Wednesday, May 10, 2017

प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसाद विशेष - ४

श्यामप्रसादका अन्तर्वार्ता एवम् लेखहरू 
===========================

यसभित्र 
======

नक्खु जेलमा थुनिने म पहिलो राजबन्दी हुँ – श्यामप्रसाद
“असल पाठक नै असल लेखक बन्छ” -श्यामप्रसाद 

साहित्यकार श्यामप्रसाद शर्मासँगको पछिल्लो अन्तर्वार्ता
श्यामप्रसाद शर्माका केही प्रतिनिधि रचनाहरू


==============================

अन्तर्वार्ता
नक्खु जेलमा थुनिने म पहिलो राजबन्दी हुँ
 – श्यामप्रसाद

(श्यामप्रसाद नेपाली साहित्य सिर्जनामा झण्डै छ दसकदेखि सक्रिय रहनुहुने वरिष्ठ सर्जकको नाम हो । प्रगतिवादी जीवनदृष्टिप्रति समर्पित श्यामप्रसाद २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घका संस्थापक हुनुहुन्छ । राणाशासन बिरोधी आदोलनमा लागेबापत पटकपटक पक्राउ परी जेल जीवन बिताउनुभएका श्याम प्रसादले नक्खु जेलमै खरीले सिलोटमा लेखेर ‘गुनासो’ नामको दैनिक सिलोट पत्रिका निकाल्नुभएको थियो । २०२१ सालदेखि २०४६ सालसम्म गुप्तवासमा रही पञ्चायती निर ङ्कुशता विरोधी राजनीतिमा सरिक श्यामप्रसादको कलम गुप्तवासकै अवस्थामा विभिन्न नामले पनि क्रियाशील थियो । विचारप्रधान निबन्ध र डायरीलेखकको रूपमा सुपरिचित श्यामप्रसादसँग नेपाल एफएममा विगत चार वर्षदेखि प्रशारण हुँदै आएको कार्यक्रम ‘साहित्यसुधा’का निम्ति नरनाथ लुइँटेलले अन्तर्वार्ता लिनुभएको छ । उहाँको आरम्भकालीन जीवनयात्रा र लेखनयात्रामा आधारित यो कुराकानी साहित्यसुधामा प्रशारण भइसकेको छ । त्यही सान्दर्भिक वार्तालाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ । – सं.)

सोलिथुम भन्ने ठाउँमा जन्मनु भएको हो । सम्झन सकेसम्मको आफ्नो बाल्यकालका बारेमा बताइदिनुहोस् न ।


मलाई मेरो बाल्यकालको बारेमा त्यति सम्झना छैन । तर म सानो हुँदा हाम्रो घर लेकको पाखो बारीमा अलि माथि थियो । निकै तल चैँ बेँशी थियो । म घरबाट बेँशीतिर पनि गइरहन्थेँ । अलि–अलि सम्झना छ– बेँशीमा हाम्रो खेत थियो । त्यहाँ परालको कुन्युँ पनि थियो । बेँसी खेत मल्नका निम्ति हिउँदमा गाई पनि तल झारिन्थ्यो । गोठहरू पनि हुन्थे । हामी गोठमा पनि बस्थ्यौँ । अनि त्यहाँका मानिसहरूसित, किसानहरूसित कुरा गरेको मलाई थोरैतिन सम्झना छ । म बेँशी गएको दिन दिनभरि नै त्यतैका बालसाथीहरूसँग खेलेर साँझतिर फेरि डाँडामाथिको आफ्नो बासमा आउँथेँ । 

तपाइँ सानै हुँदा मात्रृस्नेह र पितृस्नेहबाट वञ्चित हुनुभएको कुरा धेरैलाई थाहा छ । माता–पिता बितेको क्षणको कुनै सम्झना–सन्दर्भ भए सुनाइदिनोस् न ।


मेरा दुईजना आमाहरू हुनुहुन्थ्यो– एकजना मलाई जन्मदिने आमा, अर्की चाहिँ मलाइ हुर्काउने आमा । उहाँहरू दुबैजना सहोदर दिदीबहिनी हुनुहुन्थ्यो । ठूली चाहिँ आमाले आफूबाट सन्तान नभएपछि आफ्नै बहिनी आफ्नो श्रीमानलाई बिहा गराइदिनु भएकोरहेछ । अनि मलाई जन्म दिने आमा चाहिँ म पाँच बर्षको बच्चा छँदै बित्नुभयो । आमा बितेको बेला म रुँला कराउँला, यसले थाहा पाउला भनेर मलाई त्यही टोलकै अरूको घरमा लगेर अल्मल्याएछन् । मलाई उहाँ बित्नुभएको कुनै पत्तो नै भएन । चालै पाइन । एक दुई दिन नै भने जस्तो म त्यतै बसेछु । ठूली आमाचाहिँ पछिसम्मनै, म तन्नेरी भएर घरबार गरुन्जेलसम्म पनि जीवितै हुनुहुन्थ्यो । बुवा भने म १२, १३ वर्षको छँदा बित्नु भएको हो । 

यसको अर्थ जन्म दिने आमा बित्नुभए पनि अर्की आमाले काख दिनु भएकाले सामान्यतया आमाको अभाव वा मात्रृस्नेहबाट तपाइँको बालमनोविज्ञानले आमा नभएको टुहुरोपन अनुभव गर्न भ्याएन ? 
पटक्कै परेन मलाई । अर्की आमाले पनि मलाई असाध्यै माया गरी हुर्काउनुभयो । आफ्नी बहिनीको छोरालाई आफ्नै छोरो जस्तो गर्नुभयो । मैले बालखकालदेखिनै उहाँको धेरै राम्रो माया पाएँ र उहाँको बारेमा ‘मेरी आमाको सम्झनामा’ भनेर किताबनै लेखेको छु एउटा । 

तपाइँका अरू दाजुभाइ तथा दिदीबहिनी कोही पनि हुनुहुन्न ? 
मेरी एउटी बहिनी थिइन् रे । उनी जन्मेको एक डेढ महिनामा बितिछन् । त्यसपछि मेरो अरु कोही पनि छैन, म एक्लो । 

मकवानपुरको सोलिथुमबाट बाल्यकालमै हो तपाइँ वीरगञ्जतर्फ झर्नुभएको ?
हो, म वीरगञ्ज झरेको त्यही पाँच वर्षको उमेरमा हो । 

के बुबाको साथ लागेर जानुभएको हो ? 
अँ बुबासितै गएको ।
बुबा के गर्नुहुन्थ्यो र त्यतिखेर ? 
वीरगञ्जमा मुरलीदरवारनेर राणा बहादुर शमशेरको जग्गा–जमिन थियो । बहादुर शमशेरको दरबारमा मेरा बुवा सुवेदार हुनुहुन्थ्यो । आफ्नो जग्गाजमीनको रेखेदेख गर्नेगरी मेरा बुबालाई वीरगञ्ज पठाइएछ । उहाँ उता लाग्नुभपछि मलाई पनि उतै लानुभएको हो । म बुवासँगै वीरगञ्ज गएको हुँ । 

तपाइँले स्कुल पढ्ने काम वीरगञ्जमै गर्नुभयो ? 
दुईतिरै भयो– वीरगञ्जमा र काठमाडौँमा । चावहिलमा मेरो मामाघर थियो–चुच्चेपाटी भन्ने ठाउँमा । म त्यहाँ मामाघरमा पनि बस्थेँ । मामाघरमा बसेको बेलामा दरवार हाइस्कुलमा पनि भर्ना भएर ४, ५ कक्षा पढेको हुँ । अनि त्यसपछि बुवा वीरगञ्ज सरुवा भएपछि वीरगञ्ज गएको बेलामा त्यतै भर्ना भएर पढेँ । पछि त म गर्मी महिनामा गर्मी छल्न मात्रै विदाको समयमा यता आउने गर्थें । 

नेपाली साहित्यका केही यस्ता श्रष्टाहरू हुनुहुन्छ जो औपचारिक ढङ्गले विद्यालय, महाविद्यालयमा पढ्नुभएन । तपाइँको पनि माथिल्लो तहसम्म औपचारिक शिक्षा लिने स्थिति के सिर्जनानै नभएको हो ?

स्थिति अलि त्यस्तै पनि भएको हो । स्कुल पढ्दै गर्दादेखिनै म राजनीतिक काममा पनि सानैदेखि संलग्न थिएँ । अनि वीरगञ्जतिरै रहेको बेला, राणाकालमा राणाविरोधी सत्याग्रहको पहिलो डप्फामा म पनि परेको थिएँ । त्यो पहिलो डप्फाले पर्सा, बारा र रौतहट गरी तीनवटा जिल्लामा सत्याग्रह गर्नुपर्ने थियो । त्यसो भएको हुनाले म त्यो सत्याग्रहमा सहभागी भएँ । सत्याग्रह सिद्धिएपछि स्कुलमा जाँदा त मसमेत केही साथीहरूको नामै कटाइसकेको रहेछ । हामीले पढेको स्कुलमा हेडसर चाहिँ मदनमणि दीक्षित हुनुहुन्थ्यो । अनि हामी फेरि भर्ना हुन खोज्दा उहाँले लौ माफी माग, माफी मागेर एउटा विन्तिपत्र लेख, म भर्ना गरिदिन्छु भन्नुभो । त्यो बेलाका मेरा साथीहरूमा ध.च. गोतामे पनि हुनुहुन्थ्यो । केही साथीहरूले माफीको विन्तिपत्र लेखी भर्ना भए । तर गोतामे र मैले चाहिँ माफी मागेनौँ र भर्ना पनि हुन पाएनौँ । बरू त्यसको सट्टा हामीले भारतको मेट्रिकुलेसन भन्ने परीक्षा दियौँ भारतमै गएर । गोतामे पास हुनुभयो म चाहिँ मेट्रिकुलेसनमा फेल भएँ । उहाँले पढाइ पनि जारी राख्नुभो । मैले भने पढाइ जारी राख्न सकिन । 

विद्यालय पढ्ने वा फेरि जाँच दिने प्रयाश गर्नुभएन त ? 
बुवा बितिसक्नुभएको थियो । आर्थिक अवस्था पनि एकदमै कमजोर थियो । आफ्नो र आमाको जीविका चलाउन म आफैँ काममा खट्नुपर्ने स्थिति आयो । त्यसपछि फेरि जाँच दिने वा विद्यालय पढ्ने कोशिस गरिन । मैले सानोतिनो पुस्तक पसल थापेँ अनि आफ्नै पसलमा भएका साहित्यका किताबहरू,राजनीतिका किताबहरू पढ्दै चित्त बुझाउन थालेँ । बिस्तारै अध्ययनशील बानी बस्यो । स्कुल क्याम्पस गएर पढ्न पाइन भन्ने मलाई पिर लाग्न छाड्यो । 

जीवनवृत्तिको क्रममा पुस्तक पसल चलाउनुभा थ्यो र त्यहीँ पुस्तकहरूसँग खेल्ने, पुस्तकहरूकै वरिपरि रहने क्रममा पढ्ने लत पनि बस्यो भन्नुभयो । साहित्यिक लेखनको आरम्भ चाहिँ कहिलेदेखि गर्नुभयो त ?

लेखनको आरम्भ पनि प्राय किशोरावस्थादेखिनै सुरु भएको हो । म आठ बर्षको हुँदा बुवाले मेरो ब्रतबन्ध गरिदिनुभएको थियो । ब्रतबन्धका मेरा गायत्री गुरुचैँ मेरा मामाका ससुरा हुनुहुन्थ्यो । उहाँ लेखक हुनुहुन्थ्यो कृष्णचन्द्र अर्याल । उहाँ गोरखापत्रमा सबैभन्दा धेरै वर्ष जागिर खाएको मान्छे हो । अनि उहाँका अनेक किसिमका किताबहरू पनि प्रकाशित छन् । साथसाथै कृष्णलाल अधिकारी जस्ताहरूको उहाँहरूको एउटा गुप्त डप्फा थियो । उहाँहरू राजनैतिक कामहरू पनि गर्नुहुन्थ्यो । त्यो सबै कुरा मलाई बताउनुहुन्थ्यो । हेर बाबु हामीले होस गर्नुपर्छ,कुरा बाहिर लैजानुहुन्न भन्नुहुन्थ्यो । जो पायो उहीसित हामीले बुझेको कुुरा खोल्नु हुँदैन भनेर पनि सिकाउनुहुन्थ्यो । 

ए, त्यसो भए त तपाइँको गायत्री गुरु नै राजनीतिक गुरु पनि हुनुहुँदो रहेछ हो ? 
हो, मेरो मनमा राजनीतिको बीउ सार्ने उहाँ नै हो भन्दा फरक पर्दैन । अनिआरम्भमा लेख्ने प्रेरणा पनि उहाँबाटै मिलेको हो । उहाँलाई हामी गुरुबा भन्थ्यौँ । उहाँबाट बयान सुनेर, उहाँका किताबहरू पढेर आफूलाई पनि लेख्ने विचार आयो । उता फेरि वीरगञ्जको स्कुलमा पढेको बेलामा वकुटधारीलालदास भन्ने पनि गुरु हुनुहुन्थ्यो । उहाँले र अरू गुरुहरूले पनि ल यस्तो लेखेर लिएर आऊ भन्नुहुन्थ्यो । केही लेखेर लगेर देखायो भने त्यहाँ उहाँले चाहिँ हामीलाई पेन्सिल कापी उपहार दिने गर्नुहुन्थ्यो । अनि एकजना भक्तपुरका गुरु हुनुहुन्थ्यो धौभडेल थरका । उहाँ पनि वीरगञ्जकै स्कुलमा पढाउनुहुन्थ्यो । यसरी उहाँहरूले कहिलेकाहीँ विषय दिने, कहिले विषयनै नदिई भोलि आउँदाखेरि एउटा निबन्ध लेखेर लिएर आऊ भन्ने गर्नुहुन्थ्यो । धौभडेल सरले एकदिन त्यसै भन्नुभयो । मैले पनि के विषयमा लेखेर ल्याउनु सर भनेर सोद्धा के विषय चाहिन्छ ? जे विषय भए पनि हुन्छ, हेर न अहिले ऊ झ्यालबाट घाम पसिरहेछ । मेरो कक्षा कोठामा पसेको घाम । लौ यही विषयमा लेखेर ल्याउ न त भन्नुभो । अनि भोलिपल्ट स्कुल जाँदा मैले त्यही विषयमै लेखेर लगेर देखाएँ । अनि त उहाँले त्यो साह्रै राम्रो मान्नुभयो । ओहो यस्तो राम्रो निवन्ध तिमीले लेख्न सक्यौ हैन भनेर धेरै प्रोत्साहन दिनुभो । जल्ले गर्दा पछि फेरि म यता निबन्धमा पनि नाउँ चल्ने निबन्धकारको रूपमा देखा परेको हुँ । सानै बेलादेखिनै निबन्ध लेख्ने पनि बानी प¥यो ।
तपाइँको पहिलो प्रकाशित रचना कविता हो कि निबन्ध हो ? यो कहिले केमा निस्कियो ?
मोटामोटी रूपमा चाहिँ त २००१ सालमै हो कि जस्तो लाग्छ । त्यसमा मिति लेखिएको रहेनछ । पुस्तिकाको नाउँचैँ ‘गाउँको सफाइ’ भन्ने हो । मैले एउटा भारतीय किताब पढेको थिएँ– हिन्दी भाषामा लेखिएको ‘सफाइ’ भन्ने । त्यस पुस्तकमा गाउँ कसरी सफा राख्नुपर्छ, शहरलाई कसरी सफा गर्नुपर्छ, फोहोर भए कस्तो हानी हुन्छ, सफाइबाट के के फाइदा छ भनेर बयान गरिएको थियो । मैले त्यही पुस्तक पढेको आधारमा ‘गाउँको सफाइ’ भन्ने पुस्तिका लेखेको थिएँ । अनि त्यो पुस्तिका त्यो बेलामा अहिलेको साझा प्रकाशन भने जस्तै नेपाली भाषा प्रकाशिनी समिति भन्ने थियो र त्यसलाई पास गराएर मात्र छाप्न पाइन्थ्यो राणाकालमा । मैले पनि त्यसमा पास गराएर छापेँ– जोरगणेश प्रेसबाट । प्रेसको नाउँ छ, त्यसमा मिति चाहिँ छैन । त्यसो हुँदा अन्दाजले चाहिँ त्यो २००१ सालतिर छापिएको हो कि जस्तो मलाइ लाग्छ । 

त्यसो भए तपाइँको पहिलो प्रकाशित कृतिनै पो हो ? त्यसभन्दा अगाडि लेखेका कविता या निबन्धहरू प्रकाशित हुनुभन्दा पहिले नै त्यो प्रकाशन भएको हो त ? 
गद्यतर्फ त्यही पहिलो हो । पद्यतर्फ चाहिँ २००२ सालमा वनारसको ‘उदय‘ भन्ने मासिक पत्रिकामा ‘सन्देश’ भन्ने एउटा कविता छापिएको छ । 
२००१ सालदेखि तपाइँका रचना–सिर्जना प्रकाशित हुँदै आएका छन् । तपाइँ आफैँ छाप्ने छपाउनेतर्फ पनि लाग्नु भो । ‘स्वास्नी मान्छे’, ‘साहित्य’ र ‘सेवा’ जस्ता पत्रिका प्रकाशन गर्नुभएको छ । रमेश विकलको पहिलो प्रकाशित कथा ‘सेवा’ मै प्रकाशित भएको हो भनी विकल स्वयम्ले एउटा अन्तर्वार्तामा बताउनुभएको थियो । यसरी वीरगञ्जबाट पहिलो साहित्यिक पत्रिका निकाल्ने साहित्यिक पत्रकारको रूपमा पनि तपाइँ सम्मानित हुनुहुन्छ ।

यो छाप्ने छपाउने कुराचैँ कसरी सोच्नुभो तपाइले ?
यो छाप्ने छपाउने कामको कुरो सोध्नुभयो । म राणाकालमै जेलमा पनि परेको थिएँ । वीरगञ्ज जेलमा बसेको बेलामा त्यहाँ युद्धप्रसाद मिश्र पनि थुनिनुभएको थियो । अनि उहाँले बाहिर गएपछि हामीले चुप लागेर बस्नुहुन्न, हाम्रा विचार प्रत्यक्ष परोक्ष कुन रूपबाट सकिन्छ– फैलाउनुपर्छ भनेर बताइरहनुहुन्थ्यो । यस्तो काम गर्न पत्रिका झिक्यो भने सजिलो हुन्छ भनी सल्लाहा दिनुभएको थियो । यो कुरा मेरो मनमा गढिरहेको थियो । केही पछि गएर मैले त्यसै गरेको हुँ । सेवा सदन भन्ने मेरो संस्थाको नाउँ थियो, प्रकाशन संस्थाको नाउँ । त्यै भएर सेवा भन्ने पत्रिका झिकेँ र त्यो चाहिँ संयोगबश मोफसलकै पहिलो पत्रिका हुन पुगेछ । त्यो बखतमा वीरगञ्जमा छापाखाना थिएन । म वनारसमा गएर छपाएर ल्याउँथेँ । 

निकै पछिसम्म पनि निस्किएको थियो त्यो ? 
त्यो चाहिँ धेरै निस्कन सकेन । ४, ५ अङ्क मात्रै निस्कियो । अनि ‘साहित्य’ र‘स्वास्नीमान्छे’ पत्रिकाचाहिँ काठमाडौँबाट चलाएको हो । त्यो भने अलिक बर्ष चल्यो । 

वीरगञ्ज जेलको प्रसङ्ग ल्याउनुभो तपाइँले । यता काठमाडौँमै पनि नख्खु जेलमा समेत तपाइँ थुनिनुभएको थियो । वीरगञ्जको भन्दा अगाडिको कुरो हो क्यारे । नखुमा त त्यो बेला गोपालप्रसाद रिमाल पनि थुनिनुभएको थियो । तपाइँ सँगै हुनुहुन्थ्यो ?यो जेल बसाइका बारेमा केही बताइदिनुस्न । 
नख्खुजेल पहिले आवाद गर्ने राजबन्दीहरूमा पर्थें म पनि । गोपालप्रसाद रिमाल,कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई पनि त्यहीँ हुनुहुन्थ्यो । एकजना भक्तपुरका लोकेश, अर्का चेताराम भन्ने पनि हुनुहुन्थ्यो । हामी चारजनालाई चाहिँ एउटै गाडीमा राखेर त्यहाँ लगेका थिए पहिलो पटक । त्यस अघि त्यहाँ कुनै राजबन्दीलाई लगिएको थिएन । म राणाकालमै तीन चोटि जेल परेको छु । तीनतीन चोटि त्यो पनि बेग्लाबेग्लै जेलमा । त्यसैले मैले धेरैतिरका जेलको अनुभव गर्न पाएँ । कहिले वीरगञ्जको जेल, कहिले सदरठानाको, कहिले सिंहदरबार गारत, सिंहदरबारमा त फेरी कैले सिंहदरवारको घण्टा ठोक्ने ठाउँमा । यसरी जेलबसाइकै क्रममा त्यो बेलाका विभिन्न राजनीतिज्ञहरूसित सङ्गत र सम्पर्क हुन पायो । प्रजा परिषदका नेताहरू टङ्कप्रसाद आचार्य, रामहरि शर्मा,नेपालको पहिलो राजनैतिक दल प्रचण्डगोर्खाका खड्गमानसिंह बस्नेत यस्ता सबैसित सङ्गत भयो । उहाँहरू जेलभित्रको पनि जेल– त्यसलाई कालकोठरी भनिन्थ्यो– मा बस्नुहुन्थ्यो । अनि हामीलाई उहाँहरूसित बोल्न कुराकानी गर्न दिइँदैनथ्यो । हामी चाहिँ शान (इशारा) लगाएर आपसमा कुराकानी गथ्र्यौं । लुकाएर सङ्केतबाटै चिठीपत्र ओहोरदोहोर गथ्र्यौं । त्यसमध्ये मैले टङ्कप्रसादका चिठी त ‘आएका केही चिठी‘ भन्ने मेरो चिठीसङ्ग्रहको किताबमा पनि पारेको छु । 

कस्ताकस्ता सङ्केत गर्नुहुन्थ्यो त्यो बेला ?
हामीले सङ्केतबाट कुरा गर्नेमा कपाल कन्यायो भने के छ हालचाल भन्या हुन्थ्यो । जुँगा मुसा¥यो भने हालचाल राम्रो छ भन्ने बुझिन्थ्यो । छातिमा हात राख्यो भने नमस्ते गरेको हुन्थ्यो । यस्तै खालका सङ्केतहरू गरेर हामी आपसमा कुराकानी गथ्र्यौँ । 

जेलमा रहँदाको तपाइँको दिनचर्या वा दैनिकी कस्तो थियो ? सम्झना गरौँ न अलिकति ।
दिनचर्या प्राय मेरो नियमित रुपमा सारै सजिलोसँग बित्यो । पछि बाहिर आउँदा त्यो दिनचर्या नमिल्दाखेरि मलाइ निकै अपठ्यारो प¥यो । त्यहाँ चाहिँ यति बजे यसो गर्ने, यति बजे यसो गर्ने भन्नेनियम बनेको थियो । जस्तो नख्खुजेलको कुरा गरौँ न । त्यहाँ विभिन्न किसिमका सङ्गठनहरू चलाइराख्या थिएँ मैले । प्रगतिशील तरुण समाज, जनसाहित्य मण्डल आदि । प्रगतिशील तरुण समाजमा चाहिँ राजनैतिक पक्षका कुराहरू पनि गरिन्थ्यो । जनसाहित्य मण्डलमा भने साहित्यतर्फका कुराहरू गरिन्थ्यो । हप्ता हप्तामा त्यसको मिटिङ हुन्थ्यो । गोपालप्रसाद रिमाल पनि त्यसैमा हुनुहुन्थ्यो । धर्मरत्न यमी पनि त्यही जेलमा पर्नुभो, उहाँ पनि हुनुहुन्थ्यो । यसरी मिटिङ गर्ने, छलफल गर्ने गरेर हामीले समयको सदुपयोग गथ्र्यौं ।

जेलभित्र लेखपढ गर्न दिइन्थ्यो त ? 
जेलमा कागजपत्र, कलम मसि केही लैजान दिइन्नथ्यो । त्यसो भएको हुनाले कुन बखतमा कुन ठाउँमा के पाइन्छ त्यसैमा हामी भर पथ्यौँ । मैले एक पटक जेलका हाकिमसँग सिलोट खरी ल्याउन पाइन्छ कि भनेर सोधेँ । उनको अनुमति पाएपछि सिलोट आयो । अनि सिलोट र खरीले लेखेर नखु जेलमा एउटा ‘गुनासो’ भन्ने दैनिक पत्रिकानै चलाएको थिएँ । त्यो सिलोटमा पत्रिका झिक्यो राम्रो अक्षरले अनि त्यसलाई राजबन्दी बसेको हरेक कोठामा १ नं., २ नं., ३ नं. गरेर डुलायो । सबैले पढिसकेपछि पुछयो । अनि त्यो दिनको सिद्धिन्छ । भोलिपल्ट फेरि अरूअरू कुरा लेखेर तयार ग¥यो । यसरी चलेको थियो सिलोट पत्रिका । 

के कस्ता कुरा हुन्थे त सिलोटपत्रमा ?
केही समाचार सुनेको छ भने समाचार पनि हुन्थ्यो । लेख पनि हुन्थे तर एकदम छोटा । सम्पादकीय पनि । यस्ता सबै जे जे भेटाइन्छ त्यो त्यो हालिन्थ्यो । वास्तवमा नेपालको पत्रकारिताको इतिहास हे¥यो भने जेलबाट निस्केको पहिलो दैनिक त्यही ‘गुनासो’ भन्ने स्लेट पत्रिका हो । 

कति अङ्क जति निस्कियो त्यो स्लेट पत्रिका ? 
निस्कियो निकै दिन । जेलबाट म नछुटुन्जेल निरन्तर साथीहरूका रचना खरीले लेखेकै भरमा राम्रोसँग निस्किरह्यो । 

सिलोटमा खरिले लेख्ने काम चाहिँ तपाइँ आफै गर्नुहुन्थ्यो कि अरु पनि कोही सहयोगी थिए ? 
म आफैँ गर्थे । अनि मबाटै प्रेरणा लिएर त्यहाँ एकजनाले त्यसैगरी अङ्ग्रेजीमा झिक्नुभो– ‘नेपाल कलिङ्’ भनेर । फेरि अर्का धर्मरत्न यमिले नेपालभाषामा झिक्नुभो ‘पासा’ भनेर यसरी अरु साथीहरूले पनि झिक्नुभो ।

सिंहदरवार गारतमा थुनिएका बेलाचाहिँ के गर्नुभयो ? 
सिंहदरबार गारतमा थुनिएका बेलामा चाहिँ के जुक्तिले कागज ल्याउँने हो भनेर मैले निकै सोचेँ । त्यहाँ हामीलाई खान भनेर सिदा दिने गरेको थियो । मैले चाहिँ सिधा लिइन । मलाई थुनेको ढोकामा एकजना पाले बस्थे । म कोठामा एक्लै थिएँ । त्यहाँ बडा गाह्रो थियो । होचो खालको टिनको छाना थियो । जाडो महिनामा शीत तप्किने र वर्षातमा छानाबाट कोठाभरी पानी चुहिने गथ्र्यो । ओढ््रने ओडेको छ भने पानी चुहिएर ओढ््रने माथि खस्थ्यो । गर्मी महिनामा टिन तातेर बस्नै नसकिने । गर्मीले टाउको दुख्ने । फेरि घण्ट ठोक्ने कोठा थियो त्यो अनि एकएक घण्टामा एक एकचोटि घण्ट ट्याङ् ट्याङ् गर्छ । ११ बजे ११ चोटी, १२ बजे १२ चोटी कुनबेला निदाउनु र ? न दिउँसो निदाउन पाइयो न राति निदाउन पाइयो । 

त्यस्तो ठाउँमा लेख्ने कागज चाहिँ कसरी लैजानुभयो ?
त्यस्तो दुःख दिया ठाउँमा थुनिएको थिएँ । खानका निम्ति बिहान सिदा ल्याएर दिन्थे । अनि मैले चाहिँ त्यो सिदा नलिएर त्यसै त्यहीँ राखिदिएँ । सिदा नलिएको देखेर पालेले जाहेरी ग¥यो– त्यो मान्छेले त सिदा राख्द्या राख्द्यै छ, केही चलाएको हैन, खाएकै हैन, हिजो देखिन् भनेर । अनि हाकिम आएर– ए के अनसन बस्या हो भने । कहाँ अनसन बस्नु, कस्तो भोक लागिरहेछ भनेर मैले भनेँ । उनले– लु हेर,किन नखाको त भनेर सोधे । मैले सधैँ गीता पाठ गरेर खाने ग¥या थिएँ, अहिले किताबै ल्याउन दिएनन् अनिखेरी कसरी खानु त भनेँ । ल, पाठ गर्ने गीताको किताब ल्याउन दिनु यल्लाई भनेर हाकिम फर्किए । अनि मेरो पालो चहिँ मामा घरबाट गीताको ठूलो किताब ल्याउलान् र अप्ठ्यारो होला, कहिले कुन जेल कहिले कुन जेल पठाउलान् भनेर सानो सानो गीता खल्तिमा हालेर हिंड्न हुने खालको मगाएँ । अनि त्यही गीताको किताबमा दुईटा हरफको बीचमा भएको खाली ठाउँमा सिसाकलमको टुक्राले लेख्न थालेँ । आफूलाई लेख्न मन लागेका कुराहरू लेख्यो फेरि २÷४ पाना पल्टायो अनि फेरि त्यहाँ लेख्यो, २÷४ पाना खाली राख्यो अनि फेरि लेख्यो । मलाई पल्टनको ब्यारेकमा लगेको बेलामा पनि उनीहरूले मैले लेखेको चाल पाउँदैनथे ।

तपाइँले त्यसमा लेखेको पत्तै पाएनन् ?
पाठ ग¥याजस्तो पनि लाग्थ्यो उनीहरूलाई । उनीहरू नजिक आएको बेलामा म अर्कै पेज पल्टाउँथेँ– त्यो अक्षर नभएको पेज अथवा आफूले नलेखेको पेज । अनि उनीहरू गएपछि अर्को पेज पल्टाउँथे र आफूले लेख्नु पर्ने कुरा लेख्थेँ । अनि कलम चाहिँ सिसाकलमको सानो टुक्रा झिकेर काठ चाहिँ फालिदिन्थेँ । सिसाकलम भित्रको त्यो कालो मात्रै हो, त्यही टुक्रा खल्तिमा हालेर हिँड्थँे । अनि एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा मेरो सबै जीउ छाम्थे । त्यसो हुँदा पनि उनीहरूले त्यो फेला पार्न सकेनन् ।
सिसाकलमको टुक्राले गीताको किताबमा त्यसरी लेख्नुभएका रचनाहरू कुन कुन हुन् ? अथवा जेल बसाइकै अवधिमा लेखिएका र पछि प्रकाशित भएका रचना बारेमा उल्लेख गरिदिनुहोस् न । 
त्यसरी लेखेर जोगिन सकेका एउटा दुईटा चाहिँ प्रकाशित पनि भएका छन् । एउटा त ‘म साम्यवादी होइन’ भन्ने लेख हो । त्यस लेखमा नक्कली साम्यवादीलाई साम्यवादी कस्तो हुनुपर्छ भनेर देखाएको छु । अर्को एउटामा चाहिँ साम्यवाद के हो भनेर प्रष्टयाएको थिएँ ।

यसरी लेख्न थालेको स्रष्टा तपाइँ यो बयोबृद्ध उमेरमा पुगिसक्नुभएको छ । अहिले समय कसरी बिताउँदै हुनुहुन्छ ?
अहिले म ८२ वर्षको उमेरमा हिँडिरहेको छु । अब पहिले जस्तो सक्रिय भएर त लाग्न पनि सकिन्न । तर निस्क्रिय नै त बसेको छैन नि । फाट्ट–फुट्ट भए पनि लेख्ने गरिराखेको छु । पढ्ने काम पनि गरिरहेकै छु । अब जस्तै भनौँ– अहिले मेरा पुराना साथी कृष्णचन्द्रसिंह प्रधान बित्नुभो । उहाँकै विषयमा एउटा लेख लेखेर‘भानु’ पत्रिकामा दिएँ । ‘भानु’को कृष्णचन्द्र विशेष भन्ने अङ्कमा त्यो निस्किएको छ– ‘साथी कृष्णचन्द्रसिंह’ भनेर । उहाँसितको सम्बन्ध कहिलेदेखि, कस्तो रह्यो,के रह्यो भनेर अन्तिम बेलासम्मका सबै कुरा त्यसमा पारेको छु । त्यसैगरी अवस्था हेरिहेरिकन केही न केही लेख्दै पनि छु । नयाँ धेरै लेख्न नसकेको हुनाले पुराना आफ्ना रचनाहरू कहाँ कहाँ छन् विभिन्न पुराना पत्रपत्रिकाहरूमा छरिएर रहेका तिनीहरूलाई बटुल्ने काम पनि गर्दैछु । आफैँ धेरै खोजी गर्न पनि सकिन्न । साथीहरूको सहयोग लिन्छु । मेरो विषयमा विद्यावारिधि गर्ने धर्मराज अधिकारीलाई लौन, मलाई फलाना फलाना लेख चाहिएको छ खोजिदिनु प¥यो,यहाँको सहयोग चाहियो भनेर भन्ने गरेको छु । उहाँले पनि सकेसम्म मैले खोजेका सामग्री फेला पारेर ल्याउनुहुन्छ । यसै गरी पुराना रचना बटुलेर सङ्ग्रह निकाल्ने पनि गर्दैछु । दिनचर्या यसरी नै बितिरहेको छ ।

http://www.dreamlandnepal.com बाट साभार

=====================================

“असल पाठक नै असल लेखक बन्छ”

-श्यामप्रसाद शर्मा, साहित्यकार
 

अहिले के लेख्दै हुनुहुन्छ ?
अहिले नया केही लेख्न सकिरहेको छैन । कुनाकानी छरिएर रहेका पुराना रचना खेर नजाऊन् भनेर प्रकाशनका लागि चाजोपाजो मिलाइरहेको छु । खोज्दै छाप्ने काममा छु अहिले ।
त्यसो भए अब ‘श्यामप्रसाद शर्मा’को लेखन यात्रा सकिएको हो ?
हो भन्दा पनि हुन्छ । पुस्तक र पुस्तिका गरी करिब सयवटा जति पुस्तक प्रकाशन भइसकेका छन् । हिजोआज स्वास्थ्यले पनि उति साथ दिइरहेको छैन । अब केही नया कुरा लेखौ र लेख्नुपर्छ भन्ने त्यस्तो उत्साह, योजना छैन । पुरानालाई खोजबिन गरेर छाप्ने कामभन्दा अरू गर्न सकिएलाजस्तो छैन ।
लेखन केका लागि सुरु गर्नुभएको थियो, त्यो प्राप्ति भयो या छैन ?
लेखन सुरु गर्दा कुनै खास उद्देश्य थिएन । स्कुलमा पढ्दा सरले निबन्ध लेखेर ल्याऊ भन्नुभयो । मैले भने, ‘के विषयमा लेखेर ल्याऊ ?’ ‘जे पनि विषय हुनसक्छ,’ सरले भन्नुभयो, ‘लौ कक्षाकोठामा पसेको घाम बारेमा लेख ।’ मैले निकै मिहिनेत गरेर निबन्ध लेखेर सरलाई देखाए । मेरो निबन्ध पढेपछि सरले असाध्यै खुसी भएर भन्नुभयो, ‘तिमी राम्रो लेख्न सक्छौ, निरन्तर लेख ।’ यसपछि मैले उत्साहका साथ लेख्न सुरु गरे । यसरी सुरु भएको मेरो लेखन यात्रा अर्थपूर्ण नै रह्यो भन्ने लाग्छ । जति लेखे म सन्तुष्ट छु । असन्तोष हुनेगरी केही लेखिन ।
तपाईंको लेखन आकस्मिक रह्यो कि योजनाबद्ध ?
समय र अवस्था हेरेर हुन्थ्यो । तर, बढीचाहि समाजलाई नजिकबाट चिहाएर योजनाबद्ध तरिकाले नै लेखे । जस्तै, उतिबेला समाजमा आइमाईलाई हेर्ने दृष्टिकोण राम्रो थिएन । मैले त्यही विषय बनाएर ‘आइमाई साथी’ निबन्ध लेखे । जुन योजनाबद्ध नै थियो । मेरो व्यक्तिगत आवश्यकता वा रहरभन्दा पनि समाजलाई केन्द्र बनाएर लेखे मैले । समाजलाई चिहाएर लेख्नेहरूले आकस्मिकभन्दा बढी योजनाबद्ध तरिकाले नै लेख्छ ।
तपाईंका लागि लेखन कष्टसाध्य काम हो कि होइन ?
आफूले जे ठान्यो त्यही हो । मैले कष्ट मानेर होइन आनन्द लिएर लेखे । जबर्जस्त तरिकाले लेख्दा कष्ट हुन्छ । तर, लेखन स्वतःस्फूर्त हुनुपर्छ, जबर्जस्त होइन ।
लेखिसकेपछि ‘गजब लेखे’ भन्ने लाग्दा के गर्नुहुन्थ्यो र ‘झुर लेखे’ भन्दा के गर्नुहुन्थ्यो ?
‘अबचाहि राम्रो भयो है’ भन्ने लागेपछि साथीहरूलाई सुनाउथे । अनि फेरि साथीहरूको प्रतिक्रियाअनुसार परिमार्जन पनि गर्थें । नराम्रो भयो भन्ने लाग्दा आवश्यकताअनुसार त्यसलाई परिमार्जन गर्थें । मैले जुन विषयमा लेखे, त्यही विषयसग सम्बन्धितहरूलाई सुनाउने गर्थें । महिलाको बारेमा लेखे भने महिलाहरूलाई सुनाउथे । युवाका बारेमा लेखे भने युवालाई नै सुनाउथे । अनि फेरि उनीहरूको प्रतिक्रियाअनुसार परिमार्जन पनि गर्ने गर्थें ।
लेख्नुअघि त्यसले पार्ने प्रभावका बारे पूर्वानुमान गरेर लेख्नुहुन्थ्यो कि नगरी ?
यसको प्रभाव यस्तो पर्न सक्छ भन्ने सामान्य अनुमान त हुन्छ नै । तर, यसको प्रभाव यसरी यस्तायस्ता ठाउमा पर्छ भनेर अनुमान गर्न सकिदैन । सबै अनुमान गरेर लेखन अघि बढायो भने सलल बग्दैन । त्यस्तो लेखन उपयुक्त हुदैन ।
तपाईंको आफ्नै सिर्जनाले तपाईंलाई कति कष्ट दियो ?
मैले समाज परिर्वतनको पक्षमा लेखे । त्यतिबेला समाज परिवर्तनका पक्षमा लेख्नेहरूले जेलनेल भोग्नुपथ्र्यो । तर, म लेखेकै कारणले चाहि जेल परिन तर जेल परेकै कारणले चाहि धेरै लेखे ।
तपाईंले आफ्ना लागि लेख्नुभयो कि अरूका लागि ?
मैले आफ्नो लागि कहिल्यै लेखिन । समाजको प्रगतिशील परिवर्तनका लागि लेखे । समाजका लागि लेख्दा कहिलेकाही आङ्खनै पनि भयो होला । तर, यस्तो लेख्दा मलाई त्यस्तो फाइदा होला भनेर हिसाबकिताब गरेर कहिल्यै लेखिन ।
यो विषयमा चाहि लेख्न पाए हुन्थ्यो भन्ने लागेको छैन ?
त्यस्तो लागेको छैन । मैले अघि पनि भेने मेरो स्वास्थ्यले पनि साथ दिएको छैन । फेरि मैले आफूलाई लेख्नै मन लागेका विषयमा लेखिसकेको छु । गुनासो रहने गरी केही बा“की राखेको छैन ।
तपाईंले त ‘कसरी लेखक बन्ने ?’ पुस्तक
नै लेख्नुभयो । भनिदिनु न असल लेखक कसरी बन्ने ?
असल लेखक बन्नुअघि असल पाठक बन्नुपर्छ । पाठक नबनी लेखक बन्यो भने राम्रो लेखन हुदैन । कुनै पनि विषयमा सतही होइन गहिरो ज्ञान लिनुपर्छ ।
तपाईंको पहलमा प्रगतिशील लेखक संघ स्थापना भयो, प्रलेसले अहिले जे गरिरहेको छ, त्यसमा सन्तुष्ट हुनुहुन्छ ?
समाजको प्रगतिशील परिवर्तनको पक्षमा लेख्ने लेखकहरू पनि संगठित हुन जरुरी देखेर मैले २००९ सालमै प्रगतिशील लेखक संघ बनाए । प्रलेसले स्थापनाकालदेखि अहिलेसम्म जे गरिरहेको छ, म सन्तुष्ट छु । प्रगतिशील लेखनको क्षेत्रमा प्रलेस निकै राम्रो काम गर्दै आइरहेको छ । अहिले यसको देशैभरि संगठन पनि छ ।
जे उद्देश्यले प्रलेस सुरु गर्नुभएको थियो, त्यो पूरा हुदै छ त ?
हुदै छ । उद्देश्यहरू सबै एकैचोटि पूरा हुदैनन्, बिस्तारै हुदै जाने हो । प्रलेसले जे गर्‍यो र जे गरिरहेको छ एकदमै राम्रो गरिरहेको छ । म असाध्यै खुसी छु ।
प्रगतिशील लेखकहरू नै विभाजित छन्, यसले प्रगतिशील लेखनमा असर परिरहेको छ, होइन ?
असर परेको छैन, बरु समृद्ध पो भएको छ । कुन उत्तम हो ? सबैले रोज्न पाएका छन् । सबैले समाज परिवर्तनकै पक्षमा लेखेका छन् । विभाजित हुदा त्यस्तो ठूलो केही असर परेको छैन भन्ने मलाई लाग्छ ।
अहिलेको नेपाली प्रगतिशील लेखनचाहि कस्तो छ ?
असाध्यै राम्रो छ । राम्रा क्षमतावान् लेखक आइरहेका छन् । नेपाली प्रगतिशील लेखन समृद्ध र स्तरीय हुदै गएको छ ।
लेखेर के हुदोरहेछ तपाईंको निकष्र्ष ?
नाम, माया पाइने रहेछ । यसले समाजका लागि लेख्यो भनेर जस पाइने रहेछ । अहिले मेरो पुस्तकमाथि धेरै विद्यार्थीले ‘थेसिस’ लेखिसके । अहिले एकजनाले पिचएडी गर्दै छन् । अर्थपूर्ण जीवन बाचेछु जस्तो लागिरहेको यतिबेला ।

प्रस्तुतिः राजेश राई

======================================

साहित्यकार श्यामप्रसाद शर्मासँगको पछिल्लो अन्तर्वार्ता

साहित्यकार श्यामप्रसाद शर्मा


साहित्यकार श्यामप्रसाद शर्मा (१९८६-२०७४)को आइतबार निधन भएको छ। प्रगतिशील लेखक संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका शर्माका साहित्य, विचार र राजनीतिसम्बद्ध दर्जनौं पुस्तकहरु प्रकाशित छन्। शर्मासँग सूर्य सुवेदीले २०७० सालमा गरेको अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत छः

‘मस्कोमा सन् १९६२ मा भएको विश्वशान्ति महाधिवेशनमा भाग लिने म पहिलो नेपाली पत्रकार थिएँ’

श्यामप्रसाद शर्मा (लामिछाने)को जन्म १९८६ साल असार ६ गते ललितपुर जिल्लाको सोलिथुम (हाल मकवानपुर) मा भएको थियो। उनका पिताको नाम जोगनाथ लामिछाने र आमाको नाम हुतप्रिया लामिछाने हो। २००४ सालमा प्रजा आन्दोलनमा पक्राउ परेका श्यामप्रसाद यातना गृहबाट फर्केर आउँदा स्कूलमा नाम काटिइसकेको हुन्छ। स्कूलका हेडमास्टर मदनमणि दीक्षितले माफी मागे मात्रै पुनः नाम लेखिदिने भन्दा उनी र धनुषचन्द्र गौतमले माफी माग्दैनन्। भारतमा गएर परीक्षा दिएर पनि मेट्रिकको परीक्षामा श्यामप्रसाद असफल हुन्छन्। श्यामप्रसादको औपचारिक पढाइ त्यति नै हो। तर पनि स्व–अध्ययनले श्यामप्रसादको अङ्ग्रेजी र नेपाली स्तरीय मानिन्छ। श्यामप्रसादले लेख्ने–पढ्ने चेतना आफ्ना गायत्री गुरु कृष्णचन्द्र अर्यालबाट प्राप्त गरेका हुन्। सुरूमा गान्धीबाट प्रेरणा पाएका श्यामप्रसादले भारतीय लेखक प्रेमचन्द्र र गान्धी जस्ता व्यक्तिहरूका लेख पढ्न थाले। हिन्दीमा निस्किएको सन्देश कवितालाई २००५ सालमा नेपालीमा अनुवाद गरी ‘उदय’ पत्रिकामा आफ्नो नामबाट प्रकाशित गराए। २००८ सम्मका पटकपटकका जेल जीवनमा लेखिएका चिठीहरू, हस्तलिखित र स्लेट पत्रहरूले श्यामप्रसाद साहित्यतर्फ पनि बढ्दै गए। उनले वि.सं. २००४ सालमा ‘सेवा’ पत्रिका शुरू गरेका थिए। २००८ सम्म मात्रै सेवाले केही समय निरन्तरता पाएको थियो। वि.सं. २००९ सालमा श्यामप्रसादले वीरगञ्जमा प्रगतिशील लेखक संघको स्थापना गरेर पहिलो अध्यक्ष भएका थिए। अहिलेको प्रगतिशील लेखक संघ त्यसैको निरन्तरता हो। चाबहिलकी पुनु वाग्लेसँगको प्रथम विवाह २०१० सालमा पारपाचुकेमा समाप्त हुन्छ। 

२०१३ मा शशिकलासँग प्रेम विवाह हुन्छ। २०१५ सालमा श्यामप्रसाद प्रकाशक र शशिकला सम्पादक भएको ‘स्वास्नीमान्छे’ पत्रिका प्रकाशित हुन्छ। यो पहिलो महिलाले सम्पादन गरेको महिलाकै बारेमा लेखिने साहित्यिक पत्रिका थियो। यो शुरूमा त्रैमासिक र पछि गएर द्वैमासिक भयो। द्वैमासिक भएपछि शशिकला नै सम्पादक तथा प्रकाशक भइन्। यो पत्रिका २०२५ सम्म प्रकाशित भयो।

२०१६ पौषबाट श्यामप्रसादले ‘साहित्य’ नामको द्वैमासिक पत्रिका शुरू गरे। यो पत्रिकालाई प्रगतिशील धारको महइभ्वपूर्ण पत्रिका मानिन्छ। यो २०१९ सालदेखि प्रकाशित भएन। शशिकलासँग पारपाचुके भएको केही पछि श्यामप्रसाद २०२४ मंसिरमा भूमिगत भए। २०४७ मा २३ वर्ष पछि श्यामप्रसाद पुनः देखा परे। उनी कम्युनिष्ट पार्टीको निर्णयमा भूमिगत भएका र पार्टीकै निर्णयमा प्रकट भएका थिए। श्यामप्रसादका प्रमुख कृतिहरू निम्न हुन्। बहिनीलाई चिठी भाग १, २००८, साहित्यका पात्रपात्री २००९, बहिनीलाई चिठी भाग २, २०१२ , तँ, तिमी, तपाईं, हजूर २०१४, पाँच जरुरी कुरा २०२०, साहित्य सम्बन्धी दुईचार कुरा २०२२, चीनका पुराना नीति कथा २०२४, थुनुवाको डायरी २०३८, मेरो डायरीमा लेनिन २०४०, म साम्यवादी होइन २०४०, आएका केही चिठी २०५५, केही साहित्यकार र साहित्य २०४२, मेरो पत्रकार जीवन २०६३। यसको अतिरिक्त विभिन्न साहित्यिक पत्रपत्रिकामा श्यामप्रसादका विभिन्न नामवाट प्रकाशित लेख–रचनाहरू छन्। श्यामप्रसादले कहिले ऋषभदेव शर्माका नामबाट, कहिले भान्दाइका नामबाट र कहिले देशभक्तका नामबाट समेत लेखहरू प्रकाशित गराएका छन्। श्यामप्रसाद पत्रकारको रूपमा २०१९ मा रूसको मास्कोमा भएको निरस्त्रीकरण र विश्वशान्ति महाधिवेशनमा भाग लिन गएका थिए र हङगेरीको राजधानी बूढापेष्टमा भएको पत्रकारहरूको अन्र्तष्ट्रिय सङ्गठनको पाँचौ महाधिवेशनमा भाग लिने प्रथम नेपाली पत्रकार थिए। २०२३ सालमा श्यामप्रसादले पत्रकारका रूपमा चीनको पनि भ्रमण गरेका थिए।

नेपाली प्रगतिशील साहित्यमा श्यामप्रसादको अग्रणी स्थान छ। २००९ सालमा प्रगतिशील लेखक संघ वीरगञ्जमा खोल्ने श्यामप्रसादलाई नेपालमा प्रगतिशील साहित्य भित्र्याउने सीमित साधकहरूमध्ये प्रमुख व्यक्तित्वमा लिइन्छ। श्यामप्रसादले कहिल्यै पनि पद, पैसा र प्रतिष्ठाको पछि लागेको देखिदैन। उनको बीसौ वर्षको भूमिगत जीवन र अज्ञातवासले कम्युनिस्ट आन्दोलनलाई त केही फाइदा नै भयो होला तर ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ जस्ता राम्रा साहित्यिक पत्रिकासँग सम्बद्ध श्यामप्रसादले नेपाली साहित्यमा जे जति दिन सक्थे त्यसबाट नेपाली साहित्यलाई ठूलो घाटा भएको धेरै लेखकहरूको धारणा पाइन्छ। २०७० साल वैशाख ५ गते बिहीबारका दिन दिउसो १ बजे कमलपोखरी स्थित श्यामप्रसाद शर्माकी छोरीको घरमा साहित्यिक पत्रकार तथा लेखक श्यामप्रसाद शर्मासँग सूर्य सुवेदीले गरेको वार्ताको सम्पादित अंशः




साहित्यकार श्यामप्रसाद शर्मा



श्यामप्रसाद शर्माज्यू, नेपालको साहित्यिक पत्रकारिता र प्रगतिशील लेखनमा यहाँको ठूलो योगदान छ। यहाँ कसरी लेखक र साहित्यिक पत्रकारितातिर लाग्नुभयो, कसैको प्रेरणा पनि थियो कि? 
मेरा बारेमा एकजनाले पीएचडी नै गर्नुभएको छ, उहाँको नाम धर्मराज अधिकारी हो। मेरो बारेमा जे जे सोध्नुपर्छ, सबैले उहाँसँग नै सोध्दछन्। तपाईंले पनि उहाँसँगै मेरो बारेमा सोध्नुपर्छ। मेरो बारेमा सबैले सल्लाह पनि उहाँकै लिन्छन्। एम.ए. मा दुई–तीन जना अरूले पनि थेसिस लेखेका छन्। मेरो विषयमा धर्मराज अधिकारीले जति अरूले शोध खोज गरेका छैनन्। मैले पनि उहाँलाई नै मान्दछु। अतः मेरो विषयमा वहाँस“गै बढी सोध्नु बेस हुन्छ। म सामान्यतया एस.एल.सी. पनि पास भएको मान्छे होइन। मैले जे जे लेखेको छु किताबकै रूपमा लेखेको छु। म यहाँलाई दिन्छु। ती पुस्तकबाट पनि केही लिन सक्नुहुन्छ। मेरो मुख्य विषय तीनवटा हुन्। १. राजनीति, २. साहित्य र ३. पत्रकारिता। मेरा तीनवटा विषयमा जे जे छ, म ती पुस्तकहरू दिन्छु, त्यसबाट मेरो बारेमा लेख्नुहोस्।

यहाँ कसरी साहित्यपट्टि लाग्नुभयो नि? 
केटाकेटीदेखि नै साहित्यमा चाख बस्यो। स्कूलमा पढाउने गुरुहरूदेखि लिएर घरको वातावरणले पनि त्यतातिर रस बस्यो। म बाहुन हुनाले सानैमा व्रतबन्ध गरे। त्यो बेलामा गुरुमन्त्र सुनाए। एकजना गुरुनै लेखक पर्नुभयो। कृष्णचन्द्र सिंह अर्याल भन्ने गुरु गोरखापत्रमै काम गर्नुहुन्थ्यो। उहाँलाई त्यो बेलाका जम्मै लेखकहरूका विषयमा थाहा थियो। उहाँले ती लेखकहरूबारे सुनाउनुहुन्थ्यो। त्यसो हुँदा ममा साहित्यिक चेतना भरियो। केटाकेटी बेलादेखि नै सङ्गतले गर्दा राजनीतिमा लागियो। सत्याग्रहमा पनि भाग लिन लागियो। म काँग्रेस पार्टीमा लागेर सत्याग्रहमा पनि भाग लिन लागें। झ्यालखानामा नै परियो तीन चोटि। पटक–पटक जेल परेपछि त्यसबारे किताब लेखें। टङ्कप्रसाद आचार्यको सङ्गत गरें। खड्गमान सिंह बस्नेतको सङ्गत गर्न पाइयो। जसले जेलमा बीस वर्ष भन्ने पुस्तक नै लेख्नुभएको छ। उहिलेका राजनीतिज्ञहरूसँग जेलमा पनि सङ्गत गरें, जेल बाहिर पनि सङ्गत गरें। त्यसैगरी साहित्यकारहरू लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौडेल यी सबैसँग पनि सङ्गत गर्न पाइयो। मैले यी लेखकहरूसँग सङ्गत भएको विषयमा समेत लेखहरू पनि लेखेको छु। राजनीतिज्ञहरूको सङ्गतले राजनीतितर्फ र साहित्यकारहरूसँगको सङ्गतले साहित्यतर्फ रुचि बढेको हो। मैले पत्रकारितातर्फ पनि चाख राख्न थालें।

वि.सं. २०१९ सालमा मस्कोमा भएको निरस्त्रीकरण र विश्वशान्ति महाधिवेशनमा भाग लिने म पहिलो नेपाली पत्रकार थिएँ। त्यसैगरी हङ्गेरीको राजधानी बूढापेष्टमा भएको पत्रकारहरूको अन्तर्राष्ट्रिय सङ्गठनको पाँचौं महाधिवेशनमा भाग लिने प्रथम नेपाली पत्रकार पनि म नै थिएँ। त्यसले नेपाली पत्रकारको इतिहास नै निर्माण भएको थियो। निम्ता दिनेहरूले नै हाम्रो पाँचौ कंग्रेसमा स्पिच दिनुहुन्छ भने निम्ता दिन्छौं भनेका थिए। मैले त्यो मौका छोपें। म मस्को गएको थिएँ। बूढापोष्ट गएको होइन। त्यहाँ बूढापेष्टका मान्छे पनि आएका थिए। तपाईंलाई नेपालको तर्फवाट भाग लिन हामी निम्ता दिन्छौं भने। मैले भाषण गरें। मेरो त्यो भाषणको शीर्षक ‘ए रिपोर्ट अन जर्नालिजम एण्ड जर्नालिष्ट अफ नेपाल’ भन्ने थियो। त्यो अगष्ट ८, १९६२ मा अर्थात् आज भन्दा ५१ वर्ष अघिको घटना थियो। मैले साहित्यिक पत्रिकाको सम्पादकको हैसियतले हंगेरीको राजधानी बूढापेष्टमा गरेको त्यो भाषण नेपाली पत्रकारिताको दृष्टिले ऐतिहासिक थियो।

दक्षिण एसियाली देशबाट अरू पत्रकारहरू पनि थिए होलान् नि?
दक्षिण एसियाका अरू देशका पनि पत्रकारहरू हुँदा हुन्। भारत, पाकिस्तानका पनि थिए। रूस, चीन र संसारका प्रायशः देशका पत्रकारहरू पनि थिए। संजोगले नेपालको पनि प्रतिनिधित्व भयो। म अर्कै सन्दर्भमा मस्कोमा गएको थिएँ। हामी विश्वशान्तिकै पक्षमा थियौं।

मोफसलबाट वा काठमाण्डू बाहिरबाट पहिलो साहित्यिक पत्रिका ‘गुनासो’ यहाँले नै सबभन्दा पहिला प्रकाशित गर्नुभएको भनेर ‘रचना’ पत्रिकाका सम्पादक रोचक घिमिरेले मलाई भन्नुभयो। जेल भित्र पनि यहाँले पत्रिका चलाउनुभयो भनिन्छ। त्यस विषयमा केही थाहा पाऊँ न?
जेलभित्र पस्नुभन्दा पहिले पनि ‘सिलेटमा’ लेखेर ‘सिलेट पत्रिका’ जेलभित्र पठाउँथ्यौं। त्यसो गरिराखेको हुनाले मैले त्यो छाडिनँ। पत्रकारिताको काम चाहिँ कहिल्यै पनि छाडिनँ। विश्व सम्मेलनमा भाग लिनुभन्दा पहिले पनि र पछि पनि पत्रिका निकाल्ने काममा निरन्तरता नै दिएँ।

जेलमा पनि बाहिर पनि लेखिराख्नुपर्छ भन्ने ऊर्जा यहाँलाई कसरी प्राप्त भयो नि?
केटाकेटी अवस्थादेखि नै यस्तो आदत बस्यो। मनमोहन अधिकारीका बाबु रामचन्द्र अधिकारी नै मेरो घरमा वीरगन्जमा डेरा गरेर बसेका थिए। उहाँहरू चाहिँ अघिदेखि नै राजनीतिमा लागेका मान्छेहरू हुनुहुन्थ्यो। बनारस बस्ता मनमोहन अधिकारीसँग पनि सङ्गत भयो। हामी उहाँलाई दाइ भन्थ्यौ। उहाँ पनि आइरहनुहुन्थ्यो। भरतमोहन पनि त्यहीं पढ्न बस्नुहुन्थ्यो। हामी त्यहाँ पनि एउटै घरमा बसेका थियौं। त्यो बेलादेखि नै राजनीतिक व्यक्तिहरूका कुरा सुनेको थिएँ। जेलमा बसेपछि टङ्कप्रसादहरूको सङ्गत गर्न सजिलो भयो। खड्गमान सिंह बस्नेतसँग पनि सङ्गत भयो। पछि जेलबाट छुटेपछि पनि उहाँहरूसँग मित्रता बढ्यो। हामीले उहाँकै बारेमा पनि किताब लेखेका छौं। जेलमा बसेपछि जेलको अनुभव पनि लेख्न पाइयो। कुनै किसिमको पिर नगर्ने। जे जे भोगिन्छ त्यही त्यही विषयमा लेख्तै जाने।

‘साहित्य’ पत्रिका जुन यहाँले २०१६–१९ मा सम्पादन गर्नुहुन्थ्यो त्यस विषयमा जानकारी पाऊँ न?
जब भूमिगत जीवन बिताउनुपर्‍यो त्यसैले साहित्यलाई निरन्तरता दिन त मिल्दैनथ्यो। त्यसो हुँदा साहित्य पत्रिका बन्द गर्नुपर्ने अवस्था आयो।




श्यामप्रसाद शर्मा



श्यामप्रसाद शर्माले ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ पत्रिकाको माध्यमबाट समेत र खासगरी नेपाली साहित्यको प्रगतिशील साहित्य फाँटमा राम्रो सेवा पुर्‍याएको हो। तपाईंले २००८ मै वीरगञ्जबाट सेवा साहित्यिक पत्रिका निकालेर मोफसलबाट पहिलो साहित्यिक पत्रिका निकाल्ने इतिहास पनि बनाउनुभएको छ। तपाईंले २०२४ मंसिरदेखि २०४७ सम्म २३ वर्ष भूमिगत जीवन बिताउँदा नेपाली साहित्यलाई घाटा भएको लाग्दैन?
मलाई त्यस्तो लागेको छैन। किनभने आफ्नो–आफ्नो काममा सबैले अनुभव लिएको हुन्छ। जे काममा लाग्यो त्यसैमा महइभ्व दिइएको हुन्छ। के कामले के महइभ्वपूर्ण काम गर्‍यो? हामीले हेर्ने कुरा हो। आफूले गरेको राम्रो अरूले गरेको नराम्रो भन्ने कुरा त होइन। तर जे काममा आफूले महइभ्व दिइयो, त्यो पक्ष पनि राम्रो नै हुन्छ।

तपाईंले काम गर्दा संस्मरण भएका घटना वा क्षण केही छन् कि?
लक्ष्मीप्रसाद देवकोटाले वीरगञ्जको एउटा समारोहमा के भन्नुभएको छ भने ‘ल है यहाँ हामी होस गरेर बोलौं, श्यामप्रसादजी यहाँ बोल्दै हुनुहुन्छ। उहाँले हामीलाई समात्नुहुन्छ। हामी होस गरेर बोलौं।’

देवकोटाजीले यहाँलाई ठूलै सम्मान दिनुभएछ होइन त?
अरूलाई सावधान पनि गराउनुभयो। मलाई सम्मान पनि गर्नुभयो।

यहाँको लेखनाथ, सम, देवकोटा वा अरू साहित्यकारहरूसँगका कुनै रोचक सम्झना छन् कि?
लक्ष्मीप्रसाद देवकोटाको कस्तो बानी भने जिम्मेवारी नभए जस्तो, सहज खालको स्वभाव थियो। वीरगन्जमा एकचोटि परोपकार भन्ने संस्थाले सभा आयोजना गरेको थियो। उहाँले एउटा कविता लेख्नुभएको थियो। त्यो कविता भन्दाखेरि उहाँले त्यसको अर्थ भन्न सक्नुभएन। उहाँले त्यो कविता पढिसकेपछि श्रोताहरूमध्येका केही युवाहरू त्यसको अर्थ सोध्न म समक्ष आए। लक्ष्मीप्रसादजी यही हुनुहुन्छ उहाँबाटै यसको अर्थ सुन भनेर मैले तिनीहरूलाई देवकोटा समक्ष प्रस्तुत गरें। तर उहाँले त्यो कविताको अर्थ भन्न सक्नु भएन। अर्थ मिलेन। पछि मैले उहाँलाई त्यसको अर्थ बताएको पनि थिएँ। त्यसै हुनाले उहाँले ‘यहाँ श्यामप्रसादजी बोल्दै हुनुहुन्छ, उहाँले समाउनुहुन्छ, होसियार होऊ’ भनेर भन्नुभएको हो।

मदनमणि दीक्षितले वीरगन्जमा पढाउनुभएको रहेछ। यहाँको उहाँसँग पनि सम्बन्ध थियो होला नि?
कस्तो भयो भने उहाँ हेडसर हुनुहुन्थ्यो। हामी भर्खरका विद्यार्थी थियौं। हामी राणा शाहीको विरोधमा सत्याग्रहमा निस्किएका थियौं। उहाँले हाम्रो नाम स्कूलबाट काटिदिनुभएछ। त्यसमध्ये धनुषचन्द्र गौतम र मेरो नाम काटियो र उहाँ सबभन्दा घनिष्ठ मित्र र कक्षा साथी हुनुहुन्थ्यो। हामी स्कूलमा जाँदा माफी माग अनि मात्र परीक्षा दिन पाउँछौ भनेर उहाँले भन्नुभयो। हामीले माफी माग्न मानेनौं। हामीलाई एस.एल.सी. जाँच दिन दिएनन्।हामीले राणाशाहीको विरुद्धमा गरेको सत्याग्रह ठीक भनेर माफी मागेनौं। नेपालबाट जाँच दिन पाइएन। हामी दुवैजनाले भारत मोतिहारी गएर जाँच दियौं।

‘जनमत’ भन्ने पत्रिका यहाँले सम्पादन गर्नुभएको रहेछ। यो पत्रिका कति समय चल्यो?
दुईचार वर्ष चल्यो होला। त्यो कम्युनिष्ट पार्टीले चलाएको राजनीतिक पत्रिका थियो। म २०१२। १३ सालमा त्यही पत्रिका चलाउने सन्दर्भमा काठमाण्डू आएको थिएँ।

‘साहित्य’ र ‘स्वास्नीमान्छे’ पत्रिका कसरी निस्किए?
यहाँ आएपछि यहीं बस्नुपर्ने भयो, यहीं काम गरेर बस्नुपर्ने भयो। पार्टीले छापाखाना राख्यो। त्यसको जिम्मेवारी पनि मलाई नै दिए। आनन्द प्रिन्टिङ प्रेस भन्ने छापाखाना थियो।

यहाँका पुस्तकहरू बारे थाहा पाऊँ न?
पुस्तकको लिष्ट त तपाईंले किताबहरूबाटै लिँदा भइगयो। जुन धेरैले मन पराउँछन्, म पनि त्यही नै राम्रो भन्छु। जुन किताबहरू अन्तर्राष्ट्रिय जगतमा र राष्ट्रिय जगतमा लोकप्रिय भए तिनै पुस्तक राम्रा भन्नुपर्छ। पहिले–पहिले पत्रकारिताका किताब नै थिएन्। मेरै लेख, मेरै भाषण पढ्नुपथ्र्यो। कोर्स नै मेरा स्पिचहरू हेरेर तय हुन्थे।

प्रगतिशील साहित्यिक संघको पहिलो अध्यक्ष यहाँ नै हुनुहुँदो रहेछ। त्यो संस्था कसरी गठन भयो?
साथीहरूलाई बानी परोस् भनेर केही साथीहरू जम्मा गरें।

ती व्यक्तिहरू को को थिए?
केवलपुरे किसान, धनुषचन्द्र गौतम र म समेत थियौं।

प्रगतिशील साहित्य भन्नाले के अर्थ राख्छ? प्रगतिशील साहित्य र अरू साहित्यमा के फरक छ?
प्रगतिशील साहित्य भन्नाले त्यो समाजलाई अगाडि बढाउने साहित्य हो। समाज जुन स्तरमा छ त्यो भन्दा अलि अगाडि बढाउनलाई प्रगतिशील साहित्यले काम गर्छ।


श्यामप्रसाद शर्मा

म सँगको वार्तामा गोविन्दप्रसाद लोहनीले प्रगतिशील साहित्य भन्ने पहिला–पहिला कम्युनिष्टहरूले नै शुरू गरे पनि वेलफेयर स्टेट र वेलफेयरिजमले पनि धेरै कुरा भित्र्यायो। प्रगतिशील कम्युनिष्टहरू मात्र रहेनन् भन्नुभएको छ। यसमा तपाईं के भन्नुहुन्छ?
पूँजीवादी र वेलफेयर स्टेटहरूले पनि प्रगतिशीलताका धेरै कुरा तानेका छन्। कम्युनिजमले पनि उनीहरूका राम्रा कुराहरू लिएका छन्। पूँजीवादले प्रगतिशीलताका कुरा नलिएको भए वा नतानेको भए समाज यति अघि बढ्ने थिएन। सारा आविष्कार, विकास, विज्ञानको चमत्कार पूँजीवादले गर्दा नै भएको हो। पहिले हामी सामन्ती समाजमा थियौं। त्यसपछि पूँजीवाद भयो, क्रमशः विकास भएको छ। पूँजीवाद भनेको पनि प्रगतिवादकै एउटा नमुना पनि हो। पूँजीवाद प्रगतिवादको पहिलो स्टेज हो र पूँजीवाद नआइकन समाजवाद आउँदैन।

यहाँले नेपालमा प्रगतिशील साहित्यको स्थिति कस्तो देख्नुहुन्छ?
राम्रो छ। कुन समाजमा साहित्य पछाडि छ र? हामीलाई राम्रो लागेन भन्दैमा नराम्रो छ भन्न त मिल्दैन नि। सबै समाज चाहे पूँजीवादी समाज हुन् वा कम्युनिजम हुन् पहिले भन्दा विकास नै गरेका छन्। त्यसो भएको हुनाले कम्युनिजम राम्रो पूँजीवाद नराम्रो भनेर दोष लाउनु ठीक होइन।

मैले नेपालमा हेर्दा धेरै वामपन्थी राजनीतिज्ञहरू लेखक छन् तर कांग्रेस वा अरू प्रजातन्त्रवादीहरू कम लेखक वा साहित्यकारहरू देखे। यहाँ नेपालका प्रगतिशील लेखकहरूको रचनासँग सन्तुष्ट हुनुहुन्छ?
सबै थरीको लेखन राम्रो छ। सबैको एकै थरीको हुँदैन। सबै पक्षका लेखकहरूमा राम्रो लेख्ने पनि छन्, कमजोरी भएका पनि छन्। सबै थरीले लेखेका छन्।

अहिलेसम्म श्यामप्रसाद शर्माले जसरी लेख्यो जे लेख्यो आफ्नो लेखाइलाई फर्केर हेर्दा कसरी हेर्नुहुन्छ?
मलाई एउटा लेखकका रूपमा स्वीकार्नै पर्छ। मलाई लेखकबाट फाल्न मिल्दैन। फाल्न नमिलेपछि श्यामप्रसादलाई पनि एउटा लेखकको रूपमा मान्न परिगयो नि।
(हिमालयन बुक स्टलद्वारा प्रकाशित ‘सिर्जना र दृष्टिकोण’ पुस्तकबाट)

http://nepalkhabar.com बाट साभार 

======================================
श्यामप्रसाद शर्माका केही प्रतिनिधि रचनाहरू

१. लेखक बन्न सजिलो छ कि गाह्रो ?

अरू प्राणीहरूसरह मानिस पनि आफ्नो भावना प्रकट गर्न चाहन्छ । भावना प्रकट गर्ने अनेक साधनहरूमध्ये एउटा हो लेख्नु । लेख्नु पनि धेरै किसिमका छन्शिलालेख, ताम्रभोजपत्रादिलेख, चित्र, लेख इत्यादि यी लेखाइहरूमध्ये एउटा होकागतमा कलममसीले अक्षर लेखेर आफ्नो भावना प्रकट गर्नु । आजको युगमा यही लेखन सबै लेखनहरूको नाइके भएको छ । लेखकशब्दको अर्थ हो लेख्ने मानिस, चाहे त्यसले जे सुकै लेखोस्ः चिठी, तमसुक, पुस्तक आदि । तर, यहाँ लेखकको अर्थ पुस्तक र पत्रपत्रिकाहरूको निम्ति लेख लेख्ने मानिसहरू हुन् । यसरी लेख्नेहरूमध्ये निकैको मुख्य काम नै यही हुन्छ । ती कथा, नाटक, कविता, उपन्यास इत्यादि अनेकथरी लेख लेखेर समाजको सेवा गर्छन् र साहित्यकार या लेखककवि कहिन्छन् । केही प्रमुखरूपले समाजमा अरू काम गर्नका साथै लेखकविताहरू तयार गर्ने अभिरुचिका पनि हुन्छन् । यहाँ लेखक भन्नाको अभिप्राय यी दुबैथरीलाई हो । यसो भए तापनि प्रमुखरूपले पहिलाथरीलाई र गौण रूपले दोस्रा थरीलाई लेखक मानिएको छ ।

मानिस आफ्नो विचार प्रकट गरेर मात्र अघाउँदैन । ऊ आफ्नो विचार अनुसार अरूहरूले चलेको पनि देख्न चाहन्छ । त्यस कारणले लेखमा आफ्नो विचारमात्र पोखेको हुँदैन, त्यसलाई सकेसम्म तर्कपूर्ण, अखण्डनीय, उपयोगी र आकर्षक रूपमा पेस गर्ने चेष्टा गरिएको हुन्छ । जुनसुकै प्रश्नको पनि समुचित उत्तर दिन ऊ खोज्छ । मानिसको यस किसिमको चेष्टा या लिपिबद्ध विचारलाई साहित्य भन्छन् । हुन त साहित्यको परिभाषा सोधेमा विभिन्न व्यक्तिले विभिन्न विचार व्यक्त गर्नेछन्, तर मोटामोटी रूपबाट भन्ने हो भने जीवनका विभिन्न पहलुहरूलाई कलात्मक रूपले प्रकाशमा ल्याउनु नै साहित्य हो । साहित्यकार या लेखक भनेका साहित्य स्रष्टा हुन् । लेखक बन्नुको मोटामोटी अर्थ हो साहित्य सिर्जनुलिखित रूपले आफ्नो भावको अभिव्यक्ति गर्नु ।

लेखक मानिस नै हुन्छ । मानिस सामाजिक प्राणी हो । जस्तो समाज या परिस्थितिमा ऊ रहन्छ त्यसैको आधार अनुसार उसको विचार बनेको हुन्छ । कुनै लेखकको विचार पनि विशुद्ध मौलिक हुँदैन । किनभने उसले आफ्नो जुन विचारधारालाई मौलिक भनेर घोषित गर्दछ, त्यो उसको मौलिक विचारनै विभिन्न विचारधारा या परिस्थितिबाट जन्मेको हुन्छ । यसो भए तापनि उसको नयाँविचारलाई नयाँ मान्नेपर्छ । जसरी बाबुआमाबाट जन्मेको भए तापनि छोरो एउटा नयाँ रूप हो । छोराको प्रभाव बाबुआमामा र उनीहरूको प्रभाव छोरामा परेजस्तै समाजबाट जन्मेको लेखकको विचार समाजलाई नै प्रभावित पार्न सक्छ, पार्छ । त्यसैले कुनै लेखको अध्ययन गर्दा त्यस लेखकको जीवनको पनि अध्ययन गर्नु पर्छ । समाजमा लेखकको वर्गरूप के रहेको छ, ऊ कुनकुन परिस्थितिबाट गुज्रेर कुन अवस्थामा पुगेको छ भन्ने कुरा पत्ता लगाउनुपर्छ र लेखकहरूले पनि आफ्नो महान् उत्तरदायित्वलाई पहिचानेर कलम चलाउने गर्नुपर्छ, किनभने उनीहरूले दिएको विचारधाराले समाजको गतिविधिलाई प्रभावित पार्दछ ।

समाजलाई सञ्चालन गर्ने तÕवमा साहित्यको विशेष स्थान छ । साहित्यले मानिसको विचारधारालाई बनाउँछ र बिगार्छ । साहित्यलाई साहित्यकारहरूले सिर्जन्छन् । त्यसकारण, साहित्यकार अर्थात् कविलेखकहरूलाई मानवमस्तिष्कका शिल्पकार भन्नुपर्छ । मानव जातिलाई साहित्यकारले जसरी पनि कँुद्न सक्छ । विकृत विचारधारालाई सपार्नु र सद्देलाई विकृत बनाइदिनुमा उसको ठूलो हात रहन्छ । लेखककविहरूको यस्तो ठूलो महÕव भए पनि आज नेपालमा ती धेरै छैनन् । जो जति छन् तिनमा पनि कैयन् त सच्चा साहित्यकार नभएर नक्कली मजुरछन् । त्यसकारण, आज नेपालीलाई जनताका साहित्यकारहरूको अत्यन्त आवश्यकता छ । हुन त आज नेपाललाई मास्टर, प्रोफेसर, डाक्टर, इन्जिनियर, राजनीतिज्ञ आदि सबै प्रकारका बुद्धिजीवीहरूको आवश्यकता छ, तर तिनीहरूलाई समेत सुयोग्य बनाउन पुस्तक र पत्रपत्रिकाहरू तयार गर्ने वर्ग साहित्यकारहरूको नै हो ।

आज नेपालमा लेखकहरूको संख्या त्यति छैन जति आवश्यक छ । आजका वर्तमान लेखकहरूको लेख मध्ययुगीन समाजबाट प्रभावित भएको जस्तो देखिन्छ । हाम्रा प्रगतिशील लेखकहरूले आवश्यक प्रगति गरेका छन्, तर तिनीहरूको संख्याभन्दा बढ्ता यस्ता लेखकहरूको संख्या छ, जसको लेखले नेपालमा एउटा शोचनीय अवस्था उत्पन्न गर्दछ ।” (‘जनयुग’–१५ मई, १९५२)

केही मानिसहरूको मत छलेखक हुनलाई जन्मजात विशेष प्रतिभा चाहिन्छ । प्रकृतिको वरदान पाइसकेकाहरू नै लेखक बन्न सक्छन् । तर, यो भनाइ पूर्वजन्मको कमाइले नै मानिसहरू धनी भएका हुन्भनेजस्तै हो । लेखक बन्ने दृढसंकल्प, यसको निम्ति लगन र अभ्यासले जो पनि केही समयमा लेखकलेखिका बन्न सक्छन् । हाम्रा आदिकवि भानुभक्त आचार्यले बाईस वर्ष पुगेपछि कविता रच्न थालेका थिए । आजका सुप्रसिद्ध लेखक हृदयचन्द्रसिंह प्रधानलाई लेखक बन्ने रहरले कुत्कुत्याएर पण्डित लेखनाथ पौड्यालकहाँ सिक्न जाँदा कविजीले वहाँलाई लेखक बन्न असम्भव बताउनु भएछ । तर त्यो असम्भवमिश्रित वाक्यबाट नै हृदयजीले सबभन्दा ज्यादा प्रेरणा लिनुभयो । अझ सुन्नुहोस्– “आफ्नो युवावस्थामा टल्सटाय मस्कोको सूचीकारका पसलहरूमा सारै नै तल्लो खालको मानिससरह जीवन बिताउँथे । उनैको भनाइबमोजिम युवावस्थामा उनी रक्सी खानु, हुल्लडबाजी गरी हिँड्नु र हत्या जस्तो भयङ्कर कर्म पनि गर्दथे । तर आफ्नो कालान्तरको जीवनमा उनी एउटा महान् साहित्यकार र एउटा ठूलो प्रभावशाली धर्मोपदेशकको रूपमा प्रख्यात भए । उनको विद्यार्थीजीवन सारै नै दुर्भाग्यपूर्ण भएर बित्यो । त्यस समय उनको मस्तिष्क कहाँसम्म कमजोर थियो भने कुनै विषयले पनि त्यसमा प्रवेश नै गर्दैनथ्यो । फलस्वरूप उनका शिक्षकहरू उनको मस्तिष्कशक्तिदेखि पूर्णतः निराश हुँदै गएका थिए । यही मोटो बुद्धि भएको मानिसमा पछि कहाँसम्म आश्चर्यजनक विकास भयो भने उनको लेखनीबाट संसारले युद्ध र शान्ति’ (ध्बच बलम एभबअभ) एवम् कार्ल र अन्ना’ (ब्ललब प्बचभललष्लब) दुइटा यस्ता उपन्यास पायो जसलाई त्यस शताब्दीका महÕवपूर्ण देन भन्नमा कुनै अत्युक्ति ठहरिनेछैन.....” (‘सेवाअक्टोबर १९५२, पृष्ठ ३५)

विश्वविख्यात उपन्यासकार चाल्र्स डिकेन्सका बारेमा–“...जब उनले प्रथमतः लेख्ने काम थाले अरूले खिसी गर्लान् भनेर उनी सारै नै डराउँथे । कहाँसम्म भन्नु, आफूले लेखेको प्रथम पुस्तकको गुरुकापीलाई अरूले देख्न नपाऊन् भन्ने अभिप्रायले शून्य रात्रिको बखत डाँकघरमा खसाल्न गएका थिए । त्यस समय उनको उमेर बाईस वर्षको थियो । त्यो कहानी पठाएको बदलामा उनले एक सेन्ट पनि पाएनन् । त्यसपछि क्रमशः उनले लेखेका आठवटा कहानीहरूको पनि बिल्कुलै मूल्य पाएनन् । डिकेन्सले आफ्नो जीवनभरमा चार वर्षभन्दा बढी स्कुली शिक्षा पाउन सकेका थिएनन् । त्यसोभए तापनि उनले अंग्रेजी भाषामा सत्रभन्दा बढी सर्वश्रेष्ठ उपन्यासहरू लेखेका छन्.....” (‘सेवापहिलो वर्ष, पहिलो अङ्क)

मैले सपनामा पनि के ठानेको थिइनँ भने कुनै दिन उपन्यासकार बनुलाँ । म आफ्नो नाम पनि लेख्न सक्दिनथेँ । कम्युनिस्ट पार्टीको छत्रछायाँ नहुँदो हो त म जस्तोजाबो ज्यामीले साहित्यलाई पढ्न सक्ने पनि हुन नपाउने, लेखक हुने कुरो त परै जाओस् ।” (‘नयाँ चीनबाट)

माथि लेखिएका उद्गार चेनतेंगको हो, जो चीनका एक नामी उपन्यासकार हुन् । यस्ता उदाहरणहरू अनगिन्ती छन् । यहाँ दिएर साध्य छैन । सारांश के भने लेखक बन्न केही कठिनता हुनसक्छ, तर असम्भव होइन । न त यसको निमित्त जन्मजात प्रतिभा नै चाहिन्छ भनेर भन्न सकिन्छ । बरु त्यसो भन्नु असंख्य भावी लेखकहरूको प्रतिभा उपर बन्चरो चलाउनु हो ।

लेखक बन्ने कामलाई सारै नै सजिलो छ भनेर पनि भन्न सकिन्न । शास्त्री, रत्न र बी.ए, एम.ए इत्यादि डिग्रीहरू पाउँदैमा कोही लेखक बन्न सक्दैन । भाषाशास्त्रलाई राम्ररी पचाइ सकेको होस् अथवा विज्ञानका प्रगोगहरूमा राम्रो सफलता पाएको होस् या राजनीतिक क्षेत्रमा गहिरो अनुभव हासिल गरेको होस्, तैपनि त्यसलाई लेखक बन्न सक्छ नै भनेर भन्न सकिन्न । त न लेखक कसरी बन्ने ?” जस्ता दुईचार वटा पुस्तकहरू पढ्दैमा कोही लेखक बन्न सक्छ ! हो, यस किसिमका लेखहरूले लेखक बन्न चाहनेहरूको उत्साह बढाइदिन सक्छन्, अलिअलि बाटो देखाइदिन पनि सक्छन्, तर सफल लेखक हुनलाई त एक किसिमले तपस्या नै गर्नुपर्छ अर्थात् निरन्तर दीर्घ कालसम्म लेखि नै रहनुपर्छ । यसरी लेख्ता लेख्तै नै लेख्न जानिन्छ । तर, लेखनकार्यको गुरुत्वलाई नबुझिकन अथवा यसलाई एउटा हलौँ काम ठानेर मात्रै यतातिर आउनेहरू चाँडै नै चिप्लनेछन् ।

२. साहित्य र राजनीतिको सम्बन्ध

साहित्य र राजनीतिको सम्बन्धलाई लिएर लेखकहरूमा निकै मतभेद देखिन्छ । कोही साहित्य भनेको राजनीतिदेखि बिल्कुलै पृथक् विषय हो र यसले हमेसा पृथक् नै रहनुपर्छ भन्छन् । कोही साहित्यलाई राजनीतिदेखि एकदमै अलग छैन र यसमा जति सकेको बढी मात्रामा राजनीति खाँदिएको हुनुपर्छ पनि
भन्छन् । यस कुरामा बराबर वादविवाद भएको देखिन्छ, सुनिन्छ । तर, अलि गम्भीर भएर सोचेको खण्डमा यी दुबै मतका प्रतिद्वन्द्वीहरूले आपसमा मिलापत्र गर्नु पर्ने आवश्यकता देखिन्छ । किनभने, सामाजिक परिस्थितिको प्रभाव साहित्यका नपरी छाड्दैन भन्ने कुरा मानेपछि राजनीतिको प्रभाव पनि त्यसमा पर्छ भन्ने कुरा मान्नैपर्छ । किनकि राजनीति भन्ने चरो पनि समाजकै पिँजराभित्र पालिन्छ । नत्रभने कुनै समयको साहित्य हेरेर त्यस बेलाको राजनीतिक परिस्थितिको सही अडकल लगाउन सजिलो हुने थिएन ।

साहित्य र राजनीतिको परस्परमा सम्बन्ध छयतिमात्र मानेर हामीलाई पुग्दैन । हामी जनताका साहित्यकारहरूले जनताको राजनीतिक होस्टेलाई आफ्नो हैसेद्वारा सघाउने समेत गर्नुपर्छ । जनताको वर्गसंघर्षदेखि पन्छिन खोज्ने साहित्यकारलाई कसरी जनसाहित्यकार मान्नु ? आजका नेपाली जनसाहित्यकारलाई साम्राज्यवादी हस्तक्षेप र देशी प्रतिक्रियात्मक शक्तिहरूको विरोध आफ्नो जनतासित एक भएर जुध्नुपर्छ । उनीहरूले यो कहिल्यै बिर्सनु हुन्न, जनताको राजनीतिक प्रगतिमा नै उनीहरूको पनि प्रगति छ । जहाँजहाँ जनताको जीतद्वारा समाजको सुव्यवस्था हुन सकेको छ, त्यहाँत्यहाँ नै साहित्य र सँस्कृतिले पनि निस्फिक्रिसित प्रगति गर्न पाएका छन् । आज त्यहाँ कलाकारहरूको उच्चतम स्थान छ । कलाकारका कृतिहरूको परीक्षा र रसास्वादन गर्न सक्ने क्षमता जनतामा छ । जनताको उच्चतम् साँस्कृतिक स्तर अनुसार आफ्नो कलाकृति देखाउन त्यहाँका साहित्यकारहरूले पाइराखेका छन् । उनीहरूको गौरवशाली जीवनबाट हामीले प्रेरणा लिनुपर्छ ।

राजनीतिक प्रगतिमा जनतालाई साथ दिनुको अर्थ नारावादी साहित्य सिर्जनु पनि होइन । राजनीतिसित साहित्यको घनिष्ठ सम्बन्ध मात्र हो, दुबै एक होइनन् । राजनीतिको थान्कोमा राजनीति र साहित्यको थान्कोमा साहित्यलाई राखेर नै यिनीहरूको घनिष्ठता प्रदर्शित हुनुपर्छ । दुबैलाई एउटै थलोमा मुछ्न खोज्नाले त्यो गल्ती हुन्छ, जुन गल्ती दुइटा घनिष्ठ मित्रहरूको जिउलाई आपसमा बाँधिदिनाले हुन्छ । त्यसैले साहित्यलाई राजनीतिको विज्ञापन मात्र बनाउनु हुँदैन । हाम्रा नयाँ प्रकाशनहरूमध्ये कहानीसंग्रह कामरेड, जाने होइन ?’ साहित्यिक कृति नभएर राजनीतिको इस्तिहार बन्न गएको छ । त्यसैले यसले जनताको हृदयमा त्यति राम्रो ठाउँ पाउन सकेको छैन, जति पाउनुपर्ने हो ।

३. साहित्यमा सापेक्षता

संसारमा सबै कुरा सापेक्ष छन् । निरपेक्ष भन्ने कुरा केही छैन । साहित्य पनि सापेक्ष नै हुन्छ । यसलाई हामीले देश, काल र परिस्थिति आदि अनेकौँ पक्षहरूको पृष्ठभूमिका आधारमा मूल्याङ्कन गर्ने गर्नुपर्छ । जस्तै :
(क) समय सापेक्षता : समाज सधैँ विकास र प्रगतितर्फ बढिरहेको हुन्छ, कहिले बिस्तारै र कहिले बेतोडसँग । यो एउटै अवस्थामा जस्ताको तस्तै रूपमा स्थिर भएर कहिले पनि रहेको हुँदैन । त्यसैले समय सुहाउँदा कैयन् रचनाहरू समय बित्दै जाँदा त्यतिकै सुहाउने भएर रहन सक्दैनन् । तर, हिजो प्रगतिशील दृष्टिकोणबाट लेखिएका र समाजको विकास र प्रगतिमा सहायक सिद्ध भएका रचनाहरूलाई आज हामी हेलाँ गर्छौँ भने त्यो हाम्रो गल्ती हो । आजको त्यस्तो रचनालाई भोलि हेलाँ गर्नु पनि उही गल्ती दोहो¥याउनु हो ।

(ख) वर्गसापेक्षता : आइमाई हुन् अथवा लोग्नेमानिस सबैजना एउटा न एउटा वर्गमा बाँडिएका हुन्छन् । हामीले नब्बे प्रतिशतभन्दा बढी जनतालाई कामलाग्दो कुरा लेखे पनि ती सबैले हाम्रो रचनालाई उत्तिकै रुचाउने होइनन् । पाठक र श्रोताको वर्गस्वरूप अनुसार हाम्रो रचनालाई उनीहरूमध्ये कसैले धेरै थोरै मन पराउँछन् । जनता जति सबैलाई मनपर्ने रचना तयार पार्न सकिए पनि ती सबैलाई उतिकै मनपर्ने रचना तयार पार्न भने सकिँदैन ।

(ग) चेतनासापेक्षता : एउटा वर्गभित्र पर्नेहरूमध्ये पनि चेतनाको स्तर उतिउति हुँदैन, कोही धेरै बुझ्न सक्ने र कोही थोरैमात्र बुझ्न सक्ने हुन्छन् । चेतनाको यो असमानता आर्थिक असमानता हराइसकेको समाजमा पनि भइरहने कुरा हो । त्यसैले हामीले कम चेतना भएकाहरूको स्तरलाई अलिअलि गरी उकास्दै लाने रचनाहरूलाई मात्र होइन, पछिपछि पनि महÕव नै दिनुपर्ने हुन्छ ।

(घ) विचार सापेक्षता : आजभन्दा सय वर्षअघि प्रकट गरिएको विचारलाई पनि हामी आज नयाँ विचारको रूपमा लिन सक्छौँ भने आजभन्दा दश वर्षपछि प्रकट गरिने विचार पनि पुरानो विचारभित्र पर्न सक्छ । जुन विचार समाजको विकास र प्रगतिमा सहायक हुन्छ त्यसैलाई हामी नयाँ विचार मान्नुपर्छ । जुन विचार समाजको विकास र प्रगतिमा बाधक बन्छ, त्यसलाई हामीले पुरानो विचारको रूपमा लिनुपर्छ । कुनैकुनै विचार हामीलाई हजारौँ वर्षसम्म पनि सघाउ पु¥याइरहने खालका हुन्छन् ।
(ङ) भावनासापेक्षता : हामीलाई जनताको माया लाग्छ । यसको अर्थ हामीलाई आफ्नो असल परिवारको, प्रेमीप्रेमिका वा पतिपत्नीको, छोराछोरीको, आमाबाबुको र दाजुभाइदिदी बहिनीको माया नलाग्ने होइन । कति भने हामीले आफ्नो परिवार र नातेदारहरूभन्दा जनतालाई बढी माया गर्न खोज्नुपर्छ । हामीलाई स्वदेशको माया लाग्छ यसको साथै हामीलाई आफ्नो घरबारीको पनि माया लाग्छ । कति भने हामीले आफ्नो घरजग्गाको भन्दा मातृभूमिकै बढी माया गर्न खोज्नुपर्छ । देश र दुनियाँको भलोको निम्ति दुःख पाउने र मर्नेहरूप्रति हामी श्रद्धाविश्वासले नुहुन्छौँ, उनीहरूका गुणको बखान गर्छौँ र उनीहरूबाट प्रेरणा पाउँछौँ भने उनीहरूले दुःख पाएकोमा हामीलाई चिन्तापीर पनि लाग्न सक्छ ।

(च) कार्यसापेक्षता : मुलुकमा लडाइँ मच्चिएको बेलामा सयौँ, हजारौँ र लाखौँ मानिस पनि मोर्चामा जुध्न पुग्छन् । तर जतिसुकै धेरै मानिस मोर्चामा गए पनि सबैजनालाई मोर्चामा पठाउन भने मिल्दैन । बाँकी मानिसले आआफ्नै ठाउँबाट मोर्चालाई सघाउ पुग्ने गरी चल्नुपर्छ । खाद्यान्न, लुगा, कपडा, औषधी, सूचनाहरू र हतियार आदि जोर्नुओसार्नुपर्छ, मोर्चामा जानेहरूका जहानपरिवारको हेरविचार गर्नुपर्छ । मोर्चामा गएकाहरूले गर्न नमिल्ने जति सबै कामहरूको चाँजो मिलाउनुपर्छ । त्यसैले मोर्चामा जुधिरहेका वीरहरूको प्रशंसाका साथै हामीले मोर्चामा नपुगेका, तर देशभक्तिका भावना भएका र जनतालाई माया गर्ने जति सबैको कदर गर्न जान्नुपर्छ । यस्तो भएन भने मोर्चामा जित्ने कुरा त परै रहोस् टिक्न पनि सकिन्न ।

(छ) मान्यतासापेक्षता : राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पनि निरपेक्ष हुँदैन । उही व्यक्तिलाई वा निजको उही सिर्जनालाई राष्ट्रभित्रकै कुनै वर्गले मान्यता दिने र कुनै वर्गले मान्यता नदिने पनि हुन सक्छ । अन्तर्राष्ट्रिय जगत् पनि यसैगरी वर्गीय वा वैचारिक आधारमा बाँडिएको छ । व्यक्ति र उसको रचनालाई मान्नेनमान्ने प्रश्नमा मात्र होइन, कुनै राष्ट्रलाई नै मान्यता दिने कि नदिने वा कुनै मुलुकका दुई थरी सरकारमध्ये कुनलाई मान्यता दिने भन्ने प्रश्नमा समेत अन्तर्राष्ट्रिय मत बाझिने गरेको अनेक उदाहरण हामी सजिलैसँग पाउन सक्छौँ ।

४. वर्गविश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू

दुई लाइन (बाटो) को सङ्घर्षलाई साथीहरूले पहिलेको भन्दा राम्ररी बुझ्न थालेपछि गहिरिएर वर्गविश्लेषण गरभन्ने नारा हाम्रो अगाडि आयो । यसबाट हाम्रो संगठनको सबै तहका साथीहरूमा वर्गसजगता बढेको छ र गहिरिएर वर्गविश्लेषण गर्नुपर्ने आवश्यकतालाई उनीहरू झन् झन् बुझ्दै गइरहेछन् । तैपनि गहिरिएर वर्गविश्लेषण गर्न भने अझै राम्ररी सकिएको छैन । यसले गर्दा पार्टीभित्रका र पार्टीदेखि बाहिरका हाम्रा थुप्रै साथीहरूमध्ये वास्तवमा को कुन वर्गको हो भनी राम्ररी छुट्याउन नसकेर तिनको सही ढङ्गले सञ्चालन हुन सकेको छैन ।
हामीले क्रान्ति हुनुभन्दा अघि, क्रान्ति भइराखेको बेलामा र क्रान्तिपछि तीनै अवस्थामा गहिरिएर वर्गविश्लेषण गरी शत्रु र मित्रलाई राम्ररी छुट्याउनु पर्छ । वर्गविश्लेषण राम्ररी गर्न जानिएन भने सबै काम बिग्रन्छ, हामी असफल हुन्छौँ । वर्गविश्लेषण गहिरिएर गर्न सकेमा सबै काम सप्रन्छ, हामी सफल
हुन्छौँ ।

वर्गविश्लेषण जस्तो महÕवपूर्ण कामलाई व्यापक र व्यवस्थित बनाउन हरेक साथीले आआफ्नो कमिटीमा पेस गर्नुपर्छ । जो स्पष्टरूपबाट वर्गविश्लेषण गर्न तयार हुँदैन, ऊ क्रान्तिको निम्ति तयार हुँदैन । पेस गरिएको विश्लेषण मिलेको छछैन भनी कमिटीले राम्ररी छलफल गर्ने गर्नुपर्छ । नमिलेका कुराहरू मिलाएर सो विश्लेषणलाई कमिटीले अनुमोदनको निम्ति एक तहमाथि पठाउने चलन हुनुपर्छ । त्यसोभए जोसुकैको वर्गविश्लेषण पनि व्यक्तिगत ढङ्गबाट सदर नभएर सामूहिक किसिमबाटकमिटीगत किसिमबाट सदर हुन पाउनेछ । अझ पार्टीसङ्गठनले मात्र यस्तो नगरी पार्टीको सोझै मातहतमा भएका वर्गीय सङ्गठन र जनसङ्गठनले पनि आफ्नो मातहतका व्यक्तिहरूको यसैगरी कमिटीगत किसिमबाट र गहिरिएर नै वर्गविश्लेषण गर्ने गर्नुपर्छ । अनि मात्र वर्गविश्लेषण मनोगत नभई वस्तुगत हुन पाउँछ । वर्गविश्लेषण कसरी गर्ने भनी पार्टीले जनताबाट सिक्न पाउँछ र जनतालाई पनि सिकाउन पाउँछ ।

पार्टीको हरेक कमिटीले वर्गविश्लेषण बारेका माओका रचनाहरूलाई सैद्धान्तिक आधार बनाई सामान्य रूपबाट आफ्नो मुलुकको परिस्थितिसँग र विशेष रूपबाट आफ्नो क्षेत्रको परिस्थितिसँग मिल्ने विभिन्न वर्गहरूका परिभाषा बनाउनु पर्छ । अनि, एक तह माथिको अनुमोदन लिएर व्यवहारमा त्यसै परिभाषाअनुसार चल्ने गर्नुपर्छ ।

जुनसुकै व्यक्तिको पनि पहिलो वर्गविश्लेषण नै राम्ररी गर्नु पर्छ । अनि, त्यही विश्लेषणको आधारमा निजप्रति नीति बनाउनुपर्छ । वर्गस्वरूप एकनास नरहेर फेरिँदै जाने पनि हुन सक्छ । त्यसैले कसैको पनि एक पटक गरेको विश्लेषणले मात्र पुग्दैन, बरोबर नै (बर्सेनि) भनेजसो गरिरहनुपर्छ ।
वर्गविश्लेषण विचारको आधारमा गर्ने होइन, आर्थिक आधारमा गर्ने गर्नुपर्छ । आर्थिक आधारअनुसार नै विचार बनेको हुन्छ । विचार वा बानी कोही असल वा खराब हुँदैमा एक वर्गको मानिसलाई अर्को वर्गको भन्न सकिन्न । अर्थात् अशोषक वर्गलाई शोषक वर्गको र शोषित वर्गलाई शोषक वर्गको भन्न मिल्दैन

रण्डीबाजी गरेर हिँड्ने, जुवा तास खेल्ने, रक्सी वा गाँजा आदि नसा खाएर मात्तिनेजस्ता कुलतमा परेका मजदुरहरू, किसानहरू र सानोतिनो पेसा गरी खानेहरूलाई सामन्त वर्ग र पुँजीपति वर्गका बदमासहरूभन्दा बेग्लै ठान्नुपर्छ । दुबै थरीलाई एकै ठान्ने गल्ती गर्नु हुँदैन । आफूसित भएको जीविकाका साधनहरू गुमेपछि जीविका चलाउने सही माध्यम नपाएर कैयन् मानिसहरू चोरडाकू, ठगलुटाहा, माग्ने, वेश्या आदि भएर र नानाथरीका अन्धविश्वासी कामहरू गरेर जीविका चलाउन पुगेका हुन्छन् । यसरी खराब काम गरेर जीविका चलाउनेहरूको चरित्र ढुलमुल हुन्छ । उनीहरूमा रचनात्मक (बनाउने) प्रवृत्तिभन्दा ध्वंसात्मक (बिगार्ने) प्रवृत्ति बढी हुन्छ । यस्ता तÕवहरूमध्ये केहीलाई प्रतिक्रियावादीहरूले सजिलैसँग किन्न सक्छन् र केहीचाहिँ क्रान्तिकारी बाटोमा लाग्न पनि सक्छन् । यस्ताहरूबाट एकातिर होसियार रहनुपर्छ भने अर्कोतिर यिनलाई बिग्रेर जान नदिई सपार्न पनि खोज्नुपर्छ । यीमध्ये आफूले नराम्रो काम गरी जीविका चलाउनु परेकोमा दुःखमनाउ गर्नेहरू, खराब बाटोमा लागेको धेरै लामो समय नभएकाहरू र उस्तो लोभ नगर्नेहरूलाई छानी जीविका चलाउने सही बाटो खोजिदिएर र क्रान्तिकारी शिक्षा दिएर फेर्न खोज्नुपर्छ ।

कसैको वर्गस्वरूप निश्चित गर्दा शोषण र श्रमको मात्रा र किसिमलाई नै मुख्य आधार बनाउनुपर्छ । आयस्ताको सम्पूर्ण भाग अथवा मुख्य भाग कुन उपायबाट कमाउँछन् अर्थात् आफ्नो जीविका सम्पूर्ण रूपबाट वा मुख्य रूपबाट सामन्ती शोषण वा पुँजीवादी शोषण गरेर चलाउँछ अथवा शारीरिक श्रम वा मानसिक श्रम गरेर चलाउँछ भन्ने आधारमा नै को कुन वर्गको हो भनी छुट्याउनु पर्छ ।

कुनै व्यक्ति वा परिवारको वर्गविश्लेषण गर्दा वर्षभरिमा खाने मात्र हिसाब नगरी लुगा, ओछ्यान, ओखती उपचार, घरभाडा वा मर्मत, शिक्षा र मनोरञ्जन इत्यादि सबै कुरामा लाग्ने जम्माजम्मी खर्च पत्ता लगाउनुपर्छ । त्यसै गरी कुत, ब्याज, आफ्नो श्रमबाट कमाएको खेतबारी, बगैंचा, उद्योग व्यापार, बहालभाडा, जागिरज्याला इत्यादि कुनकुन स्रोतबाट कति आयस्ता हुन्छ भनी जम्माजम्मी वार्षिक आम्दानी पनि पत्ता लगाउनुपर्छ । अनि शोषणबाट हुने आम्दानी कति प्रतिशत छ र श्रमबाट हुने आम्दानी कति प्रतिशत छ भनि छुट्याउनपर्छ । कुनै व्यक्तिको वर्गविश्लेषण गर्दा आफूबारे उसको भनाइ के छ भन्ने कुरामा ध्यान नदिएर उसका गराइहरू (व्यवहार) मा अझ बर्ता ध्यान दिनुपर्छ । उसका विषयमा ऊभन्दा तल्ला वर्गका मानिसहरूको भनाई पनि पत्ता लगाउनुपर्छ ।

वर्गस्रोत र वर्गस्वरूप फरकफरक अवस्थाहरू हुन् । वर्गस्रोत शोषण भए पनि वर्गस्वरूप अशोषक भएका र क्रान्तिकारी गुणहरू भएका साथीहरूलाई हामी पार्टीभित्र नै लिन सक्छौँ । तर क्रान्तिकारी गुणहरू भएपनि वर्गस्वरूप चाहिँ शोषक नै रहेका साथीहरूलाई भने संयुक्त मोर्चाभित्र लिनुपर्छ ।

जाग्रत भलाद्मी (मध्यम तथा साना जमिनदार वर्ग र धनी किसान वर्गमा सारै थोरै संख्यामा पाइनेहरू) र धनी किसानले मुख्य रूपबाट सामन्ती शोषण र अर्धसामन्ती शोषण गर्छन् । राष्ट्रिय पुँजिपतिहरूले मुख्य रूपबाट पुँजीवादी शोषण गर्छन् । तैपनि यिनीहरू जनताभित्र नै पर्छन् । किनभने यिनीहरूको ठूलो भाग विदेशी अथवा स्वदेशी शत्रुहरूपट्टि नलागेर नौलो जनवादी क्रान्तिपट्टि नै ढल्केको हुन्छ अथवा तटस्थ बसिदिने हुन्छ । जमिनदारवर्ग र दलाल पुँजीपति वर्ग जनताका शत्रुहरू हुन् । वर्गविश्लेषण गर्दा कुनकुन वर्ग जनता हुन्, कुनकुन वर्ग जनताका शत्रु हुन्, कुनकुन वर्ग कसरी कतिसम्म शोषण गर्छन् र कुनकुन वर्गले शोषण गर्दैनन् भनी राम्ररी छुट्याउनुपर्छ ।
जुन जमिनदार जति ठूलो हुन्छ उतिकै ठूलो दलाल पुँजीपति वर्गसित उसको घनिष्ठ सम्बन्ध हुन्छ । ठूलो जमिनदार वर्ग सधैँ विस्तारवाद र साम्राज्यवादपट्टि लाग्ने हुन्छ र अत्यन्त प्रतिक्रान्तिकारी गुटका रूपमा संगठित हुन्छ । विशेष गरी ठूलो जमिनदार वर्ग नै हाम्रो प्रहारको मुख्य निसाना हुनुपर्छ । 

प्रहारको घेरो
सानो पार्न साना जमिनदारहरूलाई र प्रहारको घेरो सारै सानो पार्न मध्यम जमिनदारहरूलाई समेत कुनै ठाउँमा र कुनै बेलामा तटस्थ बनाउन खोज्नुपर्छ । त्यसैले वर्गविश्लेषण गरी ठूलो, मध्यम र साना जमिनदारहरूका बीचको फरकलाई अवश्य छुट्याउनुपर्छ ।

कुत उठाएर खानु नै जमिनदारले गर्ने शोषणको मुख्य रूप हो । ठेकिएको खानु शोषण होइन भने विचार गलत हो । ऐनले तोकेको कुतबाट चित्त बुझाउने सामन्त अत्याचारी होइन । ऐनले तोकेभन्दा बढी कुत ब्याज खान भनेर अथवा ज्याला, खाजा नदिएर वा नपुग दिएर काम गराउन भनी जालझेल गर्ने र अरू किसिमबाट किसानहरूलाई दुःख दिने सामन्त अत्याचारी हो । जमिनदार वर्गका यी दुईथरीहरूप्रति हाम्रो नीति पनि दुईथरी नै हुनुपर्छ । तर, कूत, ब्याज र कोसेली आदि सामन्ती शोषणबाट जीवन बिताएसम्म जुनसुकै व्यक्ति पनि जमिनदार वर्गभित्रै नै पर्छ ।

टाटपल्टिसकेको जमीनदार भए तापनि आफूले मिहेनत नगरी अरूलाई ठगेर अथवा नाताकुटुम्ब इष्टमित्रहरूका भरबाट साधारण मध्यम किसानको भन्दा राम्रो जीवन बिताउनेहरूलाई जमिनदार सरह ठान्नुपर्छ । तर क्रान्तिविरोधी काममा नलागी कुनै पेसा लिएर केही वर्षदेखि जीविका चलाई आएकाहरूलाई भने जमिनदार वर्गबाट फेरिएर अर्कै वर्गमा लिएको पेसा अनुसारको वर्गमा पुगेका मान्नुपर्छ ।
कुत उठाउने 
काममा र अरू सम्पत्ति जोगाउने, बढाउने काममा जमिनदारहरूलाई सघाउने, किसानहरूको शोषण गरेर जमिनदारहरूले कमाएको आयस्ताबाट नै आफ्नो जीविका चलाउने र सामान्य मध्यम किसानको भन्दा राम्रो अवस्था भएकाहरूलाई पनि जमिनदार सरह नै ठान्नुपर्छ ।

शारीरिक वा मानसिक श्रमको अरू नै काम गरेर जीविकाको मुख्य भाग चलाउनेहरूले अनुकूल नमिलेर अथवा नसकेर आफ्नो भएको अलिकति जग्गा अरूलाई कमाउन दिन्छन् भने त्यस्तालाई जमिनदार सरह ठान्नुहुँदैन । आफूलाई पाल्नेहरू कोही नभएका  बुढाखाडा, विधवा, टुहुरा, सदारोगी वा अरू किसिमका अशक्तहरूले जीविकाको अरू बाटो नभएकोले आफ्नो जग्गा अरूलाई कमाउन दिई कुत खाने गरेका भएपनि क्रान्तिविरोधी काममा उनीहरू लागेनन् भने त्यस्तालाई जमिनदार सरह ठान्नु हुँदैन ।
धनी किसानले मुख्यरूपले अर्धसामन्ती शोषणबाट आउने आम्दानीबाट नै आफ्नो जीविका चलाउँछन् । तैपनि उनीहरू श्रम गर्छन् भने जमिनदार श्रम गर्दैनन् वा नाउँ मात्रको श्रम गर्छन् । हुन त उनीहरू जीविका चलाउने विचारले भन्दा शोषण बढाएर अझ धनी हुने विचारले नै श्रम गर्छन् । तैपनि धनी किसानहरू र जमिनदारहरूलाई छुट्याउने मुख्य कसी श्रम नै हो ।

हाम्रो मुलुकका किसानहरूमध्ये धनी किसानको संख्या सबभन्दा थोरै छ । धनी किसानहरूलाई एक किसिमले गाउँको पुँजीपति वर्ग ठाने पनि हुन्छ । धनी किसानहरू क्रान्तिप्रति सधैँ निष्क्रिय रहन्छन् । हामीले जानेनौँ भने उनीहरू जमिनदार वर्गपट्टि लागेर क्रान्तिको विरोधमा समेत जान सक्छन् । त्यसैले धनी किसानलाई तटस्थ अवस्थामा राख्नुपर्छ । तिनलाई हाम्रो किसान संगठनभित्र ल्याउनु पनि हुँदैन ।

केही मात्रामा शोषण त उच्च वा पुगिसरी आएका मध्यम किसानले पनि गर्छन् । तर उनीहरूले गर्ने शोषण धनी किसानले गर्नेझैँ लगातार रूपको (सालबसाली) हुँदैन र त्यसबाट आउने आम्दानी उनीहरूको जीविकाको मुख्य साधन पनि हुँदैन । सम्पन्न मध्यम किसानलाई धनी किसान सरह ठान्नाले मध्यम किसानसित एकता गर्ने काममा बाधा पर्छ । सामन्ती शोषण गर्दै नगर्ने वा अलिकति मात्र गर्नेहरूलाई धनी किसान वर्गमा गन्ने गल्ती गर्नु हुँदैन । वर्षदिनसम्म खानलाउन पुग्ने आयस्ता हुँदैमा कुनै किसान परिवारलाई धनी किसान ठान्नु हुँदैन । वर्षभरी जीविका चलाई केही वचत समेत गर्न सके पनि त्यस्तो परिवार धनी किसान वर्गको नहुन सक्छ । वचतलाई पनि श्रमकै आम्दानीबाट भएको हो । अथवा शोषणको आम्दानीबाट भएको हो भनी छुट्याउनुपर्छ । अरूको शोषण नगरी आफ्नै श्रमको आयस्ताबाट जीविका चलाउन पुग्ने किसान त साधारण मध्यम किसान हो । वर्षभरिको आयस्ताले नौ वा छ महिना मात्र खान पुग्ने किसान मध्यम किसान हो भन्ने सोचाइ सही होइन ।

मध्यम किसानको झुकाउ क्रान्तिप्रति ढुलमुल हुन्छ । किसान आन्दोलन र संघर्षहरू बढ्दै गएपछि मात्र उनीहरू अलिअलि गरी सामेल हुन थाल्छन् । सुरुका अवस्थाहरूमा त उनीहरू क्रान्तिलाई पर्खेर बाटो हेर्ने मात्र गर्छन्, क्रान्तिको निमित्त तयारी गर्दैनन् । तैपनि मध्यम किसानलाई सम्झाउने बुझाउने र शिक्षा दिने गरेर उनीहरूसँग हामीले दरो एकता कायम गर्नुपर्छ । तीमध्ये केहीलाई हाम्रो किसान सङ्गठनभित्र ल्याउनुपर्छ । क्रान्तिको जित हुन्छ अथवा हार हुन्छ भन्ने कुरा मध्यम किसानले क्रान्तिलाई सघाउँछन् अथवा सघाउँदैनन् भन्ने कुरामा समेत निर्भर गर्छ ।

निम्नमध्यम किसान आर्थिक दृष्टिकोणबाट गरीब किसानभन्दा मात्र राम्रो अवस्थामा हुन्छन् । यी पनि गरीब किसानजस्तै कुत र ब्याजको शोषणबाट पीडित हुन्छन् । गरीब किसानजस्तै यी पनि अर्धसर्वहाराहरू हुन् र मजदुर वर्गका सबभन्दा भरपर्दा साथीहरू हुन् । यिनीहरू सबै किसिमका शोषण व्यवस्थाहरू र शोषण वर्गहरूको पूरै विरोधी हुन्छन् ।

गरीबकिसान निम्नमध्यम किसानभन्दा बढी मात्रामा कुत र ब्याजको शोषणबाट पीडित हुन्छन् । वर्षभरि मिहेनत गर्छन् तापनि कष्टसित नै दिन काट्नुपर्छ । साधारणतया मध्यम किसानले आफूलाई ज्यालामा लाउनु पर्दैन, तर गरीब किसानले भने आफूलाई ज्यालामा लगाउनुपर्छ । मध्यम किसान र गरीब किसानलाई छुट्याउने यो मुख्य कसी हो । गरीब किसानमध्ये कम गरीबले वर्षभरि थोरै महिना र बढी गरीबले अलि बढी महिना आफूलाई ज्यालामा लाउनुपर्छ । आफूले कमाएको जग्गाको आयस्ताले वर्षमा तीन महिना खान पुग्ने किसान नै गरीब किसान हुन् भन्ने सोचाइ सही होइन ।

गरीब किसान गुप्त र खुला दुबै अवधिमा सबभन्दा गाह्रा संघर्षहरूमा समेत बडो जोसका साथ जुध्ने गर्छन् । उनीहरू भित्री मनदेखि कम्युनिस्ट पार्टीको नेतृत्वलाई मान्छन् । उनीहरूसित गुमाउनु पर्ला भन्ने कुरा वास्तवमा केही हुँदैन । उनीहरू सामन्ती सत्तालाई पल्टाउने अगुवा डफ्फा हुन् । हाम्रो किसान संघका ढाड हुन् । गरीव किसान नभइकन क्रान्ति हुन सक्दैन । मुलुकको किसान जनसङ्ख्यामा सबभन्दा बढी उनीहरू नै छन् ।

आफूलाई ज्याला तलबमा लगाएर त्यसबाट आउने आम्दानीले नै जीविकाको सम्पूर्ण भाव वा मुख्य भाग चलाउनेहरू (ज्यामी, खेताला, कुल्ली, भरिया, हली, गोठाला आदि समेत सबै) मजदुर वा सर्वहारा वर्ग हुन् । मजदुर वर्ग सबभन्दा क्रान्तिकारी वर्ग हो । कम्युनिस्ट पार्टी भनेको मजदुर वर्गकै राजनीतिक पार्टी हो ।

केही खेतबारी वा सानोतिनो व्यापार वा उत्पादनका अरू कुनै साधन अलिकति भएका तर त्यसबाट मात्र जीविका चलाउन नपुग्नेहरू जति सबै अर्धसर्वहारा हुन् । अर्धसर्वहारा वर्गले आफूलाई ज्याला या तलबमा समेत लगाएर मात्र जीविका चलाउन सक्छन् । जस्तै : गरीब किसान, न्यून मध्यम किसान, न्यून मध्यम वर्ग ।

पुँजीपति वर्ग र सर्वहारा वर्गको बीचको वर्गलाई निम्न पुँजीपति वर्ग भन्छन् । किसानहरू पनि निम्न पुँजीपति वर्ग हुन् । निम्नपुँजीपतिहरूलाई मध्यम वर्ग पनि भन्छन् । निम्नपुँजीपति वर्ग र मध्यम वर्ग दुई फरकफरक वर्गहरू होइनन् । यो वर्ग सर्वहारा वर्गको सहायक र क्रान्तिको महÕवपूर्ण शक्ति हो । तर यो वर्ग क्रान्तिप्रति दृढ नभई ढुलमुल हुन्छ । यस वर्गलाई शिक्षित पार्न कडा मेहनत गर्नुपर्छ ।

आफ्नो आम्दानीबाट वर्षभरि खाईलाई अरू काम चलाई केही वचत समेत गर्न सक्नेहरू उच्च मध्यम वर्ग वा मध्यम वर्गको माथिल्लो तह हुन् । यस तहको संख्या थोरै हुन्छ र क्रान्ति बढेपछि मात्र यिनले क्रान्तिलाई साथ दिन्छन् । साधारण अवस्थामा क्रान्तिबाट पन्छन खोज्छन् । वर्ष दिनको कमाइले जिनतिन गरी जीविकासम्म चलाउनेहरू मध्यम वर्ग वा मध्यम वर्गको बीचका तह हुन् । यिनले क्रान्तिको कहिल्यै विरोध गर्दैनन् । तर साधारण अवस्थामा क्रान्तिप्रति तटस्थ नै रहन्छन्, क्रान्तिको निम्ति अघि सार्ने गर्दैनन् । मध्यम वर्गको अन्दाजी आधा जति संख्या यस्तैहरूको हुन्छ । निम्नमध्यम वर्ग वा मध्यम वर्गको तेस्रो तहको आर्थिक अवस्था भने बर्सेनि गिर्दै गइरहेको हुन्छ । यिनीहरू क्रान्तिको निम्ति तीन तहमध्ये सबभन्दा महÕवपूर्ण हुन्छन् ।

मध्यम वर्गको वामपन्थी भाग भनेको यसै तहकाहरू हुन् । यिनको सङ्ख्या पनि कम हुँदैन । मध्यम किसानलाई तीन तह गरी छुट्याए झैँ मध्यम वर्गलाई पनि तहतह गरी छुट्याउनुपर्छ । मध्यम वर्गमा पर्ने जति सबैलाई एउटै तहको ठान्नु हुँदैन ।

अरू वर्गहरूलाई आर्थिक आधारमा छुट्याएर जस्तै पुँजीपति वर्गलाई पनि यसै आधारमा छुट्याउनुपर्छ । नोकरशाही र दलाल पुँजीपति वर्ग भनेको ठूल्ठूला पुँजीपतिहरू हुन् । उद्योग, व्यापारमा एकलौटी गर्ने पुँजीपतिहरू हुन्, मध्यम र साना पुँजीपतिहरू होइनन् । जमिनदार वर्गजस्तै दलाल पुँजीपति वर्ग वा नोकरशाही वर्ग पनि हाम्रो क्रान्तिको घोर शत्रु हो । जनयुद्धको दौरानमा जहाँ नौलो जनवादी राजसत्ताको जन्म हुन्छ त्यहाँत्यहाँ दलालपुँजीपति वर्गको सबै एकाधिकार पुँजीलाई जफत गरिन्छ ।
राष्ट्रिय पुँजीपति वर्ग भनेको मध्यम र साना पुँजीपतिहरू हुन्, ठूला पुँजीपतिहरू होइनन् । राष्ट्रिय पुँजीपति वर्गका सारै सानो संख्यामा भएका दक्षिणपन्थीहरू बाहेक बाँकी सबै वामपन्थी भाग हुन् र हाम्रो क्रान्तिका मित्र हुन् । यिनले सधैँ एकनाससित सबै कुरामा हामीलाई साथ दिइ रहँदैनन् । तापनि बेलाबेलामा केही हदसम्म क्रान्तिमा भाग लिने गर्छन् र अरू बेला तटस्थ बसिदिन सक्छन् । यिनलाई निकै फाइदा पनि हुने, तर जनसरकारले तोकेकोभन्दा बढी नाफा पनि खान नपाउने गरी यिनको हातमा भएको उद्योग र व्यापारको हामी रक्षा र विकास नै गर्छौँ । राष्ट्रिय पुँजीपति वर्ग पनि साम्राज्यवाद र विस्तारवादको थिचोमिचोमा परेको हुन्छ । जमिनदार वर्ग र दलालपुँजीपति वर्गले यिनीहरूको स्वार्थमा हानी पु¥याइरहेका हुन्छन् ।

सामान्यतया ज्यालादारीहरू नराखी, मुख्य रूपले आफ्नै परिश्रमका भरबाट सानोतिनो पुँजीले व्यापार गरी जीविकासम्म चलाउनेलाई पुँजीपति वा शोषक वर्गमा गन्नु हुँदैन । बुद्धिजीवी वा विद्यार्थी जति सबैलाई एउटै वर्ग नठानी कुन बुद्धिजीवी वा विद्यार्थी कुन वर्गको हो भनी राम्ररी छुट्याउनु पर्छ । किसान, जमिनदार, मजदुर र पुँजीपति भनेका वर्गहरू हुन् । तर बुद्धिजीवी र विद्यार्थी भन्ने कुनै वर्ग हुँदैन । बुद्धिजीवीहरू र विद्यार्थीहरूको वर्गस्रोत उनीहरूको परिवारको वर्गस्वरूप अनुसार हुन्छ । उनीहरूको वर्गस्वरूप भने उनीहरूले आफ्नो जीविकाको बढी भाग जुन किसिमको आम्दानीबाट चलाउँछन्, त्यही आधारमा निश्चित हुने गर्छ । परिवारको आयस्ताबाट जीविकाको बढी भाग चलाउने बुद्धिजीवी र विद्यार्थीको वर्गस्वरूप परिवारकै वर्गस्वरूप सरह मान्नुपर्छ । बुद्धिजीवीहरू र विद्यार्थीहरू जमिनदार, पुँजीपति र मध्यम वर्ग आदि सबै वर्गका हुन्छन् । तर उनीहरूमध्ये सबभन्दा ठूलो संख्या मध्यम वर्गहरूको छ । अरूको शोषण नगरी आफ्नै श्रमको आयस्ताबाट जीविका चलाउने जति शिक्षक, चिकित्सक, लेखक, पत्रकार, कलाकार र अरू विशेषज्ञहरू मानसिक श्रमिक हुन् । उनीहरूको कामलाई श्रम नठान्नु गलत हुनेछ । जानाजान जनताको विदेशी र स्वदेशी शत्रुहरूपट्टि लाग्नेहरू बाहेक बाँकी सबै बुद्धिजीवी र विद्यार्थीहरूले नौलो जनवादी क्रान्तिलाई सघाउन सक्छन् । उनीहरूमध्ये विशेष गरी तल्ला वर्गकाहरू काम लाग्छन् । तर नौलो जनवादी क्रान्तिको पक्षमा भएका र हुन सक्लान् जस्ता बुद्धिजीवीहरू र विद्यार्थीहरू जमिनदार अथवा पुँजीपति वर्गकै भएपनि उनीहरूबाट हामीले काम लिने गर्नुपर्छ र काम लिन खोज्नुपर्छ । हाम्रो विचारधारा र राजनीतिको शिक्षा दिने गर्नुपर्छ । कुनै पेसा लिएर काम गरी खान उनीहरूलाई उत्साहित गर्नुपर्छ ।

एउटै परिवारभित्र पनि फरकफरक वर्गका अथवा एउटै वर्गका फरकफरक तहका मानिसहरू हुन सक्छन् । कोही काम नगरेर बसीबसी खाने हुन्छन् भने कोही काममा जोतिएर मात्र खान पाउने हुन्छन् । कोही अंश पाउने हुन्छन्, कोही नपाउने हुन्छन् । कसैसित दाइजोपेवा धेरै हुन्छ, कसैसित हुँदैहुँदैन । कोही परिवारको शासक हुन्छन्, कोही शोषित । त्यही परिवारमा कसैको खवाइलवाइ आदि रहनसहन उच्च स्तरको हुन्छ, कसैको निम्नस्तरको हुन्छ । कोही क्रान्तिकारी काममा सघाउने हुन्छन्, कोही नसघाउने हुन्छन् । कोही आफैँ अघिसरेर क्रान्ति विरोधी काममा समेत लाग्ने हुन्छन्, कोही त्यस्तो काममा अरूले लगाउँदामात्र लाग्ने र सकभर लाग्नै नचाहने पनि हुन्छन् । त्यसैले परिवार सिङ्गोको विश्लेषण गर्नाको साथै व्यक्तिव्यक्तिको छुट्टै पनि विश्लेषण गर्नुपर्छ ।

जमिनदार, धनी किसान अथवा पुँजीपति वर्गको परिवारका आइमाईले मजदुर, किसान अथवा सानोतिनो पेसा भएकाहरूसित विवाह गरेपछि मुख्यरूपले आफ्नै श्रमको भरबाट जीविका चलाउने गरे भने उनीहरूको वर्गस्वरूप पनि मजदुर, किसान अथवा सानोतिनो पेसा भएकाहरू सरह नै हुन्छ । तर श्रममा लागेनन् भने उनीहरूको वर्गस्वरूप पहिलेकै सरह हुन्छ । त्यसैगरी मजदुर, किसान अथवा सानोतिनो पेसा भएको परिवारका आइमाईले जमिनदार, धनी किसान अथवा पुँजीपतिसित विवाह गरेपनि पोइकै जस्तो जीवन बिताए भने उनीहरूको वर्गस्वरूप पनि जमिनदार, धनी किसान अथवा पुँजीपति सरह हुन्छ भने त्यस्तो जीवन नबिताई मुख्यरूपले आफ्नै श्रमको भरबाट जीविका चलाउने गरे भने उनीहरू वर्गस्वरूप पहिलेकै हुन्छ ।

शोषक वर्गको लोग्ने मानिसले अशोषक वर्गको स्वास्नीमानिससित र अशोषक वर्गको लोग्नेमानिसले शोषक वर्गको स्वास्नीमानिससित विवाह गरेमा पनि माथिकै सिद्धान्तलाई आधार मानेर वर्गस्वरूप निश्चित गर्नुपर्छ ।

मजदुर, किसान अथवा सानोतिनो पेसावालका छोराहरूलाई जमिनदार, धनी किसान अथवा पुँजीपतिले धर्मपुत्र बनाएर पालेमा मजदुर, किसान अथवा सानोतिनो पेशागतका छोराछोरी जमिनदार, धनी किसान अथवा पुँजीपतिकै जस्तो जीवन बिताए भने उनीहरूको वर्गस्वरूप उनीहरूलाई पाल्नेहरूको सरह हुन्छ । तर उनीहरूले आफ्ना खास बाबुआमाकै सरह जीवन बिताए भने उनीहरूको वर्गस्वरूप मजदुर किसान अथवा सानोतिनो पेसावालहरूकै सरह हुन्छ । जमिनदार, धनी किसान अथवा पुँजीपतिको छोराहरू मजदुर, किसान अथवा सानोतिनो पेसावालको धर्मपुत्रका रूपमा पालिँदा श्रम गरेर नयाँ आमाबाबुकै जस्तो जीवन बिताउने गरे भने उनीहरूको वर्गस्वरूप मजदुर किसान अथवा सानोतितो पेसावाल सरह हुन्छ । तर श्रम गरेनन् र आफ्नै खास आमाबाबुको जस्तो जीवन बिताए भने उनीहरूको वर्गस्वरूप जमिनदार, धनी किसान अथवा पुँजपतिको सरह नै हुन्छ ।

१८ वर्ष मुनिका केटाकेटीहरू र विद्यार्थीहरूको साधारण वर्गस्वरूप बनिसकेको हुँदैन, वर्गस्रोत मात्र बनेको हुन्छ । परिवारको वर्गस्वरूप नै उनीहरूको वर्गस्रोत हुन्छ । तर अंशभाग छुट्टिएर परिवारको मालिक बनिसकेका केटाकेटीको भने वर्गस्वरूप पनि निश्चित भएको ठान्नुपर्छ ।

जागिरदारहरूमध्ये नीति बनाउने अख्तियार पाएका र धेरै तलब खाने ठूल्ठूला पदाधिकारीहरू (जस्तै राजपत्राङ्कित विभिन्न श्रेणीका पदाधिकारीहरू) जति शोषक वर्गमा पर्छन् । जो जति माथिल्लो पदमा हुन्छ । त्यसले शोषक वर्गलाई त्यति नै बढी मात्रामा प्रतिनिधित्व गरेको हुन्छ । यस्ता ठूला पदाधिकारीहरूमध्ये देशभक्तिको भावना भएका जातिलाई वर्गबाट शोषक भएपनि जनताको शत्रु नठानेर मित्रै मान्नुपर्छ । तर यस्ताहरूको संख्या सारै थोरै हुन्छ । तलब धेरै पाउने ठूलो पदाधिकारी भए पनि सो तलब जीविका चलाउँदैमा ठिक्क हुनेहरू अथवा राम्ररी जीविका चलाउन पनि नपुग्नेहरू (परिवारमा नाबालक, बुढाखाडा र सदारोगी आदि  श्रम गर्न नसक्नेआश्रितहरूको संख्या धेरै भएकाले) आफ्नो आम्दानी शोषण हुने काममा नलागाउनेहरू, विलासी जीवन नबिताएर जनसेवाको काममा खर्च गर्नेहरू, क्रान्तिविरोधी नीतिप्रति असन्तुष्ट रहिआएका छन् भने त्यस्तालाई शोषक वर्ग सरह ठान्नु हुँदैन ।

नीति बनाउने अख्तियार नपाएका र धेरै तलब पनि नपाउने सानातिना अधिकारीहरूबीच मध्यम वर्गका विभिन्न तह सरह हुन्छन् ।

कम तलबी जागिरदार (न्यूनवैतनिक कर्मचारीहरूलाई) चाहिँ अर्धसर्वहारा वर्ग सरह ठान्नुपर्छ । आफूसित भएको सम्पत्ति शोषण हुने काममा नलगाउने र आफ्नै श्रम (शारीरिक वा मानसिक) बाट जीविका चलाउनेहरू सबैलाई अशोषक वर्गभित्र नै गन्नुपर्छ । तर अशोषक वर्गहरूमध्ये पनि चलअचल सम्पत्ति हुनेहरू र सम्पत्ति नहुनेहरूका बीचको फरकलाई, सम्पत्ति वा जेथा धेरै हुनेहरू र सम्पत्ति वा जेथा थोरै हुनेहरूका बीचको फरकलाई र अंश, अपुताली, दाइजो, पेवा बकस आदिबाट पाएको सम्पत्ति हुनेहरू र आफ्नै आम्दानीबाट जोरेको सम्पत्ति हुनेहरूका बीचको फरकलाई पनि बिर्सनु हुँदैन ।
(यो लेख पुस्तिकाको रूपमा २०४७ सालमा भक्तपुरको प्रगतिशील लेख भण्डारबाट २००० प्रति प्रकाशित भएको थियो । वर्गविश्लेषण मे ध्यान देने वाला बात’, शीर्षकबाट भोजपुरी भाषामा पनि प्रकाशित भएको थियो । २०५८ सालमा पुस्तिकाको रूपमा प्रकाशित त्यसका अनुवादक र प्रकाशक नन्दन अर्याल हुनुहुन्छ ।)

५. अन्तरविरोधबारे थाहा पाउनुपर्ने कुराहरू
(‘युगसन्देशसाप्ताहिक, २०४७ असार १४ गते)

संसारमा अन्तरविरोध नभएको कुरा केही छैन । हरेक कुरामा अन्तरविरोध हुन्छ । यो प्रकृतिमा पनि हुन्छ, समाजमा पनि हुन्छ । वस्तुगत कुरामा पनि हुन्छ, विचारगत कुरामा पनि हुन्छ । पुरानो अन्तरविरोधको समाधान फस्र्यौट भएपछि नयाँ अन्तरविरोध देखा पर्न थाल्छ । यसरी अन्तरविरोध कहिल्यै खालि हुँदैन ।

अन्तरविरोध अनेकौँ भए पनि सबै बरोबर महÕवका हुँदैनन् । जुनसुकै बेला जहाँ पनि एउटा अन्तरविरोध मुख्य हुन्छ र अरू अन्तरविरोध अमुख्यहुन्छन् । हामीले मुख्य अन्तरविरोध वा मुख्य समस्या चिन्न सक्ने हुनुपर्छ । मुख्य अन्तरविरोध त्यो हो जसले बाँकी अरू अन्तरविरोधको अस्तित्व र विकासलाई प्रभावित पार्छ ।

मुख्य अन्तरविरोधलाई चिनेपछि अन्तरविरोधको मुख्य पक्षलाई चिन्नुपर्छ । हरेक अन्तरविरोधका दुई विपरीत पक्ष हुन्छन् । यी विपरीत पक्षहरू समान नभएर असमान हुन्छन् । अन्तरविरोधमा प्रमुख काम जुनचाहिँ पक्षले गर्छ त्यही नै अन्तरविरोधको मुख्य पक्ष हो ।

अन्तरविरोधका दुबै विपरीत पक्ष एक अर्कासित सङ्घर्ष गर्ने र एक अर्कोमाथि भर पनि पर्ने हुन्छन् । एक अर्कोमाथि भर पर्ने भनेको दुबै पक्षको अस्तित्वको निम्ति अर्को पक्षको अस्तित्व अनिवार्य हुन्छ र दुबै पक्षको सहअस्तित्व एउटै एकाइमा रहन्छ भनेको हो । जस्तै, सामन्ती समाज एउटा एकाइ हो भने यसका दुई विपरीत पक्षहरू जमिन्दार वर्ग र किसानहरू हुन् । पुँजीवादी समाज एउटा एकाइ हो भने दुई विपरीत पक्षहरू पुँजीगत वर्ग र मजदुर वर्ग हुन् ।

खास अवस्थामा अन्तरविरोधको एउटा पक्ष अर्को पक्षमा फेरिने पनिगर्छ । मुख्य पक्ष अमुख्य हुन पुग्छ र अमुख्य पक्ष मुख्य भइदिन्छ । प्रत्येक पक्षको शक्तिमा कति थपघट भएको छ भन्ने कुराबाट यस फेराइको निधो लाग्छ । मुख्य पक्षमाहेरफेर भएपछि वस्तुको स्वभावमा पनि हेरफेर हुन्छ । जस्तै, समाजमा भएका नयाँ र पुराना पक्षमध्ये पहिलो पुरानो पक्ष नै मुख्य हुन्छ । तर, दुई पक्षमा सङ्घर्षचलिरहेको हुन्छ । त्यस सङ्घर्षले क्रमशः नयाँ पक्षलाई बलियो पार्दै लग्छ र पुरानो पक्षको बल घट्दै जान्छ । आखिरमा नयाँ पक्ष नै मुख्य पक्ष हुन पुग्छ अनि पुरानो व्यवस्थाका ठाउँमा नयाँ व्यवस्था देखापर्छ ।

अर्धऔपनिवेशिक अवस्थामा रहेको मुलुकको निम्ति सामन्ती अर्थव्यवस्था र विशाल जनसमूहका बीचको अन्तरविरोध नै मुख्य अन्तरविरोध हो । जुनसुकै किसिमको साम्रज्यवाद अथवा विस्तारवादजस्ता विदेशी प्रतिक्रियावादी शक्तिहरूले सोझै हमला नगरी राजनैतिक, आर्थिक र साँस्कृतिक जुक्तिहरूबाट आफ्नो स्वार्थ जोगाउन खोजेको बेलामा अर्धउपनिवेशिक शासकहरूले घुँडा टेकिदिन्छन् । यस्तो अवस्थामा स्वदेशीविदेशी दुबैथरी प्रतिक्रियावादीहरू मिली जनतालाई चुस्न, सास्ती दिनपट्टि लाग्छन् । अनि जनताले प्रायः गृहयुद्धको बाटो समात्छन् । प्रतिक्रियावादी शासक वर्गका अनेकौँ डफ्फाहरूका बीच हुने मारकाट पनि यसै अन्तरविरोधभित्र पर्छ । तर ठाडै किसिमबाट बाहिरी हमला हुँदा भने त्यसको विरोधमा केही देशद्रोही बाहेक सबै वर्गहरू अस्थायी रूपबाट भए पनि एकगठ हुन्छन् । यस्तो अवस्थामा हमलाको सिकार हुने र हमला गर्ने मुलुकका माझको अन्तरविरोध नै मुख्य बन्न पुग्छ । यसरी, देश बाहिरका प्रतिक्रियावादी शक्तिसित फाटो नभएका बेलामा देशभित्रका प्रतिक्रियावादी शक्तिले जनतामाथि खुलै रूपबाट हमला गर्छन् । तर देश बाहिरका प्रतिक्रियावादी शक्तिसित फाटो बढेका बेलामा चाहिँ जनतासित अस्थायी रूपबाट भए पनि एकता गर्न खोज्छन् ।

वर्गहरूको अन्तरविरोध हुर्केर विशेष अवस्थामा नपुगुन्जेल त्यसले प्रस्ट रूप लिँदैन र क्रान्तिको रूपमा विकसित हुँदैन । पहिलो अवस्थामा पनि सङ्घर्ष त भइ नै रहेको हुन्छ, तर त्यस संघर्षबाट मात्रात्मक परिवर्तन मात्र भइरहेको हुन्छ, त्यसैले बाहिरबाट हेर्दा स्थिरताको अवस्थाझैँ देखिन्छ । मात्रा बढ्दै गएपछि भने गुणात्मक परिवर्तनको अवस्था आउँछ र प्रत्यक्ष परिवर्तन प्रकट हुन्छ ।

अन्तरविरोध समाधान फस्र्यौटचाहिँ दोस्रो अवस्थामार्फत् नै हुन्छ ।अन्तरविरोध सबै कुराभित्र हुन्छ, तापनि हरेक कुरामा त्यसको किसिम फरकफरक हुन्छ । अरूभन्दा फरक भएर रहेको त्यो भित्री कारण नै हरेक कुरालाई गतिशील र विकसित पार्ने मुख्य आधार हो । हुन त बाहिरी कारण मुख्य नभएर सहायक मात्र हुन्छ । जस्तै कुनै मुलुकमा क्रान्ति हुनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै परिस्थिति अनुकूल हुनुपर्छ । तर यी दुईमध्ये राष्ट्रिय परिस्थितिले नै मुख्य भूमिका पूरा गर्छ र अन्तर्राष्ट्रिय परिस्थितिले चाहिँ सहायक भूमिका निर्वाह गर्छ ।

पार्टीहरूका विशेषताहरूलाई बुझ्न तिनको वर्गआधारलाई बुझ्नुपर्छ । किनभने यो भित्री कुरा हो । त्यसैले यो मुख्य कुरा हो । सङ्गठनको भित्री अवस्था मुख्य र बाहिरी अवस्था सहायक हो । त्यसैले आफ्नो अवस्था राजनीतिक लाइनको सहीपना र सङ्गठनको ठोसपनामा नै मुख्य रूपले भर पर्ने गर्नुपर्छ । गलत लाइनले गर्दा नै आपतमा पर्नुपर्ने र सही लाइनले गर्दा नै आपतलाई पार लाउन सकिने हुन्छ । हाम्रो निम्ति अप्ठ्यारो परिस्थिति मुख्य पक्ष हुन आएको बेलामा पनि हामी आफ्नो प्रयत्नबाट अठ्यारो परिस्थितिलाई क्रमशः सजिलोमा फेर्न सक्छौँ । तर हामीले भुल गरेमा भने सजिलो स्थिति पनि असजिलोमा फेरिन सक्छ ।

बेग्लाबेग्लै खालका अन्तरविरोधलाई बेग्लाबेग्लै जुक्तिबाट फस्र्यौट गर्नुपर्छ । नब्बे प्रतिशतभन्दा बढी भएर रहेका जनता र सामन्ती व्यवस्थाबीचको अन्तर विरोधलाई नौलौ जनवादी क्रान्तिबाट समाधान गर्नुपर्छ । विदेशी प्रतिक्रियावादी शक्तिको हमलाबाट उत्पन्न हुने अन्तरविरोधलाई राष्ट्रिय क्रान्तिकारी युद्ध चलाएर समाधान गर्नुपर्छ । पार्टीभित्रको अन्तरविरोधलाई आलोचना र स्वआलोचनाको उपायबाट समाधान गर्नुपर्छ । पार्टीभित्र हुने अन्तरविरोध समाजमा हुने गरेकावर्गसङ्घर्ष र नयाँ तथा पुरानो बीचको सङ्घर्षकै छाप हुन् । सक्रिय रूपले विचारधारात्मक सङ्घर्ष चलाइ रहनाले मात्र सही लाइन मुख्य पक्ष भएर रहन पाउँछ । नत्र गलत लाइन नै मुख्य पक्ष हुन पुग्छ र सही पार्टी गलत पार्टीमा
फेरिने अवस्था आउँछ ।

सामाजिक अन्तरविरोधीहरू दुईथरी छन् । १. हामी र शत्रुबीच २.जनताकै बीच । आज हाम्रो काममा धेरै वा थोरै सघाउ पु¥याउने र बाधाअड्काउ नदिने जति जम्मै वर्ग, तह र व्यक्तिहरू जनताभित्र पर्छन् । हाम्रो काममा बाधा अड्काउ पारिदिने र त्यसपट्टि लाग्नेजति जम्मै वर्गतह र व्यक्तिहरू शत्रुहरूका बीचको अन्तरविरोध शत्रुतापूर्ण हुन्छ । यस अन्तरविरोधको सही ढङ्गले सञ्चालन गर्न हामीले जनताको जनवादी अधिनायकत्व लागु गर्न खोज्नुपर्छ । जनता बीचमा पाइने अन्तरविरोध भने अशत्रुतापूर्ण हुन्छ । यसको सही ढङ्गले सञ्चालन गर्न अधिनायकत्व होइन, जनवादी केन्द्रीयता लागु गर्नुपर्छ । राम्ररी सञ्चालन गर्न जानिएन भने जनताबीचको अन्तरविरोध पनि शत्रुतापूर्ण स्थितिमा समेत पुग्छ सक्छ ।

शत्रुता र अन्तरविरोध एउटै कुरा होइनन् । अन्तरविरोध सधैँ रहन्छ । साम्यवादमा र त्यसपछि पनि रहन्छ । साम्यवादमा शत्रुता भन्ने कुरा रहँदैन । जमिन्दार वर्ग र दलाल पुँजीपति वर्गको अहिलेको समाज व्यवस्थामा सहरले गाउँलाई हुनुसम्म बेसरी चुसिरहेको छ । अहिले सहर र गाउँका बीचको अन्तरविरोध शत्रुतापूर्ण रूपमा छ । क्रान्ति हुँदै गएपछि नौलो जनवादी व्यवस्था जन्मन थाल्छ र सहर र गाउँका बीचको अन्तरविरोध पनि क्रमशः अशत्रुतापूर्ण रूपमा फेरिदै जान्छ । पार्टीभित्रको सही र गलत विचार बीचको अन्तरविरोध पहिले शत्रुतापूर्ण हुँदैन । गल्ती गर्नेहरूले गल्ती सच्याउँदै गए भने यो अन्तरविरोध शत्रुतापूर्ण रूपमा विकसित हुन पाउँदैन । तर गल्ती गर्नेहरूले आफ्नै अड्डी लिइरहे र गल्ती झन्झन् थप्दै गए भने अन्तरविरोध क्रमशः  शत्रुतापूर्ण रूपमा विकसित हुन्छ ।
परिश्रम साथ अनुसन्धान गरी थुप्रै तथ्यहरू बटुलेर अन्तरविरोध सम्बन्धी माथिका सिद्धान्तहरूका आधारमा हाम्रा समस्याहरूबारे राम्ररी अध्ययन र छलफल चलाउँदै जाऔँ । समाधानका उपायहरू पनि अवश्य बेलैमा फेला पर्दै जानेछन् ।

२०३१ साल (१९७४७५)

६. महिला दिवसमा दुईचार कुरा

जुनसुकै विषयमा पनि नीतिनियमहरू बनाएर तिनैका आधारमा चल्ने गर्ने नै सही काइदा होइन र ? त्यसै हो भने खोइ तपार्इंहाम्रो विवाहबारे नीतिनियमहरू ? सरकारले चलाएको बिहेबारेका ऐनका दफाहरूलाई नै मनग्गे मानिरहने ? वैज्ञानिक र प्रजातान्त्रिक दृष्टिबाट विचार गर्ने हो भने प्रचलित ऐनका विवाह सम्बन्धी नीति नियमहरूमा निकै कुरा हेरफेर गर्नै पर्ला नि । उदाहरणका निम्ति बिहे गर्ने स्वास्नीमानिस र लोग्ने मानिसको उमेर सम्बन्धी फरककै कुरा गरौँ न । कानुनले बीस बर्षभन्दा बढी फरक हुनुहुन्न भनेको छ । हाम्रो मत के ? यही नै ठीक छ वा दसपन्ध्र वर्षभन्दा बढी फरक हुनुहुन्न भन्ने ? कि पच्चिसतीस वर्षसम्म फरक भए पनि हुन्छ भन्ने ? अथवा यस्तो बन्देज नै नराख्ने ?

व्यक्तिगत मामिलाहरूमा पनि हामीले चासो त लिइनै रहनुपर्ला । तर प्राथमिकता केलाई दिने ? नीति नियमहरूको निर्माण गरी सकेपछि मात्र व्यक्तिहरूका मामिला हेर्नेपट्टि लाग्दा सुल्टो होला कि नीतिनियमहरू बनाउनपट्टि चासो नदेखाई व्यक्तिव्यक्तिका मुद्दाका पछि लागेर टाउको दुखाउँदै हिँड्नु सही होला ?

पाचुकेबारे हाम्रो नीति कस्तो हुनुपर्छ ? पाचुके भनेको गर्न हुँदैन भन्ने कि विवाहितहरूको मन मिल्नै नसक्ने अवस्था आएमा सभ्य र शिष्ट तरिकाले विवाहविच्छेद गर्ने गर्नु नै ठीक हो भन्ने ? आफूलाई छोडी अर्को विवाह गरेर बसेको पुरुषलाई पति ठानिरहनु प्रगतिशील धारणा हो वा पछौटे ? आफूलाई छोड्ने लोग्नेलाई आफैँले पनि छाड्नु नै मनासिब हुन्छ भनी हौसला दिनु सही हो वा सौगासँग मिलेर भएर पनि सँगै बस्ने सल्लाह दिनु सही ? आफूले प्रेम गरी ल्याएकी पत्नी छँदाछँदै सम्पत्तिको लोभले वा अरू कारण अर्को पनि विवाह गरी दुई स्वास्नीको श्रीमान् बन्ने व्यक्तिप्रति प्रगतिवादीहरूले के कस्तो नीति लिनुपर्ला ?

आइमाईले कति र लोग्नेमानिसले कति वर्षको भएपछि विवाह गर्न हुन्छ वा कति वर्षको उमेर नपुगेसम्म विहे गर्नुहुँदैन र किन ? बुढेसकालमा विवाह गर्न हुन्छ कि हुँदैन ? विवाह गर्न हुन्छ अथवा गरेमा झन् जाती भने महिलाले कति वर्षको र पुरुषले कति वर्षको उमेर नाघेपछि विवाह गर्नु हुँदैन र किन ?

कुनै कुनै साथीहरूको धारणा प्रेमविवाह सफल हुँदैन भन्ने छ । यो धारणा कहाँसम्म वैज्ञानिक हो ? नेपालमा भएका प्रेमविवाहहरूको तथ्याङ्क अध्ययन गरेर वा एसिया महादेशमा भएका प्रेमविवाहहरूको विश्लेषण गरेर अथवा विश्वभरिकै प्रेमविवाहहरूको समीक्षा गरेर निचोडमा पुगिएको हो ? हामीले प्रेमविवाहलाई प्रोत्साहन दिँदै जानु पर्ला या यसलाई हतोत्साहित पार्दै लैजानु नै सही होला ? प्रेम गर्न हौस्याउँदै जाने हो भने त्यसो गर्दा बाटो नबिराएर ठीकसँग चल्न जानिने उपायहरू केकस्ता छन् । उमेर पुग्दै जाँदा स्वस्थ्य प्रेम पनि हुँदै जान पाउने वातावरण बनाउन के कसो गर्नुपर्ला ?
महिला र पुरुष समान छन्, उनीहरूमध्ये दुबै थरीप्रति समानतापूर्ण व्यवहार हुनुपर्छ भनी हामी भन्ने गर्छौँ र यसतर्फ अलिअलि भए पनि कोसिस त गरिरहेकै छौँ । तर समानताको साँचो अर्थ के हो ? नर र नारी सबै कुरामा साँच्चिनै समान छन् भने नरहरू किन नछुने हुँदैनन् ? किन गर्भधारण गर्दैनन् । तिनले किन बच्चा पाउनु पर्दैन र शिशुलाई स्तनपान गराउनु पर्दैन ? यस्तै शारीरिक भेदले गर्दा नै खेलकुदहरूको अभ्यास गर्दा र त्यसबारे प्रतियोगिता हुँदा महिलाहरूको निम्ति र पुरुषहरूको निमित्त छुट्टाछुट्टै आयोजना गर्नु परेको होइन र ? दुई थरीमा भएको शारीरिक फरकलाई दुबै थरीले मान्नैपर्छ र त्यही अनुसार सुहाउँदो व्यवहार पनि मिलाउँदै जान सिपालु हुनुपर्छ ।

आज हामी अधिवक्ता, इन्जिनियर, कलाकार, डाक्टर, पत्रकार, प्राध्यापक, राजनीतिज्ञ, वैज्ञानिक र साहित्यकार आदिहरूमध्ये निकै जना महिला पनि पाउँछौँ र तिनका संख्या दिनघरी बढ्दै जाँदो छ । आमइमाईहरूले यस्तो योग्यता आफ्नै प्रतिभा र परिश्रमबाट पाएका हुन्, लोग्नेमानिसले निगाह गरेर बक्स दिँदा पाएका होइनन् । यसरी मानसिक क्षेत्रमा भने स्वास्नी मानिसहरू अवश्य नै लोग्नेमान्छेहरूसँग दाँजिएरै बढिरहन सक्छन् । उनीहरू अझ राम्ररी बढ्न सकून् भनी सक्दो मात्रामा आवश्यक सुविधाहरू जोरिदिँदै जानुपर्छ ।

सरकारले खाईपाई आएको हर्नु हुँदैन भन्न खोजे पनि नेपाली जनताले भोग चलन गरी आएका ठूला र साना गरी धेरै थरी अधिकारहरू खोस्दै आएको त सबैलाई राम्ररी नै थाहा छ । आफ्नो कर्मचारीहरूका पनि अनेक अधिकारहरू उसले खोसेको होला । हामीले महिलाले पाई आएका हकहरू पनि हरिएका छन् कि भनी जाँचबुझ गर्नु पर्छ । उनीहरूले पाई आएका सुविस्ताहरूको हरण हुन नपावस् बरु ती थपिदै जाऊन् भनी ध्यान दिनुपर्छ ।

सरकारी निकायहरूमा मात्र होइन, असरकारी उद्योग व्यवसाय आदिमा पनि आइमाईले पाउनुपर्ने सुविस्ता अवश्य पाउनैपर्छ । हो, आइमाईलाई लोग्ने मानिसलाई भन्दा बढी सुविधा (महिनावारी भएको बेलामा चिसोमा काम नलाउनु, सुत्केरी बिदा र बच्चालाई दुध ख्वाउने फुर्सद आदि) दिँदा अलिकति बढी खर्च व्यहोर्नु पर्ने हुन्छ । हामीले विभिन्न व्यवसायमा लागेको उद्यमीहरूलाई हानी हुन दिनु पनि हुँदैन । किनभने तिनले चलाउने उद्योगइलमले पनि देशकै विकासमा भरथेग पु¥याइरहेको हुन्छ । तिनको व्यवसायबाट पनि जनतालाई फाइदा नै भइरहेको हुन्छ । त्यसैले, आइमाईहरूलाई उचित सुविधा दिने कलकारखानाहरू वा अरू व्यवसायीहरूलाई ती संस्थानमा भएका आइमाई कामदारहरूको संख्या हेरी सरकारले विशेष सहायता पनि दिने गर्नुपर्छ । यसरी चल्नाले काम गर्न सक्ने आइमाईहरूले पनि पाउनुपर्ने मनासिब सहुलियतहरू सरकारी र गैरसरकारी दुबै थरी सेवामा पाइरहन्छन् ।

आइमाईले बच्चा जन्माउनु भनेको व्यक्तिगत काम मात्र हो र ? कि परिवारले सम्म यसको दायित्व बोक्ने गरे पुग्छ ? यति मात्र त एकदम अपर्याप्त छ र नयाँ पुस्ताको जिम्मा पनि सिङ्गै समाजले नै लिनैपर्छ भने राज्यले यसबारे तटस्थ भएर बसिरहनु होला ? राज्यले त जिम्मा लिन्ेपर्छ भन्ने टुङ्गोमा हामी पुग्छौँ र यो निष्कर्ष सही भने जनताप्रति उत्तरदायी जुनसुकै सरकारले पनि आफ्ना महिला कर्मचारीहरूलाई मात्र होइन निजी व्यवसायमा लागेको महिलाहरूलाई समेत धेरैभन्दा धेरै सुविधाहरू उपलब्ध गराउन सधैँ तयार रहनैपर्छ ।

आइमाईहरूको उन्नतिको निम्ति संगठन र व्यक्ति लगायत, समाजका सबै अङ्गले आआफ्नो भूमिका अझ राम्ररी खेल्न खोजौँ । तैपनि व्यक्तिभन्दा संगठनलाई नै हामीले बढी जिम्मेवार ठानी प्राथमिकताचाहिँ संगठन मार्फत्का प्रयत्नहरू नै दिने गर्नुपर्ला कि ? जनवर्गीय संगठनहरूलाई डो¥याउने काम राजनीतिक दलहरूले गर्ने हुनाले तिनले आफूलाई अझ बढी उत्तरदायी ठान्नुपर्छ । सफलता र असफलताका लागि जसअपजस दिनु पर्दा पनि हामीले यस्तै आधारमा विचार गर्ने गरे कसो होला ?
संसारका विभिन्न देशहरूमा परिवारमा तथा समाजमा नारीको स्थिति कस्तो छ भनी अध्ययन बढाउँदै जाऔँ । पाइएका राम्रा पक्षहरूलाई आफ्नो मुलुकमा पनि लागु गर्न खोजौँ । नेपालकै विभिन्न भेग र जातिहरूमा पाइने आइमाईबारेका राम्रा चलनहरूलाई चारैतिर चलाउने चेष्टा पनि किन नगर्नु ? कानूनतर्फका साथीहरूले एकातिर प्रचलित कानूनकै राम्रा कुराहरू लागू गराउन बल गर्नुपर्छ भने अर्कोतिर अरू देशका नारी सम्बन्धी कानूनहरूबारे पनि नेपाली जनतालाई बताउँदै जानुपर्छ । त्यस्तै प्रयत्न राजनीति तर्फकाले गर्नुपर्छ भने आर्थिक विषयमा लागेकाहरूले नेपाली आइमाईहरू श्रमशक्तिको अधिकतम परिचालन गर्दै जान सकिने जुक्तिहरू फेला पार्नुपर्छ । विज्ञान, प्रविधि र प्रबन्धतर्फ लाग्नेहरूबाट पनि आफ्नो कार्यक्षेत्रभित्र महिलाहरूको गन्ती बढाउँदै जाने प्रयास हुनुपर्छ । यसरी सबै फाँटका महिला र पुरुष मिलेर प्रयत्न बढाउनेपट्टि लाग्यौँ भने नारी समानताको दिशामा प्रगति अवश्यक हुनेछ । अनि नेपाली समाजको विकासक्रमले नै फट्को मार्न सक्छ ।

(१९८९ मार्च ८)
(“नौलोकोसेलीसामूहिक संकलन, २०४६ असोज)

७. व्यक्तिवादसँग जुध्न सके प्रगति हुन्छ
एक जना साथी लेख्नुहुन्छएउटा काममा पनि प्रवीण भएर लाग्न नसकेकोमा आफैँ चकित छु । तपाईंहरूले नेतृत्व उकास्न कोसिस गरिरहनु भएको पहिलादेखि चाल पाउँछु । तपाईंहरूसँग भेटेर कुरा गर्दा निकै उत्साहित हुन्छ, ‘युवाहरूको गीतले पनि यस्तै एउटा लहर ल्याएथ्यो । तर त्यसलाई कायम राख्न सकिएन । केटाकेटीहरूलाई तालिम दिन नसक्दा पनि हाम्रो हार भइरहेछ । अचेल खानेसुत्ने जस्ता कामहरूमा मात्र भइरहँदा जीवन नै अनौठो लागेर आउँछ । यी सबैको मूल कारण व्यक्तिवाद नै हो ।

साथीको यस पत्रबाट हामी धेरै कुरा सिक्न सक्छौँ । पहिलो कुरा त के हो भने हामीले आफ्नो मनमा खेल्ने गरेका कुराहरू यसै गरी खुलस्त भएर बताउन सक्नुपर्छ । दोस्रो कुराक्रान्तिकारी साथीहरूसित भेटघाट बरोबार भइरहेमा हाम्रो उत्साह थपिन्छ । तेस्रो प्रगतिशील साहित्यको अध्ययनले पनि हामीमा उत्साहको लहर ल्याउने गर्छ । चौथोकेटाकेटीहरूलाई तालिम दिन सकेनौँ भने पनि सफलता पाउन सकिँदैन । पाचौँव्यक्तिवादसँग जुध्न सकेमा मात्र प्रगति हुन्छ इत्यादि ।
(१९८८ फेबु्रअरी, १) (२०४४ फागुन, ४)
(‘दृष्टिसाप्ताहिक, वर्ष १९, अङ्क२)
२०५८ मङ्सिर १२ गते, मङ्गलबार

८. उपायहरु फेला पारौँ

जनताको निम्ति खाने, लाउने, ओखती गर्ने, पढ्ने र बसोबास गर्ने आदि जीवननिर्वाहका सबैजसो कुरा दिनघरि झन्झन् महँगा हुँदै गइरहेछन् । त्यसैगरी विवाहपद्धति पनि झन् झन् महँगो हुँदैछ । सर्वसाधारण जनताको निम्ति त विवाहको विधिव्यवहार चलाउँदा गुजारा गर्ने एउटा सानो घर, अलिकति भएको जग्गा पनि साहूलाई सुम्पनु पर्ने स्थितिको सिर्जना भइरहेछ । जनताको माया गर्नेहरू, जनताको सेवा गर्न खोज्नेहरू, समाज सुधारको भावना भएकाहरू र क्रान्तिको तयारीमा लाग्न चाहनेहरू सबैथरी अग्रगामी तÕवहरूले यस समस्याको सही समाधान गर्दै जानका लागि राम्ररी ध्यान नदिई भएको छैन । अगुवाहरू अघिअघि नलागी अरूलाई डो¥याउन सकिन्न ।

हाम्रा समितिहरूले पनि यस प्रश्नमा चाख बढाउँदै लैजाऊन् । एकातिर साथीहरूको निम्ति र जनताको निम्ति समेत चित्त बुझ्ने खालका उम्मेदवारहरू बेलैमा खोजिदिनेजोरिदिने काममा सघाउ पु¥याउने गरून् । अर्कोतिर विवाहका सरलसजिला तरिकाहरूलाई पनि प्रोत्साहन दिने गरून् । नचाहिँदा ठस्साहरू र तडकभडकको चलनका अघिल्तिर लत्रेर जाने नगरून् । यसको निम्ति विवाह बारेका र नौलो जनवादको राजनीति, अर्थनीति तथा सँस्कृतिबारेका हाम्रा लेखहरूको प्रचार गर्ने गर्नुपर्छ । यी लेखहरूका आधारमा अघिल्तिरका समस्याहरूबारे अध्ययन र छलफल चलाई सही समाधानतिर औँल्याउने गर्नुपर्छ ।

(१९८८ मे)
प्रतीकसाप्ताहिक, २०४९ कात्तिक २१

९. भित्र समाजवाद, बाहिर नौलो जनवाद : किन कसरी ?

पार्टीको शुद्धीकरण र निर्माणमा विचारधारात्मक सङ्घर्षको महÕव र आवश्यकताबारे चर्चा गर्दै केही वर्षअघि नै हामीले लेखेका थियौँ । अहिलेको
चरणमा पार्टीभित्र समाजवादी विचारधारा अनुसार र पार्टी बाहिर नौलो जनवादी विचार अनुसार चल्नुपर्छ भन्ने जुन सोचाइ हाम्राबीच देखापरेको छ त्यसबारे अझ व्यापक रूपबाट छलफल चलाउनुपर्छ ।” छलफल चलाउनाले हामीमा मतभेद देखा पर्नेछ भनी डराएर छलफल नै नचलाउनु ठूलो गल्ती गर्नु हो । समाजवादको नाउँबाटै तर्सनु सही प्रवृत्ति होइन ।

विचराधारा फिँजाउने काम र कार्यक्रम बनाई गर्ने कामलाई छुट्टाछुट्टै राख्नुपर्छ, छ्यासमिस पार्नु हुन्न । विचारधारा फिँजाउनुपर्ने चरणमा कार्यक्रम नै लागु गर्न खोज्नु परिस्थितिभन्दा पर जान खोज्नु हो, उग्रवादी गल्ती गर्नु हो । पार्टीभित्र समाजवाद, पार्टीदेखि बाहिर नौलो जनवादभन्ने सिद्धान्त वा नारालाई अगाडि नै नसारेमा पनि दक्षिणपन्थी गल्ती हुनेछ ।

पार्टी र जनताको आपसी सम्बन्धलाई हामीले राम्ररी बुझ्नुपर्छ । पार्टीको काम जनतालाई क्रान्तिकारी बाटोमा डो¥याउनु हो भने जनताको काम पार्टीको पछि लागेर सही बाटोमा बढ्दै जानु हो । डो¥याउनु र डोरिनु दुईथरी बीचको यही फरकले गर्दा नै दुईथरी कार्यक्रमलाई आधार बनाउनु परेको हो । पार्टीले पनि जनता सरह नै हुन खोज्ने हो भने यसले नेतृत्वकारी भूमिका पूरा गर्न सक्दैन । पार्टीले क्रान्तिको निमित्त जनताले भन्दा पनि बढी बोझ बोक्नैपर्छ ।

बाहिरी वातावरणको भन्दा भित्री वातावरणको भूमिका मुख्य हुन्छ । पार्टीभित्र समाजवादी विचारलाई बढाउनाले र यही आधारमा व्यवहार गर्न खोज्नाले पार्टीको शुद्धीकरण हुन पाउँछ । संगठन र व्यक्तिले आफूभित्र समेत जुध्ने यस्तो प्रक्रियाबिना सही मालेमावादी पार्टीको निर्माण गर्न सकिन्न । सही कम्युनिस्ट पार्टीको निर्माणबिना समाजवादी क्रान्तिमा मात्र होइन, नौलो जनवादी क्रान्ति पनि गर्न सकिँदैन । नौलो जनवादी क्रान्तिलाई समाजवादी सिद्धान्तले नेतृत्व नगर्ने हो भने पुँजीवादी सिद्धान्तले नेतृत्व गर्नेछ । त्यस अवस्थामा नौलो जनवादी क्रान्ति असफल हुनेछ । समाजवादतर्फ बढ्न पनि सकिँदैन । (नौलो जनवादी क्रान्तिलाई पूरा गर्न सकेपछि मात्र समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ ।)

क्रान्तिको बाटोमा लाग्दा बीचबीचमा अलमल पनि आइरहन्छ र गल्तीहरू पनि भइरहन्छ । तर, ‘भित्र समाजवाद र बाहिर नौलो जनवादको सामान्य कार्यदिशा (लाइन) दरो गरी समाती बेलाबेलामा शुद्धीकरण गरी आन्दोलन चलाउनाले हामी प्रस्ट हुँदै जान्छौँ, हाम्रो अलमलहरू हराउँछन्, थोरै मात्र गल्तीहरू हुन्छन् र तिनलाई बेलैमा सच्याउन सकिन्छ । हामी साँच्ची नै सही बाटो लिएर क्रान्तिकारी सङ्घर्षमा लागिरहन्छौँ वा लागिरहन्नौँ भन्ने प्रश्न भित्र समाजवाद, बाहिर नौलो जनवादको सामान्य कार्यदिशालाई दरो गरी समातेर व्यवहारमा जान खोज्छौँ कि खोज्दैनौँ भन्ने प्रश्न हो ।

हामीले पार्टीमा समाजवाद र जनतामा नौलो जनवाद भन्ने सिद्धान्तलाई व्यवहारमा समेत लागु गर्न अवश्य खोज्नु पर्छ । तर, यसो गर्दा हाम्रो मुलुकको परिस्थिति अनुसार गर्न खोज्नु पर्छ । आँखा चिम्लेर अरू मुलुकहरूको  पछि लाग्नु हुँदैन । यो सिद्धान्त लागु गर्न खोज्नु क्रान्तीकरणको प्रक्रिया सुरु गर्नु हो । साथै समाजवाद र नौलो जनवाद दुबै दीर्घकालीन क्रममा अलिअलि गरेर मात्र लागु हुँदै जान्छन् भन्ने कुरा पनि हामीले बिर्सनु हुँदैन । चरणचरण गरी बढ्न नखोजी एउटै चरणमा पूरा मात्रामा अथवा बढी मात्रामा समाजवाद वा नौलो जनवाद लागु गर्न खोज्यौँ भने हामी वस्तुस्थितिबाट टाढा पुग्छौँ र असफल हुन्छौँ ।

जुन बखतमा जति गर्न सकिन्छ त्यति गर्न पछि नपर्नु नै चरण छुट्याउने आधार हो । अहिलेको चरणमा लागु गर्न सकिने जति कामकुरा गर्न अहिले नै अघि सर्नुपर्छ, पछि गर्ने भनी पन्छाउनु हुँदैन । पछिमात्र लागु गर्न कामकुराहरूको निम्ति भने त्यसै बेलामात्र अघि सर्नुपर्छ, अहिले नै होइन । जतिजति हाम्रो दृष्टिकोण फराकिलो हुँदै जान्छ, पार्टी संगठन बलियो हुँदै जान्छ र पार्टीको जनआधार व्यापक बन्दै जान्छ त्यतित्यति नै बढी मात्रामा पार्टीमा समाजवाद र जनतामा नौलो जनवाद लागु गर्न सक्ने अवस्थामा हामी पुग्दै जान्छौँ ।

समाजवाद र नौलो जनवादको राजनीति, अर्थनीति र सँस्कृतिमा के के फरक छ भनी अध्ययन र छलफल चलाएर हामी राम्ररी छुट्याउन सक्ने गरी प्रस्ट हुनुपर्छ । पार्टीमा समाजवाद र जनतामा नौलो जनवादभन्ने सूत्रलाई आधार बनाएर हामीले राजनीतिलाई प्राथमिकता दिई आर्थिकसाँस्कृतिक न्यूनतम कार्यक्रमहरू पनि लागु गर्दै जानु पर्छ । समस्याहरूको समाधान गर्ने यही नै सही उपाय हो ।
सर्वहारा वर्गको अधिनायकत्व समाजवाद हो भने सर्वहारा वर्गको नेतृत्वमा अरू सबै क्रान्तिकारी वर्गहरूको जनवादी अधिनायकत्व नौलो जनवाद हो । समाजवादमा सामन्तवादी र पुँजीवादी दुबै किसिमका शोषणहरू निर्मूल हुन्छन् भने नौलो जनवादमा सामन्तवादी शोषण मात्र निर्मूल हुन्छ र पुँजीवादी शोषणचाहिँ केही हदसम्म बाँकी नै रहन्छ । समाजवादी सँस्कृति समाजवादी समाजव्यवस्थाको राजनीति र अर्थनीतिलाई सघाउने खालको हुन्छ भने नौलो जनवादी सँस्कृति नौलो जनवादी समाजव्यवस्थाको राजनीति र अर्थनीतिलाई सघाउने खालको हुन्छ । पार्टीभित्र समाजवाद र जनतामा नौलो जनवादलागु गर्न सबभन्दा पहिले हामीले आफ्नो पुरानो विश्वदृष्टिकोणलाई राम्ररी नै फेर्नुपर्छ र सर्वहारावादी विश्वदृष्टिकोणलाई लिनुपर्छ । शोषणबाट हुने आयस्ताको भोगचलन नगरी शारीरिक र मानसिक श्रमको आम्दानीबाट जीविका चलाउनुपर्छ । संशोधनवादी लाइन लिने गलत तÕवहरूसित निरन्तर जुध्दै सच्चा क्रान्तिकारी समूहको हातमा नै पार्टीको नेतृत्वलाई सधैँ सुरक्षित राख्नुपर्छ ।

१९७८ फेबु्रअरी

१०. राम्ररी काम गर्ने काइदा

राम्ररी काम गर्ने पार्टीले लिएको राजनीतिक लाइन (कार्य दिशा) लाई राम्ररी बुझ्नुपर्छ । किनभने सबै कामलाई उज्यालो पार्ने राजनीति नै हो । हाम्रो संगठनको सिद्धान्त पनि हाम्रो राजनीतिक लाइन अनुसार बनेको हुन्छ । त्यस कारण पार्टीको सङ्गठनात्मक सिद्धान्त बुझ्न पनि पार्टीको राजनीतिलाई बुझ्नु जरुरी छ । राम्रो कामको लागि यो पहिलो सर्त हो । त्यसपछि हामीले पार्टीको सङ्गठन सम्बन्धी लाइन पनि बुझ्नुपर्छ । हाम्रो राजनीति सुहाउँदो हाम्रो सङ्गठनको सिद्धान्त छ कि छैन भन्ने पनि हामीले विचार गर्नुपर्छ । राजनीतिक लाइन एकथरी र सङ्गठनात्मक लाइन अर्कोथरी भयो भने राम्ररी काम हुन कहिल्यै सक्दैन । हाम्रो सङ्गठनात्मक पद्धति हाम्रो राजनीतिलाई अगाडि बढाउने हुनुपर्छ ।

आज हाम्रो राजनीतिक दस्तावेज र सङ्गठनात्मक दस्तावेज यी दुबै तयार भइसकेका छन् । यी दुबै दस्तावेजहरूलाई हामीले महÕव दिनुपर्छ । यिनलाई हामीले राम्ररी अध्ययन गर्नुपर्छ, राम्ररी बुझेपछि तिनलाई राम्ररी लागु गर्ने प्रयत्न गर्नुपर्छ । तिनलाई राम्ररी लागु गर्न खोज्नु नै राम्ररी काम गर्ने काइदा हो ।

राम्ररी काम गर्न जानिने यो सबभन्दा छोटो, छिटोछरितो र व्यावहारिक उपायहो । यति कुरा नबुझेसम्म र अरू जुनसुकै किसिमबाट काम गर्न खोजे पनि हामी सफल हुनेछैनौ । हाम्रो असफलता अनिवार्य छ वा हाम्रो काम राम्ररी हुन पाउने छैन । हाम्रो कार्यशैली सप्रन पाउनेछैन ।

कति साथीहरू हप्तामा चारवटा बैठक (मिटिङ) गराउने उत्साह लिएर अघि सर्छन् । तर महिनाभरिमा पनि उनीहरू चारवटा मिटिङ गराउन सक्दैनन् वा गराए पनि उनीहरूका मिटिङले चाहे अनुसारको फल दिन सक्दैनन् । यस्तो किन भएको ? किनभने, बैठक गर्नुअघि पुरा तयारी गर, तयारी पुगेको छैन भने बरु बैठकलाई नै पर सार तर पूर्ण तयारी बिना हड्बडाएर बैठक नगर भन्ने निर्देशकसिद्धान्तलाई उनीहरूले राम्ररी बुझेका हुँदैनन्, जुन कुरा स्पष्टरूपबाट हाम्रो सङ्गठनात्मक दस्तावेजमा उल्लेख गरिएको छ ।

कति साथीहरू कक्षा (क्लास) चलाउने, बैठक गर्ने, बजेट बनाउने, स्वयम् सेवक खडा गर्ने, कार्यालय चलाउने, सर्भे गर्ने, हुलाक व्यवस्था स्थापित गर्ने, कोष खडा गर्ने, सदस्य र समर्थकहरू थप्ने, लेखहरू लेख्ने जस्ता महÕवपूर्ण निर्णयहरू लिन्छन् । तर यीमध्ये दशांश काम पनि ती पुरा गर्न सक्दैनन् वा सबै काममा हात हाली अलपत्र छाड्छन् । किनभने कामहरू गर्दा एकएक वटा गरी राम्ररी पूरा गर्नुपर्छ भनी सङ्गठनात्मक दस्तावेजमा बताइएको कुरा उनीहरूलाई थाहा हुँदैन वा त्यस कुरालाई उनीहरूले बिर्सेका हुन्छन् । कति काम पूरा त हुन्छ, तर बेला बितिसकेपछि । किनभने उनीहरूलाई कुन काम पहिले गर्ने र कुन काम पछि गर्ने भन्ने विषयमा राम्रो चेतना हुँदैन । सङ्गठनात्मक दस्तावेजमा भने जुनसुकै काममा पहिले हात नहाली प्राथमिकताको आधारमा क्रमशः गरी हात हाल्नुपर्छ भनेर स्पष्टसँग बताइएको छ ।

कति एकाइ वा साथीहरू धेरै काम पनि गर्छन्, समयभित्र काम पनि पुरा गर्छन् । तैपनि तिनका कामको नतिजा राम्रो हुँदैन । किन ? हुन सक्छ उनीहरूले जननीतिलाई महÕव दिनुपर्छ भन्ने कुरा नबुझेका होऊन् । कार्यकर्ताबाट ल्याई कार्यकर्तामा लैजाने वा जनताबाट ल्याई जनतामा लैजाने भन्ने जननीति सिद्धान्त नै काम गर्ने एकमात्र सही काइदा हो भन्ने कुरा बिर्सेपछि मनोगत खालका निर्णयहरू हुनु स्वाभाविकै छ । वस्तुस्थितिमा आधारित नभएका यस्ता निर्णहरूले सफलता ल्याउन नसक्नु पनि बिल्कुलै स्वाभाविक छ । योजना बनाउनु अथवा निर्णय लिनुअघि राम्ररी जाँचबुझ र अध्ययन गर्नुपर्छ, गुरु बन्नुअघि चेला बन्न जान्नुपर्छ, कार्यकर्ताबाट पनि सिक्नुपर्छ, जनताबाट पनि सिक्नुपर्छ, जननीतिलाई बिर्सनु हुँदैन, त्यसबारे सधैँ ध्यान दिनुपर्छ भनेर त सङ्गठनात्मक दस्तावेजमा भनिएकै छ । अब दोष कसलाई दिने ?

यसरी उदाहरण दिइरहेमा थुप्रै दिन सकिन्छ । तर हामीले यहाँ के बुझ्नु पर्छ भने पार्टीले एक पटक निश्चित गरिसकेको सङ्गठनात्मक सिद्धान्तलाई लागु गर्नु कति धेरै जरूरी छ । लागु नगरिएसम्म निश्चित गरिएका निर्देशक सिद्धान्त कतिसम्म सही रहेछन् भन्ने कुराको पुष्टि पनि हुन पाउँदैन । निश्चित गरिएका त्यस्ता निर्देशक सिद्धान्तहरूमध्ये कतिचाहिँ व्यवहारमा सही साबित हुन सकेनन् र तिनलाई सच्याउनु वा फेर्नुपर्ने आवश्यकता आइप¥यो भन्ने कुराको बोध पनि हामीलाई हुन पाउँदैन । अर्कोतिर जनवादी केन्द्रीयताको सिद्धान्तको पनि पालन हुन पाउँदैन । किनभने, हामीले जतिसुकै स्वतन्त्र रूपबाट काम गरे पनि पार्टीले निश्चित गरेको परिधिभित्र रहेरै मात्र काम गर्नुपर्छ । समितिहरू एउटा नीति बनाउने व्यक्तिहरू अर्कै नीति अनुसार चल्ने, माथिल्ला समितिहरू निर्देशन दिने, तर तल्ला समितिहरू त्यसप्रति जागरुक नहुने हो भने पार्टीमा राम्रो कार्यशैलीको विकास कसरी हुन पाउला ?

राम्रो कार्यशैलीको विकास गर्न यस विषयमा माओले लेख्नु भएका लेखहरूको अध्ययन गर्नु पनि सारै काम लाग्दो हुनेछ । अरूभन्दा सजग सदस्यहरू र एकाइहरूले यस कुरामा पनि ध्यान दिनुपर्छ । यसबाट उनीहरूले आफ्नो व्यक्तिगत वा एकाइगत कार्यशैलीलाई मात्र सपार्ने क्षमता प्राप्त गर्ने छैनन् हाम्रो पार्टीको सङ्गठनात्मक नीति कतिको सही रहेछ वा के कति त्रुटि यसमा रहेछ भन्ने पनि पत्ता लाउनेछन् । तिनले सम्पूर्ण पार्टीमा नै राम्रो कार्यशैलीको विकासमा महÕवपूर्ण योगदान पु¥याउन सक्नेछन् ।

१९६८ जनवरी

११. नेतृत्वका विषयमा

आफ्नो तह, आफूभन्दा माथिल्लो तह र आफूभन्दा तल्लो तह गरी तीनै तहसँग सम्बन्ध घनिष्ठ राख्ने गर्नुपर्छ ।

पहिलो कुरा आफ्नै समितिका साथीहरूसित घनिष्ठ हुन सचिव, उपसचिवले बढी बल गर्नुपर्छ । आफूआफूमा घनिष्ठ नभै आफ्नै तहमा राम्ररी काम गर्न सकिन्न । आफ्नै तहमा काम गर्न नसक्नेहरूलाई माथिल्लो तहले त्यति भरपत्यार गर्न पनि मिल्दैन र त्यसप्रति तल्लो तहको आस्था पनि कायम रहन सक्दैन । एउटै समितिभित्रका साथीहरूमध्ये पनि सबैको चेतना र काम गर्ने शक्ति उतिउति हुँदैन । तीमध्ये जो बढी चेतनशील र सक्रिय छन्, पहिले तिनैसँग गाँसिनुपर्छ र ती मार्फत् पछि अरूसँग पनि गाँसिने गर्नुपर्दछ । माथिका तहहरूमध्ये जुन तहको सोझो मातहतमा आफ्नो तहको काम भैरहेको हुन्छ, त्यसैसित नै सबभन्दा बढी गाँसिनुपर्छ । तल्ला तहहरूमध्ये पनि सोझै आफ्नो तहको मातहतमा परेका समिति र व्यक्तिहरूसित गाँसिनुपर्ने कुरामा बढी ध्यान दिनुपर्छ । घनिष्ठताको अर्थ प्रथमतः विचारधारात्मक, राजनीतिक तथा सङ्गठनात्मक लाइनमा, कार्यशैलीमा यिनका साथै भइपरि आउने दुःखसुखमा समेत घनिष्ठ हुनु हो ।

सधैँ सबै ठाउँमा सभासम्मेलन आदि गरेर चुनिएका नेताहरू नै प्रमुख भएर रहेका हुन्छन् भन्ने कुरा होइन । परिस्थिति हेरी कैयन् ठाउँमा औपचारिक रूपबाट नेता भनी नतोकिएकाहरूले पनि परोक्ष रूपबाट नेतृत्व गरिरहेका हुन्छन् । जहिले पनि र जुनसुकै ठाउँमा पनि त्यसबेला सो ठाउँमा भएका सबभन्दा अगुवा तÕवले आफ्नो विचार र कामबाट प्रभावित पारी आफ्नो वर्ग र शिविरका बाँकी तÕवहरूलाई प्रत्यक्ष वा परोक्ष रूपबाट डो¥याउने गरेर नेतृत्वकारी भूमिका खेल्ने गरेका हुन्छन् । आफूले काम गर्ने गरेको गाउँ वा सहर, जिल्ला वा अञ्चल आदि क्षेत्रमा, भित्री बाहिरी सङ्गठनहरूमा र राजनीतिक, आर्थिक तथा साँस्कृतिक आदि विषयमा जो सबभन्दा अग्रगामी छन् तिनैलाई सोझो किसिमबाट नमिल्ने अवस्थामा घुमाउरो तवरबाट भए पनि नेता, उपनेताहरू मानेर चल्ने तर नेताबिनाको टुहुरो भएर नबस्ने चेतना चारैतिर फिँजाउनु पर्छ । त्यसोभए सबैजसो ठाउँमा सुहाउँदो नेतृत्व सबैले फेला पार्न सक्छन् ।

नेतृत्व गर्नेहरूले सारा जनताको, आफ्नो वर्ग र समूहको साँचो वारिस हुनुपर्छ । क्रान्तिको नेतृत्व गरी हिँड्छु भन्नेहरूले दैनिक व्यवहारमा समेत आफ्नो जीवनलाई क्रान्तिकारी बनाउँदै जान नसके क्रान्तिको साँच्चिकै नेतृत्व गर्न सकिँदैन । क्रान्तिकारी सिद्धान्तप्रति दरो आस्था र अडान हुनाका साथै निरन्तर अध्ययन गर्दै जाने बानी पार्नु पनि उत्तिकै आवश्यक छ । आफूलाई चित्त नबुझ्ने पुरानो समाज व्यवस्थालाई पल्टाएर त्यसको सट्टा आफूलाई मनपर्ने नयाँ समाज बनाउन सक्ने शक्ति अरू कसैमा होइन जनतामा नै छ भन्ने सत्यप्रति पूरापूर विश्वास हुनुपर्दछ । अरूले आफ्नो ध्यान आकर्षित गर्दा अथवा अरूको ध्यान आफूले तान्नका लागि मात्र अनुशासनको पालन नगरी आफूलाई आफैँले समेत सधैँ अनुशासित राख्ने बानी चाहिन्छ ।

सङ्गठनात्मक अनुशासन भन्नु मुख्यतः जनवादी केन्द्रीयता नै हो । कसैले पनि व्यक्तिगत नेतृत्व चलाउन नखोजेर सामूहिक नेतृत्वलाई विकसित र सुदृढ पार्दै लैजानुपर्छ । तर सामूहिकताको नाममा सानातिना कुरामा पनि छलफल चलाइरहनुपर्ने र स्वीकृति लिइरहनुपर्ने खालको बन्देज राख्नाले प्रगतिमा बाधा पर्छ । महÕवपूर्ण विषयमा, ठूलाठूला कुरामा मात्र सामूहिक निर्णय चाहिने चलन भएमा व्यक्तिले पनि आँटिलो भई आफ्नो भूमिका राम्ररी खेल्न पाउँछन् । त्यस्तै परिस्थिति पर्दा त महÕवपूर्ण वा ठूलाठूला विषयमा समेत व्यक्तिले नै नेतृत्व दिनुपर्ने पनि हुन्छ । तर सबै तहमा सही खालका नेतृत्वकारी व्यक्तिहरू हुर्काउन सकिएको छ भने व्यक्तिगत रूपबाट नेतृत्व गर्नुपर्दा पनि उनीहरूबाट साह्रै थोरैमात्र गल्तीहरू हुने सम्भावना रहन्छ । समितिगत रूपबाट नेतृत्व गर्दा होस् अथवा व्यक्तिगत रूपबाट नेतृत्व गर्नुपर्ने परिस्थितिमा होस् सकेसम्म हस्तक्षेप गर्नुपर्ने अवस्था नआउने गरी आफ्नो मातहतमा भएकाहरूकै सिर्जनात्मकतालाई जगाएर उनीहरूको चित्त प्रसन्नतापूर्वक चल्ने गर्नुपर्छ । जनतालाई पनि हैकम चलाएर जबरजस्ती काम गर्न खोज्नुहुँदैन । त्यसो त प्रतिक्रियावादीहरूले मात्र त्यसो गर्छन् ।

सही नेतृत्वले समस्याहरू पत्ता लगाउन तीमध्ये प्रमुख अप्रमुख छुट्याउन र प्राथमिकताका आधारमा एक एक गरी तिनको सही समाधान गर्दै जानसक्ने तुल्याउन आफ्नो मातहतका सम्बन्धित सबैलाई एकगठ पार्ने गर्नुपर्छ । समस्याको समाधान जसरीतसरी गर्न नखोजी सैद्धान्तिक आधारमा नीतिगत रूपबाट नै गर्न खोज्नुपर्छ र सक्नु पनि पर्छ । तथ्यहरूको आधारमा सही किसिमले विश्लेषण गर्नाले सही समाधान फेला पार्न सजिलो हुन्छ । यसका लागि नेतृत्वले सम्बन्धित कार्यकर्ताहरू र जनतासित समेत घनिष्ठरूपले गाँसिनु सारै जरूरी छ ।

नेतृत्वकारीहरूले अहिले अवस्था कस्तो छ, कसो गर्नुपर्छ, कसो गर्नुहुँदैन, यसपछि के होलाजस्ता कुराहरू थाहा पाउनुपर्छ । परिणाममा उपलब्धि वा सफलता प्राप्त हुने गरी त्यसबेला आफ्नो सङ्गठनले र जनताले गर्नुपर्ने र सक्ने खालका कामकुराहरू योजनात्मक रूपबाट अघि सार्नुपर्छ । नीति, निर्देशन, निर्णय, योजना र कार्यक्रम कसरी लागु गर्ने भनी सम्बन्धितहरूसँग सरसल्लाह गरी छलफल चलाई उपायहरू पहिल्याउनुपर्छ । राजनीतिक सहीसमझदारी र कार्यकुशलताका आधारमा यी यी व्यक्तिले यो यो काम राम्ररी गर्न सक्छन् भन्ने विचार पु¥याई कामको बाँडफाँड गरेर जिम्मा दिएलिएका कामहरू केकतिसम्म पूरा हुँदैछन् वा हुन सकेका छैनन् भनी नियमित रूपले समीक्षामूल्याङ्कन आदि गर्नुपर्छ । पहिले निधो गरिएका कुरामा केही फेरफार गर्नुपर्ने देखिन आएमा बेलैमा त्यसो पनि गर्नुपर्छ । समीक्षा गर्दा सधैँ माथिल्लो तहले जाँच गर्ने मात्र होइन, तल्लो तहले पनि बेलाबेलामा मािथल्लो तहका कामहरूबारे आफ्नो मूल्याङ्कन र रायप्रकट गर्न पाउने चाँजो मिलाइएको हुनुपर्छ । नेतृत्व गर्नेहरूले अर्तीउपदेश दिएरभन्दा आफ्नो विचार र आनीबानीलाई झन्झन् राम्रो पारेर र आफूले जिम्मा लिएका कामहरू बेलैमा राम्ररी पूरा गरेर देखाई असल नमूना बनेर नै आफ्नो मातहतमा काम गर्नेहरूलाई र सम्पर्कमा भएको अरूलाई बढी प्रभावित पार्न सकिन्छ भन्ने कुरा बिर्सने गर्नुहुँदैन ।

सही नेतृत्व पाउँदा क्रान्तिकारी उद्देश्य सफल हुन्छ भने गलत नेतृत्वले देश र जनतालाई भड्खालोमा पार्छ । सही नेतृत्व नपाएसम्म हानीनोक्सानी मात्र बेहोरिरहनु पर्ने हुन्छ । जति लामो समय बिते पनि अलमलिनु मात्र हुन्छ, न त तत्कालीन लक्ष्यहरू प्राप्त गर्न सकिन्छ, न त दीर्घकालीन लक्ष्यहरू नै । त्यसैले सही नेतृत्व दिने सङ्गठन र व्यक्तिहरूको सारै ठूलो महÕव छ । तर नेतृत्वकारीहरूको महÕव हुनुसम्म धेरै भए पनि ती जनतासितकै घनिष्ठता जन्मिने, हुर्कने र छिप्पिने हुन्छन् । जनतासितको धनिष्ठता घट्न गयो भने नेतृत्वकारी अङ्गका अनुभव र ज्ञान पनि घट्न जान्छ । जनतासितको घनिष्ठता धेरै घट्न गयो भने नेताहरूलाई वास्तविका कुराको राम्रो जानकारी हुन पाउँदैन र उनीहरूले धमाधम गल्ती गर्न थाल्छन् । नेताहरू बिग्रेर जान नपाऊन् भनी उनीहरूलाई जोगाएर राख्ने एउटा मुख्य उपाय कार्यकर्ताहरूसित र जनतासित उनीहरूलाई सधैँ घनिष्ठ राख्नु हो । नेतृत्वकारी अङ्गले वार्षिक र मासिकरूपमा मात्र होइन, साप्ताहिक र दैनिकरूपमा समेत कार्यकर्ताहरू र जनतासँग घनिष्ठ भई गाँसिने गर्नुपर्छ । जनतासित घनिष्ठताको अर्थ नेतृत्वले उनीहरूको पुच्छर बन्नु होइन, नेतृत्वले त अघिलाग्ने भूमिका नै पूरा गर्नुपर्छ । तर उनीहरूको कदम जनताभन्दा अलिकति मात्र अघि हुनुपर्छ । धेरै पर पुग्न खोज्नुहुन्न । जनताभन्दा धेरै छिटो दौडन खोज्दा नेतृत्व एक्लो पर्छ र असफल हुन्छ ।

नेताहरूले एकातिर अनुभवको सार खिँच्न लगाएर जनताको सैद्धान्तिक स्तर उकास्दै लैजाने कोसिस गर्नुपर्छ भने अर्कोतिर जनतालाई गुरु मानी उनीहरूबाट पनि राम्ररी सिक्ने बानी हुनुपर्छ । नेताहरूले मात्र नबिराउने होइनन्, उनीहरूले पनि प्रशस्त गल्ती गर्ने गर्छन् । उनीहरूका पनि निकै कमजोरी हुन्छन् । तर भएका गल्ती र कमजोरीहरूलाई ढाकछोप गरी लुकाउनपट्टि नलागी खुलस्त हृदयले स्वीकार गर्दै गल्ती सच्याउन र कमजोरी फाल्न खोज्ने नेतृत्वप्रति जनताको आस्था र विश्वास झन् बढ्छ । जति छिटो सच्याउन सक्यो उति बढी राम्रो प्रभाव पर्छ । नम्र र सरल बन्नुको सट्टा घमण्डी भई धाकधक्कू लगाउनु पर्नेहरू र झुक्याउन खोज्नेहरू नेतृत्वको पदमै बसिरहे पनि जनताका आँखामा बिझाउँदै जान्छन् र पछि उनीहरूको पतन हुन्छ । जसले जति धेरै छकाउँछ उसको उत्तिको चाँडो पतन हुन्छ । नेताले त जनताको, आफूले प्रतिनिधित्व गरेका वर्गको, आफ्नो सङ्गठनको र क्रान्तिको हित र रक्षाका लागि कुनैकुनै अपमान समेत सहनु पर्ने पनि हुन सक्छ । यसरी मानसिक र शारीरिक दुबैथरी दुःखकष्टहरू प्रशस्त भोग्न तयार नरहेमा पछिसम्म नेतृत्वकारी भूमिका पूरा गर्न सकिँदैन । सङ्गठनभित्र होस् वा बाहिर जहिले पनि धेरैभन्दा धेरै जनासँग मिलेर चल्न सकिने नीतिलाई नै प्राथमिकता दिनुपर्छ । यसको निम्ति आफूभन्दा फरक मत भएका साथीहरूसित मिलेर काम गर्नसक्ने गुण चाहिन्छ र एकता गर्न सकिने पक्ष प्रमुख रहेसम्म कसैलाई पनि पन्छाउन खोज्नुहुँदैन । क्रान्तिको बृहत्तर हितलाई ध्यानमा राखेर जुन जुन कुरामा जतिसम्म मिल्न सकिन्छ त्यति मात्रै भए पनि मिल्दै जान खोज्नुपर्छ ।

मार्च १९८२
(‘प्रकाशभदौ ७, ०४६)

१२. नौलो जनवादको अर्थनीति

१.नौलो जनवाद र समाजवादको अर्थनीतिमा के फरक छ भने नौलो जनवादमा सामन्ती र दलालपुँजीवादी खालको व्यक्तिगत सम्पत्ति बाहेक अरू किसिमको व्यक्तिगत सम्पत्ति जोर्न र बढाउन पनि पाइन्छ । तर, समाजवादमा भने जीवननिर्वाहका साधनहरू बाहेक अरू सबै किसिमको व्यक्तिगत सम्पत्तिलाई खतम गरिन्छ । जमिन र उद्योग आदि उत्पादनका सबै साधनहरूको राष्ट्रीकरण र सामूहिकीकरण गरिन्छ ।

२. नौलो जनवादी अर्थनीतिका तिन हाँगा हुन्छन्ः
                                (क) राजकीय, (ख) सामूहिक र (ग) व्यक्तिगत ।
३. नौलो जनवादी अर्थनीतिमा हिसाबकिताब प्रस्टसित राखिन्छ ।

फारोतिनो र जतन गरिन्छ ।  भ्रष्ट्राचारलाई अपराध मानिन्छ । देश, परिवार र व्यक्ति सबैलाई स्वावलम्बी बनाएर आफ्ना खुट्टामा उभ्याउन बल गरिन्छ । सम्बन्धित विषयको अर्थसम्बन्ध सम्बन्धित व्यक्ति र समूहलाई प्रस्ट पारिन्छ ।

४. नौलो जनवादको अर्थनीति बुझ्न नौलो जनवादको राजनीतिक आँखाले हेर्नुपर्छ । जस्तै नौलो जनवादको अर्थव्यवस्थामा सबैथरी साम्राज्यवादी, सामन्ती र दलालपुँजीवादी सम्पत्ति जफत गरिन्छ । तर नौलो जनवादी क्रान्तिलाई जानाजान हानी नगर्नेहरूलाई भने उनीहरूको सम्पत्ति राष्ट्रियकरण गरेवापत क्षतिपूर्ति दिइन्छ ।

५. सामन्त वर्गको बढी भएको जमिन जमिन नहुने र थोरै जमिन हुने किसानलाई दिइन्छ । जसको जोत, उसैको पोतभन्ने नीति अनुसार सम्बन्धित ठाउँको जनसङ्ख्या, विभिन्न वर्गको प्रतिशत, जग्गाको क्षेत्रफल र किसिम इत्यादि सबै कुराको जाँचबुझ र अध्ययन गरी जनसरकारले वितरणको प्रबन्ध मिलाउँछ ।

६. बैंक यातायातको साधन र ठूलो स्तरको उद्योग तथा बेपार अर्थात्
राष्ट्रिय पुँजीपतिहरूले (मध्यम र साना पुँजीपतिहरूले) चलाउन नसक्ने जति सबै कुरा सरकारले नै चलाउँछ, राष्ट्रियकरण गरिन्छ ।

७. राष्ट्रिय पुँजीपतिहरू (मध्यम र साना पुँजीपतिहरू) को साना मध्यम खालका उद्योग र बेपारलाई रक्षा गरिन्छ र विकास गर्न दिइन्छ तर, समाजवादको बाटोमा अगाडि बढ्न बाधा पर्ने गरेर भने होइन । अर्थात्, नियन्त्रित किसिमबाट निकै हदसम्म पुँजीवाद नौलो जनवादी व्यवस्थामा पनि बाँकी नै रहन्छ ।

८. नौलो जनवादमा सामन्तवादी किसिमको व्यक्तिगत सम्पत्ति (जस्तै)ःकुत र सामन्ती शोषणबाट ब्याज खाने) निर्मूल हुन्छ । दलाल पुँजीवादी खालको व्यक्तिगत सम्पत्ति पनि निर्मूल हुन्छ । राष्ट्रिय पुँजीवादी खालको व्यक्तिगत सम्पत्ति भने समाजवादको विरोधमा जान नसक्ने सुरक्षित गरिन्छ ।

योजना र बजारको सम्बन्ध
समाजवादी समाजको अर्थव्यवस्था मूलतः योजनाबद्ध नै हुन्छ । तर, यसले बजारको स्वभावलाई पनि राम्ररी ध्यान नदिई हुँदैन । लाखौँ, करौंडौँ मानिसका दैनिक आवश्यकताहरूलाई किटुवा किसिमबाट अति आधुनिक कम्प्युटरहरूले पनि बताउन सक्दैनन् । किनभने, मान्छेका खाँचोहरू अति अति नै धेरै किसिमका हुन्छन् । आज एक थोक खोज्ने मानिसले भोलि अर्कै थोक खोज्ने पनि हुन्छ । कारखानाहरूले उत्पादन गर्दा यति वर्षको निम्ति योयो चीज यतियति भए ठिक्क हुन्छ भन्ने अड्कल लगाएर तीती चीज त्यतित्यति नै उत्पादन गरे पनि कुनै चीज बढी हुन जाने, कुनै चीज नपुग भइरहने हुन सक्छ । त्यसैले बजारको अवस्था हेरी बेलाबेलामा योजनामा चाहिँदो संशोधन गर्न पाइने समेत हुनुपर्छ । त्यसोभए माग र पूर्तिमा सामाञ्जस्य राखेर चल्न सकिन्छ । प्रायः बजारकै स्वभाव हेरेर समाजले खोजेको कुराहरूबारे चाल पाउन सकिन्छ ।
माथि र तलका योजनाहरूमा सामाञ्जस्य रहनु पर्छ । योजना आफ्नै वस्तुगत अवस्थामा आधारित हुनुपर्छ । अरूको देखासिखी गरेर आफू पनि हात्ती चढ्ने खोज्ने अथवा अरूले हात्ती चढे भनी आफू धुरी चढ्ने गर्न खोज्नुहुन्न । आफ्नो अवस्थाले नदिने ठूल्ठूला लक्ष्य राख्दा योजना असफल हुन्छ । त्यसैले योजना सन्तुलित खालको हुनुपर्छ । योजनाबिना अराजकतावादी तालबाट त हामीले चल्नै हुँदैन ।

रिनसापटी सम्बन्धी नीति

रिनसापटी वा उधारोपैँचो भन्ने कुरा दिनु पनि पर्छ, लिनु पनि पर्छ । यसो नगरी व्यवहार चलाउन साह्रै गाह्रो पर्छ । तर दिने कुरामा होस् अथवा लिने कुरामा होस्, नीति बनाएर चल्नुपर्छ । जसोजसो मन लाग्यो उसैउसै गर्ने गर्नुहुन्न । खाईलाई सिध्याउने काममा रिन लिनु राम्रो होइन ।

उद्योगइलम गरेर कमाइ बढाउने हो भने रिनसापटी लिनु राम्रो कुरा हो । 

रिन दिँदालिँदा कस्तो कामलाई प्राथमिकता दिने, कस्तो मानिसलाई प्राथमिकता दिने भन्नेबारे पनि नीतिगत रूपबाट विचार पु¥याउनु पर्छ । हाल हाम्रो रिन दिनेलिने क्षमता साह्रै सानो छ । हामीले नौलो जनवादको आधारमा काम बढाउँदै गए रिन दिनलिन सक्ने हाम्रो सामथ्र्य पनि बढ्दै जान्छ । केकसरी चल्नाले रिन आकर्षित हुन सक्छ र लिएर रिन बेलैमा फिर्ता गर्न सकिन्छ भनी नियमहरू बनाउनुपर्छ । दिने र लिने दुबै पक्षलाई फाइदा हुने गरी चल्न जानेमा र दुबै पक्षलाई बढीभन्दा बढी फाइदा दिन सकियोस् भन्ने आशयबाट व्यवहार मिलाउन खोजेमा रिनसापटी सम्बन्धी हाम्रो नीति अवश्य सफल हुन सक्छ ।

१९८२ मे

१३. धर्मबारे केही कुरा

धर्म मान्नेहरूलाई धर्म मान्न पाइँदैन भनी करकाप गर्न खोज्नुहुन्न । धर्म नमान्नेहरूलाई पनि धर्म मान्नैपर्छ भनी कर लाउनु हुन्न । धर्ममा विश्वास लाग्नेहरूलाई धर्म मान्न दिनुपर्छ । त्यस्तै धर्ममा विश्वास नहुनेहरूलाई धर्म नमान्ने स्वतन्त्रता पनि दिनुपर्छ । धर्म मान्ने अथवा नमान्ने कुरा यसरी जनताकै राजीखुसीमा छोडिदिनुपर्छ ।

धर्म अनेकथरी छन् । फलानो फलानो धर्म मात्र मान्न पाइन्छ, तर फलानोचाहिँ धर्म मान्न पाइँदैन भन्ने खालको बन्धन पनि रहनुहुन्न । आफूलाई विश्वास लाग्ने धर्म रोज्ने र आफूलाई विश्वास नलाग्ने धर्म छोड्ने स्वतन्त्रता पनि जनताले पाउनैपर्छ ।

धर्म मान्दै आएको मानिसले अबदेखि धर्म मान्दिनँ भनेमा पनि त्यसो गर्न पाउनुपर्छ । धर्म मान्न छाडेका मानिसले फेरि धर्म मान्छु भनेमा त्यसो गर्न पनि पाउनुपर्छ ।

धर्म माने पनि, धर्म नमाने पनि जनता जति सबै बराबर हुन् । हामीले ती दुबै थरीको मानमर्यादा राख्नुपर्छ । दुबै थरीको कदर गर्न जान्नुपर्छ । धर्म मान्नेलाई छेडपेच र खिसी गर्ने वा उनीहरूको आदरभाउ नराख्ने गर्नुहुन्न । धर्म नमान्ने भन्दैमा कसैलाई असल, जाती पनि ठान्नु हुँदैन । धर्म मान्ने मानिसमध्ये पनि क्रान्तिमा लाग्नेहरू हुन्छन् । धर्म नमान्ने मानिसहरूमध्ये कति क्रान्तिका शत्रु पनि हुन्छन् । हामीले शत्रुमित्र छुट्याउँदा वर्गविश्लेषण र राजनीकि दृष्टिकोणको विचार पु¥याउनुपर्छ, धर्म मान्ने वा नमान्ने आधारमा होइन । ९० प्रतिशतभन्दा बढी नेपालीहरूको समर्थन, सहयोग र सक्रिय सहभागिताबाट नै नौलो जनवादी क्रान्ति सफल हुनेछ । तर अहिलेको स्थितिमा तीमध्ये सारै सानो संख्यामा मात्र धर्म नमान्नेहरू हुनेछन् ।
हाम्रा लागि सबै धर्म बराबर छन् । कुनै धर्म ठूलो र कुनै धर्म सानो छैन । एकथरी धर्म मान्नेले अर्कोथरी धर्मको पनि आदर गर्नुपर्छ र जुनसुकै धर्म माने पनि जनता जति सबैले आपसमा मिलीजुली चल्नुपर्छ, फाटो गर्नु हुँदैन । धर्म नमान्नेले पनि धर्मलाई होच्याएर कुरा गर्ने गल्तीबाट जोगिनुपर्छ । धर्म मान्नु र नमान्नु दुई थरी विश्वास भएकाले एकथरी विश्वास लिने जनतालाई सानो र आफूलाई मात्र ठूलो ठान्नु सही सोचाइ होइन । समाजमा दुबै थरीको इज्जत बराबर हुनुपर्छ । त्यसोभए जनतामा एकता बलियो पार्न सकिन्छ र शत्रुले जनतालाई सजिलैसँग फुटाउन सक्तैन ।

जनताको गाँस, बास र कपास आदि भौतिक समस्याहरूको समाधान गर्न हामीले उनीहरूलाई राजनीतिक र आर्थिक माध्यमहरूबाट सघाउनैपर्छ । त्यसैगरी जीवन र जगत्प्रति उनीहरूको मनमा उठ्ने समस्याहरूको समाधान गर्न पनि हामीले विचारधारात्मक माध्यमबाट सघाउन खोज्नुपर्छ । आदेश दिएर वा हुकुम चलाउन खोजेर होइन, वैज्ञानिक दर्शनको आधारमा तर्कपूर्ण किसिमबाट लामो समयसम्म मीठो पाराले छलफल चलाउँदै गएर हाम्रा कुराबाट उनीहरूको चित्तबुझ्ने अवस्था ल्याउन खोज्नुपर्छ ।

धर्म मान्ने मानिसहरू संसारभरि नै छन् र यिनीहरूको गन्ती करौडौं पुग्छ । समाजवादी मुलुकहरूमा समेत धर्म मान्ने मानिसहरू कम छैनन् । धर्मबारेको हाम्रो नीति गलत भएमा हामी नेपालका जनताबाट मात्र होइन, संसारभरिकै जनताबाट एक्लो पर्न सक्छौँ । हाम्रो नीति, स्वदेश र विदेशमा गरी सबै ठाउँमा सकेसम्म धेरै जनतालाई हामीले खोजेको नौलो जनवादी क्रान्तिको पक्षमा तान्न सक्ने हुनुपर्छ । अर्थात् हाम्रो नीति मित्रहरूको संख्या थप्न र शत्रुहरूको संख्या घटाउन सफल हुनुपर्छ । धर्म, धार्मिक मानिसहरू र धर्मस्थलहरूको नीतिनियमहरू मर्यादालाई हामीले जथाभावी मिच्नुहुन्न । यस्ता कुरा जनताका सारै कमलो भागहरू हुन् । बाहिर धर्मको खास्टो ओढेर भित्रभित्र क्रान्तिविरोधी काममा सक्रिय हुने पाखण्डी र लुच्चाहरूलाई भने जनताले अवश्य चिन्न सकून् भन्ने कोसिसचाहिँ गरिरहनै पर्छ । भौतिकवादी भएका हुनाले हामी आफूचाहिँ धर्म मान्दैनौँ र धर्मको प्रचारगरेर पनि हिँड्दैनौ । तर भौतिकवादी भएकै हुनाले धर्मबारे हामीले अनुसन्धान र अध्ययन भने अवश्य गर्नुपर्छ । द्वन्द्ववादी समेत भएका हुनाले धर्मको पनि हामीले दुबै पक्ष पहिल्याउन खोज्नुपर्छ । यसको एक पक्ष मात्र हेर्ने, अर्को पक्षचाहिँ हेर्दै नहेर्ने गल्ती पनि गर्नहुन्न । यस्तै क्रममा धर्म र अन्धविश्वासमा रहेको फरक पनि छुट्याउन सक्ने हुनुपर्छ ।                                            
(१९८० अप्रिल)
(‘युगसन्देश२०४७ साउन ३१

======================================

श्यामप्रसाद विशेष -





No comments:

Post a Comment