Wednesday, October 31, 2018

अक्टोबर क्रान्ति सतवार्षिकी समारोह समितिको वैठक सम्पन्न ।

अक्टोबर क्रान्ति सतवार्षिकी समारोह समिति, नेपालको २०७५ कार्तिक १४ गते प्रगतिशील लेखक संघको केन्द्रीय कार्यालय बागबजारमा बसेको वैठकले मङ्सिर १५ गते भव्यतापूर्वक समापन कार्यक्रम गर्ने निर्णय गरेको छ ।

वैठकको आरम्भमा अक्टोबर क्रान्ति सतवार्षिकी समारोह समिति, नेपालका संयोजक सोनाम साथीले अक्टोबर क्रान्तिले मानव इतिहासमा पारेको प्रभावको महत्त्वमाथी चर्चा गर्नुभएको थियो । त्यसपछि कार्यक्रममा उपस्थित सबै सदस्यहरूले आ-आफ्नो धारणा राख्दै आगामी कार्यक्रमका बारेमा सुझाव राख्नुभएको थियो 

कार्यक्रममा आफ्ना सुझाव राख्दै वरिष्ठ जनसङ्गीतकर्मी रामेशले आफू आफ्ना प्रगतिशील काङ्ग्रेस दाजुको प्रभाव र प्रेरणाले कम्युनिस्ट भएको भन्नुहुँदै हिजो राजाको शासनकालमा सारा कम्युनिस्टहरूलाई भटटट पारेर मार्नुपर्छ भन्ने शम्भुजित बाँस्कोटालाई दुई तिहाइको भनिएको कम्युनिस्ट नामको सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति बनाउन लागिपरेको रहश्योद्घाटन गर्नुभयो । " दुर्भाग्य, यो सरकार जनताको बन्न सकेन । " रामेशको भनाइ थियो ।

चिनका लागि नेपालका राजदूत डा. महेश मास्केले निर्मल लामाको सम्झना गर्दै लामाले साम्यवाद भनेको म देखि हामी सम्मको यात्रा हो भन्ने गर्नुभएको संस्मरण गर्नुभयो ।

वरिष्ठ सौन्दर्यचिन्तक निनु चापागाईंले अक्टोबर क्रान्ति सतवार्षिकी समितिको अभियान श्राद्ध गरेजस्तो मात्र नहोस् भन्ने सुझाव दिनुभयो ।

पुराना बामपंथी नेता गणेश पण्डितले कोही गरिबले आफ्नो नाम धनबहादुर राख्छ भने हामीले किन चिन्ता लिइरहने भन्ने धारणा राख्नुभयो ।

वैठकले मङ्सिर १५ गतेको समापन कार्यक्रम पछि पनि आन्दोलनकै रूपमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरियो ।






 

 









--------------------------------------------------


No comments:

Post a Comment