प्रगतिशील लेखक संघको नेतृत्वमा जीवेन्द्रदेव
गतिशील लेखक संघ, नेपाल एघारौं राष्ट्रिय सम्मेलन यही २०७५ चैत्र २२ र २३ गते काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता सञ्चालित उद्घाटन सत्रको सञ्चालन महासचिव आर.एम. डंगोलले गरेका थिए ।
एघारौं राष्ट्रिय सम्मेलनको उद्घाटन साहित्यकार एवम् नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । सम्मेलनले एघार बुुँदे घोषणापत्रसहित नयाँ केन्द्रीय समिति एवम् राष्ट्रिय परिषदको निर्माण गरेको छ ।
एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिमा अध्यक्षमा प्रा.डा. जीवेन्द्रदेव गिरी, उपाध्यक्ष–गोपीरमण उपाध्याय एवम् सुुशीला प्रधानाङ्ग, महासचिव समीर सिंह, उपमहासचिव आर.सी. न्यौपाने, सचिवमा प्रकाश थापा मगर र बाबुराम आचार्य, कोषाध्यक्षमा डा. ध्रुुवप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
त्यसरी नै केन्द्रीय सदस्यमा लोकबहादुुर थापा, डा. देवी क्षेत्री दुुलाल, केशव थापा, जनक रसिक, गिरीप्रसाद बुुढा, नारायण मरासिनी, नवराज रिजाल, मधु पोखरेल, राममणि ढुङ्गेल, डा. दीपक गौतम, सरस्वतीकुमारी राई, नरेश न्यौपाने, ओमप्रकाश घिमिरे, बालकृष्ण अधिकारी, मणि अर्याल, झगिन्द्र्रराज ढकाल ‘पारस’, सुुमित्रा वाङ्देल ‘चेली’, इन्द्रराज लामा, पुुरु लम्साल, बम बानियाँ, मधु क्षेत्री, राजेश विक, प्रदीप प्रधान, मीनबहादुर राना, जीवन शाही, ताराप्रसाद शर्मा, कमल कार्की, अर्जुुन पौडेल ‘निर्जन’, शालिकराम तिमल्सिना, ऋद्धिरमण घिमिरे एवम् शरद अधिकारी निर्वाचित भएका छन् ।
त्यसरी नै राष्ट्रिय परिषद सदस्यमा अनन्तबहादुुर कार्की, सुुवास खनाल, कल्याण ओझा, ताराबहादुुर बुुढाथोकी, पुुष्कर रिजाल, प्रशान्त खरेल, भैरवी भुुगोल, बोधकुुमार घिमिरे, बिजुुला रायमाझी, युुवराज दाहाल, विजया सुुवेदी, होम भट्टराई, कल्पना पौडेल ‘जिज्ञासुु’, सुुभास जिसी, बिनु केसी, केशवनाथ योगी, राम बसुु, रितु केसी, ध्र्रुुव गिरी, धर्मराज दानी, लोक लामा, जगत वाशिष्ठ, कौशिला रिसाल, डा. यादेवी ढकाल, शेखर अर्याल, प्रेमिला राई, रामबहादुुर घिसिङ, धनकुुटे कान्छा, गनेसकुुमार राई, पदम बडाल, कृष्ण किसुु, यादवराज आचार्य, सुुब्बा श्रेष्ठ, सुुवास रिजाल, बाबा बस्नेत, देवी पन्त, कल्पना पौडेल, हेमराज आश्रय एवम् विजय राना निर्वाचित भएका छन् । सम्मेलनले ६ केन्द्रीय सदस्य र सात राष्ट्रिय परिषद सदस्य रिक्त राखेको छ ।
सम्मेलनले एघार बुुँदे समसामयिक प्रस्ताव समेत पास गरेको छ । सो प्रस्ताव समितिमा डा. पुुष्करराज भट्ट संयोजक एवम् तेजविलास अधिकारी एवम् नारायण शर्मा सदस्य रहेका छन् । सम्मेलनबाट पारित प्रस्तावमा एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने, मुुलुकमा संवाद, सहकार्य र समझदारीको राजनीतिको विकास होस् भनेर सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने, प्रलेसको भौतिक पूूर्वाधार निर्माणका लागि पहल गर्ने, विचार, संगठन र सिर्जनाका माध्यमबाट नेपालको साहित्यिक क्षेत्रमा सिर्जनात्मक हस्तक्षेप गर्ने र प्रगतिवादी साहित्यलाई अघि बढाउन सम्पूर्ण प्रगतिशील प्रगतिवादी स्रष्टालाई आग्रह गर्ने, विगतका केन्द्रीय समितिले प्रारम्भ गरेको प्रगतिशील साहित्यको इतिहास लेखन कार्यलाई सम्पन्न गर्न र त्यसलाई प्रकाशन गर्न नवनिर्वाचित समितिलाई निर्देश गर्ने, मुुलुुक संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा भाषा, साहित्य, कला एवम् संस्कृतिसँग सम्बन्धित राज्यका निकाय प्रदेश स्तरमा पनि स्थापना गर्ने कार्यमा लाग्न नेपाल सरकारसँग जोरदार माग गर्ने, देशका विभिन्न ठाउँमा आँधीबेहेरीका कारण मृत्युु एवम् घाइते भएका नागरिकप्रति सम्वेदना प्रकट गर्नुुका साथै सम्बन्धित पीडित नागरिकलाई राहत पुु¥याउन राज्य तथा गैरसरकारी संघसंस्थालाई आग्रह गर्ने, देशका विभिन्न ठाउँमा भएका आपराधिक घटना (निर्मला पन्त हत्याकाण्ड लगायत) को न्यायपूूूर्ण छानबिनका साथै दोषीमाथि कडा कारवाहीको लागि राज्यसँग माग गर्ने, देशमा बढ्दै गएको जातीय, क्षेत्रीय चिन्तनका कारण समाजमा विभाजनको सोच बढ्दै गएकोमा चिन्ताका साथै देशमा राष्ट्रिय एकताको भाव सिर्जना र मूूलधारबाट किनारामा परेका जाति, समुदाय एवम् क्षेत्रका जनताको समस्याप्रति गम्भीर बन्न राज्यलाई आग्रह गर्ने, सिरिया लगायतका मुुलुुकमा सामान्य नागरिकको हत्या गर्ने, हिंसात्मक गतिविधि फैलाउने गतिविधिप्रति घोर विरोधका साथै शान्ति स्थापनाका लागि सबै पक्षलाई आग्रह गर्ने, शक्ति राष्ट्रहरूले निकटस्थ साना तथा छिमेकी राष्ट्रलाई हेप्ने नीति अख्तियार गरेर तिनलाई कमजोर बनाउँदै लैजाने नीति सच्याई साना मुुलुुकको सार्वभौम अधिकारको रक्षा तथा सम्मान गर्ने रहेको छ ।