काठमाडौँ / वि. सं. २०८३ साल आश्विन ५ गते
प्रगतिशील लेखक सङ्घ (प्रलेस), नेपालले आफ्नो ७५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ ।
विशेषाङ्क विमोचन र हीरक वर्षको रूपरेखा
000
https://www.sindhujwala.com बाट साभार
काठमाडौँ / वि. सं. २०८३ साल आश्विन ५ गते
प्रगतिशील लेखक सङ्घ (प्रलेस), नेपालले आफ्नो ७५औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ ।
विशेषाङ्क विमोचन र हीरक वर्षको रूपरेखा
000
https://www.sindhujwala.com बाट साभार
राहुल सांकृत्यायन केवल एक साहित्यकार वा इतिहासकार मात्र थिएनन्, उनी वैज्ञानिक चेतना, तर्कशीलता र सामाजिक रूपान्तरणका अनवरत अभियन्ता थिए। व्यक्तिगत जीवनमा सत्ता, प्रतिष्ठा र सुविधाका अनेक अवसर प्राप्त हुँदाहुँदै पनि उनले सम्झौतापरस्त र अवसरवादी राजनीतिलाई कहिल्यै स्वीकार गरेनन् । भारतीय राष्ट्रिय काङ्ग्रेससँग जोडिएका बेला पनि व्यक्तिगत लाभभन्दा समाज परिवर्तनको अभियानलाई प्राथमिकता दिए। उनको प्रसिद्ध कृति भागो नहीं, दुनियाँ को बदलो ले व्यक्त गरेको जस्तै उनी आफ्नो सम्पूर्ण जीवन समाज परिवर्तनको यात्रामै समर्पित रहे ।
काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा राष्ट्रिय साहित्यिक विचारगोष्ठी सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ लेखक झलनाथ खनालको प्रमुख आतिथ्यमा २०८३ जेठ १० गते सुकेधारामा सो कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन सत्र
बुढानीलकण्ठ नगरपालिकाको सहयोगमा अघि बढेको उक्त कार्यक्रमको पहिलो सेसनको उद्घाटन प्रमुख अतिथि खनालले आफ्नो ‘महाविष्फोट’ शीर्षकको कविता वाचन गरेर गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले कुनै पनि साहित्यलाई युगीन चरित्रको आधारमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।
नेपालमा २०६२–६३ सालमा क्रान्ति नै भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो– त्यतिखेर क्रान्ति भयो तर त्यो क्रान्ति कम्युनिस्ट पार्टीले गरेनन् । पुँजीवादी क्रान्ति भयो । त्यो नयाँ जनवादी क्रान्ति थिएन ।’
उहाँले अबको प्रगतिशील साहित्य सिर्जना गर्दा २०६२–६३ सालको परिवर्तनपछिको अवस्थालाई ख्याल गरिनुपर्ने बताउनुभयो ।
फरक प्रसङ्गमा उहाँले जेनजी आन्दोलनपछि अब राजनीतिक दलको नेतृत्वमा युवालाई समेट्नुपर्ने युगीन अवस्था आइपरेको विचार व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले प्रलेसजस्तो साझा सङ्गठनको महत्त्व अझै पनि यथावत् रहेको धारणा उहाँको थियो ।
श्यामप्रसादले २००९ सालमा स्थापना गरेको साझा वामपन्थी साहित्यकारको यो सङ्गठनलाई निरन्तरता दिइनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षता तथा महासचिव डा. पारस ढकालको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई उपाध्यक्ष समीर सिंहले स्वागत गर्नुभएको थियो ।
राष्ट्रियगान वाचन तथा सहिदको सम्मानमा एक मिनट मौनधारणसँगै अघि बढेको सो कार्यक्रमलाई बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखाका प्रमुख ललितविक्रम सिंह, विशिष्ट अतिथि कन्फ्युसियस सेन्टरका कोअर्डिनेटर क्यू वाङ मिङ, नेपाली लेखक सङ्घका कार्यवाहक अध्यक्ष मनोज न्यौपाने, राष्ट्रिय सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्य, साहित्य सदनका अध्यक्ष हेमनाथ पौडेल, रक्तिम सांस्कृतिक अभियानका प्रकाश थापामगर र जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी मल्लले शुभकामना दिनुभएको थियो ।
गोष्ठी सत्र
कार्यक्रमको दोस्रो सत्र विचारगोष्ठीको रहेको थियो ।
कार्यक्रममा पहिलो कार्यपत्र प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेलको थियो । उहाँको कार्यपत्रको शीर्षक रहेको थियो– “प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा” । कार्यपत्रमाथि प्रगतिशील साहित्यकार सीता शर्माले टिप्पणी गर्नुभएको थियो ।
दोस्रो कार्यपत्र प्रा.डा. विदुर चालिसेको थियो । “बुढानीलकण्ठ नगरपालिका – प्रगतिशील साहित्य” शीर्षकको सो कार्यपत्रमाथि अर्की साहित्यकार नर्मदेश्वरी सत्यालले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमाम हाउसबाट सुझाव सङ्कलन गरिएको थियो । त्यस क्रममा जगत् वाशिष्ठ, गोपालकुमार मैनाली, वासुदेव अधिकारी, डा. फणिन्द्र निरौला, सुधा मैनाली, माधव प्रधान, डम्बर पहाडी (एलाक), प्रवीन जोशी, लोकबहादुर थापा, प्राडा जीवेन्द्रदेव गिरी र कृष्ण धारावासीले पूरक जिज्ञासा राख्नुभएको थियो ।
जिज्ञासाको बारेमा कार्यपत्र प्रस्तोता पोखरेल र चालिसेले सङ्क्षिप्त स्पष्टीकरण दिनुभएको थियो ।
सामना सांस्कृतिक परिवारका आरोह नेपाली र जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष नमुना शर्माले कार्यक्रममा गीत प्रस्तुत गर्नुभएको थियो ।
000
www.yugdarshan.com बाट साभार
काठमाडौँ । सरकारले वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन नगरी डोजर चलाएको विरोधमा प्रगतिशील लेखक सङ्घले देशव्यापी साहित्यिक प्रतिरोध गरेको छ ।
२०८३ जेठ ३ गते आइतबार प्रलेसले काठमाडौँसँगै साथै देशका विभिन्न स्थानमा कविता वाचन कार्यक्रमसँगै सो कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौँको शान्तिवाटिकामा सम्पन्न कार्यक्रममा उपत्यकाका विभिन्न प्रगतिशील स्रष्टाले कविता वाचन गर्नुभएको थियो । त्यसरी कविता वाचन गर्नेहरूमा विश्वनाथ तामाङ, कर्ण दयाल सोडारी, भक्त विश्वकर्मा, इन्दिरा अधिकारी, वैरागी जेठा, समष्टि बुढा, अम्बिका दाहाल, धनबहादुर मगर, मिसन अधिकारी, जीवनारायण खनाल, आरोह सी, नारायण शर्मा, धर्मेश पोखरेल, अनिलकिशोर घिमिरे, सुवास जिसी, भीष्म जोशी, हीरामणि दुखी, डा. कृष्ण सुवेदी, कुशल बोगटी, पारस ढकाल, डा. अमृता शर्मा, शोभा दुलाल, गोपाल बराल तथा नर्मदेश्वरी सत्याललगायत हुनुहुन्थ्यो ।
अन्तमा महासचिव पारस ढकालले धन्यवाद मन्तव्य तथा उपाध्यक्ष समीर सिंहले कविता वाचन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घका केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष मातृका पोखरेल तथा ईश्वरचन्द्र ज्ञवालीको पनि आतिथ्य रहेको थियो ।
यता, प्रलेस सुदूरपश्चिमले पनि भर्चुअल माध्यमबाट सुकुम्वासी बस्तीमाथि डोजर आतङ्कको विरोधमा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
भर्चुअल माध्यमबाट आइतबार नै सम्पन्न सो कार्यक्रमको अध्यक्षता प्रलेस सुदूरपश्चिम अध्यक्ष कोपिला शर्मा ‘कल्प’ ले र सञ्चालन गणेश ढकालले गर्नुभएको थियो ।
सङ्घका सुदूरपश्चिम इन्चार्ज समीर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि उपाध्यक्ष डा. अमृता शर्मा हुनुहुन्थ्यो ।
त्यस्तै कर्णाली प्रदेशको जाजरकोट, कालिकोटलगायतका विभिन्न स्थानमा पनि कविता वाचन कार्यक्रम सम्पन्न भएको प्रलेसले जानकारी दिएको छ ।
000
www.yugdarshan.com बाट साभार
सुकुटेमा ‘कविता साँझ’
काठमाडौँ ।