प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनामा यही २०७५ फाल्गुुन ३ गतेका दिन प्रलेस परिसम्वादको २१ औं श्रृङ्खला सम्पन्न भएको छ । प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, केन्द्रीय महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रमको औचित्यमाथि केन्द्रीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक डा. पुष्करराज भट्टले प्रकाश पार्नुुभएको थियो ।
कार्यक्रमका अतिथि वक्ता शोभा दुुलालले देशभरिका वामपन्थी लेखकको संयुुक्त मोर्चाका रुपमा रहेको संगठनको रुपमा रहेकोले आफ्नो संगठन पनि यसमा सहभागी भएको विचार राख्नुुभयो । कतिपय कोणबाट क्रान्तिकारी भईकन पनि यस किसिमका लुुज फोरममा बस्ने ? भन्ने टिप्पणी समेत आएको छ । जनताको पक्षमा काम गर्नका लागि यस किसिमका फोरमको पनि आवश्यकता रहेको छ । जनयुुद्धका हालसम्म पनि पुरा भएका छैनन । समस्यामा समस्या थपिएका छन् । विगतमा जनयुुद्ध कालमा जनताले यसलाई व्यापक समर्थन गरेका थिए । आफ्नो क्षमता, आवश्यकता एवम् औचित्यका आधारमा सबै जनता सङ्घर्षमा थिए । आज पनि त्यस्तै जनता कुनै न कुनै रुपमा सङ्घर्षमै छन् । विगतमा सर्वसाधारण पनि दमनमा पर्दा सङ्घर्षमा उत्रिएका थिए । जनयुद्धका नायक, सहनायक वर्ग सम्झौतापरस्त भएर पुुुरानै राज्यसत्ताको भुुमरीमा रुमल्लिएका छन् । सत्तामा रहँदा कुुनै काम गर्न सकेका छैनन । देशमा राष्ट्रियता, जनजीविकाको स्थिति दिनदिनै कमजोर हुँदै गएको विश्लेषण उहाँको थियो ।
प्रलेसप्रति हामीमा कुनै दुविधा छैन । यति हुँदाहुँदै पनि प्रलेसले सोचे अनुरुप काम गर्न सकेको छैन । सामन्तवाद, साम्राज्यवाद विरोधी कार्यक्रम तथा वक्तव्य समेत आएको छैन । अबको प्रलेस नीति, नेतृत्व, सङ्घर्ष र सिर्जना केन्द्रित हुनुपर्ने छ । यसका लागि सबै कुरामा रुपान्तरणको आवश्यकता छ । अहिले साम्राज्यवाद र क्षेत्रीय प्रभुत्ववाद बढेको छ । दक्षिण एशियामा भारत लगायतका देशमा मात्र नभएर नेपालमा पनि दमन बढेको छ । प्रलेसले यसमा प्रभावकारी कदम उठाउन, आवाज उठाउन सकिरहेको छैन । अबको नेतृत्व हस्तक्षेपकारी हुनुुपर्छ, पूर्णकालीन हुनुपर्दछ । अहिले सङ्घर्ष सुस्त हुनुको कारण नेतृत्व सत्ता पक्षको भएर पनि हो । यसो भएको हुनाले सत्ता बाहिरका पार्टीबाट हुनुुपर्ने छ । अहिले एकल भाषा, संस्कृतिलाई बढावा दिइरहेको सन्दर्भमा विभिन्न भाषाभाषी केन्द्र्रित कार्यक्रम हुुनुुपर्दछ । नयाँ नेतृत्व चयन गर्दा उत्पीडित समूह, वर्ग, क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्ने देखिन्छ । नारी केन्द्रित कार्यक्रम हुनुपर्ने, उत्पीडित वर्गलाई समेटेर लैजानुपर्ने देखिन्छ । साझा सवालमा एक भएर जाने हो भने प्रलेस जीवन्त रहने उहाँले विचार राख्नुभयो ।
कार्यक्रमका अर्का वक्ता राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले संयुुक्त मोर्चा वर्गीय दुुुश्मन विरुद्ध प्रहार गर्नका लागि निर्माण गरिने, प्रलेस वैचारिक मोर्चा भएकोले केन्द्रिकृत वैचारिक दृष्टिकोण निर्माण गरेर अघि बढनुुपर्ने विचार राख्नुभयो । प्रलेसको मूल प्रस्तावनामा सामन्तवाद, साम्राज्यवाद विरोधी, प्रभुत्ववाद विरोधी मोर्चा भनेर उल्लेख गरिएको छ । सामन्तवादले समय अनुसार रुप बदल्छ । साम्राज्यवादको चाकरी गरेर सामन्तवाद गणतान्त्रिक भएको छ । अहिले अर्थ व्यवस्थामा सामन्तवाद छ । समाजमा आधार निर्माण भएको छैन । दलाल पूूँजीवादले आर्थिक प्रभुत्व निर्माण गरेको छ । राष्ट्रिय पूँजीवाद निर्माण भएको छैन । देशको उत्पादनशीलता समाप्त भएको छ । अहिले दलाल पूँजीवादले देशीय उत्पादन समाप्त भएको छ । जमिन प्लटिङ गरेर बिक्रि वितरण बढेको छ । तीन महिनामा ३९ अरब चामल मात्र आयात भएको छ । पञ्चायतकालमा आत्मनिर्भर भएको नेपाल हाल आएर परनिर्भर भएको छ । राज्यसत्ता पनि दलाल पूँजीपतिको चाकर भएको छ । राष्ट्रिय पूूँजीको निर्माणमा राज्यको ध्यान पुगेको छैन । देश बरबादीमा पुगेको छ । प्रलेस यस्ता कुराको विपक्षमा जानु पर्दछ ।
सरकारका मानिस काम गर्न दिएन भनिरहन्छन । कसले काम गर्न दिएन ? भन्नुुपर्यो नी । आफै रिमोटबाट चलेपछि देशका पक्षमा कसरी निर्णय गर्न सक्दछन ? साम्राज्यवादी गतिविधि रोक्न नसकेकोमा प्रगतिशील रुपान्तरण सम्भव छैन । सामन्तले कहिल्यै पनि श्रमजीवीलाई माथि उठन दिँदैन । साम्राज्यवादीले पनि त्यही गर्दछ । देशको नीति लागु गर्न नपाउने स्थितिबाट देश मुक्त हुनुपर्छ । हामीले सामन्तवाद, साम्राज्यवाद विरोधी चिन्तनलाई व्यापकताका साथ अघि बढाउनुु पर्छ । अहिले देशमा प्रगतिशील बुर्जुवा क्रान्ति भएको हो, जनवादी क्रान्ति भएको छैन । श्रमजीवी जनताले भोगेको पीडाबाट मुक्ति नै वास्तविक मुुक्ति हो । पहाड, तराई चारैतिर दलितमाथि उत्पीडन छ । पूँजीवादी समाजवादले जनताको भलो गर्दैन, बरु जनतालाई रुमल्याउने काम मात्र गर्दछ ।
उहाँले साझा मोर्चा सम्बन्धी आफ्ना धारणा राख्ने क्रममा साझा मोर्चा संयुक्त मोर्चा भएको विचार राख्नुभयो । यसमा पार्टीको साइजका आधारमा कसैमाथि पनि उचनिचको व्यवहार भने हुनुहुँदैन । संयुक्त मोर्चामा साझा दृष्टिकोण हुुन्छ, साझा उद्देश्यमा एकरुपता हुुन्छ । बौद्धिक वर्ग प्रगतिशील रुपान्तरणका पक्षमा लागिरहनु पर्दछ । बौद्धिक वर्गले बडो विवेकपूर्ण चिन्तन राख्नुपर्दछ । देशको दुर्गतिको पक्षमा बोल्ने काम भएको छैन । यस विषयमा हामी सबैको ध्यान जानुुपर्दछ । प्रलेसको नयाँ शैलीमा जानुपर्ने आवश्यकता छ । प्रलेसले सरकारी, गैरसरकारी वा स्वतन्त्र कस्तो भूमिका खेल्ने हो, हेर्न बाँकी छ । माओले क्रान्ति सम्पन्न भइसकेपछि पनि लडिराख्नुुपर्दछ भन्नुभएको थियो । बाहिरको भौतिक सत्ताभन्दा मानसिक सत्ता बलियो हुुन्छ । हाम्रो मानसिकतामा रहेको सामन्तवाद हटाउनुु जरुरी छ । अहिलेको सामन्तवादी समाजले चोर, भ्रष्टलाई बढी सम्मान गर्ने गरेको छ । सामन्तवाद भनेको यही हो । क्रान्तिविरोधी शक्तिले घुुसपैठ गरेर संगठन, सत्ता ध्वस्त पार्दछन । अहिले एकातिर भौतिकतावादी चिन्तन राख्ने अर्कोतिर अध्यात्मवादी पनि बल्ने रोग मौलाएको छ । सत्तारुढ नेतागणदेखि आम बुद्धिजीवी पनि यसखाले चिन्तनबाट आक्रान्त छन् । हामीले निरन्तर क्रान्तिको सिद्धान्त अनुुसार सांस्कृतिक रुपान्तरणमा लागिरहनुु पर्दछ । प्रलेसमा आलोचनात्मक चेत हुनुपर्ने र यसलाई अझ व्यापक बनाउनुपर्ने आवश्यकता देखिन्छ ।
प्रलेसमा कतिपय व्यक्तिले पद लिए, काम गरेनन । यसो भएको हुनाले भद्दा संरचनालाई हटाएर चुस्त संगठन बनाउनुु आवश्यक छ । प्रलेस साझा संस्थाका रुपमा रहेको छ, यसलाई यसै रुपमा विकसित गर्नुुपर्दछ । सत्तामा रहेको पार्टीका सदस्यसँग सहकार्य नै हुँदैन भन्ने कुुरा गलत हो । यसलाई सबैखाले वामपन्थी लेखकको साझा संस्थाको रुपमा विकास गर्नुपर्दछ । यसलाई संयुक्त मोर्चाका रुपमा विकसित गर्दै प्रस्तावना अनुसार व्यवहार पनि हुनुपर्ने देखिन्छ ।
यस परिसम्वाद कार्यक्रममा रविप्रसाद गुरागाईँ, वैरागी जेठा, समीर सिँह, गोपीरमण उपाध्याय, आरएम डंगोल, होमशंकर बास्तोला, आरसी न्यौपानेले आफ्ना जिज्ञासा तथा पुरक भनाई राख्नुभएको थियो । प्रलेसको दशौं राष्ट्रिय सम्मेलनपछि केन्द्रीय समितिले आयोजना गरेको यो कार्यक्रम अन्तिम कार्यक्रम हो । हालसम्म यस किसिमका २१ कार्यक्रम सञ्चालन भइसकेको छ ।

-----------------------------------------------------------
प्रलेस परिसम्वाद कार्यक्रमको २१औं श्रृङ्खलामा आफ्ना धारणा राख्नुहुँदै
साहित्यकार ईश्वरचन्द्र ज्ञवाली ।
No comments:
Post a Comment