Friday, July 27, 2018

विमर्शमा "ऋतु फेरिँदै जान्छ" ।

प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनामा आज साउन ११ गते कथाकार इन्द्रकुुमार श्रेष्ठ सरित्को कथा कृति ऋतु फेरिँदै जान्छ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष कृष्णहरि भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समालोचक प्रा.डा. गोपिन्द्र पौडेलले इन्द्रकुमारका कथा सङ्क्रमणकालीन नेपाली समाजको जीवन्त इतिहास भएको विचार व्यक्त गर्नुभयो । अर्का समालोचक प्रगतिशील लेखक संघका उपाध्यक्ष डा. पुष्करराज भट्टले श्रेष्ठका कथामा साठीको दशक यताको नेपालको राजनीतिक सामाजिक घटना परिघटनाको साङ्गोपाङ्गो चित्र खिचिएको विचार राख्नुभयो । कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, समालोचक तेजविलास अधिकारी, लेखक जगत वाशिष्ट, डा. विशेष्यले लेखकको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गर्नुभएको थियो ।
















No comments:

Post a Comment