Wednesday, September 21, 2016

प्रलेसको ६४ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न


प्रगतिशील लेखक सङ्घको ६४ औं वार्षिकोत्सव विभिन्न समारोहका साथ सम्पन्न भएको छ । मिति २०७३ असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको सो वार्षिकोत्सव समारोहको अध्यक्षता प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलले एवम् सञ्चालन महासचिव आर. एम्. डंगोलले गर्नुुभएको थियो । प्रलेसका पूूर्व अध्यक्ष एवम् प्रलेस प्रतिभा पुुरस्कारका संस्थापक आनन्ददेव भट्टको प्रमुुख आथित्यमा सम्पन्न सो कार्यक्रमको विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेती हुुनुुहुुन्थ्यो । कार्यक्रममा सहभागी सबैलाई संस्थाको तर्फबाट केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीले धन्यवाद ज्ञापन गर्नुुभएको थियो । कार्यक्रममा प्रा. रमेशप्रसाद भट्टराईले ‘प्रगतिशील लेखनका चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि प्रा.डा. श्रीधर गौतम एवम् हेमनाथ पौडेलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रलेस पत्रिकाको दशौं राष्ट्रिय सम्मेलन विशेष अंक २२ को विमोचन प्रमुुख अतिथि आनन्ददेव भट्टले गर्नुुभएको थियो । 

वार्षिकोत्सव समारोहमा प्रलेस प्रतिभा पुुरस्कार २०७२ बाट निबन्धकार, समालोचक विनोद मञ्जनलाई सम्मानित गरियो । सो समारोहमा प्रमुुख अतिथि आनन्ददेव भट्टले सम्मानित प्रतिभा मञ्जनलाई सम्मानपत्र, माला एवम् रु १०,००१÷– प्रदान गरेर सम्मानित गर्नुुभएको थियो । सम्मानित प्रतिभा मञ्जनले आफूू पुुरस्कार पाए पनि नपाए पनि साहित्य लेखनमा लागिरहने बताउनुुभयो । उहाँले प्रलेस जस्तो विशिष्ट संस्थाबाट पुरस्कार पाउने आफ्नो जीवनको महत्वपूूर्ण क्षण भएको विचार समेत व्यक्त गर्नुुभयो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुुलपति गंगाप्रसाद उप्रेतीले प्रलेसले नेपालको साहित्यिक आन्दोलनमा विशिष्ट योगदान दिएको र यस संस्थाले प्रगतिवादी नेपाली साहित्यको विकासमा पु¥याएको योगदानले नेपाली सांस्कृतिक आन्दोलनले प्रगति गरेको विचार व्यक्त गर्नुुभयो । उहाँले पञ्चायती निरंकुुशताकालमा प्रलेस केही सुुस्ताए पनि प्रगतिवादी लेखन भने गतिवान भएको बताउनुु भयो । कार्यक्रमका प्रमुख अतिथि प्रलेसका पूूर्व अध्यक्ष एवम् प्रलेस प्रतिभा पुुरस्कारका संस्थापक आनन्ददेव भट्टले आफूूले नेपालको साहित्यिक सांस्कृतिक आन्दोलनमा प्रलेसको प्रगतिको चाहना राखेको बताउँदै नयाँ नयाँ प्रतिभाले नेपाली प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलनमा दिएको योगदानको प्रशंसा गर्नुुभयो । आफूूले आफ्नो जीवनमा असल कार्य गरेर बाँच्न चाहेको र अगामी दिनमा पनि नेपाली समाजको प्रगति एवम् सामाजिक न्यायका पक्षमा लागिरहने प्रतिबद्धता जाहेर गर्नुुभयो । कार्यक्रममा प्रलेसका निर्वतमान अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा. अमर गिरी एवम् अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारीले आफ्ना सारगर्भित मन्तव्य राख्नुुभएको थियो ।कार्यक्रममा वरिष्ठ कवि सुलोचना मानन्धरले कविता र गीतकार नमुना शर्माले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम करिब ४ घण्टासम्म चलेको थियो ।  



========================================
कार्यपत्र 

प्रगतिशील लेखक सङ्घका चुनौतीहरू
रमेश भट्टराई
१. पृष्ठभूमि
आज विश्व पुँजीवादको एकछत्र दबदबा र दमनले विश्व कम्युनिस्ट आन्दोलन नै रक्षात्मक अवस्थामा छ । बीसौँ शताब्दीको अन्तिम दशक नै त्यस्तो समय हो, जसमा पुँजीवाद निश्चित रुपमा विजयोत्सव मनाइरहेको थियो र  भूमण्डलीकरण र नवउदारवादका नाममा आफ्नो  साम्राज्यवादी एकाधिकार कायम गर्दै थियो । पुँजीवादको प्रतिरोधी दर्शन  र राजनीति माक्र्सवादमा सङ्कट र चुनौती पैदा भएको थियो । सोभियत सङ्घको विघटनपश्चात् पुँजीवादीहरूले संसारबाट विचारधाराको अन्त्य भएको घोषणा गरेका थिए । समाजवादी शिविरमा देखा परेका सङ्कटले माक्र्सवादलाई चुनौतीको अवस्थामा पु¥याएको थियो । एक्काइसौँ शताब्दी लाग्दा नलाग्दै पुँजीवाद आफैँ सङ्कटमा फस्यो र संसारका विभिन्न स्थानमा माक्र्स र माक्र्सवादी पुस्तकको खोजी र पठन प्रारम्भ भयो । महामन्दीका कारण युरोप र अमेरिकामा देखापरेको आर्थिक सङ्कट  नै पुँजीवादको चुनौतीको रूपमा उभिएको थियो र त्यसले कुनै पनि समयमा पुँजीवादको अन्त हुने र समाजवादको आगमन हुने सङ्केत गरेको थियो ।
पुँजीवादी समाजमा देखापरेको यस यथार्थलाई नेपाली सन्दर्भमा केही भिन्न रूपमा विश्लेषण गर्नुपर्ने हुन्छ । विश्व पुँजीवादको उदाउँदो अवस्थाकै चरणमा नेपालमा जनयुद्ध भयो र यसले नेपाली समाजको वर्ग सङ्घर्षलाई मूर्त रुपमा प्रस्तुत  ग¥यो । नेपालमा २०६२÷६३ सालमा भएको अभूतपूर्व आन्दोलनमा कम्युनिस्टहरूको सर्वाधिक सशक्त उपस्थिति रह्यो भने यसले नेपाली सामन्तीतन्त्रको अन्त्य गर्दै गणतन्त्रको आगमन गरायो । नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू तथा देशभक्त र गणतान्त्रिक शक्तिको यस एकताको कम्युनिस्ट आन्दोलन तथा जनताको उज्यालो भविष्यको सङ्केत गरेको विचलन र विघटन प्रारम्भ भयो । शत्रुसँग एकताबद्ध भएर सङ्घर्ष गर्नुपर्ने क्षणमा आफैँभित्रको लडाइँ तिव्र बन्यो भने पार्टीहरूका बिच आरोप र प्रत्यारोपका शृङखलाहरू प्रारम्भ भए । संसद र सडकमा समेत ठूलो उपस्थिति रहे पनि विभिन्न धारा र उपधारामा विभाजित वामपन्थी  शक्तिमा एकता सम्भव भएन । जसले गर्दा संसदमा समेत वामपन्थी र क्रान्तिकारी शक्तिको उपस्थिति कम भयो भने जनता र बौद्धिक वर्गमा एक प्रकारको निराशाको अवस्था समेत सिर्जना भयो । वर्तमान समयमा नेपाली वाम एकताको नवीन शृङ्खला प्रारम्भ हुने सङ्केत देखिए पनि त्यो पूर्ण आशा लाग्दो भने छैन । टुटफुट, गुट र उपगुटका कारण हामी शत्रुसँग भन्दा आफैँसँग लडिरहेको अवस्था छ । त्यति भएर पनि नेपाली धर्तीमा लाल झन्डाको फर्फराईमा निरन्तरता छ र यसले भविष्यको आशावादी सचेतनालाई प्रस्तुत गरेको छ । प्रलेसको यो गोष्ठी पनि यही राजनीतिक र वैचारिक पृष्ठभूमिमा आधारित छ ।

२. प्रगतिशील लेखक सङघ र वर्तमान अवस्था
२००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घले लगभग साढे छ दशकको यात्रा पुरा गरेको छ । साढे छ दशक एकजना मनिसको जीवनको उत्तरार्धसम्मको यात्रा हो भने सङ्गठनको जीवनमा पनि यो सानो समय होइन । सामन्तवाद र साम्राज्यवादको प्रतिरोधको गाथा बोकेको यस सङ्घले इतिहासका खास खास चरणमा महान् स्रष्टाहरू जन्माएको छ र तिनको नेतृत्व पनि प्र्राप्त गरेको छ । श्याम प्रसाद, रमेश विकल, मोदनाथ प्रश्रित, पारिजात, केवलपुरे किसान, किरण (चैतन्य), आनन्ददेव भट्ट, गोविन्द भट्ट, निनु चापागाई, कृष्णसेन इच्छुक, विमल निभा, नारायण ढकाल, धनश्याम ढकाल, आहुति, ऋषिराज बराल, भवानी घिमीरे, नारायण शर्मा, दिल साहनी, द्रोणाचार्य क्षेत्री, रमेश, रायन, मञ्जुल, विष्णु प्रभात, अमर गिरी लगायत तत्कालीन अवस्थाको सांस्कृतिक वैचारिक व्यक्तित्वको जन्ममा यसले महत्त्वपूर्ण भूमिका निर्वाह ग¥यो । यी नाममध्ये कतिपयमा वैचारिक पलायन र स्खलन देखिए पनि प्रगतिवादी धाराको उल्नयन र विकास तथा गतिशीलतामा यिनको योगदान अविष्मरणीय छ । यी केही प्रतिनिधि नामका अतिरिक्त हजारौँका सङ्ख्यामा रहेका सर्जक साहित्यकारका सिर्जना तथा लेखनले नेपालको प्रगतिवादी आन्दोलनको अग्रगतिलाई प्रस्तुत गरेका छन् । 

यस्तो गौरवशाली अतीत रहँदा रहँदै पनि नेपालको वाम आन्दोलनमा देखिएको टुटफुटको प्रभाव यस आन्दोलनमा परेको छ । कम्युनिस्ट पार्टीहरूको ध्यान प्रलेसको विकास र विस्तारमा जान सकेको छैन र यसको मुख्य कारण हरेक पार्टीका सांस्कृतिक सङ्गठनको क्रियाशीलता पनि हो । हुन त ठूला साना सबै कम्युनिस्ट पार्टीका सांस्कृतिक सङ्गठन क्रियाशील छन् र त्यसमा साहित्यकार, सांस्कृतिकर्मी र बुद्धिजीवीहरु संलग्न छन् । त्यति भएर पनि ती सङ्गठन मूलतः सहर र त्यस वरिपरिमा क्षेत्रमा मात्र सीमित छन् भने तिनले जनताको ठूलो हिस्साको ध्यान आकर्षित गर्न सकेका छैनन् । वास्तवमा यस्ता सङ्गठन जनमुखी हुनुपर्ने हो र तिनले साहित्य र संस्कृतिलाई जनताको ठुलो हिस्सामा पु¥याउने तथा लोक जीवन र लोककलालाई पुनर्जीवित गर्दै जनताका मनमा क्रान्तिकारीहरूको आत्मीय भाव जागृत गर्न सक्नुपर्ने हो ।  जनतामा सङ्गठनको  छाप र प्रभाव विकसित गर्ने कार्यमा यिनको भूमिका न्यूनप्राय रहेको छ भने जनताको ठूलो समूह यी सङ्गठन र तिनको प्रभावबाट अलग रहेको छ । विगत दश वर्ष यताको साङ्गठनिक र आन्दोलनगत शिशिलताले त यस्ता सङ्गठन पार्टीको खास दायरामा सीमित छन्  । व्यापक स्तरमा लेखक र लेखनकर्म तथा संस्कृति र संस्कृतिकर्मीलाई विकास गर्न नसक्दा पार्टी नजिकका सांस्कृतिक सङ्गठन विचार, चिन्तन, सङ्घटन  र सङ्घर्षको कामबाट टाढिएका जस्ता देखिन्छन् भने हिजोको जनसङ्गठन र जनसङ्घर्ष तथा सिर्जना र अभ्यासबाट समेत टाढिएका जस्ता देखिएका छन् । त्यसमा पनि पार्टीहरुको सरकार गमनले त लेखक र संस्कृतिकर्मीलाई सत्ताको स्वीकृति, सम्मान, पद, पुरस्कारमा सीमित गर्न थालेको छ भने पाठक र श्रोताका उद्देश्य र चाहनाअनुरूपको सिर्जनामा पनि ह्रास आएको छ । यसको उदाहरणमा रूपमा प्रगतिशील आन्दोलनका विद्यमान एक दशकको अवधिमा देखिएको सिर्जनात्मक कमी, विचारको स्खलन र असामजास्य तथा जनता र लेखकका बिचको दूरीलाई लिन सकिन्छ । यस दृष्टिले वर्तमानको प्रगतिशील लेखन र प्रगतिशील लेखक सङ्घ पनि चुनौतीको अवस्थामा रहेको  स्पष्ट हुन्छ ।
प्रगतिशील लेखक सङ्घ वास्तविक अर्थमा बुद्धिजीवीहरुको सङ्गठन हो । यसमा सङ्गठित लेखक वर्ग चेतनाका दृष्टिले सचेत हुन्छ भने सामाजिक सचेतनाका दृष्टिले प्रतिबद्ध हुन्छ । सामान्य दृष्टिमा जसको दिमाग हुन्छ उसँग बुुद्धि हुन्छ र यस अर्थमा समाजमा सबै मानिस बुद्धिजीवी नै हुन्छन् । यति भएर पनि सबै मानिस बुद्धिजीवी होइनन् र बुद्धिजीवीमै पनि परम्परागत वा पेशेवर र जैविक गरी दुई श्रेणी रहन्छन् । डाक्टर, वैज्ञानिक, प्राध्यापक जो पेसामा हुन्छन् र उनीहरु पेसासँग मात्र आवद्ध रहन्छन् वर्गीय रुपमा उनीहरुले विशेषतः उच्च वर्गको सेवा गरिरहेका हुन्छन् । जैविक बुद्धिजीवी कुनै वर्ग संरचनामा आवद्ध हुन्छ र वर्ग प्रतिबद्धताका दृष्टिले पनि कुनै सामाजिक वर्ग र सङ्गठनमा आबद्ध भई वर्ग विभेदका विरुद्ध सङ्घर्षशील हुन्छन् र यी पेसामा हुन् र नहुन पनि सक्छन् । आन्तोनियो ग्राम्चीको बुद्धिजीवी सम्बन्धी मान्यता प्रलेसमा पनि लागु हुन्छ । लेखक सङ्घका सबै सदस्य वर्ग र सङ्गठनसँग आवद्ध हुन्छन् र त्यही अनुसार लेख्ने र व्यवहार गर्ने गर्दछन् भन्ने मान्यता यसको हो । यही नेर विचारणीय कुरा के छ भने हामी यस दृष्टिकोणले साँचै खरो उत्रेका छौँ त ? विगतका लेखकीय पुस्ताकै  सापेक्षतामा  विचारधारात्मक प्रतिबद्धताबाट डोरिएका छौँ  त ? हामी लेखन कर्म र जीवन व्यवहारमा जनताबाट कति नजिक छौँ त ? समाजका निम्न वर्ग, उत्पीडित महिला, दलित, जातजातिका पीडामा कति एकाकार छौँ त ? यी र यस्ता प्रश्नले हामीलाई कति घचघच्याएको छ त ? समाज बोध र त्यसको रुपान्तरणको चेतना हामीमा कति प्रवल छ ? हामीले लेखक सङ्घ वरिपरि कति र कस्ता मानिसलाई सङ्गठित गरिरहेका छौँ ? जस्ता प्रश्न हाम्रा अगाडि उभिन्छन् । जब हामी यी प्रश्नलाई अघि राखेर हेछौँ तब हाम्रा अगाडि लेखन र लेखक सङ्घका चुनौती पहाड भएर उभिन्छन् । जसलाई तल भिन्न भिन्न शीर्षकमा प्रस्तुत गरिएको छ ।

२. प्रलेसका चुनौतीगत पक्षहरु

क) इतिहासबोधको अभाव
नेपाली जनताको वास्तविक अवस्थाको बोध नै इतिहासबोध हो । इतिहासबोधको एउटा पक्ष शासकसँग सम्बन्धित छ र दोस्रो पक्ष देशका आम जनतासँग सम्बन्धित छ । नेपालकमा कम्युनिस्टहरु पटक पटक सरकारमा गएको अवस्था छ र त्यसलाई सत्ता हो कि सरकार हो भनी छुट्याउन नसकेको स्थिति पनि छ । त्यति भएर पनि इतिहासबोधको मूल पक्षका रुपमा रहेको पक्षधरताको सवालमा लेखक र लेखक सङघ विमुख जस्तै देखिएको छ । नेपालमा गरिबीको कारण किसानले गरेका आत्महत्या, महिला पीडा, हत्या र बलात्कार, दलित उत्पीडन र हत्या, खाडी तथा अन्य मुलकमा गएका युवाको संवेदना , मृत्यु र पारिवारिक विघटन, दुर्घटनाका कारण हुने मृत्यु, भूमण्डलीकरण र नवउदारवादका नाममा हुने पुँजीवादी शोषण जस्ता अनन्त समस्या जनताका समस्याका रुपमा रहेका छन् र यसका लागि जनताको मुिक्तसँग गाँसिएको विचारधारात्मक र राजनीतिक विषयलाई व्यवस्थित गर्नु पनि आवश्यक छ । यी र यस्ता समस्याको बोध नै इतिहासबोध हो । प्रगतिशील लेखक सङ्घले यस्ता समस्या चिन्ने र तिनका बारेमा दृष्टिकोण बनाउने, अनुसन्धान गर्ने, विचारधारा निर्माण गर्ने, महिला, दलित, आदिवासी, जनजाति, उत्पीडित वर्ग र क्षेत्रका समस्याको विश्लेषण गर्न सक्नु पर्दछ । तर आजसम्म हाम्रो ध्यान जनताका यी सूक्ष्म विषयमा जान सकेको छैन । यी समस्या खोज्ने, यिनका विषयमा सिर्जनाका माध्यमबाट दबाब दिने, विमर्शको निर्माण गरी जनतालाई सङ्गठित गर्ने जस्ता विषय प्रलेसका खोजीका विषय हुन् । यस्ता समस्या पार्टीविशेषका समस्या नभई सबै प्रगतिशील लेखकका इतिहासबोधका विषय हुन् । इतिहासबोधको सोझो सम्बन्ध प्रतिरोध सँग छ र जहाँ हामी प्रतिरोध गर्दैनौ त्यहीँ चुनौतीमा पनि फँस्छौ । आजको पुँजीवादको शोषण जनता मास्ने प्रकृतिको छ र त्यही कारण नेपाली जनता मृत्यु संवेदनामा बाँचेको छ । गरिबीको अन्त्य नभएर गरिबको अन्त्य गर्ने पुँजीबादी र सामन्ती शोषणको अन्त्य विरुद्धको बोध र सङ्घर्षबाट हामी विमुख जस्ता भएका छौँ र प्रलेस पनि त्यसका विरुद्धको प्रतिरोधी चेतना सिर्जना गर्न नसकेको सत्यलाई आत्मसात् गर्नै पर्दछ ।

ख) चिन्तन र विचारधाराको चुनौति
चिन्तन र विचारधाराको सामान्य तात्पर्य सामाजिक र ऐतिहासिक चेतना हो । त्यस चेतनाको बोध उन्नत वैज्ञानिक दर्शनका रूपमा विकसित माक्र्सवादी चेतनाले मात्र गर्न सकिन्छ । यही आधारमा लेखक सङघको नाम पनि प्रगतिशील लेखक सङ्घ रहेको स्पष्ट हुन्छ । वास्तवमा प्रगतिशील लेखक सङ्घ विचारप्रति प्रतिबद्ध लेखकहरुको सङ्गठन हो र यसमा सामन्तवाद र साम्राज्यवाद विरोधी लेखकहरु सङगठित हुन्छन् । इतिहासको निकै लामो काल खण्डसम्म प्रलेस विचारप्रति प्रतिबद्ध लेखकहरुकै सङ्गठनका रुपमा रहेको थियो । माक्र्सवादलाई अग्रगामी र क्रान्तिकारी विचारधारा मानेर साहित्य सिर्जना गर्ने काममा यी लेखकहरुको भूमिका अग्रणी रह्यो । यस सत्यका विपरीत नेपालमा अहिले माक्र्सवादी हुनु भनेको नेपाली समाजमा हिन्दू हुनु जस्तै भएको छ । माक्र्सवादी पार्टी र लेखक सङ्घमा जोडिनासाथ कुनै एक व्यक्ति माक्र्सवादी प्रतिबद्धता  र विचाराधारा नभए पनि प्रगतिशील भइहाल्छ र त्यसअनुरुपकै  प्रवृत्तिका कारण माक्र्सवादी हुनु पनि हिन्दू हुनु जस्तै भएको छ भनिएको हो । वर्ग दृष्टि नभए पनि, उत्तर आधुनिकतावादी भए पनि स्वतः प्रगतिवादी भई हाल्ने प्रवृत्तिले चिन्तन र विचारधारामा कमजोरी आएको छ । बिहानभरि पूजाआजा गर्ने, दिउँसो चन्दन र टिका लगाएर वा श्राद्ध सम्पन्न गरेर प्रगतिवादी गोष्ठीमा सहभागी हुने तपाई हामीमध्ये नै छौँ ।  माक्र्सवादी चिन्तन र विचारधाराले पूर्ण व्यक्ति सबै प्रकारका रुढि र अन्धविश्वासबाट मुक्त भई चिन्तनका क्षेत्रमा सक्रिय हुन्छ । यस बाहेक वर्गदृष्टि नभएका समाजवादको महास्वप्न नदेख्ने वा साम्यवादप्रति आशावादी नहुने, प्रतिबद्धता र पक्षधरताप्रति उदासीन हुने वा विरोध गर्ने लेखक पनि प्रलेसको सदस्य हुनु र उनीहरु कुनै पनि किसिमले रुपान्तरित नहुनु प्रलेसको चुनौतीको विषय हो ।

ग) उपभोक्तावादी दृष्टिकोण
विश्व पुँजीवाद वर्तमानमा भूमण्डलीकृत पुँजीवादका रुपमा परिचित छ र नेपालमा सन् १९९० को दशकपछि नवउदारवादका नाममा भूमण्डलीकृत पुँजीवादले प्रवेश पाएको छ । निजीकरणका नाममा आएको यो पुँजीवाद साम्राज्यवादको नयाँ नाम हो भने पुँजीवादी भूमण्डलीकरणले जबर्जस्त बजारवादलाई प्रश्रय दिएको  अवस्था छ । संसारभरि नै लुटको शासन सञ्चालन गर्ने र विश्व पुँजीको शोषण र दोहन गर्ने भूमण्डलीकरणको प्रभाव सांस्कृतिक पक्षमा पनि परेको छ । एकातिर दमन र शोषण तथा अर्कोतिर सम्मोहन र चित्त विजय अभियान सञ्चालन गर्ने पुँजीवादले बजारवाद र उपभोक्तावादलाई बढावा दिएको छ । शिक्षा, साहित्य, कला, सञ्चारका माध्यमबाट मानिसको मन र मस्तिष्क कब्जा गर्ने सांस्कृतिक साम्राज्यवादले नेपाली लेखक साहित्यकारलाई पनि प्रभावित पारेको छ र प्रगतिशील लेखकहरु पनि त्यसमा रमाएको  अवस्था छ ।

वास्तवमा पुँजीवादको आधार नै भोग वा उपभोग हो । यही आधारमा पुँजीवादले विभिन्न साधन तथा उपकरणका माध्यमबाट भोग र उपभोगलाई बढाउने काम गरिरहेछ । टेलिभिजन च्यानल र विज्ञापन यसको केन्द्रमा छ भने इन्टरनेट सञ्जालका माध्यमबाट पनि यसले तपाई हाम्रो मनमस्तिष्क खिच्ने काम गरेको छ । यसरी आकांक्षा र प्रतीक्षाको मायालोकको रचना गर्दै भोग वा उपभोगको आकाङ्क्षा पैदा गर्ने र त्यसलाई पुरा गराउने नाममा प्रतीक्षा गराउने चरित्र उपभोक्तावाद हो । यस उपभोक्तावादले नै साहित्यलाई पनि बजारमा पु¥याएको छ र साहित्यकार र पाठकलाई पनि उपभोक्ता बनाएको छ । त्यसैले आज साहित्यकार उत्सवकर्मी भएको  छ र साहित्य बजारवादी बनेको छ । प्रगतिशील लेखकहरु उत्सवमुखी, मेलामुखी र बजारमुखी बनेका छन् । जसले गर्दा सहरी मध्यम वर्गीय लेखकको ठूलो हिस्सा नेपाली समाजको गरिबी, उत्पीडन, दमन र त्यसको प्रतिरोधका पक्षमा लेख्ने कुराबाट विमुख हुँदैछ । नेपाली साहित्यमा देखिएको अधिकतम सहरीकरणको आज लेखकहरु जनताको जीवन, शोषण, निम्न वर्गीय समाजमा पीडा, जोखिम र समस्या, दलित चित्रण, महिला चित्रण, आदिवासी र जनजाति उत्पीडन, सुकुम्वासी समस्या जस्ता विषयभन्दा अन्य विषयको चित्रण गर्ने र बजारको माग अनुसारको साहित्यको वकालत गर्दै हिँड्ने अवस्था सिर्जना भएको कुरातर्फ आकर्षित भएका छन् । प्रगतिवादी साहित्य लेखनमा पनि यस उपभोक्तावाद  र बजारवादले प्रवेश पाएको छ भने हामी पनि एनसेल फेस्टिबल लगायत विभिन्न मेलामा रमाउँछौ र पुँजीवादले सिर्जना गरेको बजारवाद र उपभोक्तावादमा विरुद्ध सङ्घर्ष र प्रतिरोध गर्ने अवस्थाबाट टाढा पुग्न सक्छौँ । त्यसैले प्रतिरोधी सचेतना र इतिहासबोधको नयाँ आयाम सिर्जना गर्न उपभोक्तावादी सोचबाट मुक्त गर्ने र जनताको वास्ताविक जीवनसँग जोडिनुभन्दा विमुख हुने प्रवृत्तिले प्रगतिशील लेखक सङ्घ यसमा आबद्ध लेखकलाई पनि गाँज्न सक्ने खतरा प्रलेसको चुनौती हो ।

घ) प्रतिबद्धताको ह्रास
प्रतिबद्धता लेखकको सामाजिक दृष्टि, त्यसलाई अघि बढाउने राजनीतिक दृष्टि र यसलाई लेखनमा व्यक्त गर्ने रचना कला वा रचना दृष्टि पनि हो । वास्तवमा प्रतिवद्धतालाई माक्र्सवादी प्रतिवद्धताकै रुपमा लिइन्छ र कतिपय अवस्थामा यो पार्टी प्रतिबद्धताका रुपमा पनि मुखरित हुन्छ । हाम्रो जस्तो दर्जन बढी कम्युनिस्ट पार्टी भएको देशमा पार्टी बाहिर पनि प्रतिबद्ध  लेखकहरुको सम्भावना रहनु अस्वाभाविक होइन । वास्तवमा लेखकको समय बोध, राजनीतिक दृष्टि र विचारधाराले नै प्रतिबद्धतालाई अघि बढाउँछ । यस आधारमा नेपाली जीवन र समाजलाई बुझ्ने र त्यसको व्याख्या गर्ने र बदल्ने चेतनासँग प्रतिबद्धतालाई जोड्नुपर्दछ । माक्र्सवाद नै त्यस्तो शक्तिशाली दर्शन हो जसले प्रतिबद्धताको तात्पर्य कुनै अमुक पार्टीप्रतिको प्रतिबद्धता नभएर जनताप्रति प्रतिबद्ध भई रचना वा सिर्जना गर्ने भन्ने हो । माक्र्सवादी प्रतिबद्धतालाई पार्टी प्रतिबद्धतासँग जोड्दा गल्ती पनि हुन्छ भन्ने अर्थमा नै लेखक माक्र्सवादसँग प्रतिबद्ध हुनुपर्छ भनिएको हो । पार्टी प्रतिबद्धतालाई मात्र प्रतिबद्धता मान्दा एउटा जटिल समस्या पैदा हुन सक्छ किनभने नेपालका सबै कम्युनिस्ट पार्टी सही नै छन् र यिनीहरु माक्र्सवादी प्रतिबद्धता अनुसार नै चलेका छन् भन्ने आधार प्राप्त गर्न कठिन छ । त्यस्तै कुनै पार्टी कुनै समयमा ठिक र कुनै समयमा बेठिक हुने समस्या पनि छ यासो गर्दा प्रतिबद्धतालाई माक्र्सवादी प्रतिबद्धताका रुपमा लिँदा नै त्योे सही रुपमा व्यक्त हुन्छ । यति भएर पनि प्रतिबद्धतासँगै सम्बद्धता र आबद्धता पनि आउँछन् । सम्बद्धताको तात्पर्य पनि समय र समाजसँगको सम्बद्धता हो भने कुनै पनि लेखक परिवार, परिवेश र समाजसँग आबद्ध हुनै पर्छ भन्ने हो । 
वास्तवमा प्रतिबद्धताले नै सिर्जनालाई शक्तिशाली र महान् बनाउँछ । प्रगतिशील आन्दोलनले पनि जुन लेखकले जुन समयमा प्रतिबद्धताका साथ लेख्यो त्यसैलाई महान् बनाएको छ भने प्रतिबद्धता खस्किनासाथ त्यस्ता लेखकको लेखकीय महानतामा पूर्ण ह्रास आएको अवस्था छ । वर्तमानमा प्रगतिशील लेखक सङ्घको चुनौती भनेको पनि प्रतिबद्धताको ह्रास नै हो । कुनै पनि लेखक जब पुरस्कारका पछि लालायित भएर दौडन्छ, त्यसका लागि मरिहत्ते गर्छ, पद र पुरस्कार उसको लक्ष्य बन्छ, सत्ता सुख वा मोजमा रमाउँछ प्रतिबद्धतामा ह्रासको प्रकृया त्यहीबाट सुरु हुन्छ । माक्र्सवादी विद्वान्हरुका दृष्टिमा पनि प्रतिबद्धता र भौतिक सुखका स्थितिका बिच द्वन्द्व हुन्छ र त्यो सामाजिक हित वा व्यक्तिगत सुख भन्ने विषयबाट प्रकट हुन्छ । यस दृष्टिले नोपलमा लेखकहरु र लेखक सङ्घमा देखिएको चुनौतीका रुपमा यसलाई लिनुपर्छ । एकातिर जनताको कुरा र अर्कोतिर सत्ता सुख विरोधाभासी हुन्छन् भन्ने माक्र्सवादी सत्यलाई हामीले स्वीकार गर्नैपर्छ । हाम्रो चिन्ता सत्ता सुख वा व्यक्तिगत प्राप्तिले प्रतिबद्धतालाई खलबल्याउनु हुन्न भन्ने हो र यो वास्तविक सत्य पनि हो । नेपाली समाज तथा माक्र्सवादी राजनीति एवम् रचना दृष्टिमा आउने स्खलनका कारण प्रतिबद्धतामा आउने ह्रासलाई बोध नगर्ने  समस्या पनि प्रगतिशील लेखक सङ्घको वर्तमानको चुनौतीका रुपमा देखिएको छ ।

ङ) साँस्कृतिक विचलन
प्रगतिशील लेखक सङ्घ भौतिकवादी चिन्तनप्रति आस्थावान लेखकहरुको सङ्गठन हो । यस्ता सङ्गठनका निश्चित साँस्कृतिक मूल्य हुन्छन् र लेखकहरुले त्यसलाई स्वत ः आत्मसात् पनि गनुपर्ने हुन्छ । विडम्बना र सत्य नै मान्नुपर्छ, हामी हाम्रा प्रगतिशील साँस्कृतिक मूल्य र मान्यताबाट धेरै अर्थमा च्युत भएका छौँ । फेसबुकमा देखिने वर्तमान दृश्यले पनि हामी कता पुग्यौँ र के गर्दैछौँ भन्ने कुराको बोध हुन्छ । पूजा र पाठ, धर्म र रुढि हाम्रा दिचर्या भएका छन् भने प्रगतिशील भएर पनि लम्पट , दुराचारी र बेइमान हुनु हाम्रा समाचार भएका छन् । भोटको राजनीति तथा त्यसको दुष्प्रवृत्ति प्रलेसमा पनि प्रकट भएको छ । जसले गर्दा हाम्रा साँस्कृतिक विचलनका अनगिन्ती उदाहरण हाम्रा सामु उपस्थित भएका छन् । बोक्सी प्रथा, दलित उत्पीडत, महिला उत्पीडनमा समेत प्रगतिशीलहरुको नाम आउनु डरलाग्दो साँस्कृतिक विचलन हो र साँस्कृतिक शुद्धीकरणको अभाव पनि हो । यसले प्रगतिशील आन्दोलनलाई कमजोर बनाएको छ भने कुनै पार्टीको सदस्यता प्राप्त गर्नासाथ लेखक सङ्घको सदस्य हुने, लेखकीय गरिमा र दायित्वको बोधलाई उपेक्षा गर्ने, कुनै राजनीतिक पार्टीका आडमा साँस्कृतिक विचलनकै अवस्थामा बचाउ गर्ने  दुष्प्रवृत्ति आन्दोलनका निम्ति बाधक प्रवृत्ति हुन् । प्रगतिशील लेखक सङ्घलाई स्रष्टाहरुको केन्द्र बनाउने हो भने यसलाई साँस्कृतिक विचलनको अवस्थाबाट मुक्त गर्नुपर्छ र प्रतिबद्ध र रचनाधर्मिताका दृष्टिले सक्षम लेखकलाई स्थान दिने र आन्दोलनलाई गतिका साथ  अगाडि बढाउनु पर्छ ।  बाम आन्दोलनका विकृतिको प्रभाव प्रलेसमा पर्नु स्वभाविक भए पनि त्यसबाट मुक्त हुँदै प्रलेसलाई वास्तविक प्रलेस जस्तो बनाउनु पर्ने चुनौती पनि हाम्रा सामु छ ।


च) सिर्जनात्मक हस्तक्षेपको अभाव
वर्तमान नेपाली समाज र राजनीति गहिरो सङ्कटमा छ भने राष्ट्रियतासम्बन्धी बहस पनि उत्कर्षमा रहेको छ । नेपाली समाजमा गणतन्त्र आए पनि र संविधान निर्माण भई कायान्वयनमा रहे पनि जनताको अनुभवमा नेपाली समाज निकै चुनौतीपूर्ण अवस्थामा छ । राजनीतिक र आर्थिक मात्र नभई साँस्कृतिक सङ्कट पनि हाम्रा सामु छ र यसको प्रतिकूल प्रभाव जीवन, चिन्तन र सिर्जना÷रचनामा पनि परेको छ । यसको प्रतिविम्वन साहित्यमा पनि छ । यस्तो सङ्कटका चरणमा हाम्रो सिर्जना कमजोर प्रतीत भएको छ भने त्यसले सिर्जन प्रक्रियाले पनि निरन्तरता मात्र प्राप्त गरेको अवस्था छ । भूमण्डलीकरणले सिर्जना गरेको बजारवादी तानाशाहीका विरुद्ध हाम्रा कवि, निबन्धकार, उपन्यासकार, नाटककार आदिको ध्यान पुगेको छैन । हामी कुनै किनारामा हराएका यात्री जस्ता भएका छौँ । देशमा बामपन्थीको सरकार छ भन्ने हुँदा हुँदै पनि किन सामाजिक आर्थिक अवस्था झन् जटिल बन्दैछ ? किन मान्छे आत्महत्या गर्न विवश छ ? विदेश पलायन किन रोक्न सकिन्न ? किन महिलो भेदभाव र बलात्कार झन् बढ्दो छ ? जनजाति र मधेसका समस्या किन समाधान हुन सकेका छैनन् ? यी प्रश्नमा हाम्रा सिर्जना कति छन् र किन हामी योजनाका साथ सिर्जनात्मक अभियानमा सहभागी हुन सकिरहेका छैनौँ भन्ने प्रश्नले हाम्रो चुनौतीलाई सङ्केत गर्छ ।

प्रगतिवादी लेखकहरुको समूह सानो छैन । सयौँको सङ्ख्यामा लामबद्ध प्रगतिशील लेखकहरुको पङ्क्तिले हामीलाई उत्साह प्रदान गर्छ भने तिनको ऊर्जाले गति प्रदान गर्छ । यसरी प्रतिभाशाली नवपुस्ताको आगमन हुँदाहुँदै पनि हामीले तिनको ऊर्जालाई सिर्जनात्मक हस्तक्षेपमा प्रयोग गर्न सकेका छैनौँ । नयाँ पुस्ताको आगमन सुखद भए पनि त्यो छिरलिएको अवस्थामा छ । यसका लागि शिक्षण प्रशिक्षण पठन संस्कृति तथा रचनात्मक तिख्खरता निर्माणका अभियान सञ्चालन गरिनु पर्दछ । यसो गरे मात्र हामी सिर्जनात्मक हस्तक्षेप बढाउने र विरोधी धारको बजारवादी अभियानसँग लड्न सक्छौँ । प्रलेसले यसलाई पनि चुनौतीका रुपमा लिँदै योजना निर्माण गर्नु आवश्यक छ ।

छ) उत्तर आधुनिकतावादको भ्रम
नेपालमा उत्तर आधुनिकता बारेको बहस प्रारम्भ गर्ने काम सर्वप्रथम प्रलेसले नै गरेको हो । साम्राज्यवादको साँस्कृतिक अभिव्यक्ति र अभियानका रुपमा माक्र्सवादका विरुद्धको प्रतिचेतना नै उत्तर आधुनिकतावाद हो । वास्तवमा उत्तर आधुनिकताले न त सामाजिक संरचनालाई महत्व दिन्छ न त वर्गलाई नै महत्व दिन्छ । यसले समावेशीको कुरा उठाए पनि सर्वहाराको कु्रालाई अस्वीकार गर्दछ र सामाजिक मुक्तिको अभियानलाई निस्तेज पार्ने प्रयास गर्दछ । वर्ग सङ्घर्ष र सामाजिक आन्दोलनलाई अस्वीकार गर्दै पाठको विश्लेषण र व्याख्यामा रमाउनु , लेखकको महत्वलाई अस्वीकार गर्नु तथा विचारधारालाई महत्व नदिनु उत्तर आधिुनकतावादका मूल पक्ष हुन् । नेपालमा के पनि भ्रम छ भने महिला, दलित, जातीय र मधेसका सवाल उत्तर आधुनिक हुन् । यथार्थमा महिला मुक्ति, दलित मुक्ति र मधेसी जनताको अधिकारको सवाल परम्परादेखि उठ्दै आएका विषय हुन् । त्यसैले महिला लेखन, दलित साहित्य जातीय साहित्यका प्रश्न पनि माक्र्सवादी प्रश्न नै हुन् । यति हुँदाहुँदै पनि उत्तर आधुनिकतावादको भ्रम गैर माक्र्सवादीहरुमा मात्र नभई माक्र्सवादी वा प्रगतिशील लेखकहरुमा पनि छ । यस भ्रमलाई चिर्ने काम गर्दै उत्तर आधुनिकतावादलाई भूमण्डलीकृत साम्राज्यवादको साँस्कृतिक तर्क नै हो भन्ने कुरा सिद्ध गर्ने र उत्तर आधुनिकतावादको वास्तविकतालाई छर्लङ्ग्याउँदै अघि बढ्ने चुनौती पनि प्रगतिशील लेखक सङ्घसँग छ ।
ज) सही समालोचकीय दृष्टिको अभाव
प्रगतिवादी हुनु भनेको जीवन शैली, चिन्तन र विचारधारालाई माक्र्सवादी रुपान्तरण गर्नु नै हो । कहिले माक्र्सवादी, कहिले उत्तर आधुनिकतावादी, कहिले रुपवादी र कहिले विचारवादी भई समालोचना गर्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा नेपाली समालोचना नै द्वन्द्वको भूमरीमा फसेको छ । वास्तवमा नेपाली प्रगतिवादी समालोचना सम्पन्न नै छ र यसको विस्तार विचार र सङ्कथन तथा शोध, कृतिकेन्द्री आलोचना, पुस्तक समीक्षा र प्रवचन समीक्षासम्म विस्तारित छ । विश्व विद्यालयका शोध, अनुसन्धनात्क रचनादेखि कृति विमोचनसम्म यस्ता प्रकारका समालोचना प्रयोगमा छन् । यति भएर पनि नेपाली समालोचना व्यवस्थित र पर्याप्त भने छैन । पत्र पत्रिकामा निस्कने दुई चार समालोचना आफैँमा पूर्ण हुन्न भने समालोचना लेख्नका लागि समय, पठन, दृष्टिकोण, समाज र जीवनको बोध आवश्यक छ । फेरि प्रगतिवादी कृतिमा मात्र प्रगतिवादी समालोचना हुन्छ भन्ने भ्रम पनि कतिपय अवस्थामा देखिन्छ । भानुभक्तदेखि मोतीराम र लेखनाथसम्मका रचनालाई प्रगतिवादी कोणबाट किन र कसरी विश्लेषण गर्ने भन्ने कुरामा हामी त्यति सचेत हुन सकेका छैनौँ । त्यस बाहेक प्रगतिशील रचनाहरुको पनि राम्रो समालोचना हुन नसकेको अवस्था छ । लेखकहरुलाई पनि समालोचकले राम्रो मात्र समालोचना गरोस् र आलोचा होइन प्रशंसाको वर्षा गरोस् भन्ने चाहना छ । यी सबै कुराको समाधानका लागि प्रलेसले बेलैमा समालोचना बारेको बहसलाई केन्द्रमा ल्याउनु जरुरी छ ।

ज) आलोचनात्मक चेतनाको कमी
प्रलेस आन्दोलनमा हिजो जति बहस र छलफल हुन्थे अहिले त्यो शून्य प्राय ः नै छ । सबैभन्दा ठूलो समस्या हामीमा पार्टीगत समस्या नै छ र आलोचनात्मक चेतका दृष्टिले हामी शून्य जस्तै भएका छौँ  । माक्र्सवाद यथार्थमा आलोचनात्मक सिद्धान्त हो र त्यस्तो आलोचना आफू, आफ्नो पार्टी वा अरु पार्टिका बारेमा पनि हुन सक्छ । पार्टीभित्र पनि कतिपय अवस्थामा नोकरशाही प्रवृित्त, नेताको केन्द्रिकता तथा शासक शासितको अवस्था सिर्जना भएको पाइन्छ । आम जनता के भन्छन् र कुनै पनि घटनामा आम जनताको राय के छ र जनताको आलोचना केमा छ त्यसका बारेमा सिर्जनालाई उताुर्न पर्दा हामी स्वतन्त्र जस्ता हुन सकेका छैनौँ । पार्टीले के भन्छ, कुनै अवसर पो गुम्छ कि, भोलि ती नेताको कार्यभाजक पो बनिन्छ कि भन्ने डर हाम्रो मनमा भइरहन्छ । वास्तवमा कम्युनिस्ट बनेकै दिन हामीले आलोचक हुने र आफ्नै कमरेडले पनि गल्ती गरेमा आलोचना गर्ने कुरामा प्रतिवद्धता जनाएका हौँ । यसलाई सङ्गठित रुपमा र व्यवस्थित गर्दै लेखक साहित्यकारमा आलोचनात्मक चेतको विकास गर्ने काम पनि प्रलेसकै दायित्व हो ।

झ) सङ्घर्ष र प्रतिरोधको प्रश्न
२०६३÷६३ पछिको दशक सङ्घर्ष र प्रतिरोधविहीन दशक जस्तै भएको छ । हाम्रा सङ्गठनहरु शिथिल छन् र समाजवाद प्राप्तिको हाम्रो दिशा गन्तव्यहीन जस्तो छ । विचारधारात्मक शिथिलता र सङ्घर्ष र प्रतिरोधमा पनि शिथिलता आएको छ । आन्तरिक र बाह्य उपनिवेशका प्रश्न जीवन्त छन् भने राष्ट्रिय शोषण र दमन यथावत् छ । नेपाली जनता महङ्गी, भ्रष्टाचार र अन्याय अत्याचारमै पिल्सिएका छन् र गरिबीको र बेरोजगारीको पीडा बोक्न विवश छन् । यस्तो अवस्थामा सङ्घर्ष र प्रतिरोधको सिर्जना गर्ने गरी गरिने रचनात्मक हस्तक्षेप पनि शिथिल बनेको छ । अतीतको वीरता र बलिदानको गाथा मात्र सुनाएर अब जनता ब्युँझने अवस्था रहेन । यसका लागि तिनका वर्तमान, साँझ विहान, उकाली ओराली तथा पीडा दुःख र त्यसका लागि गरिने सङ्घर्ष र प्रतिरोधका कथा लेख्न आवश्यक छ । प्रलेस अब सहरमा होइन गाउँ र चौतारी पुग्नु पर्छ र नवचेतनाका लागि सङ्घर्ष र प्रतिरोधको सञ्चार गर्न सक्षम हुनुपर्छ । हामीले सिर्जना र रचनाका माध्यमबाट व्युँझाउनु पर्ने जनता मूल सडकमा होइन गल्लीमा र महलमा होइन झोपडीमा छन् । हाम्रो मध्यम वर्गीय चेतना त्यसका लागि बाधक त छ नै तर त्यसलाई जनताका पक्षमा साधक बनाउँदै सङ्घर्ष र प्रतिरोधी साहित्य सिर्जना अब चुनौती जस्तै बनेको छ ।

ञ) रचना र सिर्जनाको तिख्खरता
प्रलेसको केन्द्रमा सिर्जना छ र सिर्जना विनाको लेखक सङ्घ सम्भव पनि छैन । हामीले हाम्रा सिर्जनाका बारेमा बहस चलाउने संस्कृतिको विकास गर्नुपर्छ । सिर्जनाको बहससँगै सिर्जनालाई कसरी कला र विचार दुवै दृष्टिले सुन्दर बनाउने भन्ने कुरा महत्वपूर्ण छ । प्रगतिशील लेखनको नयाँ पुस्ता उदाउँदो पुस्ताका रुपमा रहे पनि त्यस पुस्ताका लेखकहरुसँग छलफल चलाउने काम अघिल्लो पुस्ताले गर्न सकेको छैन भने तिनका रचनाको समग्र र योजनाबद्ध समीक्षा पनि हुन सकिरहेको छैन । यस बाहेक लेखनमा इच्छा राख्ने, भर्खरै लेखनमा प्रवेश गरेका लेखकलाई तालिम, गोष्ठी र छलफलको अवसर प्रदान गरी तिनको रचनात्मक हस्तक्षेपलाई बढाइनु पर्दछ । योजनाबद्ध सिर्जना र त्यसको विकास अहिले प्रलेसको चुनौतीका रुपमा रहेको छ ।

ट) पठन संस्कृतिको विकास
विगत केही समयदेखि प्रगतिशील शिविरमा पठन संस्कृतिमा खडेरी परेको कुरा चर्चामा आउने गरेको छ । पठन संस्कृतिको विकास एउटा व्यक्ति वा दुई चार जना मिलेर मात्र हुने होइन । यसलाई त संस्कृतिका रुपमा विकसित गर्नुपर्छ । त्यसका लागि राज्यलाई पनि घचघच्याउनु पर्छ र नेतादेखि जनतासम्म पनि अनिवार्य पठन कार्यक्रम चलाइनु पर्छ । प्रगतिशील लेखक भएका नाताले देशी र विदेशी रचना, दर्शन र साहित्य परम्पराको अध्ययन गर्ने वानी बसाल्न हामी सजग हुनै पर्दछ । ठेली ठेली पुस्तक पढेर ज्ञान बढाइन्छ भने याजनाबद्ध पढाइले जीवनलाई व्यवहारसँग जोड्न सहयोग गर्दछ । यस आधारमा पढाइ पनि मूलतः उद्देश्यमूलक नै   हुनु जरुरी छ ।  पढाइ पनि योजनाबद्ध र आवश्यकतामा आधारित हुनुपर्छ । अहिले विपरीत धारासँग लड्नका लागि पनि हामीले समकालीलन विश्व र साहित्य परम्परा, समकालीन रचना तथा ज्ञान एवम् माक्र्सवादी सिद्धान्त र रचनाको पठन जरुरी छ । यसरी पढिएको पठन पद्धतिले मात्र हाम्रो सिर्जना र ज्ञानलाई बलियो र प्रभावकारी बनाउँछ । नेपाली समाजको जटिल पारिवारिक जीवनका बिचमै पनि लेखकहरुलाई कसरी र किन पढ्ने भन्ने शिक्षा प्रदान गर्न सके प्रगतिशील लेखक सङ्घले आफ्नो दायित्व पुरा गरेको ठहर्छ । यसका लागि पुस्तक आलापालो, समूह पठन र छलफल, पठन आदान प्रदान तथा पढेका विषयमा समूह छलफल जस्ता कार्यक्रम चलाउनु जरुरी छ । यस दृष्टिले पठन संस्कृतिको विकास कसरी गर्ने भन्ने चुनौती पनि प्रलेसको चुनौतीका रूपमा देखिन्छ ।

ठ) सङ्गठन निर्माण र सञ्चालन
प्रलेस सबै प्रगतिवादी शक्तिहरुको साझा सङ्गठन हो । सम्मेलनका समयमा हामी नेतृत्वका बारेमा खुब छलफल गर्छौ र आफ्ना समूहका लेखकको बढी प्रतिनिधित्व होस् भन्ने अपेक्षा पनि गर्छौ तर सम्मेलन सकिएपछि हामी लगभग हराएका जस्ता हुन्छौँ । प्रलेसको यो रोग पुरानो भए पनि अझ निदान हुन सकेको छैन । जिल्लामा पनि हामी यस्ता सङ्गठन बनाउँछौ जुन लेखक सङ्गठन नभई कार्यकर्ताको उपस्थितिको केन्द्रजस्तो हुन्छ । लेखक सङ्घको गुणवत्ता र गौरवको रक्षा गर्ने गरी काम हुनु पर्नेमा त्यस्तो हुन सकेको छैन भने लेखक सङ्धमा  सङ्गठित भएका वा भइसकेका लेखकलाई समेट्ने काममा पनि उदासीनता रहेको अवस्था छ । यस बाहेक महिला लेखकलाई महत्व दिई अघि बढाउने, लेखकको समावेशी प्रतिनिधित्वमा ध्यान दिने कुरामा पनि प्रलेसमा उदासीनता रहेको छ । सबै प्रगतिशील लेखकलाई समेट्दै र नयाँ लेखकलाई जोड्दै लेखक सङ्घलाई सशक्त सङ्गठनका रुपमा अधि बढाउने चुनौती पनि हाम्रा सामु रहेको छ ।

३. समापन
प्रस्तुत पत्र प्रलेसका चुनौतीका आधारित भएको हुँदा यसमा चुनौती केही विषयलाई उठाइएको छ । वास्तवमा यी चुनौती  सीमित मात्र हुन् लेखक सङघमा अन्य चुनौती पनि विद्यमान छन् । त्यति भएर पनि हामी चुनौतीसँगै सम्भावनामा पनि छौँ । संसारमा विचारधारा, माक्र्सवाद, इतिहासको अन्यको घोषणा गरिरहँदा हामी माक्र्सवादीहरु सगरमाथामा रातो झण्डा गाड्ने अवस्थामा छौँ । यसले हाम्रा सम्भावनालाई सङ्केत गर्छ र उज्यालो भाविष्यको आशा पनि सञ्चार गर्छ । त्यति भएर पनि हामी आफैँमा आविश्वास, अनेकता र समस्याका चरणमा छौँ । यस्तो अवस्थालाई चिर्न सके नेपालको समाजवादी भविष्य सुनिश्चित छ र जनताको पक्षमा लेखिने प्रगतिशील साहितयको भविष्य पनि सुनिश्चित छ ।

==================================

कार्यक्रमका तश्विरहरु 































































































No comments:

Post a Comment