काठमाडौँ, २२ भदौ । प्रगतिशील लेखक सङ्घले यस वर्षको प्रलेस प्रतिभा पुरस्कार साहित्यकार विनोद मञ्जनलाई प्रदान गर्र्ने भएको छ ।
प्रलेसको पुरस्कार चयन समितिको सिफारिसका आधारमा निबन्ध, समालोचना, सम्पादन विधा र प्राध्यापन पेसामा क्रियाशील मञ्जनलाई रु १० हजारको सो पुरस्कार प्रदान गरिने महासचिव आरएम डङ्गोलले जानकारी दिनुभयो ।
चयनमा समितिमा उपाध्यक्ष डा विन्दु शर्मा संयोजक, उपाध्यक्ष खेम थपलिया र सचिवालय सदस्य आरसी न्यौपाने सदस्य रहनुभएको थियो ।
प्रलेसका पूर्व अध्यक्ष आनन्ददेव भट्टले गर्नुभएको रु दुई लाखको अक्षयकोषबाट पुरस्कार प्रदान हुँदै आएको छ । आगामी असोज ५ गते सो पुरस्कार प्रदान गरिनेछ ।
http://radionepal.gov.np बाट साभार