Friday, January 18, 2019

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - २० सम्पन्न ।

मिति २०७५ माघ ४ गतेका दिन प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनामा  प्रगतिशील लेखक संघको केन्द्रीय कार्यालय, बागबजारमा प्रलेस परिसम्वाद कार्यक्रमको विसौं  श्रृङ्खला सम्पन्न भयो । प्रलेस  अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको सो समारोहको सञ्चालन केन्द्रीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक डा. पुष्करराज भट्टले गर्नुभएको थियो । प्रलेस केन्द्रीय उपाध्यक्ष रामप्रकाश पुरीले स्वागत मन्तव्य दिनुभएको सो समारोहका प्रमुख वक्तामा रक्तिम सांस्कृतिक परिवारका सल्लाहकार डा. गोविन्द आचार्य एवम् एकिकृत जनसांस्कृतिक महासंघ, नेपालका केन्द्रीय अध्यक्ष सरल सहयात्री हुनुहुन्थ्यो । कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा डा. गोविन्द आचार्यले प्रलेसले नेपालको मार्क्सवादी  साहित्यका क्षेत्रमा पुगाएको योगदानको चर्चा गर्नुभयो । नेपालमा साहित्यिक क्षेत्रमा संयुक्त मोर्चाको आवश्यकता भएको अझ त्यसमा पनि विभिन्न वामघटक निकट साहित्यिक संगठनका बिचमा अझ यसको आवश्यकता बोध भएको सन्दर्भलाई प्रस्तुत गर्नुभयो । यस संगठनका कार्यक्रम अझ व्यापक हुनुपुने, यसलाई आम जनताको बिचमा पु¥याउनु पर्ने र यसले नेपाली समाजमा रहेको अन्याय, अत्याचार, शोषण, दमनको अन्त्य गरेर असल समाजको निर्माणका लागि भूमिका खेल्नुपर्ने आवश्यकता रहेको विचार राख्नुभयो ।

त्यस्तै कार्यक्रमका अर्का वक्ता सरल सहयात्रीले साठी दशक भन्दा लामो इतिहास बोकेको प्रलेसका यात्रामा विभिन्न आरोह अवरोह आएपनि यसले आफ्नो भूमिकालाई नेपाली समाजमा राम्रोसँग स्थापित गर्न सकेकोमा प्रशंसा गर्नुभयो । संगठनमा फरक विचारको व्यवस्थापन गर्ने सवालमा नेतृत्वले उदारता अपनाउनुु पर्ने तर यसको नाममा अनुशासनहीनतालाई भने प्रश्रय दिन नहुने विचार राख्नुभयो । उहाँले संगठभित्र प्रवेश गरेपछि संगठनको नीति नियम, अनुशासनको पालना गर्नुपर्ने कार्यलाई कडाइका साथ लागु गर्नुपर्ने धारणा राख्नुभयो । संगठनमा फरक विचारकै आधारमा विभेद गर्न नहुने तर अनुशासनमा भने कठोर हुनुपर्ने तर्क राख्नुभयो । उहाँले गुटगत संकीर्णताबाट पर रहेर कार्य गर्नुपर्ने, संगठनमा देखापरेका भिन्न विचारका बिच मन्थन रहनुपर्ने, संगठनलाई जनताको जीवनसँग जोडनुपर्ने, संगठनका गतिविधि तल्लो तहको जनतामाझ पुु¥याउनुपर्ने, प्रगतिशील संस्कृतिको विकासका निमित्त तलतलसम्म संगठनलाई परिचालित गर्नुपर्नेतर्फ ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष मातृका पोखरेलले संगठनका गतिविधिमाथि प्रकाश पार्नुका साथै अगामी राष्ट्रिय सम्मेलन सफल पार्न सबैलाई आव्हान गर्दै कार्यक्रमको अन्त्य गर्नुभयो ।

समाचार टिप्पणि : डा. पुष्करराज भट्ट

---------------------------------------------------------------------------
























No comments:

Post a Comment