Thursday, June 12, 2025

प्रगतिशील लेखक संघको केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न


काठमाडौं, २९जेठ । प्रगतिशील लेखक संङ्घ १३ औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले मोननित गरेका सल्लाहकार समितिको प्रथम वैठक सम्पन्न भएको छ । उक्त वैठक संघका अध्यक्ष डा. देवि दुलालको अध्यक्षतामा सम्पन्न भएको हो भने बैठकमा पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।

उक्त बैठकमा संगठन सुदृढीकरण, समसामयिक साहित्यिक र राजनीतिक , भवन निर्माणका विषयमाथि छलफल गर्नुका साथै आगामी केन्द्रीय समितिलाई अघाडी वढ्न कार्यदिशा तय गर्ने विषयमा महत्वपूर्ण मानिएको छ । बैठकले संघलाई विचार, सिर्जना र संगठनका माध्यमबाट अझ क्रियाशील बनाउन आवश्यक रणनीति निर्माण सल्लाहकार समितिकाे रहेन समेत निर्णय लिएको छ ।

नवगठित सल्लाहकार समितिमा विभिन्न क्षेत्रका अनुभवी, योगदानशिल र मार्गदर्शक भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ। संघले यस्ता सल्लाहकारहरूको सुझाव र सल्लाहबाट संगठनात्मक र सिर्जनात्मक अभ्यासलाई अझ सशक्त बनाउन सकिने विश्वास लिएको छ।

वैठकमा पूर्वअध्यक्षहरु अमर गिरी , जितेन्द्र देव गिरी , मधुसूदन गिरी , मातृका पोखरेल लगायतका विसिष्ठ ब्यक्तिहरुको उपस्थित रहेको थियो भने वैठकको संचालन महासचिव पारश ढकालले गरेका थिए ।

000

https://dolagiri.com बाट साभार 























Sunday, June 8, 2025

प्रलेस बैठक : कार्यविभाजनदेखि केन्द्रीय कार्यालय भवनको शिलान्याससम्म

 


काठमाडौँ । प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति बैठक कार्यविभाजनदेखि केन्द्रीय कार्यालय शिलान्याससम्मका निर्णय गर्दै सम्पन्न भएको छ ।

तेह्रौँ केन्द्रीय समितिको सो बैठक २०८२ जेठ २४ गते शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।

अध्यक्ष डा देवी क्षेत्री दुलालको अध्यक्षता रहेको सो बैठकमा निवर्तमान अध्यक्ष डा मधुसूदन गिरीको आतिथ्य रहेको थियो ।

बैठकले प्रलेसको स्थापना दिवसको अवसर पारेर आगामी असोज ५ गते काठमाडौँको बुढानीलकण्ठ–११ जगडोलमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने, त्यसका लागि कोषाध्यक्ष डा कृष्ण सुवेदीको नेतृत्वमा १५ सदस्यीय समिति बनाउने निर्णय भएको जानकारी दिइएको छ ।

सचिवालयमा मनोनयन

केन्द्रीय सचिवालयमा आठ जना पदाधिकारीहरू डा. देवी दुलाल क्षेत्री, समीर सिंह, डा. अमृता शर्मा, पारस ढकाल, बोधकुमार घिमिरे, कुशल बोगटी, डा. हरि तिमिल्सिना, डा. कृष्ण सुवेदीसँगै दिनेश दुलाल, शेखर अर्याल, तिला लेकाली, कल्पना पौडेल 'जिज्ञासु’, आरोह नेपाली र डिल्लीराम भण्डारीलाई मनोनित गरिएको छ ।

सल्लाहकार समिति

बैठकले ४२ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ ।

समितिमा रघुजी पन्त, प्राडा जीवेन्द्र देव गिरी, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, प्राडा गङ्गा उप्रेती, प्रा केशव सुवेदी, प्राडा ध्रुव घिमिरे, स्नेह सायमी, प्राडा विदुर चालिसे, प्रा धरणीप्रसाद गौतम, डम्बरबल्लभ भण्डारी, डा दीपक गौतम, शान्ता मानवी, डा विन्दु शर्मा, गोपीरमण उपाध्याय, रामरिझन यादव, प्राडा सुधा त्रिपाठी, दिल साहनी, मातृका पोखरेल, डा मधुसुदन गिरी, डा धनप्रसाद सुवेदी, डा गोपाल ठाकुर, महेश्वर दाहाल, डा कृष्णराज अधिकारी, ईश्वरचन्द्र ज्ञवाली, प्राडा गोपीन्द्र पौडेल, सत्या पहाडी, सीता शर्मा, डा पुष्पकरराज भट्ट, माइला लामा, शोभा दुलाल, ढुण्डिराज अधिकारी, रामप्रकाश पुरी, प्राडा श्रीधर गौतम, गिरीप्रसाद बुढा, डा अमर गिरी, राममणि पोखरेल, गोपाल बराल, शालिकराम तिमिल्सना, प्राडा देवी गौतम र प्रा जगत् प्रेक्षित रहनुभएको छ ।

विभाग गठन

क. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रमुख डा देवी क्षेत्री दुलाल

ख. प्रकाशन विभाग, प्रमुख पारस ढकाल

ग. सूचना प्रविधि तथा प्रचार विभाग, प्रमुख कुशल बोगटी

घ. महिला विभाग, प्रमुख डा. अमृता शर्मा

ङ. आर्थिक विभाग, प्रमुख डा कृष्ण सुवेदी

च. वैचारिक विमर्श तथा परिसंवाद विभाग, प्रमुख समीर सिंह ।

प्रदेश इन्चार्ज

१. कोशी प्रदेश । इन्चार्ज बोधकुमार घिमिरे, सहइन्चार्ज तिला लेकाली

२. मधेश प्रदेश । इन्चार्ज डा कृष्ण सुवेदी, सहइन्चार्ज दिनेश दुलाल

३. बागमती प्रदेश । इन्चार्ज पारस ढकाल, सहइन्चार्ज आरोह नेपाली

४. गण्डकी प्रदेश । इन्चार्ज डा अमृता शर्मा, सहइन्चार्ज निर्मल सापकोटा

५. लुम्बिनी प्रदेश । इन्चार्ज डा हरि तिमिल्सिना, सहइन्चार्ज कल्पना जिज्ञासु ‘जिज्ञासु’

६. कर्णाली प्रदेश । इन्चार्ज कुशल बोगटी, सहइन्चार्ज प्रकाश किरण

७. सुदूरपश्चिम प्रदेश । इन्चार्ज समीर सिंह, सहइन्चार्ज रमेश पन्त मितबन्धु

बैठकमा महासचिव झगिन्द्रराज ढकाल (पारस) को प्रतिवेदन पारित भएको थियो ।

000

www.yugdarshan.com  बाट 





Monday, April 7, 2025

प्रगतिशील लेखक सङ्घको तेह्रौँ राष्ट्रिय सम्मेलन सम्पन्न


प्रगतिशील लेखक सङ्घकोको तेह्रौँ राष्ट्रिय सम्मेलन काठमाण्डौमा सम्पन्न भएको छ । प्रज्ञा भवन कमलादीमा २०८१ साल चैत २३ र २४ दुई दिन चलेको सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतबार सम्पन्न भएको हो । 

प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. मधुसुदन गिरीको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख आतिथ्य सङ्घका  पूर्व अध्यक्ष निनु चापागाईंले गर्नुभएको थियो । सम्मेलनमा प्रगतिवादी साहित्यकार तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्व अध्यक्षहरू डा. अमर गिरी, मातृका पोखरेल, प्राडा जीवेन्द्रदेव गिरी, प्रगतिवादी साहित्यकार रामप्रकाश पुरी, दिनानाथ शर्मा, रामप्रसाद ज्ञवाली, शालिकराम तिमिल्सेना, कुशल बोगटीलगायतको आतिथ्य रहेको थियो । सम्मेलनको उद्घाटनसत्रमा ‘जलजला’ उपन्यासका लेखक प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सम्मेलनमा  'प्रलेस पारिजात स्मृति सम्मान' बाट शान्ता श्रेष्ठलाई ,  'प्रलेस हृदयचन्द्र सिंह  स्मृति सम्मान' बाट मातृका पोखरेललाई , 'प्रलेस युद्धप्रसाद  स्मृति सम्मान' बाट प्रा. डा. जीवेन्द्र देव गिरीलाई , 'प्रलेस श्यामप्रसाद  स्मृति सम्मान' बाट गोपीरमण उपाध्यायलाई र 'प्रलेस रमेश विकल  स्मृति सम्मान' बाट कमल जङ्गली आचार्यलाई सम्मानित गरिएको थियो ।  

उद्घाटन सत्रमा प्रलेस साहित्यिक पत्रकारिता पुरस्कार 'गण्डक आलोक'लाई , प्रलेस साहित्यिक पत्रकारिता सम्मानबाट 'ह्याक', 'रातो थुङ्गा', 'प्रलेस रुपन्देही' , 'सुखानी' र 'प्रलेस उदयपुरगढी'लाई सम्मानित गरिएको थियो । 

सम्मेलनको दोस्रो दिनको बन्दसत्रले  डा. देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा समीर सिंह र डा.  अमृता शर्मा, महासचिवमा झगिन्द्रप्रसाद ढकाल ‘पारस’, उपमहासचिवमा बोधकुमार घिमिरे, सचिवमा डा.  हरिप्रसाद तिमिल्सिना र कुशल बोगटी एवम् कोषाध्यक्षमा डा.  कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ चयन भएका छन् ।

कार्यसमितिको सदस्यमा कल्पना पौडेल ‘जिज्ञासु’, ऋतु केसी, प्रदीप प्रधान, तिला लेकाली, भउचप्रसाद यादव, अच्युत घिमिरे, निर्मल सापकोटा, रामप्रसाद अर्याल, प्रकाश किरण, गङ्गा रिजाल, डा प्रतिभा पुन, मायामितु न्यौपाने, देव गजमेर, शेखर अर्याल, दिनेश दुलाल, विमला पोखरेल, सृजना अनमोल, विमला विश्वकर्मा, भीम रानाभाट, डा पूर्ण भण्डारी, मणि अर्याल, सिर्जन श्री, गोविन्द अर्याल, राजेन्द्र सर्वहारा, रमेश पन्त ‘मितबन्धु’, दुर्गा परियार, आरोह नेपाली, मुक्तान थेबा, करण दयाल र डिल्लीराम भण्डारी छन् ।

प्रलेसको विधानअनुसार गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्याय, बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दना, कर्णाली प्रदेशका अध्यक्ष युद्धविक्रम शाही, कोशी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’, लुम्बिनी प्रदेशका अध्यक्ष डा.  मुरारी पराजुली, मधेस प्रदेशका अध्यक्ष नारायणप्रसाद घिमिरे र सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा ‘कल्प’ सात प्रदेश समितिका अध्यक्ष समेत केन्द्रीय समितिमा छन् ।

सम्मेलनले ४६ सदस्यीय राष्ट्रिय  परिषद पनि  चयन गरेको छ ।

राष्ट्रिय परिषदमा  दिनेश थापा, समष्टि बुढा, सीता बुढा, तारामणि न्यौपाने, देवेन्द्र कुँवर, डी पी शर्मा, माधव पोखरेल गोज्याङ्ग्रे, विदुर सुवेदी , सिर्जना सरोवर, मनोज पोखरेल, केशु कार्की, विश्वनाथ तामाङ, जुना खड्का, शम्भु अर्याल, लेकप्रसाद प्याकुरेल, देवीराम बन्जाडे, जागेश्वर नेपाल, कविराज भट्ट, हिमालय पौडेल, दिल पौडेल, नानुमैया दाहाल, लक्ष्मी रूम्बा र श्रीराम अधिकारी छन् ।

त्यसैगरी जनक साउद, दिनेश नागरी, आकाश अधिकारी, सन्तोष सिम्खडा, जीवछ उदासी, कुमारसिंह राई, नगेन्द्रप्रसाद आचार्य, यश लामा, दामोदर पौडेल, विद्या भण्डारी, रञ्जन घिमिरे, प्रेमबहादुर सिंह, यदुनाथ बसन्तपुरे, छन्दविज्ञान निरौला, शुष्मा तिमिल्सिना, ध्रुव रायमाझी, खोमा तरामुमगर, ज्ञान केसी, भीम भारती, ममता सुर्खेती, कपिल शिवाकोटी, कृष्ण राना र घनश्याम मिश्र पनि राष्ट्रिय परिषदमा रहेका छन् ।

अध्यक्ष डा. देवी दुलाल क्षेत्री, सचिव डा. हरिप्रसाद तिमल्सिना र कोषाध्यक्ष डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) नेकपा एमालेको सांस्कृतिक संगठनका तर्फबाट पदाधिकारीमा चयन भएका हुन् । त्यसैगरी उपाध्यक्ष डा. अमृता शर्मा र महासचिव झगिन्द्रप्रसाद ढकाल 'पारस' नेकपा माओवादी केन्द्रको सांस्कृतिक संगठनका तर्फबाट पदाधिकारी चयन भएका हुन् भने उपाध्यक्ष समीर सिंह नेकपा मसालको सांस्कृतिक संगठनका तर्फबाट , उपमहासचिव बोधकुमार घिमिरे नेकपा एकीकृत समाजवादीको सांस्कृतिक संगठनका तर्फबाट एवम् कुशल बोगटी नेपाल कम्युनिष्ट पार्टीको सांस्कृतिक संगठनका तर्फबाट प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय समितिको पदाधिकारीमा चयन भएका हुन् ।

000 




































प्रगतिशील लेखक सङ्घ, नेपालको १३औं राष्ट्रिय सम्मेलनबाट  निर्वाचित केन्द्रीय समितिलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री कमरेड प्रचण्डले चैत २६ गते एक कार्यक्रमका बीच स्वागत गर्नुका साथै कार्यसफलताको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

बधाई तथा शुभकामना कार्यक्रमका तस्बिरहरू :