Saturday, December 27, 2025

येनान गोष्ठीबारे चर्चा गर्दै प्रलेसले मनायो माओजयन्ती

 


काठमाडौँ । प्रगतिशील लेखक सङ्घले येनान गोष्ठीमा माओत्सेतुङको मन्तव्यसित सम्बन्धित रहेर एक सय तेत्तिसौँ माओजयन्ती मनाएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. भूपाल राईको प्रमुख आतिथ्यमा २०८२ पुस ११ गते (डिसेम्बर २६) का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित त्रियासिऔँ परिसंवाद कार्यक्रमको मुख्य शीर्षक ‘साहित्य र कलाबारे माओको दृष्टिकोण’ रहेको थियो ।

कार्यक्रममा ‘साहित्यमा वर्गीय पक्षधरता’ बारे तेजविलास अधिकारीले, ‘प्रगतिवादी साहित्यको लोकप्रियता’ बारे प्रकाश थापामगरले, ‘साहित्य र राजनीतिको अन्तरसम्बन्ध’ बारे सावित्री सीले र ‘येनान गोष्ठीको दार्शनिक पक्ष’ बारे विष्णु प्रभातले सङ्क्षिप्त विषयकेन्द्रित मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा डा. राईले प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा प्रलेसका पूर्व अध्यक्षहरू मातृका पोखरेल र प्राडा जीवेन्द्र देव गिरी, पूर्वमन्त्री तथा प्रलेसकी सल्लाहकार शान्त मानवी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. मधुसूदन गिरी, डा. कृष्णराज अधिकारी, डा. कौशिला रिसाल, प्रलेसका सल्लाहकारहरू डा. पुष्करराज भट्ट, पूर्व प्राज्ञ गोपीन्द्र पौडेल, साहित्यकारहरू नर्मदेश्वरी सत्याल, नमुना शर्मा, गोपीरमण उपाध्यायलगायतको आतिथ्य रहेको थियो ।

प्रलेसका उपाध्यक्ष तथा परिसंवाद संयोजक समीर सिंहको अध्यक्षता तथा अर्की केन्द्रीय उपाध्यक्ष अमृता शर्माको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई सचिव कुशल बोगटीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको आयोजना प्रगतिशील लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानले संयुक्त रूपमा गरेका थिए ।

000

www.yugdarshan.com बाट साभार 


Saturday, December 20, 2025

सामाजिक सञ्जाल बन्द नगर्न मैले आग्रह गरेको थिएँ : रघुजी पन्त



काठमाडौँ । आफूले तत्काल सामाजिक सञ्जाल बन्द नगर्न आफूले आग्रह गर्दागर्दै केपी ओलीले अस्वीकार गरेको नेकपा (एमाले) का उपाध्यक्ष रघुजी पन्थले बताएका छन् ।

पन्तले २०८२ साल पुस ५ गते, शनिबार पद्मकन्या क्याम्पसको डेनिस हलमा प्रगतिशील लेखक संघ, नेपालको आयोजनामा सम्पन्न ‘प्रलेस पुरस्कार समर्पण’ कार्यक्रमको प्रमुख अतिथिको आसनबाट सम्बोधनका क्रममा सो धारणा राख्नुभएको हो ।
“मैले मेटा सामाजिक सञ्जाललाई तत्कालै नियमन गर्ने विषयमा सोच्नु पर्दछ भनेको थिएँ’, प्रमुख अतिथि पन्तले भने– ‘तत्कालिन प्रधानमन्त्रीले मान्नु भएन, उहाँ झोंक्की हुनुहुन्छ, बन्द गरिहाल्नु भयो ।’ पन्तले नेपालका स–साना उद्योग कलकारखानाहरूले राज्यलाई कर तिर्नुपर्ने तर मेटा एउटा कम्पनीले नेपालको सार्वभौमसत्ता स्वीकार नगर्नु दुखद भएको बताए ।
सामाजिक सञ्जालका कैयौँ राम्रा पक्षहरू हुँदाहुँदै पनि त्यसले वर्तमान समाजलाई अध्ययनबाट विमुख बनाएको पन्तको भनाई थियो । ‘साहित्यले समाजको चेतना निर्माण र लोकतान्त्रिक मूल्यको संरक्षणमा खेल्ने भूमिका खेल्नु पर्ने हुन्छ’ पन्तले जोड दिए ।
कार्यक्रममा प्रगतिशील लेखक संघ (प्रलेस) द्वारा विभिन्न साहित्यिक पुरस्कारहरूले प्रगतिशील साहित्य, संस्कृति र विचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूलाई समर्पण गरिएको हो ।
यस वर्षको प्रलेस श्याम प्रसाद स्मृति पुरस्कार प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवालीलाई प्रदान गरिएको छ । त्यस्तै प्रलेस प्रतिभा पुरस्कार लेखक तथा राजनीतिज्ञ अनिल शर्मालाई प्रदान गरिएको छ । त्यसैगरी प्रलेस बाल साहित्य पुरस्कार बाल साहित्यकार सुशिला प्रधानाङ्गलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रलेस युवा पुरस्कार युवा लेखक तथा साहित्यकार रूपक अलंकारलाई प्रदान गरिएको छ ।
उक्त पुरस्कारहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा प्रलेसका सल्लाहकार रघुजी पन्तद्वारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रलेसका पूर्व अध्यक्षहरू मातृका पोखरेल, प्रा.डा. जीवेन्द्रदेव गिरी, सल्लाहकार शान्ता मानवी, पुरस्कृत प्रतिभा ईश्वरचन्द्र ज्ञवालीले मन्तव्य राखेका थिए । कार्यक्रम प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवि दुलाल क्षेत्रीको सभापतित्वमा भएको थियो भने सञ्चालन महासचिव पारस ढकालले गरेका थिए ।

000




Sunday, December 7, 2025

"प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना हुने



प्रगतिवादी साहित्य, पत्रकारिता र राजनीतिका बहुप्रतिभाशाली व्यक्तित्व शक्ति लम्सालको नाममा २०८२ साल मंसिर २१ गते प्रगतिशील लेखक सङ्घ र लम्साल परिवारको बीचमा " प्रलेस शक्ति लम्साल साहित्य पुरस्कार" स्थापना गर्ने सहमति भएको छ । शक्ति लम्सालकी जीवनसाथी कृष्णा लम्साल, छोरी प्रज्ञा लम्सालले सो कार्यका लागि रू. ४०००००/ - (चार लाख रुपैयाँ) अक्षय कोषमा राख्नका लागि प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीलाई हस्तान्तरण गरेकी छिन्। परिवारका तर्फबाट कार्यक्रममा राजनीतिज्ञ नारायणप्रसाद शर्मा, यशोदा सुवेदी र साहित्यकार सुशिल गौतम पनि उपस्थित थिए ।

प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा परिवारको तर्फबाट साहित्यकार सुशिल गौतमले यो पुरस्कारले साहित्यकार शक्ति लम्सालले जीवनभर अभियान चलाउनु भएको क्रान्तिकारी विचार र प्रगतिवादी साहित्यलाई अघि बढाउन सहयोग होस् भन्ने सम्पूर्ण परिवारको चाहना रहेको धारणा राखे । प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोखरेलले आफ्नो मन्तव्य राख्दै केही वर्ष अघिदेखिको पहल आज सार्थक भएकोमा खुसी व्यक्त गरे । उनले यो पुरस्कारको माध्यमले शक्ति लम्सालको विचारप्रति प्रतिबद्धता र विचार अनुसारको उहाँको व्यवहारबाट पछिल्लो पुस्ता जानकार हुने र त्यही महान बाटोमा आफू हिँड्न प्रयत्न गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सङ्घका अध्यक्ष डा. देवी दुलाल क्षेत्रीले यो पुरस्कार स्थापना गर्न पहल गरेकोमा सङ्घका सल्लाहकार मातृका पोखरेल र प्रगतिशील लेखक सङ्घलाई विश्वास गरेर अक्षयकोष राख्नु भएकोमा परिवारलाई धन्यवाद दिए । उक्त समारोहमा सङ्घका उपाध्यक्ष, समिर सिंह, महासचिव पारस ढकाल, सचिव कुशल बोगटी, कोषाध्यक्ष कृष्ण सुवेदी 'भारद्वाज मित्र', एवम् सल्लाहकारहरू विष्णु प्रभात, डा. मधुसुदन गिरीको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालन महासचिव पारस ढकालले गरेका थिए ।

स्मरण रहोस्, साहित्यकार शक्ति लम्साल प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भएका थिए ।

000

https://dayitwabodh.com बाट साभार 












Thursday, June 12, 2025

प्रगतिशील लेखक संघको केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न


काठमाडौं, २९जेठ । प्रगतिशील लेखक संङ्घ १३ औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले मोननित गरेका सल्लाहकार समितिको प्रथम वैठक सम्पन्न भएको छ । उक्त वैठक संघका अध्यक्ष डा. देवि दुलालको अध्यक्षतामा सम्पन्न भएको हो भने बैठकमा पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।

उक्त बैठकमा संगठन सुदृढीकरण, समसामयिक साहित्यिक र राजनीतिक , भवन निर्माणका विषयमाथि छलफल गर्नुका साथै आगामी केन्द्रीय समितिलाई अघाडी वढ्न कार्यदिशा तय गर्ने विषयमा महत्वपूर्ण मानिएको छ । बैठकले संघलाई विचार, सिर्जना र संगठनका माध्यमबाट अझ क्रियाशील बनाउन आवश्यक रणनीति निर्माण सल्लाहकार समितिकाे रहेन समेत निर्णय लिएको छ ।

नवगठित सल्लाहकार समितिमा विभिन्न क्षेत्रका अनुभवी, योगदानशिल र मार्गदर्शक भूमिका निर्वाह गर्न सक्ने व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ। संघले यस्ता सल्लाहकारहरूको सुझाव र सल्लाहबाट संगठनात्मक र सिर्जनात्मक अभ्यासलाई अझ सशक्त बनाउन सकिने विश्वास लिएको छ।

वैठकमा पूर्वअध्यक्षहरु अमर गिरी , जितेन्द्र देव गिरी , मधुसूदन गिरी , मातृका पोखरेल लगायतका विसिष्ठ ब्यक्तिहरुको उपस्थित रहेको थियो भने वैठकको संचालन महासचिव पारश ढकालले गरेका थिए ।

000

https://dolagiri.com बाट साभार 























Sunday, June 8, 2025

प्रलेस बैठक : कार्यविभाजनदेखि केन्द्रीय कार्यालय भवनको शिलान्याससम्म

 


काठमाडौँ । प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति बैठक कार्यविभाजनदेखि केन्द्रीय कार्यालय शिलान्याससम्मका निर्णय गर्दै सम्पन्न भएको छ ।

तेह्रौँ केन्द्रीय समितिको सो बैठक २०८२ जेठ २४ गते शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।

अध्यक्ष डा देवी क्षेत्री दुलालको अध्यक्षता रहेको सो बैठकमा निवर्तमान अध्यक्ष डा मधुसूदन गिरीको आतिथ्य रहेको थियो ।

बैठकले प्रलेसको स्थापना दिवसको अवसर पारेर आगामी असोज ५ गते काठमाडौँको बुढानीलकण्ठ–११ जगडोलमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने, त्यसका लागि कोषाध्यक्ष डा कृष्ण सुवेदीको नेतृत्वमा १५ सदस्यीय समिति बनाउने निर्णय भएको जानकारी दिइएको छ ।

सचिवालयमा मनोनयन

केन्द्रीय सचिवालयमा आठ जना पदाधिकारीहरू डा. देवी दुलाल क्षेत्री, समीर सिंह, डा. अमृता शर्मा, पारस ढकाल, बोधकुमार घिमिरे, कुशल बोगटी, डा. हरि तिमिल्सिना, डा. कृष्ण सुवेदीसँगै दिनेश दुलाल, शेखर अर्याल, तिला लेकाली, कल्पना पौडेल 'जिज्ञासु’, आरोह नेपाली र डिल्लीराम भण्डारीलाई मनोनित गरिएको छ ।

सल्लाहकार समिति

बैठकले ४२ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ ।

समितिमा रघुजी पन्त, प्राडा जीवेन्द्र देव गिरी, वासुदेव अधिकारी, नर्मदेश्वरी सत्याल, विष्णु प्रभात, प्राडा गङ्गा उप्रेती, प्रा केशव सुवेदी, प्राडा ध्रुव घिमिरे, स्नेह सायमी, प्राडा विदुर चालिसे, प्रा धरणीप्रसाद गौतम, डम्बरबल्लभ भण्डारी, डा दीपक गौतम, शान्ता मानवी, डा विन्दु शर्मा, गोपीरमण उपाध्याय, रामरिझन यादव, प्राडा सुधा त्रिपाठी, दिल साहनी, मातृका पोखरेल, डा मधुसुदन गिरी, डा धनप्रसाद सुवेदी, डा गोपाल ठाकुर, महेश्वर दाहाल, डा कृष्णराज अधिकारी, ईश्वरचन्द्र ज्ञवाली, प्राडा गोपीन्द्र पौडेल, सत्या पहाडी, सीता शर्मा, डा पुष्पकरराज भट्ट, माइला लामा, शोभा दुलाल, ढुण्डिराज अधिकारी, रामप्रकाश पुरी, प्राडा श्रीधर गौतम, गिरीप्रसाद बुढा, डा अमर गिरी, राममणि पोखरेल, गोपाल बराल, शालिकराम तिमिल्सना, प्राडा देवी गौतम र प्रा जगत् प्रेक्षित रहनुभएको छ ।

विभाग गठन

क. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रमुख डा देवी क्षेत्री दुलाल

ख. प्रकाशन विभाग, प्रमुख पारस ढकाल

ग. सूचना प्रविधि तथा प्रचार विभाग, प्रमुख कुशल बोगटी

घ. महिला विभाग, प्रमुख डा. अमृता शर्मा

ङ. आर्थिक विभाग, प्रमुख डा कृष्ण सुवेदी

च. वैचारिक विमर्श तथा परिसंवाद विभाग, प्रमुख समीर सिंह ।

प्रदेश इन्चार्ज

१. कोशी प्रदेश । इन्चार्ज बोधकुमार घिमिरे, सहइन्चार्ज तिला लेकाली

२. मधेश प्रदेश । इन्चार्ज डा कृष्ण सुवेदी, सहइन्चार्ज दिनेश दुलाल

३. बागमती प्रदेश । इन्चार्ज पारस ढकाल, सहइन्चार्ज आरोह नेपाली

४. गण्डकी प्रदेश । इन्चार्ज डा अमृता शर्मा, सहइन्चार्ज निर्मल सापकोटा

५. लुम्बिनी प्रदेश । इन्चार्ज डा हरि तिमिल्सिना, सहइन्चार्ज कल्पना जिज्ञासु ‘जिज्ञासु’

६. कर्णाली प्रदेश । इन्चार्ज कुशल बोगटी, सहइन्चार्ज प्रकाश किरण

७. सुदूरपश्चिम प्रदेश । इन्चार्ज समीर सिंह, सहइन्चार्ज रमेश पन्त मितबन्धु

बैठकमा महासचिव झगिन्द्रराज ढकाल (पारस) को प्रतिवेदन पारित भएको थियो ।

000

www.yugdarshan.com  बाट