.१    अध्यक्षले बैठकको अध्यक्षता गर्ने छन् ।
१२.२    केन्द्रीय समितिका एवं पदाधिकारीहरूको कामको निरीक्षण तथा सुपरीवेक्षण अध्यक्षले गर्ने छन् ।
१२.३    के.स.को बैठकमा मतदान हुँदा मत बराबर भएमा निर्णायक मत दिनेछन् ।
१२.४    अध्यक्षले आवश्यकताअनुसार स्वविवेकमा प्रलेसको कोषबाट रु. ५,००० सम्म खर्च गर्न सक्ने छन् । खर्चको अनुमोदन के.स.को आगामी बैठकमा गराउनु पर्नेछ ।
धारा १३. उपाध्यक्ष ः
१३.१    केन्द्रीय समितिले निर्णय गरे अनुसार, केन्द्रीय सचिवालयले तोकेअनुसार उपाध्यक्षले जिम्मेवारी लिने छन् ।
१३.२    अध्यक्षको अनुपस्थितिमा अध्यक्षको सम्पूर्ण काम केन्द्रीय सचिवालयले तोके अनुसार उपाध्यक्षले सञ्चालन गर्ने छन् ।
१३.३    अध्यक्षको काममा आवश्यक सहयोग गर्ने छन् ।
धारा १४. महासचिवः
१४.१    महासचिवले अध्यक्षको परामर्श लिई के.स. तथा राष्ट्रिय परिषद्को बैठकका लागि प्रतिवेदन तयार पार्ने, कार्यक्रम बनाउने तथा बैठक बोलाउने काम गर्ने छन् ।
१४.२    के.स.को दैनिक कार्यसञ्चालन गर्नेछन् र सङ्गठननिर्माणमा पहल गर्नेछन् ।
१४.३    प्रलेसको कागजपत्र, चलअचल सम्पत्तिको सङ्कलन तथा संरक्षण गर्नुका साथै त्यसको अभिलेख राख्ने छन् ।
१४.४    आवश्यकताअनुसार बढीमा रु. ३,००० ।– सम्म स्वविवेकले खर्च गरी के.स.को आगामी बैठकबाट अनुमोदन लिने छन् ।
धारा १५. सचिव ः
१५.१    महासचिवको अनुपस्थितिमा महासचिवको सम्पूर्ण काम सचिवले गर्ने छन् ।
१५.२    महासचिवको काममा आवश्यक सहयोग गर्ने छन् ।
१५.३    शाखा समितिका सचिवले भने अध्यक्षको परामर्शमा शाखाका कार्य सञ्चालन गर्ने छन् ।
धारा १६. कोषाध्यक्ष ः
१६.१    आम्दानी खर्चको फाँटबारी राख्ने छन् ।
१६.२     अध्यक्षको निर्देशनबाट बजेट तयार पारी बैठकमा पेस गर्ने छन् ।
१६.३    सङ्घलाई आर्थिक रूपले सुदृढ बनाउन संभाव्य श्रोतको खोजीका साथै नेतृत्व प्रदान गर्ने छन् ।
धारा १७ सदस्य ः
१७.१    के.स.का सदस्यहरूले तोकिएको क्षेत्रमा काम गर्नेछन् र के.स.को कामको अवलोकन–निरीक्षण गर्ने छन् ।
१७.२    अध्यक्ष तथा अन्य पदाधिकारीहरूलाई सरसल्लाह र सहयोग दिने छन् ।
१७.३    सामूहिक भावना र सङ्गठन भावनालाई दरो पार्ने व्यावहारिक क्रियाकलापहरूमा संलग्न रहने छन् ।
धारा १८. पदरिक्तता, पदपूर्ति र राजिनामा ः
१८.१    कुनै पनि सदस्य, पदाधिकारी या साधारण सदस्यहरूले प्रलेसबाट राजिनामा दिन सक्ने छन् । साधारण सदस्यले सम्बन्धित शाखामा शाखाका अध्यक्षबाहेक अन्य पदाधिकारीले शाखा अध्यक्षलाई र शाखा अध्यक्ष तथा केन्द्रका पदाधिकारी र सदस्यहरूले मार्फत् के.स. समक्ष, पदाधिकारी तथा के.स. सदस्यहरूले केन्द्रीय अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्ष समक्ष राजिनामा पेस गर्नुपर्ने छ । राष्ट्रिय परिषद् सदस्यहरूबाहेक अरूको राजिनामा के.स.को सामान्य बहुमतबाट स्वीकृत हुनुपर्ने छ । राष्ट्रिय परिषद्का सदस्यहरूले राजिनामा दिएमा राष्ट्रिय परिषद्को बहुमतले स्वीकृत गर्नुपर्ने छ ।
१८.२    कुनै पनि पदाधिकारी वा समिति सदस्यले राजिनामा दिएर उक्त राजिनामा स्वीकृत भएमा, खारेजी वा अनुशासनको कार्वाहीमा परी निष्कासन भएको खण्डमा उक्त पद रिक्त भएको मानिने छ ।
१८.३    यसरी रिक्त हुन आएको पदपूर्ति सम्बन्धमा सामान्य बहुमतबाट बाँकी पदावधिका लागि मनोनयनद्वारा पूर्ति गरिने छ ।
धारा १९. अर्थव्यवस्था ः
१९.१    सदस्यता–शुल्क, सहयोग र अन्य विविध कार्यबाट प्राप्त रकम प्रलेसको आयस्रोत हुने छ ।
१९.२    प्रलेसको खाता कोषाध्यक्ष अनिवार्य रही र अध्यक्ष तथा महासचिव र शाखाको हकमा अध्यक्ष र सचिवमध्ये कुनै २ जना गरी संयुक्त सहीबाट सञ्चालन गरिने छ ।
धारा २०. विधान संशोधन ः
यस विधानलाई राष्ट्रिय सम्मेलनको दुई तिहाइ मतबाट संशोधन गर्न सकिने छ ।
धारा २१. केन्द्रीय कार्यालय ः
प्रलेसको केन्द्रीय कार्यालय के.स.ले तोकेको ठाउँमा रहने छ ।

अनुसूची– एक
आचारसंहिता
(क)    सङ्घभित्रका लेखकहरूका माझ वैमनस्य, असमझदारी, कलह र फुट उत्पन्न हुने तथा सङ्घको सिद्धान्त र उद्देश्यविपरीत जाने किसिमको कुनै पनि वक्तव्य, मन्तव्य लिखत, अभिव्यक्ति आदि नदिने, त्यस्तो व्यवहार पनि नदेखाउने । साथै यस सङ्घको साझा उद्देश्यलाई हानि हुने गरी कुनै सङ्घसंस्थाको सदस्य नबन्ने ।
(ख)     देशको सार्वभौमिकता, जातीय सद्भाव, राष्ट्रिय अखण्डता, अन्तर्राष्ट्रिय भ्रातृत्व आदिमा विपरीत प्रभाव पार्ने मन्तव्य, वक्तव्य र लेख आदि नदिने ।
(ग)    अन्धविश्वासयुक्त धारणाको प्रचारप्रसार नगर्ने ।
(घ)     आप्mनो लेखन र व्यवहारको क्षेत्रमा सामञ्जस्य ल्याउन निरन्तर प्रयत्नशील रहने ।
(ङ)     जातीय, भाषिक, लैङ्गिक, शारीरिक तथा क्षेत्रीय(भौगोलिक) विभेद देखिने वा त्यसलाई प्रश्रय मिल्ने खालको सिर्जना नगर्ने,
(च)     जातीय एकता एवं सद्भावको विकास, भाषिक समानता तथा सांस्कृतिक आदानप्रदानका निम्ति विशेष अग्रसरता देखाउने ।
    उपर्युक्त कुराहरूका विरुद्ध कुनै लेखकले कार्य गर्छ भने त्यस्ता सदस्यको गल्तीको प्रकृति हेरी सङ्घले–
(अ)    सर्वप्रथम  सामान्य आलोचना गरिने छ । त्यसको पनि बेवास्ता गरियो भने–
(आ)     कडा आलोचना गर्ने छ । त्यसको पनि बेवास्ता गरियो भने–
(इ)    नसिहत दिइनेछ र अन्त्यमा केही सुधार नहुने देखिएमा–
(ई)    निलम्बन गरी निष्काशन समेत गर्न सक्ने छ ।
(उ)    तर उपर्युक्त कुनै किसिमले अनुशासनको कार्वाही गर्दा पनि सम्बन्धित सदस्यलाई आपूmले सफाइ दिन पाउने पूरा मौका दिइने छ ।
(ऊ)    साथै कुनै पनि विषयमा उक्त लेखकले सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा आप्mना विचारहरू प्रकट गरेको छ भने त्यो कुरा वैचारिक सङ्घर्षको विषयमात्र बन्नेछ, आचारसंहिताको विषय होइन । त्यसैले कुनै खास कुरो आचारसंहिताको विषय बन्न खास गरी असैद्धान्तिक, अवैचारिक, निजी सङ्कुचितता र स्वार्थबाट प्रेरित भई सङ्घ, त्यसका सदस्य र नेपाली श्रमजीवी जनतालाई हानि पु¥याउने नियत झल्कने हुनुपर्छ, जुन लेखक प्रलेसको विधान नै मान्दैन वा त्यसको विरुद्ध जानु ठीक ठान्छ, ऊ त वास्तवमा प्रलेसको सदस्यता न स्वीकार गर्न सक्दछ न त त्यसो गर्न नै योग्य हुन्छ ।
ऊ)     आचारसंहिता उल्लङ्घनका सन्दर्भमा कुनै लेखकद्वारा प्रगतिशील वैचारिकताका सीमाभित्रै रहेर लेखिएको वा अगाडि सारिएको सैद्धान्तिक वा सौन्दर्यशास्त्रीय भिन्न मत वा विचारलाई आचारसंहिताको उल्लङ्घन मानिने छैन तर प्रगतिशील आचरण एवं प्रलेसको विधानको प्रस्तावना, लक्ष्य एवं भावनाविरुद्ध कुनै सदस्यद्वारा लेखेर वा व्यक्तिगत व्यवहार÷आचरणका माध्यमबाट कुनै गतिविधि गरिएमा त्यसलाई आचारसंहिताको उल्लङ्घनको विषय मानिनेछ र सङ्घले त्यसको प्रकृति हेरी कार्वाहीको प्रक्रिया अघि बढाउने छ ।
ए)     उपर्युक्त प्रकारको आचारसंहिता मानार्थ एवं आजीवन सदस्यता प्राप्त गरिसकेका लेखकका हकमा पनि लागू हुने छ । 


====================================================================
====================================================================
====================================================================

प्रगतिशील लेखक सङ्घ, नेपालको
आठौं राष्ट्रिय सम्मेलन २०६६ जेठ २३–२४
द्वारा पारित प्रतिवेदन


अध्यक्ष तथा प्रतिनिधि मित्रहरू 


अनेकन अप्ठेरा र चुनौतीहरूसँग सङ्घर्ष गर्दै हामी प्रगतिशील लेखक सङ्घको आठौं राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गइरहेका छौं । यस महत्वपूर्ण अवसरमा सर्वप्रथम म नेपाली समाजको समग्र रूपान्तरणका निम्ति सङ्घर्षरत रहँदा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । म विशेष गरेर कृष्ण सेन ‘इच्छुक’ लगायतका सांस्कृतिक योद्धाहरूको स्मरण गर्न चाहन्छु, जो सामाजिक न्याय, समानता मानवीय गरिमा र सौन्दर्यका निम्ति सर्जकीय दायित्व निर्वाह गर्दागर्दै सहिद हुनुभयो । समग्र परिवर्तनका निम्त सङ्घर्षरत रहँदारहँदै सहादत प्राप्त गर्नुहुने महान् सहिदहरूको जीवनले प्रगतिशील लेखक सङ्घलाई सधैं प्रेरित र दिशा निर्देश गर्नेछ । आठौं राष्ट्रिय सम्मेलनको यस अवसरमा देशका विभिन्न जिल्लाहरूबाट सम्मेलमा सहभागी हुन आउनुभएका प्रतिनिधि मित्रहरूलाई प्रलेस केन्द्रका तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु ।
वि.सं. २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घले साढे पाँच दशकको समयावधि पार गरेको छ । एउटा महत्वपूर्ण ऐतिहासिक कालखण्डमा जन्मिएको प्रलेसले प्रगतिशील, प्रगतिवादी स्रष्टाहरूको साझा संस्थाको रूपमा साढे पाँच दशकको समयावधि पार गर्नु भनेको हाम्रा निम्ति गौरवको विषय हो । साझा मोर्चाहरूले यस रूपमा निरन्तरता पाएका दृष्टान्तहरू अन्यत्र बिरलै पाइन्छन् । एक साझा मोर्चाको रूपमा आपूmलाई जीवित राख्न प्रलेस  सक्षम रहेको छ र यसलाई यसले आउँदा दिनहरूमा पनि निरन्तरता प्रदान गर्नेछ । साझा मोर्चाको रूपमा यसको निर्माण ऐतिहासिक आवश्यकता थियो र यो आवश्यकता आज मात्र होइन आउँदा दिनहरूमा पनि रहने छ । प्रलेस सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववाद विरोधी स्रष्टाहरूको संस्था हो । यो यसको न्यूनतम वैचारिक एवम् नीतिगत आधार हो । प्रगतिशील दृष्टिकोण राख्ने स्रष्टाहरूदेखि समाजवादी यथार्थवादलाई अंगाल्ने प्रगतिवादी स्रस्टाहरूसमेत यसमा प्रतिबद्ध रहँदै आएका छन् । सांगठनिक रूपमा स्वतन्त्र र प्रतिबद्ध दुवै किसिमका स्रष्टाहरू यससँग जोडिएका छन् । सामन्तवाद साम्राज्यवाद विरोधी स्रष्टाहरूको एक बृहत् मोर्चाका रूपमा इतिहासदेखि यसले निर्बाह गर्दै आएको भूमिका उल्लेखनीय रहेको छ । यसले सिर्जना, विचार, संगठन र आन्दोलनका क्षेत्रमा दिएको योगदान प्रगतिशील साहित्यिक आन्दोलनको विस्तार र प्रभावको एक महत्वपूर्ण कारण हो । आज नेपालको प्रगतिशील आन्दोलन जहाँ छ, प्रलेसको चर्चा विना यसको विश्लेषण अधुरो नै रहनेछ । प्रगतिशील स्रष्टाहरूलाई संगठित गर्नु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नुु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नुृ, संगठनलाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनुजस्ता कार्यहरू यसले गर्दै आएको छ । सचेतन र परिवर्तनकामी स्रष्टाहरूको संगठित संस्थाका रूपमा यसले आफूलाई सबै प्रकारका उत्पीडन र विभेदका विरुद्ध उभ्याएको छ । यो सुस्ता र कालापानीमा दुखेको छ र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, स्वाभीमानका निम्ति सङ्घर्षमा ओर्लिएको छ । यो सामाजिक न्याय, समानता र स्वतन्त्रताका निम्त सामन्तवादी निरङ्कुशतन्त्रसँग जुझेको छ र निरन्तर अविचलित रूपमा परिवर्तनका निम्ति सङ्घर्षरत रहेको छ । यो जनताको न्यायपूर्ण सङ्घर्षमा सधैं सँगसँगै रहेको छ र त्यसलाई आफ्नो समस्त ऊर्जासहित सहयोग पु¥याएको छ । सामन्तवादी, साम्राज्यवादी संस्कृतिका विरुद्ध यसले विचारधारात्मक सङ्घर्ष चलाउँदै आएको छ । प्रलेस स्वाधीन नेपाल चाहन्छ, जनताको वास्तविक लोकतन्त्र चाहन्छ, जनवादी संस्कृतिको विकास र नयाँ समाजको निर्माण चाहन्छ । यो कलालाई जीवन र जगत्को रूपान्तरणको कलात्मक औजार ठान्छ । यो ती सबै कलामान्यताहरूको विपक्षमा छ जो सारतः जीवन र जगत्को परिवर्तन र सुन्दरताको विपक्षमा छन् । सामन्तवाद–साम्राज्यवाद विरोधी सौन्दर्य चेतना यसको सिर्जनात्मक लेखनको न्युनतम आधार हो ।
हामी यतिबेला सङ्क्रमणको घडीबाट गुज्रिरहेका छौं । हाम्रा अगाडि महान् सम्भावना र चुनौतीहरू दुवै छन् । जनयुद्ध र जनआन्दोलनको बलबाटै निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो र अन्ततः नेपालमा गणतन्त्रको स्थापना भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा स्रष्टाहरूको भूमिका पनि महत्वपूर्ण रहेको छ । प्रगतिशील लेखक सङ्घले २०६२÷०६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसपछिका दिनहरूमा पनि यसले परिवर्तनको प्रक्रियालाई निश्चित गन्तव्यसम्म पु¥याउन भूमिका सम्पादन गर्दै आएको छ । शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउनु, प्रगतिशील सारतत्वसहितको जनमुखी संविधानको निर्माण गर्नु र मुलुकलाई अग्रगामी आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दिशातिर लिएर जानु यतिबेला मुलुकले पूरा गर्नुपर्ने प्रमुख कार्यभारहरू हुन् । यी कार्यभारहरूलाई पूरा गरेर मात्र परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्न सकिनेछ । यस दिशामा आज गम्भीर व्यवधानहरू उत्पन्न भएका छन् । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वाभीमानमाथि आज सबैभन्दा नाङ्गो र डरलाग्दो हस्तक्षेप सुरु भएको छ । नेपालको मालिक नेपाली जनता होइन अरु नै हुने परिस्थितिमाझ हामी उभिएका छौं । हाम्रो देशका सीमानाहरू मिचिएका छन्, दिदीबहिनीहरू अपहरित र बलात्कृत भएका छन् । यो हस्तक्षेप साम्राज्यवादी, विस्तारवादी स्वार्थअनुरूप नेपाललाई डो¥याउने अभीष्टसहित भइरहेको छ । उनीहरू परिवर्तनलाई यथास्थितिको बन्दी बनाउन र आफ्नो स्वार्थअनुरूप हिँडाउन चाहन्छन् । उनीहरूले सकेसम्म न त शान्तिप्रक्रियालाई टुङ्गोमा पुग्न दिनेछन् न त प्रगतिशील सारतत्वसहितको जनमुखी संविधान निर्माण गर्न नै । मुलुकभित्रका यथास्थितिवादी एवं प्रतिक्रियावादी शक्तिहरू परिवर्तनलाई यथास्थितिको बन्दी बनाउन र उल्ट्याउन उद्यत देखिन्छन् । बाह्य र घरेलु प्रतिक्रियावादी शक्तिहरूबीचको एकता कसिँदै गएको छ र ती खुला रूपमा परिवर्तनको मर्मका विरुद्ध परिलक्षित हुन सुरु गरेका छन् । मुलुक पुनः द्वन्द्वको भुमरीमा फस्ने र परिवर्तनको प्रक्रिया अवरुद्ध हुने सम्भावना देखिँदैछ । नेपाललाई द्वन्द्वमा धकेलेर वैदेशिक सैनिक हस्तक्षेपलाई निम्त्याउने डरलाग्दो रणनीति यसमा अनुभव हुन्छ । जनताको महान् सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई अधिनायकवादको बुट मुन्तिर कुल्चने सङ्केतहरू देखिँदैछन् । परिवर्तनलाई पूर्णता प्रदान गर्ने सन्दर्भमा यी हाम्रा सम्मुख उपस्थित गम्भीर चुनौतीहरू हुन् । यस चुनौतीलाई सामना गर्न परिवर्तनकामी शक्तिहरूको बीचमा सहमति र सहकार्यको संस्कृतिलाई निरन्तरता दिँदै अघि बढ्न आवश्यक छ । यसैले प्रलेसको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने ऐतिहासिक घडीका बीच हामी उभिएका छौं । चुनौतीहरू जति डरलाग्दा भए पनि हाम्रा अगाडि महान् सम्भावनाहरू नै बढी छन् । प्रलेस जनताको शक्तिमाथि विश्वास गर्दछ र महान् नेपाली जनताले सबै षड्यन्त्र, बेइमानी र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै परिवर्तनको प्रक्रियालाई निश्चित गन्तव्यसम्म पु¥याएरै छाड्नेछ भन्ने ठान्दछ ।
साम्राज्यवादविरुद्ध आज विश्वव्यापी रूपमा सङ्घर्षहरू चलिरहेका छन् । बाहिर साम्राज्यवाद जति बलियो देखिए पनि आफैंभित्रका भीषण अन्तरविरोध र विश्वका उत्पीडित जनताको प्रतिरोध सङ्घर्षले यो कमजोर बन्दै गएको छ । पुँजीवादी अर्थतन्त्र डरलाग्दो सङ्कटका बीचबाट गुज्रँदै छ । पुँजीवादी अर्थतन्त्रमा देखिएको संकटले समाजवादको विकल्प छैन भन्ने कुरालाई पुष्टी गरेको छ ।  प्रगतिशील शक्तिहरूले पुँजीवादमा देखिएको चरम संकट र यसको अवश्यंभावी पतनलाई संसारका मुक्तिकामी जनतामाझ सशक्त ढङ्गले राख्न आवश्यक छ । साम्राज्यवाद आन्तरिक सङ्कटबाट गुज्रिए पनि र यसको पतन अवश्यंभावी भए पनि साम्राज्यवादी उत्पीडनको भयानक जाँतोमुनि संसारका उत्पीडित जनता र राष्ट्रहरू अहिलेसम्म थिचिएकै छन् । साम्राज्यवाद आर्थिक, राजनीतिक, सांस्कृतिक माध्यमबाट दुनियाँमा आफ्नो वर्चश्व र उत्पीडनलाई कायम राख्न लागि परेको छ । साम्राज्यवादी संस्कृति यसको एक बलियो हतियार बनेको छ । साम्राज्यवादी संस्कृतिका विविध रूपहरूको खेती र संवहनका माध्यमबाट सांस्कृतिक उपनिवेश कायम गर्दै साम्राज्यवादी आर्थिक, राजनीतिक अभिष्टहरूलाई पूरा गर्नु यसको उद्देश्य रहेको देखिन्छ । डरलाग्दो उपभोक्तावादको जगमा खडा पुँजीवादले उत्तरआधुनिकतावादी चिन्तनका माध्यमबाट कम्युनिष्ट विचार दर्शन र प्रगतिवादी साहित्यका विरुद्ध तिखो प्रहार गरिरहेको छ  । हाम्रो मुलुक पनि लामो समयदेखि साम्राज्यवादी उत्पीडनको सिकार हुँदै आएको छ । यो आज अझ बढेर गएको छ । हामीले डर लाग्दो स्तरमा सांस्कृतिक उत्पीडनलाई बेहोरिरहेका छौं । प्रलेस यसका विरुद्ध निरन्तर सङ्घर्षरत रहँदै आएको छ र रहने छ ।
इतिहासको यस कालखण्डमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउनुपर्ने दायित्व प्रलेसका काँधमाथि छ । प्रगतिशील लेखक सङ्घ सिर्जनशील सचेत स्रष्टाहरूको संस्था हो । कलाका माध्यमबाट रूपान्तरणका निम्ति सङ्घर्ष गरिरहेका स्रष्टाहरूको दायित्वका सम्बन्धमा यस सम्मेलनमा गम्भीरतापूर्वक छलफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।
२. सातौं राष्ट्रिय सम्मेलनदेखि वर्तमानसम्म
महत्वपूर्ण ऐतिहासिक घडीमा हामीले प्रलेसको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेका थियौं । त्यो समय आन्दोलनको अगाडि निरङ्कुश राजतन्त्रले घुँडा टेकेको र लोकतन्त्रको स्थापना भएको समय थियो । संविधानसभा निर्वाचनको घोषणा र गणतन्त्र स्थापनाका एजेन्डाहरू अधुरै थिए । जनता राजतन्त्रको समूल अन्त्य, संविधानसभाको गठन, गणतन्त्रको घोषणा र आधारभूत परिवर्तन चाहन्थे । सङ्घर्षमा उनीहरूले गरेको त्याग र वलिदानको मुख्य मर्म यही थियो । परिवर्तनकामी राजनीतिक शक्तिहरूको दायित्व परिवर्तनलाई संस्थागत गर्दै त्यसलाई पूर्णता प्रदान गर्नु थियो । प्रगतिशील लेखक सङ्घको भूमिका पनि यस दिशातर्फ परिलक्षित हुन आवश्यक थियो । सम्मेलनपछि प्रलेसले संविधानसभाको निर्वाचन र गणतन्त्र स्थापनाका निम्ति आफ्नो भूमिकालाई अगाडि बढाउने कार्य ग¥यो । यसैअनुरूप विभिन्न कार्यक्रमहरूको आयोजना गरियो । यस अवधिमा प्रलेसले अत्यन्त महत्व दिएको विषय वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रम थियो । वैचारिक र सिर्जनात्मक रूपमा स्रष्टाहरूलाई प्रशिक्षित गर्न सक्दा नै सशक्त स्रष्टाहरूको पङ्क्ति तयार गर्न सकिन्छ र सार्थक रचनाहरूको सिर्जना सम्भव हुन्छ भन्ने उद्देश्य यसको मूलमा रहेको थियो । प्रगतिशील साहित्यिक आन्दोलनको विस्तार सँगसँगै वैचारिक र सिर्जनात्मक समस्याहरू पनि थपिँदै गएका छन् । यस्ता समस्याहरूको समाधान यस प्रकारका कार्यहरूबाट मात्र सम्भव देखिन्छ । सार्थक र सबल रचनाहरूको सिर्जना नै स्रष्टाहरूको प्रथम दायित्व हो । जीवन र जगत्को परिवर्तनमा यस्ता रचनाहरूले सबल एवं सशक्त भूमिका निर्वाह गर्न सक्दछन् । सांस्कृतिक रूपान्तरणका सम्बन्धमा पनि यस अवधिमा प्रलेसले गम्भीर सरोकार राख्यो र आफ्ना धारणाहरूलाई प्रस्तुत गर्ने काम ग¥यो । संगठन विस्तारलगायत अरु विविध कामहरू पनि यस अवधिमा भएका छन् । साझा मोर्चाको सीमा, आर्थिक अभाव, संस्थालाई पर्याप्त समय दिन नसक्ने अवस्था र यसको सांगठनिक सञ्जाललाई व्यवस्थित गर्न नसकिरहेको स्थितिका बीच प्रलेस केन्द्रले जे जस्ता र जे जति कार्यक्रमहरू सञ्चालन ग¥यो त्यो उल्लेखनीय नै रहेको छ भन्ने  हामीलाई लागेको छ । कतिपय कमजोरीहरूका अतिरिक्त प्रलेस आफ्नो दायित्वप्रति सचेत रह्यो र आफ्नो जिम्मेवारीलाई सम्पादन गर्न प्रयत्नरत रह्यो । तल सङ्क्षेपमा यस अवधिमा भएका गतिविधिहरूलाई प्रस्तुत गरिएको छ ।

(क). वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रम
२०६३ भाद्र ३० र ३१ गते पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा पहिलो वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रम राखियो । यस कार्यक्रमका निम्ति स्रष्टाहरूलाई निश्चित शुल्क निर्धारण गरिएको थियो । कार्यक्रममा उपत्यकाका झन्डै सात दर्जन स्रष्टाहरूको सहभागिता रहेको थियो । कथाबारे डा. देवी गौतम र कविताबारे डा. ताराकान्त पाण्डेयले सैद्धान्तिक अवधारणाहरू प्रस्तुत गर्नुभएको थियो । माक्र्सवादी सौन्दर्यशास्त्रबारे निनु चापागार्इंं र दर्शनशास्त्रबारे श्याम श्रेष्ठले विचारहरू प्रस्तुत गर्नुभएको थियो । कुन्ता शर्मा र अमर गिरीले कविता रचनाप्रक्रियासम्बन्धी आफ्ना अनुभवहरू राख्नुभएको थियो भने इस्माली र नारायण ढकालले कथा रचनाप्रक्रियासम्बन्धी आफ्ना अनुभवहरूलाई प्रस्तुत गर्नुभएको थियो । उपस्थित स्रष्टाहरूको अन्तरक्रियामा गम्भीर सहभागिता रहेको थियो ।
२०६३ मङ्सिर २९ र पुस १ गते चितवनको नारायणगढमा यस्तै वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रम राखियो । प्रलेस चितवन शाखाको सहयोग र केन्द्रको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा गोरखा, कास्की, रूपन्देही, चितवन र मकवानपुघरका स्रष्टाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा माक्र्सवादी सौन्दर्यशास्त्रबारे निनु चापागाईं, दर्शनशास्त्रबारे श्याम श्रेष्ठ, कविताबारे रमेश भट्टराई र कथाबारे घनश्याम ढकालले आ–आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो । कवि बुँद राना र आहुतिले कविता रचनाप्रक्रियासम्बन्धी आफ्ना अनुभवहरूलाई राख्नुभएको थियो भने कथाकार हरिहर खनालले कथा रचनाप्रक्रियासम्बन्धी आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभएको थियो । गम्भीर अन्तरक्रियासहित कार्यक्रमको समापन भएको थियो । यसै गरी प्रलेस पर्वत शाखाको आयोजनामा पनि वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका थिए । अध्यक्ष निनु चापागाईं र उपाध्यक्ष सुधा त्रिपाठीले प्रलेश शाखा पर्वत र बागलुङको कार्यक्रममा विचारहरू प्रस्तुत गर्नुभएको थियो । यसै गरी कास्कीमा पनि वैचारिक प्रशिक्ष्ँण कार्यक्रम गरिएको थियो ।
२०६५ जेठमा पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुरमा ऐतिहासिक भौकिकवादबारे एक दिने प्रशिक्षण कार्यक्रम राखिएको थियो । उपत्यकाका झन्डै ६ दर्जन स्रष्टाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा श्याम श्रेष्ठ र बेदुराम भुसालले ऐतिहासिक भौतिकवादबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ऐतिहासिक भौतिकवादबारे गम्भीर अन्तरक्रिया भएको थियो । २०६५ कात्तिकमा पर्वतको कुस्मामा दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा डा. ताराकान्त पाण्डेयले ‘असल सिर्जना कसरी लेख्ने’ भन्ने विषयमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो भने अमर गिरीले कविता रचनाप्रक्रियासम्बन्धी आफ्ना अनुभवहरूलाई राख्नुभएको थियो । अध्यक्ष निनु चापागाईंले अन्तरक्रियामा उठेका विविध प्रश्नहरूको जबाफ दिनुभएको थियो । कार्यक्रममा बागलुङ, पर्वत र म्याग्दीका स्रष्टाहरूको सहभागिता रहेको थियो । 
यसै गरी २०६५ मसिर २१ गते बाँकेको नेपालगन्जमा वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा डा. ताराकान्त पाण्डेयले कविताका सम्बन्धमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो भने अमर गिरीले पनि आफ्ना धारणाहरू राख्नुभएको थियो । कार्यक्रममा प्रलेसका केन्द्रीय सचिवालय सदस्य डा. नन्दीश अधिकारीको पनि सहभागिता रहेको थियो । प्रलेसका पूर्वमहासचिव जीवेन्द्रदेव गिरी, साहित्यकार मधुसूदन गिरी र जगत् प्रेक्षितको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यसै गरी प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्मा पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा दाङ, बाँके, बर्दिया र सुर्खेतका स्रष्टाहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रलेस बाँके शाखाले स्रष्टाहरूलाई सम्मान पनि गरेको थियो ।
यस अवधिमा झापामा गर्ने भनिएको वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न सकिएन । २०६३ सालमै गर्ने भनेर कार्यक्रम निर्धारित गरिए पनि पटकपटकको बन्द र हडतालले निर्धारित समयमा कार्यक्रम हुन सकेन । अन्ततः पूर्वमा एउटा पनि वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रम गर्न सम्भव भएन ।

(ख) विचारगोष्ठी एवं विभिन्न कार्यक्रमहरूहरूको आयोजना
२०६३ असार १ गते प्रलेसले ‘अग्रगामी रूपान्तरणमा स्रष्टाहरूको दायित्व’ विषयक विचारगोष्ठीको आयोजना ग¥यो । गोष्ठीमा प्रलेसका तर्फबाट डा. ताराकान्त पाण्डेयले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नरहरि आचार्य, रघु पन्त खगेन्द्र सङ्ग्रौला, कृष्ण पहाडी, डा. ऋषिराज बराल, डा. तुलसी भट्टराई, डा. महेश मास्के र नर्मदेश्वरी सत्यालले आफ्ना विचारहरू राख्नुभएको थियो । २०६३ चैत ३ गते प्रगतिशील लेखक सङ्घ र साहित्य सन्ध्याको संयुक्त आयोजनामा ‘गणतन्त्रका लागि सिर्जना’ कवि गोष्ठी आयोजना गरियो । काठमाडौंमा आयोजना गरिएको यो काव्यगोष्ठी भव्यतापूर्वक सम्पन्न भएको थियो । प्रगतिशील लेखक सङ््घ दोलखा र अन्य साहित्यिक सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा दोलखामा आयोजना गरिएको साहित्यिक कार्यक्रममा अध्यक्ष निनु चापागाईं, उपाध्यक्ष सुधा त्रिपाठी र हरिगोविन्द लुइँटेल, सचिव मातृका पोखरेल, केन्द्रीय सदस्य गोपीन्द्र पौडेल, सीता शर्मा, लक्ष्मी माली, चंकी श्रेष्ठ र राष्ट्रिय परिषद् सदस्य विष्णु भण्डारीको सहभागिता रहेको थियो । यसै गरी २०६३ मा रूपन्देही प्रलेस शाखाले भैरहवामा आयोजना गरेको कार्यक्रममा ‘प्रगतिशील साहित्यिक आन्दोलनको दिशा’ विषयमा महासचिव अमर गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रलेसका सल्लाहकार घनश्याम ढकालले पनि उक्त विषयमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो । प्रलेश शाखा दाङद्वारा आयोजित कार्यक्रममा महासचिवको सहभागिता रहेको थियो भने राप्ती साहित्य परिषद्द्वारा आयोजित राप्ती अञ्चलस्तरीय साहित्यिक भेला र कार्यक्रममा पनि महासचिव अमर गिरी र केन्द्रीय सदस्य पदमप्रसाद शर्माको सहभागिता रहेको थियो ।
२०६४ असार ९ गते प्रलेश भक्तपुर शाखाको आयोजना र केन्द्रको उपस्थितिमा ‘गणतन्त्रका लागि सिर्जना’ काव्यगोष्ठीको आयोजना गरियो । कार्यक्रममा प्रलेसका केन्द्रीय पदाधिकारी, सदस्य एवम् उपत्यकाका स्रष्टाहरूको उपस्थिति रहेको थियो । प्रलेस स्थापना दिवसको अवसर पारेर २०६४ असोज ५ गते काठमाडौंमा साहित्यसन्ध्या, नागार्जुन साहित्य प्रतिष्ठान, अभ्युत्थान महिला साहित्य प्रतिष्ठान, अभियान साहित्य प्रतिष्ठान र प्रतिभा प्रवाहको संयुक्त सहभागितामा प्रलेसले प्लेकार्डमा कविता प्रदर्शन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा देशभित्र र बाहिरका कविहरूका कवितांश लेखिएका प्लेकार्डहरू बोकेर सयौं स्रष्टाहरू जुलुसमा सहभागी भएका थिए । २०६४ असारमा प्रलेस रूपन्देही शाखाले एक विचारगोष्ठीको आयोजना ग¥यो । यस कार्यक्रमको आयोजना केन्द्र र जिल्लाको सरसल्लाहअनुसार गरिएको थियो । गोष्ठीमा प्रलेसका अध्यक्ष निनु चापागाईं, उपाध्यक्ष हरिगोविन्द लुइँटेल, महासचिव अमर गिरी, प्रलेसका पूर्व केन्द्रीय सचिव रमेश भट्टराईको सहभागिता रहेको थियो । रूपन्देहीका महत्वपूर्ण प्रगतिशील स्रष्टाहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा वर्तमान सांस्कृतिक आन्दोलनका सन्दर्भमा प्रलेसका धारणाहरूलाई स्पष्ट गर्ने कार्य गरिएको थियो । २०६५ जेठमा गणतन्त्रको घोषणाका निम्ति दबाब दिने उद्देश्यले प्रलेसले एक कार्यक्रमको आयोजना गरेको थियो । प्रलेस शाखा गोरखालगायत अन्य संस्थाहरूको आयोजनामा गोरखाको मनकामनामा भएको साहित्यिक कार्यक्रममा प्रलेसका अध्यक्ष निनु चापागाईंलगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो ।
२०६५ श्रावण २५ गते संविधानसभामा रहनुभएका प्रगतिशील स्रष्टाहरूको सम्मानमा सम्मान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घका तर्फबाट स्रष्टा सभासदहरूबाट प्रलेसले गरेका अपेक्षाहरूलाई लिखित रूपमा प्रस्तुत गरिएको थियो । २०६५ मंसिर २७ गते इन्जिनियरिङ क्याम्पस पुल्चोक, ललितपुरमा ‘सांस्कृतिक रूपान्तरणको आवश्यकता र दिशा’ विषयक विचारगोष्ठीको आयोजना गरियो । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चैतन्य र प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्राध्यापक माणिकलाल श्रेष्ठ, आहुति र डा. तुलसी भट्टराईले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रलेसलाई आवश्यक सहयोगका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कार्य पनि गरिएको थियो । २०६५ भाद्रमा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष एवं साहित्यकार रुद्र खरेलको स्मृतिमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा परिवारका सदस्यहरूको पनि उपस्थिति रहेको थियो । ‘गणतन्त्रका लागि सिर्जना अभियान’ अन्तर्गत प्रलेसले काठमाडौंमा एक कविगोष्ठीको आयोजना गरेको थियो । प्रलेस केन्द्रले जिल्ला शाखाहरूलाई पनि यो कार्यक्रम गर्न निर्देशन दिएको थियो, जसअनुसार देशव्यापी रूपमा कार्यक्रमहरू सम्पन्न भएका थिए । यसै गरी परिवर्तनको प्रक्रियालाई लक्षित विन्दुसम्म पु¥याउन सर्जकीय हस्तक्षेपलाई निरन्तरता दिनुपर्ने केन्द्रको निर्णयअनुसार विभिन्न समयमा केन्द्र तथा जिल्लाहरूमा विभिन्न साहित्यिक गतिविधिहरू सम्पन्न हुँदै आएका छन् ।  संविधानसभामा राज्यका तर्फबाट मनोनित गरिने संविधानसभा सदस्यमा आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्रष्टाहरूबाट पनि प्रतिनिधित्व गराइनुपर्छ भन्ने आफ्नो धारणालाई प्रलेसले तत्कालीन नेकपा माओवादी, नेकपा एमाले, नेकपा एकताकेन्द्र–मसाल र मजदुर किसान पार्टीसमक्ष प्रस्तुत गरेको थियो । प्रलेसका पूर्वअध्यक्ष आनन्ददेव भट्टको सम्मानमा पनि प्रलेसले एक सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
प्रलेस नेपालले प्रज्ञा प्रतिष्ठानको पुनर्संरचनाका सन्दर्भमा पनि आफ्ना धारणाहरूलाई लिखित रूपमा प्रस्तुत गरेको थियो । परिवर्तित सन्दर्भमा राज्यको सांस्कृतिक नीति के हुनुपर्ने ? राज्यले कस्तो सञ्चार नीति अपनाउनुपर्ने ? सम्बन्धमा प्रलेसले सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटेर आफ्ना दृष्टिकोणहरू लिखित रूपमा प्रस्तुत गरेको थियो । प्रलेसले विभिन्न विषय र घटनाहरूका सम्बन्धमा वक्तव्यहरू प्रकाशित गरेर आफ्ना धारणाहरू पनि सार्वजनिक गर्दै आएको छ । यसै गरी प्रलेसले दिवंगत साहित्यकारहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै समवेदना वक्तव्यहरू पनि प्रकाशित गरेको छ ।

(ग) सांगठनिक कार्य
प्रलेस पुरानो र ठूलो साहित्यिक संस्था हो । यसका झापा, मोरङ, सुनसरी, सिराह, उदयपुर, महोत्तरी, खोटाङ, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, काठमाडौं, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, गोरखा, म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, रौतहट, बारा, पर्सा, रूपन्देही, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली जिल्लाहरूमा जिल्ला शाखाहरू रहेका छन् । सातौं राष्ट्रिय सम्मेलनपछि ललितपुर, काठमाडौं, भक्तपुर, नुवाकोट, रसुवा, म्याग्दी, रोल्पा, दैलेख, इलाम, बैतडी आदि ठाउँहरूमा नयाँ जिल्ला शाखाहरू गठन भएका छन् । शाखाहरूले विभिन्न समस्याहरूसँग जुझ्दै संगठनको विस्तार र साहित्यिक कर्ममा आफूलाई सक्रिय बनाउदै आएका छन् । यस अवधिमा कतिपय जिल्ला शाखाहरूले निर्वाह गरेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । संगठन विस्तार गर्ने उद्देश्य अनुरूप नै यसअवधिमा विभिन्न ठाउँमा प्रलेस शाखाहरू गठन भएका हुन् ।

(घ) स्रष्टाहरूलाई स्वास्थ्योपचारमा सहयोग
प्रलेसले स्रष्टाहरूको स्वास्थ्योपचारमा राज्यबाट आर्थिक सहयोग उपलब्ध गराउन पनि भूमिका निर्वाह गर्दै आएको छ । साहित्यकार अर्जुन विरक्तिको स्वास्थ्योपचारका निम्ति प्रलेसको कोषबाट रु. ५ हजार र प्रगतिशील स्रष्टाहरूबाट चन्दा संकलन गरी जम्मा रु १० हजार सहयोग उपलब्ध गराइएको थियो । यसै गरी साहित्यकार जनकप्रसाद हुमागाईंलाई स्वास्थ्योपचारका निम्ति स्रष्टाहरूबाट आर्थिक सहयोग संकलन गरी उपलब्ध गराउने कार्य गरेको थियो । प्रलेसले साहित्यकार रुद्र खरेल, अरुणप्रकाश मिश्र र भवानी घिमिरेको स्वास्थ्योपचारको निम्ति राज्यबाट आर्थिक सहयोग उपलब्ध गराउन पहल गरेको थियो । परिणामस्वरूप रुद्र खरेललाई रु. १ लाख र अरुणप्रकाश मिश्रलाई रु. २ लाख राज्यका तर्फबाट उपलब्ध गराइएको थियो ।
(ङ) मुखपत्रको प्रकाशन
सातौं राष्ट्रिय सम्मेलनपछि प्रलेसले सम्मेलनद्वारा पारित प्रतिवेदन, विधान र अन्य गतिविधिहरूलाई समेटी ‘प्रलेस’ को प्रकाशन ग¥यो । वार्षिक रूपमा भए पनि मुखपत्रको प्रकाशन गर्नुपर्छ भन्ने सोचाइलाई आर्थिक अभावका कारण पूरा गर्न सकिएन । सम्मेलनपछिका गतिविधिहरूलाई समेटेर आठौं राष्ट्रिय सम्मेलनको अवसरमा ‘प्रलेस अंक १६, वर्ष १४ प्रकाशन गरिएको छ । यसरी तीन वर्षको कार्यकालमा मुखपत्रका दुईवटा अङ्कहरू मात्र प्रकाशित भएका छन् ।
(च) पुरस्कारको स्थापना
साहित्यकार एवं प्रलेसका पूर्वअध्यक्ष आनन्ददेव भट्टले सरकारले प्रदान गरेको राष्ट्रिय प्रतिभा पुरस्कारको १ लाखको राशि प्रलेसलाई प्रदान गर्ने निर्णय गरेपछि दाताको इच्छाबमोजिम उक्त रकमको वार्षिक ब्याजबापत प्राप्त हुने रकमबाट प्रत्येक वर्ष एक जना सिर्जनशील प्रगतिवादी युवा स्रष्टालाई पुरस्कृत गर्ने गरी ‘प्रलेस प्रतिभा पुरस्कार’ को स्थापना गरिएको छ । वार्षिक ११ प्रतिशत ब्याज प्राप्त हुने गरी रकम सावल सहकारी संस्था विशालनगरमा राखिएको छ ।
(छ) जग्गाको निम्ति प्रयत्न
प्रलेसको अहिलेसम्म आफ्नो भवन छैन । जग्गाको व्यवस्था गर्न सके भवन निर्माणका निम्ति स्रोत जुटाउन सकिन्थ्यो भन्ने सोचाइका आधारमा २०६३÷३÷६ मा अनिल पौडेलको संयोजकत्वमा हरिप्रसाद भण्डारी र भागवत आचार्य रहेको तीन सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गरिएको थियो । समिति जग्गाको व्यवस्थापनमा क्रियाशील रहे पनि यस सम्बन्धमा अझै ठोस उपलब्धि प्राप्त हुन सकेको छैन । यसै गरी आर्थिक रूपले प्रलेसलाई बलियो बनाउने दृष्टिले आर्थिक समिति गठन गरिए पनि ठोस उपलब्धि प्राप्त गर्न सकिएको छैन ।
यसरी प्रलेसले आफ्नो तीन वर्षको कार्यकालमा वैचारिक, सिर्जनात्मक र संगठनात्मक कामलाई अघि बढाउन प्रयत्न ग¥यो । कतिपय कार्यहरूलाई प्रलेसको सीमाका कारण चाहेर पनि गर्न सकिएन भने कतिपय कार्यहरू आफ्नै कमीकमजोरीहरूले पनि हुन सकेनन् ।
३. प्रगतिशील लेखक सङ्घका चुनौतीहरू र आगामी कार्यभार
प्रगतिशील लेखक सङ्घले आफ्नो साढे पाँच दशकको जीवनमा अनेकन चुनौतीहरूको सामना गरेको छ । गम्भीर चुनौतीहरूका बीचबाटै यसले आफ्नो दायित्व पनि निर्बाह गर्दै आएको छ । आज पनि यसका सम्मुख गम्भीर चुनौतीहरू विद्यमान छन् । चुनौतीहरूको सामना गरेर नै प्रलेसले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्नेछ । विभिन्न प्रकृतिका चुनौतीहरूको सामना प्रलेसले गरिरहेको देखिन्छ । आन्तरिक चुनौतीहरू जति गम्भीर छन् अन्य चुनौतीहरू पनि त्यत्तिकै गम्भीर देखिन्छन् । प्रलेसको प्रमुख आन्तरिक चुनौती यसको सांगठनिक र आर्थिक व्यवस्थापन हो । यो सिधै प्रलेसको क्रियाकलापसँग जोडिन्छ । सांगठनिक रूपमा यो जति व्यवस्थित बन्ने छ र आर्थिक रूपमा यो जति दरिलोे हुनेछ यसको जीवन पनि त्यत्तिकै गतिशील र उपलब्धिमूलक रहनेछ । अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने त्यति उत्साहजनक स्थिति देखिँदैन । प्रलेस केन्द्र र यसका शाखाहरूबीचको सम्बन्धलाई जीवन्त बनाउन सकिएको छैन । आर्थिक अभावका कारण प्रकाशन, प्रचारप्रसारलगायतका विविध गतिविधिहरू प्रभावित रहने गरेका छन् । प्रलेसले आफ्नो मुखपत्रको प्रकाशनलाई नियमित गर्न सकेको छैन । कार्यालय नै व्यवस्थित गर्न नसकिरहेको अवस्थाका बीचबाट हामी गुज्रिरहेका छौं ।
अहिले मुलुकभरका स्रष्टाहरूलाई प्रलेसमा कसरी संगठित गर्ने भन्ने सवाल यसका अगाडि उभिएको अर्को चुनौती हो । मुलुकका सयौं प्रगतिशील स्रष्टाहरूलाई अहिलेसम्म पनि यसमा आबद्ध गर्न सकिएको छैन । सम्भावना भएर पनि कयौं जिल्लाहरूमा शाखाहरू गठन हुन सकेका छैनन् । गठन गरिएका कतिपय ठाउँहरूमा सक्रियतामा ह्रास आएको पनि देखिन्छ । प्रलेसले यस चुनौतीको सामना कसरी गर्नेछ, यसैसँग यसको गतिशीलता जोडिएको छ । यसको तेस्रो गम्भीर आन्तरिक चुनौती साझा मोर्चाका रूपमा रहेको यस मोर्चाले सम्बन्धित घटकहरूबाट आवश्यक महत्व प्राप्त गर्न नसक्नु हो । यसले यसको गतिशीलतामा गम्भीर असर पारेको छ । यस संस्थासँग सम्बन्धित व्यक्तित्वहरूले यसलाई दिने समयको न्यूनता पनि यही कुरासँग जोडिएको छ भन्ने हामीलाई लाग्दछ । यसलाई दिनुपर्ने महत्वका सन्दर्भमा देखिएको यो समस्याको समाधान नगरी प्रगतिशील लेखक सङ्घको भूमिकालाई जीवन्त बनाउन सकिने छैन । यसका अगाडि रहेको अर्को चुनौती प्रगतिशील साहित्यिक आन्दोलनमा समाविष्ट प्रतिभाहरूको विशाल पङ्क्तिलाई विचारधारात्मक रूपमा सुस्पष्ट गर्ने विषय हो । आन्दोलन जति विस्तारित हुँदो छ यो समस्या पनि बढ्दो छ । कयौँ स्रष्टाहरूमा विश्वदृष्टिकोणमैै गम्भीर समस्याहरू विद्यमान देखिन्छन् । प्रतिबद्धता र आदर्श अनुरूपको सार्थक रचनाकर्मका निम्ति विचारधारात्मक स्पष्टता आवश्यक छ । यो स्पष्टता प्रतिध्रुवसँग विचारधारात्मक सङ्घर्षका निम्ति पनि आवश्यक छ । कलालाई श्रमसँग जोड्नु, गतिशील यथार्थको कलात्मक पुनःसिर्जन र सोद्देश्यतामा कलाको सौन्दर्य देख्नु, सबै प्रकारका उत्पीडनका विरुद्ध उभिनु, मानवद्वेषी विचार र कुरूप संस्कृतिका विरुद्ध खडा हुनु, समाजिक न्याय, समानता र स्वतन्त्रताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनु, सामन्तवाद, साम्राज्यवाद, विस्तारवादलगायत सबैखाले प्रभुत्ववादका विरुद्ध खडा हुँदै राष्ट्रिय स्वाधीनताका निम्ति सङ्घर्षरत रहनु परिवर्तनकामी स्रष्टाहरूको दायित्व हो । विचारधारात्मक रूपमा स्रष्टाहरूलाई माझेर नै यस दिशामा ठोस उपलब्धि प्राप्त गर्न सकिनेछ । प्रगतिशील लेखक सङ्घका अगाडि रहेको अर्को चुनौती प्रलेसलाई मुलुकका सबै भाषाका प्र्रगतिशील स्रष्टाहरूको संस्थाको रुपमा अगाडि बढाउनु हो ।  एक खास अवस्थामा गठन भएको प्रलेसले यस दिशामा अहिलेसम्म गम्भीरतापूर्वक ध्यान दिन सकेको छैन । फलतः मुलुकका विभिन्न भाषाका स्र्रष्टाहरूको प्रतिनिधित्व यसमा अत्यन्त न्यून रहँदै आएको छ । यसले विभिन्न भाषामा प्रगतिशील स्रष्टा र प्रगतिशील साहित्यको विकासमा गम्भीर व्यवधान उत्पन्न गरेको छ । प्रलेसलाई समावेशी बनाएर लैजानुपर्ने आवश्यकता छ । यो पनि यसका अगाडि उभिएको चुनौती हो । प्रलेसले विचारधारात्मक सङ्घर्षको पक्षलाई अझ समृद्ध गर्नुपर्ने विषय पनि यसले सामना गर्नुपर्ने चुनौती भित्रै पर्दछ । समाजको सांस्कृतिक रूपान्तरणको उद्देश्य बोकेको प्रलेस र यससँग सम्बन्धित स्रष्टाहरू आफैं सांस्कृतिक रूपमा रूपान्तरित हुन आवश्यक छ । यस दिशामा अहिलेसम्म विशेष कार्य गर्न सकिएको छैन । प्रगतिशील आन्दोलनमा समाहित स्रष्टाहरूमै गम्भीर सांस्कृतिक समस्याहरू छन् ।  प्रलेसका अगाडि उभिएको यो पनि एक गम्भीर चुनौती हो । यसै गरी संकीर्णता, आग्रह पूर्वाग्रह, विद्वेषजस्ता प्रवृत्तिहरू पनि हाम्रो आन्दोलनमा विद्यमान छन् । यस्ता प्रवृत्तिहरूले प्रगतिशील आन्दोलनलाई सशक्त बनाउने सन्दर्भमा गम्भीर अवरोधहरू सिर्जना गर्ने गरेका छन् । यो पनि प्रलेसले सामना गर्नुपर्ने गम्भीर चुनौती हो । कतिपय प्रगतिशील स्रष्टाहरूबाटै प्रगतिशील साहित्यिक आन्दोलनका विरुद्ध उभिने काम पनि विगतदेखि हुँदै आएको छ । यस्तो प्रवृत्ति अहिले पनि विद्यमान छ । यसले प्रगतिशील साहित्यिक आन्दोलनमा विभिन्न भ्र्रमहरूको सिर्जना गर्ने कार्य गरिरहेको देखिन्छ । यस प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै आन्दोलनको महत्तालाई थप स्थापित गर्न प्र्रलेसले आगामी दिनहरूमा विशेष ध्यान दिनु पर्ने छ ।  यी सबै आन्तरिक चुनौतीहरूको ठीक ढङ्गले सामना गर्न सक्दा नै प्रलेसले परिवर्तनको प्रक्रियामा सार्थक हस्तक्षेप गर्न सक्नेछ ।
प्रलेसका अगाडि उभिएका अन्य चुनौतीहरू पनि गम्भीर रहेका छन् । प्रगतिशील साहित्यिक आन्दोलन र प्रतिध्रुवका बीचको सङ्घर्ष आज झन् तीव्र बनेर गएको छ । सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भए पनि सामन्तवादका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरूको अन्त्य भइसकेको छैन । सामन्तवादी संस्कृति संस्कृतिको मुख्य धाराका रूपमा जीवितै छ । सांस्कृतिक साम्राज्यवादको आक्रमण तीव्र छ । सांस्कृतिक साम्राज्यवादको अभिन्न अंगको रूपमा रहेको उत्तरआधुनिकतावादको कोकोहोलो सांस्कृतिक साम्राज्यवादको उद्देश्यअनुरूप कम्युनिष्ट विचारदर्शन र प्रगतिवादी साहित्यका विरुद्ध लक्षित छ । साम्प्रदायिक विद्वेष र विखण्डनका सङ्केतहरू देखिँदैछन् । यो प्रलेस जस्तो विचारधारात्मक सङ्घर्ष र प्रगतिशील संस्कृतिको निर्माणलाई महत्व दिने संस्थाका अगाडि उभिएको गम्भीरतम चुनौती हो । विचारधारात्मक सङ्घर्ष र सिर्जनात्मक हस्तक्षेपलाई बढाएर नै प्रलेसले यसको सामना गर्न सक्नेछ । मुलुक परिवर्तनको प्रक्रियाबाट गुज्रिरहेको छ तर देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू यसलाई अवरुद्ध गर्न क्रियाशील छन् । शान्तिप्रक्रियालाई समुचित निष्कर्षमा पु¥याएर, प्रगतिशील सारतत्वसहितको जनसंविधान निर्माण गरेर र रूपान्तरणका अग्रगामी आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एजेन्डाहरूलाई अगाडि सारेर नै परिवर्तनलाई पूर्णता प्रदान गर्दै अगाडि बढ्न सकिनेछ । मुलुकलाई यस दिशातिर डो¥याउनु प्रलेसको पनि दायित्व हो । परिवर्तनकामी व्यक्तित्वहरूका बीच सहमति र सहकार्यलाई अघि बढाएर नै प्राप्त उपलब्धिलाई संस्थागत गर्न र थप उपलब्धि प्राप्त गर्न सम्भव हुनेछ । यस दिशातिर सार्थक पहल र हस्तक्षेप प्रगतिशील लेखक सङ्घले जति गर्न सक्नेछ त्यति नै सकारात्मक दिशातिर मुलुकको समग्र परिस्थितिलाई डो¥याउन सम्भव हुनेछ । परिवर्तनको मर्मअनुरूपको संस्कृति निर्माणका निम्ति राज्यलाई दबाब दिनु, धर्मनिरपेक्ष संस्कृतिको निर्माणमा गम्भीरतम भूमिका निर्वाह गर्नु, राज्य नियन्त्रित सञ्चारमाध्यम र सांस्कृतिक संस्थाहरूलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप डो¥याउन भूमिका निर्वाह गर्नु, वैज्ञानिक र प्रगतिशील विचारलाई महत्व दिने गरी शैक्षिक क्षेत्रमा पाठ्यक्रम निर्माण गर्न हस्तक्षेप गर्नु पनि त्यत्तिकै आवश्यक छ । यी पनि प्रलेसका सम्मुख उपस्थित गम्भीरतम चुनौतीहरू  हुन् । प्रगतिशील साहित्यलाई महत्व नदिने र निरुत्साहित गर्ने प्रवृत्ति अहिलेसम्म पनि राज्यमा विद्यमान नै देखिन्छ ।  यसका विरुद्ध आउँदा दिनहरूमा प्रलेसले सशक्त सङ्घर्ष गर्नुपर्ने छ । प्रलेसका अगाडि उपस्थित चुनौतीहरू यसको आगामी कार्यभारसँग जोडिएका छन् । यी चुनौतीहरूलाई सामना गर्ने गरी प्रलेसले आगामी कार्यक्रमहरू तय गर्नुपर्नेछ । प्रलेसले मूलतः संगठनको विस्तार सुदृढीकरण, सशक्त वैचारिक प्रशिक्ष्ँण, प्रतिध्रुवसँग प्रभावकारी विचारधारात्मक सङ्घर्ष, सांस्कृतिक रूपान्तरणका निम्ति ठोस पहल, शान्तिप्रक्रियालाई टुङ््गोमा पु¥याउने र प्रगतिशील सारतत्वसहितको संविधान निर्माणका निम्ति सार्थक हस्तक्षेप, वैदेशिक उत्पीडनको विरोध आदिजस्ता विषय नै प्रलेसका आगामी कार्यभार हुन् यसै आधारमा कार्यक्रम बनाई प्रलेस अघि बढ्नुपर्नेछ । सामान्यतया माथि उल्लिखित यिनै चुनौतीहरूलाई सामना गरेर प्रलेसले आफूलाई प्रगतिवादी साहित्यको विकास र नेपालको समग्र रूपान्तरणमा थप योगदान दिन सक्षम तुल्याउने छ ।
प्रलेसका अगाडि जतिसुकै गम्भीर चुनौतीहरू भए पनि यसले यी सबै चुनौतीहरूको सामना गर्दै आफूलाई जीवन्त रूपले गतिशील बनाउनेछ भन्ने विश्वास हामीले लिएका छौं । प्रलेस चुनौतीहरूकै माझबाट गुज्रिएको छ र अगाडि बढेको छ । आउँदा दिनहरूमा पनि यसले चुनौतीहरूको सामना गर्दै नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनेछ। प्रगतिशील साहित्यकारहरू बीचको समझदारी, सहमति र सुदृढ एकताले नै चुनौतीहरूको सामना गर्न सम्भव हुनेछ ।
४. अन्त्यमा,
प्रगतिशील साहित्यिक आन्दोलन अनेक चुनौती र सम्भावनाहरूका बीचबाटै गुज्रन्छ । जतिसुकै गम्भीर चुनौतीहरू भए पनि आन्दोलनको अविरल यात्रा रोकिदैन । प्रलेस आफ्नो अभीष्टसहित आन्दोलनमा अविरल अगाडि बढिरहनेछ । मुलुकका प्रगतिशील स्रष्टाहरू अझ एकताबद्ध भएर समग्र रूपान्तरणका निम्ति आफ्नो सर्जकीय हस्तक्षेपलाई अगाडि बढाउनेछन् । परिवर्तनलाई संस्थागत गर्दै मुलुकको समग्र रूपान्तरणको दिशामा प्रगतिशील लेखक सङ्घको भूमिका आउँदा दिनहरूमा अझ महत्वपूर्ण रहनेछ । स्रष्टाहरूले आफ्नो दायित्वलाई अझ गहन र जिम्मेवारपूर्ण ढङ्गले पूरा गर्नेछन् । नेपाललाई सबै प्रकारका उत्पीडनबाट मुक्त गरेर एक स्वाधीन, समुन्नत र सुन्दर मुलुकको निर्माणमा स्रष्टाहरूको भूमिकालाई बढाउने सवालमा प्रलेसले आउँदा दिनहरूमा अझ महत्वपूर्ण भूमिका निर्बाह गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं । 


====================================================================
====================================================================
====================================================================

प्रगतिशील लेखक सङ्घ, नेपालको
आठौं राष्ट्रिय सम्मेलन
द्वारा  निर्वाचित पदाधिकारीहरुको नामावली 




अध्यक्ष
घनश्याम ढकाल     
महिला उपाध्यक्ष
कुन्ता शर्मा   
उपाध्यक्ष
हरिहर खनाल 
अनिरुद्ध तिमसिना   
रामप्रसाद प्रदीप
भिक्टर प्रधान 
महासचिव
गोपाल ठाकुर 
सचिव 
गणेश भण्डारी       
कोषाध्यक्ष
नर्मदेश्वरी सत्याल    
केन्द्रिय सदस्यहरु
१. जगत प्रेक्षित २.  देवी नेपाल  ३. बलराम तिमल्सिना  ४. रोसन जनकपुरी ५. लक्ष्मण उप्रेती  ६.  शशिधर भण्डारी  ७.  इन्द्रबहादुर भण्डारी  ८. आशा नेपाली  ९. युग पाठक  १०.  पुष्करराज भट्ट  ११. सरल सहयात्री  १२.    नवराज शर्मा   १३.  राममणि पोखरेल   १४. आर. एम. डंगोल  १५. टंक उप्रेती  १६.    इन्द्र रेग्मी    १७.    भवानी क्षेत्री   १८.    राजबहादुर कुुँवर  १९.  के.एल. पीडित  २०.    विष्णु प्रसाद भण्डारी   २१.    शारदारमण नेपाल  २२. हरिप्रसाद तिमिल्सीना  २३.    पदमप्रसाद शर्मा    २४.    अर्जुन खालिङ्ग २५. निभा शाह  २६.    भवानी प्रसाद पाण्डे    २७.    डम्बर पहाडी   ईलाम   २८. धनकुमारी सुनार २९. पिताम्बर भण्डारी३०.   खेमराज खनाल ३१.    बैकुण्ठ प्रसाद भुषाल   ३२.      भोगीराज चाम्लिङ्ग   ३३.    पुरुषोत्तम सुवेदी      ३४.    अच्यूतराज पराजुली   ३५.    हरिप्रसाद भण्डारी     ३६.    गोविन्द प्रसाद आचार्य

केन्द्रिय पार्षदहरु
१. आनन्दराम पौडेल  २.  दीपशीखा ३.   ओमी शर्मा ४.  भावना पोखरेल  सानुभाई विश्वकर्मा  ६. रामचन्द्र आचार्य  ७. सुरेश कार्की  ८. अच्युत घिमिरे  ९. सुरेश सुमन डागी  १०. गौरी किरण डागी  ११. अनिल श्रेष्ठ १२. कालीप्रसाद सुवेदी  १३. केशव सिलवाल  १४. आर.सी.न्यौपाने     १५.   जीवनाथ अधिकारी  १६. कमल जंगली  झापा  १७. भवानी पौडेल  १८. प्रसिद्धा शर्मा   १९.  माधव ढुंगेल  २०. तेजविलास अधिकारी  २१. यज्ञेश्वर निरौला२२. मनोहर लामिछाने  २३. धर्मराज रेग्मी  २४. विन्दा मैनाली  २५. पञ्चकुमारी परियार २६. प्रकाश सिलवाल  २७. ओमकारेश्वर श्रेष्ठ   २८. कुमारसिंह राई  २९. अशोक सुवेदी  ३०. खेमराज शर्मा  ३१. होमशंकर बास्तोला ३२.  खेम थपलिया ३३. नारायण मरासिनी  ३४. रमेश रानाभाट ३५.  सरोजदिलु विश्वकर्मा ३६. जगनाथ आचार्य  ३७. राजेन्द्र संग्रोैला   ३८. श्यामसुन्दर श्रेष्ठ ३९. नमुना शर्मा ४०.नकुल सिलवाल  ४१. संगीतस्रोता ४२. हरिकृष्ण कडायत  ४३.  सुभद्रा भट्टराई अर्याल ४४. परशुराम कोईराला   ४५. छायादत्त न्यौपाने  ४६. गगा पौडेलं



 


 

No comments:

Post a Comment