Monday, May 8, 2017

प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद विशेष - २

श्यामप्रसाद सम्बन्धी केही लेखहरु
=======================

यसभित्र 
---------- 
श्यामप्रसादः एक दृष्टिमा
श्यामप्रसाद : मेरा मनमा, आस्थामा र आँखामा - चूडा मणि रेग्मी
प्रगतिशील सन्त साहित्यकार श्याम प्रसाद - चूडा मणि रेग्मी
नेपाली प्रगतिवादी साहित्यका स्कुलका रूपमा श्यामप्रसाद -प्रा.डा. जीवेन्द्रदेव गिरी
भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद - नानीमैयाँ बिष्ट
श्यामप्रसादको शब्द यात्रा - प्रा. जगत् उपाध्याय 'प्रेक्षित
प्रगतिवादी साहित्यका धरोहर - शशी लुमुम्बू
हुुनु र नहुनुका बीचमा श्यामप्रसाद - श्यामल
यस्तै अरू कोही ! (कविता ) -संगीत श्रोता
शब्दचित्रमा सर्वहारा अग्रज अभियन्ता - इस्माली

श्यामप्रसाद शर्मा : व्यक्तित्वका तीन आयाम - नरनाथ लुइँटेल
हाम्रो यात्राको सिंहावलोकन - शेषमणि
सबैका गुरु श्यामप्रसाद - प्रा. हेमनाथ पौडेल
हार्दिक श्रद्धान्जली
श्यामप्रसादलाई सम्झँदा - हरिहर सविता
आदर्शका सर्वोच्च पुरुषसञ्जय मित्र

===========================

श्यामप्रसादः एक दृष्टिमा

नाम  :      श्यामप्रसाद शर्मा (लामिछाने)
जन्ममिति  : वि.सं. १९८६ साल, असार ६ गते
जन्मस्थान  : मकवानपुर जिल्लाको सोलिथुम गाउँ
माता  :     हुतप्रिया देवी
पिता  :      जोगनाथ उपाध्याय
पत्नी  :      पुनु वाग्ले (प्रथम), शशिकला शर्मा (द्वितीय)
छोरी  :     सम्झना शर्मा र सपना शर्मा
शिक्षा  :     म्याट्रिकुलेसन अनुत्तीर्ण
पेसा : ट्युसन सेवा सदन नामको पुस्तक पसल सञ्चालन
संलग्नता :   सेवा सदन, पाँचभाइ सङ्गठन, जनसाहित्य मण्डल, प्रगतिशील अध्ययन मण्डल, प्रगतिशील तरुण समाज, प्रगतिशील लेखक संघ, नेपाल कम्युनिस्ट संगठन, निरस्त्रीकरण तथा विश्व शान्ति सम्मेलन (रुस) मा प्रतिनिधित्व

कविता/गीत र बालगीतहरू  :
                केही कविताः केही गीत (२०४३)
                मेरा गीतहरू, तिम्रा स्वरहरू (२०५९)
                मेरी सानी साथी (२०४३)
                हामी हुन्छौँ बलियो (२०५२)
                हाम्रो इच्छा (२०५६)
                राम्रो नराम्रो (२०६६)

निबन्धात्मक कृतिहरू  :    
                तँतिमी, तपाइँहजुर (२०१४)
                मेरी आमा (२०२३)
                बहिनीलाई चिठी (२००८)
                धनीको पनि ओड लिने ? (२०४८)
                सबैको लागि घर (२०४९)
                उनी कति राम्री (२०५२)
                श्यामप्रसादका निबन्धहरू (२०६२)
                प्यारो दाजुको सम्झनामा (२०६२)
                साथी बनाउन खोज्दा (२०५२)
                मेरो धर्म (२०६१)
                प्रजातन्त्र, भाषा र साहित्य (२०६३)
                एक दर्जन कुरा (२०५८)
                गुप्तवासको रहस्य (२०७०)   
                लगायत विभिन्न फुटकर निबन्धहरू

राजनीतिक, सामाजिक, वैचारिक कृतिहरू  :    
                गाउँको सफाइ (२००१)
                स्वास्थ्य रक्षा (२००३)
                व्यभिचार ¤ (२००८)
                पाँच जरुरी कुरा (२०२२)
                साँस्कृतिक क्षेत्रमा लेनिनले देखाउनु भएको बाटो (२०२३)
                सँस्कृति सम्बन्धी दुईचार कुरा (२०४७)
                हाम्रा बालबालिकाहरू, हाम्रो नयाँ पुस्ता (२०४७)
                वर्ग विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू (२०४७)
                विद्यार्थी साथीहरूसित दुईचार कुरा (२०४७)
                प्रगतिको निम्ति (२०४७)
                परिवार र नाता कुटुम्बबारे (२०४८)
                मजदुरी सम्बन्धी काम (२०४९)
                प्रेम र विवाहका विषयमा (२०४९)
                धर्मबारे केही कुरा (२०४९)
                महिला मुक्तिका कुरा (२०४९)
                कार्यशैलीबारे (२०५१)
                हामी हुन्छौँ बलियो (२०५२)
                नेतृत्वका विषयमा (२०५५)
                सही र गलत प्रवृत्तिहरू (२०५५)
                प्रलेस सम्बन्धी दुईचार कुरा (२०५६)
                जातजातिको कुरा (२०५६)
                अनुशासनको कारवाहीबारे (२०५७)
                मेरो पत्रकार जीवन (२०६३)
                जनयुद्धबारे पहिलो पुस्तक (२०६५)
                भित्र समाजवाद बाहिर नौलो जनवाद (२०६३)
                आजको हाम्रो कर्तव्य (२०६६)
                प्रयत्न केन्द्रित गरौँ (२०६८)
                योजनाबारे केही कुरा (२०६९)
                जीवनको उद्देश्य (२०६९)
                अनुशासनलाई बलियो पारौँ (२०७०)
              दुई लाइन बीचको संघर्ष (२०७०) लगायत धर्म, सँस्कृतिपत्रकारिता, स्वास्थ्य र अर्थशास्त्र आदि विषयमा दर्जनौँ लेख रचनाहरू ।

समालोचनात्मक कृतिहरू  :   
                साहित्य सम्बन्धी दुईचार कुरा (२०२२)
                साहित्यका पात्रपात्रीहरू (२०३९)
                केही साहित्यकार र साहित्य (२०४२)
                जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य (२०५०)
                साहित्यमा सापेक्षता (२०५०)
                साहित्यिक फाँटका मेरा केही धारणा (२०५२)
                मेरा डायरीका हृदयचन्द्र (२०५३)
                युद्धप्रसाद मिश्रः सम्झना (२०५४)
                भाषा सम्बन्धी दुईचार कुरा (२०५६)
                लेखक कसरी बन्ने (२०१०)
                केही साहित्यकार र साहित्य (२०६३)
                श्रद्धाको एउटा थुड्डो (२०५६)
                भूमिकाहरू (२०६७)
                समालोचनाहरू (२०६७) लगायत पत्र, संस्मरण, अनुवाद आदि कृतिहरू

डायरीकृति  : 
        थुनुवाको डायरी (२०३८)
                मेरा डायरीका पाना ६ वटा क्रमशः २०५७, २०६२, २०६२, २०६३, २०६४ र २०६८ मा प्रकाशित
सम्पादन  :
        ज्वाला, तरुण, गुनासो, जागृति, जागरण, अड्कलस्लेटपत्र, जनमत, मसाल, नवयुगपार्टी पत्रिका,                ‘सेवासाहित्यिक मासिक, ‘कोसेलीसाप्ताहिक, ‘स्वास्नी मान्छेत्रैमासिक
पुरस्कार  :
        कृष्णमणि साहित्य पुरस्कार (२०४७)
                महेन्द्र प्रज्ञा पुरस्कार (२०५०)
                व्यक्तित्व पुरस्कार (२०५१)
                मुक्ति पुरस्कार (२०५१)
                नेवास बालपुस्तक पुरस्कार (२०५२)
                विशिष्ट साहित्यकार सम्मान (२०५६)
                जनमत वरिष्ठ साधक सम्मान (२०५७)
                अभिनव सम्मान (२०५८)
                कविताराम बालसाहित्य सम्मान (२०५९)
                गोकुल साहित्य पुरस्कार (२०५९)
                अर्जुन घले साहित्यिक पुरस्कार (२०६६)
                शड्ढर लामिछाने पुरस्कार (२०६९)
                अभियान पुरस्कार (२०७०) लगायत विभिन्न संघ संस्थाद्वारा सम्मान, रथारोहण विद्वत्वृत्ति प्रदान ।

भ्रमण  :      रुस, हड्डेरी, जर्मनी, बङ्लादेश, चीन, युक्रेन, अजरबैजन, उजबेकिस्तान आदि ।
जेलजीवन  :   २००४, २००६ र २००७ मा क्रमशः दुई महिना, एक वर्ष र नौ महिना
भूमिगत जीवन  :     २०२४ देखि २०४७ सालसम्म २३ वर्ष ।

                (नेपाल कम्युनिस्ट पार्टीको २०१९ सालमा भएको तेस्रो महाधिवेशन पछि खडा भएको तुलसीलाल अमात्य (महाधिवेशनबाट निर्वाचित पार्टी महासचिव) को नेतृत्व मण्डालीको दुर्बलता, पार्टी नेताहरूमा रहेको चर्को नेतृत्वको भोक, गुटबाजी, सङ्कीर्णता, आपसी असमझदारी र विशेषगरी तत्कालीन कम्युनिस्ट आन्दोलनमा (१९६८ को दशकको) खडा हुन गएको सोभियत नेतृत्व (खुस्चेभको नेतृत्व) र चिनियाँ नेतृत्व (माओको नेतृत्व) बीचको सैद्धान्तिक मतभिन्नता, सोभियत नेतृत्वको कम्युनिस्ट आन्दोलनमा लाद्न खोजिएको असमान हैकमवादी प्रवृत्ति र व्यावहारिक सुझबुझ, समझदारीको आभाव आदि सबै कुराको खिचडीले गर्दा आपूmलाई पञ्चायती निरङ्कुशमा खुला राख्नु अत्यन्त असुरक्षित र कुनै पनि बेला, कुनै पनि नचिताएको सङ्कट आइपर्न सक्ने बोध गरी उहाँ २०२४ सालको उत्तराद्र्धमा नेपाल कम्युनिस्ट पार्टी, वागमती अञ्चल कमिटीको निर्णयअनुसार अन्तरध्यान (भूमिगत) हुनुभएको अनुमान गर्न सकिन्छ भनी आनन्ददेव भट्टले लेख्नु भएको छ ।
                                त्यसैगरी २०४७ सालमा श्यामप्रसाद शर्माले मोदनाथ प्रश्रितसँग भन्नु भएको थियो– “नेपाल कम्युनिस्ट पार्टी औपचारिक पार्टीको रूपमा सञ्चालित नभएको र चुनावी प्रतिस्पर्धामा पनि नउत्रने भएकाले एमाले लगायत कुनै पनि कम्युनिस्ट पार्टीसँग यसको औपचारिक एकता गर्नु आवश्यक नभएको ठहर हामीले गरेका छौँ । अहिलेको परिवर्तित परिस्थितिमा हाम्रो सङ्गठनमा रहेका कमरेडहरू आÇनो विवेकअनुसार कुनै पनि वाम पार्टीहरूमा  सामेल भएर काम गर्न सक्नु हुन्छ । नेकपा (एमाले) सँग हाम्रो विचारको निकै सामीप्य भएकाले यसमा सहभागी भएर काम गरेमा देशको वाम आन्दोलनलाई धेरै फाइदा पुग्नेछ भन्ने कुरा सबै सार्थीहरुलाई भनेका छौँ । तर साथीहरूले अब कुन पार्टी रोज्ने भन्नेबारे वहाँहरूकै खुसीमा हामीले छाडिदिएका छौँभन्ने निर्णय गर्दै वहाँ भूमिगत राजनीतिक जीवनबाट बाहिरिनु भएको थियो ।)

निधनः 

२०७४ बैशाख २४, बिहान ४ बजे



======================================


श्यामप्रसाद : मेरा मनमा, आस्थामा र आँखामा
चूडा मणि रेग्मी 

भरखरै पनि फोनमा सम्पर्क भयो–काठमाडौंमा उनकी छोरीको निवासमा श्यामप्रसादसँग । उहाँ र मैले केही छिन भलाकुुसारी गर्यौं । कहिलेकाहीं प्रश्न पनि उठेका हुन्– चूमरे श्यामप्रसादपन्थी कि कमल दीक्षितपन्थी ? २०१६ सालदेखि नै श्यामप्रसादको ‘साहित्य’ पत्रिका निस्कियो, अत्यन्त केही महत्वपूर्ण निस्किई त्यो बन्द भयो । २०१६ सालदेखि नै कमल दीक्षितले सम्पादन गरेको ‘नेपाली’ त्रैमासिक निस्कियो । यसका भने २०० अङ्क निस्किसकेका छन् र चलिरहेछ । साहित्यिक पत्रकारिका दृष्टिले श्यामप्रसाद पनि आदरणीय क.दी. पनि आदरणीय । निबन्धकारका दृृष्टिले, झर्््रो लेखन्तेका दृष्टिले र भाषा साहित्यसेवीका दृष्टिले पनि म भन्दा ७ वर्षले जेठा दुवै आदरणीय । मेरा अग्रज, दुवैसँग मेरो निकै राम्रो चिनाजानी छ, हिमखिम छ भन्दा फुर्ती लगाएको नठहर्ला । यसो भएर पनि आस्थाका दृृृष्टिले भने म श्यामप्रसादपन्थी नै हुुँ– प्रस्ट कुरा हो यो मेरो । 

श्यामप्रसादलाई मैले साम्यवादी भएर साम्यवादी रूपमै चिनेको र प्रत्यक्ष देखेको नेपाल कम्युनिस्ट पार्टीको २०१४ सालमा काठमाडौंको फोहोरा दरबारको सम्मेलनमा हो । साहित्यकारका रूपमा उनका तिन पुस्तक (बहिनीलाई चिठी, लेखक कसरी बन्ने ?, तँ, तिमी, तपाईं हजुर) बाट म मात्र होइन धेरै नेपाली प्रगतिशील साहित्यका पाठक प्रभावित छन् । ठट्टा गरेर भन्ने हो भने अरु सबै पुस्तक डढाए पनि उनका उक्त तिन पुुस्तक र साहित्य पत्रिकाले मात्र पनि नेपाली प्रगतिशील साहित्यकारका रूपमा श्यामप्रसाद उच्च आसनमा छन् र रहनेछन्– अमर ।

हचुवा मूल्याङ्कनबाट श्यामप्रसाद मेरा आदरणीय होइनन् । उनको लामो जीवनका क्रियाकलाप, नेपालको लामो साम्यवादी आन्दोलनको आरोहअवरोहमा श्यामप्रसादको निश्चल र निश्छल दृढनिष्ठता, राम्रा अक्षरमा झर्रो, सजिलो र रसिलो शैलीमा लेखाइ आदि धेरै ओटा बुँदाले गर्दा श्यामप्रसाद आदरणीय छन् । मान्छेकै दृष्टिले पनि श्यामप्रसाद असल नेपाली मान्छे हुन् । श्यामप्रसादले नेपाली साहित्यलाई दिएको योगदान निजशैलीको निजविचारको माथिल्लो स्तरको छ । सजिलो भाषामा अत्यन्त गम्भीर छ । म उनलाई नेपाली प्रगतिशील गान्धी मान्छु । 

श्यामप्रसादसँग धेरै नेपाली लेखकको घनिष्टता थियो, छ । श्यामप्रसादले चिनेको, जानेको चर्चा समेत गरेको मान्छे भित्र पर्छु म । नेपालमा, नेपालीभाषी क्षेत्रमा, श्यामप्रसादलाई निःस्वार्थ र निःसर्त रूपमा मान्ने म जस्ताको सङ््ख्या ठुलो मात्रामा छ । यो कुराको खोजी यो हल्ले जुगमा भइरहेको छैन तर भोलि अवश्य खोजीमेली हुनेछ भन्ने विश्वास गर्छु । 

मेरो दैनन्दिनीले भन्छ– सर्वप्रथम मैले आदर गरेको साहित्यकार श्यामप्रसाद नै रहेछन् । त्यो कुरालाई नलम्ब्याई भन्दा जनकप्रसाद हुँमागाईंले उनको काठमाडौं स्थित डेरामा मेरो परिचय कार्यक्रम राखे । यो कार्यक्रमको सभाध्यक्ष श्यामप्रसाद थिए । त्यहाँ मैले बोल्दा श्यामप्रसाद, आनन्ददेव भट्ट जस्ता प्रगतिशील व्यक्तित्वको म जस्ता व्यक्तिको सम्मानबाट इज्जत जान दिनुहन्न भनेथें । (मेरो यात्रा वृत्तान्तको पुस्तक ‘घुमेका कुरा’ २०५६ मा यो बारे चर्चा छ ।)

पञ्चायत व्यवस्थाको लामो समय श्यामप्रसाद हराए, अर्थात् भूमिगत भए । कहाँ गए, के गर्थे, मरे कि, बाँचे कि, धेरै नेपालीलाई थाहा भएन । तर २०४६ पछि भने उनी देखा परे । गुप्तवासको सम्झना जस्ता पुस्तकले उनको धेरै रहस्य खोलेको छ । मेरो पनि २०४६ पछि नै श्यामप्रसादसँग सम्पर्क बढेको छ । धेरै पटक भेटघाट, सहयात्रा सङसङै सम्मान आदि पनि भए । ती सबै मेरा आँखा अगाडि झलझली छन् । 

असल लेखकको परिस्थिति बुझेर सघाउनुपर्छ । यो नीति हो श्यामप्रसादको । मैले पनि श्यामप्रसादलाई आर्थिक सहयोग गर्न सर्वप्रथम ‘युगज्ञान’ साप्ताहिकमा ‘मसिना मसिना कुरा’ जस्तो स्तम्भमा लेख्न लगाई निकै ओटा लेख छापिए । यसै गरी काठमाडौंमा हामी चार जना (म, गङ्गाप्रसाद उप्रेती, जनकप्रसाद हुमागाईं र कृष्णप्रसाद पराजुली) ले उनलाई दौरा, सुरुवाल कोट, टोपी किन्न पुग्ने पैसा उठाएर दियौं पनि । भुपि सेरचनको जन्मजयन्ती मनाइरहेका बेला हामीले यो निर्णय लियौं । प्रगतिशील साहित्यकारलाई मुखले प्रशंसा गरेर मात्र ऊ बाँच्दैन, उसलाई गाँस, बास र उसको रोगव्याधि पनि हेर्नु पर्छ भन्ने सन्देश दिन हामीले उक्त कार्य गरेथ्यौं । वास्तवमा श्यामप्रसादलाई धेरै साहित्यकारहरूले सहयोग गरेका छन् । यो सत्य हो । 

नेपालका प्रसिद्ध साहित्यकार श्यामप्रसादलाई घरमा ल्याउने र एउटा ‘जुही’ले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथी बनाउने दुवै मेरा इच्छा पनि पूरा भएका छन् । श्यामप्रसाद मेरा घरमा दुइ चार दिन बसेर झापाली साहित्यकार सित भेटघाट गरेका छन् । २०६१ सालमा चितौनको नारायन घाटमा भएको समारोहमा प्रमुख अतिथीको रूपमा ‘यथार्थ कुरा’को हरिहर खनाल अभिनन्दन अङ्कको विमोचन श्यामप्रसादकै हातबाट भयो । 

श्यामप्रसाद काठमाडौंमा रहे पनि चन्द्रगढीस्थित मेरो झर्रो नेपाली घरमा उनको जन्मोत्सव पनि मनाएँ । मेरो सम्पादनमा निस्केको ‘यथार्थ कुरा’को दसौं अङ्कमा उनीबारे विशेष चर्चा पनि भएको छ । यथार्थ कुरामा श्यामप्रसाद बारे छापिएका केही लेख र उनीले लेखेको एउटा लेख समेत म द्वारा नै सम्पादित ‘यथार्थ यात्रा’ २०६६ मा पुनः प्रकाशित छन् । यसै गरी मेरै सम्पादनमा निस्किएका ‘युगज्ञान’, ‘जुही’ र ‘झर्रा सुरेली र झटाराहरू’मा श्यामजिउले लेखेका र श्यामजिउबारे लेखिएका रचना प्रकाशित छन् । ‘ज्ञानगुनका कुरा’ आदि पत्रपत्रिकामा पनि केही लेखेको छु । 

टुङ्ग्यानीमा, श्यामजिउबारे लेखिएका अभिव्यक्तिहरूमा कुनै भावुकता म अनुभव गर्दिनँ । धेरै सत्य र गहकिला कुरा तिनमा अभिव्यक्त छन् । सम्क्षेपमा श्यामप्रसाद मेरा मनमा, आदरपूर्वक वसेका छन्, आस्थाका केन्द्र भएका छन् र आँखामा सधैं आदर पूर्वक झल्केका छन् ।

२०६६ असोज १५




=============================================

प्रगतिशील सन्त साहित्यकार श्याम प्रसाद
चूडा मणि रेग्मी 
(प्रगतिशील नेपाली साहित्यका त्रिरत्न हुन् शभप्र– अर्थात् शर्मा (श्याम प्रसाद) भट्ट (आनन्द देव) प्रश्रित (मोद नाथ) यी पङ्ति लेखुन्जेल तिन जनै रत्न जीवित छन् र तिनै जना प्रगतिशील वाटो वाट अविचलित नेपाली साहित्यमा योगदान दिई रहेका छन् । शर्मा (८६) साले ८३ वर्षका, भट्ट (९३ साले) ७५ वर्षका, पश्रित (९९ साले) यो असारमा ७० वर्ष लाग्ने यी तिन व्यक्तित्व अझै जीवित छन् र जीवनयापन गर्न पछि छैनन् । यी तिन जना प्रगतिशील साहित्यकारले नेपाली प्रगतिशील साहित्यको प्रगति विकास र सम्वर्धनमा महान् योगदान गरेका छन् । यिनका विषयमा गतिला चर्चा तव सम्म वढ्दैन जव सम्म पाठ्यक्रममा गतिलो रूपमा प्रवेश गराइन्न । विद्यावारिधि हुन थाले पछि पनि वढ्छ । अव क्रमश विद्यावारिधि गर्नेहरु मध्ये केहीले श्याम प्रसाद र मोद नाथ प्रश्रितलाई विद्यावारिधिको विषय वनाअ‍ेका छन् । श्याम प्रसाद वारे मैले २०५४ साल तिरै अ‍ेक लेख लेखेको थिअ‍ें, केही परिवर्तनका साथ त्यसलाई यहाँ प्रस्तुत गर्दै छु–)
अ‍ेक जना म भन्दा धेरै साना उमेरका भअ‍े पनि मनमन नै सही मैले मानेका (अझ पनि उनी प्रति मेरो भनाइ यथावत् छ ।) लेखकले श्याम प्रसादलाई च्वास्स विझ्ने गरी लेखे । मेरा मनमा पैरो गयो । मेरा मनमा पैरो गअ‍ेको त धेरै कुराले छ, धेरै जनावाट छ, तर पनि श्याम प्रसादलाई विटुलो रूपमा चित्रण गर्दा चाहिं मेरा पनि पाइला डगमगाउने त्रास ममा भयो । ‘उनी विकामे हुन्, पत्रू हुन्’ यो कुरा मैले सुन्नु त पर्छ– तर मलाई यो धर्तीमा हिंड्ने आफ्ना पाइलाका गतिमा सङ्कट आअ‍ेको अनुभव हुन्छ । उनी जस्ता तपस्वी नै हाम्रा आदर्शमय हिंडेको वाटो हो । आदर्शका पदपथमा नै मान्छे हिंड्छन्, मान्छेका लागि मूलवाटो नै आदर्शवान् हिंडेको वाटो हो । तपाईले दाङको घोराहीमा साहित्यिक पत्रकारितामा जानी–नजानी ४० वर्ष समयको लगानी गरेको चूडा मणि भन्ने साहित्यिक पत्रकार भक्कानिअ‍ेको कुरो देख्नु भयो ? अथवा सुन्नुभयो ? देख्नु भअ‍ेको छैन र सुन्नु भअ‍ेको छैन भने सुन्नु होस्, भन्छु– ऊ भक्कानियो चूडा मणि भन्ने सम्मानित भअ‍ेको जेठो पङ्तिमा रहेर अभिनन्दित हुने व्यक्तित्वमा अ‍ेउटा पुड्को, मोटोघाटो, सरल, विनम्र, सोझो, वोल्दा लाटो–लाटो जस्तो, वुढो भअ‍े पनि वुढो नदेखिने व्यक्ति थियो श्याम प्रसाद । चूडा मणिले भने थ्यो– श्याम प्रसाद अभिनन्दित भअ‍ेको समारोहमा अभिनन्दित र सम्मानित हुने हामी सवै गौरवान्वित भअ‍ेका छौं । चूडा मणि भावुक भअ‍ेथ्यो– अ‍ेक तपस्वी साहित्यिक पत्रकार रोचक घिमिरे र उनका सहयोगी पत्रकारका विवेकले गर्दा उभिने मौका पाअ‍े थ्यो चूडा मणिले भनी ।

श्याम प्रसादका विषयमा यता पनि लेखिअ‍ेका हुन्, लेखिअ‍ेका छन् । भविष्य सुरक्षित छ, उनका वारे लेखिअ‍ेलान् । म गम्भीर, विवेकी, तथ्यपूर्ण हुन भविष्यलाई नै छाड्छु– तर यो वर्तमानमा म श्याम प्रसादलाई माया मार्न र हिलो छ्याप्न कदापि सक्तिनँ । हाम्रा धेरै महावीरहरु आफ्नो गौरवको सुरक्षा गरुन्– तर निठुरी रहेछ समय । मेरा काव्यका नायक, श्याम प्रसादलाई च्वास्स भने झैं मैले पनि कतिलाई भन्ने वेला आउन लागेको अनुभव गर्दै छु ।

श्याम प्रसादलाई म अपूर्ण नै जान्दछु । श्याम प्रसादलाई मात्र होइन, म देशका धेरैलाई नै अपूर्ण जान्दछु । ‘अपूर्ण ज्ञान’ मेरा जीवन सित गाँस्सिअ‍ेको म स्वीकार गर्दछु । म मेरी प्रियालाई नै अपूर्ण जान्दछु, तर यो अपूर्णलाई पूर्ण पार्ने सय प्रयत्न भअ‍े पनि उनी मेरी प्यारी हुन् । म आफैंलाई नै अपूर्ण जान्दछु, यो अनुभव भअ‍ेको छ मलाई । सायद पूर्ण त ‘व्रम्ह’ हुन्छ भने वेदान्तीहरुले, यसैले होला ।
यो पटक पनि, पटक–पटक झैं श्याम प्रसाद सँग वसियो, वोलियो, खाइयो । सामग्री दिअ‍े स्नेहले मलाई– पढें, पढियो । ‘भातेगोष्ठी’ भनेर मैले निन्दा गरे पनि त्यस्तै गोष्ठीमा दुवै हामीले तातो पानी सँग तिन–तिनवटा रोटी खाअ‍ेर पचास–पचास रु.तिर्न लगायौं भातेगोष्ठीका आयोजकलाई । ‘श्याम वावु तपाई’ भातेगोष्ठीमा नहिंड्नुहोस् भन्न मन लाग्यो, तर सिद्धान्त र आदर्श, व्यवहार र आदर्श, आदर्श र यथार्थ मान्छेका जीवनमा विचित्र ढङ्गले उभिंदा रहेछन् । देख्तै छु, भोग्दै छु । मनमा लागेका कहाँ सवै भन्न सकिदो रहेछ । गर्न सकिदो रहेछ ।

यो पटक त श्यामको ‘साहित्य सेवा सदन’ भअ‍ेका ठाउँमा, कमलपोखरीमा पनि गअ‍ें । यो पटक त केही कुरा श्यामलाई सोधें पनि । शशिकलाप्रति श्यामको उदारता देखेर म गदगद भअ‍ें । शशिकलावाट जन्मेकी छोरी सम्झनालाई मैले शशिकलालाई नै देखें । वुढी शशिकला देखेको छैन, देखे पनि सम्झना छैन । सम्झनालाई मैले मेरी नातिनी, छोरी मालतीकी सानी छोरीलाई मालती देखेकै आँखाले हेरे । कवि पनि रहिछन्– शशिकला जस्तै ।

‘मेरो वस्ने ठेगान छैन ।’ भन्ने श्याम प्रसादको कुरो यसो हेर्दा झुट्टो लाग्छ । छोरा–वुहारीकै घर त ‘ठेगान’ हुँदैन अचेल । कसैले माया गरे पनि, दया गरे पनि ‘ठेगान’ हुन्छ– पत्नी भअ‍ेकै घर । म यहाँ सम्झनालाई ननिको लाग्ने कुरा गर्न चाहन्न । हो, मेरा मनको अ‍ेउटा कुनाले भन्छ– श्याम प्रसादको वस्ने ठाउँ चाहिं गतिलो छ– यद्यपि ठेगाना होइन यो ठाउँ ।

श्याम प्रसाद सन्त हुन्, प्रगतिशील सन्त हुन् । उनका साहित्य भित्र चिन्तन छ । उनका साहित्यमा रूपवादी शैली पनि छ– उनकै रूपको, वस्तुवादी शैली पनि छ– उनकै वस्तुको । भर्खरै मात्र मैले उनका दुइटा रचना पढें – अ‍ेक संस्मरण र अ‍ेक निवन्ध । यी दुई सामग्रीमा पूर्ण वजन छ । संस्मरणात्मक अ‍ेउटा निवन्धको शीर्षक हो– परोपकार नै पुण्य हो (सगर २०५४) । अर्को निवन्धको शीर्षक हो– आफन्त –उत्साह, २०५४)
श्याम प्रसादका रचनाभित्र ‘सुविचार’ छ्याप–छ्याप्ती हुन्छन् । सन्तहरुका जीवन, सोचाइ, लेखाइ, वोलाइ, काम गराइ सवैमा सुविचार र स्वस्थ पारा हुन्छन् । श्याम प्रसादमा पूर्णतया सन्त प्रवृति पाउँछु । उनको लवाइमा, खुवाइमा, वोलाइमा, आचार–व्यवहारमा–पूर्णतया सन्त प्रवृति छ । हो, उनी आफ्नै पाराका सन्त हुन् ।

गान्धीका अघि–पछि को–को हुन्थे होलान् ? हो, श्यामका अघि–पछि म पनि हुन्छु, अर्को पनि हुन्छ– तर उनी पक्का सन्त हुन् । द्वेषहीन, डाहाहीन भअ‍ेर वरावरी रूपमा सवैलाई सुविचार वाँड्छन् । उनले ‘प्रज्ञापन’ (२०५३) लाई दिअ‍ेका अन्तर्वार्तामा भनेका कतिपय भित्र छुने कुराले मैले आफ्ना चिन्तनमा र काम गराइमा पुनर्विचार गरेको छु । उनले त्यसमा दुई कुरा मुख्य रूपमा भनेको यहाँ उल्लेख गर्छु ।

क) म जनताको लेखक हुँ, उनीहरुकै सुख, दुःख लेख्छु । भावना लेख्छु । पीडा र असन्तोष लेख्छु ।

ख) हामी जनताको पक्षमा कलम चलाउनेलाई झुकेर उनीहरुले पुरस्कार दिनु भनेको त झन् हाम्रो खेमाको पो विजय हो यो । ................ आदि ।

श्याम प्रसाद पुरस्कार लिअ‍ेर पुरस्कार दाता सँग मिल्नु पो हुँदैन, आफ्नो कदर कसैले गर्छ भने कदर स्वरूप दिअ‍ेको पुरस्कार लिनु हुन्छ भन्छन् । यो उनको भावनामा गहन रूपमा विचार गर्दा ठुला नेता महात्माहरुले समाजवाट अ‍ेकदमै अलग भअ‍ेर काम गरेका छैनन् होला, तर आफ्ना ढङ्गले काम गर्दा कसैले सहयोग दिन्छ भने सहयोग लिअ‍ेका होलान् भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

अन्तमा, म श्याम प्रसादका वर्तमान र हिजोका गतिविधिवाट प्रभावित छु, तसर्थ उनका कुरामा अत्तो थापेर विवाद गर्नु पर्ने देख्तिनँ । उनी सवै वर्गका सुविचार छर्ने– तर शोषक र शोषणका विरोधी, जनताका भाषामा लेख्ने जनताका लेखक हुन् । उनी पचासौं वर्षदेखि लेखिरहेछन् । उनको विगतको योगदान महान् छ । वर्तमानमा उनको कलमले क्रान्ति गर्नतिर हौस्याअ‍ेको देखिदैन, तर स्वस्थ र सुग्घर विचार लिअ‍ेर हिड्ने कटिवद्ध भअ‍ेर काम गर्ने प्रवृत्ति वढाउनतिर सक्रिय हुने प्रेरणा प्रदान गर्छ । यसै सक्रियतामा वुढो उमेरका सन्त शर्मा सक्रिय भअ‍ेर लेखी रहेछन् ।

दृष्टि पनि सृष्टि पनि ' २०६९ वाट

=================================================

लेख 

नेपाली प्रगतिवादी साहित्यका स्कुलका रूपमा श्यामप्रसाद
प्रा.डा. जीवेन्द्रदेव गिरी 

१. आरम्भ
श्यामप्रसाद (१९८६) नेपाली प्रगतिवादी साहित्यका एक सशक्त मियो हुन् । उनी एक व्यक्ति मात्र नभई संस्था वा स्कुलका रूपमा नेपाली प्रगतिवादी साहित्यका फाँटमा खडा छन् । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्षका रूपमा वि.सं. २००९ मै मुलुकका समग्र प्रगतिशील लेखकहरूलाई नेतृत्व प्रदान गरेका शर्मा वि.सं. २०४८ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट पुनः सो सङ्घका अध्यक्ष निर्वाचित भए । यसरी नै वि.सं. २०५० मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनद्वारा पनि उनकै अध्यक्षता सर्वसम्मत रूपमा स्वीकार गरियो । त्यस यता पनि निरन्तर रूपमा सल्लाहकारका हैसियतले उनले प्रगतिशील लेखक सङ्घको प्रगतिका लागि योगदान गर्दै आएका छन् । प्रगतिशील लेखक सङ्घका बैठक, गोष्ठी, भेला, सम्मेलन र भेटघाटमा उपस्थित भई आफ्ना सारगर्भित अभिव्यक्तिद्वारा प्रेरणा र उत्साह छर्न उनी सदा अग्रसर देखिन्छन् । उमेरले आठ दशक कटाइ सक्ता पनि र शरीरले अरूको सहारामा हिँडाउँदा पनि उनी विभिन्न कार्यक्रमहरूमा पुगी सक्रिय भूमिका पुरा गरी रहेका हुन्छन् । अहिलेसम्म पनि आफ्नो लेखनीलाई जनता र राष्ट्रको हितमा प्रयोग गर्दै आएका शर्मा नेपाली प्रगतिवादी साहित्यिक फाँटका अग्रजहरूमध्ये कैयन्का उत्प्रेरकका रूपमा सम्मानित छन् । उनका सम्बन्धमा केवलपुरे किसान र रमेश विकलले व्यक्त गरेका यी अभिव्यक्ति मात्रैले पनि उनको भूमिकालाई छर्लङ्ङ्याउन सक्छन् : –
रेलका डिब्बा चहारेर पुस्तकहरू बेची 
प्राण धान्थ्यौँ श्यामजी र म आठ नौ सालदेखि 
केवलपुरे किसान, ‘आफ्नो चिनारी आफ्नै शब्दमा’

....... २००६ सालमा श्यामप्रसाद शर्माको अगुवाइमा ‘सन्देश’ साहित्यिक पत्रिका 

(हस्त लिखित) निकाल्ने र त्यसकै आडमा ‘पाँच भाइ’ नाउँको गोप्य सङ्गठनद्वारा राजबन्दीहरूसँग खबर आदान प्रदान र प्रचार प्रसार गर्ने सिलसिलामा एक पल्ट पहिले पनि पक्राउ परेर केही दिनको हिरासत र वर्षदिन (२००७ साल फागुन ७ गतेसम्म) तारिख धाउने सजाय भोगि सकेको थिएँ । 
रमेश विकल ‘यसरी पाएँ मैले पार्टी सदस्यता’

उपर्युक्त दुई प्रगतिशील साहित्यिक हस्तीहरूका अतिरिक्त अन्य विभिन्न स्रष्टाहरूले पनि उनबाट प्राप्त प्रेरणाबारे ठाउँ ठाउँमा चर्चा गरेको पाइन्छ । उनको ‘आएका केही चिठी’ (२०५५) र ‘मेरा डायरीका पाना’ का विभिन्न पुस्तिका अनि धर्मराज अधिकारीको ‘आँखीझ्यालबाट हेर्दा श्यामप्रसाद’ (२०६३) तिर आँखा लगाउँदा थाह हुन्छ– उनी मान्छेहरूका हृयदका कुन गहिराइमा छन् !

उनले साहित्य, दर्शन, राजनीति र अनेक व्यावहारिक विषयमा आफ्नो विशिष्ट चिन्तन र सिर्जनात्मक क्षमताको प्रदर्शन गरेका छन् । थोरैमा धेरै अटाउने गरी गहन, घतलाग्दो र सूत्रात्मक प्रस्तुति गर्नु उनको विशेषता हो । उनका छोटा, छरिता र मिठा रचनाहरू हितकारी र लोभलाग्दा छन् । ‘आजको हाम्रो कर्तव्य’ (२०६६) को ‘स्रष्टाहरूको आन्दोलनलाई’ अन्तर्वार्तामा उनी भन्छन्  : –

विद्वान्हरूले मात्र होइन, धेरैले बुझून् । विषय त गहनभन्दा गहन पनि लिन सकिन्छ नि ! तर त्यसलाई सकेसम्म सहज र सरल पाराले भन्नु पर्छ । सभ्य शिष्ट बन्ने हो भने अरूलाई अप्ठ्यारोमा पार्नु हुन्न । जनतालाई बढी जागरुक बनाउन, बढी सजग बनाउन, बढी सचेत बनाउन मैले यो तरिका अपनाएको हुँ ।

उनका एकाध रचनालाई लिएर अलोचना गरिए पनि उनका समग्र रचनाहरूको समिष्ट प्रभावको प्रशंसा नगर्ने व्यक्ति पाउन गाह्रै पर्ला । उनका असल कर्मका विशालताका अगिल्तिर सानातिना कमजोरी ‘रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी’ मा झैँ स्वतः नगण्य छन् । उनका असल कर्म झैँ जीवनी पनि अनुकरणीय छ । सादा जीवन, सरल बोली, हार्दिक व्यवहार र निश्छल अभिव्यक्ति उनका परिचायक हुन् । भाषणमा होस् वा लेखनमा, पहिरनमा होस् वा व्यवहारमा उनको सरलता र स्वाभाविकताले सबैलाई प्रभाव पारेको पाइन्छ । 

श्यामप्रसाद कुनै एक व्यक्तिका रूपमा मात्र सीमित छैनन्, उनी एक सिङ्गो संस्था वा स्कुल बनि सकेका छन् । उनको स्कुलिङमा दीक्षित हुनेहरूको एउटा ठुलो समूह नेपाली समाजको रूपान्तरणमा जुटेको छ । कतिले उनको चिन्तनलाई पछ्याएका छन्, कतिले उनको लेखनलाई अँगालेका छन् र कतिले उनको अभिव्यक्ति कला र भाषालाई आत्मसात् गरेका छन् भन्ने कुरा एक महŒवपूर्ण अध्ययनको विषय बन्न सक्तछ । उनको प्रत्यक्ष नेतृत्वमा सङ्गठित रहेर काम गर्नेहरूको पङ्क्ति त छँदै छ, उनको जीवनी र कर्मलाई देखेर उनीप्रति आस्था, श्रद्धा र माया खन्याउनेहरूको सङ्ख्या पनि ठुलो छ । उनीप्रति सिङ्गो नेपाली समाज ऋणी छ, कृतज्ञ छ । त्यसैले त प्रगतिशील लेखक सङ्घ जस्तो राष्ट्रको प्रतिष्ठित संस्थाले आफ्नो छैटौँ राष्ट्रिय सम्मेलनमा उनको उच्च मूल्याङ्कन गर्दै श्रद्धापूर्वक सम्मान अर्पण ग¥यो । 

श्यामप्रसाद नेपाल कम्युनिस्ट पार्टीमा सङ्गठित भई महŒवपूर्ण जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन् र आफ्नै नेतृत्वमा अति गोप्यवादी सङ्गठन पनि उनले सञ्चालन गरेको कुरा विभिन्न व्यक्तिहरूले सार्वजनिक गरेका छन् । त्यसैले राजनैतिक सङ्गठनबाट उनले प्राप्त गरेको ज्ञान र अनुभवबाट पनि उनको जीवन खारिएको छ र राजनीति, दर्शन र व्यावहारिक क्षेत्रका विभिन्न लेखहरू र उनका अन्तर्वार्ताहरूमा पनि सो कुरा देख्न सकिन्छ । 

उनी राजनीतिसँग गाँसिए पनि मूलतः उनको क्षेत्र साहित्य नै रह्यो । साहित्यिक क्षेत्रमा उनले संस्थागत नेतृत्वका साथै निबन्ध, कविता, गीत, समालोचना, लेख आदिको लेखनमा महŒवपूर्ण योगदान गरेका छन् ।


२. योगदान 
‘उनका बहिनीलाई चिठी भाग १’ (२००८), ‘बहिनीलाई चिठी भाग २’ (२०१२), ‘तँ–तिमी, तपाईं हजुर’ (२०१४), ‘मेरी आमा’ (२०२३) जस्ता निबन्धात्मक कृतिहरूको गहिरो छाप कैयन् नेपाली मन–मस्तिष्कमा विद्यमान छ । नारी चेतनाका साथै वर्गीय चेतनाका दृष्टिले पनि उत्कृष्ट ती रचनाहरू खोजीखोजी पढ्ने गरिएको कुरा सबैलाई थाह छ । उनले दुई दशकभन्दा बढी भूमिगत जीवन बिताए पनि आफ्नो लेखन कार्यलाई भने विश्राम दिएनन् । त्यस अवधिमा पनि उनले सिर्जनालाई अगि बढाउने काम गरे जसको विवरण उनकै ‘अनुभवहरूको सजीव प्रस्तुति’ (२०५८) नामक कृतिको ‘गुप्तवासका मेरा रचना’ शीर्षकमा प्रकाशित छन् । भूमिगत जीवनपछि पनि उनले अनेक उपयोगी रचना सार्वजनिक गरे । यस क्रममा पनि उनका ‘साथी बनाउने काइदा’ (२०४६), ‘धनीको पनि ओड लिने ?’ (२०४८), ‘सबैका लागि घर’ (२०४९), ‘उनी कति राम्री ?’ (२०५२) जस्ता महŒवपूर्ण निबन्ध सङ्ग्रहहरू प्रकाशित भए । यिनका अतिरिक्त अन्य पुस्तक–पुस्तिकाहरूमा पनि निबन्धात्मक विशेषताले युक्त अनेक लेखहरू प्रकाशित भए । उनका धेरैजसो निबन्धहरू एकत्रित गरिएको ‘श्यामप्रसादका निबन्धहरू’ (२०६२) प्रकाशित गरेर विवेक सिर्जनशील प्रकाशनले नेपाली साहित्यका निम्ति गुणग्राही काम गरेको छ । यी निबन्धहरू राष्ट्रियता, समानता, स्वाधीनता, शान्ति, सदाचार, मित्रता, अपाङ्गता, साम्यवाद, भाषा, वृद्धवृद्धा, बाल बालिका, प्रेम, श्रम आदि विविध विषयसँग सम्बन्धित छन् । यहाँ सङ्कलित ‘रमाइला–नरमाइला कुरा’ मा देखिने अश्लीलताबारे भने आलोचना भएको छ र यसले सङ्ग्रहको प्रभावलाई क्षतिग्रस्त पनि तुल्याएको छ । बाँकी अन्य निबन्धहरू भने भाव र भाषा दुवै दृष्टिले उत्कृष्ट छन्, बरु कुनै कुनैको छोटो आकार भने निबन्धको उचाइसम्म नतन्किएको अनुभूति हुन्छ । कुनै पट्यारबिना सजिलैसँग पढ्न सकिने यी निबन्धको भाषा सरल, सुबोध र सम्पे्रष्य रहेकाले साधारण जन समुदायका पहुँचमा छन् । नेपाली प्रगतिशील साहित्यको निबन्ध विधालाई उठाउन श्यामप्रसादले गरेको योगदान उत्कृष्ट कोटिको छ । उनका निबन्धहरूले विद्यालय र विश्व विद्यालयका पाठ्यक्रमहरूमा स्थान पाएका छन् । डिल्लीप्रसाद पाण्डेयले ‘श्यामप्रसाद शर्माको निबन्धकारिता’ (२०५४) शीर्षकमा त्रिभुवन विश्व विद्यालयको नेपाली केन्द्रीय विभागमा शोधपत्र प्रस्तुत गरेर उनका निबन्धका विशेषताहरूमा प्रकाश पारेका छन् भने धर्मराज अधिकारीले उनको साहित्यिक योगदानबारे विद्यावारिधि तहको अध्ययन सम्पन्न गरेका छन् । 
श्यामप्रसादले नेपाली कविता र गीतका क्षेत्रमा पनि उल्लेख्य योगदान गरेका छन् । ‘केही कविता, केही गीत’ (२०४३), ‘मेरी सानी साथी’ (२०५३), ‘हामी हुन्छौँ बलियो’ (२०५२), ‘हाम्रो इच्छा’ (२०५६), ‘मेरा गीतहरू, तिम्रा स्वरहरू’ (२०६३) तथा ‘राम्रो–नराम्रो’ (२०६६) उनका कविता र गीतका सङ्ग्रहहरू हुन् । उनी लयबद्ध कविता सिर्जना गर्छन् र गीत गुनगुनाउनका लागि त झन् लय आवश्यक पर्ने नै भयो । उनको भाषिक सरलताले गर्दा कतिपय गम्भीर कुरा पनि सहज र स्वाभाविक रूपमा उनका यी पद्य रचनामा व्यक्त भएको पाइन्छ । यी रचनाहरूमध्ये अधिकांश बालबालिकाका लागि उपयोगी रहेका छन् । उनका कतिपय बालगीतहरू विद्यालयका पठनपाठनमा उपयोग गरिँदै आएका छन् । उनको ‘क,ख,ग,घ,ए,बी,सी,डी’ बोलको गीत निकै लोकप्रिय रहेको छ । रेडियो नेपालले ज्योति दिदीका नाममा लामो समयसम्म प्रसारण गरेको यो गीत अहिले विद्यालय विद्यालय चहारि रहेको छ । ‘बालपोष’ पत्रिकाबाट उनले थालनी गरेको ‘राम्रो नराम्रो’ स्तम्भको अहिले बेग्लै स्कुल खडा भएको छ । उनका पद्य रचनाहरू राम्रा सन्देशले युक्त छन् र ती बाल बालिका लगायत सिङ्गो समाजका निम्ति मार्ग दर्शक रहेका छन् । तिनले सरल ढङ्गले प्रवाहित गर्ने विचार बालकको चरित्र र स्वास्थ्यको निर्माणका साथै श्रम र श्रमिकको शिर उँचो पार्ने किसिमका छन् । उनका कविता र गीतका केही नमुना यहाँ प्रस्तुत छन् : –

क) बाँडीचुँडी खाने बानी 
धेरै धेरै राम्रो
चोरी खोसी खाने बानी 
हुनुसम्म नराम्रो
– राम्रो नराम्रो


ख) स्कुलमा मात्र होइन, घरमा पनि जाँच हुन्छ
बाटोघाटो हिँड्दा पनि मानिसको जाँच हुन्छ 
– मेरी सानी साथी


ग) सबै जाति, वर्ण, लिङ्ग
भाषा, धर्म समान छन् 
बाँधा, दास कुनै होइनन् 
हरेक व्यक्ति स्वतन्त्र छन् । 
– मेरा गीतहरू तिम्रा स्वरहरू


घ) संसार भरकै केटाकेटी 
हाम्रा साथी हुन्, 
सबै देशका असल मानिस 
काका काकी हुन् 
– हाम्रो इच्छा


बालबालिकाको शारीरिक स्वास्थ्यको स्थिति राम्रो पार्न पनि श्यामप्रसादले बालगीतहरू लेखेका छन् । उनले स्वास्थ्य सम्बन्धी लेख लेखेका कारण आलोचित हुँदा आफ्ना अनुभवलाई डाक्टरसँगको परामर्शद्वारा परिष्कृत पारेको कुरा व्यक्त गर्दै आएका छन् । उनले व्यापक जनताका सम्पर्कमा जाँदा अवश्यमेव धेरै कुरा सिकेका छन् । बाल बालिकाहरू कुपोषणले रोगी भएको पनि आफैले देखेका छन् । त्यसैले बाल बालिकाहरू निरोगी रहून् भन्ने उनलाई पनि लागि रहनु स्वाभाविक छ । ‘हामी हुन्छौँ बलियो’ गीत सङ्ग्रह उनले यसै उद्देश्यले लेखेका छन् । त्यहाँका केही बालगीत यस प्रकार छन् : –
क) मानिसको दुधमा भन्दा

गाईकोमा चौबर 
क्यालसियम हुन्छ 
खाऊ बरोबर 
ख) खानु पर्छ सुत्केरीले 
झोल, नरम कुरा
खाऊ मुगी, चना, साग
मिठा–मिठा फल 
ग) भिटामिन ज्यान नै हो 
खाने कुराको 
रोगसित कुस्ती खेल्छ
हामीहरूको

उनी गुप्तवासमा बस्नु परेकाले उनको सहमतिमा ‘मेरी सानी साथी’ गीत सङ्ग्रह सुरुमा कुलमान सिंहका नाममा छापिएको थियो । कुलमान सिंह यसका सर्जक नभई चित्रकार मात्र थिए र पछि उनी आफैले यो कुरा सार्वजनिक गरेका थिए । श्यामप्रसाद राजनैतिक कारणले भूमिगत रहेको अवस्थामा शिक्षा तथा संस्कृति मन्त्रालयको प्राथमिक शिक्षा परियोजना अन्तर्गत यसलाई प्रकाशन गर्न सो जुक्ति अँगालिएको थियो । 
यसरी श्यामप्रसादका गीत र कविताहरू उद्देश्यमूलक ढङ्गले बाल बालिका र तिनका अभिभावकलाई मानसिक र शारीरिक रूपमा स्वस्थ पार्ने दिशातिर लक्षित छन् । वर्तमान समयमा यिनको प्रचार प्रसार अझ व्यापक रूपमा हुनु पर्ने हो किनकि हिजो असल विचार फिजाउनु पनि जोखिमपूर्ण थियो तर आज स्थिति परिवर्तन भएको छ । एक बाल साहित्यकारका रूपमा राष्ट्रका तमाम बालबालिकाका मार्गदर्शक त उनी हुँदै हुन्, कैयन् बाल साहित्यका सर्जकहरूका पनि एक केन्द्रीय व्यक्तित्व हुन् भन्ने कुरा सबैले हृयदङ्गम गर्न आवश्यक छ । 
नेपाली समालोचना पनि श्यामप्रसादका योगदानबाट लाभान्वित छ । ‘लेखक कसरी बन्ने’ (२००९), साहित्य सम्बन्धी दुई चार कुरा’ (२०२२), साहित्यमा पात्रपात्रीहरू’ (२०३९), ‘केही साहित्यकार र साहित्य’ (२०४२), जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य’ (२०५०), ‘साहित्यमा सापेक्षता’ (२०५०), ‘साहित्यिक फाँटका मेरा केही धारणा’ (२०५२), ‘प्रलेस सम्बन्धी दुई–चार कुरा’ (२०५२) जस्ता उनका कृतिहरू साहित्यिक समालोचनासँग सम्बद्ध छन् । उनको समालोचकीय टिप्पणीले ‘मेरा डायरीका हृदयचन्द्र’ (२०५३), ‘जुक्तिले काम दियो’ (२०५४), ‘अनुभवहरूको सजीव प्रस्तुति’ (२०५८) र ‘सबैको प्यारो’ (२०६०) जस्ता पुस्तकहरूमा पनि केही स्थान लिएको पाइन्छ । उनका समालोचनाहरू साहित्यिक सिद्धान्त र सौन्दर्यका साथै व्यक्ति र उसका कृतिसँग सम्बन्धित छन् । उनले खास गरेर प्रगतिवादी साहित्यिक सिद्धान्त अनुसार साहित्य कस्तो हुनु पर्छ र हुन्छ भन्ने कुराका साथै प्रगतिशील लेखक सङ्घसँग सम्बन्धित अवधारणा सैद्धान्तिक समालोचनाका रूपमा प्रस्तुत गरेका छन् । जन साहित्य, साहित्य र राजनीति, साहित्यिक विषय वस्तु र भाषा आदिका विषयमा उनका धारणाहरू उनका समालोचनामा प्रस्तुत छन् । साहित्यलाई समय, वर्ग, चेतना, विचार, भावना, कार्य र मान्यताका सापेक्षतामा कसरी हेर्ने भन्ने कुरा पनि उनले स्पष्ट पारेका छन् । उनले साहित्यिक समालोचनाले जानीजानी जन विरोधी कुरा लेख्ने र चेतना एवम् अनुभवको कमीले गर्दा जनताको अहित हुने कुराको ख्याल नपु¥याउने लेखकको भेद गर्न सक्नु पर्ने, ठुलो र सानो अपराध छुट्याउन सक्नु पर्ने, नम्र, तार्किक र यथार्थ रूपमा आफ्ना मतहरू प्रस्तुत गर्न सक्नु पर्ने र अरूको पनि चित्त बुझाउनु पर्ने अभिमत प्रस्तुत गरेका छन् । साहित्य गाउँ र सहर दुवै ठाउँका बासिन्दालाई ख्याल गरेर लेखिनु पर्ने र साहित्यिक इतिहास तयार गर्दा साहित्यकार र तिनका रचना, पुस्तक, पत्रिका, साहित्यिक सङ्घ संस्था, साहित्यिक आन्दोलन, विचारधारात्मक प्रवृत्ति, वाद विवाद, तिथिमिति, विधा आदितिर ध्यान दिनु पर्ने उनको विचार छ । उनी स्वदेश र विदेश दुबैतिर दृष्टि पु¥याई वैज्ञानिक शैलीलाई अँगालेर समालोचना गरिएको देख्न चाहन्छन् । यसका साथै विदेशमा बसेका नेपालीहरूले गरेको योगदानलाई पनि बिर्सन नहुने र अहिले बाटो बिराएका साहित्यकारले पनि पहिले गरेको योगदानको जस पाउनु पर्ने उनको राय छ । उनी लेखनका लागि गहन अध्ययन र छलफलको आवश्यकता बोध गर्छन् र इतिहासको सर्वाङ्ग पूर्णता एवम् सङ्क्षिप्तताको पक्ष लिन्छन् । 

‘साहित्यिक फाँटका केही अवधारणा’ मा उनको सैद्धान्तिक समालोचना सम्बन्धी दृष्टिकोण अझ खुलस्त भएको छ । उनले आफू कसरी समालोचनामा प्रवेश गरे भन्ने कुरादेखि कसरी सम्पादन र समालोचनाको काम सम्पन्न गरी पत्रिका प्रकाशन गर्थे भन्ने कुराको उल्लेख त्यहाँ गरेका छन् । समालोचनाका क्षेत्रमा लागेका व्यक्तिहरूका निम्ति उनका अनुभव र दृष्टिकोणले महŒवपूर्ण सघाउ पु¥याउन सक्तछन् । उनी समालोचनाले लेखकलाई उत्तरोत्तर परिष्कृत तुल्याउनु पर्छ भन्ने विचारका साथ सही र गलत छुट्याइनु पर्ने, कुन कृतिले कति महŒव पाउनु पर्छ भन्ने कुराको मापदण्ड हुनु पर्ने, एउटै लेखकका पनि भिन्न भिन्न काल वा रचनाको तुलना गरिनु पर्ने, साहित्यकार कुन प्रकारको भनी पहिचान गरिनु पर्ने, आवश्यक मात्रामा प्रशंसा वा प्रहार गर्दा अत्युक्ति दोषबाट मुक्त हुनु पर्ने जस्ता विचार यस सन्दर्भमा अगि सार्न पुगेका छन् । उनले हास्यव्यङग्य र बाल साहित्यका सन्दर्भमा पनि आफ्ना समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । उनी नेपालका विभिन्न भाषा र क्षेत्रका साहित्यिक रचनाहरूको समालोचना गरिनु पर्ने र नाम नचलेका साहित्यकारहरूतिर पनि समालोचकीय दृष्टि पुग्नु पर्ने सल्लाह दिन्छन् । समालोचना कस्ता खालका पाठकहरूका लागि लेखिँदै छ भन्ने कुरातिर पनि ध्यान पु¥याउन उनले सल्लाह दिएका छन् । निबन्ध कस्तो हुनु पर्छ भन्ने उनको दृष्टिकोण पनि उनले सार्वजनिक गरेका छन् । त्यसमा सन्देश वा दृष्टिकोण, आकारको संक्षिप्तता, गफगाफको शैली, ज्ञानवद्र्धक र अनुभवमा आधारित विषयवस्तु, ‘बहुजन हिताय बहुजन सुखाय’ को उद्देश्य, आशावादिता, देशभक्ति, सामाजलाई नबिगार्ने नबराल्ने अन्याय अत्याचार विरोधी सामग्री, विभिन्न पुस्ताका बिचको एकता आदिलाई उनले महŒव दिन चाहेको पाइन्छ । उनले हृदयचन्द्र सिंह प्रधान, युद्धप्रसाद मिश्र, पारिजात, लेखनाथ, विश्वेश्वरप्रसाद कोइराला, कुलमान सिंह, सिद्धिचरण श्रेष्ठ, वासुदेव लुइँटेल, कृष्णप्रसाद श्रेष्ठ, शशिकला, कोशराज रेग्मी, मोहन दुवाल, चन्द्रकिशोर झा, भक्तबहादुर नेपाली, रामकृष्ण भण्डारी आदि साहित्यकार कलाकारका बारेमा आफ्ना धारणा प्रस्तुत गरेका छन् । यी साहित्यकारका सकारात्मक एवम् नकारात्मक पक्षबारे उले सम्यक् विवेचना गरेका छन् । नेपाली साहित्यको सैद्धान्तिक र प्रायोगिक दुबै प्रकारको समालोचनामा श्यामप्रसादले कोरेको गोरेटो उनको साहित्यिक पत्रकारितासँगै सुरु भयो र त्यसको प्रभाव विस्तार हुँदै नेपाली प्रगतिशील एवम् प्रगतिवादी समालोचनाको क्षेत्रमा योदान गर्न पुग्यो । उनले पत्रपत्रिकाले नेपाली साहित्यमा पु¥याएको योदानबारे पनि विवेचना गरेका छन् । उनले ‘सन्देश’, ‘तरुण’ र ‘ज्वाला’ हस्त लिखित पत्रिकाका साथै ‘पासा’, ‘नेशन कल’, ‘नेपाल कालिङ’, ‘गुनासो’, ‘साहित्य’, ‘सेवा’, ‘स्वास्नी मान्छे’, ‘वन्दना’, ‘जनमत’, ‘भानु’ जस्ता पत्रिकाले नेपाली साहित्यको उत्थानका निम्ति गरेको कामको सराहना गरेका छन् । 

श्यामप्रसादका निबन्धकै हाराहारीका अनेक लेख विभिन्न विषयसँग सम्बन्धित छन् । उनले पत्रकारिता, संस्कृति, घर परिवार, बाल बालिका, स्वास्थ्य, प्रेम, विवाह र महिला मुक्ति, धर्म, जातजाति, भाषा, अर्थ, डायरी, जीवनी, पत्र आदिसँग सम्बन्धित विभिन्न लेखहरूका साथै पुस्तक–पुस्तिकाहरू प्रकाशित गरेका छन् । उनले कतिपय साहित्यिक र राजनैतिक व्यक्तिको सम्झनाका हरफहरू पनि आफ्ना लेखमा कोरेका छन् । यसका साथै उनका विचारोत्तेजक अन्तर्वार्ताहरू पनि पठनीय छन् । 

‘नेपालको पत्रकारिता र पत्रकारहरूबारे प्रतिवेदन (इ १९६२) र ‘मेरो पत्रकार जीवन’ (२०६३) उनका पत्रकारिता सम्बन्धी कृति हुन् । पहिलो कृति अन्तर्राष्ट्रिय पत्रकार सङ्घको बुढापेस्ट, हङ्गेरीमा आयोजित महाधिवेशनमा उनले प्रस्तुत गरेको प्रतिवेदन हो भने दोस्रोमा उनले आफ्नो पत्रकारिता सम्बन्धी डायरी, अन्तर्वार्ता, अन्तर्राष्ट्रिय पत्रकार र तिनका सङ्घ, सम्पादन कार्य, तराई र पत्रकारिता, रेडियो नेपालका कार्यक्रम, पत्रिकामा नारी अङ्क आदिबारे आफ्ना धारणा प्रस्तुत गरेका छन् । नेपाली पत्रकारितालाई श्रमजीवी र उत्पीडित वर्गका पक्षमा उभ्याउन उनले प्रकाशन, सम्पादन, वितरण आदि विभिन्न क्षेत्रमा पु¥याएको विशिष्ट योगदान सम्बन्धी कतिपय जानकारी उनका कृतिहरूमा पाइन्छ । उनले जीवनको पूर्वार्धमा ‘साहित्य’, ‘सेवा’ र ‘स्वास्नीमान्छे’ तथा २०५० को दशकमा ‘प्रलेस’ को सम्पादनमा विशेष योगदान गरेका थिए । पत्रकारिता क्षेत्रको योगदानको निम्ति उनी सम्मानित पनि हुँदै आएका छन् । 

‘संस्कृति सम्बन्धी दुई–चार कुरा’ (२०४९) पुस्तिकाका लेखहरूका साथै ‘सांस्कृतिक क्रान्ति पहिले आफैबाट सुरु गर्नु पर्छ’ (२०५८) शीर्षकको ‘रक्तिम किरण’ मा प्रकाशित लेख अनि ‘संस्कृति सम्बन्धी अध्ययन’ (२०५५) लेख उनका संस्कृति नामसँग गाँसिएर देखा परेका लेख हुन् । यिनमा उनले यथार्थ चेतना फिँजाउन, प्रजातन्त्रवादी बानी गर्न, अन्धविश्वाससित लडाइँ गर्न, सार्वजनिक सम्पत्तिप्रति ममत्व जगाउन र संस्कृतिको स्वस्थ पक्षको रक्षा र विकास गर्न जुक्ति सिकाएका छन् र तिनको महŒवमा प्रकाश पारेका छन् । उनले लेनिनले सांस्कृतिक क्रान्तिलाई दिएको महŒवबारे चर्चा गर्दै ईश्वर, धर्म र नैतिकतालाई भौतिकवादी वैज्ञानिक दृष्टिकोण अनुसार कसरी हेर्ने भन्ने विचार प्रस्तुत गरेका छन् । साहित्य र साहित्यकार, पत्रकार र पत्रकारिता, शिक्षा प्रचार जस्ता कुरालाई पनि संस्कृति भित्र समेट्दै उनले तिनका विषयमा आफ्नो अभिमत सार्वजनिक गरेका छन् । आफ्नो मात्र नभई अरूको संस्कृतिबाट पनि राम्रा कुरा ग्रहण गर्न, सङ्गीत र नृत्यको शिक्षाको विकास गर्न, हाम्रो संस्कृतिको गहिरो अध्ययन गरी जन संस्कृतिको उन्नयनका लागि अगि सर्न पनि उनले आफ्ना लेखहरूमार्फत आह्वान गरेका छन् । उनी लोक साहित्यिक, प्राचीन, माध्यमिक र आधुनिक कालीन, सामन्ती, पुँजीवादी र समाजवादी, विविध जातीय र भाषिक, बाल्यकालीन, प्रौढ र बृद्ध अवस्थासँग सम्बन्धित, राष्ट्रिय र अन्तर्राष्ट्रिय आदि अनेक दृष्टिले संस्कृतिलाई नियाल्न आवश्यक ठान्दछन् । यसका साथै उनी मुखले जे भनिन्छ त्यही गरेर सबैले आफैबाट सांस्कृतिक क्रान्ति थालेको पनि देख्न चाहन्छन् । 

‘परिवार, नाता–कुटुम्बबारे’ (२०४८), ‘सबैका लागि घर’ (२०४९) उनका घर परिवार सम्बन्धी कृति हुन् । एउटा परिवारलाई कसरी व्यवस्थित पार्न सकिन्छ भन्ने महŒवपूर्ण चिन्तन उनले गरेका छन् । त्यहाँ परिवारका सदस्यहरू र परिवार परिवारबिचको सम्बन्ध, आर्थिक पक्षको व्यवस्थापन, सामूहिक र व्यक्तिगत स्वामित्व, पारिवारिक जीवनमा प्रजातन्त्र, नाता कुटुम्बसँगको सम्बन्ध आदिबारे उपयोगी र अनुभवसिद्ध कुराहरू रोचक ढङ्गले उनले पस्केका छन् । सबैका लागि घरको अपेक्षा गर्ने र हरेक घरलाई सहज एवम् बस्न योग्य बनाई पारिवारिक सुसम्बन्ध बढाउन आहने श्यामप्रसाद साँच्चै नै हरेक नेपाली घर परिवारका हितचिन्तक हुन् । उनले आफ्नो चिन्तनलाई अगि बढाउन परिवार कमिटीहरू सञ्चालन गरेको पनि जानकारी पाइन्छ । 

बाल बालिका त श्यामप्रसादका अत्यन्त निकटका साथी सरह छन् । उनले बाल बालिकाका लागि गीत–कविताहरू मात्र नलेखी ‘हाम्रा बाल बालिकाहरू ः हाम्रा नयाँ पुस्ता’ (२०४७) पुस्तक प्रकाशमा ल्याएका छन् । बाल बालिकाको विकास, हेरचाह, चरित्र निर्माण, शिक्षा, वातावरण, खानपान, संरक्षण, बौद्धिक र शारीरिक क्षमता, बाल साहित्य, अन्तर्राष्ट्रिय जगत्मा बाल बालिकाको विकासका लागि गरिएका काम, केटाकेटीबारे किम इल सङ, चीनमा बाल साहित्य आदि अनेक बाल हितकारी कुरा उनको उक्त कृतिमा समेटिएका छन् । स्मरणीय छ उनी आफू त बाल साहित्यकार हुन् नै, उनको सङ्गतमा रहेका रमेश विकल, कृष्ण पराजुली, शान्तदास मानन्धर, जनकप्रसाद हुमागाईं आदि पनि नेपाली बाल साहित्यका धुरीका रूपमा रहेका छन् । उनको गुप्तवास कालमा उनले अनेक बालसँगीहरू बनाएको र तिनलाई बाटो देखाउने जुक्तिहरूको खोज गर्न पनि यस्ता रचनाहरू जन्मिन पुगेका देखिन्छन् । 

स्वास्थ्यका विषयमा पनि श्यामप्रसादले कलम चलाउँदै आएका छन् । उनको ‘निरोगी रहने सजिलो उपाय’ (२०५८) एक महŒवपूर्ण पुस्तकका रूपमा प्रकाशित छ । ‘गाउँको सफाइ’ (२००१), ‘स्वास्थ्य रक्षा’ (२००३) जस्ता पुस्तिकाहरूबाट आफ्ना स्वास्थ्य सम्बन्धी दृष्टिकोण प्रस्तुत गर्दै आएका शर्माले मान्छेका आहार, विहार, भिटामिन, रोगहरू, स्वास्थ्य योजना आदिबारे सूचनाहरू प्रवाहित गर्ने र समाजलाई सचेत एवम् जाग्रत तुल्याउने काम गरेका छन् । उनका बाल कविताहरूमा पनि सो कुरा व्यक्त भएको पाइन्छ भने गद्य लेखहरूमा पनि उनले त्यसतर्फ दृष्टि पु¥याएका छन् । उनले सुत्केरीको स्वास्थ्य रक्षा, रक्तचाप, दादुरा, भिरिङ्गी, छारेरोग बालस्वास्थ्य आदिबारे लेखेका लेखहरू जीवनोपयोगी छन् । चुरोट र पारमाणविक शस्त्रास्त्र दुबैलाई समान ठान्दै तिनका विरुद्ध उभिनु पर्ने धारणा उनले जाहेर गरेका छन् । उनको भिरिङ्गी सम्बन्धी लेख छापिँदा केही बुज्रुकहरू उनीमाथि खनिएका थिए तर उनले आफ्ना स्वास्थ्य सम्बन्धी अनुभवमा आधारित लेखमा डाक्टरको परामर्श पनि लिइएको जानकारी दिँदै तिनलाई निरुत्तर तुल्याएका थिए । एउटा साहित्यकारले वाङ्मयका अरू क्षेत्रमा हात हालेको देखेर नाक चेप्य्राउने ती बुज्रुकहरू सम्भवतः जनताका पोल्टाबाट धेरै टाढा रहेर सहरको कुनै कुनामा दिन गुजारी रहेका थिए र जनस्वास्थ्यका समस्यामा सहभागी हुनु त के चिन्ता गर्नुलाई पनि अनावश्यक ठान्दथे भने श्यामप्रसादको लामो समय अनेक रोगले पीडित गाउँलेहरूबिच गुजे्रको थियो । 

‘प्रेम र विवाहका विषयमा’ (२०४९) र ‘महिला मुक्तिका कुरा’ (२०५१) तथा ती दुबैलाई संयुक्त पारेर ‘प्रेम, विवाह र महिला मुक्ति’ (२०५९) मा थप लेखहरू सहित श्यामप्रसादले अर्को अत्यन्त सामाजिक चासोको विषयमा प्रकाश पारेका छन् । यस विषयमा यस पङ्क्तिका लेखकले यस अगि नै ‘नागार्जुन’ को ‘श्यामप्रसाद शर्मा विशेष’ (गिरी, २०६२ ः ६९–७३) मा आफ्ना धारणा प्रस्तुत गरि सकेको छ । यसमा उनले गद्य र पद्य दुबै रचनाका माध्यमबाट स्वस्थ प्रेम, विवाह सम्बन्धी समस्या समाधानका व्यावहारिक उपाय, महिलाले भोगेका विभिन्न समस्याबाट छुटकारा दिलाउने तरिका, महिला सम्बन्धमा लेनिनका विचार आदि समावेश गरेको पायन्छ । उनी प्रेम र विवाहको आधार धन, स्वार्थ, जिउडाल, जात र डिग्री नभई वर्गीयता, आत्मीयता र असल गुण बन्नु पर्दछ भन्ने धारणा राख्तछन् । उनी निराशा, पलायन, आत्महत्या, उरन्ठेउलोपना र उद्दण्डताको विरोधमा रही महिला मुक्तिका लागि सङघर्ष, साहस, धैर्य र सामूहिक प्रयासको खाँचो बोध गराउँछन् । क्षय र पतनतिर समाज नजाओस् भन्ने असल उद्देश्यका साथ आशाको सञ्चार गर्ने काम पनि उनले यसमा गरेका छन् । 

‘धर्मबारे केही कुरा’ (२०४९) र ‘जातजातिका कुरा’ (२०५६) ले उनको धर्म र जातजातिसम्बन्धी धारणा अगि सारेका छन् । उनी धर्म र अन्धविश्वासलाई दुई भिन्न कुराका रूपमा लिन्छन् । उनी व्यक्तिलाई धर्म मान्ने वा नमान्ने स्वतन्त्रता हुनु पर्ने विचारमा छन् । कुनै धर्मप्रति पनि कुदृष्टि राखेर मान्छेको धार्मिक भावनामा चोट पु¥याउनु हुँदैन भन्ने उनको विचार छ । धर्मको खोल ओढेर गरिने पाखण्डी र क्रान्ति विरोधी कामको भने उनले विरोध गरेको पाइन्छ । उनले ‘बालशिक्षा र धर्म’ शीर्षकको लेखमा पाठ्यक्रममा कुनै एकधर्मको कुरा राखेर अर्को धर्मप्रति भेदभाव गर्ने र धर्म नमान्ने व्यक्तिलाई जबर्जस्ती धर्मतिर धकेल्ने काम उचित नभएको र यसता कुरामा राज्यले ध्यान दिनु पर्ने ठह¥याएका छन् । ‘प्रजातन्त्र र धर्म’, ‘धर्म, संस्कृति र नारी’ जस्ता उनका लेखले धर्म निरपेक्षता र नारी स्वतन्त्रताको पक्ष लिएका छन् । ‘वसुधैव कुटुम्बकम्’ को सिद्धान्त बोकेका पूर्वजका सन्तानहरूमा पर्वते, नेवार र मदिसेको भेदभावपूर्ण भावना बढाउने तŒवहरूप्रति नकारात्मक दृष्टि लगाउन र समुदायमा भेदभावका अनेक शाखा–उपशाखा रहेको हुँदा भेदभावका कुराले अनेक चिरामा समाज बाँडिई ठुलो नोक्सान हुने भएकाले यस्ता सङ्कुचित विचारलाई समयमै गलहत्याई समाजमा जनस्तरमा रहेको सद्भाव कायम राख्न तथा नेपाली राष्ट्रियतामा एकताबद्ध हुन उनले सजग गराएका छन् । जातीय उँचनीच र छुवाछुतका भावना पनि उनी मेटाउन चाहन्छन् । “पानी नचल्ने अथवा छोइछिटो हाल्नु पर्ने छोटा जात भनेर हेला गर्न खोज्नेलाई सरकारले दण्ड दिनु पर्छ” भन्ने विचार उनले ‘साँच्ची नै प्रजातन्त्र भएको हो भने’ (२०१८) शीर्षकमा सार्वजनिक गरेका छन् । “विवाह गर्दा जात मिल्नै पर्छ भन्ने सोचाइ सामन्तवादी हो” भन्ने उनको विचार छ । सबै जातजातिप्रति समान दृष्टि राखेर आफूलाई ठुलो र अरूलाई सानो ठान्ने विचारलाई त्याग्नु पर्ने कुरा पनि उनले उठाएका छन् । एक जात वा जातिका असल कुरा अर्को जात वा जातिले सिक्नु पर्ने, थिचोमिचोमा परेका जातजातिका समस्यामा ध्यान दिनु पर्ने, सरकारी सेवा, शिक्षा, स्वास्थ्य आदिमा सबै जातिका मानिसले अवसर पाउनु पर्ने जस्ता असल धारणा प्रस्तुत गर्दै जातीय समस्या जटिल हुँदै गएमा मुलुकमा अशान्ति मच्चिने विचार उनले प्रस्तुत गरेका छन् । उनी जातीय समस्या समाधान गर्ने सही दृष्टिकोण अनुसार सबै जातजातिका जनताको स्नेह, सद्भावना र घनिष्ठता बढेर एकताबद्ध रूपमा सिङ्गै देशको कल्याण भएको देख्न चाहन्छन् । 

श्यामप्रसादको ‘भाषासम्बन्धी दुई–चार कुरा’ (२०५६) मा भाषानीति, भाषा प्रयोग, प्रजातन्त्रवादी वा जनवादी नीति अनुसार भाषाको विकास, संस्कृत भाषाको महŒव, उनका नेपाल भाषामा प्रकाशित रचना आदिबारे विवेचना गरिएका लेखहरू प्रकाशित छन् । ‘सोवियत सङ्घमा सबैले रसियाली भाषा सिक्छन्’ शीर्षकको एक महŒवपूर्ण लेख पनि यसमा समाविष्ट छ । यसमा उनले संस्कृत भाषालाई मृतभाषा भनेर हेला गर्नु ठिक नभएको तर अरू भाषाको विकासका निम्ति पनि प्रजातान्त्रिक सरकारको उत्तिकै ध्यान जानु पर्ने सुझाब दिएका छन् । मुलुकका सबै भाषाहरूको विकासमा ध्यान पुग्नु पर्ने र भाषाको निहुँ उठाई जनताहरूबिच विवाद बढाउन खोज्नेहरूबाट सतर्क रहनु पर्ने पनि उनको धारणा छ । उनी विश्वभाषा क्याम्पसले अन्तर्राष्ट्रिय भाषा सिक्ने अवसर प्रदान गरेकोमा खुुसी व्यक्त गर्दै अन्यत्र पनि त्यस्तो अवसर दिँदा राम्रो हुने विचार गरेकोमा खुसी व्यक्त गर्दछन् । उनी आफूले २००९÷१० सालदेखि नै नेपाल भाषा÷नेवार भाषामा रचना प्रकाशित गर्दै आएको र आफ्ना कतिपय रचना त्यस भाषामा मात्रै प्रकाशित रहेको जानकारी दिन्छन् । उनी ‘स्वास्नीमान्छे’ पत्रिका पनि सो भाषामा निकाल्न एक समयमा अग्रसर रहेको तर त्यो प्रयत्न सफल हुन नसकेको पनि सूचना दिन्छन् । नेपालीका अतिरिक्त अन्य भाषाप्रति पनि उनको सद्भाव रहेको कुरा यसबाट पुष्टि हुन्छ । उनका ‘अजा–अजिपीं’ (२०५६), ‘जात–जातिया खँय्’ (२०४९) जस्ता नेपालभाषाका पुस्तिका, ‘जातजातके बात’ (२०५८) र ‘धर्मके बारे मे कुछेक बात’ (२०५७) भोजपुरी भाषाका पुस्तिका तथा ‘हु इज क्रिपल’ (इ १९८१) र ‘थट्स अबाउट पिस एन्ड वार’ (इ. १९९४) अङ्ग्रेजी भाषाका पुस्तिका नेपालीबाट क्रमशः कृष्णराम श्रेष्ठ र त्रिरत्न शाक्य, रेणु गुप्ता तथा जगदीश दुवाडी र आर.के.नेउपानेले अनुवाद गरेको पाइन्छ भने उनी आफैले ‘गाउँमा जाँचबुझ गर्ने बारे’ (२०४०) र नेपाल भाषाका ‘चार निबन्ध’ (२०५६) अङ्ग्रेजी र नेपाल भाषाबाट नेपालीमा अनुवाद गरी प्रकाशित गरेका छन् । नेपालका राष्ट्रभाषाहरू र अन्तर्राष्ट्रिय भाषाप्रतिको उनको सद्भाव यी कार्यबाट पनि द्योतन हुन्छ । अरूलाई अनुवादका लागि प्रेरित गर्ने र आफैले पनि अनुवाद गर्ने उनको यो कार्य नेपाल र संसारका अरू भाषाका विकासका लागि पनि चिन्ता गर्नेहरूका निम्ति उदाहरणीय छ । मुलुकको भाषानीति राम्रो हुनु पर्ने, मुलुकको थोरै वक्ता भएको कम विकसित भाषाले पनि स्नेह, सद्भाव र मान मर्यादा पाउनु पर्ने; लेख रचना र कुराकानीमा कतै पनि एक थरी भाषाभाषीले अर्को थरी भाषाभाषीलाई हेला अपमान हुन जाने खालको विचार पार्न नहुने, साझा वा माध्यम भाषा जनताले रोज्न वा निधो गर्न पाउनु बेमनासिब नहुने, आफ्नो मात्र भाषामा सीमीत नरही अरू भाषा पनि बोल्ने लेख्ने प्रयास गर्नु पर्ने, अन्तर्राष्ट्रिय भाषा सिक्न खोज्नेले पुँजीवादी देशमा प्रचलित अङ्ग्रेजी, फ्रान्सेली जस्ता भाषा वा समाजवादी देशमा प्रचलित चिनियाँ, रसियाली भाषाबाट कुनै एक चयन गर्नु उचित हुने पनि उनको राय छ । उनी करकापले भाषा लाद्न नहुने, उच्च शिक्षामै पनि पढ्न नरुचाउनेका निम्ति अङ्ग्रेजी लादिनु नहुने, एकेडेमीले नेपालीका अतिरिक्त नेपालका अन्य भाषाको अनुसन्धान, अध्ययन, प्रकाशन र प्रचारमा खर्च गर्नु पर्ने, नेपाली भाषा प्रकाशिनी समिति जस्ता तत्कालीन प्रकाशन संस्थाहरूले अरू भाषाका लेखक, सम्पादक र प्रकाशकहरूलाई बिर्सन नहुने, रेडियोमा ठाउँ पाएका विभिन्न भाषाहरूलाई घटाउँदै जानुको साटो बढाउँदै जानु पर्ने, नेपाली भाषामा बर्सेनि फिलिम बन्नु पर्ने, सरकारले लेखक प्रकाशकका पास गरेका कृति मात्र प्रकाशित गर्न पाउने तत्कालीन नियमबाट मर्का पार्न नहुने, भाषिक विकासका सन्दर्भमा भियतनामका अनुभवबाट सिक्न सकिने, प्रतिक्रियावादीहरूले नेपाली जनतालाई हानि पु¥याउन फिँजाउने कृतिहरू नियन्त्रण गरी हाम्रा भाषामा प्रगतिवादी कृतिहरू थप्तै जाने जस्ता महŒवपूर्ण सुझाउ उनले दिएका छन् । उनी कवि, लेखक, चित्रकार, पत्रकार, शिक्षक, विद्यार्थी वर्षको एक महिना भए पनि उपत्यका, पहाड र मदेसका गाउँका निम्न स्तरका जनताका समक्ष पुगी नेपाली भाषाका साथै अन्य भाषामा साहित्यिक एवं शैक्षिक विकासमा संलग्न भएको हेर्न चाहन्छन् । 

उनले ‘आर्थिक अवस्था कसरी सपार्ने ?’ (२०५१) जस्ता कृति पनि हामीलाई सुम्पेका छन् । यसमा घर व्यवहारदेखि साथीभाइ एवम् इष्टमित्रसँग गरिने आर्थिक बरव्यवहार, राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थनीति, उद्योग धन्दा, नौलो जनवादको अर्थनीति आदि कैयन् विषयमा उनका धारणा बाहिर आएका छन् । राजनैतिक कार्यकर्ताले अरूबाट सित्तै केही कुरा लिन नहुने, कुनै परिवारलाई पनि आर्थिक भार पर्ने गरी सङ्गठनको व्यक्तिले बोझ पार्न नहुने, श्रमिकहरूलाई काम गराउँदा ज्याला दिनु पर्ने, आमाबाबुले छोराछोरीलाई अंश दिने नियमका ठाउँमा छोरा वा छोरी जसलाई दिए पनि हुने अथवा उनीहरूमध्ये कसैलाई पनि नदिई सार्वजनिक सङ्घसंस्थाहरूलाई दिए पनि पाइने चलन चल्नु पर्ने, महिलाहरूले पनि आर्थिक आर्जनका काम गर्ने अवसर सिर्जना हुनु पर्ने, पुरुष वा महिला सबै स्वावलम्बी बन्न सक्ने वातावरण बन्नु पर्ने जस्ता कुरा उनले आफ्ना लेखहरूमा उल्लेख गरेका छन् । उनले चीनको अर्थनीतिका बारेमा चर्चा गर्नुका साथै योजना र बजारको सम्बन्ध, साहित्य र आर्थिक समस्या, नेपालको वैदेशिक व्यापार जस्ता विषयमा पनि आफ्नो दृष्टि पु¥याएका छन् । आर्थिक आधारमा नै समाज टिकेको छ र असल कुराको प्राप्तिका लागि आर्थिक विकास गर्नै पर्छ भन्ने कुरामा उनी सचेत छन् । 

टङ्कप्रसाद आचार्य र खङ्गमान सिंह जस्ता अग्रज, निर्मल लामा जस्ता दौँतरी तथा शिवप्रसाद आचार्य र रमला मानन्धर जस्ता प्रतिभाबाट उनी प्रभावित छन् । तिनलाई सश्रद्धा उनले आफ्ना लेखका विषय बनाएका छन् । टङ्कप्रसाद आचार्यलाई कालकोठरीमा राखिएको वेला श्यामप्रसाद पनि जेलमा थिए भने खड्गमान सिंहलाई पनि उनले त्यहीँ नै पाएका थिए । उनीहरूले त्यहाँ पाएको दुःख उनले अनुभूत गरे र उनीहरूका विचारबाट श्यामप्रसाद निकै प्रभावित रहे । उनीहरूबिचको सरसम्पर्क र पत्राचारबाट पनि सो कुरा प्रस्टिन्छ । श्यामप्रसादले के लेखेका छन् भने टङ्कप्रसाद र उनका साथीहरूको प्रभावले नै उनी गान्धीवादीबाट समाजवादी विचारको हुन पुगेका थिए । टङ्कप्रसाद प्रजापरिषद्सँग सम्बन्धित थिए भने खड्गमान सिंह प्रचण्ड गोर्खासँग सम्बन्धित थिए । उनले काल कोठरीमा रहेका रामहरि शर्माका बारेमा पनि ठाउँ ठाउँमा चर्चा गरेका छन् । राजबन्दीहरूसँगको पत्राचार र उनीहरुले निर्माण गरेको साङ्केतिक भाषाको पनि उनले उल्लेख गरेका छन् । निर्मल लामासँग एकै सालमा जन्मेको, सँगसँगै पार्टीको काम गरेको र अन्त्यमा उनको शवयात्रामा समावेश भएसम्मको वर्णन उनले गरेका छन् । लामाको योजनाबद्ध काम गर्ने शैली र जीवनको अन्तिम अवस्थासम्मको आफ्नो आस्थाप्रतिको प्रतिबद्धतालाई उनले विशेष महŒव दिई उल्लेख गरेका छन् । काभ्रे र रौतहटलाई कर्मथलो बनाई सक्रिय रहेका वाम बुद्धिजीवी शिवप्रसाद आचार्यसँगको घनिष्ठता, भूमिगत कालमा उनले आफूलाई गरेको सहयोग, दर्शन जस्तो महŒवपूर्ण विषयमा उनले तयार गरेको पुस्तक, ‘एकताको गीत’ नामक उनको नाटक, नौलो जनवादी अर्थनीति लागु गर्ने र जनतासँग घनिष्ठ हुने उनको अठोट तथा उनको दुःखद निधनबारे उनले ‘तन्नेरी साथीहरूसित दुई चार कुरा’ (२०५४) नामक पुस्तकमा ‘शिवप्रसादको सम्झना’ शीर्षक दिई वर्णन गरेका छन् । यसरी नै रमला मानन्धरसँग श्यामप्रसाद निकै घनिष्ठ रहेको र आफ्नै मायालु छोरी सरह आफूले ठान्दै आएको अनि उनीले ‘काका’ का रूपमा सम्मान गर्दै आएको कुरा उनले ‘रमलाको विचार पक्ष’ भन्ने लेखमा उल्लेख गरेका छन् । उनको देशभक्ति तथा समाज सेवाप्रतिको निष्ठा, सन्तानलाई समाजवादी शिक्षातिर उन्मुख गराउने चाहना र उनका पति समेत स्थानीय साथीहरू समेत भई आफूसँग उनले गर्ने सामूहिक छलफलको उनले यस लेखमा स्मरण गर्दै उनलाई अत्यन्त उच्च विचार र असल भावनाकी नारीका रूपमा मूल्याङ्कन गरको छन् । 

श्यामप्रसादले ‘दुई लाइनका बिचको सङ्घर्ष’ ( ? ), ‘अनुशासनको कारबाईबारे’ (२०५७) जस्ता मौलिक कृतिहरूको रचनाका साथै माओ जे दुङको ‘गाउँमा जाँचबुझ गर्ने बारे’ (२०४०) कृति अनुवाद गरेर आफ्नो राजनैतिक चिन्तनलाई अगि बढाउने प्रयत्न गरेका छन् । पार्टीभित्र र बाहिर हुने सङ्घर्षबारे उनी राम्ररी जान्दथे । ‘दुई लाइनका बिचको सङ्घर्ष’ ले सही र गलत छुट्याउन तथा सही लाइन पक्रेर अगि बढ्न मार्ग दर्शन गरेको छ । यसमा दुई लाइनको फरक, जानीजानी अँगालिने गलत लाइन, त्यसको पहिचान, त्यसका विरुद्ध गरिने सङ्घर्ष, सो सङ्घर्ष हुनाको कारण, आलोचना आत्मालोचना आदि महŒवपूर्ण विषयमा प्रकाश पारिएको छ । अनुशासनको महŒवबारे श्यामप्रसादलाई राम्ररी थाह छ । त्यसैले अनुशासनका निम्ति गरिने कारबाईलाई उनले महŒव दिएका छन् र सधैँ अनुशासन प्रिय बन्न र अनुशासनलाई बलियो पार्न आह्वान गरी लेखहरू लेखेका छन् । गाउँको जाँचबुझ गर्ने तरिका, किसानहरूका समस्या पत्ता लगाइने अनुसन्धान, अन्तर्विरोधहरूबाट प्रमुख अन्तर्विरोध ठम्याउने कुरा आदि अन्तर्निहित पुस्तिकाको अनुवाद पनि उपलब्धिपूर्ण नै छ । यसका साथै उनले मजदुर र किसानका समस्या तथा समस्याबाट उम्किने जुक्तिहरूबारे पनि विभिन्न लेखहरू लेखेका छन् । 

श्यामप्रसादका अन्तर्वार्ताहरू विभिन्न पत्र पत्रिकामा छरिएका छन् । तीमध्ये केही ‘अन्तर्वार्ता’ (२०५१) मा प्रकाशित छन् भने केही अन्य कृतिमा र केही पत्र पत्रिकामा नै रहेका छन् । ती पठनीय र अध्ययनीय छन् । तिनको विश्ेषणबाट साहित्य, राजनीति, इतिहास, दर्शन, सौन्दर्य चिन्तन आदि अनेक विषय क्षेत्र लाभान्वित हुन सक्छन् । यिनका अतिरिक्त उनका आफ्ना र अरूले उनलाई पठाएका चिठीहरू पनि विभिन्न कृतिमा प्रकाशित छन् । ‘आएका केही चिठी’ (२०५५) यस्तै कृतिहरूमध्येको एक प्रमुख कृति हो । ‘चीन जाँदाको डायरी’ (२०३६), ‘थुनुवाको डायरी’ (२०३८), ‘मेरा डायरीका पाना’ (२०५७), ‘मेरा डायरीका पाना’ (२०६२ भदौ ३०), ‘मेरा डायरीका पाना’ (२०६२ चैत १५), ‘मेरा डायरीका पाना’ (२०६३) पनि उनले प्रकाशित गरेका छन् । यी कृतिहरूबाट श्यामप्रसाद स्वयं र उनीसँग सम्पर्कित विभिन्न महŒवपूर्ण कार्यक्रम, प्रकाशन, आन्दोलन, व्यक्ति आदिबारे बुझ्न ठुलो सहयोग पुग्न सक्तछ ।


३. सम्मान
श्यामप्रसादका कामहरूबारे विभिन्न अध्ययन भएका छन् । उनको सर्वप्रथम विस्तृत अध्ययन गर्ने व्यक्ति धर्मराज अधिकारी हुन् । उनले ‘श्यामप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ (२०४३) शीर्षक स्नातकोत्तर तहको शोधकार्य पूरा गरेका छन् । उनको नै ‘प्रगतिवादी नेपाली साहित्यमा श्यामप्रसाद शर्माको योगदान’ शीर्षकको विद्यावारिधि तहको शोधप्रबन्ध त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत भइसकेको छ । उनका अतिरिक्त डिल्लीप्रसाद पाण्डेयका ‘श्यामप्रसादको निबन्धकारिता’ (२०५४) तथा ‘नागार्जुन’को ‘श्यामप्रसाद शर्मा विशेष’ (२०६२) जस्ता कृतिहरूले पनि उनका जीवनी र कर्मबारेमा महŒवपूर्ण प्रकाश पारेका छन् । उनी उनका कामका निम्ति विभिन्न पुरस्कारबाट सम्मानित पनि भएका छन् । यस क्रममा कृष्णमणि साहित्य पुरस्कार (२०४७), महेन्द्र प्रज्ञा पुरस्कार (२०५०), नारायणी वाङ्मय प्रतिष्ठानको व्यक्तित्व पुरस्कार (२०५१) र सीताराम साहित्य प्रतिष्ठानको मुक्ति पुरस्कार (२०५१) उनले प्राप्त गरेका छन् । पुराना राजनैतिक कार्यकर्ता सम्मान गुठी, बढानीलकण्ठ स्कुल, झरना साहित्य परिषद् परिवार, छतिवन, हाम्रो सिर्जनशील समाज, फापरबारी मकवानपुर, प्रगतिशील लेखक सङ्घ, साहित्यिक पत्रकार सङ्घ जसता संस्थाहरूबाट पनि उनी सम्मानित भएका छन् । महेन्द्र प्रज्ञा–पुरस्कार र मुक्ति पुरस्कारबारे केही विवाद चल्यो र त्यस निम्ति उनले प्रलेसको अध्यक्ष पदबाट राजीनामा दिनु परे पनि उनले वि.सं. २०४६ पछिको परिवर्तित वातावरणमा उनको आफ्नो विचारमा अडिग रहेर गरेको कार्यको मूल्याङ्कनका आधारमा ती पुरस्कार प्रदान गरिएको, आफूले कुनै सर्तमा नबाँधिई पुरस्कार ग्रहण गरेको र पुरस्कारबाट प्राप्त राशि आफ्ना कृतिहरूको प्रकाशनमा उपयोग गरेको विचार व्यक्त गरेका छन् । त्यतिखेर प्रलेसले परिवर्तित सन्दर्भमा पुरस्कार सम्बन्धी कुनै नीति बनाइ नसकेको र मूल्याङ्कन समितिले उनको विगत पाँच दशकदेखिको कामलाई आधार बनाई पुरस्कृत गरेको हुँदा उनले त्यसलाई स्विकार्नु स्वाभाविक हुन गएको देखिन्छ । वास्तवमा श्यामप्रसाद जस्तो साधकको सम्मानबाट स्वयम् सम्मान गर्ने संस्थाहरूले आफ्नो प्रतिष्ठा बढाउने अवसर पाएका थिए भन्नु सायद अर्घेल्याइँ हुने छैन । उनको निरन्तरको अथक योगदानका निम्ति गुणग्राही नेपाली समाजले खुला छातीले सम्मान गर्न भने सायद अझै बाँकी नै छ । 

४. निष्कर्ष
श्यामप्रसादले नेपाली प्रगतिवादी र प्रगतिशील साहित्यका क्षेत्रमा अद्वितीय काम गरेका छन् । लेखन, सम्पादन र अनुवादमा आफै संलग्न हुँदै र अरूलाई पनि आफू हिँडेका बाटातिर हिँड्न उत्प्रेरित गर्दै र डो¥याउँदै उनले सामाजिक रूपान्तरणमा विशिष्ट योगदान गरेका छन् । साहित्य, राजनीति र पत्रकारिताका क्षेत्रमा संस्थागत नेतृत्व दिने र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउने काम पनि उनले गरेका छन् । कहिले खुला, कहिले जेल र कहिले भूमिगत रहँदै उनको कर्मशील जिन्दगीले जनताका निम्ति पसिना बगाइ रह्यो । त्यसले बाल बालिका, युवा र प्रौढ सबैलाई साथी बनाउँदै आफूलाई गाउँ गाउँका जनताका पोल्टामा पु¥यायो र जनताबाट सिकेका कुरालाई प्रगतिवादी चिन्तनका भट्टामा गाल्दै साहित्यका रूपमा जनतामाझमा नै फर्कायो । आफू जहाँ रह्यो त्यहाँ खँदिलो प्रभाव र हार्दिक प्रेम छर्न ऊ सक्षम रह्यो ।

श्यामप्रसादले आफ्ना कुरा सजिलोसँग जनतामाझ पु¥याउन सरल शब्द र प्रचलित लयलाई अँगाले । जनताका आफूले देखेभोगेका समस्याको उत्खनन गर्दै समाधानका उपाय बताए । अनुभव र प्रयोगमा आधारित उनका रचना आम जन समुदायका निम्ति सरल, सहज र स्वाभाविक भए । तिनले नेपाली समाजमा विचारको बिउ छर्दै गए र प्रगतिशील जमातको वृद्धिमा साह्रै ठुलो मद्दत पु¥याए । उनका रचना आकारमा छोटा छन् र उनका कृति देख्ता साना छन् तर तिनको सन्देश महान् हुन गयो । जनताका निम्ति ती अत्यन्त लोकप्रिय बने र रुचिपूर्वक पढिए । जिउमा होचा कदका भए पनि उनको वैचारिक प्रभावको उचाइ निकै अग्लो भयो । आफूभन्दा अगिल्लो पुस्ताका, आफ्नै दौँतरीका र आफूभन्दा पछिल्लो पुस्ताकाले उनको हिँडाइ भेट्टाउन हम्मेहम्मे प¥यो । उनीभन्दा अगिका युद्धप्रसाद मिश्र (१९६४) धेरै पछि बिसको दशकको अन्त्यतिर प्रगतिवादी साहित्यक आन्दोलनमा आए, लक्ष्मीप्रसाद देवकोटा (१९६६) ले अलमलका बिच केही प्रगतिशील सिर्जना गरे, हृदयचन्द्र सिंह प्रधान (१९७३) र गोपालप्रसाद रिमाल (१९७५) ले संस्थागत नेतृत्वका साथ श्यामप्रसाद झैँ खुलेर वैचारिक आन्दोलनमा होमिएको पाइँदैन । कुलमान सिंह भण्डारी (१९८२) को योगदानको क्षेत्र साहित्यिक र वाङ्मयिक लेखनभन्दा चित्रकला र मूर्तिकलातिर केन्द्रित रह्यो । केवलपुरे किसान (१९८३) श्यामप्रसादकै अध्यक्षतामा वि.सं. २००९ मा गठित प्रगतिशील लेखक सङ्घको कार्यकारिणी समितिमा कोषाध्यक्ष थिए र श्यामप्रसादका झैँ विधागत विविधता एवम् सङ्गठनात्मक त्रियाशीलता तिरभन्दा कवितामै केन्द्रित रहे । रमेश विकल (१९८५) श्यामप्रसादलाई भान्दाइ भन्थे र उनलाई आफ्ना प्रेरकका रूपमा लिन्थे । उनका उत्तरवर्ती स्रष्टाहरू गोकुल जोशी (१९८७), भवानीप्रसाद घिमिरे (१९८७), शान्तदास मानन्धर (१९९१), आनन्ददेव भट्ट (१९९३), गोविन्द भट्ट (१९९४), पारिजात (१९९४), जनकप्रसाद हुमागाईं (१९९४) आदिले पनि आफ्ना अग्रजका रूपमा उनीबाट नै प्रेरणा प्राप्त गरे । त्यस यताका प्रगतिवादी एवम् प्रगतिशील लेखकहरू पनि श्यामप्रसादको स्कुलिङबाट दीक्षित छन् र उनीप्रति आफ्नो श्रद्धा एवम् आदर भाव खन्याउँदै आएका छन् । त्यसैले श्यामप्रसाद नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा एक सशक्त मियो बनेर केन्द्रीय भूमिका निर्वाह गर्ने प्रतिभावान् साधकका रूपमा वन्दनीय छन् ।


सन्दर्भ कृति सूची

अधिकारी, धर्मराज (२०४३), ‘श्यामप्रसाद शर्माको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन, प्रएम.ए. एम.ए. शोधपत्र, त्रि.वि. नेपाली केन्द्रीय विभाग । 
................... (२०६३), आँखीझ्यालबाट हेर्दा श्याम प्रसाद, काठमाडौं : रमला स्मृति कोष । 
किसान, केवलपुरे (२०६६), सिङ्गै किसान जिउँदा कविता, काठमाडौं  : विवेक सिर्जनशील प्रकाशन । 
पाण्डेय, डिल्लीप्रसाद (२०५४), श्याम प्रसाद शर्माको निबन्धकारिता, अप्रकाशित एम.ए. शोधपत्र , त्रि.वि. नेपाली केन्द्रीय विभाग । 
प्रभात, विष्णु (२०६३), प्रलेसको संक्षिप्त इतिहास, काठमाडौं  : विवेक सिर्जनशील प्रकाशन । 
विकल ,रमेश (२०६२), ‘यसरी पाएँ मैले पार्टी सदस्यता’ युगदूत, २६ः४, पृ. २१–२४ । 
सिलवाल, प्रकाश सम्पा. (२०६२), श्याम प्रसाद शर्मा विशेष, काठमाडौं  : नागार्जुन साहित्यिक प्रतिष्ठान ।

==========================================


भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

नानीमैयाँ बिष्ट 

भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद


हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।

हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।

एउटा हो बोल्ने मात्र काम नगर्ने । अर्थात मुखले एकखाले कुरा गर्ने र व्यवहार अर्को गर्ने । त्यस्तै अर्को हो जे आफूले गर्ने त्यो मात्र बोल्ने । यी मध्ये साँच्चै काम गर्ने र आफ्नो बोलाईप्रति इमान्दार हुनेहरुले आफ्नो व्यवहारमा पनि त्यहि किसिमको इमान्दारिता देखाउछन् । आफू वरिपरि रहेकाहरुलाई व्यवहारबाट विश्वस्त गराउछन् । तर बोलाई र गराईमा एकरुपता नहुने मानिसहरुले आफ्नो साथमा रहेकाहरुलाई केही समय भ्रममा पारेपनि अन्तत उ एक्लिने कुरामा दुईमत छैन । मैले यी कुरा किन गरिराखेको हो भने हामीमाझ यस्तो व्यक्तित्व हुनुुहुन्छ जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने । मकवानपुरमा जन्मिएर नेपाली राजनीति र साहित्यमा प्रगतिशील जग हाल्न उहाँलेको सयौं रचनाहरु बाहिर ल्याउनुभयो । समाज, राजनीति, साहित्य, बालबालिका, महिला, दलित, गरिब, किसान, मजदुर, भाषा, संस्कृति, अनुशासन, परिवार, कार्यशैली, आर्थिक लगायत तमाम विषयमा आफ्नो साना ठूला किताव नै लेख्नुभएको छ। त्यसो त उहाँको बारेमा र उहाँको कृतिको बारेमा अध्ययन अनुसन्धान गरेर डाक्टर बन्नेहरु पनि धेरै नै भइसकेका छन् । उहाँले जन्माउनु भएका संघसंस्थाहरुको सूची पनि लामो नै छ । पत्रकारिताको विषयमा पनि उहाँले चलाउनुभएको कलम सबैको लागि एउटा पाठ्यपुस्तककै रुपमा लिन सकिन्छ । नेपाली समाजको शोषित, उत्पीडित जनताका लागि लगाउनुभएको यि र यस्ता धेरै गुणहरु छन् जुन मेरो पुस्ताले चर्चा गर्दा अपुरो हुनजान्छ ।

अहिले मेरो चर्चाको विषय के हो भने, श्यामप्रसाद शर्मासँग जम्मा ३ पटक भेट्ने मौका पाए । पहिलोपटक हाम्रो प्रयास साप्ताहिकको कार्यालय उद्घाटनको समय र पछिल्लो पटक कुनै काम विशेषले काठ्माण्डौ जाँदा उहाँकै निवासमा । मिजासिला र सानो स्वरमा कुरा गर्ने उहाँको बानी रहेछ शुरुको भेटमा अक्क न बक्क भइयो । साना बालबालिका, किशोरकिशोरी, प्रौढ, बृद्धबृद्धा सबैतहका मानिससँग त्यहि किसिमको व्यवहार गर्ने र उनीहरुबाट सिकेका कुरा टिपोट गरिहाल्ने बानी रहेछ । पछिल्लो पटक उहाँको विषयमा सुनेको चर्चाले उहाँप्रति थप आकर्षित हुनु स्वभाविकै थियो । कुराकानीको क्रममा अझ नजिक रहेर कुनै विषय विशेषमा कुरा गर्दा फेदैबाट कुरा शुरु गर्ने र विषयवस्तुलाई सरल बनाई आफैले व्यवहारमा लागू गर्न सकिने गरी सुत्र बनाइदिनुहुदोरहेछ । आफैले आफूलाई नै अनुशासनमा राख्ने काम सबैभन्दा कठिन काम हो जस्तो मलाई लाग्छ । तर उहाँले आफैलाई आफूले नै नियमहरु बनाएर अनुशासनमा बाधेको देख्दा अचम्म लाग्यो । दैनिक जीवनव्यवहार अत्यन्त ठिक समयमा कामहरु गर्ने उहाँको बानि रहेछ । धेरै भन्दा धेरै व्यवहारिक कुराहरु आफैले प्रयोग गरेर त्यसलाई कितावको रुपमा उतार्ने र बाँकी पाठकहरुलाई नि प्रयोग गर्न उत्साहित गराउने नै उहाँको प्रमुख विशेषता पाएँ । अहिलेको समयमा न्यायोचित, राम्रो, सुसंस्कृत समाज स्थापना गर्न आवश्यक पर्ने आधारभूत जग भेटाउन मुश्किल छ ।। अहिले समाजको अगुवाई गर्छु भन्नेहरुले राजनीति र संस्कृतिलाई जग बिना नै अड्याउन खोजिरहेका छन् । जुन केही समय भव्य र सभ्य देखिएपनि अन्ततः कतै न कतै ढलिहाल्छ । तसर्थ समुन्नत राष्ट्र निर्माण गर्नु भनेको एउटा सुन्दर घर बनाउनु हो । त्यो सुन्दर घर बनाउन तम्सिनेहरुले जग पनि त्यहि किसिमले लगाउनुपर्छ भन्ने कुरा बिर्सनु भएन । मेरो विचारमा त्यो जग भनेको श्यामप्रसाद शर्मा हो , उहाँको कृतिहरु हो ।

http://hetaudaonline.com बाट साभार 

=====================================

श्यामप्रसादको शब्द यात्रा 

- प्रा. जगत् उपाध्याय 'प्रेक्षित

श्यामप्रसाद नेपाली साहित्यका सङ्घर्षशील साधक र मूर्धन्य स्रष्टा हुन् । उनले नेपाली साहित्यका साथै वाङ्मयका विभिन्न विधामा समेत सशक्त कलम चलाएका छन् र विशिष्ट योगदान गरेका छन् । सतासी वसन्त पार गर्न लागेका श्यामप्रसादको औपचारिक लेखन यात्राले समेत सात दशक पूरा गरेको छ ।

नेपालका प्रत्येक निरंकुश सत्ताविरुद्ध राजनीतिकरूपमा समेत सतीसालझैँ खडा हुँदा र विद्रोहको राँको बाल्दा पटकपटक कारावास र भूमिगत जीवन भोग्न बाध्य श्यामप्रसाद नेपाली प्रगतिवादी साहित्यका संस्थागत प्रवर्तक हुन् । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष पनि । अग्रगामी विचार सिर्जना गर्ने श्यामप्रसाद नेपाली प्रगतिशील र प्रगतिवादी साहित्यका धरोहर नै हुन् । जनपक्षीय साहित्य सिर्जनाका माध्यमबाट समाजमा व्याप्त राजनीतिक, सामाजिक, आर्थिक, लैङ्गिक आदि विभेदपूर्ण शोषण अन्त्य गर्दै समान, स्वतन्त्र, स्वाधीन र आत्मनिर्भर नेपाल राष्ट्र निर्माणका निम्ति श्यामप्रसादले खेलेको अतुलनीय भूमिका र साहित्य तथा साहित्येतरका गरी सयभन्दा बढी कृति सिर्जना गरेका छन् । यी कृतिका माध्यमबाट उनले नेपाली साहित्य, राजनीति, पत्रकारिता र समाजसेवाका क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको सम्मान गर्दै नागरिक स्तरबाट अभिनन्दन गर्ने उद्देश्यले साहित्यकार श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समिति नै गठन भएको छ । वैशाख २९ गते राष्ट्रिय अभिनन्दन हुँदै गरेकाले ढिलै भए पनि नागरिक स्तरबाट भएको यस प्रयासलाई प्रशंसनीय नै मान्नुपर्छ ।

श्यामप्रसादको जन्म वि.सं. १९८६ असार ६ गते तत्कालीन ललितपुर र हाल मकवानपुर जिल्लाको मन्थली गाविसको सोलीथुम गाउँमा भएको हो । उनकी माताको नाम हुतुकुमारी देवी र पिताको नाम जोगनाथ उपाध्याय हो । वंशगत थर लामिछाने भए पनि र आफ्ना पिताले ब्राह्मणगत श्रेष्ठता देखाउन उपाध्याय थर लेख्ने गरेको देखिए तापनि नेपाली वाङ्मयका क्षेत्रमा यी श्यामप्रसाद र श्यामप्रसाद शर्माका नामबाट सुपरिचित छन् । दश कक्षासम्मको मात्र औपचारिक शिक्षा प्राप्त गरेका श्यामप्रसादले स्वाध्यायबाटै विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूमा धाएर माथापच्चिसी गर्दा गर्दा विद्यावारिधि र महाविद्यावारिधिका उपाधि लिनेहरूलाई पछारेका छन् र आफ्नो बहुआयामिक व्यक्तित्व र कृतित्वको आलोक फैलाएका छन् ।

मकैको खेती पुस्तक लेखेबापत कृष्णलाल अधिकारीले पाएको दण्ड, भारतमा चलिरहेको अङ्ग्रेज भगाउ आन्दोलन, वि.सं.१९९७ को सहिद काण्ड आदिबाट प्रभावित भएर राजनीतितिर आकर्षित भएका श्यामप्रसाद सुवर्णशमसशेर, सूर्यप्रसाद उपाध्यायका पिता शङ्करप्रसाद, मनमोहन अधिकारीका काका बाबुराम अधिकारीबाट समेत प्रेरित र प्रभावित भई सक्रिय राजनीतिमा संलग्न भएका थिए । वि.सं.२००४ मा राष्ट्रिय काङ्ग्रेसको आह्वानमा भएको सत्याग्रहमा उनको पनि सक्रिय थियो । कृष्णप्रसाद भट्टराई र दयाशङ्कर मुन्सीहरू भारतको रक्सौलमा निर्वासित जीवन बिताउँदै श्यामप्रसादलगायतका युवालाई राजनीतिक प्रशिक्षण दिने गर्थे । श्यामप्रसाद र अन्य साथी वीरगन्जमा नारा जुलुस गरेर राणा शासनको विरोध गर्थे । राणाशासन विरोधी पहिलो अहिंसात्मक, सविनय अवज्ञा सत्याग्रह आन्दोलनको पहिलो डफ्फामा छानिएका श्यामप्रसाद वि.सं.२००४ असोज २२ मा पक्राउ परेपछि एक महिना जेल जीवन बिताएर मुक्त भएका थिए ।

वि.सं. २००५ माघ १३ मा उनी दोस्रो पटक पक्राउ परेर वि.सं. २००६ मा जेलबाट छुटे पनि काठमाडौँ उपत्यकाबाहिर जान नपाउने गरी नजरबन्दमा राखिएका थिए । उनले राणा विरोधी आन्दोलनलाई थप सशक्त पार्न पाँच भाइ संगठन निर्माण गरी यसको निर्देशनमा सन्देश साहित्यिक पत्रिका र कोसेली भूमिगत राजनीतिक (हस्तलिखित) पत्रिका प्रकाशन गरेका थिए । वि.सं. २००७ जेठमा राइटर विष्णुप्रसाद ढुङ्गेल र उमानाथ शास्त्रीलाई नेपालको राजनीतिलाई अहिलेदेखि नै समाजवादी मोड दिनुपर्छ भन्ने आशयको पत्र लेखेको अभियोगमा श्यामप्रसादलाई तेस्रो पटक जेल चलान गरिएको थियो । यस अवधिमा उनले जेलभित्रका राजनीतिक बन्दीलाई सङ्गठित गरी जनसाहित्य मण्डल र प्रगतिशील तरूण समाज नामक सङ्गठन निर्माण गरी प्रशिक्षणसमेत दिए । ज्वाला, तरूण र गुनासो जस्ता स्लेटपत्र जेलभित्रैबाट प्रकाशन गरे । उनले थुनामा रहँदा लेखेका दैनिकीलाई थुनुवाको डायरीका रूपमा प्रकाशन पनि गरेका छन् । वि.सं.२००७ पुस २७ गते उनी तेस्रो पटकको जेल जीवनबाट मुक्त भए ।

पुष्पलालको सक्रियतामा वि.सं.२००६ मै स्थापना भइसकेको नेपाल कम्युनिस्ट पार्टीमा पुष्पलाल धनुषचन्द्र गौतम, मदनमणि दीक्षित, महेशमणि दीक्षित, रत्नदास वैद्यमार्फत् सङ्गठित हुन्छन् । महाधिवेशनमा केन्द्रीय कमिटीमा बस्न प्रस्ताव आउँदा कसैलाई पनि एकै पटक केन्द्रीय नेतृत्वमा लैजान नहुने भनेर उनले यसलाई अस्वीकार गरे । यही क्रममा जनमत, मसाल, नवयुग जस्ता पार्टी पत्रिकाको सम्पादन÷प्रकाशनको जिम्मेवारीसमेत बहन गरे । वि.सं.२०१७ पुस १ गते राजाले निर्दलीय पञ्चायती व्यवस्था थोपरेर पार्टीहरूलाई प्रतिबन्धित गरे पनि उनी अविचल भई पार्टी काममा डटेर खटिरहे । वि.सं.२०२४ पुसदेखि भने पूर्ण भूमिगत भए । भूमिगत अवस्थामै छुट्टै सङ्गठन आवश्यकता बोध गरी आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट संगठन निर्माण गरे । कट्टर सनातनी ब्राह्मण परिवारमा जन्मेर अनि राणाहरूको पारिवारिक सङ्गतमा रहँदै हुर्केर पनि वर्गीय मुक्तिको आन्दोलनमा होमिएका श्यामप्रसाद निर्भीक, न्यायप्रेमी र दृढ स्वभावका देखा पर्दै गए ।

वि.सं. २००१ सालमा प्रकाशित गाउँको सफाइ नामक रचना नै उनको प्रथम प्रकाशित रचना हो । उनको पहिलो साहित्यिक रचना भने वि.सं. २००२ सालमा उदय पत्रिकामा प्रकाशित हिन्दी कविताको अनुवाद सन्देश हो । वि.सं. २००७ मा बाल शिक्षा नामक सानो पुस्तिका छपाएर बालबालिकाको शिक्षामा जोड दिएका श्यामप्रसादको वि.सं. २००८ मा प्रकाशित बहिनीलाई चिठी (भाग–१) पहिलो पुस्तकाकार साहित्यिक कृति हो । हालसम्म ११२ कृति प्रकाशित गरेका छन् उनले । श्यामप्रसाद संलग्न भएको पहिलो संस्था सेवा सदन हो । आफ्नै घरमा वि.सं. २००२ सालमा पुस्तक पसलका रूपमा सञ्चालन सुरु गरेको सेवा सदनका माध्यमबाट वि.सं. २००८ सालदेखि सेवा नामक साहित्यिक मासिक पत्रिका प्रकाशन प्रारम्भ गरेका थिए । यो पत्रिका नै प्रगतिशील शब्द उल्लेख भएको नेपालबाट प्रकाशित पहिलो पत्रिका हो ।

श्यामप्रसादले २०१९ साल असार २५ देखि ३० सम्म मस्कोमा सम्पन्न निरस्त्रीकरण तथा विश्व शान्ति सम्मेलनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका थिए । त्यस्तै २०१९ सालकै साउन २२ देखि २६ गतेसम्म हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठनको पाँचौँ महाधिवेशनमा समेत उनले प्रथम नेपाली पत्रकारका रूपमा भाग लिएका थिए । श्यामप्रसादले दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरेका छन् । उनका कृति भाषिक दृष्टिले सरल, सरस र बोधगम्य छन् अनि समाजवादी यथार्थवादी अर्थात् प्रगतिवादी विचारले ओतप्रोत छन् । हाल विस्मरण रोगबाट ग्रस्त श्यामप्रसादले गरेको साहित्यिक योगदानको मात्र होइन, साहित्येतर क्षेत्रमा गरेका गम्भीर चिन्तन, विश्लेषण र योगदानको समेत तत्तत् क्षेत्रबाट अध्ययन एवम् अनुसन्धान हुनु आवश्यक छ ।

http://nagariknews.com बाट साभार 

==============================================


प्रगतिवादी साहित्यका धरोहर

शशी लुमुम्बू 





वैशाख ३०, २०७४- अन्तत: प्रगतिवादी साहित्य जगत्का एक गौरवशाली धरोहर श्यामप्रसाद हामीमाझ रहेनन् । २०७४ वैशाख २४ गते आइतबार बिहान सबेरै उनी सदाका लागि यस दुनियाँबाट टाढा भए । उनको भौतिक शरीर अनन्तमा विलिन भयो । हो, अब यस जुनीमा उनलाई सशरीर कहीँ कतै देखिने छैन । तर दर्जनौँ सार्थक कृतिले हामीलाई उनी यसै जगत्मा भइरहेको सुखद आभास दिइरहनेछन् ।

श्यामप्रसाद सरल जीवन र उच्च विचारका एक उदाहरण थिए । अमर उज्यालोका खातिर अँध्यारो विरुद्ध निरन्तर कलम चलाइरहने एक अथक स्वप्नजीवी र साहसी कलमयोद्धा थिए । उनी साहित्यमा जस्तो लेख्थे व्यवहारमा पनि त्यस्तै अनुशरण गर्ने प्रयत्न गर्थे । अर्थात् उनी एक आदर्श र व्यवहारवादी स्रष्टा थिए । उनले लेखेका दर्जनौँ कृति यसका प्रमाण हुन्, उनले बाँचेका समग्र समय र उनी हिँडेका अनेक गोरेटा यसका दसी हुन् ।

श्यामप्रसादले जीवनभर सामाजिक उत्पीडन, शोषण, कुरीति, रुढिवादी र अन्धविश्वासका घना जङ्गलहरू फाँडेर समानताको उज्यालो जन्माउन निरन्तर सशक्त ढङ्गले कलम चलाए । राष्ट्र, समाज र मानवता नै उनका लेखनका मूल विषय हुन्थे । मानव जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ ? उनको लेखनीको ध्येय यही नै हुने गथ्र्याे । माक्र्सवादी दर्शनलाई आत्मसात गर्दै जीवन तथा समाज उपयोगी साहित्य सिर्जनामा तल्लिन श्यामप्रसाद केही वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए । आखिर ८८ वर्षको उमेरमा उनी त्यसैको सिकार भए ।

प्रगतिवादी साहित्यका धरोहर यी श्यामप्रसादको जन्म मकवानपुरको मन्थलीमा पर्ने सोलीथुममा १९८६ असार ६ गते बुधबार भएको थियो । हुतकुमारीदेवी र जोगनाथ लामिछानेका एक्लो सन्तान थिए, उनी । उनी पाँच वर्ष छँदै उनकी आमाले सदाका लागि आँखा चिम्लेकी थिइन् । त्यसपछि जेठीआमाले उनको लालनपालन र स्याहारसुसार गरेकी थिइन् ।

छ वर्षमा उनी बुबासँगै वीरगन्ज पुगे । उनका बुबा वीरगन्जको श्रीपुरमा बहादुरशमशेर राणाको खेतीपाती रेखदेख गर्ने जागिरे थिए । श्यामप्रसादको बाँकी जीवन वीरगन्जमै बित्न थाल्यो ।

श्यामप्रसाद तेह्र वर्षमा बुबाविहीन बन्न पुगे । घरमा कमाउने मूल मान्छे नै नरहेपछि पारिवारिक जीविका चलाउन उनकी जेठीआमालाई निकै ठूलो सकस पर्न गयो । तथापि जीवनरूपी डुङ्गालाई बाँकी यात्रामा डोर्‍याउनु त छँदै थियो । आमा–छोराले मिलेर वीरगन्जमा सेवा सदन नामक पुस्तक तथा पत्रपत्रिका पसल चलाउन थाले । श्यामप्रसाद आमालाई पसलमा सघाउँदै त्रिजुद्ध हाइस्कुल पढ्थे ।

१९९७ सालको सहिद काण्डबारे थाहा पाएपछि राजनीतिप्रति उनको कौतुहलता जाग्यो । २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा त उनी सहभागी नै भए । त्यही क्रममा प्रहरीद्वारा पक्राउ परी वीरगन्ज जेलमा थुनिएका बेला उनको सोही जेलका बन्दी युद्धप्रसाद मिश्रसँग चिनजानका साथै सङ्गत हुनपुग्यो । मिश्रको सङ्गतले उनको अभिरूचि लेखन तथा प्रकाशनतिर बढ्न गयो । फलस्वरूप उनले वीरगन्जबाटै एउटा साहित्यिक पत्रिका निकाल्न थाले । उनको सम्पादन तथा प्रकाशनमा निस्केको पत्रिका राजधानी उपत्यका बाहिर (मोफसल) बाट निस्किने पहिलो पत्रिका बन्न पुग्यो ।

प्रजातन्त्र प्राप्तिका लागि निरङ्कुश शासन व्यवस्था विरुद्ध देशमा नेपाली कांग्रेसले सत्याग्रह आन्दोलनको अगुवाइ गरिरहेको थियो । भारतको रक्सौलतिर निर्वासित रहेका कांग्रेस नेताहरूसँगको सङ्गतका कारण श्यामप्रसादको राजनीतिक चेतना फराकिलो बन्दै गयो । २००४ देखि ००७ सालसम्मको अवधिमा श्यामप्रसाद धेरैपटक प्रहरीद्वारा समातिँदै छाडिँदै गरिए । श्यामप्रसादले जेलभित्रै रहँदा पनि साहित्य सिर्जना, पत्रकारिताका अलावा सङ्गठनको कार्यलाई निरन्तरता दिइरहे । अनेक प्रतिकूल परिस्थितिका बाबजुद पनि उनले आफूलाई अविचलित राखिरहे । अझ जुझारु बनाइरहे ।

उनी देश, जनता र समाज रूपान्तरणका लागि राजनीति अपरिहार्य रहेछ भन्ने मनन गरेर राजनीतिमा पुरै होमिएका थिए । २००९ सालमा वीरगन्जमै उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । श्यामप्रसाद कामचाहिँ पार्टीको गर्थे, तर बाहिर भने पत्रकारका रूपमा प्रकट हुन्थे । २००९ सालमा उनकै अध्यक्षतामा प्रगतिशील लेखक सङ्घ स्थापना भएको थियो । त्यही सङ्घ अहिले नेपाली प्रगतिशील आन्दोलनको साझा मोर्चा बन्न पुगेको छ । यसबाट उनमा दीर्घकालीन सोचाइ र चिन्तन रहेको बुझ्न सकिन्छ । २०५० सालमा उनी पुन: सङ्घको अध्यक्ष चयन गरिए ।


देशमा प्रजातन्त्रको बहाली र पञ्चायती निरङ्कुश व्यवस्था अन्त्यका खातिर जनचेतना छर्दै जनजागरण गर्ने आन्दोलनमा लागेका उनले दुई बीसभन्दा बढी वर्ष भूमिगत जीवन बिताउनुपर्‍यो । २०४७ सालमा भूमिगत जीवनबाट सार्वजनिक जीवनमा फर्किएका श्यामप्रसादको शशीकलासँग प्रगतिशील प्रेमविवाह भएको थियो । तर उनको वैवाहिक जीवन लामो समय टिक्न सकेन । दुई छोरीका बुबा उनी जीवनभरि साहित्यिक, सांस्कृतिक एवं सामाजिक आन्दोलनमा लागिरहे ।

थुप्रै पुरस्कार र मानसम्मानद्वारा पुरस्कृत एवं सम्मानित भएका उनलाई प्रगतिवादी नेपाली साहित्य, संस्कृति र पत्रकारिताका क्षेत्रमा गरेको योगदान कदरस्वरूप एक वर्षअघि राजधानीमा भव्य अभिनन्दन गरिएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्यसमेत रहेका उनलाई सो सम्मान अर्पण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘श्यामप्रसाद आदर्श, सिद्धान्त र निष्ठाका एक स्तम्भ हुन् । प्रगतिवादी साहित्यिक फाँटका गौरवशाली धरोहर हुन् ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती भन्छन्, ‘श्यामप्रसाद नेपाली साहित्यका शीर्षस्थ स्रष्टा र प्रगतिशील लेखनका जनक हुनुहुन्छ । उहाँको निधनले प्रगतिशील साहित्यका क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।’

२०३८ सालमा पहिलो कृति ‘थुनुवाको डायरी’ प्रकाशन गरेका उनका ‘मेरा डायरीका पाना’ ६ भागसमम्म प्रकाशित छन् । यसैगरी उनका ‘लेखक कसरी बन्ने ?’ ‘तँ, तिमी, तपाईं, हजुर’, ‘संकृति सम्बन्धी दुई–चार कुरा’, ‘साहित्यका पात्रपात्रीहरू’, ‘जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य’, ‘साहित्यमा सापेक्षता’, ‘साहित्यिक फाँटका मेरा केही धारणा’ र ‘मेरा समालोचना’जस्ता उनका निबन्ध, कथा, संस्मरण, विचार, समीक्षा लगायतका विधाका १ सय १२ कृति प्रकाशित छन् ।

‘साहित्य लोकहितका लागि हुनुपर्छ र त्यसमा प्रगतिवादी चिन्तन एवं चेतना हुनुपर्छ, यसो हुनसक्यो भने मानवजातिले छिटो प्रगति गर्न सक्छ’ भन्ने श्यामप्रसाद जनवादी संस्कृति, मानवतावादी चिन्तन र प्रगतिवादी साहित्यका एक धरोहर हुन् । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलले भनेजस्तै ‘प्रगतिशील साहित्यका मजबुत पाठशाला’ हुन्, श्यामप्रसाद । जसको भौतिक शरीर सधैंका लागि ढलेको छ, तर उनले ठड्याएको वैचारिक निष्ठा र सिद्धान्तको धरोहर भने कहिल्यै नडगमगाउनेगरी अटल उभिइरहनेछ, युगौंयुगसम्म ।

लुमुम्बू प्राज्ञ परिषद् सदस्य हुन् ।

http://kantipur.ekantipur.com बाट साभार

==============================================

हुुनु र नहुनुका बीचमा श्यामप्रसाद

श्यामल


























‘म को हुँ भन्ने कुरा नखुलाईकन म शिक्षक बन्न सक्तिनँ ।'
-पाउलो फ्रेरे, लेखक, पेडागोजी अफ द अप्रेस्ड
नेपाली समाजको आमूल परिवर्तनका लागि लागिपरेको पुरानो पुस्ताका थोरैमध्येका अग्रणी व्यक्तित्व साहित्यकार श्यामप्रसाद शर्मा यसै हप्ताको आइतबारदेखि हामीमाझ रहेनन् । सशरीर उनी हामीमाझ नरहनु नेपाली धर्ती कम्पायमान बनाइदिने विषय त बन्दैनथ्यो तर सँगसँगै उनको उपस्थितिको अर्थ बुझेकाहरूका निम्ति यो सामान्य घटना बन्न सक्तैनथ्यो । त्यसैले तिनीहरू नै नेपाल प्रज्ञाप्रतिष्ठानको खुला डबलीमा आएर उनको पार्थिव शरीरको वरिपरि झुम्मिए र शोकग्रस्त मनस्थितिमा उनको अन्तिम बिदाइ गरे । यति सानो कायाको ऊ वास्तवमा को थियो र उसलाई किन प्रज्ञाप्रतिष्ठानको डबलीमा ल्याइएको हो भनेर जिज्ञासा राख्ने खाले मानिसहरू पनि त्यहाँ अलि टाढाबाट हेरिरहेका थिए । तिनले आफ्ना प्राथमिक वा माध्यमिक तहका नेपाली वा सामाजिक अध्ययनका पाठ्यपुस्तकमा नपढेका श्यामप्रसादको नाम थाहा नपाउनु अपराध थिएन ।

यस्तै मानिसहरूको चेतनाको स्तर उकास्ने भनेर जीवनभर सरल भाषामा सल्लाह दिइराख्ने श्यामप्रसाद पनि यसका निम्ति जिम्मेवार थिएनन् । हामीले देखेका छौं, कि त युगलाई फेर्ने बिन्दुमा अग्रमोर्चामा देखिने र बदनाम नहुँदै अस्ताउनेका मलामी धेरै हुन्छन् कि त परि श्रम अतिरिक्तको फोसा दाम थुपारेर फोसामा बाँड्ने सत्ता र शक्तिको मातले छोएका लोकप्रिय बदनामहरूका मलामी धेरै हुन्छन् । श्यामप्रसाद दुवै थिएनन् । त्यसैले त्यहाँ जति थिए, उनको जीवनको अर्थ बुझेर आएका सीमित संख्याका साहित्यकर्मी थिए । तिनमा राजनीतिक क्षेत्रमा नाम कमाएका केपी ओली, सीपी मैनाली र ओनसरी घर्ती थपिएका थिए । सन्तोष मान्नुपर्ने विषय यही नै हो ।

त्यसो त तीन दशकयता जन्मेहुर्केको नयाँ पुस्ताका लागि श्यामप्रसाद उति नसुनिने नाम हो । यो मानिस विद्युतीय मिडियामा छाइरहने खाले आधुनिक भनाइसँग मेल खाने ‘सेलिब्रिटी' थिएन । ऊ नेपालको राजनीतिक तुवाँलोमा अकस्मात् प्रकट भएको सत्तासीन राजनीतिक थिएन । लेखन प्रकाशनजस्तो प्रचारको दुनियाँमा भए पनि मदन पुरस्कारजस्तो सामान्य ज्ञानमा उल्लेख भइरहने पुरस्कारबाट पुरस्कृत व्यक्ति पनि थिएन । विभिन्न टेलिभिजन च्यानलका पर्दामा कम्तीमा हप्ताको एकपल्ट राजनीतिक संवाद गरिरहने राजनीतिक विश्लेषक नामधारी पीएचडी पनि थिएन ऊ । तब उसलाई राम्ररी नचिन्ने पुस्ता पनि यहाँ हुनु आश्चर्यको विषय होइन ।

माओको जीवनलाई आदर्श मानी हिँडेका र दुई-दुइटा बिहे गरेका श्याम दाइ २४ वर्षसम्म तिनबाट अलग्गिएर बसे कसरी ? के तिनले गुप्तवासमै पत्नी र छोरीहरूलाई भेट्ने गर्थे ? यस प्रश्नको भरोसालाग्दो जवाफ दिने व्यक्ति उनै हुन सक्थे । तर, अब उनी गैगए ।

ऊ त पहिले पुष्पलाल झैं नेपाली राष्ट्रिय कांग्रेसमा लागेर राणाविरोधी अभियानमा संलग्न भएर जेल परेको, पछि सात सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको, वीरगन्जमा सेवासदन खोलेर पठन संस्कृतिको सुरुआत गरेको, प्रगतिशील लेखक संघ स्थापना गरेको, निबन्धहरूका पुस्तक लेखेको, पत्रिकाहरू चलाएको र २४ सालदेखि कुन्नि किन हो, भूमिगत भएर २४ वर्ष बिताएपछि बुढेसकालमा बाहिर आएको ससाना पुस्तक लेख्ने लेखक हो । अझ प्रगतिशील लेखकहरूलाई डोर्‍याएर बाटो देखाउने पथप्रदर्शक पनि हो ऊ । जसरी भए पनि सामान्य जनताको भलो चिताउने क्रममा संघर्षको रापमा पोलिएको सरल र सार्थक जीवन बाँचेर अस्ति २४ गते हामीबाट बिदा भएको अघिल्लो पुस्ताको करिब अन्तिम प्रतिनिधि हो ।

श्यामप्रसाद शर्मा यसरी मेरा लागि चिनिएका थिए । मलाई उनको ‘तँ, तिमी, तपाईं, हजुर' निबन्धको विशिष्ट बान्की मन परेको हो । उनको ससाना उपदेशात्मक भाषामा बुनिएका रचना समेटेर ससाना गोजी पुस्तिका निकाल्ने शैली भने मेरा लागि उति रुचिकर भएन । म उनीबाट मेरो अभिरुचिलाई सम्बोधन गर्नसक्ने विशिष्ट कलात्मक शैलीका साहित्य चाहन्थेँ । उनी त्यति अघि बढ्न चाहन्नथे, किनभने उनका लागि सरल र सुबोध भाषामा अर्थात् नवसाक्षर, खुबै भए माध्यमिक शिक्षा लिएकाहरूका लागि उनको लेखन बढी आवश्यक थियो भन्ने उनले ठानेका थिए ।

उनको लेखन त्यतैतर्फ लक्षित थियो जसले मेरो कलाको भोकलाई तृप्त गर्न सक्तैनथ्यो । तर, उनको रहस्यमय जीवनले मलाई तिनका बारे सोच्ने पर्याप्त ठाउँ छोडेको थियो । उनी लगातार २४ वर्ष गुप्तवास बसे र एकैपटक चाबेलमा हामी केही लेखकमाझ रित्तै प्रकट भए । मलाई आशा थियो, उनले अब हुरीको बबन्डर ल्याउनेछन् । उनी लगभग किंवदन्तीका पात्र भइसकेका थिए । यस्ता पात्र भेटिनु आफैंमा सुखद आश्चर्य हुन्छ । जे होस्, उनी संगठक थिए, समाजको परिवर्तनका लागि अनवरत काम गरिरहेका थिए र गुप्तवासबाट निस्केपछि पनि उनको संगठकको रूप देन पाइन्थ्यो ।

म कुनै एक अनिवार्य बैठकमा जाँदै थिएँ र समय निकै कममात्र बाँकी थियो । श्याम दाइ रत्नपार्क-बागबजार पार गर्ने आकाशे पुलको छेउमा चिरपरिचित मुस्काने मुद्रामा भेटिए । उनीसँग कुनै दुईजना प्रौढ पनि बागबजारतर्फ हिँडिरहेका थिए । जब हाम्रो आम्ने-साम्ने भयो, उनले मसँग क्रान्तिकारी ढंगको हात मिलाए र मेरो पाखुरा समातेर ‘हिँड्नोस् प्रलेसको अफिसमा जाऔं' भन्न थाले । मलाई न त्यहाँ जाने कुनै लालसा थियो न त समय नै । तर, श्याम दाइ हठमा थिए र मेरा पाखुरा च्याप्पै समातेर आज तपाईं प्रलेस अफिस छिर्नैपर्छ भनिरहेका थिए ।

यसरी उनी मलाई आफू हिँडेतिर डोर्‍याइरहेका थिए । म पछि कुनै बेला तपाईंको अफिस आउँछु, अहिले समय छैन भनिरहेको थिएँ । तर, उनका साना हातले मेरा पाखुरा छाडिरहेका थिएनन् । यसरी उनले मलाई बागबजारको अँध्यारो कोठामा पुर्‍याए, जो उनीजस्तै अति साधारण र साँघुरो थियो । नेपालका ख्यातिप्राप्त लेखकहरू श्यामप्रसाद, रमेश विकल, आनन्ददेव भट्ट, गोविन्द भट्ट, खगेन्द्र संग्रौला, निनु चापागार्इं, विमल निभा र नारायण ढकालहरूले नेतृत्व गरिसकेको प्रलेसको त्यो अफिस प्रगतिशील चरित्रको गरिब थियो । करिब दस मिनेट उनीसँग सामान्य कुराकानी गरिसकेपछि म आफ्नो कामतिर फर्केको थिएँ । फर्कंदै गर्दा उनी भनिरहेका थिए, ‘यो संस्था हामीले नै बनाउने हो, तपाईं यहाँ आउने गर्नुपर्छ ।'

यसरी उनी प्रलेसको भविष्य बनाउने प्रयासमा लागिरहेका थिए, जुन संस्था उनकै अगुवाइमा नौ सालमा खुलेको थियो । तर, त्यसले प्रगतिशील धारका लेखकहरूको प्रभावशाली संगठनको रूप लिन सकिरहेको थिएन । भन्न सकिन्छ, त्यसले आफ्नो नाम-अनुकूलको आचरण गर्न पाइरहेको थिएन । त्यो औपचारिकताका फलामे साङ्लाहरूले बाँधिएको थियो । त्यो लेखकहरूको स्वतन्त्र संगठनभन्दा बढी दसौं चिरामा बाँडिएको वाम आन्दोलनको मोर्चा थियो र त्यसको लगाम आफ्ना कार्यकर्तामार्फत कम्युनिस्ट पार्टीका नेताहरूका हातमा हुने गर्थ्यो।

श्याम दाइमा नेपाली समाजलाई आमूल बदल्ने महत्ववाकांक्षा त थियो तर त्यसका निम्ति नेपाली समाज तयार नभइसकेको अवस्था थियो । त्यसैले उनी २०२४ सालदेखि भूमिगत भइसकेका थिए । पञ्चायतकालमा एक साम्यवादी विचारक भूमिगत हुनु बुझ्न सकिने कुरा त थियो तर उनले त्यत्तिका चौबीस वर्षमा भूमिगत हुँदा के गरे ? उनी भूमिगत अवस्थाबाट सतहमा आउँदा यस प्रश्नले हामीजस्ता जिज्ञासुका लागि उत्तर खोजेको थियो । साथसाथै उनले नै नेतृत्व गरेको एक पार्टी पनि थियो भन्ने कुरा नआएको होइन । सतहमा त्यो देख्न पाइएन ।

२०४७ सालको अमूक महिनाको अमूक दिनको अमूक समयमा श्याम दाइ अब भूमिगत अवस्था त्यागेर बाहिर निस्कँदैछन् र त्यस अवसरमा समकालीन लेखकहरूसँग भेट्ने इच्छा राख्छन् भन्ने खबर मेरो कानमा आइपुग्यो । यसको चाँजोपाँजो एक भिन्नै शैलीका मित्र मुकुन्द अर्यालले गरेका थिए र चाबेलस्थित उनकै निवासमा । मुकुन्द यस्ता खाले चाँजोपाँजो मिलाउन जान्ने मित्र मानिन्थे । उनको वास्तविक आर्थिक अवस्था र रहनसहनका बीच भयानक अन्तर देखा पथ्र्यो । राम्रो आर्थिक अवस्था हुँदाहँुदै पनि सस्ता चप्पलमा पाइन्टको मोहोरी कुल्चिहिँड्ने उनको जीवनशैली सर्वहाराकृत थियो वा श्यामप्रसाद नामका अर्का सरल जीवनका पक्षपाती वरिष्ठ गुप्तवासी लेखकको सरलताको प्रभाव उनमा परेको थियो ? त्यस दिन त्यस्तो प्रश्न गर्नु आवश्यक थिएन । तर, मैले उनी सतहमै देखिँदा कहिल्यै नभेटेका गुप्तवासी श्याम दाइको अनुहार नियाल्ने रोमाञ्चक क्षणको साक्षात्कार गर्ने र उनीसँग केही प्रश्न गर्ने मन बनाएँ । यसरी मित्र नारायण ढकालसँग म चारुमती विहार छेउको मुकुन्द निवासमा पुगेको थिएँ ।

स्वाभाविक थियो यी कहावतका पात्र बनिसकेका वरिष्ठ लेखक कस्ता छन्, कस्तो अवस्थामा कस्तो नयाँ विचार र कोसेली लिएर उनी साढे दुई दशक लामो गुप्तवासबाट निस्कँदैछन् भन्ने जान्न उत्सुक थिए धेरैजना । तीमध्येको एक म पनि थिएँ । हामी पुगेर बसेको केही मिनेटमै सानो कदकाँठीका श्याम दाइ अनुहारमा हल्का गुलाबी कान्तिका साथ प्रकट भए । हामी करिब पच्चीस तीसजना जसरी भुइँमा बसेका थियौं, उनी त्यसैगरी भुइँमा बसेका थिए । यसको अर्थ थियो, त्यहाँ हुनेहरू सबैजसो भुइँमानिस हुन् ।

त्यति बेलाको नामी लेखक र काठमाडौंको लोेकप्रिय वामपन्थी नेता नारायण ढकाल श्याम दाइलाई सशरीर आफ्नै अगाडि देख्ता निकै भावुक भएको थियो यस सानो भेलामा । ऊ अवरुद्ध गलासहित श्याम दाइको स्वागत गरिरहेको थियो र हल्का गुलाबी मुस्कानसहित श्याम दाइ भुइँतिर हेर्दै यो हविगत देखिरहेका थिए । सबैजनाका आँखा श्याम दाइतर्फ सोझिएका थिए । श्याम दाइ स्वस्थमात्र होइन, कान्तिमय गुलाबी आभाका साथ त्यहाँ उठिरहेका जिज्ञासाको उत्तर खोज्न थालेका झैं देखिन्थे । यस्तो लाग्थ्यो, भूमिगत हुनु भनेको स्वास्थ्यलाभ गर्नु हो, दुःखकष्ट र दैनिक झ्याउलाहरूबाट मुक्त हुनु हो । कथाकार खगेन्द्र संग्रौला यस पर्वका अर्का सहभागी थिए र भूमिगत संगठन निर्माण, क्रान्तिको तयारी, युद्ध तथा विजयका रोमाञ्चक चिनियाँ आख्यानहरूको अनुवाद गरिसकेका उनका आँखामा अनन्त जिज्ञासाहरू छन् भनेर बुझ्न सकिन्थ्यो ।

मैले त्यस प्रकट सभामा श्याम दाइका आँखा आफूतर्फ तानेर सोधेको थिएँ, तपाईंले छत्तीस सालपछिको यति खुकुलो अवस्थामा पनि किन भूमिगत हुने रुचि राख्नुभयो ? के तपाईंका निमित्त राज्य यतिविघ्न अनुदार छ ? एक साहित्यकार यसरी भूमिगत भइरहनुपर्ने त्यस्तो अवस्था विद्यमान थियो त ?

मलाई थाहा थियो, श्याम दाइ मेरा प्रश्नहरूको उत्तर दिने छैनन् । म त्यस गुप्तवासलाई पाखण्ड ठानिरहेको थिएँ । कुनै विशिष्ट परिस्थितिले उत्पन्न गरेको असुरक्षाको भावनाको प्रतिफल हो यो या यसभित्र अन्य कुनै रहस्य छ ? कतै यिनले जनवादी क्रान्तिका लागि तत्कालीन मालेभन्दा बढी खतरनाक सशस्त्र युद्धको तयारी गरेका त थिएनन् ?
तर, मैले श्याम दाइलाई ती कुरा सोधिनँ । कसैले पनि सोधेन ।

मैले सोधेँ, ‘तपाईं नेपालको प्रगतिशील साहित्यको मानक मानिनुभएको छ । प्रगतिशील लेखक संघको स्थापना र तँ, तिमी, तपाईं, हजुरजस्तो निबन्ध कृतिका कारण हामी तपाईंको उच्च सम्मान गर्छौं । तपाईंले २४ वर्ष लामो गुप्तवासबाट निस्कँदा पक्कै पनि हामीलाई दिशानिर्देश गर्ने क्षमतासहितका थुप्रै मानक रचनाका ठेलीहरू लिएर आएको हुनुपर्छ । त्यसो भएको हामीले देख्न पाउँछौं त ? '

सबैजना उत्सुकतापूर्वक यस प्रश्नको जवाफ खोजिरहेका थिए । श्याम दाइ मतर्फ सोझिएका त थिए, तर उनी जवाफ दिइरहेका थिएनन् । उनको सानो कदकाँठीको जीउमाथि शोभायमान गोलो अनुहारमा अस्वाभाविक गुलाबीपन भरिँदै थियो । बेलाबेला लज्जामिश्रित मुस्कानसहित सहभागीहरूका जिज्ञासा सुनिरहेका श्याम दाइका लागि यी प्रश्न सजिला थिएनन् नै, अबको यात्राका लागि केही उल्लेखनीय सिर्जनात्मक काम नगरेकोमा गरिएका कठोर आलोचना पनि थिए ।

२०४० सालताका हामी विमल निभाको पहिलो कवितासंग्रह ‘आगोनेर उभिएको मानिस' छाप्ने क्रममा दिनहुँजसो झोछेँस्थित कोसेली छापाखानामा हुन्थ्यौं । श्याम दाइलाई राम्रोसँग चिन्ने शान्तदास मानन्धरको प्रेस थियो त्यो जहाँ उत्कृष्ट र विश्वसनीय छपाइका निम्ति हामीहरू पुग्ने गथ्र्यौं । हामीलाई अनुमान थियो, श्यामप्रसादलाई लुकाइराख्ने काम अति गोप्यतावादी खालका शान्तदास र जनकप्रसाद हुमागाईंको हुनुपर्छ । यिनका कुराकानीको शैली खासखुसे थियो । प्रसंग झिक्नेबित्तिकै यिनीहरू गुरुगम्भीर मुद्रामा उनका बारे केही थाहा नभएको जस्तो देखाउँथे । तर, ‘बालकोसेली' प्रकारका पत्रिकाहरूमा कृष्ण अर्याल वा यस्तै थुप्रै नचिनिएका नाममा नयाँनयाँ कविता र गीत, निबन्ध र चिठीहरू प्रकाशित गरिरहन्थे ।

एक दिन मैले शान्तदास दाइलाई सोधेँ, ‘यी कृष्ण अर्यालका रचना निकै छाप्नुहुन्छ, वास्तवमा यी को हुन् ? '
गुन्द्रुकको अचार र चिउराको नास्ता गर्दै उनले दाहिने आँखा झिम्क्याए तर सही उत्तर दिएनन् । भने, ‘एकजना छन् ।'

वास्तवमा ती एकजना श्याम दाइ शैलीका रचना गरिरहन्थे । मलाई श्याम दाइ शैली भनेको अति नै सरल भावनाका नैतिक दृष्टान्त दिने, बालबालिकालाई माया गर्ने र सामाजिक जीवनका ससाना घटनाहरूलाई विषयवस्तु बनाएर लेख्ने करिबकरिब उपदेशात्मक खालका रचनाशैली भन्ने लाग्थ्यो । म ठान्थेँ, श्याम दाइ कसरी गुप्तवास बस्न सकेका होलान् ! गुप्तवासबाट निस्केपछि पनि शान्तदास र श्याम दाइले गुप्तवासका ती रहस्यलाई बाहिर ल्याउने झन्झट गरेनन् । मैले पनि सोधिरहने झन्झट गरिनँ । किनभने तिनले आफूसँग अनुभव त पक्कै ल्याएका छन् तर उच्चकोटिको साहित्यको कुनै नौलो साक्ष्य तिनले उपस्थित गराएका छैनन् भन्ने मेरो सोचाइ थियो ।

चिठी र डायरी लेख्ने बानी पारेका श्याम दाइलाई मानिस र उसको समाज कस्तो हुनुपर्छ, आइमाई साथी कस्ता हुन्छन्, बालबालिकालाई किन माया गर्नुपर्छ जस्ता साधारण विषयले छुन्थे । किनभने उनले तिनै मानिसहरूसँग बढी संगत गरे जसको चेतना उच्च र सुसंस्कृत छैन । तिनले गम्भीर साहित्यको माग गर्ने हैसियत राख्तैनथे । तसर्थ तिनका लागि सानासाना श्याम दाइ शैलीका रचना नै पर्याप्त हुन्थे । श्याम दाइलाई पनि त्यस्तै मानिसलाई आकर्षित गरेर तिनका दिमागमा कम्युनिस्ट विचार हुल्दै क्रान्तिकारी कार्यकर्ताको पंक्ति तयार गर्नु थियो । यति गर्दा पनि तिनले आफ्नो संगठनको विस्तार गर्न सकेनछन् । यो कुरो पछि थाहा भयो । केही विशेष कारणले होला, उनका केही ‘आइमाई साथीहरू' उनको संगठनका गुरिल्ला भएर बसिरहन सकेनन् र तत्कालीन मालेको नेता कार्यकर्तामा बदलिए । तर, ती दिव्य चौबीस वर्ष उनले कसरी बिताए ? सायद उनले यो कतै लेखिराखेका होलान् ।

भनिन्छ, ती चौबीस वर्ष उनले काभ्रेतिरका गाउँ र साना सहरहरूमा किसान परिवारमा बिताए । सायद उनी किसानहरूलाई जनवादी क्रान्तिका नायक बनाउने प्रयत्नमा थिए । उनलाई थाहा थियो, चिनियाँ क्रान्तिमा माओका आड र सेनामा तिनै किसान थिए । नेपालमा पनि बहुसंख्यक किसान वर्गलाई शिक्षित र दीक्षित तुल्याएर युद्धको मोर्चाका लागि तयार गर्नुपर्छ भन्ने उनको मान्यता थियो । त्यसैले १० कक्षासम्म पढे तापनि स्वाध्ययनको भरमा उनले केही गतिला दृष्टान्त खडा गरे । ती थिए, सात सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिनु, नौ सालमा प्रगतिशील लेखक संघ खोल्नु, त्यसको नेतृत्व लिनु, किसानकै माझमा बस्नु र तिनकै चेतनास्तर सुहाउने खालको सजिलो साहित्यको निर्माण गर्नु । यति भए पनि तिनले थप युगान्तकारी काम गरेः साहित्य सेवा सदन खोले, ‘साहित्य' र ‘स्वास्नीमान्छे' पत्रिका सम्पादन गरे र प्रगतिशील साहित्यको संस्थागत विकासका लागि लागिपरे । ५० सालमा दोस्रोेपल्ट प्रलेसको अध्यक्षता सम्हालेर उनले आफ्नो अविचल निष्ठा र प्रतिबद्धता प्रमाणित गरे ।

माओको जीवनलाई आदर्श मानी हिँडेका र दुई-दुइटा बिहे गरेका श्याम दाइ २४ वर्षसम्म तिनबाट अलग्गिएर बसे कसरी ? के तिनले गुप्तवासमै आफ्ना पत्नी र छोरीहरूलाई भेट्ने गर्थे ? वा नयाँ आइमाई साथी बनाउँदै हिँड्दै गर्थे ? यस प्रश्नको भरोसालाग्दो जवाफ दिने व्यक्ति उनै हुन सक्थे । तर, अब उनी गैगए । वामपन्थी संगठक र गुरु लेखक श्यामप्रसाद जीवितै छन् र यतै कतै छन् भन्ने प्रमाण नदेखियोस् भन्ना खातिर उनले अर्को कुनै नाम उपनाम रोजे भइहाल्ने ठाउँमा पचासौं नाममा उनले किन लेखे भन्ने कुराको चित्तबुझ्दो जवाफ श्यामप्रसादबाहेक अरूले दिन सक्ने थिएन । यद्यपि कहीँकतै उनले कुरा खुलाएका होलान्, शान्तदासले पनि यसको तर्कपूर्ण उत्तर दिन सक्छन् । तर, दिएको भेटिएको छैन । श्याम दाइको यो मनोविज्ञान बुझिनसक्नुको छ ।

उनले करिब एक सय ५० पुस्तक लेखे भनिन्छ तर ‘तँ तिमी तपाईं हजुर' नै त्यस्तो पुस्तक हो जसले निबन्धमा प्रगतिवादी मूल्यहरूको पोषण गर्‍यो । धेरै त कम्युनिस्ट कार्यकर्ता तयार गर्ने पाठ्यपुस्तक छन् उनका । तिनको कलागत मूल्य कम, अभियान मूल्य धेरै छ । ल्यु साओछीको ‘कम्युनिस्ट कसरी बन्ने' भन्ने शैलीमा लेखिएको ‘लेखक कसरी बन्ने ? ' शीर्षक पुस्तकको साहित्यिक र कलात्मक मूल्य कसरी तोक्ने ? साहित्यकारले लेखेका गाइड बुकहरूलाई साहित्यको सूचीमा राख्न मिल्ला त ? श्याम दाइको मूल्यांकन वा पुनर्मूल्यांकन गर्न चाहनेका लागि यो प्रश्न उत्तिकै सान्दर्भिक बन्नेछ । जे भए पनि आजभन्दा ८८ वर्षअघि (आउँदो असारमा उनी उनानब्बे वर्षमा प्रवेश गर्दै थिए भन्छन्, उनका भान्जा र हाम्रा मित्र विनोद अधिकारी) मकवानपुरको सोलिथुममा जन्मेका र अवसरवञ्चित वातावरणमा हुर्केर साहित्य सेवा तथा वाम आन्दोलनको विकासमा आजीवन समर्पित श्याम दाइको संघर्षमय जीवन धेरैका लागि चाखलाग्दो हुनसक्छ । अझ, सधैंको दैनिकी लेख्ने उनी विस्मृतिजन्य रोग अल्जाइमर्सबाट संक्रमित हुनु पनि एक विडम्बना नै हो । उनी लेखक त छँदै थिए, लेखकहरूका नेतासमेत थिए ।

सरलता श्याम दाइको भाषिक र व्यावहारिक जीवनको विशेषता हो । उनले आफ्ना सोच र अनुभवलाई सरल भाषामा लिपिबद्ध गरे, आफूजस्तै सानो कायाका पुस्तक-पुस्तिका निकाले र राज्यद्वारा साना ठानिएका मानिसहरूका लागि सस्तोमा वितरण गरे । त्यसैले वामपन्थी आन्दोलनमा लागेर जीवनलाई जटिल ग्रन्थीको पोको बनाउने र एक्लै समृद्धिको उकालो चढ्ने कतिपय मानिसबीच श्याम दाइको होचो शरीर टड्कारो गरी देख्न सकिने खालको उचाइमा छ ।

म चाहन्थेँ, श्याम दाइबाट रुसी गोर्की र चिनियाँ लु सुनका झैं आख्यान लेखियून्, अथवा भारतीय रामविलास शर्मा वा गजानन माधव मुक्तिबोधका झैं सैद्धान्तिक र ऐतिहासिक महत्ववका मानक ग्रन्थहरू लेखियून् । त्यति पनि नभए यायावर नागार्जुनका झैं प्रखर जनवादी शैलीका कविता लेखियून् । म चाहन्थेँ, २४ वर्ष गुप्तवासमा बसेका श्याम दाइबाट गहन आत्मकथा आओस् वा ब्राजिलियन पाउलो फ्रेरेको युगान्तकारी पुस्तकझैं केही आओस् । तर, उनी त सधैंका शिक्षक रहे । त्यस्तो शिक्षक, जसले आफ्नो खास कुरा बताउँदैन— अर्थात् उत्पीडितको शिक्षण शास्त्रका लेखक विश्वविख्यात ब्राजिलियन शिक्षाशास्त्री पाउलो फ्रेरेले भनेझैं ।

उनी हाम्रा गुरु हुन् । तर, गुरुले हामी चेलाहरूलाई आफ्नो जीवनका दिव्य २४ वर्षका रहस्य नबताएरै गए । यस्ता गुरुका निजी समस्या के-के हुन्छन् ? पारिवारिक र यौनजीवन कत्तिको सन्तोषजनक वा विकृतिजन्य हुन्छ ? जनताको मुक्ति आन्दोलनमा त्यस्तो जीवनका कस्ता खालका अनुकूल या प्रतिकूल असर पर्छन् ? पुरुष र आइमाई साथीहरूको जीवनका विरोधाभासहरू के-के हुन्छन् ? त्यत्रो अवधिमा किन कुनै महत्ववपूर्ण ग्रन्थको सिर्जना भएन ? इत्यादि प्रश्न हाम्रासामु छँदैछन् ।

के कतै यी कुरा पनि लेखी छोडेर गएका छन् त श्याम दाइले ?

http://annapurnapost.com बाट साभार 

==============================================
कविता 
यस्तै अरू कोही !

















१. जोवन
उसको मृत्युमा न देश रुन्छ चम्धारा
न रेडियोहरू रुन्छन् रातदिन
न एकाबिहानै अखबारहरूले डाँको छाड्छनएउटा जोवन त छ उसको पनि
तर, आँसु रोप्दै हिँड्दैन अरूका दोबाटामा
(उसको जोवन किन सम्झनु पर्‍यो ? )
किनभने ऊ श्यामप्रसाद,
वा यस्तै अरू केही हो !

२. श्रद्धाञ्जलि
ऊ त्यस्तो कुम होइन
जो अदालतको झ्यालबाट फुली माग्छ
ऊ त्यस्तो कोट पनि होइन
जो स्विच अन गर्दा ज्यानमा
र स्विच अफ गर्दा ध्यानमा हुन्छ
ऊ त्यस्तो तस्बिर पनि त होइन
जो सम्पादकसँग सधैं कभर पेज माग्छ
(उसलाई श्रद्धाञ्जलि किन दिनु पर्‍यो ? )
किनभने ऊ श्यामप्रसाद,
वा यस्तै अरू केही हो !
३. मलामी
हरेक बिहान
तिम्रो गेटमा जो बज्छ घन्टी
ऊ त्यो परिचित आवाज पनि होइन
जसले बजाउँछ घन्टी
त्यो आफन्ती हात पनि उसको होइन
तिम्रो भान्साघरमा उक्लेर हर साँझ
नुनिलो–बिल्नो सोध्ने स्वर
त्यो पनि उसको होइन
ऊ त्यस्तो ट्विटर ह्यान्डल पनि होइन
जसले हरदिन तिम्रै अनुहार रिट्विट गर्छ
(उसको मलामी किन जानु पर्‍यो ? )
किनभने ऊ श्यामप्रसाद,
वा यस्तै अरू केही हो !
http://annapurnapost.com बाट साभार 


=============================================


शब्दचित्रमा सर्वहारा अग्रज अभियन्ता

इस्माली



सम्झनामा श्यामप्रसाद


होचा–होचा कदका, ठिक्कको जिउडाल। शिरमा ढाका टोपी, जिउमा कमिज सुरुवालको सामान्य पहिरन, जाडो महिना भए कमिजमाथि स्वीटर र कोट पनि, घाँटीमा मफलर। कुममा कपडाको एउटा हलुको झोला। झोलामा आफैंले लेखेका दुई–चार थान स–साना पुस्तक–पत्रिकाको खात र एउटा डायरी। कोही मान्छे सम्मुख पर्नासाथ अधरमा स्मित मुस्कानद्वारा स्वागत गर्ने उज्यालो अनुहार। मृदु मसिनो बोली। छोटो संवाद। सधैँ एकनास, सधैँ उस्तै– श्यामप्रसाद।
म्याट्रिक याने एसएलसी धरि पास हुन नसकेका तर, मान्छे भने लेखक! पत्रकार पनि। ३३ वर्षकै उमेरमा सन् १९६२ मा बुडापेस्ट (हङ्गेरी) मा सम्पन्न भएको अन्तर्राष्ट्रिय पत्रकार महाधिवेशनमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली पत्रकार। त्यो महाधिवेशनमा ‘अ रिपोर्ट अन जर्नालिज्म एण्ड जर्नालिस्ट्स अफ नेपाल’ (नेपालको पत्रकारिता र पत्रकारहरूबारेको प्रतिवेदन, २०१९) प्रस्तुत गरी तिनताका नेपालमा भएरहेको वाक तथा प्रकाशन अधिकार र स्वतन्त्रताको स्थिति छर्लङ्ग पारिदिए। शस्त्रास्त्रको विशाल भकारी ठड्याएर संसारलाई आतङ्कित पार्ने र शान्ति र अमनचैन खलबल्याएर आफ्नो हैकम जमाउने साम्राज्यवादी प्रवृत्तिका विरुद्ध उभिँदै विश्व शान्ति तथा निरस्त्रीकरणका प्रबल पक्षधर बने। २०१९ सालमै मस्को (रुस, तत्कालीन सोभियत सङ्घ)मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता जनाउन समेत भ्याइसकेका– श्यामप्रसाद। 

लेखक इस्माली


लेखक पनि ठूलै लेखक भए उनी। जुन धार समातेर लेखे, त्यसको अगुवा लेखक नै भए। त्यही धारका लेखकको सङ्गठक पनि बने र जन्माए– प्रगतिशील लेखक सङ्घ, २००९ सालमा। नेपालका लेखकहरूको पहिलो सङ्गठन थियो त्यो। २०१७ सालपछि त्यो निष्क्रियप्रायः भयो र ३६ सालपछि प्रलेक संघ हुँदै २०४४ सालमा यसले पूनर्जीवन पायो। र, एकपटक फेरि उनले त्यस सङ्घको अध्यक्षता सम्हाले। मानवमुक्तिको गोरेटो बनाउने धार समाते। वर्गीय विभेद निमिट्यान्न पार्न आजीवन लागि परे। मानिस जातिलाई विभिन्न जातथरमा विभाजन गरेर ‘तँभन्दा म ठूलो, त्योभन्दा यो श्रेष्ठ’ भन्ठान्ने विभेदकारी सामाजिक परिपाटीजन्य चेतनाप्रति तीव्र असहमति जनाए र मानिस सबै एउटै हुन्, कर्म र तिनमा रहेको कल्याणकारी समाजोपयोगी भावनाले मात्र तिनलाई श्रेष्ठ बनाउँछ, अरूभन्दा अग्लो बनाउँछ भन्ने चेतनाको प्रवाह गर्दै ‘जात जातिया खँय/जात जातके बात/जात–जातिका कुरा’ बुझाउँदै नेवारी, हिन्दी र नेपाली गरी तीनवटा भाषामा पुस्तक लेखे। आफ्नो नाममा जातथर कहिल्यै लेखेनन् उनले, मात्र लेखे नाम– श्यामप्रसाद। 
ललितपुरको सोलीथुमको थुम्कोमा जन्मे। हुतकुमारी अधिकारी र जोगनाथ उपाध्याय लामिछानेका एकल सन्तान। गरीब बाहुनको परिवार। पहाडको ठाउँ, नाममात्रको थोरै जग्गाजमिन। खानलाउन सँधै धौधौ। आजित भएर जोगनाथ झरे मधेस– वीरगन्ज, कामको खोजीमा, दुइटी श्रीमती, पाँच वर्षे बालक बोकेर। गहवाको बास भयो। बहादुर शमशेरको मौजाको रेखदेखको काम। पहाडको मान्छे, मधेसको औलो गर्मी! गरिबीले गालेको छँदै थियो, त्यसमाथिको औलो गर्मी। थल्यायो हुतकुमारीलाई। ‘कालेका बा, मेरो त लेखान्त सकिएजस्तो भो। दिदी, यो काले तिम्रो जिम्मा!’ चोला उठ्यो आमाको। बालवयमै टुहुरा भए श्यामप्रसाद।
घरमै साक्षर बनाएर भाषा पाठशालामा भर्ना गरिदिएपछि किशोर छोरालाई घरव्यवहार सुम्पेर पिता जोगनाथले पनि बाटो तताए। आर्थिक अभावले पहिलेदेखि नै फिटफिटी पारेर पाठशालाको पढाइ हापिसकेका उनी हातमुख जोर्ने मेसोको खोजीमा भाउन्निए। वीरगञ्ज–अमलेखगञ्ज रेल (एन जी आर रेलवे, नेपालको पहिलो रेलसेवा) मा डब्बाडब्बा चहार्दै किताब, पत्रिका बेचे, ट्युसन पढाए, चिठ्ठीपत्र लेखिदिने/पढिदिने पनि गरे। माइथान बजारमा एउटा दोकान खोले। पाठशाला पढ्न नपाएकाले हो कि आफ्नो किताब पढने धोको मेट्न उनले किताबकै दोकान खोले– सेवा सदन। रक्सौलबाट उधारोमा किताब ल्याउँथे टिनको बाक्सा र बोरामा हालेर। पसलमा सजाउँथे माथि माथि देखिने ठाउँमा धार्मिक र चलनचल्तिका किताब अनि भित्रभित्र राहुल सांकृत्यायन, यशपाललगायतका विप्लव प्रकाशनका क्रान्तिकारी किताब। सेवासदनबाट २–४ पैसा जोगाएर आफ्नो पढ्ने धोको मेट्न फेरि पन्ध्र वर्षे उमेरमा ५ कक्षामा भर्नाभए त्रिजुद्ध हाइस्कूलमा। अज्ञान र अविवेकको अँध्यारोमा रुमल्लिइरहेका मानिसमा चैतन्यको खेती गर्न स्कूल छुट्टी हुनासाथ सेवासदनको ढोका खोलिहाल्थे र पसलमा ग्राहक नहुँदा लुकाएर बेच्ने गरेका किताब पढेर बस्थे। त्यतिमात्र कहाँ हो र, मनले खाएका साथीहरूलाई पनि रातिराति पसलको ढोका थुनेर ती किताब पढन लगाउँथे श्यामप्रसाद। 
सेवासदनमार्फत् सेवा गर्दागर्दै उनी नेपाली राष्ट्रिय काङ्ग्रेसको अभियन्ताहरूको सम्पर्कमा पुगे। र, ०३ सालमै वीरगञ्जभरि राणाशासनविरोधी पर्चा छरेर तत्कालीन शासनसत्ताको अमनचैन खल्बल्याइदिन पनि भ्याए। उनताकै उनी किसुनजी, सूर्यप्रसाद उपाध्याय, सुवर्ण शमशेर, गणेशमानआदिको सम्पर्कमा पनि पुगे। यही सम्पर्कले उनलाई राजनीतितिर डोहो¥यायो। आफ्ना दौँतरी–साथीहरूलाई नेतृत्व दिँदै ०४ सालको सत्याग्रहमा उत्रेका, जेल परे। छोटै अवधिमा पटकपटक जेल परे उनी। जेलमा उनले भेटे कवि युद्धप्रसाद मिश्र, कवि गोपाल प्रसाद रिमाल, धर्मरत्न यमी, सूर्यबहादुर भारद्वाजजस्ता क्रान्ति अभियन्ताहरूलाई। यही काङ्ग्रेसमार्फत् उनको चिनजान भयो पुष्पलालसँग। पढाइ लथालिङ्ङ भयो। तै पनि म्याट्रिकको परीक्षा त दिनुप¥यो भनेर आफू पढेको स्कूलमा पुगे। तत्कालीन हेडसर मदनमणि माड्साबले विन्तिपत्र लेखेर माफी मागेपछि मात्र पढ्न पाइने सर्त तेस्र्याएपछि मोतिहारी पुगे म्याट्रिक जाँच दिन– स्वाभिमानी श्यामप्रसाद। 
प्रवेशिका उत्तीर्ण नभएर के भो र! प्रकृति र जगतको खुला पाठशालाका शिक्षार्थी बन्न कसले पो रोक्न सक्छ र? प्रकृतिको खुला विद्यालय र सेवासदनका मनको ढोका खोलिदिने पुस्तकहरू पढ्दै वीरगञ्जका गोर्कीको मोहभङ्ग भयो काङ्ग्रेसबाट। ०७ साले क्रान्तिले जनतालाई पूर्ण मुिक्त दिन नसकेको, दिल्ली सम्झौता धोकापूर्ण रहेको बोध हँुदै गयो उनलाई र नेपाली जनताको वास्तविक मुक्तिको बाटो वर्गसंघर्ष मात्र हुन सक्दछ भन्ने चेतका साथ नेपाल कम्युनिस्ट पार्टीमा सङ्गठित हुन पुगे। अनि काठमाडौँ र वीरगञ्ज उनको कर्मथलो बन्यो। पार्टीको पहिलो महाधिवेसनमा पर्यवेक्षकका रूपमा सहभागी बनी वीरगञ्ज नगरकमिटीको सचिव बने श्यामप्रसाद। 
राजनीति र साहित्यमा समानान्तर यात्रा गरिरहेका उनले सन्देश, कोसेली, साहित्य, सेवा, स्वास्नीमान्छे जस्ता साहित्यिक र राजनीतिक, हस्तलिखित र छापा पत्रिका निकाल्नुका साथै आन्दोलनलाई सघाउन भूमिगत सङ्गठनहरू पनि निर्माण गर्ने गर्दथे। भूमिगतकालमा विभिन्न छद्म नाममा उनले साहित्यको सेवा गरे भने विभिन्न विधाका आकार र पृष्ठसंख्याका हिसाबले साना–ठूलागरी मूलतः नेपाली अनि नेवारी, हिन्दी, अङ्ग्रेजी आदि भाषामा समेत गरी झण्डै सवा सय कृतिहरू प्रकाशित भएका छन्। कतिपय अझ पनि अप्रकाशित छन्। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म नेपाली र पत्रकारिताका विद्यार्थीहरूले पढिरहेका छन् श्यामप्रसाद।
समयको अचुक पाबन्दीमा चल्न रुचाउने उनको ‘एक घण्टा बिताउन ’, ‘तँ, तिमी, तपाइँ, हजुर’, ‘लेखक कसरी बन्ने?’, साहित्यसम्बन्धी दुईचार कुरा, प्रेम, विवाह र महिला मुक्ति, श्यामप्रसादका निबन्धहरू आदि निकै उल्लेखनीय कृतिहरू हुन्। महत्वपूर्ण घटना र गतिविधि आदिको नियमित अभिलेखन उनको अर्को विशेषता हो। यसबाट ८–१० वटा कृति बनेका छन् उनका। साहित्य, संस्कृति, धर्म, जातजाति, भाषा, वर्गीयता, परिवार नाता कुटुम्ब, महिलामुक्ति, बालबालिका, मजदुर श्रमजीवी, शिक्षा, स्वास्थ आदि उनको लेखनीको केन्द्रविन्दु रहेको पाइन्छ। विषय वैविध्य विशेषता हो श्यामप्रसादको।
आँखामा राखे पनि नबिझाउने उक्तिलाई सार्थक पार्ने उनको व्यक्तित्वको लोभलाग्दो र लोमहर्षक चित्र उतारेका छन् वरिष्ठ कथाकार रमेश विकलले ‘ज्ञानी मामा’ मा। कतिपय पत्रिकाले उनको व्यक्तित्व र कृतित्वमा केन्द्रित भएर विशेषाङ्क प्रकाशित गरेका छन्, शोधपत्रहरू लेखिएका छन्। कतिपय सङ्घसंस्थाहरूले उनको अभिनन्दन गरेका छन्, विभिन्न पुरस्कार र सम्मानद्वारा सम्मानित गरेका छन्। आफ्नो जीवनकालमै यतिको सम्मान र माया पाउने नेपाली लेखकहरू औँलामा गनिने सङ्ख्यामा मात्र छन्, त्यस्तै विरलमध्येका एक हुन् श्यामप्रसाद। 
समाजलाई उज्यालोतिर डोहो¥याउने अभियानमा, अग्रगामी समाजको निर्माणमा आजीवन लागि परेका उनको वैवाहिक जीवन भने असफल र विवादमूक्त नरहेको देखिन्छ। उनको पहिलो विवाह चाबहिल काठमाडौँका वाग्ले थरकी कन्या पुनु वाग्लेसँग भयो। यो मागी विवाह थियो। आमा (जेठी आमा/ठूली आमा) र मामाको छनोटको कन्यासँग भएको विवाहलाई पत्नी अपठित, परम्परावादी भएकीले उनले आफैंले झण्डै दशकपछि एकतर्फी बदर गरे। पछिसम्म पनि पहिली पत्नीले उनीसँग घरजमको एकाङ्गी सपना देखिरहिन्। अन्ततोगत्वा उनको बास वृद्धाश्रममा भयो र त्यहीँ तिनले २०६३ सालमा मानव चोला छोडिन्। पछि उनले वर्गीयता नै नमिलेकी अभिजातीय युवती शशिकला नेपालसँग प्रेम विवाह गरे। दुइटी छोरीहरूको जायजन्म भएर पनि यो विवाह टिकेन। दोश्री पत्नी शशिकलाले नै उनलाई छाडिदिइन्। उनलाई माया गर्ने पहिली पत्नीलाई उनले रुचाएनन्, उनले माया गर्ने दोश्री पत्नीले उनलाई रुचाइनन्। पछि शशिकलाले पश्चिमतिरका एकजना कृषि प्राविधिकसँग घरजम गरिन्। र, २०६३ सालमा उनी पनि यस धरतीबाट विदा भइन्। यसरी दुई–दुईजनासँग विवाह गरेर पनि पत्नीविहीन जीवन बाँच्नेमा परे– श्यामप्रसाद।
ललितपुरमा जन्मेका उनी जन्मथलोका हिसाबले मकवानपुरे भए। किनकि, २०१८ सालको जिल्ला विभाजनमा उनको जन्मथलो सोलीथुम मकवानपुरको भागमा प¥यो। वीरगञ्ज छाडी काठमाडौँ आएपछि २०२४ सालमा स्व–निर्वासनमा रहे वा राखिए र २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि मात्र उनी बहिर्गत भए। २४ वर्षको त्यो अवधिमा वीरगन्ज गहवाको घरघडेरीमा अर्कैले झण्डा गाडिदियो र उनी घरबार भएर पनि घरबारविहीन सर्वहारा भए। विचारका हिसाबले त उनी सर्वहारा वर्गमा छँदै थिए, अब उनलाई समाजको जालीझेली फटाहाले पुख्र्यौली घरबाट पनि अपदस्थ गरिदियो। लामो झै–झमेला खेप्दै अनेकन हण्डर खाँदै बल्लतल्ल त्यो माखेसाङ्लो चिर्न भ्याए र फेरि पनि घरबारविहीन सर्वहारा नै बने श्यामप्रसाद।
लामो अज्ञात बासपछि बहिर्गत भएका उनीउपर उनका शुभेच्छुहरू निकै आशामुखी भए। वर्गीय समाजमा साहित्यको स्वरूप पनि वर्गीय हुन्छ, जनताको महत्व स्वीकार गरेर लेखिएको साहित्य नै वर्गीय साहित्य हो भन्ने श्यामप्रसाद निरङ्कुश राजाका नाममा स्थापित पुरस्कार लिन हौस्याइए, हौसिए। मान सम्मान र पुरस्कार नपाएका थिएनन् उनले र पनि जनविरोधी र प्रतिक्रियावादी शासनसत्ताका मतियारहरूका नाममा राखिएका पुरस्कार लिन आतुर भए। उनले जग हालेर आरम्भ गरेको आन्दोलनका कतिपय समर्थक–शुभेच्छुकहरूले आग्रह गरे, ‘तपाईं यस्तो दागी पुरस्कार नलिनुस्, तपाईंको त्याग तपस्या र वलिदानको सगरमाथाबाट खुरमु¥याएर भुइँमा लोटाउने, तपाईंको व्यक्तित्वमा धमिरा लगाउने यस्तो पुरस्कार हातमा नथाप्नुस् ...।’ तर उनलाई आफ्ना समर्थक शुभेच्छुकहरूको त्यस्तो सल्लाह–आग्रह मन परेन। अर्काथरी समर्थक–शुभेच्छुकहरूले आडभरोसा दिँदै भने, ‘ती सब जडवादी हुन। त्यस्तो पुरस्कार लिएर बिटुलिने र नलिएर चोखिने, क्रान्तिकारी भइने माक्र्सवादको कुन ग्रन्थमा लेखिएको छ?’ त्यसपछि पहिलाथरीले भने, ‘त्यस्तो पुरस्कार लिने तपाईंको इच्छा नै छ भने प्रगतिशील लेखक सङ्घको अध्यक्षको पदमा रहेर कम से कम त्यो दागी कुरो नथाप्नुस्, अध्यक्षबाट राजिनामा गर्नूस अनि मात्र थाप्नुस्।’ तर उनले त्यो सल्लाह पनि उचित ठानेनन्। आफ्नो समग्र लेखनमा अग्रगामी राजनीतिक चेतनाको कुरो गर्ने उनी यसबेला ठ्याक्कै अराजनीतिक बने। त्यसपछि सम्पन्न भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलनमा यो विवादले चर्को रूप धारण ग¥यो। यो विवादलगायत नेतृत्व चयनको समेत विवादले एमाले पक्षधरबाहेक सबै पक्षका लेखकले त्यो सम्मेलन बहिस्कार गरे। गोविन्द भट्टको अध्यक्षतामा सम्मेलनले एमालेपक्षीय नेतृत्व चयन ग¥यो र प्रलेसको त्यो सम्मेलन प्रगतिशील साहित्यिक आन्दोलनको इतिहासमा ध्वाँसोमय बन्न पुग्यो। हो, यहीँनिर बोध गरे मान्छेले, ‘चुके वा चुकाइए –श्यामप्रसाद।’  
उनी २०२४ सालमा स्वनिर्वासनमा गए र २४ वर्षपछि मात्र बहिर्गत भए। यो २४ वर्षको अज्ञात बास दुनियाँले देख्दा उपलब्धिविहीन रहेको लाग्दछ। यो अज्ञात बासले अघिल्लो श्यामप्रसादलाई भुत्ते बनाइदियो भन्नेहरू नै धेरै देखिए। ३८ औँ वर्षदेखि ५२ औँ वर्षको उमेरसम्मको ऊर्जाशील समय उनले त्यसै खेर फालेजस्तो लाग्यो अरूलाई। र त, भने – बरा, श्यामप्रसाद! 
चन्द्रमाको साह्रै प्रशंसा हुने गर्दछ रुपवादी लेखनमा। शक्तिको अजस्र श्रोत सूर्यको महिमागान पनि अनन्त छ। सूर्य र चन्द्रमाको हामी पूजा पनि गर्दछौँ। अनि यसो पनि भन्दछौँ– ‘सूर्य चन्द्रमा पनि त दाग छ।’ र, पनि चन्द्र सूर्यलाई पुजिरहन्छौँ। नेपालीको औषत आयूसँग तुलना गर्दा उनको झण्डै ८८ वर्षको वय लरतरो आयू होइन। जीवनको उत्तरार्धमा कुनै थुम्काथुम्कीमा अझल्टिएर लोटे, लुगामा लागेको धूलो टक्टक्याए र पनि अविराम यात्रामा हिँडिरहे। कतिपय अग्रजझैँ उनी आपूm हिँडेको पुरानो बाटोलाई धिक्कार्दै सत्तोसराप गर्दै वैगुनी र खलहरूको बगालमा मिसिन गएनन्। १९८६ असार ६ देखि सोलीथुम, मन्थलीबाट जीवनको यात्रा थालेका उनी चेत खुलेर बाँचुन्जेल वाममार्गी भएरै बाँचे र प्रगतिवादी लेखक भएरै २०७४ बैशाख २४ आइतबारका दिन विस्मृति (अलजाइमर)बाट रोगाक्रान्त भएर यस धरतीबाट विदा भए– श्यामप्रसाद।
उनको जीवनलाई २४ को गणित घरिघरि चियाइरहेको देखिन्छ। जन्म साल १९८६ का अङ्कहरूको जोडफल २४, २४ गतेकै दिन बिते, २४ सालदेखि २४ वर्ष नै अज्ञातबास बसे। सङ्ख्याशास्त्रमा त्यसको अर्थ जे होला, उनले कोरेको प्रगतिवादको गोरेटो अहिले खस्रो पिचजस्तो राजमार्ग बनेको छ। उनको अवसानले नेपालको प्रगतिवादी पहिलो पुस्ताको लगभग अन्त्यप्रायः भएको छ। ‘जीवनको यथार्थ साहित्यको आधारभूमि हो। जीवन लक्ष्य यसको आदर्श हो। विचारको परिस्कृत रूप साहित्य हो।’ उनी भन्ने गर्दथे। त्यही विचारको परिस्कृत रूपमुखी राजमार्ग अझ लोभलाग्दो बनाउन वर्तमान पुस्ताले योगदान गर्न सकोस्। यही नै साँचो अर्थको श्रद्धान्जलि हुनेछ, अग्रज सर्वहारा अभियन्ता श्यामप्रसादप्रति। 

http://setopati.com बाट साभार 

=============================================

श्यामप्रसाद शर्मा : व्यक्तित्वका तीन आयाम
- नरनाथ लुइँटेल



१) जीवनी–सन्दर्भ

श्यामप्रसाद मकवानपुर जिल्ला अन्तर्गत अहिलेको मन्थली गाविसमा पर्ने सोलीथुम गाउँमा वि.सं. १९८६ साल असार ६ गते बुधबार जन्मिनुभएको हो । उहाँ माता हुतकुमारी देवी र पिता जोगनाथ लामिछानेका एक्लो सन्तान हुनुहन्छ । पाँच वर्षीय बाल्य अवस्थामा नै उहाँकी आमाको मृत्यु भएको थियो । त्यसपछि जेठीआमाको लालनपालन र स्याहार सम्भारसँगै श्यामप्रसाद सोलीथुममै हुर्किनुभयो । छ वर्षको उमेर हुँदा उहाँका पिताजीले उहाँलाई वीरगञ्ज लिएर जानुभयो । वीरगञ्जको श्रीपुरमा बहादुर शमसेर राणाको खेतीपातीको रेखदेख गर्ने ‘जागिर’को सिलसिलामा श्यामका पिताजी सपरिवार त्यता पुग्नुभएको थियो । श्यामप्रसादको उमेर तेह्र पुग्दा नपुग्दै उहाँका पिताको पनि देहान्त भएको हो । पिताको देहान्तपछि जेठीआमा र आफ्नो जीविका चलाउन उहाँले वीरगञ्जमा ‘सेवा सदन’ नाउँको पुस्तक पसल चलाउनु भएको थियो । त्रिजुद्ध हाई स्कुलमा पढ्दै गर्नुभएका श्यामप्रसादको स्कुलको शुल्क, किताब कपी र आमाछोरा दुवैको खानपिनको प्रमुख आधार त्यही पसल बनेको
देखिन्छ ।

बाल्यकालमै १९९७ सालको शहीद काण्डका बारेमा मनमोहनका पिताजीबाट जानकारी पाएपछि र गणेशमानलाई पक्रेर सरकारसमक्ष बुझाउनेलाई पुरस्कार दिने सूचना टाँस गरिएको पढेपछि राजनीतिमा चासो बढाउनुभएका श्यामप्रसाद २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभएको थियो । त्यसपछि लगत्तै पक्राउ परी वीरगञ्ज जेलमा थुनिएका बेला बन्दी अवस्थामा रहेका युद्धप्रसाद मिश्रसँगको सङ्गतले उहाँमा प्रकाशन तर्फको अभिरुचि बढेको देखिन्छ । त्यही अभिरुचिका कारण उहाँ उपत्याका बाहिर मोफसलबाट पहिलो पत्रिका सम्पादन र प्रकाशन गर्ने पत्रकार बन्नुभयो । 

नेपाली काङ्ग्रेसको अगुवाईमा भएको सत्याग्रह आन्दोलनको क्रममा रक्सौलतिर निर्वासित नेताहरूसँगको गुप्त भेटघाट एवम प्रशिक्षणले उहाँको राजनीतिक चेतनालाई फराकिलो बनाउँदै लग्यो । २००४ देखि २००७ सालसम्मकै अवधिमा पटकपटक पक्राउ परी जेलजीवन व्यतित गर्नुभएका श्यामप्रसाद जेलभित्रै पनि पत्रकारिता, साहित्यिक लेखन र सङ्गठन निर्माणमा सक्रिय रहनुभएको तथ्य उहाँका प्रकाशित डायरीहरूबाट थाहा हुन्छ । 

वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि राजनीति, साहित्य र पत्रकारिता तीनवटै पक्षलाई निरन्तरता दिँदै आउनुभएका श्यामप्रसाद २०१७ सालको फौजी घटनापछि झन् उच्च मनोबलका साथ कम्युनिस्ट राजनीतिमा समर्पित हुनुभयो । २००९ सालमा वीरगञ्जमै रहेका बेला नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका श्यामप्रसाद गुप्त रूपमा पाटीको काम गरिरहे पनि खुला रूपमा चाहिँ सक्रिय पत्रकार देखिनुहुन्थ्यो । २००९ सालमा प्रगतिशील लेखक सङ्घको स्थापना उहाँकै सुदीर्घ सोचको परिणाम थियो । २०१८ सालमा ४१ जना पत्रकारहरू भेला भई ‘नेपाल पत्रकार सङ्घ’ गठन हुँदा पनि उहाँको सक्रियता उल्लेखनीय देखिन्छ । २०१९ साल साउन (सन १९६२ अगस्ट) मा हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन (क्ष्।इ।व्।) को पाँचौँ महाधिवेशनमा नेपालका पत्रकारहरूको प्रतिनिधित्व श्यामप्रसादले गर्नुभएको थियो । उहाँले त्यस अधिवेशनमा नेपालको पत्रकारिता र पत्रकारहरूबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

२०२० को दसकसम्म आइपुग्दा खासगरी पुष्पलाल प्रवासमा लागेपछि नेपाल कम्युनिस्ट पार्टीको काठमाडौँ उपत्याकाको नेतृत्व श्यामप्रसादले गर्नुभयो । पञ्चायती दमन तीब्र बन्दै गएपछि र उहाँका नजिकका साथी निर्मल लामा पक्राउ परेपछि अब उहाँ पनि खुला रहेर पार्टी काम गर्न सक्ने स्थिति कमजोर भयो । पार्टीको बागमती अञ्चल कमिटीको निर्णय अनुसार उहाँले भूमिगत अर्थात् उहाँकै भाषामा ‘गुप्तवास’ लाई स्वीकार गर्नुभयो । पञ्चायती निरङ्कुशताको समाप्तिका लागि सर्वसाधारण नागरिकलाई सचेत र गोलबन्द गर्ने अभियान अन्तर्गत २३ वर्ष लामो ‘गुप्तवास’ पछि एकैपटक उहाँ २०४७ सालमा बाहिर निस्कनुभएको हो । प्रगतिशील विवाह पद्धती स्थापित गर्दै शशिकलासँग भएको प्रेम विवाह र दाम्पत्य जीवन पनि उहाँको गुप्तवास यात्रापछि टुङ्गिई सकेको थियो । बाहिर निस्किएपछि उहाँ अलि बढी साहित्यिक र सांस्कृतिक क्रियाकलापमा केन्द्रित रहनुभएको देखिन्छ । २००९ सालमा स्थापित प्रतिशील लेखक सङ्घको संस्थापक अध्यक्ष श्यामप्रसादले २०५० सालमा आएर पुनः अध्यक्ष निर्वाचित भई अर्को एक कार्यकाल यसको नेतृत्व गर्नुभयो । 

वैचारिक निष्ठा र जनप्रतिवद्धताका धरोहर श्यामप्रसाद आफ्नो जीवनको उत्तराद्र्धमा साहित्यिक लेखन र प्रकाशनमै केन्द्रित हुनुहुन्छ । ८४ वर्षको वयोवृद्ध उमेरमा पनि जनपक्षधर साहित्यको भण्डार भर्ने कार्यमै उहाँ अहोरात्र खटिरहनुभएको छ । बुढ्यौलीजन्य समस्याहरूका कारण उहाँ निकै अशक्त बन्दै जानुभएको छ तर पत्रपत्रिकामा प्रकाशित पुराना रचनाहरूको सङ्कलन निकाल्नमा उहाँ लागिरहनुभएकै छ ।
 
राष्ट्र र जनताप्रति श्यामप्रसादको यति लामो कालखण्डसम्मको त्याग र समर्पण राज्य वा सरकारद्वारा उच्च मूल्याङ्कन र कदर गरेको देखिँदैन । जनस्तरबाट धेरै साहित्यिक सांस्कृतिक सङ्घ–संस्थाहरूले उहाँलाई विभिन्न पुरस्कार र सम्मान अर्पण गरेका छन् । अत्यन्त ढिलो भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानले उहाँलाई भर्खरै आजीवन सदस्यता प्रदान गरेको छ । यति मात्रै पर्याप्त हो जस्तो हामीलाई लाग्दैन । प्रगतिपक्षधर नेपाली राजनीति, साहित्य र पत्रकारितामा श्यामप्रसादले पु¥याउनुभएको योगदान सर्वाधिक उच्च र विशिष्ट छ । वामपन्थीहरूकै समेत आलोपालोमा चलिरहेको गणतन्त्र नेपालको वर्तमान सत्ताले उहाँको विशिष्ट योगदानलाई कम आँके पनि वा नदेखे पनि सर्वसाधारण नागरिकहरूको मनमनमा उहाँ अत्यन्त आदरणीय, प्रिय, प्रेरणादायी र सम्मानित व्यक्तित्वका रूपमा रहनुभएको छ ।

२. श्यामप्रसाद : व्यक्तित्वका तीन आयाम
क.राजनीतिज्ञ श्यामप्रसाद

राणाशाही कालदेखि शाहकालिन पञ्चायती निरङ्कुशतासम्मको समग्र कालखण्डभरि जनता पूर्ण रूपले स्वतन्त्र र मुक्त हुनुपर्छ, निम्नवर्गीय जनताको जीवन नफेरिएसम्म यो राष्ट्र समृद्ध हुँदैन भन्ने दह्रो विश्वास नै श्यामप्रसादको राजनीतिक आस्थाको मूल धरातल हो । २००७ सालअघि राणा सरकारले पक्राउ गरेर वयान लिँदा उहाँले समाजवादको व्याख्या गर्दै समाजवाद भनेको समाजको राम्रो गर्ने हो, सबै जनताले काम र मामको अवसर पाउनुपर्दछ र सरकार तथा सत्ताले यस्तो व्यवस्था गर्नुपर्दछ भन्ने विचार व्यक्त गर्नुभएको छ । श्यामप्रसादले वयानका क्रममा यसो भनीरहेका बेला वर्तमान नेपाली वाम आन्दोलनका कतिपय आफूलाई शीर्षस्थ व्यक्तित्व भन्न रुचाउनेहरू जन्मिनै भ्याएका थिएनन् । 

जनकार्य, सङ्गठन, सङ्घर्ष र समर्पण यी सबैको केन्दमा श्यामप्रसादले तल्लो वर्गका जनतालाई आधार बनाउनुभएको छ । यो उहाँको राजनीतिक आदर्श हो । यही आदर्शका निम्ति उहाँले घर भन्नुभएन, परिवार भन्नुभएन, दाम्पत्य जीवन भत्किँदा समेत उहाँ बनाउनतिर लाग्नुभएन । आफ्नै दुईदुई वटी नाबालख छोरीहरू हुर्काउनु पर्ने दायित्वले पनि उहाँलाई बाँध्न सकेन । सङ्गठनले आदेश दिनासाथ यी सबै छोडेर उहाँ त्यही राजनीतिक आदर्शमा समर्पित र समाहित हुनुभयो । 

जनताको सुख, सुविधा र समृद्धिका निम्ति देशको अर्थव्यवस्था कस्तो हुनुपर्छ, ऐन र कानुनहरू कस्ता हुनुपर्छ, सामाजिक संरचनालाई कसरी परिवर्तन गर्नुपर्छ, विभेदपूर्ण परम्परागत संस्कारहरूलाई कसरी फेर्नुपर्छ, हाम्रो जस्तो बहुजातीय र बहुसांस्कृतिक समुदाय भएको देशमा राष्ट्रिय एकता कायम गर्न के कस्ता सहिष्णुता अपनाउनुपर्छ, भिन्न मत र मान्यता बोकेकाहरू बीचमा पनि के कसरी एकता हुनसक्छ भन्ने जस्ता राजनीतिक विषयमा अत्यन्त परिपक्व र व्यावहारिक दृष्टिकोण राख्नसक्ने नेपालका कमै राजनीतिज्ञहरूमध्ये श्यामप्रसाद एक हुनुहुन्छ । वर्तमान अराजक राष्ट्रिय राजनीति पन्पिरहेको बेलामा समेत उहाँका यी विचारहरू अत्यन्त सार्थक रहेका देखिन्छन् । बर्गीय धरातल गुमाउँदै उल्टो दिशा समातेको वाम राजीनीतिलाई सुल्टो दिसा दिने हो भने श्यामप्रसादको राजनीतिक सोचलाई अनुशरण गर्दै व्यवहारमा उतार्नु आवश्यक छ ।

ख) पत्रकार श्यामप्रसाद
श्यामप्रसादको अर्को महत्वपूर्ण व्यक्तित्व पत्रकारितासँग सम्बन्धित छ । रातारात करोडौँ रुपैयाँ आर्जन गर्ने उद्योगको रूप लिन थालेको आजको पत्रकारिताको जग खोतल्ने हो भने हामी श्यामप्रसादले निर्धक्क खर्चिएको श्रम र पसिना फेला पाछौँ । जेलमा कष्टकर बन्दी जीवन बिताइरहेको र कागज–कलमको समेत प्रतिवन्ध बेहोरिहेका बेला स्लेटमा खरीले लेखेर दैनिक पत्रिका चलाउने श्यामप्रसादको योगदानबारे अहिलेका पत्रकारहरूलाई कत्तिको थाहा होला कुन्नि ? प्रजातान्त्रिक आन्दोलनमा लागेबापत जेलमा थुनिएका राजवन्दीसम्म पु¥याउने गरी हस्तलिखित पत्रिका निकाल्ने श्यामप्रसादको योगदान आजका पत्रकारिताका हातेपुस्तकहरूमा नभेटिन सक्छ । पत्रकारितालाई जनताको सेवामा, चेतना, ज्ञान र शिक्षा प्रवाहित गर्ने राम्रो माध्यमको रूपमा लिनुभएका श्यामप्रसादले आफ्नो पत्रकारिता पेसालाई नाफा र नोक्सानसँग जोड्नुभएन । बरू यसमा पनि जनताको भलो गर्ने जनपक्षधरता प्रतिको समर्पणभावलाई महत्व दिनुभयो ।

श्यामप्रसादले नख्खु जेलमा बन्दी भएको बेला निकाल्नुभएको स्लेट पत्रिका र पछि वि.सं. २००५ मा निकालिएको हस्तलिखित ‘अड्कल’ जस्ता समाचारपत्र नेपाली पत्रकारिताको इतिहासमा उल्लेख्य छन् । वि.सं. २००६ मा ‘पाँचभाइ’ नाउँको गुप्त सङ्गठन बनाई त्यतिखेर जेलमा रहेका राजबन्दीहरू टङ्कप्रसाद आचार्य र रामहरि शर्माका हातमा पुग्ने गरेको अर्को हस्तलिखित साप्ताहिक पत्रिका ‘कोसेली’ र ‘सन्देश’का सम्पादक पनि श्यामप्रसाद नै हुनुहुन्थ्यो । 

वि.सं. २००७ मा नक्खु जेलमा हुँदा उहाँले ‘गुनासो’ (दैनिक), ‘ज्वाला’ (साप्ताहिक), ‘तरुण’ (साप्ताहिक) अङ्ग्रेजीमा ‘द नेपाल कलिङ्’ र नेपालभाषामा ‘पासा’ नामक स्लेटपत्रहरूका साथै प्रगतिशील अध्ययन मण्डल, वीरगञ्जबाट निस्किएको ‘अध्ययन’ (हस्तलिखित मासिक) पत्रिकामा पनि उहाँको सक्रिय सहभागिता रहेको कुरा डा. धर्मराज अधिकारीले आफ्नो विद्यावारिधिको शोधपत्रमा उल्लेख गर्नुभएको छ । श्यामप्रसादकै सम्पादनमा वीरगञ्जबाट २००८ सालमा निस्किएको ‘सेवा’ नामक पत्रिका राजधानी उपत्याका बाहिरबाट निस्किएको पहिलो पत्रिका थियो । त्यसपछि ‘जनमत’ साप्ताहिक (२०१०), ‘मसाल’ साप्ताहिक (२०१३) ‘हालखबर’ दैनिक (२०१३) ‘प्रकाश’ साप्ताहिक (२०१४) ‘नयाँ समाज’ र ‘भूगोलपार्क’ जस्ता पत्रपत्रिकाहरूमा कहीँ सम्पादक कहीँ उपसम्पादक, कहीँ सम्पादन मण्डलको जागिरे सदस्य रहेर अटुट रूपमा पत्रकारिता गर्दै आउनुभएका श्यामप्रसादले २०१५ सालपछि ‘स्वास्नीमान्छे’ त्रैमासिक र ‘साहित्य’ (त्रैमासिक) पत्रिकाको प्रकाशन आरम्भ गर्नुभएको थियो । यी पत्रिकाहरू मार्फत प्रगतिपक्षीय विचार, दृष्टिकोण र व्यवहार निर्माणमा उहाँको योगदान अतुलीय रहेको देखिन्छ ।

वि.सं. २०१८ मा ‘नेपाल पत्रकार सङ्घ’ को गठनमा उहाँको भूमिका उल्लेखनीय रहेको थियो भने २०१९ मा हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन (क्ष्इव्)को पाँचौं महाधिवेशनमा नेपाली पत्रकारको प्रतिनिधित्व गर्दै उहाँले भाग लिनुभएको थियो । त्यस महाधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको ‘ए रिपोर्ट अन जर्नालिजम एण्ड जर्नालिस्ट अफ नेपाल’ शीर्षकको प्रतिवेदन डा. मुकेशकुमार चालिसेको नेपाली अनुवादमा वि.सं. २०४२ सालमा प्रकाशित भएको छ । यसबाट के बुझिन्छ भने २० को दसकपूर्व नेपाली पत्रकारिताको नेतृत्व तथा अगुवाई श्यामप्रसादले नै गर्नुभएको थियो ।

ग) सहित्यकार श्यामप्रसाद
श्यामप्रसादको सर्वाधिक चर्चित र लोकप्रिय व्यक्तित्व चाहिँ साहित्यकार व्यक्तित्व नै हो । फेरि पनि उहाँको साहित्यकार व्यक्तित्व निर्माणको केन्द्रमा वाम राजनीतिक निष्ठा र पत्रकारितातर्फको सक्रियताले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बिर्सनै मिल्दैन । राजनीतिक विचार र व्यवहारलाई प्रकट गर्ने उपयुक्त र आवश्यक माध्यम उहाँले साहित्यलाई बनाउनु भएको देखिन्छ । राजनीति, पत्रकारिता र साहित्य यी तिनै पक्ष उहाँले सँगसँगै जस्तो आरम्भ गर्नुभएको हो । 

उहाँ साहित्य र राजनीति दुवै क्षेत्रमा आफूलाई प्रेरित गर्ने व्यक्ति आफ्ना गायत्री गुरु कृष्णचन्द्र अर्याल भएको बताउनुहुन्छ । अर्यालबाटै जीवनको प्रारम्भतिर बौद्धिक विकास गर्ने अवसर र साहित्यमा लाग्ने प्रेरणा पनि पाउनुभएका श्यामप्रसादको लेखनकार्यले जस्तोसुकै परिस्थितिमा र जहिलेसुकै पनि निरन्तरता पाएको छ । उहाँको पहिलो प्रकाशित पुस्तिका ‘गाउँको सफाइ’ वि.सं. २००१ तिर जोरगणेश प्रेसबाट छापिएको थियो । यद्यपि उहाँको साहित्यिक यात्रा भने कविताबाट भएको देखिन्छ । १०÷११ वर्षकै उमेरमा पिताजीलाई लेखेको कवितामा चिठी उहाँको पहिलो लिखित कविता भए तापनि वि.सं. २००२ मा ‘उदय’ मासिकमा छापिएको ‘सन्देश’ शीर्षकको कविता नै उहाँको पहिलो प्रकाशित कविता हो । त्यसो त वीरगञ्जको छात्रजीवनमै लेखिएका दैनिकी अंशहरू समेत उहाँको प्रकाशित डायरीमा परेको भेटिन्छ । 

‘हाम्रोमा भाषा, धर्म, जाति जस्ता थुप्रै विषयमा अवैज्ञानिक विचारहरू विद्यमान छन् । भाषा, धर्म, जातिको नाममा शोषण, उत्पीडन भइरहेको छ । त्यस्तालाई चिर्न कलम–चलाएको हुँ ।’ श्यामप्रसादको यस कथनले उहाँको साहित्यिक लेखनको उद्देश्यलाई प्रष्ट पारेको छ । उहाँका समग्र रचना र कृतिहरूको एकसूत्रीय उद्देश्य रहेको छ जनसेवा । धार्मिक ढोँग, राजनीतिक दमन, सामाजिक शोषण र अमानवीय उत्पीडनबाट निमुखा नागरिक मुक्त हुनुपर्छ । यस्तो मुक्ति सचेतन सङ्घर्षबाट मात्रै सम्भव छ भन्ने आदर्शमा आबद्ध भएर आजीवन कलम चलाउने कलमजीवी हुनुहुन्छ श्यामप्रसाद । उहाँको ‘तँ, तिमी, तपाइँ, हजुर’ (२०१४) मा सङ्कलित निबन्धहरूमार्फत प्रस्तुत भएको दृष्टिकोण एवम् विचारले नेपाली प्रगतिवादी धारालाई अहिलेसम्म मार्गदर्शन गरिरहेको छ । यो शतब्दीको आरम्भतिरै उहाँले लेख्नुभएको ‘लेखक कसरी बन्ने’ कृतिले यस पङ्क्तिकार जस्ता सैयौँ लेखक बन्न खोज्नेहरूलाई आजसम्म प्रशिक्षित गरिरहेको छ । 

खुला जीवनमा होस् वा बन्दी जीवन बिताइरहेको बेला होस्, गुप्तवासको अवधिमा होस् वा सार्वजनिक अवस्थामा होस् लेखनको निरन्तरतामा कुनै कुराले अवरोध पु¥याएको देखिन्न । सेना र प्रहरीको कडा निगरानी भइरहेको बेला पनि नलेखी नछाड्ने ‘श्यामप्रसाद शौचालय र नुहाउन गएका बेला चुरोटका बट्टा र सिसाकलमका फालेका टुक्रा बटुलेर उनीहरूका आँखा छल्दै लखिरहनुहुन्थ्यो ।’ जेल जीवनमा उहाँले लेखेका थुप्रै फुटकर रचना, राजवन्दीहरूसँग अप्रत्यक्ष रूपमा आदान–प्रदान गरिएका चिठी–चपेटाहरू र डायरीहरू प्रकाशित भएका छन् अझै कति अप्रकाशित नै छन् । यस्तो अद्वितीय जाँगर छ श्यामप्रसादमा । २३ वर्षको लामो भूमिगत जीवनमा पनि उहाँले निरन्तर लेखिरहनुभयो । गुप्त परिचय नखुलोस् भनेर कृष्ण अर्याल, श्याम, दिल, हर्कजीत नेपाली, दि., कृ., अर्याल, नरनाथ, सुरेन राई, ज्योतिकान्त, हरि शर्मा, राजेन्द्र शर्मा, अनिल, दिनेश, केपी शर्मा, सेवक, देशभक्त, विमर्श, राम, सावित्री, ऋषभदेव सुवेदी, मायालु काका, जीवनप्रसाद शर्मा आदि नामबाट दर्जनौ रचना सिर्जना प्रकाशित छन् उहाँका । 

विधागत ढङ्गले हेर्दा, निबन्ध–प्रवन्ध, लेख–टिप्पणी, गीत–कविता, चिठी–पत्र, दैनिकी, समालोचना, संस्मरण, बालसाहित्य सबैतिर उहाँको कलम चलेको छ । उहाँको लेखनमा विषय क्षेत्र पनि त्यत्तिकै बहुविद देखिन्छ– धर्म, भाषा, शिक्षा, साहित्य, स्वास्थ्य, जातजाति, आर्थिक अवस्था, प्रेम, विवाह, परिवार, नाताकुटुम्ब, किसान, मजदुर, विद्यार्थी, साथी, महिलामुक्ति, बाल, युवा, प्रौढ, आदित्यादि विषयमा केन्द्रित रहेर उहाँले प्रशस्त रचना कृतिहरू लेख्नुभएको छ । यस सानो साङ्केतिक आलेखमा उहाँका प्रकाशित कृतिहरूको सूची प्रस्तुत गर्न पनि सम्भव छैन । 

अत्यन्त सरल स्वभाव र व्यवहार निपुण श्यामप्रसादका सवै रचना सिर्जना श्यामप्रसाद जस्तै सरल छन् । भाषाको भारी र बौद्धिकताको बोझले बोझिलो नबनाई भन्न खोजेको कुरा सरक्क बुझ्न सकिने भाषा र शैली श्यामप्रसादको लेखनीको मेरुदण्ड हो । एउटा मामुली कुरा बुझ्न निधारमा सत्र गाँठा पार्नुपर्ने कष्टकर पठनबाट श्यामप्रसादको लेखन बाह्र हात पर छ । 

श्यामप्रसादको साहित्यिक जीवनमा उहाँको निबन्धकार व्यक्तित्व बढी चर्चित र लोकप्रिय रहेको देखिन्छ । खासगरी उहाँ वैचारिक र निजात्मक निबन्धकार हुनुहन्छ । ‘त“–तिमी, तपाईं–हजुर’– २०१४, ‘मेरो आमा’ (२०२३), ‘धनीको पनि ओड लिने ?’ (२०४८), ‘सबैका लागि घर’ (२०४९), ‘उनी कति राम्री ?’ (२०५२) जस्ता उहाँका निबन्ध कृतिमा सङ्गृहीत निबन्धहरूमा हेपएचेपिएको तल्लो वर्गलाई हित गर्ने सामाजिक परिपाटी स्थापना हुनुपर्ने वैचारिक भावलाई नै केन्द्रविन्दुमा राखिएको पाइन्छ । 

डायरी तथा दैनिकी लेखन श्यामप्रसादको अर्को महत्वपूर्ण क्षेत्रका रूपमा देखिन्छ । वैयक्तिक जीवनमा पनि श्यामप्रसाद नियमितताका अत्यन्त पक्षपाती हुनुहुन्छ । बिहान उठेदेखि बेलुका सुतेसम्म उहाँ आफैंले बनाएको पूर्वनिर्धारित कार्यसूची अनुसार चल्नुहुन्छ । नियमहरूको परिपालनालाई महत्व दिनुहुन्छ र उहाँको सामीप्यमा आउने जोसुकैलाई पनि आफूलाई सञ्चालन गर्ने नियमहरू आफैं बनाएर चल्न अभिप्रेरित गर्नुहुन्छ । हरेक वर्ष, महिना, हप्ता, दिन र दिनलाई पनि खण्ड–खण्ड गरी कार्यसूचीमा विभाजन गरेर तत्तत् समयमा तत्तत् काम गर्ने मानिस फेला पार्न मुस्किल छ । उहाँले कुन दिन के काम गर्नुभयो, के पढ्नुभयो, के लेख्नुभयो, कसलाई भेट्नुभयो, कोसँग के विषयमा के कस्ता कुरा भए, कुन दिन देशमा महत्वको के घटना भयो आदि यावत् टिपोट–विवरणको अभिलेख उहाँका डायरीमा फेला पार्न सकिन्छ । 

वीरगञ्जको त्रि–युद्ध एच.इ.स्कुलको छात्र हुँदादेखि नै श्यामप्रसादले डायरी लेख्न थाल्नुभएको हो । उहाँले लेख्नुभएका डायरीहरू प्रकाशित पनि भएका छन् । उहाँको पहिलो प्रकाशित सिङ्गो डायरी–कृति चाहिँ ‘थुनुवाको डायरी’ (२०३८) हो । श्यामप्रसाद वि.संं. २००५ साल माघ १३ गते वीरगञ्जमा पक्राउ परेर सैनिक ब्यारेक हुँदै वीरगञ्ज जेलमा थुनिएको समयअवधिको विवरण परेको छ । त्यसै गरी ‘मेरा डायरीका पाना (१९६१–१९६५)’– २०५७ मेरा डायरीका पाना’ (सन् १९४५–१९६०)– २०६२, ‘मेरा डायरीका पाना’ (१९६६)’–२०६२, ‘मेरा डायरीका पाना १९९१’÷ २०६३ र ‘मेरा डायरीका पाना १९९२’–२०६४ र ‘मेरा डायरीका पाना (१९९३)–२०६८ मा प्रकाशित भएका छन् । यी डायरीहरूमा श्यामप्रसादको वैयक्तिक दैनिकी मात्र नभएर तत्कालिन समयको राजनीति, साहित्य, समाज, संस्कृति आदिको टिपोटमूलक झलकहरू परेका छन् । 

वि.सं. २००८ सालदेखि नै समालोचनामा समेत हात हाल्नुभएका श्यामप्रसाद प्रगतिवादी सैद्धान्तिक समालोचनाका प्रस्थापक व्यक्तित्व पनि हुनुहुन्छ । वीरगञ्जबाट प्रकाशित ‘सेवा’ प्रगतिशील मासिकमा सामालोचना शीर्षकमै पूर्णप्रसाद ब्राम्हणका दुई कृति ‘म लोग्ने हुँ’ र ‘झिल्का’ माथि उहाँको पहिलो समालोचनात्मक लेख प्रकाशित भएको थियो । ‘स्वास्नीमान्छे’ र ‘साहित्य’ मा उहाँका बाक्लै समालोनाहरू प्रकाशित भएका छन् । ‘लेखक कसरी बन्ने ?’ २०१०) ‘साहित्यसम्बन्धी दुईचार कुरा’ (२०२२), ‘साहित्यका पात्रपात्रीहरू’ (२०३९), जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य(२०५०), साहित्यमा सापेक्षता (२०५०), साहित्यिक फाँटका मेरा केही धारणा (२०५२) र मेरा समालोचना (२०६७) जस्ता उहाँका समालोचनात्मक कृतिहरूले प्रगतिवादी समालोचनाका प्रस्थापनाहरू अघि सारेका छन् । साहित्य जनताको हकहितको संरक्षण गर्ने हतियार हुनुका साथै सरल र जनपक्षीय हुनुपर्छ भन्ने श्यामप्रसादले कठोर सैद्धान्तिक विषयलाई पनि सरल भाषाशैलीमा प्रस्तुत गर्नुभएको छ । उनका कति पय समालोचनाहरूजीवनीपरक एवं कृतिपरक रहेका छन् । उहाँका सबै समालोचनाहरू यथार्थवादी प्रगतिवादमा आधारित छन् ।
 
उपर्युक्त व्यक्तित्वका अतिरिक्त श्यामप्रसादमा कवि, गीतकार, अनुवादक, उत्प्रेरक आदि व्यक्तित्व पनि टड्कारो रूपमा देखिँदै आएका छन् ।

घ) ‘हाम्रा कुराको सार’ कृतिबारे अलिकति
श्यामप्रसादको लामो जीवनकालमा लेखिएका र तत्काल विभिन्न पत्रपत्रिकामा छापिएका लेख–रचनाहरूको कालक्रम अनुसार सङ्ग्रह प्रकाशनको क्रममा यो अर्को कृति तयार भएको छ– ‘हाम्रा कुराको सार’ । यस कृतिमा श्यामप्रसादका सन् २००९ भरि विभिन्न पत्रपत्रिकामा प्रकाशित रचनाहरू र उहाँका अन्तर्वार्ताहरू परेका छन् । यस कृतिभित्र जम्मा ९ वटा रचना समावेश गरिएको छ । सन् २००९ को अवधिमा उहाँका ५ वटा अन्तर्वार्ता सार्वजनिक भएका देखिन्छन् । ती पाँचवटै अन्तर्वार्ता यस कृतिमा परेका छन् । पहिलो अन्तर्वार्ता ‘प्रगतिवादी लेखन कलात्मक रूपमा आइरहेको छ’ २०६६ पुस को ‘मधुपर्क’ मासिकमा छापिएको थियो । ओम श्रेष्ठ रोदनले लिनुभएको यस अन्तर्वार्ताको आरम्भमा श्यामप्रसादको परिचयलाई सङ्क्षिप्त रूपमा राखिएको छ । राजनीति, पत्रकारिता र साहित्यका विषयमा गरिएका प्रश्नहरूको उत्तरमा श्यामप्रसादले केही ऐतिहासिक, केही राजनीतिक र केही साहित्यिक सन्दर्भहरूसँग सम्बन्धित आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । साहित्यिक सन्दर्भमा छवटा प्रश्नका जवाफमा उहाँले विशिष्ट कथाशिल्पी एवम् उहाँका युवा अवस्थादेखिकै साहित्यिक सहयात्री रमेश विकललाई सम्झनुभएको छ । 

‘दर्शन र विचार सहितका पत्रपत्रिकाको सङ्ख्या बढाउँदै जानुपर्छ’ शीर्षकको दोस्रो अन्तर्वार्ता प्रेस काउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्माले लिनुभएको लिखित अन्तर्वार्ता हो । २०६६ वैशाख २२ को मिति उल्लेख भएको यस अन्तर्वार्तामा अधिकांश प्रश्नहरू उहाँले गर्नुभएको पत्रकारितासँग सम्बन्धित छन् । विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा श्यामप्रसादले २००६÷०७ सालमा ‘पाँच भाइ सङ्गठन’ नाउँको गुप्त सङ्गठनबाट ‘कोसेली’ नाउँको हस्तलिखित साप्ताहिक प्रकाशित गरेर सदर भद्रगोल जेलभित्रको जेल कालकोठरीमा रहेका राजबन्दीहरूलाई गोप्य रूपबाट पठाउने गरेको, २०१८ सालमा काठमाडौँमा ४१ जना पत्रकारहरू भेला भई ‘नेपाल पत्रकार सङ्घ’ गठन गरेको, २०१९ सालको साउन (सन १९६२ अगस्ट) मा हङ्गेरीको राजधानी बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन (क्ष्।इ।व्।) को पाँचौँ महाधिवेशनमा उहाँले नेपालको पत्रकारिता र पत्रकारहरूबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको जस्ता ऐतिहासिक तथ्यहरू प्रस्तुत भएका छन् । (डा.मुकेशकुमार चालिसेको सौजन्यबाट प्राप्त त्यस सम्मेलनमा श्यामप्रसाद सहभागी हुँदाको समाचार तस्विरको छायाप्रति परिशिष्टमा दिइएको छ ।) 

‘बयानमा पनि समाजवादका कुरा’ र ‘पार्टीको अञ्चल कमिटीको निर्णअनुसार म गुप्तवास गएको हुँ’ शीर्षकका दुई अन्तवार्ता पत्रकार भैरव रिसालले सगरमाथा एफएमको ‘उहिले बाजेका पालामा’ भन्ने कार्यक्रमका लागि लिनुभएको हो । (अक्षराङ््कन र शीर्षक चाहिँ सम्पादकको) यी दुवै अन्तर्वार्ता क्रमशः २०६६ असार १५ गते र २०६६ साउन ५ गते प्रशारण भएका थिए । त्यसैगरी ‘नक्खु जेलमा थुनिने म पहिलो राजबन्दी’ शीर्षकको अन्तर्वार्ता चाहिँ नेपाल एफएम्को कार्यक्रम साहित्यसुधाका लागि नरनाथ लुइँटेलद्वारा लिइएको र सोही कार्यक्रममा भदौ १७ गते प्रशारण भएको अन्तर्वार्ता हो । पछि ध्वनिमुद्रणबाट अक्षराङ्कनमा उतारिएको यस अन्तर्वार्तालाई ‘ड्रिमल्याण्ड नेपाल’ नामको अनलाइन पत्रिकाले वेभसाइटमा राखेको थियो । यी तीन अन्तर्वार्ताले श्यामप्रसादको जीवनको पूर्वाद्र्धका अनेकन प्रसङ्गलाई उद्घाटन गरेका छन् । उहाँ समर्पित हुनुभएको राजनीतिक आदर्श, सङ्गठन, भूमिगत जीवन, लेखन, प्रकाशनमा सक्रियता आदिबारे श्यामप्रसाद अत्यन्त खुलस्त हुनुभएको छ । यी अन्तर्वार्ताले उहाँको विगत जीवनका गतिविधीबारेमा धेरै जानकारी प्रस्तुत गर्दछन् । 

सङ्ग्रहमा परेका बाँकी चारवटा रचनामध्ये ‘हाम्रा कुराको सार’ सङ्ग्रहको शीर्ष रचना हो । यस लघु–रचनाले वर्तमान नेपाली राजनीति र राजनीतज्ञमा देखा परेका गलत प्रवृत्तिहरूलाई मूख्य विषय बनाएर पाँच वटा बुँदामा केन्द्रित भई आप्mनो समाधानमूलक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । यी बुँदालाई हाम्रो देशको नेतृत्व तहले आत्मसात गरिदिने हो भने मात्रै पनि अहिलेको मूल राजनीतिक सङ्कट समाप्त हुने थियो । सङ्ग्रहको अर्को ‘भूमिगत जीवन’ शीर्षकको रचनामा उहाँले भूमिगत कालका केही तथ्यगत प्रसङ्ग प्रस्तुत गर्नुभएको छ भने ‘फर्सी फाल्न लगाएको’ रचना बाल्यकालको संस्मरणमा आधारित छ । आरम्भकै लघु रचना ‘पराजुलीको विशेषता’मा नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व कृष्णप्रसाद पराजुलीको मूल विशेषताबारे उल्लेख गरिएको छ । 

यो सङ्क्षिप्त चर्चाले के स्पष्ट गर्दछ भने श्यामप्रसादको यो नयाँ कृति हेर्दा सानो देखिए पनि उहाँको व्यक्तित्व, जीवन प्रसङ्ग र जीवनदृष्टिबारे प्रकाश पार्ने महत्वपूर्ण रचनाहरूको सकङ्लन हो ।

अन्तमा,
नेपाली आख्यानका हस्ती रमेश विकल र धच गोतामेहरू जस्तालाई लेखनमा उतारू गर्ने बहुआयामिक र बहुमुखी प्रतिभाका धनी श्यामप्रसादको जीवन प्रसङ्ग र उहाँको विराट व्यक्तित्वका बारेमा यहाँ केही सङ्केतसम्म गरियो । सगरमाथा एफएमको उहिले बाजेका पालामा कार्यक्रम अन्तर्गत २०६६ साल साउन ५ गते श्यामप्रसादसँगको अन्तर्वार्ताका क्रममा पत्रकार भैरव रिसालले भन्नुभए जस्तै श्यामप्रसाद नेपाली इतिहासका एउटा गौरवशाली कोश नै हुनुहुन्छ । उहाँ आफैँ नेपाली इतिहास खासगरी राजनीति, पत्रकारिता र साहित्यको ज्यूँदो इतिहास हुनुहुन्छ । इतिहासका थुप्रै धरोहरहरू खँडहरमा परिणत भइरहेको यो बेला श्यामप्रसाद नामको यो कोशलाई संरक्षण र जगेर्ना गर्न सके नेपाली वाङ्मयको मात्र होइन सिङ्गै राष्ट्रको गौरव बढ्ने थियो ।

कलङ्की, काठमाडौँ

http://samakalinsahitya.com बाट साभार 


============================================

श्यामप्रसादको राजनैतिक जीवन कस्तो थियो ? यस बारे बुझ्न सजिलो होस् भनेर श्यामप्रसादका राजनैतिक सहयात्री शेषमणि आचार्यले लेख्नुभएको पुस्तिका 'हाम्रो यात्राको सिंहावलोकन' प्रलेसको ब्लगमा साभार गरिएको छ । 

                                         =====================================================

हाम्रो यात्राको सिंहावलोकन


शेषमणि 


भूमिका

तपाईँहरुको हातमा यो सानो पुस्तिका थमाइएको छ ।यसमा व्यक्त विचारहरु बेलाबेलामा मुलुकमा देखापरेका राजनीतिक अवस्थाले उत्पन्न मनोविज्ञानका अभिव्यक्ति हुन् ।खास गरी सामन्ती नेपाली समाजको आमूूूूल रुपान्तरणमा नेपाली जनताको नाममा धेरै प्रयोग भए,तर हरेक परिवर्तन पछि नेपाली जनताको उत्साहमा पानी खनिएको छ ,जसले जनता र तिनका नेतृत्वपंक्तिका तल्लो तहमा व्यापक निराशा छाएको पाइन्छ ।क्रान्ति आँधीबेरी भएर आउँछ तर यो आखिरमा पूर्ण सफलतामा नपुगी बिचैमा तुुहिने गरेको छ र त्यसै निराशामा परिणत हुुन पुग्छ ।आज सम्म यस्तै भइरहेछ ।यस्तो परिवर्तनको अभियानमा लाग्ने कतिपय साथीहरु जीवितै पनि छौँ ,हरेकले इतिहासमा आफ्नो ठाउँबाट भूूमिका खेलिएकै हो ,अब सबैले आ –आफ्नो विगत वा इतिहासको आलोचनात्मक समीक्षा गर्नु परिसकेको छ ,यही मान्यताले आफ्नो समयमा भूमिका खेलेको तर अहिले विस्मृत जस्तो हुन पुगेको नेपालको एउटा कम्युनिष्ट पार्टीको एक खण्डको समीक्षा यहाँ राखिएको छ ,यसको लक्ष्य सबै साथीहरुले यसरी नै आआफ्नो समीक्षा गरौँ भन्ने पनि हो ,।

यो गण्डकीका श्यामप्रसादका अनुयायी एवं पुराना मित्रहरुको २०७१साल असोज सम्ममा भएका अनौपचारिक भेटघाटमा र अन्य अनौपचारिक सन्दर्भमा बेलाबेलामा छलफल हुँदा निस्केको निष्कर्ष हो,यसले विद्यमान समयमा मुलुकमा व्याप्त असन्तुष्टि निराशा छटपटीलाई व्यक्त गर्दछ,, यो पलायनको दस्तावेज नभएर अग्रगमनको निम्ति वैचारिक मन्थनको एक प्रयास पनि हो,साथै नेपाली कम्युनिष्ट आन्दोलनको एक कालखण्डमा क्रियाशील एउटा कम्युनिष्ट सङ्गठनको ऐतिहासिक यात्राको आंशिक समीक्षा पनि हो ,यसले सबै साथीहरुसँग आफ्नो विगतको सिंहावलोकन गर्न आह्वान गर्दछ । यसको सार हो—निराशावादी होइन,आशावादी बन ,गर्व गर घमण्ड होइन,अगाडि बढ तर समीक्षा गर ,कमीहरुप्रति निष्ठूर बन र जनतासँग विनम्र बन,अरुमाथि शङ्का गर्नुअगि आफैलाई बुझ,सही के हो खोज ,गलतमा नरमाऊ ! यद्यपि अहिले एक वर्षभन्दा बढी समय बितिसकेको छ,त्यस यता केही परिवर्तन हुन खोजे पनि चरित्रमा परिवर्तन पूर्णरुपमा भएको छैन,सार उस्तै छ,यसकारण यसको सन्दर्भ रहिरहेको छ ।यसमा नयाँ परिवर्तन पछिको अवस्थालाई समावेश गरिएको छैन ।यद्यपि जातिवादी दृष्टिकोणमा माओवादीमा आएको परिवर्तन र वर्तमान संयुक्त वाम बहुल सरकारको राष्ट्रियतावादी अडानको भने प्रशंसा गर्नैपर्छ र माओवादी पक्षमा देखापरेको एकीकरण र पृथक्वास तथा डा.बाबुराम भट्राईको ‘नयाँ शक्ति’अभियानको परिणाम हेर्न बाँकि छ ,तर यो अभिलेख तयार पार्दा भने यस्तो परिस्थिति थिएन ।

यस सानो अभिलेखलाई छपाउने मनसाय पहिला लिएको थिइनँ,तर पछि पछि धेरै साथीहरुको जोडले धेरै समय पछि यो अवसर जुट्यो ।मलाई कुनै समयमा सँगैका सहयात्रीहरुले घच्घच्याउनुभयो,सुझाव आलोचना राख्नुभयो ,जसमा श्री रामराज रेग्मी,हरि श्रेष्ठ,कमलमोहन पौडेल,रामबहादुर अधिकारी,शिवशङ्कर पौडेल,शुक्रराज सापकोटा,मोहन अकेला लगायत साथीहरुलाई बिर्सन सक्दिनँ ,यस्तै आफ्नो अमूल्य समयमा यसको सम्पादन गरी सघाउने साथी नारायण परिश्रमी,कम्प्युटर ले आउटमा सहयोग गर्ने बहिनी शान्ति थापा र पश्चिमाञ्चल अफसेट प्रेस एवं प्रकाशनमा सघाउने सबै मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछुु ।

अहिेलेलाई यत्ति नै,विस्तृत रुपमा नयाँ परिस्थितिको विश्लेषण गर्नुपरेमा यस्तै अरु समयमा भेट हुनेछ ।


- शेषमणि


१) हाम्रो यात्रा 

हाम्रो यात्रा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा नवीनमान्यता र नयाँ कार्यशैलीका साथ तीसको दशकको प्रारम्भमा सुरुभएको हो ।जुनबेला मुलुकमा जननिर्वाचित संसदीय सरकारलाई विघटन गरी निरङ्कुश पञ्चायती शासन लादेको अवस्था थियो र दिल्ली संझौताले २००७सालको जनक्रान्ति अपूरो भएपनि १०४वर्षको निरङ्कुश राणाशाहीको अन्त्य भएको र बहुदलीय संसदीय व्यवस्था स्थापना भई मुलुकलाई पूँजीवादी राजनीतिक प्रणाली तर्फ डो¥याउन खोजिएको अवस्था थियो ।

२०१५सालमा नेपाली काँगे्रसका नेता विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा दुइ तिहाइ बहुमतमा गठित सरकारले केही प्रगतिशील सुधारहरु गर्न नखोजेको होइन,तर राजा महेन्द्र र बी.पी. कोइराला बीचको प्रतिस्पद्र्धाको कारणले पनि १७ महिनामै त्यसको विघटन भई निर्दलीय शासन लादियो र त्यसपछि मुलुक ३०वर्षे कठोर शासनमुनि पिसिन थाल्यो,सीमित पूँजीवादी प्रजातन्त्रको अन्त्य भई सबै राजनीतिक दल र सङ्गठनमाथि प्रतिवन्ध लाग्यो ।

तात्कालीन संंसदका धेरै सदस्यहरु राजा महेन्द्रको कदमको समर्थन गर्न पुगे , कोही जेल र भारतमा निर्वासित जीवन बिताउन बाध्य भए । कलकत्तामा निर्वासित सुवर्ण शमशेरको नेतृत्वमा यता मुलुकभित्र नेपाली काँग्रेसले “हिट एण्ड रन” को सशस्त्र गतिविधि सञ्चालन गर्न थाल्यो भने तात्कालीन नेकपाका महामन्त्री केशरजङ्ग रायमाझी जो सोभियत सङ्घको भ्रमणमा थिए,राजाको कदमलाई समर्थन गर्न पुगे,यसपछि नेपाल कम्युनिष्ट पार्टीमा विभाजन हुन थाल्यो । 


२ )नेकपाको स्थापना

भारतको कलकत्ताको श्यामबजारमा इ.सन् १९४९ अप्रिल २२ तारिखमा लेनिन जयन्तीकोे अवसरमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।हुन त कसैले पार्टी स्थापना दिवस भनेर १५ सेप्टेम्बरलाई पनि माने तर२२अप्रिललाई नै आधिकारिक मानियो र १५ सेप्टेम्बरमा पार्टीको घोषणापत्र जारी गरिएको थियो , वास्तविक रुपमा भने २२ अप्रिल नै पार्टी स्थापना दिवस हो ।

पार्टी स्थापना कालदेखि नै केही विवादहरु भने देखा परे। स्थापना कालका नेताहरुमा पुष्पलाल बाहेक अन्य व्यक्तित्वहरु पछिका दिनमा प्रमुख भूमिकामा स्थापित भैरहन सकेनन् ।नेपालकै पहिलो कम्युनिष्ट भनी चर्चित व्यक्ति मनमोहन अधिकारी लगायतकाहरु भने यस अभियानमा सामेल हुन सकेनन्,तैपनि तात्कालीन अन्तरराष्टिय मान्यता यही पार्टीले पायो ।यद्यपि पुष्पलालको गङ्गालाल हलुवाइसँग मतभेद भएपछि उनले “लाल कम्युनिष्ट पार्टी”को गठन गरे र अर्को “जनमुक्ति कम्युनिष्ट पार्टी ”पनि खोेलिएको थियो भन्ने चर्चा पाइन्छ ।

पार्टी स्थापना सम्बन्धी यो चर्चा सँगै नेपालमा साम्यवादी विचारको बीजारोपणबारे पनि चर्चा गर्नु उपयुक्त हुन्छ ।यस क्रममा पहिलो विश्वयुद्ध लडेर नेपाल फर्केका गोर्खाली सिपाहीहरुले सर्वप्रथम रुसको बोल्शेभिक क्रान्ति र लेनिनको बारे चर्चा गरे ,यसपछि पनि “प्रचण्ड गोर्खा” जयपृथ्वी बहादुर र ९७ सालका शहीद गङ्गालालले पनि बोल्शेभिक क्रान्तिलाई नै आफ्नो आदर्श माने ।साथै ०६सालभन्दा अगि भारतको कलकत्तामा र काठमाण्डू लगायत विभिन्न स्थानमा खुलेका विभिन्न अध्ययन मण्डल र सङ्गठनहरुले पनि माक्र्सवादको विषयमा चासो राखे ।यसका अतिरिक्त तात्कालिक अन्तर्राष्टिय परिस्थितिले पनि यसमा भूमिका खेल्यो नै , विशेषगरी रुसको महान् अक्टोबर समाजवादी क्रान्ति,चीनिया नयाँ जनवादी क्रान्ति ,भारतीय स्वाधीनता सङ््रग्राम , भारतीय कम्युनिष्ट पार्टीको समर्थन,हिन्दचीनको मुक्तियुद्ध ,पूर्वी युरोपका उदीयमान समाजवादी मुलुक र संसारभर फैलिँदै गएको औपनिवेशिक मुलुकहरुको स्वाधीनता अभियान पनि नेकपा स्थापनामा प्रेरक शक्ति हुन् ।यस्तै पृष्ठभूमिमा स्थापित क .पा .ले समय समयमा धेरै हण्डर खानुप¥यो,। 

२००८साल माघ १०मा के.आइ.सिंहको विद्रोहलाई समर्थन गरेको निहुँमा यसमाथि प्रतिबन्ध लगाइयो,२०१३साल बैशाख ४मा मात्र यसमाथिको प्रतिबन्ध हट्यो ।त्यसपछि २०१७ सालदेखि ३०वर्षसम्म सबै राजनीतिक पार्टी प्रतिबन्धित भई नै रहे ।

३ )कम्युनिष्ट पार्टीमा विभाजन

स्थापनाकालदेखि नै केही मतभेदहरु देखा नपरेका होइनन्,तैपनि १७ सालको काण्डपछि केशरजङ्ग रायमाझीले राजा महेन्द्रको कदमलाई समर्थन गरेपछि मात्र पार्टीमा विभाजन खुला रु।पमा देखाप¥यो,भारतमावि.सं.२०१९।वैशाख४—५ (सन् १९६२,अप्रिल)मा बनारसमा भएको तेस्रो महाधिवेशनबाट रायमाझीको निष्काशन भएपनि उनलाई रुसको समर्थनले जटिलता थपिन पुग्यो ।रायमाझीले राजा महेन्द्रमा सुकार्नो ,सिंहानुकको छाया देख्ने नाटक गरी रुसी समर्थनको फाइदा लिई नै रहे,तर पार्टीभित्र भारतमा तुलसीलाल र पुष्पलाल बीच मतभेद बढ्न लाग्यो,तुलसीलालले भारतमा डाँगेको समर्थन पाए भने पुष्पलालले ज्योति वसुको ।यस मतभेदबाट पार्टीमा निष्क्रियता बढ्दै गयो ।साथै नेपालभित्रै पनि पार्टीलाई जीवित बनाई चल्ने अभ्यास भई नै रह्यो।पार्टीको हेडक्वाटर नेपालमै राखेर काम गर्नु पर्ने माँग बढ्न थाल्यो,पुराना कतिपय नेता कार्यकर्ता पनि दरबारको सेवामा गुप्त रुपमा लागेको शङ्का हुन थाल्यो,मुलुकमा विभिन्न पार्टी ग्रुप देखापर्न थाले,यस परिस्थितिमा आपसमा विश्वासको सङ्कट गहिरिँदै जानु र अन्तरराष्टिय कम्युनिष्ट आन्दोलनमा देखापरेको मतभेदले पनि विभाजनमा बल नै पुग्यो ।पुष्पलालले“ हाम्रो मूलबाटो”े बाट “विघटित संसदको पुनःस्थापना” को माँग राखे भने तुलसीलालले “कुन बाटो?” को माध्यमबाट “राष्ट्रिय प्रजातन्त्र” र सँगैजसो मोहन विक्रमको “संविधान सभा”को माँगको कार्यक्रम पनि आइसकेको थियो ।यी सबै परिस्थितिमा पार्टीमा एकता हुने सम्भावना क्षीण हुँदै जानु स्वाभाविकै थियो ।

काठमाण्डूमा सक्रिय वाग्मती प्रान्तीय कमिटीले राजधानीमा पार्टी काम गरिरहेको थियो ।त्यसमा पनि राष्ट्रिय परिस्थितिको प्रभाव पर्नु अनौठो भएन ।यही कमिटीको निर्णय अनुसार पार्टी नेतृत्वको सुरक्षाको निम्ति पनि मूलनेतृत्व भूमिगत जानुपर्ने भयो ।२०२४ सालमा पार्टी निर्णय अनुसार श्यामप्रसाद  शर्मा लामो ऐतिहासिक भूमिगत वासमा जानुभयो।

यहाँ हामी नेपाली कम्युनिष्ट आन्दोलनको विस्तृत चर्चा गर्न नगई हामीले विगतमा अँगालेको कम्युनिष्ट पार्टी र उसको विषयमा बढी केन्दि«त हुन गइरहेका छौँ ।मूलतःकम्युनिष्ट पार्टीमा देखापरेको फुटको सन्दर्भमा हाम्रो अगाडि विचार र कार्यशैली मिल्ने कम्युनिष्ट पार्टी खोज्नुपर्ने नै थियो । 

तात्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले काठमाण्डूमा रहेका युवाहरुमा नयाँ बहस सुरु हुन थाल्यो ।यस्तो बहसका फोरम विभिन्न थिए ।जसमा भूमिगत रुपमा वाचस्पति देवकोटा,सिन्धुनाथ प्याकुर्याल,गणेश पण्डित, जगत बहादुर रोका,ऋषिराज लुंसाली,बद्री खनाल ,मुक्ति खनाल ,शेषमणि आचार्य,पीताम्वर अधिकारी,घनश्याम अधिकारी आदिको कृयाशीलतामा खोलिएको “हाम्रो पुस्तकालय” र,खुला रुपमा काम गरिरहेको“नेपाल चीनमैत्री सङ्घ” “गण्डकी विद्यार्थी परिषद्” स्मरणीय छन् ।यसै गरी चीनमा सुरु भएको “महान् सर्वहारा साँस्कृतिक क्रान्ति”एवं भारतको “नक्सलबाडीको सशस्त्र किसान संघर्ष”ले पनि ठूलै भूमिका खेले ।यी घटनाले हामीलाई पुष्पलालको“हाम्रो मूलबाटो” स्वीकार्य हुन सकेन ।तुलसीलालको“कुन बाटो”को त कुरै भएन ।

हामीलाई अब दीर्घकालीन जनयुद्धको बाटो नै नेपाली नयाँ जनवादी क्रान्तिको मूल बाटो हो भन्ने कुरामा दृढ विश्वास हुन थाल्यो र आफ्नो विचार मिल्ने कम्युनिष्ट पार्टीको खोजी गर्दा नै हामी “नेपाल चीन मैत्री संघ” समूहको निकट पुग्यौँ ।( यो त्यस्तो समूह नै त होइन तर यसका प्रमुख व्यक्तिहरु एउटै विचारका थिए र कुनै चीनका मित्रमात्र पनि थिए ।)यस समूहको वास्तविक नेतृत्व श्यामप्रसाद शर्माले गर्नुभएको थियो,जसको साथमा शान्तदास ,गोविन्द भट्ट आदि थिए,यिनलाई तात्कालीन समयमा विशिष्ट माक्र्सवादी बुिद्धजीवीका रुपमा सम्मान प्राप्त थियो ।यस समूहले उपत्यकामा भूमिगत रुपमा काम गर्ने शैलीको विकास ग¥यो ।पञ्चायती शासनको क्रूर दमनबाट जोगिएर काम गर्नु निकै कठिन काम थियो ।

४ )डिग्री बहिष्कार आन्दोलन 

सन्, १९६६तिर सुरु भएको चिनिया सांस्कृतिक क्रान्तिको प्रभावले भारतमा चारुमजुमदारको नेतृत्वमा नक्सलबाडी किसान आन्दोलनको सुरुवात यसै समयमा भयो,यसको प्रभाव नेपालमा पनि प¥यो ,नेपालका कलेज कलेजमा अध्ययन गरिरहेका युवाहरु नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न गाउँबाट शहरलाई घेरी समाजवादी नेपालको निर्माण पूरा गर्न आआफ्नो पढाइ छोड्ने अभियान थालियो ,यही क्रममा पश्चिम नेपालमा हाम्रै समूहका साथीहरु गाउँतर्फ आउने काम भयो ।यस अभियानमा ्रलमजुङ—तनहूँका शेषमणि आचार्य,छबिचन्द्र ढकाल,रामप्रसादअधिकारी,रामबहादुर अधिकारी,रामचन्द बस्नेत , धादिङका हेमराज कँडेल,विद्यासागर कँडेल र मुस्ताङका शशि शेरचन, ज्ञानेन्द्र शेरचन,ओम विकास गौचनले नेतृत्व गरेको स्थिति थियो,यसपछि पुष्पकमल सुवेदी,रामराज रेग्मी लगायत साथीहरुले पनि सहमति जनाउनुभयो ।यसरी नै पूर्व तर्फ पनि झलनाथ खनाल,सी.पी.मैनाली,ऋषिराज लुम्साली,घनश्याम अधिकारी,पीताम्बर अधिकारी आदि युवाहरुले यसलाई नेतृत्व गरे । यस अभियानले छिटै व्यापकता पायो,कलेजहरुमा यसबारे बहस चल्न थाल्यो भने पूर्वमा भएको ऐतिहासिक झापा आन्दोलन पनि यही आन्दोलनका सूत्रधारहरुले नै नेतृत्व गरिएको थियो ।यसै गरी पोखरामा पृथ्वी नारायण कलेजका कतिपय विद्यार्थी नेताहरु पनि यसकै अनुयायी बने ।

डिग्री बहिष्कार आन्दोलन नेपाली जनवादी क्रान्तिको नयाँ अभियानमा एक प्रस्थान विन्दु थियो ।एक क्रान्तिकारीको निम्ति इतिहासले माँग गरेको अवस्थामा आफ्ना सबै उज्ज्वल सम्भावनालाई त्याग गर्नुपर्ने रहेछ भन्ने मान्यतामा यो आन्दोलन चलेको थियो ।

५ )कम्युनिष्ट आन्दोलनका विभिन्न धारहरु  :

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भए यताका ६५वर्षमा यसका विभिन्न मोडहरुको अध्ययन गर्दा यसमा मुख्यरुपमा ३धारहरु देखा पर्दछन् ।तिनलाई यसरी पुष्टि गर्न सकिन्छ —१,आत्मसमर्पणवादी दक्षिणपन्थी धार,२,मध्यपन्थी दक्षिणमुखी धार र ३,क्रान्तिकारी वामपन्थी धार ।

संक्षेपमा विगत साँढे छ दशकको उथल पुथलको यात्रामा कम्युनिष्ट आन्दोलनमा उपर्युक्त तीन धारमै यता उता भैरहेको छ ।अतीतमा पहिलो धारको प्रतिनिधित्व केशर जङ्ग रायमाझीले गरे,जुन अन्त्यमा विसर्जनवादमै परिवर्तन भएर समाप्त पनि भयो ।अतीतमै मध्यपन्थी धार पनि देखाप¥यो,यसको प्रतिनिधित्व मूलतः मनमोहनले नै गरे ।झापा सशस्त्र विद्रोेहपछि यसको मूल स्पिरिटलाई समेत तिरस्कार गर्ने शक्तिलाई यस कोटिमा राख्न सकिन्छ ।तेस्रोे क्रान्तिकारी वामपन्थी धारमा झापा विद्रोह र त्यसपछि माओवादी कालसम्मका क्रान्तिकारी परिवर्तन पक्षधर तप्काहरु पर्दछन् ।२०१७सालको काण्डसम्म पुष्पलालले यस धारको प«तिनिधित्व गरे तर सत्र सालको काण्डपछि विघटित संसदको पुनःस्थापनाको र तत्काल असम्भव “काँगे्रस कम्युनिष्ट संयुक्त आन्दोलन ” को मात्र निरपेक्ष रटान गरेर उनले समय बरबाद गरे ,पार्टीभित्र रहेका क्रान्तिकारी शक्तिलाई पार्टी छोड्न विवश समेत पारे ।झापाली विद्रोहका कमी कमजोरी प्रशस्तै थिए,तर मुलुकमा अहिले वामशक्तिको वर्चस्व भनेर जो भनिरहेका छौँ,त्यसको मुख्य श्रेय यसैलाई दिनुपर्दछ । 

६ )तर अहिले समय फेरिएको छ

समय अब फेरिएको छ ।इतिहासमा पहिलो समाजवादी राज्य सोभियतसङ्घको विघटन भैसकेको छ,चीनले पनि चिनिया विशेषताको समाजवादको नाममा आफ्ना पाइलाहरुमा केही परिवर्तन गरेर फड्को मारिरहेको छ। भारतमा नक्सलबादी आन्दोलन सामान्य मुठभेडमा मात्र अलमलिएकोछ ।नेपालमा लामो समय सम्मनेपाली जनतालाई दबाई रहेको राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएपनि यसको संस्थागत गर्ने काममा सफलता मिलेको छैन ।कम्युनिष्ट पार्टीहरु वैचारिक रुपमै अलमलमा छन् ।१० वर्षे ‘जनयुद्ध’ चलाएर एकपटक जोशिला युवाकोआकर्षण र जनताले भर पर्न खोजेकोमाओवादी पार्टी अहिले आएर विखण्डन र विचलित अवस्थामा फेरिएको छ ।यसले माओका विचारलाई त नाममा मात्र भजाएको छ ।एकपटक त मुलुकमा जातिवादी ,विखण्डनवादी शक्तिहरुलाई काखमा लिएर लक्ष्यहीन यात्रामा रुमल्लिन पुगेको पनि थियो । माओवादीहरुले जनयुद्घको नाममा १० वर्षसम्म जे गरे त्यसलाई माअ‍ोले भने अनुसारको पूूर्ण रुपमा जनयुद्घ मान्न सकिएन ।जनयुद्घको परिभाषा कसरी गर्ने ?जनताको लागि युद्घ किजनताले गरेको जनताको युद्घ ? ,पहिलो विकल्प भने मान्न सकिएला,यसमा भाग लिएका इमान्दार बहादुरहरुले जनताकै लागि लडेको संझेर नै जीवन उत्सर्ग गरे ,घाइते भए, वलिदान गरे,नेपालको कम्युनिष्ट आन्दोलनमा शोषित पीडित,दलित समुदाय र पछि पारिएका जनसमुदायले इतिहासमै पहिलो पटक वर्गसंघर्षको नयाँ अभ्यास भने गरेकै हुन् र मुलुकमा पहिलो पटक गणतन्त्र,धर्म निरपेक्षता र संघीयतामा माओवादी आन्दोलन जगको भूमिकामा रहेको निश्चित हो र लामो समयसम्म अवरुद्ध जन असन्तोषको प्रवाहलाई खोलेर १९ दिने जनआन्दोलन पछिमात्र निर्णायक नयाँ निकास निस्कन सकेकोहो।तर यसले प्रयोग गरेको व्यक्तिहत्याको शैली निरपेक्ष रुपमा समर्थन गर्न सकिँदैन,न त वलिदानको नाउँमा भएको नोक्सानलाई नजरन्दाज गर्न सकिन्छ,यो त माओको विचार अनुसार नै अनावश्यक वलिदान हुन जान्छ, ब।ह्र बुँदे सम्झौता पछिका घटनाक्रमलाई नियाल्दै आजसम्मका उनीहरुका गतिविधि हेर्दा त राष्ट्रका मुूद्दामा प्रतिक्रियावादी, जातिवादी र क्षेत्रीयतावादी वा विखण्डनवादीहरु सँग दिनदिन भएको गठबन्धनले पनि उनीहरु उग्रवामपन्थी बाटो हुँदै दक्षिणमुखीयात्रामा रेस लिइरहेका छन् भन्न सकिन्छ ।अहिले यस शक्तिमै विभाजन भएर यस भित्रका “क्रान्तिकारीहरु” दिग्भ्रमित भइरहेछन्, दिनदिन क्यारियरिष्टहरु छाइरहेछन् । 

यसैगरी नेकपा एमाले पनि जबजको नाम लिए पनि मदन भण्डारी पछि क्रमशः दक्षिणमुखी यात्रामा रुमलिएको छ,यसभित्रको चरम गुटबन्दी र वैचारिक धरमरले ,यो नव धनाढ्य वर्गको चङ्गुलमा परिसकेको छ ।यसले अहिले झापा आन्दोलन र मनमोहनको नेतृत्वको नौमहिने सरकारको नाममा रमाउनु परिरहेको छ ।

अन्य सानातिना वाम शक्तिहरु छन्,यिनीहरुमा पनि कुण्ठा,हीनताभास,नातावाद र एकान्तवासमा चित्त बुझाएर दिन गुजारा गर्ने बानी परिसकेको छ ।

नेपालको सन्दर्भमा ‘वामपन्थी’ भन्नाले कम्युनिष्ट शक्तिलाई नै बुझिने गरिएको छ ।माथि सङ्केत गरिए अनुसार अहिले विद्यमान कम्युनिष्ट शक्तिमा कुनै एउटै पार्टी दक्षिणपन्थी आत्म समर्पणवादी धारको छ भन्न सकिँदैन,अहिले सबैजसोकपाहरु मध्यपन्थी दक्षिणमुखी नै छन्,मात्रामा भने फरक छ । सबै क.पा. हरुमा केहीइमान्दार क्रान्तिकारीहरु छन्वाक्रान्तिकारी शक्ति छन् तर संस्थागत छैनन् ।

दक्षिणपन्थी शक्तिहरुमा नेपाली काँग्रेस प्रजातान्त्रिक समाजवादको भजन गाएर पूँजीवादकै खेतीमा लागिरहेको छ ।जनजाति,मधेशीहरुको नाम भजाएर स्वार्थसिद्ध गर्न खोज्ने केही अराजनीतिक,आपराधिक पृष्ठभूमिका स्वार्थी व्यक्तिहरु पनि यस लोकतन्त्रकै उपयोग गर्दै ती ती समुदायको अज्ञानता एवं विवशताबाट लाभ लिन खोज्नेहरु छन्,यिनीहरुको भविष्य छैन,तैपनि केही समय विदेशी आइ.एन.जि.ओ.को प्रायोजनमा यिनले धमिलो पानीमा माछा मार्न छोड्ने छैनन् ।

आम जनतामा निराशा व्याप्त छ,मुलुक अस्तव्यस्त छ,भ्रष्टाचार डरलाग्दो गरी मौलाएको छ ।राजनीतिज्ञ,राजनीतिक दल प्रति जनता आक्रोशित छन्,मुलुक दिनदिन पराधीन बनिरहेछ,युवाशक्ति विदेशमा अदक्ष श्रम बेचेर बरबाद भइरहेछ,शिक्षित समुदाय पनि निराश छन्,रोजगारीको अभावमा विदेश पलायन भइरहेछन्,गाउँहरु निर्जन बन्दैछन्,बिदेशी रेमिटेन्सको भरमा मुलुकको अर्थतन्त्र अलमलिएको छ ।भएका उद्योगहरु बन्द हुँदै गइरहेछन् वा विदेशीलाई बेचिएका छन् र ऊर्वर जमिन भूमाफियाका व्यापारिक स्थल भएका छन्। यस्ता अनेक उदाहरणहरु छन्,जसले भयङ्कर निराशा पैदा गराइदिन्छन् ।

तर साथी हो ! हामी निराश भै हाल्न पर्दैन,हाम्र्रो देश अनगिन्ती सम्भावना र उज्वल भविष्य भएको देश हो,यो अब ज¥याक जुरुक उठ्नु पर्दछ,यसका लागि हामी फेरि एकपटक लागौँ ।

७ )हाम्रो अतीतः एक छोटो समीक्षाः

यति चर्चा गरिसकेपछि अब हामी हाम्रो अतीतबारे केही समीक्षा गर्न खोज्दै छौँ ।राजा महेन्द्रले निर्दलीय पञ्चायती शासन लादेपछि जनतालाई सङ्गठित गर्न र अन्य सबै सामाजिक क्रियाकलाप गर्न ठूलो कष्ट प¥यो, दमन र जासुसका जाल र शङ्का व्याप्त भयो ,जो देखे पनि शङ्का गर्नुपर्ने अवस्था आयो ।यही समयमा इण्डोनेशियामा निर्मम श्वेत आतङ्क मच्चियो,फासिष्ट तानाशाह सुहार्तोले ५लाख भन्दा बढी कम्युनिष्टहरुको संहार ग¥यो,यस घटनाले विश्व कम्युनिष्ट आन्दोलनमा गम्भीर धक्का लाग्यो ।यसले नेपाललाई पनि छोयो ।भूमिगत कार्यशैलीको आवश्यकता झन बढ्न थालेको अनुभव भयो ।हामीले काम पनि देशभित्रै बसेर गर्न पर्ने अनुभव गरियो ।कुनै पनि प्रजातान्त्रिक अधिकार नभएको मुलुकमा कडा भूमिगत कार्यशैलीको विकल्प पनि थिएन ।यसकारण श्यामप्रसादको नेतृत्वमा एक राजनीतिक सङ्गठनको स्थापना भयो,जसको नाउँ पहिला घोषणा गरिएन,यसको विधान पनि बनाइएन,हामी त्यतिखेर चिनिया कम्युनिष्ट पार्टी र माओ त्सेतङ्गुलाई नेता मान्दथ्यौँ र“ चीनको पार्टी हाम्रो पार्टी ,चीनको अध्यक्ष हाम्रो पनि अध्यक्ष ”भन्ने चारु मजुमदारको नीतिका अनुयायी थियौँ ।पछि विभिन्न घटनाले यो दृष्टिकोण सही देखिएन र एउटा क्रान्तिकारी विचारले लैस भएको पार्टीको खाँचो अनुभव गरियो र बाहिर साथीहरुको बीचमा ल्याइयो,जसको नाउँ थियो— नेपालका कम्युनिष्टहरुको सङ्गठन(माओवादी)।पछि स्वयं चिनिया कम्युनिष्ट पार्टीको विचार र अन्य कुराहरुलाई विचार गर्दा ‘माओवादी’नभनी ‘मालेमावादी’ भनियो ।यसले “हाम्रोउद्देश्य र बाटो”पार्टीको विधान,वर्ग विश्लेषणका आधार,क्रान्तिकारीहरुको एकता,संयुक्त मोर्चा बारे लगायत आवश्यक धेरै सामग्री निर्माण गरी प्रचार ग¥यो ।तर यसले अन्य पार्टीले झैँ प्रभुत्व लाद्ने काम गरेन ।यसले वर्गीय आधारमा नेपाली श्रमजीवी वर्गको राजनीतिक अग्रदस्ता बन्ने लक्ष्य लिएको थियो,यसकारण यो संगठन गोप्य कार्यशैलीका साथ सक्रिय रह्यो ।यसले हतारमा कम्युनिष्ट नामको आधारमा मात्र सुनिएर मोटाएको जस्तो लाग्ने ,सङ्कटको समयमा शत्रुसँग लम्पसार पर्ने कायरहरुको जमघट बन्न चाहेन र क्रान्तिकारीताको नाममा लेनिनले भन्नुभएजस्तो “बालरोगी वामपन्थीकम्युनिष्ट”पनि उत्पादन गर्न चाहेन,जसको अनिवार्य परिणाम हुन्थ्यो —सर्वनाश ।यसले माओले भन्नुभए झैँ “अनुसन्धान नगरी बोल्ने हकछैन,”लाई दरो गरी समातेको थियो ।यसको उद्देश्य गाउँद्वारा शहरलाई घेर्दै दीर्घकालीन सशस्त्र जनयुद्धको माध्यमबाट ‘नयाँ जनवादी क्रान्ति’सम्पन्न गरी स्वाधीन समाजवादी नेपाल स्थापना गर्नु थियो ।पार्टी अनेक टुक्रामा विभाजित हुँदै गयो,पूर्वमा पूर्व कोशी गु्रप थियो,पछि यसैबाट टुक्रिएर झापा जिल्ला कमिटीले काम गर्न थाल्यो जसले ऐतिहासिक झापा विद्रोह सञ्चालन ग¥यो ।

यसपछि कम्युनिष्ट आन्दोलनमा व्यापक धु्रवीकरण सुरु भयो ,पुष्पलाल समूहमा भुइँचालो जान थाल्यो,दाङ,मोरङ लगायतका जिल्लाहरुमा विद्रोही कम्युनिष्ट सङ्गठनहरु ख्ुाल्न थाले ।हामीले पनि आफ्नै पहलमा भूमिगत सङ्गठनका लागि पहल गर्न थालियो ।

यसभन्दा अगि मैत्री संघ समूहमा शेषमणिको सम्बन्ध भै सकेको थियो ।यही क्रममा रामप्रसादजीको चिनिया डाक्टरहरुबाट उपचार पनि गराइयो ।काठमाण्डूमा फरक फरक समूहमा साथीहरुको समूह बनाइयो ।तनहूँमा शेषमणि,छबिचन्द्र,रामबहादुर,रामचन्द्र बस्नेतको समूहले डिग्री बहिष्कार गरी गाउँमा प्रवेश ग¥यो जसले नै श्यामप्रसादको नेतृत्वको कम्युनिष्ट पार्टीको स्थापना ग¥यो यससँगै धादिङमा हेमराजको समूह पनि हामी सँगै थियो ।जिल्लामा आएपछि रामप्रसादजी सामेल हुनुभयो ।यसले कास्की पृ.ना. कलेजका तात्कालीन स्ववियू सभापति पुष्पकमल सुवेदीसँग सम्पर्क गरी वैचारिक छलफल चलायो,जसमा शेषमणि,रामप्रसाद,पुष्पकमल सुवेदी,जयप्रकाश बाँस्तोला,मोदनाथ,रेग्मी,अर्जुन नेपाली,अरुण गुरुङ सहभागी थिए ।यस छलफलले कास्कीमा विद्रोहको स्थिति तयार भयो र पुष्पकमल र अरु साथीहरुको नेतृत्वमा“गण्डकी धवलागिरी क्रान्तिकारी माले दल” को गठन भयो ।यो समूहका केही साथीहरु पछि मालेमा सामेल हुनुभयो भने पुष्पकमल सहित केही साथीहरु ने .क .सं .मा सामेल हुनुभयो ।

संगठनको दौरानमा तनहूँमा शेषमणि,छबिचन्द्र ढकाल,रामबहादुर अधिकारी,रामराज रेग्मीकोनेतृत्वमा जग बसेको सङ्गठन क्रमशः विद्यानाथ ढकाल,शिवशङ्कर पौडेल ,मोहन श्रेष्ठ “अकेला” ,टेकनाथ पौडेल, गणेशबहादुर अधिकारी ,शुकनारायण श्रेष्ठ(जामुने र राङरुङ२)को नेतृत्वका साथगोपालचन्द्र ढकाल, गोविन्द खनाल,चूडामणि शर्मा ,भावना कुमार श्रेष्ठ , थानबहादुर श्रेष्ठ, तोप बहादुर श्रेष्ठ,गणेशमान श्रेष्ठ,आइ.बी.नेपाली,बाबुराम नेपाली(कमरेड गम्भीर) ,डिलबहादुर नेपाली(ओम), हनुमान तामाङ ,बीरबल काइँला, छबिलाल अधिकारी,ऋषि अधिकारी, द्वारिका घिमिरे, केशव घिमिरे,(जामुने) शिवदत्त लामिछाने श्यामलाल श्रेष्ठ—२,(जामुने– शिक्षक र किसान )) यमसिंह ठकुरी, गजेन्द्र सुँयाल,पदम कार्की,सुरेन्द्र खनाल, नेत्र सुवेदी,ऋषिराम लामिछानेरामकृष्ण कोइराला,कृष्णप्रसाद न्यौपाने,आदि साथीहरु संगठित भैसकेको अवस्था थियो ।,सुरुका दिनमा शम्भु बहादुर अधिकारी र मुरली मोहन काफ्ले,भीम बहादुर बस्नेत पनि हुनुहुन्थ्यो ।लमजुङमा नारायण बहादुर पण्डित,शुभराज वाग्ले ,राजकुमार श्रेष्ठ, आइत बहादुर सिंह,किनबहादुर श्रेष्ठ ,पञ्चनारायण ज्वाला, ,सूर्य बहादुर नेपाली,थमन बहादुर भुजेल लगायत,कास्कीमा रामराज रेग्मी,कमलमोहनपौडेल पूर्व राल्फा आन्दोलनका सदस्य नोरेम (हरि श्रेष्ठ,) ,पुष्पकमल सुवेदी,शुक्रराज सापकोटा,रामबहादुर तामाङले नेतृत्व गर्देै होमनाथ पौडेल,इन्द्र बहादुर नेपाली, कृष्ण क्षेत्री,आइ.बी.बि.क.,नरेन्द्र गिरी,तुलाराम परियार,बल बहादुर बि.क.,खड्ग बहादुर नेपाली,मान बहादुर थापा,अर्जुन बहादुर तामाङ,कमान सिङ मगर(दिलबहादुर)आदिले संगठन निर्माणमा नेतृत्वकारी भूमिका निर्वाह गर्नुभयो ।यो “नेपालका कम्युनिष्टहरुको संगठन मालेमावादी”को संगठन थियो ।यसले जिल्लाहरुका विभिन्न गाउँमा जस्तो तनहूँ, टुहुरेपसलचुँदी,मनपाङ,खैरेनी,राङरुङ रम्घा(लमजुङ),पोखरा,निर्मलपोखरीहरुमा किसान,मजदूर,महिला,दलित,जनजातिहरुको बीचमा समाजको तल्लै तहमा प्रवेश गरेर आफ्नो संगठनको विस्तार गर्न सक्यो, तल्लो वर्गका असंख्य कार्यकर्ताको निर्माण गरी काम अगि बढायो ।भूमिगत अवस्थामा किसान,मजदूर र शोषित पीडित समुदायको सङ्घर्ष सफलतापूर्वक सञ्चालन ग¥यो, कम्युनिष्ट पार्टीलाई आधारभूत वर्गमा लैजाने काममा यसले सफलता पाउँदै गयो ।यहाँ मैले मूलतः गण्डकी अञ्चलको यस समूहको काममा केन्द्रित रही यो चर्चा गरिरहेका छु,सिङ्गो राष्ट्रको सन्दर्भमा यो बयान गरिरहेको छैन,तर समग्रमा तस्वीर यस्तै हो ।

यसलाई केही साथीहरुले “अतिगोप्यतावादी संगठन ” भनेर नामकरण पनि गरे ।यसो हनुमा कारण कुनै समयमा वामपन्थी साथीहरु यसका नेताहरुको सम्पर्कमा आउन चाहन्थे,तर कार्यशैलीकै कारणले कतिपय साथीहरुलाई सन्तुष्ट पार्न सकिएन ,यस्ता केही साथीहरुले हैरान भएर यसलाई “अतिगोप्यतावादी” को बिल्ला लगाइदिए ,हामीले यसको प्रतिवाद पनि गरेनौँ ।वास्तवमा यस संगठनले आफ्नो समयमा अबैधानिक अवस्थामा जुन भूमिगत कार्यशैलीको विकास ग¥यो ,त्यसले पार्टीलाई ठूलो क्षतिबाट बँचायो ।अरु कम्युनिष्ट समूहले झैँ यसले अनावश्यक नोक्सानी व्यहोर्न परेन ।


८ )यसका कार्यशैलीका विशेषताहरु  :

१)आधारभूत वर्गमा विश्वास
समाजका सबभन्दा तल्लो वर्गलाई लिएरमात्र जनवादी क्रान्ति सम्पन्न हुन सक्छ भन्ने यसको विश्वास थियो ,यसकारण यसले पार्टीका नेताहरु सामान्यतया अशोषक वर्गको हुनुपर्दछ,भन्यो ।यसको लागि माथिल्ला वर्गका साथीहरुले नेतृत्वमा आफूलाई उकास्न वर्गपरिवर्तन गरी अशोषकमा परिणत हुनुपर्दछ । 

२)भूमिगत शैली
यसको शैली भूमिगत नै हो तर यसले कामलाई तीन शैलीमा परिभाषित गरेको थियो ,जसलाई खुला,अर्धखुला र बन्द नामकरण गरियो ।शैलीका यी तीन तहलाई यसले मिलाएर लैजान चाहन्थ्यो ।

३)संयुक्त मोर्चाको नीति
क्रान्ति सम्पन्न गर्नको निम्ति संयुक्त मोर्चा अनिवार्य हुन्छ,यसकारण यसले वर्गविश्लेषणलाई नेपालको विशेषताअनुरुप शत्रु र मित्रको पहिचानको नीति लियो ।समाजका विभिन्न तह र पार्टीहरु भित्र पनि वर्गस्वरुपको पहिचान गरी साथमा लिन पर्नेलाई साथमा लिने,भर पर्नेसँग भर परी चल्ने,शत्रुको घेरा सारै सानो बनाएर चल्ने यसको नीति थियो । ं 

४)भित्र समाजवाद बाहिर नयाँ जनवाद  :
यसले आफ्ना कार्यकर्ता, नेता र संगठनसँग समाजवादी आचरणको माँग गर्दथ्यो र बाहिरका सँग भने खुकुलो जनवादी बनी चल्न खोज्थ्यो । 

५)लोकयुद्धकरण  :
कार्यशैलीमा जतिसुकै सावधानी अपनाए पनि कहिले काहीँ नसोचेको क्षति पनि हुन सक्छ,हिँजोको साथी आज शत्रुमा परिणत हुन सक्छ ।यस्तो अवस्थामा जोगिन शत्रुलाई छल्दै आफ्नो पङ्क्तिको रक्षा गर्नु यसको विशेषता थियो ।

६ं)गुणको कदर  :
यसले आफ्नो पार्टीको मात्र नभई अथवा अरुले गरेको असल काम पनि आफ्नै सम्पत्ति हो भन्ने मान्यता राख्थ्यो ।काममा भएका कमी कमजोरीलाई मित्रवत् सुझाव दिन्थ्यो र आफूले पनि अरुसँग यस्तै अपेक्षा राख्थ्यो ।झापा विद्रोहको समयमा उनीहरुका गुण दोषलाई हार्दिकतापूर्वक औँल्याएको थियो । “जनयुद्धबारे पहिलो पाठ” भनेर यसलाई मूल्याङ्कन गरेको थियो ।असल काम जसले गरे पनि जनताकै निम्ति हुने यसको सोच थियो ।यो वास्तवमा क्रान्तिकारी उदात्तताको परिचय हो । 

७,सङ्क्रमणकालीन सङ्गठनको निर्माण :
पार्टीमा विभाजन बढ्दै गएपछि कुुुन समूह सही र कुन गलत छुट्याउन समस्या प¥यो,यस्तै व्यक्तिहरुको सम्बन्धमा पनि रह्यो ।यसको लागि लामो वैचारिक छलफल र अनुसन्धानको प्रक्रियाबाट नगुज्री सुखै भएन,आ—आफ्नो स्थानीय परिस्थिति अनुसारको कार्यशैली अपनाइयो,गण्डकीमा व्यक्ति सम्पर्क र ससाना सङ्क्रमणकालीन सङ्गठन निर्माण गरी वैचारिक छलफल गर्न थालियो,यस क्रममा “लाज— २०२७” र“रेफ १०( टेन)”,नव युवा क्लब (तलका)जनचेतना विस्तार संघ –(बेल चौतारा)जन चेतना पुस्तकालय (लमजुङ रम्घा)नयाँ सन्देश पुस्तकालय (सोतीपसल)आदि,जस्ता सङ्गठन स्थापना गरिए,पछि यिनै समूहका विचार मिल्ने साथीहरुलाई मूल पार्टीमा मिलाउँदै गइयो ।

९)वैचारिक क्षेत्रमा योगदान  :

१) नेपालको कम्युनिष्ट आन्दोलनमा यसले गरेको वैचारिक योगदानलाई त्यति महत्व दिइरहेको पाइन्न ।यो माओ विचारको पक्षमा छ तर माओको जडसूत्रवादी अनुकरण यसले गरेन ।चालीसको दशकको सुरुमै गोविन्द भट्टको एक कृति प्रकाशित भयो— “नेपाललाई बुझ्ने समस्याः एक कठिन र लामो प्रक्रिया।”जसमा अब नेपाललाई विदेशी नक्कलको कसीले मात्र हेर्न सकिन्न,भनियो ।यसै गरी जनक शर्माको “समाजवादबारे केही कुरा”नामक एक लघुकृति प्रकाशित भयो,जसमा पहिलो पटक समाजवादी बहुदलको कुरा आएको छ ।यो २०३६सालमा लेखिएको र २०३८ सालमा प्रकाशित भयो ।यसलाई तात्कालीन अवस्थामा कम्युनिष्ट पार्टीहरुले आफ्नो आन्तरिक पाठयक्रम पनि बनाए ।यस धारका नेता कार्यकर्ताहरुले माक्र्सवादी साहित्यको नेपाली भाषामा अनुवाद गरेर र मौलिक कृतिको सिर्जना गरी योगदान गरेका हुन् ।माओका उद्धृत कृति (रेडबूक) र अन्य कृतिको अनुवादको प्रारम्भ श्यामप्रसाद,लु सुनका कृतिको अनुवाद शान्तदास,“चीनका दुइ कथा,”एवं अन्य चिनिया कृतिको अनुवाद(दिनेश कुमालको नामबाट)र ‘मानिसको समाजका विभिन्न जुगहरु’को लेखन(जीवन नेपालीको नामबाट) रामराज रेग्मीले गर्नुभयो ।त्यस्तै त्यही कालमा लक्ष्मीदेवी श्रेष्ठले अनुवाद गरी शेषमणिले भाषा सम्पादन गरिएको भियतनामी अमर शहीद “न्गुएन भान ट्रोइको जीवनी,”पछि भित्री सल्लाह अनुसार खगेन्द्र सङ्ग्रौलाले भियतनामी प्रसिद्ध उपन्यास “अजम्वरी गाउँ”को अनुवाद गरी माक्र्सवादी चेतना फिँजाउन योगदान पुगेको हो ।तात्कालीन परिवेशमा नेपाल चीन मैत्री संघले समाजवादी साहित्यको प्रचारमा उल्लेखनीय भूमिका खेल्यो ,चिनिया ओपेरा ‘रातो लालटिन’साचियापाङ,लुहुलानको बाल्यकालका कथाहरु, उपन्यास“ओयाङ हाइको गीत” र‘बाल गोठाले–हाए वा’–चिनिया बालकथा,(अनुवादकःनारायण र आइतबहादुर) आदि । यस्तै ‘‘इण्डोनेशियाली कम्युनिष्ट पार्टीको स्वालोचना”“भेनेजुयाली कम्युनिष्ट पार्टीको १८ वर्षको अनुभव”आदि लेख,दस्तावेजले पनि क्रान्तिकारी चेतना वृद्घिगर्नमा योगदान गरे ।यी विषयको चर्चा गर्नुमा कारण के पनि होभने यी काममा यस समूहको भूमिका रहेको हो ,यद्यपि कतिपय अनुवाद यो समूह गठन हुनुपूर्व पनि भएका हुन् ।नेपाली समाजमा क्रान्तिकारी माक्र्सवादको आरम्भिक जग बसाल्न यसले गरेको योगदानलाई इतिहासले बिर्सन मिल्दैन । यस्तै नेपाली समाजमा नयाँ जनवादी कला र संस्कृतिको जग लक्ष्मीप्रसाद देवकोटा,युद्धप्रसाद मिश्र,हृदयचन्द्र सिंह प्रधान र श्यामप्रसाद,देवीप्रसाद किसान,गोकुल जोशी,ुगोविन्दप्रसाद लोहनीले बसाल्नुभयो र यसलाई सङ्गठित रुप दिने कामको नेतृत्व श्यामप्रसादबाट ‘प्रगतिशील लेखक सङ्घ’ स्थापना गरेपछि मात्र भएको हो ।पछिल्लो समयमा पन्चायती कालमा निरङ्कुशताको विरुध्द पश्चिमा समकालीन दर्शन अस्तित्ववादबाट प्रभावित भई एउटा जबर्दस्त वैचारिक सांस्कृतिक अभियान सुरुभयो ,जुन राल्फा आन्दोलनको नामले सुविख्यात लेखिका पारिजातको नेतृत्वमा निनु,नोरेम,मन्जुल,रामेश,रायन,अरिम, विमल आदि युवाहरुले यसलाई अगि बढाए ।सुरुमा यो आन्दोलन ‘लक्ष्यहीन विद्रोहीको अराजकतावादी समूह’ जस्तो मात्र लाग्दथ्यो ,यसलाई कसैले भने पश्चिममा चलिरहेको बिटनिक वा हिप्पी सँग पनि तुलना गर्थे तर यसभित्र रहेको क्रान्तिको ज्वालालाई माक्र्सवादी आलोकले हेरी यसभित्रको युवा क्रान्तिक।रीतामा रुपान्तरण गर्नुपर्ने निचोड श्यामप्रसाद,शान्तदास र गोविन्द भट्टले नै गरे ।राल्फा समूहको माक्र्सवादी रुपान्तरण पछि यस समूहले सांस्कृतिक आन्दोलनमा खेलेको भूमिका ऐतिहासिक रह्यो ,यसमा नारायण परिश्रमीका गीतहरु पनि गाइएका थिए ।पछिका दिनमा रामबाबु सुवेदी(राजीव)का ‘कमिनी आमा,‘गोकुल खण्डकाव्य,’शारदा रमण नेपालका “ छोरी सित”खण्ड काव्य पनि संझन पर्ने छन् ।भूमिगत रुपमा केन्दको ’नकु’(नयाँ कुरा)लिथो पत्रिका र सैद्धान्तिक पत्रिकाको रुपमा“नव आलोक्“(शान्तदासको सम्पादन)जनकप्रसाद हुमागाईँ,प्रवीण जोशी¬¬बाट प्रकाशित‘श्रृङ्खला’साहित्यिक पत्रिकाको भूमिका रह्यो । स्थानीय रुपमा ’कामरेड’ –(हस्तलिखित)ले पार्टी मुखपत्रको काम गर्यो । 

२ )थलो निर्माणमा प्राथमिकता र आत्म निर्भरताः

कम गर्ने सिलसिलामा हाम्रो पहिलो ध्यान थलाहरु निर्माण गर्नमा जान्थ्यो ,बैठक थलो,भूमिगत बस्ने थलो आदि । हामीले पार्टी बाहिरका सँग चन्दा लिने काम गर्न परेन,“जनताबाट एउटा धागाको टुक्रा र सियो पनि सित्तैमा नलेऊ” माओको यस भनाइमा हामी प्रतिबद्ध थियौँ ।थलो निर्माणको निम्ति नेतृत्वका साथीहरु परीक्षणको निम्ति भूमिगत रुपमै बस्ने गरिन्थ्यो ,हामीले श्यामजीलाई नै ल्याई राख्ने योजना बनाउँदै थियौँ,यसको तयारीको निम्ति कुलमानजी आउने गर्नुहुन्थ्यो,तर बहुदल आइसकेपछि मात्र उहाँलाई ल्याउन सकियो ।अल्पकालीन रुपमा जनताका घरमा केही दिन भूमिगत बस्ने काम शेषमणि,शूलजी(वसन्त ढुङ्गाना)रामराज,कमलमोहन र अरु साथीले पनि गर्नुभयो ।

३) सङ्गठनात्मक स्वरुप— नियमित कार्यसञ्चालनको निम्ति केन्द्र अञ्चल,जिल्ला र भेगमा कमिटीहरु ुबनाइन्थे ।गण्डकीबाट पनि केन्द्रमा साथीहरु हुनुहुन्थ्यो यहाँ अञ्चल १,जिल्ला ३ र धेरै भेग कमिटीहरु थिए । हामीले संगठन गर्ने क्रममा खास गरी विद्यार्थाीहरुका हकमा अखिल पाँचौँमा लागी काम गर्न हौस्यायौँ ,यसरी काम गर्नेहरुमा भरत चन्द्र अधिकारी, विकासचन्द्र अधिकारी, प्रकाश आचार्य,धनकुमारी श्रेष्ठ, विद्या राणा,श्यामसुन्दर श्रेष्ठ, ,आनन्दसुन्दर श्रेष्ठ,फत्त श्रेष्ठ,उमाकान्त श्रेष्ठ,जामुनेका विनोद श्रेष्ठ,दिलकुमार श्रेष्ठ ,श्रीप्रसाद श्रेष्ठ,बाबुराम खनाल,(थर्पु) गोविन्द खनाल,नारायण प्रसाद श्रेष्ठ,मोती श्रेष्ठ,विष्णुबहादुर माल ,जितबहादुर पुन,एकबहादुर पुन,ऋषिराम शर्मा चापागाईँ,निर्मल गौतम, भरतराज गौतमराजेन्द्र श्रेष्ठ, ,मनीराम विक,मोतीबहादुर नेपाली,भूपेन्द्र गिरी,विष्णु कुमार श्रेष्ठ(कास्की) आदि थिए ।यसरी हाम्रा शिक्षक,कर्मचारी विद्यार्थी र अन्य तहका साथीहरुमा कहीँ प्रत्यक्ष सम्पर्कका सङ्गठित र कहीँ घुमाउरा सम्पर्कका थिए ।

यस्तै अरु पनि धेरै साथीहरूले राजनीतिक जीवनका प्रारम्भिक दिनमा यस संगठनका प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा रही काम गरे , जो किसान,मजदूर,बुद्धिजीवी,विद्यार्र्थी,महिला सबै क्षेत्रमा छन् ।यस्तै संझनाका केही नाम हुन्—यस्ता केही उदाहरण हुन्—कास्कीमा बुद्धिजीवीहरु वनमाली सुवेदी कृष्ण बहादुर कार्की .दिनेशचन्द्र सुवेदी,ठाकुर सुवेदी, ,प्रभात सुवेदी,रामबाबु सुवेदी(राजीव),भूपति सुवेदी,दिवाकर सुवेदी ,जीवनाथ भट्टराई,कृष्णकुमार श्रेष्ठ,प्रकाशचन्द्र गिरी, विष्णुकुमार श्रेष्ठ,किसानहरुमा विष्णु गिरी, बालचन्द्र भट्टराई,बलवीर घर्ती ,चुन बहादुर नेपाली,एक बहादुर परियार ,छबिलाल गोतामे ।तनहूँमा उपेन्द्र घिमिरे,माधव पौडेल, लाल बहादुर तामाङ ,गुरुङ बुढा,प्रेम लामा तामाङ,जितबहादुर पाठक ,थप बहादुर थापा ,भोज बहादुर परियार,तोप बहादुर श्रेष्ठ,गणेशमान श्रेष्ठ, होमनाथ लामिछाने,रुद्र पौडेल,खडानन्द (छाङ) ,चुँदीका वासुदेव भट्टराई ,विष्णुप्रसाद वाग्ले ,गङ्गादत्त जैसी,रा्म बहादुर श्रेष्ठ,तील बहादुर खवास ,धनीराम बि.क. मितदाइ,सीताराम घले, ,इन्द्रबहादुर गुरुङ्ग ,ऋषिबहादुर गौली,वीरबहादुर धमेला ,रामलाल वि.क.,क्षेत्र बहादुर खबास ,मनिराम वि,क,ईश्वर धमनिया,विश्व किरण श्रेष्ठ,चीजकुमार श्रेष्ठ, इन्द्र्र बहादुर गुरुङ, देवीप्रसाद अधिकारी,उदयकुमारश्रेष्ठ,मित्रलाल श्रेष्ठ,(मस्यौरे नेवार)उपेन्द्रघिमिरे,लक्ष्मण अधिक।री,विष्णुप्रसाद वाग्ले,हरिश्चन्द्र भट्टराई मेघ बहादुर वि,क,बाबुराम विक,माधवप्रसाद सापकोटा, ,ऐनबहादुर कसाई मन बहादुर वि.क.,कृष्ण बहादुर गुरुङ,(पुर्कोट))फणीन्द्रनिधि लोहनी,(चोक) ,,पूर्णमान श्रेष्ठ र हर्कबहादुर बोटे,(दमौली,)राम बहादुर थापा,सोमबहादुर गुरुङ,बर्लाँचीका लक्ष्मीप्रसाद पौडेल, मनपाङका पदमराज वाग्ले,मन बहादुर नेपाली, अन्य नेपाली परिवार (नाम थाहा हुन सकेन)र कलेस्तीका हरिप«साद प्रेमी ,रोम बहादुर ,होम बहादुर दुरा,लील बहादुर दुरा,विजय चापागार्इँ,ऋषिराम सिग्देल,रामनाथ तिम्सिना ।लमजुङमारम्घाका कान्छा लाहुरे,केशबहादुर(सेते) राना,इन्द्रबहादुर शाही ठकुरी,भीमबहादुर घर्ती(गोरे)राममाया श्रेष्ठ भोजराज गौतम , बालकृष्ण बराल,बुद्घिसागर पौडेल, कान्छा(गद्दे कामी),सूर्य बहादुर नेपाली,थमन बहादुर भुजेल,लक्ष्मण पण्डित,दीपक थापा,शमशेर श्रेष्ठ,शमिभञ्ज्याङका स्व.नन्दलाल श्रेष्ठ(माष्टर साहेब)सूर्यपालका यमबहादुर बस्नेत,र धरमपानीका हर्षलाल तामारी,दुराडाँडाका बाबुराम वैरागी,श्रीकृष्ण तिवारी, आदि ।

....महिलाहरुमा साबी श्रेष्ठ,गङ्गा तामाङ,भगवती पेोडेल,इन्दु रेग्मी,गुरुङसेनी दिदी(कमला)आइतीमाया तामाङ, गौमती गुरुङचीजामाया खबास बादली विक,इच्छामाया अधिकारी,मिठी सापकोटा, भाउजु(धनीराम विककी श्रीमती) आदि । बालक र परिवारमा कमिटी बनाएर चल्ने योजना हुन्थ्यो,बालपोष र बालकोसेलीले बाल साङ्गीतिक अभियान चलाएका थिए । केटाकेटीहरुका बीचमा पनि काम गर्दै जाँदा सूचना दिने,थलाहरुको रखबारी गर्ने,जस्ता काममा उनीहरुले सघाए,तिनमा च्याङ्बा,फूलमाया नेपाली, डिल बहादुर नेपाली ,पूर्ण बहादुर पण्डित,राजेन्द« आचार्य,विमल गौतम,भुवन पण्डित,वासना सापकोटा,सरस्वती अधिकारी,विजय नेपाली,इन्द्रमान विक र भाइ माइला ,एक बहादुर गुरुङ ,सिर्जना लम्साल सार्की (प्याउली)आदि थिए । 

यी केही प्रतिनिथि नाउँमात्र हुन् ।धेरै साथीहरु छुट्नु भएको छ तर धेरै साथीहरु,उहाँहरुका परिवार ,जनता,समर्थकहरुको योगदानमा यसको जग बसेको हो ।खास गरी हाम्रो ध्यान समाजका पछाडि परेका ,हेपिएका दलित,जनजाति ,श्रमिक वर्गमा जान्थ्यो ,दलित समुदायमा बढी समय लगाइएको थियो यसकारण दलित समुदायमा हामी जहाँ जहाँ गयौँ, त्यहाँ उहाँहरुको सिंगो परिवारको साथ हामीलाई मिल्यो ।

अहिले दुःखसाथ यो भन्न परिरहेछ ,हिँजो हामीसँग काँधमा काँध मिलाएर हिँड्ने कतिपय साथीहरु जीवित हुनुहुन्न, यस्ता सबै ज्ञात अज्ञात साथीहरुप्रति भावपूर्ण श्रद्घाञ्जली व्यक्त गरौँ !!


४)जनमत सङ्ग्रहबारे

,जनमत सङ्ग्रहकालमा हाम्रो नेतृत्व बहुदलकेै पक्षमा थियो तर त्यतिखेर अन्य सबैजसो कम्युनिष्ट समूह बहिष्कारको पक्षमा रहेकोले हाम्रा साथीहरु पनि त्यसको प्रभावमा जानुभयो,जसले पार्टीमा अन्तरविरोध उत्पन्न ग¥यो,जसको समाधान गर्नुपर्दा निष्कर्ष निकाल्न ढीला भई सबै ठाउँमा सूचना समयमै पठाउन पनि ढीला जस्तो भई पार्टी अस्पष्ट भएजस्तो लाग्यो ।समयमै केन्द्रको धारणा आउन सकेन,तात्कालीन परिवेशमा मानव हुलाकको भर पर्नु पथ्र्याे ,अहिलेजस्तो छिटो छरितो सूचना सुबिधा थिएन । हामीले सुरुमै निरङ्कुश निर्दलीय शासनभन्दा पूँजीवादी बहुदल प्रगतिशील हुन्छ भनेकै थियौँ,तर त्यस समयमा कम्युनिष्ट आन्दोलनमा हावी भएको उग्रपन्थी चरित्रले हामी लाई पनि व्यक्तिगत रुपमा छोयो,साथीहरुमा धैर्यपूर्वक वैचारिक काम गरेपछि मात्र यसलाई चिर्न सकियो।एकथरी कम्युनिष्टहरुले पाँच पूर्वशर्त पनि हाम«ो अडान भन्दा पछि नै ल्याएका हुन् ।भूमिगत कार्यशैली र जनवादी छलफलको प्रक्रियाबाट जानुपर्दा छिटो सूचना ,निर्देशन पाइएन । 


१०) ऐतिहासिक जनआन्दोलन  २०४६पछि :

आखिर २०४६ सालमा ३० वर्षे निर्दलीय शासनको अन्त्य भई बहुदलीय व्यवस्था आयो ।हाम्रो विचारमा सामन्ती तानाशाहीभन्दा पूँजीवादी बहुदल प्रगतिशील हुन्छ भन्ने मान्यता जनमत संग्रहकालदेखि नै रहिआएको हो ।यसैले हामीले प्रजातान्त्रिक आन्दोलनमा सधैँ भाग लियौँ,तर कार्यशैलीको कारणले हामीले पार्टीको पहिचान दिएनौँ,यसो गर्नु सही भयो वा गलत, बहसकै विषय छ ।यसलाई निरपेक्ष रुपले नहेरी सापेक्ष रुपले नै हेर्दा सही हुन सक्छ ।

दलहरुमाथिको प्रतिबन्ध हटेको मुलुकको नयाँ परिस्थितिमा हामी पनि त्यही अनुरुप चल्नमा अभ्यस्त हुनुपथ्र्यो,यसको प्रयास पनि हुँदै थियो ।तर हामी केही साथीहरु अधैर्य हुनथाल्यौँ ,हाम्रा धेरै युवा साथीहरु ठूलो पार्टी एमालेतिर आकर्षित हुने अवस्था आयो ।हामी पनि भावनात्मक रुपमा झापा कालदेखि नै मालेसँग नगिच रह्यौँ,यस्तै कारणले हामी एमालेमा गयौँ ।२०४६ सालको परिवर्तनपछि हामीले किसान क्रान्तिको तयारी गर्नुपर्छ भनेर चीनको हुनानमा माओले गरेको जस्तै किसान आन्दोलन गर्ने सोच राख्यौँ,यही उद्देश्यले तनहूँमा क.वासुदेव भट्टराईको अध्यक्षतामा “किसान मजदूर सभा”को स्थापना भयो र यसको घोषणापत्र पनि लेखियो ।।यसको स्थापनाका सुरुका दिनमा किसानहरुलाई गोलबन्द गर्दै किसानका स्थानीय माँग सम्बोधन गर्ने काम गरियो ।आन्दोलन उत्साहजनक रुपमा चलिरहेको अवस्थामा केही आन्तरिक समस्याले प्रारम्भिक सफलतासँगै यो तुहियो ।यसलाई वैधानिक संगठनको रुपमा किसान मजदूर वर्गीय जनसङ्गठनको विकास गर्दै जाने लक्ष्य लिइएको थियो ।भूमिगत पार्टीलाई पनि आवश्यक परे खुला रुपमा ल्याउने सोच बनाइयो ।


११) एमालेमा सामेल भएपछि 

आखिर हामी नेकपा एमालेमा समाहित भयौँ,तर मुलुकभर रहेका हाम«ा सबै साथीहरु यसमा सामेल भने भएनन् ।गण्डकीका साथीहरु भने सबै थियौँ ।पछिका दिनमा हाम्रा साथीहरु कोही स्वतन्त्र र कोही अन्य क.पा.मा पनि सामेल हुनुभयो । एमालेमा सामेल हुनमा हाम«ा केही मान्यताहरु थिए,पार्टीहरु खुला भइसकेपछि हाम्रो कार्यशैलीलाई मूलतः स्थगित राख्नुपर्ने स्थिति आयो ।यसपछि हामी काम गर्ने ठाउँको खोजीमा रह्यौँ ,जुन त्यतिखेर एमालेमात्र त्यस्तो उपयुक्त ठाउँ थियो ।किनभने हामीले विगतमा पनि मालेलाई कतिपय अवस्थामा समर्थन र सहयोग ग¥यौँ,कार्यशैलीमा मतभेद हुँदाहुँदै पनि डिग्री बहिष्कार,सशस्त्र संघर्ष र दैनन्दिनका क्रियाकलापमा हाम्रो निकटता रह्यो ,हाम्रा यस्तै सम्बन्धले गर्दा खुला वातावरणमा हाम्रा युवाहरु स्वतःस्फूर्त रुपमा एमालेमुखी भए र हामी नवगठित किसान मजदूर सभाको माध्यमबाट एमालेमा सामेल भएका ह्वौँ ।हुन त तात्कालीन चौमबाट खम्बसिंह,वाचस्पति देवकोटाबाट पनि हामीसँग बारम्बार एकताको प्रस्ताव राखिएका हुन्,तर हामीले एमाले नै रोज्यौँ ।

।सुरुका वर्षमा हाम्रा साथीहरुले एमालेमा रहेर आदर्श भूमिका वहन गरे,उनीहरुले त्याग गर्नमात्र जाने,कुनै स्वार्थकोअपेक्षा गरेनन् ।तर त्यहाँ जुन आदर्शको कल्पना गरिएको थियो,पछिका दिनमा त्यसको केही अंश पनि पाइएन ।त्यहाँ त स्वार्थहरुको लिगलिगे दौड चल्न थाल्यो,अवसरवादीहरुको गुठी बन्न थाल्यो,मूल्य र मान्यतालाई तीलाञ्जली दिँदै घुर्की र अवसरको प्रतिस्पद्र्धा हुन थाल्यो। हुनेखानेहरुको हवेली पो तयार भयो ।पदमा एकपटक पुगेपछि उसले कहिल्यै ओर्लन नपर्ने भयो ।गुटबन्दी सामान्य बन्यो ।पार्टीभित्र अनेक गुटका कटेरा बन्न थाले ।तर त्यहाँ अझै पनि इमान्दारहरुको विशाल पङ्क्ति छ,जसलाई माथिका विकृतिसँग अझसम्म त्यति सरोकार छैन ,जसको सङ्ख्या ठूलो छ तर त्यो निरीह छ,असमर्थ छ ।

राजनीतिमा लागिसकेपछि देश र जनताको लागि केही गरौँ भन्नु स्वाभाविक हुन्छ,पार्टीले कार्यकर्ताका भावनालाई सम्बोधन गर्न सक्नुपर्छ ।काम र अवसर क्रमशः दिँदै प्रोत्साहन र निगरानी गर्नुपर्छ ।कतिपय त्यागी,इमान्दार र योग्य साथीहरु अवसरका अभावमा प्रताडित भैरहेका छन् ।समावेशीको नाममा पार्टीलाई भीड भर्तीकेन्द्र बनाइएको छ ।कहिलेकाहीँ त केही साथीहरु अपमानित पनि हुुनुपरेको छ।


१२ हाम्रा प्रबल पक्ष र कमीहरू 

हामी जुन समयमा यस सङ्गठनमा लाग्यौँ, यसलाई विचार,राजनीतिक कार्यदिशा,कार्यशैली सबै हिसाबले उत्कृष्ट मानिएको हो ,अहिले विभिन्न वाम पार्टीमा रहेर काम गरिसकेका हाम्रा पुराना साथीहरुका पनि यस्तै अनुभव छन् ।हामीले पार्टी सञ्चालनका निम्ति तयार गरिएको पार्टी बिधान अहिले सम्मकै क.पा. हरुका बिधानभन्दा उत्कृष्ट थियो,यसले एउटा कम्युनिष्ट पार्टीको निर्माण हाम्रो जस्तो मुलुकमा कसरी गर्नुपर्छ,भन्ने कुराको समाधान गरिदिएको छ ।अर्धसामन्ती र अर्ध औपनिवैशिक मुलुकमा कम्युनिष्ट पार्टीका नेताहरुले आफ्नो रुपान्तरण गर्न सक्नुपर्छ,नेतृत्व अशोषक वर्गको हुनै पर्छ,जति माथिल्लो तहको छ उति उसले आफ्नो वर्ग रुपान्तरण गर्नु पर्छ भनी यसले प्रष्ट भनेकै थियो । यसै गरी अर्को पार्टीबाट हामीतिर आएको जुनसुकै तहको साथीले पनि परीक्षण कालबाट गुज्रनै पर्छ,जति माथिल्लो तहको छ उति उसको परीक्षणकाल लामो हुने गथ्र्यो,पार्टीका हरेक सदस्यले हप्तामा निश्चित कार्य घण्टा पार्टीलाई दिनै पथ्र्यो ।यसको कार्यशैलीकै कारणले पञ्चायती कालमा महत्त्वपूर्ण स्थानीय बर्ग संघर्ष सफलतापूर्वक सम्पन्न गरिएको थियो ।थर्पू,बैलचौतारा भित्रीफाँट,निर्मलपोखरी,तनहूँ चुँदी टुहुरे पसल, कलेस्ती, फाउँदी फाँट,पृ.ना. क्याम्पसमा कर्मचारीहरुका पेशागत आन्दोलन,अन्य स्थानमा किसान,इँट्टा मजदूरहरुका पेशागत वर्गीय आन्दोलनमा हाम्रो नेतृत्वले सफलता पायो,खैरेनी कृषिप्रोजेक्टमा भएको यौनहिंसा विरोधी संघर्ष सफल भएको थियो ।लमजुङ रम्घा र तनहूँ बेलचौतारामा पुस्तकालयहरुको स्थापना जन सांस्कृतिक आन्दोलन र पुनर्गठन गर्ने काममा हाम्रै भूमिगत कार्यशैलीले सफलता पाएको हा,ेत्यस्तै तनहूँ टुहुरेपसलको कालाबजारी विरोधी कालोमोसो आन्दोलन,खैरेनी हाइस्कूलको विश्वकर्मा शिक्षक समर्थन आन्दोलन, र पृ.ना. कलेजको कर्मचारी आन्दोलन पनि उल्लेखनीय छन्। त्यस समयमा यस्ता कामले कार्यकर्ता उत्पादनमा मुख्य भूमिका खेलेकाथिए, यस्ता संघर्षहरुमा शत्रुले तिनको नेतृत्व कसले गरिरहेछ भेउ नै पाउँथेन,कहिलेकाही त अन्य पार्टीका टपरटुइयाहरुले संघर्षको नेता आफैलाई घोषित पनि गर्दथे, उनीहरुको यस्तो कामलाई हामी चुपचाप सुनिरहन्थ्यौँ र हाँसो पनि उठ्थ्यो ।पछि पनि हामीले “किसान मजदूर सभा”को नेतृत्वमा गरेको किसान संघर्षको सफलताले भूमिगत अवस्थामा मात्रै नभई खुला परिवेशमा पनि हामी सघर्ष गर्न सक्षम नै थियौँ भन्ने पुष्टि हुन्छ ।ंपञ्चायती कालमा ऐतिहासिक शिक्षक सङ्घर्षमा गणेश बहादुर अधिकारी,(नेराशिसंका जिल्ला उपाध्यक्ष) “काठमाडौँ जाऔँ” आन्दोलनमा शेषमणि,छबिचन्द्रको गिरफ्तारी,शिक्षक स∙ठनको गठनमा साथीहरुले खेलेको अगुवाको भूमिका,नेराशिसं (तनहूँ )मा राम बहादुर अधिकारी(सचिव)र पछि छबिचन्द« ढकाल(अध्यक्ष–जेलयातना समेत)२०४६सालको जन आन्दोलनमा विद्यानाथ ढकाल(जेलयातना)स्मरणीय छन्।एमालेमा आइसके पछि पनि शेषमणि र उपेन्द्र घिमिरेको नेतृत्वमा नेराशिसंको अगुवाइ र शिक्षक युनियन बनेपछि उपाध्यक्षको हेैसियतले शिवशङ्कर पौडेलबाट काम गरियो । विगतमा दमनको अवस्थामा हामीले जुन भूमिगत कार्यशैलीको अवलम्बन गरियो ,त्यसको विकल्प छँदै थिएन,हामीले खुला काम पनि गर्नुपर्छ नै भनेका ह्वौँ।

हामी नेपालकै विशिष्ट माकर््सवादी विचारक श्यामप्रसाद शर्माको नेतृत्वमा सङ्गठित थियोैँ तर हामीले जुन सामूहिक नेतृत्व निर्माण गर्न लाग्नुपथ्र्यो त्यसको भूमिका खेल्न सकेनौँ,लामो भूमिगत जीवनबाट उहाँलाई बाहिर ल्याउन तात्कालीन मालेको योजनालाई सहयोग गरिएन , हामै्र कारणले त्यो कार्यान्वयन हुनसकेन, पछि साधारण कार्यक्रममा उहाँलाई बाहिर ल्याइयो, खुला अवस्था आएपछि पनि बढी आत्मरक्षात्मक नै भइयो,किनभने यो खुला अवस्था ल्याउन पनि हामी निःस्वार्थ रुपले लागेकै थियौँ,शिक्षक आन्दोलनको बेलामा वा अन्य हरेक अवसरमा पनि हामीले खेलेको भूमिका अग्र पङ्क्तिमा थियो। । हामीले जति काम ग¥यौँ,पूर्ण निःस्वार्थ भावले नै गरियो ।साथीहरुमा रहेको त्याग र समर्पणको भाव पार्टीकै सही नीतिको कारणले नै थियो । तर खुला परिवेशमा आएपछि हामीमा केही अलमल भयो ।सायद हाम्रा कमीहरु यसपछि प्रकट भए । मुलुकको राजनीतिक वातावरण खुला हुँदै गएर राजनीतिक दलहरु माथि प्रतिबन्ध हटेपछि त्यसको उपयोग आफ्नै पहलमा गर्न सकिएन,त्यसको निम्ति पहल गर्नमै ढिला भयो कि,अहिले केही साथीहरुमा यस्तो परिरहेछ ,यदि हामीले पार्टीलाई वैधानिक अस्तित्वमा ल्याउन सकेको भए मुलुकको लागि पनि फाइदा नै हुने थियो र हाम्रो सङ्गठनात्मक आधार पनि राम्रो हुने थियो, ।तर हामी खुला समाजमा आएपछि पनि बढी गोप्य नै भइयो,पहिला पहिला भने व्यक्तिगत रुपमा पनि नेतृत्व लिन अग्रसर नभई अरुलाई नै अगि सार्न पट्टि लाग्यौँ । ।पछिका दिनमा हामी पनि स्वयं नेतृत्वको भूमिकामा रहँदै आएका ह्वौँ,तर त्यो भूमिका नेतृत्वले पनि बुझाउन सकेन,,हामीले पनि आफ्नो भूमिकालाई बुझन सकेनौँ ।

बहुदलको स्थापना पछि हामी धैरै साथी हतारिएकै ह्वौँ र हामी अन्य पार्टीमा लाग्यौँ,यस घटनाले श्यामजीमा पनि प्रभाव प¥यो,कहिलेकाहीँ त कुन मनोविज्ञानले हो, उहाँले मिडियालाई दिनुभएको अन्तर्वार्तामा “हाम्रो पार्टी नै थिएन” पनि भनिदिनुभयो ।यति हुँदा हुँदै पनि हामीले श्यामजीको नेतृत्वप्रति गर्व गर्नै पर्छ,हामीमा अहिले जुन विचार छ,जुन नैतिकता छ ,जुन सामथ्र्य छ त्यसको जग श्यामप्रसादकेै नेतृत्वको परिणाम हो ।वास्तवमा वैचारिक रुपमा स्पष्ट,कार्यशैलीमा परिष्कृत,निष्ठामा तुलनात्मक रुपमा भरपर्दा कार्यकर्ता यस समूहका सम्पत्ति हुन् ।




१३ )अब के गर्ने?

अब हामी के गर्ने ?काम कसरी गर्ने ? यस्तै प्रश्नले साथीहरुलाई पिरोलिरहेको छ ।हाम्रा अगाडि केही विकल्प छन् ।

ती हुन्—

१,सन्न्यासी जीवन बिताउने,
२ अन्य पार्र्टीेमा लाग्ने ।
३,,जसो तसो घिस्रिरहने र अनुकूल गुटको पछिपछि लाग्ने,
४,भित्रै रहेर फेरि नमूना बन्ने,५,पुरानै वा नयाँ शक्तिको पुनर्गठनमा लाग्ने।

साथीहरु हो !अब यी विकल्पबारे सोचौँ त !पहिलो विकल्पा१,सन्न्यासी जीवन बिताउने बारे हामी कसरी सोच्न सकौँला र ?कृपया यसलाई खारिज गरिदिऔँ ।२,दोस्रो विकल्प अन्य पार्र्टीेमा लाग्ने मा केही साथीहरु जानुभएको पनि हो तर यसले पनि उत्साह थपिएन,त्यहाँ पनि साथीहरु कि त तड्पी तड्पी रहनुभएको छ कि त्यहाँबाट पनि अलग भई आफ्नै धन्दामा रहनुभएको छ ,हामीले चाहेको मान्यता त्यहाँ पनि कहाँ छ र ? यी दुबै विकल्पले विसर्जनवाद तर्फ लैजान्छ ३।तेस्रो विकल्प जसो तसो घिस्रिरहने अनुकूल गुटको पछिपछि लाग्ने, यथास्थिति हो ,यो स्थायी समाधान होइन, तैपनि यो हालसाल रहिरहन्छ ।यो विकल्पबाट हामी उम्कन खोज्नै पर्छ,जसको लागि ४,चौथो विकल्प, भित्रै रहेर फेरि नमूनाबन्नेमा टेक्नै पर्छ ।विगतमा नेपाली समाजको परिवर्तनको लागि क्रान्तिका नाममा धेरै किसिमका प्रयोग भए,‘प्रचण्ड गोर्खा’देखि लिएर पछिल्लो समय सम्म आइपुग्दा माओवादीहरुले हतियार उठाए,तर तिनले परिवर्तनको लक्ष्य पहिल्याउन सकेनन् ,जसले गर्दा अब लामै ‘?’ समय क्रान्तिको नाममा हतियार उठ्न गाह«ो छ,केही आपराधिक गिरोहले क्षेत्रीय,जातीय नाराबाट बिदेशीको स्वार्थमा हतियार उठाउन सक्छन् ।यो हाम्रो मार्ग हुन सक्दैन ।यसको अर्थ राजनीतिक शक्तिको खेलमा ,जनताको मुक्तिको हकमा हतियारको काम छैन भनी केही मानिसहरु भन्न सक्छन् ,वास्तवमा यो पनि सही हुन सक्दैन । समयमा यसको आफ्नै भूमिका हुनेछ ।हतियार कसको हातमा छ ,सवाल यो हो।कहिलेकाहीँ ,जनताको हातमा वा जनताको निम्ति वा जनताद्वारा नै हतियार लिनुपर्ने हुन सक्छ,अहिले यो परिस्थिति छैन ।राज्यको रक्षाका निम्ति र सङ्गठित अपराध विरुद्घ भने अहिले पनि यसको खाँचो छ ।यसकारण अब हामी चौथो विकल्पमा नगई सुख छैन ।यसमा जाँदा पनि हामीले विगतबाट पाठ सिक्नैपर्दछ ,यसको अर्थ जोगी महात्मा हुने होइन ।कर्मठ सक्रियतावादी अभियन्ता बन्नुपर्दछ ।अहिले हाम्रा साथीहरु जहाँ जहाँ छौँ त्यहीँ रहेर सम्भव ठाउँमा जिम्मेवारी लिँदै जनताको वास्तविक सेवक बन्न नमूनाको मार्गदर्शन गर्न सक्नुपर्नेछ । यो अल्पकालीन विकल्प मात्र पनि हुन सक्छ,,यसले भित्रका कमी कमजोरीमाथि विजय पाउन सहयोग पु¥याई शक्तिसञ्चयको स्थितिमा लैजाने छ ।किनभने नेपाली राजनीतिमा मौलाउँदै गएको गलत संस्कारले यथास्थितिमा हार खानेछैन यसकारण अन्त्यमा हामी ५,अन्तिम विकल्प पुरानै वा नयाँ शक्तिको पुनर्गठनमा लाग्नेमा नपुगी हुनेछैन ।तर यसो गर्नभन्दा अगि अझै हाल रहिरहेका पार्टीहरुलाई पनि रुपान्तरण गर्न सकिन्छ कि ?सानो आशा गरिरहनु नै परिरहन्छ ।अन्यथा मुलुकमा हामीले चाहेर वा नचाहेर पनि नयाँ शक्ति जन्मनेछ ।मूलतः अब सबै जिम्मेबार पङ्क्तिलेगम्भीर रुपमा सोच्नुपर्दछ,एकपटक आफैसँग निष्ठूरतापूर्वक सोध्नुपर्छ,के हामीले चाहेको परिवर्तन यसरी नै अहिले जसरी मात्र सम्भव छ ?

मुलुकमा हाम्रा धेरै साथीहरु छरिएर रहनुभएको छ , विभिन्न पार्टी खासगरी वाम पार्टीमा । वास्तवमा इमान्दार, क्रियाशील, निष्ठावान्,निस्वार्थी क्रान्तिकारी जो जहाँ रहेको भए पनि उनीहरु हाम्रै साथी हुन् ।हामीले उहाँहरुसँग सम्पर्क बढाउनु पर्र्नेछ ।वैचारिक विमर्श गर्नु पर्नेछ ।यसकोलागि विभिन्न खालका फोरमको उपयोग गर्नुपर्छ,कतै आफ्नै पहलमा र कतै मित्रहरुको पहलमा यस्तो गर्न सकिनेछ ।तर हामी के क्ृृृृरामा स्पष्ट पनि हुनुपर्छ भने,अब हाम्रो मुलुकमा तत्काल एउटै कम्युनिष्ट पार्टी बन्ने सम्भावना छैन ,अहिलेको अवस्थामा ‘ बहु कम्युनिष्ट पार्र्टी, एकताबद्ध कम्युनिष्ट आन्दोलन’को सोचले मात्र जान सकिन्छ र भावी दिनका काम र समाजका चुनोैतीलाई जसले सफलतापूर्वक समाधान गर्न सक्छ उही सही शक्तिको रुपमा उठ्नेछ ,गलत तत्वहरुलाई परास्त गर्न सकिन्छ ।हामी समाजको बहुल चरित्रलाई बिर्सन सक्दैनौँ ।

१४) अन्त्यमा युवासाथीहरु बारे केही कुरा

माओ चेतुङ्गले युवाशक्तिको उच्च मूल्याङ्कन गर्नुभएको छ ।जुनसुकै परिवर्तनका लागि पनि युवाहरुको ऊर्जालाई समयले पहिलो प्राथमिकतामा राखिरहेको हुन्छ ।हामै्र देशको इतिहासले पनि यो तथ्यलाई पुष्टि गरिरहेको छ ।जब देशमा वलिदानको खाँचो पर्छ तब हामीलाई युवाहरुको आवश्यकता परिरहन्छ ।परिवर्तनका हरेक मोडमा ४० वर्ष मुनिका युवाहरुकै रगतले वलिदान गरेको छ,यसलाई कसले अस्वीकार गर्नसक्छ र ?समयका तीनवटै खण्डमा युवा अग्रसरता नभई हुँदैन,तर एउटा युवा एक समयमा एकपटकमात्र क्रियाशील हुनसक्छ ।जीवनमा १८ वर्षदेखि ४० सम्मका २२ वर्ष नै उसका सबभन्दा रहरलाग्दा र लोभ लाग्दा दिन हुन् ।यो छोटो जीवन क्षणलाई कसरी व्यतीत गर्ने हाम्रा युवाहरुले सबभन्दा बढी सोच्नुपर्ने छ ।युवाहरु भनेका जीवनरुपी सडकका फास्ट ट्र्याक हुन् ,समाज र राष्ट्रलाई कता डो¥याउने? जिम्मा उनीहरुकै काँधमा छ ।टीन एजर भन्दा युवा फरक छन् ,एउटा युवाको अगाडि ऊर्जामात्र हुँदैन,उसको अगाडि अजङ्का समस्यै समस्याका हिमालय पर्वतहरु पनि उभिएका हुन्छन्,यस्ता पर्वत भनेका देश काल र परिस्थितिमा भर पर्दछन् ।

नेपाली समाजका युवाहरु पनि यस्तै परिवेशभन्दा बाहिर छैनन् ।एउटा नेपाली युवा एकैचोटी चारवटा पहाडले थिचिएको छ ,जुन १,आफू,२,परिवार,३,समाज र ४,राष्ट्र ।यी पहाड भनेको उसको वर्तमान हो भने यिनप्रतिको दायित्व उसको भविष्य पनि हो ।यिनै वर्तमान र भविष्यको सफल तालमेल नै आजको समयको सफल युवा हो ।

यिनै चार परिवेशको पृष्ठभूमिमा उभिएर हामीले उनीहरुसँग अपेक्षा गर्न सक्छौँ।आजका युवाहरुसँग हामीले आह्वान गर्न सक्नुपर्छ,समस्याका चार पहाड मध्ये प्राथमिकतामा उल्ट्याएर राष्ट्र,समाज,परिवार र आफू भनिदिऊँ ।

अन्त्यमा यहाँ हाम्रो लामो यात्राको यो छोटो शब्दचित्र पेश गरिएको छ ,डोरी जति बाटेपनि पोयो उही हो,हामीले यहाँ भन्न खोजेको कुरा नेपाली समाजको आमूल परिवर्तनको मार्गमा केहीे अशुभ सङ्केतहरु देखिएका छन्,आजको छलफलले सार्थक अभियानको सुरुवात गर्नसक्नुपर्छ, ,वा गरोस् ।धन्यवाद ! लाल सलाम !! 

समाप्त 


२०७१/ ०६ /२१

===================================

परिशिष्ट : 


दस्तावेज
–नेपाल कम्युनिष्ट पार्टी(एमाले) र किसान मजदुर सभाको एकीकरण सम्बन्धी पत्र :

गण्डकी अञ्चलका तनहुँ,कास्की र लमजुङका कम्युनिष्टहरुको संगठन ंकिसान मजदुर सभां र नेकपा (एमाले)का प्रतिनिधिहरुको बीचमा केही समय अगिदेखि चलिरहेको छलफल र वार्तापछि वर्तमान परिस्थितिमा दुबै बीच एकीकरण गर्न सहमति भएको छ ।

वार्ता पछि प्रकाशित विज्ञप्ति यस प्रकार छ :

२०१७ सालको फौजी काण्ड पछि नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको गुट उपगुटको सिर्जनाले सिङ्गै आन्दोलनलाई ठूलो क्षति पुगेको छ ।तर यस क्षतिलाई बुझ्दै छरिएका कम्युनिष्टहरु एकजुट हुने प्रक्रिया केही वर्ष यता बढ्दै गएको र नेकपा (एमाले)को गठन यस्तै प्रक्रियाको सिलसिला भएको सर्वविदितै छ ।ऐतिहासिक जन आन्दोलनको फलस्वरुप पार्टी स्वतन्त्रता प्राप्त भएपछि नेपालका कम्युनिष्टहरुले ससाना मतभेदलाई बिर्सेर एकीकृत र शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माणमा इमान्दारीपूर्वक लाग्नुपरेको छ ।वर्तमान समयमा अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवादको हाँक र चुनौतीलाई सामना गर्न आफ्नै देशमा सही माक्र्सवादी लेनिनवादी पार्टीको निर्माण गर्नु आवश्यक छ ।यसो हुँदा हुदै पनि हामीमा विविध सवालमा मतमतान्तर हुन सक्छन् तर तिनलाई द्वन्दात्मक रुपमा प्रजातान्त्रिक वातावरणमा हल गरी वर्तमान सर्वसत्तावादी हाँकलाई चुनौती दिन नेकपा (एमाले) मा समाहित हुन आवश्यक सम्झन्छौँ । यसै पार्टीभित्र विद्यमान कम्युनिष्ट आन्दोलनका सबै विचार ,पक्षहरुको प्रतिनिधित्व भएको र तिनमा जनवादी छलफल चल्न सक्ने वातावरण देखिएकोले यस्तो स्वस्थ पम्परालाई अगि बढाई नेपाली जनताको मुक्तिको निम्ति समाहित हुन आव्हान गर्दछौँ ।अतःएकै किसिमको पद्घति र चिन्तन बोकेर पनि शब्दमा मात्र फुट्ने प्रक्रियाको अन्त्य गरी नेकपा (एमाले)को निकट भविष्यमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनमा सरिक हुन सबै क्रान्तिकारीहरुलाई अपिल गर्दछौँ ।


मितिः २०४९।८ ।१४

हस्ताक्षर कर्ताः 




एमालेको तर्फबाट
वाचस्पति देवकोटा – एमालेको तर्फबाट

किसान मजदुर सभाको तर्फबाट
जनकशर्मा
सन्देश
राघव 

नाम स्पष्टीकरण :
जनक शर्मा – शेषमणि आचार्य,
सन्देश – छबिचन्द्र ढकाल ,राघव–––रामराज रेग्मी


=======================================

सबैका गुरु श्यामप्रसाद

प्रा. हेमनाथ पौडेल

श्यामप्रसाद प्रगतिवादी धाराका मात्र होइन, समग्र नेपाली साहित्यकै मूर्धन्य स्रष्टा हुन् । उनले साहित्यका साथै साहित्येतर विभिन्न विधामा समेत सशक्त कलम चलाएका छन् । हालसम्मको ८७ बर्से जीवन अवधिमा उनले विचार, सृजना र सङ्गठनका माध्यमबाट नेपाली समाजको रूपान्तरणका लागि महŒवपूर्ण योगदान गरेका छन् । २००१ देखि लेखन प्रारम्भ गरेर हालसम्मका अवधिमा उनले सय भन्दा बढी कृतिको सृजना गरेर नेपाली साहित्य, खासगरी प्रगतिवादी साहित्यका क्षेत्रमा एउटा उचाइ प्राप्त गरेका छन् । उनको लेखनको औपचारिक यात्राले सात दशक लामो यात्रा पुरा गरेको छ । राणाकालीन अवधिदेखि हालसम्म नेपालको अग्रगामी परिवर्तनका लागि भएका हरेक आन्दोलन र अभियानमा उनी सरिक भएका छन् । पटक पटक काराबास र लामो भूमिगत जीवन भोग्न बाध्य श्यामप्रसाद नेपाली प्रगतिवादी साहित्यका स्वयंमा एउटा संस्था हुन् । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्षसमेत रहेका श्यामप्रसाद यस क्षेत्रका धरोहर नै हुन् । प्रगतिशील, जनवादी साहित्य सिर्जनाका माध्यमबाट समाजमा व्याप्त राजनीतिक, सामाजिक, आर्थिक, लैंगिक आदि विभेदपूर्ण अवस्थाको अन्त्य गर्दै समान, स्वतन्त्र, स्वाधीन र आत्मनिर्भर नेपाल राष्ट्रको निर्माणका निम्ति श्यामप्रसादले खेलेको भूमिका अतुलनीय छ । त्यसैले, अभियान, आन्दोलन र लेखनका माध्यमबाट उनले नेपाली साहित्य, राजनीति, पत्रकारिता र समाजसेवाका क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको सम्मान गर्दै हाल नागरिक स्तरबाट अभिनन्दन गर्ने उद्देश्यले ‘साहित्यकार श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समिति’ र यससँग सम्बन्धित विभिन्न उपसमितिको निर्माण भएको छ । सो समितिले आज मिति २०७३ वैशाख २९ गते बुधबारका दिन २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा दर्जनौँ संस्थाको समेत सहभागितामा भव्य समारोहबिच उनको राष्ट्रिय अभिनन्दन गर्दै छ । ढिलै भए पनि नागरिक स्तरबाट भएको यस प्रयासलाई प्रशंसनीय नै मान्नु पर्दछ । यसै सन्दर्भमा निकट भविष्यमै ‘श्यामप्रसाद ः व्यक्ति एक, दृष्टि अनेक’ नामक ग्रन्थको प्रकाशन गरी उनमा समर्पण गर्ने योजना पनि रहेको छ । यसका लागि उनका कृति र प्रवृत्तिको समीक्षा गरिएका तथा उनीसँग सहकार्य गर्दाका अनुभवसँग सम्बन्धित लेख, रचना समेत सम्बन्धित सबैसँग माग गरिएको छ । यसै सन्दर्भमा प्रस्तुत आलेखमा उनको सङ्क्षिप्त परिचय र योगदानलाई प्रकाश पार्न खोजिएको छ ।
श्यामप्रसाद १९८६ असार ६ गते मकवानपुर जिल्लाको मन्थली गाविसको सोलिथुम गाउँमा पिता योगनाथ र उनकी कान्छी श्रीमती हुतकुमारीका एक्लो सन्तानका रूपमा जन्मिएका हुन् । उनको न्वारानको नाम रननाथ थियो । सानामा उनलाई ‘काले’ भनेर बोलाउने गरेको र काले नाम नराम्रो भएको ठानी उनकी ठूलीआमाले श्याम भनेर बोलाउन थालेपछि साहित्यका क्षेत्रमा पनि उनी श्यामप्रसादबाटै परिचित हुन पुगेका हुन् । परिवारका साथ वीरगन्ज बसाइँ सरेकै साल पाँचै वर्षको उमेरमा आमा र तेह्र÷चौध वर्षको हुँदा बुबाको मृत्युशोक भोग्न बाध्य श्यामप्रसादले निम्न आर्थिक पृष्ठभूमिका कारण म्याट्रिकुलेसनमा मात्र सीमित रही उच्चशिक्षा हासिल गर्ने अवसर नपाए पनि स्वाध्यायनबाटै आफ्नो ज्ञानको सीमालाई व्यापक तुल्याएको पाइन्छ । ००१ सालदेखि साहित्यिक यात्रा सुरु गरी निरन्तर रूपमा साधनारत रहेका श्यामप्रसादले कविता, गीत, निबन्ध, समालोचना, डायरी, पत्रसाहित्य, बालसाहित्य आदिका साथै राजनीतिक, सामाजिक, शिक्षा–संस्कृति, स्वास्थ्य, प्रेम–विवाहलगायतका अनेकौँ विषयमा कलम चलाएका छन् । उनका हालसम्म सैद्धान्तिक र व्यावहारिक विषयका गरी सयभन्दा बढी कृतिहरू प्रकाशित छन् । साहित्य र साहित्येतर लेखनका विविध विषयमा कलम चलाउने श्यामप्रसादको सर्वाधिक उपलब्धिपूर्ण विधाचाहिँ निबन्ध हो । उनले ‘सन्देश’ (२००२) ‘कृषिउद्धार’ (२००३) ‘यथार्थवाद नै लिऊँ’ (२००६) ‘यहाँ समाजवाद छ’ (२००७) ‘के फाइदा र’ (२००७) एवं ‘मनुष्य जुनी’ (२००७) जस्ता कविता लेखेर ००७ सालपूर्व नै साहित्यिक क्षेत्रमा आपूmलाई सक्रिय बनाइसकेका थिए । उनको ‘बहिनीलाई चिठी’ (२००८) पत्रात्मक निबन्धको सँगालो पहिलो कृति हो भने ‘त“ तिमी, तपाईं–हजुर’ (२०१४) सर्वाधिक चर्चित निजात्मक निबन्धसङ्ग्रह हो । उनका ‘लेखक कसरी बन्ने ?’ (२००८) ‘साहित्यसम्बन्धी दुई–चार कुरा’ (२०२२), ‘साहित्यका पात्रपात्रीहरू’ (२०३९) ‘साहित्य फा“टका मेरा केही धारणा’ (२०५४) ‘संस्कृतिसम्बन्धी दुई–चार कुरा’ (२०४७) र ‘प्यारो दाजुको सम्झना’ (२०६२) जस्ता कृतिहरू निबन्धात्मक किसिमका सैद्धान्तिक समालोचना हुन् । सामाजिक विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण, दमन, नारीपुरुष असमानता आदिको विरोध गर्दै समाजको आमूल परिवर्तन चाहने श्यामप्रसाद वैचारिक साहित्यकार हुन् । उनले आफ्ना रचनामा माक्र्सवादी जीवनदृष्टिलाई लिएर वर्गीय असमानताले उब्जाएका सामाजिक विभेदलाई देखाउँदै सामाजिक समानता र न्यायका पक्षमा आफ्नो अभिमत प्रकट गरेका छन् । सरल, स्वाभाविक र सुरुचिपूर्ण भाषाशैलीमा लेखिएका उनका रचनाहरू कलात्मक पनि छन् ।
प्रगतिवादी नेपाली साहित्यका धरोहरका रूपमा स्थापित श्यामप्रसादको सात दशकभन्दा लामो साहित्यिक यात्रा रहेको छ । यस अवधिमा उनले प्रगतिशील लेखक संघको स्थापना (२००९) का साथै कैयांै महŒवपूर्ण सङ्घ–संस्थाहरूको समेत अगुवाइ गरेर प्रगतिवादी साहित्यिक आन्दोलनमा महŒवपूर्ण कार्य गरेका छन् । श्यामप्रसादले ‘सेवा’ (२००४), ‘सन्देश’ (२००६) तथानख्खु जेलमा रहँदा स्लेट पत्रिकाहरू, ‘गुनासो’ (२००७, दैनिक) ‘ज्वाला’ (२००७, साप्ताहिक) ‘तरुण’ (२००७, साप्ताहिक) र ‘अध्ययन’ (२००८, हस्तलिखित मासिक), ‘सेवा’ (२००८, पुनः प्रकाशन), ‘जनमत’ (२०१०, नेकपाको साप्ताहिक मुखपत्र), ‘मसाल’ (२०१३) नेकपाको मुखपत्र), ‘हालखबर’ (२०१३), ‘प्रकाश’ (२०१४, नेराकांको मुखपत्र), ‘स्वास्नीमान्छे’ (२०१५), ‘साहित्यिक’ (२०१६, द्वैमासिक), ‘प्रलेस’ (२०५३) आदि पत्रिकाको सम्पादन–प्रकाशन गर्नुका साथै नेकपासँग सम्बद्ध आनन्द पे्रसको मेनेजर (२०१२) तथा नेपाल पत्रकार सङ्घको कार्यसमिति सदस्य (२०१८) र २०१९ सालमा हंगेरीको बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठनको पाँचौँ महाधिवेशनमा ‘अ रिपोर्ट अफ जर्नालिजम÷जर्नालिस्ट अफ नेपाल’ नामक कार्यपत्र पेस गरेर (यो कार्यपत्रको नेपाली अनुवाद त्रिवि पत्रकारिता बी ए को पाठ्यक्रममा राखिएको छ) । पत्रकारिताका क्षेत्रमा समेत महŒवपूर्ण योगदान पु¥याएका छन् श्यामप्रसादले । उनी उपत्यकाबाहिरका पहिलो संवाददाता पत्रकार पनि हुन् ।
साहित्य र पत्रकारिताजस्तै राजनीति पनि उनको जीवनको अर्को महŒवपूर्ण पाटो हो । उनी सानैदेखि विद्रोही स्वभावका थिए । समाजमा व्याप्त रुढीवाद, अन्धविश्वास एवं सामाजिक शोषण र अन्यायका विरुद्धमा उनी सानैदेखि जुझ्दै आएको पाइन्छ । मकैको खेतीका लेखक सुब्बा कृष्णलाल अधिकारीले पाएको दण्ड, भारतमा चलिरहेको अङ्ग्रेज भगाउ आन्दोलन, नेपालमा घटेको १९९७ सालको सहिदकाण्ड आदि घटनाबाट प्रभावित भएर यिनी राजनीतिमा लागेका देखिन्छ । २००४ मा राष्ट्रिय काङ्ग्रेसको आह्वानमा भएको सत्याग्रहमा श्यामप्रसादको पनि सक्रिय सहभागिता रहेको थियो । कृष्णप्रसाद भट्टराई र दयाशंकर मुन्सीहरू भारतको रक्सौलमा निर्वासित जीवन बिताउँदै श्यामप्रसादलगायतका युवाहरूलाई राजनीतिक प्रशिक्षण दिने गर्दथे भने श्यामप्रसाद र अन्य साथीहरू वीरगन्जमा नाराजुलुस गरेर राणाशासनको विरोध गर्दथे । यही क्रममा राणाशासन विरोधी पहिलो अहिंसात्मक अवज्ञा आन्दोलनको पहिलो डफ्फामा छानिएका श्यामप्रसाद २००४ असोज २२ मा पक्राउ पर्दछन् र एक महिना जेल जीवन बिताएर मुक्त हुन्छन् । कम्युनिस्ट पार्टीको सदस्यता (२००९) लिनुपूर्व नै राणा विरोधी आन्दोलनमा सक्रिय रहँदा २००४ सालमा दुई महिना, २००५ देखि २००६ सालसम्म एक वर्ष र २००७ सालमा ९ महिना जेल जीवन र २०२४ सालदेखि २०४७ सालसम्म २३ बर्से भूमिगत जीवन बिताएका श्यामप्रसाद स्वयंमा एउटा आन्दोलन र जीवित इतिहास हुन् ।२००५ माघ १३ मा उनी दोस्रो पटक पक्राउ परेर २००६ मा जेलबाट छुटे पनि काठमाडौँ उपत्यकाबाहिर जान नपाउने गरी नजरबन्दमा राखिए । यस्तो प्रतिकूल अवस्थामा पनि उनले राणाविरोधी आन्दोलनलाई थप सशक्त पार्न ‘पाँच भाइ संगठन’को निर्माण गरी यसको निर्देशनमा ‘सन्देश’ साहित्यिक पत्रिका र ‘कोसेली’ भूमिगत राजनीतिक (हस्तलिखित) पत्रिका प्रकाशन गरेको पाइन्छ । दोस्रो पटकको पक्राउमा सिंहदरबार गारद, सदर ठाना खोर र भद्रगोल जेलमा बसेका श्यामप्रसादको सम्बन्ध टंकप्रसाद आचार्य र उनका साथीहरू रामहरि शर्मा, चूडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय र खड्गमान सिंहसँग भएको पाइन्छ । २००६ सालमा पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भएपछि स्वयम् पुष्पलाल, धनुषचन्द्र गौतम, मदनमणि दीक्षित, महेशमणि दीक्षित आदिमार्फत यिनी पनि नेकपामा सङ्गठित भएका हुन् । नेकपाको पार्टी सदस्यता भने यिनले
२००९ सालमा लिएको पाइन्छ । पछि आएर पार्टीमा देखापरेको गुटफुट र विभाजनका कारण सम्पर्क विच्छेद भएपछि छुट्टै सङ्गठनको आवश्यकता महसुस गरेर २०२४ सालमा भूमिगत भएपछि यिनले नेपाल कम्युनिस्ट सङ्गठन नामक गुप्त सङ्गठन खोलेर त्यसको नेतृत्वसमेत गरेको पाइन्छ ।
राणाविरोधी आन्दोलनबाटै सबैखाले निरंकुशताको विरोध र अग्रगमनका पक्षमा रहँदै माक्र्सवादी अध्ययनबाट आपूmलाई खार्दै केही समय अघिसम्म पनि सक्रिय रहेका श्यामप्रसाद युद्धप्रसाद मिश्र र गोपालप्रसाद रिमाललाई आफ्ना अग्रज र उत्प्रेरक व्यक्तित्व मान्छन् । प्रगतिवादी नेपाली साहित्यका अघिल्लो पुस्ताका स्थापित स्रष्टाहरू हुन् वा वर्तमान पुस्ताका साधनारत स्रष्टा हुन्, कुनै न कुनै रूपमा श्यामप्रसादबाट प्रभावित र प्रेरित रहेकै पाइन्छन् । प्रगतिवादी राजनीतिक, साहित्यिक फाँटका अग्रणी व्यक्तित्व, पछिल्ला पुस्ताका सबैका गुरु श्यामप्रसादको यस क्षेत्रमा अमूल्य योगदान रहेको छ । यिनै योगदानहरुको कदर गर्दै उनलाई नागरिक स्तरबाट राष्ट्रिय अभिनन्दनका साथ सम्मान गर्न लागिएको हो ।
http://www.rajdhani.com.np बाट साभार 

==================================

हार्दिक श्रद्धान्जली
मैले  गोविन्दभटृ र केवलपुरे किसान   दुवैजनालार्इ स्व. जनक प्रसाद हुमागार्इ मार्फत नै चिनेको हुं । जनकदाइसंग जव मेरेा हिमचिम सम्पर्क वढ्रयो तव देखि म साहित्यिक कार्यक्रमहरू वढी लाग्न थाले । साहित्यिक पत्र पत्रिका किन्ने पढ्ने गर्न थाले । पढ्दै जांदा मलार्इ गोविन्द भटृज्यूका लेख रचनाहरू साह्रै मन छुने यथार्थ लाग्न थाल्येा  । मैले टाइप राम्ररी गर्न जानेको हुनाले जनकजीका कति लेख रचनाहरू मलाइर् टाइप गर्न दिनु हुन्थ्येा । जागिरको सिलिसलामा हरीहर भवनमा तालीममा जंदा मैले पहिलो पटक हरिहरभवन भित्र रहेको रास्टी्य पुस्तकालय देखेको हुं । त्यसैताका श्रृड०खला पत्रिकामा पनि सहयोग गदर्थे । जसमा मेरो नाम जीसी कार्की उल्लेख थियो । गोकुल जोशी वारे मैले त्यही पत्रिकामा सहयोग गर्दा जनकदाइवाट थाहा लागेको थियो । त्यस पुस्तकालयमा मैले गोकुल जेाशीको सिमानाको दीप नामक पुस्तक पाए । त्यो पुस्तक पाए पछि मैले तालीम छेाडेर २। ३ दिनसम्म त्यही पुस्तक देाहेार्रयार्इ तेहराइ पढे । अनी सींगै पुस्तक टाइप गरी मैले त्यसलार्इ पुस्तकाकारको रूपमा तैयार पारी विभिन्न व्यक्तिलार्इ पढ्रन दिए । यो ०३७ तिरको कुरो हो । मैले पाएको  त्येा पुस्तक २०१५ सालमा प्रकाशित भएको थियो । त्यसका प्रकासक तथा मुद्रक नरेन्द्र यंत्रालय , काठमांडु नेपाल थियो । त्यतिवेला यसको मूल्य दुर्इ रूपैया राखिएकोमा लेखकको भनार्इ थियो,  २ रूपैयाज्यादा भएको जस्तो लाग्ला , यो मेरो पेसा हो , मलाइ केही दिन वांच्नु छ। तेसैले महंगो भएको हेाला ।
यो पुस्तक पछि सिर्जना प्रकाशनवाट २०३८ सालमा प्रकाशित भएको थियो । यसमा गेाविन्द भटृज्यले लामो झन्डै किताव जत्तिकै अति मर्मिक भूमिका लेख्नु भएको छ ।
त्यस पुस्तकको शुरूमै गोकुल जोशीले लेख्नु भएको थियो
भोक भोकै मर्न लागे कवि कलाकार ,
तडपाएर न मारिदेउ झुन्डाएर मार ।
त्यसै क्रममा म गोविन्द भटृज्यूसंग पहिलो पटक जनकदार्इ मार्फत २०३७ सालतिरै प्रज्ञाप्रतिस्ठानको ठीक पूर्व पटृी रहेको  कमलादी   जाने मोड माथी  अलीकती सिंढी चढेर वाहा वसेको घरमा पुगेका थियैा। त्यही वहांसंग  भेट भएको थियो । म वहासंगको पहिलो भेटमै अति प्रभावित भएको थिए । वहांको फारो तिनो गर्ने वानी पनि  मलार्इ ज्यादै मन परेको थियेा । वहां त्यतिवेला अाशा चुरोट खानु हुन्थ्यो जस्तो लाग्छ । अनि त्यही अाशा चुरेाटको वटृा संकलन गरी विभिन्न कार्यक्रममा  जांदा त्यसैमा टिपोट गरी रहेको पाउंथे । भटृज्यू सहभागी हुने थाहा पाए सम्मका कार्यक्रममा उपस्थित हुने प्रयत्न गर्थे । वहांको दाशर्निक र समिक्षात्मक टिप्पणी ज्यादै मन पर्दथ्यो ।  जनकजीले वहांका विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका विभिन्न लेख रचनाहरू मलार्इ पढ्रन दिनु भयो । म राती अवेर सम्म पनि ती लेख रचनाहरू पढ्रने गर्थे । नेपाललार्इ कसरी वुझ्ने  भन्ने सानेा पुस्तक निकै मनपरेको थियो । संकलक विजयको नामवाट वहांका विभिन्न पत्र पत्रिकामा प्रकाशित पढेका लेखहरू मध्ये  अघाएको साहित्य र भोकाएको साहित्य , जनअमृत २०२८ मा प्रकाशित,तीन घुम्ती कि छाडावादलार्इ स्वीकृति? ,जस्केलो २०२६ मा प्रकाशित, अाजको नेपाली साहित्य र त्यसको समस्याहरू , प्रेरणा २०२१,अराजकतावादी लेखकहरूसंग, विहान२०२२, सत्तरी वर्षको वूढो सुगा र यैाटा सिकारू गाइने , किरणा २०२३, मेरो दाही् , शक्ति २०१७, ढाक्न सक्दैन संधै वादलले सूर्यलार्इ,रूपरेखा २०२२, वीरएिन्टयसको संझना र अाधुनिक नेपाली कला,  कलाकार ….. अादि लेखहरू  संग्रहगरी गोविन्दभटृका केही चिन्तनयोग्य लेखरचनाहरू नामदी संगालो तैयार पारी २०३९ सालतिर केही साथीहरूकोमा पुराएको थिए । अनी २०४० सालितर यी दुवै सामाग्री लिएर गोविन्द भटृज्यूकोमा जनकदार्इसंग गएर देखाएको थिए । त्यतिवेला वहांले यो ज्यादै राम्रो काम गर्नु भएछ । म संगनै यी लेखहरू सुरक्षित छैनन् यो राम्रो काम हेा । यसरीनै राम्रा लेखरचनाहरू तैयार पारी साथीभाइहरूको वीचमा पुराउने तपाइको काम सराहनीय छ भन्नु भए पछि मेरेा नाक घिरैाला जत्रो भएकेा थियेा । मैले राम्रै काम गरे छु भन्ने लागेको थियो । त्यसरी नै  वाहांकी छेारी लुना भटृले एसएलसीमा वेार्ड फस्ट ल्याएपछि भेटन गएको संझना छ ।
कुलमानदार्इ मार्फत श्याम प्रसादज्यूसंग भेटघाट भएपछि वहांलार्इ लेराउने विभिन्न ठाउंमा  पुराउने र घरमै पनि समय समयमा थलो विसाउनेको रूपमा राख्ने काम पाए । त्यतिवेला श्याम प्रसाद ,केवलपुरे किसान, गेाविन्द भटृ, मोदनाथ प्रश्रित अादिका वारेमा विभिन्न पत्र पत्रिकामा लेखिएका लेखहरू संकलन वा तिथी मिति टिप्ने  वा वहांहरूको वारेमा लेखिएका कुरा टिप्ने काम मैले गरेको थिए।
केवलपुरे किसानज्यूसंग पनि  जनकदार्इकै माध्यमवाट परिचय भएको हो । वहां केवलपुरवाट वसार्इ सरी सीतापाइलामा अाएपछि  वहासंग हिमचिम वढेकेा हेा । वहांसंग भेटघाट भएपछि वहांको वाघ अायो किताव पढे । साह्रै   मन छुने सरल भाषाको  लागेको थियो ।   किसानका कवि केवलपुरे  सादा जीवनसैली संधै कमिज सुरूवाल, जुहारीकोट  वा हाफ स्वीटर र कालो टोपीमा  देखिनुहुन्थ्यो । वाहांमा  पदको कुनै लेाभ लालचा कहिल्यै देखिन ।  साहित्यीक फांटमा लागेका व्यक्तीत्वहरू समेतको उपस्थितिमा एकपटक सुन्दरीजलमा पीकनिक अायोजना गरिएको  थियो । त्यसमा   केवलपुरे किसान, मुकेश चालिसे, जनकदाइ, कुलमानदाइ, मंजुल,गंगा प्रसाद उप्रेतीज्यू ,युवराज संग्रैाला अादि समेतको उपस्थित थियो । दिउंसभरीको कार्यक्रममा केवलपुरे किसानवाट कन्ठाग्र  कविता र गीत लय  हालेर गाउनु भएको थियो भने , मंजुलले गीतार वजाउंदै गीत गाउनु भएको थियो ।  अन्य सहमागी प्राय सवैले अाफना कविता लेख रचना सुनाएर कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै ०४६ साल पछि स्वदेश फर्कनु भएका युद्ध प्रसाद मिश्र  विरामी परेको अवस्थामा पनि वहांलार्इ भेट्न जनकदाइ लगायत केवलपुरे किसान , गोपालराज मैनाली ,गंगाप्रसाद उप्रेती   अादि  संगै म पनि  गठृा घरमा रहेको मिश्रज्यूको  छोराको घरमा भेट गर्न गएका थियैा । पछि युद्ध प्रसाद मिश्रको देहवसान हुंदा वहांको पार्थिव शरीरलार्इ खुल्ला मंचमा राखिएको थियो । त्यस वेलामा केही ले वहांको पार्थिव शरीरलार्इ तत्कालिन राजकिय प्रज्ञा प्रतिस्ठानमा राख्ने कि भन्ने कुरा पनि गरेका थिए । तर मिश्रले जिउंदो छंदानै अाफनो मृत्यु पछि अाफुलाइ अन्त कतै नराखि खुल्ला मंचमा राख्नु भन्नु भएकोले वहांलाइ खुल्ला मंचमा श्रद्धान्जलीको लागि राखिएको थियो । श्रद्धान्जली कार्यक्रम भै रहेको थियो केवल पुरे किसानज्यूले र मैले भने वहांको दाह संस्कारको लागि चन्दा ठाउने कार्य गरेका थियो ।कापीमा चन्दा दाताको नाम लेख्दै उहांहरूले दिएको रकम उल्लेख गरिएको थियो । यसरी वहांसंग एक पछि अर्केा कार्यक्रममा सहभागी हुन पइएकोले हिमचिम समेत वढ्दै गएको थियो ।
पछि पछि त  कतिपटक वहांकोमा चिया नास्ता खादै वाहाका कन्ठस्थ कविता र गीत मकैका फुल झै पड्रकन्थे । कुराका वीच वीचमा  कन्ठाग्र कविता फुरिरहन्थे ।   समसामयिक राजनीतिवारे कुरा हुन्थे । समय समयमा हाम्रो भेट भैरन्थयो । त्यस लगायत   कुलमानदार्इलाइ भेट्रन अाउंदा नाता पर्ने हरीगोविन्दजीलाइ भेट्न अाउंदा पनि म काहां पस्न विर्सनु हुन्नथ्यो । घरमा अाएर मकै भटमास खाजा खांदै सवैलार्इ मन्त्र मुग्ध पार्नेगरी सात साल यतादेखिकै  कविता र गीत पनि सुनाउनु हुन्थ्यो । कलंकिमा पत्र पत्रिका  किन्न हेर्न अाउंदा पनि वरेावर भेटघाट हुन्थ्येा । सरल , मिठास  र मिलनसार  स्वभावको  स्वभावको हुनुहुन्थ्यो ।
मेरेा जीवनलार्इ मेाडीदिने ,असलवाटो लाग्न प्रेरित गर्ने  र दुखी जनताका पक्षमा लाग्न वाटो देखाउने  जनक प्रसाद हुमागार्इ , कुलमानसिंह दार्इ, केवलपुरे किसान अनि गेाविन्द भटृज्यूहरू अाज स्वर्गिय हुनु भएको छ ।  सवै प्रति पुन एक पटक हार्दिक  श्रद्धान्जली व्यक्त गर्दछु ।

https://gckarki.wordpress.com बाट साभार 



==================================






श्यामप्रसादलाई सम्झँदा 

- हरिहर सविता










मानव शरीर नश्वर र मृत्यु यसैको एउटा सामान्य प्रक्रिया मात्र हो : टुल्कु उमेन रिम्पो


यो लेख्न बस्दा टुल्कु उमेन रिम्पो सम्झिएँ मैले । सुटुक्क हामीलाई छोडेर जाने नेपाली प्रगतिशील साहित्यका अगुवा श्यामप्रसाद शर्मा मेरा चक्षुभरि उदाए, चलचित्रझैँ । मैले झल्झली निष्ठा र स्नेहको प्रतिमूर्ति दाइलाई सम्झेँ । आँखामा राखे पनि नबिझाउने मेरा आदरणीय दाइ, मलाई मात्र होइन हामी सबैलाई रूवाउँदै, हामीलाई यसै संसारमा चकित र व्यथित छाडेर आफूमात्र पूर्ण शान्तितर्फ उकालो लागे । गएको भदौ महिनामा काठमाडौँको पश्चिमी पाखामा घामको फरिया टाँगिएको बेला म श्याम दाइको आवासमा नपुगेको भए कति पछुताउँथे होला । यसपटक पनि भेट्न जाने जाने भन्दाभन्दै सुटुक्कै संसारै छाडेर दाइ आफैँ जानुभएको समाचार सुनेर म नराम्रोसँग उखरमौलिएँ । मेरो मायालु दाजुको सम्झना मेरो मस्तिष्कमा अटेसमटेस हुँदै रातिमा टनाटन छन् र दुवै आँखामा पग्लेर लयमय हुन भदौको झरी र नारायणीको छाल हुँदै बग्न थाल्यो । मैले आफैँलाई थुमथुम्याउन र सुमसुम्याउन खोजेँ, अहँ सकिनँ । म सम्झनाको स्नेह सागरमा डुबेको बेला दाइको नाममा चौतारो चिन्ने चुनदाम छैन । स्मारक उभ्याउने सम्पत्ति छैन र पुरस्कार प्रबन्ध गर्ने पैसा छैन । मसित जे छ त्यो अँँसु नै हो । मसित जे छ त्यो व्यथा नै हो र मसित जे छ, त्यो स्नेह स्मृति मात्र हो । हैन, केही त गर्नुपर्छ भन्ने लाग्यो । यो बेला मेरो जीवन नै बेहाल र छ्यालव्याल छ । म कुनै साहित्यिक संघसंस्थाको अध्यक्ष पनि हैन, त्यसैले नजिकको मित्र खुसीराम पाख्रिनलाई फोन गरेँ । ‘श्याम दाइ बेजोड र वेगवान् हुन्, विराट र विशिष्ट हुन् । उनको जोहादापनलाई सम्मान गर्न पनि एउटा कार्यक्रम त गर्नुपर्छ नि दाइ, म अहिले क्यै छैन नि दाइ ।’ एकछिनपछि खुसीरामको फोन आयो— ‘अहिले चुनावको माहोल छ, चुनावपछि तपाईं हामी बसेर सम्झौँला सविता सर ।’ कहाँको श्याम दाइ, कहाँको हुँडार नेताहरुले जनता झुक्याउन गर्ने चुनाव लाग्यो मलाई । एकछिन म एउटा सम्मानित पराजयले छटपटिएँ ।

प्राकृतिक सौन्दर्यको दृश्य रमणमा केही दिन भुल्न दाजु चितवनमा आउनुभएको थियो । आजभन्दा तीस वर्षअगावैको कुरा हो । त्यो बेला हामी चितवनमा लुकीछिपी साहित्यिक कार्यक्रम गथ्र्यौं । प्रशासन बाधक बन्यो । त्यो बेला कविहरु केही सुन्दर लयहरु, रुपहरु र रंगहरु भर्दै आफ्ना रचनाहरु सुनाउँथे । म पनि सुनाउँथेँ । हाम्रा रचनाले पञ्चायती घरभित्र एउटा आँधीतुफान ल्याउँथ्यो । तर त्यो एउटा कार्यक्रम जसमा श्याम दाइ, रमेश विकल दाइ, खगेद्र संग्रौला आदि विशिष्ट कलमबाजहरु हुनुहुन्थ्यो । मैले ‘जानुका’ शोककाव्यको कविता पढेँ । पढ्दै जाँदा म अश्रुवन्त बनेँ । मेरी स्नेहकी प्रकृति छोरीको शोकमा थियो कविता, वात्सल्य राग उम्रिएको थियो कवितामा । बहुगुणी, अगम्य प्रतिभाकी धनी छोरीको मृत्युमा एउटा पिताको मुटु छचल्किएको थियो कवितामा । तर, कोही क्रान्तिकारीहरुले मुटु ढुंगो बनाउनुपर्छ भने त कसैले के भने । श्याम दाइले म पाण्डुलिपि लान्छु र पढ्छु भनेर लानुभयो । छोटो र मीठो भूमिका लेखेर त्यो फिर्ता गर्नुभयो । दाइ मेरो घर जाँदा मेरीले खीर पकाउँथी, दाइ खीर मन पराउनुहुन्थ्यो । कहिले बरण्डाभार घुम्न जाऊँ भन्नुहुन्थ्यो अनि सुनसान र एकलासको वातावरणमा प्रकृतिसँग भावनाले कानेखुसी गर्नुहुन्थ्यो ।

मकवानपुरमा १९८६ मा जन्मेका दाइ प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । विसं २००४ को राणाविरोधी सत्याग्रहमा सामेल हुनुभएका दाइको साहित्य लेखन जेलबाटै सुरू भएको थियो । २००२ मा ‘उदय’ मासिकमा छापिएको ‘सन्देश’ शीर्षकको कविता दाइको पहिलो कविता हो । दाइले राणा र पञ्चायतकालमा थुप्रै छद्म नामबाट लेखरचना एवं पुस्तक लेख्नुभएको थियो । कृष्ण अर्याल, श्याम दिल, हर्कजित नेपाली, नरनाथ, सुरेन राई, ज्योति कान्त, हरि शर्मा, अनिल, दिनेश, केपी शर्मा, सेवकजस्ता नामबाट विभिन्न सिर्जना गर्नुहुने दाइका कविता, चिठीपत्र, दैनिकी, निबन्ध प्रबन्ध, लेख, टिप्पणी, गीत, समालोचना, संस्मरण, बालसाहित्य गरी डेढ दर्जनजति पुस्तक प्रकाशित छन् । राजनीति, साहित्य र पत्रकारिता तीनै पक्षलाई निरन्तरता दिने दाइले २०१८ मा नेपाल पत्रकार संघ गठन गर्नुभएको थियो । नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य रहेका दाइको निधनले नेपाली वाङ्मय र सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुगेको जस्तो लाग्छ । अर्कोतर्फ, नेपाली प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनले आफ्नो अभिभावक गुमाएको छ । कठैबरा ! श्यामप्रसाद दाइ यस संसारमा रहनुभएन आज । उहाँसँगका संस्मरणका अनगिन्ती छाल छचल्किरहेछ मभित्र, त्यो छाललाई छताछुल्ल पोख्न सक्तिनँ म यो छोटो लेखमा । उफ ! मैले पशुपतिको मसानघाटको किनारमा फूल, अबिर, अगरबत्ती र मलमलले सजाइएको दाइको लासलाई अन्तिमपटक हेरेर पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली दिन पाइनँ । तर दाइ, प्रकृतिको यो रौद्र ताण्डवसँगै म त तपाईंलाई रक्ताञ्जली पो दिन्छु ! अस्तु ।

==============================================

आदर्शका सर्वोच्च पुरुष

सञ्जय मित्र


श्यामप्रसाद भन्नासाथ मेरो मनभित्रको सगरमाथा बाँस निहुरेझैँ निहुरिन्छ । श्रद्धाले सिर निहुरिन्छ र कतै रचना देख्नेबित्तिकै अहिले पनि सिर गर्वले ठाडो हुन्छ । साँच्चिकै नेपाली राजनीति, नेपाली जाति, नेपाली संस्कृति, नेपाली भाषा र नेपाली साहित्य सबै क्षेत्रमा श्यामप्रसाद आस्थाका धरोहर नै हन् । युगले श्यामप्रसादलाई पाउनु युगको अभिनन्दन हो आफैँमा । यस्ता व्यक्तित्वलाई आफैँले भेटेका छौँ, देखेका छौँ भन्न पाउनु पनि कुनै मानेमा धरहराको सिरभन्दा कम उँचो हुने कुरो होइन ।

श्यामप्रसादको जीवनी, व्यक्तित्व र रचनाहरू सबैबाट म प्रभावित छु अर्थात् सबैको ममाथि ठाडो प्रभाव परेको छ । मैले कुनै एक साहित्यकारको सबैभन्दा बढी कृतिको अध्ययन गरेको छु भने श्यामप्रसाद नै हो । कसैको कृति धेरैलाई उपहार दिएको छु भने श्यामप्रसादकै । कतै श्रद्धा र गर्वले नाम लिएको छु भने उनकै ।

जीवनमा सरलता र सरलताभित्र महानता मैले चिनेको श्यामप्रसादको परिचय हो । कृति पढ्दा र भेट्दा कुनै फरक नै नलाग्ने । जति सरल उनका कृतिहरू त्यत्तिकै सरल उनको दैनिकी, व्यवहार । जति मिठो लेखनशैली उत्तिकै मीठो बोली । सम्भवतः युगले पनि सबै कुरो मिलाएर श्यामप्रसादजस्तो पुरुषको निर्माण गरेको छ ।

२०५० देखि २०६१ सम्म दर्जनौँपल्ट मैले श्यामप्रसादको सान्निध्य, आत्मीयता र प्रेम प्राप्त गरेको छु । मूलतः हेटौँडामा उनलाई भेट्न सयौँ मानिस आइरहन्थे । कतिपयले कैयौँ वर्षदेखि भेट्ने इच्छा भएको बताउँथे । हामीलाई चिन्ने, माया गर्ने, धेरै कुरा सुनाउने, राजनीतिक विचार दिने, साहित्य रचना गर्न सिकाउने, साहित्यसम्बन्धी कैयौँ जिज्ञासालाई शान्त पारिदिने, कतै प्रकाशित नभएका रचना पनि सुनाउने, हाम्रो रचना पनि चाख लिएर सुनिदिने गर्नाले कतिपय ठूला मानिस भेट्न आउँदा हामीलाई निक्कै गर्वको अनुभूति हुन्थ्यो । देशका ठूला अखबार र साहित्यिक पत्रिकाहरूमा उनका अन्तर्वार्ता, लेख तथा उनीसित सम्बन्धित अरू ठूला विद्वान् र राजनीतिज्ञका संस्मरणहरू छापिएर आउँदा निक्कै खुसी लाग्थ्यो ।

श्यामप्रसाद एक महान् मानिसमा हुनुपर्ने सबै गुणले पूर्ण मानिस हुन् । यदि कोही कसैलाई आदर्श मान्छन् भने श्यामप्रसाद मेरा आदर्शका सर्वोच्च शिखर हुन् ।

मित्रनगर–१, गरुडा नगरपालिका, रौतहट


=============================================
=============================================

श्यामप्रसाद विशेष -


No comments:

Post a Comment