Friday, November 17, 2017

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - ९ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - ९  अन्तर्गत २०७४ मंसिर १  गते  ' नेपाली लोकसाहित्यमा प्रगतिशिलता ' का विषयमा  छलफल सम्पन्न भयो  । यस विषयका अतिथि वक्ता नेपाली लोकसाहित्यका विज्ञ मनोहर लामिछानेले  नेपाली लोकसाहित्यमा प्रगतिशिल चिन्तन कसरी अभिव्यक्त हुँदै आइरहेको थियो भन्ने   बारेमा महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभयो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलामा प्रलेस परिसम्वाद कार्यक्रमका संयोजक एवं प्रलेसका  उपाध्यक्ष डा. पुष्करराज भट्टले कार्यक्रमको  औचित्यताका बारेमा धारणा राख्नुभएको थियो ।  

छलफलमा प्रस्तुत विषय माथि  प्रलेसका महासचिव आर. एम. डंगोल, प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकारहरू  डा. घनश्याम नेउपाने 'परिश्रमी', बलराम तिमिल्सिना, कृष्णहरी भट्ट, बैरागी जेठा लगायतले मन्तव्य राख्नुभएको थियो ।
  
 ==================

प्रलेस परिसम्वाद शृङ्खला - ९' कार्यक्रममा नेपाली लोकसाहित्यमा प्रगतिशील चेतना'
विषयमा आफ्ना धारणा राख्दै मनोहर लामिछाने ।

===============================























































No comments:

Post a Comment