Friday, August 17, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १७ सम्पन्न ।

प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनामा हरेक महिनाको पहिलो शुक्रवार आयोजना गरिने प्रलेस परिसम्वादको १७ औं शृङ्खला २०७५ भाद्र १ गते प्रगतिशील लेखक संघको कार्यालय,बागबजारमा सम्पन्न भयो ।  'प्रगतिशील साहित्यमा नेपाली महिलाको उपस्थिति' विषयमा छलफल भएको   यस शृङ्खलामा   प्रमुख वक्ता समालोचक सीता शर्मा हुनुहुन्थ्यो । प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रमको औचित्यतामाथि सङ्घका महासचिव आर.एम.डंगोलले प्रकाश पार्नुभएको थियो। 

परिसम्वाद कार्यक्रममा  कोषाध्यक्ष कृष्णहरि भट्ट, सचिवालय सदस्य आर.सी.नेउपाने,  केन्द्रीय सदस्य समिर सिंह ,तेजबिलास अधिकारी ,  बिन्दा मैनाली लगायतले जिज्ञासा एवम्  मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा  पूर्व सांसद राधा तिम्सिना, सांसद दिनेश पन्थी, साहित्यकारहरू  नानीमैयाँ अधिकारी, तिलक हमाल, पुण्य घिमिरे, बिनु के.सी लगायतका   स्रष्टाहरूको उपस्थिति थियो ।

कार्यक्रमको संचालन केन्द्रीय उपाध्यक्ष एवम् प्रलेस परिसंवाद कार्यक्रमका  संयोजक डा. पुष्करराज भट्टले गर्नुभएको थियो । 






































1 comment: