Saturday, January 2, 2016

प्रलेस नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठक सम्पन्न

परिपत्र 











































=====================================================

प्रगतिशील लेखक सङ्घको नवौं राष्ट्रिय सम्मेलनद्वारा संशोधित तथा पारित विधान



प्रस्तावना

साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो र यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक आमूल रूपान्तरणका लागि सहयोग पु¥याउनुपर्छ भत्रे चिन्तन राखी वर्गविभक्त समाजमा वर्गसङ्घर्षलाई उक्त रूपान्तरणको प्रमुख कारक एवं प्रेरक तत्त्व ठात्रे र श्रमिक वर्गलाई सम्पूर्ण भौतिक एवं भावनात्मक सम्पदाका स्रष्टा र इतिहासका निर्माता स्वीकार गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई सौन्दर्यचिन्तनको आधारका रूपमा अँगाली समाजमा व्याप्त सामन्तवाद, साम्राज्यवाद, प्रभुत्ववाद तथा विस्तारवादको विरोध गर्ने अनि कलासाहित्यका क्षेत्रमा वैज्ञानिक चेतनाले सुसज्जित समाजवादी यथार्थवादी धाराको प्रतिनिधित्व एवं पक्षपोषण गर्ने साङ्गठनिक रूपमा प्रतिबद्ध तथा अप्रतिबद्धसमेत रहेका साहित्य–सर्जकहरूको साझा मञ्चका रूपमा क्रियाशील राष्ट्रिय स्तरको सङ्गठन प्रगतिशील लेखक सङ्घ हो । यस सङ्घलाई विधिवत् सञ्चालन गर्न सङ्घको एक विधान हुनु आवश्यक भएकाले प्रगतिशील लेखक सङ्घको प्रथम राष्ट्रिय सम्मलेनबाट पारित यो विधान नवौं राष्ट्रिय सम्मेलनबाट सामान्य संशोधनसहित पारित गरिएको छ ।

उद्देश्य र कार्यक्रम

प्रलेसको उद्देश्य तथा कार्यक्रम निम्न बमोजिम हुनेछन् :


१. प्रगतिशील लेखकहरूको हकहितको संरक्षण एवं सम्बद्र्धनका निम्ति प्रयत्नशील एवम् कार्यरत रहने ।


२.  विद्यमान सामन्तवादी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्दै मौलिक, राष्ट्रिय तथा नयाँ जनवादी संस्कृतिको योजनाबद्ध निर्माणका साथै मुलुकको जनगणतान्त्रिक रूपान्तरणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय रहने ।


३.  अन्धविश्वास, रूढिवाद तथा सबै खाले अवैज्ञानिक एवं यथास्थितिवादी विचार र रचनाप्रति आलोचक हँुदै वैज्ञानिक एवं प्रगतिशील÷प्रगतिवादी सिर्जनकर्मलाई विकसित एवं समृद्ध तुल्याउन योजनाबद्ध रूपमा क्रियाशील रहने ।


४.  देशभित्र विद्यमान सबै भाषाको विकासका निम्ति भाषिक समानताको अधिकारको पक्षपोषण गर्दै उक्त समान भाषिक अधिकारको प्राप्ति एवं अन्तर्भाषिक सामञ्जस्यका साथै विभित्र भाषामा जनपक्षीय साहित्य–संस्कृतिको विकासका निम्ति क्रियाशील रहने ।


५.  राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता तथा आत्मनिर्भर अर्थतन्त्रका पक्षमा रहँदै सबै प्रकारका असमान सन्धिहरूका विरुद्धमा दृढतापूर्वक उभिने ।


६.  अन्यायका विरुद्ध विद्रोह गर्नु अधिकार हो भत्रे मान्यतालाई आत्मसात् गर्दैै सम्पूर्ण जनसमुदायका न्यायपूर्ण सङ्घर्षका पक्षमा दृढतापूर्वक कलम चलाउने तथा सबै खाले निरङ्कुशताको विरोध गर्दै न्याय, समानता एवं मानवअधिकारको बहालीका निम्ति सङ्घर्षरत रहने ।


७.  वर्गीय, लैङ्गिक, जातीय तथा वर्णगत (छुवाछुतजन्य), धार्मिक एवं क्षेत्रीय (भौगोलिक) आदि मानवद्वेषी विभेद तथा उत्पीडनका विरोधमा दृढतापूर्वक उभिँदै यस्ता विभेदको अन्त्य एवम् परस्पर सद्भाव र सामञ्जस्यपूर्ण समाजनिर्माणका निम्ति शब्द र कर्मका क्षेत्रमा सक्रिय हुने ।


८. आवश्यकताअनुसार विभिन्न स्वदेशी तथा विदेशी भाषाका प्रगतिशील कृतिहरूलाई एकअर्का भाषामा अनुवाद गर्ने ।


९. विभिन्न जातिका जनताहरूबीच फुट, द्वेष तथा अहङ्कार फैलाउने तथा कुनै क्षेत्रमा साम्प्रदायिक विचार ल्याउन खोज्ने तत्त्व तथा प्रयत्नहरूका विरुद्धमा दृढतापूर्वक उभिने ।


१०. कुनै पनि शक्ति राष्ट्रहरूको साम्राज्यवादी क्रियाकलापहरूको विरोध गर्दै अन्यायपूर्ण युद्धको विरुद्धमा हुने जनवादी तथा राष्ट्रिय मुक्ति आन्दोलन एवम् सङ्घर्षहरूको र विश्वशान्तिको पक्षमा दृढतापूर्वक उभिने ।


११. अन्तर्राष्ट्रिय क्षेत्रमा प्रगतिशील तथा जनवादी सांस्कृतिक–साहित्यिक सङ्गठनहरूसित भाइचारा एवं मैत्रीसम्बन्ध कायम राख्ने ।


१२.  धर्मनिरपेक्षताका पक्षमा दृढतापूर्वक उभिँदै यसको पूर्ण व्यावहारिक प्रत्याभूतिका निम्ति आवाज उठाउने तथा धर्मनिरपेक्षताका आधारमा राष्ट्रिय एकता एवं  सामाजिक सद्भावको विकासका निम्ति क्रियाशील रहने ।


१३.  नेपाली भाषाका अतिरक्ति सबै भाषाका प्रगतिशील साहित्यकारहरूको साझा मञ्चका रूपमा प्रलेसलाई विकास गर्ने र राज्यको पुनः संरचनाअनुरूप सङ्गगठन निर्माणको पहल गर्ने ।

स्पष्टीकरण तथा व्याख्या

 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा–


(क) प्रलेस वा सङ्घ भन्नाले यस विधानअनुरूप गठित प्रगतिशील लेखक सङ्घ भन्ने सम्झनुपर्छ ।


(ख) सदस्य भन्नाले यस विधानको धारा ४ बमोजिम बन्न सक्ने तीनै प्रकारका सदस्यहरूलाई बुझिनेछ ।


(ग) सङ्गठन भन्नाले यस विधानअनुरूप गठन भएको प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको राष्ट्रिय परिषद्, केन्द्रीय समिति र केन्द्रीय समितिले विधिवत् गठन गरेका शाखाहरूलाई समेत बुझिनेछ ।


(घ) विधान भन्नाले प्रगतिशील लेखक सङ्घ, नेपालको विधान २०५२ बुझिनेछ  ।


(ङ) के.स. भन्नाले प्रगतिशील लेखक सङ्घको केन्द्रीय समिति बुझिनेछ ।

धारा १. नाम

 यस सङ्गठनको नाम प्रगतिशील लेखक सङ्घ, नेपाल रहनेछ र सङ्क्षेपमा जसलाई प्रलेस, नेपाल भनिनेछ । अङ्ग्रेजीमा यसलाई  Progressive Writer's Association Nepal भनिनेछ ।

धारा २. प्रारम्भ

यो विधान तुरुन्त लागु हुनेछ ।

धारा ३. झन्डा

यस सङ्गठनको झन्डा रातो पृष्ठभूमि भएको समकोणीय चारकुने आकारको हुनेछ । यसको बीचमा सेतो रङ्गको खुलेको खालि कापी र कापीको माथि बायाँपट्टि बिर्को घुसारिएको र निबको टुप्पो लेख्ने अवस्थामा रहेर माथिबाट तल कापीमा ४० डिग्रीको कोणमा निहुरिएको कलम रहनेछ ।

धारा ४. सदस्यता

प्रलेसको सदस्यता सम्बन्धमा निम्नबमोजिम व्यवस्था गरिनेछ–


४.१ प्रलेसको उद्देश्य र कार्यक्रमसँग सहमत कुनै पनि साहित्यसर्जक तथा साहित्यिक पत्रिकाका सम्पादक प्रलेसको साधारण सदस्य बन्न सक्नेछन् ।


४.२ प्रलेसको उद्देश्य र कार्यक्रमअनुरूप क्रियाशील रही साहित्यको दीर्घ सेवा गरिआएका विशिष्ट व्यक्तिहरूलाई प्रलेसको मानार्थ–सदस्यता प्रदान गर्न सकिनेछ ।

धारा ५. सदस्यता प्राप्ति
प्रलेसका मानार्थ सदस्यताबाहेक अन्य सदस्यता केन्द्रीय समिति वा निजले तोकेको व्यक्ति वा शाखाले प्रदान गर्नेछ ।

धारा ६. सदस्यता–शुल्क
प्रलेसका सदस्यहरूको सदस्यता–शुल्क निम्नबमोजिम हुनेछ–


६.१ प्रलेसका साधारण सदस्यहरूले एउटा राष्ट्रिय सम्मेलनदेखि अर्को राष्ट्रिय सम्मेलनसम्मको नवीकरण शुल्क वार्षिक १००। (रु. एक सय) का दरले एकमुष्ट रु. ३००। (रु. तीन सय) बुझाउनुपर्नेछ ।


६.२ साधारण सदस्य हुने योग्यता पुगेका व्यक्तिले सदस्यता लिँदा नयाँ सदस्यता शुल्क रु.१०० (रु. एक सय) बुझाउनुपर्नेछ । यसमा केन्द्रले तोकेबमोजिमको थप प्रवेश शुल्क बुझाउन पर्नेछ ।


६.३ साधारण सदस्य हुने योग्यता पुगेका वा सदस्य भइसकेका कुनै पनि सदस्यले नयाँ सदस्यता लिँदा वा नवीकरण गर्दा आजीवन सदस्यता लिन चाहेमा आजीवन सदस्यता शुल्कबापत एकमुष्ट रकम रु. ५०००। (रु. पाँच हजार) बुझाई आजीवन सदस्यता लिन सकिनेछ ।

धारा ७. सङ्गठनको स्वरूप
७.१  प्रलेसको सर्वोच्च नेतृत्वदायी निकाय राष्ट्रिय सम्मेलन हुनेछ । दुईओटा राष्ट्रिय सम्मेलनका बीचको अवधिका निम्ति राष्ट्रिय सम्मेलनले केन्द्रीय समितिसहितको ९१ जनाको एक राष्ट्रिय परिषद् गठन गर्नेछ । केन्द्रीय समितिको सङ्ख्या ४५ जनाको रहनेछ, जसमा अध्यक्ष, एक महिला उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ९ पदाधिकारी रहनेछन् । केन्द्रीय समितिले पदाधिकारीसमेत रहने गरी १५ जनासम्मको सचिवालय गठन गर्नेछ । केन्द्रीय पार्षद संख्या ४६ रहनेछ ।


७.२ केन्द्रीय समितिलाई सल्लाह दिनका लागि लब्धप्रतिष्ठित प्रगतिशील लेखकहरूमध्येबाट एक सल्लाहकार समिति गठन गरिनेछ । सल्लाहकारको काम प्रलेसको समग्र विकासका लागि के.स.लाई आवश्यक परामर्श सल्लाह र सुझाव दिनु हुनेछ । सल्लाहकारको सङ्ख्या के.स.ले तोकेबमोजिम हुनेछ ।


७.३. प्रलेसको सक्रियतालाई राष्ट्रव्यापी रूपमा प्रभावकारी ढङ्गले अघि बढाउन देशको कुनै खास इलाका या क्षेत्रमा रहेका प्रलेसका सदस्यहरूले आवश्यकता महसुस गरेका त्यस्ता स्थानहरूमा केन्द्रीय समितिको अनुमति लिएर शाखाहरू गठन गर्न सक्नेछन् र यस्ता शाखाहरूको सङ्गठनात्मक ढाँचाको हकमा स्थानीय तहका हुनेछन् । स्थानीय तहका शाखाहरूबाट राष्ट्रिय सम्मेलनमा सदस्य सङ्ख्याको २५ प्रतिशतसम्मले प्रतिनिधित्व गर्न पाउनेछन् । आफ्ना सदस्यहरूबाट उठेको ५० प्रतिशत शुल्क शाखामै खर्च गरी अरू रकम केन्द्रमा पठाउनुपर्नेछ ।


७.४ केन्द्रीय समितिको आप्mनै कार्यालय तथा छाप रहनेछ ।


७.५ प्रतीक चिह्न (लोगो) को बनावट झन्डामाथि प्रगतिशील लेखक सङ्घ, नेपाल र झन्डाको तलतिर स्था. २००९ र अङ्ग्रेजी भाषामा नाम र बीचमा रेखासहित स्थापना ई. १९५२ भएको गोलाकार हुनेछ ।

धारा ८. राष्ट्रिय सम्मेलन
८.१  प्रलेसको राष्ट्रिय सम्मेलन प्रत्येक तीन वर्षमा गरिनेछ । यसका प्रत्येक सदस्यहरूलाई सम्मेलनमा प्रतिनिधित्व गर्ने, राष्ट्रिय सम्मेलनमा भाग लिने, मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्राप्त हुनेछ ।


८.२ राष्ट्रिय सम्मेलन तोकिएको अवधिमा गर्नुपर्नेछ । विशेष परिस्थितिमा छ महिनाअघि वा पछि गर्न सकिनेछ ।


८.३ प्रलेसका २५ प्रतिशत सदस्य वा राष्ट्रिय सम्मेलनले चयन गरेको राष्ट्रिय परिषद्को सामान्य बहुमतले कुनै खास स्थितिको उल्लेख गर्दै राष्ट्रिय सम्मेलन बोलाउनुपर्ने आवश्यकता दर्साएर लिखित प्रस्ताव पेस गरेमा केन्द्रीय समितिले सो प्रस्ताव पेस भएको ३ महिनाभित्र राष्ट्रिय सम्मेलन बोलाउनुपर्नेछ ।


      ८.४ साझा मञ्चको अवधारणाअनुरूप  प्रलेसको नेतृत्व निर्माण गर्दा यसका सदस्यहरूबीच जनवादी छलफलद्वारा आपसी सहमतिका आधारमा लोकतान्त्रिक विधिअनुरूप नेतृत्व निर्माण गरिनेछ र त्यस क्रममा मुलुकभित्र विद्यमान विभित्र भाषाभाषी, महिला, दलित, जनजाति तथा क्षेत्र (भूगोल) एवं अपाङ्गहरूको न्यायोचित प्रतिनिधित्व गराउने व्यवस्था पनि मिलाइनेछ ।


८.५ राष्ट्रिय सम्मेलनले निर्वाचनका निम्ति एउटा निर्वाचनसमितिको गठन गर्नेछ ।


८.६ शाखाका सम्मेलनहरू प्रत्येक दुई वर्षमा हुनेछन्, कार्यकारिणीको सङ्ख्या ७–१५ सम्म रहनेछ ।

धारा ९. राष्ट्रिय परिषद्
९.१ राष्ट्रिय परिषद्को बैठक वर्षमा सामान्यतः २ पटक बस्नेछ र सो बैठक बोलाउने कर्तव्य केन्द्रीय समितिको हुनेछ ।


९.२ राष्ट्रिय परिषद्ले केन्द्रीय समितिलाई आवश्यक मामिलामा रायसल्लाह दिने, केन्द्रीय समितिको क्रियाकलापको मूल्याङ्कन गर्नेछ ।


९.३ राष्ट्रिय परिषद्को बैठकको अध्यक्षता केन्द्रीय समितिका अध्यक्षले गर्नेछन् ।

धारा १०. केन्द्रीय समिति तथा शाखा समिति
१०.१ राष्ट्रिय परिषद्का बैठकहरूबीचको अवधिका निम्ति प्रलेसको अधिकारसम्पन्न सर्वोच्च निकाय केन्द्रीय समिति नै हुनेछ ।


१०.२ केन्द्रीय समिति प्रलेसको राष्ट्रिय सम्मेलनप्रति जिम्मेवार रहनेछ ।


१०.३ सदस्यता प्राप्ति, सदस्यहरूमाथि आचारसंहिता, सदस्यहरूलाई आत्मालोचना, नसिहत, निलम्बन वा निष्कासन, मानार्थ सदस्यता प्रदानलगायत सदस्यतासम्बन्धी सम्पूर्ण क्रियाकलापहरूमा केन्द्रीय समितिले अन्तिम निर्णय लिनेछ ।


१०.४ सामान्यतयाः केन्द्रीय समितिको बैठक ६ महिनामा १ पटक बस्नेछ । आवश्यकताअनुसार प्रलेसका अध्यक्षको सरसल्लाह एवं निर्देशनअनुरूप प्रलेसका महासचिवले के.स.को बैठक जुनसुकै बेलामा पनि बोलाउन सक्नेछन् । वर्षमा हुने ३ ओटा बैठकका समयावधिका बीचमा आवश्यकतानुसार सचिवालयको बैठकले पनि आवश्यक निर्णय लिई कार्य सञ्चालन गर्नेछ ।


१०.५ प्रलेसका नियमित बैठकका निम्ति ५० प्रतिशतभन्दा बढी सदस्यको उपस्थितिलाई गणपूरक मानिनेछ भने विशेष बैठक सञ्चालनका निम्ति ६० प्रतिशतभन्दा बढी सदस्यहरूको उपस्थिति आवश्यक पर्नेछ ।


१०.६ समितिका २५ प्रतिशतभन्दा बढी सदस्यहरूले के.स.को बैठकको माग गरी अनुरोध गरेमा अध्यक्षले के.स.मा महासचिव र शाखाको हकमा सचिवलाई बैठक बोलाउन निर्देशन दिनुपर्नेछ । यस्तो बैठकको गणपूरक सङ्ख्या ६० प्रतिशत रहनेछ ।


१०.७ के.स.का बैठकहरूमा प्रलेसका मानार्थ सदस्यहरूलाई स्थायी आमन्त्रितको रूपमा स्थान प्राप्त रहनेछ । मानार्थ सदस्यहरूलाई छलफलमा भाग लिने अधिकार हुनेछ तर कुनै पनि विषयमा उहाँहरूबाट मतदान भने हुनेछैन । स्थायी आमन्त्रितहरूको उपस्थिति वा अनुपस्थितिले गणपूरक सङ्ख्यामा कुनै प्रभाव पार्नेछैन ।


१०.८ साङ्गठनिक तथा सिर्जनात्मक कार्यलाई अघि बढाउनका निम्ति केन्द्रीय समितिले राष्ट्रिय परिषद्का सदस्यहरूसमेतलाई समेटी आवश्यक विभागहरू गठन गर्न सक्नेछ । विभागको काम, कर्तव्य के.स.ले तोकेबमोजिम हुनेछ । ती विभागहरू के.स.प्रति जबाफदेही हुनेछन् ।


१०.९ केन्द्रीय समितिका मातहतमा रहने गरी सम्भव भएका ठाउँमा स्थानीय शाखाहरू गठन गरिनेछन् । स्थानीय शाखाले प्रलेसको विधानमा उल्लिखित उद्देश्यअनुरूपका सिर्जनात्मक, साङ्गठनिक, वैचारिक तथा आवश्यकताअनुरूप सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्नेछन् । सो सन्दर्भमा आवश्यकतानुसार केन्द्रीय समितिसँग सहयोग र परामर्श लिनेछन् ।


१०.१० स्थानीय शाखाहरूले केन्द्रीय समितिले निर्देश गरेअनुरूपका कार्यक्रमहरू सञ्चालन गर्नेछन् र शाखाका गतिविधिबारे केन्द्रीय समितिलाई अद्यावधिक जानकारी गराउनेछन् ।


१०.११ प्रलेसको राष्ट्रिय सम्मेलन हुनुअगाडि (प्रत्येक ३ वर्षमा) शाखाहरूको सम्म्ेलन गरी नयाँ शाखा समितिहरू निर्माण गरिनेछन् र ती समितिले प्रलेसको राष्ट्रिय सम्मेलनमा सो क्षेत्रबाट प्रतिनिधित्वको व्यवस्था मिलाउनेछन् ।



धारा ११. आचारसंहिता
११.१ प्रलेसको के.स.ले सङ्घका सदस्यहरूका निम्ति अनुसूची १ बमोजिमको आचारसंहिता लागु गर्नेछ ।


११.२ आचारसंहिता पालन गर्नु सबै सदस्यको कर्तव्य हुनेछ ।


११.३ प्रलेसका आधिकारिक धारणा प्रस्तुत गर्दा सचिवालयको निण्र्नयअनुरूप अध्यक्ष र महासचिवले प्रवक्ताको काम गर्नेछन् ।

धारा १२. अध्यक्ष
१२.१ अध्यक्षले बैठकको अध्यक्षता गर्नेछन् ।


१२.२ केन्द्रीय समिति एवं पदाधिकारीहरूको कामको निरीक्षण तथा सुपरीवेक्षण गर्नेछन् ।


१२.३ के.स.को बैठकमा मतदान हुँदा मत बराबर भएमा निर्णायक मत दिनेछन् ।


१२.४ अध्यक्षले आवश्यकताअनुसार स्वविवेकमा प्रलेसको कोषबाट रु. १०,०००।– (रु. दस हजार) सम्म खर्च गर्न सक्नेछन् । खर्चको अनुमोदन के.स.को आगामी बैठकमा गराउनुपर्नेछ ।

धारा १३. उपाध्यक्ष

१३.१ अध्यक्षको अनुपस्थितिमा अध्यक्षको सम्पूर्ण काम उपाध्यक्षले सञ्चालन गर्नेछन् ।


१३.२ अध्यक्षको काममा आवश्यक सहयोग गर्नेछन् ।

धारा १४. महासचिव
१४.१ महासचिवले अध्यक्षको परामर्श लिई के.स. तथा राष्ट्रिय परिषद्को बैठकका लागि प्रतिवेदन तयार पार्ने, कार्यक्रम बनाउने तथा बैठक बोलाउने काम गर्नेछन् ।


१४.२ के.स.को दैनिक कार्यसञ्चालन गर्नेछन् र सङ्गठननिर्माणमा पहल गर्नेछन् ।


१४.३ प्रलेसको कागजपत्र, चलअचल सम्पत्तिको सङ्कलन तथा संरक्षण गर्नुका साथै त्यसको अभिलेख राख्नेछन् ।


१३.४ आवश्यकताअनुसार बढीमा रु. ५,०००।– (रु. पाँच हजार) सम्म स्वविवेकले खर्च गरी के.स.को आगामी बैठकबाट अनुमोदन लिनेछन् ।

धारा १५. सचिव
१५.१ महासचिवको अनुपस्थितिमा महासचिवको सम्पूर्ण काम सचिवले गर्नेछन् ।


१५.२ महासचिवको काममा आवश्यक सहयोग गर्नेछन् ।


१५.३ शाखा समितिका सचिवले भने अध्यक्षको परामर्शमा शाखाका कार्य सञ्चालन गर्नेछन् ।

धारा १६. कोषाध्यक्ष

१६.१ आम्दानी खर्चको फाँटबारी राख्नुका साथसाथै लेखापरीक्षण गराउनेछन् ।


१६.२  अध्यक्षको निर्देशनबाट बजेट तयार पारी बैठकमा पेस गर्नेछन् ।


१६.३ सङ्घलाई आर्थिक रूपले सुदृढ बनाउन नेतृत्व प्रदान गर्नेछन् ।

धारा १७. सदस्य
१७.१ के.स.का सदस्यहरूले तोकिएको क्षेत्रमा काम गर्नेछन् र के.स.को कामको अवलोकन–निरीक्षण गर्नेछन् ।


१७.२ अध्यक्ष तथा अन्य पदाधिकारीहरूलाई सरसल्लाह र सहयोग दिनेछन् ।


१७.३ सामूहिक एवम् साङ्गठनिक भावनालाई दरो पार्ने व्यावहारिक क्रियाकलापहरूमा संलग्न रहनेछन् ।



धारा १८. पदरिक्तता, पदपूर्ति र राजिनामा
१८.१ कुनै पनि सदस्य, पदाधिकारी या साधारण सदस्यहरूले प्रलेसबाट राजिनामा दिन सक्नेछन् । साधारण सदस्यले सम्बन्धित शाखामा शाखाका अध्यक्षबाहेक अन्य पदाधिकारीले शाखा अध्यक्षलाई र शाखा अध्यक्ष तथा केन्द्रका पदाधिकारी र सदस्यहरूले मार्फत् के.स. समक्ष, पदाधिकारी तथा के.स. सदस्यहरूले केन्द्रीय अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्षसमक्ष राजिनामा पेस गर्नुपर्नेछ । राष्ट्रिय परिषद् सदस्यहरूबाहेक अरूको राजिनामा के.स.को सामान्य बहुमतबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्रिय परिषद्का सदस्यहरूले राजिनामा दिएमा राष्ट्रिय परिषद्को बहुमतले स्वीकृत गर्नुपर्नेछ । 


१८.२ कुनै पनि पदाधिकारी वा समितिका सदस्यले राजिनामा दिएर उक्त राजिनामा स्वीकृत भएमा, खारेजी वा अनुशासनको कार्बाहीमा परी निष्कासन भएको खण्डमा वा मृत्यु भएमा उक्त पद रिक्त भएको मानिनेछ । 


१८.३ यसरी रिक्त हुन आएको पदपूर्ति सम्बन्धमा सामान्य बहुमतबाट बाँकी पदावधिका लागि मनोनयनद्वारा पूर्ति गरिनेछ ।

धारा १९. अर्थव्यवस्था
१९.१ सदस्यता–शुल्क, सहयोग र अन्य विविध कार्यबाट प्राप्त रकम प्रलेसको आयस्रोत हुनेछ ।


१९.२ प्रलेसको खाता अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको संयुक्त दस्तखतबाट सञ्चालन गरिनेछ । शाखाको हकमा अध्यक्ष र सचिवमध्ये एक र कोषाध्यक्ष अनिवार्य रहने गरी संयुक्त दस्तखतबाट खाता सञ्चालन गरिनेछ ।

धारा २०. विधान संशोधन
यस विधानलाई राष्ट्रिय सम्मेलनको २/३ मतबाट संशोधन गर्न सकिनेछ ।

धारा २१. केन्द्रीय कार्यालय
प्रलेसको केन्द्रीय कार्यालय के.स.ले तोकेको ठाउँमा रहनेछ ।




अनुसूची – एक

प्रगतिशील लेखक सङ्घ, नेपालको आचारसंहिता




(क) सङ्घभित्रका लेखकहरूका माझ वैमनस्य, असमझदारी, कलह र फुट उत्पन्न हुने तथा सङ्घको सिद्धान्त र उद्देश्यविपरीत जाने किसिमको कुनै पनि वक्तव्य, मन्तव्य, लिखत, अभिव्यक्ति आदि नदिने, त्यस्तो व्यवहार पनि नदेखाउने । साथै यस सङ्घको साझा उद्देश्यलाई हानि हुने गरी कुनै सङ्घसंस्थाको सदस्य नबन्ने । 

(ख)  देशको सार्वभौमिकता, जातीय सद्भाव, राष्ट्रिय अखण्डता, अन्तर्राष्ट्रिय भ्रातृत्व आदिमा विपरीत प्रभाव पार्ने मन्तव्य, वक्तव्य र लेख आदि नदिने । 


(ग) अन्धविश्वासयुक्त धारणाको प्रचारप्रसार नगर्ने । 


(घ)  आप्mनो लेखन र व्यवहारको क्षेत्रमा सामञ्जस्य ल्याउन निरन्तर प्रयत्नशील रहने । 


(ङ)  जातीय, भाषिक, लैङ्गिक, शारीरिक तथा क्षेत्रीय (भौगोलिक) विभेद देखिने वा त्यसलाई प्रश्रय मिल्ने खालको सिर्जना नगर्ने,


(च)  जातीय एकता एवं सद्भावको विकास, भाषिक समानता तथा सांस्कृतिक आदानप्रदानका निम्ति विशेष अग्रसरता देखाउने ।


उपर्युक्त कुराहरूका विरुद्ध कुनै लेखकले कार्य गरेको छ भने त्यस्ता सदस्यको गल्तीको प्रकृति हेरी सङ्घले–
(अ) सर्वप्रथम सामान्य आलोचना गर्नेछ । त्यसको पनि बेवास्ता गरियो भने–


(आ)  कडा आलोचना गर्नेछ । त्यसको पनि बेवास्ता गरियो भने–


(इ) नसिहत दिनेछ र अन्त्यमा केही सुधार नहुने देखिएमा–


(ई) सङ्घबाट निलम्बन गरी निष्काशन समेत गर्न सक्नेछ । 


(उ) तर उपर्युक्त कुनै किसिमले अनुशासनको कार्वाही गर्दा पनि सम्बन्धित सदस्यलाई आपूmले सफाइ दिन पाउने पूरा मौका दिइनेछ । 


(ऊ) साथै कुनै पनि विषयमा उक्त लेखकले सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा आप्mना विचारहरू प्रकट गरेको छ भने त्यो कुरा वैचारिक सङ्घर्षको विषय मात्र बन्नेछ, आचारसंहिताको विषय होइन । त्यसैले कुनै खास कुरो आचारसंहिताको विषय बन्न खास गरी असैद्धान्तिक, अवैचारिक, निजी सङ्कुचितता र स्वार्थबाट प्रेरित भई सङ्घ, त्यसका सदस्य र नेपाली श्रमजीवी जनतालाई हानि पु¥याउने नियत झल्कने हुनुपर्छ, जुन लेखक प्रलेसको विधान नै मान्दैन वा त्यसको विरुद्ध जानु ठीक ठान्छ, ऊ त वास्तवमा प्रलेसको सदस्यता न स्वीकार गर्न सक्दछ न त त्यसो गर्न नै योग्य हुन्छ । 


(ए)  आचारसंहिता उल्लङ्घनका सन्दर्भमा कुनै लेखकद्वारा प्रगतिशील वैचारिकताका सीमाभित्रै रहेर लेखिएको वा अगाडि सारिएको सैद्धान्तिक वा सौन्दर्यशास्त्रीय भिन्न मत वा विचारलाई आचारसंहिताको उल्लङ्घन मानिनेछैन तर प्रगतिशील आचरण एवं प्रलेसको विधानको प्रस्तावना, लक्ष्य एवं भावनाविरुद्ध कुनै सदस्यद्वारा लेखेर वा व्यक्तिगत व्यवहार÷आचरणका माध्यमबाट कुनै गतिविधि गरिएमा त्यसलाई आचारसंहिताको उल्लङ्घनको विषय मानिनेछ र सङ्घले त्यसको प्रकृति हेरी कार्बाहीको प्रक्रिया अघि बढाउनेछ ।


(ऐ)  उपर्युक्त प्रकारको आचारसंहिता मानार्थ एवं आजीवन सदस्यता प्राप्त गरिसकेका लेखकका हकमा पनि लागु हुनेछ ।


No comments:

Post a Comment