Wednesday, October 19, 2016

बङ्गलादेशी लेखकसङ्गको भेटघाट सम्पन्न

२०७३  कार्तिक १ गते आइतबार बङ्गलादेशबाट आफ्नी पत्नी सहित नेपालको निजी भ्रमणमा आउनु भएको प्रगतिशील लेखक सङ्घ, बङ्गलादेशका केन्द्रीय सङ्गठन सचिव एवम् बाङ्गला एकेडेमीका आजीवन सदस्य, प्रसिद्ध विज्ञान कथाकार माधवलाई प्रलेस, केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गरियो । उक्त भेटघाट अवसरमा बङ्गलादेशी र नेपाली प्रगातिशील साहित्यिक आन्दोलनबारे छलफलसमेत गरिएको थियो । कार्यक्रममा उहाँले बङ्गलादेशी कविहरूको संयुक्त सङ्गालो उपहार स्वरूप प्रदान गर्नुभएको थियो भने प्रलेसका विभिन्न अङ्कहरू सङ्घका महासचिव आर.एम्. डङ्गोलले प्रदान गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष लिनु चापागाईँ, डा. अमर गिरी, पूर्व महासचिव मित्रलाल पंज्ञानी, वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवर, उपाध्यक्ष रामप्रकाश पुरी  वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, कोषाध्यक्ष विजयराज आचार्य, सचिवालय सदस्य सङ्गीत श्रोता र आर.सी. न्यौपाने लगायत केन्द्रीय सदस्य गोपिरमण उपाध्याय, दिपक सापकोटा, केन्द्रीय परिषद् सदस्य गुरुङ सुशान्त, जय दाहाल लगायतको उपास्थिति रहेको थियो । 
भेटघाटको संयोजन केन्द्रीय सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागय प्रभाव सङ्गीत श्रोताले गर्नुभएको थियो । 










No comments:

Post a Comment