Monday, June 19, 2017

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - ६ सम्पन्न ।

प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने 'प्रलेस परिसम्वाद कार्यक्रम' को छैठौं  शृंखला २०७४ साल असार २  गते  प्रलेसको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भयो ।  'नेपाली कथा लेखनका चुनौती ' विषयमा छलफल भएको उक्त कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ आख्यानकार डा. ऋषिराज बराल  हुनुहुन्थ्यो । 

प्रलेसका महासचिव आर.एम. डंगोल र उपाध्यक्ष डा. पुष्करराज भट्टले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएपछि सुरुभएको उक्त  कार्यक्रममा नेपाली कथा लेखनको विगत र वर्तमानका  बारेमा बिबिध कोणबाट चर्चा गर्दै अतिथि वक्ता वरिष्ठ आख्यानकार डा. ऋषिराज बरालले नेपाली कथा लेखनमा लाग्ने श्रष्टाहरुले निकै मेहनत गर्न जरुरी रहेको धारणा  राख्नु भयो । छलफल कार्यक्रममा युवा साहित्यकार  पुरुषोत्तम रिजालले पनि आफ्ना धारणाहरु राख्नुभएको थियो । अन्तमा प्रलेसका अध्यक्ष मातृका पोखरेलले उपस्थित सबैलाई धन्यवादसहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।





'नेपाली कथा लेखनका चुनौती' विषयमा धारणा राख्नुहुदै  डा. ऋषिराज बराल 

'नेपाली कथा लेखनका चुनौती' विषयमा धारणा राख्नुहुदै  डा. ऋषिराज बराल 

====================================






















































No comments:

Post a Comment