Tuesday, February 7, 2017

प्रलेस पदाधिकारी टोलीद्वारा कमरेड मोहनबिक्रम सिंहको स्वास्थ्य अवस्था बारे जानकारी ।

कमरेड मोहनबिक्रम सिंह नेपालको कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनका शीखर व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । त्यतिमात्र होइन, नेपालको प्रगतिवादी साहित्य अझ भनौं सिर्जना र समालोचना दुवै क्षेत्रमा उहाँको उल्लेखनीय उपस्थिति छ । उहाँ यतिबेला ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्छ । यही २०७३ साल माघ २५ गते प्रगतिशील लेखक सङ्घको केन्द्रीय कार्यालय टोली उहाँको स्वास्थ्य  अवस्था बुझ्न ग्राण्डी अस्पताल पुग्यो । उहाँको स्वास्थ्य  अवस्था बुझ्न   प्रगतिशील लेखक सङ्घका अध्यक्ष - मातृका पोखरेल, उपाध्यक्ष - खेम थपलिया, उपाध्यक्ष - रामप्रकाश पुरी, महासचिव - आर.एम. डङ्गोल , कार्यालय सचिव - पुण्य घिमिरे र नवराज चौलागाईं अस्पताल पुग्नुभएको थियो ।  कमरेड सिंहले प्रगतिशील लेखक सङ्घका पदाधिकारीहरुसँग सङ्घले अहिले गरिरहेका कार्यहरुको बारेमा जानकारी लिनुभएको थियो । सो अवसरमा कमरेड मोहनबिक्रम सिंहले  सङ्घका पदाधिकारीहरुसँग प्रगतिशील लेखक सङ्घको इतिहासका बारेमा केही महत्वपूर्ण जानकारी गराउनुभएको थियो ।



No comments:

Post a Comment