Wednesday, May 11, 2016

प्रलेसको दसौं राष्ट्रिय सम्मेलन विशेष - ४

 प्रगतिशील लेखक सङ्घको दसौँ राष्ट्रिय सम्मेलनद्वारा संशोधित तथा पारित विधान 
-------------------------

प्र्रस्तावना
साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो र यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक आमूल रूपान्तरणका लागि सहयोग पु¥याउनुपर्छ भन्ने चिन्तन राखी वर्गविभक्त समाजमा वर्गसङ्घर्षलाई उक्त रूपान्तरणको प्र्रमुख कारक एवम् प्र्रेरक तत्व  ठान्ने र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक एवम् भावनात्मक सम्पदाका स्र्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्र्राज्यवाद, प्र्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने अनि कलासहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्र्रतिनिधित्व एवम् पक्षपोषण गर्ने साङ्गठनिक रूपमा प्र्रतिबद्ध तथा अप्र्रतिबद्धसमेत रहेका साहित्य–सर्जकहरूको साझा मञ्चका रूपमा क्रियाशील राष्ट्रिय स्तरको सङ्गठन प्र्रगतिशील लेखक सङ्घ हो । यस सङ्घलाई विधिवत् सञ्चालन गर्न सङ्घको एक विधान हुनु आवश्यक भएकाले यो विधान दसौँ राष्ट्रिय सम्मेलनबाट संशोधनसहित पारित गरिएको छ । 

उद्देश्य र कार्यक्रम

प्रलेसको उद्देश्य तथा कार्यक्रम निम्न बमोजिम हुनेछन् ः
१. प्रगतिशील लेखकहरूको हकहितको संरक्षण एवम् संबद्र्धनका निम्ति प्र्रयत्नशील एवम् कार्यरत रहने । 
२. सामन्तवादी तथा साम्र्राज्यवादी कुसंस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, नयाँ जनवादी तथा वैज्ञानिक संस्कृतिको योजनबद्ध निर्माणका साथै मुलुकको आमूल परिवर्तनका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने ।
३. अन्धविश्वास, रुढिवाद र सबैखाले अवैज्ञानिक एवम् यथास्थितिवादी विचार र रचनाप्र्रति आलोचक हुँदै वैज्ञानिक एवम् प्र्रगतिवादी सिर्जनाकर्मलाई विकसित एवम् समृद्ध तुल्याउन योजनाबद्ध रूपमा क्रियाशील रहने ।
४. देशभित्र विद्यमान सबै भाषाको विकासका निम्ति भाषिक समानताको अधिकारको पक्षपोषण गर्दै उक्त समानभाषिक अधिकारको प्र्राप्ति एवम् अन्तर्भाषिक सामञ्जस्यका साथै विभिन्न भाषामा जनपक्षीय साहित्य–संस्कृतिको विकासका निम्ति क्रियाशील रहने ।
५. राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षमा रहँदै सबै प्र्रकारका असमान सन्धिहरूका विरुद्धमा दृढतापूवर्क उभिने ।
६. अन्यायका विरुद्ध विद्र्रोह गर्नु अधिकार हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सम्पूर्ण जनसमूदायका न्यायपूर्ण सङ्घर्षका पक्षमा दृढतापूवर्क कलम चलाउने तथा सबै खाले निरङ्कुशताको विरोध गर्दै न्याय, समानता एवम् मानवअधिकारको बहालीका निम्ति सङ्घर्षरत रहने । 
७. वर्गीय, लैङ्गक, जातीय तथा वर्णगत (छुवाछुतजन्य) धार्मिक एवम् क्षत्रीय (भौगोलिक) आदि मानद्वेष विभेद तथा उत्पीडनका विरोधमा दृढतापूवर्क उभिँदै यस्ता विभेदको अन्त्य एवम् परस्पर सद्भाव र सामञ्जस्यपूर्ण समाजनिर्माणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय हुने । 
८. आवश्यकताअनुसार विभिन्न स्वदेशी एवम् विदेशी भाषाका प्र्रगतिशील कृतिहरूलाई एकअर्का भाषामा अनुवाद गर्ने ।
९. विभिन्न जातिका जनताहरूबीच फुट, द्वेष तथा अहङ्कार फैलाउने तथा कुनै क्षेत्रमा साम्प्र्रदायिक विचार ल्याउन खोज्ने तŒव तथा प्र्रयत्नहरूका विरुद्धमा दृढतापूर्वक उभिने ।
१०. कुनै पनि शक्ति राष्ट्रहरूको साम्र्रज्यवादी क्रियाकलापहरूको विरोध गर्दै अन्यायपूर्ण युद्धको विरुद्धमा हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवम सङ्घर्षहरूको र विश्वशान्तिको पक्षमा दृढतापूवर्क उभिने ।
११. अन्तर्राष्ट्रिय क्षेत्रमा प्र्रगतिशील तथा जनवादी सांस्कृतिक–साहित्यिक सङ्गठनहरूसित भाइचारा एवम् मैत्रीसम्बन्ध कामय राख्ने । 
१२. धर्मनिरपेक्षताका पक्षमा दृढतापूवर्क उभिँदै यसको पूर्ण व्यावहारिक प्र्रत्याभुतिका निम्ति आवाज उठाउने तथा धर्मनिरपेक्षताका आधारमा राष्ट्रिय एकता एवम् सामाजिक सद्भावको विकासका निम्ति क्रियाशील रहने ।
१३. नेपालमा बोलिने सबै मातृभाषाका प्र्रगतिशील साहित्यकारको साझा मञ्चका रूपमा प्र्रलेसलाई विकास गर्ने ।

३ स्पष्टिकरण तथा व्याख्या

विषय वा प्र्रसङ्गले अर्को अर्थ नलागेमा —
(क) प्रलेस वा सङ्घ भन्नाले यस सविधानअनुरु गठित प्र्रगतिशील लेखक सङ्घ भन्ने बुझाउँछ ।
(ख) सदस्य भन्नाले यस विधानको धारा ४ बमोजिम भन्ने दुवै प्र्रकारका सदस्यहरूलाई बुझाउँछ ।
(ग) सङ्गठन भन्नाले यस विधानअनुरूप गठन भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको राष्ट्रिय परिषद, केन्द्र्रीय समिति र केन्द्र्रीय समितिले विधिवत् गठन गरेका शाखाहरूलाई समेत बुझाउँछ ।
(घ) विधान भन्नाले प्र्रगतिशील लेखक सङ्घ, नेपालको विधानलाई बुझाउँछ ।
(ङ) के.स. भन्नाले प्र्रगतिशील लेखक सङ्घको केन्द्र्रीय समिति बुझाउँछ ।

धारा १ : नाम

यस सङ्गठनको नाम प्रगतिशील लेखक सङ्घ नेपाल रहनेछ र सङ्क्षेपमा यसलाई प्रलेस, नेपाल भनिनेछ । अङ्ग्र्रेजीमा Progressive Writer's Association Nepal र छोटकरीमा PWAN भनिनेछ ।

धारा २ : प्रारम्भ
यो विधान तुरुन्त लागु हुनेछ ।

धारा ३ : झन्डा

यस सङ्गठनको झन्डा रातो पृष्ठभूमि भएको समकोाणीय चारकुने आकारको हुनेछ । यसका बीचमा सेतो रङका खुलको खाली कापी र कापीको माथि बायाँपट्टि बिर्को घुसारिएको र निबको टुप्पो लेख्ने अवस्थामा रहेर माथिबाट तल कापीमा ४० डिग्र्रीको कोणमा निहुरिएको कलम रहनेछ ।
“प्रतीक चिन्ह (लोगो) को बनावट झन्डामाथि प्रगतिशील लेखक सङ्घ, नेपाल तथा झन्डाको तलतिर स्था. २००९,  अङ्ग्र्रेजी भाषामा नाम र बीचमा रेखासहित स्थापना ई.१९५२ भएको गोलाकार हुनेछ ।”

धारा ४ : सदस्यता

प्रलेसको सदस्यता सम्बन्धमा निम्नबमोजिम व्यवस्था गरिनेछ—
४.१ प्रलेसको उद्देश्य र कार्यक्रमसँग सहमत कुनै पनि साहित्यसर्जक तथा साहित्यिक पत्रिकाका सम्पादक प्र्रलेसको साधारण सदस्य बन्न सक्नेछन् ।
४.२ प्रलेसको उद्देश्य र कार्यक्रमअनुरूप क्रियाशील रही साहित्यको दीर्घ सेवा गरिआएका विशिष्ट व्यक्तिहरूलाई प्रलेसको मानार्थ–सदस्यता प्र्रदान गर्न सकिनेछ । 
४.३ सदस्यता प्र्रदानसम्बन्धी कार्यविधि केसले निर्माण गरी लागु गर्नेछ ।

धारा ५ : सदस्यता प्राप्ति
प्रलेसका मानार्थ सदस्यताबाहेक अन्य सदस्यता केन्द्र्रीय समिति वा निजले तोकेको व्यक्ति वा शाखाले प्र्रदान गर्नेछ ।

धारा ६ : सदस्यता शुल्क
प्र्रलेसको सदस्यहरूको सदस्य शुल्क निम्नबमोजिम हुनेछ—
६.१ प्रलेसका साधारण सदस्यहरूले एउटा राष्ट्रिय सम्मेलनदेखि अर्को राष्ट्रिय सम्मेलनको नवीकरण शुल्क वार्षिक (रु.एक सय) का दरले एकमुष्ठ रु. ३०० (रु.तीन सय) बुझाउनु पर्नेछ ।
६.२ साधारण सदस्य हुने योग्यता पुगेका व्यक्तिले सदस्यता लिँदा नयाँ सदस्यता  शुल्क रु. १०० (एक सय) बुझाउनुपर्नेछ । यसमा केन्द्र्रले तोके बमोजिमको थप प्र्रवेश शुल्क बुझाउनुपर्नेछ ।

धारा ७ : सङ्गठनको स्वरूप
७.१ सङ्गठनको स्वरूप समावेशी हुनेछ ।
प्रलेसको सर्वोच्च नेतृत्वदायी निकाय राष्ट्रिय सम्मेलन हुनेछ । दुईओटा राष्ट्रिय सम्मेलनलका बीचको अवधिका निम्ति राष्ट्रिय सम्मेलनले केन्द्र्रीय समितिसहितको १३९ जनाको एक राष्ट्रिय परिषद् गठन गर्नेछ । कन्द्र्रीय समितिको सङ्ख्या ६९ जनाको रहनेछ । जसमा अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, एकजना महिला उपाध्यक्ष, महासचिव, वरिष्ठसचिवसहित पाँचजना सचिव र  कोषाध्यक्ष गरी १७ पदाधिकारी रहनेछन् । केन्द्र्रीय समितिले पदाधिकारीसमेत रहने गरी २३ जनासम्मको सचिवालय गठन गर्नेछ । केन्द्र्रीय पार्षद सङ्ख्या ७० रहनेछ । 
७.२ केन्द्र्रीय समितिलाई सल्लाह दिनका लागि पूर्व अध्यक्षहरू स्वतः सदस्य रहने गरी लब्धप्र्रतिष्ठित प्र्रगतिशील लेखकहरूमध्येबाट एक सल्लाहार परिषद गठन गरिनेछ । सल्लाहकार परिषदका सल्लाहकारहरूमध्येबाट एकजना संयोजक रहनेछन् । सल्लाहकारको काम प्र्रलेसको समग्र्र विकासको लागि के.स.लाई आवश्यक परामर्श, सल्लाह र सुझाव दिनु हुनेछ । सल्लाहकारको सङ्ख्या के.स.ले तोकेबमोजिम हुनेछ । 
साझा मञ्चको अवधारणाअनुरूप प्रलेसको नेतृत्व निर्माण गर्दा यसका सदस्यहरूबीच जनवादी छलफलद्वारा आपसी सहमतिका आधारमा लोकतान्त्रिक विधिअनुरूप नेतृत्व निर्माण गरिनेछ र त्यस क्रममा मुलुकभित्र विद्यमान विभिन्न भाषाभाषी, महिला, दलित, जनजाति तथा क्षेत्र (भूगोल) एवम् अपाङ्गहरूको न्यायोचित प्र्रतिनिधित्व हुने गराउने व्यवस्था पनि मिलाइनेछ ।
७.३ प्रलेसको सक्रियतालाई राष्ट्रव्यापी रूपमा प्र्रभावकारी ढङ्गले अघि बढाउन देशको कुनै खास इलाका वा क्षेत्रमा रहेका प्र्रलेसका सदस्यहरूले आवश्यकताअनुसार केन्द्र्रीय समितिको अनुमति लिएर स्थानीय तहका शाखाहरू निर्माण गर्न सक्नेछन् । स्थानीय तहका शाखाहरूबाट प्र्रादेशिक समितिका सदस्य सङ्ख्याको २५ प्र्रतिशत सम्मले प्र्रतिनिधित्व गर्ने पाउनेछन् । प्रादेशिक समितिमा आफ्ना सदस्यहरूबाट उठेको ५० प्र्रतिशत शुल्क शाखामै÷प्र्रदेशमै खर्च गरी अरू रकम केन्द्र्रमा पठाउनु पर्नेछ । 
७.४ प्रदेशबाट प्र्रतिनिधित्व गर्ने उपाध्यक्षहरूले सम्बन्धित प्रदेशका प्र्रलेसका काम कारबाहीको अनुगमन निरीक्षण गर्नेछन् र सोको जानकारी केन्द्र्रलाई गराउनेछन् ।
७.५ केन्द्र्रीय समितिको आफ्नै कार्यालय वा छाप रहनेछ ।

धारा : ८  प्रादेशिक समितिको गठन

८.१ प्रादेशिक समितिमा अध्यक्ष १, एक महिलासहित उपाध्यक्ष — २, सचिव — १, सहसचिव — १, कोषाध्यक्ष — १, सदस्य ३५ देखि ४५ जनासम्म रहनेछन् ।
८.२   प्रादेशिक समितिले प्र्रदेशका सम्पूर्ण साहित्यिक, सांस्कृतिक, भाषिक गतिविधि र काम कार्बाहीको नेतृत्व गर्नेछ । 
८.३ प्रादेशिक समितिमा पदाधिकारीसहित ७ जनाको सचिवालय गठन हुनेछ ।
८.४  प्रलेसको केन्द्र्र र प्र्रदेशभन्दा तल स्थानीय समितिहरू हुनेछन्  स्थानीय समितिहरूमा अध्यक्ष — १, उपाध्यक्ष — १, सचिव — १, सहसचिव — १, कोषाध्यक्ष — १ तथा सदस्य १० देखि १३ जनासम्म रहेनछन् । स्थानीय समितिको सचिवालयमा पदाधिकारीसहित एक तिहाइ नबढ्ने गरी सचिवालय गठन हुनेछ ।

८.५ सम्मेलनको व्यवस्था
राष्ट्रिय सम्मेलन हुनुभन्दा अगावै  प्रादेशिक सम्मेलन/ भेला  हुनुपर्नेछ । प्र्रादेशिक सम्मलेन हुनु अगावै स्थानीय सम्मलेन वा भेला भइसक्नु पर्नेछ ।

८.६ प्रतिनिधित्व
८.६.१  प्रदेशका सम्पूर्ण सदस्यहरूमध्ये २५ प्रतिशतले राष्ट्रिय सम्मलेनमा भाग लिन पाउनेछ । 
८.६.२ सम्मलेनमा प्रतिनिधित्व गर्दा समावेशितालाई आधार बनाउनु पर्नेछ ।

धारा ९ : राष्ट्रिय सम्मेलन
९.१ प्र्रलेसको राष्ट्रिय सम्मेलन प्र्रत्येक तीन वर्षमा गरिनेछ । यसका प्र्रत्येक सदस्यहरूलाई सम्मेलनमा प्र्रतिनिधित्व गर्ने, राष्ट्रिय सम्मेलनमा भाग लिने, मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्र्राप्त हुनेछ । 
९.२ राष्ट्रिय सम्मेलन तोकिएको अवधिमा गर्नुपर्नेछ । विशेष परिस्थितिमा छ महिनाअघि वा पछि गर्न सकिनेछ ।
९.३ प्र्रलेसका २५ प्र्रतिशत सदस्य वा राष्ट्रिय सम्मेलनले चयन गरेको राष्ट्रिय परिषद्को सामान्य बहुमतले कुनै खास स्थितिको उल्लेख गर्दै राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने आवश्यकता दर्शाएर लिखित प्र्रस्ताव पेश गरेमा केन्द्र्रीय समितिले सो प्र्रस्ताव पेस भएको ३ महिनाभित्र राष्ट्रिय सम्मेलन बोलाउनु पर्नेछ । 
९.४ राष्ट्रिय सम्मेलनले निर्वाचनका निम्ति एउटा निर्वाचन समितिको गठन गर्नेछ ।
९.५ शाखाका सम्मेलनहरू प्र्रत्येक दुई वर्षमा हुनेछन्, कार्यकारिणीको सङ्ख्या ७ देखि १५ सम्म रहनेछ ।

धारा १० : राष्ट्रिय परिषद्

१०.१ राष्ट्रिय परिषद्को बैठक वर्षमा सामान्यताः १ पटक बस्नेछ र सो बैठक बोलाउने कर्तव्य केन्द्र्रीय समितिको हुनेछ । 
१०.२ राष्ट्रिय परिषद्ले केन्द्र्रीय समितिलाई आवश्यक मामिलामा रायसल्लाह दिने, केन्द्र्रीय समितिको क्रियाकलापको मूल्याङ्कन गर्नेछ । 
१०.३ राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता केन्द्र्रीय समितिका अध्यक्षले गर्नेछन् ।

धारा ११ :  केन्द्रीय समिति तथा शाखा समिति 
११.१ राष्ट्रिय परिषद्का बैठकहरूबीचको अवधिका निम्ति प्र्रलेसको अधिकारसम्पन्न सर्वोच्च निकाय केन्द्र्रीय समिति नै हुनेछ । 
११.२ केन्द्र्रीय समिति प्रलेसको राष्ट्रिय सम्मलेनप्र्रति जिम्मेवार हुनेछ ।
११.३ सदस्यता प्र्राप्ति, सदस्यहरूमाथि आचारसंहिता, सदस्यहरूलाई आत्मालोचना, नसिहत, निलम्बन वा निष्कासन, मानार्थ सदस्यता प्र्रदानलगायत सदस्यतासम्बन्धी सम्पूर्ण क्रियाकलापहरूमा केन्द्र्रीय समितिले अन्तिम निर्णय लिनेछ । 
११.४ सामान्यतयाः केन्द्र्रीय समितिको बैठक ६ महिनामा १ पटक बस्नेछ । आवश्यकताअनुसार प्र्रलेसका अध्यक्षको सरसल्लाह एवम् निर्देशनअनुरूप प्र्रलेसका महासचिवले के.स.को बैठक जुनसुकै बेलामा पनि बोलाउन सक्नेछन् । वर्षमा हुने २ वटा बैठकमा समयावधिका बीचमा आवश्यकताअनुसार सचिवालयको बैठकले पनि आवश्यक निर्णय लिई कार्य सञ्चालन गर्नेछ । 
११.५ प्रलेसका नियमित बैठकका निम्ति ५० प्र्रतिशतभन्दा बढी सदस्यको उपस्थितिलाई गणपूरक मानिनेछ भने विशेष बैठक सञ्चालनका निम्ति ६० प्र्रतिशतभन्दा बढी सदस्यहरूको उपस्थिति आवश्यक पर्नेछ ।
११.६ समितिमा २५ प्र्रतिशतभन्दा बढी सदस्यहरूले के.स.को बैठकको माग गरी अनुरोध गरमा अध्यक्षले के.स.मा महासचिव र शाखाको हकमा सचिवलाई बैठक बोलाउन निर्देशन दिनुपर्नेछ ।
११.७ के.स.का बैठकहरूमा प्रलेसका मानार्थ सदस्यहरूलाई स्थायी आमन्त्रितको रूपमा स्थान प्र्राप्त रहनेछ । मानार्थ सदस्यहरूलाई छलफलमा भाग लिने अधिकार हुनेछ तर कुनै पनि विषयमा उहाँहरूबाट मतदान भने हुनेछैन । स्थायी आमन्त्रितहरूको उपस्थिति वा अनुपस्थितिले गणपूरक सङ्ख्यामा कुनै प्र्रभाव पार्नेछैन । 
११.८ साङ्गठनिक तथा सिर्जनात्मक कार्यलाई अघि बढाउनका निम्ति केन्द्र्रीय समितिले राष्ट्रिय परिषद्का सदस्यहरूलाई समेटी आवश्यक विभागहरू गठन गर्न सक्नेछ । विभागको काम, कर्तव्य के.स.ले तोकेबमोजिम हुनेछ । ती विभागहरू के.स.प्र्रति जबाफदेही हुनेछन्  
११.९ केन्द्र्रीय समितिका मातहतमा रहने गरी सम्भव भएका ठाउँमा स्थानीय शाखाहरू गठन गरिनेछन् । स्थानीय शाखाले प्रलेसको विधानमा उल्लिखित उद्देश्यअनुरूपका सिर्जनात्मक, साङ्गठनिक, वैचारिक तथा आवश्यकताअनुरूप सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्नेछन् । सो सन्दर्भमा आवश्यकताअनुसार केन्द्र्रीय समितिसँग सहयोग र परामर्श लिनेछन्  ।
११.१० स्थानीय शाखाहरूले केन्द्र्रीय समितिले निर्देश गरेअनुरूपका कार्यहरू सञ्चालन गर्नेछन् र शाखाका गतिविधिबारे केन्द्र्रीय समितिलाई अद्यावधिक जानकारी गराउनेछन् । 
११.११ प्रलेसको राष्ट्रिय सम्मेलन हुनुअगाडि (प्रत्येक ३ वर्षमा) शाखाहरूको सम्मलेन गरी नयाँ शाखा समितिहरू निर्माण गरिनेछन् र ती समितिले प्र्रलेसको राष्ट्रिय सम्मेलनमा सो क्षेत्रबाट प्र्रतिनिधित्वको व्यवस्था मिलाउनेछन् । 
धारा १२ : आचारसंहिता 

१२.१ प्रलेसको के.स.ले सङ्घका सदस्यहरूका निम्ति अनुसूची १ बमोजिमको आचारसंहिता लागु गर्नेछ ।
१२.२ आचारसंहिता पालना गर्नु सबै सदस्यको कर्तव्य हुनेछ ।
१२.३ प्रलेसका आधिकारिक धारणा प्र्रस्तुत गर्दा सचिवालयको निर्णयअनुरूप अध्यक्ष र महासचिवले प्र्रवक्तको काम गर्नेछन् ।

धारा १३ :  अध्यक्ष

१३.१ अध्यक्षले बैठकको अध्यक्षता गर्नेछन्
१३.२ केन्द्र्रीय समिति एवम् पदाधिकारीहरूको कामको निरीक्षण तथा पुपरीवेक्षण गर्नेछन् ।
१३.३ के.स.को बैठकमा मतदान हुने हुँदा मत बराबर भएमा निर्णायक मत दिनेछन् ।
१३.४ अध्यक्षले आवश्यकताअनुसार स्वविवेकमा प्र्रलेसको कोषबाट रु. १०,०००,– (रु.दश हजार) सम्म खर्च गर्न सक्नेछन् । खर्चको अनुमोदन के.स.को आगामी बैठकमा गराउनुपर्नेछ ।

धारा १४ : उपाध्यक्ष

१४.१ अध्यक्षको अनुपस्थितिमा अध्यक्षको सम्पूर्ण काम वरिष्ठ उपाध्यक्षले सञ्चालन गर्नेछन् । 
१४.२ प्रादेशिक उपाध्यक्षहरूले छुट्टछुट्टै प्र्रदेशको इन्चार्ज भै कार्य गर्नेछन् । 
१४.३ महिला उपाध्यक्षले कार्यालयको काममा आवश्यक सहयोग पु¥याउनेछन् ।
१४.४ केन्द्र्र, प्रदेश र स्थानीय समिति सबै तहमा सम्बन्धित अध्यक्षको काममा आवश्यक सहयोग गर्नेछन् ।

धारा १५ : महासचिव

१५.१ महासचिवले अध्यक्षको परामर्श लिई के.स. तथा राष्ट्रिय परिषद्को बैठकका लागि प्र्रतिवेदन तयार पार्ने, कार्यक्रम बनाउने तथा बैठक बोलाउने काम गर्नेछन् । 
१५.२ के.स.को दैनिक कार्य सञ्चालन गर्नेछन् र सङ्गठन निर्माणमा पहल गर्नेछन् । 
१५.३ प्रलेसको कागजपत्र, चलअचल सम्पत्तिको सङ्कलन तथा संरक्षण गर्नुका साथै त्यसको अभिलेख राख्नेछन् । 
१५.४ आवश्यकताअनुसार बढीमा रु ५०००।– (रु.पाँच हजार) सम्म स्वविवेकले खर्च गरी के.स.को आगामी बैठकबाट अनुमोदन लिनेछन् ।

धारा १६ : सचिवहरू

१६.१ महासचिव अनुपस्थितमा महासचिवको सम्पूर्ण काम वरिष्ठ सचिले गर्नेछन् । 
१६.२ महासचिवको काममा आवश्यक सहयोग गर्नेछन् ।
१६.३ प्र्रदेश र स्थानीय समितिका सचिवले भने अध्यक्षको परामर्शमा शाखाका कार्य सञ्चालन गर्नेछन् । 
१६.४ शाखा समितिका सचिवले भने अध्यक्षका परामर्शमा शाखाका कार्य सञ्चालन गर्नेछन् ।

धारा १७ :  कोषाध्यक्ष

१७.१ आम्दानी खर्चको फाँटवारी राख्नुका साथसाथै लेखापरीक्षण गराउनेछन् ।
१७.२ अध्यक्षको निर्देशनबाट बजेट तयार पारी बैठकका पेस गर्नेछन् ।
१७.३ सङ्घलाई आर्थिक रूपले सुदृढ बनाउन नेतृत्व प्र्रदान गर्नेछन् ।

धारा १८ : सदस्य

१८.१ के.स.का सदस्यहरूले तोकिएको क्षेत्रमा काम गर्नेछन् र के.स.को कामको अवलोकन–निरीक्षण गर्नेछन् । 
१८.२ अध्यक्ष तथा अन्य पदाधिकारीहरूलाई सरसल्लाह र सहयोग दिनेछन् ।
१८.३ सामूहिक एवम् साङ्गठनिक भावनालाई दरो पार्ने व्यावहारिक क्रियाकलापहरूमा संलग्न रहनेछन् ।

धारा  १९ : पररिक्तता, पदपूर्ति र राजिनामा

१९.१ कुनै पनि सदस्य, पदाधिकारी या साधारण सदस्यहरूले प्र्रलेसबाट राजिनामा दिन सक्नेछन् । साधारण सदस्यले सम्बन्धित शाखामा, शाखाका अध्यक्षबाहेक अन्य पदाधिकारीहरूले शाखा अध्यक्षलाई र शाखा अध्यक्ष तथा केन्द्र्रका पदाधिकारी र सदस्यहरूले केन्द्र्रीय अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्षसमक्ष राजिनामा पेश गर्नुपर्नेछ । राष्ट्रिय परिषद् र केन्द्र्रीय समितिका सदस्यहरूको राजिनामा के.स.को सामान्य बहुमतबाट स्वीकृत हुनुपर्नेछ ।

१९.२ कुनै पनि पदाधिकारी वा समितिका सदस्यले राजिनामा दिएर उक्त राजिनामा स्वीकृत भएमा, खारेजी वा अनुशासनको कार्बाहीमा परी निष्कासन भएको खण्डमा वा मृत्यु भएमा उक्त पद रिक्त भएको मानिनेछ ।

१९.३ यसरी रिक्त हुन आएको पदपूर्ति सम्बन्धमा महुमतबाट बाँकी पदावधिका लागि मनोनयनद्वारा पूर्ति गरिनेछ ।

धारा २० : अर्थव्यवस्था

२०.१ सदस्यता शुल्क, सहयोग र अन्य विविध कार्यबाट प्र्राप्त रकम प्र्रलेसको आयस्र्रोत हुनेछ ।

२१.२ प्रलेसको खाता अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गरिनेछ । प्र्रदेश र शाखाको हकमा अध्यक्ष र सचिवमध्ये एक र कोषाध्यक्ष अनिवार्य रहने गरी संयुक्त दस्तखतबाट खाता सञ्चालन गरिनेछ ।
धारा २१ : सपथग्र्रहण

प्रलेसका शाखा, प्रदेश तथा केन्द्र्रका कार्यसमितिका सम्पूर्ण सदस्यहरूले अनुसूची २ बमोजिमको सपथग्र्रहण लिनुपर्ने छ ।

धारा २२ : विधान संशोधन

यस विधानलाई राष्ट्रिय सम्मेलनको २/३ मतबाट संशोधन गर्न सकिनेछ ।

धारा २३ : केन्द्र्रीय कार्यालय
प्रलेसको केन्द्र्रीय कार्यालय के.स.ले तोकेको ठाउँमा रहनेछ । 


=============================================


प्रगतिशील लेखक सङ्घ, नेपालको दसौँ राष्ट्रिय सम्मेलनमा
महासचिव मित्रलाल पंज्ञानीद्वारा प्रस्तुत
साङ्गठनिक प्रतिवेदन
--------------------------

अध्यक्षज्यू, पदाधिकारी, केन्दीय सल्लाहकार, सचिवालय सदस्य, केन्द्रीय सदस्य, राष्ट्रिय परिषद्का सदस्य तथा दसौँ राष्ट्रिय सम्मेलनका प्रतिनिधिज्यूहरू । 

प्रगतिशील लेखक सङ्घको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको ठीक तीन वर्षपछि आज हामी दसौँ राष्ट्रिय सम्मेलनमा जुटिरहेका छौँ । यस क्षणमा सर्वप्रथम ती आदरणीय सहिदहरूलाई सादर स्मरण गर्न चाहन्छु जसले जनताको मुक्तिका निमित्त आफ्नो बलीदान गरे । साहित्यिक सांस्कृतिक आन्दोलनका सन्दर्भमा कृष्णसेन इच्छुकको सहादत विशेष स्मरणीय छ । 

१.पृष्ठभूमि ः
प्रलेस स्थापना भएको ६१ वर्षपछि आज यो समयविन्दु र यस ठाउँमा उभिएर अतीतको सिँहावलोकन गर्दा यसका सर्जक, विचारक र वाहकहरूको दूरदर्शिता, संघर्षशीलता र धीरताका कारणले मात्रै प्रलेस यहाँसम्म आइपुग्न सफल भएको तथ्य छर्लङ्ग देख्न सकिन्छ । नेपालमा एउटै मात्रै कम्युनिष्ट पार्टी रहेको अवस्थामा स्थापित प्रलेसले आज दर्जनबढी कम्युनिष्ट पार्टीका बीचमा पनि एकीकृत अस्तित्व सहित गन्तव्यतिर गतिमान् हुने परिस्थिति तिनै अग्रज स्रष्टाहरूको उच्च प्रगतिशील संस्कृतिको विरासतका रूपमा प्राप्त भएको हो । सत्र सालपछि तत्कालीन निरङ्कुश सत्तासित डराएर र लोभिएर प्रलेसको नेतृत्व तहमा पुगिसकेका कैयन पात्रहरू पलायन भए । प्रलेसमा खुला रूपले सांगठनिक गतिविधि गर्ने अवस्था रहेन । तर पनि इमान्दार क्रान्तिकारी स्रष्टाहरू क्रान्ति उत्थानका निमित्त लगातार खटिरहे । प्रगतिशील साहित्यिक आन्दोलन रोकिएन । छत्तीस सालमा प्रलेस पुनः अस्तित्वमा आए पछि पनि अनेक मतभेद तथा कडा अन्तरद्वन्द्वको सामना गर्नु प¥यो । मतभेद जतिसुकै चर्को भए पनि प्रलेसलाई जोगाउने मामलामा भने अन्तरद्वन्द्वरत कुनै पनि पक्षले विवेक गुमाएनन् । यो यसको महत्वपूर्ण पाटो हो । 

प्रगतिशील लेखक संघ सामन्तवाद, साम्राज्यवाद र विस्तारवाद विरोधी स्रष्टाहरूको साझा मोर्चा हो । यसको निर्माण र परिचालनको न्यूनतम वैचारिक आधार पनि यही नै हो । विभिन्न धारामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनका बीचबाट साझा साहित्यिक सङ्गठनको अस्तित्व रहनुको गम्भीर सांकेतिक अर्थ पनि छ । यसले संवादहीनतालाई अन्त्य गरेको मात्रै छैन क्रान्तिकारी आन्दोलनको सम्भाव्य एकीकृत स्वरूप निर्माणको दियो सल्काइरहेको छ ।

वैज्ञानिक विश्वदृष्टिकोण नै प्रलेसको तागत हो । यसले जनताका बन्धनहरू र त्यसबाट मुक्तिको प्रयत्नलाई मुख्य विषय बनाएको छ । काव्य कृतिहरूमा राजा महाराजालाई नायक बनाउने परम्परा उल्ट्याइदिएको छ । थाप्लामा ईश्वरको भार थोपरेर मान्छेलाई थिच्ने सिद्धान्तको जरा काटेको छ । भाग्यवाद र जातिवाद उन्मुलन गर्न उद्यत छ । मान्छे नै यो सृष्टिको सर्वशक्तिमान अस्तित्व हो र यो श्रमद्वारा निर्मित हो भन्नेमा सुस्ष्पट छ । 

आलोचनातनात्मक यथार्थवादी चेतना बोकेका सामान्य प्रगतिशील स्रष्टादेखि समाजवादी यथार्थवादी चेतनाले समृद्ध स्रष्टाहरू समेत संलग्न रहेको प्रलेस आफैमा एउटा आन्दोेलन पनि हो । यसमा आवद्ध स्रष्टाहरू रचनाकर्मका माध्यमले मात्र होइन सशरीर उपस्थित भएर पनि अनेक प्रतिरोधी आन्दोलनहरूमा सरिक भएका छन् । 

नेपालमा नयाँ संविधान आएको छ । तर जनयुद्ध र जनआन्दोलनको बलमा सामन्तवादको गजुर राजतन्त्र ढलेर गणतन्त्र स्थापना भए तापनि श्रमजीवी नेपाली जनताको जीविकाको समस्या हल भएको छैन । राजनीतिमा यो वर्गको नेतृत्व स्थापित हुने गरी जनतन्त्र पनि आएको छैन । संविधान जारी भएपश्चात् मधेसमा उठेका मुद्दाहरू पनि सुल्झिएका देखिँदैनन् । देशमा वर्गीय, क्षेत्रीय, जातीय र लैङ्गिक उत्पीडन कायमै छ । 

समय बदलिएको छ । जनतामा जागरण आएको छ । संसारका अन्तरसम्बन्ध र अन्तरविरोधका स्वरूप पनि बदलिँदै गएका छन् । तर प्राकृितक स्रोतले सम्पन्न भईकन पनि कङ्गाल बनाइएको यो मुलुकलाई कमजोर राख्ने, अनेक धम्की र प्रलोभनद्वारा जनता र नेताहरूलाई फुटाउने र हैकमपूर्वक यहाँका सम्पदा हरूलाई दोेहन गर्ने भारतको नीति बदलिएको छैन । सुगौली सन्धीदेखि झाङ्गिदै आएको भारतको विस्तारवादी चरित्र आज पनि नाङ्गै देखिन्छ । नेपालमाथि अन्याय, अपमान, दम्भ र निर्लज्जतापूर्वक आर्थिक नाकाबन्दी थोपरियो । यही बेला विस्तारवादविरोधी चेतना पनि मुखर भएर उठ्यो । कठोर दुःख सहनु पर्दा पनि नेपाली जनता विस्तारवादी हस्तक्षेप र नाकाबन्दीका बिरुद्ध झुक्न चाहेनन्, नझुक्नका लागि खबरदारी गरिरहे । जनताको यो चेतना गर्वलायक छ । 

विकृत पुँजीवादको सांस्कृतिक औजार उत्तर आधुनिकतावाद साम्राज्यवादी स्वार्थ रक्षार्थ क्रान्तिकारी नेतृत्वमाथि, इतिहासको न्यायमाथि र सकारात्मक परिवर्तनको संभावनामाथि प्रहार गर्दैछ । अनास्था, संकीर्णता र बेइमानीको खेती गर्दैछ । पुँजी, बजार, प्रकाशन गृह र सञ्चारमा एकाधिकार कायम गरी भ्रम फैलाइरहेको छ । निकै धूर्त छ यो । ‘परिवर्तनकामी चेतनालाई विषाक्त बनाएर बौद्धिक दासमा परिवर्तन गर्ने त्यसको उद्देश्य हो ।’ राजनीति भन्दा पर रहेको आवरणमा यसले मिहिन ढङ्गले नापी जाँची खतर्नाक राजनीति गरिरहेको छ । 

अहिले साम्राज्यवादीहरूको आर्थिक, सांस्कृतिक भूमण्डलीकरण व्याप्त छ । जतिसुकै ठूलो र जतिसुकै चलाख देखिए पनि झन् पछि झन् ठूला संकटमा फस्दै र टालटुल गर्दै अगाडि बढेको पुँजीवाद भ्रष्टाचार, कमिसन र लुटपाटद्वारा पुँजीको अति संकेन्द्रणजन्य सामाजिक आर्थिक असन्तुलनका कारणले पुनः लड्खनाउने निश्चित छ । गरिबी, असमानता र अपराध यसका चरित्रजन्य उपज हुन् । वातावरण प्रदुषित पारेर पृथ्वीको जीवन र मान्छेको अस्तित्वलाई भयंकर खतराको डिलमा पु¥याउने पनि यही नै हो । विषय विस्तारै छर्लङ्ग हुँदै गइरहेको छ । विश्वका विभिन्न भागमा प्रतिरोधी आन्दोलन पनि सशक्त ढङ्गले उठि नै रहेका छन् । यसमा अन्तरनिहित चारित्रिक कारणले नै मानवीय समस्या सुल्झिने भन्दा बल्झिन तिर गइराखेकोले पुँजीवादको अन्त्य अवश्यम्भावी छ । 

शोषण र भ्रष्टाचारमा आधारित समाज व्यवस्थाले श्रम गर्नेहरूलाई कहिल्यै पनि धनी हुन दिँदैन । श्रमिक वैज्ञानिकहरूले आविष्कार गरेका सुख वैभवहरू तिनैलाई छुन दिँदैन । यति मात्रै  होइन, परम अपमान पनि तिनैमाथि थोपर्छ । अछूत बनाएर, अश्वेत भनाएर, मतवाली जनाएर तथा अनेक ढङ्गले तेजोबध गरिरहन्छ । यस्तो व्यवस्थालाई पल्टाएर सामाजिक न्याय र समानतामा आधारित समाज व्यवस्था स्थापित गर्ने राजनीतिलाई बल पु¥याउनु प्रलेसको अभीष्ट हो । 

२. नवौँ राष्ट्रिय सम्मेलन (२०६९ चैत्र २९–३०) देखि हालसम्म । 
(क) सम्पन्न भएका केन्द्रीय कार्यक्रमहरू ः प्रलेसको यो कार्यकाल कार्यक्रमिक हिसाबले निकै उर्वर रह्यो । 

२०७० साउन १९ गते काठमाडौँमा सम्पन्न ‘प्रगतिवादी दृष्टिमा भानुभक्त’ विषयक विचारगोष्ठी प्रा. डा. जीवेन्द्रदेव गिरीले प्रस्तुत गर्नु भएको कार्यपत्रमाथि वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईँ, प्रा. डा. जगदीशचन्द्र भण्डारी, कवि गोपाल ठाकुर र राजेन्द्र महर्जनले टिप्पणी गर्नु भएको थियो । नेपाली लेखक संघका अध्यक्ष विष्णुविभु घिमिरेले आफ्नो संक्षिप्त मन्तव्य राख्नु भएको थियो ।

२०७० असोज ६ गते ‘प्रलेसका छ दशक र भावी कार्यदिशा’  विषयक विचार गोष्ठीमावरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य चैतन्य, वरिष्ठ साहित्यकार शान्तदास मानन्धर, मोदनाथ प्रश्रित, रोशन जनकपुरी, शान्ता मानवी र अभि सुवेदी र अमर गिरीले आआफ्ना मन्तव्य राख्नु भएको थियो ।

२०७० पुस २६ र २७ गते दाङमा सम्पन्न आख्यान र कवितासम्बन्धी प्रशिक्षण तथा कविगोष्ठीेमाडा. नेत्र एटमले आख्यानसम्बन्धी र डा. रामप्रसाद ज्ञवालीले कवितासम्बन्धी प्रशिक्षण दिनुभएको थियो । आख्यानकारदय इस्माली र मातृका पोखरेलद्वारा आख्यान लेखन प्रक्रियाका सम्बन्धमा र मित्रलाल पंज्ञानीद्वारा कविता लेखन प्रक्रियाका सम्बन्धमा आ–आफ्ना अनुभव सनाइएको थियो । कविगोष्ठीमावाचित कवितामाथि प्रलेस केन्द्रीय सचिव आर.एम्. डङ्गोलले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । 

२०७० माघ १७ र १८ गते विराटनगरमा सम्पन्न ‘नेपाली साहित्यमा राष्ट्रिय स्वाधीनता चेत’ विषयक विचारगोष्ठीमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएका थिए । ईश्वरचन्द्र ज्ञवाली, डा. भीम खतिवडा र प्रा.डा. हरिहर भण्डारीले प्रस्तुत गर्नु भएका कार्यपत्रमाथि  हेमनाथ पौडेल डा. गोपाल शिवाकोटी ‘चिन्तन’ र केशव गौतमले टिप्पणी गर्नुभएको थियो । नारायणप्रसाद आचार्यले तीनवटै कार्यपत्रहरूमाथि समग्र टिप्पणी गर्नुभएको थियो । विचारगोष्ठीको समापन पश्चात् भएको कविगोष्ठीमा वाचित कवितामाथि हिरामणि दुःखीले संक्षिप्त टिप्पणी प्रस्तुत गर्नु भएको थियो ।



२०७० चैत्र १४ र १५ गते पोखरामा ‘समकालीन प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्वको अभिव्यक्ति’ र ‘प्रगतिवादी साहित्यमा वर्गचेतना’ विषयक विचार गोष्ठी र कवि गोष्ठी सम्पन्न भयो । विचारगोष्ठीमा अमर गिरीद्वारा ‘समकालीन प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्वको अभिव्यक्ति’ र डा.कृष्णराज अधिकारीद्वारा ‘प्रगतिवादी साहित्यमा वर्गचेतना’ विषयक कार्यपत्र प्रस्तत भए । प्रस्तुत पहिलो कार्यपत्रमाथि प्रा.डा. भवानी प्रसाद पाण्डे र सङ्गीत श्रोताले तथा अर्को कार्यपत्रमाथि डा. ताराकान्त पाण्डेय र डा. यदुनन्दन उपाध्यायले टिप्पणी गर्नु भएको थियो । कविगोष्ठीमावाचित कवितामाथि डा. ताराकान्त पाण्डेले संक्षिप्त टिप्पणी सहित कविता लेखन सम्बन्धी प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

२०७१ साल वैशाख १८ गते ‘त्यो नायक’ खण्डकाव्यको विमोचन तथा चर्चा परिचर्चा कार्यक्रम । सम्पन्न गरियो । चैतन्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका समीक्षकहरुमा प्राडा जगदीशचन्द्र भण्डारी, डा.रामप्रसाद ज्ञवाली, डा. लक्ष्मण गौतम र उप प्राध्यापक विष्णु ज्ञवाली हुनुहुन्थ्यो ।

२०७१ वैशाख ३० र ३१ गते धनगढीमा आख्यान र कवितासम्बन्धी प्रशिक्षण तथा कविगोष्ठी सम्पन्नपहिलो ।  आख्यानसम्बन्धी प्रशिक्षण डा. कपिल लामिछानेले र कविता काव्यसम्बन्धी प्रशिक्षण डा जगदीशचन्द्र भण्डारीले दिनुभएको थियो । आख्यानकार दिल साहनीले आख्यानसम्बन्धी र कवित्रय आहुति, आरएम डंगोल र विष्णु भण्डारीले  कविता रचनाप्रक्रिया सम्बन्धी सिर्जनात्मक अनुभूति प्रस्तुत गर्नुभएको थियो ।प्रलेस केन्द्रीय सदस्य पुष्करराज भट्टले लघुकथा लेखन प्रविधिसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । कविगोष्ठीमाएकतीस जना कविले कविता वाचन गर्नु भएको थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यक्रममा नेपाल आएका भारतीय लेखक शम्भुनाथसितप्रलेसका काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य, राष्टिय परिष्द सदस्य र सल्लाहकार समेतको उपस्थितिमा २०७१ जेठ १७ गते भेटघाट तथा छलफल कार्यक्रम गरियो । नेपाली र भारतीय साहित्य तथा संस्कृतिका बीचमा रहेको समानता तथा असमानताका सम्बन्धमा चर्चा गरियो । विभिन्न पार्टीमा विभक्त भारतीय कम्युनिष्टहरु र तीसित सम्बद्ध लेखकहरुको एउटै संगठनको त कुरै छाडौँ आपसमा संवाद समेत हुन नसकेको सन्दर्भ उल्लेख गर्दै नेपालमा प्रलेसको एकीकृत अस्तित्वलाई उनले मुक्त कण्ठले प्रशंसा गरे । 

२०७१ भाद्र १७ गते काठमाडौँमा ‘समकालिन प्रगतिशील कविताका स्वरहरु’ नाममा कविगोष्ठीमा ३० जना कविहरुले कविता वाचन गर्नु भएको थियो । 

०७१ पुसमा वीरगञ्जमा मैथिली र भोजपुरी साहित्यमा प्रगतिशीलता शीर्षकमा केन्द्रित भई रोशन जनकपुरी र गोपाल ठाकुरका दुई कार्यपत्र प्रस्तुति तथा छलफल गरियो ।

०७१ माघ २४ गते काठमाडौँमा विशेष कविगोष्ठी सम्पन्न । 

२०७२ साउन २३ गते भक्तबहादुर नेपालीको ‘रहरका सुसेलीहरू’ कविता संग्रह सार्वजनिक ।कार्यक्रममा प्रमुख अतिथि मोदनाथ प्रश्रित र समीक्षकहरूमा प्राडा जीवेन्द्रदेव गिरी तथा प्राडा सुधा त्रिपाठी हुुनुहुन्थ्यो ।

२०७२ श्रावण ३० गते काठमाडौँमा नेपाल भाषा साहित्यमा प्रगतिशीलता विषयक विचारगोष्ठीे । चन्द्रमान बज्राचार्यद्वारा कार्यपत्र प्रस्तुति तथा मल्ल के सुन्दर र प्रेमशान्ति तुलाधरद्वारा कार्यपत्रमाथि टिप्पणी ।

२०७२ असोज ५ गते ‘प्रगतिशील साहित्य लेखन र यसका चुनौतीहरू’ विषयक विचारगोष्ठीमा डा. रामप्रसाद ज्ञवालीद्वाराप्रस्तुत कार्यपत्रमाथिआहुति, जगदीशचन्द्र भण्डारी र हेमनाथ पौडेललेटिप्पणी गर्नु भएको थियो ।

२०७२ मङ्सिर २६ गते काठमाडौँमा वरिष्ठ प्रगतिवादी साहित्यकार तथा पत्रकार शक्ति लम्सालको स्मृतिमा कार्यक्रम । साहित्यकारद्वय निनु चापागाई र जगदीशचन्द्र भण्डारीका साथै लम्सालकी जीवन संगिनी कृष्णाले शक्ति लम्सालका विषयमा बोल्नु भएको थियो ।

२०७२माघ २ र ३ गते नेपालगञ्जमा कविता तथा आख्यानसम्बन्धी प्रशिक्षण सम्पन्न गरियो । कार्यक्रममा प्राध्यापक डा. ताराकान्त पाण्डेले कवितासम्बन्धी र समालोचक धनप्रसाद सुवेदीले आख्यानसम्बन्धी विधागत प्रशिक्षण दिनुभएको थियो । कवि पुरुषोत्तम सुवेदी र विष्णु भण्डारीले कविता र आख्यान लेखनका आ–आफ्ना सिर्जना अनुभव सुनाउनु भएको थियो । प्रलेसका अध्यक्ष अमर गिरीले सारभूत मन्तव्य राख्नु भएको थियो । 


(ख) प्रलेस स्थापना दिवसका अवसरमा साहित्यकारहरूलाई प्रलेस पुरस्कार प्रदान गरियो । 
२०७० सालमा शार्दूल भट्टराईलाई । 
२०७१ सालमा प्रभात सापकोटालाई । 
२०७२ सालमा पोषराज पौडेललाई । 

(ग) प्रलेसका दुइटा अङ्क (पूर्णाङ्क २० र २१) प्रकाशित गरियो । 

(घ) प्रेस वक्तव्य तथा विरोध ः 
१. इजरायलद्वारा प्यालेस्टाइनमाथि गरिएको बर्बरतापूर्ण आक्रमण तथा आम नरसंहारको तिब्र भत्र्सना गर्दै र सो  आक्रमण तत्काल बन्द गर्न जोडदार माग गर्दै २०७१ साउन ८ गते एउटा प्रेस विज्ञप्ति जारी गरियो । त्यसमा आफनो भूमिकालाई अझ प्रभावकारी बनाउन र आक्रमण अन्त्यका निमित्त सशक्त हस्तक्षेप गर्न संयुक्त राष्ट्र सङ्घसँग आग्रह समेत गरिएको थियो ।  

२.२०७२ असोज १५ गते भारतीय नाकाबन्दीको विरुद्ध प्रेस वक्तव्य जारी गरियो । असोज २२ गते प्रगतिशील लेखक सङ्घको अगुवाइमा साहित्य सन्ध्या, युद्धप्रसाद मिश्र प्रतिष्ठान, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, राष्ट्रिय जनसाहित्यिक मञ्च, प्रतिभा प्रवाह, साहित्य सदन, रमेश विकल साहित्य प्रतिष्ठान, नागार्जुन साहित्य प्रतिष्ठान, सिस्नुपानी नेपाल, त्रिशुली वाङ्मय प्रतिष्ठान, स्रष्टा समाज नेपाल, पारिजात स्मृति केन्द्र, क्रान्तिकारी सांस्कृतिक विङ्स, उन्मुक्त पुस्ता, काव्य शिविर, नेपाली साहित्य घर, घनश्याम सांस्कृतिक प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान, नेपाल साहित्यिक पत्रकार सङ्घ, कौशिकी साहित्य प्रतिष्ठान, जनमत वाङ्मय प्रतिष्ठान र इच्छुक सांस्कृतिक प्रतिष्ठान समेतका संस्थाहरूको संयुक्त बैठक बसी भारतीय नाकाबन्दीका विरुद्ध एकताबद्ध भई कार्यक्रम गर्ने निर्णय भई असोज २३ गते संयुक्त रूपमा प्रेस वक्तव्य जारी गरियो । यही बैठकको निर्णय बमोजिम विरोधको स्वरलाई अझ व्यापकता दिने उद्देश्यले नेपाली लेखक संघसित समेत सहकार्य गरी असोज २५ गते भारतीय दूतावास लैनचौरको अगाडि गई लेखकहरूको व्यापक उपस्थितिमा कालो पट्टी बाँधियो ।

(ङ) ‘नेपालमा प्रगतिशील साहित्यको इतिहास’ लेखन कार्य प्रारम्भ । 
प्रगतिशील साहित्यिक आन्दोलनले थुप्रै प्रगतिशील स्रष्टाहरुलाई जन्माएको छ । हामीसित गर्वले शिर ठाडो पारेर नाम लिन योग्य थुप्रै स्थापित साहित्यकारहरु हुनुहुन्छ । हामीसित समाज रुपान्तरणका निमित्त मार्गदर्शन गर्न सक्ने उच्च कलाले युक्त सुविचारित साहित्यिक कृतिहरु छन् । हामीसित गौरवमय साहित्यिक सांस्कृतिक आन्दोलनका अनुभव छन् । त्याग, वीरता र बलिदानमा अजेय क्रान्तिकारी साहित्यकार सहिद पनि हामीसितै छन् । हामीले श्रेष्ठता हासिल  नगरेको साहित्यको कुनै विधा छैन । नित्य नवीनताका अन्वेषक युवा साहित्यिकहरुको सबभन्दा विशाल पंक्ति पनि हामीसितै छ । यति भएर पनि हामीसित प्रगतिशील साहित्यको एकीकृत र व्यवस्थित इतिहास थिएन । दशकौँदेखि खड्केको यो आवश्यकता परिपूर्तिका निमित्त ठोस पहलकदमी लिन खोज्दा खोज्दै पूर्व अध्यक्ष घनश्याम ढकालको असामयिक निधन भएकाले अधूरो रहेको इतिहास लेखन कार्यलाई अगाडि बढाइएको छ । 

२०७१ असोज २२ गते काठमाडौँमा ‘प्रगतिशील साह्रित्यको इतिहासलेखन’ सम्बन्धमा प्रा.डा. ताराकान्त पाण्डेयले तयार पार्नु भएको सैद्धान्तिक आधारपत्रमाथि छलफल भएपश्चात् प्रायोगिक आधार तयार पार्नका निमित्त अमर गिरीको नेतृत्वमा डा. ताराकान्त पाण्डे, हेमनाथ पौडेल, रमेश भट्टराई, श्रीधर गौतम, गोपाल ठाकुर र सीता शर्मा सदस्य रहेको समिति गठन गरियो । यो समितिको बैठकले प्रायोगिक आधार तयार पार्ने जिम्मापनि ताराकान्त पाण्डेलाई नै दियो र उहाँबाट प्राप्त आधारपत्रमाथि छलफल गरी सचिवालयको बैठकले विभिन्न भाषा, लेखकहरू र विधा तोक्ने काम सम्पन्न भई लेखकहरूसित सम्झौता पनि भइसकेको छ । जुन यस प्रकार छ । 




भाषा लेखक
मैथिली— रमेशरञ्जन झा
भोजपुरी— गोपाल ठाकुर 
तामाङ — अमृत योन्जन
नेवार— चन्द्रमान बज्राचार्य
गुरुङ — रत्नबहादुर गुरुङ
मगर— लोकबहादुर थापा
राई— भोगीराज चाम्लिङ
लिम्बु भाषा — विजय सुब्बा
थारु— महेश चौधरी 
नेपाली—
विधा लेखक
कविता— ताराकान्त पाण्डे
महाकाव्य÷खण्डकाव्य—रामप्रसाद ज्ञवाली
कथा— गोपीन्द्र पौडेल
उपन्यास— रमेश भट्टराई
निबन्ध— धनप्रसाद सुवेदी 
गीत÷गजल— विष्णु ज्ञवाली
समालोचना— हेमनाथ पौडेल
नाटक— कपिल लामिछाने
बालसाहित्य— विनय कसजु 
साहित्यिक सङ्गठन÷आन्दोलन—सुकुम शर्मा


लेखकहरूले प्रलेसलाई नै सर्वाधिकार दिन राजी हुनु भएका कारणले यो ऐतिहासिक ग्रन्थ प्रलेसको नियमित आर्थिक स्रोत पनि बन्न सक्नेछ ।

(च)  जिल्लास्तरमा भएका कार्यक्रम तथा प्रकाशन । 

१) प्रलेस कास्कीको आयोजनामा पारिजात स्मृति दिवस विशेष कार्यक्रम, प्रगतिवादी कवि हरिहर ‘सविता’को एकल कविता वाचन, होमनाथ सुवेदीद्वारा लिखित ‘विज्ञान कथा’ को विमोचनका तथा परिचर्चा, ‘माक्र्सवाद र बुद्ध दर्शन’ तथा ‘पूर्वीय दर्शनमा भौतिकवाद’ विषयक अन्तरक्रिया, पारिजातको बाह्रौं स्मृति दिवस समारोह, भारतले अघोषित रुपमा नेपालमाथि लगाएको नाकाबन्दीको विरुद्ध प्रेस विज्ञप्ति प्रकाशित, ‘सांस्कृतिक रुपान्तरणमा स्रष्टाहरुको भूमिका’ शीर्षकमा बृहत् अन्तरक्रिया लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन् । जनकवि गोकुल जोशीको जन्मस्थल तनहुँको राइपुरमा गोकुल प्रतिष्ठानको गठन तथा गोकुल प्रतिमा र स्मृति पार्क निर्माणका लागि अक्षय कोष स्थापना गरिएको छ । प्रलेस कास्कीको मुखपत्र ‘साहित्य–प्रभा’ को चौथो अङ्क प्रकाशित भएको छ ।

२. प्रलेसचितवनको आयोजनामा पारिजात स्मृति दिवसका अवसरमा पारिजातको व्यक्तित्व तथा कृतित्वमाथि विमर्श तथा ‘माक्र्सवादी सौन्दर्यशास्त्रका प्रतिमान’ शीर्षकमाथि बहस, कवि केशव सिलवालको एकल कविता वाचन, ‘प्रगतिवादी साहित्य र महिलालेखन’ विषयक बहस,‘प्रलेस चितवन’को प्रकाशन तथालोकार्पण, प्रगतिशील स्रष्टा श्री जगतबहादुर श्रेष्ठलाई ‘श्रीप्रसाद तथा रेणुका रेग्मी स्मृति पुरस्कार’ प्रदान तथा श्री टंक ढकाल ‘तितेपाती’को कविता कृति ‘मान्छे अनि मान्छे’ र ‘मान्छे र समय’ नामक दुई वटा कविता कृति लोकार्पण, कवि सुमनराज श्रेष्ठको कविता सङ्ग्रह ‘सपनाहरूको ह्याङ्गओभर’ प्रकाशन तथा विमोचन, ‘पारिजातः आयाम र प्रवृत्ति’ विषयक बहस, कवि भूपाल राईको कविता ‘आगोले जन्मोत्सव मनाउँदैन’ माथि विमर्श,े नाकाबन्दी विरूद्ध ‘सडकमा कविता’, कवि प्रकाश चापागाईंको एकल कविता वाचन, ‘गणतन्त्र पछिका कविता’ विषयक बहस, उ.मा.वि. स्तरीय कविता प्रतियोगिता, वरिष्ठ प्रगतिवादी साहित्यकार पोषराज पौडेलको आत्मकथा ‘अतीतका पानाहरू’ माथि अन्तरक्रिया लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन् । मुखपत्रको रूपमा (प्रलेस)को तेस्रो र चौथो अङ्क प्रकाशन भएको छ ।
३. प्रलेस तनहुँको मुखपत्रको रुपमा ‘प्रगतिपथ’ पत्रिकाको पहिलो अङ्क जनकवि गोकुल जोशी विशेषाङ्कका रूपमा प्रकाशन तथा विमोचन र कवि गोष्ठी लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन् । २०७२ असोज ९ गते शनिबार प्रलेस तनहँुको दोस्रो जिल्ला सम्मेलनले आकाश अधिकारीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । 

४. प्रलेस सुनसरीले २०६९ देखि २०७२ सम्ममा दर्जनौ कार्यक्रम सम्पन्न गरेको छ । जसमा शोकसभा, एकल कविता वाचन, समस्यामा परेका लेखकहरूका निम्ति आर्थिक सहयोग सङ्कलन, कविगोष्ठी, कृति विमोचन, समसामयिक विषयमा छलफल तथा अन्तरक्रियाहरू, उल्लेख्य योगदान गरेका स्रष्टाहरूलाई सम्मान आदि रहेका छन् । यी गतिविधिहरू प्रलेस सुनसरीको मुखपत्र ‘स्रष्टा सङ्गम’ २०७२, वर्ष १६ अङ्क ५ मा सविस्तार उल्लेख भएको छ । 

५.प्रलेस कैलालीमा २०७१ माघ १६ गते तेस्रो जिल्ला सम्मेलनबाट बाबुराम आचार्यको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन, २०७२ वैशाख ५ गते साहित्यकार पारिजातको व्यक्तित्व र कृतित्वमाथि चर्चा परिचर्चा, २०७२ जेष्ठ १५ गते गणतन्त्र कविगोष्ठी तथा ‘परिवर्तनका स्वरहरू’गजल सङ्ग्रह विमोचन, २०७२ पौष ४ गते ‘सामाजिक सदभाव तथा राष्ट्रिय स्वाभिमान’ कविगोष्ठी तथा २०७२ माघ १६ गते सहिद दिवसका अवसरमा कविगोष्ठी सम्पन्न भएका छन् ।



३. प्रलेसको चुनौती र सम्भावना 

(क) वैचारिक पक्ष ।वैचारिक सुस्पष्टताले युगबोध र दिशाबोध गराउँछ । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणबाट मात्रै जीवन र जगतलाई सही ढङ्गले बुझ्न र बदल्न सकिन्छ । वर्तमानको अग्रगामी शक्ति र पश्चगामी शक्ति कुन हो ? समाजको मुख्य द्वन्द्व के हो ? कोसित मिल्ने र कसलाई प्रहार गर्ने ? जस्ता प्रश्नहरू वर्गीय समाजमा वर्ग संघर्षका लागि आधारभूत प्रश्न हुन् । वैचारिक सुस्पष्टताविना यी प्रश्नको हल खोज्न र सामन्तवाद तथा साम्राज्यवादको जाल प्रपञ्चलाई छिचोलेर अगाडि बढ्न सकिँदैन । वर्गपक्षधरताको विषय माक्र्सवादी लेखकहरूका लागि निर्विवाद विषय हो । यो सुस्पष्टताको अभावमा साहित्यमा यथार्थको कलात्मक प्रतिबिम्बन सम्भव छैन ।

लेखकहरूलाई वैचारिक र सांस्कृतिक रूपले सुदृढ पार्ने विषय हाम्रा आन्तरिक चुनौती हुन् भने प्रतिध्रुबबाट व्यापक रूपमा आइरहेको उत्तरआधुनिकतावादी तथा उपभोक्तावादी विचार र संस्कृतिका विरुद्धमा सशक्त सिर्जनात्मक गरेर जाने विषय वाह्य चुनौती हो । पठन संस्कति तथा वैचारिक बहसलाई व्यवस्थित तथा व्यापक पारेर मात्र यो आन्तरिक चुनौतीको र योजनावद्ध ढङ्गले विचारधारात्मक तथा सांस्कृतिक प्रतिरोधद्वारा बाह्य चुनौती सामना गर्न सम्भव छ । 

(ख) सिर्जनात्मक पक्ष । प्रगतिवादी साहित्य सिर्जनाका तीन चरण हुन्छन्– जनताको माझबाट कच्चा सामग्रीको संकलन, प्रगतिवादी विचार र कलाचेतनायुक्त साधनाद्वारा संकलित सामग्रीलाई साहित्यिक कृतिमा रूपान्तरण र जसलाई जगाउन र जुटाउनका लागि लेखिएको हो तिनका माझमा वितरण । प्रगतिवादी रचना प्रक्रियामा जनताबाट सिक्ने र जनतालाई सिकाउने काम समानान्तर रूपमा सम्पन्न भइरहेको हुन्छ । 
प्रगतिवादी लेखन उद्देश्यपूर्ण लेखन हो । यो सबैखाले शोषण, दमन र उत्पीडनका विरुद्धमा वैचारिक तथा सांस्कृतिक लडाइँ पनि हो । यस्तो लेखनमा सुविचारित ढङ्गले समाज र समयको आवश्यकता अनुसारका विषयवस्तुको छनोट तथा प्रस्तुत गरिन्छ । यस्तो लेखन सामाजिक यथार्थको कलात्मक प्रतिबिम्बन हो । सामाजिक द्वन्द्वलाई यथातथ्य बोध गरी परिपुष्ट साधनाद्वारा अन्तरवस्तु र रूपको सुन्दर संयोजनबाट मात्र उत्कृष्ट प्रगतिवादी साहित्यको रचना सम्भव छ । श्रमजीवी जनतासित जीवन्त संवाद, सही विषयवस्तुको चयन र साधनाको परिपाक गर्ने विषयलाई मूर्तीकरण गर्ने प्रश्न नै आजको मुख्य सिर्जनात्मक चुनौती होे । प्रगतिवादी शिविरमाथि भइरहने वैचारिक आक्रमणलाई निस्तेज पार्ने कार्य अर्को चुनौती हो ।  राम्रो होस् वा नराम्रो जुनसुकै सिर्जनामाथि प्रतिक्रियाहीनताको अन्त्यद्वारा यो चुनौतीको सामना गर्न सकिन्छ । 
(ग) सङ्गठनात्मक पक्ष । ‘प्रगतिशील लेखक सङ्घ नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको लागि समुन्नत संस्कृति निर्माण गर्ने तर्फ प्रतिबद्ध व्यापक प्रगतिवादी सांस्कृतिक शिविर भित्रको एक साझा सङ्गमथलो हो । विभिन्न दृष्टि, चिन्तन, रूचि र शैलीहरूको उपस्थितिका कारण यो निद्र्वन्द्व र एकात्मक चिन्तन र शैलीयुक्त थलो कदापि हुन सक्तैन ।’ (प्रलेस ः तेस्रो राष्ट्रिय सम्मेलन अङ्क, २०५०, पृष्ठ १६) । यसका आफ्नै सामथ्र्य र सीमाहरू छन् । प्रलेसभित्र अनेक मतभेदहरू छन् । ती मतभेदहरूलाई नदेखेझैँ गरी चुपचाप हिडिमात्रै रहने हो भने यसको रूपान्तरणकारी भूमिका माथि प्रश्न गर्नु पर्ने हुन्छ भने ढङ्ग नपु¥याईकन प्रतिवाद गर्दा सङ्गठनको अस्तित्व सङ्कटमा पर्न सक्छ । यसको क्रान्तिकारी चरित्रको रक्षासहित सङ्गठन निर्माण तथा परिचालनका सन्दर्भमा द्वन्द्वात्मक एकताको सिद्धान्तलाई व्यवहारमा कसरी प्रयोग गर्ने ? भन्ने नै यसको सङ्गठनात्मक चुनौती हो ।  हाम्रा मतभेदहरू आपसी वैमनष्य बढाउनका निमित्त होइनन् । स्वस्थ बहस चलाएर तथ्य अन्वेषण गर्नका निमित्त हुनुपर्छ । 
हाल प्रलेस सङ्गठनका दुई तह छन्– केन्द्र र जिल्ला । ४० वटा जिल्लामा प्रलेसका शाखाहरू छन् । लेखकहरूको उपस्थिति रहेका बाँकी जिल्लामासङ्गठन निर्माण गर्दै जानु पर्ने छ । देश संघीयतामा जाने स्थितिमा यसको सांगठनिक स्वरूप बदल्नु पर्ने हुन्छ । 
४. प्रलेसको आगामी कार्यभार 
यो कार्यकालमा निरन्तर रूपमा कार्यक्रमहरू भइरहेको तथ्य माथि आइसकेको छ । वैचारिक, साङ्गठनिक र सिर्जनात्मक कार्य आवश्यकता अनुसार नियमितता दिँदै जानु पर्ने सामान्य विषय हुन् । यो कार्यकालमा तीन चिजलाई विशेष महत्व दिइएको थियो— (१) नेपालमा प्रगतिशील साहित्यको इतिहास लेखन तथा प्रकाशन, (२) प्रलेसको स्थायी कार्यालयको निर्माण र (३) अन्तरराष्ट्रिय प्रगतिशील साहित्यिक सङ्गठनसित भाइचारा सम्बन्धको स्थापना । 

इतिहास लेखनका सन्दर्भमा प्रलेसको बाँकी कार्यभार भनेको तोकिएका इतिहास लेखकहरूसित तोकिएका विषयको इतिहास तोकिएको समयमा प्राप्त गरी प्रकाशन गर्नु हो । 

जग्गा व्यवस्थापन सन्दर्भ । साठी वर्षभन्दा लामो इतिहास बोकेको, करीब सबैजसो वामपन्थी लेखकहरुको साझा मोर्चा बनेर रहेको प्रगतिशील लेखक संघ जहिले पनि भाडामा कोठा खोज्दै बिरालाले बच्चा सारेझैँ सामान बोक्दै दगुर्दै गर्नु पर्ने अवस्थालाई अन्त्य गर्नु अत्यन्त जरुरी थियो । प्रयत्न गर्दा गर्दै पनि यो कार्य सम्पन्न हुन सकेन । आगामी कार्यकालमा जग्गा खोजको प्रयत्नलाई घनीभूत बनाएर जानु पर्ने छ । 

अन्तरराष्ट्रिय प्रगतिशील साहित्यिक सङ्गठनसित भाइचारा सम्बन्ध स्थापनाको सन्दर्भ । बाङ्गलादेशको ढाकामा २०७२ फागुन ७ र ८ गते भएको साम्राज्यवाद तथा साम्प्रदायिकतावाद विरोधी दक्षिण एसियाली सांस्कृतिक सम्मेलनमा भेटिएका भारत, पाकिस्तान, बाङ्गलादेश र श्रीलङ्काका लेखकहरूसितको छलफलमा दक्षिण एशियाली प्रगतिशील लेखक संघ गठन गर्ने विषय महत्वका साथ उठेको थियो । प्रलेसका तर्फबाट औपचारिक र आधिकारिक रूपमा गएको नभए पनि उक्त कार्यक्रममा प्रलेसका अध्यक्ष अमर गिरी, महासचिव मित्रलाल पंज्ञानी, सचिवालय सदस्य अमर गिरी र प्रगतिशील आख्यानकार युग पाठकको उपस्थिति रहेका कारण दक्षिण एसियामा प्रगतिशील लेखक सङ्घ गठन गर्ने विषय उठ्नु उठाइनु स्वाभाविक थियो । यो आगामी कार्यकालमा गर्नै पर्ने र कस्सिएर आँट्ता गर्न सकिने काम हो । 

धन्यवाद !
२०७२ चैत्र २६–२७

=======================================



प्रगतिशील लेखक सङ्घको दसौँ राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित केन्द्रीय समिति र राष्ट्रिय परिषदको नामावली 
-------------------------------------------





2 comments:

  1. कति गजबको ब्लग हाम्रो प्रलेसको वाह।

    ReplyDelete
    Replies
    1. सर, यसमा पहिलो पाइलो राख्न तपाईंले सिकाउनु भएको हो । हामीलाई अहिले धेरै सजिलो भएको छ । तर , दुखको कुरो समकालीन साहित्यका लागि सरको एउटा कथा प्राप्त गर्न सकिएन ।

      Delete