Sunday, April 9, 2017

बुटवलमा ‘आन्दोलन साहित्यको सिंहावलोकन’ बिषयक विचार गोष्ठी सम्पन्न ।


‘बुर्जुवा लेखनविरुद्ध प्रतिरोधी हस्तक्षेप आवश्यक’

डबली संवाददाता

२७ चैत २०७३ 



बुटवल । समकालीन बुर्जवा तथा उपभोक्तावादी साहित्यिक चिन्तन तथा उत्तरआधुनिकवादविरुद्ध वैचारिक एवं सिर्जनात्मक हस्तक्षेप गर्नुपर्ने बुटवलका लेखक साहित्यकारहरुले बताएका छन् ।

प्रगतिशील लेखक संघ नेपाल रुपन्देही शाखाद्वारा चैत २६ गते जनआन्दोलन दिवसको सन्दर्भमा बुटवलमा आयोजित ‘आन्दोलन साहित्यको सिंहावलोकन’ बिषय विचार गोष्ठीमा लेखक बुद्धिजीविहरुले देश र जनता दलालहरुको कठघरामा रहेको भन्दै राजनीतिक क्रान्ति पूरा गर्नका लागि प्रगतिशील लेखक साहित्यकारहरुले सिर्जनात्मक हस्तक्षेप गर्नुपर्ने बताए ।

मार्क्सवादी चिन्तक एवं बुद्धिजीवि दिल साहनीले साहित्यिक आन्दोलनको इतिहासमा युद्ध साहित्यको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रतिक्रियावादीहरुले युद्ध साहित्यलाई बिद्रुपीकरण गर्न खोजिएको बताए ।
प्रलेस केन्द्रीय सदस्य डा. घनश्याम परिश्रमीले नेपालको हरेक राजनीतिक आन्दोलनको इतिहासमा लेखक साहित्यकारहरुको योगदानलाई बिर्सन नसकिने बताए । साहित्यकार ऋषिराम भुसालले कला कलाका लागि मात्रै नभएर जीवनका लागि हुनुपर्ने भन्दै साहित्यिक आन्दोलनमा स्रष्टाहरुको भूमिका अविस्मरणीय रहेको धारणा राखे ।

विचार गोष्ठीमा कविहरु रामचन्द्र भट्टराई, अजम्बरध्वज खाती, बालकृष्ण भट्टराई, वामपन्थी लेखक विनबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका नेता बाबुराम आचार्य, माक्र्सवादी विचार मञ्चका पदम कार्कीले धारणा राखेका थिए ।

उक्त अवसरमा कविहरु खोमा तरामु मगर, विकास केसी, कविराज पौडेल, हृदय लेकाली कविता वाचन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष देवेन्द्र घिमिरे, सञ्चालन सचिव डीआर संघार र स्वागत राष्ट्रिय पार्षद सदस्य एवं शाखा उपाध्यक्ष खोमा तरामु मगरले गरेका थिए ।

http://onlinedabali.com बाट साभार 

===========================



No comments:

Post a Comment