Friday, December 16, 2016

' प्रलेस परिसम्बाद कार्यक्रम' शृङ्खला - १ सम्पन्न ।

यही २०७३ साल पुस १ गते शुक्रबार प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा ' प्रलेस परिसम्बाद कार्यक्रम' को पहिलो शृङ्खला सम्पन्न भयो । यस शृङ्खलामा " जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी " विषयमा छलफल भयो । यसपटकको अतिथि वक्ता विश्लेषक राजेन्द्र महर्जनले बिबिध कोणबाट महाश्वेता देवीको जीवन र कर्मका बारेमा महत्त्वपूर्ण धारणा राख्नुभयो । प्रलेसका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको महत्त्वबारे प्रलेसका महासचिव आर. एम. डङ्गोलले धारणा राखेपछि विषयमाथि महर्जनले प्रकाश पार्नुभएको थियो । उक्त छलफलमा डा. बिन्दु शर्मा , खेम थपलिया , शोभा दुलाल, आर. सि. नेउपाने, कृष्णहरि भट्ट , राजु स्याङ्तान, गुरुङ सुसान्त,गौरी दाहाल , नरेश ज्ञवाली, चिरञ्जीवी लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण ' प्रलेस परिसम्बाद कार्यक्रम' का संयोजक पुष्करराज भट्टले गर्नुभएको थियो ।
सोही कार्यक्रममा कथाकार रोहित दाहालको नयाँ कथासङ्ग्रह ' पैतालाले थिचेको देवता ' लाई विश्लेषक राजेन्द्र महर्जन र प्रलेस अध्यक्ष मातृका पोखरेलले विमोचन गर्नुभएको थियो ।























































=========================================================



प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा २०७३ साल पुस १ गते शुक्रबार ' प्रलेस परिसम्बाद कार्यक्रम' को पहिलो शृङ्खलामा " जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी " विषयमा भएको छलफलमा अतिथि वक्ता विश्लेषक राजेन्द्र महर्जनले बिबिध कोणबाट महाश्वेता देवीको बारेमा आफना धारणा राख्नुहुँदै ।

No comments:

Post a Comment