प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति र भक्तपुर जिल्ला समितिको आयोजनामा २०७३ भदौ ११ गते 'राष्ट्रियता र श्रष्टाहरुको दायित्व ' विषयक गोष्ठी जिल्ला विकास समितिको सभाकक्ष , भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मार्क्सवादी सौन्दर्यचिन्तक निनु चापागाईंले पानसमा बत्ती बालेर कार्यक्रमको उद्द्घाटन गर्नुभएको थियो ।
साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले 'राष्ट्रियता र श्रष्टाहरुको दायित्व ' विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि वरिष्ठ साहित्यकार डा. विजय सुब्बा र साँस्कृतिककर्मी बन्धु चन्दले टिप्पणी गर्नुभएको थियो । कार्यपत्र र टिप्पणीहरुमाथि प्रगतिशील लेखक सङ्घका समालोचना बिधाका संयाेजक गुरुङ सुशान्तले पनि आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, भक्तपुरका अध्यक्ष मनोहर लामिछानेले स्वागत मन्तव्य र केन्द्रीय समितिका उपाध्यक्ष खेम थपलियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
गोष्ठीमा राष्ट्रियता विषयक कविता बाचन पनि गरिएको थियो । कविता वाचन गर्ने कविहरुमा अभय श्रेष्ठ , हरिहर तिमिल्सिना , रामगोपाल आशुतोष , नवीनप्रकाश श्रेष्ठ , आनन्दराम पौडेल , माधव घिमिरे ' अटल ' , डिल्लीराम ढकाल , बाबुकाजी श्रेष्ठ , शोभा दुलाल , डा . विश्वनाथ बराल , शशी लुमुम्बु , सुदेश सत्याल , मित्रलाल पंज्ञानी, मधु क्षेत्री, मुकुन्द पोखरेल , पुण्य घिमिरे ,चेतनाथ धमला, कृष्णमोहन जोशी, सीता सुवेदी , राम शिख्व , अशोक कुँवर, प्रकाशमान श्रेष्ठ हुनुहुन्थ्यो । गायक ढुण्डिराज अधिकारीले गीत प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि सौन्दर्यचिन्तक निनु चापागाईंले प्रगतिशील आन्दोलन कमजोर हुँदैगएको चिन्ता व्यक्त गर्दै वाचित कविताहरुमध्ये रूपमा राम्रा कविताहरुको अन्तर्वस्तु कमजोर रहेको र अन्तर्वस्तु सबल रहेका कवितामा कला कमजोर देखिएको धारणा राख्नुभयो । कार्यक्रममा उपस्थित सबैलाई प्रगतिशील लेखक सङ्घका भक्तपुर जिल्ला समितिका सचिब सागर गुरागाई ले स्वागत गर्नुभएको थियो ।केन्द्रीय समितिका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव आर. एम . डङ्गोलले गर्नुभएको थियो ।
=======================================
कार्यपत्र
राष्ट्रियता र स्रष्टाहरुको दायित्व
- ईश्वरचन्द्र ज्ञवाली
नेपालको राष्ट्रियताबारे वर्तमानमा भइरहेका गतिविधि र विमर्शहरु हेर्दा यो अत्यन्त संकटमा छ । मुलुकको अस्थिर र अराजक राजनीतिले आन्तरिक राष्ट्रियताका समस्या समाधान गर्न नसक्नु र साम्राज्यवादी विस्तारवादी शक्तिहरुद्वारा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै सुक्ष्म व्यवस्थापनमा समेत हात हाल्नुको परिणाम देशको स्वाधीनता, स्वाभिमान र सार्वभौमिकता प्रभावित बन्न पुगेको छ । नेपाललाई भारतर्ले भुटान झैं सुखी’ देख्न चाहेको भन्ने भनाइ भारतीय आधिकारिक व्यक्तिबाट प्रकट हुनुले भारत नेपालको राजनीति, सुरक्षा, आर्थिक व्यवस्था र सामाजिक, साँस्कृतिक क्षेत्रमा आफ्नो पकड कायम गर्न चाहन्छ भन्ने स्पष्ट हुन्छ । यसैलाई नवउपनिवेशीकरण भनिन्छ । यसो गरेर भारतले नेपालका प्राकृतिक स्रोत, सम्पदा र साधनमा एकलौटी स्वामीत्व कायम गर्न चाहन्छ । जसमा मुख्यतः जलस्रोत नै पर्दछ । नेपालको आर्थिक क्षेत्रमा भारतीय दलाल पुँजीपति वर्गको एकाधिकार कायम हुँदै आएको छ । जसमा नेपालका सामन्तवर्ग पनि सामेल हुन पुगेका छन् । हिंजो आफुलाई अब्बल राष्ट्रवादी करार गर्ने कुलीन सामन्तवर्ग पनि अब आफ्नो अस्तित्व रक्षार्थ भारतको शरणमा पर्न थालेको देखिन्छ । नेपाली राजनीतिमा पाइने दासता र दलालीको सँस्कार र परम्पराले साँस्कृतिक रुप लिंदै गएको छ । हरेक जसो दलका मुख्य, प्रभावशाली र महत्वपुर्ण नेतृत्व पङ्क्ति सत्तास्वार्थ वा अन्य प्रलोभनमा वैयक्तिक फाइदाका लागि भारतीय शासक वा सत्ताधारी वर्गको दलाली गरिरहने प्रवृत्तिले एउटा प्रधानमन्त्री फेरिंदा देशको कुनै न कुनै प्राकृतिक सम्पदा भारतलाई सुम्पने परम्परा वा चलन नै बसेको छ । हालै सत्तासमीकरण परिवर्तनमा पनि यो प्रवृत्तिकै सर्वत्र महसुस गरिएको छ । मोदीको चाकरीमा दुबै सत्तारुढ दलका मुख्य नेतालाई दिल्ली दर्शनमा पठाएर त्यहाँबाट प्राप्त आशीर्वादमा सरकार निर्माण हुनुको यथार्थ दिनको घाम झैं छर्लंग छ । त्यसैले अबको केही समयपछि देशका कुनै न कुनै सम्पदा घोषित वा अघोषित रुपमा भारतलाई सुम्पियो भने आश्चर्य मान्नु पर्ने छैन । सायद त्यसै अनुसार्र फाष्ट ट्याक, पञ्चेश्वर, अपर कर्णाली, मध्यमस्र्यांड्दी र अरुण तीन’ जस्ता परियोजना कार्यान्वयनका कुरा बढी चर्चामा ल्याइएका छन् । अथवा भारतीय प्राविधिकहरुले एकतर्फी रुपमा तयार पारेको सीमाको पुनर्नक्साङ्कनलाई बैधता प्रदान गर्ने पनि हुन सक्छ । जसले लिम्पियाधुरादेखि लिपुलेकसम्मको नेपाली भूमि, सुस्ता महेशपुरको भूमि वा अन्य ७२ स्थानमा अतिक्रमित र कब्जा गरिएको नेपाली जमिनलाई सधैका लागि भारतीय भूमिमा परिणत गर्न बेर छैन । प्रत्येक नौ महिनामा सरकार परिवर्तनको खेल खेलाइनुको पछाडि यही स्वार्थ अन्तरनिहित रहेको देखिन्छ । कारण जति बढी अस्थिरता, अराजकता, अव्यवस्था र पछौटेपनको स्थिति नेपालमा विद्यमान रहन्छ त्यति बढी विस्तारवादलाई नेपाल आफ्नो अधीनमा राख्न र चेपुवामा पार्न सहज बाटो खुला हुन्छ र स्वार्थ पुरा हुन सक्छ । मधेसीलाई उचालेर÷बोकेर मधेसलाई नेपालबाट टुक्र्याउन गरिएको नाकाबन्दी लगायतका यावत् हरकतहरु त्यसैका जीवन्त दृष्टान्त हुन् ।
राष्ट्रियता भन्नाले भावनात्मक कुरा मात्र हैन । राष्ट्रियताभित्र देशको भुगोल (क्षेत्रफल), त्यसका जनता, तिनको सामाजिक पहिचान, सार्वभौमिकता, स्वतन्त्र अस्तित्व, आर्थिक प्रणाली, सँस्कृति र राष्ट्रनिर्माणको इतिहास आदि सबै कुरा पर्दछन् । सँस्कृति भन्नाले कला, साहित्य, भाषा, धर्म, मौलिक पहिचान आदि पर्दछन् । राष्ट्रियतााको अर्थ व्यापक छ । यो भौतिक आत्मिक दुबै मुल्यसँग जोडिएको छ । यो भावनात्मक र वस्तुगत दुबै पक्षसँग गाँसिएको छ । राष्ट्रियता भावना पनि हो र वस्तुगत रुप पनि । इतिहास, परम्परा, मौलिकता, स्वतन्त्रता जस्ता कुरा विना कुनै पनि राष्ट्रको स्वतन्त्र अस्तित्व हुँदैन । जुन देशको स्वतन्त्र इतिहास, सँस्कृति, परम्परा हुँदैन त्यो देशको स्वतन्त्र अस्तित्व हुँदैन । यसर्थ राष्ट्रियता भौतिक तत्व र आत्मिक तत्व दुबैको योग हो । आत्मनिर्भर, स्वतन्त्र, स्वाधीन, स्वभिमानी, साझा समाजको भौगालिक एकात्मक बनोटबाट राष्ट्रियता बन्छ । यसलाई बचाउन विदेशीको दलाली र दासताको मनोविज्ञानबाट मुक्त हुन जरुरी छ । जबसम्म देशको नेतृत्व वर्ग विस्तारवादसँग घाँटी जोडेर, उसकै दलाली र चाकरी गर्दै, आदेश निर्देशबाट सञ्चालित हुन्छन् वा विदेशी भुमिमा पसेर देशको राजनीतिक निकास खोजिरहन्छन् र गलत सम्झौता गरिरहन्छन् तबसम्म हाम्रो राष्ट्रियता जोखिममा परिरहन्छ । पराधीनतामुनि दबिरहन्छ । यही राष्ट्रिय आत्मसमर्पणवाद हो ।
राष्ट्रिय आत्मसमर्पणवाद विदेशी दलाली र दासताको मानसिकतामा अडिएको हुन्छ । नेपालको राजनीति त्यही राष्ट्रिय आत्मसमर्पणवादी चरित्रको छ । विदेशीको निर्देशनमा चल्नु र उनकै अह्रन खटनमा, उनकै हित र स्वार्थ अनुकुल काम गर्नु त्यसको प्रमाण हो । देश दिनानुदिन परनिर्भर बन्दै छ । परजीवी बन्दै गएको छ । यतिखेर नेपालको सबै देशसँगको व्यापार घाटाले त्यसैको पुष्टि गर्छ । कृषिप्रधान देशले तरकारी, फलफुल, अन्न, माछा, मासु, बिउबिजन, मल आदि सबैथोकमा विदेशको आयातमा निर्भर हुनु र आयातबाट बाँच्ने गर्नु पराधीनताको लक्षण हो । दलाली, दासता, हीनभावना, नवऔपनिवेशीकरण राष्ट्रिय आत्मसमर्पणवादी चरित्र हो । जसले देशको राष्ट्रियता संकटमा छ भन्ने पुष्टि गर्छ । अतः राष्ट्रियताको सन्दर्भमा यतिखेर देशले भोग्नुपरेको पीडा इतिहासमा सबभन्दा सम्वेदनशील र कठीन स्थितिमा छ । देशभित्रै पनि राष्ट्रियतामा समस्या देखिएका छन् । देशका सबै जातजाति, भाषाभाषी, सँस्कृतिको समान पहिचान, सम्मान र अस्तित्वको मुद्दा समाधान हुन नसक्नु र मधेसी, दलित, जनजाति, थारु, मुस्लिमहरुको पहिचानको प्रश्न सम्बोधन नहुनु आन्तरिक राष्ट्रियतालाई जटिल बनाउने विषय हुन् । आफ्नै माटोमा अपमानित, अपहेलित, तिरष्कृत र उपेक्षित हुनु पर्नाका कारण उक्त समस्या सिर्जना भएका हुन् । राज्यका सबै निकायमा समान अवसर, न्याय, अस्तित्वको माग उनीहरुको छ । राज्य सञ्चालन र नीति निर्माणको तहमा समानुपातिक प्रतिनिधित्वको चाहना उनको छ । आर्थिक गतिविधिमा समान पहुँच उनीहरु खोजिरहेका छन् । यस अवस्थामा देशको एकतालाई सुदृढ गर्न र आन्तरिक राष्ट्रियतालाई मजबुत बनाउन यी समस्याको समाधान खोज्नु अनिवार्य छ । राज्यसत्ताको सामन्तवादी चरित्र गणतन्त्रपछि पनि फेरिएको छैन । सत्ता र साँस्कृतिक क्षेत्रमा सामन्तवाद आज पनि हावी छ । राज्यका आयस्रोत र आर्थिक प्रणालीमा पनि सामन्तवादकै पकड कायम छ । यस अवस्थामा बाह्य राष्ट्रियता र आन्तरिक राष्ट्रियता दुबै समस्याको हल खोज्नु आवश्यक छ । भारतीय विस्तारवादको बाह्य हस्तक्षेप र सामन्तवादको आन्तरिक हस्तक्षेपका वीच चलिरहेको नेपाली राष्ट्रियताको संकटको सही समाधान खोज्नु नै आजको आवश्यकता हो ।
राष्ट्रियताको यो वर्तमान स्थितिसित स्रष्टाहरु पनि प्रत्यक्ष जोडिएका छन् । राष्ट्रियतासित स्रष्टाको सम्बन्ध वैचारिक र विश्लेषणात्मक रुपमा रहेको हुन्छ । उनीहरु हरेक राष्ट्रघाती कदमविरुद्ध आवाज उठाउन र त्यसमार्फत् आम नेपाली जनतालाई जागरुक गर्न सक्छन् । नेपालमा विभिन्न राजनैतिक परिवर्तनसँगै राष्ट्रियताविरुद्ध पनि विभिन्न कदमहरु चालिंदै आएका छन् । एउटा राजनैतिक घटनाले कुनै न कुनै रुपमा नेपालको अहित हुने एउटा घटना घटित हुँदै आएको छ । राज्य एकीकरण प्रक्रियामै नेपाल अंगे्रज युद्ध शुरु भयो । यसले सुगौली सन्धी जन्मायो । जुन सन्धीकै परिणाम नेपालको एकतिहाइ भुभाग ब्रिटिश भारतमा गाभियो । अंगे्रजले जितेको हाम्रो जमिन आज पनि स्वतन्त्र भारतले हडपिरहेको छ,, फिर्ता गरेको छैन । यो उसले नेपालबाट जितेको जमिन हैन । अर्को घटना १९५० को सन्धी हो । जसका कारण नेपाल भारतको छत्रछाँयामा बस्न विवश छ । नेपालमा भारतीय हस्तक्षेप यसै सन्धीका कारण सहज भएको हो । खुला सीमा र भारतीय नागरिकलाई अर्थतन्त्रमा निर्वाध पहुँच यसबाट हुन पुगेको छ । फलतः दलाल पुँजीपतिले आर्थिक क्षेत्रमा वर्चस्व कायम गरेका छन् । नेपालको बजार, व्यवसाय, उद्योग, कलकारखाना आदि सबै विदेशीको पकडमा पुग्नु नै त्यसको प्रभाव हो । बेरोकटोक नेपालमा प्रवेश गर्ने भारतीय दलाल पुँजीपति वर्गले नेपालका बजार, व्यवसाय, उद्योग, व्यापार आदिमा एकाधिकार कायम गरेका छन् । २००७ सालको दिल्ली सम्झौताले नेपाल भारतीय अर्धऔपनिवेशिक राष्ट्रका रुपमा स्थापित हुन पुग्यो । नेपालको अग्रगामी विकास, समृद्धि, प्रगतिमा वाधक तत्व बन्न भारतलाई दिल्ली सम्झौताले प्रदान गरको सुविधा हो । सन् १९६५ को सुरक्षा सम्बन्धी सन्धीले पनि नेपाललाई भारतीय सुरक्षा छातामुनि पार्ने काम गरेको छ । नेपालको आन्तरिक सुरक्षा र सामरिक नीतिमा त्यससन्धीले भारतीय प्रभाव र निर्देशनलाई निम्त्याएको छ । कोशी, गण्डक, महाकाली जस्ता सन्धी सम्झौताले नेपालको प्राकृतिक सम्पत्ति, साधन र स्रोतमा भारतीय शोषण र दोहनलाई सुनिश्चित गरेका छन् । भारतले नेपालका प्राकृतिक सम्पदा, नदीनालामा एकाधिकार कायम गर्दै लैजानुका पछाडि यिनैै सम्झौताको भुमिका छ । विशेष गरी जलस्रोतमाथि उसको कब्जा दिलाउने काम गरेको छ । हाल अपर कर्णाली, मध्यमस्र्याङ्दी र अरुण तेस्रो जलस्रोत सम्बन्धी सम्झौताले त्यो एकाधिकार र कब्जा जमाउने अभीष्टलाई अझ बढी पुरा गर्छ । सबैभन्दा सस्तो जलाशययुक्त विद्युत आयोजना कर्णाली आयोजना हो । जसको ४१८० मेघावाट उत्पादन क्षमतालाई नियोजन गर्दै ९०० मेघावाटमा झारिएको छ र तल्लो तथा माथिल्लो तटीय अधिकारका कुरामा बेदखली गर्दै वर्दिया, कैलाली, बाँके, कञ्चनपुर जिल्लाहरुको गर्न सकिने सिञ्चाइ र अन्य उपयोगलाई पनि बन्ध्याकरण गर्ने काम गरेको छ । यस आयोजनालाई नेपालले नै निर्माण गर्ने हो भने विजुली गौण र पानीको प्रयोग मुख्य हुन आउँछ । नेपालका यी चार जिल्लाको सिञ्चाइबाट बढी हुने पानीलाई भारतमा सिञ्चाइकै प्रयोजनमा बेचेर आर्जन गर्ने आम्दानी विजुलीभन्दा तेब्बर बढी हुने देखिन्छ । यसै कारण माथिल्लो कर्णालीको जीएमआर(भारत) सँगको डीपीआर र विद्युत् व्यापार सम्झौताको सर्वत्र विरोध भएको छ । तर त्यही प्रोजेक्ट भारतलाई दिन वर्तमान सरकार दृढ रहेको देखिन्छ । महाकाली सन्धी राष्ट्रघाती भन्दै हिंजो आफै विरोध गर्नेहरुले अहिले सत्ताको लागि त्यही सन्धी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनु सही नियत होइन । ०६२÷०६३को आन्दोलनका प्रक्रियामा भएको १२ बुँदे सम्झौता पनि भारतकै पहलमा हुन पुगेको स्पष्ट भैसकेको छ । जसले नेपालमा नागरिकताको समस्या र मधेसको समस्या जगाएको छ । त्यस्तै १९९१ मा वीरगञ्जमा भारतीय वाणिज्य दुतावास राख्न र उसलाई स्वतन्त्र रुपमा करोडौं करोड रकम वितरण गर्न पाउने प्रावधानले राष्ट्रघातलाई थप मलजल र घाइते बनाएको छ । यसले नेपालीको गरिबीलाई किनेर नेपालकै विरुद्ध प्रयोग गर्ने काम गर्छ । भारतीय उक्त वाणिज्य दुतावासले वर्षेनी करोडौं रुपियाँ सर्व सामान्यलाई वितरण गरी लगानी गरिएका व्यक्तिलाई आफ्नो पक्षमा उपयोग गर्दै आएको छ । त्यस्तै गोर्खा भर्ती केन्द्र नेपाली स्वाभिमानमाथिको अर्कोचोट हो । देख्दा सामान्य र फाइदाजनक जस्तो लाग्ने यो सन्धीले नेपालीको रगत विदेशी भुमिको रक्षाका लागि कहिल्यै आफ्ना शत्रु नभएका देशसंग लडेर बगाउन वाध्य बनाएको छ । यसले नेपाली युवालाई भाडामा बिक्री गर्ने नीतिको निर्माण गरेको छ । यो राष्ट्रिय स्वाभिमान माथिको ठुलो चुनौती हो । भारतले नेपाली भुमि अतिक्रमण, सीमा मिचाइ, जमिन कब्जाको दुष्चक्र पनि चलाइरहेको छ । जसको परिणाम सुस्ता, महेशपुर, लिम्पियाधुरा, कालापानी, मानेभञ्ज्याङ, ठोरी, सप्तरी, श्रीअन्तु डाँडा, पशुपतिनगर, भद्रपुर, कैलाली, टनकपुर आदि ७२ ठाउँमा लगभग ९२ हजार वर्ग हेक्टर जमिन भारतको अधीनमा लगेको छ । यसरी नेपाली राष्ट्रियता दिनानुदिन मिचिंदै गएको छ र नेपालको क्षेत्रफल खिइँदै गएको छ । भारतीय नेपालीमाथि लादिएको पीडा पनि नेपाली जातीय स्वाभिमान माथिको समस्या नै हो । नेपालको जमिन, जनता र जनसँस्कृति तथा भाषा सहित अर्थात् नेपाली राष्ट्रियताको एक अंश नै सुगौली सन्धीपछि भारतमा गाभिन बाध्य पारियो । यो बलपुर्वक र छलकपटका साथ गरिएको सन्धी थियो । नेपालीहरु आफ्नो जन्मथलो, जातीयता, भुगोल, सँस्कृति, भाषा सामाजिकता आदि सहित देशको एक अंगका साथ भारतमा गाभिएका थिए । त्यसले त्यो राष्ट्र नेपालीको सास्वत मुल्य सहितको थियो । तर भारतमा यसरी गाभिएका नेपालीको वर्तमान भारतभित्र अधिकार हीन, हेय र दमित रुपमा छ । उनीहरु आफ्नै भुमिमा अपमानित, तिरष्कृत, अपहेलित, विभेदित र पीडित छन् । दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरिन्छन् । उनीहरुलाई राष्ट्रको सर्वोच्च पदमा पुग्ने अधिकार पनि छैन । नीति निर्माणको तहमा र राज्यसञ्चालनको तहमा उनीहरु एककिसिमले प्रतिबन्धित जस्तै छन् । यसले उनीहरुको देश कहाँ हो त ? भन्ने प्रश्न जन्माएको छ । आफ्नै भुमिमा पनि उनीहरु परदेशी झैं व्यवहार गरिन्छन् । नेपालीले पहिचानकै कारण दुःख पाउनु र अपमानित हुनु परेको छ । भारतको मेघालय, आसाम, मणिपुर आदि ठाउँबाट लखेटिनु पनि त्यसैको परिणाम थियो । आफ्नै ठाउँमा उनीहरुले भोग्नु परेको पीडा नेपाली जातीय स्वाभिमान माथिको पीडा र आघात नै हो । यी र यस्तै राष्ट्रियता विरोधी धेरै ठाउँहरुमा नेपाली राष्ट्रियता निरन्तर घाइते भइरहेको छ । यसो हुनुमा भारतीय विस्तारवादी नीति जो उसले ब्रिटिस साम्राज्यवादबाट उत्तर देनका रुपमा लियो कारक बनेको छ । ब्रिटिसहरुले भारत छोडेर गए साथसाथै आफ्नो साम्राज्यवादी उत्पीडक चरित्र र औपनिवेशिकतावादी प्रवृत्ति पनि भारतीयहरुलाई हस्तान्तरण गरेर गए । जसले हामीलाई समस्यामा पारेको छ । आफुले भोगेको उपनिवेशको पीडा आफ्ना छिमेकीमाथि लाद्ने भारतको प्रवृत्ति साम्राज्यवादको अवशेष हो । तर यसो हुनुमा नेपाल भित्रकै दास सँस्कार र दलाल प्रवृत्तिले पनि भुमिका खेलेको छ । देशभित्रकै राष्ट्रघाती पङ्क्तिले भारतीय हस्तक्षेप, प्रभुत्व र उपनिवेशलाई आमन्त्रण र मलजल गरिरहेको तथ्य बिर्सनु हुन्न । देशलाई दिनदिनै परनिर्भरतामा लैजानु, आपसी भाँडभैलोमा देश तहसनहस गर्नुु, व्यक्तिगत स्वार्थका लागि देशको स्वार्थ र हितलाई वलिदान गर्नु, व्यक्तिस्वार्थसँग राष्ट्रिय स्वार्थको सौदावाजी गर्नु जस्ता देशद्रोही चरित्रले यो स्थिति ल्याएको छ । नेपालको यो दुर्गतिका पछाडि यो राष्ट्रघाती चरित्रको गहन भुमिका रहेको छ ।
अब हामी राष्ट्रियताको यो अवस्थामा स्रष्टाले निभाउनु पर्ने भुमिकाबारे चर्चा गरौं । स्रष्टाहरुको काम विचार कलाका माध्यमबाट राष्ट्रियताको चेतनालाई जनतासम्म पुराउनु हो, उनलाई जागृत गर्नु हो र्। वयम् राष्टये जागृयाम‘ को सन्देश फैलाउनु हो । कला, साहित्य, गीत, संगीत, भाषा, सँस्कृति स्वयम् एउटा राष्ट्रियता पनि हो । जसले कुनै जाति विशेषको पहिचानलाई इतिहाससम्मत बनाउँछ । राष्ट्रियताको सम्बद्र्धन, समृद्धीकरण, संरक्षण, सशक्तीकरण कलासाहित्यबाट सम्भव हुन्छ । स्रष्टाहरु केवल वैचारिक मात्र होइन व्यावहारिक काममा पनि ओर्लनु पर्छ । भाषा, कला, साहित्यका माध्यमबाट आम जनचेतना जगाउने र आफ्नो राष्ट्रप्रति सचेत र जागरुक गर्ने काम मात्र होइन राष्ट्रियताका लागि स्रष्टाले संघर्षमा सहभागिता पनि जनाउनु जरुरी छ । सहभागिता विनाको राष्ट्रियताको चेतनाक खोक्रो हुन्छ । तसर्थ नेपाली राष्ट्रियतामाथि निरन्तर आइपर्ने खतराहरुका विरुद्ध जनतालाई उठाउन सिर्जनाको प्रयोग गर्नु र स्वयम् त्यसमा समर्पित भई सहभागी हुनु वा व्यवहारमा उत्रनु स्रष्टाहरुको दायित्व हो । स्रष्टाहरुले पृथ्वीनारायण शाहको एकीकरण अभियानदेखि वर्तमानसम्म सिर्जनाको माध्यमबाट व्यक्त गरेका मुल प्रवृत्तिहरुलाई यसरी देखाउन सकिन्छ ।
राष्ट्रिय एकीकरण अभियानको अवगाहन गर्नु ।
राष्ट्रिय प्रकृति र सौन्दर्यको गायन गर्दै त्यसका माध्यमबाट राष्ट्रपे्रम दर्शाउनु ।
नेपालको महिमा गान र राष्ट्रको उदात्ततालाई देखाउनु ।
विदेशी हस्तक्षेप, भारतीय अतिक्रमण, सीमा मिचाइ र हेपाइको विरोध गर्नु ।
स्वाभिमान र स्वाधीनता पे्रमका माध्यमले देशको भव्यता प्रकट गर्दै देशको माटोप्रति प्रखर मायाँ व्यक्त गर्नु ।
देशभक्तिको भावसँगै देशका निम्ति वलिदानको उत्प्रेरणा जगाउनु ।
देशका प्राकृतिक सम्पदामाथि भारतीय प्रभुत्व र एकाधिकारको विरोध गर्नु ।
साँस्कृतिक रुपमा औपनिवेशिक प्रभाव विस्तार, हस्तक्षेपकारी नीतिको विरोध गर्दै आफ्नो भाषा, कला, सँस्कृतिप्रति मायाँ जगाउनु ।
राष्ट्रिय स्वाभिमानको चेतना विस्तार गर्नु र गोरखा भर्ती केन्द्रको विरोध गर्नु ।
नेपाली इतिहासप्रति गर्ववोध गर्नु, इतिहासको गुणगान गर्नु ।
सिक्किमीकरण, भुटानीकरण, नवऔपनिवेशीकरणको विरोधका साथै देशभित्रका लेण्डुप दोर्जे प्रवृत्तिको विरोध र भत्सर् ना गर्नु
असमान सन्धी सम्झौताहरुको विरोध, विस्तारवादी र नवऔपनिवेशिक चरित्रप्रति तीव्र घृणा र निन्दा गर्नु ।
नाकावन्दी, पारवहन अधिकारको हनन, भुपरिवेष्ठित देशको हकमाथिको भारतीय बलात्कारको विरोध, भण्डाफोर र प्र तिरोध गर्नु ।
विदेश पलायन भइरहेका युवाको विदेशिने प्रवृत्तिप्रति असहमति र यस्तो हुनुपर्ने वाध्यात्मक स्थितिको अन्त्यको चाहना राख्नु
दलाली, दासता, चाकरी, चापलुसी गर्ने राष्ट्रिय आत्मसमर्पणवादी चरित्रप्रति घृणा गर्नु र घृणा जगाउनु ।
नेपालको समृद्धि समुन्नति विकास र प्रगतिको चाहना प्रकट गर्नु ।
यसरी साहित्यकार स्रष्टाहरुले आफ्ना कलमका माध्यमबाट उपरोक्त प्रवृत्ति र भावधारालाई रचनाहरुमा व्यक्त गरेका छन् । यसले स्रष्टाहरु राष्ट्रप्रति सचेत छन् । आफ्नो दायित्व पुरा गरिरहेका छन् भन्ने देखिन्छ । स्रष्टाहरुले देशमाथि आइपर्ने हरेक विपत्ति, प्रहार र घातलाई झेल्ने शक्ति जनतामा प्रवाहित गर्ने भुमिका पुरा गर्न सक्छन् भन्ने स्पष्ट हुन्छ ।
उपरोक्त उत्तरदायित्व पुरा गर्न स्रष्टाहरुले केके भुमिका वा गतिविधि गरेका छन् भन्नेबारे पनि यहाँ छोंटो चर्चा गरिएको छ । उनीहरुले साहित्य, कला, गीत, संगीत, फिल्म आदि मार्फत् वैचारिक चेतना फैलाउन, भावना जगाउन र वोेध गराउन सिकाएका छन् । त्यस अतिरिक्त स्रष्टाहरु संघर्ष वा क्रियात्मक गतिविधिमा अनुवाद पनि भएका छन् । यहाँ त्यस्ता धेरै लामो समयका गतिविधिभन्दा गत केही समयका काम र क्रियाकलापलाई उल्लेख गर्न खोजिएको छ । क्रियाशीलता विनाको सिर्जना, कलाको कार्य वा साहित्यले परिणाममा कुनै उपलब्धि दिन सक्दैन । त्यो व्यवहारविनाको विचार वा कर्मरहित शब्द तुल्य हुन्छ । स्रष्टाहरु पनि यसै समाजका पात्र र उपलब्धि हुन् । तसर्थ समाजको प्रवाहमा उनीहरु पनि बग्नु अनिवार्य हुन्छ । समयको धारालाई पक्रिनु आवश्यक हुन्छ । देश सङ्कटबाट गुज्रिरहेको बेला, आफ्नो राष्ट्रको अस्मितालाई पराइले अपहृत र बलात्कृत गर्न लागेको बेला, केवल कलम चलाएर बस्ने कुराले मात्र पुग्दैन किनकि स्रष्टा कुनै तटस्थ द्रष्टा मात्र होइन ऊ त भोक्ता पनि हो र कर्ता पनि हो । ऊ समाजको निष्क्रिय पात्र होइन सक्रिय र गतिशील अभियन्ता हो । तसर्थ देशको अस्मितामाथि प्रहार हुँदा, देशमाथि आपद आइलाग्दा, देशको सार्वभौम मुल्यमाथि प्रहार हुँदा, जुर्मुराउनु, मुर्मुरिनु र जर्खराउनु आवश्यक हुन्छ । प्रहारलाई झेल्ने साहस र शक्ति प्रदान गर्न सक्ने मनोबल स्रष्टाहरुले नै बोकेका हुन्छन् । स्रष्टा मुलतः देशभक्त, राष्ट्रप्रेमी र प्रगतिशील जात हो । किनभने ऊ समाजमा हुने हरेक विकृति र विसंगतिको आलोचना गर्ने सामथ्र्य राख्छ र आलोचकीय दृष्टि सम्वहन गर्छ । त्यसै सामथ्र्यले ऊ देशको पीडालाई वोध गर्न वा आत्मसात् गर्न सक्छ । स्वाभिमानमाथिको अपमान, हेपाइ, ठालुपन र दादागिरीलाई देखेर सम्वेदनशील र आहत हुनु उसको स्वभाव हो । त्यही कारण हो स्रष्टाहरुले देशको स्वाधीनता स्वाभिमान, सार्वभौमिकता र अखण्डतामाथि भारतेली विस्तारवादले गरेको प्रहार र पीडाको प्रतिकार गरेका छन्, प्रतिरोधमा सामेल भएका छन् । सायद सबभन्दा राष्ट्रियताप्रति छिटो सम्वेदनशील हुने स्रष्टाहरु नै भए । गतवर्ष भारतले मधेसी आन्दोलनका नाममा आफ्ना कठपुतलीहरु मार्फत् नाकावन्दीको कहर लादेर भुकम्पले थिलोथिलो भएका जनता र क्षतविक्षत नेपाललाई घाउमाथि नुनचुक दल्दै अस्तव्यस्त र तवाहीमा पुरायो । देशको गतिनै रोकिए जस्तो भयो । सबै अन्तर्राष्ट्रिय मुल्य, मान्यता, कानुन र विधि विधानलाई तोड्दै वा मानवतालाई समेत बिर्सिदै भुपरिवेष्ठित नेपालमाथि लादिएको नाकाबन्दी नेपाली आफैले सम्बिधान घोषणाको परिणाम थियो । यद्यपि त्यो सम्बिधान सर्वहारावर्गको हित अनुकुलको सम्बिधान थिएन, त्यो प्रतित्रियावादी र यथास्थितिवादी नै थियो । त्यसले मजदुर, किसान, श्रमजीवी वर्ग वा सर्वहारा वर्गको हकहित तथा स्वार्थको रक्षा गर्दैनथ्यो र त्यसले युगान्तकारी परिवर्तनको वैधानिक रुप पनि थिएन । फेरि पनि त्यो हाम्रो आन्तरिक कुरा थियो । घरभित्रको मामिला थियो । आत्मनिर्णय गर्ने हकको पहिचान थियो । त्यसले मधेसी, जनजाति, थारु, मुस्लिम, महिला, दलित आदिको हक अधिकारको पुर्णता दिन सक्दैन थियो । तर पनि भारतले हस्तक्षेप गर्ने विषय थिएन । तसर्थ त्यसको स्रष्टाले डटेर प्रतिवाद गरे । प्रतिरोध गरे । विरोध भत्र्सना र निन्दा गरे । त्यो केवल कोठामा होइन सडकमा उत्रेर गरे । उनीहरुले धर्ना, जुलुस, सडक जाम, गोष्ठी र विमर्श मार्फत् गरे । प्रचार प्रसार मार्फत् गरे । लेखेर गरे । प्रकाशनबाट गरे । त्यस्ता कार्यक्रममध्ये भारतीय दुतावास घेराउ, सडक जामको कार्यक्रम प्रलेसको नेतृत्वमा सबै विचारका प्रतिनिधि संस्थाको सहभागितामा लाजिम्पाटमा गरियो । यसले मानसिक र नैतिक दबाबदिन मद्दत गर्यो । अमर गिरी, तुलसी भट्टराइर्, विष्णुविभु घिमिरे, ईश्वरचन्द्र ज्ञवाली, जगदीशचन्द्र भण्डारी, मातृका पोखरेल, ताराकान्त पाण्डेय लगायत लगभग २०० जना स्रष्टाको त्यो प्रतिरोधी आन्दोलन थियो । नाकाबन्दी हस्तक्षेपको विरोधी आक्रोश थियो । नाकाबन्दीले हाम्रो सार्वभौमिकतामाथि नै प्रहार केन्द्रित गरेको थियो । तसर्थ स्रष्टाहरु जागे । त्यस्तै त्यो हस्तक्षेप विरुद्ध कविताका स्वरहरु लिएर क्रान्तिकारी स्रष्टाहरुले राजधानीका विभिन्न ठाउँमा विस्तारवादी हैकम र दादागिरी विरोधी स्वर कवितामा पोखे । रत्नपार्क, मंगलबजार जस्ता ठाउँमा कविताको सार्वजनिक वाचन भयो । यसमा अनेजसाँ महासंघ, एकीकृत अनेजसाँ महासंघ, क्रान्तिकारी साँस्कृतिक विङ्गस् आदि संस्था सामेल भए । जसमा बलराम तिमल्सिना, राजु स्याङतान, ईश्वरचन्द,्र जगदीशचन्द्र, मातृका पोखरेल, मणि थापा, पुण्य गौतम आदि स्रष्टा सामेल भए । त्यस्तै साँगीतिक स्रष्टाहरुले रत्नपार्कमा सांगीतिक कार्यक्रममार्फत् विस्तारवादको विरोध गरे, देशको भक्तिभाव प्रकट गरे । जसमा असल पाख्रिन, झन्कार बुढामगर, लक्ष्मी गुरुङ.......... आदि कलाकार सामेल थिए । राष्ट्रपे्रम, देशभक्ति र स्वाभिमानका स्वरहरु सुसेल्दै कार्यक्रम भव्य बन्यो । जसले आम जनमानसमा भारतीय नवउपनिवेशवादी नीतिको भण्डफोर गर्यो र जनतामा उसको त्यो प्रवृत्ति विरुद्ध आक्रोश सिर्जना गर्यो । राष्ट्रप्रेमको चेतना फैलाउने भुमिकामा कलाकारको छुट्टै र विशिष्ट स्थान छ । त्यस्तै इच्छुक साँस्कृतिक प्रतिष्ठानले सम्वाद डबलीमा कविता गोष्ठी र प्रवचन कार्यक्रम आयोजना गर्यो । नाकावन्दी र हस्तक्षेप विरुद्ध यो गोष्ठी एउटा शक्तिशाली प्रहार थियो । यस गोष्ठीमा मित्रलाल पंज्ञानी, केशव सिलवाल, गौरी दाहाल, ताराकान्त पाण्डेय, जगदीशचन्द्र भण्डारी, गोपीन्द्र पौडेल, पञ्चकुमारी परियार, सीता शर्मा, सीता आचार्य जस्ता कविहरु तथा वरिष्ठ कथाकार इस्माली आदि स्रष्टाले आफ्नो दायित्व निर्वाह गरे । यसमा सौन्दर्य चिन्तक चैतन्य र निनु चापागाईंको राष्ट्रियतावादी अभिव्यक्ति स्रष्टाहरुको सारगर्भित चेतना थियो । कविता, गीत, लेख, रचना, कार्टुन चित्र, पत्रिका आदि प्रकाशन गरेर पनि स्रष्टाले विरोधलाई उँचाइमा उठाए । जसमा अनलाइन संस्करणहरु प्रभावशाली र महत्वपुर्ण रहे । प्रचार प्रसार, प्रकाशनबाट हस्तक्षेप विरोधी अभियानको सञ्चालन गर्ने अनलाइन पत्रिकाको भुमिका कम प्रभावशाली रहेन । सम्पुर्ण देशभरि सन्देश पुर्याउन, ब्युँझाउन, सचेत गर्न उसले अग्रणी भुमिका निर्वाह गरेको छ । त्यसै गरी प्रलेसले विराटनगरमा नेपाली कवितामा राष्ट्रियताको चेतनाको एक भव्य गोष्ठी आयोजना गर्यो । गहन कार्यपत्रहरु सहितको यो गोष्ठीले पुर्वाञ्चललाई व्युँझाउन र राष्ट्रिय चेतनाको सशक्तीकरण गर्न महत्वपुर्ण भुमिका पुरा गर्यो । यसमा ईश्वरचन्द्र ज्ञवाली, डा. भीम खतिवडा, हरिहर भण्डारीले कार्यपत्र प्रस्तुत गरे भने हेमनाथ पौडेल, गोपाल शिवाकोटी चिन्तन र केशव गौतमले टिप्पणी गरे । अमर गिरी, मातृका पोखरेल, मित्रलाल पज्ञानी, हिरामणि दुःखी, सत्य पहाडी, मिश्र वैजयन्ती, वद्रीविशाल पोखरेल, भानु भण्डारी, राममणि पोखरेल, नारायणप्रसाद आचार्य आदि स्रष्टाले मन्तव्यबाट विरोधका स्वर पोखे । यसै गरी देशैभरि विराट् कार्यक्रमहरु भए । यो अभियानकै रुपमा देशैभरि फैलियो । जसले विस्तारवादलाई नराम्रो संग नङ्ग्यायो र नाकाबन्दी अन्त्य गर्न नैतिक दवाव सिर्जना गर्यो । यसरी राष्ट्रियताका पक्षमा स्रष्टाहरुले खेलेको प्रचार प्रसार, प्रतिरोध र विरोध अभियान उल्लेखनीय र स्मरणीय छ ।
अबको बाटो भनेको वर्तमान राष्ट्रियताको स्थितिबाट मुक्तिका लागि जनताले फेरि पनि संघर्ष गर्नै पर्ने हुन्छ । किनभने मुलुकको अर्धसामन्ती सत्ता र भारतीय विस्तारवादी हस्तक्षेपबाट मुक्ति जनवादी क्रान्तिबाट मात्र सम्भव छ । अहिले जारी प्रतिक्रियावादी सम्बिधानले राष्ट्रियताको संरक्षण, सम्बद्र्धन गर्न सक्दैन भन्ने स्पष्ट भइसकेको छ । भित्र बाहिर दुबैतर्फबाट राष्ट्रियतामाथि चुनौती थपिंदै छन् । जसको समाधान क्रान्तिबाट मात्र सम्भव हुन्छ । सत्ताको सामन्तवादी चरित्र र विस्तारवादको हस्तक्षेपकारी चरित्र दुबैलाई पराजित नगरी मुक्ति सम्भव छैन । देशले समृद्ध राष्ट्रियता प्राप्त गर्न यी दुबैबाट मुक्ति मात्र एउटा विकल्प हो । यी दुबै विरोधी चुनौतीलाई सामना गर्ने शक्ति जनताले गर्ने अर्को विद्रोहमा नै निहित रहेको छ । तसर्थ स्रष्टाहरुले त्यो विद्रोहलाई आमन्त्रण गर्न पहल गर्नु पर्छ ।
निष्कर्ष : वर्तमानमा नेपाली राष्ट्रियता सम्वेदनशील र संकटको घडीबाट गुज्रिरहेको छ । एकातिर आन्तरिक राष्ट्रियता समस्या र चुनौतीका वीचमा छ भने अर्कातिर वाह्य राष्ट्रियता खतराको अवस्थाबाट गुज्रिरहेको छ । विदेशीको हस्तक्षेप र राष्ट्रिय दलाली र दासताका कारण देश विस्तारवादको सुक्ष्म व्यवस्थापनको चपेटामा परेको छ । मधेसी, जनजाति, थारु, मुस्लिम, दलितहरुको समस्या समाधान हुन सकेको छैन । सम्विधानको प्रतिक्रियावादी चरित्रले मजदुर, किसान, श्रमजीवी, सर्वहारा वर्गका मागको कुनै सम्बोधन हुन सकेन । मुलुकमा नयाँ सम्विधान र गणतन्त्रपछि पनि सत्ताको चरित्रमा तात्विक परिवर्तन आउन सकेन । यसरी हेर्दा देशभित्रको अर्धसामन्ती सत्ताको चरित्र र मुलुक बाहिरको विस्तारवादी हस्तक्षेप र हेपाहा चरित्रले राष्ट्रियता संकटमा परेको निष्कर्ष निस्कन्छ । यस स्थितिका विरुद्ध स्रष्टाहरुले कलम चलाउनु, संघर्ष र प्रतिरोध गर्नु जरुरी छ । स्रष्टाहरुको प्रगतिशील चरित्रका कारण राष्ट्रियतामाथि भएका प्रहार र चुनौती विरुद्ध देशभक्तिपुर्ण सिर्जनात्मक गतिविधिहरु भने निरन्तर भइरहेका छन् । उनीहरुले साहित्य कला मार्फत् राष्ट्रियतामाथि आइपरेका चुनौतीको सामना र प्रतिरोध मात्र गरेका छैनन् सडक संघर्ष र विरोधका कार्यक्रम पनि सञ्चालन गरेका छन् । केवल शब्दले मात्र होइन कर्मले पनि राष्ट्रियताको पक्षमा गतिविधिहरु गरिएको छ । यो उनीहरुको देशप्रतिको दायित्व नै थियो । उनीहरुले देशपे्रम र देशभक्तिको भावले ओतप्रोत भई नवऔपनिवेशिक र अर्धसामन्ती स्थितिका विरुद्ध गरिएका संघर्षहरुको प्रशंसा गर्नै पर्छ । अबको दिशा भनेको यी दुबै प्रवृत्तिका विरुद्ध सशक्त विद्रोहको दिशा हो । फेरि पनि राष्ट्रियता र जनतन्त्रको संरक्षणका लागि संघर्ष आवश्यक छ । त्यो संघर्ष नयाँ जनवादी क्रान्तिको संघर्ष नै कहो । संसदीय दलदलमा भासिएर गरिने विरोधको कुनै अर्थ छैन ।
====================================
====================================
==================================
कार्यक्रमबारे विभिन्न संचारमाध्यमहरु -
‘राष्ट्रियताका पक्षमा प्रगतिशील साहित्यकार एक जुट हुनुपर्छ’
भक्तपुर । प्रगतिशील साहित्यकार निनु चापागार्इंले राष्ट्रियता, स्वाधीनता, जनतन्त्र र जनजीविकाका लागि प्रगतिशील साहित्यकार एक जुट भएर बहस र छलफल गर्नुपर्ने बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समिति र जिल्ला समिति भक्तपुरद्वारा संयुक्त रुपमा आयोजित ‘राष्ट्रियता र स्रष्टाको दायित्व’ विषयको विचार गोष्ठी एवम् जनपक्षीय कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ चापागार्इंले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
http://www.news24nepal.tv बाट साभार
=====================================
‘राष्ट्रियताका पक्षमा प्रगतिशील साहित्यकार एक जुट हुनुपर्छ’
भक्तपुर, १२ भदौ २०७३ ।
प्रगतिशील साहित्यकार निनु चापागार्इंले राष्ट्रियता, स्वाधीनता, जनतन्त्र र जनजीविकाका लागि प्रगतिशील साहित्यकार एक जुट भएर बहस र छलफल गर्नुपर्ने बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समिति र जिल्ला समिति भक्तपुरद्वारा संयुक्त रुपमा आयोजित ‘राष्ट्रियता र स्रष्टाको दायित्व’ विषयको विचार गोष्ठी एवम् जनपक्षीय कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ चापागार्इंले यस्तो विचार व्यक्त गर्नुभएको हो । प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले सोही विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा विजय सुब्बा र नेत्री विन्दु चन्दले टिप्पणी गर्दै भारतीय विस्तारवाद र अमेरिकी एवम् युरोपीय साम्राज्यवादको छाया नेपाली राजनीतिमा परिरहेकाले स्रष्टाले यसका विरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा साहित्यकार मित्रलाल पङ्गेनी, अभय श्रेष्ठ, हरिहर तिमिल्सिना, रामगोपाल आशुतोष, बाबुकाजी श्रेष्ठ, राम सिख्वः, कृष्णमोहन जोशी, प्रकाशमान श्रेष्ठ, नवीनप्रकाश श्रेष्ठ, डा विश्वनाथ बराल लगायतले राष्ट्रियता, जनजीविका र स्वाधीनताका विषयमा कविता वाचन गर्नुभएको थियो । डिल्लीराम ढकालले गजल प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सीता सुवेदी, सुदेश सत्याल, पुण्य घिमिरे, अशोक कुँवर, मुकुन्द पोखरेल, मधु क्षेत्री, आनन्दराम पौडेल, शोभा दुलाल, ढुण्डीराज अधिकारी लगायतले जनपक्षीय कविता एवम् गीत प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय महासचिव आरएम डङ्गोल र प्रलेस भक्तपुरका अध्यक्ष मनोहर लामिछानेले जनपक्षीय साहित्यले राजनीति परिवर्तनमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
रासस
‘राष्ट्रियताका पक्षमा प्रगतिशील साहित्यकार एक जुट हुनुपर्छ’
भक्तपुर, भदौ १२–प्रगतिशील साहित्यकार निनु चापागार्इंले राष्ट्रियता, स्वाधीनता, जनतन्त्र र जनजीविकाका लागि प्रगतिशील साहित्यकार एक जुट भएर बहस र छलफल गर्नुपर्ने बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समिति र जिल्ला समिति भक्तपुरद्वारा संयुक्त रुपमा आयोजित ‘राष्ट्रियता र स्रष्टाको दायित्व’ विषयको विचार गोष्ठी एवम् जनपक्षीय कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ चापागार्इंले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले सोही विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा विजय सुब्बा र नेत्री विन्दु चन्दले टिप्पणी गर्दै भारतीय विस्तारवाद र अमेरिकी एवम् युरोपीय साम्राज्यवादको छाया नेपाली राजनीतिमा परिरहेकाले स्रष्टाले यसका विरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा साहित्यकार मित्रलाल पङ्गेनी, अभय श्रेष्ठ, हरिहर तिमिल्सिना, रामगोपाल आशुतोष, बाबुकाजी श्रेष्ठ, राम सिख्वः, कृष्णमोहन जोशी, प्रकाशमान श्रेष्ठ, नवीनप्रकाश श्रेष्ठ, डा विश्वनाथ बराल लगायतले राष्ट्रियता, जनजीविका र स्वाधीनताका विषयमा कविता वाचन गर्नुभएको थियो । डिल्लीराम ढकालले गजल प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सीता सुवेदी, सुदेश सत्याल, पुण्य घिमिरे, अशोक कुँवर, मुकुन्द पोखरेल, मधु क्षेत्री, आनन्दराम पौडेल, शोभा दुलाल, ढुण्डीराज अधिकारी लगायतले जनपक्षीय कविता एवम् गीत प्रस्तुत गर्नुभएको थियो ।
केन्द्रीय महासचिव आरएम डङ्गोल र प्रलेस भक्तपुरका अध्यक्ष मनोहर लामिछानेले जनपक्षीय साहित्यले राजनीति परिवर्तनमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
http://www.ratopati.com बाट साभार
No comments:
Post a Comment