Tuesday, April 9, 2019

सबै सांस्कृतिक घटकलाई समेट्दै प्रलेस

काठमाडौँ, २६ चैत २०७५ 
प्रगतिशील लेखक सङ्घको नवनिर्वाचित नेतृत्वले हालै सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका र नभएका सांस्कृतिक घटकका नेतृत्वसँग परामर्श गरी एकीकृत र प्रभावकारी प्रलेस निर्माणमा लाग्ने जनाएको छ ।
एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने सम्मेलनले दिएको कार्यादेशबमोजिम नेतृत्वले सो पहल गर्ने नवनिर्वाचित अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रगतिशील साहित्यिक क्षेत्रलाई कसरी प्रभावकारी र एकताबद्ध बनाउने भन्नेमा सबैका चासो देखिन्छ । त्यसैले हामी सम्बन्धित घटकका नेतृत्वको सुझाव लिएर संवाद र सहमतिका आधारमा भावी कार्ययोजना तय गर्नेछौँ ।”
विगतका केन्द्रीय समितिले प्रारम्भ गरेका प्रगतिशील साहित्यको इतिहास लेखनजस्ता कार्र्य सम्पन्न गर्न पनि नयाँ नेतृत्वलाई सम्मेलनले जिम्मेवारी दिएको छ । सम्मेलनले सङ्गठन, विचार र सिर्जनाका माध्यमबाट नेपालको साहित्यिक क्षेत्रमा सिर्जनात्मक हस्तक्षेप गर्ने र प्रगतिवादी साहित्यलाई अगाडि बढाउन सम्पूर्ण प्रगतिशील प्रगतिवादी स्रष्टालाई आग्रह गर्नेलगायत समसामयिक प्रस्ताव पारित गरेको थियो ।
यही चैत २२ र २३ गते सम्पन्न सम्मेलनबाट नयाँ नेतृत्वलाई निवर्तमान अध्यक्ष मातृका पोखरेलले सोमबार पदभार हस्तान्तरण गर्नुभएको थियो । विसं २००९ मा स्थापित प्रलेस वामपन्थी लेखकहरुको साझा मोर्चा मानिन्छ ।
(रासस)
www.kalikanews.com बाट साभार 




























No comments:

Post a Comment