श्यामप्रसाद सम्बन्धी केही लेख एवम् संस्मरणहरु
==================================
यसभित्र
======
सम्झनामा श्यामप्रसाद - मातृका पोखरेल
श्यामप्रसाद शर्माः मेरो स्मृतिमा - बलभद्र भारती
==================================
यसभित्र
======
सम्झनामा श्यामप्रसाद - मातृका पोखरेल
श्यामप्रसाद शर्माः मेरो स्मृतिमा - बलभद्र भारती
लट्ठी खाए, तर मुख खोलेनन् - धनुषचन्द्र गौतम
श्यामप्रसाद शर्मालाई सम्झेर -कोमल भट्टराई
श्यामप्रसाद शर्मालाई सम्झेर -कोमल भट्टराई
अष्टलक्ष्मी शाक्यको नजरमा श्यामप्रसाद शर्मा
स्मृतिका तरेलीहरूमा श्यामप्रसाद -नवराज तिमल्सिना
क. श्यामप्रसादको नेतृत्वमा दुई दशकको राजनीतिक यात्रा - रामराज रेग्मी
श्यामप्रसाद : स्मृति बिम्बभित्र - नवराज रिजाल
नेपाली साहित्यका चम्किला तारा श्याम प्रसाद शर्मा - सानुभाइ विश्वकर्मा सिन्च्युरी
मेरो चिनाउने बाटो - रेणु गुप्ता
श्यामप्रसादको खोजी - नानीमैयाँ अधिकारी
श्यामप्रसाद शर्माः एक सङ्क्षिप्त चिनारी - उमाकान्त आचार्य (उमेश)
उहाँ गुरुकुल हो - धर्मराज अधिकारी
मैले चिनेको श्यामप्रसाद - देव श्रेष्ठ
हो मेरो विचार पनि त्यस्तै हो - आर. सी. रिजाल
मैले बुझेको श्यामप्रसाद - विवेक वाइवा
समाजवादी चिन्तक श्यामप्रसाद - शिवशंकर पौडेल
मैले भेटेको श्यामजी - मुकेश कु. चालिसे
मेरो जीवनकै असल मान्छे - विप्र
जनसमर्पित व्यक्तित्व : श्यामप्रसाद शर्मा - गोविन्दप्रसाद आचार्य
वहाँ ‘ठूलो’ मान्छे हुँदै हैन ! - जनक लम्साल
==================================
संस्मरण
000
======================================
(२०७४ वैशाख २४ गते, सुर्खेत)
सम्झनामा श्यामप्रसाद
http://setopati.com बाट
================================================
साहित्यकार श्यामप्रसाद रहनु भएन, ८८ वर्षमा उहाँको निधन भयो। यसबेला ०३५ सालतिरका प्रशङ्गहरु म सम्झदैछु। उतिखेर उहाँ भूमिगत हुनुहुन्थ्यो उहाँको पार्टीको नाम सर्वहारा श्रमिक हो जस्तो लाग्छ । तर तत्कालिन अखिल नेपाल कोअर्डिनेशन कमिटी (मार्क्सवादी-लेनिनवादी) छोटकरीमा को.के. ले “अतिगोप्यतावादी समूह” भन्दथ्यो। सो समूहमा भित्री-काठमाडौं (जोंछे, वसन्तपुर, नरदेवी) का केही ईलाइटका छोराछोरीहरु आबद्ध रहेछन्। ती मध्ये केही को.के. मा सामेल भएको कुरा केदार बराल (हाल चिकित्सक, प्रोफेसर । त्यसवेला कोके र मालेका एक सफल संगठक हुन् र हाम्रो जेनेरेशन उनीबाट प्रशिक्षित भएको हो) बाट थाहा पाएको थिँए।
http://nayapage.com बाट साभार
=============================================
http://nayapage.com बाट साभार
=================================================
लोकभावनाबाट
=============================================
=================================================
लोकभावनाबाट
लोकभावनाबाट
लोकभावनाबाट
===============================================
लोकभावनाबाट
लोकभावनाबाट
--------------------------------------
http://nepalihimal.com बाट
=================================================
स्मृतिका तरेलीहरूमा श्यामप्रसाद -नवराज तिमल्सिना
क. श्यामप्रसादको नेतृत्वमा दुई दशकको राजनीतिक यात्रा - रामराज रेग्मी
श्यामप्रसाद : स्मृति बिम्बभित्र - नवराज रिजाल
नेपाली साहित्यका चम्किला तारा श्याम प्रसाद शर्मा - सानुभाइ विश्वकर्मा सिन्च्युरी
मेरो चिनाउने बाटो - रेणु गुप्ता
श्यामप्रसादको खोजी - नानीमैयाँ अधिकारी
श्यामप्रसाद शर्माः एक सङ्क्षिप्त चिनारी - उमाकान्त आचार्य (उमेश)
उहाँ गुरुकुल हो - धर्मराज अधिकारी
मैले चिनेको श्यामप्रसाद - देव श्रेष्ठ
हो मेरो विचार पनि त्यस्तै हो - आर. सी. रिजाल
मैले बुझेको श्यामप्रसाद - विवेक वाइवा
समाजवादी चिन्तक श्यामप्रसाद - शिवशंकर पौडेल
मैले भेटेको श्यामजी - मुकेश कु. चालिसे
मेरो जीवनकै असल मान्छे - विप्र
जनसमर्पित व्यक्तित्व : श्यामप्रसाद शर्मा - गोविन्दप्रसाद आचार्य
वहाँ ‘ठूलो’ मान्छे हुँदै हैन ! - जनक लम्साल
स्वान्तसुखायका विपक्षी- - विष्णु प्रभात
संस्मरण
सम्झनामा श्यामप्रसाद
- मातृका पोखरेल
‘चिनियाँहरुसँग भान्से लागेर श्यामप्रसाद चिनतिर गए र उतै बेपत्ता भए ।’ श्यामप्रसादको पहिलो परिचय मैले यसरी प्राप्त गरेको थिएँ । यो परिचयले मलाई एउटा प्रभाव प¥यो । श्याम प्रसाद प्रति खुल्दुली बढाउने प्रभाव । त्यसबेला मेरो किशोर दिमागमा त्यसले एउटा भिन्न र अनौठो प्रभाव छाडेको थियो ।
मैले कक्षा दस पढ्ने ताका पाठ्यक्रममा एउटा निबन्ध पढ्नुपथ्र्यो । ‘एक घण्टा बिताउन’ शीर्षकको । श्याम प्रसाद शर्माको त्यो निबन्धले खुबै छोएको थियो । ‘आइमाई साथी’ निबन्ध पनि मैले त्यतिबेलै पढिसकेको थिएँ । साहित्य प्रति एकदमै चाख थियो । त्यसैले रामायण, महाभारत त छँदै थिए, गौरी र मुनामदन पनि पुरै कण्ठ थिए मलाई । विद्यालयमा श्यामप्रसादको निबन्ध पढाउने क्रममा गुरुले श्यामप्रसाद चिँनियाहरुसँग चीनतिरै गएको र उतै बेपत्ता भएको कुराले म भित्रको साहित्यिक छटपटीले श्यामप्रसादको बारेमा जान्ने बुझ्ने कौतुहलता झनै बढेर गएको थियो ।
त्यसबेलाको मेरो साहित्यिक रूचि पनि कसैसँग व्यक्त गर्न नसक्ने अवस्था थियो । विराटनगर पढ्न गए पछि श्यामप्रसादको बारेमा पारिजातले लेख्नु भएको एउटा प्रसङ्ग पढ्ने मौका मिल्यो । त्यसबेलाको कुनै पत्रिकामा पारिजात दिदीले लेख्नुभएको थियो ؘ— ‘यदि कसैले श्याम प्रसादलाई भेटाउनु भयो भने जनचौकीमा बुझाईदिनु होला ।’ पत्रिकाको नाम, अहिले मलाई राम्रो सम्झना रहेन । पारिजात दिदीको त्यो लेखबाट के थाहा भयो भने श्यामप्रसाद शर्मा मैले पहिले सुनेको जस्तो चिनियाँहरुको भान्से लागेर चिनतिरै बेपत्ता भएको भन्ने कुरा सत्य थिएन । विराटनगर पढ्न गएपछि ती प्रगतिशील साहित्य र वामपन्थी राजनीतितिरको मेरो सम्पर्क बढ्यो । श्यामप्रसादको वास्तविक अवस्था पनि प्रगतिशील साहित्यमा लागेका अगुवा साथीहरुबाट बुझ्ने अवसर प्राप्त भयो । श्यामप्रसाद कठोर भूमिगत जीवन व्यतित गरिरहनु भएको छ भन्ने कुरामा हामी पछिल्लो पूस्तामा प्रगतिशील साथीहरु परिचित भयौं । हामी प्रगतिशील साहित्यमा लागेका सहकर्मीहरु त्यसबेला वामपन्थी राजनीतिसँग पनि निकट थियौं । वामपन्थी राजनीतिमा भरखरै पाइला चाल्न खोज्ने हामी सहकर्मीका माझ श्यामप्रसादको ‘अति गोप्यतवादी पार्टी’ पनि त्यसबेला खुबै उत्सुकताको विषय थियो । नेपालका त्यसबेलामा सबैजसो प्रतिबन्धित पार्टीहरुको जानकारीबाट हामी सुुसुचित हुन्थ्यौं । तर, श्यामप्रसादको ‘अति गोप्यतावादी पार्टी’ हाम्रो जानकारीबाट पनि पूर्ण भूमिगत थियो । म सँगसँगै मेरो पुस्ताको श्यामप्रसादसँगको परिचय अत्यन्तै रोमान्चक र रहस्यमय बन्नपुग्यो ।
००० ००० ०००
छयालीस सालको आन्दोलन पछि विजेताजस्तो धङधङींबाट हामी मुक्त भइसकेका थिएनौ । म बागबजारको डेरामा बस्थें त्यसबेला । प्रगतिवादी साहित्यमा अग्रज पुस्ताहरुसँगको मेरो सम्बन्ध राम्रो थियो । म सबैबाट माया पाउने ‘भाग्यमानी’ थिएँ । एकदिन बिहानै निबन्धकार रुद्र खरेल मेरो कोठामा आउनुभयो र भन्नुभयो ‘आज श्यामप्रसाद गुप्तवासबाट बाहिर आउँदै हुनुहुन्छ । त्यो कार्यक्रममा तपाँई पनि आउनुहोला ।’ रुद्र सरको त्यो सूचना मेरा लागि अत्यन्तै महत्वको कुरा थियो । रुद्र सरले बोलाएको ठाउँ चावेलको चारुमति बिहारमा म समयमैं पुगें । मेरा लागि श्यामप्रसाद त्यसबेला दन्त्यकथा जस्तै कथाको एउटा रोचक पात्र हुनुहुन्थ्यो । उहाँलाई हेर्ने किशोरसुलभ छट्पटिले शायद म रुद्र सरले दिनुभएको समयभन्दा अझ अगाडिनै पुगिसकेको थिएँ । मलाई चिनियाँहरुको भान्से लागेर कतै हराएको श्यामप्रसाद हेर्नु थियो । करिब अढाई दशक लामो कठोर भूमिगत जीवन बिताउने प्रगतिशील साहित्यको पाठशाला र ‘अति गोप्यवादी पार्टी’ को नेता हेर्ने हुटहुटी थियो । म रुद्र सरले दिएको समय भन्दा पहिलेनै चारुमति बिहार चाबेल पुगिसकेको थिएँ । म पुग्दा नपुग्दै त्यहाँ मैले चिनेका अग्रजहरु खगेन्द्र संग्रौला गोविन्द वर्तमान शार्दूल भट्टराईहरु त्यहाँ पुगिसक्नु भएको थियो । शायद हाम्रा पुस्ताको लागि दन्त्यकथाको रोचक पात्र झै लाग्ने श्याम प्रसादलाई हेर्ने र देख्ने हुटहुटीबाट हामी धेरै जना मुुक्त थिएनौं ।
त्यो दिन साहित्यिक अग्रजहरुको छेउ एक कुुनामा बसेर म श्याम प्रसादलाई हेर्न खोज्दै थिए । एकजना होचोहोचो मानिस भित्ताको अडेस लगाएर मेरो छेउमा बसेर सबैको गतिविधि रोचकताका साथ नियालि राख्नुभएको थियो । अरुको कुरा सुनेर घरिघरि एक्लै मुस्कुराउनु हुन्थ्यो । कसैले उहाँप्रति ध्यान दिएको थिएन ।
कार्यक्रम सुरु भयो । कथाकार देविका तिमिल्सिनाले माइक हातमा लिनु भयो र नेपाली साहित्यमा श्यामप्रसादको योगदानको चर्चा गर्न थाल्नुभयो । देविका तिमिल्सिनाले श्यामप्रसाद शर्मालाई मञ्चमा बोलाउने भन्ने बितिकै साहित्यकारहरु आनन्ददेव भट्ट र खगेन्द्र संग्रौला मुसुमुसु हाँस्दै मेरो छेउमा बसेर रोचकतापूर्वक वरिपरि नियालिरहेको उही मान्छेलाई दुइतिर हात समातेर मञ्चमा लग्नुभयो ।
‘उहाँ नै हुनुहुन्छ श्याम प्रसाद शर्मा ।’ आनन्ददेव भट्टले देविका तिमिल्सिनाजीको छेउमा आएर भन्नुभयो । जिन्स पाइन्ट लगाएको होचोहोचोे कदको मान्छे र मैले कल्पना गरेको श्यामप्रसादमा आकाश पातालको फरक थियो । हामी सबै तीनछक्क प¥यौं । श्यामप्रसाद भूमिगत जीवनबाट बाहिर आएको त्यो घटना राष्ट्रिय समाचारको विषय बन्यो । कार्यक्रम सकिएपछि रुद्र खरेल सरले ‘वेदना’ सँग जोडेर मेरो परिचय गराइदिनु भयो । मलाई काँधमा हात राखेर उहाँले आफू निकै खुसी भएको प्रतिक्रिया राख्नुभयो ।
श्यामप्रसादको भूमिगत जीवनबाट खुल्ला भएपछि साहित्यिक कार्यक्रमहरुमा उहाँको उपस्थिति बाक्लै देखिन्थ्यो । कार्यक्रमहरुमा नियमित जस्तो भेट हुन्थ्यो ।
‘तपाइँलाई श्यामप्रसादले भेट्न खोज्नु भएको छ ।’ रुद्र सरले एकदिन मलाई आएर खबर दिनुभयो ।
म त्यसबेला उहाँलाई भेट्न सिफलको एउटा घरमा पुगेको थिएँ । उहाँको आफन्तको घर थियो त्यो । पछिसम्म पनि कमलपोखरीमा रहेको छोरीको घरमा मूल रुपमा बसे पनि यदाकदा सिफल गइरहनुहुन्थ्यो । म पुग्ने बित्तिकै उहाँले तीनवटा रेकर्ड फायल लिएर आउनुभयो । सामान्य रेकर्ड फायल । मलाई दिन र सिकाउन भनेर पहिल्यै तयार पारेर राख्नुभएको रहेछ । ‘साहित्यिक पत्रकारिता गर्दा मैले अनुभव गरेको कुरो तपाँईलाई पनि साट्न खोजेको ।’ मायालु पाराले मतिर हेरेर हाँस्दै भन्नुभयो । तीनवटा फायलमा ठूला अक्षरले बाहिर लेख्नु भएको थियो । एउटामा स्वीकृत । अर्कोमा अस्वीकृत र अर्कोमा विचाराधिन । यो बाहेक अरु केही थिएन । मलाई भित्रभित्र हाँसो पनि उठिरहेको थियो । यति सामान्य कुरा कुनै साहित्यिक कार्यक्रममा भेट्दा सल्लाह दिएको भए पनि हुने । यस्तै यस्तै सोचेको थिएँ मैले त्यसबेला । म ती तीनवटा फायल बोकेर आँए । धेरै पछि मात्र सोचेँ । मैले सामान्य देखेको कुरा धेरै महत्वपूर्ण थियो । श्याम प्रसादको वास्तविक परिचय पनि यसमै थियो । यसरी आफ्ना अनुभव सरल ढ्र्गले सिकाउने अग्रज वास्तवमैं कोही थिएनन् । पछिल्लो पुस्तासँग संवाद गर्ने श्यामप्रसादको यो शैली र विशेषता अत्यन्तै नौलो र विशेष प्रकारकै थियो ।
००० ००० ०००
प्रगतिशील लेखक सङ्घको दोस्रो र तेस्रो राष्ट्रिय सम्मेलन पछि उहाँको नेतृत्वमा म पनि राष्ट्रिय परिषदको सदस्य थिएँ । पुरस्कार प्रकरणमा उहाँ विवादमा मुछिनुभयो । त्यसबेलाका त्यी दुई पुरस्कारहरु ‘महेन्द्र प्रज्ञा पुरस्कार’ र ‘मुक्ति पुरस्कार’ उहाँले लिनुहुँदैन भन्ने व्यापक दबाव आयो । श्यामप्रसादले ती पुरस्कारहरु नलिनुहोओस भन्ने मेरो पनि विशेष चाहना थियो । एकदिन एउटा कार्यक्रममा यो सल्लाह दिएँ पनि । मलाई उनीहरुले सोधेका थिए । लिन्छुु भनिदिएँ । अब लिन्न भन्न उचित लागेन ।’ उहाँको कुरा सपाट थियो ।
श्यामप्रसादलाई योजनाबद्ध फसाइएको थियो । त्यो पुरस्कार दिएर । प्रगतिवादी आन्दोलनमा केही अग्रजहरु विचलनको शिकार बन्ने अभियान अघि बढ्दै थिए । श्यामप्रसाद उहाँहरुसँगको उठबसमा हुनुहुन्थ्यो । उहाँहरु श्यामप्रसादलाई आफ्नो कित्तामा पार्न चाहनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घभित्र पुरस्कार विवाद दुई दृष्ट्रिकोणको सङ्घर्ष थियो । अन्तर्यमा पुरस्कारहरु वर्गीय हुन्छ् कि हुँदैनन् भन्ने लडाईंनै थियो त्यो बहस । अन्तत ः श्यामप्रसादले ती दुई पुरस्कारहरु लिनुभयो र प्रगतिशील लेखक सङ्घको अध्यक्षबाट राजीनामा दिन पुग्नुभयो । ‘महेन्द्र प्रज्ञा पुरस्कार’ र मुक्ति पुरस्कार’ले श्यामप्रसादको क्रान्तिकारी व्यक्तित्व माथि आउँदो समयले नकारात्मक मूल्याङ्कन गर्ने एउटा बलियो ठाउँ छाडेर गयो । श्यामप्रसादले सामन्तवादी सांस्कृतिलाई मलजल गर्न राखिएका पुरस्कारहरु लिनुहुँदैनथ्यो । तर यति पुरस्कारका कारण श्याम प्रसादले नेपाली समाज रुपान्तरण र प्रगतिवादी साहित्यको क्षेत्रमा पु¥याएको योगदानलाई पुरै खाडलमा पुरिदिने खतरनाक प्रवृति पनि छ हाम्रो आन्दोलनमा । हाम्रो आन्दोलनमा विचार र क्रान्तिकारिताका नाममा त्यो अर्को खतरनाक प्रवृतिले हामीले अपनाउनुपर्ने इतिहास सम्बन्धि सन्तुलित दृष्ट्रिकोणलाई ध्वस्त बनाउने सम्भावना पनि उत्तिकै छ । श्यामप्रसादका कमजोर पक्षलाई फालेर राम्रा पक्षलाक्षर्् ग्रहण गर्न सकेका खण्डमा हाम्रो आन्दोलन अत्यन्तै सम्पन्न हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलनको यी पछिल्ला दिनहरुलाई हेर्ने हो भने श्यामप्रसाद शर्मा झनै सम्झिनुपर्ने र चर्चा गरिरहनुपर्ने व्यक्तित्व बन्नुभएको छ ।
पछिल्लो समय श्यामप्रसाद शर्मासँग उहाँका आचार, विचारबाट प्रभावित बन्नुका पछिल्तिर मेरो आफ्नै मान्यता र सन्दर्भहरु छन् । माक्र्सवादी शास्त्रमा लेखिएका उद्धरणहरुलाई घोेकेर प्रस्तुत गर्नेहरुलाई हामीले क्रान्तिकारी माक्र्सवादी हुन् भन्ने भ्रम पालिरहेका छौं । माक्र्सवाद विचार सँगसँगैको व्यवहार हो । व्यवहारबिनाको विचारको समाज रुपान्तरणमा कुनै साइनो गासिँन सक्दैन भन्ने एउटा आग्रह छ म भित्र । मेरो त्यही आग्रहले म श्यामप्रसादको प्रशंसक हुन पुगे । श्यामप्रसादसँग माक्संवाद र माक्र्सवादी साहित्यको प्रचुर ज्ञान थियो । तर संगसंगै त्यो ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ भन्ने हुटहुटी पनि थियो । श्यामपसाद यस अर्थमा नेपालको कम्युनिष्ट आन्दोलनका थोरै नेताहरुमध्ये परैबाट प्रष्ट देख्न सकिने नेता हुनुहुन्थ्यो । श्यामप्रसादसँग म प्रभावित भएको अर्को महत्वपूर्ण प्रसङ्ग छ । श्यामप्रसाद आफ्नो गुप्तवासको समयमा धेरै साथीहरुको आश्रयमा बस्नु भयो । पटकपटक गरेर विसाँै वर्षसम्म एउटै घरमा पनि बस्नुभयो । यिनै घरहरु मध्येका एउटै घरमा पनि बस्नुभयो । यिनै घरहरु मध्येका केही साथिहरुसँग मेरा नजिकको सम्बन्ध भयो । धेरै नेताहरु आश्रम लिएर बसेका घरहरुमा नेताहरुप्रति वितृष्णा पलाएको मैले देखेको र सुनेको छु । तर श्यामप्रसादको पारिवारिक घुलमिल र व्यवहारका कारण उहाँ गुप्तवास बसेका घरपरिवारले आफ्नै सदस्य र अझ मायालु सदस्यको रुपमा व्यवहार गरेको पाएको छु । कमरेड निर्मल लामाको पनि जनतासँग घुलमिल भएर काम गर्ने यस्तो विशेषता थियो । श्यामप्रसाद यस अर्थमा भिन्न मानिस हुनुहुन्थ्यो ।
श्यामप्रसादले सत्ता र स्वार्थका लागि केही पाईँन भनेर कहिल्यै पनि गुनासो गर्नुभएन । सत्ता र स्वार्थका लागि आफू हिँडिरहेको बाटो पनि परिवर्तन गर्नेहरुको बजारमा उहाँ नितान्त भिन्न देखिइरहनुभयो । अबको नयाँ पुस्तालाई हामीले श्यामप्रसाद पढाउन सक्यौं भने पनि हाम्रो खिया लाग्दै गरेको आन्दोलनले पक्कै नयाँ चमक पाउँथ्यो । यस तर्फ हामीले ध्यान पु¥याउन सक्नुपर्छ ।
श्यामप्रसादले हामीले देख्ने र बुझ्ने गरी कहिल्यै पनि बडप्पन देखाउनुु भएन र घमण्ड गर्नु भएन । सादा जीवन साँच्चिनै उहाँको प्रर्याय जस्तै बन्यो । हामी पछिल्लो पुस्ताका मानिसहरुसँग व्यवहार गर्दा उहाँ समान भाव र मित्रतासहित प्रस्तुत हुनुहुन्थ्यो ।
श्यामप्रसाद शर्मा स्वस्थ हुनुभएको उत्तरार्ध समय सम्झन्छु म । प्रायः हामी पछिल्लो पुस्ताका मानिसहरुसँग निरन्तर सम्पर्क राख्ने बानी थियो उहाँको । मैले उहाँलाई जति पटक टेलिफोन बाट सम्पर्क गरेँ, त्यो भन्दा कैयौँ गुषा बढी उहाँले नै सम्पर्क गर्नुभयो । मलाई जसरी मेरा पुस्ताका अरु साथीहरुलाई पनि उहाँले त्यसैगरी सम्पर्क गर्नु हुन्थ्यो होला भन्ने अन्दाज गर्छु म । टेलिफोन उठाउने बित्तिकै ‘श्यामदाईको नमस्कार’ भन्ने स्वर सुनिन्थ्यो । आफूले टेलिफोन नगर्दा कहिल्यै उहाँलाई अवसरै नपाइने । उहाँलाई सम्झँदै गर्दा वर्तमान परिदृश्यका बामपन्थी नेताहरु हेर्छु — नमस्कार खान एकछिन आफ्नो परिचय सुनाउँछन् । नमस्कार भन्न ढिला गर्ने हो भने फेरि आफ्नो परिचय दोहो¥याउँछन् । यो भीडमा श्यामप्रसाद साँच्चै भिन्न मान्छे हुनुहुन्थ्यो । श्यामप्रसादै श्यामप्रसाद जस्ता मान्छे भएको समाजलाई शायद हामीले कल्पना गरेको ‘साम्यवाद’ भनिंदो हो । मैले जीवनमा एकजना असल मान्छेसँग केही समय संगत गर्ने अवसर पाएँ । श्यामप्रसादसँगको छोटो संगत मेरो जीवनको महत्वपूर्ण स्मृति सम्पदाको रुपमा मैले सँगालेको छु । श्यामप्रसाद मेरो मानसपटलमा सधैं बाँचिरहने मानिस भएर विदा हुनुभयो ।
======================================
श्यामप्रसाद शर्माः मेरो स्मृतिमा
बलभद्र भारती
वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको ८८ वर्षको उमेरमा (वि.सं. १९८६ असार ६–२०७४ वैशाख २४) काठमाडौंस्थित आफ्नै निवासमा आइतवार बिहान ४ः०० बजे निधन भएको छ । यी महान् स्रष्टा वि.सं. २००९ सालमा स्थापित प्रगतिशील लेखक संघ, नेपालको संस्थापक अध्यक्ष हुन् र आजबाट उनले जीवनको अस्ताचलमा पुगेर सदाका लागि विदा लिएका छन् र अब हामी माझ उनको सम्झनामात्र जीवित रहेको छ । यी महान् सादगी चिन्तक, समालोचक, निबन्धकार, राजनीतिज्ञ, पत्रकार एवम् माक्र्सवादी सौन्दर्यशास्त्रीको निधनले हमी सबैलाई मर्माहत बनाएको छ र म आज बिहानैदेखि बेचैनी महसुस गरिरहेको छु ।
वि.सं. २००१ मा गाउँको सफाइ कृतिका माध्यमबाट साहित्यमा प्रवेश गरेका उनी वि.सं. २००२ मा उदय मासिकमा सन्देश कविता छापेर पहिलो पटक प्रकाशनमा आएका थिए । उनी मूलतः निबन्धकार हुन् । मेरी आमा(वि.सं. २०१३) , तँ, तिमी, तपाईं हजुर (वि.सं. २०१४), मेरा डायरीका पानाजस्ता अद्वितीय निबन्धले उनलाई भाषा विज्ञानभित्र पनि वर्गीयता छ भन्ने कुरा सोच्न बाध्य बनायो र उनले वर्गीय समाजको चित्रण गर्ने सन्दर्भमा भाषा पनि अछुतो छैन अपितु वर्गीयताबाट निर्देशित छ भन्ने धारणा सार्वजनिक गरे, जुन आजपर्यन्त पनि उत्तिकै चर्चित र अद्वितीय मानिन्छ । यसैगरी बहिनीलाई चिठ्ठी, आइमाई साथी, एक घण्टा बिताउन जस्ता निबन्धले पनि उनलाई निकै प्रख्याती दिलाए र उनी प्रगतिवादी शिविरको मूर्धन्य स्रष्टाका रूपमा स्थापित बन्न पुगे । उनी प्रगतिवादी साहित्य शिविरभित्र सर्वमान्य व्यक्तित्वले गणना गरिन्थे र सादगीपनका लागि उनी हाम्रो युगका सबैभन्दा अग्लो कदका ज्यूँदा मानव स्मारक थिए ।
श्यामप्रसाद शर्मा राणाशासनको विरोधमा २००४ र २००५ सालमा पक्राउ परे र जेलभित्र सत्याग्रहको संघर्षलाई व्यवस्थित गर्ने काम गरे । वि.सं. १९९७ को शहीदकाण्डले राजनीतिमा हामफाल्न पुगेका श्यामप्रसाद शहीदकाण्डको प्रभाव परेको अभिव्यक्ति दिने गरेका थिए । उनले काठमाडौंस्थित सेन्टर जेलमा छँदा ‘थुनुवाको डायरी’ लेखे र त्यसमा उनले गोपालप्रसाद रिमाललगायतसँग मिलेर आन्दोलन गरेको तथ्य उजागर गरेका छन् । ‘बौलाहा रिमाल’ निबन्धमा उनले गोपालप्रसाद रिमाललाई सच्चा देशभक्त, क्रान्तिकारी एवम् गणतन्त्रवादीको संज्ञा दिएका छन् । वि.सं. २००३ सालदेखि राणाविरोधी आन्दोलनमा सक्रिय वि.सं. २००९ सालमा गोकुल जोशी, युद्धप्रसाद मिश्र, तारानाथ शर्मालगायतसँग मिलेर प्रगतिशील लेखक संघ, नेपालको स्थापना पनि गरे । त्यसै सालदेखि उनले नेपालमा विश्व मजदुर दिवस (मे दिवस) मनाउने परम्पराको थालनी पनि गरे । त्यसबेला श्यामप्रसाद ‘प्रगति’ नामको पत्रिका प्रकाशन गर्थे र त्यसलाई स्वयम् हकरका रूपमा घरघरमा पुगेर बिक्री गर्ने काम पनि गर्थे । आफै सम्पादक र आफै हकरको दर्जा पाउने पहिलो पत्रकारसमेत श्यामप्रसाद शर्मा हुन्भन्दा अत्युक्ति नहोला । श्यामप्रसादले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको सदस्य भइ काम गरे र त्यसबाट उनलाई नेपाली जनताको मुक्ति आन्दोलन सम्भव छैन भन्ने लाग्यो र वि.सं. २००७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिइ बाग्मती अञ्चल कमिटी सचिवालयको कार्यालय सचिवका रुपमा सक्रियतापूर्वक काम गरे । कक्षा १० सम्मको साधारण शिक्षा प्राप्त गरेका श्यामप्रसाद ६ वर्षको छँदा मातृवियोगमा परे र बाबुको जागीरको कारण पछि वीरगन्ज बसाइँ सर्न पुगे । बाबु जोगनाथ लामिछाने र आमा हुतुकुमारी लामिछानेका कोखबाट जन्मिएका श्यामप्रसाद पञ्चायतकालमा पनि लामो समय भूमिगत रहन पुगे । वि.सं. २०२४ देखि २०४७ सम्म भूमिगत रहेका श्यामप्रसाद नेपाली राजनीतिका अग्रणी व्यक्तित्व पनि मानिन्छन् । गोविन्द भट्ट, श्यामप्रसाद, जनकप्रसाद हुमागाईं, कुलमानसिंह भण्डारीलगायतका वरिष्ठ साहित्यकार एवम् समालोचक–चिन्तकहरूको एउटा संगठनको नेता भएका उनी जनताका काममा अहोरात्र खटिए र २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् उनी सार्वजनिक जीवनमा आए । भूमिगत अवस्थामा छँदा उनले अनेकौं छद्म नामबाट पनि आफूलाई सक्रिय बनाइरहे । विमर्श, बेनामी, दर्शन, हरि शर्मा, राम, कृष्णआदि विभिन्न छद्म नामले श्यामप्रसाद सक्रियतापूर्वक पञ्चायती व्यवस्थाको विरोधमा डटेर लागिरहे । वि.सं. २०१८ सालमा ४१ पत्रकारहरुलाई भेला गरी नेपाल पत्रकार संघ गठन गर्ने श्यामप्रसाद अग्रणी पत्रकारसमेत हुन् ।
श्यामप्रसादसँग मेरो पहिलो भेट २०४८ सालमा काठमाडौं चावहिलस्थित मुरारीप्रसाद अर्यालको घरमा भएको हो । अर्याल बामपन्थी बुद्धिजीवी हुन् र उनको घरमा त्यतिबेला प्रगतिशील लेखक संघको कार्यालय थियो । त्यही हाम्रो भेट भयो र पहिलो चिनजानपश्चात् जीवनपर्यत्न एउटा गुरु शिष्य एवम् दाजुभाइको आत्मीय सम्बन्धमा परिणत भयो । उनले मेरो पहिलो कविता संग्रह मुक्ति संघर्ष (२०४९) मा भूमिका लेखेर मलाई धेरै माया, स्नेह र वैचारिक आधार दिने गरी सुझावहरू समेत दिए, त्यसदिनको पहिलो भेट पछि हामी प्रलेसको सम्मेलनको निम्ति सुर्खेत आयौं । श्यामप्रसादलाई सुर्खेत ल्याउने पहिलो श्रेय पनि मैले नै पाएँ, साथीहरू खुशी हुनुभयो र हामीले सम्मेलन ग¥यौं । उहाँको प्रमुख आतिथ्यमा सुर्खेतले लेखक, निबन्धकार एवम् महान् सौन्दर्यशास्त्रीलाई पायो । हामी त्यसपछि पनि २÷३ पटक प्रगतिशील लेखक संघको कार्यक्रमकासन्दर्भमा सुर्खेतमा उहाँलाई निम्त्यायौं । त्यसअर्थमा भन्नुपर्दा सिंगो नेपाली साहित्यले र साथै सुर्खेती साहित्यिक समाजले आफ्नो मार्गदर्शक एवम् अग्रणी अभिभावक गुमाएको छ । यो हाम्रा लागि अपूरणीय क्षति हो ।
श्यामप्रसादले कहिल्यै पनि पुरस्कारका लागि ¥याल चुहाएनन् । सत्ताको तरफदारी गरेनन् । त्यसैले त उनी पञ्चायतकालभरि दुःख पाएर लुकीलुकी हिँड्न बाध्य भए । बहुदलीय व्यवस्थाको पुनरागमनपश्चात् पनि उनी कहिल्यै सत्ताको अगाडि गिडगिडाएनन् तर कतिपयले उनलाई अनावश्यक लान्छना लगाएर मुक्ति पुरस्कारको विवादमा तानेर अपमानितसमेत गरे । त्यतिबेला म आफै पनि प्रगतिशील लेखक संघ, नेपालको केन्द्रीय सदस्य थिएँ र श्यामप्रसाद त्यसको अध्यक्ष थिए । साथीहरूले पुरस्कार या अध्यक्ष पद मध्ये एउटा छाड्नुपर्ने अड्डी लिए, काठमाडौं न्यूरोडस्थित मूल्यांकन मासिकको कार्यालयमा वादविवाद चक्र्यो, मलाईं भने यो विवादमा सकेसम्म भोट गर्ने अवस्था नआइदिए हुन्थ्यो भन्ने लागेको थियो । म भित्रीरूपमा श्यामप्रसादलाई कार्वाही गर्नुहुन्न भन्ने पक्षमा थिएँ भने बाहिर नेकपा (मसाल) को प्रतिनिधि लेखक भएकाले मसम्वद्ध मोर्चाले उनको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । म बेचैन थिएँ । खगेन्द्र संग्रौला, निनु चापागाईंलगायतले उनको राजीनामा मागेका थिए र त्यसमा नेकपा (एमाले) निकट लेखकहरू खासगरी गोविन्द भट्ट, हाल नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतले उनलाई स–सम्मान विदा गर्नुपर्छ भन्ने मत व्यक्त गरेका थिए । अन्ततः श्यामप्रसादले राजीनामा दिए र उनलाई प्रगतिशील लेखक संघको अध्यक्षबाट हटाइयो । मत व्यक्त गर्नु नपरे हुने थियो भन्ने मेरो भित्री मनसायको सुरक्षित अवतरण भयो । तर मेरो मन कताकता दुःखीरहेको थियो । यो गल्तीलाई हामीले हाम्रा अभिव्यक्तिमा सच्चाउनुपर्छ, प्रगतिशील लेखक संघले यसको सही प्रतिउत्तर दिनु पनि पर्छ । पुरस्कार लिएकै आधारमा कसैको अवमूल्यन गर्नु, मानमर्दन गर्नु साह्रै दरिद्रता हो र म त्यसका लागि तत्कालीन प्रलेसको केन्द्रीय सदस्यका नाताले आत्मालोचना गर्दछु ।
श्यामप्रसादले मलाई पूर्वाञ्चलकी महान् स्रष्टा झमक घिमिरेसँग पनि चिनजान र सुमधुरसम्बन्ध बनाउन मद्दत गर्नुभयो । झमक घिमिरेले मलाई बारम्बार श्यामप्रसाद (ठूलो बाबाको नामले संवोधन गरेको) को महान् व्यक्तित्वमाथि प्रकाश पार्दै पत्राचारसमेत गरेकी थिइन् । कुनै दिन ती पत्रहरू पनि मैले श्यामप्रसादका स्मृतिमा सार्वजनिक गर्नेछु ।
अनुवाद, सम्पादन, पत्रकारिता, राजनीति र समाजसेवामा सक्रिय श्यामप्रसादले साहित्य, स्वास्नीमान्छे, जनमत, मसाल, नवयुग, ज्वाला, तरुण, गुनासो, (हस्तलिखित पत्रिका), सन्देश र कोसेली (जेलमा स्लेट पत्रिका) को सम्पादन पनि गरेका छन् र उनका ११२ वटा पुस्तकाकार कृति प्रकाशितसमेत छन् । श्यामप्रसाद शर्मालाई नेपाली साहित्यमा मूलतः प्रगतिवादी निबन्धकार, सौन्दर्यशास्त्री एवम् समालोचकका रूपमा चिनिन्छ । उनी मूलतः निबन्धकार हुन् । उनका धर्म संस्कृतिबारेका निबन्ध, राजनीति र समाज तथा श्रमजीवी वर्गका बारेमा अनेकौं ढंगले प्रकाश परिएका निबन्धहरू छन् । त्यसैगरी सौन्र्दशास्त्रीय चिन्तनमा पनि उनी अग्रणी छन् । सांस्कृतिक रूपान्तरणसम्बन्धी चिन्तनहरूले भरिएका उनका अनेकौं वैचारिक लेखहरू पुस्तककारका रूपमा पनि छँदैछन् । सरल, अति सामान्य कुराहरूमा गहकिलो चिन्तन दिनसक्ने श्यामप्रसादको व्यक्तित्व बहुआयामिक छ । जनताका आवाजहरूलाई प्रतिविम्बित गरेका छन् । ‘मेरा गीतहरूः तिम्रा स्वरहरू’ भन्ने गीतिसंग्रह उनको चर्चित कृति हो । यसमा उनले छोटाछोटा गीतहरूको संगालो बनाएका छन् र तिनमा जनताका आवाज, शोषण दमनको विरोध गर्नुका साथै श्रमजीवी वर्गको पक्षपोषण गरेका छन् । यसैगरी लेखक कसरी बन्ने ? र साहित्यसम्बन्धी दुई चार कुरा कृतिमा प्रगतिवादी साहित्यको मूल्यमान्यता र यसका आधारहरूका बारेमा गम्भीर विचार व्यक्त गरेका छन् ।
श्यामप्रसादले विभिन्न समयमा अनेकौं पुरस्कारहरू पनि पाएका छन् । उनले युद्धप्रसाद मिश्र स्मृति पुरस्कार, शताब्दी बाङ्मय पुरस्कार, भैरव पुरस्कार, कृष्णमणि साहित्य पुरस्कार, मुक्ति पुरस्कार, रू.१।– को नगद पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, शंकर लामिछाने निबन्धकारिता पुरस्कारआदि केही पुरस्कारहरू प्राप्त गरेका छन् । यसबाहेक विभिन्न जिल्ला, क्षेत्र र विभिन्न संघ–संस्थाबाट पनि पुरस्कृत तथा सम्मानित भएका छन् । गतवर्ष मात्रै उनी प्रगतिशील लेखक संघको आयोजनामा नागरिक अभिनन्दन समारोहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट अभिनन्दित भए । उनी कहिल्यै पनि पुरस्कार र सम्मान पाएर घमण्ड गर्ने व्यक्तित्व थिएनन् र त्यसको कहिल्यै प्रचार पनि गरेनन् । आत्म प्रशंसाका भोकाहरूका भीडमा श्यामप्रसाद एउटा एक्लो बृहस्पति हुन् र उनी जीवनपर्यन्त त्यसप्रति लालायित भएनन् तर कसैले पनि भनी हालेपछि नकार्न नसक्ने स्वभावका कारणले नै उनले केही पुरस्कार, सम्मान तथा मानपदवीहरू ग्रहण गरे तर त्यसको दुरूपयोग वा अवमूल्यन हुने काम पनि कहिल्यै गरेनन् । त्यसकारण श्यामप्रसाद हाम्रा निम्ति अति आदरणीय त छँदैछन् साथै–राष्ट्रिय मूलभावका निम्ति अपूरणीय हस्ताक्षर पनि हुन् । श्यामप्रसादले पहिलो पुस्ताका कम्युनिष्ट नेताहरूको पनि सानिध्यतामा रहेर लामो समय काम गरेका थुप्रै उदाहरण छन् । उनले ३० को दकशतिर नेकपा (मसाल) का महामन्त्री क. मोहनविक्रम सिंहसँग पनि निकटस्थ रही वैचारिक आदानप्रसाद गर्दा रहेछन् भन्ने कुराको रहस्य त्यतिबेला मात्र खुल्यो जतिबेला उनले मलाई क. मोहनविक्रम सिंहसँग भेटघाटको चाँजोपाँजो मिलाई दिनुप¥यो भन्दै लामो समयसम्म प्रतीक्षा पनि गरे । मैले धेरै प्रयास गरेपछि २०५४ को गर्मी याममा एकदिन डिल्लीबजारको उकालो जहाँ भूपनारायण आचार्यको प्रगतिशील पुस्तक पसल थियो, त्यसैको माथिल्लो तलामा श्यामप्रसादलाई लिएर गएँ र त्यहाँ हामीहरू श्यामप्रसाद शर्मा, मोहनविक्रम सिंह, अजय शर्मा, विमल शर्मा र नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव प्रा.डा.जीवेन्द्रदेव गिरीका बीच १ घण्टा लामो भलाकुसारी भयो । मोहनजीले श्यामप्रसादका लागि आफ्ना कतिपय उपलब्ध पुस्तकहरू उपहार दिनुभयो र उहाँले पनि आफ्ना केही साहित्यिक कृतिहरू मोहन जीलाई उपहार दिनुभयो । त्यसबेला नेकपा (मसाल) ले पुष्पलाललाई गद्दार मान्नुहुन्न भन्ने मत छैठौं महाधिवेशनबाट पारित गरिसकेको थियो र त्यहाँ ‘गद्दार पुष्पलाल’ को नाम परिवर्तन भइ प्रकाशित भएको पुस्तक दिँदा नाम परिवर्तनको प्रसंङ्ग चल्यो र मोहनजी निकै असमन्जसमा परेजस्तो हुनुभयो । मलाई त्यतिबेलाको असहजताको गाँठो फुक्न नसकेको अहिले पनि ताजा सम्झना छ ।
समग्रमा भन्नुपर्दा श्यामप्रसाद एउटा राजनीतिक चिन्तक तथा साहित्यिक स्रष्टा दुवै हुन् । उनका अनेकौं आनीबानी र विशेषताको सूक्ष्म अध्ययन गर्न सकिन्छ तर उनी निष्कलंकित, बेदाग, सफा र स्पष्टवादीताका प्रतिमूर्ति नै हुन् । अब उनी छैनन् तर सबै चीज उनले यही छाडेका छन्, त्यसको सांगोपांगो अनुसन्धान हुनुपर्छ र त्यसमाथि गम्भीर मूल्यांकन पनि हुनुपर्छ । त्यसै उनी हाम्रा माझ चर्चित भएका होइनन् । उनको साहित्यिक देन अपूरणीय छ र सबैले त्यसको मनन गर्नुपर्दछ ।
श्यामप्रसाद शर्मा हाम्रो परिवारका अभिभावक जस्ता थिए । मैले दुई वर्षअघि उनलाई भेट्दा स्मृति लोपको समस्याले पीडित भइसकेका थिए र उनले मलाई राम्ररी चिन्न पनि सकेनन् । केवल ‘पुरानो मित्र हो’ भनेर पन्छिने मात्र कोशिस गरे । यसैगरी मेरी श्रीमती नमिता भारतीले पनि गतसाल काठमाडौंमा भेट्दा चिन्न नसकेको अनुभूति व्यक्त गरेका रहेछन् । यसरी उनले आफ्नो स्मृति गुमाउँदै गएपछि घरमा बसेर विस्मृतिको गर्भमा निदाउनुबाहेक अर्को कुनै उपाय थिएन । राज्यले यसबारेमा कुनै ख्याल राखेन र उनी आफ्नै औषधि उपचारको बलमा आजसम्म बाँचे ।
श्यामप्रसादको जन्म वि.सं. १९८६ असार ६ गते तत्कालीन ललितपुर जिल्ला र हाल मकवानपुर जिल्लाको मन्थली गाविसको सोलीथुम गाउँमा भएको हो । उनले प्रकारान्तरले २ वटीसँग विवाह गरे । पुनु वाग्ले (वि.सं. २०००) र शशीकला (इ.सं. १९५६) सँगको वैवाहिक सम्बन्ध जीवनपर्यन्त रहन सकेन । शशीकलाबाट जन्मिएका २ छोरीहरु सम्झना र सपनाकै घरमा बसेर साहित्य साधना गर्दै आएका श्यामप्रसाद लामो समयदेखि स्मृति लोप (अल्जाइमर रोग) र निमोनियाको शिकार हुँदै आएका थिए । २०७४ वैशाख २४ को सूर्योदय नहुँदै बिहान ४ः०० बजे उनी अघिल्लो दिनको अस्ताचलबाट फिर्ता भएनन् र हामीसँग उनको सम्झना मात्र बाँकिरहेको छ । यी महान् स्रष्टा, साहित्यिक अभिभावक, प्रगतिवादी चिन्तक एवम् सौन्दर्यशास्त्रीको निधन हाम्रा निम्ति अपूरणीय नै रहनेछ । उनको मौलिक लेखन कलाको चिरकालसम्म गाथा गुञ्जिरहोस्, हार्दिक श्रद्धाञ्जली श्यामप्रसाद शर्मा, अलविदा श्यामप्रसाद शर्मा !
(२०७४ वैशाख २४ गते, सुर्खेत)
=============================
कवि बलभद्र भारतीलाई श्यामप्रसाद शर्माले लेख्नुभएक चिट्ठी
==================================================
लट्ठी खाए, तर मुख खोलेनन्
धनुषचन्द्र गौतम
सम्झनामा श्यामप्रसाद
२००३ सालतिर हामी त्रिजुद्ध हाइस्कुल, वीरगन्जमा नौ कक्षाका विद्यार्थी थियौं। श्याम र मेरो विशेष मित्रता थियो। वर्षभरी हामी सहअध्ययन गथ्र्यौं। अरू विषयमा मनग्गे अंक कुम्ल्याए पनि अन्त्यमा हामी दुवै गणितको गहिरो खाडलमा गाडिएका हुन्थ्यौं। हामी दुवै हिसाबमा परम लद्दू थियौं। गणितका शिक्षक थिए, केशवराज पिँडालीका वृद्ध पिता।
हामी उहाँलाई बूढा माडसाब भन्थ्यौं। उहाँ अफिमको अम्मली हुनुहुन्छ भन्ने कुरा भुपेन्द्रलाल (पुराना कांग्रेसी नेता देवेन्द्रलाल नेपालीका दाजु एवं हाम्रो कक्षाका दादा) ले हामीमा प्रचार गरेको थियो। शिक्षकहरूको निजी जीवनको चियो चर्चो गरेर रंगीचंगी चंगा उडाउनमा ऊ बिछट्ट थियो। हरेक शिक्षकलाई गाउँले पाराबाट बिद्रूप गरेर यौटा न यौटा नाउँ हिल्ला लाइदिएको हुन्थ्यो।
थाहा छैन कुन तत्वले डोर्याएर हो, म बिस्तार बिस्तार श्यामप्रसादसित लहसिँदै गएँ। श्याम कक्षाका शान्त विद्यार्थी थिए। उनी धेरै नबोल्ने, क्रोध नगर्ने र उमेर सुहाउँदो खेलाँची समेत गर्न मनपराउँदैनथे।
चुहुँदो वर्षात भएको एक दिन भूपेन्द्रलालले कक्षामा घोषणा गर्यो– ‘साथी हो, आज सिर्सिया नदीमा भीषण बाढी आएको छ। रक्सौलको पक्की पुलसमेत बगाउन थालिसक्यो। यस्तो बेला क्लासमा बस्नु हाम्रा लागि धिक्कार हो। जाउँ बाढी हेर्न। सबै जाने, कोई घर भाग्न पाउँदैन।’
भूपेन्द्र हामीभन्दा बढी उमेरको, बलियो जिउडालको र सबैउपर बलमिच्याइँ गर्ने खालको छात्र भएकाले उसको आह्वानको तिरस्कार गर्नसक्ने ह्याउ कुनै केटामा थिएन। तैपनि श्यामले विनम्र भएर तर्क गरे, ‘सिंगै कक्षा एक्कासि उठेर कसरी जाने? यसको परिणाम नराम्रो हुनेछ।’
‘साले, तैँले अडंगेबाजी गर्नेछस् भन्ने कुरा मैले अघि नै सोचिसकेको थिएँ। तिमीहरूलाई विदा दिलाउने काम हामी गर्छौं, हेर्दै जाओ।’
कक्षामा एक जना अर्का जण्ड आत्मा पनि थिए– रविराज चालिसे। भूपेन्द्रलालका हवलदार, परम मित्र र मतियार। भूपेन्द्र करायो– ‘उठ बेटा रविराज, शुभ कार्यमा लेट नगर।’
रविराज चालिसे उठ्यो र कक्षामा कुनापट्टि फर्केर सुसु गरिदियो। भूपेन्द्रलाल एउटा आँखा कानो पारेर हामीतिर कुटिल हास्य हुर्याउँदै कक्षा बाहिर निस्क्यो। उसले केही बेरपछि नै कक्षा शिक्षक र प्रधानाध्यापकलाई बोलाएर ल्यायो।
‘यस्तो दूषित वातावरणमा हामी पढ्न सक्दैनौं,’ भूपेन्द्रले शिक्षकहरूलाई भन्यो। अनेक गलफत्ती भए, तर दुई जनाको प्रयासले गर्दा सिंगै कक्षाले विदा पायो र हामी सबै बाढीको आनन्द लिन हिँड्यौं।
भोलिपल्ट श्यामलाई बोलाएर प्रधानाध्यापक अमरीष भट्टाचार्यले सोधे– ‘श्याम, तिमी साँचो कुरा भन। हिजो कसको काम हो त्यो?’
श्याम– ‘सर मलाई थाहा छ त्यो कसको काम हो तर मैले नभन्ने वचन दिइसकेको छु।’
श्यामलाई बेतले धेरै पटक हिर्काए तर उनी अडिग भएर उही कुरो भनिरहे। दादाहरुको डरले हो वा पोलहा नहुने अठोटले हो, उनले केही उच्चारण गरेनन्।
म आफ्नो सम्पूर्ण शैशव नजिकको भारतीय गाउँले सहर रक्सौलमा ब्यतीत गरेर वीरगन्ज झरेको थिएँ। अंग्रेजविरोधी भारतीय जनआन्दोलन, देशप्रेमको लहर, जातिपातिको निरर्थकताबारे मेरो आलो मथिंगलले जेजति ग्रहण गर्नसक्थ्यो, आफ्नो किसिमले त्यसको छाप ममा परिसकेको थियो। त्यही परिप्रेक्ष्यले अभिप्रेरित गरेर होला, मेरो र श्यामको सानिध्य बढ्दै गयो।
हाइस्कुलसामुन्ने विर्तामाईको मन्दिरनजिकै श्यामले जीविकाका लागि एक पुस्तक पसल खोलेका थिए– ‘सेवा सदन।’ दिनरातको हाम्रो अखडा त्यही पुस्तक पसलमा थियो।
भारतको बिहारतिरबाट एक जना पुस्तक विक्रेता महिना, दुई महिनामा श्यामको पसलमा आएर पुस्तक दिएर जान्थे र अगावै बिक्री भइसकेका पुस्तकहरूको मूल्य उठाएर लैजान्थे। ठूलो टिनको बाकसको माथिल्लो भाग भागवद्गीता, रामायण र कल्याण पत्रिका आदिले भरिएको हुन्थ्यो भने तल्लो खण्डमा रातो जिल्ला भएको विप्लव प्रकाशनका यशपालका साथै राहुल सांस्कृत्यायन आदिका क्रान्तिकारी पुस्तक टनाटन तह लगाएर राखिएका हुन्थे।
मलाई पनि बिस्तारै त्यस्ता पुस्तकहरूमा रस बस्न थाल्यो। सेवा सदनको ढोका थुनेर हामी दुवै लालटिनको मन्द प्रकाशमा राति दस–एघार बजेसम्म पढिरहन्थ्यौं। त्यहीताक मलाई श्यामजीबाट प्राकृत चिकित्साबारे पनि ज्ञान भयो। आरोग्य भवन, गोरखपुरबाट बिठ्ठलदास मोदीको सम्पादनमा निस्किने ‘आरोग्य’ पत्रिका पनि म नियमित रूपबाट पढ्न थालेँ। लुइकुनेको जल चिकित्साबारे पनि पहिलोपल्ट त्यहीँ मैले अध्ययन गर्न पाएँ।
विस्तार विस्तार हामी क्रान्तिकारी पुस्तकहरू पढेर खासखुस गर्दै आ–आफ्ना विचार आदानप्रदान गर्ने भैसकेका थियौं। वीरगन्जजस्तो राणाकालको एक पछौटे सहरमा श्यामलाई पनि मेरो साहचर्य निकै सुखद हुन गएको थियो।
श्यामको घर माइस्थान पछाडि गहवामा थियो, पराले छानो भएको दुई कोठाको फूसको घर। भरभित्र पस्दा उनको विपन्न अवस्थाको स्वतः भान हुन्थ्यो। श्याम आफ्नो पारिवारिक दुःखसुखका कथा कहिले कसैकासामु ओछ्याउँदैन थिए। मैले कहिलेकाहीँ कोट्याउने चेष्टा गर्दा कुरा छलेर बेग्लै विषयतर्फ मोडिदिन्थे। तैपनि घरमा जाँदा–आउँदा चालपाइसकेको थिएँ कि उनका पिता छैनन्। परिवारमा वृद्धा मातामात्र छिन्। परिवारको आर्थिक दायित्व केटाकेटी अवस्थादेखि नै श्यामले आफ्नो कलिलो काँधमा बोकेका थिए। घरको सावगास सेवा सदनले जेनतेन धानेको थियो। यही कारण हो कि स्कुलको समयबाहेक उनको सम्पूर्ण समय पसलमा ब्यतीत हुन्थ्यो। घरमा गाँस टिप्न मात्र जाने गर्थे।
मेरो घर कुमाल टोलमा जेलसित टाँसिएको थियो। घरमा मातापिता, काकाकाकीका साथै हामी पाँच दाजुभाइ र दुई साना बहिनीहरू थियौं। म बिहान एकसेर बाख्रीको दूध खाएर जेलको अखडामा पहलमान डाँकाहरूसित एकाबिहानै कुश्तीको अभ्यास गर्थेँ। डाँका मुद्दामा परेका मेवालाल मेरा कुश्तीका प्रशिक्षक थिए। जेलका हाकिम, कप्तान रिपुमर्दनको विशेष कृपा थियो मेवालाल माथि। बाह्र–पन्ध्र वर्षका लागि थुनामा परेका कैदी मेवालाल सुटुक्क दुई–तीन दिन घरमा बसेर आउँथ्यो। भारततिर घरभएता पनि उसले कहिल्यै विश्वासघात गरेन।
हामी अखडाको माटो शिरमा लगाएर दुईपटक नाङ्गा तिघ्रा ठटाउँदै कुश्तीका लागि ओर्लिन्थ्यौं। जेलर कप्तान विशाल भुँडी भिरेर उनको दीर्घ कायालाई ओगट्नसक्ने एक विशेष प्रकारको मेचमा बसी मेवालालले मलाई दाउ सिकाएको हेरिरहन्थे। श्यामप्रसादले पनि आफ्नो जेलको डायरीमा एक दुईपटक मेवालालबारे उल्लेख गरेका छन्। मजस्तो फिस्टे केटो मेवालालको जोडा कसरी हुन सक्थ्यो? त्यो त शरीर साँध्नका लागि एक खेलाँचीमात्र थियो। कप्तानका लागि यस उषाकालीन मनोविनोदले गर्दा दिनभरि उसको मिजासमा ठट्यौलोपन ब्याप्त रहन्थ्यो, जसबाट जेलका प्रत्येक कैदीका लागि त्यो दिन आल्हादकारी हुन्थ्यो।
यसरी जेलको अखाडामा बिहान शरीर सपार्ने प्रयास गर्थेँ भने बेलुकी श्यामको सहचार्यमा बुद्धि तिखार्ने उद्यम गर्थें। हामी दुवै सेवा सदनको ढोकामा भित्रबाट गजवार लाएर सुरक्षित भई लालटिनको मन्द प्रकाशमा स्वर थिचेर राणा शासनका अर्घेल्याइँबारे चर्चा गथ्र्यौं।
एक दिन मैले श्यामजीसित सोधेँ– ‘नेपालमा प्रजातन्त्र स्थापनाका लागि के गर्नुपर्छ?’
उनले मन्द हाँसोमा उत्तर फर्काए– ‘हेर्दै जानुस्, जिज्ञासाको समाधान तपाईंले छिट्टै पाउनुहुनेछ।’
नभन्दै, केही दिनपछि म र श्याम एक रात सधैंझैं पसलमा बसेका थियौं, जेलको घन्टाले नौ ठोक्यो। मैले आङ तान्दै भनेँ– ‘निकै बेर पो भएछ, जाने होइन?’
श्यामले अर्थपूर्ण तवरले मतिर हेरेर भने– ‘आधी घन्टाजति अझै कुरौं, तपाईंले अस्ति मसित सोध्नुभएको प्रश्नको उत्तर दिन एक जना मित्रलाई डाकेको छु, उहाँ आउँदै हुनुहोला।’
मैले आफ्नो कौतूहल शान्त गर्नका लागि केही बेर कुर्नै पर्यो। घन्टाले एकपटक फेरि ठोक्यो, अर्थात् साढे नौ बजेछ। श्यामजीले बिस्तारै पसलको खापा मानिस मात्र छिर्न हुनेगरी खोलिदिए। दुई चार मिनेट बितेको हुँदोहो– एकजना अग्लो ओभरकोटधारी मानिस हाम्रोसामु आएर ठिंग उभियो। यी थिए नेपाली राष्ट्रिय कांग्रेसका सक्रिय कार्यकर्ता हिमालयश्वरानन्द वैद्य। श्यामजीले परिचय गराए। उनले कालो ओभरकोटको बगलीबाट नेपाली राष्ट्रिय कांग्रेसको रसिद झिकेर मेरो नाम लेखे र अधकट्टी दिएर भने– ‘चार आना दिनुस्, आजदेखि तपाईं हाम्रो पार्टीको सदस्य हुनुभयो। अरू विशेष श्यामजीबाट थाहा पाउँदै जानुहुनेछ, म अहिले रेल समातेर कलकत्ता जाँदैछु, फेरि पछि भेटौंला, जय नेपाल।’
श्यामजीको पसलबाट त्यस रात निस्केका हिमालयश्वरानन्द वैद्यसित फेरि कहिल्यै मेरो भेट भएन। सारा नेता, कार्यकर्ताको भेट हुन्थे तर मलाई राजनीतिमा अनौपचारिक रुपबाट पदार्पण गराउने मानिससित कुनै भेटघाट हुन पाएन।
झन्डै त्रिचालीस वर्षपछि २०४६ सालतिरको कुरा हो। म शैलेन्द्रको छोराको विवाहमा जाउलाखेल गएको थिएँ। साँझपख शैलेन्द्रले पालभित्र बसेका मानिसलाई भने– ‘बालाजुतिर जाने कोई छ भने उहाँसित जानसक्नु हुन्छ।’
एक जना अग्लो मानिसलाई कारको ढोका खोलेर लिफ्ट दिने मुडमा उभिएको देखेँ। म कमलमणिसित गफ गर्नमा ब्यस्त थिएँ। कुन्नि किन हो त्यो कारनिर उभिएको मानिसको अनुहार उनी गैसकेपछि पनि धेरै बेरसम्म मगजमा छाइरह्यो। खसखस खप्न नसकेर मैले शैलेन्द्रसित सोधेँ– ‘अहिले गाडीमा जाने मानिस को हुन्?’
‘यी हुन् हिमालयश्वरानन्द वैद्य।’ नाम भनेर उ कतै ब्यस्त भयो। पुरानो सम्झनाको भेल पुनः उर्लेर आयो र मलाई हुत्याउँदै सेवा सदनभित्र पुर्याइदियो।
...
एक दिन स्कुलमा कुनातिर लगेर श्यामले भने– ‘आज राति पर्चा छर्नुपर्छ, एक मुठा पर्चा कलकत्ताबाट आइपुगेको छ। राति घरमा सबै सुतिसकेपछि कालोखाले गंजी लगाएर मेरो पसलमा आउनुहोला।’
वीरगन्जको इतिहासमा तत्कालीन राणा शासनको तीब्र विरोध गरेर पर्चा छरिएको थियो। भोलिपल्ट पर्चा पढेर सिंगै बजार स्तब्ध भएको थियो। आफ्नो पढ्ने स्कुल भएकाले त्यहाँ प्रत्येक कक्षाको ढोकामा पर्चा टाँसेर पनि ढोकामुनिको कापबाट भित्र छिराइदिएका थियौं। भोलिपल्ट सबै छात्रहरुको हातमा पर्चा थियो। विद्यार्थीहरुले गर्दा प्रत्येक पठित परिवारमा पुग्न सकेको थियो। तीनचार दिनको अन्तरमा दुईपटक हामीले बडो सावधानीसाथ बढी से बढी पठनीयतालाई ध्यानमा राखेर विभिन्न मोड र चोकहरूमा पर्चाबाजी गरिसकेका थियौं। दोस्रो पर्चा हिन्दी भाषामा थियो र भारतीय कवि दिनकरको कविताबाट प्रारम्भ गरिएको थियो–
ए मदहोश, बुरा फल है दीनोका शोणित पिनेका,
एक दिन देना होगा तुझको गिन गिन मोल पसीनेका।
बम विष्फोटले जुन प्रभाव पार्न सकोइन, त्यसभन्दा बढी प्रभाव पर्चाले पारेको थियो। राणा शासनको विरोधमा बोल्ने मानिसको जिब्रो काटेर सालको पातमा राखिदिन्छन् भन्ने आतंकपूर्ण धारणा रहेको ठाउँमा पर्चाले शासकहरूलाई कुनै तवरबाट नंग्याउन बाँकी राखेको थिएन। सारा सहरमा ग्याईं ग्याईं, घरघर यही चर्चा थियो। श्यामको बारे थाहा छैन, तर म भने चर्चा जति जति सल्किँदै जान्थ्यो, आफूलाई जमिनभन्दा एक हातमाथि हावामा टेकेर हिँड्ने प्राणीजस्तै ठानेको थिएँ।
त्यस बखतका बडाहाकिम हिरण्यशमशेर थिए। सुवर्णशमशेरका पिता। घोप्टे झबरी जुंगा, गोरो अनुहार र गालाको डिलमा पाचक आकारको एक डल्लो मुसा भएका हिरण्यशमशेर प्रचण्ड क्रोधी स्वभावका भनेर जिल्ला प्रगन्नाभरि विख्यात थिए। निश्चित छ, पर्चाको कारणले उनलाई सहिनसक्नु रिस उठेको थियो। त्रिचन्द्र कलेजको उद्घाटन गरेर फर्केपछि चन्द्रशमशेरले ठूलो खुइअ गरेका थिए रे। राजनीतिको सूत्रपात पक्कै पनि शिक्षण संस्थाभित्रै भएको हुनुपर्छ भन्ने कुरा यिनलाई पनि कता कता लागेको थियो। झन्डै वृद्धावस्थाको छेउछाउमा समयले घचेट्दै लगिएका बडाहाकिमका लागि सहरको त्यो एकमात्र हाइस्कुल पिलो हुन गएको थियो।
एक दिन हेडमास्टर लगायत हाई स्कुलका सम्पूर्ण शिक्षक खलक– मिश्रा, द्विवेदी, फेंकन, मुकुटधारी, पण्डित आदि पच्चीसौं वर्षदेखि रितुसंहार गर्दै आएको आ–आफ्नो खुइलन्टट्टु कोट तानतून पार्दै लाएर हिरण्यशमशेरका सामु उभिन पुगे।
बडाहाकिम गर्र्जिए– ‘को हो त्यो पर्चा छर्ने विद्यार्थी? यहाँ ल्या म त्यसको छाला काढेर सिंहदरबार पठाइदिन्छु।’
शिक्षकहरु लुगलुग कामिरहेका थिए, उनीहरुसित कुनै उत्तर थिएन।
बडाहाकिम फेरि पड्किए– ‘शिक्षक भनेको कक्षामा पढाउने मात्र होइन, विद्यार्थीहरुको स्कुल बाहिरको चालचलन र अनुशासनका लागि पनि तिनीहरुको जिम्मेवारी हुन जान्छ। मलाई सात दिनभित्र त्यो विद्यार्थी चाहिएको छ, होइन भने म स्कुल बन्द गर्ने आदेश दिनेछु।’
परिबन्दबाट पर्चा काण्डमा स्कुल ठाडै मुछिन लाग्दा पनि केही नबोली लोतेकान लाएर फर्किनु बडाहाकिमद्वारा दिइएको सातदिने म्याद तामेल गर्ने समन बुझेर जानुजस्तै हुने थियो। स्कुलको कमन रुममा आकाश पातालको कुरा गरेर सिंगै बिर्ताको के कुरा, छप्कैयाँसम्म थर्काउने गरी अट्टहास गर्ने गुरुहरु निमुखा भएर एकअर्काको अनुहार हेर्न थाले। श्री भगवान द्विवेदी छ फुट अग्ला र जिउडालमा शिक्षक थोरै पहलमान बढी देखिन्थे। उनले विस्तारै हात जोरे–
‘प्रभु, मेरो गर्दन चिलाएजस्तो छ। म यौटा कुरा बिन्ती चढाउँछु। यो पर्चा र स्कुलमा कुनै सम्बन्ध छैन। पक्का यो सीमापारीबाट आएर छरेर जाने अरु नै कोइ हुनसक्छ। मेरो स्कुलका छात्रहरु ज्यादै सिधासादा र सोझा किसिमका छन्, तिनीहरुबाट यस्तो काम हुनै सक्दैन।’
द्विवेदीको कुरा तर्कयुक्त थियो। खुला सिमाना, दिन रात एक्का तांगा दोहरीलत्ता भैरहने सडक, कुनबेला को आउँछ जान्छ केही बन्देज नभएपछि के भन्न सकिन्छ?
बडाहाकिम यसपटक रिसाएनन्, एकछिन घोरिएर भने– ‘यो काम टुपीकट्टा एक्कावानबाट पनि हुनसक्छ। भोलिदेखि एक्का तांगामा आउने जाने नयाँ मानिसहरुको कडाइसाथ तलाशी लिनु। र, यो आदेशलाई त्यहीँ उभिएका अमीनी लप्टन बखतमान र जेलका कप्तान रिपुमर्दनलाई दिए।’
...
सीमापारी रक्सौलमा केही कांग्रेसी नेताहरू आएका रहेछन्। तिनले सम्पर्क राख्नका लागि सुटुक्क खबर पठाए। अब हाम्रो गतिविधिमा नयाँ मोड आउने पक्का भैसकेको थियो। यस औसरको हामी बडो उस्तुकताकासाथ प्रतीक्षा गरिरहेका थियौं।
हामी दुवै, अर्थात् म र श्यामजी, रक्सौल धर्मशालाको मूलद्वार नाघेर भित्र पस्यौं। आँगनमा मुखभरि बिफरको हलुका दाग भएका एक युवकसित भेट भयो। हामीलाई देख्नासाथ भने– ‘तपाईंहरू वीरगन्जबाट आउनुभएको हो?’
अनि उत्तरको लागि कुनै अडान नली डोर्याएर कुनापट्टिको त्यस कोठामा पुर्याए, जहाँ अगावैदेखि ५–६ जना ठिटाहरु जम्मा भएका थिए।
एउटा खाटमाथि पातला काँटका, आँखा डेढा भएका एक आकर्षक युवक बसेका थिए। खुट्टामा साङ्ग्रो मोहता भएको सेतो ड्यौढा सुरुवाल र अग्लो कठालो भएको कोगिटा रंगको मोटो कुर्ता उनले लगाएका थिए। विफरको दाग भएका युवकले हाँस्तै परिचय गराए– ‘उहाँ कृष्णप्रसाद भट्टराई हुनुहुन्छ। एमएको अन्तिम वर्षको अध्ययन छाडेर आन्दोलन सञ्चालन गर्न नेपाली राष्ट्रिय कांग्रेसको तर्फबाट यहाँ आउनुभएको छ।’
हामी दुवैले अभिवादनको लागि नमस्कारमा दुई हात जोड्यौं।
(साहित्यकार श्यामप्रसादको आइतबार निधन भएको छ। प्रगतिशिल लेखक संघका संस्थापक अध्यक्ष श्यामप्रसादका बालसखा एवं परिचित लेखक स्व. धनुषचन्द्र गौतमले २०५३ सालमा प्रकाशित गरेका संस्मरण पुस्तक ‘कालान्तर’बाट सम्पादित अंश यहाँ प्रस्तुत गरिएको हो।)
http://setopati.com बाट
================================================
श्यामप्रसाद शर्मालाई सम्झेर
कोमल भट्टराई
साहित्यकार श्यामप्रसाद रहनु भएन, ८८ वर्षमा उहाँको निधन भयो। यसबेला ०३५ सालतिरका प्रशङ्गहरु म सम्झदैछु। उतिखेर उहाँ भूमिगत हुनुहुन्थ्यो उहाँको पार्टीको नाम सर्वहारा श्रमिक हो जस्तो लाग्छ । तर तत्कालिन अखिल नेपाल कोअर्डिनेशन कमिटी (मार्क्सवादी-लेनिनवादी) छोटकरीमा को.के. ले “अतिगोप्यतावादी समूह” भन्दथ्यो। सो समूहमा भित्री-काठमाडौं (जोंछे, वसन्तपुर, नरदेवी) का केही ईलाइटका छोराछोरीहरु आबद्ध रहेछन्। ती मध्ये केही को.के. मा सामेल भएको कुरा केदार बराल (हाल चिकित्सक, प्रोफेसर । त्यसवेला कोके र मालेका एक सफल संगठक हुन् र हाम्रो जेनेरेशन उनीबाट प्रशिक्षित भएको हो) बाट थाहा पाएको थिँए।
त्यसैवेला एक क्रान्तिकारी घरबाट विद्रोह गरेर जनताको काखमा पुगेको सुनियो। ०३५ सालको अन्ततिर रत्न वान्तवाको हत्या हुँदा एक महिला कमरेडले पुलिसलाई छलेर भागेको रोमाञ्चक घटना सुनियो र कैयौं युनिटमा सुनाइयो पनि। २०३५ सालको पौषमा को.के.बाट नेकपामाले गठन भयो। ०३६ सालको विद्यार्थी आन्दोलनपछि र अनेरास्ववियुको विस्तार र संकल्प परिवारको गिती अभियानलाई आधार बनाउँदै मालेले देशभर उल्लेखनीयरुपमा संगठन बनायो।
संगठन बनाउने क्रममा यसले मजदुर आन्देलन तथा छिटपुट जनसंघर्ष चलाउदै पनि गयो। यसै क्रममा ०३७ सालको श्रावणभदौताका महङ्गी विरोधी आन्दोलन चलाउने निर्णय मालेले गरेको थियो। यसका लागि एक उपत्यकास्तरीय संघर्ष समिति बनेको थियो, त्यसमा एक शिक्षिका हुनुहुन्थ्यो। ०३९ सालमा मालेभित्र पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रताको अस्वस्थ विवाद चल्यो। सो समय एक महिला कमरेड एकाएक सक्रिय देखिनु भयो। यसैगरी अर्की महिला पनि सो विवादमा सक्रिय हुनु भयो।
यी सबै श्यामप्रसादको अतिगोप्यतावादी समूहबाट को.के.मा सामेल हुनुभएको थियो। हालपनि ती महिलाहरु वाम आन्दोलनमा हुनुहुन्छ। घरबाट विद्रोह गर्ने अष्टलक्ष्मी शाक्य हो, उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्छ। पुलिसलाई छक्याउने सुशीला श्रेष्ठ पहिला एमाले हाल संघीय समाजवादी फोरमका नेता हुनुहुन्छ।
महङ्गी विरोधी आन्दोलनमा भेटिइनु भएकी शिक्षिका मिरा ध्वजु एमालेको भद्र र सभ्य महिला नेतामध्ये एक हुनुहुन्छ। विवादमा सक्रिय देखिनु भनिएकी रवि चित्रकार हाल प्रोफेशर हुनुहुन्छ साथै उहाँलाई सबै चिन्नु र जान्नुहुन्छ। र अन्तमा उल्लेखित महिला एमालेको तथा सुरुङ्गी बारुदी विरोधी अभियानको नेतृ पूर्णशोभा चित्रकार हुनुहुन्छ। एकता पाँचौ सम्मेलनका कोषाध्यक्ष लक्ष्मी मानन्धर पनि उहाँकै कार्यकर्ता हुनुहुन्थ्यो कि? यो समूहको लिड गर्ने (यकिन त छैन) सुलोचना मानन्धर (धिताल) हाल निवन्धकारका रुपमा सुपरिचित हुनुहुन्छ र प्राज्ञ हुनुहुन्छ।
तत्कालिन को.के. हालको एमालेले श्यामप्रसादबाट प्रशिक्षित कार्यकर्ता ऐनवक्तमा पाएको थियो। ती महिला (खासगरी अष्टलक्ष्मी र सुशीला) हरु (नक्खु जेलब्रेकसमेत) का साहसिक कथा सुनाएर त्यसवेला संगठन गरिएका छन्। काठमाडौमा मालेको संगठन माथि उल्लेखित नेतृहरु प्रवेश भएपछि विस्तार भएको हो। यी महिलाहरुको उत्साहमा साथ दिने क्रममा नै तत्कालिन मालेको नेतृत्व सकृय बन्यो। म श्यामप्रशाद शर्मालाई सम्झने छु कि उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य जस्तो निष्ठावान्, सरल, साच्चै नै पुस्तकमा लेखिने गरिएको कम्युनिष्ट नेपालीलाई विरासतमा दिएर जानु भयो।
श्यामप्रशाद र एमालेबीचको सम्वन्धबारे एमालेसँग संस्थागत स्मरण (instutional memeory) नहुन पनि सक्छ। तर उहाँबाट एमालेले साहित्यजगतको अङ्श लिएको छ। यो ०३४ सालतिरको कुरा हो, कुन्ता शर्माको सम्पादनमा निस्कने संकल्प मार्फत रामेश दाई (यसमा रघुजीको भूमिकाको स्तर मलाई थाहा छैन) ले “ह्श्ववादी” र पातलो “स” आन्दोलनको पुनरावृत्ति गर्नु भयो। यसका प्रेरक श्यामप्रशाद शर्मा नै हुनुहुन्थ्यो। रामेश दाईले हाम्रा तर्कलाई खारेज गर्न “चलन त्यसै चल्दैन चलाए पछि चल्छ” भाई भन्ने गर्नु हुन्थ्यो ।
यस कथनलाई उहाँले संकल्प पत्रिकाको भित्री पहिलो पृष्ठमा छाप्ने गर्नुहुन्थ्यो। पछि उहाँहरुको आन्दोलन बन्द भयो र पुरानै व्याकरण अङ्गाल्न थाल्नु भयो। तर रामेशदाईको त्यस प्रयाशले श्यामप्रसाद शर्मा, जनकप्रसाद हुमागाई देवीप्रशाद किसान जस्ता अग्रजहरुसँग हालको एमालेले साहित्यिक विरासत पायो। मञ्जुल-रामेश दाईहरुको संकल्प प्रकाशन, ०३६ सालपछि संकल्प गिती कार्यक्रमसँग श्यामप्रसाद शर्मा अवश्य गाँसिएका छन्। श्यामप्रसादले सुन्न त पाउनु हुन्न तैपनि यसवेला एकपटक मालेकालिन नेताहरुले संकल्प पत्रिका र संकल्प गिती कार्यक्रमलाई सन्दर्भमा राखेर विगतलाई गहिरिएर स्मरण गरुन् र श्यामप्रसाद शर्माको मूल्याकंन गरुन् भन्ने मेरो आग्रह छ।
अन्तमा म श्यामप्रशाद शर्माको नेपाली साहित्य, अरु स्थान र क्षेत्र (जसमा नेपाली महिला आन्दोलन, पत्रकारिता समेत पर्दछ) बाट उहाँको मूल्यांकन गर्न सक्दिन। तर दावासाथ भन्न सक्छु कि नेपाली कम्युनिष्ट आन्दोलन, खासगरी एमालेको संगठन र आन्दोलन श्यामप्रसाद शर्माको तिर्नै नसक्ने गरी ऋणी छ।
http://nayapage.com बाट साभार
=============================================
अष्टलक्ष्मी शाक्यको नजरमा श्यामप्रसाद शर्मा
हामी घरबाट बिद्रोह गरेर परिवर्तनमा होमियौं । २०२८ सालतिर धेरै साथीहरु सहित हामी महेशमान श्रेष्ठको चिनियाँ भाषा पढ्न गयौं । चिनियाँ भाषा पनि क्रान्तिको तयारीकै लागि हामीले पढेका हौं । हाम्रो लागि कमरेड महेशमान असाध्यै सरल र क्षमतावान् गुरु हुनुहुन्थ्यो । तर, बिचमै उहाँ पिएचडीको लागि चिन जानु हुनेभयो । त्यो बेला हाम्रो समुह निकै समस्यामा पर्यो । हामी अलपत्र जस्तै भयौं । हामीले उहाँसँग भन्यौं,‘हामी चहिँ बुर्जुवा शिक्षा बहिस्कार गरेर तपाईसम्म आयौं, तपाई चहिँ पढ्न चीन जाने ?’ तर उहाँले हाम्रो कुरा सुन्नु भएन । एकजना सम्पर्क व्याक्ति दिएर उहाँ चिन जानुभयो ।
हामी त कुहिरोभित्रको काग जस्तो भयौं । सबै त्यागेर राजनीतिमा होमिएका थियौं तर हामीलाई गाइड गर्ने मान्छे समेत भएन । उहाँले जो व्याक्ति सम्पर्कको लागि दिनुभएको थियो, त्यो मान्छे खराब परेछ । यसपछि हामीले बिद्रो गरेर त्यही भाषा पढ्ने समुहलाई अध्यायन समुह बनायौं । हामीलाई पछि मात्रै थाहा भयो हाम्रो गुरु महेशमान त श्यामप्रसाद पो हुनुहुदोरहेछ । हामीले त्यसपछि त्यो समुहलाई अतिगोप्यवादी समुह भनेर नाम पनि राख्यौं ।
सरल भाषाबाट चेतना
भुमीगत कालका त्यो तिता अनुभुति भएपनि म श्यामप्रसादलाई असाध्यै आदर गर्छु । सुरुका चरणमा हामीलाई दिक्षित गर्ने उहाँ नै हो । उहाँले सरल भाषामा जनताको चेतना जगाउने रचना गर्नुहुन्थ्यो । भुमिगत कालमा उहाँले लेखेका लेख र रचनाहरु चेतनाको मियो थियो । क्रान्तिकारीहरु जन्माउनमा निकै ठुलो योगदान छ । जतिबेला हामी उहाँसँग पढ्दै थियौं, त्यतिबेला त श्यामप्रसाद भनेर हामीले चिनेनौं । भुमिगतकालमा हामीले चिनेको महेशमान श्रेष्ठ असाध्यै सरल हुनुहुन्थ्यो ।
भुमीगत कालका त्यो तिता अनुभुति भएपनि म श्यामप्रसादलाई असाध्यै आदर गर्छु । सुरुका चरणमा हामीलाई दिक्षित गर्ने उहाँ नै हो । उहाँले सरल भाषामा जनताको चेतना जगाउने रचना गर्नुहुन्थ्यो । भुमिगत कालमा उहाँले लेखेका लेख र रचनाहरु चेतनाको मियो थियो । क्रान्तिकारीहरु जन्माउनमा निकै ठुलो योगदान छ । जतिबेला हामी उहाँसँग पढ्दै थियौं, त्यतिबेला त श्यामप्रसाद भनेर हामीले चिनेनौं । भुमिगतकालमा हामीले चिनेको महेशमान श्रेष्ठ असाध्यै सरल हुनुहुन्थ्यो ।
बहुदल आएपछि भेट
उहाँ हाम्रो भेट बहुदल आएपछि मात्रै भयो । त्यतिबेला हामी नेता भइसकेका थियौं । मैले उहाँसँग भेट्दा असाध्यै खुसी हुनुभयो । उहाँले भन्नुभयो,‘हामीले रोपेको बिरुवाले निरन्तरता पाएको रहेछ, मलाई सारै खुसी लाग्यो ।’ पछि म मन्त्री भएपछि उहाँलाई सम्मान गर्ने मौका समेत पाए । उहाँलाई सम्मान गर्न पाउदा असाध्यै खुसी लाग्यो ।
उहाँ हाम्रो भेट बहुदल आएपछि मात्रै भयो । त्यतिबेला हामी नेता भइसकेका थियौं । मैले उहाँसँग भेट्दा असाध्यै खुसी हुनुभयो । उहाँले भन्नुभयो,‘हामीले रोपेको बिरुवाले निरन्तरता पाएको रहेछ, मलाई सारै खुसी लाग्यो ।’ पछि म मन्त्री भएपछि उहाँलाई सम्मान गर्ने मौका समेत पाए । उहाँलाई सम्मान गर्न पाउदा असाध्यै खुसी लाग्यो ।
आज बिहान सुने उहाँको निधन भएछ । हामीले हाम्रो एकजना अभिभावक गुमाएका छौं । नेपालको परिवर्तनको प्रक्रियामा उहाँको ठुलो भुमिका छ । अझ कम्युनिष्ट आन्दोलनमा त उहाँको निकै ठुलो योगदान छ । खासगरी साहित्य मार्फत नेपाली समाज परिर्वतनमा उहाँले दिनु भएको योगदान अतुलनिय छ ।
(कुराकानीमा आर्धारित)
http://nayapage.com बाट साभार
=================================================
स्मृतिका तरेलीहरूमा श्यामप्रसाद
नवराज तिमल्सिना
सादगी र कर्तव्य निष्ठाको जो पर्याय बनिसकेको छ, जसलाई नेपालमा सिद्धान्त र व्यवहारको ज्युँदो नमूना व्यक्तिका रूपमा प्रायः धेरैले चिन्छन् र जसका अत्यन्त सरल तर अर्थमा गम्भीर र जीवनोपयोगी रचनाहरूका कारण समाजलाई बदल्न ठूलो सहयोग पुग्छ त्यस्ता व्यक्तित्व श्यामप्रसादका बारेमा मैले लेखिरहनु पर्ने कुराहरू उत्तिसारो बाँकी छैनन् । नेपालको प्रगतिवादी सामाजिक तथा राजनीतिक–साँस्कृतिक आन्दोलन, मुक्ति अभियान, जनक्रान्ति, साँस्कृतिक रूपान्तरणको अभियान, राणा शासनदेखि गणतन्त्र स्थापनासम्मको परिवर्तनका लागि भएका विभिन्न प्रकारका सङ्घर्षहरूका क्रममा वहाँको विषयमा धेरै जनाले धेरै कुराहरू लेखिसकेका छन् । म चाहिँ त्यसै कारणले धेरै कुराहरू लेख्ने विषयहरू फेला पार्न नै सकिरहेको छैन । मसँग वहाँको कुनै रगतको साइनो पनि छैन, हामी समवयी पनि होइनौँ । ख्याति र योगदानका हिसाबले त म वहाँको अगाडि कता हो कता बाउन्ने छु । हामी जन्मे–हुर्केको जिल्ला वा हुर्केको थातथलो पनि एउटै होइन ।
त्यति हुँदा–हुँदै पनि किन हो कुन्नी श्यामप्रसाद मेरा सबैभन्दा नजिकका आफन्त हुन् भन्ने आभाष भित्रै हृदयदेखि निरन्तर भैरहन्छ । यस्तो साइनो
कसरी कायम हुन गयो यसबारे म कुनै विशेष घटना वा प्रसङ्गलाई मात्रै सम्झेर भन्न पनि सक्दिनँ । त्यसैले वहाँसँगको आत्मीयतापूर्ण अभिभावकत्व, अगुवाई र आदर्शसँग गाँसिएका प्रसङ्गहरू केही बुँदाहरूमा यहाँ उल्लेख गरेर यस पटक श्यामप्रसाद बारेको चर्चा गर्न चाहन्छु ।
१) म किशोरावस्थाकै हुँदो हुँ ,मेरो ठूलो दाजुले कताबाट हो कुन्नि एउटा पुस्तक ‘गोरे घर्तीको सवाई’ फेला पार्नु भएछ र घरमा आएर बेलुका त्यो सवाईको किताब सबैलाई सुनाएर पढ्नु भयो । जनकप्रसाद हुमागाइँले लेखेको त्यो किताब सबैले खुबै मन पराए । जनकप्रसाद बल्थली (काभ्रे जिल्लाको ढुङ्खर्क नजिकै पर्ने) का मानिस हुनुहुँदो रहेछ । वहाँका बारेमा कुरा चल्दा–चल्दै कताबाट हो कुन्नि जनकप्रसादलाई श्यामप्रसादको निकटको मान्छे भनेर कुरा चल्यो । को त श्यामप्रसाद ? त्यहाँ पनि खुल्दुली चल्यो ।
वहाँ मकवानपुरमा जन्मेका तर काठमाण्डौमा बस्ने एकजना ठूला साहित्यकार हुन् भन्ने कुरा पनि त्यहाँ भयो । कुरा त्यत्तिकैमा सामसुम भयो । मलाई श्यामप्रसाद बारेको जिज्ञासाको सानो बीजारोपण त्यहीँबाट भएको हुनुपर्छ भन्ने लाग्छ ।
२) मेरो जन्मथलो मकवानपुर जिल्ला र हेटौँडा बजार होइन । म जन्मेको ठाउँ त्यतिबेला भन्ने गरिएको पूर्व १ नम्बर, ढुङ्खर्क भुते हो । म अन्जानै हुँदा
मेरा बा आमाले ७ जनाको परिवारलाई ढुङ््खर्कबाट कलैयामा बसाइँ लैजानु भएको हो । हामी हेटौँडामा त वि.सं. २०१८ सालमा मात्र कलैयाबाट बसाइँ आएका हौँ । २०२३–२४ सालदेखि नै हेटौँडाको चिसापानी क्षेत्रका जनताले आवाद गरेर जोतीखाई आएको जमिन कुनै दरबारियाले आफ्नो नाममा हुकुम प्रमाङ्गी गराएर ल्याएको खबरले यहाँका जनता आन्दोलित र उद्वेलित थिए । म त्यतिबेला भुटनदेवी हाइस्कूलमा पढ्थे । स्कूलका केही शिक्षकहरू, केही माथिल्ला कक्षाका विद्यार्थीहरू, चिसापानीका टाठाबाठा किसानहरू, केही बुद्धिजीवीहरू सबै नै किसानहरूका विरुद्ध दरवारिया षड्यन्त्रको विरोध र किसानहरूको आन्दोलनको समर्थनमा ठाउँ–ठाउँमा कुराकानी गरिरहन्थे । हाम्रा बा, आमा, दाजुहरू पनि त्यस्ता कुराकानी र सामन्त विरोधी आन्दोलनमा स्वभावैले सामेल भैरहनु हुन्थ्यो । त्यसैले कता हो कता धनीमानीहरूप्रति मेरो रोष र घृणा थियो भने गरीब, असहाय, दुःखी, निम्छरा मानिसहरूप्रति अन्तरमनमा दया र प्रेम भाव थियो । त्यसैले ‘गोरे घर्तीको सवाई’ र श्यामप्रसाद बारेको चर्चाले मेरो मनमा ठाउँ बनाउन सघाएको रहेछ जस्तो पनि लाग्छ ।
एक पटक भुटनदेवी हाइस्कुलको आयोजनामा भएको एउटा वृहत् साहित्य गोष्ठीमा म पनि प्रतियोगी भएर भाग लिन गएको थिएँ । त्यहाँ मैले ‘गरीबको दुःख’ शीर्षकको कविता सुनाएको थिएँ । संयोगले मेरो त्यो कविता प्रथम घोषित भयो । मैले एउटा सानो स्वर्णलेप भएको तक्मा र केही पुस्तकहरू भएको मुठो पुरस्कारमा पाएँ । तीमध्ये केही साना–साना बालकथाहरूका पुस्तक थिए भने एउटा पुस्तक थियो श्यामप्रसादद्वारा लिखित ‘तँ, तिमी, तपाईं, हजुर’ ।
म पुरस्कृत भएको खुसीले रमाउदै पुरस्कारमा पाएको पुस्तकको मुठो र पाएको तक्मा भिरेर दौडँदै घरमा आएँ । बा, आमा, दाजु र भाउजु सबैले मलाई बधाई दिए । बाले मलाई पुरस्कार वापत दिएको पुस्तकहरू एक–एकवटा गरी हेर्नु भयो र त्यही ‘तँ, तिमी, तपाई, हजुर’ नामक पुस्तक मेरो हातमा दिएर भन्नु भयो– ‘ल कान्छा, यो किताब पढेर मलाई सुना त ! म पनि सुनौँ ।’
हर्षले प्रफुल्ल भएको मेरो लागि बाको त्यो आग्रह पनि पुरस्कारै पाएको जस्तो लाग्यो । र, म लागेँ त्यसै पुस्तकको नामकै शीर्षकको निबन्ध पढ्न ।
‘तँ, तिमी, तपाई, हजुर’ पढ्दै गएँ । बा, दाजु, र आमाको भाव भङ्गिमा पनि हेर्दै गएँ । वहाँहरू औधी ध्यानपूर्वक सुनिरहनु भएको र घत परेको प्रसङ्ग आएपछि त मुसुक्क हाँस्दै मुन्टो हल्लाएर समर्थन पनि गरिरहनु भएको थियो ।
म साँझ नपरिकन घर पुगेको थिएँ । घरका सबैको आ–आफ्नो कामधन्धा सिध्याउन बाँकी थियो । त्यसैले पुस्तकको बाँकी भाग भरे पढ्ने भनेर आ–आफ्नो कामको मेसोमा सबै लागे । म खाजा खाइवरी साथीहरूका बीचमा गएँ ।
रातीको खाना खाइसकेपछि स्वस्थानी ब्रतकथा भने जस्तै गरी मैले त्यस पुस्तकका बाँकी निबन्धहरू पढेँ । बा–आमाहरूले सुनिरहनु भयो । त्यहाँ भएका सबै निबन्धहरू उत्तिकै घतलाग्दा भएको र आफूहरूले जीवनमा देखे–भोगे जस्तै रहेछन् भनेर प्रतिक्रिया आयो । सबैले त्यस पुस्तकका लेखकसँग भेट गर्न पाए हुन्थ्यो भन्ने आशय पनि व्यक्त गरे । यो कुरा वि.सं.२०२४ सालतिरको हो ।
३) हेटौँडा चिसापानीको सङ्घर्ष वि. सं. २०२७÷२८ सालसम्म कायम रह्यो । हाम्रो परिवार चिसापानी गरदोईबाट बसाइँ सर्दै–सर्दै वि.सं. २०२८ सालमा त बारा जिल्लाको लाल भन्ने गाउँमा पुगिसकेका थियौँ । त्यसअघि नै हामी हेटौँडा–७, को चौघडा नजिकको चिसापानीमा हुँदा म राजदेवी प्राथमिक विद्यालयको शिक्षक भएर काम गरिरहेको थिएँ । चिसापानी किसान विद्रोहसँग जोडिएका र वद्रीप्रसाद खतिवडाको चेलाको रूपमा राजदेवीका बासिन्दाहरूले मलाई सामान्य रूपमा चिन्थे । त्यतिबेला हेटौँडा बजारमा ‘नव सन्देश गृह’ नामक पत्रपत्रिका तथा पुस्तकहरूको पसल थियो । म भुटनदेवी हाइस्कूलमा पढ्दादेखि नै फुर्सदको बेलामा त्यही पसलमा आएर भारत र नेपालका विभिन्न पत्र–पत्रिका र पुस्तकहरू पसल बाहिर आएर पढ्ने गर्थेँ । त्यहाँ काम गर्ने एक जना होमनाथ लामिछाने नामका व्यक्ति हुनुहुन्थ्यो । वहाँ र त्यस पसलमा आईजाई गर्ने मेरा अग्रज र गुरुहरू सबैले मलाई त्यहाँ पुस्तक पत्र–पत्रिकाहरू पढ्न प्रोत्साहित गरिरहनु हुन्थ्यो ।
त्यही पसलमा एक दिन मैले विश्वेश्वरप्रसाद कोइराला लिखित एउटा सानो पुस्तक देखेँ र होमनाथजीसँग मागेर पढेँ । म चीन सचित्रको ग्राहक पनि थिएँ र धेरैजसो वामपन्थी झुकाव भएको पुस्तक पत्रिका हेर्ने गर्थें । त्यसदिन मैले बी.पी.को पुस्तक पढेको देखेर होमनाथजीले ‘नवराज, त्यो के पढेको, तिमीले त यो पुस्तक पो पढ्नु पर्ने’ भन्दै ‘मेरो आमा’ नामक श्यामप्रसाद रचित सानो पुस्तक दिनु भयो । नभन्दै त्यो पुस्तक पनि मैले त्यही बसाइँमा पढी सिध्याएँ ।
अनि मैले वहाँलाई सोधेँ– ‘हैन यो श्यामप्रसाद भन्या मान्छे को रहेछन् ?’
होमनाथजीले भन्नु भयो– ‘वहाँ त नेपालको असली कम्युनिस्ट नेता हो । वहाँले लेखेका धेरै जीवनोपयोगी र क्रान्तिकारी विचारका पुस्तकहरू छन् । वहाँ अहिले कडा भूमिगत जीवन बिताइ रहनु भएको छ । पञ्चायती सरकारले फेला पा¥यो भने वहाँको ज्यानै पनि लिन सक्छ । यी पुस्तकहरू त वहाँ भूमिगत हुनु अगाडिकै भएका र खासै राजनीतिक कुराहरू नभएकाले मात्रै बेच्न पाइएकोहो । तैपनि सरकारी सि.आइ.डी.हरू वहाँका पुस्तकहरू पढ्ने कोको मान्छे रहेछन् भनेर चियो चर्चो गरिरहन्छन् । त्यसैले तिमीले पनि अलि जोगिएर पढ्नू ।’ होमनाथजीको कुरा सुनेपछि श्यामप्रसादका विषयमा मलाई मनमा वहाँप्रति एक प्रकारको सामीप्यताको भाव जागृत भयो ।
४) म राजदेवीको शिक्षक हुँदा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरिसकेको थिएँ । अचेल जस्तो त्यतिबेला कार्ड वा परिचयपत्र दिने चलन
थिएन । शपथ ग्रहण चाहिँ हुन्थ्यो । शपथ लिएपछि मैले आफूलाई चाहिँ ‘म त कम्युनिस्ट पार्टीको सदस्य भैसकेँ’ भन्ठान्दै जीवनमा क्रान्तिको सपना र परिवर्तनको लागि आफ्नो जीवनको समय अर्पण गर्ने रुमानी सोचमा डुब्दै गएको थिएँ तर पार्टीको तर्फबाट मलाई खासै कुनै काम दिइएको थिएन । विद्यालयीय पढाइ नै छाडेर पार्टीको काम गर्न विद्रोह गरेको एउटा किशोर वयको कार्यकर्ताले कुनै ठोस काम नपाएको र बेला–बेलामा हुने सामान्य गतिविधिमा मात्र संलग्नता रहने कारणले ममा केही निराशा, केही विद्रोही भावना र केही नयाँ पो गर्नु पर्छ कि भन्ने भाव मनमा जागृत हुन लागेको थियो । त्यसैबेला नेपाल कम्युनिस्ट पार्टीमा फुट आएको र पार्टी विभिन्न चिरा–चिरामा विभाजित भएको कुरा पनि थाहा हुनथाल्यो । तै पनि ‘म कम्युनिस्ट हुँ र समाजको परिवर्तनका लागि केही न केही गर्नु पर्छ’ भन्ने भावना भने मरिसकेको थिएन । यही बेलामा मकवानपुरका नेता भक्तबहादुर श्रेष्ठ फेरी पक्राउ परी जेलमा पर्नु भयो । सबैको लुकामारी चल्यो ।
५) हाम्रो परिवार चौघडा नजिकको चिसापानीमा बसेको बेलामा नै म स्वेच्छाले पार्टीले अ¥हाएको ठाउँमा ७ दिन वा १० दिनका लागि भनेर जिल्लाका विभिन्न गाउँहरूमा भूमिगत जीवनको अभ्यास गर्न जाने गर्थेँ । त्यसै क्रममा मेरा ठूला दाजुका साथी मनहरि कौडेल नामका अत्यन्त हँसिला र रमाइला मान्छे जो पछिसम्म पनि हाम्रा घरमा आइरहनु हुन्थ्यो । मलाई वहाँको घर जग्गा भएको ठाउँ बारा जिल्लाको ‘लाल’ मा जान बोलाउनु भयो । मलाई पनि ‘के खोज्छस् कानु आँखा’ जस्तै भयो । म लाल गएँ ।त्यहाँ गएपछि मैले त्यहाँको मानिसहरूको बस्ती, संस्कृति, वर्गस्थिति, भौगोलिक अवस्था, जनसंख्या आदिबारे छोटो टिपोट नै तयार पारेँ । मलाई लाल क्रान्तिकारी कामका लागि अत्यन्त उपयुक्त ठाउँ लाग्यो । नाम पनि लाल काम पनि लाल नै गर्न पाए कसो होला भनेर मनहरि दाइसँग सल्लाह गरेँ ।
त्यहाँ एउटा स्कुल खोल्नु पर्छ भन्ने कुरा चाहिँ भएको रहेछ तर पढाउने शिक्षक कहाँबाट ल्याउने, शिक्षकलाई तलब कसरी दिने, अरू व्यवस्थापन कसरी गर्ने र स्थापित भए पछि स्कुललाई सरकारी स्वीकृति लिएर सरकारी अनुदानकसरी प्राप्त गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा स्कुल खुल्न नसकेको रहेछ । हामीले गाउँलेहरूको बैठक बोलाएर त्यहाँ स्कुल स्थापना गर्ने र तत्कालका लागि शिक्षकको काम भने मैले गर्ने गरी सल्लाह अगाडि बढाऔँ न त भनेर सल्लाह मिलायौँ । त्यसपछि मेरो बसाइँ लालमा हुन थाल्यो ।
त्यहाँ बस्दा नै निजगढ बागदेव, चन्द्रनिगाहपुर, सन्तपुर, डुमरिया, डुमरवाना, मनहर्वा, कलैया र वीरगञ्जका वामपन्थीहरूसँग सङ्गत विस्तार हुँदैगयो । मकवानपुरे कम्युनिस्टहरूसँग त आवत–जावत र सम्बन्ध सम्पर्क छँदैथियो । यसै क्रममा बागदेवको सार्वजनिक पुस्तकालयमा पनि मैले श्यामप्रसादका केही साना साना पुस्तकहरू पढ्ने मौका पाएँ । हेटौँडामा रहनु भएका मेरा गुरु केशवलाल श्रेष्ठले मलाई ‘निजगढमा एकजना कौशल पाण्डे भन्ने मानिस आउने जाने गरिरहनु हुन्छ र अर्का साथी सोहन चौधरी जीसँग पनि भेट हुन्छ होला भन्दै वहाँहरूसँग भेटघाट र कुराकानी गर्ने गर्न’ भनेर एक प्रकारको निर्देशनात्मक सल्लाह नै दिनु भयो । वहाँ ने.क.पा.मकवानपुरको दोस्रो नं.को नेता हुनुहुन्छ भनेर मैले बुझेको थिएँ ।केशवलालजीकै आग्रह अनुसार मैले कौशल पाण्डेजीलाई भेट्ने कोसिसगरेँ । निजगढका शम्भु चापागार्इंले वहाँसँग भेटघाटको चाँजो मिलाउनु भयो । त्यसपछि हाम्रो नियमित भेटघाट, यात्रा, सल्लाह, चल्दै गयो । बारा र रौतहटका विभिन्न गाउँहरूमा हामीहरू साथीहरू बढाउँदै जाने र संगठन बनाउँदै जाने अभियानमा पनि निकटतम सहयात्री हुँदै गयाँै । विश्व कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टीको स्थापना र फुट, यहाँका विभिन्न समूहहरू र अब हामीले के गर्दा ठिक होला भनेर हाम्रा बीचमा सल्लाहहरू हुँदै गए ।
बारा र रौतहटमा भएका विभिन्न कम्युनिस्ट संगठन, समूह र पार्टीहरूसँग जोडिएर क्रियाशील रहेका साथीहरू कौशल पाण्डे, शिवप्रसाद आचार्य, काजी बहादुर लामिछाने, नवराज शर्मा, गोविन्द तिमल्सिना, शान्ति आचार्य, चक्रबहादुर पाण्डे, चुडामणि पौड्याल लगायत र वीरगञ्जका प्रमोद अधिकारी, आमोद अधिकारीहरूबीच पनि त्यतिबेला भूमिगत रूपमा भेटघाट र राजनीतिक छलफलहरू चलिरहन्थे । सन्दर्भ सामग्रीहरू चाहिँ नेपाल कम्युनिस्ट संगठनबाट आएका परिपत्रहरू र श्यामप्रसादका रचनाहरू नै हुने गर्थे । साथसाथै झापाली भनेर चिनिएको माले र मोहन विक्रमको नेतृत्वको भनिएको मसालका मुखपत्रहरू पनि हाम्रा बीचमा आदानप्रदान भैरहन्थे । त्यसैताका मोहन विक्रम सिंहद्वारा लिखित “गद्दार पुष्पलाल” पुस्तक धेरै चर्चामा थियो । नेकपाको विभाजनको ठूलो आधार उक्त पुस्तक पनि थियो भन्ने त्यतिबेलाका धेरैलाई महसुस भैरहेको थियो । त्यसैताका हामीले पुष्पलाल बारेको अर्को सानो हस्तलिखित पर्चा “पुष्पलाल बारे” भन्ने पायौँ । ल्याटिन अमेरिकी मुलुकहरूमा त्यसताका भैरहेको विभिन्न अन्तरराष्ट्रिय चर्चामा भेनेजुएलाको कम्युनिस्ट पार्टी परेको थियो । त्यहाँको वस्तुस्थितिका बारेमा हामीले “भेनेजुएलाको कम्युनिस्ट पार्टी बारे” भन्ने पर्चा प्राप्त ग¥यौँ । चार प्राथमिकता, भूमिगत जीवन बिताउँदा कसरी हिँड्ने, जनताका शत्रुहरूबाट जोगिन के के गर्ने र के के नगर्ने आदि स–साना तर अति नै महÕवपूर्ण जीवनशैलीबारे पनि हस्तलिखित पर्चाहरू हाम्रा बीचमा आइपुग्थे । जननीति अन्तरगत चल्ने, माओको अनुशासनका तीन–आठ नियमहरूलाई कडाइका साथ पालना गर्दै जनताबाट एउटा सियो र धागोको टुक्रा पनि नलेऊ भन्दै कम्युनिस्ट कार्यकर्तालाई खबरदारी गर्दै हिँड्ने काम पनि वहाँका अनुयायीहरूले नगरेका होइनन् ।
पुष्पलालबारे गद्दार भनी आरोप लगाइनु गलत हो भन्ने श्यामप्रसादको त्यति बेलाको विश्लेषण ४० वर्षपछि सबै नेताहरू (मोहन विक्रम सिंहलगायत) ले सही मानेका छन् । स–साना तर महÕवका दृष्टिले धेरै ठूला सामग्रीहरू त्यतिबेला श्यामप्रसादको नेतृÕवमा रहेको नेपाल कम्युनिस्ट संगठनले तयार पारेर कम्युनिस्टहरूका बीचमा पु¥याएको थियो ।
यिनै गतिविधिका बीचमा समय बित्दै जाँदा कौशल पाण्डेजीले धेरैजसो श्यामप्रसादकै रचनाहरूलाई प्राथमिकता दिएर मलाई उपलब्ध गराउँदै जानु
भयो । केही महिनापछि हामीसँग रौतहटका शिवप्रसाद आचार्यसँग भेटघाट
भयो । शिवप्रसादजीसँग भेट भएपछि हामीले त्यस क्षेत्रमा क्रियाशील हुने गरी कमिटीगत रूपमै पार्टी काम थाल्यौँ । हाम्रो काम रौतहट, बारा र पर्साका विभिन्न गाउँ–सहरमा सुरु भयो । विभिन्न भित्री गाउँहरूमा र हेटौँडा औद्योगिक क्षेत्र र पथलैयामा रहेको राजमार्ग प्रोजेक्टमा मजदुरहरूका बीचमा पनि हामीले भूमिगत कम्युनिस्ट पार्टी कमिटीहरू बनाउँदै लग्यौँ । अत्यन्त कडा अनुशासनमा रहेको र पञ्चायती शासक तथा नेताहरूबाट जोगिएर काम गर्नु पर्ने भएकोले हाम्रो पार्टीको नेता को त ? भनेर हामी एउटाले अर्को कसैलाई लामो समयसम्म सोध्ने काम पनि गरेनौँ ।
एकदिन बारा जिल्लाको सिन्कौलमा आयोजना हुन लागेको बैठकमा जान लाग्दा बाटोमै शिवप्रसाद आचार्यले मलाई सोध्नु भयो, ‘हाम्रो पार्टीको नेता को होला भनेर तपाइलाई खुल्दुली लागेको छैन ?’
मैले सहज रूपमा भनेँ– ‘जे जस्ता सामग्री र निर्देशनहरू परिपत्रहरू आएका छन् ती सबै उचितै छन्, त्यसैले नेताको नाम सोधिरहने आवश्यकता नै महसुस
गरेको छैन । तर पनि हाम्रो पार्टीको नेता चाहिँ श्यामप्रसाद हुनुपर्छ भनेर मैले अड्कल गरेको छु ।’
वहाँले भन्नु भयो– ‘ठिक अड्कल गर्नु भयो । वहाँ नै हाम्रो पार्टीको नेता हो । हामी वहाँकै नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट संगठनका सदस्यहरू हौँ ।’
६) त्यसपछि मैले देशका विभिन्न स्थानहरूमा आफ्नो जीविकोपार्जनका सिलसिलामा केही समय बस्ने र काम गर्ने अवसरहरू पाउँदा वहाँका रचनाहरू पढ्ने र त्यस अनुसारको आचरण गर्न प्रोत्साहित गर्ने स–साना समूहहरू बनाएको थिएँ । अरू साथीहरूले पनि त्यसै गरिरहनु भयो । बारा, रौतहट र मकवानपुरमा हामीले अरू पनि धेरै साथीहरू थप्यौँ । मकवानपुरलाई केन्द्र बनाएर केही कामको क्षेत्र विस्तारको योजना पनि बनायौँ । केही साथीहरू थपिए केही निस्क्रिय भए । यो क्रम चलिरह्यो ।
यसै क्रममा २०४७ साल चैत्रसम्म म वहाँको नेतृत्वमा रहेको सोही संगठनको सदस्य हुँ भन्ने महसुस गर्दै राजनीतिक, सामाजिक र पारिवारिक जीवन बिताउँदै आएँ । विभाजित कम्युनिस्ट पार्टीहरूबीच एकता हुनुपर्छ भन्ने पक्षमा लामै समयदेखि मतैक्य हुँदै आएको र तत्कालीन नेकपा माले जसलाई हामीले हाम्रो विचारसँग निकट रहेको ठानेका थियौँ र नेकपा माक्र्सवादीबीच एकताको प्रक्रिया सुरु भैसकेपछि श्यामप्रसादले वहाँसँग आबद्ध रहेर काम गरेका देशभरिका कार्यकर्ताहरूलाई व्यावहारिक निर्देशन दिँदै कम्युनिस्टहरूको एकताका लागि आ–आफ्नो ठाउँबाट क्रियाशील हुन आग्रह गर्नु भयो । त्यसपछि आफूले पनि भूमिगत जीवन परित्याग गरी मालेका केही साँस्कृतिक क्षेत्रका अगुवाहरूको पहलकदमीमा प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रम मार्फत् सार्वजनिक हुनु भयो र स्वतन्त्र हैसियतमा प्रगतिशील लेखक संघमा आबद्ध भएर क्रियाशील हुनु भयो । त्यसपछि हामी कडा अनुशासनमा रहेर काम गर्दा अरूबाट “अति गोप्यतावादी” भन्ने नाम पाइएको संगठनबाट खुला राजनीतिक परिपाटीमा क्रियाशील भयौँ । यस क्षेत्रका हामी जस्तै पश्चिममा कञ्चनपुरसम्मका र पोखरालगायत गण्डक क्षेत्रका सबै साथीहरूबीच बल्ल परिचय खुल्दै गयो । कतिपयले त त्यसपछि पनि काम चाहिँ गर्दै जाने, जीवनको आदर्श पनि उस्तै कायम राख्दै जाने तर नाम र चर्चा चाहिँ नखोज्ने अभ्यास अनुरूप आजसम्म पनि चर्चित हुन खोजेका छैनन् । श्यामप्रसादसँगको मेरो राजनीतिक सम्बन्ध चाहिँ यस्तै–यस्तै नै हो ।
७) मैले श्यामप्रसादलाई नभेटिकन, नदेखिकन आफ्नो जीवनको आदर्श ठानेको र पछि त आफ्नो राजनीतिक नेताकै हैसियतमा वहाँको कार्यकर्ता नै भएर काम गरेको २० वर्ष जतिपछि मात्र वहाँसँग साक्षात्कार भएको थियो । वहाँको अनुयायी त भएँ तर वहाँले जस्तै साँच्चै आदर्श जीवन चाहिँ मैले कोसिस गरेर पनि ज्युँन सकेको छैन । वहाँसँग भेट हुन थालेपछि होस् वा भेट नै नभैकनको सम्बन्धका बेलामा नै किन नहोस्– लेखाइ, बोलाइ, व्यवहार, चिन्तन, वर्गीय दृष्टिकोण आदि विषयमा वहाँ जत्तिको सत्य निष्ठावान् व्यक्ति मैले देखेको छैन ।
वहाँको साहित्यिक योगदानको सर्वत्र चर्चा भैरहेकै छ । राजनीतिक कामको सन्दर्भमा भने पर्याप्त चर्चा भएको देखिएको छैन । यद्यपि वहाँसँग निकट रहेर काम गर्दा हीनताबोध गर्नु पर्ने कुनै पनि कारण म देख्दिनँ । सत्तामा कुनै भागबण्डामा परिएन । कुनै ठूलो नाम, काम, दामका मालिक भइएन । वहाँसँग सङ्गत गर्दा सिकेकै त्यही थियो त्यसैले तात्कालिक भोगविलासका लागि केही पाइएन भनेर पश्चात्ताप गर्नु पर्ने कुरा पो के भयो र ! तर जीवन ज्युँनु पर्ने साँच्चैको कला र सिद्धान्त तथा व्यवहारका बीचको मेल वहाँसँगै सिकिएको गुण हो । ठूल्ठूला उक्ति र शास्त्रोक्त सूत्रहरूको प्रयोग नगरिकन पनि माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारा बारेका व्यावहारिक प्रशिक्षक वहाँ नै हो । सरलता वहाँको लेखनीमा मात्र होइन, जीवनका सबै जसो व्यावहारिक पक्षमा देख्न पाइन्छ । वहाँले संगठन निर्माण र सञ्चालनको विधिबारे, कम्युनिस्ट जीवनशैली र आदर्शबारे, राजनीति, सामाजिक अन्तरविरोध, वर्ग विश्लेषण, नयाँ जनवादी अर्थतन्त्र आदि समग्र विषयमा सरल र गहन सैद्धान्तिक विचारहरू हामीलाई दिनु भएको छ । आलोचना र आत्मालोचनाबारे अध्ययन र अनुसन्धानबारे मात्र होइन अहिले ‘जनयुद्धबाट आएका’ भन्नेहरू भन्दा धेरै नै अगाडि वि.सं.२०२९ सालमा नै हामीलाई पार्टीको निर्देशनात्मक पर्चामार्फत् “जनयुद्धबारे पहिलो पाठ” पढाउनु भएको थियो । ‘कार्यशैलीबारे’, ‘जन नीतिबारे’ आदि राजनीतिक निर्देशनहरूलाई सामान्य लेखकै रूपमा पनि पार्टी संगठन र जनताका बीचमा विभिन्न माध्यमहरूबाट वहाँले शिक्षित गराइरहनु भएको थियो । तथ्य सङ्गत र विज्ञानसम्मत विचारहरूलाई मात्र महत्व दिने र सम्पत्तिका रूपमा स्विकार्ने वहाँको अडानलाई सच्चा माक्र्सवादी–लेनिनवादी र माओ विचारधारावादी मानिन्थ्यो । त्यसैले क्रूर पञ्चायती शासकहरूले पनि वहाँको नेतृत्वमा रहेका संगठनहरूलाई उतिसारो नोक्सान पु¥याउन सकेका थिएनन् । वहाँसँग निकट रहेर काम गर्नेहरू सिद्धान्तमा दृढ, व्यवहारमा सरल, जनताका बीचमा सहृदयी, सत्रुहरूका लागि अत्यन्त कठोर र जनताका पङ्क्तिमा सजिलै घुलमिल भएर जनताकै बीचमा हराउन सक्ने कार्यशैलीका कारण समाजमा आजपर्यन्त सम्मानित र प्रतिष्ठित रहेका छन् भन्ने लाग्छ ।
विभिन्न उपनामहरूबाट जनताका लागि सामान्य रूपमा नबुझी र नगरी नहुने काम कुराहरूबारे पनि ज्ञान बाँड्दै राजनीतिकरूपमा पनि जनतालाई शिक्षित र सचेत गराउँदै आफैँ उदाहरण बनेर जीवन अर्पण गर्ने त्यागी, तपस्वी र महान्
राजनीतिक गुरुका रूपमा मैले वहाँलाई चिनेको छु । वहाँका विषयमा लेख्न सकिने र लेख्ने कुराहरू त कति हो कति छन् । सबै कुरा यो पङ्क्तिकारको वशको
कुरा पनि होइन । त्यसैले श्यामप्रसादका बारेको केही राजनीतिक प्रसङ्ग मात्र यहाँ उल्लेख गरेर बिट मार्न चाहन्छु । वहाँका कृतिहरूको केस्रा–केस्रा केलाएर, अर्थ निकालेर विश्लेषण गर्ने क्षमता त मसँग छैन । तर मैले वहाँको सामीप्यतामा जे शिक्षा पाएँ त्यो जीवनका अन्य कुराहरूभन्दा अतुलनीय महसुस गरेको छु । वहाँका बारेमा अहिले यत्ति नै लेखौँ पछि अरू धेरै कुरा लेख्दै गरौँला ।
लोकभावनाबाट
======================================
क. श्यामप्रसादको नेतृत्वमा दुई दशकको राजनीतिक यात्रा
रामराज रेग्मी
२०३० सालदेखि आजपर्यन्त झन्डै ४३ वर्ष लामो पार्टी जीवनमा मैले तीन राजनीतिक पार्टीहरूमा समय व्यतीत गरेको छु । विद्यार्थी राजनीति बाहेकको मेरो पार्टीगत राजनीतिक जीवनको झन्डै आधा समय क.श्यामप्रसादको नेतृत्वको कम्युनिस्ट सङ्गठनमा बितेको छ । यस लेखमा आफ्ना गतिविधिलाई केन्द्रमा राखी त्यस पार्टीबारे जानकारी गराउने जमर्को गरेको छु ।
पार्टीसँगको सम्पर्क
म २०२८ को आखिरतिर तनहूँ जिल्लाको ढोरफिर्दी स्थित गाउँ फर्कोदय माध्यमिक विद्यालयमा शिक्षक हुन आइपुगेँ । त्यसभन्दा अगाडि बागलुङ जिल्लाको गल्कोट माध्यमिक विद्यालयमा अध्यापन गर्दथेँ । शहर बजारमा घरबार भएको निम्न पुँजीवादी परिवेशको म युनिभर्सिटीको पढाइ बहिष्कार गरेर गाउँ पसेको थिएँ । २०२० को दशकको अन्तिमतिर भारतमा चर्किरहेको नक्सलवादी आन्दोलनका नेता चारु मजूमदारले “बुर्जुवा डिग्री लिनतिर नलागी गाउँ पस र किसानमाझ क्रान्तिकारी काम गर” भन्ने नारा दिएका थिए । हुनत यो नारा भारतीय बुद्धिजीवीहरूका लागि थियो । तर नेपालका धेरै वामपन्थी युवा विद्यार्थीहरू समेत त्यसको प्रभावमा परे र धमाधम पढाइ छोडी गाउँ पस्ने लहर चल्यो जुन लहरमा मिसिनेमा म पनि एक थिएँ । भूगोल विषयमा एम.ए. पहिलो खण्डको परीक्षा दिएपछि पोखरा फर्केको म फेरि पढाइ चालू गर्न काठमाडौँ जानुको साटो गाउँतर्फ लागेँ । मेरो त्यतिखेरको उद्देश्य गाउँमा कतै स्कूलतिर शिक्षक काम गरी ग्रामीण जनतामाझ राजनीतिक कार्य गर्ने थियो । यो काम मैले कुनै सङ्गठित योजनाअनुसार गरेको थिइन किनकि म कुनै राजनीतिक पार्टीमा आबद्ध थिइनँ । कम्युनिस्ट आन्दोलनमा त्यतिखेर टुटफुटको अवस्था थियो र म स्वतस्फूर्त रूपमा अघि बढिरहेको थिएँ ।
माथि नै बताई सकेँ विद्यालयको नोकरी मेरो बाहिरी पेसा थियो, भित्री उद्देश्य राजनीति नै थियो । तर त्यतिखेर मुलुकमा लागु भएको फासिस्ट पञ्चायती व्यवस्थाले हामीलाई खुलेआम राजनीति गर्ने छुट नदिँदा भूमिगत रूपमा काम गर्नुपथ्र्यो । निश्चित विश्वाशिला व्यक्तिहरूबाहेक अरूसँग खुलेआम राजनीतिक कुराकानी गर्न सकिने वातावरण थिएन । तर विद्यालयमा पढाउने प्रायजसो शिक्षक साथीहरू वामपन्थी हुनाले हामी एक आपसमा निर्धक्क कुराकानी गर्दथ्यौँ । छलफल गरिरहेका बेला यदि नयाँ नौला अथवा भिन्न विचार बोकेका मानिस आएमा प्रसङ्ग बदल्ने गर्दथ्यौँ । छिमेकका विद्यालयमा हामीसँग विचार मिल्ने धेरै साथीहरू हुनुहुन्थ्यो जोसँगको भेटघाट र छलफल तनहूँ जिल्लामा मेरो सुरुको राजनीतिक गतिविधि बन्यो । मेरो सम्पर्कका साथीहरू वामपन्थी भए पनि निश्चित पार्टीको मातहतमा रही काम गर्ने कोही थिएनन् । हामीले लामो समयसम्म अन्तक्र्रिया र बहस चलायौँ र स्थानीय तवरमा काम गर्ने एउटा राजनीतिक संयन्त्रको निर्माण ग¥यौँ । तर त्यो लामो समयसम्म रहिरहन सकेन । त्यही संयन्त्रमा संलग्न खैरनी माध्यमिक विद्यालयका नेपाली शिक्षक शेषमणि आचार्यसँग वैचारिक छलफलको क्रममा मेरो निकटता बढ्यो । उहाँलगायत लमजुङ र तनहूँका केही साथीहरू एउटा भित्री राजनीतिक सङ्गठनमा आबद्ध छन् भन्ने कुरा काठमाडौँमा अध्ययनरत हुँदाखेरि नै चाल पाएको थिएँ । सरसङ्गतबाट उहाँहरूका व्यवहार र आचरण मलाई राम्रै लाग्यो र उहाँहरू आबद्ध सङ्गठन के कस्तो रहेछ भनी बुझ्ने जिज्ञासा मनमा थियो । पढाइ छाडी गाउँ पसेको डेढ–दुई वर्ष बितिसक्न थालेकाले एउटा उपयुक्त पार्टी सङ्गठनमा आबद्ध भई जिम्मेवार ढङ्गले राजनीतिक काम गर्ने इच्छा मेरो थियो । सुरुमा लामो समयसम्म त क.शेषमणिले पार्टी सङ्गठनबारे केही बताउनु भएन । पछि बिस्तारै कुरा खोल्दै जानुभयो । उहाँहरू क.श्यामप्रसादको नेतृत्वमा गठित भूमिगत राजनीतिक सङ्गठन “नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी)” मा आबद्ध हुनुहुँदो रहेछ । क.शेषमणि विचारमा परिपक्क हुनुहुन्थ्यो । यसमा आबद्ध अन्य शीर्षस्थ कमरेडहरूमा रामप्रसाद अधिकारी, छविचन्द्र ढकाल र रामबहादुर अधिकारी हुनुहुन्थ्यो । सङ्गठित हुनका लागि आश्रयको खोजीमा भड्किरहेको म आखिर यही सङ्गठनमा आबद्ध हुन पुगेँ । मेरो राजनीतिक जीवनमा यो नै पहिलो सङ्गठित पार्टी भयो ।
पार्टी गठनको ऐतिहासिक पृष्ठभूमि
नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी) कुन परिस्थितिमा के कति कारणले गठन भयो भन्नेबारे संक्षेपमा प्रकाश पार्दा उपयुक्त होला । मेरो जानकारीमा आएअनुसार जब देशमा राजा महेन्द्रले निर्वाचित संसदलाई भङ्ग गरी पार्टीमाथि प्रतिबन्ध लगाएर निरङ्कुश राजतन्त्रको थालनी गरे, त्यसपछि नेपालको कम्युनिस्ट आन्दोलन फुट र विभाजनले ग्रस्त बन्यो । भारतको बनारसमा सन् १९६२ (२०१९) मा तेस्रो महाधिवेशन गरेर पार्टीलाई शाही तावेदारीमा लैजान खोज्ने रायमाझीलाई निष्कासन गरे पनि फेरि तुलसीलाल र पुष्पलाल दुई नेताबीच सैद्धान्तिक सवालमा मतभेद उत्पन्न भयोे जुन मतभेद नेपालभित्रकै घटनाक्रमलाई लिएर नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेको विभाजनको असर थियो । सोभियत सङ्घको कम्युनिस्ट पार्टीले ‘शान्तिपूर्ण सङ्क्रमण’ र ‘शान्तिपूर्ण सह–अस्तित्व’ को मार्गको वकालत गर्दै संसदीय बाटोबाट पनि समाजवादमा जान सकिने मार्ग अवलम्बन गरेकोमा चिनिया कम्युनिस्ट पार्टीले त्यसको विरोध ग¥यो । सोभियत सङ्घ र चीनबीचको यस द्वन्द्वका कारण विश्वका कम्युनिस्टहरू सोभियत धुरी र चिनिया धुरी गरी दुई धुरीमा विभाजित भए । नेपालमा पनि महासचिव चुनिएका तुलसीलाल ‘राष्ट्रिय प्रजातन्त्र’ को कार्यक्रमको आवरणमा सोभियत धुरीको नजिक हुन पुगे भने पुष्पलाल चीनले अपनाएको जनवादी क्रान्तिको पक्षमा उभिन पुगे । महाधिवेशनमा तुलसीलालद्वारा प्रस्तुत विचार पारित भएकाले उनी नै महासचिव बने । नेपालको कम्युनिस्ट आन्दोलनमा यो निकै अप्ठेरो अवस्था थियो । पार्टीभित्रको राजावादी गुटलाई बढारे पनि पार्टी फेरि दुई वैचारिक समूहमा विभाजित भयोे ।
पुष्पलालले नेतृत्व गरेको समूहले सन् १९६८ (वि.सं. २०२५) को मई महिनामा तेस्रो सम्मेलन गरी जनवादी कार्यक्रमको आधारमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने प्रयास गरेपछि यो कम्युनिस्ट आन्दोलनको मूल धार त बन्यो तर त्यतिखेर चारैतिर अराजकता उत्पन्न भएकाले राष्ट्रिय स्तरमा पुष्पलालको नेतृत्व स्थापित हुन सकेन । उनले नेपाली काङ्ग्रेससँग सहकार्य गरी निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्र्ष गर्नुपर्छ भन्ने कार्यनीति ल्याएकाले काङ्ग्रेस–परस्तको आरोप लाग्यो । तल्ला कमिटीहरूले केन्द्रसँग विद्रोह गरी आफूलाई स्वतन्त्र घोषणा गर्न थाले । केन्द्रबाट विद्रोह गरी अलग्गिने समूहको सङ्ख्या निकै भयोे । यही परिवेशमा केन्द्रसँगको सम्पर्क तोडेको वागमती प्रान्तीय कमिटीले सर्वहारा वर्गको राजनीतिक अग्रदस्ता बनाउने उद्देश्यका साथ ‘नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी)’ लाई जन्म दिएको हो । यसको नेतृत्वमा श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, शान्तदास मानन्धर आदि हुनुहुन्थ्योे । यस पार्टी सङ्गठनले माओ त्सेतुङ विचारलाई मार्ग निर्देशन मानी किसान समुदायको बीचमा व्यापक राजनीतिक कार्यलाई अघि बढाउने र गाउँमा आधार स्थापना गरी सशस्त्र जनयुद्ध सञ्चालन गरी जनवादी क्रान्ति पूरा गर्ने कार्यदिशा अवलम्बन ग¥यो ।
पार्टीको भूमिगत कार्यशैली
जिल्लामा हाम्रो पार्टी सङ्गठनको कार्यशैली अति नै भूमिगत थियो । हामी निकै सतर्कताका साथ चल्थ्यौँ । पञ्चायती दबदबा भएको समयमा काम गर्नु परेको र कतिपय हिजोका आफ्नो भनिएका व्यक्तिहरू सरकारलाई सूचना दिने जासुसमा परिणत भएकाले पार्टीले यस्तो कार्यशैली अवलम्बन गरेको हो । हामीमाझ बढीमात्रामा प्रचारित भएका लेखहरू ‘इन्डोनेसियाली कम्युनिस्ट पार्टीको स्वआलोचना’, ‘भेनेजुएलाको कम्युनिस्ट पार्टीको अठार वर्षे अनुभव’ आदिले हामीलाई पार्टी काम गर्दा निकै होसियारीपूर्वक चल्नुपर्छ भनी सचेत गराएका थिए । इण्डोनेसिया र चिलीमा संसदीय अभ्यास गर्ने कम्युनिस्ट पार्टीहरू कसरी सैनिक तानाशाहरूका सिकार भए भन्ने खालका लेख र सामग्रीले हामीलाई निकै चनाखो बनाएका थिए । आफूभन्दा बाहिरका कसैलाई पनि हामीले सङ्गठनको नाम बताउदैनथ्यौँ । कतिपय व्यक्तिहरू हामीमाझ आई राजनीतिक छलफल र भेटघाट गर्दथे, आफ्ना पार्टीका दस्तावेज दिन्थे र त्यसको बदलामा हामी कसरी चलिरहेका छौँ भनी बुझ्न खोज्दथे । तर हामी तिनलाई केही बताउन्नथ्यौँ । यद्यपि हाम्रो राजनीतिक आचरण, बोलिचाली, सैद्धान्तिक स्तरआदिको अध्ययनबाट उनीहरू हामीलाई कहीँ न कहीँबाट सञ्चालित छन् भनी लख काट्दथे । कतिपयले त हामीलाई आफ्नो पार्टीमा तान्न बल पनि गर्दथे । मेरो आफ्नो कुरा गर्दा वाचस्पति देवकोटा र चित्रबहादुर केसीले चौँथो महाधिवेशन समूहमा आबद्ध गराउन निकै प्रयास गरेका थिए । गण्डकी विद्यार्थी परिषद्को अध्यक्षमा हुँदादेखि नै वाचस्पतिसँग मित्रता कायम भएको थियो । चित्रबहादुरजीसँग मैले गलकोट माध्यमिक विद्यालयमा सँगै पढाएको थिएँ । कोओर्डिनेसन केन्द्रबाट विकसित भएर बनेको नेकपा (माले) को तर्फबाट गण्डकी अञ्चलको राजनीतिक काम हेर्ने वामदेव गौतमले पनि मलाई प्रभावमा लिने प्रयास गरेका रहेछन् । उनी त्यतिखेर मेरो सामु आफ्नो वास्तविक नामले परिचित थिएनन् । पछि उनीसँग एउटै पार्टीमा काम गर्न थालेपछि बेग्लै नामले परिचय भएको रहेछ र हामीबीच राजनीतिक छलफल भएको रहेछ भन्ने कुरा उनैले भनेपछि मात्र थाहा पाएँ । एउटा पार्टीमा जोडिइसकेकाले उनीहरूसँगको सहकार्यलाई मैले खासै प्राथमिकतामा राखिनँ । आखिर हामीबाट खासै सूचना नपाएपछि भन्दा भूमिगत भन्ने तर सतहमै गतिविधि सञ्चालन गर्ने कम्युनिस्ट दलहरूले आफ्ना दस्ताबेजमा हामीलाई ‘अति गोप्यतावादी’ समूहमा राखी हाम्रो अस्तित्वबारे प्रकाश पार्ने काम गरे ।
गण्डकी अञ्चलमा हाम्रो प्रभावमा रहेका क्षेत्रहरू कास्की, तनहूँ, लमजुङ्ग, गोर्खाको पश्चिमी भेग र स्याङ्जाका पूर्वी भेग थिए जहाँ हामीले विभिन्न तहका कमिटीहरू निर्माण गरेका थियौँ । गोपनीयता कायम रहोस् र सेल्टरहरूको विकास होस् भनी हामीले मजदुर र गरीब किसान वर्गमा सिङ्गो परिवारबीचको कामलाई प्राथमिकता दिएका थियौँ । माथि नेतृत्वसँगको सम्पर्क–माध्यम क.शेषमणि हुनुहुन्थ्यो । साह्रै भूमिगत भएकाले नेतृत्व सम्बन्धी सबै कुराबारे हामीलाई जानकारी थिएन । गण्डकी अञ्चलमा काम गर्ने हाम्रो पार्टीका अन्य अगुवा कमरेडहरूमा छविचन्द्र ढकाल, रामप्रसाद अधिकारी, रामबहादुर अधिकारी, हरि श्रेष्ठ, कमलमोहन पौडेल, टेकनाथ पौडेल, शुक्रराज सापकोटा, इन्द्रबहादुर नेपाली, श्यामलाल श्रेष्ठ, शुकनारायण श्रेष्ठ, नारायण परिश्रमी, विद्या ढकाल, शिवशंकर पौडेल, रामबहादुर तामाङ आदि हुनुहुन्थ्यो । हाम्रा पार्टीका दस्तावेजहरू लिखित रूपमा आउँथे र ती बडो कडाइका साथ पार्टी सदस्यहरूमाझ मात्र वितरण गरिन्थे । वितरण गरिनुपर्ने प्रतिहरू राम्रो अक्षर भएका शिक्षक, विद्यार्थी र बुद्धिजीवीहरूलाई सार्न लगाइन्थ्यो ।
राजनीतिक तथा साङ्गठनिक कार्य
म पेसाले शिक्षक थिएँ । मैले २०२८ सालदेखि २०३२ सालसम्म गाउँ फर्कोदय मा.वि. ढोर फिर्दीमा र २०३२ सालदेखि २०३८ सालसम्म थर्पूको मिन व्यावसायिक माध्यमिक विद्यालयमा अध्यापन कार्य गरेँ । हाम्रो क्षेत्रका पार्टी सङ्गठनमा कार्यरत अन्य नेतृत्वदायी तहका कमरेडहरू पनि यस्तै कुनै न कुनै पेसा–व्यवसायमा संलग्न हुनुहुन्थ्यो । तर पेसा–व्यवसाय हाम्रा लागि केवल बाहिरी आवरण थियो । कार्यालय समय बाहेकको हाम्रो धेरैजसो समय पार्टी कार्यमा नै बित्दथ्यो । पेशा व्यवसाय हाम्रो लागि आमदानीको स्रोत र एक किसिमले बाहिरी सुरक्षा कवच थियो । प्रशासनको दृष्टिमा हामी शिक्षक कर्मचारी थियौँ भने पार्टीका लागि होलटाइमर कार्यकर्ता थियौँ । अक्सर विद्यालयमा बढी छुट्टी हुने हुँदा यो परिस्थिति विद्यार्थीका लागि प्रतिकूल भए पनि पार्टी कामका लागि अनुकूल थियो । जनवादी क्रान्तिका आधारभूत वर्ग भएकाले हामीले विशेष गरी मजदुर र गरीब किसानमाझको वैचारिक तथा साङ्गठनिक कामलाई बढी जोड दियौँ । तर मध्यम वर्ग र निम्न मध्यम वर्गका किसान, विद्यार्थी, शिक्षक कर्मचारी आदिबीचको कामलाई पनि छोडेनौँ ।
ढोरफिर्दीमा पढाउँदा शनिवार र अन्य विदाका दिनमा एक न एक साथी लिएर म राईपुर, लामागाउँ, भिमाद, किहूँ बडरभन्ज्याङ, राङरुङ, कोखे, भानुमती, उदेन ढुङ्गा, ग्यारसिंह आदि गाउँमा जान्थेँ । विद्यालय चल्दाका बखत निवास वरपर किसान र मजदूरका बस्तीमा गइन्थ्यो । दुलेगौँडा र बेलचौताराको उत्तरतिर रहेको धानखेतमा हिउँदमा ईँटा बनाउने काम हुन्थ्यो । त्यहाँका भट्टामा काम गर्ने मजदुरहरूकहाँ हामी नियमित रूपमा जाने गथ्र्यौँ । हामीले पहिले सङ्गठित गरेका अगुवा मजदुरहरूले बाहिर कुरा नचुहाउने, आचरण राम्रो भएका, साहूहरूसँग साँठगाँठ नगर्ने र लागुपदार्थको सेवन गरी नमात्ने मजदुरहरू छानी हाम्रो सम्पर्कमा ल्याउँथे र ती माझ हामीले सुरुमा राजनीतिक कक्षा सञ्चालन गथ्र्यौं र पछि कमिटीमा आबद्ध गथ्यौँ । हामी राती अबेरसम्म मजदुरमाझ काम गर्दथ्यौँ र उज्यालो हुनुभन्दा अगाडि नै आफ्ना बासस्थानमा फर्कन्थ्यौँ । यस क्रममा कतिपटक हाम्रो जम्काभेट वनका बाघ भालुसँग हुनेगथ्र्यो । ईँटा भट्टाका मजदुरका झोपडीलाई हामीले पार्टी दस्तावेजहरू राख्ने काममा उपयोग गर्दथ्यौँ । ती हाम्रो निम्ति माथिल्लो तहका कमरेडहरूलाई राख्ने सेल्टर पनि थिए । सेल्टरहरूमा खानपिनको व्यवस्था गर्दा लाग्ने खर्च हामी कमिटीको कोषबाट जुटाउँथ्यौँ । जनतालाई भार हुने गरी चल्न हुन्न र तिनबाट सियो र धागोसम्म पनि लिन हुन्न भन्ने हाम्रो मान्यता थियो ।
पछि थर्पूको मिन हाइस्कूलमा सरेपछि साँगे, रिसिङ, छाङ, मनपाङ, दमौली, काहूँ, भीरकोट, बन्दीपुर, डुम्रे–भन्सार आदि ठाउँहरू मेरा विचरणका क्षेत्र बने । थर्पूको म्याग्दे उपत्यकामा आएपछि म गरीब र निम्नमध्यम किसानमाझको काममा बढी लागेँे । समय समयमा हली आन्दोलन उठाउने र मुजुरी बढाउने काममा हामीले सक्रिय भूमिका खेल्यौँ र गाउँमा जग्गा नापी गर्न डोर आएका बेलामा सुकुम्बासी बस्तीका भूमिहीन किसानलाई आफू बसेको जमिन दर्ता गर्न सङ्गठित रूपमा दबाब दिन लगायौँ । सङ्घर्षका यस्ता कार्यबाट आफ्नो हकअधिकारका लागि सङ्गठित रूपमा आफैँ जुध्नु पर्ने रहेछ भन्ने चेतना किसानहरूमा पलायो ।
वैचारिक कार्य
आजभोलि पार्टीहरूमा जनतालाई भेला गरी भाषणद्वारा प्रशिक्षित गर्ने र अगुवाहरू छानेर कमिटीमा सङ्गठित गर्ने परम्परा छ । पार्टी स्कूल चलाउने भनिए पनि त्यसमा खासै ध्यान दिने गरिएको छैन । तर त्यतिखेर हामीले सम्पर्कमा आएका व्यक्तिलाई सङ्गठनमा आबद्ध गर्नुभन्दा पहिले वैचारिक खुराक प्रदान गर्ने गथ्र्यौं । हामीले आफूले अध्यापन गर्ने विद्यालयका निम्न मध्यम र मध्यम वर्गका क्रान्तिकारी शिक्षक, विद्यार्थीहरू छानेर तिनलाई एकएक गरी भित्री कक्षा लिएर माक्र्सवादी साँचोमा ढाल्ने प्रयास गर्दथ्यौँ । तिनलाई कहिले एकलै कहिले समूहमा राजनीतिक कक्षाहरू सञ्चालन गर्दथ्यौँ । माथिल्लो वर्गबाट आएकाहरूले वर्ग परिवर्तन गर्नुपर्छ भन्नेमा हामी सचेत थियौँ । वर्ग परिवर्तनको मतलव थियो आफ्नो जीवन पद्धतिलाई सर्वहाराकरण गर्नु । माक्र्सवादको गहिरो ज्ञान र त्यसको व्यावहारिक प्रयोगबाट मात्र यो सम्भव थियो ।
हाम्रो सम्पर्कमा आएका मजदुरहरू जो सामान्य पढ्न लेख्न जान्दथे तिनलाई अध्ययन गर्न राजनीतिक पुस्तक र पत्रपत्रिका दिने गथ्र्यौं । ज्ञान हासिलका निम्ति सजिलोबाट असजिलोतर्फ, सतहबाट गहिराइतर्फ र नजिकबाट टाढातर्फ शिक्षार्थीलाई डो¥याउनु पर्छ भन्ने मान्यतालाई हामीले पछ्याएका थियौँ । कोरा मजदुरहरूमाझ अत्यधिक प्रचारप्रसार गरिने सामग्री ‘माकुरो र झिँगा’ भन्ने सानो पुस्तिका थियो । त्यसमा माकुराले कसरी जाल थापेर निर्दोष झिँगालाई जालमा पारेर रस चुस्छ भन्ने कुरामार्फत् समाजमा कसरी शोषक सामन्त र पूँजीपतिले किसान मजदुरको श्रम हडप्छन् भन्ने कुरा देखाइएको थियो । जनजाति समूदायबाट आएका मजदुरहरूलाई तिनकै मातृभाषामा लेखिएका क्रान्तिकारी कथा र लेखहरू पढ्न दिने गर्दथ्यौँ । हामीले विभिन्न तहका पाठ्य सामग्री जम्मा गरी तहअनुसारको पाठ्यक्रम तयार पारेका थियौँ । राजनीतिमा चासो लिने प्राथमिक स्तरका महिलाहरूमाझ प्रचार गरिने सामग्रीहरू बहिनीलाई चिठी, रातो लालटिन, ल्यू हुलान, साचियापाङ, तरुनी छोरीसित आदि थिए । युवाहरूमाझ प्रचार गरिने सामग्रीहरूमा न्यूगेन भ्यान ट्रोइ, ओयाङ हाइको गीत, बोइ (गीति काव्य), पचास रुपियाँको तमसुक (नाटक), अजम्मरी गाउँ (उपन्यास), माक्र्सवादको प्रारम्भिक ज्ञान आदि थिए । राजनीतिक स्तर उठेकाहरूलाई गोर्कीको उपन्यास आमा, माओका रचनाहरू, लुसुनका निबन्धहरू, लेनिनका रचनाहरू, श्यामप्रसादको निबन्ध सङ्ग्रह ‘तँ तिमी तपाई हजुर’, कम्युनिष्ट पार्टीको घोषणापत्र, चे गुभाराको डायरी आदि अध्ययन गराउँथ्यौँ । म आफैँले जीवन नेपालीको उपनामबाट लेखेको पुस्तक ‘मानिसको समाजका विभिन्न जुगहरू’ र दिनेश कुमालको नामबाट मेरो अनुवादित कृति ‘चीनका दुई कथा’ र क.शेषमणिले लेख्नु भएको पुस्तक ‘समाजवादबारे केही कुरा’ आदि पनि पठनीय सामग्री थिए ।
क.श्यामप्रसादबाट प्रशिक्षित हुने अवसर
पार्टी सङ्गठनमा समय समयमा श्यामप्रसादजीका निर्देशनहरू पाइए पनि अथवा उहाँका नवीनतम कृतिहरू अध्ययन गर्ने अवसर मिले पनि लामो समयसम्म उहाँसँग भेट हुन पाएको थिएन । विशेष सेल्टरको व्यवस्था गरी उहाँलाई हाम्रो कार्य क्षेत्रमा ल्याउने योजना बनाए पनि त्यो काम हुन सकेको थिएन । उहाँभन्दा तलका कमरेडहरूलाई त समयसमयमा ल्याउने लैजाने कार्य गरिएकै थियो । जब म कीर्तिपुर कलेजमा बि.एड.तालिममा काठमाडौँ गई एक वर्ष बस्नुप¥यो, त्यतिखेर मात्र क. शयामप्रसादसँग भेट गर्ने मौका मिल्यो । काठमाडौँमा सानोतिनो नोकरी गरी बस्ने भोजपुरका शिव श्रेष्ठसँग हाम्रो पार्टी सङ्गठनमा आबद्ध क.हरि श्रेष्ठको माध्यमबाट सम्पर्क भयो । हामीसँग जोडिनुपूर्व उहाँ नेकपा (माले) का कार्यकर्ताहरूको सम्पर्कमा हुनुहुन्थ्यो । तर त्यतातिर सङ्गठित भने भइसक्नु भएको थिएन । मैले उहाँसँग केही महिना राजनीतिक सहकार्य गरेँ र क.हरि र मेरो प्रयासबाट उहाँ हाम्रो सङ्गठनमा आबद्ध हुनुभयो । उहाँको ज्ञानेश्वरको दुई कोठा भएको निवासलाई नै हामीले क.श्यामप्रसादलाई राख्ने सेल्टरको रूपमा विकास ग¥यौँ ।
क.श्यामप्रसादलाई ल्याउने दिन हाम्रो योजनाअनुसार क.शिवको डेरानजिकै तोकिएको गल्लीमा साँझपख म उहाँलाई लिन गएँ । उहाँ र मेरोबीचमा परिचय हुनका लागि सम्पर्क गराइदिने कमरेडले दुई जना व्यक्तिहरू के कस्तो पोसाकमा आउँछन् र भेट्दा के भनी सोध्दछन् भनी साङ्केतिक कोड दिनुभएको थियो । यसरी नै मैले त्यतिखेर लगाउने पोसाक र मैले दिने जवाफबारे उतापट्टि जानकारी गराइएको थियो । दिइएको कोड अनुसार दुवै पक्षले अभिनय गरेपछि एक अर्कोलाई चिन्यौँ । क.श्यामप्रसादलाई साइकलमा ल्याउने साथी त्यही ठाउँबाट फर्कनुभयो । हामी दुई जना सँगै क.शिवको कोठातिर लाग्यौँ । सुरुमा केही समय हामीले परिचयात्मक कार्यक्रम सञ्चालन ग¥यौँ बसाइ र भेटघाटबारे मोटामोटी योजना बनायौँ, त्यसपछि क. श्यामप्रसादलाई क. शिव र उहाँकी श्रीमती क.मनको जिम्मामा छोडी म आफ्नो निवासमा फर्किएँ ।
उक्त सेल्टरमा एक हप्ता बसी क.श्यामप्रसादले विभिन्न कमरेडहरूसँग भेट्नुभयो र पार्टीका कामहरू गर्नुभयो । मलाई उहाँले त्यतिखेर तीन–तीन घन्टा गरी दुई दिन भेट्ने समय दिनुभयो । मैले उहाँसँगको भेटघाटबाट धेरै जिज्ञासा मेट्ने काम गरेँ । जुनबेला मैले उहाँलाई भेटेँ, उहाँको उमेर त्यस्तै ५०–५५ को हुनुपर्छ । कपाल तिल–चामले थियो, हेर्दा न त भर्खरको युवा न त वृद्ध । उहाँ अधबैँसे उमेरको हुनुहुन्थ्यो । भूमिगत अवस्थामा पनि पुष्ट अनुहार भएको स्वस्थ देखिनुहुन्थ्यो ।
कुराकानी र छलफल गर्दा प्रत्येक घन्टाको इन्टरभलमा उहाँले ५ मिनेट व्यायाम गर्नुुहुन्थ्योे । बाहिरी संसारमा घुमफिर गर्ने जो कोहीका लागि उक्त क्रियाकलाप केही अनौठो लागे पनि लामो समयसम्म कोठामा बसी भूमिगत जीवन बिताउनेका लागि त्यो नितान्त आवश्यक थियो ।
काठमाडौँमा रहुन्जेल फेरि दुई पटक र काठमाडौँबाट गाउँ फर्केपछि तीन पटक गरी मेरो क.श्यामप्रसादसँग भेटहरू भए । यी भेटहरूबाट मैले दर्शन, राजनीति, सङ्गठनात्मक काम आदिबारे थुप्रैै कुराहरू सिक्ने मौका पाएँ र कतिपय सवालमा आफूलाई सुधार्ने मौका पनि पाएँ । कुनै कुनै सवालमा म उहाँसँग फरक मत पनि राख्थेँ । उहाँलाई मैले राखेका सवाल गलत छन् भन्ने लाग्दा धैर्यसाथ सम्झाउनुहुन्थ्यो भने सही भएमा स्विकार्नुहुन्थ्योे । एक पटक म काठमाडौँमा परिवारसहित जाँदा मेरी श्रीमती इन्दू र छोराहरू सबै जनालाई भेट दिनुभयो । मानिसको जस्तो स्तर छ, त्यही अनुसारको राजनीतिक कुराकानी गर्ने उहाँको शैली थियो । इन्दूसँग उहाँले बढीमात्रामा महिला हक अधिकार र महिला आन्दोलनबारे चर्चा गरेको जानकारी भयो । त्यतिखेर मेरा छोराहरू सानो उमेरका थिए । ठूलो बाबु विमल ६ वर्षका र सानो बाबु उत्तम ४ वर्षका थिए । मेरा छोराहरूलाई पनि आधा घन्टाको समय दिएर हाम्रै उपस्थितिमा रमाइलो पाराले के गर्न हुन्छ र के गर्न हुँदैन भनी शिक्षा दिने काम गर्नुभयो । परिवारका सबैजनालाई उनीहरूको तह र अवस्था हेरी विचारधारात्मक खुराक दिएर आफ्नो साँचोमा ढाल्नुपर्छ भन्ने उहाँको मान्यता थियो । हामी कतिपय साथीहरूलाई भेट्न जाँदा जोसँग भेट्नु पर्ने हो उससँग मात्र कुरा गर्छाैँ र परिवारका अन्य सदस्यलाई बेवास्ता गर्छौँ । यो शैली गलत रहेछ भन्ने कुरा मैले क.श्यामप्रसादबाट सिकेँ ।
पार्टीकार्यमा निस्क्रियता र नेकपा (एमाले) मा प्रवेश पार्टीमा आबद्ध भएपछि सुरुका वर्षहरूमा बडो सक्रियताका साथ मैले पार्टी कार्यमा भाग लिएँ । तर जब म तनहूँबाट पोखराको तालबाराही माध्यमिक विद्यालयमा सरुवा भई कास्की जिल्लामा कार्यरत भएँ आफ्नो पार्टी सङ्गठनको गतिप्रति चित्त बुझेन । राजनीतिमा खतरा पनि मोल्नुपर्ने हुन्छ । हामी सुरक्षित भएर मात्र चल्न खोज्दा हाम्रो काम खुम्चियो । हामीले गतिविधिलाई तीव्र गतिमा अघि बढाउन सकेनौँ । हामीले प्रशिक्षित गरेका गाउँका विद्यार्थी सहर–बजारका कलेज र युनिभर्सिटी पढ्न जाँदा त्यहाँका खुला विद्यार्थी राजनीतिमा सक्रिय हुन खोजे । त्यहाँ नेकपा (माले) को भातृ सङ्गठनको रूपमा अखिल पाचौँ र चौँथो महाधिवेशन समूहको भातृ सङ्गठनको रूपमा अखिल छैटौँ क्रियाशील थिए । हामीले हाम्रा विद्यार्थीबीच छुट्टै सङ्गठन निर्माण गर्न सकेनौँ । त्यतिखेर चौथो महाधिवेशन समूह अथवा त्यसबाट बनेका दुईथरी मसाल वा एकताकेन्द्रभन्दा नेकपा (माले) सँग हाम्रो सामीप्य भएकाले आफ्नो पहिचान कायम राख्दै पाचौँमा काम गर्न निर्देशन दियौँ । तर तिनमा काम गर्दा कतिपयले आफ्नो पहिचान कायम राख्न सकेनन्, तिनीहरू स्वचालित रूपमा ९ब्गतयmबतष्अबििथ० नेकपा (माले) मा क्रियाशील हुन जाने परिस्थिति बन्यो । मैले क.श्यामप्रसादसँगको भेटमा हाम्रो कछुवाको चाल भयो, हामीले समातेका व्यक्तिलाई इमान्दार कम्युनिस्ट बनाउने बाहेक सङ्गठनको विस्तार गर्न सकेनौँ, त्यसो भएकाले कार्यशैली फेर्नुपर्छ कि भनी कुरा राखेँ । तर त्यसबारे सन्तोषजनक प्रतिक्रिया पाइनँ । पर्खौँ र हेरौँ को नीति लिँदालिँदै बिस्तारै म पार्टी कामबाट टाढा हुन पुगेँँ । पार्टीप्रतिको मेरो निराशा विद्यार्थीलाई ट्युसन पढाउने र घरको बिग्रेको आर्थिक अवस्था सुधार्नेतर्फ मोडियो । यही अवधिमा मेरा एकजना बेलायती मित्रको सहयोगमा हर्न बि ट्रष्ट नामक संस्थाबाट छात्रवृत्ति पाई म दुई वर्षका लागि पढ्न भनी बेलायत गएँ र अँग्रेजीमा एम.ए.को डिग्री हासिल गरेँ । ‘घुमिफिरी रुम्जाटार’ भनेझैँ कुनै समयमा क्रान्तिका लागि उच्च शिक्षा बहिष्कार गरेको म लामो समयपछि फर्केर फेरि उच्च शिक्षाकै मार्गमा लाग्नु विचलनकै कुरा थियोे । यसमा पार्टीलाई दोष दिनुभन्दा आफूभित्रको कमजोरी नै प्रमुख कारण हो भन्ने मलाई लागेको छ । कठिनाइको अवस्थामा धरमर हुने र क्रान्तिको भविष्य नदेख्ने मेरो मध्यम वर्गीय संस्कार नै यसमा जिम्मेवार थियो ।
म बेलायतबाट २०४६ को परिवर्तनपछि स्वदेश फर्केँ । त्यसबेला मुलुकराजनीतिमय बनेको थियो । हिजो क्रान्तिकारी क्रियाकलापप्रति बेवास्ता गर्नेहरूका नशा नशामा पनि राजनीति प्रवाहित भएको देख्दा मलाई अचम्म लाग्यो । यस्तो परिस्थितिमा हिजो कठीन अवस्थामा राजनीतिक गतिविधिमा लागेको म चूप लागेर बस्न सक्ने कुरा थिएन । वरिपरिका जनताले मबाट नेतृत्वको अपेक्षा पनि गरे । म फेरि राजनीतिक क्रियाकलापमा सक्रिय हुन थालेँ । तर राजनीतिक गतिविधि गर्न छुट भएको त्यस अवस्थामा पनि हाम्रो पार्टी सङ्गठनले आफ्ना गतिविधि बाहिर प्रकट गरेन । राजनीतिक स्वतन्त्रता भएको त्यस अवस्थामा पनि पार्टी कार्यलाई वैधानिक रूप दिने काम नेतृत्वले गरेन । परिणामस्वरूप २०४८ सालको आम निर्वाचनमा म आफू एमालेको पार्टी सदस्य नभए पनि त्यसका उमेदवारलाई जिताउनपट्टि लागेँ । अन्य ठाउँमा पनि हाम्रा पार्टी सङ्गठनका साथीहरू स्वेच्छाले विभिन्न वाम पार्टीका गतिविधिमा भाग लिन पुगे । यस्तैमा नेपाली काँग्रेसकोसरकारले सरकारी विद्यालयमा आफ्नो एकतर्फी व्यवस्थापन समिति बनाउँदा म प्रधानाध्यापक रहेको तालबाराही माध्यमिक विद्यालयमा मेरै नेतृत्वमा त्यस विरुद्ध आन्दोलन भयो, जसमा मैले एमालेसँग सहकार्य गर्नुप¥यो । एमालेको सदस्य नभए पनि म बाहिरफेर त्यसको कार्यकर्ताको रूपमा प्रचारित भएँ । यस्तो परिस्थितिमा मैले एमालेमा प्रवेश गरेरै काम गर्ने मनस्थिति बनाएँ र यो जानकारी क.शेषमणिलाई दिएँ । तर उहाँले ‘केही दिन नहतारिनोस् हाम्रा अन्य साथीको पनि त्यस्तै चाहना देखिन्छ, सल्लाहले जानपरे सबै सँगै जाउँला’ भन्नुभयो र नेतृत्वसँग सल्लाह गरेर त्यतिखेरका एमालेका अञ्चल इन्चार्ज वाचस्पति देवकोटासँग एकताबारे छलफल चलाउनुभयो । हामी क.श्यामप्रसादको नेतृत्वमा सञ्चालित नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी) का कास्की, तनहूँ, लमजुङका कार्यकर्ताहरू क.शेषमणिको नेतृत्वमा ‘किसान मजदुर सभा’ को आवरणमा बिनासर्त एमालेमा प्रवेश ग¥यौँ । त्यतिखेर एमालेलाई सच्चा कम्युनिस्ट पार्टी मानेर र त्यसका कार्यक्रम मन पराएर हामी प्रवेश गरेका थिएनौँ । भित्रीरूपमा आफ्नो पहिचान कायम राख्दै त्यस पार्टीलाई बाहिरी गतिविधिको थलो बनाउने सामूहिक सोच हामीमा थियो । जसरी साउथ अफ्रिकामा नेलसन मन्डेलाको अफ्रिकन नेसनल काङ्ग्रेस पार्टीलाई त्यहाँको प्रतिबन्धित कम्युनिस्ट पार्टीले बाहिरी मञ्चको रूपमा प्रयोग गरेको थियो, त्यसरी नै एमालेलाई आश्रय स्थलको रूपमा प्रयोग गर्ने र विशेष छुट्टै गतिविधि सञ्चालन गर्ने हाम्रो विचार थियो । हामीले पोखराबाट लगातार ३ अङ्कसम्म प्रकाशन गरेको वैचारिक पत्रिका ‘संचेतना’ यही उद्देश्यको परिणाम थियो । तर एमालेमा आ–आफ्ना ढङ्गले काम गर्दा हामी आज विभिन्न बाटा लागेका छौँ । एमालेमा कार्यरत हाम्रा कमरेडहरूमध्ये कोही त्यहीँ हुनुहुन्छ, कोही बाहिर निस्केर स्वतन्त्र वामपन्थी बन्नुभएको छ, कोही माओवादीमा पुग्नुभएको छ त कोही माओवादीमा केही समय रहेपछि फेरि स्वतन्त्र बन्नुभएको छ । म भने यतिखेर नेकपा (माओवादी केन्द्र) मा आबद्ध छु ।
क.श्यामप्रसादसँगको नियमित सम्पर्क र पत्राचार
एक पार्टीबाट अर्को पार्टीमा जाने सवालमा हामीले उदाहरणीय सर्वहारा संस्कृतिको नमुना प्रस्तुत ग¥यौँ । त्यो के हो भने हामीले छुट्टिने काम खुसीराजीसँग आपसी सल्लाहमा ग¥यौँ । कुनै व्यक्ति आफूसँग हुँदा त्यसको बखान गर्ने र छुट्टिएर जाँदा दक्षिणपन्थी, संशोधनवादी, गद्दार आदि पगरी गुताएर तथानाम गाली गर्ने आम प्रवृत्ति कम्युनिस्ट आन्दोलनको नियति बनेको छ । अपवादस्वरूप हामीमा त्यस्तो कुरा रहेन । हामी एमालेमा कार्यरत रहँदा पनि क.श्यामप्रसादसँग हाम्रोे भेट नियमित रूपमा भइरह्यो । खुला भएपछि तीन पटक उहाँ पोखरा आउनुभयो र मकहाँ बस्नुभयो । एक पटक गण्डकी साहित्य सङ्गमको कार्यक्रममा निनुजीसँगै आउनुभयो र दुई दिन बस्नुभयो । हामी फरक ठाउँमा क्रियाशील हुँदा पनि उहाँले समय समयमा हामीलाई पत्र लेखी सल्लाह सुझाव दिने गर्नुहुन्थ्यो । पत्र अक्सर छोटा हुन्थे । भूमिगत कालमा उहाँले मलाई पठाएका पत्रहरू त नष्ट गरेकाले ती उपलब्ध छैनन् । उहाँले २०५२÷५३ तिर वैधानिक कालमा मलाई पठाएका तीनवटा पत्रहरू भने सुरक्षित राखेको छु । तीमध्येको एउटा पत्र यहाँ प्रस्तुत गर्दा सान्दर्भिक हुने ठान्दछु ।
काठमाडौं
२०५३/१२/२१
प्रिय रामराजजी,
तपाईँहरूले लामो समयदेखि मप्रति जुन सद्भावपूर्ण व्यवहार गर्दै आउनुभएको छ, त्यसबाट म सधैँ सारै प्रभावित रहँदै आएको छु । गत भेट पनि अत्यन्त उपयोगी लागेको छ । बेला बेलामा हाम्रो यसै गरी भेटघाट भइरहन पाओस् । परिवारका प्रत्येक व्यक्तिलाई मेरो धेरै धेरै सम्झना सुनाइदिनुहुनेछ ।
टेकनाथजी मार्फत् माक्र्सवादी आश्रमको निम्ति संयोजक समिति आउँदो लेनिन जयन्तीको अवसर पारेर बनाउन लाउन पाए वेस होला । राम्रो काममा किन बियाँलो भइरहन दिने ? सबै साथीहरूबाट उहाँलाई प्रोत्साहित गर्नाका साथै हाम्रो तर्फबाट गर्न सकिने सहयोग पनि गर्दै जाऔँ ।
‘संचेतना’ को निम्ति अनेक अप्ठ्याराहरूसँग जुझ्दै हाम्रो विचारलाई व्यापक पार्दै लैजानेतर्फ जुन प्रयत्न तपाईँहरू मार्फत् भइरहेछ, त्यो अत्यन्त महÕवपूर्ण छ । यसलाई यसै गरी अगाडि बढाउन हामी सबैले सकेको सघाउ अवश्य पु¥याउनुपर्छ । अहिले २ रचना साथै पठाइरहेछु । हृदयचन्द्र सम्बन्धी किताबको २ प्रति पनि समीक्षार्थ पठाएको छु ।
तपाईँले संचेतनामा प्रकाशित आफ्नो लेखमा अरू मुलुकको मात्र उदाहरण नदिएर नेपालको समेत प्रशस्त उदाहरण दिनुभएको सारै राम्रो हो । यस्तो शैलीबारे साथीहरूलाई पनि सजग पारिरहने गर्नुपर्छ । माओको रचनाको अनुवाद पनि निकै राम्रो छ । तर अनुवादकको नाउँ किन नदिनुभएको होला ? पहिलेका नेताहरू जति सबै वा कार्यकर्ताहरू पनि सबै अब बिग्रिसके वा बिग्रँदैछन् भन्ने भावना जनतामा नपरोस् भनेर पनि हामीले सावधान रहनै पर्ला । जनतालाई एक पक्ष मात्र कहिल्यै हुँदैन, सधैँ दुई पक्ष रहेको हुन्छ भन्ने कुरा बुझाउन सकियो भने उनीहरू भ्रममा पर्ने गर्दैनन् । असल र खराब दुवै थरी तÕव सधैँ रहने गर्छन् भन्ने कुरा बुझाउनु पर्छ । त्यसो भए नेता र कार्यकर्ताबारे पनि उनीहरू प्रस्ट रहनेछन् ।
साहित्य–सन्ध्या (पर्सा जिल्ला) ले आउँदो २९ र ३० गते वीरगन्जमा समारोह गर्दैछन् । म पनि निम्तालुहरूमध्ये परेको छु । त्यसैले चाँडै उतातिर जाँदैछु ।
२०५४ सालको निमित्त तपाईँहरूमा सुस्वास्थ्य र कार्यसफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।
तपाईंहरूको
श्यामप्रसाद
यस पत्रमा उल्लेखित टेकनाथ बराल कास्कीका पुराना कम्युनिस्ट नेता हुनुहुन्छ । पोखरामा आउँदा हामीले क.श्यामप्रसादसँग उहाँको भेटघाटको व्यवस्था मिलाइदिएका थियौँ र एक रात उहाँकै घरमा रात बिताउनुभएको थियो । कुनै पार्टीमा नलागी स्वतन्त्र रहनुभएकाले माक्र्सवादी आश्रम उहाँको नेतृत्वमा सञ्चालित भएमा राम्रो हुन्छ भन्ने क.श्यामप्रसादको विचार हो । शायद टेकनाथजीले यस्तै आश्रमको प्रस्ताव राख्नुभएको थियो होला । जहाँसम्म ‘संचेतना’ पत्रिकाको सवाल छ, एमालेमा कार्यरत भएकै अवस्थामा हामी हिजो ‘नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी)’ मा कार्यरत केही व्यक्ति मिलेर त्यसलाई त्रैमासिकवैचारिक पत्रिकाको रूपमा प्रकाशन गरेका थियौँ । क.श्यामप्रसादले गर्नुभएको टिप्पणी तेस्रो अङ्कका बारेमा हो ।
लोकभावनाबाट
======================================
श्यामप्रसाद : स्मृति बिम्बभित्र
नवराज रिजाल
आज म श्यामप्रसादलाई हृदयदेखि नै सम्झने प्रयास गरिरहेको छु । हुन त उहाँलाई धेरै अघिदेखि नै सम्झिरहेको हँु । चिनिरहेको हुँ र बुिझरहेको पनि हँु । निक्कै वर्ष भयो उहाँसँग परिचित भएको । त्यो अवधि झण्डै तीन दशक भैसकेकोछ । यति हुँदाहुँदै पनि मैले उहाँलाई चिन्न र जान्न अझै सकेको छैन । त्यसैले त प्रत्येक भेटघाट पिच्छे चिनिरहेको छु, जानिरहेको छु र बुझिरहेको छु । तैँले श्यामप्रसादलाई चिनेको छस् ? यो प्रश्न मैले आफैँलाई धेरैपटक सोधिसकेको छु । म अन्योलमा छु । उहाँको कुन बाटोलाई अगाडि राखेर स्मृति गरौँ ? हेटौँडाबाट प्रकाशित भैरहेको “लोकभावना” त्रैमासिकका निम्ति उहाँको बारेमा एउटा लेख लेखिदिन आग्रह भएको छ र म त्यही कुरा स्मृति पटलमा राखेर सोचिरहेको छु । यसै गर्ने वा यहीबाट थालनी गर्ने भन्ने कुरा ठ्याम्मै फेला पार्न सकिरहेको छैन । त्यसैले हराएको छु सोचसागर भित्र । मनमा, मस्तिष्कमा, सोचमा र अगाडिको बाटोमा आदरणीय वरिष्ठ साहित्यकार श्यामप्रसादको छविचित्र नाचिरहेको छ ।
वि.सं. २०७३ साल वैशाख ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उहाँ अभिनन्दित हुनुभयो । “साहित्यकार श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समिति” द्वारा आयोजित सो समारोहमा विभिन्न ७४ सङ्घसंस्थाद्वारा उहाँको अभिनन्दन गरिएको थियो । ती सङ्घ संस्थाहरूमा एउटा ‘नवप्रज्ञापन’ पनि थियो । २४ वर्षदेखि बारा जिल्लाबाट प्रकाशित भइरहेको साहित्यिक पत्रिका हो ‘नवप्रज्ञापन’ । छिमेकी जिल्ला पर्साका पुराना बासिन्दा तथा साहित्यिक र सांस्कृतिक कर्म त्यतैबाट आरम्भ गरेर राष्ट्रिय पहिचान बनाउनु भएका उहाँबाट पत्रिकाले हिँड्ने क्रममा धेरै सिकेको छ । उसले मात्र होइन म स्वयम् समेत सो अवसरबाट झन् धेरै लाभान्वित छु । त्यसैले त अभिनन्दनमा संलग्न हुनु कर्तव्य मात्र हैन प्रमुख दायित्व भएको सम्झदै सरिक भयौँ नवप्रज्ञापन र म ।
नेपाली प्रगतिवादी विश्वविद्यालयका शीर्षस्थ व्यक्तित्व उहाँको सादा जीवनशैली, सरल रहनसहन र उच्च मानवीय आदर्श अत्यन्तै अनुकरणीय छ । मोफसलका पहिलो पत्रकार समेत रहनु भएका उहाँको चिन्तनले धेरैलाई बाटो देखाएको छ । हिंड्न प्रेरित गरेको छ । जीवनप्रति मोह जगाएको छ । मातृभूमिका निम्ति केही न केही गर्न उक्स्याएको छ । विचारमा विश्वासको बिरुवा गोडमेल गर्न प्रोत्साहित छ । अन्धविश्वास, कुरीति, कुपरम्परा र समाजविरोधी गतिविधिको विपक्षमा अगाडि रहिरहन प्रेरित गरेको छ । जेलभित्रैबाट पत्रकारिता सुरु गर्नु भएका उहाँको सो क्रियाशीलताले आफूभित्र सोच र चिन्तन छ भने कहिल्यै कतै खाली बस्नुपर्दैन भन्ने विचारमा थाँक्रो ठड्याएको छ । थुनुवाकै अवस्थामा रहँदा समेत हस्तलिखित पत्रिकाको प्रकाशन प्रारम्भ गरेर अगाडि बढ्नु भएका उहाँको सक्रियता, वैचारिक प्रतिबद्धता र सैद्धान्तिक निष्ठा हिजोदेखि आजसम्मै सबैका निम्ति ग्रहणीय पक्षको रूपमा रहेको छ । सादा जीवन र उच्च विचारका हिमायती उहाँको सादगीले धेरैलाई हिजो पनि लोभ्याउँथ्यो र आज पनि लोभ्याइरहेछ । प्रत्येक क्षण उत्साहको डोरी बाटिरहन मन पराउने र सधैँ सकारात्मक सोच तथा प्रगतिवादी चिन्तनमा रमाइरहने उहाँले नेपाली समाजलाई दिएको सार कुरा नै जीवनवादी सोच, वैचारिक निष्ठा र कर्तव्यबाट अविचलता हो । ती कुराहरूको अनुकरणले मानव जीवनलाई अगाडि बढाउँछ र विचारमा फैलाउँछ । त्यसो त कमलको महÕव र गरिमाले उसको उद्गमको आधार खोज्दैन बरु सहजता, निष्ठा र विचारपरकता खोतल्छ । व्यक्तिगत हैसियत जान्नु वा आपूmलाई चिन्नु नै जीवनको वास्तविकता हो र त्यसैले मात्र विचारको बिरुवा रोपेर जीवनको यथार्थता बोध गराउँछ । बाँच्नेहरू सबैले जीवन बोध गर्न सक्दैनन् र एउटा निष्ठा, अठोट, उत्साह हिँडाइभित्रको हुटहुटीले मात्र त्यसको सिङ्गो पाटो थेग्न सक्छ । त्यसलाई नखोतली आजसम्म संसारमा कसैले केही पाएका पनि थिएनन् र छैनन् भने भविष्यमा पनि बिना मेहनत, परिश्रम र लगनशीलताले त्यो प्राप्त होला भन्ने कल्पना गर्न सकिन्न । काशी जान कुतीको बाटो लाग्ने चिन्तनले धेरै अगाडिदेखि गालिरहेको छ हामीलाई ।
मलाई सम्झना भएदेखि नै मेरो मनमा एउटा सोच थियो ठूलाहरूले झुठो बोल्दैनन् । बेइमानी गर्दैनन् । अन्यायलाई आत्मसात् गरेर टुलुटुलु हेर्दैनन् । जस्तोसुकै दुःखकष्ट वा महासङ्कटको समयमा पनि अत्याचारको पक्ष लिँदैनन् । आफन्त रपराईको फेर समात्दैनन् न्याय निसाफको तराजु समात्दा । घामलाई जून र जूनलाई घाम भन्दैनन् स्वार्थको धोतीपाटोभित्र । अगुवा बाटो हगुवा हुन सक्दैन जस्तोसुकै क्षणमा समेत । अगाडि हिँड्नेहरूले बाटो देखाउनु पर्छ , पछाडिकाहरूले पछ्याउनुपर्छ यस्तै सोच्थ्यो मेरो मनमस्तिष्क । त्यो मूल्यमान्यताबाट आज पनि टसको मस हुन सकेको छैन । जीवनभर हुनु पनि नपरोस् यस्तै सोचिरहेछ विचारधारा । आस्थामा जग लगाएर हिंड्न पाइयोस् सधैं सधैं कल्पनाको धरातलमा घुटुक्क थुक निलेर सोच्ने गरेको छु हरपल ।
देश निम्ति प्राणाहूति गर्ने काजी भीम मल्ल, माटाको रक्षाको निम्ति सधैँ सचेत रहेर शत्रु पक्षको ठूल्ठूला सुख सुविधा ऐसआराम र भोजका प्रस्तावलाईबारम्बार अस्वीकार गरिरहने अमरसिंह थापा, सत्तरी वर्षको उमेरमा पनि देशको निम्ति बलिदानी गर्ने भक्ति थापा, शत्रुसँग कहिल्यै झुक्न हुन्न भन्ने मान्यताराखिरहने बलभद्र कुँवरहरूको तस्वीर मेरो आँखामा नाचिरहे छन् यतिखेर ।
खबरदार भन्दै औँला ठड्याइरहेको आभाष गरिरहेको छु । विश्वासको उकालो उक्लने क्रममा ठाउँठाउँमा पटकपटक चिप्लिरहेछ मान्छे । हुन त चिप्लनेहरू नै उठ्ने हुन् । उठ्नेहरू नै हिँड्ने हुन् र हिँड्नेहरू नै पुग्ने हुन् । तर पुग्नका निम्ति अठोट बोक्नुपर्छ । आस्थाका निम्ति इच्छाशक्ति बोक्नु पर्छ र हिँड्नका निम्ति पाइला चलाइरहनु पर्छ । सोच भएकाहरू नै त हुन् सधैँ अगाडि पुग्ने । सबै सबैतिर पुग्ने भए संसारको अर्कै रूप रङ्ग हुने थियो । गति, यति र लय पनि फरक हुने थियो । विगतबाट वर्तमानले र वर्तमानबाट भविष्यले अगाडि हेर्ने मूल्यमान्यता सबैले आत्मसात् गर्न सकेको भए संभवतः स्थितिले पनि अर्कै मोड लिन्थ्यो होला तर नदीहरू उल्टो दिशा बग्न उत्साहित बनिरहेको वर्तमान सन्दर्भले म आफैँसँग आफैँलाई असहज महसुस गरिरहेको छु ।
व्यक्तिगत सुख सुविधा त्यागेर सामूहिकताको पक्षमा उभिएका आदरणीय व्यक्तित्वहरूको स्मृतिले सधैँ थिचिरहन्छ मनमस्तिष्क । उनीहरू जाति, वर्ग, धर्म, लिङ्ग र समुदायबाट माथि उठेका थिए । विचारको पर्खाल चढेका थिए । विश्वासको कोशी कर्णालीमा नुहाएर आस्थाको महाकाली पुगेका थिए । अठोटको राप्ती, भेरी नाघेर नारायणीमा स्नान गरेका थिए । जातीय अहम् छँदै थिएन उनीहरूको मनमस्तिष्कमा । हो, त्यसैले ती विचारका बिम्ब हुन सके । विश्वासका केचना र सगरमाथा बन्न सके । वर्तमानमा मेची महाकालीमा घेरिएको सीमा रेखा नाघेर टिस्टा र काँगडा तथा गंगा र दिगर्चा पुग्न सके । आदर्श एउटा पाटो हो हिँडाइको । यथार्थमा भन्दा त्यो एकमात्र गति हो मानवजीवनको । त्यसलाई सञ्चालन गर्ने डुङ्गा वा बहना हो ।
बालापनको सन्दर्भ र इतिहास बिम्बहरू वर्तमानमा सोच्छु । त्योभित्रका आस्था विश्वास खोेज्छु । चिन्तनका पाटा र आस्थाको धरातलभित्र खनीखोस्री गर्छु । विगतले बनाएको डोबभित्र त्यसकै प्रतिरूप समेल्छु । तर अहँ फेला पर्दैन । खोटी वर्तमानबाट विश्वास चुहिरहेछ । विचार उडिरहेछ । आस्था बगिरहेछ । सोच अनि चिन्तन माथि पराई ओथारो बसिरहेछ ।
ऊ मज्जाले हाँसिरहेछ र मानिरहेछ आफूलाई विजयी । हामी विश्वासको जामा पहिरिएर रमाइ रहेछौँ, गाइरहेछौँ, नाचिरहेछौँ र बजाइरहेछौँ मादल । कुनै पनि अवस्थामा प्रश्न उमार्ने चेष्टा गरिरहेका छैनौँ । यसको अर्थ हो हामी अर्कैमा समाहित भैरहेका छौँ । लीन बनिरहेका छौँ । विचार पगालेर खन्याइरहेछौँ गोल्टिनमा । त्यो जमिसकेको छ मज्जाले । हामी त्यो जित वा हित भनिरहेछौँ फुर्फुरिँदै । इतिहास खोतल्ने मनमस्तिष्कमा औँसा परेका छन् स्याउँस्याउँती । त्यसलाई विजय ठानेका छौँ, मानेका छौँ र जानेका छौँ । जिन्दगी रोप्ने पाटामा कुविचार उमारेर सोचमग्न बनिरहेछौँ ।
गहिरो ओसमा डुबेको अनुभूति गरिरहेछ मनमस्तिष्क । हिजोसम्मका सम्पूर्ण आदर्शहरूमा लागेको छ आगो । निभाउनेतिर सोच जानै सकिरहेको छैन । किन ? तपाईंको प्रश्न हुन सक्छ तर म उत्तर दिन सक्ने अवस्थामा छँदै छैन । के त मेरा आदर्श आज जम्मै बेकम्मा भएका हुन् ? कुनै अर्थ छैन तिनीहरूको ? यदि छ भने किन कुठाराघात गरिरहेछ त्यसले वर्तमान माथि । व्यक्तिगत स्वार्थले किन गरिरहेछ राज ? त्यसैको त्यान्द्रोमा अलमलिनुले के सङ्केत गर्छ ? विश्वास हुँडलिन्छ अठोटको फोगटोमा । सोच्दै नसोचेका कुराहरू भैरहेछन् फटाफट । सोचिएकाहरू हुनु पथ्र्यो तर ती हुन सकिरहेका छैनन् । चिन्तनको पेरुङ्गो अटट्हास गरिरहेछ र अटट्हासीहरू उफ्रिइरहेछन् बेलगाम लगन बिनाको पोतेमा सजिएकी नवयुवतीजस्तै ।
वर्तमानमा छातिभित्र सजिएका आकृतिहरू फतफत झरिरहेछन् भुइँमा । बोल्न सकिरहेको छैन म, न त उमार्न सकिरहेछु कुनै प्रश्न । निर्बाध हेरिरहेछु, यथास्थितिमा मारुनी नाच नाच्नेहरू उफ्रिरहेछन् । बिना स्वर र बिना तालमा बितिरहेछ समय । परिस्थिति आफ्नो बाटो हिँड्न खोज्दैछ । ती अझै आफूलाई नायकत्व प्राप्त होस् भन्ने प्रार्थना गरिरहेछन् । सुन्दा वाक्वाकी लागिरहेछ चिन्तन, सोच र विचारको पराकाष्टाले । इतिहास पुरुषहरूले निर्माण गरेको प्रतिविम्ब ती काटिरहेछन् धरोधर्म । स्वार्थको पर्खाल ठड्याएर स्वार्थी र आडम्बरीहरू हाँसिरहेछन् मज्जाले । कति हाँस्लान् भन्न सकिन्न तथापि ती हाँसिरहेछन् पेट मिचीमिची । हँसाइ जीवनभरका लागि हो वा क्षण भरका लागि मेरा आँखा अलमलमा छन् । न बोल्न सक्ने अवस्थामा छु न त नबोलिरहन सक्ने स्थिति नै छ मेरो । बिर्सिएर आफू र आफ्नो परिवेशलाई बाँचेको अभिनय गरिरहेछु ।
मेरा बालसोचहरू सत्य थिए वा असत्य म अझै भन्न सकिरहेको छैन । ऐतिहासिक व्यक्तिहरूका स्मृतिले मेरो प्रश्न गलत थिएनन् भन्नेमा विश्वस्त छु । तर वर्तमानसम्म आइपुग्दा र यसका चरित्रहरूको अध्ययन गर्दा मेरा प्रश्न गलत साबित भएका छन् । तथापि आत्माले स्वीकार गर्न सकिरहेको छैन । हुलमा,भीडमा र खराबहरूको जमातमा सत्यलाई असत्य र असत्यलाई सत्य बनाइन्छ भन्ने एकाथरी मतलाई आलोचनात्मक समर्थन गर्छु र बढ्छु अगाडि । हो त इतिहासमा त्यस्ता घटनाहरू कति भएका छन् कति । सुकरातले पनि त विष पिउन परेको थियो नि । रामलाई नायक मान्ने हामीहरूले रावणको शूरता र वीरताको गहन अध्ययन गरेकै छैनौँ । पराक्रमी कुमार पाखा लगाएर गणेश पूजा गर्ने परम्पराका पक्षपाती हामी नै हौँ । ओरालो लागेको मृगलाई खेद्न तल्लीन र तत्पर प्रवृत्तिका अंसियार पनि हामी हौँ । हो, हो र ल, ल ले काम गरेको छ धेरैतिर । किन, के र कसरी भन्ने प्रश्न गर्ने सामथ्र्यबाट पछाडि छौँ हामी । संभवतः त्यही परिस्थितिले कुँजिएका हुन् तपाईं हाम्रा खुट्टा ।
यतिखेर मेरो देशको वर्तमान नराम्रोसँग दुखिरहेछ । चह¥याइरहेछ । आस्था र विश्वासमा डढेलो लगाउन खोजिँदै छ । विचार बालेर रमाउनेहरूको निश्चित सङ्ख्या पनि छ । फुटाएर भगवान् बन्न खोज्नेहरूको सङ्ख्यालाई सानो भन्न मिल्दैन । ती सके जति, लागे जति र भ्याए जति गरिरहेछन् । आफैँलाई समेत बलिदान गर्न तम्तयारहरूको एउटा समूह पनि छ । फाइदा र घाटामा क्यालकुलेटर थिचेर बोल्नेहरूको जमात पनि नभएको होइन । केवल आफू बाँच्ने उत्कण्ठामा हराइरहेछन् ती । ती न विगत र वर्तमान पढिरहेछन् न त भविष्यको कुनै आशा र भरोसा छ उनीहरूमा । तिनीहरूको अगाडि एउटा संसार छ र त्यसैभित्र डुब्नुलाई सर्वस्व ठानिरहेछन् । सायद त्यसैले उनीहरूलाई आफूभित्र हराउन सहयोग गरेको होला । तथापि मानिस सत्य बोलोस् भन्ने चाहनालाई भने कसैले पनि इन्कार्न सक्दैन ।
आफ्ना सन्तान विदेश पठाएर राष्ट्रियताको राग अलाप्नेदेखि सत्ताको निम्ति मातृभूमिलाई चिराचिरा पार्ने प्रवृत्तिमा समेत जान्ने, सुन्ने र बुझ्नेहरूको मुख नखोलिएको देख्दा यथार्थको पाटो खुसुक्क बिर्सेर स्वार्थको कसौडीमा पाक्नेहरूको हुलभित्र मेरो माटो दुःखिरहेको आभाष हुन्छ । सम्भवतः ती अन्यत्रबाट बाँचिरहेछन् त्यसैले बोलिरहेका छैनन् सत्य र निष्ठा समेत । काजी भीम र अमरसिंहलाई सम्झँदै धिक्कार्न मन लाग्छ वर्तमान विरोधीहरूलाई । तथापि राज उनीहरूकै छ । धेरैलाई रुवाएर भए पनि ती हाँसि रहेछन्, नाचिरहेछन् र गाइरहेछन् । कुण्ठाको सगरमाथा छातिमा ठड्याएर हेरिरहेछन् एक टङ्कार । बोल्नेहरूलाई पाखा लगाउन नबोल्नेहरू गरिरहेछन् गठजोर । जुट्न–जुटाउन होइन फुट्न–फुटाउन तथा भत्काउन र बिगार्न कम्मर कस्नेहरू शक्तिवर्धक औषधी सेवन गरेर उपस्थिति जनाइ रहेछन् । तर सानो स्वरमै भए पनि बोलिरहेछु र बोल्न प्रोत्साहित गरिरहेछु । स्वार्थीहरूको झुन्ड जति नै ठूलो भए पनि डराएर भाग्ने छैन किमार्थ । सिङ्गो भूगोलको पक्ष म टुक्राटुक्रा भएर बाँच्न सक्दिनँ बरु मृत्यु नै प्रिय छ ।
मेरा पुर्खाले छाडेर गएको आस्था र विश्वास गल्न दिनुहुन्न मैले । विश्वासको पोयो लगाउनु पर्छ र हिँड्नु पर्छ लगातार । पराया इसारामा नाच्नेहरूको विरुद्ध नखोलिने मुख, नउठ्ने हात, नहिँड्ने खुट्टा, नसुनिने कान चिलौनेका टोड्का हुन् । ती काम लाग्छन् केवल काकाकुलका निम्ति । यसर्थ समयमा महÕव नपाएका कुनै पनि वस्तुको खासै अर्थ हुन्न र मैले पनि त्यसैगरी बुझेको छु तिनीहरूलाई । हैन, ती मानव अङ्ग नै हुन् भने यथा समयमा दिने काम दिनै पर्छ । यस्तै सोच्छु र बालवयका सोचलाई उत्तर दिन्छु त्यो आफैँमा सत्य हो तर हाम्रो वर्तमान स्वार्थको कसौडीका हरदम पाकिरहेकाले स्थिति फरक देखिएको हो । समय क्रममा त्यस्तो पनि हुन्छ भीम वा भीमसेन थापा, अमरसिंह वा बलभद्रहरूको चिन्तन देशको निम्ति थियो तर वर्तमान व्यक्तिगत कुण्ठामा पाकेर हराइरहेछ आफैँबाट । जसरी इतिहास–नायकहरू माटोको निम्ति सधैँ सचेत थिए त्यसैगरी वर्तमान पुस्ताका माटोप्रेमीहरू पनि कृतघ्नहरूको लहरमा उभिनु हुँदैन । हिँडिरहनु पर्छ निरन्तर
निरन्तर अगाडिको बाटो ।
आदरणीय पाठक वृन्द, माफ गर्नुहोला । कल्पनाको तरङ्गमा डुबुल्की मार्दामार्दै म त कता पुगेछु कता । साहित्यकार श्यामप्रसादका सम्बन्धमा सोच्दासोच्दै विचारको पखेटामा फटफटाएर उड्न पो थालेछु त । हुन त मेरो उडाइ र सोच आफैँभित्र हो । आप्mनै भित्र हो । माटोभित्र हो । देशभित्र हो । धारणा र चिन्तनभित्र हो । विश्वासको सगरमाथा र आस्थाको पर्खालभित्र हो । पुर्खाले गरेको योगदान र देखाएको बाटोभित्र हो । औँल्याएको वस्तुस्थिति र इङ्गित गरेको दिशातिर हो । आपूmलाई बिर्सेर अरूलाई चिन्ने, जान्ने र बुझ्ने असन्तुलित मानसिकता भित्र हो । औकात अरूद्वारा पहिल्याई माग्ने मनगढन्ते सोचभित्र हो । आपूmभित्र केही नरहेको तर अरूभित्र सबैथोक भएको विश्वासमा अरूको काममा तल्लीन आफैँले आफैँलाई चिमोट्नु पर्ने विवशताको माखेसाङ्लोभित्र हो । हामी सधैँ जितेर पनि किन हारिरहेछौ र संसारले बहादुरको नाममा बुझे पनि बहादुरीमा आफैँ रमाउन नसक्ने स्थिति सिर्जनामा कसको मुख्य हात रह्यो ? त्यसलाई चिरेर अगाडि बढ्न नसक्नुको मूलकारण के हो त्यसको खोजी गरौँ भन्ने अठोटभित्र हो ।
माथिकै सोच अनि चिन्तनभित्र बुझेको छु मैले श्यामप्रसादलाई । आफूले बोकेको आदर्शबाट ८७ वर्षको उमेरमा पनि अविचलित उहाँको जीवनयात्रा नेपाल र नेपालीको विकास अनि प्रगतिपथमा हिँडिरह्यो । व्यक्तिगत स्वार्थको पाटोतिर कहिल्यै यात्रा नगर्नु हुने उहाँले जीवनका हरेक मोडलाई सहजताको साथ लिनुभयो । विश्वासलाई पिएर जिउनुभयो । आस्थालाई उजिल्याएर गन्तव्य खोज्नुभयो र आफूले सोचेको, खोजेको गोडमेल गरेको विचारधारालाई अगाडि बढाउनुभयो । केवलपुरे किसानले एकपटक मसँग भन्नुभएको थियो श्यामप्रसाद भनेको कुरा पुरा गरेर छाड्ने व्यक्ति हुन् । साँच्चै हो जीवनको प्रारम्भिक कालमा बोक्नु भएको आदर्शबाट उहाँ कहिल्यै पछि फर्कनु भएन । उहाँका पाइला निरन्तर अगाडि बढिरहे र आज पर्यन्त आफ्नो लक्ष्यमा हिँडिरहनु भएको छ । कति ठूलो आदर्श ? उहाँले चाहेको भए सजिलै बाटो फेरिन्थ्यो । जीवन यात्राले अर्को मोड लिन्थ्यो तर उहाँ त्यता लाग्दै लाग्नु भएन । त्यही आदर्शले बचाएको हो श्यामप्रसादलाई । आज मात्र हैन भोलि पनि बचाइरहनेछ ।
सत्ता, स्वार्थ र ऐसआरामको निम्ति बक्–बकाउँदै उदाङ्गिने राजनेतामात्र हैनन् बुद्धिजीवीहरूको समेत ठूलो लर्को छ हामीसँग । त्यसैका निम्ति जीवनको उत्तराद्र्धमा समेत विचार बदलिएका छन् । चिन्तन फेरिएका छन् । सोचले अर्कै मोड लिएका छन् । व्यक्तिगत लाभ र कुण्ठाले ठूलो काम गरेको छ । ती आजीवन हिँडिरहेको धरातल विरुद्ध उभिएका छन् । विचारको पाटोबाट स्खलित भएका छन् । एउटा कुरा, वर्तमानमा आवाज तिनीहरूकै ठूला छन् । भागबन्डा र भान्से पनि तिनीहरू नै छन् । आजको हँसाइ उनीहरूका निम्ति उन्माद बनेको छ तर त्यो कति दिन टिक्ला यो हो मूल विषय । विश्वासमा आगो झोसेर बाँच्नेहरू कति दिन रमाउलान् । घरीघरी मेरो मस्तिष्कमा नाचिरहन्छ यो प्रश्न । पैसाका निम्ति नाङ्गिनेहरूको कथा त झन् ठूलो छ । संवेदनशील मनमस्तिष्कलाई भनिरहनु पर्दैन यो कुरा । उसले बुझ्छ र बुझिरहेको छ पनि । आफू बाँच्ने र बोल्नेहरूलाई पनि यो प्रश्नको उत्तर खोज्न टाढा जानु पर्दैन ।
अत्यन्तै गरिबीको अवस्थामा बाँचे पनि आपूmले बोकेको चिन्तन र हिँडेको बाटोमा जीवनभर हिँडिरहनु भएका श्यामप्रसादबाट धेरैभन्दा धेरै कुरा जान्न, बुझ्न र सिक्न सकिन्छ । आप्mना बालसखाहरू राणा परिवारका सदस्य भए पनि तिनीहरूसँग उहाँको हात कहिल्यै पसारिएन र जीवनशैलीले आकर्षित पनि पारेन । उहाँले चाहेको भए आप्mनो अवस्थाबाट मुक्ति पाउनु हुन्थ्यो तर उहाँको ध्यान त्यता कहिल्यै गएन । वर्गीय सोच, चिन्तन र विचारले प्रतिबद्ध उहाँका पाइलाहरू जीवनको प्रारम्भिक अवस्थामा जे सोचेर जतातिर लागेका थिए आज पर्यन्त त्यही स्थितिमा छन् । व्यक्तिगत सुख–सयल र मोजमज्जाले कहिल्यै आकर्षित गर्न सकेन उहाँलाई । हो, त्यसैले त उहाँलाई आदर्श मानिरहेछौँ । विश्वासको सगरमाथामा राखेर श्रद्धासुमन अर्पण गरिरहेछौँ । बाल्यकालीन सपना जे जस्तो देख्नु भयो युवावस्था र प्रौढावस्थाको सपना पनि त्यही रह्यो । आपूmले देखेका सपनाकै निम्ति उहाँको सम्पूर्ण जीवन खर्च भयो र अझै पनि भइरहेछ । यो नै धेरै व्यक्तिको मनमा श्यामप्रसाद आदर्श व्यक्तित्वका रूपमा रहिरहनु प्रमुख कारण हो ।
आफूले बोकेको आदर्श र विचारप्रति प्रतिबद्धहरूले गतिबाट कहिल्यै पछाडि फर्कनु पर्दैन । ती अरूलाई पनि बाटो देखाउन सदा समर्थ रहन्छन् र हिँडिरहन्छन् बाटो । जो आफैँले बाटो देखेको हुँदैन त्यसले अरूलाई देखाउने अधिकार पनि राख्दैन । जान्नेले नै हो सिकाउने नजान्नेलाई, तर हाम्रोमा हरेक क्षेत्रमा नजान्नेहरूको हाबी छ । जान्नेहरू अँध्यारो कुनामा थन्किरहेका छन् । ती बोल्न सक्दैनन् । सक्यो भने पनि सुन्ने कोही हुँदैनन् । नजान्नेहरूकै हाली मुहाली छ जताततै । विश्वासका आगो सल्काएर ती देखाइरहेछन् गुफातिरको बाटो । उनीहरूकै बठ््याईँले चारैतिरगरिरहेको छ काम । अन्धकारतिर फर्किएकाहरू उज्यालोको कुरा गरिरहेछन् । जो आफैँ देख्दैन त्यसले अरूलाई देखाउने प्रयत्न नगरिदिए हुने हो तर ठिक उल्टो छ स्थिति । यसले अग्रगामी बाटो कहिल्यै समात्दैन । यसका निम्ति कसैको जिम्मेवारी रहनुपर्ने हो तर त्यो जिम्मेवारी पाउनेहरू समेत उही काटीका भएकाले त्यतातिर सोचिएकै छैन भन्दा पनि हुन्छ । उल्टो दिशातिर बहेको हावाले गरिरहेछ राज । सम्भवतः त्यसैको परिणति निर्विवाद रूपमा भोगिरहेछौँ हामी ।
उद्देश्यको पछि लाग्ने मानिस सफलतामा पुग्छ । उसले विफलता आत्मसात् गर्नै पर्दैन । चिन्तन र सोचका निम्ति कर्तव्य पथमा हिँड्नेहरूले समेत दुःख बोध गर्नुपर्दैन । व्यक्तिगत लाभहानीका लागि नाङ्गिने र बाङ्गिनेसँग यस्तो अपेक्षा गर्न सकिन्न । आदर्श र यथार्थ दुई विषयवस्तु हुन् । आदर्श काँधमा बोक्दैमा कोही पनि धुरीमा पुग्दैन अर्थात् पुग्यो भने पनि चिप्लन्छ र लड्छ । मानिस बाँच्ने यथार्थमा हो । जसले त्यसलाई आत्मसात् गर्छ ऊ हिँडिरहन सक्छ । जो हिँडिरहन सक्छ ऊ सहज उद्देश्यमा पुग्न सक्छ । उहाँले बोकेकै आदर्श बोक्नेहरू पनि धेरै चिप्लिएर लडेका छन् । स्वार्थमा नाङ्गिएर भावनामा बहकिँदै इसारामा आफ्नै धरातल वा माटोको विरुद्ध समेत उभिएका छन् । तर श्यामप्रसाद अविचलित पहाडको नाम हो । उहाँले बाल्यकालमा जे सपना देख्नु भयो त्यसैका निम्ति आजीवन सङ्घर्षरत रहिरहनु भयो । दायाँबायाँ कतै फर्कनु भएन । कुनै पनि थकाइले उहाँलाई रोक्न वा छेक्न सकेन । तिनीहरू हारे । उहाँले जित्नु भयो । कठैबराको पछि लाग्नु भएन न त रमाउनु भयो आत्मप्रशंसामा । त्यसैले उहाँ आज पनि विचारको सगरमाथा चढिरहनु भएको छ ।
जस्तो बोली त्यस्तै विचार र सोचका उहाँ हिजोदेखि आजसम्मै आस्था र विचारमा अडिग हुनुहुन्छ । बाल्यकालीन अवस्थाबाटै उहाँमा समाज सुधारको चेत थियो भन्ने प्रमाण २००१ सालमा प्रकाशित “गाउँको सफाइ” नामक कृतिले दिन्छ । यो कृति प्रकाशित हुँदा उहाँको उमेर केवल १५ वर्षको थियो । अल्लारे उमेरमै गाउँको सफाइबारे पुस्तक लेखेर जनचेतना फैलाउन अग्रसर उहाँले त्यसको तीन वर्षपछि २००३ मा “स्वास्थ्य रक्षा” नामक कृति प्रकाशित गराउनुभयो । आजसम्म उहाँको नाममा ११० भन्दा बढी कृतिहरू दर्ता छन् । यो खोजीको क्रम हो र त्यो अझै रोकिएको छैन । नेपाली समाजको सुधारका निम्ति जे जे चाहिन्छ त्यही त्यही विषयका पुस्तकहरू लेख्नुभयो उहाँले । अन्य लेखकहरूलाई झैं उहाँलाई न दर्शन दिनु थियो न त विचार शृङ्खला । न ठूल्ठूला पुस्तकको ठेली देखाउनु थियो, न त थियो बुद्धिजीवीको नजरमा वाहवाही कमाउनु । उहाँलाई त नेपाल कसरी राम्रो बन्छ, नेपाली जनताले के गरी सुख पाउँछन् उनीहरूको जीवनस्तर कसरी सुध्रन्छ र समाजमा हाम्रा कर्तव्यहरू के–कस्ता हुन्छन् त्यो सिकाउनु र बुझाउनु थियो तसर्थ उहाँले तिनै विषयका पुस्तकहरू सरल भाषामा लेख्नु भयो । छपाउनु भयो र बिक्री वितरण गर्नु भयो । पुस्तकका आकार र साइज सानो बनाउनु भयो । अनि मूल्य पनि थोरै राख्नुभयो । नेपाल र नेपाली जनताका लागि जीवन अर्पनु भएका उहाँबाट यी कुराहरू हुनु स्वभाविक थिए ।
प्रगतिशीलता र प्रगतिवादकै जामा पहिरिएर धनको निम्ति मरिमेट्ने जमात तयार छ आज । आदर्श त श्यामप्रसादकै बोक्छन् तर काम पृथक् हुन्छन् । भन्छन् एकथोक गर्छन् अर्कोथोक । देखाउँछन् एकथरि देखिन्छन् अर्कोथरि । अचम्म लाग्दो छ परिदृश्य । भनाइ र गराइ, बोली र व्यवहार, चिन्तन र चिन्ता, गति र गतिशीलता एउटै बाटोमा हिँडेको समय कस्ता होला ? वा हिँड्ला कि नहिँड्ला ? यो प्रश्नमा मेरो पनि मन छड्कन्छ आफैँभित्र । बाहिर प्रकट नहुने स्थितिको कसरी मूल्याङ्कन होला र ? त्यसैले म चुपचाप चाखिरहेको छु वर्तमानको स्वाद । एकातिर श्यामप्रसाद, उहाँको जीवनशैली, विचार–आस्था र विश्वास, आदर्श–अठोट र निष्ठा, जीवनभोगाइ–कर्तव्य परायणता र इतिहासप्रतिको दायित्व अनि अर्कोतिर त्यस्तै आदर्श बोकेर पनि बिलकुल फरक सोच, गति, निष्ठा, दायित्व र जीवनशैली आँखामा घरीघरी उपस्थिति जनाउँछन् । अलमलमा पर्छ मन । न यसो भन्न सक्छु न त उसो । फराकिलो आँगनमा विगत वर्तमान दुवै उपस्थित हुन्छन् । पहिलोमा निष्ठायुक्त सङ्कल्प र दोस्रोमा कुटिलताले भरिपूर्ण विचार प्रस्ट देखिन्छन् । मन दुवैमा पोखिन्छ वास्तविकताको रङ खोज्न थाल्छ ।
राणाविरोधी आन्दोलनमा सक्रिय भएर जेल बसेकै समयमा पनि त्यहीभित्र जनसाहित्य मण्डल खोल्ने साहस गर्नु भएका उहाँ प्रगतिशील लेखक सङ्घको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । २००९ मा आप्mनै पहलमा वीरगन्जमा सम्मेलन गराएर प्रगतिशील लेखकहरूलाई सङ्गठित गर्नुभएका उहाँको योगदानलाई नजर अन्दाज गर्नु मुख्र्याइँभन्दा बढी केही हुँदैन । त्यो समयको उहाँको कामले आजसम्म हामीलाई अगाडि बढ्न सहज भइरहेछ । विगत–विगत थियो र वर्तमान वर्तमानै हो भन्ने कुरा बुझ्नु आवश्यक छ । आफैँले जन्माई हुर्काएको त्यै सङ्गठनका कतिपय सहयात्रीहरूको झम्टाइलाई पनि सहजतापूर्वक स्विकार्नु भयो उहाँले । पदका लागि जे पनि गर्नेहरूको दबाबमा प्रजातन्त्रपछि आफू संस्थापक अध्यक्ष समेत रहेको सो संस्थाको अध्यक्ष पदबाट दिनुभएको राजिनामा स्मरणीय छ । त्यतिबेला कुनै पत्रिकामा स्वास्थ्यसम्बन्धी लेख छापिएपछि उहाँलाई विवादको घेरामा ल्याइएको थियो । त्यो सन्दर्भ राजिनामापछि स्वतः टुङ्गियो । त्यसैको केही दिनपछि न्युरोडमा भेटिँदा उहाँको मेरो जिज्ञासाको उत्तर थियो ‘कारण र परिस्थिति खोज्ने जिम्मा तपाईं युवाहरूको, त्यो भनिरहँदा उहाँको आँखाभरि आँसु थियो । तथापि बाहिर प्रकट हुन सकिरहेको थिएन । त्यस्तो स्थितिमा पनि खिस्स हाँसेर दिनु भएको थियो मेरो प्रश्नको उत्तर ।
प्रारम्भिक बाल्यकालदेखि नै एउटा आदर्श बोक्नु भएका श्यामप्रसाद त्यो आदर्शबाट आज पनि अविचलित हुनुहुन्छ । उहाँले आप्mनो लेखनमा कोरा आदर्श कहिल्यै ओकल्नु भएन । यहाँ ठूला कुरा गर्नेहरूले सही कामै गर्दैनन् । आपूmलाई उँचो देखाउन जे जस्तो पनि गर्न तत्पर हुन्छन् । जता जान पनि तम्तयार देखिन्छन् । लाभका निम्ति जे जस्तो गर्न र बन्न पनि तयार रहन्छन् । वर्तमान पनि त्यो नियतिबाट धेरै टाढा छैन । के भन्नु, हेर्न सकिन्छ, बोल्न सकिन्छ तर गर्न सकिन्न । श्यामप्रसाद त्यो बाटोबाट पृथक् हुनुहुन्छ । अलग हुनुहुन्छ र फरक हुनुहुन्छ । त्यसैले हो उहाँको उचाइ बढाइरहेको । त्यो क्रम निरन्तर छ । पक्का हो, उहाँका पुस्तकमा न कोरा साहित्यक सिद्धान्त र वादहरू भेटिन्छन् न त झुठो आदर्श र जनतासँग प्रत्यक्ष सरोकार नराख्ने विषय । उहाँको लेखनी किसान, मजदुर, महिला, बालबालिका, जनजीवन, मानव भोगाइ, दैनिक व्यवहार, शोषक, शोषण, विद्यार्थी, जुक्ति, बुद्धि र प्रगतिसँग सम्बन्धित छन् । उहाँ प्रगतिवादी त हुनुहुन्छ नै त्यसको साथसाथै मानवतावादी, समाजसुधारक र विचारक समेत हुनुहुन्छ । आपूmलाई सधैँ जनताको पक्षमा राख्ने उहाँ आम नेपालीका पक्षपोषक र हितैषी मानिनुहुुन्छ ।
“नवप्रज्ञापन” ले यात्राको पहिलो चरणदेखि नै सल्लाह, सुझाव र सद्भाव पाइरहेको छ उहाँबाट । उहाँका कुराकानी, मार्गनिर्देश तथा सकारात्मक सोचले सदैव नेतृत्व गरिरहेको छ यसलाई । माछा दिनुभन्दा बल्छी दिनु सकारात्मक कुरा हो, माछा त खानेबित्तिकै सकिन्छ तर बल्छीले लामो समयसम्म साथ दिइरहन्छ । बाटोमा हात समात्नुभन्दा देखाउनु राम्रो हुन्छ भन्ने विचार पत्रिकाले प्रारम्भकालदेखि नै लिइरहेछ र यसै विचारको पक्षपाती हुनुहुन्छ उहाँ पनि । उहाँको सादगी र सकारात्मक सोचले दिशानिर्देश गरिरहेछ । अझै अगाडि बढ्दा असहज परिस्थितिमा सधैँ उहाँको नाम सम्झन्छ, अचेल पनि । “पत्रिका बन्द नगर्नुहोला, बरु जति अङ्क सकिन्छ त्यति निकाल्दै गए हुन्छ” भन्ने उहाँको आदेशात्मक मार्गनिर्देशनलाई आत्मसात् गरिरहेछ यसले । झन्डै तीन दशकको सङ्गतमा कहिल्यै कुण्ठा, निराशा, आक्रोश र पश्चात्तापमा उहाँलाई देखिनँ मैले । उहाँ जहिले पनि उस्तै अवस्थामा, चिन्तनमा र सोचमा भेटिनु हुन्छ । कुनै पनि सङ्गठनको आलोचना वा समर्थन गर्नुहुन्न कसैसँग । मेरा हरेक प्रश्नका हाँसेर उत्तरदिनु हुने उहाँले भनिरहनु भयो ‘जसले जनताको पक्षमा काम गर्छ त्यो मलाई मन पर्ने सङ्गठन हो । प्रजातन्त्र प्राप्तिपछि नेतृत्वको होडबाजीमा टुक्रिएका कम्युनिस्ट पार्टीप्रति कुनै आग्रह पूर्वाग्रह नराखे पनि उहाँको विचार छ एकताले नै जनताको हितमा काम गर्न सक्छ ।
श्यामप्रसाद र उहाँको परिवारबाट म त्यतिखेर अझै प्रभावित भए जतिखेर उहाँहरूले सरकारबाट केही पनि अपेक्षा नराख्ने आशय सुनाउनुभयो । सार्वजनिक अभिनन्दन र त्यसमा पनि प्रधानमन्त्रीको उपस्थितिका निम्ति निकै ठूलो प्रयासपछि मात्र उहाँको परिवार तयार भएको सम्झना छ मसँग । आपूmसँग प्रशस्त धनसम्पत्ति र जायजेथा हुनेहरूबाट समेत राज्यले केही गरेन, केही दिएन, योगदान बुझेन भन्ने गुनासो सुनिरहेको मलार्ई उहाँको परिवार–सदस्यहरूको केही चाहिन्न, चाहिए मागौला भन्ने बोलीले अचम्भित तुल्यायो । अझै आश्चर्यमय समेत बनायो । ओहो ! कस्तो आदर्श, एकाथरि दिन्छु भन्दा चाहिन्न भन्छन् अर्काथरि पाइएन भनेर गुनासो गर्छन् । सम्पत्तिको नाममा खासै केही नभएका, आश्रयका निम्ति कहिले छोरी त कहिले मावलीघरको सहारा लिइरहनुभएका श्यामप्रसादले राज्यसँग हात थापेको भए केही फरक पर्थेन । आप्mनो स्वार्थका निम्ति केही नगर्नुभएका, जानेका र बुझेका कामकुरा जनताप्रति समर्पण गरिरहनु भएका उहाँले पहिले लिएको भए हुन्थ्यो भन्ने सोच थियो मसँग पनि तर यतिखेर नलिएरै ठीक गर्नुभयो भन्ने ठानिरहेको छु । यो एकातिर उहाँको स्वाभिमान हो भने अर्कोतिर आपूmसँग हुँदाहुँदै पनि असन्तोष पाल्नेहरूलाई दह्रो व्यङ्ग्य पनि हो । आजीवन पैसा पैसा भनिरहेकाहरू मर्ने बेलामा पनि सन्तानका निम्ति धन थुपार्ने जोहो गरिरहन्छन् । यसको विपरीत सरकारसँग हात नथाप्ने उहाँँका सन्तानहरूको निर्णय सन्तानलाई उहाँले दिनु भएको उपयुक्त संस्कारको परिणाम हो भन्ने मेरो बुझाइ छ । आदरणीय दिदीहरू सम्झना र सपना यसका निम्ति धन्यवादका पात्र हुनुहुन्छ । मान्छेहरू धनसम्पत्तिले होइन विचारले, सोचले र चिन्तनले गरिब हुँदा रहेछन् । माग्नु कुनै पनि हालतमा राम्रो हुँदै होइन । राज्य वा अरूसँग मात्र हैन आमाबाबुसँग पनि माग्नु राम्रो होइन । आवश्यकतामा लिन सकिन्छ । माग्नु र आवश्यकताबोध फरकफरक पक्ष हुन् । श्यामप्रसादसँग धनसम्पत्ति छैन तर विचार, सोच र चिन्तन छ त्यसैले हात थाप्ने कुरा इन्कार्नु भयो । अनि अरूहरू, जोसँग प्रशस्त धनसम्पत्ति छ तर विचार, सोच र चिन्तन छैन त्यसैले उहाँहरू असन्तुष्ट हुनुहुन्छ र माग्नुहुन्छ । त्यसो त म पनि राज्यकोष जनताको करबाट बन्ने भएकाले त्यसको रकम सकेसम्म खानै हुँदैन भन्ने विचार बोक्छु । त्यहाँबाट बिनाप्रयोजन सहयोग लिनेहरू असलबाटोका सहयात्री हुँदै होइनन् भन्ने मान्यता छ मसँग पनि । राज्यलाई दुहुनो ठान्नेहरूप्रति घृणाको आँखाले हेर्न मन लाग्छ । मेरो विचारको पक्ष र विपक्ष दुवैमा रहन सक्नुहुन्छ तपाई । त्यो तपाईहरूको स्वतन्त्रता पनि हो । अरूको सकेसम्म केही नलिनुस् । सन्तानको नाममा भिखारी नबन्नुस् । उहाँहरूलाई सकारात्मक सोच दिनुस् । सग्लो विचार पस्कनुस् । जीवनवादी शिक्षा दिनुहोस् । बाटो देखाउनुहोस् । हिँड्न सिकाउनुहोस् । उहाँहरूलाई आफैँ हिँड्न लगाउनुहोस् । आफ्नो बाटो आफैँले हिँड्न पर्छ भन्ने सिकाउनोस् । तपाई संरक्षक बन्नुहोस् । आफूले उहाँहरूको नाममा नमाग्नुहोस् । त्यो प्रवृत्ति सकारात्मक हुँदै होइन । जहिलेसम्म आफूले आफूलाई चिनेर अगाडि बढ्न सकिँदैन तहिलेसम्म हामी जहाँको त्यहीँ रहन्छौँ । जस्ताको त्यस्तै रहिरहन्छौँ । त्यसैले सन्तानलाई धनसम्पत्ति होइन संस्कार दिनुहोस् । मूल्य–मान्यता दिनुहोस् । सग्लो विचार र अग्लो आस्था दिनुहोस् । त्यसले मात्र अगाडि बढाउँछ उहाँहरूलार्ई र तपाईंलाई सन्तोषको सास फेर्न सिकाउँछ ।
अन्त्यमा विस्मरणको सिकार बन्नुभएका नेपाली साहित्यका विशिष्ट साधक श्यामप्रसादको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु र यसै लेखमार्फत् सन्तानका निम्ति धन सम्पति नथुपार्नुहोस् त्यसको साटो शिक्षा दिनुहोस्– सम्पूर्ण बाबुआमालाई अनुरोध गर्न चाहन्छु ।
स्वाभिमानबस्ती, गढीमाई–१६, बारा
लोकभावनाबाट
=============================================
नेपाली साहित्यका चम्किला तारा श्याम प्रसाद शर्मा
सानुभाइ विश्वकर्मा सिन्च्युरी
नेपाली साहित्य र श्यामप्रसाद शर्मा एक–अर्काका पर्यायवाची हुन् भन्दा कसैमाथि अन्याय हुनेछैन । चाहे त्यो २००७ सालको जहानियाँ राणा शासन विरोधी आन्दोलनमा होस् चाहे एक तन्त्रीय पञ्चायती शासन विरुद्धको संघर्षमा होस्, श्यामप्रसाद शर्माको साहित्य सृजनाले महÕवपूर्ण भूमिका खेलेको पाइन्छ ।
माक्र्सवादी सिद्धान्तबाट अभिप्रेरित श्यामप्रसाद नेपाल कम्युनिस्ट पार्टीको एक कुशल संगठक पनि हुनुहुन्थ्यो । उहाँको भूमिगत जीवनमा मोफसलका थुप्रै जिल्लाहरूमध्ये मकवानपुरलाई पनि कार्य थलो बनाएर पार्टी गतिविधि सञ्चालन गरिएको पाइन्छ । पार्टीका शीर्ष नेताहरूलाई काठमाडौंमा बस्न असहज परिस्थिति बनेका बखत दुस्मनका आँखा छलाउँदै मकवानपुरका विकट गाउँहरूबाट पैदल मार्ग हुँदै प्रवास पु¥याउन श्यामप्रसादको भूमिका हुने गर्दथ्यो ।
बहुप्रतिभाका धनी श्यामप्रसाद जनताका इमान्दार नेता, पार्टीका कुशल संगठक, प्रगतिवादी साहित्यका हस्ती र पत्रकार पनि हुनुहुन्थ्यो । श्यामप्रसादको जीवनशैली अत्यन्त सरल प्रकृतिको थियो, बोलीचाली मिठासपूर्ण र मृदु स्वभाव भएकोले जनतालाई छिटै सम्झाउन सक्ने क्षमता थियो उहाँमा ।
श्यामप्रसाद कुशल मेहनती भएर पनि उहाँले व्यक्तिगत जीवन धनी बनाउन तिर कहिल्यै सोच्नु भएन । हिजोआजका नेताहरूले जस्तो व्यक्तिगत सम्पत्ति थुपार्ने काममा श्यामप्रसादको सोच कहिल्यै गएन । जसले गर्दा उहाँको पारिवारिक जीवन अत्यन्त कारुणिक रह्यो । दुई सन्तान कि आमा भएकी श्रीमतीले उमेरमै जीवन परित्याग गरेपनि दोस्रो विवाह गर्ने सोच लिनु भएन । उहाँको व्यक्तिगत जीवन यात्रामा थुप्रै उतार–चढावहरू आए तर त्यसबाट कति पनि विचलित नभई देश र जनताको मुक्तिका खातिर समर्पित भएर लागि रहनु भयो ।
माथिका दृष्टान्तहरू, श्यामप्रसादद्वारा लिखित साहित्य सिर्जनाहरू र नेपालका विभिन्न लेखक साहित्यकारहरूले श्यामप्रसादका बारेमा लेख्नु भएको लेख रचनाहरू अध्ययन गर्दाको स्मरण स्वरूप तयार पार्न कोसिस गर्ने सानो जमर्को गरेको छु । म, २०४१÷४२ साल तिरबाट कम्युनिस्ट जीवनमा प्रवेश गर्दाको बखत पार्टी संगठनले कार्यकर्तालाई अध्ययन सामग्री वितरण गथ्र्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय लेखक–दार्शनिकहरूका पुस्तक पुस्तिकाहरूका बीच श्यामप्रसादका पनि पुस्तकहरू हुन्थे, जुन अति सरल र जीवनोपयोगी हुन्थे । उहाँका लेख रचनाहरू दस्तावेजीय ढंगको नभई सामान्य मानिसले झट्ट बुझ्न सक्ने शिक्षामुलक खालका हुन्थे । कतै केटाकेटीका बारेमा, कतै महिलाका बारेमा, कतै बिहाबारीका बारेमा साह्रै मीठो र व्यावहारिक लाग्ने गर्दथ्यो । त्यसैगरी माक्र्सवादलाई बुझ्ने सम्बन्धमा पनि उहाँले सोझासिधा जनताले बुझ्ने शैलीमा व्याख्या गरेको पढ्ने गर्दथ्यौँ ।
एउटा गजब र अनौठोको कुरा यो पनि छ । श्यामप्रसाद कम्युनिस्ट पार्टीमा लाग्ने क्रममा नेपालको कम्युनिस्ट पार्टी तोते बोलेर बामे सरिरहेको अवस्थामा थियो । त्यसलाई प्रस्ट बोल्न सिकाउने ठमठम उभिएर हिँडाउने कार्यमा अहम् भूमिका खेलेका श्यामप्रसाद २०२१÷२२ तिरबाट गुट र फुटको मैदानमा उत्रिएर नेपालको कम्युनिस्ट पार्टीहरू दशौँ टुक्रामा विभाजित हुँदा कुनै गुटको नेता बन्नु भएन । माक्र्सवादी सिद्धान्तलाई आ–आफ्नो स्वार्थ अनुसार व्याख्या, र विश्लेषण गरेर जनक्रान्तिको नाउँमा, बजारमा कम्युनिस्ट पार्टीको नाङ्ले पसल थाप्ने नेताहरूलाई शिक्षा दिने खालका सामग्री प्रकाशन गर्नुहुन्थ्यो । क्रान्तिकारीहरू स्वार्थी भएर विभाजित अवस्थामा पुग्दा जनताको आन्दोलन कमजोर हुनेछ र शोषक वर्गलाई आफ्नो लुटको राज्य टिकाइ राख्न बल पुग्ने हुन्छ भन्ने
श्यामप्रसादको उपदेश स्वार्थी भावना भएका नेता भनाउँदाहरूले सुनिदिएको भए नेपालमा कम्युनिस्ट पार्टीहरूको यो हविगत हुने थिएन होला ।
पुराना पुस्ताका लेखक साहित्यकारहरूले जसरी श्यामप्रसाद शर्मालाई
प्रेरणादायी व्यक्तित्वका रूपमा चिन्छन्, त्यसरी पछिल्लो पुस्ताका थोरैले मात्र श्यामप्रसाद को हुन् भन्ने जान्छन् । किनभने एकताका (विशेष गरी पञ्चायतकालमा) श्यामप्रसादका रचनाहरूले प्रगतिशील अखबारहरूमा निकै स्थान पाउने गरेको पाइन्थ्यो भने हालको अवस्थामा त्यस्तो छैन ।
श्याम प्रसादलाई साहित्यकारका रूपमा चिनेको धेरै वर्षपछि मात्र प्रत्यक्ष देख्ने र भेट्ने अवसर मिल्यो । २०६३ साल जेठ २८ गते प्रगतिशील लेखक संघको सातौँ महाधिवेशनमा म आफू पनि सहभागी थिएँ, र त्यहीँ कार्यक्रमको प्रमुख अतिथि भएर सम्मेलन उद्घाटन श्यामप्रसादले गर्नु भएको थियो । सम्मेलन आयोजकहरूले उहाँलाई दोसल्ला ओढाएर सम्मान पनि गरे । उद्घोषकको आग्रहपछि घुर्मैलो कमिज सुरुवाल र ढाका टोपी लाएको गहुँगोरो वर्ण, होचो कदको व्यक्ति दुबै हात हल्लाउँदै मञ्चमा उक्लँदा तालीको गडगडाहटले हल गुञ्जायमान भयो । सबैको दृष्टि श्यामप्रसादतिर तानियो । उहाँको साहित्यिक भाषण सुन्न सबै आतुर भए । शुभकामना दिन आएका राजनीतिक नेताहरूका भाषणप्रति कसैले पनि चासो राखेनन् । कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले भन्नुभयो–“हामी लेखकहरूले कलम चलाउँदा यथार्थको धरातलमा उभिनु पर्दछ र हाम्रा सृजनाहरू बहुसङ्ख्यक जनताले बुझेर उनीहरूले न्याय पाउने, मुक्तिका लागि बाटो देखाइदिने भयो भने मात्र त्यो वास्तविक जनताको साहित्य हुन्छ ।”
यो दृष्टान्त तयार पारुन्जेलसम्म श्यामप्रसाद शर्मा जीवित हुनुहुन्छ । तर कलम छुन सक्ने अवस्थामा हुनुहुुन्न । उहाँ अर्धचेत भएर ओछ्यानमा हुनुहुन्छ, र दुई छोरीहरूले स्याहार सुसार गरिरहेका छन् । सारसौँदा छँदा दोसल्ला ओढाउन छोपछाप गर्नुभन्दा ओछ्यानमा भेट्न जानु नै ठूलो सम्मान हुने थियो ।
“नयाँ र पुराना पुस्ताका माझ निकै ठूलो फरक हुनाका साथसाथै धेरै कुरामा समानता समेत रहेको हुन्छ । देशहितको दृष्टिबाट दुबैमा भएका राम्रा बलिया पक्षहरूलाई गाँसेर नै चल्ने हाम्रो प्रयत्न हुनुपर्छ । प्रतिक्रियावादीहरू आफ्नो स्वार्थसिद्ध गर्न पुस्ताहरूलाई आपसमा फुटाउने जुधाउने गर्छन् । हामीले लिएको देशहितकारी महान् उद्देश्य पूरा गर्न भने पुस्ताहरूबीच बलियो एकता चाहिन्छ । नयाँ र पुराना पुस्ता जति बढी मात्रामा गाँसिएर चल्न सक्छौँ उति नै छिटोछिटो हाम्रो लक्ष्य पनि पूरा हुँदै जान पाउँछ, तसर्थ प्रत्येक तन्नेरीले आफूभन्दा निकै बढी उमेरका सारै कम उमेरका मानिसहरूलाई पनि साथीसरह तुल्याई बरोबर सङ्गत गर्ने बानी नै पार्नुपर्छ । तन्नेरी भनेका बालक र प्रौढ दुबैतिर राम्ररी गाँसिन सक्ने माझको पुस्ताका प्रतिनिधिहरू हुन । तीने थरी पुस्ताको हित हेर्ने दायित्व मुख्य भारी पनि तन्नेरी वा युवा पुस्ताको काँधमाथि नै रहेको हुन्छ ।”
–श्यामप्रसाद
लोकभावनाबाट
=============================================
मेरो चिनाउने बाटो
रेणु गुप्ता
कसैलाई कुनै बाटो नदेखाउने समाजलाई अन्धाहरूको समाजभन्दा पनि
फरक पर्दैन । समाजमा यदि कोही बाटो देखाउने मानिस छैन भने समाज अँध्यारोमा रुमलिइरन्छ मात्र । अँध्यारोबाट नयाँ उज्यालोमा आउन कसै न कसैले बाटो देखाउनै पर्छ । भाषा, साहित्य र जीवनको मार्गमा डो¥याउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा महान् लेखक तथा प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माबाट मैले धेरै थोक पाएको छु ।
भाषा र साहित्यको क्षेत्रमा दुई चारजनाले अहिले मलाई चिन्छन्, दुई चारवटा कृति पनि प्रकाशित भएका छन् । माध्यमिक तह नेपाली विषयको स्थायी शिक्षिका हुन पाएको छु । यो प्रत्यक्षरूपमा ठूलो बुबा श्यामप्रसाद शर्मा र अप्रत्यक्ष रूपमा उहाँका कृतिहरूकै हौसला हो । इमानदारीपूर्वक लगनशील भएर गरिएको काममा सफलता प्राप्त हुन्छ । असफल भइयो भन्दैमा निराश भएर काम नै छोडिदिने होइन भनेर ठूलो बुबा (श्यामप्रसाद) बारम्बार भन्नुहुन्थ्यो ।
तराईका महिलाहरूको बारेमा उहाँको एउटा कृतिमा पढेपछि मैले नचिनेको भए पनि निकै श्रद्धा गर्न थालेकी थिएँ । उहाँलाई नभेटिकनै मैले उहाँका दुई कृतिलाई मैले भोजपुरीमा अनुवाद पनि गरेकी थिएँ जुन प्रकाशित भएको थियो । जब उहाँलाई प्रत्यक्ष भेट्ने अवसर जुट्यो– मैले कुनै ठूलो तीर्थको देउतालाई भेटेजस्तो नै भयो ।
‘समाजका लागि केही गर्नुपर्छ । समाजको लागि सकारात्मक कार्य गर्ने हो । समाजमा नराम्रा मानिसहरू पनि रहेका हुन्छन् तर राम्रा मानिसले समाजलाई अझ राम्रो बनाउने बाटोमा आफूले सकेको प्रयास गर्न कहिल्यै छोड्नु हुँदैन । कहिलेकाहीँ राम्रो मानिस पनि समाजमा नराम्रो कुनै घटनाविशेषको कारणले देखिन पुग्छ । मानिसको मूल्याङ्कन हरेक क्षण भइरहेको हुन्छ’ जस्ता ठूलो बुबाका आदर्श सन्देशहरू मेरो कानमा आजसम्म गुन्जिरहन्छन् ।
भोजपुरीमा मैले उहाँका विचारलाई फैलाउने प्रयास गरेकी छु । मेरो सानो प्रयासको प्रेरणाको स्रोत उहाँका कृतिका उच्चतम विचारहरू नै हुन् । वास्तवमा उहाँलाई मैले चिनाउने हैसियत नै के राख्थेँ र ? यथार्थ त यही हो कि मलाई समाजमा दुई चारबीच चिनाउने बाटो उहाँले दिनुभएको हो । उहाँले देखाएको बाटोमा संसारका सबै सिर्जनशील मानिसहरू हिँडिरहून् ।
मित्रनगर–१, गरुडा नगरपालिका, रौतहट
लोकभावनाबाट
लोकभावनाबाट
=============================================
श्यामप्रसाद काका
रामकृष्ण भण्डारी
मेरा बुबा कुलमानसिंह भण्डारी र श्यामप्रसाद शर्मा मिल्ने साथी हुनुहुन्थ्यो । बुबासँग आउँदा नै श्यामप्रसाद शर्मासँग म परिचित भएको हुँ । बुबाका साथी भएकाले मैले उहाँलाई सानैदेखि काका भन्दै आएको हुँ । हिजोदेखिकै सम्बन्धकाकारण अहिले पनि म श्यामप्रसाद काकालाई भेट्न जान्छु । काकाको उमेर पाको भएपनि उहाँको दिनचर्या नियमित नै हुन्छ । उहाँ पाको उमेर र रोगले आक्रान्त भए पनि आफ्नो जिउको रेखदेखमा सचेत हुनुहुन्छ । अहिले उहाँ छोरीहरूको रेखदेखमा हुनुहुन्छ । उहाँको अस्वस्थ शरीरको हेरचाह नातिनातिना, छोरी, ज्वाइँले नै विशेष रूपमा गर्नु भएको छ । काकाको बारेमा मनन गर्दा मेरा मनमा धेरै कुरा खेल्न थाल्छन् । काका आफ्नो जीवनमा गरेका राम्रा कामले नै उसको व्यक्तित्व विकास हुने हो भन्ने कुरा बारम्बार भन्नुहुन्थ्यो । काकाले आफ्ना जीवनमा धेरै साहित्य रचना गरेर हाम्रा माझ सुम्पनु भएको छ । उहाँका ती कृति पढेर, मनन गरेर असल काम र विचारमा लाग्ने प्रेरणा ममा जागृत भएको हो । मैले जस्तै उहाँलाई चिनेजानेका र परिचित साथीभाइले पनि उहाँका रचना पढेर असल विचारमा लाग्न प्रेरणा लिएको हुनुपर्छ भन्ने मेरो विश्वास छ । उहाँले बारम्बार मसँग भनेको कुरो हो– हामीले सधैँ राम्रो काम गर्नुपर्छ, राम्रो काम गर्न सकिएन भने पनि कहिल्यै नराम्रो काम गर्नु हुँदैन । काकाका यस्तै राम्रा अभिव्यक्तिलाई ध्यानमा राखी मैले आफ्ना नियमित कार्यलाई अगाडि बढाउने गरेको छु । जनताको सुन्दर समाज निर्माण गर्ने लक्ष्य र उहाँले सिकाउनु भएको विचारलाई उच्च मूल्याङ्कन गर्ने गरेको छु । कतिपय मान्छेलाई उहाँका विचार मन नपर्न पनि सक्छ । मेहनत गरी बाँच्ने मान्छेहरूमा भने उहाँका विचारले उनीहरूको सोचाइ र जीवनस्तरमा परिवर्तन गरिदिएको कुरा अहिले पनि घामजस्तै छर्लङ्ग छ ।
मेरा बुबा कुलमानसिंह भण्डारी र श्यामप्रसाद काका राजनीतिक रूपले पनि एउटै सङ्गठनमा हुनुहुन्थ्यो । सो सङ्गठनमा काम गर्ने मौका मैले पनि पाएको
थिएँ । आफ्नो क्षमता अनुसार परेको बेलामा जिम्माको कामलाई राम्रोसँग पूरा गर्नसकेको विश्वास मेरो पनि छ । मैले वि. सं २०२४–२०२५ सालतिर काकाकै
राजनीतिक विचार या शिक्षा लिएको हुँदा अहिले पनि मेरो विचार निर्माणको आधार त्यही बनेको छ । त्यसैले श्यामप्रसाद काकासँग मैले सङ्गत बढाएर आफ्नो जीवन असल र सत्कार्यमा नै लगाउन पाएको महसुस गरेको छु ।
श्यामप्रसाद काकासँग पहिलो भेट हुँदा समाजमा निकै सकस थियो । त्यसबेला पञ्चायती व्यवस्थाको कष्टपूर्ण समय थियो । पञ्चहरूको मिलेमतोमा देशका सोझासाझा जनतालाई अनेक दुःख दिई न्यायको आवाज दबाइएको थियो । गाउँमा जाँडरक्सी, जुवातासको विरोध गर्ने व्यक्तिलाई पनि त्यतिबेला कम्युनिस्ट भएको आरोप लगाउने र सिआईडी लगायतले तर्साउने गर्थे । सबै नेपालीलाई पञ्च देख्ने त्यतिबेलाका शासकले जनताका आँखामा छारो हाल्न विभिन्न नारा बनाएका थिए । ‘पञ्चै हो यो देश बनाइदेऊ’ जस्ता गीतको पनि बिगबिगी थियो । पञ्चायतले गाउँफर्क अभियान, भूमिसुधार, गरिबीको रेखामुनिको जनता, एसियाली मापदण्ड र शान्ति क्षेत्र प्रस्ताव जस्ता नाराले दुखी जनतालाई झुक्काएको कुरा सबैले सुनैकै र बुझेकै थिए । यही समयमा हामी श्यामप्रसाद काकाको नयाँ विचार या प्रगतिवादी समाजको निर्माणमा सङ्गठित भएका
थियौँ । समय सकसपूर्ण भए पनि हामीले श्यामप्रसाद काका र उहाँको विचारमा लागिपर्ने अडान लियौँ । मेरा बुबा पनि आफू बाचुन्जेलसम्म समाजवादी विचारबाट टाढा जानुभएन । म पनि यही विचारलाई मार्ग ठानी आफ्नो जीवन चलाइरहेको छु । उहाँका समर्थक साथीहरू देशभरि नै हुनुहुन्छ । उहाँहरूले पनि विचारका क्षेत्रमा दृढ रहेर राम्रा काम गरिरहनु भएको छ । असल कम्युनिस्ट बनी समाज परिवर्तनका लागि लड्नुभएको छ ।
श्यामप्रसाद काकाले साहित्यमार्फत् असल विचार फैलाउने काम पनि गर्नुभएको छ । समाजवादी शिक्षाका लागि साहित्य सिर्जना गर्नुहुने काका प्रौढमात्र होइन बालसाहित्यमा पनि सक्रिय हुनुहुन्छ । राजनीति र साहित्यमा सक्रिय श्यामप्रसाद शर्माले सङ्गठित भएर परिवर्तनमा लागि पर्नुपर्छ भन्दै कम्युनिस्ट सङ्गठन बनाएर एकताबद्ध भई क्रान्तिका मार्गमा अग्रसर हुन पनि सिकाउनु भएको छ । आफ्ना सङ्गठनमा सक्रिय सबै क्षेत्रका साथीसँग राम्रो सम्बन्ध बढाएर असल विचार र नेतृत्वको चिनारी पनि उहाँले दिनुभएको छ । उहाँ जीवनभर यही शिक्षा र प्रतिबद्धतामा सक्रिय भई हिँड्नुभयो ।
श्यामप्रसाद काकाका बारेमा धेरै महानुभावले खोजी गर्ने, लेख्ने र सम्मान गर्ने गरेको पनि पाइन्छ । अहिले उहाँको योगदानबारे विविध आधारबाट मूल्याङ्कन गर्ने क्रम बढ्दै गइरहेको छ । उहाँका बारेमा गहिरिएर अध्ययन गर्नेमध्ये अर्घाखाँची हंसपुरमा जन्मनुभएका डा. धर्मराज अधिकारी स्मरणीय हुनुहुन्छ । उहाँले श्याम काकाका बारेमा स्नातकोत्तर तहको शोधपत्र लेखेर मात्र नभई पछि उहाँ (श्याम काकाका) कै लेखनका बारेमा केन्द्रित भई विद्यावारिधि पनि गर्नुभएको छ । उहाँले श्याम काकाका बारेमा श्यामप्रसाद विश्लेषण र मूल्याङ्कन (२०४७), आँखीझ्यालबाट हेर्दा श्यामप्रसाद शर्मा (२०६३), श्यामप्रसादको साहित्यिक योगदान (२०६८) पनि प्रकाशित गरिसक्नु भएको छ । उहाँको सही मूल्याङ्कनलाई प्राज्ञिक रूपमा अघि बढाएर धर्मराज अधिकारीले श्याम काकाका बारेमा महÕवपूर्ण योगदान गर्नुभएको छ । अरू महानुभावहरूले पनि श्याम काकाका बारेमा लेख्दै आउनुभएको छ । असल काम गर्नेहरूको मूल्याङ्कन र सम्मान युगयुगसम्म हुने गर्छ । श्याम काकाका बारेमा पनि खोजी र मूल्याङ्कन यसरी नै अघि बढ्ने छ र उहाँको असल विचार समाजमा ओझेल पर्दैन भन्ने मेरो मान्यता रहेको छ ।
२०७३/९/१०
लोकभावनाबाट
======================================
श्यामप्रसाद बारे
त्रिलोचन ढकाल
साहित्यकार श्यामप्रसादसँग मेरो प्रत्यक्ष भेटघाट दुई पटक मात्र भएको छ भन्दा बेठिक हुँदैन जस्तो लाग्छ । एक पटक तनहूँ जिल्लाको सदरमुकाम दमौलीमा र दोस्रो पटक काठमाडौको साहित्य सन्ध्याको हलमा । ती दुबै भेट पार्टीमाथिको प्रतिबन्ध हटेपछि (०४६साल पछि) भएका थिए । भूमिगत अवस्थामा भेट हुन हाम्रो पार्टीका प्रमुख (महासचिव) सँग समेत असम्भव भएको समयमा मजस्तो तल्लो स्तरको कार्यकर्ताले कहाँ पाउनु त्यस्तो सुअवसर । दमौलीमा उहाँ प्रलेसको अध्यक्ष भएको बेलामा साहित्यकारहरूसँग छलफल र भेटघाट गर्न भनेर जानु भएको रहेछ । म पार्टीको गण्डकी इन्चार्ज भएको हैसियतले जिल्ला कमिटीको बैठक गराउन तनहूँमा गएको समय थियो त्यो । भेला साहित्यकारको भए पनि म उहाँलाई देख्न भनेर गएको थिएँ । भूमिगत कालमा उहाँका बारेमा निकै अग्ला अग्ला र रहस्यमयी कुराहरू सुनेको हुनाले पनि उहाँलाई हेर्न लोभिनुलाई अचम्मको विषय बनाउन परेन । उहाँलाई शारीरिकरूपमा होचो र पहिरनमा साधारण देखेपछि लाग्यो, मानिस अग्लो हुन शरिर होचै भए पनि हुने रहेछ । उहाँ मञ्चमा हुनुहुन्थ्यो र म हलको एउटा कुनाको कुर्सीमाथि । उहाँसँग भेट गरेर हात मिलाउने मेरो योजना नभएको हुनाले भेटेर चिनजान गर्ने र हात मिलाउने प्रयत्न नगर्नु अनुचित थिएन । उहाँको बाहिरी व्यक्तित्व र भित्री अस्तित्वको समागम हेर्न मात्र गएको हुनाले त्यति काम गरेर म बाहिर निस्कनु उचितै थियो । दोस्रो पटक ०५५ सालमा काठमाडौमा भेट भयो र कुराकानी गर्ने अवसर पनि प्राप्त भयो । उहाँले मलाई देख्नेबित्तिकै साहित्य सन्ध्याको मुखपत्रमा प्रकाशित मैले लेखेको एउटा “बिरे दाइ” शीर्षकको लेखमाथि चर्चा गर्नु भयो र ‘मैले त पुराना कुरा सम्झनै छाडेँ’ भन्नु भयो । त्यतिबेला मलाई उहाँको त्यो भनाइ सामन्य जस्तै लागेको थियो अरूले भने जस्तै । उहाँलाई अल्जाइमर रोग त्यतिबेलै लागिसकेको रहेछ भन्ने कुरा मैले पछि मात्र बुझेँ । १७÷१८ वर्षसम्म पनि उहाँलाई सन्च हुने त कुरा भएन, झन्भन्दा झन् जटिल पो भएको रहेछ अहिले त्यो रोग । के यो रोगको उपचार हुन सक्तैन संसारमा ? या उहाँले उपयुक्त उपचार नपाएर हो भन्ने कुराले मलाई सताइरहनु अनौठो भएन ।
श्यामप्रसाद मुख्य गरी साहित्यकार र पत्रकार हुनु हुँदो रहेछ भन्ने कुरा उहाँका कामको समीक्षा गर्ने विद्वानहरूले उल्लेख गरेका विषयद्वारा स्पष्ट पारेको भेटियो । उहाँको उचाइलाई सगरमाथा हिमालभन्दा अग्लो बनाइ दिएको आधार पनि साहित्य नै रहेछ भन्ने कुरामा पनि विवाद देखिएन । यस्तो भए पनि उहॉ राजनीतिक क्षेत्रमा कम योगदान दिने व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरा ‘कम्युनिस्ट पार्टीको वाग्मती अञ्चल कमिटीको निर्णय अनुसार भूमिगत भएको र पछि आप्mनै नेतृत्वमा पार्टी गठन गरेको’ कुराले नबताउने भएन । उहाँ ०२४ सालदेखि ०४७ सालसम्म राजनीतिक लक्ष्य प्राप्तिकै लागि कडा भूमिगत हुनु भएको सबैलाई थाहा भए पनि प्रशंसकहरूले किन साहित्यिक र पत्रकार व्यक्तित्वको मात्र चर्चा गरेको सुनिन्छ ? यसमा के कारण होला जस्तो लाग्छ भने राजनीतिक पार्टी र राजनीतिज्ञहरूको तर्पmबाट उहॉको मूल्याङ्कन गरिएको छैन । अथवा यस्तो देखिन्छ कि नेपालका राजनीतिक नेतृत्वहरूले उहाँलाई राजनीतिक व्यक्तित्व मानेका छैनन् । सर्जक÷ प्राज्ञहरूबाट सम्मान हुँदा पत्रकार र साहित्यिक श्यामप्रसादको मात्र चर्चा गरिनु अनुचित भएन । ०७३ वैशाख २९ गते उहाँलाई अभिनन्दन गर्ने र सम्मानपत्र टक््रयाउनेमा पनि राजनीतिक सङ्गठनहरू
देखिएनन् । त्यहॉ छ दर्जनभन्दा बढी साहित्यिक संघ संस्थाहरूले मात्र सम्मानपत्र प्रदान गरेको देखियो । यही कारणले पनि उहाँको राजनीतिक व्यक्तित्वका सम्बन्धमा केही चर्चा गर्न आवश्यक ठानेको छु ।
उहॉलाई शोषण, थिचोमिचो, सामाजिक विभेद र अन्धविश्वास पटक्कै मन पर्दैनथ्यो भन्ने कुरा उहाँका क्रियाकलापहरूको अध्ययन गर्दा थाहा नहुने विषय भएन । बोल्नेमात्र नभएर उहाँ बोलेको कुरा व्यवहारमा लागु गर्न समर्पित हुनुहुन्थ्यो भन्ने कुरा समाजलाई मुक्ति दिलाउनका निम्ति जीवनको सुरूदेखि नै लाग्नु भएको र अहिलेसम्म पनि त्यही अडानमा रहेका विषयले बताइरहेको भेटिएको छ । उहाँले शुरूमा पत्रकारिता र साहित्यकारिताबाटै आप्mनो अभियानको थालनी गरे पनि केही पछि कम्युनिस्ट पार्टीमा सङ्गठित भएर उक्त अभियान अगाडि बढाउने काममा समाहित हुने सही काम गर्नु भएको देखियो । त्यही सन्दर्भमा भूमिगत कम्युनिस्ट पार्टीको अञ्चल कमिटीको सदस्य भएको समयमा त्यही कमिटीको निर्णय अनुसार भूमिगत हुनु भएको देखिन्छ । उहॉ २४ वर्षसम्म भूमिगत हुनु भयो आप्mनै नेतृत्वमा कम्युनिस्ट पार्टी बनाएर । उहॉको भूमिगत जीवन अरू भूमिगत पार्टीका नेता कार्यकर्ताको जस्तो देखिएन । त्यो अति भूमिगत र त्यतिबेलाका नेकपा (माले), मसाल जस्ता भूमिगत पार्टीहरूका तुलनामा बढी रहस्यमय भेटियो । हामी भूमिगत काम गर्ने भूमिगत कार्यकर्ताले उहॉका सम्बन्धमा तिलस्मी लाग्ने खालका बयानहरू निकै धेरै सुन्ने गथ्र्यौं, त्यतिबेला ।
भूमिगत भएको वर्ष दिन भित्रैमा उहाँले कम्युनिस्ट पार्टी “नेपाल कम्युनिस्ट सङ्गठन” गठन गर्नु भएको थियो र ०२५ सालमा त्यसको विधान पनि जारी भएको थियो । उक्त विधान अहिले पनि पाउन सकिन्छ । त्यही विधान र उहाँले परिचालन गरेका व्यक्तिहरूबाट बुझ्न सकिन्छ कि त्यो पार्टीले साम्यवादलाई अधिकतम लक्ष्य घोषणा गरेको थियो । त्यो लक्ष्यमा पुग्नका निम्ति समाजवादलाई विकसित गर्नु पर्ने र त्यो भन्दा पहिला नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्ने कार्यक्रम थियो । त्यस पार्टीले माक्र्सवाद, लेनिनवाद र माओविचारधारालाई मार्गदर्शक सिद्धान्त मान्दथ्यो भन्ने कुरा पनि उहाँको नेतृत्वमा केन्द्रीय महÕवको काम गर्नेहरूले अहिलेसम्म पनि बताइरहनु भएको सुनिएको छ ।
शाही राजतन्त्रले प्रतिबन्ध लगाएका समयमा पार्टी र नेता कार्यकर्ताहरू सङ्गठन विस्तार गर्न र जनतालाई गोलबन्द गर्नका निम्ति भूमिगत हुनपर्नु स्वाभाविक थियो । कम्युनिष्ट पार्टी मध्येमा नेकपा (माले) र मोहनविक्रम सिंको नेतृत्वमा रहेको पार्टी ०३४÷०३५ सालपछि भूमिगत पार्टीमध्ये प्रमुख थिए । उनीहरूले बेलाबेलामा महाधिवेशन, सम्मेलन, विस्तारित बैठक, बैठक आदि गर्दथे र तीद्वारा नीति, सिद्धान्त, कार्यक्रम, कार्यनीति आदि बोकेका दस्तावेजहरू र भित्री पार्टी सर्कुलरहरू जारी गर्दथे । तिनकै आधारमा क्षेत्रीय, जिल्ला, इलाका, शाखा, पार्टीसेल आदि कमिटीहरू गठन गरिन्थे र जनताका विभिन्न सङ्घर्षमा नेतृत्व प्रदान गर्दथे । त्यतिबेलाका दस्तावेज र सरकुलरहरू अहिले पनि भेट्न सकिन्छ । तर श्यामप्रसादजीको नेतृत्वमा बनेको कम्युनिस्ट सङ्गठनले त्यस्ता काम गरेको देखिएन । उहाँले नैतिकता, सच्चरित्रता, जनशैली, वर्गपक्षधरता आदिका बारेमा लेख्नु भएको र नियमित बुलेटिन प्रकाशित भएको भने पनि ती कम्युनिस्ट पार्टीका नामबाट जारी नभएका मात्र होइनन् श्यामप्रसादजीको नामबाट पनि जारी गरिएका भेटिएनन् । तीमध्ये कतिपय वेनामी, कतिपय छद्म नाममा र कतिपय कार्यकर्ताका नामबाट जारी भएको भेटियो । उहाँको उच्च मूल्याङ्कन गर्दै दर्जनजति पुस्तकहरू लेख्ने केदार अधिकारीले भूमिगत कालमै अधिकांश पुस्तक लेख्नु भएको भन्नु भएको छ । तर श्यामप्रसादजीको ०७३ वैशाखमा भएको सम्मान कार्यक्रमसँग सम्बन्धित गरेर प्रा.जगत उपाध्याय ‘प्रेक्षित’ले लेख्नु भएको “साहित्यकार श्यामप्रसाद ः सङ्क्षिप्त परिचय” शीर्षकको पुस्तकमा श्यामप्रसादजीले लेख्नु भएका ११२ पुस्तक मध्ये जम्मा ११ ओटा मात्र त्यस कालमा लेख्नु भएको कुरा सूचीकृत छ । ०२४ सालदेखि ०४७ सम्ममा उहाँले लेख्नु भएका र अनुवाद गर्नु भएका पुस्तकहरूको सूची ‘साहित्यकार श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मुल समिति’ द्वारा प्रकाशित उक्त पुस्तकमा १२ देखि २३ नम्बरसम्म सूचीकृत गरिएको छ । यस अवधिमा उहाँले पार्टी सञ्चालनसँग सम्बन्धित दस्तावेज वा सर्कुलर मात्र होइन पार्टी सञ्चलन गर्ने राजनीतिक रचना लेखेको कुरा उल्लेख भएको देखिएन । यसकारण, राजनीतिक कामकै निम्ति भूमिगत भए पनि उहाँको अध्ययन, चिन्तन मनन र लेखन सबै साहित्यिक मधुरसमै चुर्लुम्म डुबेको थियो भन्न सकिन्छ ।
सही कुरा गर्ने हो भने क्षमता र योग्यता नभएको मानिस यो दुनियाँका कुनै कुनामा पनि भेट्न सकिएको छैन । यसको साथमा के देख्न भने बाध्य हुनु परिरहेको छ भने कोही मानिस कामको सफलतामा रमाइरहेका छन् भने कोही असफलताको नारकीय पीडा भोग्न बाध्य भइरहेका छन् । मानिसले साधना गर्नु पर्ने क्षेत्र जति छन् ती सबै क्षेत्रको कार्यसम्पादन गर्ने क्षमता देखाउन सकेको मानिस भने भेटिएको छैन । कसैले अलि बढी कार्यक्षेत्रको व्यवस्थापक बन्न सकेको मात्र होला । हामीले के बुझ्न आवश्यक छ जस्तो लाग्छ भने सफल भएका मानिसले जुन क्षेत्रमा उसको क्षमता छ त्यहीं काम गरेको छ र भावनामा डुबेर वा बाध्य भएर सम्हाल्न नसक्ने काम गर्न खोज्दा ऊ असफल भएको छ । त्यसकारण कर्म गर्ने र गराउनेहरूले के कुरामा ध्यान दिन अनिवार्य देखिन्छ भने सम्बन्धित (आप्mनो समेत) व्यक्तिको योग्यता र क्षमता के काम गर्नमा छ । जसले यसको छनोट सही तरिकाले गरेको छ ऊ सफल छ र जो छनोटमा चुकेको छ ऊ असफल भएको छ । श्यामप्रसाद पनि यसबाट अछुतो रहने कुरा भएन । साहित्यिक क्षेत्रमा सगरमाथाभन्दा अग्लो व्यक्तित्व बनाउन सफल श्यामप्रसादजीलाई चार दशकसम्म राजनीतिक काम गरेर एउटा चर्चित कम्युनिस्ट पार्टीको प्रमुख भइसक्ता पनि किन राजनीतिक व्यक्तित्वको उच्च सूचीमा उहाँको नाम समावेश हुन सकेन ? प्रश्नको जवाफ प्रश्नकै साथमा समावेश छ भन्ने कुरा गलत लाग्न सक्तैन ।
पार्टीमाथि प्रतिबन्ध लागेको बेलामा गोप्यतावादी हुनु सबै भूमिगत पार्टीहरूको बाध्यता थियो । जनताका बिचमा पार्टीको विचार प्रचार–प्रसार गर्न र उनीहरूलाई सङ्गठिन र आन्दोलित गर्न भूमिगत हुनु र गोप्यतावादी हुनु अनिवार्य थियो । त्यसरी पार्टी र नेता कार्यकर्ताको सुरक्षालाई ध्यान दिनु पर्ने भए पनि त्यसलाई पहिलो महÕव भने दिइँदैनथ्यो । पहिलो महÕव जनताका बिचमा विचार पु¥याउने र उनीहरूलाई सङ्गठित गर्दै आन्दोलित गर्ने कामलाई दिइन्थ्यो भने त्यो कामको विकासका साथमा मात्र सुरक्षालाई ध्यान दिइन्थ्यो । ‘नेपाल कम्युनिष्ट सङ्गठन’ले भने सुरक्षालाई पहिलो महÕव दिए जस्तो लाग्थ्यो । भेक, महिला, बाल, परिवार आदि सङ्गठन बनाइए पनि तिनलाई पार्टीका सङ्गठन भनिदैनथ्यो भन्दा गलत भनेको ठहरिएको छैन । नैतिकता, सच्चरित्रता अनुशासन, परोपकार, सुआचरण जस्ता विषयमा प्रशिक्षण गरिए पनि त्यसलाई पार्टीको शिक्षा भनिदैनथ्यो । भन्नाले पार्टी कहीं पनि देखिदैनथ्यो । परिस्थितिको विश्लेषण र कामको निर्देशन गर्ने कुरामा पनि पार्टी बोल्दैनथ्यो । न त्यसको अभिव्यक्ति कुनै मुखपत्रद्वारा हुन्थ्यो न अरू कुनै किसिमका लिखतबाट नै । नेता कार्यकर्ताले प्रश्न गर्दा पार्टी ‘भूमिगत छ’ मात्र भनिन्थ्यो । अरू भूमिगत कम्युनिस्ट पार्टीका भूमिगत प्रमुखहरूले भेट्न खोज्दा श्यामप्रसादजीलाई भेट्न सम्भव थिएन र यतिसम्म कि उहॉ नेपालमा जीवित हुनुहुन्छ कि हुनु हुन्न भन्ने कुरा पनि थाहा हुँदैनथ्यो । प्रशिक्षण गर्ने बेलामा प्रशिक्षकले पर्दाभित्र बसेर प्रशिक्षण मन्तव्य दिन्छन् भनिन्थ्यो । खुला भइन्छ भनेर होसियार हुने सन्दर्भमा त्यो पार्टीले कहिलै जनताका आन्दोलनको आह्वान गरेन । जनसङ्गठनका कुरा गर्ने हो भने त्यो पार्टीका कार्यकर्ताहरू नेकपा (माले) का जनसङ्गठनमा रहेर काम गर्थे । यसले उनीहरूको पार्टी जीवनलाई छोप्ने डोकाको काम गथ्र्याे । त्यो डोकाले कुखुरालाई चिलका नजरबाट लुकाउने काम गरे जस्तो गरे पनि त्यसले चारा खोज्न जानबाट पनि रोकेको थियो भन्ने कुरा उहॉले बुभ्mनु भए जस्तो लागेन । त्यही कारणले गर्दा नेकपा (माले) ले त्यो पार्टीलाई ‘अति गोप्यतावादी’ भनेर बेठिक गरे जस्तो लागेको छैन । पछि अरू पार्टीहरूले पनि ‘अति गोप्यतावादी’ भन्न थालेको कुरा सत्य हो भन्न सकिन्छ । ‘प्रतिबन्धित कालमा पार्टी छ भनियो र प्रतिबन्ध हटेपछि पार्टी छैन भनियो’ भनेर असन्तुष्टि जनाउने त्यो पार्टीका पूर्वकार्यकर्ता भेट्न पर्दा के लाग्छ भने उनीहरूले पार्टीलाई देख्न, छाम्न, सु‘घ्न र चिन्न पनि पाएका थिएनन् । पार्टी सञ्चालनको त्यो शैली नेपालको परिस्थिति अनुकूल ठहरिएन र पार्टी जनप्रिय पनि हुन सकेन । त्यसैको अनिवार्य परिणाम स्वरूप श्यामजीले ‘पार्टी छैन’ भन्न बाध्य हुनु पर्यो ।
श्यामप्रसादजी पहिलैदेखि नेकपा (माले) को नीति तथा विचारस‘ग असन्तुष्ट हुनुहुन्थ्यो । त्यही भएर उहॉले आप्mना नेता कार्यकर्तालाई मालेका जनसङ्गठनमा रहेर काम गर्न भन्नु भएको रहेछ । उहॉ मालेप्रति नरम हुनाकै कारणले अष्टलक्ष्मी शाक्य, पूर्णशोभा आदि केही युवा कार्यकर्ताले धेरै पहिलादेखि नै मालेको भूमिगत कार्यकर्ता भएर काम गरिरहेका पनि थिए । काठमाडौं उपत्यकामा मङ्गलसिद्धि मानन्धर जस्ता उल्लेख्य सङ्ख्याका बुद्धिजीवीहरू श्यामप्रसादका कार्यकर्ताका रूपमा रहेछन् । उनीहरू सबैले आपूmलाई ‘स्वतन्त्र वाम’ भनेर स्थापित गरेका थिए, सार्वजनिक रूपमा । मालेका जनसङ्गठनमा सङ्गठित न भएका त्यस्ता कार्यकर्तालाई कतै पनि सम्बन्धित भएको नदेखेपछि ‘पञ्चायत निकट’ भन्ने आरोप पनि लाग्ने गरेको नदेखिएको थिएन । त्यतिबेला केन्द्रीय कमिटीमा श्यामप्रसादका साथमा लोकमान सिं भण्डारी र शेषमणि आचार्य हुनु हुन्थ्यो भनेर शेषमणि आचार्य बताउनु हुन्छ । पार्टीमाथिको प्रतिबन्ध हटेपछि श्यामप्रसादजीले ‘पार्टी छैन’ भन्न थाल्नु भए पनि उहॉको अनुमतिमा गण्डकी अञ्चलका कार्यकर्ताहरूले ‘किसान मजदुर सभा’ गठन गर्नु भयो र नेता शेषमणि आचार्यको अगुवाइमा नेकपा (एमाले) स‘ग एकीकरण गर्ने पहल गर्नु भयो । परिणामस्वरूप ०४९ साल मङ्सिरमा उहॉहरू सबैजसो नेकपा (एमाले) मा समाहित भएर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन महÕवपूर्ण भूमिका खेल्नु भयो । त्यतिबेला उहॉहरूले आपूmहरूको निम्ति कुनै पद खोज्नु भएन र कार्यकर्तालाई पार्टी काम गरेर योग्यता र क्षमता अनुसारको पद लिन अनुरोध गर्नु भयो । पदै न खोज्ने नेतालाई पार्टीले किन पद दिन्थ्यो । एमालेले पनि उहॉहरूलाई एकीकरण हु‘दा बित्तिकै पदमा विराजमान न गराउनमै खुसी मानेको देखियो । आचार्य लगायत रामराज रेग्मी, रामबहादुर अधिकारी, विद्या ढकाल आदि कार्यकर्ताहरूले योग्यता र क्षमता देखाएरै पार्टीको जिम्मेवारी बहन गरिरहनु भएको छ । ०५० सालपछि त्यो पार्टी भनेर बसेका मङ्गलसिद्धि मानन्धर लगायतका काठमाडौ उपत्यकाका र चितवनतिरका अधिकांश कार्यकर्ता पनि एमालेमा व्यक्तिगतरूपमा प्रवेश गरेर राष्ट्रिय महÕवका कामहरू गरिरहनु भएको छ । श्यामप्रसादजीले भने राजनीतिक सङ्गठनबाट अलगिएरै बस्न उचित मान्नु भएको छ ।
श्यामप्रसाद नैतिकता र सच्चरित्रताको प्रतिमूर्ति नै ठहरिनु भएको छ । उहॉ पदलोलुप, जालीझेली, षडयन्त्रकारी र अपराधमूलक राजनीतिक क्रियाकलापलाई झस्काउने गुरु भएर उभिनु भएको छ । यतिमात्र होइन उहॉ नेपाली धर्तीमा शोषित पीडितहरूको प्राणवायु बनेर विचरण गर्न सफल हुनु भएको छ । भविष्यमा पनि उहॉ नेपाली आकाशमा निरन्तर यसरी नै चम्चमाइरहनु हुनेछ र नेपाली समाजलाई सुमार्गमा अग्रसर हुन उज्यालो दिइरहनु हुने छ । पत्रकार क्षेत्र र साहित्यिक क्षेत्रले उहॉको उचित सम्मान गरेको देखिए पनि राजनीतिक क्षेत्रबाट त्यति सम्झेजस्तो लागेको छैन । राजनीतिक पार्टीहरूले खासगरी नेकपा (एमाले) ले उहॉको उचित सम्मान नगरी नहुने देखिएको छ ।
०७३।५।१७
लोकभावनाबाट
श्यामप्रसादको खोजी
नानीमैयाँ अधिकारी
कमल पोखरी मुख्य सडकमै एउटा पुरानो नाम चलेको पाउरोटी उद्योग छ । त्यसैको
लाइनको घरको माथिल्लो तलामा एकजना ८६ वर्ष पार गरिसक्नु भएका बा घरी यता घरी उता
गर्दै समय कटाउनु हुन्छ । शरीरमा उति तागत छैन । होस–सुर निदाएका अवस्थामा हुनुहुन्छ । उहाँ नै हुनुहुन्छ– नेता तथा साहित्यकार श्यामप्रसाद
।
मैले उहाँलाई पञ्चायती व्यवस्थाको अन्त्यपछि नै प्रत्यक्ष भेट्ने मौका पाएको
हुँ । पहिले त पुरै भूमिगत हुनुहुन्थ्यो रे । मैले भेट्दा अर्धभूमिगत हुनुहँुदो
रहेछ । तेतिखेर पनि लेखन तथा पुराना रचना सङ्ग्रह गरी पुस्तक प्रकाशनमा व्यस्त
हुनुहुन्थ्यो । परिवार र नाताकुटुम्ब नामक पुस्तक प्रकाशनमा मलाई पनि अवसर मिल्यो
। सातदोबाटोस्थित मुना प्रेसका जनक गजुरेलले उहाँका थुप्रै पुस्तकहरू प्रकाशित
गर्नु भएको छ । त्यतिबेलाका विभिन्न वर्गीय संगठनहरूले पनि पुस्तक प्रकाशनमा
सघाएका छन् ।
श्यामप्रसाद दूरदर्शी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको उद्देश्य नै
माक्र्सवादी चिन्तनको व्यापक प्रचारप्रसार गरेर जनताको चेतनास्तर उकास्नु थियो ।
कहिल्यै पद र शक्तिका लागि प्रतिस्पर्धा नगर्नु भएका उहाँले पद र शक्तिमा
भएकाहरूलाई विशुद्ध उद्देश्यका लागि उपयोग भने गर्नुभएको देखिन्छ । धेरै मान्छेको
बानी अर्काको राम्रो पक्षलाई ओझेलमा पारेर नराम्रो पक्ष समातेर
प्रतिद्वन्द्वीरूपमा देखापर्ने हुन्छ र तर नराम्रा पक्षलाई ओझेलमा पारेर राम्रा
पक्षलाई प्रोत्साहन गर्दै त्यही प्रोत्साहित मानसिकतालाई माध्यम बनाएर जनतामा जाने
र चेतना फैलाउने उहाँमा थियो । उहाँले तत्कालीन माले लगायतका पार्टीहरूसँग गाँसिएर
उक्त खुसीलाई पुरै सदुपयोग गर्नुभएको देखिन्छ । उहाँजस्ताकै वैचारिक गुदीको बलले
एमाले लगायतका वामपन्थी पार्टीहरू आजसम्म जीवित छन् ।
२०५१ सालदेखि माओवादीले जनयुद्ध सुरु गरे र व्यापकता हासिल गर्दै गए । त्यस
आन्दोलनप्रति सक्दो सहयोग गर्नुपर्ने महसुस गरेर उहाँले त्यससँग सम्बन्धित थुप्रै
रचनाहरू तयार गर्नुभयो । वहाँले धेरै अघि नै तयार पारी आफ्नो पंक्तिमा फिँजाउनु
भएको विचारलाई ‘जनयुद्ध सम्बन्धी पहिलो पाठ’ नामक पुस्तकका रूपमा जनयुद्धकालमै प्रकाशन गरेर जनतामा
पठाउने प्रयास गर्नुभएको हो । परिस्थितिले उहाँलाई साथ दिएन । केही वामपन्थीहरूले
वहाँको चिन्तनबाट पाठ सिके तर जनयुद्ध नै गर्छौँ भन्ने माओवादीहरूले सिकेनन् ।
उनीहरूमा चिन्तनभन्दा पनि हतियार हावी भयो, जुन कमजोरीको परिणाम माओवादी
पार्टी आज आफैँ भोग्दैछ । पछिल्लो समयमा यौन सम्बन्धी एउटा रचनाले उहाँलाई विवादमा
तान्यो । उहाँलाई बदनाम गराउन खोज्नेहरूलाई त्यही रचना मसला बन्यो । यसबारेमा मैले
पनि उहाँसँग कुरा राखे । “अरूले सुनाएका अनुभवहरूलाई मैले आत्मपरक बनाएर लेखेको हुँ
पाठकले पचाउन नसक्ने कुरा ख्याल गर्न सकिएन, कमजोरी भयो” भन्नुभयो । उहाँ बिहान
चारै बजे उठेर पत्रिका पढ्ने गर्नुहुन्थ्यो । एक पटक उहाँले पत्रिकाभित्रको एक लेख
देखाउँदै भन्नुभयो । “यी लेखिका संगत गर्नुपर्ने मध्येकी हुनुहुन्छ । चिनजान गर्दा राम्रो हुन्छ ।”
तर उनै महिलाले
उहाँको त्यस रचनालाई लिएर व्यक्तित्वमै असर पर्ने गरी टिप्पणी गरेको कुरा पढ्नु
पर्दा निकै नमिठो महसुस भयो । उहाँ हुनुहुन्थ्यो– महिला लेखक तथा साहित्यकार सुधा
त्रिपाठी । शारीरिक रूपले अशक्त हुन थालेपछि वीरगन्ज रहेको आफ्नो घडेरीलाई प्रतिष्ठानको
रूपमा उपयोग गर्न पाए माक्र्सवाद अध्ययनको थलोको रूपमा सहयोग मिल्थ्यो कि भन्ने
उहाँको मनसाय थियो तर उहाँको रहर रहरमै तुहियो ।
उहाँका संगठनका कुराहरू पनि बाहिर आएका छन् । उक्त संगठनको कतै मनोमालिन्य र
प्रतिस्पर्धा भेटिएको छैन । संगठनात्मक क्रियाकलाप हेर्दा तत्कालीन शासकहरूले
माक्र्सवादलाई वर्ग दुस्मनका रूपमा देख्ने र तिनलाई नामेट पार्नका लागि सक्दो उपाय
अपनाउने भएकाले एउटा वीज पार्टी या संगठनको रूपमा त्यसलाई स्थापित गर्न खोजेका
जस्तो देखिन्छ । हुन पनि अति सजगताका कारण अन्य पार्टीहरूजस्तो उहाँहरू फुटेको जेल
परेको कतै भेटिँदैन ।
आज नेपाली राजनीतिमा माक्र्सवादलाई जोगाउन र समय अनुसार उपयोगमा ल्याउन यस्तै
गुदी या ब्रेन संगठनको अभाव खड्किरहेको छ । नेपाली राजनीतिमा एक तिहाइ जनता
माक्र्सवादी समर्थक रहेको अवस्थामा पनि नेताहरूलाई हम्मेहम्मे पर्नुको कारण यही
गुदी तÕवको
भाव हो जस्तो लाग्छ ।
यसै वर्ष उहाँको प्रज्ञा प्रतिष्ठानको हलमा “साहित्यकार श्यामप्रसाद
राष्ट्रिय अभिनन्दन मूल समिति” सहित ७५ भन्दा बढी संघ–संस्थाहरूले नागरिक अभिनन्दन गरे,
माक्र्सवादी तथा
वामपन्थी चिन्तनको वाहकका रूपमा नेपाली जनवादी संस्कृतिको सर्जकको रूपमा तर सोही
विचारको पक्षमा हजारौँको बलिदान चढाएका पार्टीबाट उत्साहजनक सम्मान गर्न किन
चुक्नु भो मेरो जिज्ञासा उहाँहरूलाई !
पछिल्लो समयमा श्यामप्रसाद र उहाँको संगठनलाई केन्द्रविन्दु बनाएर लेखिएका तीन
पुस्तक सर्सर्ती हेरेको छु ।
१) हेटौँडाका नवराज तिमल्सिनाद्वारा
सम्पादित ‘नेपाल कम्युनिस्ट संगठनको विधान २०२५’
२) धर्मराज अधिकारीद्वारा लिखित
श्यामप्रसादको गुप्तवासको रहस्य ।
३) शेषमणि आचार्यद्वारा लिखित हाम्रो
यात्राको सिंहावलोकन
यी पुस्तकहरू अनुसार पनि श्यामप्रसादले सामूहिक हितका लागि निजी स्वार्थलाई
तिलाञ्जली दिएका छन् । जो सामूहिक स्वार्थका लागि बाँच्छ ऊ संस्थापक, संगठक, नेता अवश्य बन्छ ।
पाठकले अनुभूत गरेको कुरा यही हो ।
आज हाम्रा सामु छ्यासछ्यास्ती संस्थाहरू छन् । संगठनहरू छन् । तिनलाई चलाउने
पार्टीहरू छन् । तिनै पार्टीहरूबाट चलेको सरकार छ । तर मनलाग्दी ढङ्गले चलेका छन्
। सामूहिक संस्थामा हुनुपर्ने गुदी अर्थात् गिदी पक्षको अभाव छ । श्यामप्रसाद र उहाँको पार्टीले यही ब्रेनपार्टलाई जोगाएका हुन् । आजका
पार्टीहरूमा एकरूपता, स्पष्टता, एउटै आवाज छैन । हिजोका श्यामप्रसादसँग काम गर्नेहरू त्यही कुरा उठाइरहेका छन् । सबै पार्टीका इमान्दार कार्यकर्ताहरू
त्यही अभाव कोट्याइ रहेका छन् । नेपाली जनताहरू शासकहरूमा निष्कपट र सरलपनको खोजी गरिरहेका छन् अर्थात् फेरि पनि श्यामप्रसादको खोजी भइरहेको छ ।
“हाम्रा केटाकेटीहरूको चाख र खाँचोलाई हेरेर हामीले वर्सेनी विभिन्न विषयका
नयाँ–नयाँ
सर्जामहरू पनि तयार पार्दै जानुपर्छ । सबै उमेरका र सबै तहका विद्यार्थीहरूको
निम्ति पाठ्यसामाग्री चाखलाग्दो हुनाका साथै पढाउने तरिका पनि आकर्षक हुनुपर्छ ।”
–श्यामप्रसाद
लोकभावनाबाट
=================================================
श्यामप्रसाद शर्माः एक सङ्क्षिप्त
चिनारी
उमाकान्त आचार्य (उमेश)
वि.सं. १९८६ साल असार ६ गते मकवानपुर जिल्लाको मन्थली गा.वि.स. अन्तर्गत
सोलिथुम गाउँमा पिता जोगनाथकी कान्छी श्रीमती हुतूकुमारी देवीका एक्ला सन्तानका
रूपमा श्यामप्रसाद शर्माको जन्म हुन्छ । निम्नवर्गीय आर्थिक अवस्थाका कारण शर्माको
औपचारिक शिक्षा म्याट्रिकुलेसनसम्म सीमित रहे पनि स्वाध्यायनमार्फत् आफ्नो ज्ञानको
क्षितिज फराकिलो बनाएको पाइन्छ । वि.सं. २००१ सालबाटै साहित्य यात्रा आरम्भ गरेका
शर्माको ‘उदय’
(२००२) पत्रिकामा
प्रकाशित ‘सन्देश’ शीर्षक कविताबाट प्रकाशनारम्भ हुन्छ । लगभग सात दशक लामो साहित्यिक यात्रामा
निरन्तर क्रियाशील शर्माले कविता, गीत, निबन्ध, समालोचना, डायरी, पत्रसाहित्य, बालसाहित्य, संस्मरण, जीवनी, अनुवाद आदिका साथै राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, प्रेम–विवाह, परिवार, जातजाति, भाषा, धर्म तथा आर्थिक लगायतका
विविध विषयमा कलम चलाई बहुमुखी प्रतिभाको
परिचय दिएका छन् ।
श्यामप्रसाद शर्माका केही कविता ः केही गीत (२०४३), मेरा गीतहरू, तिम्रा स्वरहरू (२०५९),
मेरी सानी साथी
(२०४३), हामी
हुन्छौँ बलियो (२०५२), हाम्रो इच्छा (२०५६) साथै राम्रो नराम्रो (२०६६) जस्ता
कविता÷गीत
र बालगीतहरू प्रकाशित छन् । जसमा गद्य तथा झ्याउरे लयलाई अँगालेको पाइन्छ । उनका कवितामा निम्नवर्गीय नेपाली जनता, गरिब, किसानका पक्षमा कृषिकर्मको महÕव झल्काउँदै सरल र सहज
शैलीको भावपूर्ण अभिव्यक्ति पाइन्छ । मूलतः नेपाली किसानवर्गमा रहेको अशिक्षारूपी अन्धकार हटाई
कृषिकर्मलाई मानवीय जीवनको महÕवपूर्ण कार्यको रूपमा प्रशंसा गरिएको पाइन्छ । कृषिप्रधान
देश नेपालमा कृषिकर्मबाटै जनताका आधारभूत आवश्यकता जस्तै गाँस, वास र कपासको समस्या
समाधान हुने भएकोले किसानलाई सचेत, शिक्षित चेतनशील बनाउनुपर्ने धारणा व्यक्त भएको पाइन्छ ।
उनका कवितामा यथार्थवादी जीवनदृष्टि अँगाल्नु पर्ने, जनतालाई सचेत, जागरुक, क्रान्तिकारी आशावादी
जीवनदृष्टिद्वारा अधिभूतवादी, रहस्यवादी चिन्तन विरुद्ध सक्रिय र कर्मशील बन्न प्रेरित
गरिएको छ । चिन्तनको प्रबलता, वर्गीय पक्षधरता, साम्यवादप्रति मोह, सर्वहारावादी चिन्तन, नवीन समाज निर्माणको
चाहना, राष्ट्रियता,
समानता, स्वतन्त्रता र मानवतावाद
आदि प्रवृत्ति शर्माको कविताको मूल हो । आजका बालबालिका भविष्यका कर्णधार भएकोले
उनीहरूको लालनपालनमा विशेष ध्यान दिनुपर्ने, उचित र समयानुकूल शिक्षाद्वारा
मात्रै बालबालिकाको भविष्य उज्ज्वल बनाउन सकिने, निष्क्रिय, निराशा र
अकर्मण्यताजस्ता जीवनविरोधी तÕवबाट बालबालिकालाई टाढा राखी आशावादी र असल चरित्र निर्माण
गर्ने मुख्य उद्देश्य शर्माका बालकविता र गीतमा पाइन्छ ।
आधुनिक नेपाली साहित्यको निबन्ध विधामा उत्कृष्टता हासिल गरेका श्यामप्रसाल
शर्माको निबन्धकार व्यक्तित्व अन्य विधाका सापेक्षतामा प्रखर र प्रबल रहेको छ ।
प्रगतिवादी स्वर, सामाजिक यथार्थवादी जीवनदृष्टि, आर्थिक शोषणप्रति विद्रोहको स्वर, राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय समस्याको प्रस्तुति, समानता, सहिष्णुता र जातीय एकताका पक्षपाती शर्मा आफ्ना
वर्णनात्मक, विवरणात्मक तथा व्यङ्ग्यात्मक निबन्ध मार्फत् सामाजिक कुरीति, विसङ्गति अनि रुढिवादी
परम्पराप्रति व्यङ्ग्यवाण प्रहार गर्दछन् । बहिनीलाई चिठी (भाग–१) (२००८), तँ–तिमी, तपाईँ–हजुर (२०१४), मेरी आमा । (२०२३) धनीको
पनि ओड लिने ? (२०४८), श्यामप्रसाद शर्माका निबन्धहरू (२०६२), उनी कति राम्री (२०४९), सबैका लागि घर (२०४९),
साथी बनाउन खोज्दा
(२०५२), प्रजातन्त्र,
भाषा र साहित्य
(२०६३), एक
दर्जन कुरा (२०५८) आदि निबन्धकार शर्माका प्रमुख महÕवपूर्ण निबन्ध सङ्ग्रहहरू हुन् ।
मूलतः निजात्मक र वैचारिक निबन्धकार शर्माले निबन्धमार्फत् सरल र सहज
भाषाशैलीद्वारा सामाजिक विकृति, विसङ्गतिलाई जनसमक्ष पु¥याई जनचेतना अभिवृद्धि गर्ने
उद्देश्यले लिएको पाइन्छ । नेपाली जनताको रुचीलाई परिष्कृत गर्नु, आत्मालाई उन्नत पार्नु,
जनसाहित्यद्वारा
जनताको महÕव प्रस्ट्याउनु, नेपाली समाजको वर्गीय स्वरूप अनुरूप नै वर्गीय साहित्यद्वारा वर्ग उत्थानमा
सहयोगी भूमिका निर्वाह गर्नु, शब्दविन्यासभन्दा विषयवस्तुमा महÕव दिनु, यथार्थवादी जीवनदृष्टिलाई
निबन्धको आधारभूमि स्विकार्नु, परिष्कृत विचारद्वारा नवीन सँस्कृतिको निर्माण गर्नु साथै
प्रेम विवाहजस्ता विषयलाई वर्गीय स्वभाव, विचारात्मक स्पष्टता र राजनीतिक चेतनामा समाहित
गर्नुपर्छ भन्ने महत्तम उद्देश्य निबन्धकार शर्माका निबन्धगत वैशिष्ट्य हुन् ।
सामाजिक, साँस्कृतिक
तथा आर्थिक असमानताको अन्त्य, वर्गीय, जातीय, क्षेत्रीय तथा लिङ्गीय असमानता हटाई समतामूलक समाज निर्माण
गर्न जनताको राज्यव्यवस्था अनिवार्य रहेको कुरा उनका निबन्धमा पटक–पटक आउने विषय सन्दर्भहरू हुन् ।
शर्माले माक्र्सवादी जीवनदृष्टि अनुरूप वर्गीय असमानताले उब्जाएको सामाजिक विभेदको
अन्त्य गरी समानता र न्यायका पक्षमा निबन्धको विषयवस्तु केन्द्रित गरेको पाइन्छ ।
सरल, सहज र
स्वाभाविक ढङ्गले सुरुचिपूर्ण शैलीमा कलात्मक निबन्धलेखन निबन्धकार शर्माको शक्ति
हो ।
प्रगतिवादी नेपाली साहित्यका अग्रणी व्यक्तित्व श्यामप्रसाद शर्माले नेपाली
समालोचनाको क्षेत्रमा पनि महÕवपूर्ण योगदान गरेका छन् । लघु तथा मझौला आकारका दर्जनभन्दा
बढी कृतिद्वारा नेपाली समालोचना क्षेत्रमा उल्लेख्य स्थान हासिल गर्ने शर्माका यस
क्षेत्रका केही कृतिहरू निम्नानुसार छन्ः
साहित्य सम्बन्धी दुईचार कुरा (२०२२), साहित्यका पात्रपात्रीहरू (२०३९), केही साहित्यकार र
साहित्य (२०४२), जीवित साहित्यकारहरूप्रति हाम्रो कर्तव्य (२०५०), साहित्यिक फाँटका मेरा केही धारणा (२०५२), मेरा डायरीका हृदयचन्द्र (२०५३), युद्धप्रसाद मिश्र ः सम्झना (२०५४), भाषा सम्बन्धी दुईचार कुरा (२०५६), लेखक कसरी बन्ने ?
(२०१०), भूमिकाहरू (२०६७),
तथा समालोचनाहरू
(२०६७) आदि । वि.सं. २०१० मा लिखित ‘लेखक कसरी बन्ने ?’ कृति सातवटा समालोचनात्मक
निबन्धहरू भएको महÕवपूर्ण रचना हो । तत्कालीन समयमा मूलतः प्रगतिवादी, प्रगतिशील लेखनमा रुचि राख्ने
सिकारु तथा अन्य सबै स्रष्टाहरूका लागि यस कृतिको महÕव ठूलो रहेको पाइन्छ ।
सैद्धान्तिक र व्यावहारिक दुबै किसिमका समालोचना सङ्गृहित यस सङ्कलनका लेखहरूले
लेखक बन्ने न्यूनतम आधारहरू प्रस्तुत गरेको छ । त्यस्तै शर्माका अन्य समालोचनात्मक
कृतिहरूमा प्रगतिवादी सिद्धान्तको स्थापना, साहित्यिक समालोचनामा प्रगतिवादी
मूल्य र मान्यताको परिचय लगायत कृतिको विषयवस्तु, पात्र, परिवेश, भाषाशैली आदि कुरालाई सरल ढङ्गले
प्रस्तुत गरिएको पाइन्छ । साहित्य र साहित्यकारको काम, कर्तव्यबोध तथा समाज, साहित्य र जनता (पाठक)
बीचको सम्बन्ध लगायत साहित्यको विकासलाई प्रस्ट पार्ने काम समेत भएको पाइन्छ ।
नेपाली समाज र राज्य व्यवस्था जीवित साहित्यकारहरूप्रति अनुदार रहेको, जिउँदो हुँदै साहित्यकार
तथा कलाकारको संरक्षण राज्यले गर्नुपर्ने, साहित्यमा आदर्श पात्रको चयन गर्नुपर्ने, पात्र छनोटमा प्रगतिशील
धारणा अपनाउनु पर्ने जस्ता विषय शर्माको समालोचनामा पाइन्छन् । त्यसैगरी साहित्य
जीवनका लागि हुनुपर्छ, व्यक्तिवादभन्दा सामूहिकता, आशावादी दृष्टिकोण रहनुपर्छ ।
अध्ययनशीलता, लगनशीलता, दृढसङ्कल्प साथै अभ्यास भयो भने महान् लेख बन्न सकिन्छ भन्ने दृष्टिकोण
समालोचक शर्माको छ । जनसाहित्यको भाषा सरल र सुबोध भएमात्र जन साधारणको पहुँचमा
रहने, क्लिष्ट
र विस्तृतभन्दा सरल र सङ्क्षिप्त लेखनको प्रभाव दीर्घकालीन हुने, विषयवस्तु साहित्यको
आत्मा भएकाले यसको छनोटमा गम्भीर रहन उनले स्रष्टालाई आह्वान गरेका छन् । यथार्थ
विषयवस्तु अँगाली वर्गभेदलाई स्पष्ट पारी दिएर मित्रवर्गप्रति प्रेम र शत्रुप्रति
घृणा पैदा गर्न साहित्य सक्षम रहनु पर्ने धारणा शर्माको रहेको छ ।
जनपक्षीय लेखनमा तीव्रता दिनु, पुस्तक–पत्रिका प्रकाशनमा ध्यान दिनु, समालोचना गर्दा स्पष्ट विचारधारा
सहित समर्थन र विरोध गर्नुपर्ने, राजनीति र साहित्य दुबै वर्गसङ्घर्षका महÕवपूर्ण माध्यम हुने
भएकाले यिनको महÕव ठुलो छ, समालोचक शर्माको धारणा रहेको पाइन्छ । आन्तरिक सुन्दरतामा महÕव दिने, लेखकको सामाजिक दायित्व
ठूलो रहने, अभिव्यक्ति स्वतन्त्रतामा ध्यान दिनुपर्ने, साहित्यिक संगठनमा ध्यान
दिनुपर्ने, जनसङ्घर्षबाट लेखकहरू पन्छिन नहुने, जनताको चेतना स्तर अनुरूप साहित्यिक सर्जाम तयार
पानुपर्ने, शब्द र कर्ममा साहित्यकारले एकरूपमा अँगाल्नु पर्ने, समय, वर्ग, चेतना, विचार, भावना तथा मान्यताका सापेक्षतामा
साहित्यको रचना र मूल्याङ्कन केन्द्रित रहनुपर्ने समालोचक शर्माको ठम्याइ छ ।
विभिन्न साहित्यिक व्यक्तित्व तथा साहित्यकारका रचनामाथि समालोचनात्मक भूमिका
लेखेका शर्माका भूमिकाहरूको पनि समालोचकीय महÕव रहेको पाइन्छ । यसर्थ
प्रगतिवादी नेपाली समालोचनाको श्रीवृद्धिमा समालोचक श्यामप्रसाद शर्माको भूमिका
ठूलो रहेको पाइन्छ ।
कविता, निबन्ध तथा समालोचनात्मक कृतिहरूका अतिरिक्त श्यामप्रसाद शर्माले राजनीतिक,
सामाजिक, वैचारिक, साँस्कृतिक, पत्रकारिता, स्वास्थ्य तथा
अर्थशास्त्र लगायत अन्य धेरै विषयमा दर्जनौँ कृतिहरू रचना गरेका छन् । साँस्कृतिक
क्षेत्रमा लेनिनले देखाउनु बाटो (२०२३), मजदुर सम्बन्धी काम (२०४९), परिवार र नाता कुटुम्बबारे
(२०४८), सँस्कृति
सम्बन्धी दुईचार कुरा (२०४७), धर्मबारे केही कुरा (२०४९), महिला मुक्तिका कुरा (२०४९),
स्वास्थ्य रक्षा
(२००३), कार्यशैलीबारे (२०५१), नेतृत्वका विषयमा (२०५५), सही र गलत प्रवृत्तिहरू (२०५५), प्रलेस सम्बन्धी दुईचार कुरा
(२०५६), जातजातिका
कुरा । (२०५६), अनुशासनको कारवाहीबारे (२०५७), दुईलाइन बीचको सङ्घर्ष (२०७०) आजको हाम्रो कर्तव्य (२०६३), आर्थिक अवस्था कसरी सपार्ने (२०५१), जनयुद्धबारे पहिलो पाठ (२०६५) लगायत अन्य थुप्रै
कृतिहरू श्यामप्रसाद शर्माद्वारा लेखिएको पाइन्छ ।
श्यामप्रसाद शर्मा यथार्थवाद नै साम्यवाद भएको स्विकार्दै गलत प्रवृत्तिको
यसले विरोध गर्ने तथा छद्म साम्यवादीबाट बच्नुपर्ने मान्यता अघि सार्छन् । उनका
विचारमा क्रान्तिविरोधी लाइन लिने नेताले कार्यकर्ताहरूप्रति अन्याय गर्ने,
सिद्धान्तलाई
व्यवहारसँग तुलना नगरी नेतृत्वको नाउँमा व्यक्तिगत एकलौटी निर्णय गरी सामूहिक
नेतृत्व बन्न नदिने धारणा व्यक्त गर्दछन् । नेतृत्वले आफ्नो तह, आफूभन्दा माथिल्लो तह र
आफूभन्दा तल्लो तह गरी तिनै तहसँग सम्बन्ध घनिष्ठ राख्नु पर्ने धारणा शर्माको
रहेको पाइन्छ । सचेत र क्रियाशील कार्यकर्तालाई नजिक राखी अघि बढ्नु पर्ने,
नेतृत्व गर्नेले
सारा जनताको आफ्नो वर्ग र समूहको साँचो वारिस हुनुपर्ने, सङ्गठन अनुशासित र जनवादी
केन्द्रीयतामै सञ्चालन हुनुपर्ने तथा सामूहिक नेतृत्वलाई विकसित र सुदृढ पार्दै
लानुपर्ने धारणा शर्माको रहेको पाइन्छ । आर्थिक अनुशासनको पक्षमा रहेका शर्मा
आर्थिक मितव्ययिता अपनाउनु पर्ने, तडकभडक, फजुल खर्च र दुव्र्यसनको अन्त्य गर्नुपर्ने, कार्यकता अनुशासित रहनु
पर्ने र पार्टीभित्र समाजवाद र पार्टीदेखि बाहिर नौलो जनवाद अर्थनीतिको
सैद्धान्तिक आधार हुनुपर्ने धारणा व्यक्त गर्दछन् । उत्तरदायी र जिम्मेवारीपूर्ण
पत्रकारिताका पक्षपाती शर्मा समान भाषिक अधिकारको वकालत गर्दछन् । जनताले बोल्ने
सम्पूर्ण भाषा समान महÕवको हुने भएकाले समान भाषिक नीतिका पक्षमा उनी आफ्नो अभिमत
जाहेर गर्दछन् । सबै जनताले समान शैक्षिक, स्वास्थ्य तथा धार्मिक अधिकार पाउनुपर्ने विचार शर्माको छ । मौलिक सँस्कृतिको संरक्षण
गर्नुपर्ने, विदेशी प्रदूषित संस्कृतिबाट बच्नुपर्ने, नेपाल बहुजातीय देश भएकाले जातीय
द्वन्द्वको समाधान आर्थिक प्रगतिले न्यूनीकरण गर्ने, महिला र पुरुष दुबै एक–अर्काका पूरक भएकाले
विभेद गर्नु नहुने भन्दै महिला मुक्तिको पक्षमा शर्माको सकारात्मक धारणा रहेको
पाइन्छ । पैतृक सम्पत्तिमा छोरीको पनि हक लाग्ने, विधवा विवाहले प्राथमिकता पाउनुपर्ने, अन्तर्जातीय विवाह,
सम्बन्धबिच्छेद
तथा पुनर्विवाह गर्न पाउनु पर्ने जस्ता महिलामुक्ति सम्बन्धी धारणा राख्ने शर्मा
परिवार र नाता–कुटुम्बको सम्बन्ध समानता, स्नेह, सद्भाव र पारस्परिक हितमा आधारित हुनुपर्ने विचार व्यक्त
गर्दछन् । वर्गीय समाजमा वर्गीय प्रेम र विवाह मात्रै न्यानो, चोखो र दिगो हुने हुँदा
आफ्नो विचारधारासँग मिल्ने गरी प्रेम र विवाह गर्न सल्लाह दिँदै प्रगतिवादी धारणा
अघि सार्दछन् ।
बहुमुखी व्यक्तित्वका धनी श्यामप्रसाद शर्माले नेपाली प्रगतिवादी साहित्यको
विकासमा पु¥याएका विधागत, विचारगत तथा संस्थागत योगदान अतुलनीय छन् । प्रलेसको स्थापनादेखि साहित्यका
अधिकांश विधामा समयसापेक्ष आवश्यकता अनुरूप गम्भीर उत्तरदायित्वबोध गरी समृद्ध
विचारद्वारा स्पष्ट दृष्टिकोण दिएर प्रगतिशील नेपाली समाज विकासमा महÕवपूर्ण योगदान दिने
शर्माको भूमिका प्रशंसनीय छ । जीवनका आरोह–अवरोहहरूमा कहिलेकाहीँ तलमाथि हुनु असामान्य कुरा
होइनन्, जुन
श्यामप्रसादको जीवनमा पनि पाइन्छन् परन्तु व्यक्तिगत स्वार्थलाई कम महÕव दिई राष्ट्र र जनताको
स्वार्थमा जीवनको अधिकांश समय खर्चिनु, लगभग सात दशकको सक्रिय जीवनकाल साहित्य, समाज र राष्ट्रिय
सरोकारका पक्षमा तन, मन र वचनले लगाउन सक्नु शर्माको बेजोड राष्ट्रभक्तिको नमूना हो । भुँइचालोझैँ
एक्कासि आएर हलचल मच्चाई÷अचानक हराउने उग्र क्रान्तिकारी तथा क्रान्तिलाई केवल सत्ता
र भत्ता प्राप्तिको भ¥याङ मात्र बनाउने कमजोर, भद्दा अनि कुरूप वर्तमानको नेपाली कम्युनिस्ट राजनीति तथा
समाजवादी–प्रगतिवादी
साँस्कृतिक आन्दोलनका अगुवा भनौँदाहरूका निम्ति श्यामप्रसाद शर्माको जीवन र योगदान
आफैँमा एउटा ठूलो व्यङ्ग्य हो ।
धन्यवाद !
लोकभावनाबाट
=================================
उहाँ गुरुकुल हो
धर्मराज अधिकारी
धर्मराज अधिकारी पेसाले प्राध्यापक हुनुहुन्छ । उहाँ पाटनको क्याम्पसमा
अध्यापनरत हुनुहुन्छ । उहाँको जन्मथलो हंसपुर गा.वि.स.–२ अर्घाखाँची हो । हाल उहाँ महालक्ष्मी नगरपालिका वार्ड नं. १७
इमाडोल ललितपुरमा बस्नुहुन्छ । प्रगतिशील नेपाली साहित्यमा श्यामप्रसाद शर्माको
योगदान विषयमा स्नातकोत्तर र विद्यावारिधी गर्नु भएका उहाँलाई ‘लोक भावना’का तर्फबाट केही
जिज्ञासा राख्ने मौका मिलेको छ । प्रस्तुत छ वरिष्ठ वामपन्थी नेता तथा साहित्यकार
श्यामप्रसादको बारेमा आफ्नो अध्ययनको प्रमुख क्षेत्र बनाउनु भएका अध्येता तथा
अनुसन्धानकर्ताको रूपमा उहाँसँग गरिएका केही कुराकानी सार संक्षेप :
प्रश्नः– अध्ययनका लागि श्यामप्रसादलाई
छान्नुको कारण के होला ?
उत्तरः– विचारको निकटताले हो । नपढेको,
नदेखेको, नभेटेको र रहस्यभित्र
रहेको मान्छेलाई पढौँ, भेटौँ र सिकौँ भन्ने हुटहुटीले नै निजको छनौट
गरिएको हो ।
प्रश्नः– उहाँका बारेमा अध्ययन गर्दा
केकस्ता सजिला अफ्ठ्याराहरू आइपरे ?
उत्तरः– सजिलो अफ्ठ्यारा दुबै भोगाइ छन्
। उहाँ नजिकका शान्तदास स्व. जनक हुमागाईंहरूबाट
प्रशस्त जानकारी पाइयो भने उहाँलाई माया गर्नेले नै लोप्पा खुवाएको र केहीले उहाँका बारेमा अनर्गल र आक्षेपपूर्ण बोली
बोलेकोमा अहिले पनि नमिठो लाग्छ ।
प्रश्नः– अध्ययनको क्रममा यहाँले
कुन कुन कुरा खोज्नु भयो र के के कुरा पाउनु भयो
?
उत्तरः– मैले एम.ए. र विद्यावारिधीको
तहमा उहाँको समग्र पक्षमाथि सविस्तार अध्ययन
र विश्लेषण गरेको छु । साथै उहाँ र उहाँको लेखनीका बारेमा समीक्षात्मक टिप्पणी सहितका ६ वटा पुस्तक प्रकाशित पनि गरेको
छु । उहाँको जीवन जटिल छ । पारिवारिक विचलन, आर्थिक अभाव, बाँच्नका निम्तिको
संघर्ष, अध्ययनमा
रुचि, पथ
प्रदर्शन, व्यवहार कुशलता, सांगठनिक सक्षमता राजनीतिक अभिभावकत्वजस्ता प्रवृत्तिहरू उहाँमा विद्यमान छन्
। साहित्यिक विधातर्फ नाटक र उपन्यासबाहेक आख्यानेतर विषय (पत्र, डायरी, साहित्य) मा समेत दख्खल देखापर्छ । साहित्यिक र साहित्येतर
विधाका साथै पत्रकारिता क्षेत्रमा समेत उहाँको योगदान प्रशस्त रहेको छ । उहाँ
मोफसलको पहिलो पत्रकारमात्र नभएर नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रमा चिनाउने
पहिलो पत्रकार पनि हो । यी नै कुरालाई खोजियो भने
यस्तै प्रवृत्तिहरू अवगत गर्ने अवसर पनि पाइयो ।
प्रश्नः– उहाँ लेखक मात्र हो कि नेता पनि
हो ?
उत्तरः– उहाँको लेखन र नेतृत्व क्षमता एक–अर्काका परिपूरक भएर
आएका
छन् । उहाँको लेखन राजनीतिक अर्थात् जनपक्षीय विचारबाट निर्देशित
छ । २४ वर्ष लामो भूमिगत जीवनमा उहाँले संगठन निर्माण गरेर जनताको बीचमा विचार
पु¥याउनु
भएको छ । तत् तत् विषयमा पुस्तकहरू लेख्नु भएको छ । अर्कोतर्फ राजनीतिक कारणले
गर्दा नै उहाँ भूमिगत हुनु भएको छ ।
प्रश्नः– उहाँको योगदान अनुसार चर्चामा
आउन नसक्नु भएको भन्ने पनि छ नि हो ?
उत्तरः– यो बिलकुलै होइन । चर्चामा आउने
व्यत्तिःको महत्वकांक्षा पनि हो । मिडिया पनि हो । तर दुबैथरीबाट उहाँ टाढा रहनु
भयो । सत्कर्म गरेर नमुना बन्नुमा नै उहाँले महानता देख्नु भयो । उहाँ एउटा
जनपार्टी, संगठन वा विचारका दृष्टिले सिङ्गो संस्था हो । गुरुकुल हो र सबैको अगुवा हो, गुरु हो ।
प्रश्नः– आज श्यामप्रसादको अभाव कुन
ठाउँमा खट्केको जस्तो लाग्छ यहाँलाई ?
उत्तरः– भनिन्छ, पूर्वमा वेदमा नभएको कुरा कहीँ
हुँदैन र छैन । त्यस्तै उहाँमा नभएको खुबी नलेखेको र नभनेको कुरा अरू कसैसँग पनि
छैन र लेखिएको छैन । तर यसो भनिरहँदा अतिशयोक्ति जस्तो लाग्न सक्छ । उहाँको अभाव
विचारमा, लेखनमा,
चिन्तनमा र मुलुक
चलाउने नेताहरूमा बढी खट्किएको छ । साराका सारा क्षेत्रमा उहाँका गहन विचारहरू छन्
तर ती अरूका लागि महँगा साबित छन् । यदि तिनलाई व्यवहार कुशल बनाउन थोरै मात्र
प्रयत्न गर्ने हो भने मुलुकको कायापलट हुन्छ ।
प्रश्नः– श्यामप्रसादका विषयमा शोधकर्ताको
हैसियतले आजका नेताहरूलाई के सुझाव दिनुहुन्छ ?
उत्तरः– शोध गर्नु अर्थात् अनुसन्धान
गर्नु र नेतालाई सुझाव दिनु भन्नु नितान्त
फरक विषय हुन् तैपनि तपाईंको प्रश्नको आशयलाई समात्ने हो भने यसको उत्तरमाथि
नै आइसकेको छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड मात्र हो ।
प्रश्नः– लोक भावनाको पाठकको रूपमा यहाँको
सुझाव तथा मन्तव्यहरू के के होलान् ?
उत्तरः– लोक भावना मोफसलबाट निस्कने
साहित्यिक पत्रिका हो । यस्तो पत्रिका चलाउन निकै कठिन छ । यहाँहरू लागि पर्नु
भएको छ । हरेस नखाइकन अगाडि बढ्नोस् । हाम्रो काम आफ्नो तर्फ र क्षेत्रबाट सघाउने
हो । यसमा कन्जुस्याइँ नगरौँ । पत्रिकालाई रोचक, घोचक, पाठ्य, समीक्ष्य, ज्ञानबद्र्धक, विविध खुराकयुक्त बनाउन
प्रयत्न गर्नुहोस् । शुभकामना !!
“समाजलाई काम लाग्ने विषय लेख्नुपर्छ भन्दैमा लेखकहरूले जुनसुकै पनि समाजपयोगी
विषयमा हात हाल्नु राम्रो होइन । समाजलाई काम लाग्ने विषयहरूमध्ये जुन–जुन विषयमा आफ्नो विशेष
दखल छ, जुन–जुन विषयको आफूलाई
ज्यादा अनुभव छ र जुन–जुन विषयको अध्ययन आफूबाट राम्ररी हुन सकेको छ, त्यही–त्यही विषयलाई उठाउने गर्नुपर्छ
। त्यसो भए जस्तोसुकै सानो या कम उपयोगी वस्तुलाई लिए पनि त्यस विषयको आफ्नो लेख
सर्वश्रेष्ठ हुनेछ । यसो नगरी आफ्नो पहुँचदेखि परपरका वस्तुहरूलाई टिप्न खोज्नाले
सफलता झन–झन
पर भाग्नेछ ।”
“हरेक मानिसको गुण बैगुन दुबै कुरा हुन्छ । सानोतिनो भए पनि अरूका राम्रा
कुराहरूको प्रशंसा गर्न सधैँ खुसी भएर अघि सर्ने गर्नुपर्छ । तर अरूलाई हात लिने
वा खुसी पार्ने भनेर हामीले झुठो प्रशंसा पनि गर्नुहुन्न । हामीले आफ्नो प्रशंसा
आफैँ गर्ने गल्तीबाट पनि जोगिनुपर्छ ।”
–श्यामप्रसाद
लोकभावनाबाट
==================================
मैले चिनेको श्यामप्रसाद
देव श्रेष्ठ
२०२३÷२४
सालतिर श्यामप्रसाद शर्मा साहित्य र ‘स्वास्नीमान्छे’ पत्रिका चलाउनु हुन्थ्यो ।
त्यतिखेर हामी स्व. वासुदेव रिजालसँग मिलेर ‘नव सन्देश गृह’ नामको प्रगतिशील पुस्तक
पत्रिकाहरू बेच्ने पसल चलाउँथ्यौँ । प्रगतिशील साथीहरूको जमघटबाट खुलेको पसलबाट ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ पत्रिकाको ग्राहक बनाउने
र बेच्ने गथ्र्यौं । स्वास्नीमान्छेको सम्पादक शशीकला शर्मा हुनुहुन्थ्यो । उहाँ
भूमिगत हुनु भएपछि पत्रिका प्रकाशन हुन बन्द भयो । मैले श्यामप्रसादको लेख–रचना त्यतिबेलैदेखि पढ्न
थालेको हुँ । ‘बहिनीलाई चिठी’, ‘तँ, तिमी,
तपाई, हजुर’ निबन्ध, मेरी आमा आदि पुस्तकबाट
म साह्रै प्रभावित छु । सरल तरिकाबाट अनेकौँ उदाहरणहरू दिएर पुरानो रुढिवादी
संस्कारलाई चिर्न र बुझाउने उहाँको लेखनी अन्यन्त प्रशंसनीय छ । उहाँका हरेक
लेखरचनाहरूले परिवर्तनको सन्देश बोकेको हुन्छ । साह्रै सरल र मिठो भाषाबाट पाठकलाई
प्रभाव पार्ने उहाँको विशिष्टता हो । उहाँका शिक्षाप्रद बालगीतहरू मैले
ालबालिकाहरूलाई सिकाएको छु । यथार्थपरक वस्तुनिष्ट र परिवर्तनकामी विचारहरू,
लेखहरू, कविताहरू मननीय र
अनुकरणीय छन् । म शिक्षकको रूपमा युवा अवस्थादेखि नै हेटौँडामा पढाउथेँ भने मेरा
साथी मोहन काठमाडौँको झोछेँमा रहेर बालसेवा विद्याश्रममा पढाउनु हुन्थ्यो । म
साथीको डेरामा बसेको बेला साँझपख एउटा सानो कदको भद्र व्यक्ति कोठामा आउनुभयो ।
उहाँ नै श्यामप्रसाद शर्मा हुनुहुँदोरहेछ । त्यतिखेर उहाँ भूमिगत हुनुहुँदोरहेछ ।
उहाँलाई भेट्न र प्रत्यक्ष देख्न पाउँदा म ज्यादै खुसी भएँ । तत्उपरान्त उहाँ
बेलाबेलामा साथीकोमा आउने जाने बस्ने गर्नुहुन्थ्यो । उहाँहरू बिच के सरसल्लाह
हुन्थ्यो मैले चासो लिने कुरा भएन । यति कुरा थाहा थियो, उहाँहरू अफ्नो संगठनको क्रियाकलाप अन्तरगत नै सबै काम
गरिराख्नु भएको छ ।
भूमिगत कालमै उहाँ हेटौँडा पनि आउनु भएको थियो । खुलारूपमा आएपछि रमला स्मृति
कोषको पुरस्कार वितरण, प्रगतिशील साहित्यिक गोष्ठी लगायतका विविध कार्यक्रमहरूमा
धेरै पटक आउनु भएको थियो । उहाँ सरल र नम्र हुनुहुन्थ्यो । मैले उहाँलाई एउटा
प्रगतिशील लेखक साहित्यकारको रूपमा मात्र होइन एउटा देशभक्त इमान्दार र सच्चा कम्युनिस्ट
नेताको रूपमा पनि देखेको छु । उहाँ मेरो घरमा जति पटक आउँदा पनि खाली हात आउनु भएन
। केही न केही नयाँ विचारका पुस्तकहरूका साथै भान्छालाई चाहिने सामान दाल, चिनी, चियापत्ती जस्ता आफूलाई
जे अनुकूल पर्छ दिएर जानुहुन्थ्यो । मलाई उहाँले दिनु भएको वस्तु लिन असजिलो
लाग्थ्यो तर उहाँ भन्नु हुन्थ्यो– “हामीले कसैलाई अनावश्यक दुःख र हानी पु¥याउनु हुन्न । जनताको
सियोसम्म लिनु हुन्न लिनपरे भर्ताल गर्नुपर्छ ।” यसका अलावा खाली बसेको समयमा
परिवारका अन्य सदस्यसँग छलफल, गफ गर्ने तरकारी केलाएर सहयोग गर्ने उहाँको बानी थियो । हामीले कुराकानी साप्ताहिक नामको पत्रिका चलाएको समयमा उहाँले
बेलाबेलामा पत्रिकामा लेख–रचना दिएर सघाउनु भएको थियो । त्यतिखेर त्यतिसारो नाम
नसुनेका हालका ख्यातिप्राप्त लेखिका झमक घिमिरेको लेख रचनाहरू पनि दिनु हुन्थ्यो र
थोर बहुत पारिश्रमिक पनि पु¥याइ दिनुहुन्थ्यो ।
म उहाँले लेख्नु भएको ‘मेरी आमा’को निबन्धबाट साह्रै प्रभावित भएको छु । ‘मेरी आमा’ किताबको प्रेरणाबाट
आफूलाई सकेसम्म ढाल्ने कोसिस गरेँ । मैले मेरी आमालाई जीवित अवस्थामा नै स्याहार–सुसार र सम्मान गरेँ ।
उहाँले पनि १०० वर्षसम्मको लामो आयु बाँचेर हामीलाई माया र संरक्षण दिनु भयो ।
आमाप्रति जे जति गर्नु पर्ने कर्तव्यहरू छन् जीवित अवस्थामा नै गर्नुपर्छ भन्ने
मेरो धारणा छ । मृत्युपछि वर्षौसम्म बरखी बारेर पिण्डपानी दिएर, दान गरेर पुण्य हुन्छ
भन्ने कुरामा मलाई पनि विश्वास छैन ।
जनताप्रति त्याग, तपस्या र समर्पण भएको व्यक्तिमात्र कम्युनिस्ट हुन्छ भन्ने कुरा मैले सुनेको
थिएँ । अहिलेका कम्युनिस्टहरू सबैको आलिसान घर छ, कार चढ्छन् । सत्ता चलाएका छन् ।
देश र जनतालाई लुट्नु लुटिरहेका छन् । जनता अझै ओढारमै छन् । शीत र घामले जिउ
डढाएकै छ । खान नपाएर ओठ र तालु सुकेकै छ, औषधि नपाएर लम्पसार परेर मरेकै छन् । काम र माम पाउन
आमा–बाबु र
देश छाडेर विदेशतिर धाएका छन् । कम्युनिस्ट कमाउनिस्ट भएकै कारण देश भड्खालतिर जान
लागेको त होइन ?
आठ दशक कटाएर नब्बेको दशकमा टेक्दै हिँड्न लाग्नु भएका श्यामप्रसाद शर्मालाई
यतिखेर बिर्सने रोग (अल्जिमर्स) ले समातेको छ । प्रगतिशील लेखक कलाकार र जनताका
लागि उहाँको यो स्थिति हुनु साह्रै दुखद कुरा हो । यस्तो बेलामा समेत आड टेवा र
भरोसा दिएर उहाँको सेवा गरिरहनु भएका उहाँका सुपुत्री सम्झना र वासुको सह्राना
गर्नेपर्छ । उहाँको सद्गुण, सद्व्यवहार र विचारबाट
प्रेरणा लिएर समाजप्रति उत्तरदायी हुनु नै उहाँप्रतिको सच्चा सम्मान ठहरिन्छ ।
उहाँलाई शीघ्र स्वास्थ्य लाभ होस् । अस्तु !
लोकभावनाबाट
लोकभावनाबाट
हो मेरो विचार पनि त्यस्तै हो
आर. सी. रिजाल
२००९ सालमा गठन भएको प्रगतिशील लेखक संघका संस्थापक अध्यक्ष हुन् श्यामप्रसाद
शर्मा । पछिल्लो पटक ३ वर्षअघि कलानाथ अधिकारीबारे केही कुरा सोध्न उहाँकोमा
पुगेको थिएँ । त्यतिबेला मैले उहाँको स्मरणशक्ति कमजोर हुँदै गएको चाल पाएँ ।
२०५३ सालमा हामीले हेटौँडाबाट प्रकाशित गरेको ‘दीपशिखा’ साहित्यिक पत्रिकाका लागि
श्यामप्रसाद शर्मासँग अन्तरवार्ता लिन गएका थियौँ । हाम्रो प्रश्नको उत्तर दिने
उहाँको तरिका अनौठो लागेको थियो । हामीले सोधेको प्रश्नको उत्तरमा उहाँले पहिला
हाम्रो विचार बुझ्नु हुन्थ्यो । हाम्रो विचार उहाँलाई सही लागेमा “हो, मेरो विचार पनि त्यस्तै
हो” भन्नुहुन्थ्यो
। हाम्रो भनाइ अपूर्ण वा उहाँलाई चित्त नबुझेमा मात्र जवाफ दिनु भएको थियो ।
हामीले उतिबेला उहाँलाई धेरै प्रश्न सोधेका थियौँ । त्यसमध्ये दुईवटा प्रश्न–उत्तर अहिले पनि
सान्दर्भिक ठानी प्रस्तुत गरेको छु ।
प्रश्नः प्रगतिशील लेखक संघलाई अहिले
एकथरी लेखकहरूले साझा मञ्चकै रूपमा लिएका छन् भने अर्काथरीले कुनै पार्टी विशेषको
नजिक बनाएको आरोप लगाइरहेका छन् । यसबारे यहाँको धारणा के छ ?
उत्तरः प्रगतिशील लेखक संघ प्रगतिशील
लेखकहरू जति सबैको साझा मञ्च
हो । यसलाई साझा मञ्चका रूपमा नै अगाडि बढाउँदै लैजानुपर्छ । जुनसुकै
पार्टीसँग सम्बद्ध भए पनि प्रगतिशील लेखक जति सबैलाई स्वागत गर्न यो संघ सधैँ तयार
छ । मतभेदका अवस्थाहरू आउँदा यसका सदस्यहरूले आपसमा हार्दिकतासाथ छलफल गर्न सक्छन्,
मैत्रीपूर्ण
किसिमबाट वैचारिक सङ्घर्षसमेत चलाउन सक्छन् । तर, प्रलेस कुनै पार्टी विशेषको
साहित्य–विभाग
नभएर सर्वाधिकार सम्पन्न स्वायत्त संस्था हो भन्ने कुरा कसैले नबिर्सौं ।
प्रलेसबारे मेरो धारणा यस्तो छ ।
प्रश्नः जीवनको कुनै अविस्मरणीय घटना
बताइदिनु हुन्छ कि ?
उत्तरः २००६ सालतिरको कुरा हो ।
फणीन्द्रराज खेताला, रमेश विकल र केही अरू युवक साथीहरू मिलेर चाबहिल (काठमाडौँ) बाट ‘सन्देश’ नाउँको हस्तलिखित मासिक
पत्रिका चलाउने गरेका थियौँ । म यसको सम्पादक थिएँ । ‘सन्देश’ को कला–अङ्कको निम्ति रचना माग्न भनी म
महाकवि लक्ष्मीप्रसाद देवकोटाकहाँ गएँ । बरोबर भेट्न जाने गरेकाले उहाँसित मेरो निकै
घनिष्ठता हुन पाएको थियो । मैले रचना माग्ने बित्तिकै देवकोटाले “लौ, लेख्नुहोस् ।” भनेर कविता भन्न थाल्नु
भयो–
“धन्य कला, सुकला,
सिर्जनाकी तिमी मोहनी–सार,
चपला, सबला, मृदुला अपार.....”
उहाँ कति छिटो
भन्नुहुन्थ्यो भने मैले जति चाँडो लेखे पनि भ्याउनै गाह्रो प¥यो । अनि देवकोटाले मेरो
हातको कापी–कलम मागी आफैँले लेख्न थाल्नुभयो । तुरुन्त कला सम्बन्धी एउटा लामै कविता तयार
भयो । म कविता लिएर आउँदा बाटाभरि महाकविको आशुपना सम्झिरहेँ र धेरै दिनसम्म
साथीहरूलाई यो बयान पटक–पटक सुनाइरहेँ । नवयुवक बेलाको यो घटना मैले आजसम्म पनि
कत्ति नबिर्सेर जस्ताको तस्तै सम्झिरहेको छु ।
गलत लाइन लिने नेताले कार्यकर्तालाई अनुशासनको नाउँमा आँखा चिम्लेर पछिलाग्ने
बताउन खोज्छ र आफ्नो हुकुमवाद चलाउँछ । सही लाइन लिने नेतृत्वले कार्यकर्ताहरूलाई
सजग रूपले अनुशासनको पालन गर्नुपर्छ भनि चेतना दिन्छ । चित्त नबुझेका कुराहरूमा
प्रश्नहरू गर्नुपर्छ, आलोचनाहरू गर्नुपर्छ भनि सिकाउँछ । हुकुमवादको विरोध गर्न उत्साहित गर्छ र
जनवादी केन्द्रीयतालाई बुझाउन खोज्छ ।”
“पार्टीभित्र पस्ने जति जम्मैको उद्देश्य एउटै हुन्छ भन्न सकिन्न । कोही नेता
भै बस्ने सुरले, कोही पैसा र अरू सुख–सुविधा पाइएला भन्ने सुरले र कोही पार्टीको मद्दत लिएर
आफ्नो व्यक्तिगत सत्रु साधना गर्ने विचारले पनि पार्टीभित्र पसेका हुन्छन् । नेता
हौला, ठुल्ठुला
मान–दर्जा
पाऔँला भनेर पार्टीमा पसेकाहरूले नेता हुन पाएनन् भने हुँदा–नहुँदा अत्तो थापेर पार्टीलाई नै
नराम्रो देखाउन पनि बेर मान्दैनन् ।
–श्यामप्रसाद
लोकभावनाबाट
====================================
====================================
मैले बुझेको श्यामप्रसाद
विवेक वाइवा
समाजको नयाँ रूपान्तरणको महान् उद्देश्य बोकेर साहित्य लेखनमा लाग्नु हुने
श्यामबारे कसरी लेखूँ ? भन्ने अनेकन तरङ्गहरू मनमा चलि नै रहे । यद्यपि त्यस्तो
व्यक्तित्वको स्मरणमा केही लेख्ने जमर्को गरेँ । उहाँ बारेका केही स्मरणहरू छन्
भने लेखिदिनका लागि यस त्रैमासिक पत्रिकाका तर्फबाट आग्रह गर्नु भएको थियो ।
श्यामप्रसाद साहित्यकार मात्र होइन, उहाँ एक प्रखर राजनीतिक अभियन्ता पनि हुनुहुन्थ्यो ।
वहाँ नेपालका श्रमजीवी जनतालाई अधिकार सम्पन्न बनाउने राजनीतिको अगुवा पनि हो ।
उहाँले नेपालको वाम प्रजातान्त्रिक अर्थात् कम्युनिस्ट आन्दोलनका एक अभियन्ता भएर
न्यायपूर्ण र समतामूलक समाज निर्माणको पक्षमा जनवकालत गर्ने काम गर्नुभयो ।
त्यसकारण पनि उहाँले कुनै समय राजनीतिक अगुवाको भूमिका निर्वाह गर्नु भएको कुरा
इतिहासमा दर्ज भएका छन् ।
श्यामप्रसाद नेपालका बहुसङ्ख्यक उत्पीडित, उपेक्षित श्रमजीवीवर्गका
हितरक्षा निम्ति अग्रज साहित्यकार हुन् भन्ने कम्युनिस्ट आन्दोलनमा लाग्नेमात्र
होइन, अग्रगामी
सोच राख्ने सबै प्रगतिशील विचारका पक्षपातीहरूलाई विदितै छ । प्रगतिवादी साहित्यिक अभियन्ताहरूमध्येका प्रखर अभियन्ता श्यामप्रसादले ‘प्रगतिशील लेखक कलाकार
संघ’ पहिले
र ‘प्रगतिशील
लेखक संघ’ पछिको संस्थापक अध्यक्ष समेत बनेर प्रगतिशील लेखकहरूको नेतृत्व पनि गर्नुभयो ।
नेपाली उत्पीडित वर्गका समस्याबारे मात्र होइन, संस्कृति र चाल–चलनबारे पनि गहिरो
अध्ययन गर्ने र लेख्ने एक सबल जनसाहित्यकार हो, श्यामप्रसाद ।
प्रगतिवादी कवि एवम् साहित्यकार श्यामप्रसाद शर्माको पहलमा लेखक एवम्
साहित्यकर्मीहरूका निम्ति माक्र्सवादी सौन्दर्यशास्त्रको पहिलो नेपाली पुस्तक तयार
पारिएको पनि जानकारी हामी सबैले पाएका छौँ । श्यामप्रसाद शर्मा एक जना जनताको
पक्षमा बोल्ने साहित्यकर्मी मात्र होइन, उहाँ एकजना सिद्धहस्त पत्रकार पनि हुनुहुन्थ्यो ।
उनका नेपाली समाजको बनोट र त्यसको चरित्रमा आधारित समग्र विश्लेषण गरिएका स–साना पुस्तकहरूका साथै
विभिन्न त्रैमासिक, मासिक लगायतका अखबारहरूमा विचारधारात्मक लेखहरू पनि छापिएको पाइन्छ । नेपाली
समाजका अन्तर्सम्बन्ध, अर्थ–राजनीतिक मात्र होइन, सँस्कृति एवम् राजनीतिक संस्कार
कस्तो हुनुपर्छ भन्ने अवधारणा सहितका पुस्तकहरू पनि प्रकाशित भएका छन्
श्यामप्रसादका ।
श्यामप्रसादको जन्म मकवानपुर जिल्लाको साविक–मन्थली गा.वि.स. मा भएको हो ।
मकवानपुर जिल्लाको पुनःसंरचना गर्दा राज्य पुनःसंरचना आयोगले तयार पारेको आधारलाई
केन्द्र मानी गरिएको छ, भनिए पनि यसको विरोध र समर्थन दुबै विभिन्न कोणबाट भएका छन्
। यद्यपि राज्यको पुनःसंरचना गर्दा सामथ्र्यका चार आधार र पहिचानका पाँच आधारमा
अल्पसंख्यक र उपेक्षित वर्गहरूको मात्र होइन, सीमान्तकृत वर्गको अस्तित्वलाई
समेत विशिष्टीकृत गर्दै सबै तहको पुनः संरचना गरिनु पर्छ भन्ने संविधान सभाको
निर्देश हो भन्ने सबै पक्षले आत्मसात् गर्न जरुरी छ । त्यही आधारमा पुनः संरचना
गर्दा साबिक मन्थली गा.वि.स. हाल बकैया गाउँपालिका अन्तर्गत पर्दछ ।
श्यामप्रसाद राजनीतिक विचारधारा राजनीतिक नेतृत्वको जीवन व्यवहारमा झल्किनु
पर्छ भन्नुहुन्थ्यो । सादा जीवनशैली र उच्च विचारका धनी भएकै कारण उनका लेख,
रचनाहरू नेपाली
जनताले स्पष्ट बुझ्ने खालको छ । उनको विचारको प्रचार–प्रसार गर्न मैले पनि उहाँका
थुप्रै स–साना
पुस्तकहरू वामपन्थी आन्दोलनका अभियन्ताहरूलाई वितरण गरी सहयोग पु¥याएको थिएँ । उहाँले
नेपाली समाजको अन्तर्विरोध र त्यसको समाधानका सन्दर्भमा पनि समकालीन धारणा
विचारोतेजक लेखको रूपमा प्रकाशन गर्नुभएको छ । नेपालीका विविध र साँस्कृतिक विषयमा
पनि पुस्तक प्रकाशित भएका छन्, उहाँका ।
उहाँसँग मैले पहिलो पटक मकवानपुरका पुराना अग्रज शिक्षक, बुद्धिजीवी एवम् पत्रकार
कौशल पाण्डे सरको घर हेटौँडामा भेटेको हुँ । उहाँसँगको ऐतिहासिक भेटको अवसर पनि
उनै कौशल सरले मिलाउनु भएको हो । भेटका क्रममा समाजका विविध पाटा÷पक्षमा आपसी कुराकानी भए
। उहाँले विशेषतः प्रलेससँग सम्बन्धित कुरा राख्दै गर्दा मेरा जिज्ञासा पनि
मेटाउँदै जानु भयो । त्यस क्रममा हामी जो, जहाँ भए पनि आवश्यक सर–सल्लाह र भेटघाटमा रहन्छौँ
भन्नुभयो । त्यसबाट म प्रस्ट भएँ । श्यामप्रसाद नेपाली समाजको रूपान्तरण सही
ढङ्गले गर्नु पर्छ भन्ने ठान्नु हुन्छ र परिवर्तनका निम्ति जहाँ रहेर योगदान पु¥याउन सकिन्छ ।
श्यामप्रसाद नेपाली वामपन्थी आन्दोलनको एक अगुवा अभियन्ता हो भन्ने कुरा
कम्युनिस्ट आन्दोलनको इतिहासको अध्ययनबाट बुझ्न सकिन्छ । उहाँले अतिगोपनीयतावादी
संगठन चलाउनु हुन्छ भन्ने कम्युनिस्ट आन्दोलनमा चर्चा थियो । जे भए पनि समाजको
प्रगतिशील रूपान्तरणमा उहाँको योगदान महÕवपूर्ण छ । उमेरले शारीरिक रूपमा हिँड्न नसक्ने भए
पनि सामाजिक, साँस्कृतिक र राजनीतिक अभियानलाई निरन्तर अगाडि बढाउनु कलमका माध्यमबाट प्रगतिवादी सर्जक
कवि–साहित्यकार
लगायतका अभियन्ताहरूलाई ऊर्जा दिई नै रहनु हुन्छ । त्यसपछि प्रलेस रौतहटको पहिलो
सम्मेलनमा प्रमुख अतिथिका रूपमा आउँदा भेट भयो । २०४७ सालतिर चन्द्रनिगाहापुरमा रौतहटका लेखक, कलाकार, कवि, साहित्यकारको भेला आयोजना गर्न
उहाँ र जनकप्रसाद हुमागाईँ जानु भएको थियो । उहाँ युवापुस्ता समाज र त्यसको परिवर्तनका निम्ति सचेत हुनुपर्ने कुरा
जोड गर्नु हुन्थ्यो र आफ्नो मौलिकता झल्किनु पर्छ भन्ने उहाँ सुझाउनु हुन्थ्यो । रौतहटको चपुरमा भएको उक्त सम्मेलनमा कौशल सर पनि पुग्नु भएको थियो । थोरै बोल्ने, विचार पक्षमा जोड गर्ने । अर्काको कुरा बढी सुन्ने र थोरै प्रतिक्रिया दिने ।
सरल एवम् हँसिलो अनुहार गरेर व्यावहारिक जवाफ दिने । अर्थराजनीति, समाज–सँस्कृति
सबै विषय छुने गरी जनबोली प्रस्ट पार्न सक्ने क्षमताका धनी हुन्, श्यामप्रसाद ।
“आलोचना तर्कपूर्ण र प्रामाणिक भएर मात्र पनि पुग्दैन, त्यो अरूलाई पनि चित्त बुझ्ने
खालको समेत हुनुपर्छ । यो आलोचना त मनासिवै हो भन्ने कुरा आलोचना गरिएको व्यक्तिको
मनमा समेत पार्न सक्ने खालोचनालाई त झन् प्रभावशाली मान्नु पर्छ । आलोचना
प्रभावपूर्ण हुन सके पहिले बाटो बिराउने कवि–लेखकले पनि पछि निकै होस् गर्नु
पर्ने हुन्छ र आफ्नो कमजोरी फाल्न चाहने साहित्यकारहरूले पनि त्यसबाट ठूलो प्रेरणा
पाउँनेछन् ।”
“आर्थिक अवस्थाको कुरा आउँदा हाल हाम्रो नेपाल संसारका हुनसम्म गरीब
देशहरूमध्ये गनिए पनि प्राचीन संस्कृतिको कुरा गर्दा भने साह्रै धनी देशहरूमध्ये
पर्छ । तर पुर्खाले कमाइदिएका कुराको बयान–बखान गर्नुमा मात्र समय नबिताएर
प्रत्येक पुस्ताले आफू पनि अघि सर्ने र लम्कने गर्दा नै युग अनुसारको संस्कृति विकसित
हुँदै जान पाउँछ ।
–श्यामप्रसाद
लोकभावनाबाट
========================================
========================================
समाजवादी चिन्तक श्यामप्रसाद
शिवशंकर पौडेल
म सानो छँदा देशमा प्रजातन्त्रको लहर चलेको भएता पनि अलि बुझ्ने हुँदा राजा
महेन्द्रद्वारा निरङ्कुश पञ्चायती व्यवस्था लागु गरिएको रहेछ । मेरो गाउँमा
त्यतिबेला नेपाली काङ्ग्रेसको राम्रै प्रभाव भएको ठाउँ भएकाले पञ्चइतरका
व्यक्तिहरूलाई पक्डन सेना प्रहरीहरूको आवतजावत भइरहेको म देख्दथँे र आफन्तहरूलाई
पक्डन आएको देख्दा र देश फेरि निरङ्कुश अवस्थातिर जाँदै गरेको कुरा मेरा
अग्रजहरूले भनेको सुरमा नै मेरो कलिलो मस्तिष्कमा पञ्चायत राजा महेन्द्रप्रति घृणा
पैदा हुन गयो ।
किशोर अवस्थाबाट युवा बन्दै जाँदा मेरा वरपरका अग्रजहरू, जो नेपाली काङ्ग्रेसका
कार्यकर्ता थिए– उनीहरूका जीवनशैली र श्रमिकप्रति उनीहरूको हेपाहा व्यवहार र रुढिवादी
परम्परातिर नै मोह जागेको देख्दा आफूलाई प्रजातन्त्रवादी भन्ने ने.का.को
कार्यकर्तासँग पनि सङ्गत गर्न मन लागेन । झन् भारत प्रवासबाट वि.पी. कोइराला २०३३
पौषमा आउँदा भन्दा राष्ट्रिय मेल मिलापको नाराद्वारा राजा र आफू बीच सहकार्य गर्ने
र पञ्चइतरका शक्तिलाई बेवास्ता गर्ने र अझ उनले राजा र मेरो घाँटी जोडिएको छ ।
पञ्चहरू बहुदलवादीसँग र बहुदलवादीहरू पञ्चसँग नझस्क नतर्स भन्न थालेपछि उनको कुरा
बुझी नसक्नु भयो र त्यतातिरको यात्रा गर्न सकिएन । आफूलाई मालेमावाद भन्ने
छिरल्लिएर रहेका धेरै कम्युनिस्ट घटक भए पनि एकता केन्द्र र माले नाउँका दुई
उदीयमान शक्तिहरू बाहिर देखिन्थे प्रायः सम्पूर्ण मालेमावादीहरूले हाम्रो
राष्ट्रियतालाई कमजोर पार्ने शक्ति वाह्य रूपमा भारतीय विस्तारवाद, विश्वभर लुट मच्चाउने
अमेरिकी साम्राज्यवाद समाजवादको नाउँमा राजाको निरङ्कुशतालाई समर्थन गर्ने र
वाह्यरूपमा दक्षिण एसियाको दादा भारतलाई सहयोग गर्ने सोभियत साम्राज्यवाद मुख्य
दुस्मन हुन् र घरेलु रूपमा पञ्चायत र त्यसको नेतृत्व गर्ने सामन्ती राजतन्त्र हो र
नेपाली काङ्ग्रेसको संवैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्थाले पनि जनता र
राष्ट्रको भलो गर्न सक्दैन भन्ने विचार ठीक लाग्दै गयो वामपन्थीहरूको नजिक पुगियो
।
कुरा जति नै राम्रा गरे पनि २०३५÷०३६ को जनआन्दोलनको नेतृत्व कुनै पार्टीले नभएर सचेत
विद्यार्थीहरूले गरेका थिए । प्रायः सम्पूर्ण दलहरूमा अलमलको स्थिति थियो । क.
पुष्पलाल भर्खरै दिवङ्गत भएको अवस्था थियो । सहाना, बलराम उपाध्यायको र मनमोहन
अधिकारीका पार्टीहरूको तत्कालीन कार्यक्रम ठीकै भए पनि ने.का.को विचारको भ्रम
चिर्ने खालको कार्यक्रम थिएन । एक प्रकारले भन्ने हो भने उनीहरूमा कता–कता काङ्ग्रेसमोह
देखिन्थ्यो । तत्कालीन मा.ले. र एकता केन्द्रले बहुदलको पक्षमा बेलैमा ठीक अडान
लिन सकेनन् । उनीहरूका कार्यक्रम पनि बुझिनसक्नु लाग्न थाल्यो ।
यता त्यही समयमा श्यामप्रसाद शर्माले नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट
संगठन मालेमावादीका कार्यकर्ताहरूसँग भेट हुने सुअवसर मिल्यो । माक्र्सवाद
लेलिनवाद माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने सिद्धान्तलाई भन्दा व्यवहारलाई
जोड दिने टपरटुइयाँ र अवसरवाद चरित्र खासै नभएका साथीहरूका सङ्गतले मलाई त्यही
संगठनको कार्यकर्ता बनायो । कडा भूमिगत शैलीको कारणले नेतृत्वसँग प्रत्यक्षरूपमा
भेट हुने अवसर २०४६ को परिवर्तनपछि मात्र पाइए पनि हस्त–लिखित दस्तावेज र अन्य कृतिहरूको
अध्ययन गर्ने अवसर भने मिलिहाल्थ्यो । ती कृतिहरू अधिकांश श्यामजीका विचार रहेछन्
। उहाँले साम्यवादसम्म पुग्नका लागि र समाजवाद टिक्नको लागि अति सूक्ष्म अध्ययन
गर्नु भएको रहेछ भन्ने कुरा आजको दिनमा झन् ठीक लाग्दै आएको छ । हरेक वर्ग र
समाजको आफ्नो साहित्य र सँस्कृति हुन्छ । अहिलेको पुँजीवादी युगमा त सामन्ती
साहित्य र सँस्कृतिको प्रभाव छ । अतः सर्वहारा श्रमजीवीवर्गले पनि आफ्नो सत्ता
ल्याउने र टिकाउने हो भने आफ्नै संगठन र साहित्य हुनु पर्छ भनी आफ्नै नेतृत्वमा
२००८ मा ने.प्र.ले.स.को गठन गर्नुभयो र पुष्पलालपछि अग्रणी संगठन बन्न पुग्नुभयो ।
सामन्तीवर्गको नेता सेना वा राजा हुन्छ । पुँजीवादमा पुँजीपतिवर्ग वा त्यसको
पक्षपाती र सर्वहारावर्गको नेता सर्वहारा हुनु पर्छ भन्ने श्यामजी नै सायद
सर्वहारानेता होला उहाँले आफ्नो परिवारका बारेमा कहिल्यै केही सोच्नु भएको थाहा
छैन । हरेक कार्यकर्ता मितव्ययी हुनुपर्ने पारिवारिक कमिटी (सेलभन्दा पनि सानो)
बनाउनु पर्ने र सेल र परिवार कमिटीले आफ्नो आर्थिक कमिटीका नियमअनुसार चल्दै
परिवारलाई र कमिटीलाई समाजवादी बनाउनु पर्छ नत्र बाहिरमात्र आएको समाजवाद टिक्न
सक्दैन भन्ने कति सही र सूक्ष्म विचार र वर्तमानमा अहिले देखिएका हाम्रा नेताहरू,
जो आफू र आफैँले
बनाएको विधान र आफ्नै कमिटीका निर्णय नमान्ने सधैँजस्तो आफ्नो आफ्ना आसेपासे र
परिवारजनका बारेमा मात्र सोच्ने नेताहरूले श्यामप्रसादजीबाट सिक्लान् ?कम्युनिस्ट पार्टीका
पुराना नेता एवं २०१५ को आम निर्वाचनमा विजयी सांसद कमलराज रेग्मीका अनुसार श्यामजीलाई
असाध्यै सम्भावना भएका नेता भनेर चित्रण गर्नु भएको छ, जति नै सम्भावना र कार्यकुशल भए
पनि वर्तमान परिवर्तनको नेतृत्व उहाँबाट नै हुन सकेन । त्यसको कारण सिङ्गो टिम र अन्य परिस्थिति पनि अनुकूल हुन सकेन र पछिल्ला पिँढीहरूले भएका कमी–कमजोरीलाई आत्मसात् गरी
अगाडि बढ्न सक्नुपर्छ । माक्र्सकै पालाको पेरिस कम्युन ७२ दिनभन्दा टिक्न सकेन ।
एन्जलसको नेतृत्वमा पनि क्रान्ति भएन । लेलिन स्तालिनहरूले क्रान्तिको नेतृत्व गरे,
क्रान्ति भनेको
मानसिक हतियार पनि हो । लेलिन स्तालिनद्वारा निर्माण गरिएको सोभियत सत्ता र
लालसेना वैचारिक र साँस्कृतिक रूपले स्खलन हुँदै जाँदा कसरी ढल्न पुगे ? हाम्रो देशका अहिलेका
पार्टी र नेतृत्ववर्गले अहिल्यै जस्तो आफ्ना पार्टी संगठन र कार्यकर्तालाई
साँस्कृतिक र वैचारिक ढङ्गले सुदृढ नपारी यसरी नै अस्तव्यस्त पारे भने समाजवाद र
आर्थिक समृद्धि त कहाँ वर्तमानको अवस्था नै पनि टिकाउन गाह्रो पर्न सक्छ । अतः
वर्तमान पुस्ताले अझ गम्भीर भएर श्यामप्रसादजीहरूबाट सिक्न जरुरी भएको छ ।
मानिसहरूका बीचको आर्थिक विषमताले गर्दा विपन्न वर्गकाहरूले राजधानी वा अरू
नगर अथवा गाउँ जहाँ हुँदा पनि दुःख कष्टबाट नै जीवन बिताउनु परिरहेको हुन्छ ।
ठाउँहरूको असमानता भन्दा पनि मानिसहरूका माझको आर्थिक असमानता वा वर्गीय भिन्नता
नै ठूलो कुरा हो । त्यस्तै कुनै ठाउँमा राम्रो वा नराम्रो काम हुँदा सबैलाई जस
अथवा अपजस दिन मिल्दैन । राम्रो गर्नेहरूलाई मात्र जस दिनुपर्छ र नराम्रो गर्न
खोज्नेहरूलाई त अपजस नै दिनुपर्ने हुन्छ ।”
–श्यामप्रसाद
लोकभावनाबाट
===================================
मैले भेटेको श्यामजी
मुकेश कु. चालिसे
श्यामजीको बारेमा मैले जानेको चाहिँ केटाकेटीदेखि नै हो । मेरा बा श्यामजीको ‘तँ तिमी तपाई हजुर’
भन्ने बारेमा हामी
सानै हुँदा कुरा गर्नु हुन्थ्यो । बुवाको भनाइ अनुसार १४÷१५ सालतिर श्यामजी पत्रपत्रिका
बेच्ने, प्रकाशन
गर्ने, प्रचार
गर्ने काम गर्नु हुन्थ्यो । वसन्तपुर झोँछेमा बस्दा बा–आमासँग उहाँको भेट भएको थियो रे
। उहाँको सरल लेखनी, सोझो, साधारण लुगाफाटो लगाएर हिँड्ने, कसैको नराम्रो नसोच्ने–नगर्ने, हंसमुख भएर बस्ने हुनाले बा प्रशंसा
गरिरहनु हुन्थ्यो । त्यसैक्रममा म ३०÷३१ सालतिर काठमाडौँको त्रिचन्द्र कलेज पढ्दा
प्रगतिवादी साहित्य अध्ययन गर्न लागेपछि श्यामजीका पुराना लेखहरू फाट्टफुट्ट पढ्ने
मौका मिल्यो । त्यसै क्रममा मेरो मनमा उहाँको लेखनीबाट एक किसिमको गहिरो छाप परेछ
। उहाँका लेख रचनाहरू पाएसम्म पढ्न थाले पछि ०३५÷०३६ सालतिर हाम्रो प्रेसमा (मुना
प्रेस) पत्रपत्रिका छाप्ने क्रममा प्रत्रिकाहरूले उहाँका लेख रचनाहरू छदम् नाममा
छापेको पाएँ । त्यस्तै ‘शृङ्खला’ त्रैमासिक पत्रिका जनक हुमागाईंले छाप्न ल्याउँदा श्यामजीका
छदम् नामका धेरै रचनाहरू भएको र जनकजीसँग कस्को रचना हो भनी सोध्दा उहाँले
वास्तविक नाम भन्नु भएन । त्यसबाट मलाई झनै विश्वास भयो कि जनकजी र श्यामजीको
सम्पर्क रहेछ । मैले श्यामजीका रचनाहरू कि पुनः छापौँ कि नयाँ संस्करण गरेर छापौँ
भनेर प्रस्ताव राखेँ । जनकजीले धेरै विश्वास गर्न थाल्नु भो । त्यसपछि मिलेर ‘तँ, तिमी, तपाई, हजुर’ पुनः मुद्रण ग¥यौँ । त्यसपछि नाम
नभनिकन श्यामजीको इच्छा, योजना र कार्यक्रम बारेमा जनकजीले मलाई भन्न थाल्नुभयो । म
पनि श्यामजीको उद्देश्यलाई पुरा गर्नुपर्छ भनेर प्रकाशनमा बढी जोड दिन थाले । समय
क्रममा जनकजीबाट समाचारहरू र जानकारीहरू नियमित पाउन थाले । यस क्रममा ०३८÷०३९ सालपछि श्यामजीसँग
प्रत्यक्ष भेटघाट भयो र मैले राजनीतिक रूपले अगाडि बढौँ कि भनी उहाँसँग जिज्ञासा
राख्दा उहाँले जनताको पक्षमा विज्ञान प्रविधिमा काम गर्ने मान्छे नभएकाले तपाईले
आफ्नै विषयमा विशेषज्ञता लिनु राम्रो हुन्छ भनी सल्लाह दिनुभयो । त्यसै भनाइलाई
ध्यानमा राखेर मैले स्नातकोत्तर र विद्यावारिधी पनि गरेँ । मेरो विद्वत्तामा
श्यामजीको सबैभन्दा ठूलो योगदान भएको ठान्दछु ।
श्यामजीसँग सम्पर्क भएपछि सबैभन्दा उहाँका प्रभाव पार्ने कुरा भनेको सफा–सुग्घर र साधारण पहिरनमा
रहनु हो । उहाँमा त्यति धेरै अनुभव र प्रकाशन भएपनि भेटघाट गर्दा र नयाँ लेखहरू
लेख्दा कुनै त्यस्तो घमण्ड वा ठूलो मान्छे भएको जस्तो बडप्पन गर्नु भएको पाइनँ ।
उहाँले जे लेख्नु हुन्थ्यो र सिकाउनु हुन्थ्यो आफू पनि लागु गर्नुहुन्थ्यो ।
आमरूपमा नेपालमा चर्चित मान्छे भएपछि तडक भडक गर्ने ठूलो पल्टेको देखाउने अरूलाई
फारोे गर्न भन्ने तर आफू खर्चालु हुने, अरूलाई जनताको पक्षमा काम गर्नुपर्छ भन्ने तर
आफूचाहिँ आफ्नो र आफ्नो परिवारको हितमा मात्र काम गर्ने गरेको देखिन्छ । यस्ता
प्रचलनभन्दा पृथक् श्यामजीमा सरलता र सिद्धान्तलाई व्यवहारमा गाँस्ने असल जनपक्षीय
चरित्र भएको पाएको छु ।
नेपालमा भएका सबै खालका जनपक्षीय तथा वामपन्थीहरू अहिले जीवितहरूमा श्यामजी
गुरुसरह हुनुहुन्छ । चाहेर नचाहेर पनि सच्चा जनपक्षीयले उहाँकै कुरा लागु गरिरहेका
हुन्छन् । तर नेपालमा वामपन्थीहरू विभिन्न कारणले विभाजित भैरहेको हुँदा श्यामजीका
कुराहरू आफ्ना अनुकूलमात्र प्रयोग गरिरहेका छन् । वास्तवमा समाज परिवर्तनका मसिना
समस्या समाधानका उपायलाई श्यामजीले भन्नु भएको बाटोबाट जान सकेमा पुरा गर्न सकिन्छ
। उहाँले सामान्य घरव्यवहारमा राम्रो नराम्रो भनेदेखि लिएर देशको अवस्था परिवर्तन
गर्ने राजनीतिक रणनीतिलाई समेत सरल ढङ्गबाट लेख्नु भएको छ । हिजोआज धेरै वामपन्थी
र जनपक्षीय हुँ भन्नेहरूले सिद्धान्तलाई व्यवहारमा गाँस्न नसक्दा रनभुल्लमा परेर
गलत बाटो पनि लिन पुगेको भेटिन्छ । ती सबैले श्यामजीको जीवन, लेखाइ र व्यवहारबाट
सिक्न जरुरी छ ।
श्यामजी हालसालै स्नायुजन्य वृद्ध अवस्थामा लाग्ने रोगबाट पीडित हुनुहुन्छ तर
उहाँको असल विचार, व्यवहार र सोचाइले गर्दा अझै पनि राम्रा र असल मान्छे भेट्न जाँदा मुस्कुराउनु
हुन्छ । खुसी प्रकट गर्नुहुन्छ र हात हल्लाएर अभिवादन पनि गर्नुहुन्छ । यस्तो
गतिविधि असल विचार भएका मानिसमा मात्र पाइन्छ किनकि व्यक्तिवादी सोच भएकाहरू आफ्नो
पिरलो अरूलाई थोपर्ने बिरामी भएको निहुँमा नाम चलेको सोधभर्ना लिएजस्तै गरी सेवा,
पुरस्कार तथा
सहयोगको आशा राख्छन् तर श्यामजीमा त्यस्तो खालको सोचाइ तथा व्यवहार मैले पाइनँ ।
त्यसबाट उहाँ सच्चा जनपक्षीय वामपन्थी हुनुहुन्छ भन्ने मलाई लागेको छ ।
लोकभावनाबाट
==================================
==================================
मेरो जीवनकै असल मान्छे
विप्र
२०४० साल वैशाख १ गते श्री भुटनदेवी मा.वि. हेटौंडाको रजत महोत्सवको निम्तो मान्न
उक्त विद्यालयमा पुग्नु पर्ने र मित्रहरूमा अलि नजिकै मान्दै आएको मित्र प्रभात
घिमिरेसँग पनि भेट्नु पर्ने थियो । “एक काम दुई पन्थ” भनेझैँ भुटनदेवी मा.वि. कै त्यसै
समारोहमा मित्र प्रभातसँग पनि भेटघाट भयो । उनी नजिकैको विद्यालय आधुनिक राष्ट्रिय
मा.वि. मा पढाउँथे । प्रभातसँग भलाकुसारी हुँदै थियो । उनले हाइस्कूलमा हामी पढ्दा कुरा हुने गरेको दाइ कौशल पाण्डे पनि यही छन् भन्दै, कौशल पाण्डेनेर आफू र मलाई पनि
पु¥याए ।
मेरा बारेमा प्रभातले कौशल सरलाई धेरै कुरा सुनाएका रहेछन् । प्रभातको मप्रतिको
स्नेह देखेर आफू अचम्भित भएको कुरा कौशल सरबाट सुन्न पाएँ । म र प्रभात हाइस्कूलको
१० कक्षादेखिका मित्र थियौँ । कौशल सरले पनि केही वर्षअघि त्यही हाइस्कूलबाट
प्रवेशिका उत्तीर्ण गर्नु भएको रहेछ ।
मेरो व्यवहारबाट कौशल सर प्रभावित हुनु भै वहाँले मलाई अरू मित्रहरूसँग परिचय
गराउनु भयो । भैँसेबाट हेटौंडा आउँदा भेटघाट हुने साथीहरूको संख्या बढ्यो । कौशल
सरबाट प्राप्त गरेका साथीहरू वैचारिक हुनुहुन्थ्यो । कौशल सरले मलाई वैचारिक
पुस्तक र पत्रिकामा प्रकाशित विभिन्न व्यक्तित्वका लेखहरू हेर्न दिनुहुन्थ्यो र
मैले ती पुस्तकहरू र पत्रिकाहरूमा प्रकाशित सामग्रीहरू अध्ययन गरी आफ्नो विचार र
बुझाइहरू वहाँलाई सुनाउँथे ।
एक दिन कौशल सरले तत्कालीन ‘विमर्श’ पत्रिकामा प्रकाशित अभिमन्युको लेख पढ्न दिनु भयो ।
तत्कालीन विमर्श पत्रिका साप्ताहिक थियो । त्यस पत्रिकामा अभिमन्युको नामबाट बेला–बेलामा वैचारिक लेखहरू
प्रकाशित भैरहन्थे । म आफैँ पनि हेटौँडा आउँदा ‘विमर्श’ र तत्कालीन ‘दृष्टि’ साप्ताहिक किनी भैँसेमा
पढ्ने गर्थेँ ।
केही समयपछि एउटा लेख “वर्ग विश्लेषण सम्बन्धी” हेर्न पाएँ । सो लेख आफूले पढेँ
र उक्त लेख लेख्ने लेखकका बारे कौशल सरसँग बुझ्न भैँसेबाट हेटौँडा गए । पहिले त
उक्त लेख तपाईंलाई कस्तो लाग्यो भनी मेरो विचार कौशल सरले बुझ्न खोज्नु भयो । म
उक्त लेखबारे बुझेका कुराहरू वहाँलाई
भन्थेँ । अनि उक्त लेख लेख्ने लेखक अहिले छन् कि छैनन्, छन् भने कता छन् भनि सोध्थेँ ।
कौशल सरबाट उक्त लेख लेख्ने लेखक जीवित छन् या छैनन् मलाई समेत थाहा छैन, वहाँ त धेरै पहिलादेखि
भूमिगत हुनु भएको थियो । वर्तमानमा वहाँको बारेमा केही भन्न नसकिने, वहाँ भनेको “श्यामप्रसाद शर्मा”
हो भन्ने कुरा
भन्नु भयो । अनि आफू क्याम्पस पढ्दा वहाँको निबन्ध ‘तँ तिमी तपाई हजुर’ भन्ने पढेको स्मरण भयो ।
पछि वहाँकै विचारलाई मनन गरी केही साथीहरू मिली संगठित भै काम गर्न थालियो ।
उहाँ २०४७ सालताका भूमिगत जीवनबाट सार्वजनिक हुनुभयो भन्ने खबर सुन्न पाइयो ।
सार्वजनिक भएका केही महिनापछि वहाँसँगै हेटौँडामा साक्षात्कार हुने सौभाग्य
प्राप्त भयो ।
आफूले कल्पना गरेको श्यामप्रसाद र साक्षात्कार हुनुभएका श्यामप्रसादमा केही
तुलनै गर्न सकिएन । शालिन, सौम्य र सामान्य श्यामप्रसाद देखेपछि उहाँका रचनासँग
साँच्चैको मेल पाएँ । त्यस क्षण वहाँसँग कुराकानी गरियो । कुरामा दम र दूरदर्शिता
पाएँ । सानु काठीको भए पनि विचार व्यवहार साह्रै अब्बल रहेछ । भर्खरै सार्वजनिक भए
पनि अरू सार्वजनिक भएजस्तो उत्ताउलोपना वहाँमा पटक्कै थिएन । अर्धभूमिगत नै जस्तो
वहाँको बसाइ हुन्थ्यो ।
दोस्रो पटक फेरि श्यामप्रसाद दाइ हेटौँडा आउनु भयो, हामी भेटघाटमा गयौँ । सबै
साथीभाइसँग एउटै प्रश्न सोधाइ, कसैलाई बढी महÕव दिएको जस्तो पाइनँ । सबैसँग परिवार, केटाकेटीहरूको विषयमा
चर्चा (सञ्च–विसञ्च र पठन–पाठन
सम्बन्धी) गर्ने नै छलफलको विषय वहाँको हुँदो रहेछ, बसेको ठाउँमा जनतासँग काम गर्दा
भएको सजिलो–अप्ठेरो आदिका बारेमा छलफल र भावी दिनमा अब कसरी काम गर्दा अझ बढी जनमुखी बन्न
सकिन्छ भन्ने विषयमा नै केन्द्रित भै छलफल, सरसल्लाह हुन्थ्यो । भोलिपल्ट श्यामदाइ वीरगञ्ज जानुपर्ने रहेछ । वहाँ कतै जाँदा साथी लिएरमात्र
जानुहुँदो रहेछ । काम विशेषले पनि वीरगञ्जसम्म पु¥याउनु पर्ने जिम्मा पाएँ । हामी दुबैजना वीरगञ्ज जान बसपार्कतिर गयौँ, बसपार्कबाट बस हिँड्न थाल्दो
थियो । श्याम दाइ त काँधमा भिरेको झोला हल्लाउँदै मभन्दा अगाडि बसमा पुगेर पछाडिको
बसको छतमा उक्लने भ¥याङ, समाएर
माथि पो चढ्नु भयो । उमेरले करिब सत्तरी नाघेको श्यामदाइको त्यो जोस जाँगर देख्दा
पैँतिस वर्षको मलाई आफूप्रति दाइभन्दा कमजोर र जाँगरहीन जस्तो लाग्यो । म पनि हत्त
न पत्त बसको पछाडि डन्डी समातेर माथि दाइ भएको ठाउँमा पुगेँ । यसरी श्यामदाइसँगको
त्यो यात्रा मेरा जीवनका लागि सदा अविस्मरणीय रहनेछ ।
आज श्यामदाइ आउँदै हुनुहुन्छ भनेपछि घरका परिवार हर्षित हुन्थे । आज फेरि
हाम्रो पारिवारिक छलफल दाइका साथमा हुने भो भन्ने हुन्थ्यो । घरको मूली पुरुष–महिलालाई कसरी पारिवारिक
समस्याहरू टार्ने पु¥याउने र केटाकेटीमा नयाँ नौलो के कस्ता प्रगति भएका छन् भनेर आ–आफ्नै विचार हामीसँग
बुझ्नु हुन्थ्यो र अन्त्यमा हामीले के–कस्ता थप काम कसले कसका लागि गर्नु पर्ने विषयमा पनि
आफ्नो विचार राख्नु हुन्थ्यो । श्यामदाइको अर्को राम्रो पक्ष आफ्नो विचार दिँदा
आदेश नभै सल्लाह जस्तो “यसो गर्दा पनि राम्रो होला कि” भन्ने हुन्छ ।
बिहान बेलुका नियमित व्यायाम गर्ने, साकाहारी सामान्य खाले खाना खाने र केटाकेटीहरूसँग
छलफल कुराकानी गर्ने, वहाँका मनपरेका बानीहरू मध्येमा मलाई थप मन पर्थेँ । हामीलाई हेटौँडा बस्दा
भन्ने गर्नु हुन्थ्यो– हामीले उनीहरू(धनी–पुँजीपति) लाई रिसमात्र गर्ने हैन उनीहरूबाट पनि
उनीहरूका जुक्ति बुद्धि सिकेर उनलाई नै पछि प्रहार गर्नुपर्छ । आफू कमजोर हुँदा
समाजका कमजोरहरूको संगठन निर्माण गर्नुपर्छ र ती धनीहरूबाट सिकेकै जुक्ति बुद्धिले
ती धनीहरूलाई समाजबाट एक्लो पार्नु हाम्रो योजना हुनुपर्छ ।
वहाँ जस्तो हुनुहुन्छ वहाँका सिर्जना पनि त्यस्तै अब्बल छन् । वहाँका
सिर्जनामा सर्वथा जनकल्याणकारी सन्देश र जनतासँग मिलेर काम गर्नेको जीवनशैली
जनताका लागि पारदर्शी हुनुपर्ने रहेछ भन्ने कुरा वहाँको संगतबाट मैले पाएँ । यो
मेरो जीवनकै गहना श्यामदाइबाट पाएको छु ।
लोकभावनाबाट
========================================
जनसमर्पित व्यक्तित्व : श्यामप्रसाद शर्मा
गोविन्दप्रसाद आचार्य
मानवीय सभ्यतालाई गहन अध्ययन गर्ने हो भने मानव समाजमा दुईथरी मानिस देखिन्छन्
। एकथरी मानिस आत्मकेन्द्री छन् भने अर्काथरी मानवजाति केन्द्री छन् । आत्मकेन्द्रीहरू अरूको सुखसुविधाभन्दा आफ्नै सुखसुविधामा
केन्द्रित भई म र मेरो विषयलाई केन्द्रविन्दु ठानी त्यही मान्यताको परिपूर्तिमा
जीवनभर लागिरहन्छन् । त्यसका लागि सिङ्गो मानवजातिलाई आफ्नो महÕवाकाङ्क्षा प्राप्तिका
लागि उपयोग गर्छन् र आफ्नो गलत साध्य पूरा गर्ने अभीष्टले अनेक तालतिकडम रच्दै आपूmलाई उपल्लो दर्जाको मानव
साबित गर्न उद्दत हुन्छन् । अर्काथरी मानिस भने आपूmले अनेक हन्डर सास्ती खेपेर भए
पनि सिङ्गो मानव जातिकै उत्थानका लागि मरिमेट्नछन् । उनीहरूको महत्त्वाकाङ्क्षा
भन्नु नै विश्वमानव सभ्यताका भौतिक प्राप्ति आम मानव समुदायले उपयोगी गर्न सक्ने
बनाउन क्रियाशील हुनु हो । उनीहरू कसरी मानव भएर बाँच्ने निम्नतम आधारबाट वञ्चित
मानवलाई युग अनुसारको सचेतना र भौतिक सुखसुविधा पु¥याउन सफल भइएला भन्ने चिन्तन र
तदनुसारको व्यवहार गर्दै अहोरात्र खट्छन् । आत्मकेन्द्री व्यक्तिहरूको चरित्र
उदाङ्गो पार्दै सामाजिक न्याय स्थापित गराउन आजीवन मरिमेट्छन् । यही उन्नत सोचलाई
कार्यरूप दिने मानिसहरू संसारमा सफल भएका छन् । यस्तै सफल र सार्थक जीवन
जिउनेमध्येमै पर्नुहुन्छ नेपाली साहित्य र राजनैतिक आकाशका उज्ज्वल नक्षत्र
श्यामप्रसाद शर्मा ।
श्यामप्रसाद शर्माको जन्म वि.सं. १९८६ असार ६ गते सोलिथुम, मन्थली गाविस मकवानपुर
जिल्लाको श्रमजीवी किसान परिवारका जोगनाथ लामिछाने र हुतप्रियादेवीको कोखमा भएको
हो । सानैमा आमाको मृत्युले गर्दा मातृस्नेहबाट वञ्चित हुन पुग्नुभएका उहाँ आमाकी
दिदी जीवनप्रियाको मातृवात्सल्यमा हुर्कनु भयो । उहाँका बाबु सहज जीविकोपार्जनका लागि उहाँलाई साथ लिई भौतारिँदै वीरगञ्जको श्रीपुरमा बहादुर शमशेर राणाको खेती रेखदेख गर्ने जागिरे भई सपरिवार
त्यहीँ बसोवास गर्न थाल्नुभयो । श्याप्रसाद तेह्र वर्षको हुँदा उहाँका पिताको पनि
देहावसान भई अर्को विपत्तिको भुमरीमा पर्नुभयो । यसपछि कलिलै उमेरमा ठूली आमा
पाल्ने र आफ्नो जिजीविषालाई निरन्तरता दिने उपाय खोज्दै ‘सेवा सदन’ नामक पुस्तक पसल खोली त्यसैको
आयस्रोतले त्रिजुद्ध माविको आफ्नो पढाइ खर्च र ठूली आमाको खानपिनको जोहोपोहो गर्न
थाल्नुभयो ।
वि.सं.१९९७ सालको सहिद काण्डले उहाँमा राजनीतिक चासो बढायो । उहाँ २००४ सालको
राणाशासन विरोधी सत्याग्रह आन्दोलनमा सहभागी हुनुभयो र पक्राउ परी जेल पुग्दा
युद्धप्रसाद मिश्रसँग सम्पर्क भयो । मिश्रसँगको सम्पर्कले प्रकाशनप्रतिको अभिरुचि
वृद्धि भयो, जसले उहाँलाई मोफसलको पहिलो पत्रिका प्रकाशन र सम्पादन गर्ने पत्रकार बनायो ।
वि.सं.२००४ देखि २००७ सालसम्मको सत्याग्रह अभियानमा निर्वासित नेताहरूसँगको भेटघाट
र उनीहरूको प्रशिक्षणबाट खारिँदै निरङ्कुशता विरोधी अभियानमा संलग्न हुँदा उहाँ
जेल पर्नुभयो । त्यहीँ पत्रकारिता, साहित्य लेखन र राजनीतिक सङ्गठन निर्माणमा लाग्नुभयो । यसरी
उहाँ २००७ सालको परिवर्तनपछि राजनीति, साहित्य र पत्रकारिता तीनओटै क्षेत्रमा क्रियाशील
हुनुभयो । वि.सं. २०१७ सालको काण्डपछि दृढताका साथ कम्युनिस्ट राजनीतिमा समर्पित हुनुभयो । वि.स.. २००९ मा प्रलेसको स्थापना गरी सामाजिक
रूपान्तरणका लागि प्रगतिवादी साहित्यकारहरूलाई
गोलबन्द गर्नुभयो । वि.सं. २०१८ मा ४१ जना पत्रकारहरूको भेला गराई नेपाल
पत्रकार सङ्घ गठनमा पनि उहाँको प्रबल सक्रियता रहेको थियो । सन् १९६२ मा हङ्गेरीको
बुडापेस्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय महाधिवेशनमा उहाँले नै
प्रतिनिधित्व गरी नेपालको पत्रकारिता र पत्रकारहरूबारेको प्रतिवेदन पनि प्रस्तुत
गर्नुभएका थियो ।
श्यामप्रसाद शर्मालाई चर्चित र लोकप्रियचाहिँ साहित्यले नै बनाएको हो ।
माक्र्सवादी निष्ठाले परिपुष्ट राजनीतिक विचार र व्यवहारलाई प्रकट गर्ने माध्यम
साहित्यलाई बनाएर उहाँले राजनीति, पत्रकारिता र साहित्य क्षेत्रलाई एकसाथ अगाडि बढाउनुभयो ।
उहाँले कृष्णचन्द्र अर्यालबाटै साहित्य र
राजनीतिलाई एक साथ लाने प्रेरणा पाउनुभएको थियो । उहाँको पहिलो प्रकाशित पुस्तिका ‘गाउँको सफाइ’ वि.सं. २००१ मा जोरगणेश
प्रेसबाट छापिएको थियो । उहाँको प्रथम कविता चाहिँ २००२ सालमा उदय मासिक पत्रिकामा
प्रकाशित भएको ‘सन्देश’ नामक कविता हो । नेपाली समाजमा भाषा, धर्म, जातिमा रहेका गलत विचारले गर्दा बढिरहेको शोषण,
उत्पीडन उन्मूलन
गर्ने अभीष्टले कलम चलाएको कुरामा उहाँ दृढ हुनुहुन्छ । आफ्नो सबै कार्यको एउटै
उद्देश्य जनसेवा रहेको कुरामा उहाँ प्रस्ट हुनुहुन्छ । धार्मिक ढोङ, राजनीतिक दमन, सामाजिक शोषण र अमानवीय
उत्पीडनबाट गरिखाने नागरिकको मुक्तिको चाहना साकार पार्न उहाँ विश्वस्त हुनुहुन्छ
। यसबाट मुक्ति पाउन सचेत सङ्घर्ष एकमात्र बाटो ठान्ने श्यामप्रसाद शर्मा आजीवन
राजनीतिक उद्बोधनका कलमजीवी हुनुहुन्छ । उहाँका साहित्यिक कृतिहरूमा प्रस्तुत भएको
दृष्टिकोणले नेपाली साहित्यको प्रगतिवादी धाराको हालसम्म मार्गनिर्देश गरिरहेको छ । उहाँको ‘लेखक कसरी बन्ने ?’ कृतिले सयौँलाई लेखक
बन्न हौस्यायो । जस्तोसुकै सङ्गीन घडीमा पनि लेखनलाई निरन्तरता दिइरहने शर्माले
जेलमा बन्दी भई बसेका समयमा सेना, प्रहरीका आँखा छलेर शौचालय र नुहाउन जाँदा चुरोटको बट्टा र
सिसाकलमका फालिएका टुक्रा बटुलेर पनि लेखनलाई निरन्तरता दिइरहनुभयो । तेइस
वर्षसम्मको भूमिगत जीवनमा पनि उहाँले लेख्न छोड्नुभएन । आफ्नो परिचयलाई अनेक
छद्मनामले अपरिचित बनाउँदै आफ्ना दर्जनौ रचनाद्वारा चेतना फैलाइरहनुभयो ।
निबन्ध, लेख, पद्य,
चिठीपत्र, दैनिकी, समालोचना, संस्मरण, बालसाहित्य सबै विधामा
नेपाली समाजका विविध विषयलाई विषयवस्तु बनाई जनताका बोलीलाई जनतामै पु¥याई सचेतना दिन उहाँ
सर्वाधिक सफल मानिनुहुन्छ । सरल भाषामा गहन विषयवस्तुका प्रस्तुति उहाँको खुबी हो
। बोली र व्यवहारमा विसङ्गत नेपालीको पहिचानलाई तोड्दै सङ्गतिका लागि अहिलेसम्म
प्रयासरत उहाँ समयनिष्ठ व्यक्ति हुनुहुन्छ्, जसले नेपाली समय भन्ने मान्यता
विरुद्ध सबैलाई कान समात्न लगाउनुभएको छ ।
रमेश विकल र धच गोतामेलाई लेखनमा ल्याउने शर्माको व्यक्तित्व महान् छ । उहाँ नेपालका
गरिखाने वर्गको प्रतिनिधित्वि गर्दै त्यही वर्गको उत्थानका अभियन्ता हुनुहुन्छ ।
नेपाली राजनीति, पत्रकारिता र साहित्यका युगपुरुष हुनुहुन्छ । सामन्ती इतिहासले जनताको
इतिहासको गोरेटोलाई ओझेल पारेकाले जनइतिहासका जीवन्त द्रष्टा र स्रष्टा शर्माबाट
चम्किलो बनाई जनजागृतिका लागि ऊर्जा पाउन सकिन्छ ।
यसरी जनताको हक–अधिकारलाई स्थापित गराउन श्यामप्रसाद शर्माले आपूm र आफ्नो भन्ने सिर्फ राष्ट्र,राष्ट्रवासी र समस्त
मानव जातिलाई ठानेर सात दशकसम्म राजनीति,
साहित्य र
पत्रकारिताको क्षेत्रमा जेजसरी क्रियाशीलता देखाउनुभयो, त्यो तत् क्षेत्रमा वर्चस्व
प्राप्त गर्नेहरूले उहाँलाई आदर्शमात्र ठान्ने र उहाँको मार्गलाई व्यवहारमा
नउतार्ने हो भने उहाँप्रति केवल ओठेभक्ति हुन जान्छ । राजनीतिकर्मीहरूले उहाँको जनराजनीतिबाट, पत्रकारले जनपत्रकारिताबाट र
साहित्यकर्मीले जनसाहित्यबाट आपूmलाई विचलित हुनबाट जोगाउनुपर्छ । उहाँजस्ता निष्ठावान्
व्यक्तित्वको यथोचित सम्मान गर्न आआफ्नो क्षेत्रबाट कम्मर कस्नुपर्छ । यतिखेर उहाँ
सतासीऔँ वर्षमा आफ्नो मृत्युसँग पौँठाजोरी खेलिरहनुभएको छ । उहाँ यतिखेर
लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितताका मार्गहरू अवरोधित भएको अनुभूतिमा छटपटिरहनु
भएको छ । उहाँबाट प्रत्यक्ष÷अप्रत्यक्षरूपमा अनुप्राणित हुने वर्तमान नेतृत्वमा रहेका
व्यक्तित्वहरूले जनअधिकारको प्रत्याभूतिका लागि इतिहासलाई नभुली मार्ग प्रशस्त
गर्न सके उहाँको जीर्ण तनको मनले आनन्द अनुभूत गर्न सक्छ ।
अस्तु !
लोकभावनाबाट
==========================================
वहाँ ‘ठूलो’ मान्छे हुँदै हैन !
जनक लम्साल
श्यामप्रसाद शर्मा कुशल संगठक, सफल नेता, सही विश्लेषक, स्वच्छ पत्रकारिताका एक आदर्श हुनुहुन्छ ।
श्यामप्रसाद शर्मालाई धेरैले विभिन्न प्रकारले बुझेका छन् तर मेरो बुझाइमा वहाँसँग
जो जति सामीप्यमा रहे सबैको परिवारको एक अभिन्न सदस्य हुनुहुन्छ वहाँ । जुन
परिवारमा पुग्नु हुन्छ, बालकदेखि वृद्धसम्मका सबैसँग भलाकुसारी गरी हालचाल, क्रियाशीलता, आफ्नो क्षेत्रमा
खेलिरहेको भूमिकाको बारेमा सविस्तार बुझ्ने, राय लिने अनि सुझाव दिने गरेको
मैल आफ्नो परिवारमा पाएको छु र अन्य परिवारमा पुग्नु हुँदा पनि यस्तै बुझेको छु ।
म वहाँलाई ठुलोबुवा भनेर सम्बोधन गर्छु र हेटौँडा आउँदा प्रायः भेट हुन्थ्यो ।
विभिन्न कार्यक्रमका स्थानसम्म साथी बनेर जाने जिम्मेवारी समेत मैले पाउँथे ।
वहाँको त्यो व्यक्तित्वको अगाडि साथी त के हुनु पछिपछि लुरुलुरु
हिँड्थेँ । यसरी कहिले ट्याम्पुमा झुन्डिएर त कहिले बसमा उभिएरै हेटौँडा र
काठमाडौमा हिँडिएको स्मरण मसँग ताजै छ ।
आजको परिवेशमा जनताको हैन फट्याइँ झुण्डको नेतृत्व गर्दै सरकारी ढुकुटी
दुरुपयोग गरेर हिँड्नेहरू नेता र अगुवा भएका छन् । समाजलाई डो¥याउन मार्गनिर्देश गर्ने
र आफैँ अनुकरणीय हुने हैन गुनगान गाउने दुई÷चार जना वरिपरि राखी फोस्रा गफ
छाटेर वरिष्ठ साहित्यकार र पत्रकार हुँ भन्नेहरू पनि धेरै छन् । यस्ता कथित ठूला
भनाउँदाहरू जस्तो श्यामप्रसाद ‘ठूलो’ मान्छे हुँदै हैन ।
लोकभावनाबाट
--------------------------------------
स्वान्तसुखायका विपक्षी
- विष्णु प्रभात
प्रगतिशील सैद्धान्तिक निष्ठालाई व्यवहारमा दुरुस्त अँगाल्ने दुर्लभ स्रष्टाहरूमध्ये श्यामप्रसाद अग्रपंत्तिा्कमा पर्दथे।
श्यामप्रसाद शर्माको जीवनी निकै रोचक छ। उनी मकवानपुरको सोलीथुम गाउँमा वि.सं. १९८६ असार ६ गते जन्मिए। पछि पिता जोगनाथका साथ वीरगञ्जको गहवा टोलमा बसाइँ सरे। पाँच वर्षमा आमा हुतप्रिया बितेपछि उनी टुहुरो बने र ठूलीआमाको स्नेहमा हुर्किए। कहिले मावली काठमाडौंको चाबहिल र कहिले वीरगञ्ज गर्दै मेटि्रकसम्म पढेपछि उनी स्वाध्यायनमा लाग्छन्। बनारसबाट प्रकाशित 'उदय' पत्रिकामा अनुवाद कविता छपाएर साहित्यिक यात्रा आरम्भ गरेका श्यामप्रसादको लेखन कविता–काव्यमा भन्दा गद्यतर्फ लम्कियो, विशेष गरी निबन्धमा।
साहित्यमा श्यामप्रसादको आगमन वि.सं. १९९६ सालको शहीद पर्वपछि भएको हो। त्यसो त उनलाई राणाशाही विरोधी प्रजातान्त्रिक जागरणको चेतनाले एउटा नवीन क्षितिज देखाइसकेको र कृष्णचन्द्र अर्यालजस्ता अग्रज व्यक्तिबाट बौद्धिक प्रेरणा प्राप्त भइसकेको थियो। परन्तु २००७ सालको राजनीतिक जागरणसँगै उनी वि.सं. २००८ मा सेवा पत्रिका सञ्चालन गर्छन्। जयतु संस्कृतम् आन्दोलन, पुस्तकालय पर्वको ताडना र लक्ष्मीप्रसाद देवकोटाजस्ता महाकविसमेत निर्वासित अवस्थामा रहेका वेला श्यामप्रसाद पत्रकारिता र साहित्य सेवामा संलग्न हुन्छन्। निरंकुशता विरोधी संघर्षका दौरान पटक पटक जेल पर्छन्।
कमलमणि दीक्षित
प्रजापरिषद्सँग निकट श्यामप्रसाद पुष्पलालको सम्पर्कबाट कम्युनिष्ट विचारधारातर्फ आकर्षित हुन्छन्। हिन्दी प्रगतिशील साहित्यको अध्ययनसँगै कम्युनिष्ट पार्टीको प्रचारप्रसार विभागमा काम गर्न थाल्छन् र मशाल पत्रिकामा केही समय काम गरेपछि हालखबर, नयाँ समाज जस्ता पत्रिकामा संलग्न हुन्छन्। स्वास्नी मान्छे, साहित्य जस्ता पत्रिका सञ्चालन गर्दै अघि बढ्छन्। वि.सं. २०१९ मा हंगेरीको राजधानी बुडापेष्टमा आयोजित कार्यक्रममा नेपाली पत्रकारहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुग्छन्। चीनको पनि भ्रमण गर्दछन्। यसबाट श्यामप्रसादको प्रगतिशील भावधारा सुदृढ बन्छ र आफ्ना सिर्जनाहरूमा त्यही विचारधारा प्रतिबिम्बित हुन पुग्दछ।
नेपाली साहित्यको प्रगतिशील भावधारामा योजनाबद्ध लेखनलाई प्रवर्द्धन गर्ने उद्देश्यले असोज २००९ मा श्यामप्रसादले प्रगतिशील लेखक संघ (प्रलेस) नै स्थापना गरे। र, प्रगतिवादी सौन्दर्य चिन्तनको नेपाली बान्की प्रस्तुत गर्नतर्फ मनग्गे समय खर्चिए। 'लेखक कसरी बन्ने?' पुस्तक यस दिशाको पहिलो कृति थियो। श्यामप्रसादको प्रेरणा र परामर्शमा हृदयचन्द्रसिंह प्रधान जस्ता लेखक पनि प्रगतिशील भावधारामा लागे। कृष्णचन्द्रसिंह प्रधान, धर्मराज थापा, आनन्ददेव भट्ट, शक्ति लम्साल, रमेश विकल, डीपी अधिकारी, बल्लभमणि दाहाल, भूपि शेरचन, गोविन्द भट्ट, भवानी घिमिरे, मदनमणि दीक्षित आदि लेखकहरू प्रगतिशील बन्न पुगे। यीमध्ये कतिपय विचलित भएर निष्ठा बदल्न पुगे तर श्यामप्रसाद अटल रहे।
साहित्य शास्त्रीय अध्ययन र दिग्दर्शनका लागि उनले केही सैद्धान्तिक पुस्तक पनि लेखे। साहित्य सम्बन्धी दुई चार कुरा, साहित्यका पात्रपात्री र साहित्यमा सापेक्षता जस्ता रचना यसै सन्दर्भका उपज हुन्। समाजमा व्याप्त विभेदका विरुद्धमा 'तँ, तिमी, तपाइँ हजुर' र बहिनीलाई चिठी जस्ता निबन्धमार्फत सुधारको बाटो देखाए। धर्मबारे केही कुरा, संस्कृतिसम्बन्धी दुई चार कुरा, परिवार र नाता कुटुम्बबारे, प्रेम र विवाहका विषयमा सबैका लागि घर जस्ता रचनाले उनको सांस्कृतिक दृष्टिकोण प्रकट गर्दछ। सामाजिक परिवर्तनका लागि बिगुल फुक्ने संगठक र अगुवा ज्ञान प्रसारकको रुपमा समेत आफूलाई गतिशील बनाए। सादा जीवन र उच्च विचारको आदर्शमा आफूलाई आजीवन आबद्ध गरे।
यस्ता गुणले भरिएका श्यामप्रसादसँग मेरो भेट भूमिगतकालमै भएको थियो। मैले उनीसँग लिएको अन्तर्वार्ता प्रकाश साप्ताहिक र लहर पत्रिकामा छापियो। त्यसपछि नै धेरैले उनी जीवितै रहेको पत्तो पाएका थिए। पछि प्रलेसमा आबद्ध भएर निकै वर्ष सँगसँगै काम पनि गर्यौं। मैले उनका पुस्तक लेखक कसरी बन्ने? र बहिनीलाई चिठी दुवै भाग एउटै गरी पुनः प्रकाशन गर्ने व्यवस्था मिलाएँ। कम्युनिष्ट पार्टीका अगुवा राजनीतिज्ञका रुपमा श्यामप्रसादले नेतृत्वका विषयमा, मजदूरसम्बन्धी काम र वर्ग विश्लेषण गर्दा भन्ने पुस्तिका पनि तयार पारे।
प्रगतिशील फाँटमा मात्र हैन प्रतिध्रुवका आँखामा पनि सरल भाषामा स्पष्ट र तिक्खर भनाइद्वारा हेपिएका जनताको हित औंल्याउनु र हक प्राप्तिको लक्ष्यले प्रेरित हुनु श्यामप्रसादका निबन्धको वैशिष्ट्य हो। विषयवस्तुमा पाइने सन्देशलाई लिएर केहीले उनको रचनालाई 'उपदेशात्मक लेखन' भनी उल्लेख गरे पनि सार्वजनिक हितमा समर्पित भएकाले यस्ता टिप्पणीहरू क्षम्य छन्। उनका सिर्जनामा मनोवादी गन्थन होइन, वस्तुवादी सत्यको उद्गार पाइन्छ। उनको लेखनमा पूर्वार्द्धको प्रखरता उत्तरार्द्धमा पाइँदैन भन्ने गरेको पनि सुनिन्छ। परन्तु रचनाहरूको जनउपयोगिता ठम्याउने हो भने त्यो भनाइ झूटो ठहर्छ। जनउपयोगितावादी लेखन र स्वान्तसुखायवादी लेखनका बीचको अन्तर छर्लङ्गिन्छ।
त्यसो त श्यामप्रसाद कहिलेकाहीं अति यथार्थवादी नदेखिएका होइनन्। यो कमजोरीले उनका कुनै कुनै रचना विवादित पनि बने। तर, एक दुई सामान्य कमजोरीका आधारमा उनको समग्र योगदानको अवमूल्यन हुन सक्दैन। ८८ वर्षको उमेरमा २४ वैशाखमा बितेका श्यामप्रसाद नेपाली साहित्यमा प्रगतिवादी निष्ठाका आदर्श पुजारी हुन् भन्ने तथ्यगत सत्यप्रति विमति बोल्ने ठाउँ नै छैन।
http://nepalihimal.com बाट
=================================================
श्यामप्रसाद विशेष -
No comments:
Post a Comment