==========================================
मिति :- २०७४/०२/२९
प्रेस विज्ञप्ति
प्रगतिशील लेखक सङ्घ, नेपालका केन्द्रीय सदस्य कवि/गजलकार एवम् संस्कृतिकर्मी आरोह नेपाली २०७४ जेठ २८ गते (आइतबार) राति ९.३० बजे गिरफ्तारीमा पर्नुभएको छ । लाजिम्पाटस्थित बासस्थानमा आराम गरिरहेको अवस्थामा विनाकारण भएको यसप्रकारको धरपकडप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनको मुखमा राजनीतिक आस्थाका आधारमा विना पक्राउपूर्जी गरिएको धरपकडप्रति संस्था घोर आपत्ति प्रकट गर्दछ । उहाँको गिरफ्तारीबारे सरकारबाट यथार्थ जानकारीको माग गर्दै यथाशीघ्र रिहाइको निम्ति प्रगतिशील लेखक सङ्घ, नेपाल जोडदार माग गर्दछ ।
आर. एम. डंगोल मातृका पोखरेल
महासचिव अध्यक्ष
No comments:
Post a Comment