Friday, December 22, 2017

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १० सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १० अन्तर्गत २०७४ पुस ७ गते   गते  ' पूर्वीय दर्शनमा भौतिकवाद ' का विषयमा  छलफल सम्पन्न भयो  । यस विषयका अतिथि वक्ता मार्क्सवादी चिन्तक गोपीरमण उपाध्याय हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलामा प्रलेस परिसम्वाद कार्यक्रमका संयोजक एवं प्रलेसका  उपाध्यक्ष डा. पुष्करराज भट्टले कार्यक्रमको  औचित्यताका बारेमा धारणा राख्नुभएको थियो ।  

प्रगतिशील लेखक सङ्घका महासचिव आर. एम. डंगोलले स्वागत एवं धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरू राम विनय, बलराम तिमल्सिना, सिता  शर्मा, रोहित  दाहाल,भागवत आचार्य, आर.सी. नेउपाने, पुण्य घिमिरेले पनि जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा मार्क्सवादी चिन्तक बेदुराम भुषाल, विष्णु प्रभात, मनोहर लामिछाने लगायत प्रगतिशील साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । 
  













































====================================



प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १० मा ' पूर्वीय दर्शनमा भौतिकवाद ' विषयमा
आफ्ना धारणा राख्नुहुँदै चिन्तक गोपिरमण उपाध्याय - १


प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १० मा ' पूर्वीय दर्शनमा भौतिकवाद ' विषयमा
आफ्ना धारणा राख्नुहुँदै चिन्तक गोपिरमण उपाध्याय - २



No comments:

Post a Comment