Tuesday, December 20, 2016

प्रेस विज्ञप्ती -( नइ प्रकाशनको पदक र सम्मानबारे )





मितिः २०७३/०९/०५

प्रेस विज्ञप्ति

नेपाली जनताको लामो त्याग र बलिदानको परिणामस्वरूप मुलुकमा गणतन्त्रको स्थापना भएको हो । गणतान्त्रिक चेतना र संस्कृति निर्माणमा साहित्य, कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहने कुरामा इतिहास साक्षी छ । मरणासन्न सामन्तवादलाई जोगाउन केही साहित्यिक संघ–संस्था र व्यक्तिहरूले खेलेको भूमिकाबारे पनि हामी जानकार छौँ । अहिले पनि त्यस्ता संस्था र व्यक्तिहरू मरिसकेको राजतन्त्र ब्युँताउने र सामन्तवादी सत्ता संस्कृतिलाई टेको दिने कुत्सित सपना देखिरहेकै छन् । यस्तो अवस्थामा मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अग्रगामी परिवर्तनको महान् अभियानमा संलग्न प्रगतिशील लेखक सङ्घजस्ता संघ–संस्था र प्रतिबद्ध स्रष्टाहरूले यस्ता गतिविधिप्रति सचेत र सावधान हुनु उत्तिकै आवश्यक छ । 
यसै सन्दर्भमा गत मङ्सिर ५, २०७३ (वर्ष १७, अङ्क १४) को नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित ‘पदक–पुरस्कार पसल’ शीर्षकको समाचारमूलक आलेख र त्यसै लेखमा प्रस्तुत नरेन्द्रराज प्रसाईंको अन्तर्वार्ताप्रति हाम्रो ध्यानाकर्षण भएको छ । केही वर्षयता मुलुकमा ख्याति प्राप्त अग्रज स्रष्टाहरूको नाममा ‘त्रिमूर्ति निकेतन’ र ‘नइ प्रकाशन’ले विभिन्न पुरस्कार, पदक र सम्मान प्रदान गर्दै आइरहेकोमा त्यसको चयन विधि, औचित्य र प्रयोजनप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौँ । यी पुरस्कार, पदक र सम्मानको माध्यमबाट नेपाली साहित्यमा भाट र चाकरी संस्कृतिको पुनरुत्थान गर्दै सम्मानित, पुरस्कृत व्यक्तित्वकै प्रतिष्ठा र सम्मानलाई धुमिल बनाइएको हाम्रो ठम्याइ छ ।  ठूलो सङ्ख्यामा पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको स्पष्ट देखिन्छ । राज्यबाट प्राप्त स्रोत र साधनबाट राज्यमाथि नै लाञ्छना लगाइनु र पुरस्कृत, समानित व्यक्तित्वकै प्रतिष्ठामा आँच पु¥याइनु दुःखद कुरा हो । यस्ता संस्थाको विगत, उसका क्रियाकलापबारे कुनै मूल्याङ्कन नगरी आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू नै फस्नु अझ दुःखद कुरा हो । साहित्यिक वृत्तमा मूल्यहीनताको विकास हुँदै गएको कुराको टड्कारो उदाहरणको रूपमा यसलाई लिन सकिन्छ  । 
प्रगतिशील लेखक सङ्घ, नेपाल, मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको लागि प्रतिबद्ध लेखक स्रष्टाहरूलाई यस्ता तथाकथित पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र यस्ता पदक, पुरस्कार सम्मान अस्विकार गर्न हार्दिक अपिल गर्दछ । 





अध्यक्ष                                                                                       महासचिव
मातृका पोखरेल                                                                      आर.एम्. डङ्गोल




=======================================


बिभिन्न संचार माध्यमबाट -

पुरस्कारका नाममा विकृति रोक्न माग 

काठमाडौँ, ५ पुस २०७३ । 
प्रगतिशील लेखक सङ्घले साहित्यिक क्षेत्रमा पुरस्कार र सम्मानका नाममा हुने विकृति र राज्यको दुरुपयोग अन्त्य हुनुपर्ने जनाएको छ । सङ्घका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले आज जारी गर्नुभएको विज्ञप्तिमा गणतान्त्रिक मूल्य र मान्यता विपरीत साहित्यिक पदक र पुरस्कारलाई व्यापारिक प्रयोजनमा उपयोग गरिएको तथा चयन विधि, औचित्य र प्रयोजनको सङ्गति नमिलाइएको भन्दै आपत्ति जनाएको हो ।
नई प्रकाशन लगायतका संस्थाले पुरस्कार र सम्मानका नाममा विकृति निम्त्याएको र सरकारले पनि त्यस्तै संस्थालाई सहयोग गरेर प्रोत्साहन गरेको सङ्घले आरोप लगाएकोे छ । 

रासस
2016-12-20 21:13


======================================


पुरस्कारका नाममा विकृति रोक्न माग

काठमाडौँ, ५ पुस - प्रगतिशील लेखक सङ्घले साहित्यिक क्षेत्रमा पुरस्कार र सम्मानका नाममा हुने विकृति र राज्यको दुरुपयोग अन्त्य हुनुपर्ने जनाएको छ ।

सङ्घका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले आज जारी गर्नुभएको विज्ञप्तिमा गणतान्त्रिक मूल्य र मान्यता विपरीत साहित्यिक पदक र पुरस्कारलाई व्यापारिक प्रयोजनमा उपयोग गरिएको तथा चयन विधि, औचित्य र प्रयोजनको सङ्गति नमिलाइएको भन्दै आपत्ति जनाएको हो ।

नई प्रकाशन लगायतका संस्थाले पुरस्कार र सम्मानका नाममा विकृति निम्त्याएको र सरकारले पनि त्यस्तै संस्थालाई सहयोग गरेर प्रोत्साहन गरेको सङ्घले आरोप लगाएकोे छ । 

रासस
मंगलवार, पौष ५, २०७३ मा प्रकाशितhttp://lokaantar.com बाट

========================================

नरेन्द्रराज प्रसाईद्वारा पुरस्कारको नाममा कालो धन्दा, प्रगतिशील लेखक सङ्घको कडा आपत्ति


मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको लागि प्रतिबद्ध लेखक स्रष्टाहरूलाई यस्ता तथाकथित पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र यस्ता पदक, पुरस्कार सम्मान अस्वीकार गर्न अपिल


काठमाडाैं/नेपाली जनताको लामो त्याग र बलिदानको परिणामस्वरूप मुलुकमा गणतन्त्रको स्थापना भएको हो । गणतान्त्रिक चेतना र संस्कृति निर्माणमा साहित्य, कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहने कुरामा इतिहास साक्षी छ । मरणासन्न सामन्तवादलाई जोगाउन केही साहित्यिक संघ–संस्था र व्यक्तिहरूले खेलेको भूमिकाबारे पनि हामी जानकार छौँ ।
अहिले पनि त्यस्ता संस्था र व्यक्तिहरू मरिसकेको राजतन्त्र ब्युँताउने र सामन्तवादी सत्ता संस्कृतिलाई टेको दिने कुत्सित सपना देखिरहेकै छन् । यस्तो अवस्थामा मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अग्रगामी परिवर्तनको महान् अभियानमा संलग्न प्रगतिशील लेखक सङ्घजस्ता संघ–संस्था र प्रतिबद्ध स्रष्टाहरूले यस्ता गतिविधिप्रति सचेत र सावधान हुनु उत्तिकै आवश्यक छ भन्दै प्रगतिशील लेखक सङ्घले अविल गरेको छ । अध्यक्ष मातृका पोखरेल एवम् महासचिव आरएम डङ्गोलद्वरा हस्ताक्षरित वक्तव्यमा भनिएको छ –
‘यसै सन्दर्भमा गत मङ्सिर ५, २०७३ (वर्ष १७, अङ्क १४) को नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित ‘पदक–पुरस्कार पसल’ शीर्षकको समाचारमूलक आलेख र त्यसै लेखमा प्रस्तुत नरेन्द्रराज प्रसाईंको अन्तर्वार्ताप्रति हाम्रो ध्यानाकर्षण भएको छ । केही वर्षयता मुलुकमा ख्याति प्राप्त अग्रज स्रष्टाहरूको नाममा ‘त्रिमूर्ति निकेतन’ र ‘नइ प्रकाशन’ले विभिन्न पुरस्कार, पदक र सम्मान प्रदान गर्दै आइरहेकोमा त्यसको चयन विधि, औचित्य र प्रयोजनप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौँ ।
यी पुरस्कार, पदक र सम्मानको माध्यमबाट नेपाली साहित्यमा भाट र चाकरी संस्कृतिको पुनरुत्थान गर्दै सम्मानित, पुरस्कृत व्यक्तित्वकै प्रतिष्ठा र सम्मानलाई धुमिल बनाइएको हाम्रो ठम्याइ छ ।  ठूलो सङ्ख्यामा पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको स्पष्ट देखिन्छ । राज्यबाट प्राप्त स्रोत र साधनबाट राज्यमाथि नै लाञ्छना लगाइनु र पुरस्कृत, समानित व्यक्तित्वकै प्रतिष्ठामा आँच पुरयाइनु दुःखद कुरा हो ।
यस्ता संस्थाको विगत, उसका क्रियाकलापबारे कुनै मूल्याङ्कन नगरी आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू नै फस्नु अझ दुःखद कुरा हो । साहित्यिक वृत्तमा मूल्यहीनताको विकास हुँदै गएको कुराको टड्कारो उदाहरणको रूपमा यसलाई लिन सकिन्छ  ।
प्रगतिशील लेखक सङ्घ, नेपाल, मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको लागि प्रतिबद्ध लेखक स्रष्टाहरूलाई यस्ता तथाकथित पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र यस्ता पदक, पुरस्कार सम्मान अस्विकार गर्न हार्दिक अपिल गर्दछ ।’

http://www.janapati.com बाट साभार

=================================

पदक र पुरस्कारको मोहमा नफस्न प्रगतिशील लेखक संघको अपिल







प्रगतिशील लेखक संघले साहित्यकारहरु पदक, पुरस्कार र सम्मानको मोहमा नफस्न अपिल गरेको छ। मंसिर ५ गते नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित साहित्यकार नरेन्द्रराज प्रसाईको अन्र्तवार्ताप्रति आपत्ति जनाउँदै संघले जारी गरेको विज्ञप्तिमार्फत सर्जकहरुलाई यस्तो आग्रह गरेको हो।

विज्ञप्तिमार्फत संघले अग्रज स्रष्टाहरूको नाममा ‘त्रिमूर्ति निकेतन’ र ‘नइ प्रकाशन’ले प्रदान गर्दै आएको पुरस्कार, पदक र सम्मानको चयन विधि, औचित्य र प्रयोजनप्रति गम्भीर असहमति जनाएको छ।

संघका अध्यक्ष मात्रिका पोखरेल र महासचिव आर एम डङ्गोलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पुरस्कार, पदक र सम्मानको माध्यमबाट नेपाली साहित्यमा भाट र चाकरी संस्कृतिको पुनरुत्थान गर्दै सम्मानित, पुरस्कृत व्यक्तित्वकै प्रतिष्ठा र सम्मानलाई धुमिल बनाइएको हाम्रो ठम्याइ छ।’

संघले ठूलो सङ्ख्यामा पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको बताएको छ। राज्यबाट प्राप्त स्रोत र साधनबाट राज्यमाथि नै लाञ्छना लगाइनु र पुरस्कृत, सम्मानित व्यक्तिकै प्रतिष्ठामा आँच पुरयाइनु दुःखद कुरा रहेको संघको ठम्याइरहेको छ।

सो अन्र्तवार्तामा प्रसाईंले कतिपय मर्नुअघि पुरस्कार पाए हुन्थ्यो भन्दै उनी भएको ठाउँमा जाने गरेको बताएका थिए। उनले अन्र्तवार्तामा भएका थिए, ‘कतिपय ‘मर्नुअघि पुरस्कार पाए हुन्थ्यो’ भनेर आउँछन्। कतिपय ‘पैसा तँ खा, पुरस्कार मलाई दे’ भन्छन्। कतिपय ‘पैसा मै हाल्छु, सम्मान दे’ पनि भन्छन्।’



http://nepalkhabar.com बाट साभार
प्रकाशित ६ पुस २०७३, बुधबार

===================================

प्रलेसको ठहर :नरेन्द्र प्रसाई साहित्यमा भाटकारिता र चाकरीकारिता गरिरहेछन 
नइ प्रकाशनको पदक र सम्मानबारे




नेपाली जनताको लामो त्याग र बलिदानको परिणामस्वरूप मुलुकमा गणतन्त्रको स्थापना भएको हो । गणतान्त्रिक चेतना र संस्कृति निर्माणमा साहित्य, कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहने कुरामा इतिहास साक्षी छ । मरणासन्न सामन्तवादलाई जोगाउन केही साहित्यिक संघ–संस्था र व्यक्तिहरूले खेलेको भूमिकाबारे पनि हामी जानकार छौँ । अहिले पनि त्यस्ता संस्था र व्यक्तिहरू मरिसकेको राजतन्त्र ब्युँताउने र सामन्तवादी सत्ता संस्कृतिलाई टेको दिने कुत्सित सपना देखिरहेकै छन् । यस्तो अवस्थामा मुलुकको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अग्रगामी परिवर्तनको महान् अभियानमा संलग्न प्रगतिशील लेखक सङ्घजस्ता संघ–संस्था र प्रतिबद्ध स्रष्टाहरूले यस्ता गतिविधिप्रति सचेत र सावधान हुनु उत्तिकै आवश्यक छ ।

यसै सन्दर्भमा गत मङ्सिर ५, २०७३ (वर्ष १७, अङ्क १४) को नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित ‘पदक–पुरस्कार पसल’ शीर्षकको समाचारमूलक आलेख र त्यसै लेखमा प्रस्तुत नरेन्द्रराज प्रसाईंको अन्तर्वार्ताप्रति हाम्रो ध्यानाकर्षण भएको छ । केही वर्षयता मुलुकमा ख्याति प्राप्त अग्रज स्रष्टाहरूको नाममा ‘त्रिमूर्ति निकेतन’ र ‘नइ प्रकाशन’ले विभिन्न पुरस्कार, पदक र सम्मान प्रदान गर्दै आइरहेकोमा त्यसको चयन विधि, औचित्य र प्रयोजनप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौँ ।

यी पुरस्कार, पदक र सम्मानको माध्यमबाट नेपाली साहित्यमा भाट र चाकरी संस्कृतिको पुनरुत्थान गर्दै सम्मानित, पुरस्कृत व्यक्तित्वकै प्रतिष्ठा र सम्मानलाई धुमिल बनाइएको हाम्रो ठम्याइ छ । ठूलो सङ्ख्यामा पुरस्कार, पदक र सम्मान ‘वितरण’ को अन्तर्यमा स्थापित र प्रतिष्ठित स्रष्टाहरूलाई प्रतिबद्ध लेखनबाट च्यूत गराउने उद्देश्य लुकेको स्पष्ट देखिन्छ । राज्यबाट प्राप्त स्रोत र साधनबाट राज्यमाथि नै लाञ्छना लगाइनु र पुरस्कृत, समानित व्यक्तित्वकै प्रतिष्ठामा आँच पु¥याइनु दुःखद कुरा हो । यस्ता संस्थाको विगत, उसका क्रियाकलापबारे कुनै मूल्याङ्कन नगरी आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू नै फस्नु अझ दुःखद कुरा हो । साहित्यिक वृत्तमा मूल्यहीनताको विकास हुँदै गएको कुराको टड्कारो उदाहरणको रूपमा यसलाई लिन सकिन्छ ।

प्रगतिशील लेखक सङ्घ, नेपाल, मुलुकको सामाजिक सांस्कृतिक रूपान्तरणको लागि प्रतिबद्ध लेखक स्रष्टाहरूलाई यस्ता तथाकथित पदक, पुरस्कार, सम्मानको मोहमा नफस्न र यस्ता पदक, पुरस्कार सम्मान अस्विकार गर्न हार्दिक अपिल गर्दछ ।

    अध्यक्ष                                                                                              महासचिव
मातृका पोखरेल                                                                                   आर.एम्. डङ्गोल

http://www.ratonews.com बाट साभार 

=======================================


फेसबुक वालमा भेटिएका महत्वपूर्ण टिप्पणीहरू 

प्रतिक्रियावादी सामन्ती संस्कारका ब्यक्तिहरु भ्रष्ट ,बिकृत र अरुलाई किन बेच गरेर आफ्नो स्वार्थ पूरा गर्न प्रगतिशील र प्रगतिबाद्को विरुद्ध खनिन्छ्न ।त्यस बाट जोगिएर त्यस विरुद्ध सचेत भएर त्यस्ता को जमेर लाग्नु सचेत स्रस्ताहरुको काम हो ।प्रलेसको बिज्ञप्ती प्रतिहामी सबैले समर्थन गर्नु जायज बिषय हो ।
तथ्यको आधारमा सत्य कुरामा लाग्नु र सत्य न्यायोचित पक्षमा लाग्नु प्रगतिशील ,प्रगतिबादिहरुको जिम्मेवारी आई परेको छ ।
                                                                     

                          - राम विनयको फेसबुक टिप्पणी

======================================

त्यो जोडी भ्रष्टाचारमा आकण्ठ डुबेको र हाम्रो सांस्कृतिक जीवनमा लागेको महारोग हो । म त एक्लै तिनको निन्दा गर्दै आइरहेको छु त्यो पनि स्वविवेकले । खेद र चिन्ताको विषय चाहिँ के छ भने तिनका पाङ्दुरे सम्मान र पुरस्कार लिन तछाड् मछाड् गर्ने कथित श्रष्टाहरूको भीड छ हामीकहाँ । नइ भन्दा खत्तम माधव घिमिरे र सत्यमोहन जोशी हुन् जो त्यो पतित जोडीलाई निरन्तर सहयोग गरिरहेका छन् । नेपाल सरकार संस्कृती मन्त्रालयको त के कुरा गर्नु त्यो त प्रसाइँको बिर्ता हो ।

                        - हरि अधिकारीको फेसबुक टिप्पणी


=====================================

मैले धेरै अघिदेखि भण्डाफोर गर्दै अाएकाे नेपाली साहित्यका यी धमिरा नटवरलाल छितकि/पातकि नई दम्पतिलाई लाेकमानकाे पहुँचका अाधारमा राज्यकाे ढुकुटि समेत बाँडेर ब्रह्मलुट् मच्चाउन दिदा र श्रष्टाकाे लेखकिय स्वतन्त्रता र सम्मानमा ठेस पुग्ने गतिबिधि निरन्तर गरिरहँदा समेत श्रष्टाकै संगठन गरेर हिड्ने याे प्रलेसले यति कुरा भन्न किन बर्षाै लगायाे ? अर्काे लेखक संघ कुन दुलाेमा पसेकाे छ कुन्नि ? नेपाली साहित्यलाई बदनाम गराएर अाफ्नाे छाक टार्ने यस्ता कलंकितहरुकाे सबैले भण्डाफाेर गराै, यीनका कथित पुरस्कार पगरी अस्विकार गराैं र मुख्य त: यीनकाे लुटकाे श्राेत राज्यकाे ढुकुटि लुट्ने कार्यकाे सबैले राेक्न पहल गराै !! घनेन्द्र ओझा - लेखक संघकाे अाधिकारिक भनाई के हाे भाई ? बाेल्न मिल्दैन हाे ??

                    -  कृष्ण बस्नेत 'भाग्य' को फेसबुक टिप्पणी



======================================

हङकङको 4 जना साहित्यकारहरुले भानु पदक वितरणमा असहमति जानउदै प्रेस विज्ञप्ति प्रकाशित गरेर बाहिष्कार गरेका थिए नेपाल मा एक जना वोलेनन लाइन लागेर पदक लिनु सिर झुकाएर उभिए हङकङको बौद्धिक बर्गवाट पत्रकार हरुले कडा भत्सर्ना गरे

                          - राजकुमार राईको टिप्पणि

=======================================

राइ जी, मेरा  हजुरबा ज्ञानमणि नेपालले पदक लिन अस्विकार मात्र गर्नु भएन लेखेर संस्कृति मन्त्रालय र प्रवृतिको  विरो ध पनि गर्नु भएको  हो  ।

                            - रत्नमणि नेपालको टिप्पणि

=======================================

यति लेख्ने हिम्मतिलो निस्किन नि निकै समय लाग्यो।तर जे होस् ढिलै भए नि विकृतिको खण्डन भयो।


                           मनु लोहरुंग राईको टिप्पणि


=======================================

प्रगतिशील लेखक संघ निर्माण गर्दाको समय सम्झौं । त्यतिखेर ज्यान बेपत्ता पार्न सक्ने चुनौति ब्यहोरेर निर्माण गरिएको हो । नेपाल प्रगतिशील लेखक संघमा पदको भागबण्डा गर्दा गर्दा आम लेखकिय सत्वका निम्ति र सही जुझारु लेखकको समर्थनमा बोल्न डराइरहेको महसूस भएको छ । सम्भावना भएका र स्थापित युवा लेखकहरुको नेतृत्व रहेको बेलामा कमसेकम आफ्नो स्पस्ट धारणा राख्न नडराऔं । मनपरी पुरस्कार बांड्ने चलन चलेको बेला यो बक्तब्य प्रशंसनीय छ ।

                            - स्नेह सायमीको टिप्पणि

========================================

प्रलेसले एउटै भने पनि राम्रो काम थालेछ । प्रलेसआबद्ध व्यक्ति र पदाधिकारीहरू नै लावालस्कर लागेर मेडल थाप्‍न दौडेको देखियो त्यसको पनि इन्भेस्टिगेसन गर्छ होला नि संघले ?


                          - अशोक थापाको टिप्पणि

===========================================

नेपालमा ८।१० बर्षदेखि साहित्यलाई केही ठगहरुले आफ्नो खाइजीविको माध्यम बनाइरहेका छन् । कथित नइ प्रकाशनको बदमासीलाई साहित्यकारहरले आँखा चिम्लिरहेका छन् । आफ्रनी बिवाहित श्रीमतीलाई लखेटेर भतीजा प्रसाईकी श्रीमतीलाई भित्रयाएर यी दुईको नामको शुरु अक्षरबाट नईको नामाकरण गरिएको फोहरी चर्तिकलामा रमाउने कतिपय हाम्रा साहित्यकारहरुको चरित्र देख्दा धिक्कार लाग्छ । यसरी नेपालका कवि, साहित्यकारहरुको चारित्रिक भविष्य कस्तो होला ? कवि शिरोमणि लेखनाथ पौडयाल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाको नाममा त्रिमूर्ति निकेदनलाई मागीखाने भाँडो बनाएर यी ठगहरुले नेपाली समाजलाई नैं लाजमर्दो बनाएका छन् ।

कथित विश्व नारी सम्मेलन यिनीहरुले समाजलाई अल्मल्याउने ठगिखाने नाटक थियो । यिनीहरुले चाकरी गरेको भरमा नेपाल सरकारले लाखौं आर्थिक सहायत दिलाएर जनताको पसिनालाई खोलामा बगाउने काम गरे । भानुभक्तको द्विशतबार्षिकीको लागि पनि यी ठगहरुले प्रसस्त रकम नेपाल सरकारबाट लुँडयाए। साहित्यको खोल ओडेर साहित्य क्षेत्र नैं प्रदुषित गराउनेहरु देश र समाजका रोग हुन् । पैसा भएका तर बुद्धि नभएका केही पैसावालहरुले आफ्रनो पुरस्कार गुठी खोलेर यिनीहरुलाई उभ्याएकाले उनीहरु पनि जखम भएका छन् ।

भूपालमान कार्की, सीताराम पुरस्कारले गर्दा उनीहरु भासिए, वदनाम भए र उनीहरुका पुरस्कार गुठीहरुले पनि हावा खाए । जस्ले धायो, चाकरी ग¥यो त्यसको सम्मान हुने र पुरस्कार पाउने भएपछि त्यो भन्दा बेइज्जती के होला ? एमालेका मोदनाथ प्रश्रित, कांग्रेसका नरहरि आचार्य, जगदिस शम्सेर, सत्य मोहन जोशी, बैरागी काँइलाहरु ठगहरुको पञ्जामा परिसकेका छन् । पैसाको लोभले उनीहरु अर्काको व्यक्तिगत चरित्रको कुरा किन गर्ने भनेर पन्सिन्छन् । मोदनाथ प्रश्रितकी श्रीमती र उनले प्रसस्त कथित पुरस्कार स्वरुप आर्थिक लाभ लिइसकेका छन् । यिनीहरु नइको रछयानमा पसिसकेका छन् । कमलमणि दीक्षित जस्तो साहित्य सिर्जना गर्ने व्यक्ति पनि यिनीहरुको पञ्जामा परे भने अरुको के कुरा गुर्नु । आफ्नै खर्चमा यिनीहरुबाट यिनले जीवनी लेखाए तर अहिले अहिले कमलमणिले ठग भनेर चिनेपछि उनीहरुको बीचमा बोलचालै छैन भन्छन् । यी ठगहरुले त नेपालका केही पैसावाद र साहित्यकारहरुलाई त कति ठगे, ठगे ।.....

अमर कोषमा अमर बाँडाले—‘वन्दिनः स्तुति पाठकाः;” अर्थात बिहान सबेरैदेखि आफ्नो विचारलाई वन्दी बनाई कसैको स्तुतिगान गरेर, स्वार्थसिद्ध गरेर खानेहरु पनि छन् भनेको जस्तो साहित्यको नाममा ठगहरुका पुरस्कार गुठीको रछयानमा फसेकाले स्वाभिमानी साहित्यकारहरुको नुर गिर्दो छ । यसको लागि नई प्रकाशन, त्रिमर्ति र यस्ता वदनाम कार्यमा संलग्न भएका साहित्य जगतलाई नैं प्रदुषण फैलाउने ठगहरुलाई राज्यले नियन्त्रणमा लिई कारवाही चलाउनु पर्छ ।

यस्ता चरित्रहीन अखडाहरुले गर्दा सच्चा साहित्यिक गुठी र उनीहरुबाट घोषित सम्मान र पुरस्कार पनि बिटुलो र अपमानीत भएका छन् । साहित्य भनेको प्रदुषण होइन, सिर्जना हो, चरित्र निर्माणको आधार । अतः साहित्य जगतलाई नैं प्रदषित बनाएर आफ्नो खाई जीबिका बनाउने ठगहरुबाट हरेक कवि, साहित्यकारहरुले बहिस्कार गर्नसक्नु पर्छ । माफियाहरु र ठगहरुले पुरस्कार गुठी खोलेर सबै साहित्यकारहरुलाई बिटुलो बनाउन खोलेको काला पुरुस्कारको लोभमा परेर बिग्नु हुन्न । महान स्रस्टाहरुको नाम बेचेर खान खोज्ने ठगहरुलाई सबैले चिनिसकेका हुन्छन् । तर पनि ठगहरुसँग जोगिनै पर्छ ।


                                - दीर्घराज प्रसाईको टिप्पणि 

=================================



सपनाहरू सबैलार्इ देख्न अधिकार हुन्छ । जस्तै कि गाेपाल पराजुलीहरूले पनि देख्न सक्छन् । महावाणीहरू राजा महेन्द्रहरूका पनि छन् । दही र रोटी  खान पाएपछि पोइल  जाने वा आमाको  जारी खानेहरू यस समयका प्रवृत्तिहरू हुन् । कहिल्यै स्वीकार्य हुनेछैनन् मिथ्याहरूका सपनाहरू र सामन्ती महावाणीहरू ।

                             - रामप्रकाश पुरीको टिप्पणि

===================================

प्र.ले.स.को यो ऐतिहासिक विज्ञप्ति प्रति मेरो सम्मान र सहमति छ । लाजै लागेर आयो धिनलाग्दा साहित्यिक भनाउदाहरूसंग यसपालि देखि । खै के भनौ ।

                                 - कृष्ण प्रसाईको टिप्पणि

==================================

झुक्न जानिएन
झुकेर कवाडी मेडल थाप्न जानिएन
समाज बिकृत बनाउनेहरु देवता भएका छन
झुकेर कहिल्यै लुट्न जानिएन ।

                                                            
                     - राधेश्याम लेकालीको टिप्पणि

===================================


नेपालमा ८।१० बर्षदेखि साहित्यलाई केही ठगहरुले आफ्नो खाइजीविको माध्यम बनाइरहेका छन् । कथित नइ प्रकाशनको बदमासीलाई साहित्यकारहरले आँखा चिम्लिरहेका छन् । आफ्रनी बिवाहित श्रीमतीलाई लखेटेर भतीजा प्रसाईकी श्रीमतीलाई भित्रयाएर यी दुईको नामको शुरु अक्षरबाट नईको नामाकरण गरिएको फोहरी चर्तिकलामा रमाउने कतिपय हाम्रा साहित्यकारहरुको चरित्र देख्दा धिक्कार लाग्छ । यसरी नेपालका कवि, साहित्यकारहरुको चारित्रिक भविष्य कस्तो होला ? कवि शिरोमणि लेखनाथ पौडयाल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाको नाममा त्रिमूर्ति निकेदनलाई मागीखाने भाँडो बनाएर यी ठगहरुले नेपाली समाजलाई नैं लाजमर्दो बनाएका छन् ।

कथित विश्व नारी सम्मेलन यिनीहरुले समाजलाई अल्मल्याउने ठगिखाने नाटक थियो । यिनीहरुले चाकरी गरेको भरमा नेपाल सरकारले लाखौं आर्थिक सहायत दिलाएर जनताको पसिनालाई खोलामा बगाउने काम गरे । भानुभक्तको द्विशतबार्षिकीको लागि पनि यी ठगहरुले प्रसस्त रकम नेपाल सरकारबाट लुँडयाए। साहित्यको खोल ओडेर साहित्य क्षेत्र नैं प्रदुषित गराउनेहरु देश र समाजका रोग हुन् । पैसा भएका तर बुद्धि नभएका केही पैसावालहरुले आफ्रनो पुरस्कार गुठी खोलेर यिनीहरुलाई उभ्याएकाले उनीहरु पनि जखम भएका छन् ।

भूपालमान कार्की, सीताराम पुरस्कारले गर्दा उनीहरु भासिए, वदनाम भए र उनीहरुका पुरस्कार गुठीहरुले पनि हावा खाए । जस्ले धायो, चाकरी ग¥यो त्यसको सम्मान हुने र पुरस्कार पाउने भएपछि त्यो भन्दा बेइज्जती के होला ? एमालेका मोदनाथ प्रश्रित, कांग्रेसका नरहरि आचार्य, जगदिस शम्सेर, सत्य मोहन जोशी, बैरागी काँइलाहरु ठगहरुको पञ्जामा परिसकेका छन् । पैसाको लोभले उनीहरु अर्काको व्यक्तिगत चरित्रको कुरा किन गर्ने भनेर पन्सिन्छन् । मोदनाथ प्रश्रितकी श्रीमती र उनले प्रसस्त कथित पुरस्कार स्वरुप आर्थिक लाभ लिइसकेका छन् । यिनीहरु नइको रछयानमा पसिसकेका छन् । कमलमणि दीक्षित जस्तो साहित्य सिर्जना गर्ने व्यक्ति पनि यिनीहरुको पञ्जामा परे भने अरुको के कुरा गुर्नु । आफ्नै खर्चमा यिनीहरुबाट यिनले जीवनी लेखाए तर अहिले अहिले कमलमणिले ठग भनेर चिनेपछि उनीहरुको बीचमा बोलचालै छैन भन्छन् । यी ठगहरुले त नेपालका केही पैसावाद र साहित्यकारहरुलाई त कति ठगे, ठगे ।

अमर कोषमा अमर बाँडाले—‘वन्दिनः स्तुति पाठकाः;” अर्थात बिहान सबेरैदेखि आफ्नो विचारलाई वन्दी बनाई कसैको स्तुतिगान गरेर, स्वार्थसिद्ध गरेर खानेहरु पनि छन् भनेको जस्तो साहित्यको नाममा ठगहरुका पुरस्कार गुठीको रछयानमा फसेकाले स्वाभिमानी साहित्यकारहरुको नुर गिर्दो छ । यसको लागि नई प्रकाशन, त्रिमर्ति र यस्ता वदनाम कार्यमा संलग्न भएका साहित्य जगतलाई नैं प्रदुषण फैलाउने ठगहरुलाई राज्यले नियन्त्रणमा लिई कारवाही चलाउनु पर्छ ।

यस्ता चरित्रहीन अखडाहरुले गर्दा सच्चा साहित्यिक गुठी र उनीहरुबाट घोषित सम्मान र पुरस्कार पनि बिटुलो र अपमानीत भएका छन् । साहित्य भनेको प्रदुषण होइन, सिर्जना हो, चरित्र निर्माणको आधार । अतः साहित्य जगतलाई नैं प्रदषित बनाएर आफ्नो खाई जीबिका बनाउने ठगहरुबाट हरेक कवि, साहित्यकारहरुले बहिस्कार गर्नसक्नु पर्छ । माफियाहरु र ठगहरुले पुरस्कार गुठी खोलेर सबै साहित्यकारहरुलाई बिटुलो बनाउन खोलेको काला पुरुस्कारको लोभमा परेर बिग्नु हुन्न । महान स्रस्टाहरुको नाम बेचेर खान खोज्ने ठगहरुलाई सबैले चिनिसकेका हुन्छन् । तर पनि ठगहरुसँग जोगिनै पर्छ ।


                        - दीर्घराज प्रसाईको  टिप्पणि

==========================================


 म के भनुँ ,नइ मण्डलीको पुरस्कार र सम्मान नलिने मेरो सिर्जनशील ठहर छ ।


                          - चेतनाथ धमलाको टिप्पणि

==========================================


नरेन्द्रराज प्रसाईं नेपालमा निकै चर्चित छन् । पहिले त पढ्न नआएर पटक पटक फेल हुने कारण, त्यसपछि चाँदनी शाहको चाकडी गरेर वा खराँठ मण्डले भएर, २०४७ पछि यिनको घरमै कांग्रेस कम्युनिष्टले ढुंगा हाने, १ वर्ष त यी घरबाहिरै निस्किन सकेनन् । सबैले यिनलाई मण्डले भनेर देखी सहदैनथे । त्यसपछि भूपाल–सिताराम जस्ता तस्करका नामबाट पुरस्कार स्थापना गर्दा पनि यिनी चर्चितै भए । अझ ससुरा–बुहारी लठारिएर हिँड्दा होस् वा बिहे नै गर्दा पनि यिनी चर्चित भएकै थिए । पछि महाकवि देवकोटा शताब्दीमा लाखौं रकमकुम्ल्याएर यिनी झन् चर्चित भए । अहिले त्यै पैसाले ५० लाखमा कार किनेर शयर गर्दा अख्तियारका लोकमानले उल्टै पुरस्कारवापत ५ लाख नगद दिएछन् । राम्रालाई दिएकाले लोकमानले अहिले काम अनुसारको मान पाएका छन् । महेश र उषा पनि मर्नसकेका भए यो नई झन् दमदार बन्थ्यो होला, स्वर्ग पठाउन त कोसिस गरेकै थियो रे, तर यिनको भोग बाँकी रहेकाले बचेछन् । यसमा पनि यिनी चर्चितै छन् । आधा रकम त खान्की नै भयो । पुरस्कृतले यौनसमर्पण पनि गर्नुपर्ने सुनिए पनि आफुले नदेखेको हुँदा विष र ग्यास पड्काउन लागेको चर्चा सुने पनि मैले देखेको चाहिँ छैन । त्यसपछि करोडी मलको ठेक्का पाएपछि अहिले ससुरा बुहारी कम्पनी नेपाली साहित्यलाई पत्रु बनाउने होडमा भएकाले यिनको चर्चा हुनु स्वाभाविकै हो । तर मलाई लाग्छ, नरेन्द्र प्रसाईं जे हुन्, राम्रा वा नराम्रा जे हुन्, यिनी केही होइनन् । नेपाली कवि, लेखक भनाउँदा चाहिँ खत्तम हुन्, कुनैदिन नरेन्द्रले मेरो पाद ५० चोटि सुँघ ५० हजारको पुरस्का दिन्छु भने पनि सुँघ्ने रहेछन् । मेरो मतमा नरेन्द्र खराबभन्दा पनि यहाँका कथित साहित्यकार खराब हुन् । यिनीहरू पैसा वा मान आउँछ भने गुहु पनि खाने रहेछन् । त्यो सत्यमोहनले पनि धर्म गरेर नाम कमाएको होइन रहेछ । त्यस्तो दुर्नाममा लगेर नाम मिसाउनु छ्या.....छ्या.....त्यसमा तक्मा पाउने १०५ उप्m कति घिनलाग्दो समाचार ? तैपनि मेरो फेसबुकमा नआएको भए यो लेख्दिनँथेँ, यस्तो घिनलाग्दो नाम मेरो पोस्टमा राखेर अपवित्र पार्ने धृष्टता गरिएकाले मेरो पोस्टमा नईको नराख्न बारम्बार भनदा पनि नलागेकाले यो पुरस्कार खाने र सम्मान थाप्नेले पढोस् र आफ्नो अनुहार लगेर नालीमा जोतोस् भन्ने आग्रह साथ । यस्तो खानसक्ने नेपाली कवि लेखक भनाउँदा प्रसाईं भन्दा हजारगुना खराब हुन् । यस्ताले गर्दा आज हाम्रो भाषा साहित्य, धर्म सबै बिग्रेको हो । सबैलाई चेतना भया..........।

शहरमा यतिबेला जोई कम्पनीको पोई पुरस्कार खुलेको छ । देशभरिबाट १०५ जना गाँडा, गोर्चाहरूले निवेदन पनि हाले । कोही कोही उत्कृष्टमा परे, कोही पर्ने तर्खरमा छन् । यसका लागि जम्ला हातसहितको निवेदन खुलेको छ । करोडी मलका रूपमा परिचित यो कम्पनीको निवेदनमा कबुलियतनामा पनि हुन्छ नै । आधा रकम हजूरका पाउमा सास्टांगवापत दिने कबोल गरेपछि जोइ पोइ पुरस्कार परिहाल्छ । धनुषटंकार आकारमा चाकडी गरेपछि सम्मानित हुन कुनै आइतबार कुर्नु पर्दैन । यो जोइ, पोइ मिलेर खोलेको करोडी मलको बम्पर उपहार अन्तर्गतको पुरस्कार हो । यी जोइ पोइ दुवैजना पहिले ससुरा बुहारी थिए । ससुराले नै लभ गरेर बुहारी ल्याएपछि देशमा ठूलै हंगामा मच्चिएको पनि थियो । निकै वर्ष यी जोइ पोइको चर्तिकलाले नेपाली समाज शर्माए पनि सञ्चार मिडिया भने गर्माइरह्यो । तर अहिले त्यस्तो चर्चा सेलाए पनि यिनले दिने जोइ पोइ पुरस्कारले नेपाल खाल्डो पूरै हल्लाइरहेको छ । नहल्लाओस् पनि किन ? यी दुवै पहिले हल्लनटाठ थिए । कताबाट द्यौकोटाको कोटा परेर मालामाल भए । घटराजको घट्ट घुमाएर गाडी पनि किने । भन्सार अनुसारको संसार नेपालमा पाइने हुँदा यिनीहरू रोडपतिबाट करोडपति पनि भए । धेरै वर्षदेखि ल्याङ्खुरे टाइपको प्याङ्खुरे बाइकमा चढ्नुपर्ने लण्ठा अब रहेन । नाफामा आएका ३ कुमारीहरू पनि बेलैमा माना मेलामा लागे । बाँकी एक कुमारले पनि घरबार जोडे । एउटाको नाति अर्कोको पनाति भयो । एउटीको पनाति अर्कोको खनाति भयो । खनातिसम्म बनाइसकेका जोइ पोइले अहिले एक दशकदेखि नेपाली पुरस्कारको ठेक्का पट्टा चलाइरहेका छन् । कसैको न्वारान, पास्नी, चौरासी, शताब्दी परे जोइ पोइ कम्पनीले ख्वात्तै पुरस्कारको घोषणा गरिहाल्छ । यो कम्पनीलाई लोकमानको मेजमान पनि चलेकैछ । रामबाबुको दाम पनि परेकैछ । ए राता मकै ! शण्डमुण्डको शासन कस्तरी फस्टाएको हो ? बुझ्नै पो सकिएन ।

जोइ पोइ कमपनीले रुचाएको मान्छेलाई घिचाउने सरकारी नीति छ । भानुको गानु झिक्न होस् वा द्यौकोटाको कोटा हजम पार्न होस्, मोतीको ज्योति खोज्न होस् वा समको ममः पकाउन होस् यी जोइ पाइको खाँचो सरकारले महसूस गर्छ । जुन सरकार आए पनि नाकमा प्वाल परेकै हुँदोरहेछ क्यारे ! जोइ पोइ नै रोजिहाल्छ, यसो गन्ध सुँघ्दै यिनलाई नै खोजिहाल्छ । मनमोहनको धन हजम गर्न होस् वा फत्येमोहनको जीवन दोहन गर्न होस् सबैको टेण्डर यसकै भागमा पर्ने गर्छ । सय वर्ष पुग्न २।४ वर्ष बाँकी भए पनि यसले अगाडि नै शताब्दी बुरुष भनेर घोषणा गरिहाल्छ । पहिले त लास्ट कविको पनि खान खोजेको थियो, कुन्नि के भएर हो बुढाले दिएनछन् क्यारे ! अनि कान्छो भाइ जोशीलाई खसी बनाउन तम्तयार भयो । जो मान्छे यो जोइ पोइ एण्ड कम्पनीको आँखामा पर्छ त्यो ह्वात्तै १ बित्ता माथि उठिहाल्छ । जोइ पोइको आँखामा नपरेको मान्छे नामी भए पनि दामी हुन सक्तैन । दामी भन्नुको अर्थ हो, दाम कमाउने र दामअनुसारको माम पकाउने । यिनका आँखामा परेका कस्ता कस्ता हरामी पनि दामी भएका छन्, बेनामी पनि नामी बनेका छन् । कस्ता कस्ता लण्ठुप्रसाद पनि यिनको पुरस्कार थापेर कण्ठुप्रसाद भएका छन् । शहरमा यिनको जति चर्चा आजसम्म कसैको भएन र हुन पनि नपरोस् भन्ने भावना नबढेको होइन । तर लोतिखरे साहित्यकारको नपुंसकत्व राम्ररी बुझेको छ जोइ पोइ संस्थाले । लड्डु भेटे भड्डु जत्रो मुख बाउने पाङदुरे साहित्यकारको बाहुल्य नै यो कम्पनीको फलिफापको प्रमुख कारण पनि हो । आँट नभएका विचरा निम्सरा र भ्रष्ट स्रष्टाहरू निवेदन बोकेर घट्टेकुलोको ठूलो डिलतिर हाम्फाल्छन् । जोइ पोइले यसो विष्ट्याए पनि सुरुङ्जत्रो मुख बाएर रसास्वादन गर्न तम्तयार लाम बस्छन् । वामपन्थीदेखि खामपन्थीसम्म, प्रजातन्त्रवादीदेखि बजातन्त्रवादीसम्म, बुद्धिजीवीदेखि लद्धुजीवीसम्म सबका सब यिनका आँगनमा लम्पसार परिरहेका हुन्छन् । यिनीहरूले पहिले तीताराम मिठाराम पनि चलाए । केही समय यो पाल र ऊपालका खालको पुरस्कार पनि दिलाए । त्योभन्दा पहिले खाँदनी खाको सारी टक्टक्याएर गुन्द्रुक पेलेको सबैलाई थाहा छ । यो कम्पनीको नाम सुन्दा नरहरि पनि थरहरी हुने गर्छन् । कान्ताका कोमल पाउमा भेटी चढाएर माउवादीको हाउभाउ बढाएर माल पार्टीको माल झार्नसम्म भ्याएका छन् । यिनले विरोधी जति सोधी सोधी, खोजी खोजी पुरस्कार दिलाएका छन् । यिनकोमा मालपानी खान दलका मलसम्म कमण्डलु बोकेर जदौ पारामा धनुषाकारमा लामबद्ध हुने गर्छन् । यो कम्पनीले सालोलाई कालो र कालोलाई सालो बनाउन पनि सक्छ । यसले प्रमाणपत्र दिएपछि लम्फुल्वाँठ पनि क्याँटवाला बन्नसक्छ । यिनको दया मायामा कत्रा कत्रा केसीहरू पनि खसी भएका छन्, यागराजहरू पनि खाग भएका छन् । साकारहरूले पनि ठूलो आकार लिएका छन् । हुँदा हुँदा अब त विरही पनि सुराही बोकेर उतै हाँजिर हुन थाले । यो कम्पनीले यसपाला भजनभारती पनि कुम्ल्याउने भएको छ । आखिर साकारले नयाँ आकार लिएपछि सर्पहरूले गीत नसुनेर के फरक पर्छ र !

यसपल्ट जोइ पोइ कम्पनीले जशीको खसी खुइल्याउन काम भेट्टाएको छ । शताब्दी बुरुसको यसै मेसोमा देशभरिका १०५ जना लम्फुल्वाँठहरू सम्मानित हुने खबर आयो । सबैले खसीको दशीसहित भागशान्ति जय नेपाल गर्न पाउने भए । यसका लागि के कति खामसहितका दाम आमदानी भए त्यो त थाहा भएन, तर लम्फुहरूको भने राम्रै उद्धार हुने भयो । यो कम्पनीको शुरुआती पछि कोही अब लम्फुको दर्जामा रहिरहन परेन । सायद यिनको पिण्ड खाएपछि खानेको सिधै स्वर्गवास पनि हुन्छ होला । यिनको कर्तुतबाट कतिले घरबार जोडे, कतिले दरबार छोडे, कतिको त्राण छुट्यो कतिको प्राण उड्यो । तर पनि कम्पनी चलेकै छ । यिनको मुट्ठीमा परेपछि माइलीदेवीको कोइली उडेको छ, अरुणाको करुणा पग्लेको छ । द्यौकोटाको कोटाबाट ५० लाख बराबर कुम्ल्याएर अमृका पनि बसे, यसो डलरको खरानी पनि घसे । भनुँ भने ससुरा बुहारीले दुनियाँलाई छहारी दिए । त्योवापत यसो दानापानीका लागि योग्यताअनुसारको रसदपानी पनि लिए । लिने र दिनेको कुरो मिलेपछि जोइ पोइ पुरस्कार परि नै हाल्छ । जसले मह काढ्छ, त्यसले हात चाटिहाल्छ । धेरैलाई मोहनीको मह ख्वाएपछि हात चाट्दा पर्ने माल मुलाको के गन्ती भो र ! अँ, साँची, यिनको पुरस्कारमा पनि दलको कोटा छ रे ! कुन दलले थालमा सुन राखेर सिफारिस गर्छ, त्यही पुरस्कृत हुन्छ रे ! कस्तो राम्रो सिस्टम ? अझ यिनको धुपौरे त असम्मानित हुनुपर्दैन रे ! अहा ! कस्तो राम्रो योजना ? यिनले सन् २०२० भित्र सबैलाई मुर्गा बनाइसक्ने प्रण गरेका छन् रे ! सबै कवि, सबै लेखक, सबै पत्रकार, सबै लम्फुल्वाँठहरू सम्मानित भएपछि मात्र आपूm हुने यिनको सोच छ रे ! यो कम्पनीको उदयपछि नामर्द साहित्यकारहरू पनि मर्द भएका छन् । नदीहरू सागर भएका छन् । दोषीहरू निर्दोषी भएका छन् । श्यामहरू श्वेत भएका छन् । प्रश्रितहरू आश्रित भएका छन् । निधिहरूको गिदी पगाल्न नसकेर मात्र यिनीहरू चिन्तित बनेका हुन् । अरु सबै यिनको एकलौटी छ । यिनले जे भने पनि चल्ने भएपछि अब भात नीति चलाउन राजनीति गर्नु पर्दैन, राजनीतिले नै भात नीति चलाउँछ । यिनको शब्दकोशमा लाज शर्मको मर्म तृणभर छैन । जसीका नाउँमा सिंगै खसी खानु उसले परम् धर्म मानेको छ, नखाई बाँचिंदैन भन्ने पनि जानेको छ । नबाँची सिन्को भाँचिंदैन भन्ने ठानेको छ । यो मान्ने, जान्ने र ठान्ने कारणले यो कम्पनी एक नम्बरमा पर्न थालेको छ । कम्पनीको खाने र कम्पनीलाई ख्वाउने परम्परा एकनाससित चलिरहेकै छ । शताब्दी मात्र होइन अर्को गताब्दीसम्म पनि चलिरहने छ । यदि तपाईंमा पनि चरम रूपमा शरम छैन भने, भात खान लाज छैन भने, सधै लम्फुल्वाँठको साढेसातीले ग्रस्त पारेको छ भने, नामविनाको काम छ भने आजैका मितिमा जोइ पोइ संस्थामा निवेदन दिनुस्, तपाईं उत्कृष्टमा परिहाल्नु हुन्छ । तपाईंले परम् वीरचक्र पदवी पाइहाल्नु हुन्छ । यो संस्था दाम लिन र दिन सिपालु मात्र होइन कृपालु पनि छ । यिनले नेपाली साहित्यमा पाण्डित्यको पनि ठेक्का पाएका छन् । कसलाई उठाउने, कसलाई सुताउने, कसलाई लडाउने, कसलाई अघि बढाउने यिनकै हातमा छ । लोकतन्त्रमा लिनलाई लाज हुँदैन । लाज मानेर काज पनि चल्दैन । त्यसकारण ढिला नगर्नुस्, आजै जोइ पोइ पुरस्कार खाइहाल्नोस्, चुक्नुभयो भने फेरि मरेपछि खा बाबै केरा होला नि ?
महाकवि देवकोटा आश्रम, काठमाडौं ।

                  -रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ को टिप्पणि

===========================================

साहित्यमा चम्चागिरि, फरिवरयााद, नातावाद, कृपावाद सबै सबै बिक्रिति भित्र्याउने जिम्मा चैँ त्यै त्रिमुर्ति निकेतनका प्रसाईं बुढाबुढिलाई रहेछ कि क्या हाे ? कहिले भानुभक्तका नाममा त कैले देवकाेटाका नाममा कैले कस्का कैले कस्का नाममा, यसपालि नि सत्यमाेहनका नाममा साला, सालि, हुक्के, चम्चे, भाइ भतिजाहरु स‌बैलाई प्रशंसापत्र, कदरपत्र, ताम्रपत्र काेनि के के पत्र बाँड्न भ्याएछन् !!! अझ सम्मान थापिमाग्नेकाँट जनहि २० हजार नि लिन भ्याए रे उफ्फ्फ !! लाज नभएपछि के लाग्छ र ? कदर चैँ के गरेवापत गरेका हुन् कुन्नि ??? केजाति गर्नेलाई भन्दा देख्नेलाई लाज ........


कृष्ण बस्नेत 'भाग्य' को टिप्पणि 

================================================



===============================================

टिप्पणीहर

                                      सामन्तको स्तुति गाइएको 'भूपाल अर्चना' बारे मातृका पोखरेलको  लेख
                                                                      ( जनएकता साप्ताहिक - २०५४ साल )






No comments:

Post a Comment