Sunday, April 14, 2013

प्रलेसको नवौँ राष्ट्रिय सम्मेलन विशेष ..............



=============================
===========================================================

प्रगतिशील लेखक संघ, नेपालको नवौं राष्ट्रिय सम्मेलन र त्यसपछिका गतिविधिहरू  .........................     


=========================================
=========================================

प्रगतिशील लेखक सङ्घ, नेपाल

Progressive Writer's Association, Nepal


पञ्जीकरण नं ६९०/०५२/०५३



मिति :- २०७० असार २०

विषय :- परिपत्र

प्रगतिशील लेखक संघ, नेपालको नवौँ राष्टिय सम्मेलनबाट गठित राष्टिय परिषद्को पहिलो पूर्ण बैठक साहित्य संस्कृतिसित सम्बद्ध विभिन्न १७ वटा समसामयिक प्रस्ताव पारित गरी समापन भएको छ । २०७० साल असार १ गते सम्पन्न भएको सो बैठकले यस अघि केन्द्रीय समिति, सचिवालय समिति तथा सल्लाहकार समितिले गरेका निम्नलिखित निर्णयहरु अनुमोदन गरेको गयो ।
२०७० वैशाख २० अघिका निर्णयहरु पहिलो परिपत्रबाट अवगत गराइसकिएकाले त्यसपछिका निर्णयहरु मात्र यहाँ समावेश गरिएका छन् ।

यस बिचमा सचिवालय समितिका तीनवटा (जेठ १२, २९ र असार १३ गते), सल्लाहकार समितिको एउटा (जेठ २७ गते) र केन्द्रीय समितिको एउटा (जेठ ३१ गते) वैठक सम्पन्न भएको छ ।

निर्णयहरु

(क) जेठ १२ गते बसेको बैठकले जेठ १७ गते साहित्य लेखन, प्रकाशन र पाठक विषयक अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो । (निर्णयका समयमा सोचिएभन्दा भिन्न परिस्थिति उत्पन्न भएकाले कार्यक्रम सम्पन्न हुन सकेन ।)


(ख) जेठ २७ गते बसेको बैठकले संगठनात्मक विस्तार, आर्थिक व्यवस्थापन, कार्यक्रम छनोट, जग्गा व्यवस्थापन र प्रकाशनसम्बन्धी विषयलाई प्रस्ताव बनाएर छलफल गरेको थियो । सल्लाहकारहरुबाट निकै गहन सुझाबहरु आएका र प्रलेसलाई निरन्तर सहयोग रहने वचनबद्धता प्राप्त भएको छ ।
(ग) जेठ २९ गते बसेको बैठकले विभिन्न पाँचवटा निर्णय गर्यो ।

१. राष्टिय वाणिज्य बैंक शाखा कार्यालय सिंहदरबारमा र साबल सहकारी संस्था
   चण्डोलमा भएका प्रगतिशील लेखक संघका खाता संघका वर्तमान अध्यक्ष अमर   
   गिरी, महासचिव मित्रलाल पंज्ञानी र कोषाध्यक्ष विष्णु भण्डारीका हस्ताक्षरबाट   
   सञ्चालन गर्ने ।


 २. यो वर्ष काठमाडौँ उपत्यका बाहिरका निम्न पाँच ठाउँमा निम्न विषयमा राष्टिय स्तरको कार्यक्रम गर्ने ।
     - पूर्वाञ्चलमा नेपाली साहित्यमा राष्टिय स्वाधीनता ।
     -   मध्यमाञ्चल (वीरगञ्जमा) मैथिली र भोजपुरी साहित्यमा प्रगतिवाद ।
     -  पश्चिमाञ्चलमा साहित्यमा वर्गीय चेतना, प्रतिबद्धता र वर्गदन्द ।
     -  मध्यपश्चिमाञ्चलमा कवितासम्बन्धी प्रशिक्षण ।
     - सुदूरपश्चिममा आख्यानसम्बन्धी प्रशिक्षण ।

३. सल्लाहकार समितिले सल्लाह दिएबमोजिम प्रलेसको नियमित कार्य सञ्चालनका  लागि हरेक राष्टिय परिषद् सदस्यबाट मासिक रु १०० लेवीका रुपमा संकलन गर्ने ।


४.उत्कृष्ट प्रगतिशील पुस्तक पुरस्कार स्थापनार्थ अक्षयकोष निर्माण गर्ने । त्यसका  निमित्त विधि निर्धारण गरी अर्थ संकलन अभियान चलाउने ।

५.जिल्लामा रहेका प्रलेसका संगठनलाई अझै सुदृढ पार्दै जाने र सम्भव भएका   जिल्लाहरुमा संगठन निर्माण गर्दै जाने ।

(घ) जेठ ३१ गते बसेको बैठकमा सचिवालयका पूर्व निर्णयहरू अनुमोदन गरियो । केन्द्रीय सदस्यहरूले रिपोर्टिङ्सहित आफ्ना रायहरू राखिसकेपछि असार १ गतेको राष्ट्रिय परिषद््र बैठकमा प्रस्तुत गर्नका निमित्त संघका उपाध्यक्ष हिरामणि दुःखीको संयोजकत्वमा डा.नेत्र एटम, रामप्रकाश पुरी र संगीतश्रोता सदस्य रहेको साहित्य संस्कृति सम्बन्धी समसामयिक प्रस्ताव तयारी समिति गठन ग¥यो ।

(ङ) असार १ गतेको बैठकले अन्तर्गतका जिल्लाहरुमा प्रलेसको संगठनलाई सुदृढ पार्ने, विस्तार गर्ने तथा कार्यक्रमहरुलाई प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले केन्द्रीय उपाध्यक्ष संयोजक रहने गरी क्षेत्रीय आधारमा कार्यविभाजन गरिएको छ ।

- सुदूर पश्चिमाञ्चल :-  शशिधर भण्डारी
- मध्यपश्चिमाञ्चल :- सत्य पहाडी
- पश्चिमाञ्चल :-   हिरामणि दुःखी
- मध्यमाञ्चल :-   गोपाल ठाकुर
- पूर्वाञ्चल :-   मातृका पोखरेल


(सम्बन्धित क्षेत्र नै अध्यक्ष, महासचिव र कोषाध्यक्षबाहेक सम्पूर्ण राष्ट्रिय परिषद् सदस्यहरुको कार्यक्षेत्र हुनेछ ।)

(च) असार १३ गतेको बैठकले निम्नलिखित निर्णय गर्यो ।
१.केन्द्रीय समिति र राष्ट्र्यि परिषद् बैठकको समीक्षा ग-यो । आवश्यक पूर्व तयारी गर्न नसकिएको तथा  
  व्यवस्थापनमा केही कमी कमजोरी रहेको तथा आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने ।


२. ‘प्रलेस’ वर्ष १७, पूर्णाङ्क २० प्रकाशनमा रहेका त्रुटिहरू औँल्याइयो । आगामी अङ्कमा विशेष होसियारी  
   अपनाउने ।


३. असार १५ गते प्रलेस मोरङ्को जिल्ला सम्मेलनमा प्रस्तुत गर्न महासचिवद्वारा लिखित ‘नेपालमा प्रगतिशील साहित्य लेखनको समस्या र चुनौती’ विषयक कार्यपत्रको विषयवस्तु र लेखनशैली आदि बारे छलफल गरी  आवश्यक परिमार्जनसहित प्रस्तुत गर्ने निर्णय गरियो ।
४.प्रचार प्रसार विभागको गठन तथा संपादक मण्डल चयन ।

   (क) सचिवालय सदस्य सङ्गीतश्रोताको संयोजकत्वमा ऋषभ गौतम, अशोक सुवेदी, कला अनुरागी,  
       नवीन विभास, प्रकाश थापा मगर, प्रकाश सिलवाल, रत्नावली शर्मा र श्याम रिमालसहितको 
       नौ सदस्यीय प्रचार प्रसार विभाग गठन गरियो ।  


   (ख) आगामी अङ्कदेखि प्रलेस प्रकाशनका निमित्त मातृका पोखरेलको प्रधान सम्पादकत्वमा केशव 
       सिलवाल, चन्द्रा थानी, डा. नेत्र एटम, पुण्य गौतम विश्वास, रामप्रकाश पुरी, शशिधर भण्डारी   
       र सङ्गीतश्रोतासमेत आठ जनाको सम्पादक मण्डलबाट गठन गरियो ।


५.२०७० असारको मधुपर्कमा प्रलेसका अध्यक्ष अमर गिरीको स्रष्टा व्यक्तित्व माथि आक्षेप हुने गरी आएको 
   प्रतिक्रिया नेतृत्वलाई बदनाम गर्ने उद्देश्यबाट भएको देखिएकाले प्रलेसका तर्फबाट प्रतिवाद गर्ने ।

अन्त्यमा, प्रलेस एउटा विशिष्ट प्रकृतिको संयुक्त मोर्चा भएका कारणले यसको विशिष्ट चरित्र छ । यो अनेक वाम घटकसम्बद्ध तथा स्वतन्त्र वामपन्थी साहित्यकारहरुको योगबाट संरचित छ । यसलाई एकताबद्ध राख्नका लागि दवावरहित, खुल्ला र मर्यादित मन्थन, सहअस्तित्वको बोध तथा निरन्तरको कार्यक्रम आवश्यक पर्दछ । प्रगतिशील साहित्यिक आन्दोलनलाई अभियानका रुपमा विकसित गर्नका निमित्त जिल्ला संगठनको निकै ठूलो महत्व छ । जनताका माझमा जाने आधारभूत माध्यम  पनि जिल्ला संगठन नै हो । केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद् सदस्यहरुले आफू रहेको जिल्ला तथा आपनो क्षेत्रभित्रका जिल्लाको संगठन निर्माण, परिचालन तथा कार्यक्रमका सन्दर्भमा योजनाकार भएर सोच्नु पर्ने छ । जो जहाँ छ त्यहाँको समस्या गहिराइमा त्यसैले बढी बुझेको हुने हुँदा स्थानीय क्षेत्रका साहित्यकार तथा साहित्यानुरागीको सल्लाहमा स्थानीय कार्यक्रम बन्नु बढी वैज्ञानिक हुन्छ । जो स्वयं स्रष्टा हो त्यसले केन्द्रको मात्रै मुख ताक्नु पर्दैन । यसको अर्थ केन्द्रसित सल्लाह लिने र रिपोर्टिड गर्ने काममा उदासिन भए पनि फरक पर्छ भन्ने होइन । जिल्ला संगठनले आपना गतिविधिलाई Horizontally र  Vertically  दुवै हिसाबले अगाडि बढाउनु पर्दछ ।
    
                      
 अध्यक्ष                                                                                 महासचिव   
अमर गिरी                                                                         मित्रलाल पंज्ञानी 



 ==================================================
===================================================
प्रगतिशील लेखक सङ्घ, प्रथम राष्ट्रिय परिषद् बैठक (२०७० असार १) बाट पारित समसामयिक प्रस्तावहरू
१. नेपालका प्रगतिशील प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सक्रिय रहेर सहादत प्राप्त गर्ने योद्धा तथा सहिदहरूप्रति सम्मान र श्रद्धा व्यक्त गर्दै ती महान् योद्धाहरूले मार्गदर्शन गरेको साहित्यकलाको पक्षमा यो बैठक दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
२. नेपालको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधीनतामाथि बाह्य हस्तक्षेप बढेको छ । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतामाथि भइरहेको बाह्य हस्तक्षेपको यो राष्ट्रिय परिषद् बैठक घोर भत्र्सना गर्दछ र सम्पूर्ण प्रगतिशील स्रष्टा एवम् आम जनसमुदायलाई प्रतिवादमा उत्रन आह्वान गर्दछ ।
३. संविधान सभा निर्वाचनको मिति तोकिए पनि गम्भीर असहमतिका राजनीतिक स्वरहरू जीवित छन् । यस्तो स्थितिमा संविधान सभाको निर्वाचन हुने भन्दा पनि मुलुक मुठभेड र द्वन्द्वतिर जाने स्थिति देखिन्छ । यसले संविधान सभामार्फत् संविधान निर्माण गर्ने कार्यलाई अवरुद्ध गर्नेछ । अतः यो राष्ट्रिय परिषद् बैठक राष्ट्रिय सहमति कायम गरी संविधान सभामार्फत् नयाँ संविधान निर्माण गर्ने र मुलुकलाई स्थायित्व एवम् नयाँ दिशा प्रदान गर्ने ऐतिहासिक कार्यभार पूरा गर्न सबै सम्बन्धित पक्षहरूलाई आग्रह गर्दछ ।
४. देशमा महँगी, कालोबजारी, तस्करी बढेको छ । भ्रष्टाचारले संस्थागत रूप लिएको छ । आम जनताको जीवन अझ कष्टकर बनेको छ । जनताले परिवर्तनको अनुभूति नै गर्न पाएका छैनन् । राष्ट्रिय परिषद्को यो बैठक सरकारलाई जनताप्रति जवाफदेही हुन र अनुचित कार्यलाई रोक्न तथा त्यसो गर्नेहरूमाथि कडा कारवाही गर्न माग गर्दछ ।
५. देशमा लामो समयदेखि भइरहेको क्षेत्रीय, लैंगिक, भाषिक र सांस्कृतिक विभेदलाई अन्त्य गर्न यो बैठक राज्यसँग जोडदार माग गर्दछ । साथै साम्प्रदायिक सद्भावलाई बिथोल्ने र देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रवृत्ति र दृष्टिकोणहरू पनि बेलाबखत प्रकट हुने गरेका छन् । यो बैठक यसको निन्दा गर्दै आपसी एकता र सद्भाव बनाई राख्न आमजनसमुदायप्रति अपिल गर्दछ । अधिकारका निम्ति सङ्घर्ष गरिरहँदा साम्प्रदायिक सद्भाव नबिथोलियोस् भन्ने कुरामा सचेत रहन पनि आग्रह गर्दछ ।
६. देशका विभिन्न ठाउँहरूमा बढिरहेको महिलामाथिको हिंसा, उत्पीडन तथा जघन्य अपराधका कार्यहरु, केही दिन अगाडि मात्र तराईमा दलित समुदाय र बस्तीमाथि भएको जघन्य आपराधिक कार्य एवम् देशैभर भइरहेका जातीय विभेदको यो बैठक घोर निन्दा र भत्र्सना गर्दछ र त्यस्ता कार्यलाई रोक्न सरकार तथा सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ । साथै कथित सुन्दरी प्रतियोगिताका नाममा बहुराष्ट्रिय कम्पनीहरूले विविध रूपमा देशभर फैलाइरहेको महिला शरीरलाई विज्ञापनको वस्तु बनाउने पुँजीवादी प्रवृत्तिको पनि यो बैठक घोर विरोध गर्दछ र त्यसलाई रोक्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।
७. कतिपय अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू (क्ष्ल्न्इ) अस्मितावादी राजनीतिका पक्षमा खुलेर लागेका देखिन्छन् । उनीहरूका गतिविधिहरू नेपालको राष्ट्रिय एकता, राष्ट्रिय स्वाधीनता र नेपाली समाजको प्रगतिशील रूपान्तरणका निम्ति बाधक रहँदै आएका छन् । यो राष्ट्रिय परिषद् बैठक यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न सरकारसँग माग गर्दछ ।
८. ठाउँठाउँमा नेपालको दक्षिणी, पूर्वी र पश्चिमी सीमाहरू मिचिएका छन् । तर यस सम्बन्धमा सरकार लाचार र मौन रहेको देखिन्छ । यो राष्ट्रिय परिषद् बैठक सीमा अतिक्रमणलाई गम्भीरतापूर्वक लिई त्यसलाई रोक्न आवश्यक कदम चाल्नका लागि सरकारसँग माग गर्दछ ।
९. यो राष्ट्रिय परिषद् बैठक गोर्खा भर्ती केन्द्र, सन् १९५० को नेपाल भारत सन्धी लगायत सम्पूर्ण असमान सन्धी सम्झौताहरूको खारेजीको माग गर्दछ ।
१०. यस मुलुक माथि सांस्कृतिक साम्राज्यवादको अतिक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । साहित्यको बजारीकरण गर्दै यसलाई यसको समाजपरक एवम् सौन्दर्यपरक भूमिकाबाट च्युत गर्ने र यसलाई वित्तीय पुँजीवादको सहयोगी उपकरणमा बदल्ने कार्य तीव्र रूपमा भइरहेको छ । उत्तरआधुनिकतावाद, भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवादले नेपाली साहित्य, कला र संस्कृतिलाई दिग्भ्रमित बनाउन खोजेको छ । कर्पोरेट वर्ग यसमा सबैभन्दा अगाडि देखिन्छ । यो राष्ट्रिय परिषद् बैठक यस्तो कार्यको निन्दा गर्दै साहित्यको समाजपरक एवम् सौन्दर्यपरक भूमिकाको रक्षार्थ उभिन प्रगतिशील स्रष्टाहरूलाई आह्वान गर्दछ ।
११. ऐतिहासिक परिवर्तनपछि पनि राज्यले सामन्तवादी एवम् पुँजीवादी गलत संस्कृतिलाई अपनाइरहेको पाइन्छ । अन्तरिम संविधानको मर्म अनुरूपको संस्कृति निर्माणमा पनि सम्बन्धित सरकारी निकायमा चरम उदासिनता देखिन्छ । जनतान्त्रिक सांस्कृतिक मूल्यहरूलाई चुनौती दिंदै फासीवादी संस्कृतिको निर्माण गर्न चाहने समूहप्रति पनि सरकार मौन देखिन्छ । यो राष्ट्रिय परिषद् बैठक यसको निन्दा गर्दै राज्यसँग परिवर्तनको मर्म अनुरूपको संस्कृति निर्माण गर्न तथा प्रतिगामी सांस्कृतिक चिन्तनलाई नियन्त्रण गर्न माग गर्दछ ।
१२. सरकारी तथा गैरसरकारी सञ्चार माध्यमहरू पुँजीवादी छाडा संस्कृतिका संवहनकर्ता रहेका देखिन्छन् । मूलतः राज्यनियन्त्रित साहित्य, कला र संस्कृतिसँग सम्बन्धित निकाय तथा प्रकाशन एवम् प्रसारण संस्थाहरूमा प्रगतिशील, प्रगतिवादी धाराका सामाग्रीहरूलाई उपेक्षा र निषेध गर्ने प्रवृत्ति कायम छ । त्यति मात्रै होइन, प्रगतिशील स्रष्टाहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने र प्रगतिशील साहित्यिक आन्दोलनलाई कमजोर बनाउने अभियानसम्ममा यो विस्तारित भएको पाइन्छ । ती निकायहरूमा प्रगतिशील, प्रगतिवादी स्रष्टा र सिर्जनाहरूको समुचित प्रतिनिधित्वको लागि यो बैठक जोडदार माग गर्दछ र स्पष्ट संचार एवम् सांस्कृतिक नीतिसहित पुँजीवादी छाडा साहित्य, कला र संस्कृति नियन्त्रण गर्न सरकारसँग माग गर्दछ ।
१३. यतिखेर प्रगतिशील साहित्यमाथि चौतर्फी आक्रमण भइरहेको छ । विभिन्न विचारधाराहरू यसका निम्ति क्रियाशील छन् । साहित्यको सोद्देश्यपूर्ण भूमिकालाई समाप्त गर्ने विचार र क्रियाकलापका विरुद्ध सशक्त वैचारिक प्रतिवाद आजको आवश्यकता हो । यो बैठक सम्पूर्ण प्रगतिशील स्रष्टाहरूलाई यसको प्रतिवाद गर्न आह्वान गर्दछ ।
१४. अहिले पनि शिक्षा क्षेत्रको पाठ्यक्रम जनमुखी, प्रगतिशील, वैज्ञानिक एवम् व्यवसायिक हुन सकेको देखिन्न । पाठ्यक्रमको निर्माणमा अहिले पनि नवऔपनिवेशिक दृष्टिकोण र बाह्य चासो प्रतिबिम्बित हुने गरेको पाइन्छ । नेपाली भाषा साहित्यको पाठ्यक्रमको निर्धारण गर्दा प्रगतिशील साहित्यलाई उपेक्षा गर्ने प्रवृत्ति अहिले पनि विद्यमान छ । यो राष्ट्रिय परिषद् बैठक यसको गम्भीर आलोचना गर्दै यस स्थितिको अन्त्य गर्न र परिवर्तनको मर्मलाई आत्मसात गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।
१५. नेपालका भाषाहरूमाथि बाह्य भाषिक आक्रमण बढेको छ । यही कुरा संस्कृतिका सम्बन्धमा पनि लागू हुन्छ । यो राष्ट्रिय परिषद् बैठक सरकारसँग यसलाई नियन्त्रण गर्न उपयुक्त नीति र कार्यक्रमको माग गर्दछ ।
१६. प्रगतिशील लेखक संघ २००९ सालमा स्थापित पुरानो साहित्यिक संस्था हो । नेपालमा चलेका वामपन्थी एवम् लोकतान्त्रिक आन्दोलनहरूमा यस संस्थाको महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपाली समाजको प्रगतिशील रूपान्तरणमा यसले महत्वपूर्ण योगदान दिएको छ । यस ऐतिहासिक संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउनु राज्यको दायित्व हो भन्ने ठहर गर्दै यो राष्ट्रिय परिषद् बैठक सरकारसँग वार्षिक आर्थिक अनुदान सहयोग उपलब्ध गराउन माग गर्दछ ।
१७. विश्वका विभिन्न मुलुकहरूमा साम्राज्यवादी शक्तिहरूले फैलाइरहेको हस्तक्षेपकारी कदमको कडा विरोध गर्दै ती मुलुकहरूमा चलेका राष्ट्रिय मुक्ति आन्दोलनहरूको पक्षमा यो राष्ट्रिय परिषद् बैठक ऐक्यबद्धता जाहेर गर्दछ ।
             


========================================
========================================

परिपत्र :

२०७० साल बैशाख २० गते



========================================
========================================

प्रलेसको नवौँ राष्ट्रिय सम्मेलनसम्बन्धी रिपोर्ट 


 
१. उद्घाटन सत्रको कार्यक्रम

वि. सं. २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घ, नेपालले गत वर्षको विदाइसँगै आफ्नो नवौँ राष्ट्रिय सम्मेलन सम्पत्र गरेको छ । २०६९ चैत्र ३० र ३१ गते माइलस्टोन इन्टरनेशलन कलेज, बालकुमारी, ललितपुरको सभाकक्षमा सम्पत्र भएको यस सम्मेलनको प्रलेसका पूर्व अध्यक्ष तथा प्रलेस प्रतिभा पुरस्कारका संस्थापक आनन्ददेव भट्टले गर्नुभएको थियो ।
प्रमुख अतिथि श्री भट्टले नौँवटा मैनबत्ती बाली विधिवत उद्घाटन भएर दुई दिनसम्म चलेको यस नवौँ राष्ट्रिय सम्मेलनको पहिलो दिन उद्घाटन समारोह र दोस्रो दिन बन्द सत्रको कार्यव्रmम सम्पत्र भएको थियो । २०६९ चैत्र ३० गते शुव्रmवारको दिन दिउँसो १ बजेदेखि उद्घाटन समारोह सुरू भयो । विभित्र पार्टीका प्रलेसद्वारा सम्मानित स्रष्टा नेताहरू, वरिष्ठ साहित्यकार तथा स्रष्टा–द्रष्टाहरू, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराई मधेशसम्मका विभित्र जिल्लाबाट आउनु भएका प्रगतिशील लेखक सङ्घको यस सम्मेलनका प्रतिनिधि सहभागीहरू, साहित्यिक­सांस्कृतिक संघ÷संस्थाका आमन्त्रित प्रतिनिधिहरू, पत्रकार, स्वयंसेवकलगायतका महानुभावहरूले अटेसमटेस गरि भरिएको सभाहलमा प्रलेसका महासचिव गोपाल ठाकुरले सहभागी सबैलाई स्वागत गर्दै कार्यव्रmमको सञ्चालन गर्नु भएको थियो ।
प्रलेसका कार्यवाहक अध्यक्ष रामप्रसाद प्रदीपको अध्यक्षतामा सम्पत्र यस उद्घाटन सत्रमा प्रगतिशील तथा प्रगतिवादी स्रष्टा नेताहरू चैतन्य, निनु चापागाईं र प्रदिप नेपाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । प्रलेसले राष्ट्रिय सम्मेलनको अवसरमा पाँच जना वरिष्ठ स्रष्टा नेताहरूलाई सम्मानित गर्ने निर्णय गरे पनि विविध कारणले मोहनविव्रmम सिंह र हरिबहादुर श्रेष्ठ उक्त समारोहमा उपस्थित हुन नसक्नु भएकोले श्री सिंहलाई वहाँकी धर्मपत्नी दुर्गा पौडेलमार्फत दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको थियो भने श्री श्रेष्ठको सम्मानपत्र उहाँसमक्ष उपयुक्त माध्यमले तुरुन्तै पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
यस अवसरमा सम्मानित स्रष्टाहरूमा चैतन्य, चापागाईं र नेपालले देशको राजनीति तथा स्रष्टाहरूले निर्वाह गर्नु पर्ने दायित्वका साथै सौन्दर्य चिन्तन, सर्जकीय आवश्यकता र प्रलेसको दायित्वको बारेमा मन्तव्य व्यक्त गर्नु भएको थियो । श्री सिंहले आफू समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्नुको साथै सम्मेलनको सफलताको शुभकामना दिँदै पठाउनु भएको पत्रलाई वाचन गरिएको थियो ।
यस अवसरमा वरिष्ठ साहित्यकार मोदनाथ प्िरश्रत, आहुति, मणि थापा र दिल साहनी सहित साहित्यिक­सांस्कृतिक संस्थाहरूमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष खगेन्द्र राई, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष मातृका पोखरेल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली र व्रmान्तिकारी सांस्कृतिक विङको तर्फबाट पुण्य गौतम विश्वासको उपस्थिति थियो । वरिष्ठ साहित्यकार प्िश्रत, खगेन्द्र राई र मातृका पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने ईश्वरचन्द्र ज्ञवालीले आफ्नो शुभकामना मन्तव्यसहित सम्मानित स्रष्टाहरूको सर्जकीय व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो ।
यस समारोहमा प्रलेस सचिव गणेश भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने माइलस्टोन इन्टरनेशनल कलेज, सञ्चालक समितिका सदस्य मित्रलाल अर्यालले प्रमुख अतिथि, अतिथि र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यस अवसरमा प्रलेसको दाङ शाखाको मुखपत्र ‘वहिङ्गा’ र शक्ति लम्सालको जीवनीमा आधारित पुस्तकहरूको विमोचन गरिएको थियो ।
 
२.  बन्द सत्रको कार्यक्रम
 
 प्रलेसको नवौँ सम्मेलनको दोस्रो दिन वि.सं. २०६९ चैत्र ३१ गतेका दिन बिहान बन्द सत्रको कार्यक्रम प्रारम्भ भयो । उक्त सत्रको अध्यक्षता ........................... ले र कार्यक्रमको सञ्चालन ...............................ले गर्नुभयो । बन्द सत्र सुरु भएपछि महासचिव गोपाल ठाकुरले साङ्गठिनक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमा आठौँ महाधिवेशनबाट निर्वाचित प्रलेस नेपालको केन्द्रीय समितिले गरेका कार्यक्रमहरू तथा यसका शाखाहरूमा भएका कार्यक्रमहरू समेटिएको थियो ।
प्रतिवेदनको प्रस्तुतिपछि कोषाध्यक्ष नर्मदेश्वरी सत्यालले आर्थिक विवरण प्रस्तुत गर्नुभयो भने हरिहर खनालले विधान संशोधनको मस्यौदा प्रस्ताव प्रस्तुत गर्नुभयो ।
 प्रतिवेदनको प्रस्तुतिपछि चालु कार्यसमितिको विघटन गर्दै एउटा अध्यक्षमण्डलको गठन गरियो । अध्यक्षमण्डलको संरचना यस प्रकारको थियो ः
हरिहर खनाल   अध्यक्ष
.......
......
उक्त अध्यक्षमण्डलको कार्यक्रम सञ्चालन ................. ले गर्नुभएको थियो । त्यसपछि सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई आठ समूहमा विभाजन गरी अलगअलग रूपमा प्रतिवेदनहरूमा छलफल गरियो । प्रतिनिधिहरूको समूहविभाजन यस प्रकार रहेको थियो ः
क्र.सं. समूह टोली नेता सहभागी सङ्ख्या
१. सुदूरपश्चिम रामचन्द्र नेपाल १०
२. मध्यपश्चिम डा.दीपक गौतम .....
३. पश्चिमाञ्चल दिल साहनी २७
४. मध्यमाञ्चल (उपत्यकाबाहेक) अशोक सुवेदी ४०
५. पूर्वाञ्चल हेमराज अधिकारी .....
६. ललितपुर–भक्तपुर मनोहर लामिछाने ......
७. काठमाडौँ (क) वासुदेव अधिकारी .......
८. काठमाडौँ (ख) खेम थपलिया ४५

दिवाभोजनपछि समूहगत रूपमा भएको छलफलका आधारमा टोली नेताहरूबाट तीनओटा प्रतिवेदबारे आ–आफ्ना मत तथा सुझावहरू पेस गरियो । ती समूहगत मतहरूभन्दा फरक मत प्रस्तत गर्ने काम जीवन नेपाली, सरोज दिलु विश्वकर्मा र रामबहादुर बुढाबाट भयो ।
प्रतिवेदनमाथिको छलफलपछि विभिन्न विषयमा उठेका प्रश्नहरूबारे सम्बन्धित व्यक्तिहरूले स्पष्टीकरण दिनुभयो । देवी नेपालले प्रलेस नेपालले प्रकाशन गरेको देवकोटाबारे प्रकाशित कृतिको प्रकाशनका क्रममा आफूबाट भएको गल्तीप्रति आत्मालोचना गर्दै प्रलेसमा काम गर्नेलाई प्रोत्साहन नभएकोमा आक्रोश अभिव्यक्त गर्नुभयो । महासचिव गोपाल ठाकुरले बन्द सत्रमा उठेका मत र सुझावहरूको सम्मान गर्दै प्रतिवेदन पुनर्लेखन गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो । कोषाध्यक्ष नर्मदेश्वरी सत्यालले आफूले दिएको प्रतिवेदन आर्थिक विवरण भएकाले अर्को कार्यसमितको भावी योजना उक्त समतिले नै तयार पार्ने जानकारी दिनुभयो । विधान संशोधनबारे हरिहर खनालले प्रस्तावित संशोधनको औचित्यबारे प्रकाश पार्नुभएको थियो । बन्द सत्रमा प्रस्तुत साङ्गठनिक,आर्थिक र विधान संशोधनसम्बन्धी तीनओटै प्रतिवेदनहरू पारित गरियून् भन्ने प्रस्ताव निर्णयार्थ राखिँदा हलबाट सर्वसम्मतिबाट पास भएका थिए ।
प्रतिवेदनहरू पास भइसकेपछि प्रलेस नेपालको नयाँ कार्यसमितिको गठन प्रक्रिया प्रारम्भ भयो । नयाँ कार्यसमिति गठन गर्नका निम्ति अध्यक्षमण्डलबाट निर्वाचन समितको प्रस्ताव प्रस्तुत गरियो र त्यसलाई सर्वसम्मतिबाट समर्थन गरियो । उक्त निर्वाचन समितिको गठन यस प्रकारले भएको थियो ः
.......  संयोजक
.......  सदस्य
......  सदस्य
निर्वाचन समिति गठन भएपछि उक्त समितिले निर्वाचनको समयविभाजन सहितको विस्तृत कार्यतालिका बनाई सूचना जारी गरेको थियो भने मतदाता नामावलीको प्रकाशनसमेत भएको थियो । निर्वाचन समिततिले पदाधिकारी, केन्द्रीय सदस्य र पार्षदहरूमा उम्मेदवारी दिन चाहने प्रतिनिधिहरूले शुल्कसहित दिनुपर्ने आवेदन वितरण गरेको थियो । केन्द्रीय समिति र पार्षदहरूमा विभिन्न व्यक्तिहरूले उम्मेदवारी दिएका भए पनि अन्तिममा सहमतिका आधारमा सर्वपक्षीय कार्यसमिति चयन भएको थियो ।
कार्यसमितिको घोषणा भएपछि निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा पार्षदहरूलाई टीका लगाई स्वागत गर्ने तथा शुभकामना दिने काम भयो । यसै बीच निवर्तमान कार्यसमितका कार्यवाहक अध्यक्ष रामप्रसाद प्रदीपले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै आगामी कार्यकाल उत्साहजनक रहोस् भन्ने शुभकामना दिनुभयो । कार्यसमितका तर्फबाट नवनिर्वाचित अध्यक्ष अमर गिरीले सबैको सहयोग र सहकार्यमा अघि बढेर आफ्नो कार्यकालमा प्रलेसले साहित्य, कला र संस्कृतिको मूल धारलाई अग्रगामी दिशा दिन हस्तक्षेपकारी भूमिका खेल्न प्रकाशन, प्रशिक्षण र अन्तक्र्रियाको प्रयास गरिने प्रतिबद्धता प्रकट गर्नुभयो ।
अन्त्यमा अध्यक्षमण्डलका अध्यक्ष हरिहर खनालले अध्यक्षमण्डलका सदस्य, निर्वाचन समितिका साथीहरू र प्रतिनिधिहरूलाई धन्यवाद र निर्वाति कार्यसमितिलाई शुभकामना दिँदै प्रलेसको नवौँ सम्मेलन समाप्तिको घोषणा गर्नुभएको थियो ।
रिपोर्टरहरू :-  (१) आर.पी. तिमिल्सिना, (२) तेजविलास अधिकारी, र (३) विनोद मन्जन

















































======================================


प्रगतिशील लेखक सङ्घ, नेपालको
नवौं राष्ट्रिय सम्मेलन २०६९ चैत्र ३०­/३१


 महासचिव गोपाल ठाकुरद्वारा प्रस्तुत प्रतिवेदन


अध्यक्षमण्डलका अध्यक्षज्यू, सदस्यज्यूहरू तथा प्रतिनिधि मित्रहरू,
अनेकौँ अप्ठ्यारा र चुनौतीहरूको सामना गर्दै हामी प्रगतिशील लेखक सङ्घको नवौँ राष्ट्रिय सम्मेलन सम्पत्र गरिरहेका छौँ । यस महत्त्वपूर्ण घडीमा सबैभन्दा पहिले म नेपाली समाजको समग्र रूपान्तरणका लागि सङ्घर्ष गर्दै सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । विशेष गरी कृष्ण सेन ‘इच्छुक’, लगायतका सांस्कृतिक योद्धाहरूको स्मरण गर्न चाहन्छु, जो सामाजिक न्याय, समानता, मानवीय गरिमा र सौन्दर्यका निम्ति सर्जकीय दायित्वको निर्वाहकै दौरानमा सहिद हुनुभयो । त्यसै गरी प्रलेसका संस्थापक कोषाध्यक्ष केवलपुरे किसान, पूर्व अध्यक्ष गोविन्द भट्ट, अध्यक्ष घनश्याम ढकाल र उपाध्यक्ष अनिरुद्ध तिमसिनाप्रति श्रद्धासुमन व्यक्त गर्दछु, जो नेपाली समाजको प्रगतिशील रूपान्तरणका लागि आजीवन सर्जकीय सङ्घर्षमा लागिपर्नुभयो । त्यसै गरी हामीबाट असमयमै बिदा भएकी पार्षद ओमी शर्मालाई पनि अहिले म सम्झिरहेको छु । हामीबाट विदा भएका सर्जकहरूको जीवन प्रगतिशील लेखक सङ्घका लागि सदैव प्रेरणाको स्रोत रहनेछ र प्रलेसको भावी मार्गचित्र कोर्न हाम्रो सहायक हुनेछ । नवौँ राष्ट्रिय सम्मेलनको यस अवसरमा देशका विभित्र जिल्लाहरूबाट सम्मेलनमा सहभागी हुन आउनुभएका प्रतिनिधि मित्रहरूलाई प्रलेस केन्द्रका तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु ।
१. पृष्ठभूमि
वि.सं. २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घले छ दशकको अवधि पार गरेको छ । एउटा महत्त्वपूर्ण ऐतिहासिक कालखण्डमा जन्मिएको प्रलेसले प्रगतिशील, प्रगतिवादी स्रष्टाहरूको साझा संस्थाको रूपमा छ दशकको समयावधि पार गर्नु भनेको हाम्रा निम्ति गौरवको विषय हो । साझा मोर्चाहरूले यस रूपमा निरन्तरता पाएका दृष्टान्तहरू अन्यत्र बिरलै पाइन्छन् । एक साझा मोर्चाको रूपमा आफूलाई जीवित राख्न प्रलेस सक्षम रहेको छ र यसलाई यसले आउँदा दिनहरूमा पनि निरन्तरता प्रदान गर्नेछ । साझा मोर्चाको रूपमा यसको निर्माण ऐतिहासिक आवश्यकता थियो र यो आवश्यकता आज मात्र होइन, आउँदा दिनहरूमा पनि रहनेछ । प्रलेस सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, प्रभुत्ववाद विरोधी स्रष्टाहरूको साझा संस्था हो । यो यसको न्यूनतम वैचारिक एवं नीतिगत आधार हो । प्रगतिशील दृष्टिकोण राख्ने स्रष्टाहरूदेखि समाजवादी यथार्थवादलाई अँगाल्ने प्रगतिवादी स्रष्टाहरूसमेत यसमा प्रतिबद्ध रहँदै आएका छन् । वामपन्थी पार्टीहरूमा साङ्गठनिक रूपमा प्रतिबद्ध र स्वतन्त्र दुबै किसिमका स्रष्टाहरू यससँग जोडिएका छन् । सामन्तवाद र साम्राज्यवाद विरोधी स्रष्टाहरूको एक बृहत् मोर्चाका रूपमा विगतदेखि यसले निर्वाह गर्दै आएको भूमिका उल्लेखनीय रहेको छ । यसले सिर्जना, विचार, सङ्गठन र आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रगतिशील साहित्यिक आन्दोलनको विस्तार र प्रभावको एक महत्त्वपूर्ण कारक हो । आज नेपालको प्रगतिशील आन्दोलन जहाँ छ, प्रलेसको चर्चाबिना त्यसको विश्लेषण अधुरो नै रहनेछ । प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, उनीहरूको प्रतिभा परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, उनीहरूलाई प्रेरित र प्रोत्साहित गर्नु, वैचारिक रूपले माझ्नु र परिचालित गर्नु, सङ्गठनलाई बलियो बनाउनु, परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लिनु आदि कार्यहरू यसले गर्दै आएको छ । सचेतन र परिवर्तनकामी स्रष्टाहरूको सङ्गठित संस्थाका रूपमा यसले आफूलाई सबै प्रकारका उत्पीडन र विभेदका विरुद्ध उभ्याएको छ । यो सुस्ता र कालापानीमा दुःखेको छ, कोसी, गण्डकी र महाकाली सम्झौताहरू पनि यसलाई बिझेको छ र त यो संस्था राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, स्वाभिमानका निम्ति निरन्तर सङ्घर्षमा हेलिएको छ । यो सामाजिक न्याय, समानता र स्वतन्त्रताका निम्ति सामन्तवादी निरङ्कुशतन्त्रसँग जुझेको छ र निरन्तर अविचलित रूपमा परिवर्तनका निम्ति सङ्घर्षरत रहेको छ । यो जनताको न्यायपूर्ण सङ्घर्षमा सधैँ सँगसँगै रहेको छ र त्यसलाई आफ्नो समस्त ऊर्जासहित सहयोग पु¥याएको छ । सामन्तवादी, साम्राज्यवादी संस्कृतिका विरुद्ध यसले विचारधारात्मक सङ्घर्ष चलाउँदै आएको छ । प्रलेस स्वाधीन नेपाल चाहन्छ, जनताको वास्तविक लोकतन्त्र चाहन्छ, जनवादी संस्कृतिको विकास र नयाँ समाजको निर्माण चाहन्छ । यसले कलालाई जीवन र जगत्को रूपान्तरणको कलात्मक औजार ठान्दछ । यो ती सबै कलामान्यताहरूको विपक्षमा छ जो सारमा जीवन र जगत्को परिवर्तन र सुन्दरताको विपक्षमा छन् । सामन्तवाद–साम्राज्यवाद विरोधी सौन्दर्य चेतना यसको सिर्जनात्मक लेखनको न्यूनतम आधार हो ।
हामी यति बेला सङ्क्रमणको सङ्गीन घडीबाट गुज्रिरहेका छौँ । हाम्रा अगाडि महान् सम्भावना र चुनौतीहरू दुबै छन् । जनयुद्ध र जनान्दोलनको बलबाटै निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो र अन्ततः नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । राज्यको अग्रगामी पुनः संरचनासहितको लोकतान्त्रिक गणतन्त्रको स्थापनामा स्रष्टाहरूको भूमिका पनि महत्त्वपूर्ण रहेको छ । प्रगतिशील लेखक सङ्घले २०६२÷०६३ को संयुक्त जनान्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसपछिका दिनहरूमा पनि यसले परिवर्तनको प्रक्रियालाई सुनिश्चित गन्तव्यसम्म पु¥याउन भूमिका सम्पादन गर्दै आयो । संविधानसभाको निर्वाचन र प्रगतिशील सारतत्त्वसहितको जनमुखी संविधान निर्माण गर्नु तथा मुलुकलाई अग्रगामी आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको दिशातिर लिएर जानु यति बेला मुलुकले पूरा गर्नुपर्ने प्रमुख कार्यभार हुन् । यी सबै कार्यभारहरूलाई पूरा गरेर मात्र परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्न सकिन्छ । यस दिशामा आज गम्भीर व्यवधानहरू उत्पत्र भएका छन् । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वाभिमानमाथि आज सबैभन्दा नाङ्गो र डरलाग्दो हस्तक्षेप सुरु भएको छ । नेपालको मालिक नेपाली जनता नभई अरू नै हुने परिस्थितिमाझ हामी उभिएका छौँ । हाम्रो देशका सिमानाहरू मिचिएका छन्, दिदीबहिनीहरू अपहरित र बलात्कृत भएका छन् । यो हस्तक्षेप साम्राज्यवादी, विस्तारवादी स्वार्थअनुरूप नेपाललाई डो¥याउने अभीष्टबाट भइरहेको छ । उनीहरू परिवर्तनलाई यथास्थितिको बन्दी बनाउन र आ–आफ्ना स्वार्थ अनुरूप हिँडाउन चाहन्छन् । उनीहरूको वक्रदृष्टि संविधानसभा र संविधान निर्माण प्रक्रियामा अहिलेसम्म पनि परेकै देखिन्छ । राज्यको अग्रगामी पुनः संरचनासहितको लोकतान्त्रिक गणतन्त्र, नेपालका लागि प्रगतिशील सारतत्त्वसहितको संविधान निर्माण नगरी दुई वर्षका ठाउँमा चार वर्षको अवधि खर्चिएर पनि संविधानसभा विघटन हुन पुगेको छ । यसबाट मुलुकभित्रका यथास्थितिवादी एवं प्रतिक्रियावादी शक्तिहरू परिवर्तनलाई यथास्थितिको बन्दी बनाउन र उल्ट्याउन उत्साहित देखिन्छन् । बाह्य र घरेलु प्रतिक्रियावादी शक्तिहरूबीचको एकता कसिँदै गएको छ र ती खुला रूपमा परिवर्तनको मर्मका विरुद्ध परिलक्षित हुन थालिसकेका छन् । मुलुक पुनः द्वन्द्वमा फस्ने र परिवर्तनको प्रक्रिया अवरुद्ध हुने सम्भावना देखिँदै छ । नेपाललाई द्वन्द्वमा धकेलेर बाह्य सैनिक हस्तक्षेप निम्त्याउने डरलाग्दो रणनीतिको यसमा आभाष हुन्छ । जनताको महान् सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई अधिनायकवादको बुटमुन्तिर कुल्चने सङ्केतहरू देखिँदै छन् । परिवर्तनलाई पूर्णता दिने सन्दर्भमा यी हाम्रा सामु देखिएका गम्भीर चुनौतीहरू हुन् । यी चुनौतीहरूलाई सामना गर्न परिवर्तनकामी शक्तिहरूका बीचमा सहमति र सहकार्यको संस्कृतिलाई निरन्तरता दिँदै अघि बढ्न आवश्यक छ । तर वास्तविकता अलि भित्र रूपमा हाम्रो अगाडि उपस्थित छ । सामन्तवाद­साम्राज्यवाद विरोधी राजनीतिक शक्तिहरू नै अहिले गुट, फुट र टुटको प्रक्रियाबाट गुज्रिरहेका छन् । त्यसैले प्रलेसको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने ऐतिहासिक घडीका बीच हामी उभिएका छौँ । चुनौतीहरू जति डरलाग्दा भए पनि हाम्रा अगाडि महान् सम्भावनाहरू नै बढी छन् । प्रलेस जनताको शक्तिमाथि विश्वास गर्दछ र महान् नेपाली जनताले सबै षड्यन्त्र, बेइमानी र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै परिवर्तनको प्रक्रियालाई निश्चित गन्तव्यसम्म पु¥याएरै छाड्नेछन् भत्रे ठान्दछ ।
साम्राज्यवादविरुद्ध आज विश्वव्यापी रूपमा सङ्घर्षहरू चलिरहेका छन् । बाहिर साम्राज्यवाद जति बलियो देखिए पनि आफैँभित्रका भीषण अन्तर्विरोध र विश्वका उत्पीडित जनताको प्रतिरोधी सङ्घर्षले यो कमजोर बन्दै गएको छ । पुँजीवादी अर्थतन्त्र गम्भीर सङ्कटका बीचबाट गुज्रँदै छ । पुँजीवादी अर्थतन्त्रमा देखिएको सङ्कटले समाजवादको विकल्प छैन भत्रे कुराको पुष्टि गर्दछ । प्रगतिशील शक्तिहरूले पुँजीवादमा देखिएको चरम सङ्कट र यसको पतन अवश्यम्भावी भए पनि साम्राज्यवादी उत्पीडनको भयानक जाँतोमुनि संसारका उत्पीडित जनता र स्रष्टाहरू अहिलेसम्म थिचिएकै छन् । साम्राज्यवाद आर्थिक, राजनीतिक, सांस्कृतिक माध्यमले विश्वभरि आफ्नो बर्चस्व र उत्पीडनलाई कायम राख्न लागिपरेको छ । साम्राज्यवादी संस्कृति यसको एउटा बलियो हतियार बनेको छ । साम्राज्यवादी संस्कृतिका विविध रूपहरूको खेती र संवाहकका माध्यमद्वारा सांस्कृतिक उपनिवेश कायम गर्दै साम्राज्यवादी आर्थिक, राजनीतिक अभीष्टहरूलाई पूरा गर्नु यसको उद्देश्य रहेको देखिन्छ । डरलाग्दो उपभोक्तावादको जगमा खडा भएको पुँजीवादले उत्तरआधुनिकतावादी चिन्तनका माध्यमले समाजवादी विचार, दर्शन र प्रगतिवादी साहित्यका विरुद्ध तिखो प्रहार गरिरहेको छ । हाम्रो मुलुक पनि लामो समयदेखि साम्राज्यवादी उत्पीडनको सिकार हुँदै आएको छ । आज यो कार्य अझ बढेर गएको देखिन्छ । हामीले डरलाग्दो स्तरमा सांस्कृतिक उत्पीडनलाई बेहोरिरहेका छौँ । प्रलेस यसका विरुद्ध निरन्तर सङ्घर्षरत रहँदै आएको छ र भविष्यमा पनि यस्ता सङ्घर्षमा दृढ भई अघि बढ्नेछ ।
इतिहासको यस कालखण्डमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउनुपर्ने दायित्व प्रलेसको काँधमा छ । प्रगतिशील लेखक सङ्घ सिर्जनशील सचेत स्रष्टाहरूको संस्था हो । कलाका माध्यमले रूपान्तरणका निम्ति सङ्घर्ष गरिरहेका स्रष्टाहरूको दायित्वका सम्बन्धमा यस सम्मेलनमा गम्भीरतापूर्वक छलफल हुनेछ भत्रे विश्वास हामीले लिएका छौँ ।
२. आठौं राष्ट्रिय सम्मेलनदेखि वर्तमानसम्म
महत्त्वपूर्ण ऐतिहासिक घडीमा हामीले प्रलेसको आठौँ राष्ट्रिय सम्मेलन सम्पत्र गरेका थियौँ । त्यस बेला जनताले निर्वाचित गरेका प्रतिनिधिहरूमार्फत संविधानसभाबाटै जनताको संविधान बनाउने करिब छ दशकको चाहनाअनुरूप संविधानसभाको गठन भएर त्यसले एक वर्ष काम गरिसकेको थियो । यस अवधिमा संविधानसभाले राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरिसकेको थियो । संविधान सभाका विषयगत समितिहरूले संविधानको प्रारम्भिक मस्यौदा बनाउन आ­आफ्ना काममा जुटिरहेका थिए । जनताले संविधानसभाबाट संविधान पाउने आशा मात्र होइन, पूर्ण विश्वास नै गरेका थिए । अर्कातिर शान्ति प्रक्रिया टुङ्ग्याउने कसरत पनि चलिरहेको थियो । यथास्थितिवादी शक्तिले शान्ति प्रक्रिया र संविधान निर्माणमा अनेकौँ व्यवधानहरू सिर्जना गर्ने दुष्प्रयत्न गरिरहेको थियो । तर यी दुबै प्रक्रियाहरू पूरा भई संविधानसभाबाट समयमै संविधान बत्रे कुरामा जनता विश्वस्त थिए । सम्मेलनपछि प्रलेसले यस घडीमा यी दुबै प्रक्रियालाई सहजीकरण गर्न सिर्जना र दबाब दुबैलाई अवलम्बन गर्दै अघि बढ्नु नै थियो । यसका लागि प्रलेसले वैचारिक रूपमा प्रगतिशील स्रष्टाहरूलाई सुसज्जित पार्न विभित्र कार्यक्रमहरूको आयोजना गर्ने प्रयत्न ग¥यो भने महाकवि देवकोटाको शतवार्षिकी पनि चलिरहेकाले त्यसतर्फ पनि आफूलाई अग्रसर गरायो । संविधानसभाका विषयगत समितिहरूले आ­आफ्ना मस्यौदा प्रतिवेदन बुझाइसकेपछि सङ्घीयता, शासकीय स्वरूप, न्यायप्रणाली, निर्वाचन प्रणाली आदि मुद्दाहरूमा देखिएको गम्भीर मतमतान्तरले संविधान निर्माण प्रक्रियामा अप्रत्यासित ढिलाइ सुरु भएपछि प्रलेसले राजनीतिक नेतृत्वहरूलाई एउटै ठाउँमा उभ्याएर परिस्थिति सहज बनाउने प्रयत्न पनि ग¥यो । त्यसै गरी संविधान सभाको थपिएको अवधिभित्र पनि संविधान नबत्रे सङ्केत देखा परेपछि यसले दबाबमूलक कार्यक्रमहरू पनि सञ्चालन ग¥यो । तर मुख्य रूपमा नेपालका सामन्तवाद­साम्राज्यवाद विरोधी राजनीतिक दलहरूबीच नै माथिका मुद्दाहरूमा गम्भीर विमति भएपछि संविधानसभामा कम्युनिस्टहरूको बहुमत भए पनि आखिरमा संविधानसभाले संविधान बनाउन सकेन । यसै बीचमा २०६८ फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारीकै क्रममा हाम्रो संस्था प्रलेसका श्रद्धेय अध्यक्ष घनश्याम ढकालको सडक दुर्घटनामा निधन हुन पुग्यो । उहाँकै नेतृत्वमा सुरु भएको प्रलेसको घरजग्गा खरिदका लागि नेपाल सरकारको अनुदानको पर्खाइ र संविधानसभाको विघटनपछि वाम खेमामा देखिएका फुटका घटना र त्यसपछिको आन्तरिक व्यवस्थापन सम्बन्धी व्यस्तताले पनि प्रलेस प्रभावित नहुने कुरै थिएन । यसै बीच हाम्रो संस्था प्रलेसका उपाध्यक्ष अनिरुद्ध तिम्सिनालाई पनि हामीले गुमाउनु प¥यो । यसका साथसाथै सम्मेलनका बेला हाम्रा स्रष्टाहरूमा देखिएको जाँगर र उत्साह क्रमशः सेलाउँदै गएका कारणले समेत हामी यस पटक करिब एक वर्षकै हाराहारीमा ढिलो गरी अहिले नवौँ राष्ट्रिय सम्मेलनमा जुटेका छौँ । यस ढिलाइप्रति आत्मालोचित हुँदै यस अन्तरालमा गरिएका हाम्रा गतिविधिहरूलाई सङ्क्षेपमा यसरी राख्ने प्रयत्न गरेको छु ः
(क) वैचारिक सिर्जनात्मक प्रशिक्षण कार्यक्रम
२०६६ साउन २४ गते काठमाडौँमा ‘माक्र्सवादी सौन्दर्य चिन्तन तथा द्वन्द्ववाद र तिनको विधागत प्रयोग’ विषयक कार्यशाला सम्पत्र गरियो । यस कार्यक्रममा माक्र्सवादी सौन्दर्य चिन्तनमा वरिष्ठ सौन्दर्य चिन्तक चैतन्य र द्वन्द्ववादमा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले प्रवचन दिनुभएको थियो । कार्यक्रम उपादेयतामूलक रहेको र त्यसको निरन्तरता दिनु पर्ने आवश्यकता सहभागीहरूको तर्फबाट महसुस गरिएको थियो ।
२०६८ जेठ ३१ मा प्रलेस केन्द्रीय सचिवालयले हरेक महिनाको तेस्रो शनिबार काठमाडौँमा नियमित रूपमा वैचारिक अन्तक्र्रियात्मक कार्यक्रम गर्ने निर्णय ग¥यो । त्यस अनुसार २०६८ आषाढ १८ गते ’माक्र्सवाद र सबाल्टर्न अध्ययन’ विषयमा तारालाल श्रेष्ठ र निनु चापागाईं, २०६८ साउन २१ गते ‘माक्र्सवाद र नारी’ विषयमा डा. सुधा त्रिपाठी र अमर गिरी, २०६८ भाद्र १७ गते ‘माक्र्सवाद र भाषा’ विषयमा मल्ल के. सुन्दर र गोपाल ठाकुरले अन्तक्र्रियामा मुख्य वक्ताका रूपमा भाग लिएका थिए । त्यसपछि दसैँ, तिहारको कारणले असोजमा कार्यक्रम हुन सकेन । तर पछि त्यस्ता कार्यक्रमको निरन्तरता दिन खोज्दा पनि कार्तिक १९ गते ‘माक्र्सवादी साहित्य र समानान्तर साहित्य’ विषयमा अमर गिरीको मुख्य वतृत्वमा एउटा शृङ्खला चलाएपछि सहभागिताका दृष्टिकोणले समेत फितलो हुँदै गएको पाइएपछि त्यसलाई निरन्तरता दिन सकिएन ।
(ख) प्रलेस प्रतिभा पुरस्कार विनियम निर्माण


प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्टले पाउनुभएको राष्ट्रिय प्रतिभा पुरस्कारको रकम रु. १ लाखलाई अक्षयकोष बनाई स्थापना गरिएको प्रलेस प्रतिभा पुरस्कारलाई व्यवस्थित रूपमा प्रगतिशील स्रष्टाहरूलाई प्रदान गर्न सचिव गणेश भण्डारीको संयोजकत्वमा जगत प्रेक्षित र शशिधर भण्डारी सदस्य रहने गरी बनाइएको तीन सदस्यीय विनियम निर्माण समितिले तयार गरी सचिवालयद्वारा सामान्य परिमार्जन भई निम्नानुसारको प्रलेस प्रतिभा पुरस्कार विनियम निर्माण गरिएको छ ः
प्रलेस प्रतिभा पुरस्कार विनियम, २०६६
१. प्रस्तावना ः
साहित्य सिर्जनाका माध्यमबाट नेपाली समाजको अग्रगामी सामाजिक र सांस्कृतिक रूपान्तरणका पक्षमा उभिने प्रगतिशील वा प्रगतिवादी साहित्यिक चिन्तनधारालाई आत्मसात् गर्ने लेखक तथा स्रष्टाहरूको संरक्षण, संवद्र्धन र प्रोत्साहनका लागि यस सङ्घले ‘प्रलेस प्रतिभा पुरस्कार’ प्रदान गर्ने प्रयोजनका लागि यो विनियम जारी गरेको छ ।
२. संक्षिप्त नाम र प्रारम्भ ः
(क) यो विनियमको नाम ‘प्रलेस प्रतिभा पुरस्कार विनियम, २०६६’ रहनेछ ।
(ख) यो विनियम निर्णय भएको मितिदेखि नै लागु हुनेछ ।
३. परिभाषा ः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विनियममा
(क) ‘प्रलेस’ भत्राले प्रगतिशील लेखक सङ्घ, नेपाललाई जनाउनेछ ।
(ख) ‘विनियम’ भत्राले प्रलेस प्रतिभा पुरस्कार विनियम, २०६६ लाई जनाउनेछ ।
(ग) ‘लेखक’ भत्राले प्रगतिशील तथा प्रगतिवादी धारामा रही सिर्जनात्मक लेखनमा सक्रिय व्यक्तिलाई जनाउँछ ।
(घ) ‘प्रलेस प्रतिभा पुरस्कार छनोट समिति’ भत्राले दफा ४ मा उल्लिखित छनोट सिफारिस समितिलाई जनाउनेछ ।
४. प्रलेस प्रतिभा पुरस्कार छनोट समिति ः
४.१ प्रलेसले पुरस्कार प्रदान गर्नका लागि योग्य प्रतिभाहरूको छनोट गर्ने उद्देश्यले देहाय बमोजिमको एक छनोट समिति गठन गर्नेछ ः
(क) प्रलेसले तोकेको पदाधिकारी — संयोजक
(ख) प्रलेसले तोकेको प्रलेसको कुनै सदस्य — सदस्य
(ग) प्रलेसले तोकेको कुनै ख्यातिप्राप्त लेखक — सदस्य

५. पुरस्कार छनोटका आधारहरू

प्रलेस प्रतिभा पुरस्कार छनोट समितिले पुरस्कार प्रदान गर्नका लागि प्रतिभा छनोट गर्ने आधारहरू निम्नलिखित हुनेछन् ः
(क) जुनसुकै भाषा, जाति, क्षेत्र वा समुदायको भए पनि प्रगतिशील तथा प्रगतिवादी लेखकलाई यो पुरस्कार प्रदान गरिनेछ ।
(ख) रचनाका सन्दर्भमा सामन्तवाद, विस्तारवाद तथा साम्राज्यवाद विरोधी साहित्यिक चेतना भएको हुनुपर्नेछ ।
६. पुरस्कार ः
(क) यस पुरस्कारको राशि हाललाई वार्षिक रूपमा प्रदान गर्ने गरी रू. १०,०००÷— (दस हजार रूपैयाँ मात्र) र एक सम्मानपत्र रहनेछ ।
(ख) यो पुरस्कार प्रत्येक वर्ष प्रलेस वार्षिकोत्सवको सन्दर्भ पारेर असोज ५ गते प्रदान गरिनेछ ।
७. विविध ः
(क) यो विनियम संशोधन गर्नुपरेमा केन्द्रीय समितिले संशोधन गर्न सक्नेछ ।
(ख) छनोट समितिले सिफारिस गरेपछि पुरस्कारको अन्तिम निर्णय केन्द्रीय समितिले गर्नेछ ।
(ग) विचार गोष्ठी एवं विभित्र कार्यक्रमहरूको आयोजन
२०६७ वैशाख १० गते नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय, थापाथली, काठमाडौँमा ‘संविधान निर्माण र शान्ति प्रक्रिया ः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठी केन्द्रले आयोजना गरेको थियो । यस कार्यक्रममा एनेकपा (माओवादी), नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र मधेसी जनअधिकार फोरमलगायतका राजनीतिक दलका प्रतिनिधिहरूले भाग लिएका थिए ।
२०६७ सालको तिहारमा देउसी­भैलोको अवसरलाई उपयोग गर्दै अध्यक्ष घनश्याम ढकालको नेतृत्वमा हाम्रा शुभेच्छुक समर्थकहरूसँग विशेष भेटघाटका साथै गीत­कविता वाचन गर्दै आर्थिक सहयोग उठाउने अभियान चलाइएको थियो । दुई दिन सञ्चालन गरिएको यस कार्यक्रमले केही हदसम्म हामीलाई आर्थिक सहयोग पनि प्राप्त भएको थियो ।
२०६७ पौष २० गते केन्द्रको आयोजनामा प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माद्वारा लिखित ‘समालोचनाहरू’ नामक कृतिको प्रलेस अध्यक्ष घनश्याम ढकालले प्रलेस केन्द्रीय कार्यालयमा सार्वजनिकीकरण गर्नुभयो ।
२०६७ माघ २९ गते केन्द्र तथा चितवन शाखाको सहकार्यमा चितवनमा ‘बहुलवादबारे’ विषयक विचार गोष्ठी सम्पत्र भयो । यस कार्यक्रममा अध्यक्ष घनश्याम ढकाल र चिन्तक बेदुराम भुषालले मुख्य वक्ताको रूपमा आ­आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
संविधान सभाबाट संविधान निर्माणको सुनिश्चितताका लागि दबाव दिने उद्देश्यले विभित्र साहित्यिक­सांस्कृतिक सङ्घ­संस्थाहरूसँगको सहकार्यमा २०६८ जेठ १२, १३ र १४ गते विविध वैचारिक सांस्कृतिक कार्यक्रम गर्ने निर्णय अनुरूप संविधानसभा भवनअगाडि कार्यक्रम गर्ने प्रयत्न गर्दागर्दै पनि त्यो कार्यक्रम प्रभावकारी हुननसकेको अनुभव रह्यो ।
२०६८ जेठ २७ गते प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माद्वारा लिखित ‘प्रयत्न केन्द्रित गरौँ’ कृतिको अध्यक्ष घनश्याम ढकालले प्रलेस केन्द्रीय कार्यालयमा सार्वजनिकीकरण गर्नुभयो ।
२०६८ फागुन १ गते हाम्रो अध्यक्ष घनश्याम ढकालको असामयिक निधनपछि मिति २०६८ चैत्र १३ गतेको केन्द्रीय सचिवालयको निर्णयअनुसार उपाध्यक्ष रामप्रसाद प्रदीपलाई कार्यवाहक अध्यक्ष तोकियो ।


(घ) मोफसलमा प्रलेस

सुर्खेत शाखा
प्रलेस सुर्खेत शाखाले केन्द्रीय अध्यक्ष घनश्याम ढकालको असामयिक निधनको दसौँ दिन २०६८ फागुन १० मा श्रद्धाञ्जली सभाको आयोजना ग¥यो । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.दीपक गौतमले ढकालको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै साहित्यमा वर्गीयता र आफूलाई केन्द्रमा चिनाउने सबैभन्दा बढी भूमिका खेल्ने व्यक्तित्व बताउनुभयो । महेन्द्रप्रसाद गिरीले आफू काठमाडौँमा नै भएकाले फागुन २ गते शवयात्रामा सामेल भई अध्यक्ष ढकाललाई अन्तिम बिदाइ गरेको दुःखद अनुभव पोख्तै ढकालसँग आफ्नो भेट साहित्यिक यात्रामै भएको र घनश्याम ढकाललालाई आफू कुनै पार्टीको खेमासँग निकटभन्दा पनि निष्कपट वामपन्थी पाएको कुरा बताउनुभयो ।
रूपन्देही शाखा
प्रलेसको ५८ औं स्थापना दिवसका अवसरमा २०६७ भाद्र ५ गते सङ्घका अध्यक्ष डा.मुरारी पराजुलीको अध्यक्षतामा ‘प्रगतिशील साहित्यको दिशा र गोरेटो’ तथा सहिद सप्ताहको अवसरमा २०६७ माघ १५ मा ‘साहित्यको उपादेयता र समाजको उत्तरदायित्व’ विषयक अन्तक्र्रियात्मक विचार गोष्ठीको सफल आयोजनापछि २०६८ जेठ २८ (१२ जुन, २०११) मा प्रलेस रूपन्देहीको आयोजनामा विस्सारियन ग्रिगोरिएभिच बेलिन्स्कीकोे दोस्रो शतवार्षिकी सम्पत्र भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा खगेन्द्र संग्रौला र विशिष्ट अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष रामप्रसाद प्रदीप रहनुभएको थियो । बेलिन्स्कीको चिनारीपत्र गोपीरमण उपाध्यायले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा रूपन्देहीभरिका एक सयभन्दा बढी स्रष्टाहरूको उपस्थिति रहेको थियो । न्यू होराइजन स्कुलको सभाहलमा सम्पत्र उक्त कार्यक्रम गिरी श्रीसले सञ्चालन गर्नुभएको थियो । 
२०६८ असोज १० मा प्रलेस रूपन्देहीको आयोजना र जागरण मिडिया सेन्टरको सहआयोजनामा ‘विभेदविरुद्धको कविता यात्रा’ पाल्पाको दोभान गाविसमा पर्ने तिनहले नामक दलित बस्तीमा सम्पत्र भयो । उक्त कार्यक्रममा सङ्घका अध्यक्ष डा.मुरारी पराजुलीले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । प्रमुख अतिथि ऋषिराम भुसाल, विशिष्ट अतिथि देवेन्द्र घिमिरे र वनमाली निराकार रहनुभएको थियो । पत्रकारहरू दीपक ज्ञवाली, सुमन अधिकारी, शान्ति बिक, सीता बिक र साहित्यकारहरू रुद्र ज्ञवाली, दलबहादुर गुरुङ, राजेश श्रेष्ठ, नारायणप्रसाद भण्डारी, मिनबहादुर राना, वासु जमरकट्टेल, लक्ष्मण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा दलित समुदायको सघन उपस्थितिसहित एक सय पचास जनाभन्दा बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रम दलबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो । 
प्रगतिशील साहित्यकार तथा माक्र्सवादी चिन्तक गोविन्द भट्ट र साहित्यकार केवलपुरे किसानको दुःखद निधनमा प्रलेस, रूपन्देहीले २०६८ असोज २८ का दिन श्रद्धाञ्जली सभा सम्पत्र ग¥यो । श्रद्धाञ्जली सभामा निधन हुनुभएका साहित्यकारद्वयका बारेमा देवेन्द्र घिमिरे, गोपीरमण उपाध्याय, ऋषिराम भुसाल, डा.मुरारी पराजुली, दलबहादुर गुरुङ, गोपाल भट्टराई, आरसी चापागा¥या, डा.शिव पौडेललगायतले बोल्नुभएको थियो । मिनबहादुर रानाले सञ्चालन गर्नुभएको श्रद्धाञ्जली सभामा करिब ५० जना जति स्रष्टाको उपस्थिति रहेको थियो ।
केन्द्रीय अध्यक्ष घनश्याम ढकालको २०६८ फागुन १ गते सडक दुर्घटनामा भएको दुःखद निधनमा प्रलेस रूपन्देही शाखाले केन्द्रीय उपाध्यक्ष रामप्रसाद प्रदीपको विशेष उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पत्र ग¥यो । सभामा कार्य समितिका सदस्य लगायत रूपन्देहीका चार दर्जन स्रष्टाहरूको उपस्थिति रहेको थियो । ज्ञानज्योति पुस्तकालय बुटवलमा सम्पत्र उक्त कार्यक्रम मिनबहादुर रानाले सञ्चालन गर्नुभएको थियो । 
२०६८ चैत्र २५ मा साहित्यकार, शिक्षाविद् तथा समाजसेवी जगत्बहादुर जोशीको दुःखद निधनप्रति शोक प्रकट गर्दै प्रलेसको पहलमा रूपन्देहीका विभित्र साहित्यिक सङ्ठनहरूको सहकार्यमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । जीवराज स्मृति प्रतिष्ठानको सभाहल बुटवलमा सम्पत्र उक्त सभामा करिब ५० जना स्रष्टा तथा समाजसेवीहरूको उपस्थिति थियो ।
मिति २०६७ भाद्र १९ गते सम्पत्र प्रलेस रूपन्देही शाखाको अधिवेशनले गठन गरेको कार्य समितिमा अध्यक्ष डा.मुरारी पराजुली, उपाध्यक्ष प्रदीप प्रधान, सचिव गिरी श्रीस, कोषाध्यक्ष मिनबहादुर राना र सदस्यहरूमा शान्तराम गिरी, चतुर्भुज आत्रेय, विकास के. सी., ऋषि आजाद, हृदय लेकाली, तिलक लामिछाने र विष्णुमाया भुसाल हुनुहुन्छ ।
कैलाली शाखा
प्रगतिशील लेखक सङ्घ, नेपाल दोस्रो कैलाली जिल्ला सम्मेलन यही २०६८ माघ २१ गते धनगढीमा सम्पत्र भयो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य पुष्करराज भट्टले उद्घाटन गर्नुभएको कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता उपाध्यक्ष केदारप्रसाद आचार्य र सञ्चालन सचिव लक्षीराम आचार्यले गर्नुभएको थियो । सम्मेलनमा एकीकृत नेकपा (माओवादी) का प्रतिनिधि लीलाराज आचार्य एवं नेकपा (एकीकृत) का प्रतिनिधि हुकुमबहादुर साउदले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बन्द सत्रमा सचिव लक्षीराम आचार्यले साङ्गठनिक र प्रगति प्रतिवेदन एवं कोषाध्यक्ष डिल्लीराज जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्मेलनले लक्षीराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय जिल्ला शाखा निर्विरोध निर्वाचित ग¥यो । शाखाका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः केदारप्रसाद आचार्य, डिल्लीराज जोशी, जनक रसिक र फाल्गुना दहाल निर्वाचित हुनभयो । त्यसरी नै समितिका सदस्यहरूमा भुवन बोहरा, मेघनाथ खनाल, तुलसी शर्मा, योगराज आचार्य, खेमराज बडु र भुवन रिजाल निर्वाचित हुनुभयो । समितिको सल्लाहकारमा यज्ञराज भट्ट, रामचन्द्र भट्ट, बाबुराम आचार्य र कृष्ण मिश्र चयन हुनुभयो । उक्त सम्मेलन विभित्र प्रस्तावहरू पारित गर्दै सम्पत्र भएको थियो ।
दाङ शाखा
वि.सं. २०५० साल पुस ३ गते दाङ शाखा गठन भएदेखि नै यसले राष्ट्रिय अन्तराष्ट्रिय ख्यातिप्राप्त साहित्यकारहरूको स्मृति दिवस तथा जन्मजयन्ती मनाउँदै आएको छ । प्रशिक्षण कार्यक्रमका साथमा वनभोज, वृक्षारोपण आदि कार्य समेत गर्दै आएको छ । जिल्लाका विभित्र स्थानमा कार्यक्रम लगेर नवोदित साहित्यकारमा उत्साह थप्ने काम गरेको छ । समयसमयमा विचार गोष्ठी र अन्तक्र्रियाका साथै विभित्र प्रतियोगितात्मक कार्यक्रमहरू सम्पत्र गरेको छ । प्रगतिशिल साहित्य पुरस्कार, गोविन्द ज्ञवाली साहित्य पुरस्कार, गोविन्द चीस स्मृति पुरस्कार, अनन्त टीका प्रतिभा पुरस्कार जस्ता पुरस्कारहरू स्थापना गरी विभित्र साहित्यकारहरूलाई प्रदान गर्दै आएको छ । प्रलेस दाङ शाखाले वार्षिक मुखपत्रका रूपमा ‘बहिङ्गा’ नामक पत्रिका पनि प्रकाशन गर्दै आएको छ ।
२०६८ साल पुस ३ गतेका दिन आठौँ शाखा अधिवेशन सम्पत्र गरेको दाङ शाखाको वर्तमान कार्यसमितिमा अध्यक्ष केशव थापा, उपाध्यक्ष शरद अधिकारी, सचिव डिल्ली मल्ल, सहसचिव खगेश्वर भण्डारी, कोषाध्यक्ष गणेश शाह, सदस्यहरूमा जानकी सुनार, छविलाल कोपिला, शिवराज पन्थी, आस्था के.सी., संगीत वत्स्याल, इन्द्रविवश डी.सी., रीता लामा र नवीन नेपाली हुनुहुन्छ । यसै गरी सल्लाहकारहरूमा गिरिराज शर्मा, पुरुषोत्तम खनाल, पद्मप्रसाद शर्मा, विप्लव अधिकारी, रामप्रसाद जैसी, के.एल. पीडित, शरद देवकोटा र टीकाराम उदासीलाई चयन गरिएको छ ।
प्युठान शाखा
२०६१ सालमा तदर्थ समितिको रूपमा गठन भएको प्रलेस प्युठान शाखाले २०६२ सालमा पहिलो जिल्ला अधिवेशन सम्पत्र गरेको हो भने २०६७ साल चैत्र २५ मा दोस्रो अधिवेशन सम्पत्र गरेको हो । प्युठान शाखाले विभित्र समयमा प्रगतिशील स्रष्टाहरूको स्मृति दिवस तथा जयन्ती मनाउँदै आएको छ । यस शाखाले वार्षिक मुखपत्रका रूपमा ‘पसिना’ नामक पत्रिका समेत प्रकाशित गरेको छ । हालको कार्यसमितिमा अध्यक्ष देवेन्द्र रिजाल, उपाध्यक्ष टोपाराम आचार्य, सचिव लिला पुन, सहसचिव तिलक हमाल र कोषाध्यक्ष सिताराम के. सी. हुनुहुन्छ भने सदस्यहरूमा सुशीला गिरी, वसन्त के. एम., भिमप्रसाद अधिकारी र नवराज आचार्य रहनुभएको छ र सल्लाहकारहरूमा रूपेन्द्रराज वैद्य, भूपेन्द्र सुवेदी, गेहराज थापा र सुशील पोख्रेललाई चयन गरिएको छ ।
रोल्पा शाखा
२०६४ साल मार्ग ४ गते तदर्थ समितिका रूपमा स्थापना गरिएको प्रलेस रोल्पा शाखाले २०६४ फागुन १२ गते पहिलो अधिवेशन सम्पत्र गरेको छ । यस शाखाले २०६६ साल जेठ ९ गतेका दिनमा दोस्रो अधिवेशन सम्पत्र गरेको हो । हालको कार्यसमितिमा अध्यक्ष चन्द्र जी. एम., उपाध्यक्ष रश्मी रोका मगर, सचिव वसन्तविक्रम घर्ती, सहसचिव कुल अवशेष, कोषाध्यक्ष भिष्मा वि. क., सदस्यहरूमा ईश्वरी जी. एम., दिलबहादुर महरा, राजु आचार्य, र किरण आचार्य रहनुभएको छ भने यस शाखाका सल्लाहकारहरूमा खेमराज शर्मा, घनश्याम आचार्य, टेकेन्द्र जी.एम. चयन हुनुभयो । रोल्पा शाखाले समयसमयमा अयोजना गरेका विभित्र कार्यक्रमअन्तर्गत स्रस्टा चौतारी नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सल्यान शाखा
२०६७ साल फागुन महिनामा प्रलेसका राष्ट्रिय परिषद सदस्य खेमराज शर्माको सभापतित्व र प्रलेसका केन्द्रीय सदस्य पद्मप्रसाद शर्माको प्रमुख अतिथ्यतामा प्रलेस सल्यान शाखा तदर्थ समिति गठन भएको हो । यसमा संयोजक पूर्ण भण्डारी पंकज र सचिव पुरुषोत्तम गिरी तथा सदस्यहरूमा प्रतीक इच्छुक शर्मा, दामोदर आचार्य र एलिना बस्नेत रहनुभएको छ । शाखाले आफ्नो प्रारम्भिक अवस्थामा केही साहित्यिक संस्थाहरूसँगको सहकार्यमा केही साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
(ङ) सङ्गठन विस्तार
केन्द्रमा प्राप्त जानकारीअनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, सुर्खेत, रूपन्देही, कैलाली, दाङ, प्युठान, रोल्पा, झापा, मोरङ, सुनसरी, सिरहा, उदयपुर, महोत्तरी, खोटाङ, रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, गोरखा, म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, बाँके, बर्दिया, दैलेख र सल्यानलगायतका जिल्लाहरूमा प्रलेसका जिल्ला शाखाहरू रहेका छन् । शाखाहरूले विभित्र समस्याहरूको बाबजुद सङ्गठन विस्तार र साहित्यिक कर्ममा आफूलाई सक्रिय बनाउँदै आएका छन् । यस अवधिमा कतिपय जिल्ला शाखाहरूले सराहनीय भूमिका निर्वाह गरेका छन् ।
(च) महाकवि देवकोटाको शतवार्षिकी
देवकोटाको रचनामा वैचारिक धरातल विषयक विचार गोष्ठी मिति २०६६ भदौ १३ मा पोखरामा सम्पत्र गरियो । यस गोष्ठीमा ‘देवकोटाको रचनामा वैचारिकता’ विषयमा डा.कृष्णराज अधिकारी र ‘लक्ष्मीप्रसाद देवकोटाको वैचारिक धरातल’ विषयमा डा.ताराकान्त पाण्डेयले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा केन्द्रबाट अमर गिरीले र स्थानीय स्तरमा विभित्र विद्वान् तथा स्रष्टाहरूले विभित्र कोणबाट टिप्पणी गर्नुभएको थियो । देवकोटाको वैचारिक धरातलबारे प्रगतिशील स्रष्टा र समालोचकहरूका बीच थप बहस—छलफलको आवश्यकता रहेको कुरा त्यस गोष्ठीले महसुस गराएको थियो । उक्त गोष्ठीको तयारी तथा केन्द्रबाट जाने पदाधिकारी तथा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ता समेतको आवतजावतको व्ययभार केन्द्रले र बाँकी व्ययभार प्रलेसको कास्की शाखाले वहन गरेको थियो ।
२०६६ माघ २२ गते केन्द्रको आयोजना र कैलाली शाखाको संयोजनमा प्रशिक्षण र देवकोटाको शतवार्षिकी कार्यक्रम अन्तरगत एक समारोहबीच प्रलेस केन्द्रीय सदस्य पुष्करराज भट्टको सभापतित्व र पार्षद हरिकृष्ण कडायतको उद्घोषणमा प्रशिक्षण कार्यक्रम सम्पत्र भयो । प्रलेस अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्य एवं सचिव गणेश भण्डारीको विशिष्ट आतिथ्यमा सम्पत्र दुईदिने कार्यक्रममा पहिलो दिन प्रशिक्षण र दोस्रो दिन देवकोटासम्बन्धी बहस र अन्तक्र्रिया हुनका साथै कविता वाचन पनि गरिएको थियो ।
देवकोटा शतवार्षिकीको क्रममा प्रलेसले २०६७ असोजमा आफ्नो वार्षिकोत्सवको अवसर पारेर ‘वैचारिक आलोकमा महाकवि देवकोटा’ नामक समीक्षात्मक कृति प्रकाशन ग¥यो । विषयवस्तु तथा संलग्न सामग्रीका दृष्टिकोणले कृति उत्कृष्ट रहे पनि त्यसको आवरण पृष्ठमा प्रकाशक नै अदृश्य रहको देखिने भएकोले त्यसको स्वस्थ आलोचना तथा सम्पादकले आत्मालोचना पनि गर्नुपरेको थियो । प्रगतिशील लेखक सङ्घको केन्द्र पनि त्यस विषयमा उपयुक्त ध्यान नपु¥याएकाले आत्मालोचित छ ।

(छ) मुखपत्रको प्रकाशन

आठौँ राष्ट्रिय सम्मेलनपछि प्रगतिशील लेखक सङ्घको केन्द्रीय मुखपत्र ‘प्रलेस’का पूर्णाङ्क १७, १८ र १९ प्रकाशन भएका छन् । आठौँ राष्ट्रिय सम्मेलन विशेषाङ्कका रूपमा पूर्णाङ्क १७ चैत्र २०६६ मा प्रकाशित भयो । यसले आठौँ राष्ट्रिय सम्मेलनका गतिविधिहरूका साथै सम्मेलनद्वारा पारित प्रतिवेदनहरू र विधानलाई समेटेको छ । पूर्णाङ्क १८ असोज २०६७ मा प्रकाशित भएको छ । यसले कविता, कथा, समालोचना आदि साहित्यिक विषयवस्तुलाई समेटेको छ भने पूर्णाङ्क १९ पूर्ण रूपमा हाम्रा श्रद्धेय अध्यक्ष घनश्याम ढकालको संस्मरण र उनका साहित्यिक कृतिहरूको समालोचनामा आधारित घनश्याम ढकाल श्रद्धाञ्जली विशेषाङ्कका रूपमा प्रकाशित छ ।
(ज) प्रलेसको वार्षिकोत्सव तथा प्रलेस प्रतिभा पुरस्कार वितरण
प्रलेसको ५७ औँ वार्षिकोत्सव मिति २०६६।६।५ का दिन प्रलेस प्रतिभा पुरस्कार प्रदान तथा विशेष कविगोष्ठीको आयोजना गरी केन्द्रका तर्फबाट काठमाडौंमा सम्पत्र गरियो । यस कार्यक्रममा यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट कवि पूर्ण विरामलाई विभूषित गरियो । कार्यक्रमको प्रमुख आतिथ्य प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्टले गर्नुभएको थियो । त्यस अवसरमा श्यामप्रसाद शर्माको ‘आजको हाम्रो कर्तव्य’, हरिहर खनालको ‘चीनको डायरी’, खेम थपलियाको ‘नागार्जुन एक्सप्रेस’ र आर.पी. तिमल्सिनाको ‘जेल र ज्वालामुखी’ शीर्षकका नयाँ कृतिहरूको विमोचनसमेत गरिएको थियो ।
प्रलेसको ५८ औँ वार्षिकोत्सव मिति २०६७।६।५ का दिन प्रलेस प्रतिभा पुरस्कार प्रदान तथा कविता प्रतियोगिताको आयोजना गरी केन्द्रका तर्फबाट काठमाडौँमा सम्पत्र गरियो । यस कार्यक्रममा यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार चूडामणि रेग्मीलाई विभूषित गरियो । कार्यक्रमको प्रमुख आतिथ्य प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माले गर्नुभएको थियो ।
२०६८ असोज ५ गते विघटित संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको प्रमुख आतिथ्यमा प्रलेसको ५९ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पत्र भयो । सो अवसरमा २०६८ सालको प्रलेस प्रतिभा पुरस्कार प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मालाई प्रदान गरियो ।
२०६८ कार्तिक ५ गते प्रलेसका संस्थापक कोषाध्यक्ष केवलपुरे किसानको र २०६८ कार्तिक ८ गते प्रलेसका पूर्व अध्यक्ष गोविन्द भट्टको श्रद्धाञ्जली सभा काठमाडौँमा सम्पत्र गरियो । प्रलेसको आयोजना र अन्य २६ संस्थाहरूको सह­आयोजनमा ती कार्यक्रमहरू प्रज्ञाभवन कमलादीमा सम्पत्र भएका थिए ।
२०६८ फागुन १ गते प्रलेसका अध्यक्ष घनश्याम ढकालको काठमाडौँमा मोटरसाइकलको ठक्करले असामयिक निधन भएको दुःखद घडीमा प्रलेस उपाध्यक्ष हरिहर खनालको अध्यक्षतामा मिति २०६८ फागुन ३ गते बसेको केन्द्रीय सचिवालयको बैठकले एउटा शोक प्रस्ताव पारित ग¥यो । सोही बैठकको निर्णयअनुसार फागुन ११ गते काठमाडौँमा श्रद्धाञ्जली सभा सम्पत्र गरियो र केन्द्रको निर्देशनमा प्रलेसका शाखाहरूले पनि विभित्र ठाउँमा श्रद्धाञ्जली कायर्यक्रम सम्पत्र गरे ।
मिति २०६९ असोज ५ गते ‘प्रलेस’को घनश्याम ढकालको श्रद्धाञ्जली विशेषाङ्कको सार्वजनिकीकरण, ‘धर्म र नेपालका कम्युनिस्टहरू’ विषयक विचार गोष्ठीको आयोजना र स्रष्टा सत्य पहाडीलाई २०६९ सालको प्रलेस प्रतिभा पुरस्कार प्रदान कार्यक्रमसहित प्रलेसको ६० औँ वार्षिकोत्सव मनाइयो । विचार गोष्ठीमा आहुतिले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने वरिष्ठ साहित्यकारद्वय मोदनाथ प्िरश्रत र निनु चापागाईंले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रलेस पूर्व अध्यक्ष आनन्ददेव भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
(झ) जग्गाका निम्ति प्रयत्न
प्रलेसको अहिलेसम्म आफ्नो भवन छैन । जग्गाको व्यवस्था गर्न सके भवन निर्माणका निम्ति स्रोत जुटाउन सकिन्थ्यो भत्रे आधारमा निम्नानुसारको जग्गा खोजतलास समिति गठन गरिएको थियो :

बलराम तिमल्सिना — संयोजक
सदस्यहरूः

१. देवी नेपाल, २. लक्ष्मण उप्रेती, ३. हरि भण्डारी, ४. अनिल पौडेल, ५. विष्णु भण्डारी र ६. आर. एम. डङ्गोल
समिति जग्गाको व्यवस्थापनमा क्रियाशील रहे पनि यस सम्बन्धमा ठोस उपलब्धि प्राप्त हुन सकेको छैन । आठौँ राष्ट्रिय सम्मेलनपछि देशमा वामपन्थी नेतृत्वमा ४ पटक सरकार बनिसकेको छ । सबैभन्दा पछिल्लो पटक प्रधानमन्त्री डा.बाबुराम भट्टराईसमक्ष २०६८ साल कार्तिकमा निवेदन दिइयो । केही समयपछाडि प्राप्त जानकारीअनुसार घर­जग्गाको पूरा प्रस्ताव पेस गर्नुपर्ने भयो । त्यसका लागि सिभिल इन्जिनयरसँग सम्पर्क गरी पूरा प्रस्ताव पनि तयार गराइयो तर प्रधानमन्त्रीसँग समय पाउन ढिलाइ हुँदै जाँदा त्यसै बीचमा हाम्रा अध्यक्ष घनश्याम ढकालको सडक दुर्घटनामा निधन हुन पुग्यो । तत्पश्चात् चैत्र १५ गते पूर्ण प्रस्ताव सहित करिब साढे दुई करोड अनुदानको मागसहित निवेदन तयार गरियो । तर दुःखका साथ भत्रुपर्दछ, हामीलाई दिइएको समयमा प्रधानमन्त्री कार्यालयमा हाम्रो प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीको कार्यव्यस्तताले भेट हुन सकेन । तर आशलाग्दो आश्वासन पाइएकाले उक्त कामका लागि पहल गरिँदै अहिलेसम्म दुईचोटि प्रस्तावसहितको निवेदन नेपाल सरकारसमक्ष पेस गर्दा पनि उक्त विषयमा अहिलेसम्म कुनै सकारात्मक उपलब्धि हासिल हुन भने सकेको छैन ।
३. प्रलेसका चुनौतीहरू र आगामी कार्यभार
प्रगतिशील लेखक सङ्घले आफ्नो छ दशकको जीवनमा अनेकौँ चुनौतीहरूको सामना गरेको छ । गम्भीर चुनौतीहरूको बीचबाटै यसले आफ्नो दायित्व पनि निर्वाह गर्दै आएको छ । आज पनि यसका सम्मुख गम्भीर चुनौतीहरू खडा भएका छन् । चुनौतीहरूको सामना गरेर नै प्रलेसले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्तछ । विभित्र चुनौतीहरूको सामना प्रलेसले गरिरहेकै देखिन्छ । आनेतरिक चुनौतीहरू जति गम्भीर छन्, बाह्य चुनौतीहरूलाई पनि कम आँक्न मिल्दैन । प्रलेसको प्रमुख आन्तरिक चुनौती यसको साङ्गठनिक र आर्थिक व्यवस्थापन हो । प्रलेसको क्रियाकलापसित यसको सिधा सम्बन्ध छ । साङ्गठनिक रूपमा यो जति व्यवस्थित हुन्छ र आर्थिक रूपमा जति सुदृढ रहन्छ, यसको जीवन पनि गतिशील र उपलब्धीमूलक हुँदै जान्छ । तर अहिलेसम्मको स्थिति त्यति उत्साहजनक भने देखिँदैन । प्रलेस केन्द्र र शाखाहरूबीचको सम्बन्ध त्यति जीवन्त बनाउन सकिएको छैन । आर्थिक अभावमा प्रकाशन, प्रचार­प्रसारलगायतका गतिविधिहरू प्रभावित रहने गरेका छन् । प्रलेसको मुखपत्रलाई नियमित बनाउन सकिएको छैन । कार्यालय पनि व्यवस्थित हुन सकिरहेको छैन ।
अहिले मुलुकभरका सम्पूर्ण प्रगतिशील, न्यायप्रेमी र देशभक्त स्रष्टाहरूलाई प्रलेसमा कसरी सङ्गठित गर्ने भत्रे सवाल यसका अगाडि उभिएको अर्को चुनौती हो । मुलुकका सयौँ प्रगतिशील स्रष्टाहरू अहिलेसम्म पनि यस सङ्घमा आबद्ध हुन सकिरहेका छैनन् । कयौँ जिल्लाहरू अभैm पनि शाखाविहीन अवस्थामै छन् । गठन भएका पनि कतिपय ठाउँहरूमा सक्रियता न्यून देखिएको छ । प्रलेसले चुनौतीको सामना कसरी गर्छ, यसको जीवन त्यसरी नै अगाडि बढ्छ ।
यसको अर्को चुनौती हो यसको साझा स्वरूप । यसले आफ्ना सहभागी घटकहरूसँग आवश्यक महत्त्वको अपेक्षा राख्दछ तर त्यस्तो कार्य सहज हुन सकिरहेको छैन । यसले गर्दा यस संस्थाको गतिशीलतामा गम्भीर असर परेको छ । यस संस्थासँग सम्बन्धित व्यक्तित्वहरूले यसलाई कति समय दिन्छन्, त्यसले पनि यसको गतिशीलतालाई प्रभावित गर्दछ । प्रतिनिधित्वको बेला सबैको हुने तर कामको बेला कसैको पनि नरहेको तीतो शून्यता पनि यसले भोग्दै आएको छ ।
यसको अर्को चुनौती प्रगतिशील आन्दोलनमा रहेका प्रतिभाहरूको विचारधारत्मक धरातलको सबलीकरण पनि हो । आन्दोलनको विस्तारसँगै यो समस्या पनि बढ्दो छ । जीवन र जगत्प्रतिको दृष्टिकोण, आन्दोलनसँग प्रतिबद्धता र आदर्श अनुरूपको सृजनशीलताका लागि वैचारिक स्पष्टता आवश्यक हुन्छ । वैचारिक प्रतिद्वन्द्वीसँगको सङ्घर्षका लागि पनि यो स्पष्टता अपरिहार्य हुन्छ । कलालाई श्रमसँग जोड्दै गतिशील यथार्थको कलात्मक र उद्देश्यमूलक पुनर्सिर्जनमा सर्जकले सौन्दर्य देख्न सक्नुपर्दछ । वर्गीय, जातीय, भाषिक, सामुदायिक, सांस्कृतिक उत्पीडनलगायत सबै खाले उत्पीडनका विरुद्ध उभिनु, मावनताविरोधी विचार र कुरूप संस्कृतिका विरुद्ध गोलबन्द हुँदै सामाजिक न्याय, समानता र स्वतन्त्रताका पक्षमा दृढतापूर्वक उभ्याउनु, सामन्तवाद, साम्राज्यवाद, विस्तारवादलगायत सबै खाले प्रभुत्ववादको विरुद्ध उभिएर राष्ट्रिय स्वाधीनताका निम्ति सङ्घर्षरत रहनु अग्रगामी परिवर्तनकामी स्रष्टाहरूको दायित्व हो । विचारधारात्मक रूपमा स्रष्टाहरूलाई नमाझी यस दिशामा ठोस उपलब्धि हासिल गर्न सकिँदैन ।
प्रगतिशील लेखक सङ्घका अगाडि रहेको अर्को चुनौती प्रलेसलाई देशका सबै जाति, क्षेत्र, समुदाय, भाषाका प्रगतिशील स्रष्टाहरूको साझा संस्थाका रूपमा अगाडि बढाउनु हो । कुनै खास अवस्थामा गठन भएको प्रलेसले यस दिशामा गम्भीरतापूर्वक ध्यान दिन सकेको छैन । फलतः मुलुकका विभित्र नेपालीइतर मातृभाषाका स्रष्टाहरूको प्रतिनिधित्व यसमा अत्यन्त न्यून रहँदै आएको छ । यसले विभित्र भाषामा प्रगतिशील स्रष्टा र प्रगतिशील साहित्यको विकासमा गम्भीर व्यवधान उत्पत्र गरेको छ । त्यसैले प्रलेसलाई समुचित ढङ्गले समावेशी बनाएर लैजानुपर्ने आवश्यकता छ ।
समाजको सांस्कृतिक रूपान्तरण गर्ने उद्देश्य बोकेको प्रलेस र यससँग सम्बन्धित स्रष्टाहरू आफैँ सांस्कृतिक रूपमा रूपान्तरित हुनुपर्ने हुन्छ । यस दिशामा अहिलेसम्म विशेष काम हुन सकेको छैन । प्रगतिशील आन्दोलनमा समाहित स्रष्टाहरूमै गम्भीर सांस्कृतिक विचलनहरू देखा पर्दै आएका छन् । यसै गरी सङ्कीर्णता, आग्रह­पूर्वाग्रह, विद्वेषजस्ता प्रवृत्तिहरू पनि यस आन्दोलनमा विद्यमान छन् । यस्ता प्रवृत्तिहरूले हाम्रो आन्दोलनमा अवरोध सिर्जना गरेका छन् । कतिपय प्रगतिशील स्रष्टाहरू नै प्रगतिशील आन्दोलनविरुद्ध उभिएका देखिन्छन् । यसले प्रगतिशील साहित्यिक आन्दोलनमा भ्रमहरूको सिर्जना गरिरहेको छ । यी सबै आन्तरिक चुनौतीहरूको ठीक ढङ्गले सामना गरेर नै प्रलेसले सांस्कृतिक परिवर्तनको प्रक्रियामा सार्थक हस्तक्षेप गर्न सक्दछ ।
प्रलेसका अगाडि केही बाह्य चुनौतीहरू पनि छन् । प्रगतिशील साहित्यिक आन्दोलन र प्रतिध्रुवका बीचको सङ्घर्ष पनि जटिल बन्दै गएको छ । सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भए पनि सामन्तवादका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरूको अन्त्य भइसकेको छैन । एकातिर सामन्ती संस्कृति मूलधारका रूपमा जीवितै छ भने अर्कातिर यसका विरुद्ध स्थापित भएको राजनीतिक नेतृत्वमा नवसामन्ती चिन्तन मौलाउँदै गएको छ । यसैका आडमा सांस्कृतिक साम्राज्यवादको अभिन्न अङ्गको रूपमा रहेको उत्तरआधुनिकतावादले प्रगतिशील साहित्यमाथि हमला गरिरहेको छ । यो हाम्रो अगाडि उभिएको गम्भीरतम चुनौती हो । तसर्थ प्रलेसले कुनै पनि आवरणमा सम्मिलनकारी सामन्ती चिन्तनलाई प्रश्रय नदिईकन विचारधारात्मक सङ्घर्ष र सिर्जनात्मक हस्तक्षेपलाई बढाएर लानुपर्दछ ।
अहिले पनि नेपालको संविधान निर्माण कार्य अधुरै रहेको छ । यसका लागि संविधानसभाको पुनः निर्वाचनको प्रक्रिया अघि बढे पनि त्यसप्रति गम्भीर असहमति व्यक्त भइरहेका छन् । त्यसैले पनि परिवर्तनको मर्मअनुरूपको संस्कृति निर्माणका लागि राज्यलाई दबाब दिनु, धर्मनिरपेक्ष संस्कृतिको निर्माणमा अहम् भूमिका निर्वाह गर्नु, वैज्ञानिक एवम् प्रगतिशील विचारलाई महत्त्व दिने गरी शैक्षिक क्षेत्रमा पाठ्यक्रम निर्माण कार्यमा हस्तक्षेप गर्नु पनि उत्तिकै आवश्यक छ ।
प्रगतिशील साहित्यलाई महत्त्व नदिने र निरुत्साहित गर्ने प्रवृत्ति राज्यमा विद्यमान नै देखिन्छ । यसका विरुद्ध आगामी दिनमा प्रलेसले सङ्घर्ष चलाउनुपर्ने देखिन्छ । यसका लागि सबैभन्दा पहिलो सर्त प्रलेसको चुस्त­दुरुस्त साङ्गठनिक उपस्थिति नै हुन आउँछ । यस दिशामा प्रलेसले आउँदा दिनहरूमा भरमग्दुर प्रयत्न गर्नुपर्दछ ।
४. उपसंहार
प्रगतिशील साहित्यिक­सांस्कृतिक आन्दोलन अनेक चुनौती र सम्भावनाहरूका बीचबाट नै गुज्रनुपर्दछ । चुनौतीहरू जतिसुकै गम्भीर भए पनि आन्दोलनको यात्रा अविरल नै हुन्छ । प्रलेस आफ्नो अभीष्टसाथ अविच्छित्र रूपमा आन्दोलनमा अघि बढिरहनेछ । मुलुकका प्रगतिशील स्रष्टाहरू अझ एकताबद्ध भई समग्र रूपमै रूपान्तरणका लागि आफ्नो सर्जकीय हस्तक्षेपलाई अगाडि बढाउनेछन् । नेपाललाई सबै प्रकारका उत्पीडनहरूबाट मुक्त गरेर एक स्वाधीन, समुत्रत र सुन्दर देश बनाउनमा स्रष्टाहरूको भूमिकालाई सबलीकृत गर्ने दिशामा प्रलेसले आगामी दिनहरूमा अझ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भत्रे विश्वासका साथ प्रतिवेदन यहीँ टुङ्ग्याउने अनुमति चाहन्छु ।


=====================================================
 


प्रगतिशील लेखक सङ्घ, नेपालको
नवौं राष्ट्रिय सम्मेलन २०६९ चैत्र ३०­/३१
 


कोषाध्यक्ष नर्मदेश्वरी सत्यालद्वारा प्रस्तुत आर्थिक विवरण


सभाध्यक्ष महोदय !

 मिति २०६६।०२।२३ र २४ गते सम्पन्न प्रलेस नेपालको आठौँ सम्मेलनपश्चात् कोषाध्यक्षको जिम्मेवारी पाई आजका दिनसम्म झन्डै चार वर्षको समयावधिमा प्रलेसबाट भएगरेका आर्थिक गतिविधिहरू यहाँहरूसमक्ष पेस गर्दछु । हुनत कुनै पनि साहित्यिक संस्थाहरू आर्थिक रूपमा सबल र सन्तुष्ट भएको पाइँदैन र त्यसमा पनि प्रगतिवादी सोच राख्ने प्रलेसजस्ता साहित्यिक संस्थाहरूप्रति राज्यलगायत प्रायः कसैको पनि ध्यान पुग्न सकेको देखिएन । यस्तै चपेटाभित्रको एउटा गरिमामय इतिहास बोकेको प्रलेस पनि अछुतो रहन सकेको छैन ।
 जेजस्तो परिस्थिति भए तापनि बाँच्ने क्रममा गतिशील हुनु संस्थागत धर्म हो । खुसीको कुरा, वि.सं. २००९ सालदेखि सञ्चालित प्रलेस बाँचिरहेको छ । आज प्रलेसको नवौँ महाधिवेशन हुँदै छ । यस समारोहमा कोषाध्यक्षको नाताले प्रलेसको आर्थिक जोडघटाउलाई प्रस्तुत गर्दा आठौँ सम्मेलनपश्चात् आर्थिक अल्याका सन्दर्भमा रु. १,८३,७१३।०० रहेकोमा आ.व. ०६६÷०६७, ०६७÷०६८ र ०६८÷०६९ को क्रमशः आम्दानी रु. ५,४०,२९४।०० र खर्च रु. ५,४०,२९४।००, आम्दानी रु. २,१७,५७८।०० र खर्च रु. २,१७,५७८।००, आम्दानी रु. १,२०,१३४।६५ र खर्च रु. १,२०,१३४।६५ रहेको छ । यसमा क्रमशः आ.व. ०६६÷०६७ मा आम्दानीभन्दा खर्च बढी रु. ६,९९८।९७, आ.व. ०६७÷०६८ मा आम्दानीभन्दा खर्च बढी रु. ९,९९४।९६ गरी जम्मा रु. १६,९९३।९३ रहेको छ भने आ.व. ०६८÷०६९ मा खर्चभन्दा आम्दानी बढी रु. ६,२८५।६५ देखिएकोमा नियमानुसार अल्या र आम्दानी खर्च मिलाउँदै आइएको छ ।
उपस्थित महानुभावहरू !
 प्रलेसका दुईओटा बैंक खाताहरू सञ्चालित छन् । त्यसमा पुरस्कार स्थापनाका लागि सावल सहकारी, धुम्बाराहीमा र आर्थिक कारोबारका लागि राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा कारोबार भइरहेको छ । प्रलेसले आठौँ सम्मेलनपछि र नवौँ सम्मेलनअघि पत्रिका र विशेषाङ्कका रूपमा ‘प्रलेस’ पत्रिका २, देवकोटा विशेषाङ्क १ र घनश्याम विशेषाङ्क १ प्रकाशन गरेको छ । प्रकाशनका सन्दर्भमा विज्ञापन धेरै उठाउन नसक्नुका पछाडि विविधावली बोकेर समय लुकेको छ । ऋणधन दुबै नभएको यस संस्थाको आर्थिक कारोबारको लेखा परीक्षण बर्सेनि गरिएको हुँदा लेखा परीक्षण प्रतिवेदनको फोटोकपी यहाँहरूलाई वितरण गरिएको छ । यसले प्रलेसका आम्दानी र खर्चका शीर्षकहरूलाई प्रस्ट्याउँछ ।
 प्रलेसको हाम्रो कार्यकाल आर्थिक रूपले उर्वर हुन सकेन । यसको मुख्य कारण भनेको देशमा उत्पन्न राजनीतिक अस्थिरता र अन्योलपूर्ण वातावरण नै हो । देश ओरालाो लाग्दै गर्दाका अवस्थामा साहित्यिक सङ्घसंस्थाहरूमा आर्थिक अभाव हुनुलाई स्वाभाविकै मान्नुपर्छ । फेरि हामीबाट आर्थिक सङ्कलनका लागि पहलकदमी नभएको भने होइन । समयले साथ दिएसम्म व्यक्तिगत विज्ञापनदेखि सङ्घसंस्था हुँदै प्रधानमन्त्रीको कार्यालयसम्म कारुणिकताका कागजात बोकेर धाउनु धाइएको हो । दुःखको कुरा, चोइटे र ख्याउटे साहित्यिक सङ्घसंस्थाहरूले प्रधानमन्त्री कोषसम्म भ्याउँदा प्रलेसले लेबीतिर समेत ध्यान पु¥याउन सकेन । लाग्छ, ‘वाम एक ठाम’को अवधारणाभित्र पनि ऐजेरु पलाइरहेछ, व्यस्तताभित्र शून्यताले छाइरहेछ र पनि एकत्रित भएर जुट्यौँ भने प्रलेसले काँचुली फेर्न सक्छ भन्ने विश्वासका साथ सकारात्मक सुझावको अपेक्षा गर्दै आफ्नो विवरण यही अन्त्य गर्दछु ।
 पुनश्चः यस आ.व.को हरहिसाब र नवौँ सम्मेलनका नाममा उठाइएको रकमबारेको हरहिसाब यस विवरणमा लिखित रूपमा पेस गरिएको छैन । सम्मेलन सम्पन्न भएपश्चात् नियमानुसार आर्थिक बुझबुझारथ गरिनेछ ।

====================================


प्रगतिशील लेखक सङ्घ, नेपालको
नवौं राष्ट्रिय सम्मेलन २०६९ चैत्र ३०­/३१
 

प्रगतिशील लेखक सङ्घको नवौं राष्ट्रिय सम्मेलनद्वारा संशोधित तथा पारित विधान

प्रस्तावना

साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो र यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक आमूल रूपान्तरणका लागि सहयोग पु¥याउनुपर्छ भत्रे चिन्तन राखी वर्गविभक्त समाजमा वर्गसङ्घर्षलाई उक्त रूपान्तरणको प्रमुख कारक एवं प्रेरक तत्त्व ठात्रे र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक एवं भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने अनि कलासाहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व एवं पक्षपोषण गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्धसमेत रहेका साहित्य–सर्जकहरूको साझा मञ्चका रूपमा क्रियाशील राष्ट्रिय स्तरको सङ्गठन प्रगतिशील लेखक सङ्घ हो । यस सङ्घलाई विधिवत् सञ्चालन गर्न सङ्घको एक विधान हुनु आवश्यक भएकाले प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मलेनबाट पारित यो विधान नवौं राष्ट्रिय सम्मेलनबाट सामान्य संशोधनसहित पारित गरिएको छ ।

उद्देश्य र कार्यक्रम

प्रलेसको उद्देश्य तथा कार्यक्रम निम्न बमोजिम हुनेछन् ः
१. प्रगतिशील लेखकहरूको हकहितको संरक्षण एवं सम्बद्र्धनका निम्ति प्रयत्नशील एवम् कार्यरत रहने ।
२.  विद्यमान सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, राष्ट्रिय तथा नयाँ जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका साथै मुलुकको जनगणतान्त्रिक रूपान्तरणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने ।
३.  अन्धविश्वास, रूढिवाद तथा सबै खाले अवैज्ञानिक एवं यथास्थितिवादी विचार र रचनाप्रति आलोचक हँुदै वैज्ञानिक एवं प्रगतिशील÷प्रगतिवादी सिर्जनकर्मलाई विकसित एवं समृद्ध तुल्याउन योजनाबद्ध रूपमा क्रियाशील रहने ।
४.  देशभित्र विद्यमान सबै भाषाको विकासका निम्ति भाषिक समानताको अधिकारको पक्षपोषण गर्दै उक्त समान भाषिक अधिकारको प्राप्ति एवं अन्तर्भाषिक सामञ्जस्यका साथै विभित्र भाषामा जनपक्षीय साहित्य–संस्कृतिको विकासका निम्ति क्रियाशील रहने ।
५.  राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षमा रहँदै सबै प्रकारका असमान सन्धिहरूका विरुद्धमा दृढतापूर्वक उभिने ।
६.  अन्यायका विरुद्ध विद्रोह गर्नु अधिकार हो भत्रे मान्यतालाई आत्मसात् गर्दैै सम्पूर्ण जनसमुदायका न्यायपूर्ण सङ्घर्षका पक्षमा दृढतापूर्वक कलम चलाउने तथा सबै खाले निरङ्कुशताको विरोध गर्दै न्याय, समानता एवं मानवअधिकारको बहालीका निम्ति सङ्घर्षरत रहने ।
७.  वर्गीय, लैङ्गिक, जातीय तथा वर्णगत (छुवाछुतजन्य), धार्मिक एवं क्षेत्रीय (भौगोलिक) आदि मानवद्वेषी विभेद तथा उत्पीडनका विरोधमा दृढतापूर्वक उभिँदै यस्ता विभेदको अन्त्य एवम् परस्पर सद्भाव र सामञ्जस्यपूर्ण समाजनिर्माणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय हुने ।
८. आवश्यकताअनुसार विभिन्न स्वदेशी तथा विदेशी भाषाका प्रगतिशील कृतिहरूलाई एकअर्का भाषामा अनुवाद गर्ने ।
९. विभिन्न जातिका जनताहरूबीच फुट, द्वेष तथा अहङ्कार फैलाउने तथा कुनै क्षेत्रमा साम्प्रदायिक विचार ल्याउन खोज्ने तत्त्व तथा प्रयत्नहरूका विरुद्धमा दृढतापूर्वक उभिने ।
१०. कुनै पनि शक्ति राष्ट्रहरूको साम्राज्यवादी क्रियाकलापहरूको विरोध गर्दै अन्यायपूर्ण युद्धको विरुद्धमा हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवम् सङ्घर्षहरूको र विश्वशान्तिको पक्षमा दृढतापूर्वक उभिने ।
११. अन्तर्राष्ट्रिय क्षेत्रमा प्रगतिशील तथा जनवादी सांस्कृतिक–साहित्यिक सङ्गठनहरूसित भाइचारा एवं मैत्रीसम्बन्ध कायम राख्ने ।
१२.  धर्मनिरपेक्षताका पक्षमा दृढतापूर्वक उभिँदै यसको पूर्ण व्यावहारिक प्रत्याभूतिका निम्ति आवाज उठाउने तथा धर्मनिरपेक्षताका आधारमा राष्ट्रिय एकता एवं  सामाजिक सद्भावको विकासका निम्ति क्रियाशील रहने ।
१३.  नेपाली भाषाका अतिरक्ति सबै भाषाका प्रगतिशील साहित्यकारहरूको साझा मञ्चका रूपमा प्रलेसलाई विकास गर्ने र राज्यको पुनः संरचनाअनुरूप सङ्गगठन निर्माणको पहल गर्ने ।

स्पष्टीकरण तथा व्याख्या

 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा–
(क) प्रलेस वा सङ्घ भन्नाले यस विधानअनुरूप गठित प्रगतिशील लेखक सङ्घ भन्ने सम्झनुपर्छ ।
(ख) सदस्य भन्नाले यस विधानको धारा ४ बमोजिम बन्न सक्ने तीनै प्रकारका सदस्यहरूलाई बुझिनेछ ।
(ग) सङ्गठन भन्नाले यस विधानअनुरूप गठन भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको राष्ट्रिय परिषद्, केन्द्रीय समिति र केन्द्रीय समितिले विधिवत् गठन गरेका शाखाहरूलाई समेत बुझिनेछ ।
(घ) विधान भन्नाले प्रगतिशील लेखक सङ्घ, नेपालको विधान २०५२ बुझिनेछ  ।
(ङ) के.स. भन्नाले प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति बुझिनेछ ।

धारा १. नाम

 यस सङ्गठनको नाम प्रगतिशील लेखक सङ्घ, नेपाल रहनेछ र सङ्क्षेपमा जसलाई प्रलेस, नेपाल भनिनेछ । अङ्ग्रेजीमा यसलाई एचयनचभककष्खभ ध्चष्तभचकु ब्ककयअष्बतष्यल ल्भउब िर छोटकरीमा एध्ब्, ल्भउब िभनिनेछ ।

धारा २. प्रारम्भ

यो विधान तुरुन्त लागु हुनेछ ।

धारा ३. झन्डा

यस सङ्गठनको झन्डा रातो पृष्ठभूमि भएको समकोणीय चारकुने आकारको हुनेछ । यसको बीचमा सेतो रङ्गको खुलेको खालि कापी र कापीको माथि बायाँपट्टि बिर्को घुसारिएको र निबको टुप्पो लेख्ने अवस्थामा रहेर माथिबाट तल कापीमा ४० डिग्रीको कोणमा निहुरिएको कलम रहनेछ ।

धारा ४. सदस्यता

प्रलेसको सदस्यता सम्बन्धमा निम्नबमोजिम व्यवस्था गरिनेछ–
४.१ प्रलेसको उद्देश्य र कार्यक्रमसँग सहमत कुनै पनि साहित्यसर्जक तथा साहित्यिक पत्रिकाका सम्पादक प्रलेसको साधारण सदस्य बन्न सक्नेछन् ।
४.२ प्रलेसको उद्देश्य र कार्यक्रमअनुरूप क्रियाशील रही साहित्यको दीर्घ सेवा गरिआएका विशिष्ट व्यक्तिहरूलाई प्रलेसको मानार्थ–सदस्यता प्रदान गर्न सकिनेछ ।

धारा ५. सदस्यता प्राप्ति

प्रलेसका मानार्थ सदस्यताबाहेक अन्य सदस्यता केन्द्रीय समिति वा निजले तोकेको व्यक्ति वा शाखाले प्रदान गर्नेछ ।

धारा ६. सदस्यता–शुल्क

प्रलेसका सदस्यहरूको सदस्यता–शुल्क निम्नबमोजिम हुनेछ–
६.१ प्रलेसका साधारण सदस्यहरूले एउटा राष्ट्रिय सम्मेलनदेखि अर्को राष्ट्रिय सम्मेलनसम्मको नवीकरण शुल्क वार्षिक १००। (रु. एक सय) का दरले एकमुष्ट रु. ३००। (रु. तीन सय) बुझाउनुपर्नेछ ।
६.२ साधारण सदस्य हुने योग्यता पुगेका व्यक्तिले सदस्यता लिँदा नयाँ सदस्यता शुल्क रु.१०० (रु. एक सय) बुझाउनुपर्नेछ । यसमा केन्द्रले तोकेबमोजिमको थप प्रवेश शुल्क बुझाउन पर्नेछ ।
६.३ साधारण सदस्य हुने योग्यता पुगेका वा सदस्य भइसकेका कुनै पनि सदस्यले नयाँ सदस्यता लिँदा वा नवीकरण गर्दा आजीवन सदस्यता लिन चाहेमा आजीवन सदस्यता शुल्कबापत एकमुष्ट रकम रु. ५०००। (रु. पाँच हजार) बुझाई आजीवन सदस्यता लिन सकिनेछ ।

धारा ७. सङ्गठनको स्वरूप

७.१  प्रलेसको सर्वोच्च नेतृत्वदायी निकाय राष्ट्रिय सम्मेलन हुनेछ । दुईओटा राष्ट्रिय सम्मेलनका बीचको अवधिका निम्ति राष्ट्रिय सम्मेलनले केन्द्रीय समितिसहितको ९१ जनाको एक राष्ट्रिय परिषद् गठन गर्नेछ । केन्द्रीय समितिको सङ्ख्या ४५ जनाको रहनेछ, जसमा अध्यक्ष, एक महिला उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ९ पदाधिकारी रहनेछन् । केन्द्रीय समितिले पदाधिकारीसमेत रहने गरी १५ जनासम्मको सचिवालय गठन गर्नेछ । केन्द्रीय पार्षद संख्या ४६ रहनेछ ।
७.२ केन्द्रीय समितिलाई सल्लाह दिनका लागि लब्धप्रतिष्ठित प्रगतिशील लेखकहरूमध्येबाट एक सल्लाहकार समिति गठन गरिनेछ । सल्लाहकारको काम प्रलेसको समग्र विकासका लागि के.स.लाई आवश्यक परामर्श सल्लाह र सुझाव दिनु हुनेछ । सल्लाहकारको सङ्ख्या के.स.ले तोकेबमोजिम हुनेछ ।
७.३. प्रलेसको सक्रियतालाई राष्ट्रव्यापी रूपमा प्रभावकारी ढङ्गले अघि बढाउन देशको कुनै खास इलाका या क्षेत्रमा रहेका प्रलेसका सदस्यहरूले आवश्यकता महसुस गरेका त्यस्ता स्थानहरूमा केन्द्रीय समितिको अनुमति लिएर शाखाहरू गठन गर्न सक्नेछन् र यस्ता शाखाहरूको सङ्गठनात्मक ढाँचाको हकमा स्थानीय तहका हुनेछन् । स्थानीय तहका शाखाहरूबाट राष्ट्रिय सम्मेलनमा सदस्य सङ्ख्याको २५ प्रतिशतसम्मले प्रतिनिधित्व गर्न पाउनेछन् । आफ्ना सदस्यहरूबाट उठेको ५० प्रतिशत शुल्क शाखामै खर्च गरी अरू रकम केन्द्रमा पठाउनुपर्नेछ ।
७.४ केन्द्रीय समितिको आप्mनै कार्यालय तथा छाप रहनेछ ।
७.५ प्रतीक चिह्न (लोगो) को बनावट झन्डामाथि प्रगतिशील लेखक सङ्घ, नेपाल र झन्डाको तलतिर स्था. २००९ र अङ्ग्रेजी भाषामा नाम र बीचमा रेखासहित स्थापना ई. १९५२ भएको गोलाकार हुनेछ ।

धारा ८. राष्ट्रिय सम्मेलन

८.१  प्रलेसको राष्ट्रिय सम्मेलन प्रत्येक तीन वर्षमा गरिनेछ । यसका प्रत्येक सदस्यहरूलाई सम्मेलनमा प्रतिनिधित्व गर्ने, राष्ट्रिय सम्मेलनमा भाग लिने, मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्राप्त हुनेछ ।
८.२ राष्ट्रिय सम्मेलन तोकिएको अवधिमा गर्नुपर्नेछ । विशेष परिस्थितिमा छ महिनाअघि वा पछि गर्न सकिनेछ ।
८.३ प्रलेसका २५ प्रतिशत सदस्य वा राष्ट्रिय सम्मेलनले चयन गरेको राष्ट्रिय परिषद्को सामान्य बहुमतले कुनै खास स्थितिको उल्लेख गर्दै राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने आवश्यकता दर्साएर लिखित प्रस्ताव पेस गरेमा केन्द्रीय समितिले सो प्रस्ताव पेस भएको ३ महिनाभित्र राष्ट्रिय सम्मेलन बोलाउनुपर्नेछ ।
      ८.४ साझा मञ्चको अवधारणाअनुरूप  प्रलेसको नेतृत्व निर्माण गर्दा यसका सदस्यहरूबीच जनवादी छलफलद्वारा आपसी सहमतिका आधारमा लोकतान्त्रिक विधिअनुरूप नेतृत्व निर्माण गरिनेछ र त्यस क्रममा मुलुकभित्र विद्यमान विभित्र भाषाभाषी, महिला, दलित, जनजाति तथा क्षेत्र (भूगोल) एवं अपाङ्गहरूको न्यायोचित प्रतिनिधित्व गराउने व्यवस्था पनि मिलाइनेछ ।
८.५ राष्ट्रिय सम्मेलनले निर्वाचनका निम्ति एउटा निर्वाचनसमितिको गठन गर्नेछ ।
८.६ शाखाका सम्मेलनहरू प्रत्येक दुई वर्षमा हुनेछन्, कार्यकारिणीको सङ्ख्या ७–१५ सम्म रहनेछ ।

धारा ९. राष्ट्रिय परिषद्

९.१ राष्ट्रिय परिषद्को बैठक वर्षमा सामान्यतः २ पटक बस्नेछ र सो बैठक बोलाउने कर्तव्य केन्द्रीय समितिको हुनेछ ।
९.२ राष्ट्रिय परिषद्ले केन्द्रीय समितिलाई आवश्यक मामिलामा रायसल्लाह दिने, केन्द्रीय समितिको क्रियाकलापको मूल्याङ्कन गर्नेछ ।
९.३ राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता केन्द्रीय समितिका अध्यक्षले गर्नेछन् ।

धारा १०. केन्द्रीय समिति तथा शाखा समिति

१०.१ राष्ट्रिय परिषद्का बैठकहरूबीचको अवधिका निम्ति प्रलेसको अधिकारसम्पन्न सर्वोच्च निकाय केन्द्रीय समिति नै हुनेछ ।
१०.२ केन्द्रीय समिति प्रलेसको राष्ट्रिय सम्मेलनप्रति जिम्मेवार रहनेछ ।
१०.३ सदस्यता प्राप्ति, सदस्यहरूमाथि आचारसंहिता, सदस्यहरूलाई आत्मालोचना, नसिहत, निलम्बन वा निष्कासन, मानार्थ सदस्यता प्रदानलगायत सदस्यतासम्बन्धी सम्पूर्ण क्रियाकलापहरूमा केन्द्रीय समितिले अन्तिम निर्णय लिनेछ ।
१०.४ सामान्यतयाः केन्द्रीय समितिको बैठक ६ महिनामा १ पटक बस्नेछ । आवश्यकताअनुसार प्रलेसका अध्यक्षको सरसल्लाह एवं निर्देशनअनुरूप प्रलेसका महासचिवले के.स.को बैठक जुनसुकै बेलामा पनि बोलाउन सक्नेछन् । वर्षमा हुने ३ ओटा बैठकका समयावधिका बीचमा आवश्यकतानुसार सचिवालयको बैठकले पनि आवश्यक निर्णय लिई कार्य सञ्चालन गर्नेछ ।
१०.५ प्रलेसका नियमित बैठकका निम्ति ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थितिलाई गणपूरक मानिनेछ भने विशेष बैठक सञ्चालनका निम्ति ६० प्रतिशतभन्दा बढी सदस्यहरूको उपस्थिति आवश्यक पर्नेछ ।
१०.६ समितिका २५ प्रतिशतभन्दा बढी सदस्यहरूले के.स.को बैठकको माग गरी अनुरोध गरेमा अध्यक्षले के.स.मा महासचिव र शाखाको हकमा सचिवलाई बैठक बोलाउन निर्देशन दिनुपर्नेछ । यस्तो बैठकको गणपूरक सङ्ख्या ६० प्रतिशत रहनेछ ।
१०.७ के.स.का बैठकहरूमा प्रलेसका मानार्थ सदस्यहरूलाई स्थायी आमन्त्रितको रूपमा स्थान प्राप्त रहनेछ । मानार्थ सदस्यहरूलाई छलफलमा भाग लिने अधिकार हुनेछ तर कुनै पनि विषयमा उहाँहरूबाट मतदान भने हुनेछैन । स्थायी आमन्त्रितहरूको उपस्थिति वा अनुपस्थितिले गणपूरक सङ्ख्यामा कुनै प्रभाव पार्नेछैन ।
१०.८ साङ्गठनिक तथा सिर्जनात्मक कार्यलाई अघि बढाउनका निम्ति केन्द्रीय समितिले राष्ट्रिय परिषद्का सदस्यहरूसमेतलाई समेटी आवश्यक विभागहरू गठन गर्न सक्नेछ । विभागको काम, कर्तव्य के.स.ले तोकेबमोजिम हुनेछ । ती विभागहरू के.स.प्रति जबाफदेही हुनेछन् ।
१०.९ केन्द्रीय समितिका मातहतमा रहने गरी सम्भव भएका ठाउँमा स्थानीय शाखाहरू गठन गरिनेछन् । स्थानीय शाखाले प्रलेसको विधानमा उल्लिखित उद्देश्यअनुरूपका सिर्जनात्मक, साङ्गठनिक, वैचारिक तथा आवश्यकताअनुरूप सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्नेछन् । सो सन्दर्भमा आवश्यकतानुसार केन्द्रीय समितिसँग सहयोग र परामर्श लिनेछन् ।
१०.१० स्थानीय शाखाहरूले केन्द्रीय समितिले निर्देश गरेअनुरूपका कार्यक्रमहरू सञ्चालन गर्नेछन् र शाखाका गतिविधिबारे केन्द्रीय समितिलाई अद्यावधिक जानकारी गराउनेछन् ।
१०.११ प्रलेसको राष्ट्रिय सम्मेलन हुनुअगाडि (प्रत्येक ३ वर्षमा) शाखाहरूको सम्म्ेलन गरी नयाँ शाखा समितिहरू निर्माण गरिनेछन् र ती समितिले प्रलेसको राष्ट्रिय सम्मेलनमा सो क्षेत्रबाट प्रतिनिधित्वको व्यवस्था मिलाउनेछन् ।

धारा ११. आचारसंहिता

११.१ प्रलेसको के.स.ले सङ्घका सदस्यहरूका निम्ति अनुसूची १ बमोजिमको आचारसंहिता लागु गर्नेछ ।
११.२ आचारसंहिता पालन गर्नु सबै सदस्यको कर्तव्य हुनेछ ।
११.३ प्रलेसका आधिकारिक धारणा प्रस्तुत गर्दा सचिवालयको निण्र्नयअनुरूप अध्यक्ष र महासचिवले प्रवक्ताको काम गर्नेछन् ।

धारा १२. अध्यक्ष

१२.१ अध्यक्षले बैठकको अध्यक्षता गर्नेछन् ।
१२.२ केन्द्रीय समिति एवं पदाधिकारीहरूको कामको निरीक्षण तथा सुपरीवेक्षण गर्नेछन् ।
१२.३ के.स.को बैठकमा मतदान हुँदा मत बराबर भएमा निर्णायक मत दिनेछन् ।
१२.४ अध्यक्षले आवश्यकताअनुसार स्वविवेकमा प्रलेसको कोषबाट रु. १०,०००।– (रु. दस हजार) सम्म खर्च गर्न सक्नेछन् । खर्चको अनुमोदन के.स.को आगामी बैठकमा गराउनुपर्नेछ ।

धारा १३. उपाध्यक्ष

१३.१ अध्यक्षको अनुपस्थितिमा अध्यक्षको सम्पूर्ण काम उपाध्यक्षले सञ्चालन गर्नेछन् ।
१३.२ अध्यक्षको काममा आवश्यक सहयोग गर्नेछन् ।

धारा १४. महासचिव

१४.१ महासचिवले अध्यक्षको परामर्श लिई के.स. तथा राष्ट्रिय परिषद्को बैठकका लागि प्रतिवेदन तयार पार्ने, कार्यक्रम बनाउने तथा बैठक बोलाउने काम गर्नेछन् ।
१४.२ के.स.को दैनिक कार्यसञ्चालन गर्नेछन् र सङ्गठननिर्माणमा पहल गर्नेछन् ।
१४.३ प्रलेसको कागजपत्र, चलअचल सम्पत्तिको सङ्कलन तथा संरक्षण गर्नुका साथै त्यसको अभिलेख राख्नेछन् ।
१३.४ आवश्यकताअनुसार बढीमा रु. ५,०००।– (रु. पाँच हजार) सम्म स्वविवेकले खर्च गरी के.स.को आगामी बैठकबाट अनुमोदन लिनेछन् ।

धारा १५. सचिव

१५.१ महासचिवको अनुपस्थितिमा महासचिवको सम्पूर्ण काम सचिवले गर्नेछन् ।
१५.२ महासचिवको काममा आवश्यक सहयोग गर्नेछन् ।
१५.३ शाखा समितिका सचिवले भने अध्यक्षको परामर्शमा शाखाका कार्य सञ्चालन गर्नेछन् ।

धारा १६. कोषाध्यक्ष

१६.१ आम्दानी खर्चको फाँटबारी राख्नुका साथसाथै लेखापरीक्षण गराउनेछन् ।
१६.२  अध्यक्षको निर्देशनबाट बजेट तयार पारी बैठकमा पेस गर्नेछन् ।
१६.३ सङ्घलाई आर्थिक रूपले सुदृढ बनाउन नेतृत्व प्रदान गर्नेछन् ।

धारा १७. सदस्य

१७.१ के.स.का सदस्यहरूले तोकिएको क्षेत्रमा काम गर्नेछन् र के.स.को कामको अवलोकन–निरीक्षण गर्नेछन् ।
१७.२ अध्यक्ष तथा अन्य पदाधिकारीहरूलाई सरसल्लाह र सहयोग दिनेछन् ।
१७.३ सामूहिक एवम् साङ्गठनिक भावनालाई दरो पार्ने व्यावहारिक क्रियाकलापहरूमा संलग्न रहनेछन् ।

धारा १८. पदरिक्तता, पदपूर्ति र राजिनामा

१८.१ कुनै पनि सदस्य, पदाधिकारी या साधारण सदस्यहरूले प्रलेसबाट राजिनामा दिन सक्नेछन् । साधारण सदस्यले सम्बन्धित शाखामा शाखाका अध्यक्षबाहेक अन्य पदाधिकारीले शाखा अध्यक्षलाई र शाखा अध्यक्ष तथा केन्द्रका पदाधिकारी र सदस्यहरूले मार्फत् के.स. समक्ष, पदाधिकारी तथा के.स. सदस्यहरूले केन्द्रीय अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्षसमक्ष राजिनामा पेस गर्नुपर्नेछ । राष्ट्रिय परिषद् सदस्यहरूबाहेक अरूको राजिनामा के.स.को सामान्य बहुमतबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्रिय परिषद्का सदस्यहरूले राजिनामा दिएमा राष्ट्रिय परिषद्को बहुमतले स्वीकृत गर्नुपर्नेछ ।
१८.२ कुनै पनि पदाधिकारी वा समितिका सदस्यले राजिनामा दिएर उक्त राजिनामा स्वीकृत भएमा, खारेजी वा अनुशासनको कार्बाहीमा परी निष्कासन भएको खण्डमा वा मृत्यु भएमा उक्त पद रिक्त भएको मानिनेछ ।
१८.३ यसरी रिक्त हुन आएको पदपूर्ति सम्बन्धमा सामान्य बहुमतबाट बाँकी पदावधिका लागि मनोनयनद्वारा पूर्ति गरिनेछ ।

धारा १९. अर्थव्यवस्था

१९.१ सदस्यता–शुल्क, सहयोग र अन्य विविध कार्यबाट प्राप्त रकम प्रलेसको आयस्रोत हुनेछ ।
१९.२ प्रलेसको खाता अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गरिनेछ । शाखाको हकमा अध्यक्ष र सचिवमध्ये एक र कोषाध्यक्ष अनिवार्य रहने गरी संयुक्त दस्तखतबाट खाता सञ्चालन गरिनेछ ।

धारा २०. विधान संशोधन

यस विधानलाई राष्ट्रिय सम्मेलनको २/३ मतबाट संशोधन गर्न सकिनेछ ।

धारा २१. केन्द्रीय कार्यालय

प्रलेसको केन्द्रीय कार्यालय के.स.ले तोकेको ठाउँमा रहनेछ ।

अनुसूची – एक
प्रगतिशील लेखक सङ्घ, नेपालको आचारसंहिता

(क) सङ्घभित्रका लेखकहरूका माझ वैमनस्य, असमझदारी, कलह र फुट उत्पन्न हुने तथा सङ्घको सिद्धान्त र उद्देश्यविपरीत जाने किसिमको कुनै पनि वक्तव्य, मन्तव्य, लिखत, अभिव्यक्ति आदि नदिने, त्यस्तो व्यवहार पनि नदेखाउने । साथै यस सङ्घको साझा उद्देश्यलाई हानि हुने गरी कुनै सङ्घसंस्थाको सदस्य नबन्ने ।
(ख)  देशको सार्वभौमिकता, जातीय सद्भाव, राष्ट्रिय अखण्डता, अन्तर्राष्ट्रिय भ्रातृत्व आदिमा विपरीत प्रभाव पार्ने मन्तव्य, वक्तव्य र लेख आदि नदिने ।
(ग) अन्धविश्वासयुक्त धारणाको प्रचारप्रसार नगर्ने ।
(घ)  आप्mनो लेखन र व्यवहारको क्षेत्रमा सामञ्जस्य ल्याउन निरन्तर प्रयत्नशील रहने ।
(ङ)  जातीय, भाषिक, लैङ्गिक, शारीरिक तथा क्षेत्रीय (भौगोलिक) विभेद देखिने वा त्यसलाई प्रश्रय मिल्ने खालको सिर्जना नगर्ने,
(च)  जातीय एकता एवं सद्भावको विकास, भाषिक समानता तथा सांस्कृतिक आदानप्रदानका निम्ति विशेष अग्रसरता देखाउने ।
उपर्युक्त कुराहरूका विरुद्ध कुनै लेखकले कार्य गरेको छ भने त्यस्ता सदस्यको गल्तीको प्रकृति हेरी सङ्घले–
(अ) सर्वप्रथम सामान्य आलोचना गर्नेछ । त्यसको पनि बेवास्ता गरियो भने–
(आ)  कडा आलोचना गर्नेछ । त्यसको पनि बेवास्ता गरियो भने–
(इ) नसिहत दिनेछ र अन्त्यमा केही सुधार नहुने देखिएमा–
(ई) सङ्घबाट निलम्बन गरी निष्काशन समेत गर्न सक्नेछ ।
(उ) तर उपर्युक्त कुनै किसिमले अनुशासनको कार्वाही गर्दा पनि सम्बन्धित सदस्यलाई आपूmले सफाइ दिन पाउने पूरा मौका दिइनेछ ।
(ऊ) साथै कुनै पनि विषयमा उक्त लेखकले सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा आप्mना विचारहरू प्रकट गरेको छ भने त्यो कुरा वैचारिक सङ्घर्षको विषय मात्र बन्नेछ, आचारसंहिताको विषय होइन । त्यसैले कुनै खास कुरो आचारसंहिताको विषय बन्न खास गरी असैद्धान्तिक, अवैचारिक, निजी सङ्कुचितता र स्वार्थबाट प्रेरित भई सङ्घ, त्यसका सदस्य र नेपाली श्रमजीवी जनतालाई हानि पु¥याउने नियत झल्कने हुनुपर्छ, जुन लेखक प्रलेसको विधान नै मान्दैन वा त्यसको विरुद्ध जानु ठीक ठान्छ, ऊ त वास्तवमा प्रलेसको सदस्यता न स्वीकार गर्न सक्दछ न त त्यसो गर्न नै योग्य हुन्छ ।
(ए)  आचारसंहिता उल्लङ्घनका सन्दर्भमा कुनै लेखकद्वारा प्रगतिशील वैचारिकताका सीमाभित्रै रहेर लेखिएको वा अगाडि सारिएको सैद्धान्तिक वा सौन्दर्यशास्त्रीय भिन्न मत वा विचारलाई आचारसंहिताको उल्लङ्घन मानिनेछैन तर प्रगतिशील आचरण एवं प्रलेसको विधानको प्रस्तावना, लक्ष्य एवं भावनाविरुद्ध कुनै सदस्यद्वारा लेखेर वा व्यक्तिगत व्यवहार÷आचरणका माध्यमबाट कुनै गतिविधि गरिएमा त्यसलाई आचारसंहिताको उल्लङ्घनको विषय मानिनेछ र सङ्घले त्यसको प्रकृति हेरी कार्बाहीको प्रक्रिया अघि बढाउनेछ ।
(ऐ)  उपर्युक्त प्रकारको आचारसंहिता मानार्थ एवं आजीवन सदस्यता प्राप्त गरिसकेका लेखकका हकमा पनि लागु हुनेछ ।


======================================

प्रगतिशील लेखक सङ्घ, नेपालको
नवौं राष्ट्रिय सम्मेलन २०६९ चैत्र ३०­/३१
 
सहभागी प्रतिनिधिहरूको नामावली
क्र.सं.       सहभागीको नाम      प्रतिनिधित्व

१. स्वप्निल स्मृति                  ललितपुर
२. नाकिमा                               ””
३. ईश्वरी गुरागाईं ””
४. विष्णु आले ””
५. नवराज क्षितिज ””
६. शेखर अर्याल ””
७. अमोघ काफ्ले ””
८. अशोक कुँवर ‘नेत्र’ ””
९. रामचन्द्र श्रेष्ठ ””
१०. अमृतनाथ तिमिल्सेना ””
११. मिनु पोखरेल ””
१२. भरत बडाल ””
१३. टेक बस्नेत ””
१४. केशव सिलवाल ””
१५. भानु भण्डारी                      मोरङ
१६. यज्ञराज सुवेदी ””
१७. इन्द्रबहादुर बस्नेत ””
१८. कविराज रेग्मी                    बाँके
१९. मणि अर्याल ””
२०. सुशील चौधरी ””
२१. आशुतोष तिमिल्सिना ””
२२. राजेन्द्र संग्रौला                   झापा
२३. हेम अधिकारी ””
२४. यज्ञराज प्रसाईं ””
२५. मिलन संग्रौला ””
२६. लक्ष्मीराम आचार्य            कैलाली
२७. केदारप्रसाद आचार्य ””
२८ जनक रसिक ””
२९. सिन्धु पाण्डेय ””
३०. कुशल बोगटी                  भक्तपुर
३१. रघुनाथ अघिकारी ””
३२. डमरु पौडेल ””
३३. सुशीला प्रधानाङ्ग ””
३४. रुद्र कुमारी खत्री                  म्याग्दी
३५. केशवकुमार सुनाम            सुनसरी
३६. नवराज मैनाली ””
३७. शारदा सुवेदी ””
३८. रामानन्द मण्डल ””
३९. बद्री भिखारी ””
४०. बद्रीविशाल पोखरेल ””
४१. रामप्रसाद जैसी                      दाङ
४२. यज्ञबहादुर डाँगी ””
४३. शरद देवकोटा ””
४४. प्रमोद घिताल ””
४५. केशव थापा ””
४६. टीका बस्नेत ””
४७. खगेश्वर भण्डारी ””
४८. रत्नावली शर्मा ””
४९. जीत कार्की                             दोलखा
५०. विशाल खड्का ””
५१. कुलविन्द्र फुयाल ””
५२. डम्बर थामी ‘अनुपम’ ””
५३. ईश्वरी ओझा                        चितवन
५४. सरिता तिवारी ””
५५. रामहरि श्रेष्ठ ””
५६. विजय पाण्डे ””
५७. प्रकाश चापागाईं ””
५८. मोदनाथ मरहट्ठा ””
५९. सुमनराज श्रेष्ठ ””
६०. हरिहर सविता ””
६१. खनाल रेवतीरमण ””
६२. निरज भट्ट ””
६३. सावित्री पौडेल ””
६४. रेशम विरही ””
६५. गौरी सापकोटा                    बर्दिया
६६. नारायणप्रसाद पोखरेल        गोरखा
६७. मेनुका धरेल ””
६८. गणेश कुमार                       पर्वत
६९. शैलज पौडेल ””
७०. टोपाराम आचार्य                 प्युठान
७१. लीला पुन ””
७२. विवेश वाहवा                  मकवानपुर
७३. नानीमैयाँ अधिकारी ””
७४. यश लामा ””
७५. जेनन नेपाल ””
७६. योगेन्द्र लुइटेल ””
७७. कौशल पाण्डे ””
७८. सम्राट तुम्बाहाम्फे ””
७९. निमेष निखिल ””
८०. ओमबहादुर घलान ””
८१. इन्द्रजीत शर्मा चौलागाईं ””
८२. अनन्तकुमार श्रेष्ठ                   स्याङ्जा
८३. संगीता घिमिरे ””
८४. पुरण राई खोटाङ
८५. यादेवी ढकाल ””
८६. डा.रविलाल अधिकारी             कास्की
८७. नारायण परिश्रमी ””
८८. कृष्णराज अधिकारी ””
८९. राजेन्द्र पौडेल ””
९०. लोकबहादुर थापा ””
९१. डा.मुरारी पराजुली                  रूपन्देही
९२. मीन राना ””
९३. शान्तराम गिरी ””
९४. आकाश अधिकारी                     तनहुँ
९५. युवराज पौडेल ””
९६. रामशरण गैरे ””
९७. श्यामसुन्दर श्रेष्ठ                     रसुवा
९८. जीवन नेपाली                         सुर्खेत
९९. जगत वाशिष्ठ ””
१००. हरिलाल महतारा ””
१०१. डा.दीपक गौतम ””
१०२. हर्कबहादुर शाही ””
१०३. मणिकुमार पोख्रेल ””
१०४. जागेश्वर नेपाल ””
१०५. टीकाप्रसाद पोखरेल ””
१०६. नवीन लोचन मगर                   रोल्पा
१०७. कुल अवशेष ””
१०८. कमला ‘वेधु’ मगर ””
१०९. व्योमजी अवतार ””
११०. रामहरि पोखरेल                     सिन्धुली
१११. प्रसिद्धा शर्मा ””
११२. विदुर वस्ती                         अर्घाखाँची
११३. डी.डी. अधिकारी                   काठमाडौँ
११४. यशोदा अधिकारी ””
११५. देवविक्रम राई ””
११६. श्याम रिमाल ””
११७. नवराज रिजाल ””
११८. लेखराज खतिवडा ””
११९. वासुदेव घिमिरे ””
१२०. डा.नेत्र एटम ””
१२१. जयन्ती स्पन्दन ””
१२२. बालमुकुन्द कार्की ””
१२३. नरनाथ लुइटेल ””
१२४. भीष्मराज आचार्य ””
१२५. भागवत आचार्य ””
१२६. रमेश शुभेच्छु ””
१२७. कणाद महर्षि ””
१२८. हेमराज अधिकारी ””
१२९. रूपक अलङ्कार ””
१३०. प्रतिरोध कार्की ””
१३१. टीका चाम्लिङ ””
१३२. डा.नारायण गड्तौला ””
१३३. हीरामणि दुःखी ””
१३४. मित्रलाल पंगेनी ””
१३५. विभूति भट्टराई ””
१३६. भगवानचन्द्र ज्ञवाली ””
१३७. धनबहादुर हुमागाईं ””
१३८. गौरी दाहाल ””
१३९. खोमदत्त बराल ””
१४०. शीतल कर्ण ””
१४१. अर्जुनप्रसाद गुप्ता ””
१४२. डा.जगदीशचन्द्र भण्डारी ””
१४३. चन्द्रा थानी ””
१४४. लेखनाथ न्यौपाने ””
१४५. कमल सुवेदी ””
१४६. वसन्त शेरचन ””
१४७. डा.तारकान्त पाण्डेय ””
१४८. बैरागी जेठा ””
१४९. प्रभात सापकोटा ””
१५०. नन्दीश अधिकारी ””
१५१. डा.गोपीन्द्र पौडेल ””
१५२. गोपाल वैद्य ””
१५३. दुर्योधन बस्नेत ””
१५४. कमल जङ्गली ””
१५५. भीम कुमारवी ””
१५६. पारस ढकाल ‘झगिन्द्र’ ””
१५७. चेतनाथ धमला ””
१५८. धनप्रसाद सुवेदी ””
१५९. रविप्रसाद हुमागाईं ””
१६०. इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ””
१६१. मदन प्रभात ””
१६२. बन्दना ढकाल ””
१६३. विष्णु ज्ञवाली ””
१६४. चन्द्रमान श्रेष्ठ ””
१६५. ऋद्धिरमण घिमिरे ””
१६६. माधव घिमिरे ””
१६७. केवल विनावी ””
१६८. ओमकार प्रथा ””
१६९. विमला अधिकारी ””
१७०. धर्मेश पोख्रेल ””
१७१. राजु स्याङ्तान ””
१७२. भरत साउद ””
१७३. केशरी अम्गाईं ””
१७४. रामप्रकाश पुरी ””
१७५. रामदेव पाण्डे ””
१७६. रामबहादुर बुढा ””
१७७. रमेश पौडेल ””
१७८. प्रकाश थापा मगर ””
१७९. मनु वि.क. ””
१८०. नारायण शर्मा ””
१८१. घनश्याम न्यौपाने ””
१८२. विजयराज आचार्य ””
१८३. जीतबहादुर लामा ””
१८४. कमल चौधरी ””
१८५. चिरन पुन ””
१८६. पुण्य गौतम विश्वास ””
१८७. कृष्णहरि भट्ट ””
१८८. रचना शर्मा ””
१८९. रत्न महर्जन ””
१९०. केशव देवकोटा ””
१९१. प्रदीप ज्ञवाली केन्द्र
१९२. राम विनय ””
१९३. रमेश पोखरेल ””
१९४. लक्ष्मण रायमाझी ””
१९५. शशी लुमुम्बु ””
१९६. सत्य पहाडी ””
१९७. मातृका पोखरेल ””
१९८. लक्ष्मी माली ””
१९९. अञ्जना विसङ्खे ””
२००. हस्तबहादुर के.सी. ””
२०१. रामबहादुर थापा ””
२०२. आर.पी. तिमिल्सिना ””
२०३. नवीन विभास ””
२०४. भीम क्षेत्री ””
२०५. वीरेन्द्रकुमार शाह ””
२०६. कृष्णमोहन जोशी ””
२०७. खुक्साङ खम्बू ””
२०८ राजकुमार राई
 

प्रगतिशील लेखक सङ्घ, नेपालको
नवौं राष्ट्रिय सम्मेलन २०६९ चैत्र ३०­/३१
 


प्रगतिशील लेखक सङ्घ नेपालको नवौं राष्ट्रिय सम्मेलनमा प्रस्तुत भई पारित गरिएको समसामयिक प्रस्ताव
१. प्रलेस नेपाल साहित्यमा विद्यमान सबै खाले जीवनविरोधी र यथास्थितिवादी प्रवृत्तिको जोडदार विरोध गर्दछ ।
२. समाजमा विद्यमान विकृति, विसङ्गति, कुरीति र कुप्रथाको सशक्त प्रतिवाद गर्दै समाजको क्रान्तिकारी सांस्कृतिक रूपान्तरणको माग गर्दछ ।
३. संस्कृतिका क्षेत्रमा व्याप्त उत्तरआधुनिकतावाद र सांस्कृतिक साम्राज्यवादको सशक्त विरोध गर्दछ ।
४. प्रलेस नेपाल बढ्दो महँगी, भ्रष्टाचार, तस्करी, लुटखोसको विरोध गर्दै समता, सुशासन र न्यायिक समाजको निर्माणको माग गर्दछ ।
५. प्रलेस नेपाल संविधानसभाको निर्वाचनको समुचित वातावरण तयार गरी छिटोभन्दा छिटो संविधानसभामार्फत अग्रगामी प्रगतिशील संविधानको माग गर्दछ ।
६. प्रलेस नेपाल राज्यद्वारा अघोषित रूपमा प्रगतिशील साहित्यमाथिको प्रतिबन्धको सशक्त विरोध गर्दै प्रगतिशील तथा प्रगतिवादी साहित्यलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा सम्मानजनक रूपमा सहभागी गराउन जोडदार माग गर्दछ ।
७. प्रलेस नेपाल कोरियाली प्रायद्वीपमा थोपर्न खोजिएको साम्राज्यवादी युद्धको भत्र्सना गर्दै त्यहाँ शान्ति स्थापनार्थ प्रयत्नरत सबै अन्तर्राष्ट्रिय समुदायप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछ ।
८. सिरियाको सार्वभौमिकता एवम् अखण्डतामाथिको ठाडो वैदेशिक हस्तक्षेपको प्रलेस नेपाल घोर विरोध गर्दछ समस्याको समाधान गर्न सिरियाली जनताले नै पाउनुपर्दछ भन्ने दृढ मान्यता व्यक्त गर्दछ ।
९. साम्राज्यवाद एवम् विस्तारवादद्वारा शोषित, उत्पीडित राष्ट एवम् नागरिकहरूमाथि गरिएका अमानवीय दमनको प्रलेस नेपाल घोर विरोध गर्दछ । साथै संसारभरि चलेका न्यायपूर्ण तथा मानवतावादी आन्दोलनप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछ ।
१०. बहुजातीय, बहुसांस्कृतिक एवम् बहुभाषिक नेपालमा विद्यमान भाषिक असमानताको प्रलेस नेपाल विरोध गर्दै राज्यद्वारा सबै भाषाभाषाी एवम् संस्कृतिको प्रतिशील पक्षप्रति न्यायिक एवम् सम्मानपूर्ण व्यवहारको माग गर्दछ ।
११. जनपक्षीय साहित्यविरुद्ध नवउदारवादी कर्पोरेट पुँजीवादद्वारा लादिएको सिन्डिकेटको प्रतिवाद गर्दै प्रगतिशील साहित्यको उत्थान एवम् विकासको निम्ति भरभग्दुर प्रयत्न गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
१२. नेपाली प्रगतिशील साहित्यका उत्कृष्ट कृतिहरूलाई अनुवाद गरी विश्व साहित्यतर्फ सम्प्रेषण गर्न सरकारी एवम् निजी प्रयत्नहरूलाई सङ्केन्द्रण गर्न प्रलेस माग गर्दछ । आफ्ना कोसिसहरूलाई पनि त्यस दिशामा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
१३. प्रलेस नेपाल अन्तर्राष्ट्रिय प्रगतिशील साहित्यिक सङ्घ संस्थाका साथै व्यक्तित्वहरूसँगको सांस्कृतिक सम्बन्ध विकसित गर्दै दुई पक्षीय अनुभव आदानप्रदानका लागि यथासक्य पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
१४. प्रलेस नेपाल आधुनिक नेपाल समाजमा पनि दिन प्रतिदिन देखिने लैङ्गिक विभेद, नारीहिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथाहरूका विरुद्धमा सिर्जनात्मक आबाज उठाउन सम्पूर्ण स्रष्टाहरूमा आह्वान गर्दछ ।
१५. प्रलेस नेपाल नेपालभित्र बोलिने विभिन्न राष्ट्रिय भाषाहरूमा रहेका प्रगतिवादी साहित्यलाई एकापसमा अनुवाद गरी देशका कुनाकुनासम्मम पु¥याउन माग गर्दछ ।
प्रस्तावका मस्यौदाकारहरू ः
(१) कमल चौधरी, (२) गणेश भण्डारी, (३) देवी नेपाल, (४) पुण्य गौतम विश्वास, (५) मनोहर लामिछाने, र (६) रामप्रकाश पुरी





============================================


प्रलेसको २०६९ चैत्र ३० र ३१ गते भएको नवौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमिति र सल्लाहकार सदस्यहरु

सल्लाहकार सदस्यहरु
१. आहुति
२. इन्द्र रेग्मी
३. ईश्वरचन्द्र ज्ञवाली
४. कुन्ता शर्मा
५. गोविन्दप्रसाद आचार्य
६. चैतन्य
७. डा. जीवेन्द्रदेव गिरी
८. दिल साहनी
९. निनु चापागाईं
१०. प्रदीप नेपाल
११. प्रदीप ज्ञवाली
१२. डा. बद्रीविशाल पोखरेल
१३. भवानी पाण्डे
१४. मणि थापा
१५. युवराज पन्थी
१६. रामचन्द्र भट्टराई
१७. रामदेव पाण्डे
१८. रामप्रसाद प्रदीप
१९. रोशन जनकपुरी
२०. विजय सुब्बा
२१. विनय कसजू
२२. साधुराम नेपाल
२३. सीता शर्मा
२४. हरिहर खनाल
केन्द्रीय समिति सदस्यहरुको नामावली

१.अध्यक्ष : अमर गिरी  -९८४१४५३५०४
२.उपाध्यक्षः   मातृका पोखरेल  -९८४१२८१७०५
३.उपाध्यक्षः  हिरामणि दुःखी, - ९७४१०७१५८६, ९८५७८२०५२७
४.उपाध्यक्षः  सत्य पहाडी  -९८१३७८७४७१
५.उपाध्यक्षः  गोपाल ठाकुर  ९७५५००१२०५
६.उपाध्यक्षः  शशिधर भण्डारी - ९८४१७७३९५४
७.महासचिव :   मित्रलाल पंज्ञानी  -९८५११३४४६५
८.सचिवः  आर एम डङ्गोल - ९८४१२४३७०३
९.कोषाध्यक्षः  विष्णु भण्डारी  -९८४१२५०२६६
१०.सचिवालय सदस्यः चन्द्रा थानी  -९८४१६८७५२०
११.सचिवालय सदस्य : जयन्ती स्पन्दन - ९८४१२४८३८१
१२.सचिवालय सदस्यः नेत्र एटम  -९८४१४३६९०९
१३. सचिवालय सदस्यः पुण्य गौतम विश्वास -९८४१४१७०९५
१४.सचिवालय सदस्यः विजयराज आचार्य- ९८५१०९७७१६
१५.सचिवालय सदस्यःसङ्गीतश्रोता  - ९८४९००२३४०
१६.केन्द्रीय सदस्यः अनिल श्रेष्ठ - ९८४६०६२५२४
१७.केन्द्रीय सदस्यः  अर्जुन खालिङ्  -९८४९१८२३१९
१८.केन्द्रीय सदस्यः अर्जुन प्रसाद गुप्ता
१९.केन्द्रीय सदस्यः  अशोक सुवेदी  -९८४९३२३६५५
२०.केन्द्रीय सदस्यः कृष्णमोहन जोशी   -९८४१७९९१४९
२१.केन्द्रीय सदस्यः  डा.कृष्णराज अधिकारी -९८४६०८३७४४
२२.केन्द्रीय सदस्यः  कृष्णहरि भट्ट  -९८५१०१८७२४
२३.केन्द्रीय सदस्यः  केशव देवकोटा
२४.केन्द्रीय सदस्यः केशव सिलवाल  -९७४१४११४७
२५.केन्द्रीय सदस्यः जितबहादुर लामा-  ९८४१८७५४४६
२६.केन्द्रीय सदस्यः  तेजविलास अधिकारी -९८५१११५९५४
२७.केन्द्रीय सदस्यः  निमेष निखिल
२८.केन्द्रीय सदस्यः पदम्प्रसाद शर्मा  -९८५७५३२८२२
२९.केन्द्रीय सदस्यः परशुराम कोइराला  -९८४६०२८१६१
३०.केन्द्रीय सदस्यः  पुष्करराज भट्ट  -९८४९२२५८८३
३१.केन्द्रीय सदस्यः  भानु भण्डारी  -९८४२७९०६४५
३२.केन्द्रीय सदस्यः  मोदनाथ मरहट्ठा - ९८४५५१७१९९
३३.केन्द्रीय सदस्यः  यज्ञबहादुर डाँगी  - ९८४७८४१८४९
३४.केन्द्रीय सदस्यः रक्तिम लामा  ९८४१५१३३५
३५.केन्द्रीय सदस्यः  डा.रविलाल अधिकारी- ९८४६३५४३९६
३६.केन्द्रीय सदस्यः  राजु स्याङ्तान - ९८४१८४३४०१
३७.केन्द्रीय सदस्यः  रामप्रकाश पुरी  -९८४७८६९१९८
३८.केन्द्रीय सदस्यः राममणि पोखरेल - ९८४९२४२६५३
३९.केन्द्रीय सदस्यः  रामहरि श्रेष्ठ - ९८४५५०५३४५
४०.केन्द्रीय सदस्यः लक्ष्मी माली - ९८४९०३०४४५
४१.केन्द्रीय सदस्यः विन्दा मैनाली  -९८१३७८७४४१
४२.केन्द्रीय सदस्यः वैद्यनाथ ठाकुर  -९८४५०६०७०४
४३.केन्द्रीय सदस्यः हरिकृष्ण कडायत  -९८५८४२४१४४
४४.केन्द्रीय सदस्यः हरिप्रसाद तिमल्सिना -९८५८०२३७३६
४५.केन्द्रीय सदस्यः हेम अधिकारी - ९८५२६७६३९३

राष्ट्रिय पार्षद्को नामावली

१.अच्युत पौडेल  -९८४१८३५७००
२.कमल चौधरी  -९८४२८२४९०२
३.कविराज पौडेल - ९८४७१२६५०२
४.कालीप्रसाद सुवेदी
५.कुलबिन्दु फुयाँल  -९७४११६९१६१
६.केदारप्रसाद आचार्य -९८४८४३२४४३
७.खगेन्द्र जोशी
८.गौरी दाहाल - ९८४१५१६४७८
९.गौरीकिरण डाँगी - ९८४७८५०७४२
१०.चिरन पुन - ९८५१०८४१७४
११.जनक रसिक - ९८४८४५३१०६
१२.जित कार्की - ९८४१६८१६६४
१३.जीवन नेपाली - ९८५८०५१७९७
१४.डम्बरबहादुर थामी -९७४५०१११८२
१५.डी डी अधिकारी -९८५११८९५९५
१६.डा दीपक गौतम- ९८४८०४७४३७
१७.धनबहादुर मगर  -९८४१४४५७५३
१८.धर्मेश पोखरेल - ९८०८८८२८८५
१९.नवराज मैनाली - ९८४२३६८२५४
२०.नारायणप्रसाद पोखरेल- ९८४६१५२०२१
२१.नारायण मरासिनी -९८४६१०२३२०
२२.प्रदीप जैसी - ९७४८००८०३०
२३.प्रमोद धिताल - ९८४७८२६४१७
२४.प्रसिद्धा शर्मा - ९८४४७४२२७७
२५.भीम कुमाखी-  ९८५११११६४८
२६.भोगेन्द्र लुइँटेल
२७.मनु वि क
२८.माधव ढुङ्गेल - ९८४१३७५३५२
२९.माधव घिमिरे अटल- ९८५११५५६६१
३०.मालती खत्री - ९८५७६२१२५५
३१.मिन बहादुर राना -९७५७००१०९७
३२.मुरारी पराजुली - ९८४७०२३५३०
३३.यदुनन्दन उपाध्याय -९८५६०३५६७५
३४.यदुनाथ वसन्तपुरे -९८४१०७१०४९
३५.रचना शर्मा - ९८१३१०८९५४
३६.राजकुमार राई - ९८०८६७९६७९
३७.रामप्रसाद जैसी  -९८५७८२२४५५
३८.रिषभ गौतम - ९८४३२६२८८०
३९.लिला पुन  -९८४७८२०२४६
४०.लोकबहादुर थापा- ९८४३१६६०४६
४१.वन्दना ढकाल - ९८४१४३५६७५
४२.विभूति भट्टराई  -९८४१३७६५५१
४३.विष्णु ज्ञवाली  -९८४१४०४४५८
४४.श्यामसुन्दर श्रेष्ठ -९७५१००३१३९
४५.शीतल कर्ण - ९८०४८५०१८५
४६.हरिलाल महतारा -९८४८२८२५४

 



=========================================

   बिभिन्न संचार माध्यमहरुमा  प्रलेसको नवौं राष्ट्रिय सम्मेलन   ------------             



 

प्रगतिशील लेखक संघमा नयाँ नेतृत्व

काठमाडौं/
प्रगतिशील साहित्यकारहरूको साझा संगठन प्रगतिशील लेखक संघको नवौं राष्ट्रिय सम्मेलनले कवि तथा समालोचक अमर गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । राजधानीमा शुक्रबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ४५ सदस्यीय केन्द्रीय समितिसहितको ९१ सदस्यीय राष्ट्रिय परिषद् समेत चुनेको हो ।
संघका उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर, सत्य पहाडी, शशिधर भण्डारी र हीरामणि दु:खी चुनिएका छन् । महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश: मित्रलाल पंज्ञानी, आरएम डंगोल र विष्णु भण्डारी निर्वाचित भए ।
केन्द्रीय सदस्यहरूमा डा. रविलाल अधिकारी, डा. कृष्णराज अधिकारी, केशव सिलवाल, डा. नेत्र एटम, अर्जुन खालिङ, निमेश निखिल, तेजविलास अधिकारी, लक्ष्मी माली, विन्दा मैनाली, राममणि पोखरेल, जितबहादुर लामा, विजयराज आचार्य, हेम अधिकारी, वैद्यनाथ ठाकुर, पदमप्रसाद शर्मा, कृष्णहरि भट्ट, रामहरि श्रेष्ठ, केशव देवकोटा, हरिकृष्ण कडायत, यज्ञबहादुर डाँगी, परशुराम कोइराला, पुष्करराज भट्ट, रक्तिम लामा, जयन्ती स्पन्दन, पुण्य गौतम विश्वास, संगीतश्रोता, रामप्रकाश पुरी, कृष्णमोहन जोशी, भानु भण्डारी, हरिप्रसाद तिमल्सिना, राजु स्याङ्तान, अशोक सुवेदी, अर्जुनप्रसाद गुप्ता, चन्द्रा थानी, अनिल श्रेष्ठ र मोदनाथ मरहट्ठा चुनिएका छन् ।
त्यसैगरी राष्ट्रिय परिषद् सदस्यमा जित कार्की, मदनाथ वसन्तपुरे, कुलविन्द्र फुयाल, कमल चौधरी, माधव घिमिरे अटल, रचना शर्मा, डा. दीपक शर्मा, डम्बरबहादुर थामी, मालती खत्री, नारायण मरासिनी, भीम कुमाखी, भोगेन्द्र लुइँटेल, श्यामसुन्दर श्रेष्ठ, अच्युत पौडेल, केदारप्रसाद आचार्य, धर्मेश पोखरेल, लिला पुन, मनु विक, रामप्रसाद जैसी, प्रदीप जोशी, राजकुमार राई, डीडी अधिकारी, डा. यदुनन्दन उपाध्याय, वन्दना ढकाल, विभूति भट्टराई, मिनबहादुर राना, जनक रसिक, जीवन नेपाली, धनबहादुर मगर, गौरीकिरण डाँगी, नवराज मैनाली, कालीप्रसाद सुवेदी, रिसव गौतम, प्रसिद्धा शर्मा, नारायणप्रसाद पोखरेल, खगेन्द्र जोशी, गौरी दाहाल, मुरारि पराजुली, प्रमोद धिताल, विष्णु ज्ञवाली, चिरन पुन, कविराम पौडेल, हरिलाल महतारा, शीतल कर्ण, माधव ढुंगेल, लोकबहादुर थापा चुनिए ।
शनिबारै बसेको नवनिर्वाचित राष्ट्रिय परिषद्को बैठकले १५ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयमा पदाधिकारीसहित डा. नेत्र एटम, चन्द्रा थानी, जयन्ती स्पन्दन, सङ्गीतश्रोता, पुण्य गौतम विश्वास र विजयराज आचार्य रहेका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि बोल्दै नवनिर्वाचित अध्यक्ष अमर गिरीले आफ्नो कार्यकालमा प्रकाशन, प्रशिक्षण र अन्तक्र्रियात्मक कार्यक्रमहरू गर्ने र संस्थालाई बलियो बनाउन प्रयत्न गर्ने दाबी गरे । उनले भने, ‘प्रगतिशील लेखक संघका अगाडि थुप्रै चुनौतीहरू खडा छन्, तिनलाई चिर्दै हामीले साहित्यका क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।’
अध्यक्ष पदमा साहित्यकार आहुति र अमर गिरी दुई जनाको उम्मेदवारी परेको थियो । आहुतिले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् । अध्यक्ष गिरी यसअघि संघमा महासचिव र सल्लाहकार रहिसकेका हुन् ।
संघले नवौं सम्मेलनका अवसरमा मोहनविक्रम सिंह, हरिबहादुर श्रेष्ठ, चैतन्य, निनु चापागाईं र प्रदीप नेपाललाई वरिष्ठ स्रष्टा सम्मान प्रदान गरेको थियो । सम्मानित स्रष्टालाई प्रमुख अतिथि तथा संघका पूर्वअध्यक्ष आनन्ददेव भट्टले सम्मानपत्र प्रदान गरेका थिए ।
तीन–तीन वर्षमा हुने राष्ट्रिय सम्मेलन अघिल्लो वर्ष संघका अध्यक्ष घनश्याम ढकालको निधन भएपछि एक वर्ष ढिला गरेर भएको हो । सम्मेलनमा देशभरिका चार सय जना लेखकहरूको सहभागिता रहेको थियो ।
श्यामप्रसाद शर्माको अगुवाइमा २००९ सालमा वीरगञ्जमा स्थापित प्रगतिशील लेखक संघ नेपालका सबै वामपन्थी र प्रगतिशील लेखकहरूको साझा संस्था हो । 

 डिसीनेपाल डटकम संवाददाता 
http://www.dcnepalevent.com/news/news.php?nid=92734

===========================================================
===========================================================

प्रगतिशील लेखक संघको नयाँ कार्यसमिति
  
प्रगतिशील लेखक संघको अध्यक्षमा कवि अमर गिरी चयन भएका छन् । संघको नवौं राष्ट्रिय सम्मेलनबाट कवि गिरीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सम्मेलनले ९१ सदस्यीय राष्ट्रिय परिषद्समेत चयन गरेको छ । संघको उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर, सत्य पहाडी, शशिधर भण्डारी र हीरामणि दुःखी, महासचिवमा मित्रलाला पंगेनी चयन भएका छन् ।

यस्तै, सचिवमा आरएम डंगोल र कोषाध्यक्षमा विष्णु भण्डारी निर्वाचित भएका छन् । संघको केन्द्रीय सदस्यमा डा. रविलाल अधिकारी, डा. कृष्णराज अधिकारी, केशव सिलवाल, डा. नेत्र एटम, अर्जुन खालिङ, निमेष निखिल, तेजविलास अधिकारी, लक्ष्मी माली, बिन्दा मैनाली, राममणि पोखरेल चयन भएका छन् ।



जितबहादुर लामा, विजयराज आचार्य, हेम अधिकारी, वैद्यनाथ ठाकुर, पद्मप्रसाद शर्मा, कृष्णहरि भट्ट, रामहरि श्रेष्ठ, केशव देवकोटा, हरिकृष्ण कडायत, यज्ञबहादुर डाँगी, परशुराम कोइराला, पुष्करराज भट्ट, रक्तिम लामा, जयन्ती स्पन्दन पनि केन्द्रीय सदस्यमा चयन भएका छन् । अन्य केन्द्रीय सदस्यमा पुण्य गौतम विश्वास, संगीत श्रोता, रामप्रकाश पुरी, कृष्णमोहन जोशी, भानु भण्डारी, हरिप्रसाद तिमल्सिना, राजु स्याङतान, अशोक सुवेदी, अर्जुनप्रसाद गुप्ता, चन्द्रा थानी, अनिल श्रेष्ठ र मोदनाथ मरहट्ठा चुनिएका छन् ।





प्रकाशित राजधानी राष्ट्रिय दैनिक 2070/01/03

=================================================================
=================================================================

प्रलेस अध्यक्षमा गिरी

काठमाडौँ, ३१ चैत । वामपन्थी साहित्यकारहरूको संस्था प्रगतिशील लेखक सङ्घको आज यहाँ सम्पन्न नवौं राष्ट्रिय सम्मेलनले कवि तथा समालोचक अमर गिरीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
चलचित्र विकास वोर्डका पूर्वअध्यक्ष गिरी सङ्घको सातौँ सम्मेलनमा महासचिव हुनुभएको थियो ।
समितिको उपाध्यक्षहरूमा मातृका पोखरेल, सत्य पहाडी, गोपाल ठाकूर, हीरामणि दुःखी र शशी भण्डारी निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिवमा मित्रलाल पङ्ज्ञेनी, सचिवमा आरएम डङ्गोल र कोषाध्यक्षमा विष्णु भण्डारी चयन हुनुभएको छ ।
विभिन्न वामपार्टीनिकट साहित्यिक संस्थाको आपसी भागवण्डाका आधारमा नेकपा (एमाले) बाट अध्यक्ष, एमाओवादीबाट दुई उपाध्यक्ष र कोषाध्यक्ष तथा नेकपा–माओवादीबाट दुई उपाध्यक्ष र महासचिव, सङ्घीय समाजवादी र नेकपा (मसाल) बाट एकएक जना उपाध्यक्ष बनाइएको हो ।
सम्मेलनले ४६ सदस्यीय राष्ट्रिय प्रतिनिधि सदस्य पनि चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष गिरीले विसं २००७ देखि स्थापित भएको पुरानो र साझा संस्थालाई सामन्तवाद, साम्राज्यवाद र विस्तारवाद विरोधी लेखकहरूको संस्थाका रूपमा क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

 
         http://www.ejamana.com/?p=28100
===========================================================
===========================================================

प्रलेसमा नयाँ नेतृत्व

ललितपुर, चैत ३१ – प्रगतिशील लेखक संघ, नेपालको २०६९ चैत ३१ गते ललितपुरमा सम्पन्न नवौं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा अमर गिरी चयन हुनुनभएको छ ।
त्यसैगरि उपाध्यक्षमा मातृका पोख्रेल,सत्या पहाडी,हिरामणि दुःखी,शशिधर भण्डारी,गोपाल ठाकुर चयन हुनुभएको छ भने महासचिवमा मित्रलाल पंज्ञानी र सचिवमा आर एम डंगोल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा विष्णु भण्डारी रहनुभएको छ ।
गिरी,ठाकुर र डंगोल एमाले, पाख्रेल, पहाडी,भण्डारी एमाओवादी, हिरामणि, पंज्ञानी नेकपा–माओवादी, शशिधर भण्डारी मशाल र ठाकुर संघीय समाजवादीलाई प्रतिनिधित्व गर्दै नेतृत्वमा आएका हुन् ।

http://www.nepalsandesh.com

============================================================
============================================================
============================================================
============================================================

प्रलेसका अन्य  गतिबिधिहरू

यही  मिति २०७० साल साउन १६ गते साहित्य संगम हेटौड़ाको सभाकक्षमा   हेटौंडाका युवा कबि तथा गितकार पुरुषोत्तम आचार्यको गितीसंग्रह मुटु र गितहरु बुधबार हेटौडामा बिमोचन गरिएको छ । एक दशकको साहित्य यात्रमामा आचार्यले लेखेका गितहरुको संग्रहको बिमोचन प्रगतिशिल लेखक संघका केन्द्रीय उपाध्यक्ष मातृका पोखरेलले गरे ।

संग्रहभित्र फुलेको मन शिर्षकमा (प्रेमिल गितहरु),सुस्केराहरु शिर्षकमा (बिरहका गितहरु) र उज्यालोको खोजि शिर्षकभित्र (प्रगतिबादी र परिवर्तनकारी) रचनाहरु सामाबेस छन् । प्रेम,बिरह र परिवर्तनकारी स्वरहरुलाई समेट्न सफल मुटु र गितहरु गितिसंग्रह नेपाली साहित्यको उत्कृष्ट कोसेलीको रुपमा देखा परको प्रगतिशिल लेखक संघका उपाध्यक्ष पोखरेलले बताए ।

आफैपनि केहि रचनाहरुलाई स्वरबद्ध गर्ने तयारीमा जुटेका गितकार आचार्यले सबैको साथले अघि बढ्न हौसला मिलेको बताए । प्राध्यापक घनश्याम घिमिरे र साहित्यकार निमेष निखिलले संग्रहको समिक्षा गरेका थिए । कार्यक्रममा बोल्दै साहित्यकारहरु हरिप्रसाद भण्डारी , कौशल पाण्डे, आरसी रिजाल र तुलसी घिमिरेले सबै रचनाहरु स्वरबद्ध गर्न उपयुक्त रहेको बताए ।









=======================================================
======================================================

कवि भानुभक्तमाथि विशेष बहस


काठमाडौं/

कवि भानुभक्त आचार्यको साहित्यिक योगदानबारे २०७० साल साउन २६ गते  राजधानीमा
गरमागरम बहस भएको छ । प्रगतिशील लेखक संघले आयोजना गरेको ‘प्रगतिवादी 
दृष्टिमा भानुभक्त’ विषयक अन्तक्र्रिया कार्यक्रममा भानुभक्तलाई ‘पछौटेचिन्तनका
अनुयायी’ भन्ने आलोचकदेखि ‘आफ्नो समयका प्रगतिशील कवि’ मान्ने प्रशसंकहरुसम्म
वैचारिक छलफल भयो ।

प्रा.डा. जीवेन्द.देव गिरीले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ माक्र्सवादी
 समालोचक निनु चापागाईंले भानुभक्तभन्दा वर्णभेद, जातिप्रथा र महिला असमानताको
 विरोध गर्ने तत्कालीन सन्त कविहरुभन्दा नै प्रगतिशील भएको जिकिर गरे ।
 उनले भने, ‘भानुभक्त त वर्णभेद, जातिप्रथा र महिला असमानताकै पक्ष
 लिने शासक वर्गीय थिए ।’ समालोचक प्रा.डा. जगदीशचन्द्र भण्डारीले
 धेरै पाठकद्वारा पढिएका वा नेपालीका घरघरमा पुगेका आधारमा भानुभक्तको
 साहित्य प्रगतिशील थियो भन्नु माक्र्सवादविरोधी तर्क भएको बताए ।
 ‘गरुड पुराण अहिले पनि नेपालीका घरघरमा पढिन्छ,’ भण्डारीले प्रतिप्रश्न गरे,
 ‘के गरुड पुराण प्रगतिशील हो त ?’ भण्डारीले गिरीका कार्यपत्रका तर्कहरु
 माक्र्सवादीभन्दा पनि यथास्थितिवादी र आदर्शवादी भएको टिप्पणी गरे ।

 साहित्यकार गोपाल ठाकुरले एक भाषा नीतिलाई लागू गर्ने राज्य सत्ताले
 नेपालकै अरु मातृभाषाका साहित्यलाई अपमान गर्ने तर भानुभक्तलाई राष्ट्रिय
 एकताका प्रतीकका रुपमा प्रचारप्रसार गर्ने गरेको भन्दै पञ्चायत, कांग्रेस र
कम्युनिस्टसम्मले भानुभक्तको साहित्यलाई सत्ता संचालनको साधन बनाएको बताए ।
 विश्लेषक राजेन्द्र महर्जनले भानुभक्तलाई तत्कालीन समाजको आर्थिक तथा
 सामाजिक अवस्थाका आधारमा मूल्यांकन गर्नुपर्ने जिकिर गरे । त्यस्तै नेपाली
 लेखक संघका अध्यक्ष विष्णुविभु घिमिरेले भानुभक्तलाई उनको भाषिक
योगदानबाट सम्मान गर्नुपर्ने मत राखे ।

 प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरीले भानुभक्तलाई वर्गसंघर्षसाग
 जोडेर हेर्नुपर्नेमा जोड दिए । ‘कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनिएकोछ,
 आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो,’ गिरीले भने, ‘नेपाली समाज
 पनि वर्गसंघर्षकै इतिहास हो, भानुभक्तलाई पनि नेपाली समाजको वर्गसंघर्षको
 सापेक्षमा हेर्नुपर्छ । त्यसरी हेर्दा उनी सन्त साहित्यभन्दा पनि पछाडि देखिन्छन्,
 प्रगतिशील देखिन्नन् ।’

कार्यपत्र प्रस्तोता गिरीले भानुभक्तलाई प्रगतिवादी दृष्टिबाट हेर्दा पनि उनका
 सकारात्मक पाटा केलाउनु पर्नेमा आफ्नो जोड रहेको बताए । कार्यक्रममा
 प्रलेस महासचिव मित्रलाल पंज्ञानीले संचालन र उपाध्यक्ष मातृका पोखरेलले
 स्वागत मन्तव्य राखेका थिए ।

टिपोट :- सङ्गीतश्रोता 













=================================================

=================================================





No comments:

Post a Comment