Saturday, July 22, 2017

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - ७ सम्पन्न ।

प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजना मा प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने 'प्रलेस परिसम्वाद कार्यक्रम' अन्तर्गतको शृङ्खला - ७ मा यही २०७४ साल साउन ६ गते "पुष्पलालका साहित्यिक चिन्तन " विषयमाथि छलफल कार्यक्रम गरियो । छलफलका प्रमुख अतिथि वक्ता राजनीतिकर्मी लोकनारायण सुवेदी हुनुहुन्थ्यो । समालोचक निनु चापागाईं, राजनीतिकर्मी रामबहादुर भण्डारी , साहित्यकार राम विनयले पनि पुष्पलालका साहित्यिक चिन्तनका बारेमा विविध कोणबाट आ-आफ्ना महत्त्वपूर्ण धारणा राख्नुभएको थियो । छलफल कार्यक्रममा साहित्यकारहरु हरिगोविन्द लुइँटेल , रणेन्द्र बराली , केशव खड्का , डा. विन्दु शर्मा , कृष्णहरि भट्ट , रचना शर्मा , केशव खड्का आदिले पनि आ- आफ्ना विचारहरु प्रस्तुत गर्नुभयो ।
परिसम्वाद कार्यक्रमको औचित्यमाथी संयोजक डा. पुष्करराज भट्टले प्रकाश पार्नुभएको थियो ।
प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव आर.एम. डङ्गोलले गर्नुभएको थियो ।

===============================================


प्रलेस परिसम्वाद कार्यक्रममा 'पुष्पलालका साहित्यिक चिन्तन' 
विषयमा बोल्नुहुदै राजनीतिज्ञ लोकनारायण सुवेदी ।

===================


प्रलेस परिसम्वाद कार्यक्रममा 'पुष्पलालका साहित्यिक चिन्तन'
विषयमा बोल्नुहुदै समालोचक निनु चापागाईं ।

=====================

प्रलेस परिसम्वाद कार्यक्रममा 'पुष्पलालका साहित्यिक चिन्तन' विषयमा बोल्नुहुदै 
राजनीतिज्ञ रामबहादुर भण्डारी र साहित्यकार राम विनय ।
=========================================
कार्यक्रमका तस्विरहरु 










































==========================================


सांस्कृतिक पक्ष ओझेल परेकामा वामपन्थीको चिन्ता


काठमाडौँ, ६ साउन । कम्युनिष्ट आन्दोलनमा वर्गीय र सांस्कृतिक चिन्तन ओझेल पर्दै गएको भन्दै माक्र्सवादी चिन्तक एवं वामनेताले चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रगतिशील लेखक संघको मासिक परिसंवादको सातौँ शृङ्खलामा आज “पुष्पलालको साहित्यिक चिन्तन” विषय छलफल कार्यक्रममा उहाँहरुले समाजवादको लक्ष्यमा नपुगेसम्म वर्गीय चिन्तन छाड्न नहुने र त्यसपछि पनि सांस्कृतिक चिन्तनधाराले समाजलाई डो¥याउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
माक्र्सवादी चिन्तक निनु चापागाईंले कम्युनिष्ट पार्टीले सांस्कृतिक संगठन र चिन्तनलाई सुरुआतदेखि नै प्राथमिकता नदिएको टिप्पणी गर्नुभयो । उहाँले प्रगतिशील लेखक कुनै पार्टीको बौद्धिक दास नभई आलोचक हुनुपर्ने बताउनुभयो । पुष्पलालका तत्कालीन कार्यकर्ता रामबहादुर भण्डारीले माक्र्सवादको सही कार्यान्वयनमा कम्युनिष्ट चुक्न नहुने बताउनुभयो ।
वामपन्थी नेता लोकनारायण सुदेवीले विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्रलाई नेपाली अनुवाद तथा अन्य राजनीतिक विचारधारामार्फत पुष्पलालले साहित्यिक चिन्तन दिएको बताउनुभयो ।
जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनयले नेपालमा धेरै कम्युनिष्ट नेता भए पनि पुष्पलाललाई धेरै सम्मान गर्नुको अर्थ उहाँले संस्थापनाकालदेखि दिनुभएको वैचारिक योगदान महत्वपूर्ण हुनु हो भन्नुभयो ।
संघका अध्यक्ष मातृका पोखरेलले प्रतगिशील लेखकबीच विचार विमर्श गर्दा राजनीतिक र सांस्कृतिक अगुवाका बारेमा पनि समीक्षा गर्दा नयाँ पुस्तालाई ज्ञान मिल्ने बताउनुभयो । संघका महासचिव आरएम डंगोलले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम भाष्यकार भएको भन्दै उहाँको साहित्यिक कृति नभए पनि चिन्तनका दृष्टिले उच्च योगदान रहेको जनाउनुभयो ।
http://weeklynepal.com.np बाट साभार 

No comments:

Post a Comment