प्रगतिशील लेखक सङ्घ, नेपालका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको निधन
प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको २०७४ साल बैशाख २४ गते बिहान ४ बजे आफ्नै निवासस्थान कमलपोखरीमा निधन भएको छ ।
१९८६ साल असार ६ गते तत्कालीन ललितपुर र हाल मकवानपुर जिल्लाको मन्थली गाउँ विकास समितिको सोलिथुममा जन्मनुभएका शर्माले १९९७ सालको सहिद काण्डको बारेमा आफ्ना बुबा जोगनाथ लामिछानेबाट थाहा पाएपछि २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभएको थियो। । २००७ सलाको राजनीतिक परिवर्तनपछि शर्मा राजनीति, साहित्य र पत्रकारिता तीनवटै विधामा निरन्तर अगाडि बढ्नुभएको थियो ।
बिध्यार्थी कालमैं नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएका शर्माले २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना गर्नुभएको थियो । करिव १० दर्जन कृतिका लेखक शर्माका तँ तिमी तपाईं हजुर, लेखक कसरी बन्ने ?, थुनुवाको डायरी जस्ता अत्यन्तै चर्चित छन् ।
विगत केही समय देखि अल्जाइमर लगायत रोगबाट पीडित शर्माको सोही दिन ४ :०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
=======================================
निधनः
२०७४ बैशाख २४, बिहान ४ बजे
=============================================
श्यामप्रसादः एक दृष्टिमा
नाम : श्यामप्रसाद शर्मा (लामिछाने)
जन्ममिति : वि.सं. १९८६ साल, असार ६ गते
जन्मस्थान : मकवानपुर जिल्लाको सोलिथुम गाउँ
माता : हुतप्रिया देवी
पिता : जोगनाथ उपाध्याय
पत्नी : पुनु वाग्ले (प्रथम), शशिकला शर्मा (द्वितीय)
छोरी : सम्झना शर्मा र सपना शर्मा
शिक्षा : म्याट्रिकुलेसन अनुत्तीर्ण
पेसा : ट्युसन सेवा सदन नामको पुस्तक पसल सञ्चालन
संलग्नता : सेवा सदन, पाँचभाइ सङ्गठन, जनसाहित्य मण्डल, प्रगतिशील अध्ययन मण्डल, प्रगतिशील तरुण समाज, प्रगतिशील लेखक संघ, नेपाल कम्युनिस्ट संगठन, निरस्त्रीकरण तथा विश्व शान्ति सम्मेलन (रुस) मा प्रतिनिधित्व
कविता/गीत र बालगीतहरू :
केही कविताः केही गीत (२०४३)
मेरा गीतहरू, तिम्रा स्वरहरू (२०५९)
मेरी सानी साथी (२०४३)
हामी हुन्छौँ बलियो (२०५२)
हाम्रो इच्छा (२०५६)
राम्रो नराम्रो (२०६६)
निबन्धात्मक कृतिहरू :
तँ–तिमी, तपाइँ–हजुर (२०१४)
मेरी आमा (२०२३)
बहिनीलाई चिठी (२००८)
धनीको पनि ओड लिने ? (२०४८)
सबैको लागि घर (२०४९)
उनी कति राम्री (२०५२)
श्यामप्रसादका निबन्धहरू (२०६२)
प्यारो दाजुको सम्झनामा (२०६२)
साथी बनाउन खोज्दा (२०५२)
मेरो धर्म (२०६१)
प्रजातन्त्र, भाषा र साहित्य (२०६३)
एक दर्जन कुरा (२०५८)
गुप्तवासको रहस्य (२०७०)
लगायत विभिन्न फुटकर निबन्धहरू
राजनीतिक, सामाजिक, वैचारिक कृतिहरू :
गाउँको सफाइ (२००१)
स्वास्थ्य रक्षा (२००३)
व्यभिचार ¤ (२००८)
पाँच जरुरी कुरा (२०२२)
साँस्कृतिक क्षेत्रमा लेनिनले देखाउनु भएको बाटो (२०२३)
सँस्कृति सम्बन्धी दुईचार कुरा (२०४७)
हाम्रा बालबालिकाहरू, हाम्रो नयाँ पुस्ता (२०४७)
वर्ग विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू (२०४७)
विद्यार्थी साथीहरूसित दुईचार कुरा (२०४७)
प्रगतिको निम्ति (२०४७)
परिवार र नाता कुटुम्बबारे (२०४८)
मजदुरी सम्बन्धी काम (२०४९)
प्रेम र विवाहका विषयमा (२०४९)
धर्मबारे केही कुरा (२०४९)
महिला मुक्तिका कुरा (२०४९)
कार्यशैलीबारे (२०५१)
हामी हुन्छौँ बलियो (२०५२)
नेतृत्वका विषयमा (२०५५)
सही र गलत प्रवृत्तिहरू (२०५५)
प्रलेस सम्बन्धी दुईचार कुरा (२०५६)
जातजातिको कुरा (२०५६)
अनुशासनको कारवाहीबारे (२०५७)
मेरो पत्रकार जीवन (२०६३)
जनयुद्धबारे पहिलो पुस्तक (२०६५)
भित्र समाजवाद बाहिर नौलो जनवाद (२०६३)
आजको हाम्रो कर्तव्य (२०६६)
प्रयत्न केन्द्रित गरौँ (२०६८)
योजनाबारे केही कुरा (२०६९)
जीवनको उद्देश्य (२०६९)
अनुशासनलाई बलियो पारौँ (२०७०)
दुई लाइन बीचको संघर्ष (२०७०) लगायत धर्म, सँस्कृति, पत्रकारिता, स्वास्थ्य र अर्थशास्त्र आदि विषयमा दर्जनौँ लेख रचनाहरू ।
समालोचनात्मक कृतिहरू :
साहित्य सम्बन्धी दुईचार कुरा (२०२२)
साहित्यका पात्रपात्रीहरू (२०३९)
केही साहित्यकार र साहित्य (२०४२)
जीवित साहित्यकारप्रति हाम्रो कर्तव्य (२०५०)
साहित्यमा सापेक्षता (२०५०)
साहित्यिक फाँटका मेरा केही धारणा (२०५२)
मेरा डायरीका हृदयचन्द्र (२०५३)
युद्धप्रसाद मिश्रः सम्झना (२०५४)
भाषा सम्बन्धी दुईचार कुरा (२०५६)
लेखक कसरी बन्ने (२०१०)
केही साहित्यकार र साहित्य (२०६३)
श्रद्धाको एउटा थुड्डो (२०५६)
भूमिकाहरू (२०६७)
समालोचनाहरू (२०६७) लगायत पत्र, संस्मरण, अनुवाद आदि कृतिहरू
डायरी–कृति :
थुनुवाको डायरी (२०३८)
मेरा डायरीका पाना ६ वटा क्रमशः २०५७, २०६२, २०६२, २०६३, २०६४ र २०६८ मा प्रकाशित
सम्पादन :
ज्वाला, तरुण, गुनासो, जागृति, जागरण, अड्कल–स्लेटपत्र, जनमत, मसाल, नवयुग–पार्टी पत्रिका, ‘सेवा’ साहित्यिक मासिक, ‘कोसेली’ साप्ताहिक, ‘स्वास्नी मान्छे’ त्रैमासिक
पुरस्कार :
कृष्णमणि साहित्य पुरस्कार (२०४७)
महेन्द्र प्रज्ञा पुरस्कार (२०५०)
व्यक्तित्व पुरस्कार (२०५१)
मुक्ति पुरस्कार (२०५१)
नेवास बालपुस्तक पुरस्कार (२०५२)
विशिष्ट साहित्यकार सम्मान (२०५६)
जनमत वरिष्ठ साधक सम्मान (२०५७)
अभिनव सम्मान (२०५८)
कविताराम बालसाहित्य सम्मान (२०५९)
गोकुल साहित्य पुरस्कार (२०५९)
अर्जुन घले साहित्यिक पुरस्कार (२०६६)
शड्ढर लामिछाने पुरस्कार (२०६९)
अभियान पुरस्कार (२०७०) लगायत विभिन्न संघ संस्थाद्वारा सम्मान, रथारोहण विद्वत्वृत्ति प्रदान ।
भ्रमण : रुस, हड्डेरी, जर्मनी, बङ्लादेश, चीन, युक्रेन, अजरबैजन, उजबेकिस्तान आदि ।
जेलजीवन : २००४, २००६ र २००७ मा क्रमशः दुई महिना, एक वर्ष र नौ महिना
भूमिगत जीवन : २०२४ देखि २०४७ सालसम्म २३ वर्ष ।
(नेपाल कम्युनिस्ट पार्टीको २०१९ सालमा भएको तेस्रो महाधिवेशन पछि खडा भएको तुलसीलाल अमात्य (महाधिवेशनबाट निर्वाचित पार्टी महासचिव) को नेतृत्व मण्डालीको दुर्बलता, पार्टी नेताहरूमा रहेको चर्को नेतृत्वको भोक, गुटबाजी, सङ्कीर्णता, आपसी असमझदारी र विशेषगरी तत्कालीन कम्युनिस्ट आन्दोलनमा (१९६८ को दशकको) खडा हुन गएको सोभियत नेतृत्व (खुस्चेभको नेतृत्व) र चिनियाँ नेतृत्व (माओको नेतृत्व) बीचको सैद्धान्तिक मतभिन्नता, सोभियत नेतृत्वको कम्युनिस्ट आन्दोलनमा लाद्न खोजिएको असमान हैकमवादी प्रवृत्ति र व्यावहारिक सुझबुझ, समझदारीको आभाव आदि सबै कुराको खिचडीले गर्दा आपूmलाई पञ्चायती निरङ्कुशमा खुला राख्नु अत्यन्त असुरक्षित र कुनै पनि बेला, कुनै पनि नचिताएको सङ्कट आइपर्न सक्ने बोध गरी उहाँ २०२४ सालको उत्तराद्र्धमा नेपाल कम्युनिस्ट पार्टी, वागमती अञ्चल कमिटीको निर्णयअनुसार अन्तरध्यान (भूमिगत) हुनुभएको अनुमान गर्न सकिन्छ भनी आनन्ददेव भट्टले लेख्नु भएको छ ।
त्यसैगरी २०४७ सालमा श्यामप्रसाद शर्माले मोदनाथ प्रश्रितसँग भन्नु भएको थियो– “नेपाल कम्युनिस्ट पार्टी औपचारिक पार्टीको रूपमा सञ्चालित नभएको र चुनावी प्रतिस्पर्धामा पनि नउत्रने भएकाले एमाले लगायत कुनै पनि कम्युनिस्ट पार्टीसँग यसको औपचारिक एकता गर्नु आवश्यक नभएको ठहर हामीले गरेका छौँ । अहिलेको परिवर्तित परिस्थितिमा हाम्रो सङ्गठनमा रहेका कमरेडहरू आÇनो विवेकअनुसार कुनै पनि वाम पार्टीहरूमा सामेल भएर काम गर्न सक्नु हुन्छ । नेकपा (एमाले) सँग हाम्रो विचारको निकै सामीप्य भएकाले यसमा सहभागी भएर काम गरेमा देशको वाम आन्दोलनलाई धेरै फाइदा पुग्नेछ भन्ने कुरा सबै सार्थीहरुलाई भनेका छौँ । तर साथीहरूले अब कुन पार्टी रोज्ने भन्नेबारे वहाँहरूकै खुसीमा हामीले छाडिदिएका छौँ” भन्ने निर्णय गर्दै वहाँ भूमिगत राजनीतिक जीवनबाट बाहिरिनु भएको थियो ।)
२०७४ बैशाख २४, बिहान ४ बजे
प्रगतिशील लेखक सङ्घ, नेपालका संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनमा विभिन्न व्यक्तिहरुको शोक वक्तव्य र टिप्पणी ।
==============================
नेपाली प्रगतिवादी साहित्यका धरोहर एवम् प्रगतिशिल लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मा , आजबाट हामी माझ नरहनु भएको दु:खद खबरले स्तब्ध भएको छु।
नेपाली साहित्यमा उहाँले पूरा गर्नु भएको सामाजिक राजनीतिक दायित्वको उच्च सम्मान गर्दै उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु साथै यस घडीमा शोक शन्तब्ध परिवार,साहित्य कारहरु र उहाँका अनुयायी सबैमा उहाँले निर्देशित गर्नु भएको पथमा एकताबद्द भएर अगाडि बढ्न शक्ति मिलोस !
परिवारजन प्रति हर्दिक समवेदना ।
परिवारजन प्रति हर्दिक समवेदना ।
- गिरिराजमणि पोखरेल, सांसद एवं पूर्व शिक्षामन्त्री
==============================
नेपाली प्रगतिशील साहित्यिक आन्दोलनका अगुवा , वैचारिक ऊर्जाका संवाहक हाम्रा अग्रज अभिभावक श्यामप्रसाद शर्माको निधनले हामी मर्माहत छाैँ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ।
- प्रगतिशील लेखक सङ्घ, नेपालका महासचिव आर.एम.डंगोल
================================
नेपालको प्रगतिशील राजनीतिक तथा साहित्यिक आन्दोलनका अग्रणी व्यक्तित्व श्यामप्रसाद दाईको निधन भएको समाचारले दुखित तुल्याएको छ । मैले बुझेसम्म, सरल जीवन शैली र भाषाशैलीका पक्षधर उहाँले कहिल्यै पनि अनुचित सम्झौता गरेर लाभ लिने प्रयत्न गर्नुभएन । जीवनलाई यसरी उहाँले सार्थक बनाउनुभयो । 'तँ, तिमी, तपाई, हजुर' जस्ता निबन्धले उहाँलाई अमर बनाउने छन् । हार्दिक श्रद्धान्जलि ।
- श्यामल, कवि
==================================
युग द्रश्टा, सच्चा बामपन्थी, उदाहरणीय ब्यक्ति श्री श्यामप्रसाद्को निधन देशको ठूलो क्षति हो। प्रगतिबादी आन्दोलनका शिखरब्यक्तित्व उहाँ प्रती हार्दिक श्रध्दान्जलि तथा सम्झना र बाशुज्युमा समबेदना !
आज प्रगतिवादी नेपाली साहित्यका धरोहर, बाम आन्दोलनका अनुकरणिय चरित्र तथा एक सच्चा देश्भक्त नेपाली साहित्यकार श्री श्यामप्रसाद शर्माको दुखद निधन भएको जानकारी पाएर मर्माहत भएकोछु । जीवन जिउँने कलामा उहाँको योग्दान मेरालागी बाँचुन्जेल मार्गदर्शक रहने छ।
==================================================
विचार र सिर्जनामा न्याय र समताका ध्वजाबाहक श्यामप्रसाद "तँ, तिमी, तपाईं, हजूर"मा अमर छन्।अलबिदा श्याम दाइ ! जीवन अाउनु-जानुकाे नाटक न हाे ।
==================================================
निरंकुशताविरोधी युवा चरित्रनायक मार्शल जुलुम शाक्यको हिजो निधनको खवर सेलाउन नपाँउदै अाज प्रगतिशील लेखक संङका संस्थापक श्यामप्रसाद शर्माको निधनको खवर पो अायो । अलबिदा, होचोकाँटीको ज्यादै अग्लो एउटा अर्को असल मान्छे । जीँउदै मरेकालार्इ मरेरपनि ज्यूदै हुँनेहरूले यस संसारमा ललकारिरहेका हुन्छन भने मर्न पर्छ भन्नेकुरा बिर्सनेलाइ मृत्यू सम्झार्इ रहेका पनि हुन्छन । भनिन्छ-फूलको वास्ना वरीपरी,मान्छेको वास्ना डाँडापारी ।
==================================================
नेपालको प्रगतिशील साहित्यको मजबुत पाठशाला श्याम प्रसाद शर्मा , जसलाई आजदेखि हामीले बिदा गर्दैछौं । उहाँका कृति र उहाँको सादा र उद्देश्यपूर्ण जीवन पढेर हामी र हामी पछिको पुस्ता निरन्तर उद्देलित र प्रभावित भैरहनेछ । हार्दिक हार्दिक हार्दिक श्रद्धाञ्जली श्याम दाइ !
========================================================
===================================================
आदरणीय गुरु श्याम प्रसाद अब हामी बिच रहनु भएन।
उहाँको बाटोमा हिडेर प्रगतिशील साहित्यको समृद्धिमा लाग्नु उहाँ प्रतिको सम्मान र श्रद्धा हुनेछ।
श्याम गुरु हामीले तपाईंको सम्झना गरेर तपाईंको अभियान अगाडि बढाउन प्रयासरत रहनु हामी सबैको कर्तव्य हुनेछ।
तपाईंले विश्राम लिनु भएको छ।तर तपाईंको प्रगतिशील अभियान बढिरहने छ।
अन्तिम अभिवादन गुरु।
हार्दिक श्रद्धाञ्जली गुरु।
================================================
========================================================
=======================================================
========================================================
पत्रपत्रिका / संचारमाध्यमबाट
- डा. मुकेशकुमार चालिसे
विचार र सिर्जनामा न्याय र समताका ध्वजाबाहक श्यामप्रसाद "तँ, तिमी, तपाईं, हजूर"मा अमर छन्।अलबिदा श्याम दाइ ! जीवन अाउनु-जानुकाे नाटक न हाे ।
- वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला
निरंकुशताविरोधी युवा चरित्रनायक मार्शल जुलुम शाक्यको हिजो निधनको खवर सेलाउन नपाँउदै अाज प्रगतिशील लेखक संङका संस्थापक श्यामप्रसाद शर्माको निधनको खवर पो अायो । अलबिदा, होचोकाँटीको ज्यादै अग्लो एउटा अर्को असल मान्छे । जीँउदै मरेकालार्इ मरेरपनि ज्यूदै हुँनेहरूले यस संसारमा ललकारिरहेका हुन्छन भने मर्न पर्छ भन्नेकुरा बिर्सनेलाइ मृत्यू सम्झार्इ रहेका पनि हुन्छन । भनिन्छ-फूलको वास्ना वरीपरी,मान्छेको वास्ना डाँडापारी ।
- नरेन्द्रजंग पिटर, विश्लेषक
==================================================
नेपालको प्रगतिशील साहित्यको मजबुत पाठशाला श्याम प्रसाद शर्मा , जसलाई आजदेखि हामीले बिदा गर्दैछौं । उहाँका कृति र उहाँको सादा र उद्देश्यपूर्ण जीवन पढेर हामी र हामी पछिको पुस्ता निरन्तर उद्देलित र प्रभावित भैरहनेछ । हार्दिक हार्दिक हार्दिक श्रद्धाञ्जली श्याम दाइ !
- प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेल
========================================================
मान्छेहरू भन्दा फरक कहिल्यै हुनुभएन श्यामपशाद शर्मा । उस्तै मान्छेहरूकाे बीचबाट नै उहाँले फरक उचाइ बनाउनु भयाे । यस्ताे उचाइमा उठ्नका लागि उहाँले पूरा युग खर्चिनु भयाे । उहाँलार्इ सामूहिक महत्वका सपनाहरूले मानवजातिकाे सुखद भविष्यका लागि बाँच्न अभिप्रेरित गरिरहे । संघर्षकाे एउटा महान अभिनेता, जसले हामीलार्इ प्रगतिशील साहित्यकाे दायित्व सुम्पिदिनु भयाे, अब उहाँ हाम्राे बीचमा रहनु भएन । हार्दिक श्रद्धाञ्जली ।
- प्रगतिशील लेखक सङ्घ, नेपालका उपाध्यक्ष रामप्रकाश पुरी
===================================================
आदरणीय गुरु श्याम प्रसाद अब हामी बिच रहनु भएन।
उहाँको बाटोमा हिडेर प्रगतिशील साहित्यको समृद्धिमा लाग्नु उहाँ प्रतिको सम्मान र श्रद्धा हुनेछ।
श्याम गुरु हामीले तपाईंको सम्झना गरेर तपाईंको अभियान अगाडि बढाउन प्रयासरत रहनु हामी सबैको कर्तव्य हुनेछ।
तपाईंले विश्राम लिनु भएको छ।तर तपाईंको प्रगतिशील अभियान बढिरहने छ।
अन्तिम अभिवादन गुरु।
हार्दिक श्रद्धाञ्जली गुरु।
वरिष्ठ साहित्यकार, राम विनय
================================================
अष्टलक्ष्मी शाक्यको नजरमा श्यामप्रसाद शर्मा
हामी घरबाट बिद्रोह गरेर परिवर्तनमा होमियौं । २०२८ सालतिर धेरै साथीहरु सहित हामी महेशमान श्रेष्ठको चिनियाँ भाषा पढ्न गयौं । चिनियाँ भाषा पनि क्रान्तिको तयारीकै लागि हामीले पढेका हौं । हाम्रो लागि कमरेड महेशमान असाध्यै सरल र क्षमतावान् गुरु हुनुहुन्थ्यो । तर, बिचमै उहाँ पिएचडीको लागि चिन जानु हुनेभयो । त्यो बेला हाम्रो समुह निकै समस्यामा पर्यो । हामी अलपत्र जस्तै भयौं । हामीले उहाँसँग भन्यौं,‘हामी चहिँ बुर्जुवा शिक्षा बहिस्कार गरेर तपाईसम्म आयौं, तपाई चहिँ पढ्न चीन जाने ?’ तर उहाँले हाम्रो कुरा सुन्नु भएन । एकजना सम्पर्क व्याक्ति दिएर उहाँ चिन जानुभयो ।
हामी त कुहिरोभित्रको काग जस्तो भयौं । सबै त्यागेर राजनीतिमा होमिएका थियौं तर हामीलाई गाइड गर्ने मान्छे समेत भएन । उहाँले जो व्याक्ति सम्पर्कको लागि दिनुभएको थियो, त्यो मान्छे खराब परेछ । यसपछि हामीले बिद्रो गरेर त्यही भाषा पढ्ने समुहलाई अध्यायन समुह बनायौं । हामीलाई पछि मात्रै थाहा भयो हाम्रो गुरु महेशमान त श्यामप्रसाद पो हुनुहुदोरहेछ । हामीले त्यसपछि त्यो समुहलाई अतिगोप्यवादी समुह भनेर नाम पनि राख्यौं ।
सरल भाषाबाट चेतना
भुमीगत कालका त्यो तिता अनुभुति भएपनि म श्यामप्रसादलाई असाध्यै आदर गर्छु । सुरुका चरणमा हामीलाई दिक्षित गर्ने उहाँ नै हो । उहाँले सरल भाषामा जनताको चेतना जगाउने रचना गर्नुहुन्थ्यो । भुमिगत कालमा उहाँले लेखेका लेख र रचनाहरु चेतनाको मियो थियो । क्रान्तिकारीहरु जन्माउनमा निकै ठुलो योगदान छ । जतिबेला हामी उहाँसँग पढ्दै थियौं, त्यतिबेला त श्यामप्रसाद भनेर हामीले चिनेनौं । भुमिगतकालमा हामीले चिनेको महेशमान श्रेष्ठ असाध्यै सरल हुनुहुन्थ्यो ।
भुमीगत कालका त्यो तिता अनुभुति भएपनि म श्यामप्रसादलाई असाध्यै आदर गर्छु । सुरुका चरणमा हामीलाई दिक्षित गर्ने उहाँ नै हो । उहाँले सरल भाषामा जनताको चेतना जगाउने रचना गर्नुहुन्थ्यो । भुमिगत कालमा उहाँले लेखेका लेख र रचनाहरु चेतनाको मियो थियो । क्रान्तिकारीहरु जन्माउनमा निकै ठुलो योगदान छ । जतिबेला हामी उहाँसँग पढ्दै थियौं, त्यतिबेला त श्यामप्रसाद भनेर हामीले चिनेनौं । भुमिगतकालमा हामीले चिनेको महेशमान श्रेष्ठ असाध्यै सरल हुनुहुन्थ्यो ।
बहुदल आएपछि भेट
उहाँ हाम्रो भेट बहुदल आएपछि मात्रै भयो । त्यतिबेला हामी नेता भइसकेका थियौं । मैले उहाँसँग भेट्दा असाध्यै खुसी हुनुभयो । उहाँले भन्नुभयो,‘हामीले रोपेको बिरुवाले निरन्तरता पाएको रहेछ, मलाई सारै खुसी लाग्यो ।’ पछि म मन्त्री भएपछि उहाँलाई सम्मान गर्ने मौका समेत पाए । उहाँलाई सम्मान गर्न पाउदा असाध्यै खुसी लाग्यो ।
उहाँ हाम्रो भेट बहुदल आएपछि मात्रै भयो । त्यतिबेला हामी नेता भइसकेका थियौं । मैले उहाँसँग भेट्दा असाध्यै खुसी हुनुभयो । उहाँले भन्नुभयो,‘हामीले रोपेको बिरुवाले निरन्तरता पाएको रहेछ, मलाई सारै खुसी लाग्यो ।’ पछि म मन्त्री भएपछि उहाँलाई सम्मान गर्ने मौका समेत पाए । उहाँलाई सम्मान गर्न पाउदा असाध्यै खुसी लाग्यो ।
आज बिहान सुने उहाँको निधन भएछ । हामीले हाम्रो एकजना अभिभावक गुमाएका छौं । नेपालको परिवर्तनको प्रक्रियामा उहाँको ठुलो भुमिका छ । अझ कम्युनिष्ट आन्दोलनमा त उहाँको निकै ठुलो योगदान छ । खासगरी साहित्य मार्फत नेपाली समाज परिर्वतनमा उहाँले दिनु भएको योगदान अतुलनिय छ ।
http://nayapage.com बाट साभार ========================================================
========================================================
पत्रपत्रिका / संचारमाध्यमबाट
प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको निधन
काठमाडौं :
नेपाली साहित्यका धरोहर प्रगतिवादी साहित्यकार श्याप्रसाद शर्माको निधन भएको छ । विं सं. १९८६ साल असार ६ गते मवानपुरमा जन्मिनुभएका शर्माको आइतबार बिहान ४ बजे निधन भएको उहाँका निकट साहित्यकार हरिहर खनालले जनकारी दिनुभयो ।
साहित्यकार मातृका पोखरेलका अनुसार शर्माको पार्थिव शरीर आइतबार बिहान दस बजेदेखि दुईबजेसम्म प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिने र साँझ पशुपति आर्याघाट लाने तयारी भएको छ। नेपालको प्रजातन्त्र स्थापनामा ठूलो राजनीतिक योगदान पुर्याउनु भएका शर्माले १९९७ सालको सहिद काण्डको बारेमा आफ्ना बुबा जोगनाथ लामिछानेबाट थाहा पाएपछि २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभएको थियो।
नेपालको प्रजातन्त्र स्थापनामा ठूलो राजनीतिक योगदान पुर्याउनु भएका शर्माले १९९७ सालको सहिद काण्डको बारेमा आफ्ना बुबा जोगनाथ लामिछानेबाट थाहा पाएपछि २००४ सालको राणाशाही विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभएको थियो। । २००७ सलाको राजनीतिक परिवर्तनपछि शर्मा राजनीति, साहित्य र पत्रकारिता तीनवटै विधामा निरन्तर अगाडि बढ्नुभएको थियो । बुबाको काम वीरगञ्ज भएकाले उहाँ ६ वर्षको उमेरमा आमा हितकुमारीको निधनपछि वीरगञ्जमा हुर्कनु भएको हो ।
२००९ सालमा शर्माले वीरगञ्जबाटै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएको थियो । त्यस लगत्तै सोही साल प्रगतिशील लेखक संघको स्थापना उहाँले नै गर्नुभएको थियो । सँगै २०१८ सालमा ४१ जना पत्रकारलाई भेला गरी ‘नेपाल पत्रकार संघ’ समेत गठन गर्नु भएको थियो। साहित्यकार शर्माको पहिलो प्रकाशित कृति ‘गाउँको सफाइ वि.सं. २००१ मा प्रकाशनमा आएको थियो । उहाँको साहित्ययात्रा कविताबाट भएको देखिन्छ । १० वर्षकै उेर उहाँले पहिलो कविता लेख्नु भएको तर प्रकाशित कविता भने २००२ मा ‘उदय’ मासिकमा छापिएको‘सन्देश’ शीर्षकको हो ।
नेपाली साहित्यमा निबन्ध विधाका उत्कृष्ट लेखक शर्माको ‘त–तिमी, तपाई–हजुर’ २०१४, ‘मेरी आमा’ २०१३ लगायत दर्जनौ कृति चर्चित छन् । राजनीतिक जीवन भोगाइका क्रममा उहाँले धेरै डायरी लेख्नु भएको छ । जसमा ‘थुनुवाको डायरी (२०२८), मेरा डायरीका पानाका थुप्रै शृङखला रहेका छन्। शर्मा नेपाली साहित्यको निबन्ध, कविता, गीत, समालोचना विधाका नेतृत्वकर्ता व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नेपाली पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पुर्याउनु भएको छ ।
-अन्नपूर्ण अनलाइन
http://aamsanchar.com बाट साभार =================================================
==================================================
प्रज्ञा–प्रतिष्ठान र प्रलेसबाट श्यामप्रसादको निधनमा शोक
काठमाडौँ, २४ वैशाख २०७४ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज शोक वक्तव्य जारी गरी उहाँले सिर्जना गर्नुभएका ‘बहिनीलाई चिठी’, ‘लेखक कसरी बन्ने रु’, ‘तँ, तिमी, तपाईं, हजुर’, ‘केही कविता केही गीत’, ‘राम्रो नराम्रो’, ‘श्यामप्रसादका निबन्धहरु’जस्ता दर्जनौँ कृतिले समाजमा प्रकाश छरिरहने र सामाजिक एवम् सांस्कृतिक रुपान्तरणमा उहाँले गरेको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।
यसैगरी प्रगतिशील लेखक सङ्घ नेपालले श्यामप्रसादको निधनमा शोक व्यक्त गर्दै उहाँ नेपाली प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनका अगुवा रहेको जनाएको छ ।
प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले प्रेस विज्ञप्ति जारी गरी उहाँले नेपाली समाजको सामाजिक, सांस्कृतिक रुपान्तरणको मूल कार्यसूची बोकेर आजीवन स्रष्टाहरुलाई वैचारिक ऊर्जा प्रदान गर्दै आइरहनुभएको बताउँदै नेपाली प्रगतिवादी निबन्ध विधा र नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान स्मरणीय रहेको जनाउनुभएको छ ।
आमूल परिवर्तनकामी नेपाली कम्युनिस्ट आन्दोलनमा समेत उहाँको योगदान अतुलनीय रहेको बताउँदै प्रलेसले श्रद्धाञ्जलिसहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
आमूल परिवर्तनकामी नेपाली कम्युनिस्ट आन्दोलनमा समेत उहाँको योगदान अतुलनीय रहेको बताउँदै प्रलेसले श्रद्धाञ्जलिसहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
रासस
=============================================
प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसादको निधनमा शोक
मूल्याङ्कन अनलाइन
वैशाख २४, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष एवम् लेखक श्यामप्रसादको निधन भएकामा शोक व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
लेखक स्व. श्यामप्रसाद
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज शोक वक्तव्य जारी गरी उनले सिर्जना गरेका ‘बहिनीलाई चिठी’, ‘लेखक कसरी बन्ने ?’, ‘तँ, तिमी, तपाईं, हजुर’, ‘केही कविता केही गीत’, ‘राम्रो नराम्रो’, ‘श्यामप्रसादका निबन्धहरु’जस्ता दर्जनौँ कृतिले समाजमा प्रकाश छरिरहने र सामाजिक एवम् सांस्कृतिक रुपान्तरणमा उनले गरेको योगदान सदा स्मरणीय रहने बताए ।
यसैगरी प्रगतिशील लेखक सङ्घ नेपालले श्यामप्रसादको निधनमा शोक व्यक्त गर्दै उनी नेपाली प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनका अगुवा रहेको जनाएको छ ।
प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले प्रेस विज्ञप्ति जारी गरी उनले नेपाली समाजको सामाजिक, सांस्कृतिक रुपान्तरणको मूल कार्यसूची बोकेर आजीवन स्रष्टाहरुलाई वैचारिक ऊर्जा प्रदान गर्दै आइरहेको बताउँदै नेपाली प्रगतिवादी निबन्ध विधा र नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा उनले पुर्याएको योगदान स्मरणीय रहेको जनाए ।
आमूल परिवर्तनकामी नेपाली कम्युनिस्ट आन्दोलनमा समेत उनको योगदान अतुलनीय रहेको बताउँदै प्रलेसले श्रद्धाञ्जलिसहित शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
http://emulyankan.com बाट साभार
=========================================
साहित्यकार श्यामप्रसाद शर्माको निधनपश्चात नेपाल प्रज्ञा-प्रतिष्ठान र आर्यघाटमा लिइएका तस्विरहरु
=====================================================================
==================================
श्यामप्रसाद विशेष -
No comments:
Post a Comment