Thursday, September 13, 2018

प्रगतिशील लेखक सङ्घको ६६ औं वार्षिकोत्सव सम्पन्न ।

२०७५ साल असोज ५ गते प्रगतिशील लेखक सङ्घको ६६ औं वार्षिकोत्सवको अवसरमा  " अक्टोबर क्रान्तीले नेपाली कला साहित्यमा पारेको प्रभाव" विषयक गोष्ठी सहित  प्रलेस प्रतिभा पुरस्कार - २०७४  साहित्यकार सिता बि.क. लाई प्रदान गरियो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सङ्घका पूर्व अध्यक्ष  निनु चापागाईंले मैनवत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष खेम थपलियाले स्वागत मतव्य राख्नुभएको उक्त कार्यक्रमको पहिलो चरणमा साहित्यकार सिता बि.क. लाई प्रलेस प्रतिभा पुरस्कार - २०७४  द्वारा प्रमुख अतिथि निनु चापागाईं र अक्टोवर क्रान्ति सतवार्षिकी समारोह समितिका संयोजक सोनाम साथीले पुरस्कृत गर्नुभएको थियो । 


कार्यक्रमको दोस्रो  चरणमा  " अक्टोबर क्रान्तीले नेपाली कला साहित्यमा पारेको प्रभाव" विषयक कार्यपत्र मार्क्सवादी चिन्तक मोहन वैद्य 'चैतन्य' र बेदुराम भुषालले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि चिन्तक श्याम श्रेष्ठ र सरला रेग्मीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रलेसका उपाध्यक्ष डा. पुष्करराज भट्टले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रममा महासचिव आर.एम. डंगोलले संचालन गर्नुभएको थियो । 
----------------------------------------------------------------
अवधारणापत्र 
नेपाली कला साहित्यमा अक्टुबर क्रान्तिको प्रभाव

- बेदुराम भुसाल

१. अक्टुबर क्रान्तिको चरित्र र महत्व
सन् ज्ञढज्ञठ को अक्टुवर समाजवादी क्रान्ति विश्व मानव समाजको विकासलाई नै नयाँ मोड दिने एउटा महान अग्रगामी छलाङ थियो । त्यस क्रान्तिले संसारलाई झकझकाएको थियो र श्रमिक वर्गलाई जगाएको थियो । लेव टल्सटोय -1910_  का अनुसार “प्रत्येक क्रान्ति जनताको सत्तासँगको सम्वन्धमा परिवर्तन हो” (पृ.२) । अक्टुबर क्रान्ति पनि रुसी जनताको जारशाही सत्तासँगको सम्वन्धमा परिवर्तन थियो । तर, त्यो परिवर्तन पहिले–पहिलेका क्रान्तिले गर्ने जस्तो सामान्य परिवर्तन मात्र भने थिएन । त्यो त सत्ताको मूल चरित्र अर्थात त्यसको वर्ग चरित्रलाई नै वदल्ने परिवर्तन थियो । किनभने पहिलेका क्रान्तिहरूले सत्तालाई एउटा मालिक वर्गको हातबाट खोसेर अर्को मालिक वर्गको हातमा सुम्पन्थे भने अक्टुबर क्रान्तिले सत्तालाई मालिक वर्गको हातबाट खोसेर श्रमिक वर्गको हातमा सुम्पिदियो । त्यस क्रान्तिले मजदुर र किसान जस्ता श्रमजीवी वर्गको हितप्रतिनिधित्व गर्ने सत्ता स्थापना गरेर त्यसवेलासम्म अजेय जस्तै ठानिने पूँजीवाद परास्त हुनसक्छ र असम्भव जस्तै ठानिने सर्वहारा श्रमजीवी वर्गको राज्यसत्ता स्थापना गर्न र चलाउन सकिन्छ भन्ने व्यवहारबाट नै प्रमाणित गरिदियो । त्यसले राज्यसत्ताको इतिहासमा एउटा नयाँ युगको थालनी गरिदियो । पहिलेका क्रान्तिहरूले शोषणका रूपहरू मात्रै बदल्ने गर्दथे । अक्टुबर समाजवादी क्रान्तिले शोषणका रूपहरू मात्र बदल्ने होइन शोषणकै अन्त्य गर्ने लक्ष्यकासाथ काम शुरुगरेर मानव समाजको सर्वाङ्गिण विकासका निम्ति नयाँ बाटोको ढोका खोलिदियो । त्यसैले त्यो क्रान्ति पहिले—पहिलेका क्रान्तिहरूभन्दा विलकुलै भिन्न चरित्रको क्रान्ति थियोे र विश्व मानव समाजको इतिहासका सर्वाधिक महत्वपूर्ण घटनाहरूमध्ये एक थियो । एम.एन.रोय -1949का अनुसार “अक्टुबर क्रान्ति आधुनिक इतिहासको सवैभन्दा महत्वपूर्ण घटना थियो, किनभने यसले मानव इतिहासको नयाँ अध्याय शुरुगरेको थियो । ... यसलाई एकातर्फ  समाजवाद स्थापना गर्न लागिपरेका शक्तिहरूको पहिलो विजयका रूपमा स्वागत गरिएको थियो भने अर्कोतर्फ  पूँजीवादको मुत्यु घण्टीका रूपमा लिएर त्रास मानिएको थियो” (पृ.१) ।

त्यस महान क्रान्तिले स्थापना गरेको त्यो श्रमजीवी वर्गीय सत्ता ढलेको छ । त्यो गौरवशाली इतिहास उल्टिएको छ । तर पनि त्यस क्रान्तिले विश्व मानव समाजमा पारेको प्रभाव भने आहिले पनि धेरै हदसम्म कायमै छ । मानव समाजको इतिहासमा त्यसको जुन स्थान र महत्व हो, त्यो अहिले पनि कायमै छ र युग युगान्तरसम्म रहिरहने छ । 

३. अक्टुबर क्रान्तिको विश्वव्यापी प्रभाव
अक्टुबर समाजवादी क्रान्ति एकाध मुलुकलाई मात्रै होइन समस्त विश्वलाई नै प्रभावित गर्ने एक महान घटना थियो । त्यस क्रान्तिले एकातर्पm विश्व सर्वहारा वर्गको युगीन दायित्वलाई उजागर गरेर व्यवहारमा उतारिदियो भने अर्कोतर्फ  अन्तर्राष्ट्रिय राजनीतिक सम्वन्धमा नयाँ धु्रवीकरण सिर्जना गरिदियो । इतिहाकार सोवोलेव -1978_ का अनुसार यस “क्रान्तिले विश्वलाई पूँजीवादी र समाजवादी दुई व्यवस्थाहरूमा विभाजित गरेको थियो” (पृ.४३) । त्यसैले यस क्रान्तिलाई एकथरी मान्छेहरूले एम.एन.रोयले भने जस्तै समाजवादको पहिलो विजयका रूपमा लिएका थिए भने अर्काथरी मान्छेहरूले पूँजीवादको मृत्यु घण्टीका रूपमा लिएका थिए । चाहे जुनसुकै रूपमा होस्, यसले सवैखाले मान्छेहरूलाई प्रभावित गरेको थियो । संसारभरका श्रमजीवी वर्ग र श्रमजीवी वर्ग पक्षधर शक्तिहरूमा यस क्रान्तिले सकारात्मक प्रभाव पारेको थियो र उनीहरूले यसबाट आफ्नो उपर्युक्त युगीन दायित्व पूरागर्नका निम्ति उत्प्रेरणा प्राप्त गरेका थिए । पूँजीवादी व्यवस्थाका पक्षधरहरुले यसलाई नकारात्मक ढङ्गले लिएका थिए ।

अक्टुवर क्रान्तिपश्चात विश्वमा दुईखाले व्यवस्थाको अस्तित्व कायम भयो । एउटा पहिलेदेखि अस्तित्वमा रहेको पूँजीवादी व्यवस्था र अर्को भर्खरै अस्तित्वमा आएको समाजवादी व्यवस्था । यी दुई व्यवस्थाबीच अन्तर्विरोध रह्यो र सङ्घर्ष चल्नथाल्यो । दुवैले आ–आफ्नो प्रभाव विस्तारमा जोडदिए । समाजवादी व्यवस्था नयाँ भएकाले त्यसको प्रभाव तीब्र गतिले पैmलिदै गयो । विभिन्न मुलुकमा गठन भैसकेका कम्युनिष्ट पार्टीहरूले उत्साहपूर्वक क्रान्तिकारी गतिविधि सञ्चालन गर्नथाले भने कम्युनिष्ट पार्टी निर्माण नभएका मुलुकमा पनि कम्युनिष्ट पार्टी निर्माण गरी त्यसको नेतृत्वमा क्रान्तिकारी गतिविधि सञ्चालन गर्ने कार्य रफ्तारकासाथ हुनथाल्यो । 

अक्टुबर क्रान्ति सम्पन्न भएको एक वर्ष केही महिनापछि 1919  को मार्चमा गठित तेश्रो अन्तर्राष्ट्रिय अर्थात कम्युनिष्ट अन्तर्राष्ट्रिय (कोमिन्टर्न) ले कम्युनिष्ट आन्दोलनको विस्तार र विकासमा अत्यन्त ठूलो योगदान ग¥यो । त्यसै परिवेशमा संसारका धेरै मुलुकहरूमा कम्युनिष्ट पार्टीहरू गठन गरिए । अक्टुबर क्रान्तिपूर्व युरोप र अमेरिकामा मात्र सीमित रहेको कम्युनिष्ट आन्दोलन अव संसारभर फैलियो । पूर्वका उत्पीडित जाति र राष्ट्रहरूका निम्ति यो क्रान्ति मुक्ति मार्गमा अग्रसर हुन प्रेसणा प्रदान गर्ने सवैभन्दा ठूलो घटना बन्यो । इतिहासकार मानफ्रेद -1980 का अनुसार यस क्रान्तिले “एशिया र अफ्रिकाका जनताको ऐतिहासिक नियतिमा निर्णायक प्रभाव पा¥यो ।” (पृ.१७१) भने उल्यानोब्स्की -1979 का अनुसार “पूर्वका उत्पीडित जन समुदायलाई स्वतन्त्रताका निम्ति साम्राज्यवादका विरुद्ध दृढताकासाथ खडाहुन प्रेरणा प्रधान गर्ने यो क्रान्ति अफ्रिकी र एशियाली मुलुकहरूमा कम्युनिष्ट आन्दोलनको प्रारम्भ गर्ने घटना बन्यो” (पृ.७०) । अक्टुबर क्रान्तिपछि अन्यत्र जस्तै एशियाली मुलुकहरूमा पनि कम्युनिष्ट सिद्धान्तको प्रभाव व्यापक रूपमा फैलियो, त्यसको पक्षधर जनमतमा उल्लेख्य मात्रामा वृद्धि भयो र कम्युष्टि पार्टी गठन गर्ने कार्य तीब्र गतिमा अगाडि बढ्यो । त्यसै क्रममा नेपालमा पनि उक्त क्रान्तिको प्रभाव आइपुग्यो ।

४. अक्टुबर क्रान्तिले नेपालमा पारेको प्रभाव
अक्टुबर क्रान्तिले नेपालमा पारेको पहिलो प्रभाव राजनीतिक प्रभाव हो । किनभने जहानीयाँ राणा शासनलाई फ्याकेर लोकतान्त्रिक शासन व्यवस्था ल्याउनका निम्ति संघर्ष गर्ने नेपाली राजनीतिको पहिलो पुस्ता अक्टुबर क्रान्तिबाट प्रभावित थियो भन्ने कैयन प्रसंगहरू यहाँको राजनीतिक इतिहासमा फेला पर्दछन् । क.पुष्पलाल -1974_ का अनुसार १९८७ सालमा ‘प्रचण्ड गोर्खा’ गठन गरी राणा शासन विरोधी गतिविधि गर्ने क्रान्तिकारीहरूका विरुद्ध ‘ट्रायल’ का दौरान राणा प्रधानमन्त्री भीम शम्शेरले ‘यस्ता राजद्रोहीलाई रुसका जारले हात्तीलाई कुल्चाएर मार्थे  अव हामी के गर्ने हो ?’ भनी सोद्धा भारदारहरूले उत्तर दिनुभन्दा पहिले नै क्रान्तिकारी नेताले ‘जारशाहीको तखता उल्टिसकेको छ’ भन्ने जवाफ दिएका थिए । (पृ.२६) त्यस जवाफबाट ती क्रान्तिकारीहरू रुसको क्रान्तिबाट प्रभावित भएर राणाशाही विरोधी गतिविधिमा लागेका रहेछन् भन्ने स्पष्ट हुन्छ । वि.पि.कोइराला (२०५५) का अनुसार २००३÷४ सालतिर भारतमा निर्वासित नेपाली परिवारहरूमा उक्त क्रान्तिको वारेमा खुव चर्चाहुने गर्दथ्यो । त्यसको भावुक पक्ष प्रचारमा खुव आएको थियो– कि, अव गरीवहरूको राज्य भयो, सर्वहाराको राज्य कायम भयो । (पृ.७)  यसबाट त्यसवेला नेपालमा राजनीतिक आन्दोलन चलाउँदै गरेकाहरूमा अक्टुबर क्रान्तिले कुनै न कुनै हिसावको प्रभाव पारेकै रहेछ भन्ने स्पष्ट हुन्छ ।

नेपालमा क्म्युनिष्ट आन्दोलन प्रारम्भ गर्न र कम्युनिष्ट पार्टी गठन गर्नका निम्ति अक्टुबर क्रान्तिले नै सवैभन्दा ठूलो प्रभाव पारेको र प्रेरणा प्रदान गरेको थियो भन्दा अत्युक्ति हुदैन । नेपाली कम्युनिष्ट आन्दोलनका प्रारम्भकर्ता क.पुष्पलाल अक्टुबर क्रान्तिबाट कति प्रभावित हुनुहुन्थ्यो भन्ने कुरा उहाँकै लेखनबाट स्पष्ट हुन्छ । उहाँ लेख्नुहुन्छ– “एक दिनको कुरा हो । जव म केटाकटी नै थिएँ । गंगालाल आफ्ना साथीहरूसँग राजनीतिक विवादमा व्यस्त थिए । उनीहरूले धेरै विवाद गरे । मेरो दिमागमा केवल दुईवटा कुरा अडे, ती हुन्–रुसमा एक त ईश्वरको अस्तित्व छैन, अर्को त्यहाँ भोका नाङ्गा छैनन् । यसरी मैले जीवनमा भौगोलिक रूपमा होइन, सामाजिक र राजनीतिक रूपमा रुसको नाम पहिलोचोटी सुने र म त्यहाँको समाजवादी व्यवस्थाप्रति आकर्षित भएँ । ०९७ सालको काण्डपछि म पनि नेपालका राजनीतिक विचार गोष्ठिहरूमा सरिक हुन थालें । यस्तै गोष्ठिमध्ये जोरगणेश प्रेसमा गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल आदिका बीचमा अन्तर्राष्ट्रिय राजनीतिको वहस हुँदा दोश्रो चोटी मैले रुसको नाम सुनें । सो गोष्ठिको कुनै एक मित्रले भने– ‘रुसमा भूमिसुधार हुँदा एक चौथाई जमीन बढ्यो ।’ यसको कारण दिदै उनले भने– ‘जमीनको राष्ट्रियकरण गर्दा आलीनाली मासिएकाले ।’ त्यसै दौरानमा मैले एक मित्र सूर्यबहादुर  भारद्वाजमार्फत    विश्वप्रसिद्ध समाजवादी साहित्य ‘आमा’ नामक गोर्कीको उपन्यास पढें । यसरी क्रमिक रूपबाट कम्युनिष्ट विचारधाराले मलाई प्रभावित र उत्साहित गर्दै लगेको थियो ।” (पुष्पलाल, २०५३.पृ.८) यसरी कम्युनिष्ट विचारधाराबाट प्रभावित भएपछि क.पुष्पलालले सवभन्दा पहिल विश्व प्रसिद्ध कम्युनिष्ट घोषणा पत्रको नेपाली भाषामा अनुवाद गरी त्यसमा आफ्नो मौलिक रचनाको रूपमा एक भूमिका समेत लेख्नुभयो । त्यो भूमिका नै एक नेपालीद्वारा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणकासाथ नेपाली भाषामा लेखिएको पहिलो राजनीतिक रचना हो । नेपाली समाजको सर्वप्रथम ऐतिहासिक भौतिकवादी विश्लेषण गर्ने त्यस रचनामा अक्टुबर क्रान्तिको व्यापक प्रभाव रहेको देखिन्छ । त्यपछि लेखिएका नेकपाको पहिलो पर्चा (अपिल) र पहिलो घोषणा पत्रलगायतका राजनैतिक रचनाहरूमा पनि अक्टुबर क्रान्तिको राम्रै प्रभाव परेको देखिन्छ । 

नेपालमा अक्टुबर क्रान्तिको सन्देश कहिले कसरी आइपुग्यो भन्ने वारेमा प्रष्टसँग प्रकाश पार्ने ठोस प्रमाणहरू फेला परेका छैनन् । कोमिन्टर्नको दोश्रो महाधिवेशन -1920 लगत्तै भारत, चीन, अफगानिस्तान, टर्की, इरानलगायत मुलुकका प्रतिनिधिहरूको सहभागितमा पूर्वका राष्ट्रहरूको प्रथम महाधिवेशन गरिएको थियो (सोवोलेव, 1978पृ.१०६) । त्यसपछि पूर्वमा क्रान्तिको प्रचार गर्नका निम्ति रुसी कम्युनिष्ट पार्टी     (बोल्शेविक) को केन्द्रीय कमिटिको मातहतमा ‘विदेशी कम्युनिष्टहरूको सङ्घ’, र ‘पूर्वेली जनताका कम्युनिष्ट सङ्गठनहरूको केन्द्रीय व्युरो’ लगायतका संयन्त्रहरू गठन गर्ने र ती संयन्त्रहरूमार्पmत विभिन्न भाषामा अनेकौं प्रचार सामग्रीहरू बनाएर वितरण गर्ने तथा हजारौं युवाहरूलाई तालिम दिएर राजनीतिक रूपले सचेत सङ्गठनकर्ता तयार गरी विभिन्न मुलुकमा पठाउने काम समेत भएको थियो (उल्यानोब्स्की, 1979. पृ.८५, ८८ र ८९) । त्यसरी योजनावद्ध ढङ्गले पठाइएका प्रचारक र प्रचार सामग्रीहरू सिधै नेपाल आए नआएको प्रष्ट नभएता पनि त्यसवेला विदेशमा रहेका नेपालीहरूबीच भने कुनै न कुनै माध्यमबाट पुगेको हुनसक्तछ । किनभने इतिहासकार वालचन्द्र शर्माका अनुसार “प्रथम विश्वयुद्धबाट फर्किएर आएका स्वदेशी सैनिकहरूले नेपालमा सामाजिक चेतनालाई अनुप्राणित गरे” (पृ.४००) भने क. पुष्पलाल (२०५३.) का अनुसार दोश्रो विश्व युद्धको वेला अंग्रेजी फौजमा रहेका नेपालका गरीव तथा सुकुम्बासी किसानका छोराहरूले रुसमा सुकुम्बासी सर्वहाराको राज्य कायम भएको सुने र युद्धपछि घर फर्कदा यो शुभ समाचार नेपालका कुनाकाप्चामा पु¥याए (पृ७) । 

५. नेपाली कला साहित्यमा अक्टुबर क्रान्तिको प्रभाव
अक्टुबर क्रान्तिले नेपाली कला साहित्यमा एउटा ठूलो क्रान्तिकारी मोड दिने खालको प्रभाव पारेको छ । साहित्य र कला समाजको ऐना हो । त्यस ऐनामा समाजको प्रतिविम्व देखिन्छ । त्यो प्रतिविम्व कसरी उतार्ने भन्ने कुरा दृष्टिकोणमा भर पर्दछ । प्रतिविम्व उतार्नका निम्ति चाहिने पहिलो वस्तुका रूपमा नेपाली समाज त पहिलेदेखि नै विद्यमान थियो तर त्यसको विश्लेषण गर्ने वैज्ञानिक दृष्टिकोण थिएन । यहाँको कला साहित्यमा अध्यात्मवादी दर्शन, भाग्यवाद र भक्तिवादको व्यापक प्रभाव थियो । साहित्य अरुका निम्ति होइन आफ्नै आनन्दका निम्ति (स्वान्तः सुखाय) हो, कला कलाकै निम्ति हो, कला र साहित्य केवल मनोरञ्जनका साधन मात्रै हुन, यिनको अरु कुनै लक्ष्य र महत्व हुदैन भन्ने दृष्टिकोणको प्रभुत्व थियो । त्यसैले त्यसवेला साहित्यको नाममा या त देवी देवताका स्तुतिगान लेखिन्थे या राजा महाराजा र कुल घरानियाँ भनिनेहरूका गौरव गाथा लेखिन्थे । कि त “प्रेमलहरी” र “मदनलहरी” जस्ता भद्धा प्रेमकगीतहरू लेखिन्थ्यो । कलाको नाममा देवी देवताका मठ मन्दिर अगाडि हात जोरेर बसेका मानव मूर्ति बनाएर भक्तिभाव दर्शाउने गरिन्थ्यो । साहित्य वर्गोपरी हुन्छ र त्यसमा सवैको हित हुने कुरा हुन्छ भन्ने गरिन्थ्यो तर व्यवहारमा भने त्यसको ठिक उल्टो शासक वर्गको हित गर्ने विचारको प्रचार सामग्रीका रूपमा साहित्य रचना गरिन्थ्यो । साहित्य र कला राजनीतिबाट स्वतन्त्र हुन्छन् भनिन्थ्यो तर शासकहरूको प्रसंसामा काव्य, महाकाव्यहरू लेखिन्थ्यो वा लेखाइन्थ्यो । त्यसैले त्यसवेलाको कला साहित्यले आम जनतामाझ अध्यात्मवादी दर्शन, रुढीवादी एवम् चाकरीवादी सँस्कृति र अन्धश्विास पैmलाउने माध्यमको काम गर्दथ्यो । त्यस प्रकारको अवस्थामा रहेको नेपाली कला साहित्यमा दोश्रो विश्व युद्धको समयतिर आएपछि अक्टुबर समाजवादी क्रान्तिको प्रभाव पर्नथाल्यो । त्यस क्रान्तिले यहाँको कला साहित्य क्षेत्रलाई कला साहित्य सम्वन्धी उपर्युक्त भ्रान्त धारणाहरूमाथि प्रहार गर्ने क्रान्तिकारी विचार र पे्ररणा प्रदान ग¥यो । समाजको सही विश्लेषण गर्र्ने द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोण अगाल्ने प्रेरणा प्रदान ग¥यो । कला साहित्य सम्वन्धी प्रगतिवादी दृष्टिकोण अँगाल्ने शिक्षा र प्रेरणा प्रदान ग¥यो । त्यसपछि यहाँ कला कलाको निम्ति मात्रै होइन, कला त विचार अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो भन्ने दृष्टिकोण राखेर कला सिर्जना हुनथाल्यो र साहित्य विचार संप्रेषण गर्ने एक सशक्त माध्यम हो भन्ने दृष्टिकोणकासाथ साहित्य रचना हुनथाल्यो । साहित्य र कला समाजको प्रतिविम्व अर्थात निश्चित प्रकारको आर्थिक–सामाजिक एवम् राजनीतिक व्यवस्थाको प्रतिविम्व हुने भएकाले वर्गीय समाजको कला साहित्य वर्गोपरि र साजनीतिबाट स्वतन्त्र हुनै सक्तैन, त्यो वर्गीय चरित्रको नै हुन्छ र त्यो वर्गीय विचार संप्रेषण गर्ने तथा वर्गीय हित अभिव्यक्त गर्ने माध्यम नै हुन्छ भन्ने दृष्टिकोणकासाथ कला साहित्यको सिर्जना हुनथाल्यो । अनि यहाँको साहित्यले प्रगतिवादी दृष्टिकोणकासाथ आम श्रमजीवी जनताका हकहितको पक्षपोषण गर्नथाल्यो र यसरी क्रान्तिको विगुल फुक्नथाल्यो :

“पहाड पर्वत खोला नाला जग्गा जमीन सवको,
मालिक हामी दास बनौ किन हिस्सा सवमा सवको,
नाश गरौं यो राणाशाही, ध्वस्त गरौं यो तानाशाही,
जाऔं क्रान्ति गरौं, अव क्रान्ति गरौं,”  (प्रजातन्त्र संघको परेड गीत)

“म क्रान्तिको भोको छु, क्रान्तिले मरोे छाक टार्न बाँकी नै छ ।” (गोपालप्रसाद रिमाल)

शोषण गर्ने परिपाटीको अव दिन गए भन्दै साहित्य कुर्लिनथाल्यो :

“सयमा दश पाँच धनी गनिनु अरुले तिनका करिया बनिनु,
विधिको यदि यही छ विधान भने अव त्यो विधिको पनि आयु पुग्यो ।” (महानन्द साप्कोटा)
त्यसपछि क्रान्तिविना शान्ति नहुने ठोकुवा साहित्यमै गर्नथालियो :
“क्रान्तिविना यहाँ शान्ति असम्भव छ ।” (सिद्धिचरण श्रेष्ट)

अनि साहित्यमार्फत  नै क्रान्तिको ज्वाला निरन्तर दन्किरहने उद्घोष पनि हुनथाल्यो :

“भविष्यमा तिम्रो स्वार्थ टिक्न पाउने छैन, 
याद राख क्रान्तिकारी ज्वाला निभ्ने छैन ।”  (गोकुल जोशी)

धनवाद र जनवादको द्वन्द्वमा जनवादको विजय हुने उद्घोष गर्दै साहित्य बोल्न थाल्यो :

“धनवाद तिम्रो जनवाद हाम्रो एकदिन दाजौला, 
आमाको काखमा देशको नाममा एकदिन बाझौंला,

तिमी र हामी संघर्षरत छौं हेरौंला को थाक्छ ?” (भुपेन्द्र सर्वहारा)

अधिकार मागेर पाइदैन लडेरै लिनुपर्छ भनेर जोडदिदै साहित्यमा भन्न थालियो :

“भिक्षाले हक पाइदैन अहिले संभर्षको ठिक गर ।” (केवलपुरे किसान)

शहीदले बगाएको रगतको सम्मान भैरहोस् र राष्ट्रको स्वतन्त्रता कायम रहिरहनोस् भन्ने भावना : कवितामा पोखिन थाल्यो 

“शहीदको रक्त जिन्दावाद रहोस् कायम सधै आजाद ।” (युद्धप्रसाद मिश्र)

यसरी यहाँ अक्टुबर क्रान्तिको प्रभाव परेपछिको परिवेशमा क्रान्तिकारी भावनाले ओतप्रोत भएका  साहित्यिक रचनाहरूको सिर्जना हुनथाल्यो, क्रान्तिकारी विचार बोकेका रचनाहरूको सिर्जना हुनथाल्यो । यहाँ प्रस्तुत गरिएका सवै उदाहरणहरू कविता विदाका मात्रै भए पनि त्यस्ता क्रान्तिकारी साहित्यिक रचनाहरूको सिर्जना कविता विदामा मात्र नभएर कथा, उपन्यास, नाटक, निवन्ध, चित्रकलालगायत साहित्य र कलाका सवै विदामा भएको थियो । यस छोटो आलेखमा ती सवै पक्ष समेट्न नसकिएको मात्र हो ।

अक्टुबर क्रान्तिको प्रभाव खाली क्रान्तिकारी साहित्य र कलाको सिर्जनामा मात्रै सीमित रहेन । त्यसले यहाँका क्रान्तिकारी साहित्यकर्मी एवम् कलाकर्मीहरूलाई संगठित भएर अगाडि बढ्ने प्रेरणा समेत प्रदान ग¥यो । प्रलेसको गठन पनि त्यसै पृष्टभूमिमा भएको थियो भन्दा अत्युक्ति नहोला ।

६. निष्कर्ष 
निष्कर्षको रूपमा भन्नुपर्दा अक्टुबर समाजवादी क्रान्तिले  नेपाली कला साहित्यलाई एउटा ठूलो क्रान्तिकारी मोड दिने प्रभाव पा¥यो । त्यसले यहाँको कला साहित्यलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन र प्रगतिवादी दृष्टिकोण दियो । साहित्य र कला सामाजिक वर्गका विचार एवम् लक्ष्य उद्देश्य अभिव्यक्त गर्ने सशक्त माध्यम हुन् भन्ने चेतना दियो । समाजका सर्वहारा श्रमजीवी वर्गको पक्षपोषण गर्ने क्रान्तिकारी कला साहित्यको सिर्जना गर्ने शिक्षा एवम् प्रेरणा प्रदान ग¥यो । र, यहाँको कला साहित्य क्षेत्रलाई संगठित भएर अगाडि बढ्ने पे्ररणा समेत प्रदान ग¥यो । अक्टुबर समाजवादी क्रान्तिले नेपाली कला साहित्यमा पारेको मूलभूत प्रभाव यही हो । 

सन्दर्भ सामग्री 
कोइराला, वि. पि. (२०५५). आत्म वृत्तान्त. ललितपुर. जगदम्बा प्रेस ।
पुष्पलाल, (२०५३) नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास. काठमाडौंं. पुष्पलाल स्मृति प्रतिष्ठान.।
===, -1974_= . नेपाली जन–आन्दोलन एक समीक्षा. स्थान अनु. नयाँ जनवादी प्रकाशन नेपाल ।
मानफ्रेद, अ. ज.  (अनु नरेश वेदी). -1980_=  संक्षिप्त  विश्व इतिहास .दुसरा भाग. मास्को. प्रगति प्रकाशन ।
सोवोलेव, अ. इ. (अनु.अली अशरफ) -1978_=.कम्युष्टि इन्टर्नेशनल का संक्षिप्त इतिहास. मास्को. प्रगति प्रकाशन ।
शर्मा, वालचन्द्र. (मिति अनु.).नेपालको ऐतिहासिक रूपरेखा. वाराणसी. कृष्णकुमारी देवी ।
Roy, M. N. (1949). The Russian Revolution. Calcutta. Remainssance Punlishers.
Tostoy,  Leo. (1910). The Russian Revolution. London. The Free Age Press.
Ulyanovsky, R. A. (1979). The Comintern and the East. Moscow, Progress Publishrrs.


000 

द्रष्टव्य : ईस्वी सम्वत् अंग्रेजी अङ्कमा र विक्रम सम्वत् नेपाली अङ्कमा लेखिएको छ ।

------------------------------------------------------------------------------------------------
-----------------------------------------------------------------------------------------------

अवधारणापत्र 
अक्टोबर क्रान्तिले नेपाली साहित्यमा पारेको प्रभाव
– चैतन्य

१. सन् १९१७ अक्टोबर २५ (नयाँ पात्रोअनुसार नोभेम्बर ७) मा माक्र्सवादको पथप्रर्शन, लेनिनको पहल र कम्युनिस्ट पार्टीको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसलाई मानव जातिको इतिहासमा नयाँ युगको नयाँ अध्यायको थालनीका रूपमा लिनु पर्दछ । महान् अक्टोबर समाजवादी क्रान्तिको ऐतिहासिक, सैद्धान्तिक र व्यावहारिक दृष्टिले युगान्तकारी महत्व रहेको छ । अहिले अक्टोबर क्रान्ति सम्पन्न भएको एक सय वर्ष पूरा भएको छ । महान् अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा आयोजित यस समारोहमा प्रस्तुत यो अवधारणा पत्र मूलतः नेपाली साहित्यमा अक्टोबर क्रान्तिले पारेको प्रभावका विषयमा केन्द्रित रहेको छ । 

२. पश्चिमी देशहरूमा पुँजीवादी क्रान्तिको विकाससितै पुँजीपति वर्ग र सर्वहारा वर्ग बीचको अन्तरविरोध तीव्र बन्दै गयो । यसै क्रममा सामन्तवादका विरुद्धको सङ्घर्षमा प्रगतिशील भूमिका खेलेको पुँजीपति वर्गले प्रतिक्रियावादी स्वरूप ग्रहण गर्न थाल्यो । यसैक्रममा एकातिर माक्र्सवाद जन्मियो भने अर्कोतिर सर्वहारा वर्गले पुँजीपति वर्गका विरुद्ध क्रान्तिको उद्घोष गर्न पुग्यो । यो काम फ्रान्समा पेरिस कम्युनको स्थापनाका बीचबाट सशक्त रूपमा अगाडि बढ्यो । यद्यपि पेरिस कम्युन पराजित बन्यो, परन्तु पेरिस कम्युनले जुन मान्यता प्रस्तुत ग¥यो त्यो महान् अक्टोबर क्रान्तिमा नयाँ ढङ्गले अभिव्यक्त भयो । अक्टोबर क्रान्तिको विश्वव्यापी रूपमा प्रभाव प¥यो । चीन, भारत लगायतका देशहरूमा कम्युनिस्ट पार्टीको स्थापना भयो र त्यसै क्रममा विभिन्न उत्पीडित देशहरूमा अक्टोबर क्रान्तिको आलोकमा समाजवादी तथा जनवादी क्रान्तिको प्रकरण अगाडि बढ्यो । चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । 

३. रुसी अक्टोबर क्रान्ति एकातिर माक्र्सवादको पथप्रदर्शनमा सम्पन्न क्रान्ति थियो, भने अर्कोतिर त्यो माक्र्सवादको सफल प्रयोग पनि थियो । साथै माक्र्सवादको सफल प्रयोगका बीचबाट रुसमा त्यसप्रकारको सिद्धान्त माक्र्सवाद–लेनिनवादका रूपमा विकसित हुन पुग्यो । त्यसै क्रममा चीनमा माक्र्सवाद–लेनिनवादको प्रयोगका बीचबाट माक्र्सवाद–लेनिनवाद–माओवाद विकसित भयो । 

४. साहित्यिक रूपमा अक्टोबर क्रान्तिका मूलतः दुई पक्ष थिए– पहिलोः माक्र्सवादी सिद्धान्त, विश्वदृष्टिकोण तथा सौन्दर्यचिन्तन सम्बन्धी पक्ष र दोस्रोः साहित्यिक सिद्धान्त तथा सिर्जनात्मक विधिसम्बन्धी पक्ष । पहिलो पक्षका अनुसार अब साहित्य पुँजीवाद होइन, माक्र्सवादद्वारा पथप्रदर्शित बन्न पुग्यो । दोस्रो पक्षका अनुसार अब साहित्यमा पुरानो यथार्थवाद होइन नयाँ यथार्थवाद अर्थात् समाजवादी यथार्थवादले अग्रगामी भूमिका निर्वाह गर्न पुग्यो । रुसमा सन् १९३४ मा सम्पन्न सोभियत लेखकहरूको सम्मेलनमा अक्टोबर क्रान्तिको प्रक्रियामा विकसित साहित्यको नयाँ धारालाई समाजवादी यथार्थवाद भनेर नामाङ्कन गरियो । यसमा गोर्कीको महत्वपूर्ण भूमिका रहेको छ । 

५. अक्टोबर क्रान्तिपश्चात् दोस्रो विश्वयुद्धमा स्टालिनद्वारा प्रस्तुत अद्भूत पराक्रम, नाजिवाद–फासिवादको पराजय, चीन लगायतका देशहरूमा नयाँ जनवादी क्रान्तिको विजय, भारतमा विकसित तेलाङ्गाना सशस्त्र सङ्घर्ष तथा साम्राज्यवाद विरोधी आन्दोलन, नेपालमा राणाशासन विरोधी सङ्घर्षको प्रक्रिया विकसित भयो । त्यसै क्रममा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भयो । नेपालमा सैद्धान्तिक, राजनीतिक, साङ्गठनिक तथा सङ्घर्ष सम्बन्धी क्षेत्रमा माक्र्सवाद–लेनिनवाद र महान् अक्टोबर क्रान्तिको प्रभाव सशक्त रूपमा पर्न गयो । यो प्रभाव संस्कृति, कला, साहित्य र सौन्दर्यचिन्तनका क्षेत्रमा फैलँदै र विकसित हुँदै गयो । 

६. जुन वेला अक्टोबर क्रान्तिको नेपाली साहित्यमा प्रभाव पर्न थाल्यो त्यसको ठिक अघि तथा त्यस समयमा नेपाली साहित्यमा प्रगतिशील धाराका रुपमा स्वस्पूmर्त यथार्थवाद, बुर्जुवा यथार्थवाद र आलोचनात्मक यथार्थवाद विद्यमान थिए । त्यस पश्चात् यहाँ समाजवादी यथार्थवादको प्रभाव प¥यो । साँचो भन्ने हो भने नेपाली साहित्य बुर्जुवा यथार्थवाद, आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादबाट झण्डै एकैचोटी प्रभावित हुन पुगेको पाइन्छ । 

७. नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापश्चात् साहित्यको क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभावका रुपमा समाजवादी यथार्थवाद जसरी विकसित बन्दै गयो त्यसको ऐतिहासिक प्रक्रियालाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ :

(क) पहिलो अवधि : यो सामान्यतः २००७ सालको आसपासदेखि २०१७ सालको आसपाससम्मको अवधि हो । यस अवधिमा २००८ मा श्यामप्रसाद शर्माको पहलमा प्रकाशित ‘सेवा’ साप्ताहिक पत्रिका, २००९ मा कृष्णचन्द्रसिंह प्रधानद्वारा रचित ‘भञ्ज्याङनिरै’ कविता सङ्ग्रह तथा त्यसको भूमिका, २००९ सालकै प्रगतिशील लेखक सङ्घको स्थापना एवम् त्यसैद्वारा २०१० सालमा ‘प्रगति’ मासिक पत्रिकाको प्रकाशन जस्ता उल्लेखनीय कार्य भए । यसैबीचमा माक्र्सवाद र समाजवादी यथार्थवादको आलोकमा प्रगतिवादी धारामा कविता, कथा, निबन्ध तथा समालोचनाका क्षेत्रमा एउटा नयाँ लहर आयो । साहित्यिक फाँटमा आएको उक्त लहरलाई २०१७ सालको फौजी काण्ड तथा त्यसै प्रकृयामा कम्युनिस्ट आन्दोलनमा पैदा भएको दक्षिणपन्थी विचलनले केही अवरुद्ध बनाइदियो । 

(ख) दोस्रो अवधि : यो अवधि मूलतः २०१७ को आसपास हुँदै २०४६ सालसम्म निरङ्कुश पञ्चायती शासनकालको अवधि हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पैदा हुँदै आएको विवाद माओ विचारधारा तथा सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभाव, नेपाली कम्युनिस्ट आन्दोलनमा विकसित ध्रुवीकरण तथा एकीकरणको प्रक्रियाका बीचबाट यो अवधि विकसित भयो । निरङ्कुश पञ्चायती कालको मन्दीलाई चिर्ने काममा स्वदेश र भारतमा अध्ययनरत विद्यार्थीहरूद्वारा प्रकाशित विभिन्न साहित्यिक सङ्कलन, पुष्पलालको नेतृत्वमा भएको तेस्रो राष्ट्रिय सम्मेलन तथा नयाँ जनवादी संस्कृति सम्बन्धी अवधारणा, राष्ट्रिय स्वाधीनताका पक्षमा भएका आन्दोलन, झापा विद्रोह, नेकपाको चौथो महाधिवेशन तथा त्यसका साहित्यिक तथा सांस्कृतिक गतिविधि  हुँदै २०३६÷०३७ को जनआन्दोलनसम्म पुग्दा साहित्यिक तथा सांस्कृतिक आन्दोलनले नयाँ गति लियो । यसै क्रममा प्रलेस पुनर्गठित भयो । यो सिङ्गो अवधिमा साहित्यको फाँटमा फेरि अर्को लहर पैदा भयो । यस अवधिमा कविता, कथा, निवन्धका साथै उपन्यासको क्षेत्रमा पनि कैयौँ कृतिहरू रचिए । समालोचना र सौन्दर्यचिन्तनका क्षेत्रमा पनि थप प्रगति भयो । 

(ग) तेस्रो अवधि : यो अवधि निरङ्कुश पञ्चायती शासनको अन्त्य तथा वहुदलीय शासनको पुनस्र्थापनाबाट सुरु भई महान् जनयुद्ध हुँदै संविधानसभासम्मको अवधि हो । दोस्रो अवधिमा विकसित भएको साहित्यिक आन्दोलनको लहरबाट यसले अझै नयाँ उँचाई प्रदान ग¥यो । यस अवधिको मूल पक्ष जनयुद्धद्वारा उद्घाटित नयाँ यथार्थको नयाँ रापताप र अभिरेखाङ्कन हो । यस अवधिमा ६० को दशकसम्म आउँदा कविता, कथा, निबन्ध, जनयुद्धका अनुभूति संस्मरण, उपन्यास, समालोचना र सौन्दर्यचिन्तनको फाँटमा नयाँ लहर आयो । यस अवधिमा  साहित्यका विभिन्न विधामा प्रगतिवादी धारा थप समृद्ध र विकसित बन्न गयो । यसलाई नेपालमा अक्टोबर क्रान्तिले पारेको प्रभावको एक उत्कर्षको अवधिका रूपमा लिन सकिन्छ । 

(घ) चौथो अवधि : संविधानसभाद्वारा लोकतान्त्रिक गणतन्त्रको संविधानको निर्माण हुनु, पुरानै राज्यसत्ता कायम रहनु र संसदीय व्यवस्थाको पुनस्र्थापना गरिनु यस अवधिको थालनीका राजनीतिक कार्य हुन् । यस अवधिको थालनीसितै प्रगतिवादी साहित्यिक आन्दोलनमा केही गतिरोध, फेरबदल र मन्दी सुरु भएको छ । जनयुद्धले खाएको गम्भीर धक्का मूल नेतृत्वले गरेको विश्वासघात तथा कित्ता परिवर्तन, क्रान्तिकारी पक्षको कमजोर आत्मगत अवस्था आदि जटिलतालाई चिर्दै आन्दोलन पुनः नयाँ ढङ्गले सङ्गठित बन्दै जान थालेको छ । 

८. अक्टोबर क्रान्तिले नेपाली साहित्यमा जुन प्रभाव पारेको छ त्यसलाई समग्रमा माक्र्सवादको पथप्रदर्शनमा आधारित समाजवादी यथार्थवादका रूपमा अभिव्यक्त गर्न सकिन्छ । माक्र्सवाद र समाजवादी यथार्थवाद दुवै गतिशील छन् । सामाजिक जीवनमा आउने परिवर्तन र विकासको प्रक्रियासितै यी पनि विकसित हुँदै जान्छन् । यसरी हेर्दा अक्टोबर क्रान्तिले नेपाली साहित्यमा पारेको प्रभाव भनेको समाजवादी यथार्थवादको प्रादुर्भाव र विकास नै हो । यसप्रकारको समाजवादी यथार्थवादको मूल्य मान्यतालाई छोटकरीमा बुँदागत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ :
(१) सैद्धान्तिक पथप्रदर्शन :
समाजवादी यथार्थवाद माक्र्सवादी सिद्धान्त, विश्वदृष्टिकोण, इतिहासदृष्टि र सौन्दर्यचिन्तनद्वारा पथप्रदर्शित  हुँदै आएको छ । माक्र्सवादको विकाससितै त्यो पथप्रदर्शन माक्र्सवाद–लेनिनवाद–माओवादद्वारा भएको छ । जसरी माक्र्सवादी दर्शनले दुनियाँ बुझ्ने मात्र होइन मुख्यतः बदल्ने कुरामा जोड दिन्छ, त्यसरी नै समाजवादी यथार्थवादले माक्र्सवादको पथप्रदर्शनमा चित्रण मात्र होइन दिशानिर्देशमा जोड दिन्छ । नेपाली प्रगतिवादी साहित्यले यस मान्यतालाई अंगीकार गरेको छ ।
(२) प्रवृत्तिमूलकता / प्रतिबद्धता :
माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादका अनुसार साहित्य प्रवृत्तिमूलक हुने गर्दछ । यही प्रवृत्तिमूलकता प्रतिवद्धतामा अभिव्यक्त तथा विकसित हुन्छ । यस प्रकारको प्रवृत्तिमूलकता÷प्रतिवद्धता मजदूर वर्ग तथा उत्पीडित जनसमुदायका विचार, मत, हक, हित, उद्देश्य तथा आदर्शसित जोडिएका हुन्छन् । ती सिद्धान्त, आस्था, निष्ठा, आन्दोलन, सङ्गठन आदिमा अभिव्यक्त हुने गर्दछन् । प्रतिबद्धतासित स्वतन्त्रता पनि जोडिएको छ । नेपाली प्रगतिवादी साहित्यमा विभिन्न रुपमा प्रतिबद्धता र स्वतन्त्रताको मान्यतालाई अंगाल्ने काम हुँदै आएको छ । 

(३) यथार्थको कलात्मक प्रतिबिम्बन :
समाजवादी यथार्थवादले सामाजिक जीवनको गतिशील, सजीव र नवीन यथार्थमा आधारित समाजमा विद्यमान वर्गसङ्घर्ष र अन्तरविरोधका विविध पक्षलाई कलात्मक रूपमा प्रतिबिम्बन गर्ने कुराको माग गर्दछ । यथार्थको कलात्मक प्रतिबिम्बन दर्शनको संज्ञान सिद्धान्तसित जोडिएको छ । नेपाली प्रगतिवादी साहित्यमा यो चित्रण र दिशानिर्देशको द्वन्द्वात्मक एकत्वमा आधारित रहिआएको छ । 

(४) प्रारूपीकरण :
साहित्यको क्षेत्रमा समाजवादी यथार्थवादले प्रारूपीकरणको मान्यतालाई अंगाल्दै आएको छ । यो स्वैर कल्पना, फोटोकपी र औसत चयनका विरुद्ध परिलक्षित छ । यसमा नयाँ यथार्थ प्रस्तुत गर्दा जीवनशील र मरणशील पक्षको द्वन्द्वमाथि ध्यान दिँदै प्रतिनिधिमूलक विचार, भाव, पात्र, परिवेश र आदर्शको छनोट गरिन्छ । नेपाली प्रगतिवादी साहित्यले यस मान्यतालाई अवलम्बन गर्ने प्रयास गर्दै आएको छ ।

(५) मूल्य चेतना :
साहित्यमा मूल्य चेतना सामान्यतः सत्य र असत्य, शिव र अशिव तथा सुन्दर र कुरूपको द्वन्द्वात्मक सम्वन्धमा अभिव्यक्त हुन्छ । नेपाली प्रगतिवादी साहित्यमा यस प्रकारको मूल्यचेतनामाथि ध्यानदिंदै आउने काम भएको छ ।

(६) अन्तरवस्तु र रूपको एकता :
समाजवादी यथार्थवादले साहित्यको मूल्याङ्कनको मापदण्डका रूपमा अन्तर्वस्तु र रूपका बीचको द्वन्द्वात्मक एकरूपताको माग गर्दछ । यसमा अन्तर्वस्तुलाई प्रधानता दिइन्छ । अन्तर्वस्तु र रूपको सही संयोजनको काम लेखकीय शिल्पचेतनामा भर पर्दछ । नेपाली प्रगतिवादले यसबारे आवश्यक ध्यानदिदैं आएको पाइन्छ । 

समाजवादी यथार्थवादले सामन्ती अभिजात्यवाद, वुर्जुवा आधुनिकतावाद र उत्तरआधुनिकतावादको विरोध गर्दछ । साथै, समाजवादी यथार्थवाद प्रगतिशील धाराका रूपमा कायमै रहेका स्वस्फूर्त यथार्थवाद, वुर्जुवा यथार्थवाद र आलोचनात्मक यथार्थवादसित मैत्रीपूर्ण सम्वन्ध राख्तछ । परन्तु त्यो ती भन्दा गुणात्मक रुपमा भिन्न छ । 

९. अक्टोबर क्रान्तिले नेपाली साहित्यमा जुन प्रभाव पा¥यो त्यसको सारांश तथा निष्कर्षलाई बुँदागत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ :
(क) नेपाली साहित्यमा अक्टोबर क्रान्तिको औपचारिक प्रभाव नेपाल कम्युनिष्ट पार्टीको स्थापनापश्चात् नै पर्न गएको हो । त्यसको ठोस अभिव्यक्ति माक्र्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादलाई आधार मानेर रचिएका कृति र समीक्षाका सन्दर्भमा भएको देखिन्छ । 

(ख) हामीले अक्टोबर क्रान्तिको प्रभावलाई एउटा गुणात्मक र युगान्तकारी प्रभावका रूपमा लिनु पर्दछ र त्यसलाई तात्कालिक कालखण्डमा सीमित गर्नु हुँदैन । माक्र्सवादी–लेनिनवादी–माओवादी सौन्दर्यचिन्तनको विकसित प्रभावसितै नेपाली साहित्यमा समाजवादी यथार्थवाद पनि विकसित हुँदै गएको छ । यसलाई यहाँ पहिलो, दोस्रो, तेस्रो र चौथो अवधिका रूपमा उल्लेख गरिएको छ । 

(ग) नेपाली साहित्यमा आन्दोलनका धाराका रूपमा प्रगतिशील, प्रगतिवादी जस्ता पदावली प्रयोग हुँदै आएका छन् । नेपालमा प्रगतिशील साहित्यिक आन्दोलन मूलतः समाजवादी यथार्थवादको प्रभावकै परिणाम स्वरूप विकसित भएको हो र प्रगतिशील लेखक सङ्घको जन्म पनि यसै पृष्ठभूमिमा भएको हो । परन्तु प्रगतिशील आन्दोलनभित्र समाजवादी यथार्थवाद मात्र होइन, स्वस्पूmर्त यथार्थवादी, बुर्जुवा यथार्थवादी, आलोचनात्मक यथार्थवादी धारा पनि सम्मिलित रहेका छन् । प्रगतिशील आन्दोलन एक प्रकारको संयुक्त मोर्चा हो । जहाँसम्म प्रगतिवादको प्रश्न हो त्यो मूलतः समाजवादी यथार्थवाद तथा माक्र्सवादसित सम्बन्धित रहेको छ । 

(घ) नेपालमा माक्र्सवादी सौन्दर्य चिन्तन र समाजवादी यथार्थवादी धाराको रूपमा अक्टोबर क्रान्तिले साहित्यिक सिर्जना र समालोचनाका क्षेत्रमा जुन प्रभाव पा¥यो र त्यो विभिन्न चरण हुँदै जसरी विकसित बन्दै गयो त्यसका समग्र तथा सारभूत मान्यता र अभिलाक्षणिकतालाई आठौं नम्बरका ६ वटा बुँदाहरूमा समेटिएको छ । यसरी हेर्दा नेपाली साहित्यमा अक्टोबर क्रान्तिले पारेको प्रभाव एउटा नयाँ र युगान्तकारी धाराका रूपमा अत्यन्तै सशक्त एवम् गुणात्मक रहेको छ । यो प्रतिध्रुवीय धाराभन्दा मात्रा तथा गुण दुवैमा सशक्त छ र यसले त्यसलाई साँच्चैको चुनौती दिन पनि सानदार रुपमा सफल रहेको छ ।  

(ङ) इतिहासको द्वन्द्वात्मक विकास निकै जटिल हुन्छ र त्यो कहिलेकाहीं निकै जटिल रुपमा अगाडि बढ्दछ । नेपाली वाम तथा कम्युनिस्ट आन्दोलनमा जुन दक्षिणपन्थी विचलनको प्रक्रिया सुरु भयो र अहिले त्यो जसरी जबर्जस्त रूपमा प्रभावी हुन गएको छ त्यसले नेपाली प्रगतिशील, प्रगतिवादी, समाजवादी यथार्थवादी र माक्र्सवादी आन्दोलनलाई पनि प्रभावित तुल्याएको छ । बहुलवाद, संसदवाद, पुरानो सत्ता तथा व्यवस्थालाई स्वीकार गर्दै आएको विचलनको यो धारा प्रतिध्रुवीय कित्तासित सजातीय र प्रगतिशील, प्रगतिवादी तथा माक्र्सवादी कित्तासित विजातीय बन्दै जान थालेको देखिन्छ । यो निकै दुःख, चिन्ता र विडम्बनाको विषय हो । 

(च) कम्युनिस्ट आन्दोलनको इतिहासका साथै प्रगतिवादी साहित्यको इतिहास पनि निकै वक्र गतिमा, अनेकौँ आरोह–अवरोहका प्रक्रिया पार गर्दै र तमाम प्रकारका विचलन तथा पश्चगतिका विरुद्ध लड्दै विकसित हुँदै आएको छ । अहिलेका लागि पनि यही नै सत्य हो । तसर्थ, यो जटिल मोडमा सच्चा माक्र्सवादी लेखक, कलाकार एवम् साहित्यकारहरू तमाम प्रकारका विचलन तथा पश्चगतिका विरुद्ध क्रान्तिकारी दिशा र अग्रगतिको पक्षमा उभिन र अक्टोबर क्रान्तिले सुम्पिएको ऐतिहासिक दायित्वलाई अर्को उँचाइमा पु¥याउँदै समाजवादी यथार्थवादको यात्रामा निरन्तर अगाडि बढ्न जरुरी छ । 

२०७५ बैशाख २७ गते

------------------------------------------------------------------------------------------------





































































=======================================

काठमाडौं, ३१ भदौ २०७५  । प्रगतिशील लेखक संघ नेपालले यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तककी श्रष्टा सीता विकलाई प्रदान गर्ने भएको छ । 




संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले पुरस्कार चयन समितिको सिफारिशलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि १० हजार रहेको छ । 
पुरस्कार चयनका लागि उपाध्यक्ष रामप्रकाश पुरीको संयोजकत्वमा गठित समितिले विकट क्षेत्रमा रही जातीय उत्पीडन र वर्गीय विभेदविरुद्ध संघर्षरत रही साहित्य सिर्जनामा आबद्ध भएकाले विकलाई पुरस्कार दिन सिफारिस गरेको महासचिव आरएम डङ्गोलले बताए ।
सिफारिस समितिमा डा. भागवत आचार्य र शोभा दुलाल सदस्य छन् । संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टले आफूले पाएको दुई लाखको पुरस्कार राशिबाट पुरस्कारको अक्षयकोष खडा गर्नुभएको  हो । आगामी असोज ५  गते स्थापना दिवसमा पुरस्कार प्रदान गरिने छ ।
www.nayapage.com बाट साभार 

No comments:

Post a Comment