सुकुटेमा ‘कविता साँझ’
काठमाडौँ ।
प्रगतिशील लेखक सङ्घ, वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा सिन्धुपाल्चोकको सुकुटेमा ‘कविता साँझ’ कार्यक्रम गरिएको छ। स्थानीय पर्यटन तथा प्रगतिशील साहित्यलाई समन्वय गर्ने गरि सम्पन्न कार्यक्रम २०८३ वैशाख १९ र २० कार्यक्रम गरिएको हो ।
विभागको ८५ औँ ‘विचार चौतारी’ शृङ्खला अन्तर्गत भएको कार्यक्रमका प्रमुख अतिथि प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेल थिए।
कार्यक्रममा विभिन्न कविले आआफ्ना रचना सुनाएका थिए। यसरी रचना प्रस्तुत गर्नेहरूमा प्रमुख अतिथि अतिथि प्रलेसका पूर्व अध्यक्ष मातृका पोखरेलसहित ईश्वरचन्द्र ज्ञवाली, सुशीला प्रधानाङ्ग, बिन्दु शर्मा, गोपाल बराल, बाबा बस्नेत, कौशीला रिसाल, समीर सिंह, अमृता शर्मा, कृष्ण सुवेदी, नमुना शर्मा, दिनेश दुलाल, बालचन्द्र मिश्र, भोला ढकाल, कर्ण दयाल सोरारी, प्रतिभा पुन, पार्वती राउत, सुधा मैनाली, यदुनाथ बसन्तपुरे, भक्त विश्वकर्मा, विजेन्द्र विक्रम जि.सी., रमेश दाहाल, राधा कार्की, सुमन थापा ‘सङ्गम’, यादेवी ढकाल, सरस्वती शर्मा अधिकारी, वासुदेव पौड्याल, अच्युत घिमिरे, निर्मल बस्नेत, सुविन पन्त लगायत थिए।
कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घका सचिव कृष्ण सापकोटा पनि सहभागि थिए।
विभागका संयोजक सिंहको अध्यक्षता एवम् उपाध्यक्ष अमृता शर्माको सञ्चालनमा भएको कार्यक्रमका बारेमा कृष्ण सुवेदीले जानकारी गराएका थिए ।
विभागका संयोजक सिंहको अध्यक्षता एवम् उपाध्यक्ष अमृता शर्माको सञ्चालनमा भएको कार्यक्रमका बारेमा कृष्ण सुवेदीले जानकारी गराएका थिए ।
कार्यक्रमको दोस्रो दिन ‘सुकुटे कविता बिहानी’ कार्यक्रममा कविका प्रगतिशील कविता वाचन गरिएको थियो। सोही दिन सुकटे बिच रिसोर्टबाट प्रारम्भ भएर सुनकोसी बिचसम्म राफ्टिङ समेत गरिएको थियो। राफ्टिङ अवधिमा समेत कविता वाचन गरिएको थियो ।
०००
www.everestpedia.com बाट साभार

















































































No comments:
Post a Comment